मेरो छलीपनको समाधान

2 अप्रील 2022

म सधैँ आफूलाई इमानदार व्यक्ति ठान्थेँ। म बोली र काममा भरपर्दो छु भनेर सोच्थेँ, अनि मलाई चिन्ने मानिसहरूले पनि मेरो बारेमा त्यसै भन्थे। मलाई लाग्थ्यो, म इमानदार र भरपर्दो मानिस हुँ। मैले विश्‍वास प्राप्त गरेपछि, प्रायः कहिल्यै ब्रदर-सिस्टरहरूसित झूट बोलिनँ, अरू मानिसलाई धोका दिइनँ। त्यसैले, म सधैँ के विश्‍वास गर्थें भने म पूर्ण रूपले इमानदार व्यक्ति नभए तापनि, कम्तीमा म धूर्त, छली व्यक्ति होइन। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको न्याय र सजायमार्फत, आफूमा धूर्त प्रकृति भएको देखेँ अनि साँच्चै आफ्नो वास्तविक रूप देखेँ।

एक पटकको कुरा हो, मेरी साझेदार सिस्टर लीले मलाई एउटा निश्चित कामको प्रगतिबारे सोध्दै मेसेज पठाइन्। मैले त्यस कामबारे जानकारी राखिरहेको छैनँ भन्ने मलाई महसुस भयो, त्यसैले, त्यसबारे विस्तृत कुरा मलाई थाहा थिएन। सुरुमा त उनलाई सिधै सत्य कुरा भनिदिऊँ जस्तो मलाई लाग्यो, तर फेरि हिचकिचाएँ। मैले सोचेँ, मैले सधैँ आफू भरपर्दो व्यक्ति हुँ भन्ने छाप बनाएको छु, त्यसकारण, यदि मैले कामकुरालाई हेर्न बिर्सेछु भनेर सिधै बताएँ भने, के उनले मलाई आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएको ठान्दिनन् र? मैले उनको मनमा नकरात्मक छाप छोड्नेथिएँ र उनको नजरमा म विश्‍वासयोग्य हुनेथिइनँ। मैले उनलाई सिधै उत्तर नदिने, बरु त्यो काम सम्हालिरहेकी सिस्टरलाई त्यसबारे सोधेपछि मात्र सिस्टर लीलाई जवाफ दिने निर्णय गरेँ। त्यसपछि, कामकुराको प्रगति जस्तोसुकै होस्, कम्तीमा त्यसो गर्दा मैले कामकुराको ख्याल गर्दैछु भन्ने त देखिनेथियो। त्यसैले, मैले त्यो मेसेज नदेखेको जस्तो भान गरेँ र त्यसपछि कामलाई अनुगमन गरेपछि जवाफ दिएँ। त्यतिबेला सिस्टर लीले मलाई केही भनिनन्, तर मलाई अप्ठ्यारो र चिन्ता लागिरह्यो। त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। परमेश्‍वरका वचनहरूले मलाई लज्जित तुल्याए। मैले झूट बोलेको जस्तो देखिँदैनथ्यो, तर मेरो सोचाइमा देखिएको कुरा र मेरा कार्यका व्यक्तिगत उद्देश्यहरू सिस्टर लीले मेरो आन्द्राभुँडी थाहा पाउँछिन् भन्ने डरले गर्दा आफ्नो कर्तव्यमा भएको लापरवाहीलाई ढाकछोप गर्न र लुकाउनका लागि थिए। मैले उनको सन्देश नदेखेको जस्तो गरेँ, त्यसपछि उनलाई मैले कामकुराको हेरिरहेको भन्ने भान पार्न जवाफ दिनुअघि जानकारी हासिल गर्न हतारिएँ। मैले झूटो छाप बसाल्दैथिएँ, म छली हुँदै थिएँ, जसले म धूर्त हुँ भनेर देखायो। यस्तो सानो कुरामा मेरो सोचाइ कत्ति जटिल छ भन्ने मैले देखेँ, मैले सत्य कुरा लुकाउने मनसाय पालेँ र चालहरू चलेँ। कसरी त्यो इमानदार कुरा थियो र? म भरपर्दो थिइनँ। यो कुरा बुझेर, म आफूले सोचेजस्तो सोझो छैनँ, मैले छल गरेँ र धोका दिएँ भन्ने कुरा बुझेँ। मैले आफैलाई अर्को पटक मैले पूर्ण रूपले पूरा सत्य बताउनुपर्छ, मैले सब कुरा लुकाइराख्न हुँदैन भनेँ।

तर केही दिनपछि, सिस्टर लीले मलाई हाम्रा अगुवाले दुई दिनपछि हाम्रो काम जाँच गर्नुहुनेछ भनेर बताइन्। त्यो कुरा सुनेर मेरो मुटु ढुकढुक भयो। सामान्यतया अगुवा हामीकहाँ अचानक आउँदिनन्, त्यसैले, कतै केही भइरहेको पो छ कि, कतै हाम्रो काममा कुनै समस्या पो छ कि भन्ने मेरो मनमा लागिरह्यो। मैले के सोचेँ भने, म मलजलको काममा व्यस्त थिएँ र आफूले सम्हालिरहेको भिडियो उत्पादन कार्यलाई हेरिरहेको थिइनँ, त्यसबाट त्यति उपलब्धि हासिल गरिरहेको थिइनँ। त्यसबारे अगुवाले सोधे भने मैले के भन्ने? उनले कुन प्रकारका प्रश्नहरू सोध्लिन्, मलाई कुन कुरा थाहा छैन भनेर मैले अडकल लगाउन थालेँ, ताकि मैले तुरुन्तै पत्तो लगाउन सकूँ। यदि मैले उत्तर दिन नसक्ने प्रश्न उनले सोधिन् भने, मैले वास्तविक काम गरिरहेको छैनँ भन्ने जस्तो देखिन सक्थ्यो। मलाई अलिक चिन्ता र सुर्ता लाग्यो। केहीबेर सोचेपछि, अगुवाले कामको जाँच गर्नु सामान्य कुरा हो—मैले किन ज्यादै सोच्दैछु भन्ने लाग्यो। मैले अगुवा आउनुको उद्देश्य के होला भनेर अन्दाज लगाउँदै आफ्ना समस्याहरू कसरी ढाकछोप गर्ने भनेर दिमाग खियाइरहेको थिएँ, उनले मेरा समस्या देख्नेछिन् अनि मलाई वास्तविक काम नगरिरहेको झूटो अगुवा भन्नेछिन् भनेर म डराएँ। मैले आफैलाई लुकाउने प्रयास गरिरहेको थिएँ। वास्तवमा, अगुवाले कामबारे सोध्नु सामान्य कुरा हो। त्यसबारे म इमानदार हुनुपर्छ र कमीकमजोरीका क्षेत्र परिवर्तन गर्नुपर्छ। किन मैले एकदमै ज्यादा सोचिरहेको छु? म धूर्त भइरहेको थिएँ। सर्वशक्तिमान् परमेश्‍वरले भन्नुभएको कुरा मैले सम्झेँ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्” (वचन देहमा देखा पर्नुहुन्छको “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने”)। अनि प्रभु येशूले भन्नुभयो: “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। परमेश्‍वरका वचनहरू स्पष्ट छन्। इमानदार मानिसले कालोलाई कालो, सेतोलाई सेतो भन्नुपर्छ, तर मेरो सोचाइ जटिल थियो। म आफ्ना समस्या ढाकछोप गर्न चाहन्थेँ, त्यसैले मैले कुटिल विचार पाल्दैथिएँ। अनि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, सत्यता अभ्यास गर्न र इमानदार हुन, अनि अगुवाले जे सोधे पनि सिधा जवाफ दिन सकूँ भन्दै मार्गदर्शन मागेँ।

हाम्रो भेलामा, अगुवाले सर्वप्रथम भिडियो उत्पादन कार्यबारे सोधिन्, यसको लागि म प्रत्यक्ष जिम्मेवार थिएँ, तर मैले धेरैजसो समय र शक्ति मलजल गर्ने काममा बिताइरहेको थिएँ। मैले भिडियो निर्माण गर्ने कामको त्यति जनकारी राखिरहेको थिइनँ। मैले त्यो कुरा बताएपछि, उनले मलाई व्यावहारिक काम नगरेकोमा आलोचना गरिन्, र त्यसपछि कति जना नयाँ प्रवेशीहरू भेलाहरूमा ठीकसित उपस्थित भइरहेका छैनन् भनेर सोधिन्। त्यस प्रश्नले म अलिक आत्तिएँ। मैले त्यसको विवरण राखेको थिइनँ, र मैले त्यसबारे कहिलेकाहीं सोध्थेँ तर त्यसलाई गम्भीरतापूर्वक लिइनँ। म के सोच्दैथिएँ भने, मैले आफ्नो धेरैजस्तो ऊर्जा मलजलको काममा लगाएँ भनेर भर्खरै भनेको थिएँ, त्यसैले, कति जना नयाँ प्रवेशीहरू भेलामा उपस्थित भइरहेका छैनन् भनेर समेत बताउन सकिनँ भने उनले मलाई के सोच्नेछिन्? त्यति पनि थाहा नहुने गरी दिनभरि मैले के गरिरहेको छु, कुनै वास्तविक काम त गरेको छु भनेर उनले सोध्न सक्छिन्। उनले भिडियो निर्माणको काममा पहिल्यै त्यतिका धेरै समस्या देखिसकेकी छिन्, त्यसैले, उनले मलजलको काममा पनि समस्या भेट्टाइन् भने, के उनले मलाई तुरुन्तै बर्खास्त गर्नेछिन्? मैले उनलाई अन्दाजी सङ्ख्या मात्र बताएँ। म सोच्दैथिएँ, यदि अलकति यताउता भइहाल्यो भने, त्यो ठूलो कुरा होइन। जे होस्, त्यो ठ्याक्कै सङ्ख्या थिएन, त्यसैले त्यो वास्तवमा झूट थिएन। हाम्रो भेलापछि, मैले त्यसको विवरण जाँच गरेँ र मेरो अन्दाज निकै फरक निस्कियो। त्यो देख्दा म निकै चिन्तित भएँ। त्यसबेला मैले सत्य कुरा बताइनँ, बरु हाकाहाकी झूट बोलेँ। मैले आफूलाई झूट बोल्नुबाट किन रोक्न सकिनँ? प्रार्थना गर्दा सत्य बोल्छु भन्ने मसित स्पष्ट विश्‍वास थियो। परिस्थिति सामना गर्नुपर्दा किन मैले आफूलाई मदत गर्न सकिनँ? त्यसबारे मलाई डर लाग्यो। केही समयसम्म, “छल” शब्द मेरो मनमा छचल्किरह्यो। मलाई आफूले साँच्चै लज्जास्पद काम गरेँ जस्तो लाग्यो।

त्यसबारे मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आत्मसमीक्षा गर्दा परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ। “के कपटी मानिसहरूको लागि जीवन थकाइलाग्दो छैन र? झूट बोलेर समय बिताउनु, आफ्‍ना झूटहरू ढाकछोप गर्न थप झूटहरू बोल्नु, र छली बन्‍नु कपटी मानिसहरूको लागि अत्यन्तै थकाइलाग्दो हुन्छ—तैपनि किन कुनै व्यक्ति कपटी बन्‍न चाहन्छ, तर इमानदार बन्‍न चाहँदैन? के तिमीहरूले यस प्रश्‍नको बारेमा कहिल्यै विचार गरेका छौ? आफ्‍नो शैतानी प्रकृतिको बहकाउमा पर्दा यही परिणाम आउँछ; यसले तिनीहरूलाई यस्तो जीवन त्याग्‍न, यस्तो स्वभावबाट उम्कन सक्षम हुनबाट रोक्छ। तिनीहरूले खुसीसाथ यस्तो बहकाउलाई स्वीकार गर्छन्, र खुशीसाथ यसमा जिउँछन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिको मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र अनावश्यक लाग्छ—तर तिनीहरूलाई यो अत्यन्तै आवश्यक छ, यसो नगर्नु भनेको आफ्‍नो हितलाई, साथै इज्‍जत र प्रतिष्ठामा हानि गर्नु हो भन्‍ने लाग्छ। तिनीहरूले धेरै कुरा गुमाउनेछन्, त्यो हानि अत्यन्तै ठूलो हुनेछ। तिनीहरूले यी कुराहरूको हिफाजत गर्छन्, तिनीहरूले आफ्‍नै छवि, प्रतिष्ठा र हैसियतको हिफाजत गर्छन्—र त्यही नै सत्यताप्रति मानिसहरूमा प्रेम नहुनुको साँचो स्वरूप हो। समग्रमा, जब मानिसहरू इमानदार बन्‍न चाहँदैनन् वा सत्यताको अभ्यास गर्न असफल हुन्छन्, तब यो तिनीहरूले सत्यतालाई प्रेम नगरेको कारणले हुन्छ; आफ्‍नो हृदयमा, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई प्यारो ठान्‍ने, बाहिरी संसारका प्रचलनहरूको पछि लाग्‍ने वा शैतानको प्रभावमा जिउने कार्यलाई कहिल्यै रोक्दैनन्—जुन तिनीहरूको प्रकृतिको समस्या हो। आज, परमेश्‍वरलाई वर्षौंदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमाथिको विश्‍वास के हो भनी राम्ररी बुझेका मानिसहरू छन्, तर किन तिनीहरूले अझै पनि सत्यताको अभ्यास गर्दैनन्, किन तिनीहरूमा अझै परिवर्तन आएको हुँदैन? किनभने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरूले त्यसलाई अभ्यास गर्न सक्दैनन्, र यसररी तिनीहरूले यतिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको कुनै फाइदा हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)।

कतिपय मानिसहरूले कहिल्यै पनि कसैलाई सत्यता बताउँदैनन्। तिनीहरूले मानिसहरूलाई भन्‍नुभन्दा पहिले सबै कुरा सोचविचार गरी संशोधन गरेर राखेका हुन्छन्; तिनीहरूले भन्‍ने कुन कुरा साँचो हो, र कुन झूटो हो बताउन सकिँदैन। तिनीहरूले आज एउटा र भोलि अर्को कुरा गर्छन्, एक जनालाई एउटा र अर्को जनालाई अर्को कुरा भन्छन्; तिनीहरूले भन्‍ने कुरा आफैमा बाझिन्छ। त्यस्ता मानिसहरूको कुरा कसरी विश्‍वास गर्न सकिन्छ? तथ्यको सही बुझाइ हासिल गर्न अत्यन्तै कठिन हुन्छ; तैँले तिनीहरूबाट कुनै सटीक कुरा भेट्टाउन सक्दैनस्। यो कस्तो स्वभाव हो? यो कपट हो। के कपटी स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यो परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ। स्वभावसँग सम्‍बन्धित कुनै पनि कुरा मानिसहरूको प्रकृतिसँग सम्‍बन्धित हुन्छ, र मानिसहरूको प्रकृतिसँग सम्‍बन्धित कुरालाई परिवर्तन गर्नुजस्तो कठिन अरू केही हुँदैन। उखान नै छ नि, बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो, बाङ्गोको बाङ्गै। यो सतप्रतिशत सत्य हो। तिनीहरूले जेसुकै भनिरहेका वा गरिरहेका भए पनि, कपटी मानिसहरूले सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू बोकिरहेका हुन्छन्। तिनीहरूसँग कुनै उद्देश्य वा अभिप्राय छैन भने, तिनीहरू केही पनि बोल्दैनन्। यदि तैँले तिनीहरूका उद्देश्य र अभिप्रायहरू के-के हुन् भनेर पत्ता लगाउने प्रयास गरिस् भने, तिनीहरू मुखमा बुजो लगाउँछन्; र यदि तिनीहरूले झुक्‍किएर कुनै साँचो कुरा मुखबाट फुत्काइहाले भने पनि, त्यो कुरालाई घुमाउन, तँलाई अलमल्याउन र सत्यता जान्‍न नदिनको लागि सक्दो उपाय लगाउँछन्। अर्को शब्‍दमा भन्दा, आफूले गर्ने हरेक कुरामा, तिनीहरू कसैलाई पनि वास्तविक कुरा बुझ्न दिँदैनन्; मानिसहरूले तिनीहरूलाई चिनेको जति लामो समय भए पनि, कसैले पनि तिनीहरूको मनमस्तिष्कमा के छ भन्‍ने कुरा जान्‍न सक्दैन। कपटी मानिसहरूको प्रकृति त्यही हो। कपटी मानिसहरूले जति धेरै कुरा भने पनि, तिनीहरूका अभिप्रायहरू के हुन् त्यो तैँले कहिल्यै पत्ता लगाउनेछैनस्, न त तिनीहरूले के उद्देश्य हासिल गर्ने प्रयास गर्दै छन्, वा तिनीहरूले के सोचिरहेका छन् भन्‍ने कुरा नै थाहा पाउनेछस्। तिनीहरूका आमाबाबुलाई समेत यो कुरा जान्‍न गाह्रो हुन्छ; कपटी व्यक्तिलाई बुझ्‍न खोज्‍नु एकदमै कठिन काम हो। कपटी मानिसहरू यस्तै हुन्छन्: कुनै काम गर्नुभन्दा पहिले नै, तिनीहरूले आफ्‍नो कपट प्रकट गरेका हुन्छन्। यो एक किसिमको स्वभाव नै हो, होइन र? तैँले कुनै कुरा भने पनि नभने पनि, वा तैँले कुनै कुरा गरे पनि नगरे पनि, तँभित्र यो स्वभाव रहेको हुन्छ र यसले तँलाई सबै समय र स्थानमा नियन्त्रण गर्छ, तँलाई खेल खेल्‍न र चलाकीमा सहभागी हुन, मानिसहरूसँग खेलबाड गर्न, सत्य ढाकछोप गर्न, र बाहिरी रूपमा राम्रो देखिन प्रयास गर्न लगाउँछ। यो कपट हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “स्वभाव परिवर्तनको लागि भ्रष्ट स्वभावका छ वटा पक्षको बारेमा बुझ्नुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, म झूट नबोली, छल नगरी र सत्यतालाई ढाकछोप नगरी सक्दै सक्दिनँ किनभने म धूर्त छु अनि आफ्नो इज्जत र हैसियतको मोल गर्छु। ती नै कुरालाई मैले सधैँ रक्षा गरिरहेको थिएँ। मैले आफूले भनेको कुरा सोच्दै पूर्व-सम्पादन गर्नेथिएँ, अनि त्यो जति नै थकाइलाग्दो भए पनि, म सिधै कुरा बताउन चाहँदिनँथिएँ। मैले एक इमानदार व्यक्ति हुन कसरी परमेश्‍वरसँग मदतको लागि प्रार्थना गरेँ भनेर सोचेँ, तर मैले जानकारी नराखेको कामबारे अगुवाले सोधपूछ गर्दा, मैले के सोचेँ भने, यदि मैले थाहा छैन भनेर उनलाई सिधै बताएँ भने, मैले व्यावहारिक काम नगर्ने र भरपर्दो नरहेको उनले सोच्नेछिन्, र बढीमा, मलाई बर्खास्त गर्न सक्छिन्। मैले आफ्नो हैसियत जोगाउन कर्तव्यमा भएका समस्या अगुवालाई देखाउन चाहिनँ, त्यसैले, मैले सत्यलाई ढाकछोप गर्ने तरिकाबारे सोचेँ। मलाई साँच्चै त्यसबारे विस्तृत कुरा थाहा थिएन, बरु मैले बठ्याइँ गर्दै अन्दाजी सङ्ख्या बताएँ, ताकि मैले आफ्नो कामको हरेक पक्ष राम्ररी बुझेको र केही वास्तविक काम गर्न सक्ने भनेर उनले सोचून्। म केवल आफ्नो नाम र हैसियत जोगाउन सामान्य कुराबारे झूट बोल्न इच्छुक भइरहेको मैले देखेँ। त्यो त साह्रै दुष्टता हो! कर्तव्यमा केही गडबडी हुनु वास्तवमा सामान्य कुरा हो, त्यसैले, कुरा लुकाउनु वा बेइमान हुनु आवश्यक छैन। तर, अगुवाको मनमा रहेको मेरो छविलाई जोगाउने प्रयासमा मैले झूट बोलेँ र समस्या ढाकछोप गरेँ, यसरी आफ्नो मर्यादा गुमाएँ। म कत्ति मूर्ख! यसले मलाई के महसुस गरायो भने, म साँच्चै निष्कपट देखिए पनि, म आफ्नो बोलीमा इमानदार वा आफ्नो विचारमा सरल थिइनँ। मैले जे प्रकट गरेँ त्यो शैतानी स्वभाव थियो। म धूर्त र निर्लज्ज थिएँ। त्यतिबेला आफू कति छट्टू, घृणित र भ्रष्ट रहेछु भन्ने महसुस भयो। आफूदेखि मलाई त घृणा लाग्यो भने परमेश्‍वरलाई मदेखि कसरी वाक्क नलाग्नु त? म सधैँ आफूलाई प्रायः कहिल्यै छल नगर्ने सत्यवादी ठान्थेँ। साथै, परमेश्‍वरविरुद्ध कहिल्यै कुनै कुरा खुल्लमखुल्ला नगरेकोले उहाँले मलाई असल र इमानदार मानिसको रूपमा हेर्नुहुन्छ भन्ने मलाई लाग्यो। मैले के समेत सोचेँ भने, इमानदार हुनका लागि सत्यता अभ्यासको काम गर्नुपर्दैन, म त्यसरी नै आफ्नो कर्तव्य गरिरहन र परमेश्‍वरलाई पछ्याइरहन सक्छु, र अन्ततः मुक्ति पाउन सक्छु। म साह्रै दयनीय र अन्धो थिएँ। यदि मलाई परमेश्‍वरका वचनका तथ्य र न्याय देखाउने वास्तविकता नभएको भए, मैले आफूलाई पटक्कै बुझ्नेथिइनँ। अन्त्यमा मैले के बुझेँ भने, म त इमानदार व्यक्ति हुनुबाट कोसौँ टाढा रहेछु, त्यसको नजिक समेत पुगेको रहेनछु।

त्यसपछि मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “जब ख्रीष्टविरोधीहरूको खुलासा, अनि निराकरण र काटछाँट हुन्छ, तब तिनीहरूले सबैभन्दा पहिले गर्ने भनेकै आफ्‍नो प्रतिरक्षाको लागि विभिन्‍न कारणहरू खोजी गर्नु, पासोबाट आफूलाई मुक्त गर्ने प्रयास गर्न हरप्रकारका बहानाहरू बनाउनु, र यसरी आफ्‍ना जिम्‍मेवारीहरूलाई पन्छ्याउने र माफी पाउने आफ्‍नो उद्देश्य हासिल गर्नु हो। ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका जनहरूले तिनीहरूको व्यक्तित्व, तिनीहरूको कमजोरी र त्रुटिहरू, र तिनीहरूको साँचो क्षमता र काम गर्ने सामर्थ्य देख्लान् भन्‍ने सबैभन्दा बढी डर हुन्छ—त्यसकारण तिनीहरूले देखावटी व्यवहार गर्न र आफ्‍ना कमीकमजोरी, समस्या, र भ्रष्ट स्वभाव ढाकछोप गर्न सक्दो प्रयास गर्छन्। जब तिनीहरूको दुष्कर्म प्रकट हुन्छ, तब तिनीहरूले सबैभन्दा पहिले यो तथ्यलाई स्वीकार गर्ने वा मान्‍ने, वा त्यस्ता गल्तीहरू सुधार गर्ने सक्दो प्रयास गर्ने गर्दैनन्, बरु ती कुराहरू ढाकछोप गर्ने, तिनीहरूका कार्य-व्यवहारको बारेमा थाहा नहुनेहरूलाई छल गर्ने र अलमल्याउने, परमेश्‍वरका चुनिएका मानिसहरूलाई वास्तविक अवस्था नदेखाउने, र तिनीहरूका कार्यहरू परमेश्‍वरको घरको लागि कति हानिकारक छन्, तिनीहरूले मण्डलीको काममा कति धेरै बाधा र अड्चन ल्याएका छन् भन्‍ने कुरा थाहा नदिन उपायहरू खोज्‍ने प्रयास गर्छन्। अवश्‍य नै, तिनीहरूलाई माथिकाहरूले थाहा पाउलान् भन्‍ने कुराको सबैभन्दा बढी डर हुन्छ, किनभने कसैले माथि गएर तिनीहरूको बारेमा रिपोर्ट गरिदिए भने, तिनीहरूको खेला खत्तम हुन्छ। त्यसकारण, जब कुनै कुरा आइपर्छ, तब ख्रीष्टविरोधीहरूले गर्ने पहिलो काम भनेको तिनीहरूले कहाँ गल्ती गरेका छन्, कहाँ सिद्धान्त उल्‍लङ्घन गरेका छन्, तिनीहरूले किन त्यस्तो काम गरे, तिनीहरूलाई कस्तो स्वभावले नियन्त्रण गरेको थियो, तिनीहरूका अभिप्रायहरू के-कस्ता थिए, त्यो बेला तिनीहरूको स्थिति कस्तो थियो, यो बाटो बिराएर गरिएको थियो कि कलङ्कित मनसायको कारणले गरिएको थियो भन्‍ने विषयमा मनन गर्नु होइन; यी कुराहरूको बारेमा मनन गर्नु त कता हो कता, तिनलाई विश्‍लेषण गर्ने वा सोच्‍ने समेत नगरी, तिनीहरूले चुनिएका जनहरूलाई छल्‍न, ठूलो कुरालाई सानो बनाउन र अरूलाई झुक्याएर उम्कनको लागि तिनीहरूको अघि औचित्य पुष्टि गर्न र बहाना बनाउन सक्दो प्रयास गर्दै सत्य-तथ्यहरूलाई ढाकछोप गर्ने उपायहरू निकाल्‍न दिमाग खियाउँछन्—यो सबै नै परमेश्‍वरको घरमा तिनीहरूको दुष्कर्मलाई कायम राख्‍न, मानिसहरूको हृदयमा भएको तिनीहरूको स्थानलाई कायम राख्‍न, मानिसहरूमाथि चालबाजी गर्न सक्‍ने अवस्थामा रहिरहन, र तिनीहरूको आदर कमाउन, र तिनीहरूलाई जे भन्यो त्यही गर्ने पार्नको लागि हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफास)। परमेश्‍वरका वचनहरूले मलाई निकै भयभीत तुल्याए। विशेष गरी यी वचनहरू पढ्दा, “ख्रीष्टविरोधीहरू,” “तथ्यहरूलाई ढाकछोप गर्ने,” “छल्‍ने,” र “अलमल्याउने,” परमेश्‍वरले सामुन्ने नै मेरो न्याय र खुलासा गरिरहनुभएको छ जस्तो लाग्यो। मैले त्यो कामको अनुगमन गरेको त छु भनेर सिस्टर लीले सोध्दा, मैले गरेको छैनँ भनेर तुरुन्तै स्वीकार नगरेको वा आत्मसमीक्षासमेत नगरेको र कस्ता प्रकारका परिवर्तन गर्नुपर्छ भनेर नसोचेको बारेमा मैले विचार गरेँ। मैले उनको सन्देश नदेखेको बहाना बनाएँ, अनि उत्तर खोजेर जवाफ दिनतिर हतारिएँ। त्यसो गर्दा, मैले त्यो कामको जानकारी नराखेको, आफ्नो कर्तव्यमा त्यति जिम्मेवार नभएको भनेर सिस्टर लीलले थाहा पाउने थिइनन्। उनले म भरपर्दो छु र चिन्ता गर्नुपर्दैन भनेर सोच्नेथिइन्। त्यसपछि, माथिल्लो तहका अगुवा मेरो काम जाँच गर्न आउँदा, उनले मेरो कर्तव्यमा केही समस्या भेट्टाइन् अनि मलाई काटछाँट र निराकरण गरिन्। मैले वास्तविक काम नगरिरहेको र कर्तव्यमा म लापरवाह भइरहेको मान्दै, सत्यता नस्वीकारेको वा आत्मसमीक्षा नगरेको मात्र होइन्, बरु मैले झूट बोल्दै आफ्ना समस्याको ढाकछोप गरेँ। मैले भविष्यमा अगुवाको कुनै पनि प्रश्नको उत्तर तुरन्तै दिने हुनका लागि कडा परिश्रम गर्नुपर्छ भनेर आफैलाई भनेँ, ताकि उनले मेरो काममा गल्ती वा भूलचूकहरू नभेट्टाउन्, बरु मलाई एक-एक विवरण राख्ने र जिम्मेवार व्यक्ति ठानून्। मैले आफ्नो रक्षा गर्न दिमाग खियाइरहेको थिएँ मानिसहरूले मेरो आन्द्राभुँडी थाहा पाउनेछन् र मैले जिम्मेवार र भरपर्दो व्यक्ति भन्ने आफ्नो छवि गुमाउनेछु भनेर डराएँ। मेरो लक्ष्य भनेको अरूको हृदयमा विशेष स्थान ओगट्नु थियो। मैले साँच्चै ख्रीष्टविरोधीको स्वभाव प्रकट गरिरहेको छु भनेर बुझेँ। ख्रीष्टविरोधीलाई आलोचना वा खुलासा गर्दा, उनीहरूले गल्ती स्वीकारेर आत्मसमीक्षा गर्दैनन्, बरु आफूलाई सही ठहराउन, जिम्मेवारीलाई पन्छाउन र आफ्ना समस्या ढाकछोप गर्न सक्दो प्रयास गर्छन्, पुरै लाज पचाएका हुन्छन्। ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार्न अलिकति पनि चासो देखाउँदैनन्, तर आफ्नो हैसियत जोगाउने तरिकाले बोल्न र काम गर्न चालबाजी मात्र गर्छन्। के मैले त्यस्तै गरिरहेको थिइनँ र? मैले वास्तविक काम गरिरहेको थिइनँ, कर्तव्यमा आफूलाई समर्पित गरिरहेको थिइनँ, त्यसैले, मलाई दोषी महसुस हुनुपर्थ्यो। तर म अविवेकी थिएँ, आफूलाई ढाकछोप गर्न हर कुरा सोच्ने प्रयास गरेँ। मेरो प्रकृति नै चिप्ले, धूर्त र दुष्ट भएको मैले देखेँ। मलाई लाग्यो, म दिनको उज्यालोमा पूर्ण रूपले उदाङ्गो भएको छु, खुलासा भएको छु, परमेश्‍वरले मेरा कार्यहरूको न्याय र निन्दा गर्नुभएको छ। परमेश्‍वरको धार्मिकताले अपराध सहँदैन भनेर पनि मैले महसुस गर्न सकेँ, र मलाई साँच्चै डर लाग्यो। मैले तुरुन्तै पश्चात्ताप गरी परिवर्तन गर्नुपर्छ भनेर मलाई थाहा भयो।

पछि मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरू कति गहन रूपमा भ्रष्ट छन् र तिनीहरूमा कुनै मानवीय स्वरूप छ वा छैन भनी तिनीहरूले जान्न सक्छन्; जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्न सक्छन् र आफ्नै प्रकृति सार जान्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिन्छ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, र परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। एउटा चिह्न छ जसले अन्त्यमा को परमेश्‍वरद्वारा प्राप्त गरिनेछ भन्‍ने देखाउँछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका कार्यहरूका विशेषताहरू र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। ‘निष्खोट’ ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। परमेश्‍वरका वचनहरू एकदमै साँचो छन्। इमानदारीता अभ्यास नगरी मैले कति धेरै झूट बोलिरहेको र धोका दिइरहेको थिएँ, वा मेरा धूर्त स्वभाव कति गम्भीर रहेछ भनेर कहिले पनि बुझ्नेथिइनँ। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। धूर्त मानिसहरू झूटले भरिएका हुन्छन्। उनीहरू पूर्णतया शैतानी स्वभावअनुसार जिउँछन् र परमेश्‍वरका शत्रु हुन्। उनीहरू शैतानका हुन् र उनीहरूले परमेश्‍वारद्वारा मुक्ति पाउन सक्दैनन्। मेरो छलीपन कति खतरनाक र लज्जास्पद रहेछ भनेर मैले बुझेँ। म त्यसो गर्न सक्दिनँ भनेर मलाई थाहा भयो, तर मैले आफ्ना गल्ती स्वीकार गरी इमानदार हुन सत्यता अभ्यास गर्नुपर्थ्यो।

अगुवालाई वास्तविक घटना बताउनका लागि मेसेज पठाउन म तयार भएँ, तर मलाई अलिक सङ्कोच लाग्यो। यदि मैले आफ्नो बेइमानीबारे खुलस्त बताएँ भने, अगुवाले के सोच्नेछिन् भनेर म चिन्तित भएँ। के उनले म ज्यादै धूर्त रहेको, सानो कुरामा पनि धेरै सोचिरहने, अनि झुटसमेत बोलेको भन्दै म भरोसायोग्य छैन भनेर सोच्नेछिन्? मैले त्यस घटनाबारे खुलस्त हुन चाहिनँ, तर अर्को पटक चाहिँ साँचो कुरा सिधै बताउनेछु, इमानदार हुनेछु, र त्यसो गर्दा पश्चात्तापी ठहरिनेछु भनेर सोचेँ। फेरि कहिल्यै झूट बोल्दिनँ भनेर मैले आफूलाई ढाढस दिइरहेँ, तर मेरो विवेक दोषी थियो र मलाई दोषी महसुस भयो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ। “मानिसहरूले इमानदार बन्‍ने अभ्यास गर्दा विभिन्‍न समस्याहरू देखा पर्नेछन्। कहिलेकहीँ तिनीहरूले सोच्दै नसोची मुख खोल्छन् र, कुनै गलत विचार, निश्‍चित अभिप्राय वा उद्देश्य, वा अभिमानको कारण तिनीहरूले झूट बोल्छन्, जसको परिणामस्वरूप त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्‍नुपर्छ, र अन्त्यमा यसले मानसिक खलबली मच्‍चाउँछ—तर तिनीहरूले यसलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्‍नो गल्ती सुधार गर्ने, आफूले बोलेको झूट स्वीकार गर्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्ती निरन्तर भइरहन्छ। यसपछि, तिनीहरूको अवस्था तिनीहरूको हृदयमा ठूलो ढुङ्गाले थिचिरहेको जस्तै हुन्छ; तिनीहरू दोषरहित हुने, गल्ती स्वीकार गरी पश्‍चात्ताप गर्ने मौका पाउन चाहन्छन्, तर तिनीहरूले कहिल्यै पनि यसलाई व्यवहारमा प्रयोग गर्दैनन्; अन्तिममा, तिनीहरूले यसबारेमा विचार गरेर भन्छन्, ‘म भविष्यमा आफ्‍नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।’ तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा माग्‍नुजत्तिको सरल छैन। के तैँले झूट बोल्दा र छली बन्दा आउने हानि र दुष्‍परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाले गर्दा, तैँले पश्‍चात्ताप अभ्यास गर्न सक्छस्, र त्यस्तो कुरा फेरि गर्दैनस् भने, तैँले गरेको कुरालाई माफी गर्न सकिन्छ, र तैँले परमेश्‍वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्छस्। यदि तैँले चिप्‍लो कुरा गरेर यसलाई भविष्यमा सुधार गर्न सक्छु भनी भन्छस्, तर साँचो रूपमा पश्‍चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्‍ने र छली बन्‍ने कार्यलाई जारी राख्छस् भने—यदि तैँले जिद्दी भई पश्‍चात्ताप गर्न इन्कार गर्छस् भने—तँलाई अवश्य नै हटाइन्छ। विवेक र समझ भएका मानिसहरूले यो कुरालाई पहिचान गर्नुपर्छ। झूट बोलेपछि र छली बनेपछि, सुधार हुनेबारेमा मात्रै विचार गर्नु पर्‍याप्त हुँदैन; तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ इमानदार बन्‍न चाहन्छस् भने, तैँले सत्य बताएर वास्तविक कामकुराहरू गर्नैपर्छ। तैँले झूट बोल्‍ने र छली बन्‍ने समस्यालाई समाधान गर्नैपर्छ; कहिलेकहीँ तैँले इज्‍जत गुमाउन सक्छस्, तँ निराकरण, र हप्कीदप्कीमा समेत पर्न सक्छस्, तर तेरो हृदय स्थिर र शान्त हुनेछ, र तैँले आफूलाई भन्‍नेछस्: ‘मलाई निराकरण गरिए पनि वा प्रतिस्थापन गरिए पनि, म हृदयमा स्थिर छु; म इमानदार छु र मैले भन्‍ने कुनै पनि कुरा गलत छैन; मैले मेरो कर्तव्य राम्ररी पूरा नगरेको हुनाले, मलाई निराकरण गरिनुपर्छ, र मैले यसको जिम्‍मेवारी लिनुपर्छ।’ यो सकारात्मक मानसिक स्थिति हो। तैपनि, तँ छली भएपछि के-कस्ता परिणामहरू आउँछन्? छली भएपछि, तँलाई हृदयमा कस्तो महसुस हुन्छ? (असहज।) असहज; तैँले सधैँ आफ्‍नो हृदयमा ग्‍लानि र भ्रष्टताको अनुभव गर्छस्, तँलाई सधैँ दोषी महसुस हुन्छ: ‘म कसरी छली बन्‍न सकेँ? म फेरि पनि कसरी छली भइरहन सकेको छु? म किन यस्तो छु?’ तँलाई आफ्‍नो शिर ठाडो पारेर हिँड्न, परमेश्‍वरको सामना गर्न सकिएला जस्तो लाग्दैन। खास गरी, जब मानिसहरूले परमेश्‍वरको आशिष्‌ पाउँछन्, जब तिनीहरूले परमेश्‍वरको दया, करुणा र सहनशीलता प्राप्त गर्छन्, तब तिनीहरू परमेश्‍वरलाई धोका दिनु लाजमर्दो कुरा भएको महसुस गर्छन्; भित्री रूपमा, तिनीहरूमा ठूलो धिक्‍कारको बोध हुन्छ—अनि, तिनीहरूमा कुनै शान्ति वा आनन्द हुँदैन। यसले कुन समस्यालाई प्रमाणित गर्छ? छली बन्‍नु भनेको विद्रोह गर्नु हो, परमेश्‍वरको विरोध गर्नु हो, यो भ्रष्ट स्वभावको प्रकटीकरण हो, त्यसकारण यसले तँलाई पीडा दिनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। यसले मेरो अवस्थालाई पूर्ण रूपले व्याख्या गरिदियो। यी सबै परमेश्‍वरले मलाई नै सिधै भन्नुभएको जस्तो लाग्यो, अनि छली व्यक्ति हुनु र इमानदार व्यक्ति हुनु बिलकुलै विपरीत मार्गहरू हुन् भनेर मैले बुझेँ। छली हुनु सही मार्ग होइन अनि यो उचित मानवताभित्र हुँदैन। कसैले छल गरेर आफ्नो लक्ष्य हासिल गर्लान्, तर उनीहरूले आफ्नो निष्ठा र मर्यादा गुमाउनेछन्, त्यसले दोष र असहजताबाहेक अरू केही पनि ल्याउनेछैन, अनि उनीहरू शैतानको हाँसोको पात्र बनेर अन्धकारमा जिउनेछन्। मैले बोलिरहेको झूट र दिइरहेको धोका सानोतिनो पिचास हुनुजस्तो थियो, पूर्णतया लाजमर्दो कुरा थियो, अनि मलाई शैतानले पीडादायी रूपमा खेलाइरहेको थियो। मेरो बेइमानीले मलाई व्यर्थको क्षणिक महिमा त दियो, तर परमेश्‍वरको अनुमोदन गुम्यो। के म मूर्ख थिइनँ र? मैले सत्य बताउनुपर्दा, हरेक महत्त्वपूर्ण मोडमा, “अर्को पटक, अर्को पटक” भन्दै आफूलाई अनुकूल बनाइहेको थिएँ। म साँच्चै आफूप्रति क्षमाशील भएँ, आफूले बुझेको सत्यता अभ्यास गरिनँ, त्यसैले, इमानदार व्यक्ति हुने वास्तविकतामा म कहिल्यै जिइनँ। मैले आफैलाई के भनेँ भने, म त्यो गरिरहन सक्दिनँ, र मानिसहरूले मलाई के सोच्छन् त्यसले फरक पार्दैन, म परमेश्‍वरसामु जिउनुपर्छ, उहाँको जाँच स्विकार्नुपर्छ र उहाँलाई सन्तुष्ट पार्नुपर्छ। महत्त्वपूर्ण कुरा त्यही हो। यदि कसैले मलाई स्पष्टसित देखे पनि र मैले केही इज्जत गुमाएँ भने पनि, सत्यता अभ्यास गर्नु र इमानदार हुनु भनेको परमेश्‍वरको अनुमोदन प्राप्त गर्नु हो, अनि त्यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो अनि त्यो अत्यन्तै मूल्यवान र अर्थपूर्ण छ! साथै, मैले सधैँ मेरा व्यक्तिगत समस्याहरूलाई ढाकछोप गरिरहेको थिएँ, र अरूले ती भेट्टाउन वा मेरो आलोचना गर्न नसके तापनि, म आफ्नो भ्रष्टता र दोषहरूबारे अनभिज्ञ भइरहेँ, त्यसैले, मैले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न वा आफ्नो कर्तव्यमा अझ राम्रो गर्न सकिनँ। ती कुराले मेरो हृदयमा बढ्न पटक्कै नरोकिने र अन्त्यमा मेरो ज्यान लिने ट्युमरजस्तै गहिरो जरा गाढेर बसे। तर खुला र सरल स्वभावका ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा भएका सबै गल्ती वा आइपरेका समस्याहरूलाई खुलस्तसित अघि राख्थे, र कहिलेकाहीं उनीहरूलाई आलोचना वा बर्खास्तसमेत गरियो, तर त्यस कुराले उनीहरूको हृदय साँच्चै छोयो। उनीहरूले चाँडै आफ्ना समस्या देख्न सके र ती सुल्झाउन सत्यता खोज्न सके, र त्यसले गर्दा उनीहरूले जीवनमा ठूलो प्रगति गरे। त्यो असहज कुरा थियो, तर उनीहरूले सत्यता अभ्यास गरेर परमेश्‍वरको अनुमोदन प्राप्त गरे। त्यो त बुद्धिमानी हुनु हो। म सोच्ने गर्थेँ, मेरो दिमाग विचारले भरिएको छ, म चङ्खो छु, अनि अरूको आँखामा धूलो झोँक्नु चतुरता हो, तर म पूर्ण पटमूर्ख, असाध्यै बेवकुफ थिएँ! म सानो कुराको ख्याल गर्ने बुद्धिमान् तर ठूलो कुरालाई बेवास्ता गर्ने मूर्ख थिएँ। म पूर्णतया हास्यास्पद भएको थिएँ। त्यसपछि, मानिसहरूले मलाई के सोच्लान् भनेर मैले ख्याल गर्न छोडेँ र परमेश्‍वरलाई फेरि निराश पार्नुको सट्टा केवल सत्यता अभ्यास गर्न र शैतानलाई लज्जित पार्न चाहेँ। त्यसैले, मैले अगुवालाई आफूले झूट बोल्नुको कारणलगायतका सत्य कुरा बताउन साहस बटुलेँ। मैले त्यो सन्देश पठाएपछि शान्ति र स्वतन्त्र महसुस गरेँ। त्यसको तुरुन्तै अगुवाले मलाई यसो भन्दै फेरि सन्देश पठाइन्, “इमानदार हुन यसरी कार्य गर्नु राम्रो हो। मसँग पनि धूर्त स्वभाव छ र मैले परमेश्‍वरको न्यायबाट गुज्रनु आवश्यक छ।” त्यो देखेर म साह्रै अभिप्रेरित र धेरै लज्जित पनि भएँ। इमानदार व्यक्ति बन्ने यो एकै प्रयासले मलाई के देखायो भने, मानव बन्ने एकमात्र उचित तरिका त्यही हो।

त्यसपछि, मैले जानाजानी आफ्नो दैनिक जीवनको बोली र काममा इमानदारीता अभ्यास गर्ने प्रयास थालेँ, जसले मलाई म थुप्रै तरिकामा सही र निष्पक्ष रहनेछु भनेर देखायो। कहिलेकाहीं, मैले आफ्ना धारणाको आधारमा बोलेँ र तथ्यहरू पालन गरिनँ, र कहिलेकाहीं बढाइचढाइ गर्थें। कहिलेकाहीं, मैले जानाजानी आफूलाई गलत तरिकाले प्रस्तुत गरेँ र छली भएँ। म साँच्चै झूटो रहेछु भनेर झन् झन् स्पष्ट भयो। एक पटक अगुवाले मलाई काम कस्तो चल्दैछ भनेर सोधेको, र मैले चाहिँ त्यो काम कस्तो भइरहेको छ भनेर हेर्ने समय पाएको छैन भनेर सोचिरहेको थिएँ। त्यसैले, यदि मैले आफूलाई थाहा छैन तर गएर सोध्नुपर्छ भनेर भनेँ भने, के उनले म व्यावहारिक छैनँ र वास्तविक काम गर्दिनँ भनेर सोच्नेछन्? मैले त्यस प्रश्नलाई पन्छाएर त्यस कामलाई जाँचेपछि उनलाई बताउँछु, त्यसपछि, त्यो काम गरिएको छैन भने पनि, अगुवाले मेरो बारेमा कुनै नराम्रो कुरा भन्नेछैनन्, र त्यसो गर्दा मैले कम्तिमा पनि कामकुरा अनुगमन गरेको देखिनेछ भनेर सोचेँ। मैले त्यसो गर्नै लाग्दा, मलाई लाग्यो, म आफ्नो प्रतिष्ठालाई जोगाउन फेरि छली हुँदैछु। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भनेँ, “हे परमेश्‍वर, म आफ्ना धूर्त मनसाय त्याग्न चाहन्छु र एक इमानदार व्यक्तिको हैसियतमा सत्यता अभ्यास गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गरी मदत गर्नुहोस्।” त्यसपछि, सर्वशक्तिमान् परमेश्‍वरका यी वचनहरू मेरो मनमा आए: “झुटो बोलेर तँ आफ्नो इमानदारी र मर्यादा बेच्छस्। यी झुटहरूले गर्दा तैँले आफ्नो मर्यादा गुमाउँछस् र परमेश्‍वरको सामु तेरो कुनै इमानदारी हुँदैन। परमेश्‍वर यसमा प्रसन्न हुनुहुन्न र उहाँले यसलाई घृणा गर्नुहुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। यी वचनहरू “इमानदारी” र “मर्यादा” ले मलाई सत्य बोल्न, भूतात्माजस्तो जिउन छोड्न साँच्चै उत्प्रेरित गऱ्यो। त्यसैले, मैले यसो भन्दै सिधै प्रत्युत्तर पठाएँ, “मलाई विस्तृत कुरा राम्ररी थाहा छैन, मैले त्यो पहिला जाँच्नुपर्छ।” त्यो प्रत्युत्तर पठाएपछि मलाई मनमा ठूलो शान्ति महसुस भयो। मलाई के महसुस हुँदै गयो भने, इमानदार हुनु मानवताको सबैभन्दा आधारभूत पक्ष हो, सही मार्गमा हिँड्नु हो।

अर्को: भूकम्पपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको भिन्नता छुट्याउन सक्छु

शियाङवाङ, मलेशिया “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ।...

मानिसहरूलाई खुसी पार्ने हुनुको सत्यतालाई मैले देखेको छु

नुलि, चीनमैले मेरा इष्टमित्र, परिवार र छिमेकीहरूसित अन्तरक्रियाहरू गर्दा व्यक्तिगत सम्बन्धलाई कायम राख्न निकै प्रयास गर्ने गर्थेँ। म कुनै...

सम्बन्धको बन्धनबाट मुक्ति

झोउ युआन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्