काट-छाँट र निराकरण हुँदा मैले के सिकेँ

7 जुन 2025

भियोला, इटाली

मैले मण्डलीमा भिडियो बनाउने कामको रेखदेख गरिरहेकी थिएँ। कामको बोझको कारण हरेक दिन म साह्रै तनावमा हुन्थेँ। सबै प्रकारका समस्या समाधान गर्न र अरूको काम अनुगमन गर्नमा म व्यस्त हुन्थेँ। म सास फेर्न पाउँदिनथेँ। केही समय बितेपछि, सिस्टर जेनिफरले प्रायः हाम्रा भिडियोहरूको आलोचना गर्थिन्, र हामीले प्रयास नगरेको कारण यी समस्याहरू आएका हुन् भनी भन्थिन्। उनीबाट यी मेसेजहरू पाउँदा मलाई धेरै प्रतिरोध गर्न मन लाग्थ्यो। हामीले आफ्ना गल्तीहरू कम गर्न सक्दो प्रयास गरिरहेकै थियौँ, र काममा त्यति धेरै उपलब्धि हासिल गर्नु धेरै राम्रो कुरा थियो। के तिनले सानातिना कुराहरू कोट्याएर प्रक्रियामा ढिलाइ मात्रै गरिरहेकी थिइनन् र? तिनले सानातिना कुरालाई ठूलो बनाएर हाम्रो काममा ढिलाइ गरिरहेकी छिन् भन्‍ने सोचेर मैले कहिल्यै तिनका सुझावहरूलाई गम्भीरतासाथ लिइनँ। एक दिन, मैले जेनिफरसँग कुरा गर्ने समय मिलाएँ। तिनले सानातिना कुरा कोट्याउँदा हाम्रो कामको प्रगतिमा कसरी असर परिरहेको छ भन्‍नेबारे सङ्गति गर्न मैले केही सिद्धान्तहरू मिलान गरेँ। सङ्गति गरिसकेपछि तुरुन्तै तिनले रूखो शैलीमा यसो भनेको सुन्दा म छक्‍क परेँ, “त्यो यस विषयको सिद्धान्तको एउटा पक्ष हो। तर याद गर्नुहोस्—तपाईंले यी सिद्धान्तहरूलाई आफ्‍नो कर्तव्यमा गर्ने सुस्त र गैरजिम्‍मेवार व्यवहारलाई ढाक्ने बहानाको रूपमा चलाउँछु भनेर नसोचे हुन्छ। यी दुई फरक कुरा हुन्। त्यसमा नझुक्‍किनुहोस्।” तिनले यसो भनेको सुन्दा, मैले केही नबोले पनि, मनमा झोँक चल्यो। मैले सोचेँ, “के तिमीले म आफ्‍नो कर्तव्यमा सुस्त र गैरजिम्‍मेवार छु भनिरहेकी होइनौ त? स्पष्टै छ, तिमीले सानातिना कुरा कोट्याएर काममा ढिलाइ गरिरहेकी छ्यौ, अझ मलाई नै आलोचना गर्छौ? सानातिना समस्याहरू आउँदैमा के बित्यास पर्छ र? तिनले भिडियोको गुणस्तरमा पटक्‍कै असर गर्दैनन्, र हामीले हासिल गरेको परिणाम निकै असल छँदै छ। हाम्रो कामको बोझ कति ठूलो छ तिमीलाई थाहा छैन, तर तिमी सानातिना समस्याहरू कोट्याएर मकहाँ यसो भन्दै आउँछौ। तिमी साह्रै अहङ्कारी रहिछौ!” त्यसपछि मैले जेनिफरसँग कुराकानी गर्न मानिनँ। तिनले समस्या औँल्याइन् भने, म विरोध गर्थेँ, र समस्याहरू समाधान गर्दा भावनामा बग्थेँ।

यसपछि लगभग हरेक पन्ध्र दिनमा, जेनिफरले हाम्रो कामका समस्याहरूबारे प्रतिक्रिया सारांश तयारी गर्थिन्। एकपटक, तिनले यो प्रतिक्रिया अगुवालाई समेत दिइन्। यो सुन्दा, मलाई साह्रै रिस उठ्यो र मैले सोचेँ, “हामीले केही गल्ती गर्‍यौँ, तर हरेक महिना यति धेरै कामको बोझ हुँदा, सानातिना कुराहरू ठिकसित नगरिनु सामान्य होइन र? के त्यो कुरा अगुवालाई भन्‍नु साँच्चै आवश्यक थियो र? तिमी सानातिना कुराहरूमा नाटीकुटी गरिरहन्छौ र तिम्रो मापदण्ड साह्रै उच्‍च छ। के तिमीले हामी ब्रदर-सिस्टरहरूलाई मेसिनलाई जस्तो व्यवहार गरिरहेकी छौ? के हामीले कहिल्यै गल्ती गर्न नहुने?” यसबारे जति विचार गरेँ, मलाई त्यति नै रिस उठ्यो। अगुवा मसँग कुरा गर्न आउँदा, मैले जेनिफर अत्यन्तै अहङ्कारी छिन् भन्दै सिधै तिनलाई दोष लगाएँ। तिनी आफ्नो आङको भैँसी नदेखी हाम्रो आङको जुम्रा मात्रै औँल्याउँथिन्। अगुवाले ममा आत्म-चेतना रहेनछ भन्‍ने देखिन्, र मैले जेनिफरसँग उचित व्यवहार गर्नुपर्छ भनेर सङ्गति दिइन्। उनले मलाई आत्म-चिन्तन गर्न र पाठ सिक्‍न अनुरोध गरिन्। तर अगुवाको कुरा मैले एउटा कानले सुनेर अर्को कानले उडाइदिएँ। जेनिफरले आफ्‍नो प्रतिक्रियामा उल्‍लेख गरेका समस्याहरूलाई मैले समाधान गर्न छोडेँ, र भविष्यमा त्यस्तै समस्याहरू कसरी हुन नदिने भन्‍नेबारे सोच्‍ने प्रयास गरिनँ। म सही स्थितिमा छैनँ भन्‍ने मलाई कता-कता लाग्यो, त्यसकारण मैले प्रार्थना गरेर परमेश्‍वरलाई खोजी गरेँ र यस विषयमा पाठ सिकेर आत्म-चेतना प्राप्त गर्न उहाँलाई अगुवाइ मागेँ।

एक दिन मैले आफ्नो भक्तिको समयमा, परमेश्‍वरका केही वचन पढेँ जसले मलाई आफ्‍नो स्थिति बुझ्न सहयोग गरे। परमेश्‍वरका वचनहरूले भन्छन्, “सही र गलतबारे बहस गर्न मन पराउनु भनेको, हरेक मामलामा सही के हो वा गलत के हो भनेर स्पष्ट पार्ने प्रयास गर्नु, र मामला स्पष्ट नभएसम्म र को सही हो र को गलत हो भनेर नबुझेसम्म नरोकिनु, र व्यर्थका कुराहरूमा एकोहोरो लागिरहने जिद कस्नु हो। यसरी व्यवहार गर्नुको के अर्थ? के अन्ततः सही र गलतबारे तर्क गर्नु सही हुन्छ? (हुँदैन।) गल्ती कहाँ छ? के सत्यता अभ्यास गर्नुसँग यसको कुनै सम्बन्ध छ? (कुनै सम्बन्ध छैन।) किन कुनै सम्बन्ध छैन भनेर भन्छस्? सही र गलतबारे बहस गर्नु भनेको सत्यता सिद्धान्तहरू पालन गर्नु होइन, यो सत्यता सिद्धान्तहरूबारे छलफल वा सङ्गति गर्नु होइन; बरु, मानिसहरूले सधैँ को सही हो र को गलत हो, को ठीक हो र को बेठीक हो, को सही पक्षमा छ र को छैन, कोसँग राम्रो कारण छ, र कोसँग छैन, र कसले उच्च धर्मसिद्धान्त व्यक्त गर्छ भन्नेबारे कुरा गर्छन्; तिनीहरू यही कुरामा जाँच-पडताल गर्छन्। जब परमेश्‍वरले मानिसहरूलाई परीक्षाहरूमाझ राख्नुहुन्छ, तब तिनीहरू सधैँ परमेश्‍वरसँग बहस गर्ने प्रयास गर्छन्, तिनीहरू सधैँ कुनै न कुनै कारण लिएर आउँछन्। के परमेश्‍वरले तँसँग त्यस्ता कुराहरूका बारेमा छलफल गर्नुहुन्छ? के परमेश्‍वर प्रसङ्ग के हो भनेर सोध्नुहुन्छ? के परमेश्‍वर तेरा कारण र निहु के-के हुन् भनेर सोध्नुहुन्छ? उहाँ सोध्‍नुहुन्‍न। परमेश्‍वरले तँलाई जाँच्दा तँमा समर्पणताको मनोवृत्ति छ कि प्रतिरोधको मनोवृत्ति छ भनेर सोध्नुहुन्छ। परमेश्‍वर तैँले सत्यता बुझ्छस् कि बुझ्दैनस्, तँ समर्पित छस् कि छैनस् भनेर सोध्नुहुन्छ। परमेश्‍वरले सोध्नुहुने यति हो, अरू केही छैन। परमेश्‍वर तँलाई तेरो समर्पणताको कमीको कारण के हो भनेर सोध्नुहुन्न, तेरा कारणहरू राम्रा छन् कि छैनन् भनेर हेर्नुहुन्न—उहाँ यस्ता कुराहरूको बिलकुलै वास्ता गर्नुहुन्न। परमेश्‍वर तँ समर्पित छस् कि छैनस् भन्‍ने कुरा मात्रै हेर्नुहुन्छ। तेरो जिउने वातावरण र प्रसङ्ग जस्तोसुकै भए पनि, परमेश्‍वर तेरो हृदयमा समर्पणता छ कि छैन, तँमा समर्पणताको मनोवृत्ति छ कि छैन भनेर मात्रै छानबिन गर्नुहुन्छ। परमेश्‍वर तँसँग सही र गलतबारे बहस गर्नुहुन्न; परमेश्‍वर तेरा कारणहरू के हुन् भन्‍नेबारे चासो राख्नुहुन्न। परमेश्‍वर त तँ साँच्‍चै समर्पित छस् कि छैनस् भन्‍ने कुराबारे मात्रै चासो राख्नुहुन्छ—परमेश्‍वरले तँबाट यति मात्र सोध्नुहुन्छ। के यो सत्यता सिद्धान्त होइन र? सही र गलतबारे बहस गर्न, साथै मौखिक कलहमा संलग्‍न हुन मन पराउने मानिसहरू—के तिनीहरूको हृदयमा सत्यता सिद्धान्तहरू हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? के तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरूमा ध्यान दिएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई पछ्याएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई खोजेका हुन्छन्? तिनीहरूले कहिल्यै पनि तिनलाई ध्यान दिएका, वा पछ्याएका वा तिनको खोजी गरेका हुँदैनन्, र ती कुराहरू तिनीहरूको हृदयमा हुँदै हुँदैनन्। फलस्वरूप, तिनीहरू मानव धारणाहरूमा मात्रै जिउन सक्छन्, तिनीहरूको हृदयमा सही र गलत, ठीक र बेठीक, बहाना, कारण, कुतर्क, र तर्कहरू मात्र हुन्छन्, जसपछि चाँडै तिनीहरू एक-अर्कालाई आक्रमण गर्छन्, गलत र दोषी ठहराउँछन्। यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ भने तिनीहरू सही र गलतबारे बहस गर्न र मानिसहरूलाई गलत र दोषी ठहराउन मन पराउँछन्। यस्ता मानिसहरूसँग सत्यताप्रति कुनै प्रेम वा स्वीकारभाव हुँदैन, तिनीहरूले परमेश्‍वरसँग बहस गर्न प्रयास गर्ने, परमेश्‍वरलाई गलत ठहराउने र उहाँको अवज्ञासमेत गर्ने सम्भावना हुन्छ। अन्ततः, तिनीहरू दण्डित हुन पुग्नेछन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१५))। मैले परमेश्‍वरको प्रकाशबाट के देखेँ भने कुनै पनि परिस्थितिमा सधैँ सही र गलतको कुरा गर्ने मानिसहरूले सुरुमा यी कुरको राम्ररी अनुसन्धान गर्नेछन्: को गलत, को सही, को तर्कसङ्गत छ। यदि तिनीहरू अरूबारे घुमाईफिराई कुरा गर्न सक्छन् भने, आफ्‍नै पक्षमा तर्क गर्न थाल्छन्, अरूलाई मात्र हेरिबस्छन्, अटेर गर्छन्, विरोध गर्छन्, र सत्यता नखोजी वा आफ्‍ना समस्याहरूबारे मनन नगरी अरूलाई आक्रमणसमेत गर्छन्। परमेश्‍वरले तिनीहरूका लागि तय गरिदिनुभएका परिस्थितिहरूमा तिनीहरू समर्पित हुँदैनन्। मैले कसरी यस्तै व्यवहार गरिरहेकी छु भन्‍नेबारे सोचेँ। जब जेनिफरले हाम्रो कामका केही समस्याहरू औँल्याइदिइन्, तब यी समस्याहरू छन् भन्‍ने मलाई थाहा थियो, तर हाम्रो कार्यभारलाई विचार गर्दा हाम्रो कामको मापदण्ड पहिले नै ठिकै छ, र सानातिना समस्याहरू त हुन्छै हुन्छ भन्‍ने सोच्दै मैले आफूलाई सही साबित गर्ने कारण र बहाना खोजेँ। मैले तिनका अपेक्षाहरू अत्यन्तै बढी छन्, र समस्याहरू नगण्य हुन् र ती समाधान नगरिए पनि फरक पर्दैन भन्‍ने सोच्दै, तिनलाई समस्याहरू औँल्याउन रोक्‍नका लागि सिद्धान्तहरू चलाएर तिनको खण्डन गर्नेसमेत प्रयास गरेँ। जेनिफरले मलाई सुस्त र गैरजिम्‍मेवार भएकोमा आलोचना गर्दा, मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार नगरेकी मात्र होइन, तर तिनीविरुद्ध पूर्वाग्रह पनि विकास गरेँ र तिनी सानातिना गल्ती खोतलिरहेकी छिन् भन्‍ने सोचेँ। तिनले मसँग कठोरतासाथ बोल्दा र तिनका शब्‍दहरूले मेरो स्वाभिमानमा चोट पुऱ्याउँदा, मैले तिनको स्वभावलाई अहङ्कारी भनेँ, र अगुवालाई मेरो पक्ष लिन र तिनलाई नराम्रो नजरले हेर्न लगाउन युक्ति गर्दै अगुवासामु तिनको आलोचनासमेत गरेँ। अगुवाले मलाई सहयोग गर्दा, मैले सुन्‍न मानिनँ। मैले परमेश्‍वरबाट आएको परिस्थितिलाई स्वीकार गरिनँ वा आफ्‍नो समस्याबारे मनन गरिनँ। बरु, मैले आफूलाई निर्दोष साबित गर्न खोजेँ, बहाना बनाएँ, र को सही र को गलत भनी विवाद गरेँ। मैले आज्ञापालनको मनोवृत्ति अलिकति पनि नदेखाई तातो रिस मात्रै देखाएँ। म कसरी आफूलाई विश्‍वासी भन्‍न सक्थेँ र? मैले त गैरविश्‍वासीजस्तो व्यवहार गरिरहेकी थिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई परमेश्‍वरको इच्‍छा थप बुझ्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्, “मानिसले गर्ने हरेक काम सत्यता खोजी गर्ने र त्यसलाई व्यवहारमा लागू गर्नेसँग सम्बन्धित हुन्छ; सत्यतासँग सम्बन्धित हुने जुनै पनि कुरा मानिसहरूको चरित्र, र तिनीहरूले कामकुरा गर्दा राख्ने मनोवृत्तिसँग सम्बन्धित हुन्छ। प्रायजसो, यदि मानिसहरूले सिद्धान्तपरक तरिकाले कामहरू गर्दैनन् भने, त्यसको कारण तिनीहरूले तिनका पछाडिका सिद्धान्तहरू नबुझ्नु हो। तर धेरैजसो, मानिसहरूले सिद्धान्तहरू नबुझ्ने मात्र नभई तिनीहरू ती बुझ्ने इच्छासमेत गर्दैनन्। तिनीहरूलाई तिनका बारेमा अलिअलि थाहा भए पनि, तिनीहरू अझै राम्रो गर्ने इच्छा गर्दैनन्। तिनीहरूको हृदयमा यो मानक र यो मापदण्ड छैनन्। त्यसैले, तिनीहरूलाई राम्ररी कामकुरा गर्न निकै कठिन हुन्छ, तिनीहरूलाई सत्यताअनुरूप र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने किसिमले कामकुरा गर्न निकै कठिन हुन्छ। मानिसहरूले मानकअनुरूप आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा मुख्यतः तिनीहरू के पछ्याउँछन्, तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍नेमा भर पर्छ। यदि मानिसहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भने, तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुँदैन, जुन निकै समस्याजनक कुरो हो—तिनीहरूले कुनै कर्तव्य निभाए पनि, तिनीहरूले श्रम मात्र गर्छन्। तैँले सत्यता बुझे पनि वा नबुझे पनि, र तैँले सिद्धान्तहरू बोध गर्न सके पनि वा नसके पनि, यदि तैँले तेरो विवेकका आधारमा आफ्नो कर्तव्य निभाइस् भने, तैँले कम्तीमा पनि औसत नतिजा हासिल गर्नेछस्। यो मात्र स्वीकार्य हुन्छ। यदि तैँले त्यसपछि सत्यता खोज्न र सत्यता सिद्धान्तहरूअनुसार कामकुरा गर्न सकिस् भने, तैँले परमेश्‍वरका मागहरू पूर्ण रूपमा पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू बमोजिमको हुन सक्नेछस्। परमेश्‍वरका मागहरू के-के हुन्? (कर्तव्य निर्वाहमा मानिसहरूले तिनीहरूका सारा हृदय र शक्ति दिऊन्।) ‘तिनीहरूका सारा हृदय र शक्ति दिऊन्’ लाई कसरी बुझ्नुपर्छ? यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह तिनीहरूको सारा मन समर्पित गर्छन् भने, तिनीहरूले सारा हृदय लगाइरहेका हुन्छन्। यदि तिनीहरूले आफ्नो भएभरको शक्ति आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रयोग गर्छन् भने, तिनीहरूले तिनीहरूको सारा शक्ति लगाइरहेका हुन्छन्। के तेरो सारा हृदय र शक्ति लगाउनु सजिलो छ र? विवेक र समझविना यो हासिल गर्न सजिलो छैन। यदि कुनै व्यक्तिमा हृदय छैन, यदि उसमा बौद्धिकता छैन र उसले मनन गर्न सक्दैन, र कुनै समस्या सामना गर्नुपर्दा सत्यता खोज्न जान्दैन र ऊसँग त्यसो गर्ने तरिका वा स्रोतसाधन छैन भने, के उसले आफ्नो सारा हृदय लगाउन सक्छ? पक्कै पनि सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो)। मैले परमेश्‍वरका वचनहरू मनन गरेपछि उहाँको इच्‍छा बुझेँ। परमेश्‍वर मानिसहरूले आफ्‍नो कर्तव्यमा सिद्धता प्राप्त गरेको माग गर्नुहुन्‍न, तर तिनीहरूले सक्दो गरे कि गरेनन्, र तिनीहरूको मनोवृत्ति आफ्‍नो कर्तव्यमा सुधार गर्न प्रयास गर्ने किसिमको छ कि छैन त्यो हेर्नुहुन्छ। परमेश्‍वर मानिसहरूको हृदय जाँच्नुहुन्छ। मैले परमेश्‍वरका वचनहरूको तुलनामा आफ्‍नो कर्तव्यप्रति मेरो मनोवृत्तिबारे मनन गरेँ। मलाई सधैँ आफ्नो कामको बोझ बढी छ र मैले धेरै कुरा विचार गर्नुपर्छ र धेरै कुरालाई ध्यान दिनुपर्छ, र काममा सानातिना समस्याहरू आउनु सामान्य हो भन्‍ने लाग्थ्यो। कहिलेकाहीँ, ती समस्याहरू रोक्‍न सकिन्छ भन्‍ने थाहा हुँदा पनि, म काममा सुधार गर्ने प्रयास गर्न चाहन्‍नथेँ, जसले गर्दा समस्याहरू थन्को लागेर बसे र ती समाधान भएनन्। तर वास्तवमा, मैले आफ्‍नो कर्तव्यमा कहिल्यै गल्ती गर्नु हुँदैन भनेर परमेश्‍वर माग गर्नुहुन्‍न। उहाँ मेरो सुस्त र गैरजिम्‍मेवार मनोवृत्तिलाई मात्र घृणा गर्नुहुन्छ। जेनिफरले मेरो समस्या औँल्याएर यसतिर मेरो ध्यानाकर्षण गरी त्यसलाई समयमा नै समाधान गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न मलाई सहयोग गरिरहेकी थिइन्। यो महसुस गरेपछि, मेरो स्थितिमा अलिक सुधार आयो। त्यसपछि, मैले अरूसँग सङ्गति र सारसङ्क्षेप गरेँ, अनि कसरी परिवर्तन गर्ने भनेर सोचेँ। अर्कोपटक कसैले मेरो समस्या औँल्याइदिँदा म प्रतिरोध गर्दिनथेँ र यसबारे झारा टार्दिनथेँ, तर सबैसँग मिलेर यसलाई समाधान गर्थेँ।

पछि, मैले आत्मचिन्तन गरेँ। मैले किन जेनिफरका सुझावहरूलाई यति विरोध गरेँ? त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र केही आत्म-चेतना प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ, “काटछाँटप्रति ख्रीष्टविरोधीहरूको नमुना मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्‍वरको घरको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्‍कै हुँदैन। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन् र मण्डलीको काममा क्षति पुर्‍याउँछन्—परमेश्‍वरका चुनिएका मानिसले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्‍न सक्छन् र तिनीहरूले ख्रीष्टविरोधीका दुष्ट कार्यहरूको श्रृङ्खला देख्‍न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्‍न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्‍ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू यो हदसम्म सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् कि, तिनीहरूले जति धेरै खराब कामकुरा गरेका भए पनि तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन् र अन्त्यसम्‍मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको कामलाई गम्‍भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका नोकरहरू हुन्, जो परमेश्‍वरको घरको काममा अवरोध र बाधाहरू ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि यदि तिनीहरूले आफ्‍नो गल्ती स्वीकार गर्थे भने तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि एक हिसाबमा यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्‍ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्‍ने तथ्यलाई देखाउँछ। यस क्रममा मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्‍ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने अर्को हिसाबमा तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्‍ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि तिनीहरूले धिक्‍कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यसबारे कति पनि खराब महसुस हुँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्ती अलिकति मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्‍ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूले के प्रकट गर्छन् भने, ख्रीष्टविरोधीहरू सत्यता स्वीकार गर्दैनन्। तिनीहरू सत्यतादेखि दिक्‍क मान्छन् र स्वभावैले सत्यतालाई घृणा गर्छन्। निराकरण र खुलासा गरिँदा, तिनीहरू बहाना बनाउन लागिपर्छन्, र काममा गम्‍भीर हानि गरे पनि तिनीहरूलाई कुनै पछुतो हुँदैन। तिनीहरू आफ्‍ना गल्तीहरू स्वीकारसमेत गर्न सक्दैनन् र अत्यन्तै हठी हुन्छन्। मैले आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेपछि मनन गरेँ। म प्रस्टै आफ्‍नो कर्तव्यमा सुस्त रहेछु, र धेरै भूलचूक र समस्याहरू थिए, तर मलाई कुनै ग्‍लानि वा पछुतो हुँदैनथ्यो। मलाई काटछाँट र निराकरण गरिँदा, र सम्झाइँदा म त्यो स्विकार्दिनथेँ। म सधैँ आफूलाई सही साबित गर्ने र यसलाई पन्छाउने कारणहरू खोज्थेँ। म आफ्‍ना गल्तीहरू स्वीकार गर्न इच्छुक थिइनँ। म सोच्थेँ, आफ्‍ना गल्तीहरू स्वीकार गर्दा म खराब देखिनेछु, र मेरो प्रतिष्ठा, हैसियत, र छविमा हानि हुनेछ, जसले गर्दा अरूले मलाई तुच्छ ठान्नेछन्। म पूर्णरूपमा अविवेकी थिएँ। मैले सत्यतादेखि दिक्‍क हुने स्वभाव प्रकट गरिरहेकी थिएँ। अरूले मलाई मेरो कर्तव्यमा कमी भइरहेको तौरतरिकालाई देख्‍न सहयोग गर्नका लागि सुझाव दिन्थे, ताकि मैले समयमा नै समस्याहरू समाधान गरेर आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सकूँ। तर मैले यसलाई परमेश्‍वरबाट आएको भनी कहिल्यै स्वीकार गरिनँ, न त आत्मचिन्तन नै गरेँ। त्यसकारण, आफ्‍नो कर्तव्यमा सुस्त हुने मेरो समस्या कहिल्यै समाधान भएन, र मैले सुपरभाइजरको रूपमा आफ्‍नो भूमिका कहिल्यै पूरा गरिनँ, जसले गर्दा अरू पनि आफ्‍नो कर्तव्यमा सुस्त भए र तिनीहरूले गल्ती गरे। यस बेला, मैले बल्‍ल के देखेँ भने सत्यताप्रति दिक्‍क मान्‍ने यो शैतानी स्वभावलाई समाधान नगरेको कारण मलाई सत्यता र अरूको सुझाव स्वीकार गर्न गाह्रो भएकोले रहेछ। यदि मैले निरन्तर पश्‍चात्ताप नगरेकी वा यो भ्रष्ट स्वभावलाई नहटाएकी भए, मेरो कर्तव्यका समस्या र कमीकमजोरीहरू बढ्नेथिए, र अन्तिममा म दुष्कर्म गर्न पुग्नेथिएँ, परमेश्‍वरलाई विरोध गर्नेथिएँ अनि उहाँले मलाई घृणा गरेर हटाउनुहुनेथ्यो। यो थाहा पाएर म निकै व्याकुल भएँ, र मैले पश्‍चात्ताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ र अबदेखि आफ्‍नो कर्तव्यमा सत्यता अभ्यास गर्न, र भ्रष्टतामा निजिउन इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हटाउने बाटो दियो। परमेश्‍वरका वचनहरूले भन्छन्, “तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सुझाव दिन्छ र सत्यताअनुसार काम गर्ने तरिका बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुरूप रहेछ भनेर तँ पक्‍का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुरूप छैन भनेर तँ पक्का भइस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल कुरा हो। तैँले सत्यता खोज्दा धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्‍नुपर्छ, उसका सबै शब्दहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। उसलाई बेवास्ता गर्ने वा मतलब नगर्ने काम नगर्, किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास गर्नु हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, कुरा एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; जब अरूले तँलाई सुझाव दिइसकछन् र तैँले बुझ्छस्, तब तैँले कामकुरा सच्याउन र सिद्धान्तअनुसार कार्य गर्न सक्नेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्‍वरका लागि यो ठूलो कुरा हो। म किन यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्‍वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यताप्रति वितृष्ण नभएको व्यक्ति हुन्छस्—परमेश्‍वरले तेरो हृदय जाँच्नुहुँदा, उहाँले तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्‍नुपर्दा, तैँले परमेश्‍वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जे जिउँछस् र प्रकट गर्छस् ती सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँसँग हुने मनोवृत्ति, सोच, र स्थितिहरू नै परमेश्‍वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्‍वरले छानबिन गर्ने कुरा तिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ)। परमेश्‍वरका वचनहरूले अभ्यासको मार्ग देखाए। जब ब्रदर-सिस्टरहरूले मलाई सुझाव दिन्छन् वा मेरो आलोचना गर्छन्, तब सुरुमा ममा स्वीकार र आज्ञापालन गर्ने मनोवृत्ति हुनुपर्छ। यसलाई कसरी लागू गर्ने थाहा नहुँदा, मैले यसलाई घृणा वा विरोध गर्नु हुँदैन, तर सुरुमा यसलाई स्वीकार गर्नुपर्छ, त्यसपछि सत्यता बुझेका व्यक्तिलाई सङ्गति माग्नुपर्छ, र सिद्धान्तहरू राम्ररी बुझेपछि ती अभ्यास गर्नुपर्छ। परमेश्‍वरको इच्‍छाअनुसार आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको यही हो। जब अरूले मेरो काममा समस्या वा कमीकमजोरी देखेर औँल्याइदिन्छ, जब तिनीहरूले मलाई सुझाव दिन्छन् र निराकरण गर्छन्, तब कसरी तिनीहरू पूर्णरूपमा मण्डलीको कामप्रति जिम्‍मेवार भइरहेका हुन्छन्, मलाई आलोचना गर्ने वा समस्यामा पार्ने गरिरहेका हुँदैनन् भनेर सम्झेँ। मैले यसलाई परमेश्‍वरबाट आएको ठानी ग्रहण गर्नुपर्छ र आज्ञाकारी भएर स्विकार्नुपर्छ, आफ्‍ना समस्याहरूबारे मनन गरेर ती समयमै परिवर्तन र समाधान गर्नुपर्छ। मेरो काम अलिअलि गर्दै सुधार गर्ने, र मण्डलीको काममा भ्रष्ट स्वभावलाई बाधा पार्न नदिने एकमात्र तरिका त्यही हो।

एक दिन, जेनिफरले हाम्रा भिडियोहरूमा भएका केही समस्याहरू औँल्याउँदै मेसेज पठाइन्। यो देख्दा, मलाई एक छिन विरोध गर्न मन लागेको थियो। मैले यी समस्याहरूबारे अरूसँग पहिल्यै छलफल गरेर समाधान खोजिसकेकी थिएँ। तिनी किन यी समस्याहरू फेरि उठाइरहेकी थिइन्? मलाई आफ्नो प्रतिरक्षा गर्दै केही भन्‍न मन लागेको थियो, तर उनले यो कुरा औँल्याइन् भने, पक्‍कै पनि काममा अवश्यै केही भूलचूक वा कमीकमजोरी भएका हुनुपर्छ भन्‍ने सोचेँ। त्यसकारण, म जेनिफरलाई यसबारे सोध्‍न अग्रसर भएँ। गहनरूपमा बुझेपछि, मलाई बल्‍ल के थाहा भयो भने मैले यी समस्याहरूबारे ब्रदर-सिस्टरहरूसँग छलफल मात्रै गरेकी रहेछु, तर पछि मैले तिनीहरूको काम समयमै अनुगमन गरेकी रहेनछु। मैले के पनि थाहा पाएँ भने म आफ्‍नो कामप्रति सक्रिय र जिम्‍मेवार भएकी थिइनँ, तर समस्याहरू समाधान गर्नुअघि अरूले नै औँल्याइदिऊन् भनेर निष्क्रियरूपमा प्रतीक्षा गरिरहेकी थिएँ। त्यसकारण, मैले अग्रसर भएर अरूलाई हाम्रा भिडियोहरूमा के-कस्ता समस्याहरू छन् भनेर सोधेँ, र तीबारे समयमा नै सङ्गति गरेर समाधान गरेँ। केही समयपछि, समस्याहरू घट्दै गएको प्रस्ट भयो, र मलाई आफ्‍नो कर्तव्यमा शान्ति र ढुक्‍क लाग्यो। अरूको सुझाव लिन, सत्यता खोजी गर्न र आफ्‍ना समस्याहरू समाधान गर्न सक्यौँ भने मात्रै हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छौँ भन्‍ने पनि मलाई हृदयदेखि महसुस भयो। परमेश्‍वरलाई धन्यवाद होस्!

सम्बन्धित विषयवस्तु

आलोचना गरिँदा मेरो खुलासा भयो

स्यारोन, स्पेनडिसेम्बर २०२१ को एकदिन अर्को सिस्टरले मलाई अर्को मण्डलीबाट हाम्रो मण्डलीमा स्थानान्तरण भएर आएकी सिस्टर एड्रियानाले अन्य...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्