दैनिक अध्ययन: परमेश्‍वरको नजिक जानका लागि सहयोग गर्ने ४ तरिकाहरू

3 जुलाई 2021

By Xiaomo, China

हाम्रो दैनिक जीवनमा, केवल परमेश्‍वरसँग नजिक तानिएर र परमेश्‍वरसँग साँचो अन्तरक्रिया गरेर मात्र हामी परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्न, पवित्र आत्माको काम पाउन, सत्य बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्दछौं। त्यसोभए हामी कसरी परमेश्‍वरसित ठ्याक्कै घनिष्ठ सम्बन्ध कायम राख्न सक्छौं? हामीले तलका चार बुँदाहरू बुझ्नु आवश्यक छ, र परमेश्‍वरसँगको हाम्रो सम्बन्ध निश्चय पनि घनिष्ठ हुनेछ।

दैनिक अध्ययन: परमेश्‍वरको नजिक जानका लागि सहयोग गर्ने ४ तरिकाहरू

१. ईमान्दार हृदयले परमेश्‍वरलाई प्रार्थना गर्नुहोस् र पवित्र आत्माद्वारा उत्प्रेरित हुनुहोस्
२. परमेश्‍वरका वचनहरू पढ्ने क्रममा, तिनीहरूलाई आफ्नो मनले चिन्तन गर्नुहोस् र तपाईंले ती कुराहरूको वास्तविक अर्थ बुझ्नुहुनेछ
३. सत्य खोज्नुहोस् र सबै कुरामा परमेश्‍वरको वचनको अभ्यास गर्नुहोस्
४. परमेश्‍वरसामु आउनुहोस् र हरेक दिन आफैंमा चिन्तन गर्नुहोस्, र परमेश्‍वरसँग तपाईंको नजिकको सम्बन्ध कायम राख्नुहोस्

१. ईमान्दार हृदयले परमेश्‍वरलाई प्रार्थना गर्नुहोस् र पवित्र आत्माद्वारा उत्प्रेरित हुनुहोस्

प्रार्थना भनेको हामीले परमेश्‍वरसँग कुराकानी गर्ने माध्यम हो। प्रार्थनाको माध्यमबाट, हाम्रो हृदयहरू परमेश्‍वरसामु शान्त हुन, परमेश्‍वरको वचनमा ध्यान दिन, परमेश्‍वरको इच्छा खोज्न र परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापना गर्न सक्षम हुन्छन्। तर जीवनमा, किनकि हामी काम वा घरको कामधन्दामा व्यस्त छौं, हामी प्राय: प्रार्थनाको चालमा जान सक्छौं, र केही अस्पष्ट दिमागका वचनहरू बोलेर हामी परमेश्‍वरलाई बेपरवाह तवरले व्यवहार गर्छौं। हामी बिहान सबेरै काममा व्यस्त हुँदा, उदाहरणका लागि, काममा जाँदा वा अरू कुनै चीजको लागि व्यस्त रहँदा हामी हतारमै प्रार्थना गर्छौं: “हे परमेश्‍वर! म आजको काम तपाईंको हातमा सुम्पन्छु, र म तपाईंलाई मेरा छोराछोरी र मेरा आमाबुबा सुम्पन्छु। म सबै कुरा तपाईंको हातमा सुम्पन्छु, र म तपाईंलाई आशिष् दिनुहोस् र मलाई रक्षा गर्नुहोस् भनी विन्ती गर्दछु। आमेन!” हामी केही अनियमित वचनहरू बोलेर परमेश्‍वरलाई बेपरवाह तवरले व्यवहार गर्छौं। हाम्रो हृदय शान्त छैन, हाम्रो परमेश्‍वरसँग कुनै वास्तविक अन्तरक्रिया हुने कुरा त परै छाडौं। कहिलेकाहिँ हामी परमेश्‍वरलाई प्रार्थनामा केही सुखद-ध्वनि आउने वचनहरू, र केही खाली, घमन्डी वचनहरू बोल्दछौं, र हामी हाम्रो हृदयमा जे छ सो परमेश्‍वरलाई भन्दैनौं। वा कहिलेकाहीँ, जब हामी प्रार्थना गर्दछौं, हामी मनले केही वचनहरू कण्ठ गर्छौ, र हामी ती उही, बासी पुरानो वचनहरू हरेक पटक बोल्दछौं, र यो पूर्ण रूपमा धार्मिक रीतिथितिको प्रार्थना बन्छ। यस्तै धेरै प्रार्थनाहरू हाम्रो जीवनमा बोलेका हुन्छन्—प्रार्थना जुन नियमहरूमा लागिरहन्छन्, र प्रार्थना जसमा हामी परमेश्‍वरलाई हाम्रो हृदय खोल्दैनौं न त परमेश्‍वरको इच्छा खोज्छौं। जब हामी प्रार्थनाको कुनै अर्थविना नै यसलाई भन्छौं, परमेश्‍वरले यसलाई घृणा गर्नुहुन्छ, किनकि यस प्रकारको प्रार्थना बाहिरी रूप र धार्मिक अनुष्ठानमा मात्र सम्बन्धित हुन्छ, र हाम्रो आत्मामा परमेश्‍वरसँग कुनै वास्तविक अन्तरक्रिया हुँदैन। यस्ता प्रार्थना गर्ने मानिसहरूले परमेश्‍वरलाई बेपरवाह तवरले व्यवहार गरिरहेका र परमेश्‍वरलाई धोका दिइरहेका छन्। तसर्थ, यस प्रकारको प्रार्थनाहरू परमेश्‍वरले सुन्नुहुन्न र पवित्र आत्माद्वारा उत्प्रेरित हुन यो प्रार्थना गर्ने व्यक्तिहरूलाई धेरै गाह्रो हुन्छ। जब उनीहरूले यसरी प्रार्थना गर्छन्, उनीहरू परमेश्‍वरको उपस्थिति महसुस गर्न असमर्थ हुन्छन्, तिनीहरूको आत्मा अन्धकार र कमजोर हुन्छ, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध झन्-झन् टाढा हुन्छ।

प्रभु येशूले भन्नुभयो, “परमेश्‍वर आत्मा हुनुहुन्छ: अनि उहाँलाई आराधना गर्नेहरूले उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ” (यूहन्‍ना ४:२४)। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ जसले सारा स्वर्ग र पृथ्वी भर्नुहुन्छ। उहाँ जहिले पनि हाम्रो साथमा हुनुहुन्छ, हाम्रो प्रत्येक वचन र कार्य, हाम्रो प्रत्येक सोच र विचार हेर्नुहुन्छ। परमेश्‍वर सर्वोच्च, पूर्ण सम्मानित हुनुहुन्छ, र जब हामी परमेश्‍वरलाई प्रार्थना गर्दछौं, हामी परमेश्‍वरको आराधना गर्छौं, र हामी ईमान्दार हृदयले परमेश्‍वरको अगाडि आउनैपर्छ। त्यसकारण, जब हामी परमेश्‍वरलाई प्रार्थना गर्दछौं, हामीसँग परमेश्‍वरको-डर मान्ने हृदय भएको हुनुपर्दछ, ईमान्दारी र सत्यताकासाथ परमेश्‍वरसँग बोल्नुपर्दछ, हाम्रो वास्तविक अवस्था, हाम्रा कठिनाइहरू र हाम्रा दुःखकष्टहरू परमेश्‍वर समक्ष ल्याउनुपर्दछ र ती कुराहरूको बारेमा उहाँलाई बताउनुपर्दछ, र हामीले परमेश्‍वरको इच्छा खोज्नुपर्दछ र अभ्यासको मार्ग खोजी गर्नुपर्दछ, किनकी केवल यस प्रकारले हाम्रो प्रार्थनाहरू परमेश्‍वरको इच्छा अनुरूप हुनेछ। उदाहरणको लागि, हामीले जीवनमा केही कठिनाइहरू सामना गर्दछौं, वा हामीले आफूलाई यस्तो परिस्थितिमा बाँचिरहेका देख्छौं जसद्वारा हामी लगातार पाप गरिरहेका र स्वीकार गरिरहेका हुन्छौ, र हामी सताइएका महसुस गर्दछौं। र यसैले, हामी परमेश्‍वरलाई हाम्रो हृदय खोल्दछौं, परमेश्‍वरलाई यी समस्याहरूको बारेमा बताउँदछौं र परमेश्‍वरको इच्छा खोज्दछौं, र परमेश्‍वरले हाम्रो ईमानदारीता देख्नुहुनेछ र उहाँले हामीलाई उत्प्रेरित गर्नुहुनेछ। उहाँले हामीलाई विश्वास दिनुहुनेछ, वा उहाँले हामीलाई उहाँको इच्छा बुझ्नको लागि अन्तर्दृष्टि दिनुहुनेछ।यस तरिकाले, हामी सत्य बुझ्न र अगाडि बढ्नको लागी आएका छौं। उदाहरणको लागि, जब हामी साँच्चिकै बुझ्छौं कि हाम्रा प्रार्थनाहरू केवल नियमहरूमा टाँसिएका छन् र औपचारिकताका रूपमा बोल्दछन्, वा हामी घमन्डकासाथ वा खाली कुरा गर्दछौं, र हामी परमेश्‍वरसँग साँचो अन्तरक्रिया गरिरहेका छैनौं भने, हामी यसरी प्रार्थना गर्न सक्छौं: “हे परमेश्‍वर! जब मैले पहिले प्रार्थना गरेको थिएँ, मैले केवल तपाईंलाई बेपरवाह तवरले व्यवहार गरिरहेको थिएँ।मैले भनेको सबै कुरा तपाईलाई धोका दिन भनिएको थियो र मैले इमानदारीपूर्वक कुरा गरिरहेको थिइनँ; म तपाईप्रति अति ऋणी भएको महसुस गर्दछु। यस दिनदेखि, म मेरो हृदयले प्रार्थना गर्न चाहन्छु। म मेरो मनमा जे सोच्छु म तपाईंलाई भन्नेछु, र म ईमान्दार हृदयले तपाईंको उपासना गर्नेछु, र तपाईंको मार्गदर्शनको लागि विन्ती गर्दछु।” जब हामी यस प्रकारले हाम्रो हृदयको गहिराइबाट खुल्ला हुन्छौ, हाम्रो हृदयहरू त्यसपछि उत्प्रेरित हुन्छन्। त्यसपश्चात हामीले कति परमेश्‍वरको विरूद्धमा विद्रोह गरेका छौँ भनी हामी देख्छौं, र हामी परमेश्‍वरलाई अझ साँच्चिकै पश्चाताप गर्न र उहाँलाई इमान्दारपूर्वक बोल्न चाहन्छौं। यस समयमा, हामीले महसुस गर्नेछौं कि परमेश्‍वरसँग हाम्रो सम्बन्ध अत्यन्त नजिक छ, जस्तो कि हामी उहाँसँग आमुन्ने-सामुन्ने छौं। यो परमेश्‍वरलाई हाम्रो हृदय खोल्नुको परिणाम हो।

परमेश्‍वरलाई हाम्रो हृदय खोल्नुसँग हामी उहाँसँग कति धेरै बोल्छौं वा हामी भद्दा वचनहरू वा काल्पनिक भाषा प्रयोग गर्छौं कि गर्दैनौं भन्ने कुरासँग कुनै सम्बन्ध छैन। जबसम्म हामी परमेश्‍वरलाई हाम्रो हृदय खोल्छौं र उहाँलाई हाम्रो वास्तविक अवस्थाको बारेमा बताउँदछौं, उहाँको मार्गदर्शन र अन्तर्दृष्टि खोजी गर्दछौं, तब परमेश्‍वरले हाम्रो कुरा सुन्नुहुनेछ यदि हामी केही सरल वचन मात्र बोल्छौ भने पनि। जब हामी बारम्बार यसरी परमेश्‍वरको नजिक खिँचिन्छौ, चाहे त्यो भेलामा होस् वा आत्मिक भक्तिको बेला होस्, वा सडकमा हिंड्दा वा बसमा बस्दा वा काममा हुँदा, हाम्रो हृदय सधैं मौनतापूर्वक प्रार्थनामा परमेश्‍वरसामु खुल्ला हुँदै जान्छ। यस बारे सचेत नभइकन नै, हाम्रो हृदयहरू त्यसपछि परमेश्‍वर समक्ष अझ शान्त हुन सक्दछौं, हामी परमेश्‍वरको इच्छाको बारेमा अझ बुझ्न सक्दछौं र, जब हामी विवादहरूको सामना गर्दछौं, तब हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी सत्यको अभ्यास गर्ने भनेर जान्नेछौं। यस प्रकार, परमेश्‍वरसँगको हाम्रो सम्बन्ध झन झन सामान्य हुँदै जानेछ।

२. परमेश्‍वरका वचनहरू पढ्ने क्रममा, तिनीहरूलाई आफ्नो मनले चिन्तन गर्नुहोस् र तपाईंले ती कुराहरूको वास्तविक अर्थ बुझ्नुहुनेछ

हामी आत्मिक भक्ति अभ्यास गर्छौं र हरेक दिन परमेश्‍वरका वचनहरू पढ्छौं। हामी कसरी दुवै राम्रो परिणामहरू प्राप्त गर्ने र परमेश्‍वरसँगको हाम्रो सम्बन्धलाई अझ नजिक बनाउन सक्ने तरिकामा परमेश्‍वरका वचनहरू पढ्न सक्छौं। परमेश्‍वरको वचनले भन्छ: “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरको आत्मा छोएर र त्यसबाट उहाँको सन्तुष्टि प्राप्त गरेर र उनीहरूको हृदयको प्रयोग गरेर परमेश्‍वरका वचनसँग सन्निकट रहनु र त्यसकारणले परमेश्‍वरका आत्माद्वारा प्रेरित हुनु हो” (“परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ”)। परमेश्‍वरका वचनहरूले हामीलाई भन्दछ कि, जब हामी उहाँका वचनहरू पढ्छौं, हामीले ती चिन्तन गर्नुपर्दछ र हाम्रो हृदयले खोजी गर्नुपर्दछ, हामीले पवित्र आत्माको अन्तर्दृष्टि र ज्ञान प्राप्त गर्नुपर्दछ, र हामीले परमेश्‍वरको इच्छा र उहाँ हामीबाट के चाहनुहुन्छ भनेर बुझ्नुपर्दछ। यस प्रकारले केवल परमेश्‍वरको वचनहरू पढ्दा हाम्रो प्रयासले प्रतिफल दिनेछ र हामी परमेश्‍वरको नजिक जानेछौ। जब हामी परमेश्‍वरका वचनहरू पढ्छौं, यदि हामीले केवल ध्यान नदिई तिनीहरूमा मात्र ध्यान दिएर हेर्छौं भने, यदि हामी आफैंलाई देखाउनको निम्ति हामी केवल केही अक्षरहरू र सिद्धान्तहरू बुझ्ने प्रयास गर्दछौं र हामी परमेश्‍वरका वचनहरूको सही अर्थ बुझ्नलाई ध्यान दिदैनौं भने, तब हामीले जतिसुकै उहाँका वचनहरू पढेतापनि, हामी उहाँको इच्छाअनुरूप चल्दैनौं, हामीले परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न सक्षम हुने बारेमा त कुरै छाडौं।

तसर्थ, जब हामी परमेश्‍वरका वचनहरू पढ्छौं, हामीले हाम्रो हृदयलाई शान्त पार्नुपर्दछ र हाम्रो हृदयलाई प्रयोग गरेर चिन्तन गर्नुपर्दछ कि किन परमेश्‍वरले त्यस्ता कुराहरू भन्नुहुन्छ, परमेश्‍वरको इच्छा के हो र यस्तो कुरा गरेर परमेश्‍वर हाम्रो साथमा कस्तो परिणाम प्राप्त गर्न चाहनुहुन्छ। केवल यसरी नै उहाँका वचनहरू गहिरिएर विचार गर्दा हामी परमेश्‍वरको इच्छा बुझ्न सक्दछौं र उहाँको हृदयअनुसारको हुनेछौं, र परमेश्‍वरसँगको हाम्रो सम्बन्ध झन झन सामान्य हुँदै जानेछ। उदाहरणको लागि, हामी प्रभु येशूले यसो भन्नुभएको देख्छौं: “अनि भन्‍नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। हामी सबैले यस भनाइको सतही अर्थ बुझ्न सक्दछौं, कि परमेश्‍वर हामी इमान्दार मानिसहरू बनेको चाहनुहुन्छ। तर इमान्दार व्यक्ति हुनुको महत्व, परमेश्‍वरले इमान्दार मानिसहरूलाई किन प्रेम गर्नुहुन्छ र कसरी ठ्याक्कै ईमान्दार व्यक्ति बन्ने भन्ने जस्ता विषयहरू हामीले गहन चिन्तन गर्नुपर्ने विषयहरू हुन्। परमेश्‍वरका वचनहरू प्रार्थना-पढाई र मनन गरेर, हामी त्यसपछि बुझ्छौं कि परमेश्‍वरको सार विश्वासयोग्य छ, र परमेश्‍वरले भन्नुहुने वा गर्नुहुने कुनै पनि कुरामा कुनै झूट वा छल छैन, र यसकारण परमेश्‍वर ईमान्दार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। परमेश्‍वरले चाहनुहुन्छ कि हामी ईमान्दार मानिसहरू बनौं, किनकि परमेश्‍वरको मागअनुसार ईमान्दार मानिसहरू बनेर मात्र हामी परमेश्‍वरको राज्यमा उहाँद्वारा अगुवाई गरिन सक्छौं। त्यसोभए हामी कसरी ठ्याक्यै इमान्दार मानिसहरू बन्न सक्छौं? सर्वप्रथम, हामीले झूट बोल्नुहुँदैन, तर हामी शुद्ध र खुला हुनैपर्छ र हाम्रो हृदयमा के छ त्यो भन्नैपर्छ; दोस्रो, हामीले धोकापूर्ण तवरमा व्यवहार गर्नुहुँदैन, हामीले आफ्नै रूचि त्याग्न सक्नुपर्दछ, न त परमेश्‍वर वा मानिसलाई धोका दिनु नै पर्छ। तेस्रो, हाम्रो हृदयमा कुनै छलकपट हुनुहुँदैन, हाम्रो कार्यमा व्यक्तिगत उद्देश्य वा लक्ष्य हुनुहुँदैन, तर यसको सट्टा हामीले सत्यको अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र काम गर्नुपर्छ। यो प्रकाश चिन्तनको माध्यमबाट प्राप्त गरिसकेपछि, हामी हाम्रो कार्य र व्यवहारमा प्रतिबिम्बित गर्छौं र त्यसपछि हामी देख्छौं कि हामी अझै कपटका धेरै अभिव्यक्तिहरू राख्छौं: जब हामी अन्य व्यक्तिहरूसँग व्यवहार गरिरहेका हुन्छौं, हाम्रो आफ्नै रूचि, प्रतिष्ठा र दर्जाको सुरक्षाको लागि हामी अक्सर आफूलाई झूट बोल्न वा धोका दिनबाट रोक्न सक्दैनौं। जब हामी परमेश्‍वरको लागि आफूलाई समर्पित गर्छौं, हामी प्रार्थनामा भन्न सक्छौं कि हामी परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन चाहन्छौं, तर जब हाम्रो बच्चा बिरामी पर्छ, वा हामी आफैले वा परिवारका सदस्यहरूले आफ्नो जागिर गुमाउँछौं भने, हामी परमेश्‍वरलाई गुनासो गर्न थाल्छौं, यति धेरै कि हामी प्रभुको लागि काम गर्न र समर्पित हुनबाट रोक्न चाहन्छौं; यसमा हामी देख्न सक्दछौं कि हामी दाग ​​लाग्ने ढङ्गले परमेश्‍वरको लागि समर्पित गर्छौं र यसरी हामी परमेश्‍वरसँग सम्झौता गर्छौं। हामी परमेश्‍वरबाट लाभ उठाउनको लागि परमेश्‍वरको लागि समर्पित गर्छौं, न कि पूर्ण रूपमा परमेश्‍वरलाई खुशी पार्न। यी केवल हाम्रो कपट अभिव्यक्तिको केही उदाहरणहरू हुन्। यी अभिव्यक्तिहरूबाट, हामी वास्तवमै इमान्दार व्यक्तिहरू होइनौं भनी हामीले देख्न सक्छौं। एकचोटि हामीले हाम्रा आफ्नै कमजोरीहरू र कमिहरू स्पष्ट रूपमा देख्यौं भने, सत्यको निम्ति तिर्खाउने संकल्प हामीभित्रै आउँछ र हामी अझ परमेश्‍वरको वचनहरू हाम्रो जीवनमा अभ्यास गर्न खोज्छौं। यो परमेश्‍वरका वचनहरू मनन गरेर प्राप्त हुने परिणाम हो।

नि:सन्देह, यो नतिजा एकचोटि परमेश्‍वरका वचनहरूमा चिन्तन गरेर हासिल गर्न सकिँदैन, बरू धेरै पटक उनका वचनहरू मनन गरेर हासिल गर्न सकिन्छ। साथै, जब हामी समस्याहरूको सामना गर्छौं हामीले जानाजानी परमेश्‍वरको वचनहरूको अभ्यास गर्नैपर्छ। छोटकरीमा भन्नुपर्दा, जबसम्म हामी यस तरिकामा हाम्रो हृदयको साथमा परमेश्‍वरका वचनहरू लगातार चिन्तन गर्दछौं, तब हामी पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्षम हुनेछौं। एक दिन, हामीले केही नयाँ ज्योति प्राप्त गर्नेछौं, र भोलिपल्ट हामी थोरै नयाँ ज्योति पाउनेछौं र समयको क्रममा, हामी परमेश्‍वरको वचनमा भएका सत्यको बारेमा अझ बढी बुझ्न सक्षम हुनेछौं, अभ्यासको मार्ग स्पष्ट हुनेछ, हाम्रो जीवनले क्रमिक प्रगति गर्नेछ, र परमेश्‍वरसँगको हाम्रो सम्बन्ध अझ घनिष्ठ हुनेछ।

३. सत्य खोज्नुहोस् र सबै कुरामा परमेश्‍वरको वचनको अभ्यास गर्नुहोस्

परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जब हामी कुनै विवादहरूको सामना गर्छौं तब सत्यको खोजी गर्नु र उहाँको वचनअनुरूप व्यवहार गर्नु हो। तर जीवनमा, जब हामी विवादहरूको सामना गर्दछौं, हामी प्राय: आफ्नै अनुभवहरूमा भर पर्दछौं वा हामी ती कुराहरूलाई सम्हाल्न मानव संसाधनहरू प्रयोग गर्दछौं, वा हामी ती कुराहरूलाई आफ्नै प्राथमिकताअनुसार व्यवहार गर्छौं। हामी विरलै आफूलाई परमेश्‍वरको सामु शान्त गर्छौं र सत्य खोज्छौं, वा परमेश्‍वरको इच्छाअनुसार विवादहरूलाई व्यवहार गर्दछौं। यसले हामीलाई सत्यको अभ्यास गर्ने धेरै अवसरहरू गुमाउने तुल्याउँदछ, र हामी परमेश्‍वरबाट टाढा भन्दा टाढा हुदैँ जान्छौं। परमेश्‍वरको वचनले भन्छ, “तैंले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि तैँले परमेश्‍वरको परिवारमा रहेको तेरो कर्तव्य पूरा गर्नलाई गरिरहेको भए पनि वा तेरा आफ्नो निजी कारणहरूको लागि गरिरहेको भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्‍वरको इच्छाअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेका कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्” (“परमेश्‍वरको इच्छाको खोजी गर्नु भनेको सत्यता अभ्यासको लागि हो”)। “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने, तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ” (यूहन्‍ना ८:३१)। परमेश्‍वरका वचनहरूले हामीलाई स्पष्ट मार्ग देखाउँदछ। चाहे हामी मण्डलीमा काम गरिरहेका होऔं वा हामीले हाम्रो जीवनमा सामना गरेका विवादहरूलाई सम्हालिरहेका होऔं,हामीले सँधै सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्दछ, यस कुरालाई कसरी परमेश्‍वरको मागहरू पूरा गर्ने तरिकामा सम्हाल्ने भनी बुझ्नुपर्दछ, हामीले सामना गर्न सक्ने सबै समस्याको समाधानको लागि सत्यलाई प्रयोग गर्नुपर्दछ र हामीले परमेश्‍वरसँग हाम्रो सामान्य सम्बन्ध कायम राख्नुपर्दछ।

उदाहरणको लागि, हामीले आफ्नो जीवनसाथी छान्दा हामीले कसरी सत्यको खोजी गर्नुपर्छ भन्ने कुरालाई लिऔं। जब हामी पार्टनरको खोजी गरिरहेका हुन्छौं, हामी सधैं हाम्रो आफ्नो प्राथमिकतामा जान्छौं र व्यक्तिको बाहिरी रूप र स्वभावमा केन्द्रित हुन्छौं, र हामी एक अग्लो, धनी, सुन्दर मानिस, वा गोरो छाला, धनी, सुन्दर महिला खोज्दछौं, यो विश्वास गर्छौ कि यदि हामी त्यस्तै कसैसँग विवाह गर्छौं भने मात्र हामी आनन्दित वैवाहिक जीवनको आनन्द उठाउन सक्दछौं, र हामी शारीरिक सहजता, सान्त्वना र रमाइलो जीवन बिताउनेछौं, र अरूहरूले ईर्ष्या गर्नेछन्। यद्यपि, के हामी कहिले यस्तो सोच्दछौं कि त्यस्तो पार्टनर फेला पार्दा परमेश्‍वरमाथिको हाम्रो विश्वास र हाम्रो जीवनको प्रगतिमा फाइदाजनक छ? यदि हाम्रो पार्टनरले परमेश्‍वरमा विश्वास गर्दैन र उनीहरूले हामीलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न खोज्छन् भने, यसको परिणाम के हुनेछ? बाइबल भन्छ, “तिमीहरू अविश्‍वासीहरूसँग अनुचित ढङ्गले एकसाथ ननारिओ” (२ कोरिन्थी ६:१४)। यसबाट, हामी देख्न सक्छौं कि विश्वासीहरू र अविश्वासीहरूको आकांक्षा उस्तै हुँदैनन् र एक अर्काको लागि उपयुक्त हुँदैन। विश्वास र सामाजिक चलनहरूमा उनीहरूको पहुंचमा तिनीहरू प्रत्येकको आ-आफ्नै धारणा हुन्छ र भिन्नै कुरालाई पछ्याउँदछ: एकजना विश्वासीले परमेश्‍वरको भय मान्ने र खराबबाट अलग रहने मार्ग अनुसरण गर्न चाहन्छ, जबकि एकजना अविश्वासीले संसारको खराब प्रवृत्ति पछ्याउन चाहन्छ। जब हामी एकजना अविश्वासीसँग एकतामा हुन्छौं, तब हामी तिनीहरूबाट अनिवार्य रूपले प्रभावित हुन सक्छौं र हाम्रो जीवनको प्रगति रोकिनेछ। तसर्थ, पार्टनर छनौट गर्दा, हामीले व्यक्तिको मानवता र चरित्रलाई ध्यानमा राख्नुपर्दछ र उनीहरूसँग संगत गर्दा परमेश्‍वरमाथिको हाम्रो विश्वासलाई फाइदा हुन्छ कि हुँदैन, हामी दुवै एक समान तरंगदैर्ध्यमा छौं कि छैनौं, र हाम्रा आकांक्षाहरू सहमतिमा छन् वा छैनन् भनेर विचार गर्नुपर्दछ। यदि हामी यी चीजहरूलाई विचार गर्दैनौं, तर केवल व्यक्तिको बाहिरी रूप र उसको पारिवारिक अवस्थामा मात्र ध्यान केन्द्रित गर्दछौं, तब, हामीले विवाह गरेपछि पीडा हुनेछ किनकि हामी उही तरंगदैर्ध्यमा छैनौं। यदि हाम्रो पार्टनरले हामीलाई जबरजस्ती गर्न र हामीलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न कोसिस गर्दछ भने, यसले हाम्रो आत्मिक जीवनलाई अझ बिगार्नेछ। त्यसकारण यो देख्न सकिन्छ, हामीले हाम्रो जीवनमा जस्तोसुकै समस्याको सामना किन गर्नु नपरोस्, केवल सत्यको खोजी गरेर, परमेश्‍वरको इच्छालाई बुझेर र परमेश्‍वरको इच्छाबमोजिम काम गरेर मात्र हामी परमेश्‍वरको हेरचाह र सुरक्षामा बाँच्न सक्दछौं, र त्यस तरिकामा मात्र हामी परमेश्‍वरसँगको हाम्रो सामान्य सम्बन्ध कायम राख्न सक्छौं।

४. परमेश्‍वरसामु आउनुहोस् र हरेक दिन आफैंमा चिन्तन गर्नुहोस्, र परमेश्‍वरसँग तपाईंको नजिकको सम्बन्ध कायम राख्नुहोस्

यहोवा परमेश्‍वरले भन्‍नुभयो, “आफ्‍ना मार्गहरू विचार गर” (हाग्‍गै १:७)। परमेश्‍वरका वचनहरूबाट, हामी देख्न सक्छौं कि हाम्रो जीवन प्रवेशको निम्ति आफैंमा चिन्तन गर्न अति आवश्यक हुन्छ! चिन्तनको माध्यमबाट हामी देख्न सक्छौं कि हामीसँग यति धेरै कमजोरीहरू छन् र हामी परमेश्‍वरको आवश्यक मापदण्ड भन्दा धेरै पर छौं। त्यसकारण, सत्यको पछि लाग्ने प्रेरणा हामीमा उत्पन्न हुन्छ, हामी आफ्नो देह छाड्न कटिबद्ध हुन्छौं र हामी परमेश्‍वरको वचनअनुरूप अभ्यास गर्न यथाशक्य गर्छौं। यस तरिकाले, हामी हाम्रा व्यावहारिक अनुभवहरूमा परमेश्‍वरका मागहरूअनुरूप काम गर्नमा ध्यान दिन्छौं, हामी परमेश्‍वरको वचनको अभ्यास गर्दछौं, र परमेश्‍वरसँगको हाम्रो सम्बन्ध झन झन सामान्य हुँदै जान्छ। उदाहरणको लागी, गुरूको रूपमा सेवा गर्ने हामीहरूले बाइबलमा यो भनिएको देख्छौ: “तिमीहरूका बीचमा रहेका परमेश्‍वरका बगाललाई खुवाओ, त्यसको रेखदेख गर, बाध्यताले होइन, तर स्वेच्‍छाले; फोहोरी दौलतको लागि होइन, तर तत्पर मनले; परमेश्‍वरको परिवारमाथिका प्रभुहरू बनेर होइन, तर बगालको निम्ति उदाहरण बनेर” (१ पत्रुस ५:२-३)। त्यसकारण, हामी आत्म-चिन्तनमा संलग्न भएर आफैलाई सोध्नुपर्दछ: के हामी परमेश्‍वरको वचन र उहाँको इच्छाको गवाही दिन, र अरूलाई परमेश्‍वरसामु मार्गनिर्देश गर्न होशियारी अपनाइरहेका छौं, वा देखावटी गर्नको निम्ति प्रवचन दिंदा हामी उच्च आवाज-दिने, अर्थहीन कुरा भनिरहेका, र अरूले हामीलाई दण्डवत गर्ने र हामीमा निर्भर हुने तुल्याउन अक्षर र सिद्धान्त प्रचार गरिरहेका छौं? जब अरूले हामीलाई व्यावहारिक सल्लाह दिन्छन्, हामीले बहाना बनाउने र आफूलाई सही साबित गर्न कोसिस गर्ने विन्दुसम्मै के हामी आफ्नै समस्याहरूमाथि चिन्तन गर्छौं वा के हामीले उनीहरूका सुझावहरू स्वीकार गर्न अस्वीकार गर्छौं? आत्म-चिन्तनको माध्यमबाट, हामी देख्न सक्छौं कि परमेश्‍वरको सेवामा अझै पनि हामी विद्रोही हुने क्षेत्रहरू छन्, र हामीले अझै धेरै भ्रष्ट स्वभावहरू पाएका छौं जसको समाधानको लागि हामीले निरन्तर सत्यको खोजी गर्नु आवश्यक छ। यस तरिकाले, हामीले आफूलाई नम्रतापूर्वक आचरण गर्न सक्दछौं, हामी हाम्रो काममा परमेश्‍वरको इच्छाको अझ खोजी गर्न सक्दछौं, र हामी अरूलाई परमेश्‍वरको मागअनुरूप मार्गनिर्देश गर्न सक्छौं। यदि हामी बारम्बार परमेश्‍वरसामु आउँदैनौं र आफैमा चिन्तन गर्न सक्दैनौं भने, हामी आफ्नो भ्रष्टता र कमजोरीहरू चिन्न असफल हुनेछौं र अझै पनि आफूलाई सत्यको पछि लाग्ने मानिसहरू हौं भनी विश्वास गर्नेछौं। त्यसकारण हामी स्थिर रहेकोमा सन्तुष्ट हुनेछौं र कुनै पनि प्रगति गर्न अस्वीकार गर्नेछौं, र हामी झन् बढ्ता अहंकारी र आत्म-धर्मी बन्नेछौं, आफूलाई परमेश्‍वरको हृदयअनुसारको व्यक्ति हो भनी विश्वास गर्नेछौं। वास्तवमा, तथापि, हाम्रो कार्य र व्यवहार परमेश्‍वरले स्वीकार गर्नुहुनेछैन, र परमेश्‍वरले हामीलाई घृणा गर्नुहुनेछ। तसर्थ यो देख्न सकिन्छ कि बारम्बार आत्म-चिन्तनमा संलग्न हुनु एकदम महत्त्वपूर्ण छ र व्यक्तिले गर्ने सत्यको अभ्यास आफैंलाई चिन्ने आधारमा निर्मित छ। कसैको आफ्नै भ्रष्टता र कमजोरीहरूको सही ज्ञान भएपछि मात्र पछुताउन सकिन्छ र त्यसपछि व्यक्ति सत्यको पछि लाग्न र परमेश्‍वरको वचनहरूको अभ्यास गर्न इच्छुक हुनेछ। आत्म-चिन्तन हाम्रो जीवनको प्रगतिको लागि धेरै फाइदाजनक छ, र यो परमेश्‍वरसँग नजिक हुन हाम्रो लागि अपरिहार्य कुञ्जी हो।

आफैंमा चिन्तन गर्ने धेरै तरिकाहरू छन्: हामी परमेश्‍वरको वचनको प्रकाशमा आफैंमा चिन्तन गर्न सक्छौं; हामी हाम्रा दैनिक जीवनमा गर्ने गल्तीहरूमा हामी आफैंमा चिन्तन गर्न सक्छौं; अरूले हाम्रा कमजोरी र भ्रष्टताहरू औंल्याइरहनु यति धेरै आफैंमा चिन्तन गर्ने उत्कृष्ट अवसर हो; यसबाहेक, जब हामी हाम्रा वरिपरिकाहरूले गरेका गल्तीहरू देख्छौं, हामी आफैंमा पनि चिन्तन गर्न, उनीहरूको गल्तीलाई चेतावनीको रूपमा लिन, पाठहरू सिक्न र ती कुराहरूबाट फाइदा लिन सक्दछौं इत्यादि। आत्म-चिन्तन दिन वा रातमा सीमित छैन। जुनसुकै बेला र जुनसुकै ठाउँमा पनि, हामी आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गर्न सक्छौं, हाम्रा आफ्नै भ्रष्टताहरूको बारेमा चिन्तन गर्न र जान्न सक्दछौं, र हामी परमेश्‍वरको वचनभित्र उहाँको इच्छा र मागहरू खोज्न सक्छौं, र समयमै पश्चात्ताप गर्न सक्छौं। यद्यपि हामी प्रत्येक रात सुत्न जानु भन्दा पहिले हामीले त्यस दिन गरेका सम्पूर्ण कुराहरूमा चिन्तन गर्नु र निष्कर्ष निकाल्नुपर्दछ, र त्यसपछि हामी हाम्रा अवस्थाहरूको बारेमा स्पष्ट समझ पाउन सक्नेछौं र कुन चीजहरू हामीले अहिलेसम्म सही पाएका छैनौं भनेर जान्न सक्नेछौं। एकचोटि हामीले यो गर्न थालेपछि, हाम्रो खोज धेरै दिशात्मक हुनेछ र परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न बढी फाइदाजनक हुनेछ।

माथिका चार बुँदाहरू हाम्रो लागि परमेश्‍वरको नजिक आउने अभ्यासको मार्ग हुन्। जबसम्म हामी यी बुँदाहरूलाई व्यवहारमा उतार्छौ, तबसम्म परमेश्‍वरसँगको हाम्रो सम्बन्ध घनिष्ठ हुनेछ, हामीले सामना गर्ने विवादहरूको साथमा अभ्यास गर्ने बाटो हुनेछ, र परमेश्‍वरले हामीलाई शान्ति र आनन्द प्रदान गर्नुहुनेछ र हामीलाई उहाँको आशिषमा जिउन सक्षम पार्नुहुनेछ। त्यसोभए, हामी किन अहिले नै सुरू नगर्ने त?

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

आखिरी दिनहरूका चिन्‍हहरू: २०२१ मा महा-रक्ताम्मे चन्द्रमा फेरि देखा पर्ने

सम्पादकको नोट: हालैका वर्षहरूमा, आकाशीय घटना “रक्ताम्मे चन्द्रमा” बारम्‍बार देखा परेको छ। महामारी, भूकम्प, र अनिकालजस्ता विभिन्‍न...

अफवाहहरूलाई पत्याउनु भनेको आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति गुमाउनु हो

धेरै दाजुभाइ-दिदीबहिनीहरू कसैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचारको बारेमा कुरा गरिरहेको सुन्दा ध्यान दिन सक्दैनन्, र...

परमेश्‍वरले किन इसाईहरूलाई कष्ट भोग्न दिनुहुन्छ?

धेरै इसाईहरू अलमल्लमा परेका छन्: परमेश्‍वर प्रेम हुनुहुन्छ र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, त्यसो भए किन उहाँले हामीलाई कष्ट भोग्न दिनुहुन्छ? उत्तर पत्ता लगाउन यो लेख पढ्नुहोस्!