बाँकी वर्षहरूको लागि मेरो निर्णय

25 अप्रिल 2023

बच्‍चा हुँदा, मेरो परिवार निकै गरिब थियो र हामीलाई प्रायजसो गाउँका अरूले हेप्‍ने गर्थे। तिनीहरूको हेपाइको कारण मेरी आमाले आँसु झार्दा मलाई साह्रै नरमाइलो लाग्थ्यो। हामीसँग हैसियत नभएको कारण सबैले हामीलाई हेला गरेर हामीले कहिल्यै अघि बढ्ने मौका नपाएको हो जस्तो लाग्थ्यो। त्यो अवधिमा, मेरा आमाबुबाले मलाई प्राय भन्‍नुहुन्थ्यो, “‘गरिबहरू ठूलो सहरमा पनि एकलै हुन्छन्, तर धनीलाई त पहाडको कुनाकुनामा पनि मान्छे भेट्न आउँछन्,’ त्यसैले ठूलो भएपछि, तैँले नाम कमाउनुपर्छ र परिवारको इज्‍जत राख्‍न तेरा दामलका सबैलाई उछिन्‍नुपर्छ।” मैले यो कुरालाई हृदयदेखि नै स्विकारेँ र हैसियत र अरूको आदर हासिल गर्न कठिन परिश्रम गरेँ।

सन् १९८६ मा, म ठूलो राष्ट्रिय कम्पनीको भर्ती तालिममा सहभागी भएँ। तालिममा मैले मेहनतसाथ अध्ययन गरेँ र लगभग हरमहिना नै ग्रेड र व्यवहार दुवैमा उच्‍च अङ्क प्राप्त गरेँ। तर अचम्‍मको कुरो, मलाई सानो र प्रारम्‍भिक पद प्रदान गरियो, जबकि मैले भन्दा कम अङ्क ल्याउने तर राम्रो खानदानबाट आएकाहरूलाई व्यवस्थापकको पद दिइयो। मैले यो झट्कालाई गम्‍भीर रूपमा लिएँ, र आफूलाई पृथक देखाउनु छ भने, मैले राम्रो प्रस्तुति दिएर मात्रै हुँदैन, मालिकको चापलुसी गर्न पनि सिक्‍नुपर्छ भन्‍ने महसुस गरेँ। त्यसकारण यसपछि, म प्राय मालिकको घर गएर तिनको काममा सघाउँथेँ र तिनी बिरामी भएर अस्पताल भर्ना भएको बेला, म तिनको हर काम गर्न तिनकै छेउ हाजिर हुन्थेँ। मालिकबाट कदर पाउनको लागि, मैले हरप्रकारका पुस्तकहरू किनेँ र मेरो व्यवस्थापकीय सीप सुधार्न मेहनतसाथ अध्ययन गरेँ। केही वर्षसम्‍म परिश्रम गरेपछि, मलाई बल्‍ल उच्‍च व्यवस्थापनमा बढुवा गरियो। कारखानामा, सबै कामदारहरूले शिर निहुराउँदै र झुक्दै मलाई अभिवादन गर्थे, र घर आएपछि, छिमेकीहरू सबै मलाई भेट्न आउँथेँ। यसरी, म गाउँको गण्यमान्य व्यक्ति बनेँ। धेरैभन्दा धेरै मानिसहरू मदत माग्‍न आउँथे र हामीलाई पहिले हेला गर्नेहरूले पनि आफ्‍नो व्यवहार पूरै बदलेका थिए र अहिले मसँग निकै मित्रवत् भएका थिए। अभिमान पलाउँदा, सबैको ध्यान र प्रशंसाको केन्द्रबिन्दु बन्दा साह्रै चित्त बुझ्थ्यो।

सन् १९९८ मा ३५ वर्षको उमेरमा, मलाई कारखाना प्रबन्धकमा बढुवा दिइयो। तर हैसियत र अख्‍तियार पाए पनि, मलाई कताकता असजिलो लाग्यो। मेरो व्यक्तिगत पहुँच धेरै नभएको हुनाले, मैले आफ्‍नो काम राम्ररी गरिनँ भने, अहिलेको आफ्‍नो हैसियत कायम राख्‍न सक्दिनँ होला मलाई चिन्ता लाग्यो। त्यसैले, तरवारको धारमा हिँडेझैँ गरी, मैले मेरो कामलाई चरम सतर्कतासाथ लिएँ, किनकि कुनै गल्ती भयो भने मलाई बर्खास्त गरिनेछ भन्‍न ठूलो डर थियो। हाम्रो व्यापार बढाउन म प्रायजसो हाम्रा ग्राहकहरूसँग खानपान गर्ने गर्थेँ, तिनीहरूलाई पिउन र डान्स बारमा लैजान्थेँ। कतिपय व्यवस्थापकहरूले ग्राहकहरूलाई पैसा र वेश्‍यहरू पनि मिलाइदिने गरेका रहेछन्। मलाई यसरी व्यापार गरेको मन पर्दैनथ्यो, तर मैले मेरा विकल्‍पहरबारे धेरैपटक मनन गरेपछि, म परिस्थितिको वास्तविकताप्रति झुक्‍न बाध्य भएँ। त्यो अवधिमा, मलाई चिन्ता लाग्थ्यो र सुत्‍न सक्दिनथेँ। कामको तनाव र आफ्‍नै चिन्ताको कारण, मलाई मधुमेह, उच्‍च रक्तचाप, कोलेस्टेरोल बढ्ने र अरू धेरै रोगहरू लाग्यो। पछि, मेरो कम्पनी सरकारीबाट निजी कम्पनीमा परिवर्तन भयो। दुईतीन सय कर्मचारीहरूले कम्पनीको शेयर खरिद गरेर कम्पनी हातमा लिए। तीन वर्षपछि, आम्दानी बढाउन अध्यक्षको योजनाअनुसार हामीले अल्‍पसङ्ख्यक शेयरधनीहरूको शेयर खरिद गर्‍यौँ, र यसरी म र अरू केही प्रमुख शेयरधनीहरू करोडपति बन्यौँ अनि हाम्रो कम्पनी हाम्रो क्षेत्रको कर राजस्वको मुख्य स्रोत बन्यो। मैले प्राय काउन्टी सिटमा महत्त्वपूर्ण बैठकहरूमा सहभागी हुनुपर्थ्यो र टेलिभिजनमा समेत देखिनुपर्थ्यो। मेरो अहम्‌ पहिलेभन्दा निकै तृप्त भएको थियो। बाहिरबाट हेर्दा, म संसारको शिखरमा छु र विशिष्ट जीवनशैली जिइरहेको छु जस्तो देखिन्थ्यो, तर भित्र मलाई खोक्रो र रित्तो महसुस हुन्थ्यो। हरेक रात म ओछ्यानमा पल्टेर मनमनै सोच्थेँ: “यतिका वर्ष, मैले काममा मेरो हृदय र प्राण लगाएको छु अनि हैसियत र प्रतिष्ठा प्राप्त गरेको छु, तर मैले मेरो गौरव र स्वास्थ्य गुमाएँ। के मैले मेरो जीवन यसरी नै जिउनुपर्ने हो? यसरी जीवन जिउनुको के अर्थ छ?”

तर मेरो व्यस्त जीवनले मलाई चिन्तन गर्ने समय दिँदैनथ्यो। म मेरो हैसियत र प्रतिष्ठाले अत्यन्तै बाँधिएको थिएँ र म त्यसरी नै अघि बढिरहन बाध्य थिएँ।

तर अप्रत्याशित रूपमा, म मेरो करियरको शिखरमा पुग्‍न लागेको बेला, मेरो व्यवस्थापकीय गल्तीको कारण हाम्रो एउटा उत्पादनको गुणस्तरमा ठूलो समस्या आयो, जसले गर्दा कम्पनीलाई करोडौँको घाटा भयो। त्यो बेला, मलाई साह्रै नरमाइलो लाग्यो। त्यो कम्पनीमा बिताएको त्यतिका वर्षमा मैले लगभग हरसाल निरन्तर सुधार ल्याउँदै आएको थिएँ, तर विगत छ महिनासम्‍म मरिहत्ते गरेर काम गर्दा पनि, मैले अन्ततः आफ्‍नो प्रतिष्ठा बरबाद गर्न पुगेँ। मलाई म सबभन्दा उच्‍च स्थानबाट सबभन्दा गहिरो स्थानमा झरेको अनुभव भयो। पीडा र वेदनामा परेको बेला, केही ब्रदर-सिस्टरहरू मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनाउन आए। परमेश्‍वरको वचनले यसो भनेको रहेछ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। यो पढेपछि, मलाई के थाहा भयो भने जीवनमा हाम्रो भाग्य सबै परमेश्‍वरकै हातमा हुन्छ। हाम्रो करियरमा हामी सफल हुन्छौँ कि हुँदैनौँ त्यसलाई हामी नियन्त्रण गर्न सक्दैनौँ। यसबारे सोच्दा, मलाई यो साँचो हो भन्‍ने थाहा भयो। मैले सुरुमा त आफ्‍नै प्रयासहरूद्वारा मेरो करियर अघि बढाउने उद्देश्य बनाएको थिएँ, तर म नराम्ररी असफल भएँ। यसले मलाई हाम्रो भाग्य हाम्रो नियन्त्रणमा हुँदैन भन्‍ने देखायो। मलाई यी वचनहरू साँच्‍चै नै व्यावहारिक र सही छन् भन्‍ने लाग्यो। केही समयसम्‍म सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, यो परमेश्‍वरको काम हो भनेर म निश्‍चित भएँ र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्विकारेँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेटेँ: “सबै राज्यहरू, सबै देशहरू, र सबै उद्योगहरूले पनि परमेश्‍वरको आवाज सुनून्, परमेश्‍वरको कामलाई हेरून् र मानवजातिको नियतिमा ध्यान देऊन्; परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा आदरणीय, सर्वोच्‍च, मानवजातिका बीचमा आराधनाका एकमात्र व्यक्ति, र सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिषमुनि बाँच्ने बनाऊन्, जसरी, अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञामा रहे, र जसरी परमेश्‍वरले पहिले सृष्‍टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा रहे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। परमेश्‍वरको वचनले मलाई गहन प्रभाव पार्‍यो। मैले मेरो जीवनको आधा भाग सफल हुन सङ्घर्ष गर्दै बिताएको थिएँ र मेरो उद्देश्य मेरा साथीहरूको तुलनामा सफल भइरहेको भए पनि, मैले नाम कमाएको अनि मेरा इच्‍छाहरू पूरा भइरहेको भए पनि, भित्र मलाई खोक्रो र पीडा महसुस हुन्थ्यो। अनि थाहा पाएँ, सत्यता खोज्न र उहाँको आराधना गर्न परमेश्‍वरको अघि आउनु मात्रै सही मार्ग रैछ र यसबाट मात्रै परमेश्‍वरको आशिष्‌ प्राप्त हुँदो रैछ। मैले परमेश्‍वरसँग शपथ खाएर भविष्यमा विश्‍वासको अभ्यास गर्छु र परमेश्‍वरलाई पछ्याउन सक्दो गर्छु भनेँ।

दुई महिनापछि, म मेरो मण्डलीको समूह अगुवा बनेँ र समूह भेलाहरू आयोजना गर्ने इन्‍चार्ज बनेँ। म निकै उत्साहित थिएँ र परमेश्‍वरको इच्‍छाको ख्याल गर्न र कर्तव्य निभाउन तयार छु जस्तो लाग्यो। हामी भेलास्थल मैले काम गर्ने ठाउँको नजिकै भएकोले, भेलाहरूमा जाँदा म प्रायजसो मेरा सहकर्मीहरू भेट्थेँ। समय बित्दै जाँदा, मलाई डर लाग्‍न थाल्यो। हाकिमले म विश्‍वासी हुँ भन्‍ने थाहा पाउँदा, कम्तीमा मलाई आलोचना गरिने थियो र मैले इज्‍जत गुमाउने थिएँ, र अवस्था खराब भए, मलाई कम्पनीबाटै निकालिने थियो। त्यसपछि मैले आफ्‍नो आधा जीवन लगाएर कमाएको प्रतिष्ठा र हैसियत गुमाउने थिएँ। तर त्यसपछि सोचेँ, “परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले केही सत्यता बुझेको छु, धेरै दुष्कर्महरू गर्नबाट बचेको छु। परमेश्‍वरमा विश्‍वास गर्नु, सत्यता खोजी गर्नु र आफ्‍नो कर्तव्य निभाउनु नै सही मार्ग र जीवनको सबभन्दा बहुमूल्य र अर्थपूर्ण कुरा हो भन्‍नेमा म पूर्ण विश्‍वस्त छु, त्यसैले जेसुकै भए पनि, म यो मार्ग छोड्न सक्दिनँ।” त्यसपछि, मैले बाधित महसुस गर्न छोडेँ र भेला हुने र कर्तव्य निभाउने कार्यलाई जारी राखेँ। मैले अनुमान गरेझैँ, केही समयपछि हाकिमले म परमेश्‍वरलाई विश्‍वास गर्छु र भेलाहरूमा जाने गरेको छु भन्‍ने थाहा पाए। एक दिन, म हाम्रो कम्पनीको भेलामा आइनँ, त्यसैले अध्यक्षले मलाई खोज्‍न मान्छे पठाए, र तिनीहरूले भेला हुने ठाउँ कहाँ हो भनेरसमेत अरूलाई सोधे। अर्कोपटक, म भेलामा गइरहेको थिएँ र अध्यक्षले थाहा पाएर जानीजानी सबै मध्य तहका व्यवस्थापकहरूको बैठक बोलाए र म बाहिर जान नसकूँ भनेर तिनी मेरै छेउमा बसे। यो परिस्थिति मेरो लागि निकै कठिन थियो र हरेकपटक भेलामा सहभागी हुँदा मलाई बन्धनमा परेको अनुभव हुन्थ्यो। त्यो अवधिमा, मलाई साँच्‍च निस्सासिएको महसुस हुन्थ्यो र मेरो वर्तमान स्थितिले मलाई परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निभाउनबाट रोकिरहेको महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई मार्गदर्शन माग्दै प्रार्थना गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डमा यस्तो लेखिएको देखेँ: “तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरको वचनबाट मैले थाहा पाएँ, विश्‍वासीहरूका रूपमा हामीले हाम्रो जीवनमा जे-जस्ता परिस्थितिहरू सामना गरे पनि, हामीले सधैँ परमेश्‍वरप्रति भक्ति र आज्ञापालन अभ्यास गर्नुपर्छ र उहाँको गवाही दिनुपर्छ। त्यो बेला, मैले विश्‍वास गरेको दुई वर्ष भएको थियो, र मैले बाहिरी रूपमा कर्तव्य निभाए पनि, म मेरो जागिरको बन्धनमा थिएँ र मलाई सधैँ जागिरबाट निकालिन्छ र मैले हैसियत गुमाउँछु भन्‍ने चिन्ता लाग्थ्यो, त्यसैले म एकाग्र भएर आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनथेँ, र कहिलेकहीँ त मेरो जागिरले गर्दा मेरो भेला र कर्तव्यमा समेत असर हुन्थ्यो। मेरो गवाही कहाँ थियो र? पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड याद गरेँ। “परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरीकन, तिनले सजाय र न्यायका साथै शोधन, संकष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेम बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य पूरा भएको अवस्था थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। विश्‍वासमा, पत्रुस परमेश्‍वरमा समर्पित हुन र उहाँलाई प्रेम गर्न खोज्थे। प्रभु येशूले तिनलाई बोलाउनुहुँदा, तिनले तुरुन्तै माछा मार्ने डुङ्गा छोडेर उहाँलाई पछ्याए, र तिनले परीक्षा र कठिनाइहरू सामना गर्दा पनि, परमेश्‍वरको इच्‍छा सन्तुष्ट पार्ने प्रयास गरे। अन्तिममा तिनलाई उँधोमुन्टो क्रूसमा टाँगियो र तिनले परमेश्‍वरको सर्वोच्‍च प्रेम र मृत्युसम्‍मैको आज्ञापालन हासिल गरे, यसरी तिनले परमेश्‍वरको लागि सानदार र गुञ्‍जायमान गवाही दिए, अनि मूल्य र अर्थले भरिपूर्ण जीवन जिए। मैले विश्‍वास अभ्यास गर्ने र परमेश्‍वरलाई पछ्याउने निर्णय गरेकोले, मैले परमेश्‍वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने प्रयास गर्दै पत्रुसको अनुकरण गर्नुपर्थ्यो—यो मात्रै सही निर्णय हुने थियो। मैले मेरो जीवनको आधा भाग घुस र लेनदेन गरेर, पतनमा डुबेर अनि हैसियत र शक्तिको लागि झूट बोलेर कसरी पूर्ण दयनीय जीवन बिताएँ भनेर सोचेँ। त्यसरी, मेरो जवानी त्यतिकै बितेर गयो। परमेश्‍वरले मलाई बल्‍ल सही मार्गमा डोर्‍याउनुभएको भए पनि, म अझै पनि कामको बन्धनमा थिएँ र विश्‍वास अभ्यास गर्ने र कर्तव्य पूरा गर्ने कार्यमा ध्यान दिन सकिनँ। यसरी नै म अघि बढिरहेको भए, के मेरो जीवनमा साँच्‍चै प्रगति हुने थियो त? विशेष गरी मैले परमेश्‍वरका यी वचनहरूबारे विचार गरेँ: “समयले कसैलाई पर्खँदैन!(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०)। मलाई आतुरीबोध भयो। यस पृथ्वीमा बिताएको ५० वर्षपछि मलाई परमेश्‍वरको आखिरी दिनहरूको उद्धारक अनुग्रह स्विकार्ने, सत्यता खोजी गर्ने र परमेश्‍वरको मुक्ति पाउने मौका दिइएको छ भन्‍ने सोच्दा, यो सबै परमेश्‍वरको दयाको कारण आएको हो भन्‍ने महसुस भयो। म आफ्‍नो विश्‍वासमा यति लापरवाही हुन छोड्नुपर्थ्यो। त्यसपछि, मैले जागिर छोड्नेबारे सोचेँ ताकि मैले सत्यता खोजी गर्न र कर्तव्य पूरा गर्नमा आफ्‍नो सारा समय र शक्ति लगाउन सकूँ।

तर त्यसपछि मलाई के लाग्यो भने, मैले मेरो जीवनको आधा भाग मेहनत गरेर बिताएपछि बल्‍ल एक प्रमुख शेयरधनी बनेको थिएँ जसको मूल्य करोडौँ थियो र मलाई आदर गर्ने मानिसहरू अनगिन्ती थिए। तर मैले आफ्‍नो जागिर गुमाएँ भने, म साधारण व्यक्ति हुनेछु, त्यसपछि त मलाई कसले राम्रो गर्नेछ र? मेरा इष्टमित्र र आफन्तहरू, हाकिम र सहकर्मीहरू सबैले मलाई हेला गर्नेछन् र मलाई मूर्ख ठान्‍नेछन्। त्यसपछि त मैले कसरी शिर ठाडो पार्न सक्छु र? यसबारेमा सोच्‍नेबित्तिकै, मलाई दोधार भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र जागिरका बन्धन र बाधाहरू तोड्न मलाई शक्ति दिनुहोस् भनी अनुरोध गरेँ। खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरको वचनबाट थाहा पाएँ कि मैले जागिर छोड्न र कर्तव्यमा शक्ति लगाउन नसक्‍नुको कारण त मैले ख्याति र सम्पत्ति मानिसहरूलाई बन्धन र नियन्त्रणमा पार्न शैतानले प्रयोग गर्ने साङ्लाहरू हुन् भनेर नबुझ्नु पो रहेछ—यसले नै मलाई पासो थापेको रहेछ। शैतानले मलाई छल्न र भ्रष्ट तुल्याउन ख्याति र सम्पत्ति प्रयोग गरेको रहेछ, जसले गर्दा मैले यसको पछि लागेर परमेश्‍वरबाट टाढा गई उहाँलाई धोका दिएको रहेछु। म सानै छँदादेखि मेरो परिवार गरिबीमा जिउने गरेको र अरूले दुर्व्यवहार गर्ने र हेप्‍ने गरेको हुनाले, साथै ममा “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” जस्ता शैतानी दर्शनहरूको विष पसेको हुनाले मैले यी विचारहरूलाई सर्वोत्कृष्ट सत्यताको रूपमा लिएको थिएँ र म विशिष्ट व्यक्तिको जीवन जिउनेछु भनेर शपथ खाएको थिएँ। यही उद्देश्यहेतु, मैले आफ्‍नो घमण्ड त्यागेँ र हाकिमको अघि झुकेँ र लुरुक्‍क परेँ। अनि मैले हैसियत प्राप्त गरेपछि, अरूले मेरो विरुद्ध षड्यन्त्र गर्छन् भनेर मलाई निरन्तर चिन्ता लागिरहन्थ्यो, त्यसैले मैले आफ्‍नो हैसियत दह्रिलो बनाउन विवेकविरुद्ध काम गर्दै पैसा र वेश्‍याहरूद्वारा ग्राहकहरू रिझाउन खोजेँ। हरदिन मलाई डर लाग्थ्यो, तनाव हुन्थ्यो, र मैले गरेको सबै कुरा प्रकट हुनेछन् भनेर सातो जान्थ्यो। अझै उच्‍च हैसियत कायम राख्‍न मैले परिश्रमसाथ हाम्रो उद्यम निर्माण गरेँ, तर यो बहावविरुद्ध पौडी खेल्‍नुजस्तै थियो—कहिल्यै आरामको क्षण हुँदैनथ्यो, र म अन्तिममा थकित भएर रोगी भएँ। मसँग कुनै हैसियत र शक्ति नहुँदा, म यी कुराहरू जुनसुकै माध्यमद्वारा प्राप्त गर्न लागिपरेको थिएँ, तर आफूले चाहेको कुरा प्राप्त गरेपछि, म दिनभरि खान र पिउनमै अल्झिरहेको हुन्थेँ र मसँग सांसारिक प्रचलन पछ्याउनेबाहेक कुनै विकल्‍प थिएन, जसले गर्दा म मानवसमेत होइन जस्तो लाग्थ्यो। मलाई अलिकति पनि शान्ति वा स्थिरता आभास हुँदैनथ्यो, र हरदिन तानातानमा बित्थ्यो र म वेदनापूर्ण र थकाइलाग्दो जीवन जिउँथेँ! शैतानले मलाई यातना दिन ख्याति र सम्पत्ति प्रयोग गरिरहेको थियो। प्रसिद्ध र धनी मानिसहरूसँग सम्पत्ति र प्रतिष्ठा भए पनि र करियरमा तिनीहरू सफल भए पनि, तिनीहरूमध्ये कतिले अझै पनि लागूऔषध प्रयोग गर्छन्, आत्महत्या गर्छन् वा जेल सजाय पाउँछन् भन्‍नेबारेमा पनि सोचेँ। ख्याति र सम्पत्तिले तिनीहरूलाई क्षणिक प्रतिष्ठा दिए पनि, यसले तिनीहरूको मन र शरीरमा खोक्रोपन र कष्ट मात्रै ल्याएको हुन्छ। त्यसपछि मात्रै महसुस भयो कि शैतानले हामीमा घुसाइदिएको ख्याति र सम्पत्तिको पछि लाग्‍ने इच्‍छा त नकारात्मक कुरा रहेछ—यो शैतानले मानिसहरूलाई खेलबाड र हानि गर्ने तरिका रहेछ र यसले भ्रष्टता र नोक्‍सानी मात्रै ल्याउँदो रहेछ। यसले मानिसहरूको मानवता झन्झन् खोसेर लिने, अनि तिनीहरूलाई राक्षस बनाउने रहेछ। परमेश्‍वरको वचनको भरणपोषण र मलजल प्राप्त गरेपछि, मैले सत्यता खोजी गरेर, परमेश्‍वरको आदर गरेर, दुष्टताबाट अलग बसेर अनि सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गरेर मात्रै अर्थपूर्ण र बहुमूल्य जीवन जिउन सक्छु भन्‍ने थाहा पाएँ। मैले पासोमा परेर ख्याति र सम्पत्ति पछ्याउन मेरो जीवनको अझ धेरै भाग त्याग्‍नु हुँदैनथ्यो। ख्याति र प्रतिष्ठाका बन्धनहरू तोड्न मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो, र सत्यता खोजी गर्दै अर्थपूर्ण जीवन जिउनुपर्थ्यो। यो महसुस गरेपछि, मैले जागिर छोड्ने निर्णय गरेँ।

कम्पनीमा मेरो भूमिका महत्त्वपूर्ण भएको हुनाले, मैले सीधै राजीनामा गर्ने प्रयास गरेँ भने अध्यक्षले स्विकार्दैनन् भन्‍ने मलाई थाहा थियो। त्यसलै मैले अध्यक्षसँग लामो बिरामी बिदा लिने निर्णय गरेँ। तर तिनले मेरो मनसाय बुझेको हुनुपर्छ त्यसैले तिनले भने, “म यसमा हस्ताक्षर गर्दिनँ। मैले तपाईंलाई बिरामी बिदा दिएँ भने, बिदा सकिएपछि तपाईंले राजीनामा दिनुहुनेछ।” यो सुनेपछि मलाई के गर्ने, गर्ने भयो। यदि अध्यक्षले मलाई राजीनामा दिन दिएनन् र मैले जबरजस्ती गरेँ भने, के मैले तिनलाई चिढ्याउनेछैनँ र? मेरो इक्‍विटी क्यापिटल अझै कम्पनीमा लगानीको रूपमा रहेको थियो, त्यसैले तिनले मलाई समस्यामा पारे र मेरो लगानीको पैसा दाबी गर्न दिएनन् भने के गर्ने? त्यो अवधिमा, कामबाट राजीनामा दिने कुरा मेरो लागि दिग्दारिलो समस्या बन्यो र के गर्ने भनेर मलाई साँच्‍चै थाहा थिएन। त्यसैले मैले निरन्तर परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँको अगुवाइ मागेँ।

एक दिन, मलाई परमेश्‍वरको वचनको एउटा खण्ड अचानक याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “जब अब्राहामले आफ्नो छोरोलाई मार्न हात बढाएर हतियार उठाए, के परमेश्‍वरले तिनका कार्यहरू देख्‍नुभयो? उहाँले देख्‍नुभयो। परमेश्‍वरले अब्राहामलाई तिनको छोराको बलि चढाउनू भन्‍नुभएदेखि अब्राहामले इसहाकलाई बलि चढाउन हतियार उठाएको सम्पूर्ण प्रक्रियाले सुरुदेखि नै परमेश्‍वरलाई अब्राहामको हृदय कस्तो छ भन्‍ने देखायो, र तिनको पहिलेको मूर्खता, अज्ञानता र परमेश्‍वरको बारेमा गलत बुझाइको बाबजुद पनि, त्यसबेला अब्राहामको हृदय परमेश्‍वरप्रति साँचो र इमानदार थियो, र तिनले परमेश्‍वरबाट पाएको आफ्नो छोरा इसहाकलाई फेरि साँच्‍चै नै परमेश्‍वरलाई नै फिर्ता दिन लागेका थिए। परमेश्‍वरले तिनमा आज्ञापालन देख्‍नुभयो, त्यस्तो आज्ञापालन जुन उहाँ चाहनुहुन्थ्यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। अब्राहामको अनुभव मेरो लागि अत्यन्तै प्रेरणादायी थियो। परमेश्‍वरले मान्छेको इमानदारिता र आज्ञापालन चाहनुहुन्छ भन्‍ने मैले थाहा पाएँ। परमेश्‍वरले अब्राहामलाई तिनको एकमात्र छोरा इसहाकलाई बलि दिन आदेश दिनुहुँदा, अब्राहामले उहाँलाई सन्तुष्ट पार्न पीडा सहन र आफ्‍नो प्रियजनलाई त्याग्‍न सके। यसबाट, परमेश्‍वरले अब्राहामको हृदय उहाँप्रति साँचो छ भन्‍ने देख्‍नुभयो। त्यसपछि मैले आफ्‍नो व्यवहारबारे मनन गरेँ। मैले मेरो विश्‍वास मेरो जीवनको सबभन्दा ठूलो भाग बनाउने चाहना गर्दै र पर्याप्त रूपमा आफ्‍नो कर्तव्य निभाउन सकूँ भन्दै राजीनामा दिने इच्‍छा गरेँ भनेर दाबी गरे पनि, यो सब गफ थियो र मैले साँचो रूपमा आफ्‍नो हृदय समर्पित गरेको थिइनँ। मैले जिद्दी गर्दै राजीनामा दिएमा अध्यक्षलाई चिढ्याउनेछु र मेरो लगानी फिर्ता पाउनेछैनँ भनेर चिन्ता गरेँ। मैले आफ्‍नै हितहरूबारे मात्रै फिक्री गरेँ। अब्राहामले आफ्‍नो एकमात्र छोरालाई परमेश्‍वरमा अर्पित गरे, र मैले त मेरो जागिर मात्रै छोड्नुपर्ने थियो, तर मैले त्यसो गर्न सकिनँ। परमेश्‍वरको लागि ममा साँचो हृदय थिएन—के मैले उहाँलाई धोका दिइरहेको थिइनँ र? यो सब महसुस गरेपछि, मलाई अलिक ग्‍लानि भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर! म राजीनामा दिन चाहन्छु, ताकि मैले कर्तव्य पूरा गर्नमा ध्यान दिन सकूँ, तर म यो कुरालाई पूरा गर्नै सक्दिनँ। हे परमेश्‍वर! म अबदेखि तपाईंलाई छल्‍न चाहन्‍नँ। म आफ्‍नो जागिर छोडेर पूरै समय कर्तव्य पूरा गर्न तयार छु।” प्रार्थनापछि, मैले बल्‍ल अध्यक्षसँग मेरो राजीनामाबारे छलफल गर्ने साहस पाएँ। अन्तिममा, तिनले मलाई छ महिनाको मात्र बिदा दिन अनुमति दिए, तर मैले राजीनामा दिने निर्णय गरिसकेको थिएँ।

यसरी, छ महिना बितेर गयो र मैले कम्पनीसँगको मेरो सम्‍बन्धलाई कायम राख्‍न र अन्तिममा मेरो लगानीको पैसा उठाउनको लागि मेरो बिदाको समय बढाउने योजना बनाएँ। तर अध्यक्षले आफू प्रदेश राजधानीको बिक्री कम्पनीमा भएकोले बिदाको समय बढाउन आफै आएर भेट्नू भनेर भने। तैपनि, हाम्रो भेट भएपछि, तिनले मेरो बिदाको कुरै गरेनन् तिनले मलाई कम्पनीको सबै शाखाहरूमा मात्र घुमाए। सबै कार्यलयहरू राम्ररी सजाइएको रहेछ र ती निकै आकर्षक देखिन्थे, सबै जना काममा व्यस्त थिए र सबै विभाग प्रबन्धकहरूले मलाई “निर्देशकज्यू” भनेर सम्‍बोधन गरे। थाहै नपाई, म फेरि परीक्षामा पर्न लागेको रहेछु। मैले सोचेँ: “म छ महिना नआएको भए पनि, यो कम्पनीमा अझै मेरो प्रभाव रहेछ। यो ठूलो कम्पनीमा मेरो शेयर छ र म अझै पनि यो उद्यमको एक नेतृत्वकर्ता हुँ! हाम्रो कम्पनीले विगत दुई वर्षदेखि निकै नाफा कमाइरहेको छ। यदि मैले आफ्‍नो कर्तव्य त्यागेर यहाँ काम गरिरहेँ भने, मैले निकै पैसा कमाउनेछु र सम्पन्‍न जीवन जिउन सक्‍नेछु—मेरा सन्तानहरूले समेत इज्‍जतसाथ जिउन सक्‍नेछन्।” यो सोचेपछि, म झण्डै प्रलोभनमा परेँ। तर मेरो स्थिति गलत छ भन्‍ने मलाई तुरुन्तै महसुस भयो र हतारहतार मैले हृदयमा परमेश्‍वरलाई पुकारेँ। ठीक त्यही बेला, मलाई प्रभु येशूका यी वचनहरू याद आयो: “तिमीहरूले परमेश्‍वर र धनलाई सँगसँगै सेवा गर्न सक्दैनौ(लूका १६:१३)। मलाई बाइबलमा दिइएको एउटा घटनाबारे पनि याद आयो, जसमा शैतानले प्रभु येशूलाई परीक्षा गर्छ: “फेरि, दियाबलसले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू(मत्ती ४:८-१०)। के अध्यक्षले तिनीहरूको सानदार कार्यलय र जीवन्त कार्य वातावरण देखाएर मलाई कम्पनीमा बस्‍नका लागि लोभ्याइरहेका थिएनन् र? के यो सबपछाडि शैतानले चालबाजी गरिरहेको थिएन र? शैतानले मलाई जाँच्‍न र परीक्षामा पार्न हैसियत र सम्पत्ति प्रयोग गर्न खोजिरिरहेको थियो, ताकि मैले परमेश्‍वर र मेरो कर्तव्यलाई त्यागेर त्यसको खेलौना र दुरुपयोगको वस्तु रहिरहूँ। म शैतानको छली षड्यन्त्रमा पर्नु हुँदैनथ्यो।

त्यसपछि, मैले थप तीन महिना बिदा बढाएँ। तीन महिना सकिन लागेको बेला, मैले सोचेँ: “मैले यसरी बिदा बढाइरहनु हुँदैन। यदि म शान्तिसाथ आफ्‍नो कर्तव्य निभाउन यो कम्पनीसँग सम्‍बन्ध तोड्न चाहन्छु भने, मैले मेरो सबै शेयर बेच्‍नुपर्छ, तर शेयर बिक्री गर्नको लागि वर्षमा एक दिन मात्रै अनुमति दिइन्थ्यो। अध्यक्षले मेरो सबै शेयर बेच्‍न दिएनन् भने मैले के गर्ने? अनि तिनीसँग अझै पनि मेरो १५ लाखको इक्‍विटी क्यापिटल छ, यदि तिनले ती फिर्ता दिएनन् भने, मसँग सुक्‍को हुनेछैन। मैले त्यो पूँजी मेरो जवानीको रगत, पसिना र आँसु बगाएर कमाएको हुँ!” त्यति बेला, म यस विषयमा दिनभरि चिन्ता गर्थेँ र यति व्याकुल हुन्थेँ कि म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नै सक्दिनथेँ। त्यसैले मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ र यो बोझबाट मलाई मुक्त गर्न बाटो खोलिदिनुहोस् भनी बिन्ती गरेँ।

पछि, मैले मेरो शेयर बेच्‍नेबारेमा छलफल गर्न अध्यक्षलाई भेटेँ, तर तिनले मलाई निस्कन दिएनन्। तिनले यसो भन्दै मलाई अप्ठ्यारोमा पारे, “तपाईं यो कम्पनी छोड्न चाहनुहुन्छ भने, तपाईंले आफ्‍ना केही शेयर माया मार्नुपर्छ।” तर मैले करोडौँ माया मार्न सक्दिनथेँ किनभने त्यो रकमको लागि मैले धेरै परिश्रम गरेको थिएँ! त्यो बेला, मलाई शैतानले फेरि पनि परीक्षा गर्न खोजिरहेको छ भन्‍ने थाहा भयो। मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अय्यूबले आफ्नो हृदयमा यो विश्‍वास गरेका थिए कि तिनीसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको थियो र ती तिनको आफ्नै परिश्रमका फल थिएनन्। त्यसैले तिनले ती आशिष्‌हरूलाई फाइदा उठाउनुपर्ने पूँजीको रूपमा लिएनन्, बरु यसको सट्टा तिनले सम्पूर्ण शक्ति लगाई आफ्नो जिउने सिद्धान्तलाई त्यही मार्गमा आधारित गरे जुन मार्गलाई तिनले पालन गर्नुपर्थ्यो। तिनले परमेश्‍वरका आशिष्‌हरूको कदर गरे अनि तिनका लागि उहाँलाई धन्यवाद दिए, तर तिनी आशिष्‌हरूद्वारा मोहित भएनन्, न त तिनले ती अझै बढी प्राप्त गर्न नै प्रयास गरे। सम्पत्तिप्रति तिनको मनोवृत्ति यस्तै थियो। तिनले न त आशिष् प्राप्त गर्नका लागि केही गरे, न त परमेश्‍वरका आशिष्‌हरूको कमी हुन्छ वा ती गुमाउनुपर्छ भनेर नै चिन्ता वा लोभ नै गरे; तिनी न त परमेश्‍वरका आशिष्‌हरूको कारण उग्र रूपमा उत्तेजित हुँदै खुसी भए, न त बारम्बार आशिष्‌ पाएको कारण तिनले परमेश्‍वरको मार्गलाई बेवास्ता गर्ने वा परमेश्‍वरको अनुग्रहलाई बिर्सने कार्य नै गरे। आफ्‍नो सम्पत्तिप्रति अय्यूबले देखाएको मनोवृत्तिले मानिसहरूसामु तिनको वास्तविक मानवता प्रकट गर्छ: पहिलो कुरा, अय्यूब लोभी थिएनन्, र आफ्नो भौतिक जीवनमा तिनले अपेक्षाहरू गर्दैनथिए। दोस्रो कुरा, अय्यूबले कहिल्यै पनि आफूसँग भएका सबै थोक परमेश्‍वरले खोस्‍नुहुनेछ भनी चिन्ता वा डर मानेनन्, जुन तिनको हृदयमा भएको परमेश्‍वरप्रतिको आज्ञाकारिताको मनोवृत्ति थियो; अर्थात्, परमेश्‍वरले कहिले खोस्‍नुहुन्छ, वा उहाँले खोस्‍नुहुन्छ कि हुन्‍न भन्‍नेबारेमा कहिल्यै कुनै अपेक्षा वा गुनासो गरेनन्, र त्यसो गर्नुको कारण पनि सोधेनन्, केवल परमेश्‍वरको बन्दोबस्तहरू मात्र पालन गर्न खोजे। तेस्रो कुरा, तिनले आफ्नो सम्पत्ति आफ्नै परिश्रमबाट आएको हो भनी कहिल्यै विश्‍वास गर्दैनथे, बरु परमेश्‍वरले दिनुभएको हो भन्‍ने ठान्थे। परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास यस्तै थियो र यो तिनको दृढ निश्‍चयताको सङ्केत हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने अय्यूबसँग धेरै सम्पत्ति भएको भए पनि, तिनले यसलाई प्यारो ठानेनन्। बरु, तिनले परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने कार्यलाई महत्त्व दिए। त्यसकारण, तिनले आफ्‍नो सबै सम्पत्ति र जग्‍गाजमिन गुमाउँदा पनि परमेश्‍वरको बढाइ र प्रशंसा गर्न सके। अय्यूबको घटना मलाई निकै प्रेरणादायी लाग्यो। मैले पनि अय्यूबको अनुकरण गर्दै सम्पत्तिमा अल्झिन छोडेर परमेश्‍वरलाई सन्तुष्ट पार्ने निर्णय गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले मन बनाइसकेपछि, २ लाख युआन मूल्य बराबरको शेयर छोड्न राजी भएँ तर अध्यक्षले यो पर्याप्त छैन भन्‍ने सोचेर थप शेयर त्याग्‍न दबाब दिए। त्यति धेरै रकम छोड्‍न मनले मानेन, त्यसकारण मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ। ठीक त्यही बेला, शैतानले मलाई बन्धन र नियन्त्रणमा पार्न पैसा प्रयोग गरिरहेको छ भन्‍ने महसुस भयो। मैले आफ्‍नो सम्पत्ति त्याग्‍न नसकेको कारण शैतानको परीक्षामा गल्नु हुँदैनथ्यो बरु गवाहीमा दह्रिलो गरी खडा भएर शैतानलाई लज्‍जित पार्नुपर्थ्यो। त्यसपछि, मैले ५ लाख युआन बराबरको शेयर छोडेपछि मात्रै तिनले मलाई कम्पनीबाट जान दिए। त्यहाँदेखि बल्‍ल मैले विश्‍वास अभ्यास गर्न र कर्तव्य निभाउनमा ध्यान केन्द्रित गर्न सकेँ।

पछि, प्रदेश समितिको सचिवलाई भ्रष्टाचार र घुसको आरोपमा जेल हालियो र कारावासको तनावको कारण तिनी बौलाए भन्‍ने मैले सुनेँ। मैले मनमनै सोचेँ: “ख्याति र सम्पत्तिमा लागिपर्नुको कठोर परिणाम यही हो।” मैले पनि कसरी उपहारहरू दिने, घुस लेनदेन गर्ने गर्थेँ, र हैसियत पाउनका लागि पतीतपन र भ्रष्टतामा डुबेको थिएँ, त्यसबारेमा सोचेँ। मैले कम्पनी नछोडेको भए, अन्तिममा मेरो अवस्था पनि त्यस्तै हुन सक्थ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई ख्याति र सम्पत्तिका बन्धनहरूबाट मुक्त गरे र मलाई शैतानको परीक्षाबाट टाढा राखे। मैले मेरो हृदयको अन्तस्करणबाटै परमेश्‍वरलाई उहाँको अनुग्रह र सुरक्षाको लागि धन्यवाद दिएँ।

आजभोलि म निरन्तर आफ्‍नो कर्तव्य पूरा गरिरहेको हुन्छु, र प्रायजसो मेरा ब्रदर-सिस्टरहरूसँग भेला भएर परमेश्‍वरका वचनहरू सङ्गति गर्छु। मैले धेरै सत्यता बुझेको छु र धेरै सांसारिक कुराहरूबारे अन्तर्दृष्टि पाएको छु। मलाई प्रायजसो परमेश्‍वरका यी वचनहरू याद आउँछन्: “मानिसहरूको सम्पूर्ण जीवन परमेश्‍वरकै हातमा छ, र यदि तिनीहरूले परमेश्‍वरको अघि संकल्प नलिएका भए, मानिसको यो रित्तो संसारमा को व्यर्थमा जिउन इच्‍छुक हुनेथियो र? किन झमेला मोल्‍ने? यदि तिनीहरूले परमेश्‍वरको लागि केही पनि गर्दैनन् भने, संसारमा हतार-हतार आउनेजाने गरेर, के तिनीहरूको सम्पूर्ण जीवन नै खेर गएको हुनेछैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३९)। वास्तवमै, जीवन छोटो छ। मैले मेरो आधा जीवन शैतानको अधीनमा जिएँ। मैले ख्याति र सम्पत्ति खोजी गरेँ, र अरूभन्दा माथि उठ्ने प्रयास गरेँ। शैतानले मलाई खेलायो र मेरो दुरुपयोग गर्‍यो, र मैले खोक्रो, दयनीय, र अर्थहीन जीवन जिएँ। परमेश्‍वरको कृपा र अनुग्रहले मात्रै मैले उहाँका आखिरी दिनहरूको मुक्ति प्राप्त गरेँ, र आफूलाई उहाँमा अर्पित गरेर सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउने मौका पाएँ। परमेश्‍वर नहुनुभएको भए, मैले मेरो सारा जीवन खेर फाल्‍ने थिएँ। मण्डलीमा कर्तव्य निभाउने क्रममा, मैले कुनै बेला पाएको हैसियत र सम्पत्ति मसँग नहोला, तर म स्वतन्त्र, उन्मुक्त जीवन जिउन सक्छु र मेरो विवेकले सहजता पाएको छ। मलाई म अलिकति भए पनि मानव रूपमा बाँचेको छु जस्तो लाग्छ। यो सब परमेश्‍वरले मलाई सही मार्गमा डोर्‍याउनुभएकोले गर्दा हो। परमेश्‍वरलाई उहाँको प्रेम र कृपाको लागि धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले कसरी सुरक्षित जागिर छोडेँ

मेरो जन्‍म गरिब र दुर्गम गाउँको परिवारमा भएको थियो। बालक हुँदा समेत, मेरो बुबाले मलाई धेरै मेहनत गरेर पढ्नू, यसरी मैले भविष्यमा राम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्