हीनताभावका पछाडि के लुकेको हुन्छ?

7 जुन 2025

मैले पहिलो चोटि अगुवाका रूपमा काम गर्न थाल्दा मलाई सिस्टर चेन जियाओको सहकर्मी बनाइयो। मैले चेन जियाओलाई क्षमतावान, हक्की र कामप्रति दृढ पाएँ, तर म भने कम बोल्ने, अरूले भनेको मान्ने व्यक्तित्व भएकी र आफ्नो कामका लागि चाहिने सीपबारे अत्यन्तै आंशिक बुझाइ भएकी थिएँ। म आफूलाई हीन र अगुवा बन्न अयोग्य ठान्थेँ। चेन जियाओले कुशलतापूर्वक सङ्गति गरेको र सबै मामिला सम्हालेको, म आफू भने छेउमा वाल्ल परी बस्नुपरेको देख्दा आफूसँग चाहिने कुरा छैन भन्ने अझ यकिन हुन्थ्यो, र मलाई झन् दिक्दार लाग्थ्यो। कैयौँ महिनासम्म म त्यही स्थितिमा रहेँ। पछि, मैले मण्डली अगुवा भई सेवा जारी राखेँ, तर मलाई ली जू नामकी नयाँ सहकर्मी दिइयो। मैले ली जू सुन्दर, परिष्कृत, सक्षम र अनुभवी रहेकी देखेँ, उनले सफल र व्यावसायिक महिला हाकिमको छाप पारेकी थिइन्, जबकि म आत्मविश्वासबिना बोल्थेँ, ममा सङ्कल्प थिएन, प्राय चिन्तित रहन्थेँ, नचिनेका मानिस वा धेरै मानिस जमघट भएका ठाउँमा पछि हट्थेँ, र ममा अगुवाको अलिकति पनि छनक थिएन, अनि म दिक्दार नभई रहन सकिनँ। हरेक पटक जब ली जू भेलाबाट फर्केपछि आफूले कसरी ब्रदर-सिस्टरको वर्तमान स्थितिबारे सोधखोज गरिन्, र कसरी तिनीहरूको समस्या हल गर्न परमेश्वरका वचनहरूको प्रयोग गरी सङ्गति गरिन्, अनि आफूलाई ब्रदर-सिस्टरहरूले कत्ति सम्मान गर्छन् भनी खुलेर बताउँथिन्। यी कुरा भन्दै गर्दा उनी सधैँ प्रसन्नताले धपक्क बल्थिन्। ली जू अलिक आफ्नै प्रशंसा गर्ने खालकी देखिएपनि उनले बेला बेलामा प्रकट गर्ने भ्रष्टता उनको असल क्षमता, कार्यदक्षता र समस्या हल गर्नसक्ने खुबीको अगाडि ठूलो समस्या होइन भन्ने मलाई लाग्थ्यो। म आफू उनको बराबरी छैन, उनमा भएको दृढता ममा छैन भन्ने सोच्थेँ। त्यहाँपछि, मैले समस्याको सामना गर्दा आफू असक्षम छु भन्ने सोच्दै पछि हट्थेँ, सङ्गति गर्ने हिम्मत गर्दिनथेँ। बिस्तारै, मेरो स्थिति झन्-झन् खराब हुँदै गयो, र आफूमा कमजोर क्षमता रहेको, सत्यता वास्तविकता नरहेको र अगुवा बन्ने योग्यता नभएको जस्तो झनै लाग्थ्यो। म त्यो दिक्दार मनोस्थितिमा डुबिरहेँ, र कर्तव्यमा झाराटारुवा हुन थालेँ। निरन्तर सत्यता खोज्न असफल भएकी र आफूलाई नकारात्मक दलदलबाट बाहिर निकाल्न नसकेकीले म केही समयपछि नै बर्खास्त भएँ। एक वर्षपछि, ब्रदर-सिस्टरले मलाई फेरि अगुवा चुने। सिस्टर वु फान मेरी सहकर्मी भइन् र मैले चाँडै उनको क्षमता र कार्यदक्षता राम्रो रहेको देखेँ, र हामी सँगै काम गर्दा प्रायः हरेक समय मार्गनिर्देशको भूमिका उनले सम्हाल्थिन्। एक पटक हामीले एउटा भेला सहआयोजना गरिरहेको बेला, धेरैजसो सङ्गति वु फानले गरिन् र ब्रदर-सिस्टरहरूले पनि उत्साहपूर्वक आआफ्नो सङ्गति थपे। जहाँसम्म मेरो कुरा छ, म सङ्गति गर्न त चाहन्थेँ, तर प्रभावकारी ढङ्गले सङ्गति गर्न सक्दिनँ होला भनी डराएँ, र लाजमर्दो नहोस् भनेर केही पनि नबोली बसेँ। भेलापछि म निकै दिक्दार भएँ, र म अगुवा बन्न लायक छैन भन्ने लाग्यो। म श्रमिकको रूपमा सामान्य मामिलासँग सम्बन्धित कुनै कर्तव्य मात्र गर्न चाहन्थेँ, अब अगुवा बन्न चाहन्नथेँ।

एक दिन, मैले केही ब्रदर-सिस्टरलाई आफ्नो स्थितिबारे बताएँ, एउटा सिस्टरले स्मरण गराइन् कि मैले आफ्नो स्थिति तुरुन्त समाधान गरिनँ भने निकै खतरनाक हुन सक्छ र मैले साँच्चिकै केही समय चिन्तनमा बिताउनु आवश्यक छ। तब मात्र मैले केही आत्मसचेतना प्राप्त गरेँ: “म किन यति दिक्दार भएकी? ममा सुधारमा लागिपर्ने दृढ सङ्कल्प किन अलिकति पनि छैन?” त्यसपछिका दिनहरूमा, मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, मेरो स्थिति बुझ्न र दिक्दारीबाट बाहिर आउन मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “कतिपय मानिसहरू बाल्यकालदेखि नै मन्दबुद्धि, स्पष्ट बोल्न नसक्ने र सादा स्वरूपका हुन्छन्, त्यसैले तिनीहरूका परिवार र समाज भित्रका अरूले तिनीहरूका बारेमा केही नकारात्मक टिप्पणी गर्छन्। उदाहरणका लागि, मानिसहरूले यसो भन्थे: ‘यो बच्चा लाटो छ, उसले कुराहरूमा ढिलो प्रतिक्रिया जनाउँछ, र अकमकिँदै बोल्छ। त्यो व्यक्तिको बच्चालाई हेर त, उसको मीठो बोलीले मानिसहरूलाई साँच्चै मोहित पार्छ। यो बच्चाले मानिसहरूलाई भेट्दा के भन्नुपर्छ वा मानिसहरूलाई कसरी खुसी पार्नुपर्छ भन्ने जान्दैन, र उसले केही गल्ती गर्दा, कसरी व्याख्या गर्ने वा आफ्नो सफाइ दिने भनी जान्दैन। यो बच्चा मूर्ख छ।’ तिनीहरूका आमाबुबाले यसो भन्छन्, र तिनीहरूका आफन्त, साथीभाइ र शिक्षकहरूले पनि त्यसै भन्छन्। यो वातावरणले त्यस्ता व्यक्तिहरूमाथि थाहै नपाई निश्‍चित दबाब दिन्छ, जसले गर्दा तिनीहरूले अचेतन रूपमा एक किसिमको मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूलाई आफू अनाकर्षक भएको र आफ्नो रूपलाई कसैले पनि मन पराउँदैन भन्‍ने लाग्छ, साथै तिनीहरूले आफ्नो अध्ययनमा राम्रो अङ्क प्राप्त गर्दैनन् र प्रतिक्रिया जनाउन ढिलो गर्छन् भन्‍ने लाग्छ; तिनीहरूले अरूलाई देख्दा आफ्नो मुख खोल्न र बोल्न सधैँ लाज मान्छन्, र मानिसहरूले तिनीहरूलाई केही दिँदा तिनीहरू धन्यवाद भन्‍न पनि अत्यन्तै लाज मान्छन्। तिनीहरू मनमनै सोच्छन्, ‘म बोल्दा किन अकमकाएको होला? अरू मानिसहरू किन त्यति वाकपटु हुन्छन्? म त मूर्ख नै रहेछु!’ अवचेतन रूपमा, तिनीहरूले आफूलाई अत्यन्तै बेकामे ठान्छन्, तर आफू त्यति बेकामे, र त्यति मूर्ख भएको स्वीकार गर्न इच्छुक हुँदैनन्। तिनीहरूले हृदयमा प्रायः आफैलाई सोध्छन्, ‘के म साँच्‍चै त्यति मूर्ख छु? के म साँच्‍चै त्यति अप्रिय छु?’ तिनीहरूका आमाबुबाले तिनीहरूलाई त्यति मन पराउँदैनन्, अनि तिनीहरूका दाजुभाइ-दिदीबहिनीले, शिक्षकहरूले, र कक्षाका साथीहरूले पनि तिनीहरूलाई मन पराउँदैनन्। अनि बेला बेलामा तिनीहरूका परिवारका सदस्य, आफन्त र साथीभाइहरूले तिनीहरूका बारेमा यसो भन्छन्, ‘ऊ होचो छ, उसका आँखा र नाक साना छन्, र यस्तो रूप भएकोले, ऊ हुर्केपछि उसले खासै केही गर्न सक्दैन।’ यस्तो किसिमको वातावरणमा, तिनीहरू सुरुमा आफ्नो हृदयमा प्रतिरोधी महसुस गर्छन् र बिस्तारै आफ्नै अपर्याप्तता र कमीकमजोरीहरू स्वीकार गर्छन् र मान्छन्, तर त्यसको साथसाथै तिनीहरूको हृदयको गहिराइमा एउटा नकारात्मक संवेग उत्पन्न हुन्छ। यो संवेगलाई के भनिन्छ? हीनताबोध। हीनताबोध महसुस गर्ने मानिसहरूले आफ्ना सबल पक्षहरूलाई नभई आफ्ना कमजोरीहरूलाई मात्रै देख्छन्; तिनीहरूलाई सधैँ आफू अनाकर्षक र मन नपराइने खालको भएको, आफ्नो दिमाग तेज नभएको र आफूले ढिलो प्रतिक्रिया जनाउने, र आफूले मानिसहरूलाई पढ्न नसक्ने महसुस हुन्छ। छोटकरीमा, तिनीहरूलाई आफू पूर्ण रूपमा अपर्याप्त छु भन्‍ने लाग्छ। हीनताबोधको यो मानसिकता बिस्तारै तेरो हृदयभित्र हाबी हुन थाल्छ, र यो तेरो हृदयलाई अल्झाउने एउटा अटुट संवेग बन्छ। तँ हुर्केर संसारमा निस्केपछि, वा तैँले विवाह गरेर आफ्नो करियर स्थापित गरेपछि, तेरो सामाजिक पहिचान र हैसियत जेसुकै भए पनि, बाल्यकालदेखि तेरो पालनपोषणमा रोपिएको हीनताबोधको यो संवेगले अझै पनि तँलाई असर र नियन्त्रण गर्छ, र तँलाई आफू हरेक हिसाबमा अरू मानिसहरूभन्दा खराब छु भन्‍ने महसुस गराउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि र मण्डलीमा प्रवेश गरेपछि पनि, तैँले अझै पनि आफू स्पष्ट बोल्न नसक्ने, आफूमा कमजोर क्षमता र औसत रूप भएको, र कुनै पनि महत्त्वपूर्ण कर्तव्य पूरा गर्न नसक्ने व्यक्ति हुँ भनी सोच्छस्। तँ सोच्छस्, ‘म जे सक्छु त्यही गर्नेछु। मैले अगुवा बन्‍ने पछ्याइमा लाग्नु आवश्यक छैन, मैले गहन सत्यताहरूको बुझाइलाई पछ्याउनु आवश्यक छैन, म त सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति हुन मात्रै इच्छुक छु, र अरूले मलाई जस्तो व्यवहार गरे पनि हुन्छ।’ झूटा अगुवाहरू वा ख्रीष्टविरोधीहरू देखा पर्दा, तैँले तिनीहरूलाई खुलासा गर्ने आँट गर्दैनस्; तँलाई आफ्नो क्षमता कमजोर छ र तँ तिनीहरूजस्तो राम्रो छैनस्, र तैँले तिनीहरूलाई खुट्ट्याउन वा खुलासा गर्न सक्दैनस् भन्‍ने लाग्छ। तैँले जबसम्म तँ आफै झूटो अगुवा वा ख्रीष्टविरोधी होइनस् र तैँले अवरोध र बाधा उत्पन्न गर्दैनस्, तबसम्म त्यो नै पर्याप्त हुन्छ भन्‍ने ठान्छस्। तेरो हृदयको गहिराइमा, तँलाई आफू असल नभएको र अरू मानिसहरूसँग तुलना गर्न नसकिने, अरू सबै जना सायद मुक्तिका पात्र हुन्, र तँ, बढीमा, एक सेवाकर्ता होस् भन्‍ने लाग्छ, र त्यसैले तँलाई सत्यता पछ्याउनु आफ्नो पहुँचभन्दा बाहिरको कुरा हो भन्‍ने लाग्छ। तैँले जति नै सत्यताहरू बुझ्न सके पनि, तँलाई अझै यस्तो लाग्छ कि परमेश्‍वरले तँलाई तँसँग भएको जस्तो क्षमता र तँ जस्तो देखिन्छस् त्यस्तै हुने पूर्वनिर्धारित गर्नुभएकोले, सायद उहाँले तँलाई केवल एक सेवाकर्ता हुन पूर्वनिर्धारित गर्नुभएको छ, र सत्यता पछ्याउनु, मुक्ति पाउनु, वा अगुवा वा सुपरिवेक्षकका रूपमा सेवा गर्नुसँग तेरो कुनै सरोकार छैन। त्यसैले, तँ सबैभन्दा कम महत्त्वपूर्ण सेवाकर्ता हुनमा नै चित्त बुझाउँछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन मनन गरेपछि आफू हीनताभावले बाँधिएकी रहेछु भन्ने थाहा भयो। सानो छँदादेखि नै म आफूलाई सधैँ औसत रूपकी, राम्ररी बोल्न नसक्ने, आज्ञापालक व्यक्तित्व भएकी ठान्थेँ, अनि प्रायः दिक्दार र दमित महसुस गर्थें, र म नराम्रोसँग हीनताभावले ग्रस्त थिएँ। सांसारिक कार्यजीवनको समयमा पनि यही समस्या थियो—मेरा सहकर्मी राम्रोसँग बोल्थे, चापलुसी गर्न सिपालु थिए, कर्मचारी व्यवस्थापनमा दृढ थिए, र केहीलाई त हाकिमले तारिफ पनि गर्थे। तर म बोल्न, विभिन्न विभागसँग असल सम्बन्ध बनाउन नसक्ने, काममा आत्मविश्वास र दृढताको कमी रहेकी थिएँ, उत्पादन लाइनमा समस्या आउँदा अरूले आफ्ना सम्पर्कको प्रयोग गरी समस्या समाधान गर्न सही कुरा भन्थे, तर म त्यस्तो थिइनँ, म अघि सरेर बोल्दिनँथेँ, समस्या जहाँको त्यहीँ रहन्थ्यो, र म बाथरुम पसी रुन्थेँ। आस्थामा जोडिएपछि, मलाई ब्रदर-सिस्टरको डाह लाग्थ्यो, तिनीहरू मभन्दा शिक्षित, असल क्षमताका, र आफ्ना काममा दृढ र साहसी थिए। मलाई लाग्थ्यो, म उनीहरू बराबर हुन सक्दिनँ, र निकै बाँधिएर बस्थेँ। परिणामस्वरूप, म प्रायः नकारात्मक, पछि हट्ने, काम टाल्ने खालकी भएँ, र हीनताको भावनाले ग्रसित रहन्थेँ। चेन जियाओ र ली जूसँग सहकार्य गर्दाको अवस्था यस्तै थिए—तिनीहरू राम्रोसँग बोल्न सक्ने, असल क्षमता र कार्यदक्षताका भएकाले मलाई उनीहरूअघि हीन महसुस हुन्थ्यो। यो समस्या हो भन्ने मैले सोच्दै सोचिनँ, जब मैले ली जूले आफ्नै प्रशंसा गरिरहेको देखेँ, मैले यसलाई कामप्रति उनको दृढताको सङ्केत मानेँ। म हीनताको यो भावनामा डुबेकी थिएँ, मेरो स्थिति लगातार खस्कँदै गएको थियो, मैले कर्तव्य निर्वाह ठीकसँग गरिरहेकी थिइनँ, र अन्तमा म बर्खास्त भएँ। ब्रदर-सिस्टरहरूले फेरि एक पटक मलाई अगुवा चुनेका भएपनि, भित्रबाट मलाई अझैपनि हीन महसुस हुन्थ्यो, र आफ्नो क्षमता कमजोर छ, कुनैपनि कुरा राम्रोसँग गर्न सक्दिनँ भन्ने ठान्थेँ, र म सेवाकर्ता मात्र बन्न लागयक छु र मैले मुक्ति पाउने छैन भन्ने सोचेँ। मलाई आफू हीनताको भावनामा नराम्रोसँग बाँधिएको र जकडिएको महसुस भयो। मैले सम्झेँ, कसरी परमेश्वरले मानवजातिलाई मुक्ति दिन देहधारण गरी हर प्रकारका कष्ट सहनुभएको छ, निरन्तर सत्यता व्यक्त गर्दै मानवजातिलाई मलजल र आपूर्ति गर्नुभएको छ, ताकि धेरैभन्दा धेरै मानिसले उहाँको मुक्तिको अनुग्रह हासिल गर्न, मुक्ति प्राप्त गर्न र विपत्तिबाट बाँच्न सकून्। यदि मानिसले यो अवसर गुमाए भने, तिनीहरूले अपरिहार्य रूपमा भोलिका विपत्ति र अनन्त दण्ड भोग्नेछन्। मैले परमेश्वरको अभिप्राय बुझेकी थिइनँ, नकारात्मकता र गलतफहमीमा डुबेकी थिएँ, मुक्ति नपाउने सोचेर हार मानिसकेकी थिएँ। म सत्यता खोज्न र पछ्याउन पनि चाहन्नथेँ म निकै विद्रोही थिएँ र मेरा कार्य परमेश्वरलाई चोट पुऱ्याउने खालका थिए। यो सबै बुझेपछि मलाई निकै दोषी र परमेश्वरप्रति ऋणी महसुस भयो म दिक्दारीमा डुबिरहन हुँदैन भन्ने लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! म तपाईँसामु पश्चात्ताप गर्न तयार छु। बिन्ती मलाई हीनताका यी नकारात्मक भावनाबाट बाहिर निक्लन मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्वरका वचनका यो खण्ड भेटेँ: “अन्तमा, म तिमीहरूलाई के भन्‍न चाहन्छु भने: एउटा क्षणिक संवेगले तेरो जीवनभरिको सत्यताको खोजीलाई असर गर्न र मुक्तिको तेरो आशालाई नष्ट गर्न नदे। के तिमीहरूले बुझिस्? (बुझेँ।) तेरो यो संवेग सकारात्मक नभएको मात्र होइन, अझ सटिक रूपमा भन्दा, यो परमेश्‍वर र सत्यताविरुद्ध छ। तँलाई यो सामान्य मानवताको संवेग हो भन्‍ने लाग्छ होला, तर परमेश्‍वरको नजरमा, यो संवेगको सामान्य कुरो होइन, यो त परमेश्‍वरको विरोध गर्ने एउटा तरिका हो। मानिसहरूले यी नकारात्मक संवेगहरूलाई परमेश्‍वर, परमेश्‍वरका वचनहरू र सत्यताको प्रतिरोध गर्ने तरिकाका रूपमा प्रयोग गर्छन्। त्यसकारण, तँ सत्यता पछ्याउन इच्छुक भएकोले, तैँले आफ्नो हृदयमातँलाई हठीपूर्वक, मूर्खतापूर्वक सत्यताको विरोध गर्न र परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न लगाइरहने नकारात्मक संवेगहरू छन् कि छैनन् भनी होसियारीपूर्वक आफ्नो जाँच गर्नुपर्छ। यदि, आत्म-जाँचमार्फत, तैँले तेरो हृदय अझै पनि नकारात्मक संवेगहरूद्वारा बाँधिएको छ भनी साँचो रूपमा महसुस गरेको छस् भने, म तँलाई पहिले तिनलाई त्याग्न भन्छु। तिनलाई पक्रिराख्नका लागि अब उप्रान्त बहाना नबना, र अझै विशेष गरी, तिनलाई सामान्य मनस्थितिका रूपमा नलि, अन्यथा तिनले तेरा सम्भाव्यताहरू र गन्तव्यलाई नष्ट गर्नेछन्, र तिनले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने तेरो अवसर र आशालाई नष्ट गर्नेछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। यस खण्डले ममा गहिरो प्रभाव पार्‍यो। मैले विगतमा नकारात्मक भावना गम्भीर समस्या हो भनेर कहिल्यै सोचेकी थिइनँ। परमेश्वरको विश्लेषण पढेपछि नकारात्मक भावनाको स्थितिमा जिउनुको सार परमेश्वर र सत्यताको विरोधमा हुनु हो भन्ने बुझेँ। मैले यो समस्या हल नगरेकी भए मैले मुक्ति पाउने कुनै पनि मौका गुमाउनेथिएँ। मैले हीनताभावमै जिएका आफ्ना विगतका वर्षहरूबारे चिन्तन गरेँ: आफूभन्दा प्रतिभाशाली, धेरै क्षमता र कार्यदक्षता भएका ब्रदर-सिस्टरहरू भेट्दा मलाई हीनता महसुस हुन्थ्यो, म दिक्दारीमा डुब्थेँ, आफ्नो परिस्थितिको वास्तविकताप्रति प्रतिरोधी र असन्तुष्ट हुन्थेँ, आफ्नो परिस्थिति सामना र स्वीकार गर्न इच्छुक हुन्नथेँ र शक्तिहीन महसुस गर्थेँ। मैले अरूको सबल पक्षबाट कसरी सिक्न सक्छु वा आफ्नो कर्तव्य राम्ररी गर्न तिनीहरूसँग कसरी सहकार्य गर्ने भनी सोच्ने कष्ट गरिनँ, बरु, परमेश्वरले मलाई दिनुभएको क्षमता, प्रतिभा र आफूमा रहेको दृढताको कमीलाई लिएर उहाँलाई दोष दिएँ। म लगातारको नकरात्मकताको स्थितिमा जिएँ, चुपचाप परमेश्वरको विरोध गर्थेँ, र कहिलेकाहीँ मेरो कर्तव्य निर्वाह गर्न नै चाहन्नथेँ। म यी वर्षका आफ्नो आस्थामा हीनताको भावनाले बाँधिएकी थिएँ, र प्राय दिक्दारी र निष्क्रियताको अवस्थामा पुग्थेँ। ममा सत्यता पछ्याउने इच्छाशक्ति थिएन, र मात्र केही परिश्रम गर्न र निष्क्रिय रूपमा पछ्याउने कुरामै सन्तुष्ट थिएँ। परिणामस्वरूप, मैले परमेश्वरमा विश्वास गर्दा आफ्नो कर्तव्य सधैँ राम्ररी पूरा गरेकी र अभ्यास गर्ने धेरै अवसर पाएकी भए पनि जीवनमा मेरो प्रगति न्यून थियो। म सधैँ झैँ दयनीय र दरिद्र थिएँ। परमेश्वरको काम समाप्त हुन लागेको थियो र मैले सत्यता प्राप्त गर्ने अनगिन्ती अवसर गुमाएकी थिएँ, यदि मैले आफ्नो स्थिति बदलिनँ भने मुक्ति पाउने जुनसुकै मौका बर्बाद गर्नेथिएँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरो हीनताको भावना पछाडि कस्ता भ्रष्ट स्वभाव लुकेका छन् भनेर बुझ्न खोजेँ।

पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्‍वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्‍ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्‍वर तिनीहरूसँग अप्रसन्‍न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्‍ने कुरा थाहै छैन। त्यसकारण, आफूले गर्ने जुनै कुरामा पनि, तिनीहरू सधैँ केही कुरा लुकाएर राख्छन्, तिनीहरू सधैँ आफ्नै अभिमान र हैसियतको रक्षा गर्नको खातिर काम गर्छन्, र तिनीहरूले यी कुराहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरू आफ्नै खातिर मात्रै बोल्छन् र भ्रामक तर्कहरू गर्छन्—तिनीहरूले आफ्नै लागि जे पनि गर्नेछन्। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेर मैले बुझेँ कि ममा कमजोर क्षमता भएकाले वा म बोल्न नसक्ने र औसत देखिने भएकीले हीनताको भावनाबाट ग्रसित भएकी होइन रहेछु, यो त शैतानले मेरो पछ्याइबारे केही गलत दृष्टिकोण हालेर मेरो दिमाग भुटेकाले रहेछ। मैले प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु। म अवचेतन रूपमा “मानिस उभोतिर जान खोज्छ; तर खोला तलतिर बग्छ”, र “मानिस आफू जहाँ जहाँ जान्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ” भन्ने शैतानी विषले प्रभावित भएकी रहेछु। प्रतिष्ठा, हैसियत र अरूबाट सम्मान पाउनु जत्तिको महत्त्वपूर्ण मेरा लागि केही थिएन; म सोच्थेँ, यी कुरा प्राप्त गरेर मात्रै म सार्थक र मूल्यवान् जीवन जिइरहेकी हुनेछु। मेरो सांसारिक कार्यजीवनमा, मलाई सधैँ चलाख, तेज, बोलक्कड, र अरूसँग व्यवहार गर्न सिपालु, र हाकिमहरूको तारिफ र प्रशंसा पाउने सहकर्मीहरू देख्दा डाह लाग्थ्यो। म पनि आफ्ना सहकर्मीले जस्तै हाकिमहरूको प्रशंसा पाउन चाहन्थेँ। तर, आफू औसत देखिने, बोल्न नसक्ने र सम्बन्ध बनाउन सिपालु नभएकीले हीनता महसुस हुन्थ्यो। समस्या आइपर्दा, म सहकर्मीलाई भन्दिनँथेँ, बरु बाथरुम पसेर रुन्थेँ। अरूले मेरा समस्या थाहा पाए भने मलाई तुच्छ सम्झनेछन्, सम्मान गर्नेछैनन् भन्ने चिन्ता लाग्थ्यो—त्यो समय मैले साँच्चै नै ठूलो कष्ट भोगेँ। परमेश्वरमा आस्था राखेपछि, म गैरविश्वासीहरूको दृष्टिकोणअनुसार जिइरहेँ, सोच्थेँ, अगुवा वा सुपरभाइजर हुनका लागि व्यक्तिमा अगुवाको व्यक्तित्व हुनुपर्छ, दृढतापूर्वक बोल्न, आफूलाई आकर्षक तरिकाले प्रस्तुत गर्न, अनि प्रबन्ध गर्न सक्षम हुनुपर्छ र राम्रो कार्यदक्षता हुनुपर्छ र यसरी, जहाँ गएपनि सम्मान पाइन्छ, आफ्नो पहिचान बनाउन सकिन्छ र उच्च ठानिन्छ। जब मैले सहकार्य गरेका ब्रदर-सिस्टर मभन्दा सक्षम, दृढ निश्चयका साथ बोल्ने र राम्रो कर्यदक्षता रहेको देख्थेँ, तब म आफूलाई हरेक पक्षबाट व्यर्थ पाउँथेँ। अरूको सम्मान पाउन असफल भएकीले, उच्च नठानिएकीले र प्रतिष्ठा र हैसियतको मेरो अभिलाषा पूरा नभएकाले उप्रान्त म अगुवाको रूपमा काम गर्न चाहन्नथेँ, र त्यो वातावरणबाट पर गएर मानिसहरूको अर्को छुट्टै समूहमा सामेल हुन चाहन्थेँ। म सोच्थेँ, यसो गरेमा म आफ्नो कमजोरी र अक्षमता खुलासा हुनबाट बच्न सक्नेछु, र साथीहरूले मलाई हेयका दृष्टिले हेर्नेछैनन्। यी सबबारे चिन्तन गरेपछि, शैतानको विषले पहिले नै मेरो हृदयको गहिराइमा जरा गाडिसकेको थाहा पाएँ, म हैसियत र अरूको सम्मान र प्रशंसाको पछि लागेँ, ती कुरालाई सकारात्मक कुरा मानेँ। मेरा व्यक्तिगत चाहना सन्तुष्ट नहुनेबित्तिकै मलाई कर्तव्य गर्न मन लागेन, नकारात्मक र विरोधी भएँ, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन असमर्थ भएँ। म शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएकी रहेछु, हैसियत र प्रतिष्ठा पाउने मेरो लालसा निकै बलियो रहेछ भन्ने महसुस भयो—यदि यस्तै चलिरह्यो भने परमेश्वरले मलाई घृणा गरेर हटाउनुहुनेथ्यो। म उप्रान्त गलत मार्गमा अघि बढ्न इच्छुक भइनँ, बरु परमेश्वरसामु पश्चात्ताप गर्न, परमेश्वरका मागअनुसार व्यावहारिक रूपमा कर्तव्य निर्वाह गर्दै उहाँको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन तयार भएँ।

पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड भेटेँ: “जब हीनताबोधको संवेगले तेरो हृदयको गहिराइमा गहिरो जरा गाड्छ, तब त्यसले तँमा गहन प्रभाव पार्ने मात्रै होइन, तर त्यो मानिसहरू र कामकुराहरूबारे तेरो दृष्टिकोण, अनि तेरो आत्म-आचरण र कार्यमाथि पनि हाबी हुन्छ। त्यसैले, हीनताबोधको संवेगद्वारा नियन्त्रित हुनेहरूले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छन्? तिनीहरू अरू सबैलाई आफूभन्दा सक्षम देख्छन्, र तिनीहरू ख्रीष्टविरोधीहरूलाई समेत आफूभन्दा सक्षम देख्छन्। तिनीहरू के सोच्छन् भने ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव र खराब मानवता भए तापनि, तिनीहरू अझै पनि अनुकरण गर्नुपर्ने मानिस र सिक्नुपर्ने आदर्श व्यक्ति हुन्। तिनीहरूले आफूलाई यसोसमेत भन्छन्, ‘तिनीहरूमा खराब स्वभाव र दुष्ट मानवता भए तापनि, तिनीहरू प्रतिभाशाली छन् र तिनीहरूसँग ममा भन्दा राम्रो कार्य सामर्थ्य छ। तिनीहरू यतिका धेरै मानिसको अगाडि अनुहार रातो नपारी वा मुटु ढुकढुक नगरी, सहजता र निर्धक्कसाथ बोल्न सक्छन्। तिनीहरूमा साँच्चै आँट छ। मसँग त्यस प्रकारको साहस छैन।’ यो केले गर्दा भएको? के भन्नैपर्छ भने यसको एउटा कारण भनेको तेरो हीनताबोधको संवेगले मानिसहरूको सारबारे तेरो मूल्याङ्कनलाई, साथै अरू मानिसहरूलाई हेर्ने कुरामा तेरो दृष्टिकोण र अडानलाई असर पारेको छ। के कुरा यो नै होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचन मनन गरेपछि, मैले हीनताको भावनाले मानिस र कामकुराप्रतिको हाम्रो हेराइलाई प्रभावित गर्न सक्छ भन्ने बुझेँ। मैले कसरी आफू हीनताको भावनामा डुबेको बेला मानिसको बाहिरबाट देखिने प्रतिभा, क्षमता, दृढतासाथ बोल्न र कार्य गर्नसक्ने क्षमतामा ध्यान केन्द्रित गर्ने गरेकी थिएँ भन्नेबारे चिन्तन गरेँ। यी गुणहरूलाई मानकको रूपमा लिएर मैले मानिसको क्षमता मूल्याङ्कन् गरेँ, तैपनि तिनीहरूको मानवता, सार र तिनीहरू हिँड्ने मार्ग खुट्याउने कुरामा ध्यान दिन असफल भएँ। मैले सोचेँ, ली जूसँग सहकार्य गर्दा मैले उनी कति स्पष्टवक्ता छिन्, दृढतापूर्वक बोल्छिन् र कार्य गर्छिन् भन्ने मात्र हेरेँ, तर उनको व्यवहार खुट्याउने कुरामा जोड दिन असफल भएँ। म जस्तो होइन, उनमा पुँजी छ, त्यसैले उनले आत्मप्रशंसा गर्नु सामान्य कुरा हो भन्ने समेत मानेँ। म निकै अलमल्ल अवस्थामा थिएँ!

पछि, मैले मानिसको वाक्पटुता, प्रतिभा, बोलीमा दृढता र कार्यदक्षताका अधारमा मानिसको क्षमतालाई मापन गर्नु मापनको सबभन्दा सही तरिका हो त भनेर प्रश्न गर्न थालेँ। त्यसपछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “कुनै व्यक्तिको क्षमता कसरी मापन गरिनुपर्छ? यो गर्ने एउटै मात्र उपयुक्त तरिका भनेको सत्यताप्रतिको उसको मनोवृत्ति र ऊ सत्यता बुझ्न सक्छ कि सक्दैन भनी हेर्नु हो। कतिपय मानिसले प्राविधिक सीपहरू धेरै चाँडै सिक्न सक्छन्, तर सत्यता सुन्नेबित्तिकै, तिनीहरू अलमल्ल पर्छन् र झुल्न थाल्छन्। तिनीहरूको मन अन्योलमा पर्छ, र तिनीहरू न त सत्यता लिन सक्छन् न त त्यो बुझ्न नै सक्छन्। कमजोर क्षमता हुनुको अर्थ यही हो। जब तँ कतिपय मानिसलाई तिनीहरूको क्षमता कमजोर छ भनी भन्छस्, तब तिनीहरू त्यो कुरा स्वीकार गर्न मान्दैनन्। तिनीहरू उच्च स्तरको शिक्षा हासिल गर्नुको अर्थ तिनीहरूको क्षमता राम्रो छ भन्‍ने हुन्छ भन्ने सोच्छन्। के कसैले उच्च स्तरको शिक्षा हासिल गर्नुको अर्थ साँच्चै उसको क्षमता राम्रो छ भन्‍ने हुन्छ र? हुँदैन। कुनै व्यक्तिको क्षमता कसरी मापन गरिनुपर्छ? यो उसले परमेश्‍वरका वचनहरू र सत्यता कुन हदसम्म बुझ्छ भन्‍ने आधारमा मापन गरिनुपर्छ। यो सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तीक्ष्ण-दिमागका, र मानिसहरूसँग व्यवहार गर्नमा विशेष गरी सिपालु हुन्छन्। तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब तिनीहरूले जतिसुकै प्रयास गरे पनि कहिल्यै त्यो बुझ्न सक्दैनन्, र जब तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती बुझ्न सक्दैनन्। जब तिनीहरू आफ्नो अनुभवात्मक गवाही बाँड्छन्, तब त्यो सधैँ शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्छ; तिनीहरू केवल अनाडी जस्ता देखिन्छन्, र अरूलाई तिनीहरूसँग कुनै आत्मिक बुझाइ छैन भन्‍ने महसुस हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्। त्यसोभए, के यस्ता मानिसहरू परमेश्‍वरको घरका निम्ति काम गर्न योग्य हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? (तिनीहरूमा सत्यता सिद्धान्तहरू हुँदैनन्।) ठिक भनिस्, यो तिमीहरूले अहिलेसम्म बुझिसक्नुपर्ने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचन पढेर, मैले थाहा पाएँ कि हामीले मानिसको क्षमता तिनीहरू कति शिक्षित छन्, तिनीहरूमा बाहिरबाट देखिने कस्ता प्रतिभा छन्, कति तीक्ष्णबुद्धिका छन् वा कति स्पष्टवक्ता छन् भन्ने आधारमा मापन गर्नुहुँदैन बरु तिनीहरूले परमेश्वरका वचनको सही बुझाइ प्राप्त गर्न सक्छन् कि सक्दैनन् र परमेश्वरका वचनको वास्तविकता बुझ्न समर्थ छन् कि छैनन् भन्ने आधारमा गर्नुपर्छ—अर्थात, तिनीहरूले परमेश्वरका वचनबाट उहाँका अभिप्राय बुझ्न सक्छन् कि सक्दैनन् र परमेश्वरका वचनबाट आफ्नो भ्रष्ट स्वभाव र सार चिन्छन् चिन्दैनन् भन्ने हो। ली जूसँग केही खास प्रतिभा, बोल्ने निपुणता र दृढतापूर्वक कार्य गर्ने सक्षमता भएपनि उनी आफूबारेको सही बुझाइबारे चर्चा गर्न वा परमेश्वरका वचनको अनुभवात्मक गवाही दिन असमर्थ थिइन्। ब्रदर-सिस्टरहरूले धेरै पटक उनको आत्मप्रशंसापूर्ण व्यवहारलाई इङ्गित गरेका थिए, तर, यी समस्या स्विकारेर पनि, उनले यस्तो व्यवहारको प्रकृति र गम्भीर परिणामलाई कहिल्यै बुझिनन्। आफ्नो कर्तव्य निर्वाहको क्रममा उनी बारम्बार आफ्नै प्रशंसा गर्थिन्, र अरूलाई तुच्छ पनि देखाउने गर्थिन्, आफू बर्खास्त भएपछि पनि आफूलाई उचाल्थिन्, र यो समस्याबारे चिन्तन गर्ने वा ज्ञान प्राप्त गर्नेतिर लागिनन्। यसबाट मैले ली जूसँग केही खास प्रतिभा त थिए तर उनी असल क्षमता भएकी होइनन् भन्ने देखेँ। मैले परमेश्वरले पावलको व्यक्तित्वको विश्लेषण कसरी गर्नुभएको थियो भन्ने सम्झेँ—पावल प्रतिभावान् थिए, धेरै पत्र लेखे, धेरै मानिसम्म सुसमाचार फैलाए तर उनले सत्यता बुझ्न सकेनन्, र अन्ततः आफ्नो शैतानी, परमेश्वर प्रतिरोधी प्रकृति चिन्न सकेनन्। यसरी, पावल राम्रो क्षमताका थिए भनी मान्न सकिन्न। यो सब बुझेर म अलि प्रष्ट भएँ। मैले पनि सत्यता बुझेकी थिइनँ, अनि सधैँ सुशिक्षित, स्पष्टवक्ता र दृढनिश्चयी हुनु राम्रो क्षमता हुनु हो, र यी गुण नहुनु कमजोर क्षमताको सङ्केत हो भनी सोच्थेँ। परिणामस्वरूप, मैले प्रायः आफूलाई कमजोर क्षमताकी र अगुवा वा सेवकको रूपमा सेवा गर्न योग्य नरहेकी ठानेँ। परमेश्वरका वचन पढेपछि मैले बुझेँ कि कसैको क्षमता मापन गर्दा हामीले मुख्य गरी उक्त व्यक्तिले कति राम्रोसँग परमेश्वरका वचन बुझ्न सक्छ, सत्यता बोध गर्न र सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ कि सक्दैन भनी हेर्नुपर्छ। मानिस र कामकुरालाई हेर्ने सबभन्दा सही तरिका भनेको परमेश्वरका वचनअनुसार हो।

पछि, मैले परमेश्वरका दुईवटा खण्ड भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “त्यसोभए, तैँले आफूलाई सटिक रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्‍न सक्छस्, र तँ कसरी हीनताबोधको संवेगबाट मुक्त हुन सक्छस्? तैँले परमेश्‍वरका वचनहरूलाई आफूलाई चिन्ने—तेरो मानवता कस्तो छ, तेरो क्षमता र प्रतिभा वास्तवमा कस्ता छन्, अनि तँमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारका रूपमा लिनुपर्छ। उदाहरणका लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्‍न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण तँलाई तँ राम्ररी गाउन सक्दैनस् भन्‍ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक मानिसहरू, ती भ्रमित र औसत मानिसहरूले तेरा बारेमा बेठिक मूल्याङ्कन गरे र तँलाई गलत ठहऱ्याए, तेरो मानवताले पाउनुपर्ने अधिकारहरू सीमित पारे, र तेरो प्रतिभालाई दबाए। परिणामस्वरूप, तँ गीत गाउनेसमेत आँट गर्दैनस्, र तँ आफू एकलै हुँदा मात्रै ठूलो स्वरले गाउने र खुलेर व्यक्त गर्ने आँट गर्छस्। साधारणतया तँलाई चरम दमन गरिएको महसुस भएकै कारण, तँ आफू एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ, तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदा रमाउँछस्—त्यो कति सुन्दर, स्वतन्त्र, मुक्त समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्‍ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ, अनि आफूले गर्न सक्‍ने जुनसुकै कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमजोरी र अपर्याप्तताहरूका हकमा भन्दा, तैँले चिन्तन गरेर तिनलाई चिन्‍नुपर्छ, र तँसँग तेरो क्षमता कस्तो छ, त्यो असल छ कि खराब छ भन्नेबारे सटिक मूल्याङ्कन र ज्ञान हुनुपर्छ। यदि तँ आफ्‍ना समस्याहरू बुझ्‍न सक्दैनस् वा तीबारे तँसँग स्पष्ट ज्ञान छैन भने, समझ भएका र आफू वरपरका मानिसहरूलाई तेरा बारेमा मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भन्ने कुरा सटिक भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई सन्दर्भका लागि कुनै कुरा दिनेछ अनि आफूबारे आधारभूत मूल्याङ्कन वा चित्रण राख्न सक्षम बनाउनेछ। त्यसपछि तँ यस नकारात्मक संवेग—तेरो हीनताबोधको संवेग—को मूल समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा निस्कन सक्छस्। यदि व्यक्तिले हीनताबोधको संवेगलाई खुट्ट्याउन, त्यसबाट ब्युँझन, र सत्यता खोजी गर्न सक्छ भने, त्यो संवेग समाधान गर्न सजिलो हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। “परमेश्‍वरले तैँले सत्यता पछ्याइमा हार मानेको हेर्न चाहनुहुन्‍न, न त आफूलाई हारिसकेको मान्छे ठान्‍ने कसैको मनोवृत्ति नै हेर्न चाहनुहुन्छ। उहाँले त तैँले यी सबै साँचो तथ्यहरू बुझेपछि, तैँले परमेश्‍वर एक धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर स्पष्ट रूपमा बुझेर अझ दृढ, साहसी र आश्‍वस्त तरिकाले सत्यता पछ्याउन सकेको हेर्न चाहनुहुन्छ। जब तँ बाटोको अन्त्यमा आइपुग्छस्, तब यदि परमेश्‍वरले तेरो लागि तोक्‍नुभएको मानक तैँले पूरा गरेको छस्, र तँ मुक्तिको मार्गमा छस् भने, परमेश्‍वरले तँमाथि हार मान्नुहुनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२))। परमेश्वरका वचनमा मैले आफ्नो हीनताको भावना हल गर्ने मार्ग भेटेँ। मैले परमेश्वरका वचनअनुसार वस्तुस्थितिलाई हेर्नुपर्थ्यो, मेरा सबल पक्ष र कमजोरीबारे सही बुझाइ हासिल गर्नुपर्थ्यो, आफूले गर्न सक्षम रहेका कुरा सक्दो राम्रोसँग गर्नुपर्थ्यो, आफूले बोध वा पूरा गर्न असफल भएका कुरालाई सही तरिकाले सम्हाल्दै तिनको हल गर्न सत्यता खोज्नुपर्थ्यो। मैले पहिलो पटक अगुवा र सुपरिवेक्षकका रूपमा सेवा गर्न थालेको समय सम्झेँ: सुरुमा, मैले लगनका साथ सहकार्य गरेर केही वास्तविक काम गर्न सकेकी थिएँ, पछि म नकारात्मक र सुस्त भएकीले, र भ्रष्ट स्वभावमा जिएर कर्तव्यमा कमजोर नतिजा पाएकीले बर्खास्त भएँ। म बर्खास्त हुनुमा मेरो कमजोर क्षमता मात्रै कारण थिएन। वास्तवमा, मेरा ब्रदर-सिस्टरहरू सबैले मेरो औसत क्षमता छ, कमजोर होइन भनेका थिए। ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्दा लगनशील भएर काम गरेकी भए, मैले अझै केही काम पूरा गर्न सक्थेँ। यो सबै बुझेर, मैले आफूप्रति सही मनोवृत्ति प्राप्त गरेँ—मसँग सर्वोत्तम क्षमता थिएन, र केही विषयका सिद्धान्त बुझ्न सक्दिनँथे, तर मेरा कमीकमजोरी परिपूर्ति गर्न म सधैँ ब्रदर-सिस्टरबाट सहयोग माग्न सक्थेँ, र मेरो क्षमता सुधार्न मेहनत गर्न सक्थेँ। यसरी, मैले केही प्रगति गर्न सकेकी हुनेथिएँ। यो बुझाइपछि, मैले अभ्यासको मार्ग पाएँ र निकै सहजता महसुस भयो। म अब हीनताको भावनाले बाँधिन चाहन्नथेँ, र म आफ्नो कर्तव्य निर्वाह राम्ररी गर्दै परमेश्वरलाई सन्तुष्ट बनाउन सत्यताको अभ्यासमा केन्द्रित हुन तयार थिएँ।

पछि एक पटक, म जियाओए नाम गरेकी लेखापढी कामको सुपरिवेक्षण गर्ने सिस्टरसँग सानो समूह भेलामा थिएँ, जियाओएले परमेश्वरका वचनमा सङ्गति गरेर उहाँको अभिप्रायबारे राम्रोसँग बताउन, र सङ्गतिमा आफ्नो अनुभवका सिकाइहरू हाल्न सकिन्, भेलामा भएका सबैका लागि यी सबै कुरा निकै शिक्षाप्रद थिए। उनले सङ्गति गर्दा सबै ब्रदर-सिस्टरले सहमतिमा शिर हल्लाउँथे, र नोट लेख्थे। यो देखेर, मभित्र फेरि हीनताको भावना प्रवेश गर्न थाल्यो, जियाओए मभन्दा धेरै सक्षम छिन्, अगुवा हुन धेरै योग्य छिन् भन्ने लाग्यो। तर, जसै हीनताका यी भावनाहरू आउन थाले, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ, अनि आफूले गर्न सक्‍ने जुनसुकै कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमजोरी र अपर्याप्तताहरूका हकमा भन्दा, तैँले चिन्तन गरेर तिनलाई चिन्‍नुपर्छ, र तँसँग तेरो क्षमता कस्तो छ, त्यो असल छ कि खराब छ भन्नेबारे सटिक मूल्याङ्कन र ज्ञान हुनुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। वास्तवमा, हरेकमा फरक फरक क्षमता र सबल पक्ष हुन्छन्। यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तकै नतिजा हो। मसँग जस्तो प्रकारको क्षमता होस्, मैले सधैँ आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्छ। मसँग सर्वोत्तम क्षमता थिएन र अरूजस्तो वाक्पटु थिइनँ, तर परमेश्वरका वचनको केही बुझाइ र अनुभव भएसम्म मैले सही इरादा राख्नुपर्छ र आफ्नो बुझाइबारे सङ्गति गरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। मैले गर्नुपर्ने कुरा नै यही हो। यो बुझिसकेपछि, मलाई धेरै निको महसुस भयो, हीनताको भावना आउन छोड्यो, परमेश्वरका वचनअनुसार अभ्यास गर्न, आफूले बुझेका सबै कुरामा सङ्गति गरी आफ्नो जिम्मेवारी पूरा गर्न तयार भएँ। त्यहाँपछि, मैले परमेश्वरका वचनबारे आफ्नो बुझाइ र ज्ञानमा सङ्गति गर्थेँ। जब मैले आफ्नो सङ्गति ब्रदर-सिस्टरका लागि लाभदायक र सहयोगी भएको देखेँ मैले परमेश्वरलाई धन्यवाद दिएँ! यो सबै परमेश्वरका वचनको अन्तर्दृष्टि र मार्गदर्शन थियो जसले मलाई प्रगति र आफूसँग भएको कुरा प्राप्त गर्न सहयोग गर्‍यो।

सम्बन्धित विषयवस्तु

निराकरणपछिको जागरूकता

२०२० को अन्त्यतिर, मैले मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्‍मा लिएँ। सुरुमा तिनीहरू त्यति धेरै थिएनन्, त्यसकारण तिनीहरूले...

जाइलाग्दा सिकेका पाठहरू

गत वर्ष, म र सिस्टर लीयू मण्डलीको भिडियो कार्यको इन्चार्ज थियौँ। मसँग भन्दा उनीसित व्यावसायिक सीप र अनुभव धेरै थिए, त्यसैले, मलाई समस्या...

सुसमाचार सुनाउने कठिन मार्ग

आना, म्यान्मारम म्यान्मारकी हुँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम सन् २०१९ मा स्विकारेँ। मैले परमेश्‍वरको वचन पढेर के थाहा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्