झूट बोल्‍नुको पीडा

25 फेब्रुअरी 2023

अक्टोबर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेँ। भेलाहरूमा म ब्रदर-सिस्टरहरूले आफ्‍नो अनुभव र बुझाइको बारेमा सङ्गति गर्न सकेका देख्थेँ। तिनीहरूले कुनै हिचकिचाहटविना आफ्‍ना भ्रष्टता र कमीकमजोरीबारे खुलस्त बताउन सक्थे, र मलाई डाहा लाग्थ्यो। म पनि इमानदार व्यक्ति बन्‍न र तिनीहरूले जस्तै खुलस्त कुरा गर्न चाहन्थेँ, तर यसलाई व्यवहारमा लागू गर्ने समयमा, म इमान्दारीपूर्वक बोल्‍नै सक्दिनथिएँ। एक पटक, मेरा ब्रदर-सिस्टरहरूले मलाई सोधे, “तपाईं सानै देखिनुहुन्छ, के तपाईं अझै विद्यार्थी नै हुनुहुन्छ?” वास्तवमा मैले पढ्न छोडेको निकै भइसकेको थियो, र म रेस्टुरेन्टमा कुक र सरसफाइको काम मात्रै गर्थेँ, तर अरूले थाहा पाए भने मलाई हेला गर्लान् भन्‍ने डरले मैले तिनीहरूलाई म विद्यार्थी हुँ भनेर भनेँ। मैले यसो भनेपछि मैले यसबारे त्यति विचार गरिनँ, र त्यतिकै अघि बढिरहेँ। एक दिन, मैले एउटा गवाही भिडियोमा परमेश्‍वरको वचनको एउटा खण्ड देखेँ जसले मलाई आफ्‍नो बारेमा मनन गर्न लगायो। “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरू पढिसकेपछि मैले के बुझेँ भने, परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, इमानदार मानिसहरूले परमेश्‍वरसँग खुलस्त कुरा गर्न सक्छन्, तिनीहरू आफूले गर्ने र बोल्‍ने कुरामा स्पष्ट हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई वा मानिसहरूलाई धोका दिने प्रयास गर्दैनन्। तर म भनेँ, अरूले मलाई “तपाईं विद्यार्थी हो?” भनी सोध्दा हेलामा परिने डरले सत्यता समेत बताउन सकिनँ, परमेश्‍वरको अघि इमानदार व्यक्ति बन्‍नु त परको कुरा हो। म पटक्‍कै इमानदार थिइनँ। त्यसकारण म अरूलाई यो कुरा स्पष्ट बताउन चाहन्थेँ, तर तिनीहरूले मेरो खिल्‍ली उडाउलान् भन्‍ने डर लाग्थ्यो, तर यो कुरा नभन्दा पनि मलाई भित्रैदेखि असहज भइरहेको थियो। त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, र सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्‍न मलाई सहयोग गर्नुहोस् भनेर अनुरोध गरेँ। पछि एउटा भेलामा, मैले मेरो भ्रष्टताको बारेमा खुलस्त बताएँ र मेरा झूट र छलको बारेमा खुलासा गरेँ। तर तिनीहरूले मलाई हेला गरेनन्, बरू मेरो अनुभव रहेको भनेर मेसेज समेत पठाए। यसले मलाई इमानदार व्यक्ति बन्‍ने अझै धेरै आत्मविश्‍वास दियो। यस पटक इमानदार व्यक्ति बनेर सत्य कुरो बताएर पनि, मेरो शैतानी स्वभावबारे मलाई अझै थाहा थिएन, र मेरो प्रतिष्ठा र हितहरूसँग सम्‍बन्धित कुराहरू आउँदा मैले आफूलाई ढाकछोप गर्न छली स्वभाव प्रकट नगरी बस्‍न सक्दिनथिएँ।

पछि मलाई प्रचारक चुनियो र म तीन वटा मण्डलीको काम हेर्ने जिम्‍मेवारी पाएँ। एउटा सहकर्मी भेलामा, अगुवाले हरेक मण्डलीमा कसरी नयाँ विश्‍वासीहरूलाई मलजल गरिँदैछ, र किन कतिपय नयाँ विश्‍वासीलाई उचित रूपमा साथ दिइएको छैन भनेर जान्‍न चाहेका थिए। म अलिक हडबडाउन थालेँ, किनभने मलाई एउटा मण्डलीको अवस्थाबारे मात्रै थाहा थियो अरू दुई वटाको बारेमा थाहा थिएन। त्यसकारण मैले के भनेर जवाफ दिने? मैले साँचो कुरा भनेँ भने, सबैले मलाई के सोच्‍नेछन्? मैले यति काम समेत गर्न सक्दिनँ भने म प्रचारक हुन समेत योग्य छु के भनेर तिनीहरूले सोच्‍नेछन्? कि तिनीहरूले मैले वास्तविक काम गरिनँ र म यो कर्तव्य पूरा गर्न नसक्‍ने रहेछु भनेर भन्छन्? मलाई सरुवा गरियो वा बर्खास्त गरियो भने निकै लाजमर्दो हुनेथियो। म भाग्‍न चाहन्थेँ, तर म चाँडै गएँ भने, सबैले मैले वास्तविक काम नगरेको अरूले थाहा पाउलान् भनेर डराएको थिएँ भनेर थाहा पाउँथे। त्यसकारण अरू प्रचारकहरूले आफू जिम्‍मेवार रहेको कामको बारेमा कुरा गर्दा बसेर सुन्‍ने बाहेक मसँग कुनै विकल्‍प थिएन। म तातो टिनको छानामा रहेको बिरालो जस्तै भएको थिएँ र के गर्ने मलाई थाहा थिएन। अगुवाले मेरो नाम बोलाउँदा म अत्यन्तै नर्भस भएँ, र मैले नसुनेको जस्तो गरेर बसेँ, “हजुर के भन्‍नुभयो?” अगुवाले भने, “हामीले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने बारेमा कुरा गर्दैछौँ, त्यसकारण तपाईंका नयाँ विश्‍वासीहरूबारे बताउन चाहनुहुन्छ कि?” मेरो मुटु छाती बाहिर निस्केला जस्तो भयो। सुरुमा मैले आफूलाई थाहा भएको मण्डलीबारे कुरा गर्नुको विकल्प थिएन, तर म अरू दुई वटा मण्डलीबारे बताउन चाहन्‍नथिएँ। तैपनि, मैले फलोअपको काम गरेको छैनँ भन्‍ने सबैले थाहा पाउलान् भन्‍ने डर लागेर मैले साहस गरेर झूट बोलेँ, “दोस्रो मण्डलीका धेरै जना नयाँ विश्‍वासीहरूले राम्ररी सहयोग पाएका छैनन्, र महामारीको कारण हामीले तिनीहरूलाई भेट्न सकेका छैनौँ। तेस्रो मण्डलीको अवस्थाबारे मलाई थाहा छैन किनभने म अरू दुई वटा मण्डलीको कामको फलोअप गर्नमा नै व्यस्त थिएँ।” यसो भन्दा मलाई निकै अप्ठ्यारो लागेको थियो, र सबैले मेरो झूट थाहा पाउँछन् भन्‍ने मलाई साह्रै डर लागेको थियो, किनभने त्यस्तो भयो भने झन् मेरो अपमान हुनेथियो। भेलामा हुन्जेल म तनावमा थिएँ र यो समाप्त भएपछि मात्रै मैले राहतको सास फेर्न सकेँ। अचम्‍मको कुरो, अगुवाले मलाई फोन गरेर सोधे, “महामारीको कारण उचित सहयोग नपाएका नयाँ विश्‍वासीहरू छन् नि, के तपाईंले फोन गरेर तिनीहरूको अवस्था बुझ्‍न मलजलकर्तालाई अनुरोध गर्नुभयो?” अगुवाको प्रश्‍नले म झस्किएँ। मलाई अवस्थाको विस्तृत विवरण थाहा थिएन। के मैले साँचो कुरा बताएँ भने, मैले पहिले झूट बोलेको अगुवाले थाहा पाउनेथिएनन् र? मलाई थाहा छैन भनेर मैले भन्‍न सकिनँ। त्यसकारण मैले झूट बोलिरहेँ। “मैले मलजलकर्तासँग यसबारे कुरा गरेको छु, तर केही नयाँ विश्‍वासीहरूले फोन उठाइरहेका छैनन्।” अगुवाले सोधे, “को-को नयाँ विश्‍वासी?” मैले मनमनै सोचेँ, “के मैले झूट बोलेको थाहा पाएर अगुवाले प्रश्‍न गरिरहेका हुन्?” मैले हत्तपत्त भनेँ, “मलाई लाग्छ भर्खरै परमेश्‍वरको कामलाई स्वीकार गरेकामध्ये केही हुन्।” मैले स्पष्ट रूपमा व्याख्या गर्न नसकेको देखेर, अगुवाले भने, “ठीकै छ, पत्ता लागेपछि मलाई थाहा दिनुहोस् न।” मैले फोन राखेपछि, मलाई धेरै पछुतो भयो। मैले फेरि झूट बोलेँ र छल गरेँ। त्यसोभए मैले पहिलो झूटलाई ढाकछोप गर्न अरू धेरै झूटहरू प्रयोग गर्नुपर्‍यो। झूटलाई ढाकछोप झूट बोल्‍नु कति झमेलामय कुरा हो। भेलाबारे सम्झिँदै सोचेँ, एक जना अगुवाले आफू जिम्‍मेवार रहेका तीन वटा मण्डलीमध्ये एउटाको बारेमा आफूले सोधखोज नगरेको भनेका थिए। तिनले साँचो कुरा बोल्‍न सकेका थिए, तर किन मैले एउटा पनि इमानदार शब्‍द बोल्‍न सकिनँ? यसरी झूट बोल्दा, धोका दिँदा, र देखावटी कुरा प्रस्तुत गर्दा सत्यतालाई ढाकछोप गर्न सकिँदैन। परमेश्‍वरले सबैको जाँच गर्नुहुन्छ, र ढिलोचाँडो मेरो खुलासा र प्रकटीकरण हुनेथियो, त्यसकारण मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, आज भेलामा अगुवाले कामको बारेमा सोध्दा मैले साँचो कुरा भनिनँ, यसको साटो झूट बोलेँ। मैले वास्तविक काम नगरेको भन्‍ने कुरा अरूले थाहा पाए भने सबैले मलाई हेला गर्लान् भन्‍ने मलाई डर लागेको थियो। परमेश्‍वर, बिन्ती छ मलाई आफूलाई चिन्‍न र आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न अगुवाइ गर्नुहोस्।”

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “आफ्‍नो दैनिक जीवनमा, मानिसहरूले व्यर्थ, असत्य, अज्ञानी, मूर्ख, र बहानापूर्ण कुराहरू धेरै बोल्छन्। मूल रूपमा, तिनीहरूले आफ्‍नै अहम्‌को खातिर, आफ्‍नै अभिमानलाई सन्तुष्ट पार्नको लागि यी कुराहरू भन्छन्। तिनीहरूले यी झूटहरू बोल्‍नु भनेको तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। यो भ्रष्टतालाई समाधान गर्ने हो भने त्यसले तेरो हृदयलाई धुन्छ, र त्यसरी तँलाई अझै शुद्धर अझै इमानदार बनाउँछ। वास्तवमा, सबै मानिसहरूलाई आफूले किन झूट बोल्छु भन्‍ने कुरा थाहा हुन्छ: तिनीहरूले आफ्‍नैहित, इज्‍जत, घमण्ड र हैसियतबचाउन झूट बोल्‍छन्। अनि आफूलाई अरूसँग तुलना गर्ने क्रममा, तिनीहरूले आफ्‍नोवजनभन्दाधेरै परको कुरा गर्छन्। परिणामस्वरूप, तिनीहरूका झूटलाई अरूले खुलासा गर्छन् र देख्छन्, जसले गर्दा इज्‍जत जान्छ, चरित्र गुम्छ, र गौरव ढल्छ। यो धेरैभन्दा धेरै झूटको परिणाम हो। जब तैँले धेरै झूट बोल्छस्, तैँले बोल्‍ने हरेक शब्‍द दूषित भएको हुन्छ। यो सबै झूट हुन्छ, र योमध्ये कुनै पनि साँचो वा यथार्थ हुन सक्दैन। तैँले झूट बोल्दा आफ्‍नो इज्‍जत गुमाउने नै छस् भन्‍ने नभए पनि, भित्री रूपमा लज्‍जित महसुस गरिसकेको हुन्छस्। तँलाई आफ्‍नो विवेकले आफैलाई दोष दिएको महसुस हनेछ, र आफैप्रति घृणा लाग्‍नेछ र तैँले आफैलाई नीच ठान्‍नेछस्। ‘म किन यस्तो दयनीय भएर जिइरहेको छु? के एउटा साँचो कुरा भन्‍न पनि साँच्‍चै नै यति गाह्रो हुन्‍छ? के मैले इज्‍जत जोगाउनकै लागि यी झूटहरू बोल्‍नुपर्छ? यसरी जिउनु किन यति थलकाइलाग्दो हुन्छ?’ तँ थकाइ नलाग्‍ने तरिकाले जिउन सक्छस्। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिस् भने, तँ सहज र स्वतन्त्र रूपमा जिउन सक्छस्, तर जब तैँले आफ्‍नो इज्‍जत र अभिमानलाई रक्षा गर्न झूट बोल्‍ने निर्णय गर्छस्, तब तेरो जीवन अत्यन्तै थकाइलाग्दो र पीडादायी हुन्छ, मतलब यो आफैले ल्याएको पीडा हो। झूट बोलेर तैँले कस्तो इज्‍जत पाउँछस्? यो खोक्रो, पूर्ण रूपमा व्यर्थ कुरा हो। जब तैँले झूट बोल्छस्, तब तैँले आफ्‍नै चरित्र र मर्यादालाई धोका दिइरहेको हुन्छस्। यी झूटहरूका कारण मानिसहरूले आफ्नो मर्यादा, आफ्‍नो चरित्र गुमाउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अप्रिय र घृणित ठान्‍नुहुन्छ। के तिनीहरू यसको योग्य छन्? बिलकुलै छैनन्। के यो सही मार्ग हो? होइन। प्रायजसो झूट बोल्‍नेहरू आफ्‍ना शैतानी स्वभाव र शैतानको राज्यक्षेत्रको बन्धनमा जिउँछन्, ज्योतिमा वा परमेश्‍वरको अघि जिउँदैनन्। तैँले प्रायजसो कसरी झूट बोल्‍ने भनी सोच्नुपर्छ, र झूट बोलेपछित्यसलाई कसरी ढाकछोप गर्ने भनी सोच्नुपर्छ, र यदि तैँले राम्ररी ढाकछोप गरिनस् भने त्यो झूट बाहिर आउनेछ, त्यसकारण तैँले ढाकछोप गर्न आफ्‍नो दिमाग खियाउनुपर्छ। के यो जिउने थकाइलाग्दो तरिका होइन र? यो अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक हुन्छ? हुँदैन। अभिमान र हैसियतको लागि मात्रै झूट बोल्‍न र ढाकछोप गर्न आफ्‍नो दिमाग खियाउनुको अर्थ के हुन्छ? अन्त्यमा, तैँले यसबारेमा सोचेर भन्‍नेछस्, ‘आफूलाई किन यस्तो अवस्थामा पार्ने? झूट बोलेर ढाकछोप गर्नु अति थकाइलाग्दो हुन्छ। यसो गरेर हुँदैन। इमानदार व्यक्ति बन्‍नु नै योभन्दा सहज हुन्छ।’ तँ इमानदार व्यक्ति बन्‍न चाहन्छस्, तर तैँले आफ्‍ना इज्‍जत, अभिमान र हितहरू त्याग्‍न सक्दैनस्। यी कुराहरू रक्षा गर्न तैँले झूट बोल्‍न र झूटको प्रयोग गर्न मात्रै सक्छस्। … झूट बोलेर तैँले चाहेको प्रतिष्ठा, हैसियत, र अभिमान बचाउन सकिन्छ भनेर सोच्छस् होला, तर यो ठूलो गल्ती हो। झूटले तेरो अभिमान र व्यक्तिगत इज्‍जतको रक्षा गर्न नसक्‍ने मात्र होइन, योभन्दा पनि गम्भीर कुरा त, यसले गर्दा तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। तैँले त्यो बेला आफ्‍नो प्रतिष्ठा र इज्‍जतको प्रतिरक्षा गरे पनि, तैँले सत्यता गुमाउँछस्, र परमेश्‍वरलाई धोका दिन्छस्, जसको अर्थ तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्ने र सिद्ध हुने अवसरलाई पूर्ण रूपमा गुमाउँछस्। यो सबैभन्दा ठूलो घाटा र अनन्त पछुतो हो। छली मानिसहरूले यस कुरालाई कहिल्यै पनि स्पष्ट रूपमा देख्‍न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई प्रकट गरिदियो। अगुवाले हरेक मण्डलीको मलजलको स्थिति थाहा पाउन चाहन्थे, जुन स्पष्ट रूपमा सामान्य विषय थियो, र साँचो कुरा भनेको भए राम्रो हुन्थ्यो, तर मेरो लागि योभन्दा गाह्रो कुरा केही थिएन। म आशङ्काले भरिएँ, अनि अगुवा र अरू प्रचारकहरूले साँचो कुरा थाहा पाए भने, तिनीहरूले मलाई हेला गर्लान्, वास्तविक काम नगर्ने र यति सानो कुरालाई समेत सम्हाल्न नसक्ने भन्लान् भन्‍ने डर लागेको थियो। अनि मलाई बर्खास्त गरियो भने, त्यो लाजमर्दो कुरा हुनेथियो। आफ्‍नो प्रतिष्ठा, हैसियत, र अरूको मनमा रहेको मेरो राम्रो छविलाई रक्षा गर्न, मैले दुई वटा मण्डलीबारे सोधखोज गरेको भनी ढाँटेँ, जब कि मलाई एउटाको बारेमा मात्रै राम्ररी थाहा थियो। मैले दोस्रो मण्डलीबारे बढाइचढाइ गर्दै, महामारीको कारण त्यहाँका नयाँ विश्‍वासीहरूलाई सहयोग गर्न नसकिएको समेत भनेँ। के यो स्पष्ट झूट थिएन र? मैले नयाँ विश्‍वासीहरूलाई कल गर्न मलजलकर्तालाई अनुरोध गरेँ कि गरिनँ भनेर सोध्दा, अगुवाले मैले भर्खरै बताएको झूट पत्ता लगाउलान् भन्‍ने डरले, मैले पहिलो झूटलाई ढाकछोप गर्न दोस्रो झूट बोलेँ, र तिनको कुरा टार्न बहाना बनाएँ। मेरो नाम र हैसियतको रक्षा गर्न मैले एउटा झूटलाई टाल्‍न अर्को झूटको प्रयोग गरेँ। म साँच्‍चै नै छली व्यक्ति रहेछु! मलाई बाइबलमा लेखिएको परमेश्‍वर र शैतानको बीचको संवाद याद आयो। परमेश्‍वरले शैतानलाई कहाँबाट आइस् भनेर सोध्‍नुभयो, र शैतानले भने, “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। शैतान धूर्त छ। यसले परमेश्‍वरको प्रश्‍नको उत्तर सीधा नदिई घुमाउरो र बाङ्गोटिङ्गो शैलीमा कुरा गर्यो। शैतान कहाँबाट आएको थियो, त्यो भन्‍नु असम्‍भव छ। यसको मुख झूटले मात्रै भरिएको हुन्छ, यसले कहिल्यै इमान्दारीपूर्वक बोल्दैन, र यसले जानीजानी घुमाउरो र अस्पष्ट तरिकाले बोल्छ। मेरो झूट र छल अनुसार त, के म दुष्ट शैतान जस्तै थिइनँ र? अगुवाले जान्‍न चाहेको कामको बारेमा मैले उत्तर दिए पनि, यो सब झूट र छल थियो। मेरो उत्तर सुनेपछि, म जिम्‍मेवार रहेको मलजलको कामको खास स्थितिबारे अगुवालाई अझै थाहा थिएन, र मैले उचित रूपमा फलोअप गरिरहेको छु कि छैन भनेर तिनले भन्‍न सक्दैनथिए। वास्तवमा, यसरी मैले झूट बोल्दा र छल गर्दा यसले मेरो प्रतिष्ठा र हैसियतलाई क्षणिक रूपमा मात्रै जोगाउँथ्यो, तर मैले मेरो चरित्र, इज्‍जत र अरूले ममाथि गर्ने भरोसालाई वास्तवमा गुमाउँथेँ। यदि म यसरी नै अघि बढिरहेँ भने, ढिलोचाँडो, सबैले म इमानदार व्यक्ति होइन र भरोसायोग्य छैन भन्‍ने कुरा थाहा पाउनेथिए। कसैले पनि मेरो कुरा विश्‍वास गर्दैनथिए, र परमेश्‍वरले पनि मलाई भरोसा गर्नुहुन्‍नथियो। त्यसपछि के ममा चरित्र र इज्‍जतको पूर्ण अभाव हुनेथिएन र? के यो मूर्खता हुनेथिएन र?

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुने आग्रह गर्नुभएको कुराले यो प्रमाणित गर्छ कि उहाँले छलीहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र उहाँले छली मानिसहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूले काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छली विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, र आफ्‍नो छली स्वभाव पहिचान गर्न सक्छन्, र परमेश्‍वरको मुक्ति स्वीकार गर्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ, किनभने परमेश्‍वरले सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ, र सत्यताले सबै मानिसहरूलाई समान व्यवहार गर्छ। त्यसकारण, यदि हामी परमेश्‍वरको प्रिय बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो भवसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ: हामी अबउप्रान्त शैतानका दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलको आधारमा अघि बढ्नु हुँदैन, हामीले सबै झूटलाई त्यागेर इमानदार व्यक्ति बन्‍नुपर्छ, र यस तरिकाले हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलमा भर पर्दै आएका छन्, र शैतानी दर्शनहरूलाई अस्तित्वको आधार, जीवन, र आफ्‍नो बानीबेहोराको जगको रूपमा प्रयोग गरेका छन्। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। अविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गरिस्, सत्य बोलिस्, र इमानदार व्यक्ति भइस् भने, तँलाई निन्दा, आलोचना, र इन्कार गरिनेछ, त्यसकारण तँ सांसारिक प्रचलनहरूलाई पछ्याउँछस्, शैतानी दर्शनहरूअनुसार जिउँछस्, अनि झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ डुब्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा यसको ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र चलाकी गर्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई इन्कार गर्नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस्, अनि वास्तविक रूप लुकाउन र देखावटी रूप धारण गर्न षड्यन्त्र र व्यापक युक्तिहरूको प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। किनभने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ; इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा इन्कार गरेर बहिष्कार गरिनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्, त्यसैले यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गरी आफ्‍नो साँचो अनुहार प्रकट गर्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरू मनन गरेर, मैले के महसुस गरेँ भने परमेश्‍वरले छली मानिसहरू मन पराउनुहुन्‍न, र उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। किनभने तिनीहरू शैतानको अधीनमा हुन्छन्। छली मानिसहरूले आफूले गर्ने हरेक कुरामा षड्यन्त्र र छलको प्रयोग गर्छन्, र आफ्‍नो प्रतिष्ठा, हैसियत, र हितहरूको रक्षा गर्न तिनीहरू इमानदारीतासाथ बोल्दैनन्। यी मानिसहरूले बोक्‍ने अभिप्राय र तिनीहरूले प्रयोग गर्ने विधिहरू परमेश्‍वरका लागि अप्रिय र घृणास्पद हुन्छन्। मैले परमेश्‍वरमा विश्‍वास गरेको भए तापनि, मैले कुनै सत्यता प्राप्त गरेको थिइनँ र म अझै पनि यस्ता शैतानी दर्शनशास्‍त्रहरू अनुसार जिउँथेँ, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “रुखको बोक्रा भनेझैं मानिसको अनुहार।” यी शैतानी दर्शनशास्‍त्रहरूले मेरो हृदयमा जरा गाडिसकेका थिए, मलाई बहकाएर भ्रष्ट तुल्याइसकेका थिए, र प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने मार्गमा मलाई हिँडाइरहेका थिए। मानिसहरू आफ्‍नो लागि जिउनुपर्छ, अरूको बीचमा पृथक देखिनुपर्छ, र प्रसिद्धि र फाइदा कमाउनुपर्छ, त्यसपछि मात्रै व्यक्तिलाई हेला गरिनेछैन। म सोच्थेँ, यदि व्यक्तिले सधैँ साँचो कुरा मात्रै बोल्यो तर कहिल्यै झूट बोलेन भने, त्यो व्यक्ति मूर्ख हो र त्यसको कुनै काम हुँदैन। यसले गर्दा, म सधैँ छल गर्थेँ, र आफ्‍ना हितहरूको खातिर एकपछि अर्को झूट बोल्थेँ, यसरी म झनझन छली र झूट बन्दै गएँ, र ममा सामान्य मानवताको कमी हुन थाल्यो। म प्रतिष्ठा र हैसियतलाई सत्यताभन्दा महत्त्वपूर्ण ठान्थेँ, र आफ्‍नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि झूट बोल्‍न र सत्यताको विरुद्धमा जान तयार हुन्थेँ। शैतान झूट हो, र मैले यसरी झूट बोल्दा र छल गर्दा, के म पनि त्यस्तै भइनँ र? यो दुष्ट संसारमा, इमानदार, खुलस्त व्यक्ति बनेर हुँदैन। तर परमेश्‍वरको घरमा यसको ठीक विपरीत हुन्छ। परमेश्‍वरको घरमा धार्मिकता र सत्यताले सर्वोच्च शासन गर्छन्, र व्यक्तिले जति छल गर्छ, ऊ पतन हुने सम्‍भावना त्यति नै हुन्छ, र अन्त्यमा, छल गर्ने सबैलाई परमेश्‍वरले खुलासा गर्नुहुन्छ र हटाउनुहुन्छ। परमेश्‍वर भन्नुहुन्छ, “यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्…(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वर पवित्र हुनुहुन्छ, र फोहोरी मानिसहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्न अनुमति छैन। यो कुरा महसुस गरेपछि, मैले परमेश्‍वरको पवित्र र धर्मी स्वभावले उल्‍लङ्घन सहँदैन भन्‍ने थाहा पाएँ, र मेरा ब्रदर-सिस्टरहरूसँग झूट बोलेकोमा मलाई साँच्‍चै पछुतो भयो। मलाई आफैप्रति साँच्‍चै घृणा जाग्यो र म फेरि कहिल्यै झूट बोल्‍न वा छल गर्न चाहँदिनथिएँ। म सत्यताको अभ्यास गर्न, इमानदार व्यक्ति बन्‍न, र सबैसँग इमान्दारीपूर्वक बोल्‍न चाहन्थेँ। म मेरो मुखबाट झूटलाई र हृदयबाट छललाई उखालेर फ्याँक्‍न चाहन्थेँ, यसरी म परमेश्‍वरको अनुमोदन र स्वर्गको राज्यमा प्रवेश गर्न योग्यको हुनेथिएँ।

मेरो भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “इमानदारिता अभ्यास गर्दा यसले धेरै पक्ष समेट्छ। अर्को शब्‍दमा भन्दा, इमानदार बन्‍नुको मापदण्ड एक पक्षबाट मात्रै हासिल गर्न सकिँदैन; इमानदार बन्‍नुभन्दा पहिले तँ धेरै हिसाबमा मापदण्डको स्तरमा पुग्‍नुपर्छ। कतिपय मानिसहरूले इमानदार बन्‍नका लागि झूट मात्रै नबोले पुग्छ भन्‍ने सोच्छन्। के यो दृष्टिकोण सही छ? के इमानदार बन्‍ने कार्यमा झूट नबोल्‍ने कुरा मात्रै संलग्‍न हुन्छ? होइन—यसमा अरू धेरै पक्षहरू पनि सम्बन्धित हुन्छन्। पहिलो कुरा, तैँले जेसुकै सामना गरे पनि, चाहे त्यो कुरा तैँले आफैले देखेको होस् वा अरू कसैले तँलाई बताएको होस्, चाहे यो मानिसहरूसँग पारस्परिक व्यवहार गर्ने विषय होस् वा समस्या समाधान गर्ने कुरा होस्, चाहे यो तैँले पूरा गर्ने कर्तव्य होस् वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा होस्, तैँले यसलाई सधैँ इमानदार हृदयका साथ लिनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयको साथ अघि बढाउने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् त्यही भन् र इमानदारीसाथ बोल्; खोक्रा शब्दहरू, कार्यालयका क्लिष्ट भाषा, वा मिठो सुनिने कुराहरू नबोल्, चापलुसीपूर्ण वा छली कुराहरू नबोल्, बरु तेरो हृदयमा भएका कुराहरू बोल्। इमान्दार बन्‍नु भनेको यही हो। आफ्नो हृदयमा भएका वास्तविक विचार र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफूले सोचेका कुराहरू कहिल्यै भन्दैनस्, शब्दहरू तेरो हृदयभित्र घाउझैँ पाक्छन्, र तैँले बोलेका कुराहरू तैँले सोचेका कुराहरूसँग मिल्दैनन् भने, त्यो इमान्दार व्यक्तिले गर्ने कुरा हुँदै होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग दियो। अरूसँग कुराकानी गर्दा होस् वा आफ्‍नो कर्तव्य पूरा गर्दा होस्, म आफ्‍नो शैलीमा इमानदार बन्‍नुपर्छ। मैले फलोअप काम नगरेको हुनाले, मैले यसबारे साँचो कुरा बताउनुपर्थ्यो। मेरो प्रतिष्ठामा हानि हुन्छ कि हुँदैन भनेर मैले विचार गर्नु हुँदैनथियो। इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नु नै मुख्य कुरा हो।

अर्को सहकर्मी भेलामा, म अग्रसर भएर आफ्‍नो भ्रष्टतालाई प्रकट गर्न चाहन्थेँ, तर सबैले मलाई के सोच्छन् भन्‍ने चिन्ता लाग्यो। मैले फेरि पनि मेरो प्रतिष्ठा र हैसियतको रक्षा गर्न चाहिरहेको छु भन्‍ने महसुस भयो, त्यसकारण मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ, अनि मलाई अगुवाइ गर्नुहोस्, सामर्थ्य दिनुहोस्, र मेरो भ्रष्टतालाई प्रकट गर्न साहस दिनुहोस् भनेर अनुरोध गरेँ। मलाई पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “यदि तैँले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दैनस्, र तेरा गोप्य कुराहरू र चुनौतीहरू कहिल्यै जाँच्दैनस्, र अरूसँग सङ्गति गर्दा कहिल्यै आफ्‍नो कुरा खुलस्त बताउँदैनस्, अनि तिनीहरूका अघि आफ्‍ना भ्रष्टता र घातक त्रुटिहरूबारे सङ्गति, विश्‍लेषण, र खुलासा गर्ने गर्दैनस् भने, तैँले मुक्ति पाउन सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। यदि म इमानदार व्यक्ति भइनँ, मेरा भ्रष्टता र कमीकमजोरीलाई ढाकिरहेँ, आफूलाई खुलस्त रूपमा प्रस्तुत, प्रकट वा विश्‍लेषण गरिनँ भने, मैले आफ्‍नो भ्रष्ट स्वभावलाई कहिल्यै त्याग्‍नेथिइनँ, र मैले कहिल्यै मुक्ति पाउनेथिइनँ। मैले फेरि परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! बिन्ती छ मलाई सामर्थ्य दिनुहोस्, ताकि म खुलस्त कुरा गरेर इमानदार व्यक्ति बन्‍न सकूँ।” प्रार्थना गरेपछि, मैले अरूलाई स्पष्ट रूपमा बताउन अग्रसर भएँ: “अस्तिको भेलामा अगुवाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कार्यको बारेमा सोध्‍नुभएको बेला मैले झूट बोलेँ। साँचो कुरा त के हो भने, मलाई एउटा मण्डलीबारे मात्रै थाहा थियो, अरू दुई वटा मण्डलीबारे थाहा थिएन। मैले साँचो कुरा बताएँ भने, तपाईंहरूले मलाई हेला गर्नुहुन्छ होला भन्‍ने डर लागेको थियो, त्यसकारण मैले झूट बोलेर दुई वटा मण्डलीबारे थाहा छ भनेर बताएँ। मैले तपाईंहरू सबैलाई छल गरेँ।” यसो भनेपछि, अरूले मलाई दोष पनि दिएनन् र हेला पनि ठानेनन्। यसको विपरीत, तिनीहरूले मैले खुलस्त कुरा गरेर इमानदार व्यक्ति बन्‍ने प्रयास गर्नु राम्रो कुरा हो भनी बताए। यसरी अभ्यास गरेपछि, मलाई निकै ढुक्‍क र सहज भयो। यदि मैले आफूलाई ढाकछोप गरिरहेको भए, मैले यी अनुभूति र प्राप्ति गर्नेथिइनँ।

केही समयपछि नै, माथिल्‍लो स्तरका अगुवाले मलाई सोधे, “तपाईंलाई अहिले मण्डली अगुवाहरूको स्थितिबारे थाहा छ?” यो प्रश्‍न सुनेपछि मलाई अलिक असहज भयो, किनभने मलाई एउटा मण्डलीको अगुवाको स्थितिबारे थाहा थियो, तर अरू दुई मण्डलीका अगुवाबारे थाहा थिएन। मैले मनमनै सोचेँ, “मैले साँचो कुरा बताएँ भने, के अगुवाले मैले वास्तविक काम नगरेको भनेर भन्‍नेछन्?” त्यसकारण, मलाई थाहा छ भनेर भन्‍न मन लाग्यो। तर मलाई फेरि झूट बोल्‍न मन लागेको छ भन्‍ने महसुस भयो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र साँचो कुरा भनेँ, “मलाई एउटा मण्डलीको अगुवाको स्थितिबारे मात्रै थाहा छ, तर अरू दुई मण्डलीका अगुवाबारे थाहा छैन।” यसो भनेपछि, अगुवाले मलाई आलोचना गरेनन्, बरु केही सुझाव दिँदै मैले मण्डली अगुवाहरूको स्थितिबारे बुझ्‍न नियमित रूपमा कल गर्नुपर्छ, र तिनीहरूको कठिनाइहरू समाधान गर्न तुरुन्तै सहयोग गर्नुपर्छ भनेर बताए, र तिनले मलाई पछ्याउने केही मार्ग पनि दिए। मैले के सिकेँ भने, म जति साँचो बोल्छु, जति इमानदार बनेर आफ्‍नो भ्रष्टता र कमीकमजोरी प्रकट गर्ने आँट गर्छु, मैले मेरा ब्रदर-सिस्टरहरूलाई त्यति नै सहयोग गरेर लाभ प्राप्त गर्न सक्छु। पहिले म आफ्‍नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न झूट बोल्थेँ र छल गर्थेँ, तर हरेक झूटपछि, मेरो हृदयमा बोझ हुन्थ्यो र मेरो विवेकले दोष दिन्थ्यो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, म मेरो चरित्र र इज्‍जत गुमाउँथेँ। यस अनुभवबाट मैले परमेश्‍वर र मानिस दुवैलाई इमानदार मानिसहरू मन पर्छ, र जति इमानदार भयो, अरूसँगको सम्‍बन्ध त्यति नै मैत्रीपूर्ण हुन्छ, र आफू त्यति नै ढुक्‍क र शान्त भइन्छ भन्‍ने कुरा बुझेँ। यसो हुँदा अरूले हेला नगर्ने मात्र होइन, तर हाम्रा ब्रदर-सिस्टरहरूले सहयोग समेत प्राप्त हुन्छ। इमानदार व्यक्ति बन्‍नु साँच्‍चै नै राम्रो कुरा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मण्डली अगुवा अधिकारी होइनन्

मत्तेव, फ्रान्स मेरो नाउँ म्याथ्यू हो र मैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। सन् २०२० को अक्टोबरमा...

लापरवाहीपन पछाडिको सत्यता

गत अक्टोबर हामीले एउटा भिडियो बनाउने काम सक्यौँ। हामीले यसमा धेरै मेहनत लगाएका, र धेरै समय र शक्ति खर्च गरेका थियौँ, तर अचम्‍मको कुरो,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्