अन्त्यको समयमा नोआको दिन नजिकिन्छ: हामीले परमेश्‍वर देखा पर्नुभएको घटनाको खोजी कसरी गर्नुपर्छ?

28 मार्च 2021

जब हामी नोआको समयका मानवजातिको बारेमा कुरा गर्छौं, सबैलाई थाहा छ कि हत्या र आगजनी, डकैती र चोरी, र व्यभिचार त्यस समयका मानिसहरूको दोस्रो स्वभाव नै बनिसकेको थियो। उनीहरू परमेश्‍वरबाट तर्केर गए र तिनीहरूले परमेश्‍वरका वचनहरू सुनेनन् र अन्त्यमा परमेश्‍वरले तिनीहरूलाई ठूलो जलप्रलयद्वारा नाश पार्नुभयो। त्यसपछि हामी आजको संसारका मानिसहरूलाई हेर्छौं: उनीहरू दुष्टलाई आदर गर्छन् र कसैले पनि हरेक सहरका सडक र गल्‍लीहरूमा लोकप्रिय गीतहरू गाइने बारहरू, खुट्टा मालिस गर्ने पसलहरू, भट्टीहरू र नाच घरहरू देख्न सक्छ; मानिसहरू शरीरका अभिलाषाहरूमा लिप्त हुँदै, खान्छन्, पिउँछन् र मोजमज्‍जा गर्छन्, धेरै मानिसहरू प्रसिद्धि, फाइदा र इज्जत पाउन एक-अर्कासित प्रतिस्पर्धा गर्छन्, एक-अर्कासित झगडा गर्छन्, एक-अर्काको विरुद्धमा षड्यन्त्र गर्छन्, र एकले अर्कोलाई ठग्छन्, साथी-भाइ र इष्टमित्रलाई पनि छोड्दैनन्। मानिसहरू सबै सत्यतादेखि दिक्क मान्छन्, तिनीहरू अन्यायलाई प्रेम गर्छन्, र पापमा जिउँछन्; सत्यको खोजी गर्न वा साँचो मार्ग खोजी गर्न कोही पनि अग्रसर हुँदैन, र उनीहरूले खुल्लमखुल्ला परमेश्‍वरको इन्कार र विरोध गर्दछन्। सम्पूर्ण मानवजाति शैतानको अधीनमा जिउँछन्, र यहाँसम्म कि प्रभुमा विश्‍वास गर्नेहरूले समेत सांसारिक प्रवृत्तिलाई पछ्याउँछन्। तिनीहरू पापमय सुखविलासको लालच गर्छन्, जहिले पनि पाप गर्ने र त्यसपछि पाप स्वीकार गर्ने चक्रमा बाँचिरहेका हुन्छन्, र तिनीहरूले प्रभुको शिक्षा राम्ररी जानेका भए पनि तिनलाई अभ्यास गर्दैनन्। त्यस्ता दृश्यहरूले त प्रभु येशूले दुई हजार वर्षअघि गर्नुभएको अगमवाणीको याद नदिलाई रहन सक्दैन: “अनि नोआको दिनमा जस्तै, मानिसको पुत्रको दिनमा पनि हुनेछ। नोआ जहाजमा चढ्‍ने दिनसम्म र बाढी आएर तिनीहरू सबैलाई नष्ट नपारुञ्‍जेलसम्म तिनीहरूले खाए, तिनीहरूले पिए, तिनीहरूले पत्‍नीहरू विवाह गरे, तिनीहरू विवाहबारीमा लागिरहे। ... मानिसको पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ(लूका १७:२६-३०)। यस अगमवाणीबाट हामी यो देख्न सक्छौं कि जब आखिरी दिनका मानिसहरू नोआको समयका मानिसहरू जत्तिकै भ्रष्ट र दुष्ट हुन्छन्, तब प्रभु फेरि आउनुहुनेछ। तर प्रभु कुन तरिकामा देखा पर्नुहुनेछ? अनि हामीले उहाँलाई कसरी अभिवादन गर्नुपर्छ?

आखिरी दिनहरूमा प्रभु कसरी आउनुहुनेछ?

धेरै मानिसहरूले बाइबलको यस पदको बारेमा कुरा गर्छन्: “तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्(मत्ती २४:३०)। तिनीहरू के विश्‍वास गर्दछन् भने जब प्रभु फर्कनुहुन्छ, तब उहाँ बादलमा खुल्लमखुल्ला सवार भएर आउनुहुन्छ, र उहाँले हामीलाई सीधै स्वर्गको राज्यमा उठाउनुहुनेछ र सबैले उहाँलाई देख्नेछन्, त्यसकारण तिनीहरू प्रभु बादलमा आउनुहुनेछ भनी निष्क्रिय भएर पर्खन्छन्। तैपनि, सत्य के हो भने, हामीले बाइबलको त्यो अगमवाणीहरूलाई बेवास्ता गरेका छौँ जसले प्रभु फर्केर आउनुहुने थप अर्को तरिकाको बारेमा बताउँछ, जस्तै, “हेर, म चोरजस्तै आउँछु” (प्रकाश १६:१५)“त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु…।” (प्रकाश ३:३), “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०), “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७) र “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)। यी अगमवाणीहरूले प्रभु “चोरजस्तै” फर्कनुहुनेछ र उहाँले “ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु” भनेर भन्‍नुभएका कुराहरू उल्लेख गर्दछन्। यसले के प्रमाणित गर्दछ भने प्रभु चुपचाप र गुप्तमा आउनुहुनेछ, र यो कसैले थाहा नपाई हुनेछ। यी पदहरूले “मानिसको पुत्रको आगमन” र “मानिसको पुत्र…आउँछ,” भन्ने कुरा पनि उल्लेख गरेको छ, र “मानिसका पुत्र” भनी उल्‍लेख गरिएको कुनै पनि सन्दर्भको अर्थ देहधारी परमेश्‍वर भन्‍ने हुन्छ। मानिसबाट जन्मेको र सामान्य मानवता भएको मानिसलाई मात्र “मानिसको पुत्र” भन्न सकिन्छ; यदि प्रभु पुनरुत्थानपछिको उहाँको आफ्नो आत्मिक शरीरमा आउनुभयो भने, उहाँलाई “मानिसका पुत्र” भन्न मिल्दैन। त्यसकारण, यसले के देखाउँदछ भने, प्रभु आखिरी दिनहरूमा मानिसहरूको बीचमा काम गर्न गुप्त रूपमा आउनुहुनेछ।

यस विन्दुमा, कतिपय व्यक्तिहरू अलमल्ल पर्न सक्छन् र सोच्न सक्छन्, “बाइबलले प्रभु बादलहरूमा आउनुहुनेछ र सबै आँखाले उहाँलाई देख्नेछन् भनेर दुई वटै अगमवाणी गरेको छ, तर प्रभु गुप्तमा शरीरमा आउनुहुनेछ भनेर पनि यसले अगमवाणी गरेको छ। के यो विरोधाभास हो?” वास्तवमा, परमेश्‍वरका वचनहरूमा कुनै विरोधाभास छैन। प्रभुको आगमन दुई तरिकाले हुन्छ: एउटा तरिका भनेको उहाँ बादलहरूको साथ सबैले देख्ने गरी आउनुहुन्छ भन्‍ने हो, र अर्को चाहिँ उहाँ चोरजस्तै गुप्त रूपले आउनुहुन्छ भन्‍ने हो। परमेश्‍वरले अगमवाणी गर्नुभएका सबै कुराहरू पूरा हुनेछन्, तर परमेश्‍वरले चरणबद्ध रूपमा काम गर्नुहुन्छ, र उहाँको कामको एउटा योजना छ। परमेश्‍वर सर्वप्रथम मानिसलाई मुक्ति दिने आफ्‍नो काम गर्न देहधारी बन्नुहुन्छ र गुप्त रूपमा आउनुहुन्छ, र त्यसपछि उहाँ असललाई इनाम र दुष्टलाई दण्ड दिन बादलमा सवार भएर सबैको अगि देखापर्नुहुन्छ।

आखिरी दिनहरूमा प्रभु के काम गर्न आउनुहुन्छ?

परमेश्‍वर किन पहिले गुप्त रूपमा आउनुहुन्छ? यो आखिरी दिनहरूमा उहाँ देखा पर्नुभएपछि उहाँले गर्नुहुने कामसित सम्बन्धित छ। हामी बाइबलका यी पदहरू पढौं: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ” (१ पत्रुस ४:१७)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४८)। “चर्को स्वरमा भने, परमेश्‍वरको भय मान र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ: स्वर्ग र पृथ्वी अनि समुद्र र पानीको झरनाहरू बनाउनुहुनेको आराधना गर(प्रकाश १४:७)। “जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यस उप्रान्त बाहिर जानेछैन” (प्रकाश ३:१२)। “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। र परमेश्‍वरको वचनले यसो भन्दछ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

यी वचनहरूबाट हामी देख्न सक्छौं कि प्रभु आखिरी दिनहरूमा फर्कनुहुँदा, उहाँले अझ धेरै सत्यता प्रकट गर्नुहुनेछ र न्यायको काम गर्नुहुनेछ। हाम्रो भ्रष्टता उदाङ्गो पार्न र त्यसको पर्दाफास गर्न “उहाँले बोल्नुभएको वचन” प्रयोग गर्नुहुनेछ, ताकि हामी आफैले आफ्‍नो बारेमा विचार गर्न सकौं, साँचो पश्‍चात्ताप र परिवर्तन हासिल गर्न सकौं, आखिरमा परमेश्‍वरद्वारा शुद्ध पारिन र विजयीहरू बन्‍न सकौं, जसलाई उहाँको राज्यमा डोर्‍याइलगिनेछ। किनकि, हामीले प्रभु येशूद्वारा छुटकारा पाएर हाम्रा पापहरूलाई क्षमा गरिएको पनि हाम्रो पापको जरा, अर्थात् हाम्रो पापमय स्वभाव हामीभित्र नै रहेको हुन्छ र हामी त्यसद्वारा नियन्त्रित हुन्छौं, हामी घरीघरी पाप नगरी सक्दैसक्दैनौं। यसका केही उदाहरणहरू यसप्रकार छन्: जब अरू व्यक्तिले हाम्रो चासोको विरुद्धमा जाने काम गर्छन्, हामी तिनीहरूलाई घृणा गर्न सक्छौं र तिनीहरूप्रति हामी रिसाउन पनि सक्छौं; साधारणतया, हामी परमेश्‍वरप्रति वफादार रहनेछौं र उहाँको आज्ञा पालन गर्नेछौं भनेर भन्छौं, तर जब हामीलाई कुनै कुरा मन पर्दैन, हामी त्यसको गलत अर्थ लगाउँछौं र परमेश्‍वरलाई दोष दिन्छौं र, गम्‍भीर अवस्थामा त, हामी परमेश्‍वरलाई त्याग्‍ने काम समेत गर्छौं। यसले के देखाउँछ भने, हामीले पापका बन्धनहरू र अवरोधहरूबाट आफूलाई मुक्त गरेका छैनौं, हामी अझै पाप गर्ने अनि त्यसपछि पाप स्वीकार गर्ने अवस्थामा बाँचिरहेका छौं, र हाम्रो भ्रष्टतालाई एक पटक सधैँको लागि शुद्ध गर्नका लागि न्यायको काम गर्न हामीलाई देहधारी परमेश्‍वर चाहिन्छ। जब हामी परमेश्‍वरको आवाज सुन्छौं, परमेश्‍वरको सामु खडा हुन्छौं र परमेश्‍वरको वचनको दण्ड र सजाय भोग्छौं, जब हाम्रो भ्रष्ट स्वभाव शुद्ध हुन्छ, र हामी परमेश्‍वरको अधीनमा बस्न सक्छौं, परमेश्‍वरको आराधना गर्न सक्छौं र परमेश्‍वरलाई जुनसुकै अवस्थामा पनि प्रेम गर्न सक्छौं, त्यस बेला परमेश्‍वरले हामीलाई विजेताहरू बनाउनुहुन्छ। प्रकाशको पुस्तकमा अगमवाणी गरिएका १,४४,००० विजयीहरू यिनै हुन्, र यसले १४ अध्यायको ४ पदलाई पूर्ण रूपमा पूरा गर्दछ: “यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका निम्ति पहिलो फल भएका हुनाले यिनीहरूलाई मानिसहरूको बिचबाट मोल तिरेर छुटाइएको थियो।” यदि प्रभु पहिलो पटक बादलमा ठूलो महिमाको साथ आउनुभयो भने, सबै मानिसहरूले घोप्टो परी उहाँलाई आराधना गर्नेछन्। त्यस बेला मानिसको स्वभावभित्र रहेको विद्रोहीपन र प्रतिरोधलाई प्रकट गर्नु सम्भव हुँदैनथियो, यसैले हाम्रो न्याय गर्नलाई हाम्रो भ्रष्टताको अभिव्यक्तिप्रति लक्षित सत्यताहरू व्यक्त गर्नु परमेश्‍वरको निम्ति आधार विहीन कुरा हुनेथियो। यदि परमेश्‍वरले हाम्रो भ्रष्ट सारलाई प्रकट गर्नुभयो भने पनि हामीले त्यसलाई स्वीकार गर्नेथिएनौं, र हामी शुद्ध र परिवर्तन हुन सक्नेथिएनौं। यदि त्यस्तो भएको भए, परमेश्‍वरले विजेताहरू बनाउने काम गर्न सक्‍नुहुनेथिएन।

यसबाहेक, आखिरी दिनमा, परमेश्‍वरले हरेक प्रकारको व्यक्तिलाई पनि प्रकट गर्नुहुनेछ, प्रत्येकलाई तिनीहरूको आफ्नै प्रकार अनुसार छुट्ट्याउनुहुनेछ, र असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ। यदि प्रभु ठूलो महिमाका साथ बादलमा फर्कनुभयो भने, सबैले उहाँलाई देख्नेछन् र सबैले उहाँलाई ग्रहण गर्न र उहाँमा समर्पित हुनलाई भुइँमा घोप्टेर दण्डवत् गर्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरू हुन् वा शैतानका स्वामित्वमा भएकाहरू हुन्, चाहे सत्यलाई प्रेम गर्नेहरू होऊन् वा नगर्नेहरू होऊन्, चाहे परमेश्‍वरको आज्ञापालन गर्नेहरू होऊन् वा नगर्नेहरू होऊन्, तिनीहरू कसैलाई पनि परमेश्‍वरले खुलासा गर्न सक्‍नुहुनेथिएन। त्यसपछि, बाइबलमा अगमवाणी गरिएझैँ बाली काट्ने र निफन्ने, प्रत्येकलाई तिनीहरूका आफ्नो-आफ्नो प्रकार अनुसार छुट्ट्याउने, भेडाहरूलाई बाख्राबाट छुट्टाउने, गहुँलाई सामाबाट छुट्ट्याउने र अन्य कामहरू हुन सक्दैनथिए। को असल र को दुष्ट छ भन्‍ने परमेश्‍वरलाई थाहा भए तापनि, यदि मानिसहरूलाई प्रकट गरिएन भने उनीहरूले त्यो स्वीकार्ने छैनन्, त्यस विषयमा विश्‍वस्त हुने कुरा त परै जाओस्। यसैले यो स्पष्ट छ कि आखिरी दिनहरूमा परमेश्‍वरले मानिसलाई एक पटक सधैँको लागि मुक्ति दिन, विजेताहरूको समूह बनाउन, र प्रत्येकलाई तिनीहरूको आफ्नै प्रकार अनुसार छुट्याउनको लागि न्यायको काम गर्नुहुन्छ। यो गर्नका निम्ति, उहाँ पहिले मानिस बन्नुपर्छ र गुप्त रूपमा आउनुपर्छ। विजेताहरूको समूह बनाइसकेपछि, परमेश्‍वरको गुप्त कार्यको समय अन्त्य हुनेछ, र त्यसपछि मात्र परमेश्‍वर असललाई इनाम दिन र दुष्टलाई दण्ड दिने काम सुरु गर्न सबै राष्ट्रहरू र मानिसहरूकहाँ देखा पर्न बादलहरूमा सबैले देख्‍ने गरी आउनुहुनेछ। परमेश्‍वरको न्यायको कामलाई स्वीकार गरेका र शुद्ध पारिएका सबैलाई अन्ततः परमेश्‍वरको राज्यमा लगिनेछ, तर जसले देहधारी परमेश्‍वरको कामलाई स्विकारेका छैनन्, र जसले परमेश्‍वरको विरोध र उहाँलाई दोषी ठहराउने अनि ईश्‍वरनिन्दा गरेका छन्, तिनीहरू सबैलाई दुष्ट नोकरहरू र सामाहरूको रूपमा प्रकट गरिनेछन्। त्यस्ता मानिसहरू सबैलाई विपत्तिद्वारा परास्त गरिनेछन् र त्यहाँ रुवाई र दाह्रा किटाई हुनेछ। तब मात्र प्रकाशको पुस्तकको यो अगमवाणी पूरा हुनेछ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्” (प्रकाश १:७)

प्रभु देखा पर्ने घटना र कामलाई हामीले कसरी अभिवादन गर्नुपर्छ?

जब देहधारी परमेश्‍वरले गुप्त रूपमा काम गरिरहनुभएको हुन्छ, तब प्रभुलाई अभिवादन गर्न सक्ने हुनका निम्ति हामी के गर्न सक्छौं? मत्ती ३:२० ले भन्छ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ।” मत्ती २५:६ ले भन्छ: “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ।” यी पदहरूबाट हामी के देख्न सक्छौं भने आखिरी दिनहरूमा, परमेश्‍वरले उहाँका वाणीहरू हाम्रा ढोकाहरू ढकढक्याउनका निम्ति प्रयोग गर्नुहुनेछ, र हामीलाई दुलहा फर्किएका छन् भन्ने खबर दिन मानिसहरूको प्रयोग गर्नुहुनेछ। त्यसकारण, जब कसैले हामीलाई सुसमाचार प्रचार गर्छ, हामीले खुला हृदयले खोज्नुपर्दछ र परमेश्‍वरको आवाज सुन्‍ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्दछ। जबसम्म हामी त्यो परमेश्‍वरको आवाज हो भनी चिन्छौं, हामीले त्यसलाई तुरुन्तै स्वीकार गरेर समर्पित हुनुपर्छ, र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई कदममा कदम मिलाएर पछ्याउनुपर्छ। प्रभुको पुनरागमनलाई अभिवादन गर्नु भनेको यही हो।

हिजोआज, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले मात्र परमेश्‍वर गुप्त रूपमा देहमा आउनुभएको छ र उहाँ सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनका ख्रीष्ट हुनुहुन्छ भनेर खुल्लमखुल्ला गवाही दिइरहेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले लाखौँ वचनहरू व्यक्त गर्नुभएको छ र उहाँले परमेश्‍वरको परिवारबाट न्यायको काम सुरु गर्नुहुन्छ, उहाँको अगाडि आउने सबैलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वर देखा पर्नुभएको छ र करिब ३० वर्षदेखि आफ्नो काम गर्दै आउनुभएको छ, र उहाँले विजेताहरूको एउटा समूह बनाइसक्नुभएको छ—परमेश्‍वरले न्यायको काम अब समाप्तितिर पुग्न लागेको छ। सारा संसारभरि एकपछि अर्को विपत्तिहरू आइरहेका छन्; नोआको दिन नजिकै आउँदैछ। हामी बुद्धिमती कन्याहरू हुनुपर्दछ र सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कार्य अनुसन्धान गर्न हतार गर्नुपर्दछ, किनकि त्यसो गरेर हामीले प्रभुलाई अभिवादन गर्ने अवसर पाउँछौं र विपत्तिहरू आउनु अघि नै उठाइलगिन्छौं। यदि हामीले देहधारी परमेश्‍वरको कामको अनुसन्धान गर्न अस्वीकार गर्दै प्रभु बादलहरूमा आउनुहुनेछ भन्‍ने विचारमा नै दृढ भइरह्यौं भने, हामीलाई प्रभुले त्याग्‍नुहुनेछ र नाश पार्नुहुनेछ, र हामी विपत्तिहरूमा परास्त हुनेछौं र दण्डित हुनेछौं। यो सर्वशक्तिमान् परमेश्‍वरले भन्नुभए जस्तै हुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्वरको न्याय अन्त भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु येशूले किन पत्रुसलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो

याङ्ग किङ्ग बाइबल पढेपछि अलमल्‍ल परेको जब म एकाबिहानै उठेँ, मैले प्रार्थना गरेँ, त्यसपछि बाइबल खोलेँ अनि मत्ती १६:१९ पढेँ, जहाँ प्रभु...

परमेश्‍वरले किन इसाईहरूलाई कष्ट भोग्न दिनुहुन्छ?

धेरै इसाईहरू अलमल्लमा परेका छन्: परमेश्‍वर प्रेम हुनुहुन्छ र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, त्यसो भए किन उहाँले हामीलाई कष्ट भोग्न दिनुहुन्छ? उत्तर पत्ता लगाउन यो लेख पढ्नुहोस्!

आखिरी दिनहरूको चिन्‍ह: एक पुष्प रक्त चन्द्र ग्रहण सन २०२२ मा देखा पर्ने

सम्पादकको नोट: हालैका वर्षहरूमा, आकाशीय घटना “रक्ताम्मे चन्द्रमा” बारम्‍बार देखा परेको छ। महामारी, भूकम्प, र अनिकालजस्ता विभिन्‍न...

दैनिक अध्ययन: परमेश्‍वरको नजिक जानका लागि सहयोग गर्ने ४ तरिकाहरू

“परमेश्‍वरसँग नजिक कसरी पुग्ने” भन्ने विषयलाई धेरै विश्वासीहरूले होसियारीसाथ पछ्याउँछन्। यस युगमा जहाँ जीवन यति द्रुत गतिमा चल्दछ, हाम्रो हृदय सजिलैसँग व्यक्ति, घटनाहरू र चीजहरू वा सांसारिक सम्बन्धहरूद्वारा सजिलै विचलित र ओगटिएको हुन सक्छ, जसले गर्दा परमेश्‍वरसँगको हाम्रो सम्बन्ध अझ झन झन टाढा बन्न सक्छ। त्यसोभए हामी कसरी परमेश्‍वरसित ठ्याक्कै घनिष्ठ सम्बन्ध कायम राख्न सक्छौं? तलको लेखलाई क्लिक गरेर पढ्नुहोस्, र तपाईले उत्तर पाउनुहुनेछ।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्