म आफ्नो भाग्यबारे फेरि कहिल्यै गुनासो गर्नेछैनँ
मेरो जन्म साधारण कृषक परिवारमा भएको थियो, र मेरा आमाबुबा जीवननिर्वाहका लागि खेती गर्नुहुन्थ्यो। हाम्रो गाउँमा एउटा सम्पन्न परिवार थियो,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरा सबै अनुभवहरूमध्ये, एउटा अनुभवले मलाई गहन प्रभाव पारेको छ। एक साल, माथिल्लो स्तरका अगुवा ली जुवान हाम्रो कामको रेखदेख गर्न हाम्रो मण्डलीमा आइन्। त्यो बेला, एक जना मण्डली सदस्यले अगुवा र सेवकहरूका विरुद्धमा पूर्वाग्रहहरू फैलाइरहेका थिए, र मण्डलीमा बाधा दिन गुटबन्दी गरिरहेका थिए। हामीले तिनीसँग धेरै पटक सङ्गति गऱ्यौँ, तर तिनले पश्चात्ताप गरेनन्। हामी तिनलाई ख्रीष्ट-विरोधी ठहर गर्ने कि नगर्ने भनी निश्चित थिएनौँ, त्यसकारण हामीले ली जुवानलाई सोध्यौँ। यस कुराको निर्धारण कसरी गर्ने भन्ने बारेमा हामीलाई सङ्गति दिन ली जुवानले ख्रीष्ट-विरोधीलाई कसरी चिन्ने भन्ने बारेमा सत्यताहरू प्रयोग गरिन्, र हामीलाई अघि बढ्ने बाटो दिइन्। मैले हाम्रो कुराकानीबाट के पनि थाहा पाएँ भने ली जुवान नयाँ अगुवा हुँदा, उनले अरूले दुई महिनामा पनि नसकेको मण्डलीको भताभुङ्ग अवस्थालाई दुई हप्तामा नै समाधान गरिन्। अहिले माथिल्लो स्तरका अगुवाका रूपमा, उनले धेरैवटा मण्डलीको कामको रेखदेख र तिनीहरूका धेरै समस्याहरू समाधान गरिसकेकी थिइन्। थाहै नपाई, मैले उनलाई आदर गर्न थालेछु। त्यसपछि, मेरी सहकर्मी र मैले यस्ता समस्याहरूको सामना गर्यौँ जसलाई हामीले बुझेका थिएनौँ, त्यसकारण ली जुवान आएर हामीलाई बाटो देखाऊन् भनेर हामी पर्खेर बस्यौँ। एक महिनापछि, उनी बल्ल हाम्रो मण्डलीमा आइन्। मैले हामीले सामना गरिरहेका समस्या र कठिनाइहरूका बारेमा बताएँ र उनले फेरि पनि तुरुन्तै ती कुरा समाधान गरिन्। ली जुवानलाई एक-दुई पटक भेटेपछि नै म उनलाई निकै आदर गर्थेँ। मलाई उनी माथिल्लो स्तरकी अगुवा हुन योग्य छिन्, उनले सत्यता बुझेकी छिन् र उनमा सम्झशक्ति छ भन्ने लाग्थ्यो। मैले पटक्कै समाधान गर्न नसक्ने समस्याहरू उनले सहजै समाधान गरिदिन्थिन्। मलाई उनी हामीलाई बाटो देखाउन अझै धेरै पटक आऊन् भन्ने आशा थियो। अचम्मको कुरो, केही महिनापछि ली जुवानलाई आफ्नो कर्तव्यमा अहङ्कारी, निरङ्कुश भएकोमा, मण्डलीको काममा बाधा दिएकोमा, र काट-छाँट र निराकरणलाई स्वीकार नगरेकोमा बर्खास्त गरिएछ। उनलाई बर्खास्त गरिएको घटना मेरो लागि अकल्पनीय थियो, तर यो उनको लागि राम्रो कुरा हुन सक्छ भन्ने सोचेँ। यदि उनले आफ्नो बारेमा सिकेर उनी परिवर्तन हुन सकिन् भने, उनले फेरि महत्त्वपूर्ण काम लिन सक्थिन्। त्यसकारण उनलाई बर्खास्त नै गरिएको भए पनि, उनले मेरो हृदयमा लिएको स्थान परिवर्तन भएको थिएन।
केही महिनापछि, मण्डलीले ली जुवान र मलाई सफाइको कामको जिम्मेवारीमा खटायो। मलाई साह्रै खुशी लाग्यो। म यो मौकाको फाइदा उठाएर उनीबाट धेरै कुरा सिक्न चाहन्थेँ। पछि हामीले केही समस्याहरूका बारेमा छलफल गर्दा, उनले सधैँ सङ्गति गर्न सान्दर्भिक सिद्धान्तहरू खोजेर समस्याहरू समाधान गर्न सक्थिन्। उनी विश्वासमा आउने बित्तिकै अगुवा बनेकी, कठिन परिश्रमले गर्दा उनको काममा सुधार भएको, उनलाई बर्खास्त गरिएपछि उनले आफ्नो बारेमा सिकेको, र उनलाई मण्डलीले फेरि पनि महत्त्वपूर्ण काम दिएको बारे पनि धेरै कुरा गर्थिन्। यी सब कुरा सुन्दा म उनलाई अझै बढी आदर गर्न थालेँ, र म प्रश्नहरू लिएर सधैँ उनीकहाँ जान्थेँ। उनीसँग सधैँ उत्तर हुन्थ्यो। समय बित्दै जाँदा, मैले आफ्नो कर्तव्यमा प्रार्थना गर्न र परमेश्वरलाई खोजी गर्नमा ध्यान दिन छोडेँ, बरु सबै कुराको निम्ति ली जुवानमा भरोसा गर्न थालेँ, किनभने उनले भनेको सबै कुरा सही हुन्छ भन्ने म सोच्थेँ। त्यो बेला मैले उनलाई धेरै उच्च ठानेकी थिएँ। मैले अन्धाधुन्ध उनको भक्ति गरेँ, र ठूलो दुष्कर्ममा झण्डै उनकै पछि लागेँ।
एक दिन, मलाई के थाहा भयो भने झाङ पिङ पहिले अगुवा हुँदा, उनी आफ्नो सहकर्मी विरुद्ध पूर्वाग्रही भएकीले आफ्नो सहकर्मीको बारेमा परिवारको अगाडि आलोचनात्मक कुराहरू भनेकी थिइन्। त्यसपछि उनको परिवारले यी कुराहरूलाई समूह भेलामा बताएका थिए। त्यो एउटा कुराको कारण मण्डली अगुवाले झाङ पिङलाई ख्रीष्ट-विरोधीको संज्ञा दिएका थिए। उनको परिवारलाई यसो गर्नु सिद्धान्तहरू अनुरूप होइन भन्ने लाग्यो र तिनीहरूले यस कुराको रिपोर्ट गर्न पत्र पठाए। तर मण्डली अगुवाले झाङ पिङको पूरै परिवारलाई ख्रीष्ट-विरोधीहरूको समूहको संज्ञा दिएर तिनीहरूलाई एकल्याइदिए। झाङ पिङलाई बर्खास्त गरिएको दस्तावेजहरू हेर्दा, मैले के देखेँ भने उनले भ्रष्ट स्वभावमा जिएर केही आलोचनात्मक कुराहरू मात्रै भनेकी थिइन्। उनलाई ख्रीष्ट-विरोधीको रूपमा ठहर गर्नु हुँदैनथियो। उनको परिवारले एउटा समस्या औँल्याउनका लागि मात्रै रिपोर्ट गरेका थिए, तिनीहरूले गुटबन्दी गरेका वा मण्डलीको काममा बाधा दिएका थिएनन्। तिनीहरूलाई ख्रीष्ट-विरोधीहरू भनिनु हुँदैनथियो। यसको साथै, मैले केही वर्षअघि झाङ पिङसँग कुराकानी गरेकी थिएँ। उनमा स्वीकार गर्न योग्य मानवत्व थियो र उनी दुष्कर्मी जस्तो देखिँदैनथिइन्। उनलाई ख्रीष्ट-विरोधी भनेर बहिष्कार गरेर अगुवाले गल्ती गरेका थिए कि भन्ने जिज्ञासा मलाई जाग्यो। त्यो सानोतिनो समस्या होइन। यस विषयमा पुन: विचार गर्न मलाई ली जुवानको सहयोग लिन मन लाग्यो। तर अचम्मको कुरो, उनले अत्यन्तै निर्णयात्मक रूपमा भनिन्, “झाङ पिङले आफ्नो सहकर्मीको आलोचना गरिन्, र त्यो दुष्कर्म हो। उनको परिवारले उनको पक्षमा बोलेर रिपोर्ट गरेका थिए, त्यसकारण तिनीहरू ख्रीष्ट-विरोधीहरूको समूह हुन्। हामी तिनीहरूले अरू कुनै दुष्कर्म गरेका थिए कि थिएनन् भनी हेर्न सक्छौँ।” मलाई उनी यति निर्णयात्मक हुनु सही होइन जस्तो लाग्यो, तर सोचेँ, यदि ली जुवानले यति निश्चितताको साथ भन्छिन् भने, उनले पक्कै पनि यो कुरालाई राम्ररी बुझेकी हुनुपर्छ। आखिर, उनले माथिल्लो स्तरकी अगुवाको रूपमा सेवा गरेकी थिइन्, उनीसँग धेरै अनुभव र राम्रो समझशक्ति थियो। उनलाई पक्कै पनि साँचो कुरा थाहा छ र मैले भन्दा राम्ररी बुझेकी छिन्। त्यसकारण मैले यसो भन्दै आफ्नो शैली परिवर्तन गरेँ, “मैले झाङ पिङलाई सम्पर्क नगरेको एक-दुई वर्ष भयो। उनले अरू दुष्कर्म पनि गरिन् कि गरिनन् मलाई थाहा छैन। यसको बारेमा खोजी-निधी गरेर पत्ता लगाऊँ।” केही समयपछि नै, हामीले झाङ पिङको बारेमा थप जानकारी भेट्यौँ। उनले अरू कुनै दुष्कर्म गरेकी थिइनन्, र आफ्नी सहकर्मीलाई आलोचना गरेपछि उनले आफ्नो बारेमा मनन गरेर सिकेकी थिइन्। उनको परिवारले पनि झाङ पिङको पक्षमा बोल्न अरू कसैलाई लगाइरहेका थिएनन्। तिनीहरूको व्यवहारको आधारमा हेर्दा, तिनीहरूलाई ख्रीष्ट-विरोधीहरूको संज्ञा दिएर निष्कासन गर्नु हुँदैनथियो। मैले यो कुरा ली जुवानलाई बताएँ, तर उनले निकै तिरस्कारको भाव देखाइन् र झाङ पिङलाई ख्रीष्ट-विरोधी ठान्नु गलत थिएन भन्ने सोचिन्। उनले भनिन्, “यदि हामीले ख्रीष्ट-विरोधीहरूलाई मण्डलीमा बस्न दियौँ र तिनीहरूले दुष्कर्म गरिरहे र बाधा दिइरहे भने, हामी पनि तिनीहरूको दुष्कर्ममा सहभागी भइरहेका हुन्छौँ!” अर्की सिस्टर पनि ली जुवानसँग सहमत थिइनन्। उनले पनि तिनीहरू ख्रीष्ट-विरोधीहरूको समूह थिएनन्, तर केही भ्रष्टता मात्रै प्रकट गरेका थिए, र हामीले तिनीहरूलाई मण्डलीमा फिर्ता लिनुपर्छ भनेर भनिन्। ली जुवानले अझै पनि निर्धक्कको साथ भनिन्, “झाङ पिङ ख्रीष्ट-विरोधी होइनन् भने पनि, उनी दुष्कर्मी हुन्। उनले आफ्नो परिवारको अघि आफ्नो सहकर्मीको अपमान गरिन्, त्यसपछि उनको परिवारले यो कुरा भेलाको बेला बताए र यसको रिपोर्ट गरे। के त्यो मण्डलीको काममा बाधा दिनु होइन र? हामीले तिनीहरूलाई फिर्ता लिनु हुँदैन! हामीले तिनीहरूको दुष्कर्मको बारेमा थप जानकारी लिनुपर्छ।” ली जुवानको कुरा सुनेपछि म अलिक हिचकिचाएँ। झाङ पिङलाई निष्कासन गरिनुपर्छ भन्ने बारेमा उनी अत्यन्तै विश्वस्त थिइन्। के यसको अर्थ यस विषयमा मेरो दृष्टिकोण सीमित थियो? के झाङ पिङ साँच्चै दुष्कर्मी थिइन्? ली जुवानले अगुवाको काम गरेको धेरै भएको थियो, त्यसकारण उनको दृष्टिकोण हाम्रो भन्दा वृहत् हुनुपर्छ। मलाई ममा विवेकको कमी छ र हामीले झाङ पिङले गरेका कुराहरूको बारेमा जानकारी खोजिरहन सक्छौँ भन्ने लाग्यो। त्यसकारण, मलाई त्यति सहज नलागे पनि, मैले आफूलाई दह्रिलो पारेर केही ब्रदर-सिस्टरहरूलाई यस विषयमा थप सोधखोज गर्न लगाएँ। यी बन्दोबस्तहरू गरेपछि मलाई निकै अप्ठ्यारो लाग्यो, र मेरो हृदय अँध्यारो भयो। कस्तो अनुभव भयो म त्यसको व्याख्या गर्नै सक्दिनँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, र यसबाट मलाई आफूलाई चिन्न र उहाँको इच्छा अनुसार काम गर्न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। प्रार्थनापछि मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “हरेक मण्डली र हरेक व्यक्तिलाई परमेश्वरद्वारा अवलोकन गरिएको हुन्छ। मण्डलीमा जति नै धेरै मानिसहरूले कर्तव्य निर्वाह गरिरहेका वा परमेश्वरलाई पछ्याइरहेका भए पनि, ती परमेश्वरका वचनदेखि टाढा गएको क्षण, तिनले पवित्र आत्माको काम गुमाएको क्षण, तिनले परमेश्वरको काम अनुभव गर्न छोड्छन्, र त्यसैले तिनले निर्वाह गरिरहेका कर्तव्यको अनि तिनको परमेश्वरका काममा कुनै सम्बन्ध र कुनै सहभागिताको हक हुँदैन, र यो अवस्थामा यो मण्डली धार्मिक समूह बनिसकेको हुन्छ। मलाई भन, कुनै मण्डली एक धार्मिक समूहमा परिवर्तन भयो भने यसका परिणामहरू के हुन्छन्? के यी मानिसहरू ठूलो खतरामा छन् भनेर तिमीहरू भन्दैनौ र? तिनीहरूले समस्याको सामना गर्दा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यता सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु तिनीहरू मानवजातिका बन्दोबस्त र चालबाजीमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा प्रार्थना गर्ने वा सत्यता सिद्धान्तहरू खोज्ने कहिल्यै गर्दैनन्; तिनीहरूले केवल अरूलाई सोध्ने र अरूले भनेअनुसार गर्ने, र अरूले दिएको इसारामा काम गर्ने गर्छन्। अरूले जे गर्नू भन्छन्, तिनीहरूले त्यही गर्छन्। तिनीहरूलाई आफ्नो समस्याबारे परमेश्वरसित प्रार्थना गर्नु र सत्यता खोज्नु अस्पष्ट र गाह्रो लाग्छ, त्यसैले तिनीहरू सरल र सजिलो समाधान खोज्छन्। तिनीहरूलाई अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा वास्तविक लाग्छ, त्यसैले तिनीहरूले हरेक कुरामा अरूलाई सोध्दै र अरूले कुरा सुन्दै, अरूले जे भन्यो त्यही गर्छन्। फलस्वरूप, धेरै वर्षसम्म विश्वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एकपटक पनि प्रार्थना गर्न र उहाँका चाहनाहरू र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्वरका अभिप्रायहरू अनुसार कार्य र व्यवहार गर्न परमेश्वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले वास्तवमै परमेश्वरमाथिको विश्वास अभ्यास गर्छन् त?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ)। परमेश्वरका वचनहरूले के देखाउँछन् भने, जब कसैको हृदयमा उहाँको निम्ति ठाउँ हुँदैन र तिनीहरूले सत्यताका सिद्धान्तहरूको खोजी गर्दैनन्, तर अरूको कुरा सुन्ने र तिनीहरूकै योजना पछ्याउने निर्णय गर्छन् भने, त्यो परमेश्वरमाथिको विश्वासको अभ्यास गर्नु होइन; परमेश्वरले त्यस्तो विश्वासलाई स्वीकार गर्नुहुन्न। के मेरो स्थिति पनि ठ्याक्कै त्यस्तै थिएन र? झाङ पिङको परिवारको विषयमा, ली जुवानले तिनीहरू ख्रीष्ट-विरोधीहरूको समूह हुन् भन्नेमा आफू निश्चित रहेको भनेर बताएकी थिइन्। मलाई त्यो तथ्य अनुरूप छैन भन्ने लागेको थियो, तर मैले उनलाई यति आदरको नजरले हेरेकी थिएँ कि मैले सत्यताका सिद्धान्तहरूको खोजी गरिनँ। म उनले जे भन्थिन् त्यही मान्थेँ। हाम्रो सोधखोजबाट आएको परिणामहरूद्वारा मैले उनको परिवारलाई गलत आरोप लगाइएको रहेछ भन्ने थाहा पाएँ, तर ली जुवान दृढ भएकी देख्दा, मैले आफ्ना दृष्टिकोणहरूलाई पूर्ण रूपमा बेवास्ता गरेँ। मलाई अप्ठ्यारो लागे पनि, मैले सत्यताका सिद्धान्तहरू खोजिनँ। मैले आफूलाई ली जुवानले भनेको कुरा मान्न बाध्य मात्रै गरेँ। मेरो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ थिएन। त्यो कसरी विश्वास गरेको भयो र? मैले यसको बारेमा जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो। मैले आफूलाई सधैँ साँचो विश्वासी ठान्ने गरेकी थिएँ। मैले एउटा व्यक्तिको भक्ति गर्छु र व्यक्तिलाई पछ्याउँछु भनेर कहिल्यै कल्पना गरेकी थिइनँ। मलाई अप्ठ्यारो लाग्यो, जसको अर्थ मैले परमेश्वरलाई मलाई घृणा गर्ने तुल्याइसकेको थिएँ। मैले पश्चात्ताप गरिनँ भने, मलाई साँच्चै नै निष्कासन गर्न सकिनेथियो। यो सोच्दा मलाई डर लाग्यो, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ र आफ्नो स्थितिलाई परिवर्तन गर्न, सत्यताको खोजी गर्न र झाङ पिङ र उनको परिवारलाई सिद्धान्त अनुसार व्यवहार गर्न सक्ने बन्न सहयोग गर्नुहोस् भनेर अनुरोध गरेँ।
मैले झाङ पिङको समस्यासँग सम्बन्धित सत्यताका सिद्धान्तहरू खोजेँ, र ख्रीष्ट-विरोधी र सामान्य भ्रष्ट स्वभाव भएको व्यक्तिको बीचमा रहेको भिन्नताको बारेमा सिकेँ। ख्रीष्ट-विरोधीहरूको मुख्य लक्षण भनेको तिनीहरूले शक्तिलाई जीवनको रूपमा लिन्छन्, र तिनीहरूले सधैँ परमेश्वरका चुनिएका जनहरूलाई नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले शक्ति पाउन मानिसहरूलाई दण्ड दिन्छन्। तिनीहरूले धेरै दुष्कर्म गर्छन्, र मण्डलीको काममा गम्भीर बाधा दिन्छन्। यसको साथै, ख्रीष्ट-विरोधीहरू सत्यताप्रति दिक्क हुन्छन्, तिनीहरूले यसलाई घृणा गर्छन्। तिनीहरू सारमा दुष्ट मानिसहरू हुन् र तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। तिनीहरूले जति धेरै दुष्कर्म गरे पनि तिनीहरूलाई कुनै पछुतो हुँदैन, र तिनीहरूले पटक्कै पश्चात्ताप गर्दैनन्। सामान्य भ्रष्ट मानिसहरू ख्याति, प्राप्ति र हैसियतको लागि नबोली र काम नगरी बस्न सक्दैनन्, तर तिनीहरूले सत्यतालाई स्वीकार गर्न र आफ्नो बारेमा मनन गर्न सक्छन्। गलत बाटो अपनाएपछि, तिनीहरू आफ्नो बारेमा सचेत हुन, र पश्चात्ताप गर्न सक्छन्। यो कुरा परमेश्वरले भन्नुभएको यो वचनसँग मिल्छ: “व्यक्ति जोसुकै भए पनि, उसले जति नै धेरै दुष्कर्म गरे पनि वा उसको गल्ती जति नै गम्भीर भए पनि, व्यक्ति ख्रीष्टविरोधी हो होइन वा उसमा ख्रीष्टविरोधी स्वभाव छ छैन भन्ने कुरा उसले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छ सक्दैन र उसमा साँचो पछुतो छ छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छन् भने, यदि तिनीहरूसँग साँचो पछुतो छ भने, यदि तिनीहरू परमेश्वरको लागि आफ्नो सारा जीवन श्रम गरेर बिताउन तयार छन् भने यसले साँच्चै केही पश्चात्तापको सङ्केत दिन्छ। यस्तो व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। मलाई हृदयमा झाङ पिङ ख्रीष्ट-विरोधी होइनन् भन्ने थाहा थियो, र म अनिश्चित भई अन्धाधुन्ध ली जुवानको कुरा पत्याई राख्न सक्दिनथेँ।
मैले निरन्तर खोजी गरिरहेँ। ली जुवान र मैले फरक-फरक दृष्टिकोण राख्दा, मैले किन सिद्धान्तहरूको खोजी गर्दिनथेँ, तर अन्धाधुन्ध उनको कुरा पत्याउथेँ? यो समस्याको जड के थियो? मलाई परमेश्वरले भन्नुभएको यो कुरा याद आयो: “तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको शक्तितर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्वास छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?)। परमेश्वरको वचन पढेपछि, मैले के थाहा पाएँ भने मेरो विश्वासको प्रमुख व्यक्ति ख्रीष्ट हुनुहुन्नथियो त्यसकारण म व्यक्तिको भक्ति गर्थेँ र व्यक्तिलाई नै पछ्याउँथेँ; म हैसियत र शक्ति भनेपछि हुरुक्कै हुन्थेँ। ली जुवान माथिल्लो स्तरकी अगुवा भएकी र उनले कामको रेखदेख गर्दा केही समस्याका राम्रा समाधान निकालेकी हुनाले, मलाई उनले सत्यता जानेकी छिन् र उनमा विवेक छ भन्ने लागेको थियो, त्यसकारण मैले उनलाई आदर र प्रशंसा गर्थेँ। त्यसकारण हामी सहकर्मी हुँदा मेरो आफ्नै विचार वा सोचाइ हुँदैनथियो। उनले जे भन्थिन् म त्यही गर्थेँ, यसरी उनको कुरालाई पूर्ण रूपमा सत्यताको रूपमा लिन्थेँ। झाङ पिङ र उनको परिवारलाई बहिष्कार गरिनु पर्छ कि पर्दैन भन्ने जस्तो महत्त्वपूर्ण मामलामा समेत, मैले अन्धाधुन्ध ली जुवानलाई पछ्याएकी थिएँ। यसले गर्दा त्यस परिवारलाई मण्डलीमा फिर्ता लिने कार्यमा र तिनीहरूको जीवन प्रवेशमा ढिलाइ भएको थियो। परमेश्वरले हरेक व्यक्तिको जीवन बहुमूल्य ठान्नुहुन्छ। झूटा अगुवाहरूको दमनमा परेका मानिसहरूले लामो समयसम्म मण्डली जीवन जिउन पाउँदैनन्। तिनीहरू अन्धकारमा जिउँछन्, र विवश र पीडामा हुन्छन्। तर मैले परमेश्वरको इच्छालाई ध्यान दिइरहेकी थिइनँ; मैले अरूको जीवनको लागि जिम्मेवारी लिइरहेकी थिइनँ। झाङ पिङको परिवारको मामलामा, म सधैँ, घरी एउटा कुरा सोच्थेँ घरी अर्को कुरा सोच्थेँ, अनि ली जुवानको कुरा सुन्थेँ। म पूर्ण रूपमा भ्रमित थिएँ! मैले त्यो आत्मिक अन्धकार र पीडा अनुभव नगरेकी भए मेरो होस आउनेथिएन; मैले गलत काम गरिरहेकी हुनेथिएँ। मैले पश्चात्ताप गर्दै परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर! म व्यक्तिको भक्ति गर्ने र उसलाई पछ्याउने काम गरिरहन चाहन्नँ। म तपाईंलाई महान् प्रभुको रूपमा सम्मान गर्न, र सत्यताका सिद्धान्तहरू अनुसार काम गर्न चाहन्छु।” पछि, मैले ली जुवानलाई आफ्नो विचार व्यक्त गरेँ, र उनले रूखो शैलीमा भनिन्, “यसबारे पछि कुरा गरौँला।” त्यसपछि उनले विषय परिवर्तन गरिन्। उनी अझै पनि आफ्नै दृष्टिकोणमा लागिरहेकी छिन् र अरूको जीवनको बारेमा उनलाई वास्ता छैन भन्ने म देख्न सक्थेँ। मलाई रिस उठ्यो। जेसुकै भए पनि, मैले झाङ पिङको परिवारको अवस्थाको बारेमा हाम्रो अगुवालाई बताउनुपर्छ भनेर सङ्कल्प गरेँ। केही दिनपछि अगुवा केही काम गर्न आए र सफाइको काममा ली जुवानले निरङ्कुश व्यवहार गरिरहेकी छिन् भनेर खुलासा गरे। उनले सिद्धान्तहरू पालना नगरी मानिसहरूलाई मनपरी ढङ्गले आरोप लगाइरहेकी थिइन्, र मण्डलीको काममा गम्भीर बाधा दिएकी थिइन्। त्यसकारण, अगुवाले ली जुवानलाई बर्खास्त गरे। झाङ पिङको मामलामा, ली जुवानलाई आफू गलत छु भन्ने राम्ररी थाहा रहेछ, तर उनले यस कुरालाई स्वीकार गर्न चाहेकी रहेनछिन्। झाङ पिङको गल्ती खोतल्नको लागि उनले मानिसहरूलाई उनको बारेमा व्यक्तिगत रूपमा जानकारी लिन लगाएकी रहेछिन्। झाङ पिङ र उनको परिवारलाई ख्रीष्ट-विरोधीहरूका रूपमा बर्खास्त गर्नको लागि उनी लागिपरेकी थिइन्। मलाई अत्यन्तै रिस उठ्यो। उनले आफ्नो हैसियतको रक्षा गर्न, ब्रदर-सिस्टरहरूको जीवनको ख्याल गर्दिनथिइन्। उनी अत्यन्तै दुष्ट थिइन्। ली जुवानसँग मैले बिताएको समयको बारेमा सोच्दा महसुस भयो, उनले सधैँ आफ्नो परिश्रमको बारेमा कुरा गर्थिन्, त्यसैले मैले उनलाई सत्यताको खोजी गर्ने व्यक्तिको रूपमा हेरेँ। मैले उनको व्यवहारको मनसाय र सारलाई चिरफार गर्न सत्यताको प्रयोग गरिनँ। साँचो रूपमा अनुभव बाँड्नु भनेको परमेश्वरको न्यायबाट आफूले आफ्नो बारेमा सिकेको कुरा, आफूले सिकेका सत्यताहरूको बारेमा, र परमेश्वरलाई सन्तुष्ट पार्न आफूले कसरी सत्यताको अभ्यास गरेँ भन्ने बारेमा कुरा गर्नु हो। तर ली जुवानले साँचो बुझाइको बारेमा कुरा गर्न सक्दिनथिइन्। उनले कुरा गरेका ती सबै कठिन परिस्थितिहरू त उनले आफूलाई उचाल्न र आफ्नो गवाही दिन, अनि प्रशंसा कमाउनको लागि बताएका कुराहरू मात्रै थिए। उनी ख्रीष्ट-विरोधीको मार्गमा थिइन्। यस बेला, मलाई ली जुवानको वास्तविकताको बारेमा केही थाहा भयो र मलाई आफूप्रति अझै धेरै घृणा जाग्यो। मैले विश्वास गरेको वर्षौँ भएको थियो, तर म मानिसहरू वा परिस्थितिलाई परमेश्वरको वचन अनुसार हेर्दिनथिएँ। म मानिसहरूको वरदान र क्षमतालाई मात्र हेर्थेँ र हैसियत र शक्ति भनेपछि हुरुक्कै हुन्थेँ। मैले मानिसहरूलाई गलत रूपमा बहिष्कार गर्ने र सुधार गर्न नसकिने क्षति पुर्याउने काममा लागेर झण्डै ली जुवानसँग दुष्कर्म गरेँ। म कति अन्धो र मूर्ख थिएँ! त्यो विचार गरेपछि मलाई डर लाग्न थाल्यो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्वरलाई चिन्छ, र ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू बढुवा गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा सम्मान गर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्वरमा जति नै वर्ष विश्वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई बढुवा र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्ने नै हुन्छ। … मैले यो कुरा भन्नुको अर्थ के हो? सबैलाई परमेश्वरको घरले बढुवा र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई तिनीहरूले सही ढङ्गले हेर्नुपर्छ, तिनीहरूले कठोर भएर यी मानिसहरूबाट मागहरू गर्नु हुँदैन, र अवश्यै तिनीहरूले तिनीहरूबारे अव्यावहारिक राय पनि बोक्नु हुँदैन भनी थाहा दिनु हो। तिनीहरूलाई अत्यधिक प्रशंसा वा सम्मान गर्नु मूर्खता हो; तिनीहरूलाई अत्यधिक कठोर मागहरू राख्नु अमानवीय र अव्यावहारिक हुन्छ। त्यसोभए, तिनीहरूसित व्यवहार गर्ने सबैभन्दा मनासिब तरिका के हो? तिनीहरूलाई साधारण मानिसका रूपमा लिनु र कुनै समस्याको सम्बन्धमा कोही व्यक्तिकहाँ जान आवश्यक परेमा तिनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्नु र एकअर्काको परिपूरक बन्नु” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। कुनै व्यक्तिलाई अगुवा वा सेवकको रूपमा छनौट गरिएको छ भन्दैमा त्यो व्यक्तिले सत्यता जानेको छ र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ भन्ने हुँदैन। तिनीहरूमा पनि भ्रष्ट स्वभाव हुन्छ। तिनीहरूले आफ्नै इच्छा र अनुभवको आधारमा कर्तव्य पूरा गर्न सक्छन्, र तिनीहरूले सिद्धान्त उल्लङ्घन गर्ने काम गर्न सक्छन्। हामीले मानिसहरूलाई अन्धाधुन्ध पछ्याउनु हुँदैन तिनीहरूलाई सत्यताका सिद्धान्तहरू अनुसार चिन्नुपर्छ। यसको साथै, यदि अगुवाहरूले सत्यतामा दिएको सङ्गति ज्ञानवर्धक छ भने, यो पवित्र आत्माबाट आएको अन्तर्दृष्टि र अगुवाइ हो र यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। हामीले अन्धाधुन्ध व्यक्तिको भक्ति गर्ने र उसलाई पछ्याउने गर्नु हुँदैन। यदि अगुवा वा सेवकको काममा गल्ती वा हेलचेक्र्याइँ भएको छ, वा तिनीहरूले सत्यताका कुनै पनि सिद्धान्तहरू उल्लङ्घन गर्छन् भने, यसलाई उचित रूपमा सम्हाल्नुपर्छ। तिनीहरूलाई प्रेमको साथ गल्ती औँल्याइदिनुपर्छ र सहयोग गर्नुपर्छ ताकि तिनीहरू परिवर्तन हुन सकून् र तिनीहरूले सिद्धान्त अनुसार काम गर्न सकून्। तर म हैसियत र शक्ति भनेपछि हुरुक्कै हुन्थेँ, त्यसकारण मैले ली जुवान माथिल्लो स्तरकी अगुवा भएकीले उनले हामीले भन्दा राम्ररी सत्यतालाई जानेकी छिन् भनेर मैले गलत रूपमा सोचेकी थिएँ। मेरो सोचाइ अत्यन्तै निराधार थियो! उनले अगुवाको काम गरेको धेरै वर्ष भएको र उनीसँग कामको केही अनुभव भएको भए पनि, र उनले केही धर्मसिद्धान्तको बारेमा कुरा गर्न र केही समस्याहरू समाधान गर्न सक्ने भए पनि, त्यसको अर्थ उनले सत्यतालाई बुझेकी छिन् भन्ने थिएन। उनको सङ्गति र बुझाइ प्रायजसो राम्रो सुनिन्थ्यो, र उनले के पनि भन्थिन् भने, हामीले कुरा नबुझ्दा, सत्यताका सिद्धान्तहरूको खोजी गर्नुपर्छ, आफ्नै विचारमा लागिरहनु हुँदैन। तर समस्याहरू आइपर्दा, उनी सधैँ आफ्नै इच्छाले काम गर्थिन्। उनले अरूको सुझाव पटक्कै मान्दिनथिइन् र उनमा खोजी गर्ने हृदय थिएन। उनले कुनै वास्तविकताविना धर्मसिद्धान्तको बारेमा मात्रै कुरा गर्थिन्। उनले आफ्नो अहङ्कार, शैतानी प्रकृतिको बारेमा कहिल्यै मनन गर्ने वा त्यसलाई बुझ्ने गर्दिनथिइन्, र आफ्नो हैसियतको रक्षा गर्न सहजै मानिसहरूलाई बर्खास्त गर्न तयार हुन्थिन्। यो सबको आधारमा ली जुवानलाई हेर्दा, उनी झूटा अगुवाहरू र ख्रीष्ट-विरोधीहरूकै वर्गमा पर्छिन् भन्ने कुरा स्पष्ट भयो।
त्यसपछि झाङ पिङ र उनको परिवारलाई मण्डलीमा फर्काइयो। तिनीहरूले दुई महिनाभन्दा बढी मण्डली जीवन जिउन नपाएको र तिनीहरूले भोगेको सबै आत्मिक पीडाको बारेमा सोच्दा, मलाई यति नरमाइलो लाग्यो कि म यसको बारेमा व्याख्या गर्नै सक्दिनँ। सत्यताको खोजी नगरेको, तर एउटा व्यक्तिको कुरा सुनेकोमा मलाई आफैप्रति घृणा जाग्यो। यदि मैले सत्यताका सिद्धान्तहरू खोजेर तिनीहरूलाई तुरुन्तै मण्डलीमा फर्काएकी भए, तिनीहरूको जीवन प्रवेशमा यति ढिलाइ हुनेथिएन। त्यो बेला मलाई के महसुस भयो भने, अन्धाधुन्ध कसैको भक्ति गर्दा हामीले सहजै दुष्कर्म गर्न र तिनीहरूको पछि लागेर परमेश्वरको विरोध गर्न सक्छौँ। म कति भ्रमित र अन्धो थिएँ, र यति ठूलो दुष्कर्ममा कसैलाई पछ्याएँ, त्यस कुराप्रति मलाई घृणा जाग्यो। पछि, मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्वरमाथिको आस्थालाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका भनेको परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नु हो। अनि यही जगमा रही, उहाँलाई पछ्याउनु, उहाँप्रति समर्पित हुनु, उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई स्वीकार गर्नु, उहाँका वचनहरूलाई मान्नु, उहाँका वचनहरूअनुरूप जिउनु, सबै कुरा उहाँका वचनहरूअनुसार गर्नु, एक सच्चा सृजित प्राणी बन्नु, र उहाँको डर मान्नु र दुष्टताबाट अलग बस्नु हो—यो मात्र परमेश्वरमाथिको साँचो आस्था हो। परमेश्वरलाई पछ्याउनु भनेको यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्वास गरेर वा धार्मिक रीतिरिवाजमा संलग्न भएर मुक्ति पाउन सकिँदैन)। परमेश्वरको वचनले मलाई के देखायो भने परमेश्वरको डर मान्नु, उहाँलाई महान् भनी आदर गर्नु, र समस्या देखा पर्दा सत्यताका सिद्धान्तहरू खोजी गर्नु भनेको परमेश्वरमाथिको विश्वासमा हामीले पालना गर्नुपर्ने न्यूनतम कुरा हुन्। व्यक्ति जोसुकै भए पनि, उसले भनेको कुरा सत्यताका सिद्धान्तहरू अनुरूप छ भने, हामीले यसलाई पालना गर्नुपर्छ, र मानव धारणा र कल्पनाहरूबाट आउने कुनै पनि कुरालाई दृढतापूर्वक इन्कार गर्नुपर्छ। सबै कुरा परमेश्वरको वचन अनुसार गरिनुपर्छ। साँचो विश्वास, र साँचो रूपमा परमेश्वरलाई पछ्याउनु भनेको त्यही हो। परमेश्वर धन्यवाद! परमेश्वरलाई पछ्याउने मेरो भविष्यको बाटोको बारेमा म स्पष्ट भएँ।
एक दिन मैले मण्डली अगुवा सिस्टर मिङ्ग्वीसँग मानिसहरूलाई तालिम दिने बारेमा छलफल गरिरहेको बेला, उनले सिस्टर झाओ सुझेनले समस्या आइपर्दा आफूलाई चिन्न सक्छिन्, र सत्यता सम्बन्धी उनको सङ्गति व्यावहारिक छ, त्यसकारण हामीले उनलाई मलजल कामको सुपरभाइजरको रूपमा विकास गर्नुपर्छ भनेर भनिन्। तर सुझेनसँगको मेरो अन्तरक्रियामा, मैले उनमा क्षमताको कमी छ र उनले सत्यतालाई साँचो रूपमा बुझेकी छैनन् भन्ने पत्ता लगाएकी थिएँ। उनी आफ्नो कर्तव्यमा निष्क्रिय हुन्थिन् र उनले धेरै महिनासम्म निरन्तर असल परिणामहरू प्राप्त गरेकी थिइनन्। उनी असल उम्मेदवार थिइनन्। तर मिङ्ग्वीले उनलाई सिफारिस गरेकी हुनाले, मैले उनको बारेमा स्पष्ट बुझेकी थिइनँ कि भन्ने लाग्यो। मिङ्ग्वीले मण्डली अगुवाको काम गरेको वर्षौँ भएको थियो, त्यसकारण उनकोसमझशक्ति मेरो भन्दा राम्रो छ भन्ने सोचेँ। मैले उनले भने अनुसार गर्नुपर्छ भन्ने सोचेँ। तर यसरी सोच्दा मलाई निकै ग्लानि भयो। मैले मिङ्ग्वीको हैसियत र उनले अगुवाको रूपमा सेवा गरेको वर्षौँको अवधिमा ध्यान दिइरहेकी छु भन्ने मलाई महसुस भयो। के मैले फेरि पनि हैसियत र शक्तिको भक्ति गरेर व्यक्तिलाई पछ्याइरहेकी थिइनँ र? मैले झाङ पिङ र उनको परिवारको घटनाको बारेमा सोचेँ। शक्तिको भक्ति गरेर सिद्धान्तहरू पालना नगर्नुको परिणामहरूले मलाई हैरान तुल्याएका थिए। मैले फेरि पनि यस्तो परिस्थिति सामना गर्नुमा परमेश्वरको इच्छा थियो। यदि मैले अझै पनि सिद्धान्तहरूलाई पालन नगरेर अनुचित व्यक्तिलाई सुपरभाइजरको रूपमा बढुवा दिन सहयोग गरेँ भने, त्यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा दिनेथियो। मिङ्ग्वी अगुवा थिइन्, तर त्यसको अर्थ उनले सत्यता जानेकी छिन् वा मानिसहरूलाई पूर्ण रूपमा बुझ्छिन् भन्ने थिएन। उनको सुझाव मैले ध्यानमा राख्नुपर्ने एउटा विचार मात्रै थियो। सुझेनलाई विकास गर्ने कि नगर्ने भन्ने कुरा मैले सिद्धान्तहरूको आधारमा विचार गर्नुपर्थ्यो। पछि, मैले सुझेनको बारेमा केही मूल्याङ्कनहरू बटुलेँ, जसले उनमा क्षमताको कमी छ र उनले व्यावहारिक काम गर्दिनन्, त्यसकारण उनी असल उम्मेदवार होइनन् भन्ने कुरा पुष्टि गर्यो। मैले मिङ्ग्वीसँग आफ्नो विचार बाँडेँ र उनले सहमति जनाइन्। मैले हृदयमा के महसुस गरेँ भने कसैलाई अन्धाधुन्ध पछ्याउने होइन, तर सत्यताको अभ्यास गर्नु नै शन्तिमा रहने एउटै मात्र उपाय हो।
झाङ पिङ र उनको परिवारको घटना मेरो हृदयमा छापिएको छ। यो बिर्सनै नसकिने घटनाले विश्वासमा रहँदा व्यक्तिको भक्ति गर्नु र उसलाई पछ्याउनुका परिणामहरू देखायो। मैले सत्यताको खोजी गर्नु र सत्यता अनुसार काम गर्नु नै परमेश्वरलाई पछ्याउने र उहाँको अनुमोदन पाउने एउटै मात्र उपाय हो भन्ने अनुभव गरेँ।
मेरो जन्म साधारण कृषक परिवारमा भएको थियो, र मेरा आमाबुबा जीवननिर्वाहका लागि खेती गर्नुहुन्थ्यो। हाम्रो गाउँमा एउटा सम्पन्न परिवार थियो,...
रोजाली, दक्षिण कोरियाबुधवार, अगस्ट १७, २०२२, सफा आकाशआज मैले नयाँ कर्तव्य सुरु गरेकी छु। म लेखन काम गर्दै छु। अप्रत्याशित भए पनि, यो...
झोउ युआन, चीनसर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम...
क्रिस्टिना, अमेरिकाम सानो हुँदा निकै लजालु थिएँ, र जब-जब पाहुनाहरू आउँथे, तब-तब म मेरा आमाबुबाको पछाडि लुक्थेँ, र जब मेरा आमाबुबाले मलाई...