मैले कसरी सुरक्षित जागिर छोडेँ

27 फेब्रुअरी 2023

मेरो जन्‍म गरिब र दुर्गम गाउँको परिवारमा भएको थियो। बालक हुँदा समेत, मेरो बुबाले मलाई धेरै मेहनत गरेर पढ्नू, यसरी मैले भविष्यमा राम्रो स्कूलमा भर्ना भएर सम्‍पन्‍न जीवन प्राप्त गर्न सक्छु भनेर भन्‍नुहुन्थ्यो। तर आशा गरेजस्तो भएन। म हाइस्कूलको प्रवेश परीक्षामा तीन वर्ष लगातार असफल भएँ। यसले गर्दा मलाई मेरो भविष्यको मार्गको बारेमा अन्योल भयो, र मैले आत्मविश्‍वास गुमाएँ। त्यो बेला म अत्यन्तै धेरै दबाबमा थिएँ, र मलाई निकै पीडा हुन्थ्यो। चौथो वर्षमा मैले बल्‍ल रेलवे इन्जिनियरिङ स्कूलमा प्रवेश पाएँ, र दीक्षान्तपछि, मैले रेलवे ब्यूरो अफिसमा सुरक्षित जागिर पाएँ।

१९९९ को मार्चमा, मेरी श्रीमती र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्‍यौँ। पछि, मैले सक्रिय भएर आफ्‍नो कर्तव्य पूरा गर्न र मण्डली जीवनमा सहभागिता जनाउन थालेँ, र छ महिनापछि, मलाई मण्डली अगुवाइ गर्न छनौट गरियो। तर अगुवा बनेपछि, मैले भेलाहरूमा सहभागी हुन र आफ्‍नो कर्तव्य पूरा गर्नमा नै धेरै समय बिताउन थालेँ, र मेरो जागिरको समयसँग सेवाका समय बाझिन थाल्यो। भेलाहरू नछुटाउनको लागि, मैले महिनामा धेरै पटक बिदा लिनुपर्थ्यो। तलब घट्ने बाहेक, मैले महिनाको अन्तिममा पाउने बोनस पनि गुमाउँथेँ। मेरो हाकिमले बेखुशी हुँदै भने, “तपाईंले यो काम भर्खर सुरु गर्नुभएको हो, त्यसकारण तपाईंले यो काम राम्ररी गर्नुपर्छ। यदि तपाईंले सधैँ बिदा मागिरहनुभयो भने, तपाईंले आफ्‍नो धेरै तलब, र बोनस गुमाउनुहुनेछ, के यो मूर्खता होइन? मैले तपाईंलाई राम्रो हेरचाह गरेको छु, तर तपाईंले सधैँ बिदा माग्‍नुभयो भने, तपाईंलाई बढुवा दिन गाह्रो हुनेछ।” पछि, मैले फेरि बिदा माग्दा, मलाई धेरै दोधार भयो। मैले सोचेँ, “मेरो हाकिमले मसँग कति राम्रो व्यवहार गर्छ। यदि मैले सधैँ बिदा मागेँ र तिनीप्रति नराम्रो प्रभाव प्रस्तुत गरेँ भने, बढुवा हुन गाह्रो हुनेछ। अबदेखि मैले बिदा लिनु हुँदैन, नत्र मेरो हाकिम मदेखि बेखुशी हुनेछ।” तर त्यसपछि मलाई के याद आयो भने, मण्डली अगुवा भएको हुनाले, म भेलाहरूमा गाइनँ भने, मलाई मण्डलीको काम र मेरा ब्रदर-सिस्टरहरूको स्थितिको बारेमा त्यति धेरै थाहा हुँदैन, र मैले मण्डलीको काम राम्ररी गर्न सक्दिनँ। त्यसकारण मलाई के गर्ने, के गर्ने भयो। त्यसपछि, मैले धेरै पटक बिदा नलिई काम गर्ने निर्णय गरेँ, तर मलाई यसको बारेमा धेरै ग्‍लानि भयो।

एक पटक, मेरो माथिल्‍लो स्तरको अगुवाले मलाई सेवकहरूको भेलाको बारेमा जानकारी दिए, र मैले फेरि आफूसँग संघर्ष गर्न थालेँ, त्यसकारण मैले परमेश्‍वरको इच्‍छाको खोजी गर्न उहाँलाई प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्त्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्ने देखाउँछ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, बाहिरबाट हेर्दा, हामीले हरेक दिन मानिसहरूसँग अन्तरक्रिया गरिरहेका हुन्छौँ, तर यसको पछाडि परमेश्‍वरसँग शैतानको बाजी हुन्छ, र हामी हाम्रो गवाहीमा दह्रिलो गरी खडा हुनुपर्छ। जब अय्यूबको जीवनमा परीक्षाहरू आइपरे, तब तिनले रातारात आफ्‍नो सम्पत्ति गुमाए, र बाहिरबाट हेर्दा डाँकुहरूले तिनको सम्पत्ति लुटिरहेका थिए, तर यसको पछाडि शैतानको परीक्षा थियो, र जब अय्यूब आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा भए, तब शैतान लाजले पछि हटे। मेरो कामको समय र भेलाको समय बाझिनु वास्तवमा आत्मिक युद्ध थियो। बाहिरबाट हेर्दा, मेरो हाकिमले मेरो वास्ता गरेको र मलाई बढुवा दिन चाहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, यसको पछाडि शैतानको बाधा लुकेको थियो। मलाई काम गर्ने र पैसा कमाउने काममा ध्यान केन्द्रित गर्न लगाउनको लागि लोभ्याउन शैतानले ख्याति र सम्पत्तिको प्रयोग गरिरहेको थियो। यसले परमेश्‍वरसँगको मेरो सामान्य सम्‍बन्धलाई नष्ट गर्न चाहन्थ्यो, र मलाई परमेश्‍वरबाट टाढा लैजान चाहन्थ्यो, ताकि मसँग भेला हुने र आफ्‍नो कर्तव्य कुनै समय नहोस्। यसमा, शैतानका दुष्ट अभिप्रायहरू लुकेका थिए। यसको बारेमा सोचेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “म शैतानको छलमा पर्नेछैनँ, म भेलाहरूमा सहभागी हुन्छु, र तपाईंका वचनहरूमा सङ्गति गर्छु, अनि तपाईंसँग सामान्य सम्‍बन्ध कायम राख्‍छु, र शैतानको चलाकीलाई कहिल्यै पनि सफल हुन दिँदिनँ।” पछि, मैले मेरो हाकिमलाई बिदा माग्‍ने साहस बटुलेँ र सेवकहरूको भेलामा सहभागी भएँ।

तर मण्डलीको काम झन्-झन् बढ्दै गएपछि, धेरै कुरा तुरुन्तै बन्दोबस्त गरेर लागू गर्नुपर्ने हुन्थ्यो, र मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ भने, मैले बिदा लिनुपर्थ्यो। त्यो अवधिमा मलाई निकै दुःख भयो, र धेरै पटक म यो समस्यालाई जित्‍न सक्दिनथिएँ, जसले गर्दा मण्डलीको काममा पनि असर पुग्‍यो। कहिलेकहीँ मलाई मेरो जागिर छोडिदिऊँ कि जस्तो लाग्थ्यो, त्यसरी मण्डलीको काममा ढिलाइ हुँदैनथियो, तर मैले त्यसो गरेँ भने, मेरो भविष्य कुनै पनि हालतमा राम्रो हुनेछैन भन्‍ने मलाई चिन्ता लाग्थ्यो। यो यति राम्रो जागिर थियो कि मलाई यो जागिर छोड्ने मन थिएन, र मेरो हृदयमा निरन्तर युद्ध भइरहन्थ्यो। एक दिन घर पुगेपछि, मैले मेरी श्रीमतीलाई म जागिर छोड्न चाहन्छु भनेर बताएँ र मेरा विचारहरू सुनाएँ। मैले भनेँ, “मलाई यो जागिर छोड्ने मन छैन। यो जागिर पाउन मैले वर्षौंसम्‍म धेरै परिश्रम गरेँ, र तलब राम्रो छ। मैले जागिर छोडेँ भने, मेरा आफन्त, इष्टमित्र, र समकक्षीहरूले मलाई के सोच्‍नेछन्? मेरो आमाबुबाले थाहा पाउनुभएपछि उहाँहरू क्रोधित बन्‍नुहुनेछ। यसको साथै, मैले जागिर छोडेँ भने, हामीले भविष्यमा घर किन्‍न सक्दैनौँ, र हामी हाम्रो बाँकी जीवनभरि गरिब रहन सक्छौँ। तर अहिले, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेको छु, र मैले परमेश्‍वरको इच्‍छा बुझेको छु। ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवाको रूपमा छनौट गरेका छन्। यदि मैले मेरो जागिरको कारण मण्डलीको काममा ढिलाइ गरेँ भने, के मैले आफ्‍नो कर्तव्यमा बेवास्ता गरिरहेको हुँदिनँ र?” मेरो कुरा सुनेर, मेरी श्रीमतीले मलाई परमेश्‍वरसँग अझै प्रार्थना गरेर आफै निर्णय गर्नुहोस् भनेर भनिन्। त्यो रात, निदाउन नसकेर, म रातभरि यता-उता पल्टिरहेँ, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र मलाई बाटो देखाउनुहोस् भनेर अनुरोध गरेँ। एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको यो वचन पढेँ, “कसले साँचो रूपले अनि पूर्ण रूपले मेरो निम्ति आफैलाई समर्पित गर्न अनि मेरो खातिर तिनीहरूको सबै कुरा अर्पण गर्न सक्छन्? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू घर, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोचेर नै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद पनि, मनको गहिराइमा तैँले अझै घरकी श्रीमती, बच्चाहरू अनि बाबुआमाको बारेमा सोचिरहेको छस्। के यी सबै कुराहरू तेरो सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ? तँ अझै आफूभित्र मलाई प्रभुत्व गर्न दिने र तेरो सम्पूर्ण व्यक्तित्व ओगट्न दिने बारेमा कुरा गर्छस्—यी छलपूर्ण झूटहरू हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा सोच्दैनौ, तर आजको राज्यको खातिर काम गरिरहेका छौ? यसको बारेमा होसियारी पूर्वक सोच(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। परमेश्‍वरको वचनले के प्रकट गरेको छ भने, जब मानिसहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास हुँदैन, तब तिनीहरूले आफ्‍नो भविष्य र गन्तव्यलाई परमेश्‍वरको हातमा राख्‍ने आँट गर्दैनन्। परमेश्‍वरले सबै कुरा उचित रूपमा मिलाउनुहुन्‍न भन्‍ने डरले तिनीहरूले सधैँ चिन्ता गर्छन् र आफ्‍नो देहको लागि योजना बनाउँछन्। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन। के ममा पनि परमेश्‍वरप्रति कुनै विश्‍वास छैनँ? यदि मैले जागिर छोडेँ भने, आर्थिक समस्याले गर्दा मेरो बाँच्‍ने कुनै आधार हुँदैन भनेर मलाई सधैँ चिन्ता लाग्थ्यो। परमेश्‍वरप्रति ममा थोरै मात्रै विश्‍वास थियो। सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ भन्‍ने कुरालाई मैले अलिकति पनि बुझेको थिइनँ। मलाई प्रभु येशूको यो वचन याद आयो, “आकाशका पक्षीहरूलाई हेर: किनकि तिनीहरूले रोप्दैनन्, न त तिनीहरूले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?(मत्ती ६:२६)। “तिमीहरूले पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर; अनि यी सबै कुराहरू तिमीहरूलाई थपिनेछन्(मत्ती ६:३३)। म यी पदहरू बारम्‍बार कण्ठ गर्थेँ, र अरूलाई सल्‍लाह दिन धेरै पटक यी वचनहरूको प्रयोग गर्थेँ, तर जब परिस्थितिहरू ममाथि आइपरे, तब परमेश्‍वरप्रति ममा साँचो विश्‍वास थिएन। मैले परमेश्‍वरका वचनहरू मनन गर्ने क्रममा, मैले के महसुस गरेँ भने, हरेकको भविष्य र गन्तव्य परमेश्‍वरको हातमा छ, र परमेश्‍वरले सधैँ उचित बन्दोबस्तहरू गर्नुहुनेछ। साँचो रूपमा उहाँको निम्ति आफूलाई समर्पित गर्नेहरूलाई उहाँले दुर्व्यवहार गर्नुहुनेछैन भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ। परमेश्‍वरप्रति ममा किन भरोसा थिएन? यो बेला, मलाई तुरुन्तै जागिर छोडेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न थाल्‍न मन लाग्यो। तर जब म कार्यालयमा पुगेँ, मेरा सहकर्मीहरूले आफ्‍नो तलब वृद्धि र बोनसको बारेमा कुरा गरिरहेका थिए, र मलाई जागिर छोड्न मन लागेन, बरु हिचकिचाहट भयो। सत्यताको अभ्यास गर्नको लागि मूल्य चुकाउनुपर्छ भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले यसो भनेर प्रार्थना गरेँ, र मलाई देहमाथि विजय प्राप्त गर्न, अनि आफ्‍नो जागिर छोडेर आफ्‍नो कर्तव्य पूरा गर्न बाटो देखाउनुहोस् भनेर अनुरोध गरेँ।

केही समयपछि, मैले एउटा भयानक कुरा अनुभव गरेँ, जसले गर्दा म आफ्‍नो जीवनको भविष्य सम्‍बन्धी बाटोको बारेमा सोच्‍न बाध्य भएँ। एक रात, म कन्डक्टर, यार्डमास्टर, र अरूसँग ट्रेन-कारहरू जोड्न काम गरिरहेको थिएँ। म चलिरहेको ट्रेनको भर्‍याङमा बसेर सवारीलाई जोड्न कन्डक्टरलाई निर्देशन दिन वाकीटकीको प्रयोग गरिरहेको थिएँ। ट्रेन निकै द्रुत गतिमा चलिरहेको थियो। कामको प्रक्रिया समाप्त भएपछि, हामीले जोड्न लागेको ट्रेन कारभन्दा दश वटा कार जति टाढा हुँदा, मैले गति कम गर्न आदेश दिएँ। तर कन्डक्टरले गति कम गरेनन्, र ट्रेनले ट्र्याकमा पार्क गरिएको कारलाई हान्‍न लाग्दा मैले विवश भएर हेरिरहनुपर्‍यो। कार यति द्रुत गतिमा चलिरहेको थियो कि म कारबाट बाहिर हामफाल्‍नै सकिनँ। म भर्‍याङबाट आफू चढेको कारमा मात्रै हामफाल्‍न सकेँ। मैले आँखा चिम्‍लिएँ, हत्तिएर जानबाट रोक्‍न म कारको एक पाटामा पक्रिरहेँ, र मैले हृदयमा बारम्‍बार सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पुकारिरहेँ। ट्रेन र कार ठोक्‍किएर ठूलो आवाज आयो। सह-कन्डक्टरको हात भाँचियो, र तिनलाई रातारात उपचारको लागि अस्पताल लगियो। म डरले थरथर भइरहेको थिएँ, तर मलाई केही पनि भएन। यसको बारेमा मैले जति विचार गरेँ, मलाई त्यो रातको घटना त्यति नै डरलाग्दो लाग्यो। रेलवे मिलाउने काम गर्ने धेरै मानिसहरू दुर्घटनामा परेका छन् भन्‍ने मलाई थाहा थियो। कतिको हात पेलिएको थियो, कतिको खुट्टा…। खतराको बेला, सुरक्षित जागिरले मलाई सुरक्षा दिन वा मेरो ज्यान जोगाउन सक्दैन भन्‍ने मलाई थाहा भयो। यो दुर्घटनापछि, मलाई पैसाको पछि लागेर क्षणिक किसिमको भौतिक आनन्द मात्र प्राप्त हुँदो रहेछ भन्‍ने अनुभव भयो। परमेश्‍वरको वास्ता र सुरक्षा गुमाएर, आफ्‍नो जीवन गुमाउनु जत्तिको दुःखलाग्दो कुरा केही पनि हुन सक्दैन। यदि पैसा कमाउनको लागि आफ्‍नो ज्यान गुमाउनु पर्‍यो भने, राम्रो जागिरको के अर्थ? मैले अब मेरो जागिरलाई मेरो कर्तव्यमा बाधा ल्याउन दिनु हुँदैनथियो। मैले परमेश्‍वरको वचन अनुसार जिउन, मसँग भएको सबै कुरा परमेश्‍वरमा सुम्पने, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने निर्णय गरेँ। मलाई परमेश्‍वरको यो वचन याद आयो। “परमेश्‍वरको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्‍वरका मानिसमध्ये एक बन्‍न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। परमेश्‍वरको वचन मलाई निकै हृदय-स्पर्शी लाग्यो। साँचो हो। परमेश्‍वरलाई साँचो प्रेम गर्ने मानिसहरू हैसियत, सम्पत्ति, वा भौतिक आनन्दको लागि जिउँदैनन्, तिनीहरू परमेश्‍वरको लागि जिउँछन्। परमेश्‍वरको लागि जिउनु मात्रै सार्थक र अर्थपूर्ण जीवन हो। परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्य र छनौटको कारण, मैले सृष्टिकर्ताको आवाज सुन्‍ने, केही सत्यता बुझ्‍ने, र कर्तव्य पूरा गर्ने सौभाग्य पाएको थिएँ। यो राम्रो कुरा थियो। मैले आफ्‍नो सानो संसारमा जिउँदै पैसा र भौतिक आनन्दको पछि लाग्‍न छोड्नुपर्थ्यो। मैले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नुपर्थ्यो, र सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्नुपर्थ्यो।

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू हस्तान्तरण गर्नेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू हराएका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब तेरो असाधारण जीवन जिउनको लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तैँले कसरी अर्थ लगाउँछस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आत्मविश्‍वास साँच्‍चै छ त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?)। परमेश्‍वरको वचनबाट, मैले मानवजातिप्रतिको परमेश्‍वरको प्रेम र चिन्ता, साथै मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको आतुर इच्‍छालाई अनुभव गरेँ। अहिले, हामी आखिरी दिनहरूमा छौँ, र विपत्तिहरू बढिरहेका छन्। परमेश्‍वरले मानिसहरूलाई शैतानको अधीनताबाट मुक्त गर्नको लागि न्याय र सजायको काम गर्नुहुन्छ। मैले परमेश्‍वरको आवाज सुनेर परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने सौभाग्य पाएको थिएँ, जुन परमेश्‍वरको अनुग्रह थियो। तर परमेश्‍वरको देखापराइको तृष्णा गर्ने धेरैले प्रभुलाई स्वागत गरेका छैनन्, तिनीहरू अझै पनि धार्मिक संसारका ख्रीष्ट-विरोधी पाष्टर र एल्डरहरूको बहकाउ र नियन्त्रणमा परेका छन्, र तिनीहरूसँग परमेश्‍वरको आवाज सुनेर प्रभुलाई स्वागत गर्ने कुनै उपाय छैन। यदि सबै जना म जस्तै स्वार्थी भए भने, तिनीहरूले देहगत सुखको बारेमा मात्रै वास्ता गरेर सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने काम गरेनन् भने, महा-विपत्तिहरू आउँदा, तिनीहरू यसमा पर्नेछन् र दण्डित हुनेछन्। परमेश्‍वरको इच्‍छाको बारेमा मनन गरेपछि, मैले के निर्णय गर्नुपर्छ र के कुरा पछ्याउनुपर्छ सो मैले बुझेँ। त्यसकारण, मैले जागिर छोडेर राम्ररी आफ्‍नो कर्तव्य पूरा गर्ने, अनि परमेश्‍वरको लागि आफूलाई समर्पित गर्ने सोच बनाएँ। मैले राजीनामा दिन लागेको बेला, स्टेसनका सह-प्रमुख मलाई भेट्न आए, र कसरी उपहारहरू दिने र कसले मलाई बढुवा दिन सहयोग गर्न सक्छ भनेर सिकाए। तिनले मलाई सबै कुरा राम्ररी व्याख्या गरिदिए। सितिमिति व्यक्तिले बढुवा हुने मौका पाउँदैनथियो, र मेरो तलब निकै बढ्नेथियो। केही समय छलफल गरेपछि, जागिर छोड्ने मेरो संकल्प फेरि पनि हल्‍लिनथाल्यो। त्यसको केही समयपछि नै, मैले अर्को भयानक घटना अनुभव गरेँ र त्यसले मेरो सोच पूर्ण रूपमा परिवर्तन गर्‍यो। एक दिन, दिउँसोको काममा, सामान ढुवानी गर्ने ट्रेन स्टेसन प्रवेश गरेपछि, यसलाई डिस्कनेक्ट गरेर फेरि कनेक्ट गर्नु पर्नेथियो। त्यो काम सकेपछि, मेरो काम चक्‍काको मुनि ब्रेक सू हाल्‍नु थियो। खाना खाने समयपछि, ट्रेन चल्‍न सुरु हुनुभन्दा पहिले, मैले ब्रेक सू हटाउन बिर्सेछु। कन्डक्टरले चलाउन सुरु गरे, र चक्‍काले ब्रेक सूलाई ट्र्याकमा घिस्याउन थाल्यो। तिनले थाहा पाएर स्वीच पास गर्नुभन्दा ठीक पहिले ट्रेन रोके जसले गर्दा ट्रेन लिगबाट बाहिर जान वा पल्टन पाएन। त्यो दिन, परमेश्‍वरको सुरक्षा नपाएको भए, ट्रेन लिगबाट बाहिर गएको भए वा पल्टिएको भए, यसका परिणामहरू अकल्‍पनीय हुनेथियो। म भयभीत भएँ, र म आफ्‍नो बारेमा मनन गर्न र यो घटना किन घट्यो भनेर सोच्‍न बाध्य भएँ। मण्डली अगुवा भएको रूपमा, मेरो जागिर मेरो कर्तव्यमा बाधा बनेको छ, जसले गर्दा मण्डलीको काममा गम्‍भीर असर भएको छ भन्‍ने मलाई थाहा थियो, तर म पैसा र भौतिक आनन्दको लोभी भएको थिएँ, म यसलाई त्याग्‍न कहिल्यै तयार भइनँ, र परमेश्‍वरको अघि बारम्‍बार शपथ खाएँ तर ती पूरा नगरी परमेश्‍वरलाई धोका दिएँ। मलाई परमेश्‍वरको वचन याद आयो, “तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!)। बाहिरी रूपमा, त्यो घटना राम्रो थिएन, तर यो मप्रतिको परमेश्‍वरको प्रेम, स्मारक, र चेतावनी हो भन्‍ने मैले राम्ररी बुझेको थिएँ। परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, र मानिसहरूको परिणाम र गन्तव्यको बारेमा स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। हामीले उहाँको उत्कट इच्छालाई बुझेर, सत्यताको पछि लागेको अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरेर उहाँको मुक्ति हासिल गरेको मात्रै उहाँले चाहनुहुन्छ। तर म जिद्दी भएँ। मैले आफ्‍नो जागिरको भरोसा गरेर बाँच्‍न सक्छु र सुन्दर जीवन जिउन सक्छु भन्‍ने सोच्दै म यसलाई त्यागेर, परमेश्‍वरलाई पछ्याउन अनि आफ्‍नो कर्तव्य पूरा गर्न अनिच्‍छुक भएँ। यी दुई वटा भयानक घटनाहरूले मलाई पूर्ण रूपमा बिउँझायो। विपत्तिको अगाडि, जति धेरै रकमले पनि मेरो जीवन जोगाउन सक्दैनथियो। मलाई प्रभु येशूले भन्‍नुभएको यो वचन याद आयो, “तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:३३)। अहिले मात्रै मैले प्रभु येशूका वचनहरूलाई साँचो रूपमा बुझ्‍न सकेँ। जब हामी पैसा र भौतिक सुखलाई महत्त्व दिन्छौँ, तब यी कुराले हाम्रो हृदय ओगट्छन्, र हामीले परमेश्‍वरलाई प्रेम गर्नु र उहाँलाई पछ्याउनु, परमेश्‍वरको लागि आफूलाई समर्पित गरेर सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु असम्‍भव हुन्छ। त्यस्ता मानिसहरूले देह र संसारको धेरै तृष्णा गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुयायी बन्‍न अयोग्य हुन्छन्। म अबदेखि परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्न वा उहाँलाई निराश तुल्याउन चाहन्‍नथिएँ। म मेरो दृष्टिकोण परिवर्तन गरेर, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो, अनि मैले परमेश्‍वरलाई पूर्ण हृदयले पछ्याउनुपर्थ्यो, उहाँको निम्ति आफूलाई समर्पित गरेर, उहाँको प्रेमको ऋण तिर्नुपर्थ्यो। त्यसकारण, मैले मेरो हाकिमलाई म राजीनामा दिन चाहन्छु भनेर भनेँ अनि श्रम करार रद्द गर्ने प्रक्रियामा लागेँ। त्यो बेला, मलाई निकै ढुक्‍क लाग्यो। मलाई पिजडाबाट निस्केको चरा जस्तै अनुभव भयो। मैले अबदेखि बिदा लिने बारेमा चिन्ता गर्नु पर्दैनथियो, र मेरो जागिरको कारण मण्डलीको काममा असर परेको कारण मैले चिन्ता लिनु पर्दैनथियो। मैले त्यस्तो निर्णय गरेकोमा मलाई निकै खुशी लाग्यो।

मैले जागिर छोडेँ भन्‍ने थाहा पाएपछि मेरो बुबा निकै रिसाउनुभयो। उहाँ मलाई भेट्न आउनुभयो र मलाई भन्‍नुभयो, “मैले तँलाई हुर्काउन धेरै दुःख गरेँ। तेरो स्कूलको लागि मैले पैसा ऋण गरेँ। तैँले बल्‍ल राम्रो जागिर पाएको थिइस्, र अहिले तँ यो जागिर खान चाहँदैनस्? के सोचिरहेको छस्? रेलवे ब्यूरोमा जागिर पाउनु त राम्रो कुरा हो। तँलाई मन छ भने परमेश्‍वरमा विश्‍वास गर्, तर तैँले कसरी जागिर छोड्न सक्छस्? जागिरविना, भविष्यमा तँ कसरी बाँच्‍नेछस्?” मेरो बुबा रिसाएको देख्दा मलाई दुःख लाग्यो। मेरो अध्ययनको लागि मेरा आमाबुबाले कसरी पैसा जम्‍मा गर्नुहुन्थ्यो मलाई याद आयो, किनभने मैले राम्रो जागिर पाएर, गरिबीको रेखाबाट माथि उठ्छु, अनि उल्‍लेखनीय जीवन जिउँछु भन्‍ने उहाँहरूलाई आशा थियो। म मेरो आमाबुबालाई गाउँबाट ल्याएर अल्गो घरमा राख्‍न अनि राम्रो भौतिक जीवन जिउन दिन पनि चाहन्थेँ। तर मैले परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग रोजेको थिएँ र पैसा र भौतिक आनन्दको पछि लाग्‍न छोडेको थिएँ, त्यसकारण मलाई तिनीहरूप्रति ऋणी भएको महसुस भयो। मेरो बुबाका शब्‍दहरू सुन्दा, कसरी उत्तर दिने थाहा भएन। आँखाबाट आँसु झर्न थाले, र मलाई उहाँको अनुहार हेर्ने आँट आएन। तर मैले सही निर्णय गरेको छु भन्‍ने मलाई हृदयमा थाहा थियो, किनभने आखिरी दिनहरूका मुक्तिदाता देखा परेर उहाँले आफ्‍नो काम गरिरहनुभएको थियो। उहाँले यो अन्धकार र दुष्ट संसारबाट हामीलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ, र मुक्ति पाएर परमेश्‍वरको राज्यमा प्रवेश गर्ने एउटै मात्र मार्ग यही हो। यो त जीवनमा एक पटक पाउने अवसर हो। देहको सुख चाहेर मैले कसरी यसलाई त्याग्‍न सक्थेँ र? कामका झन्झटहरूमा अल्झेर मैले कसरी सत्यताको खोजी गर्न अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न छोड्न सक्थेँ? पीडा भएर, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो हृदय विचलित हुनबाट रक्षा गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। मलाई परमेश्‍वरको यो वचन याद आयो। “परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, र यसमा जीवित प्राणी मानिसलाई ल्याउनुभयो, उसलाई जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्‍वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्‍याउँछ। यस प्रक्रियामा, मानिस परमेश्‍वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको जीवनको अन्तर्निहित शक्तिले निर्देशन गर्छ भन्ने तिनीहरू विश्‍वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्‍चर्यकर्महरू पैदा गर्छ भन्‍ने कुरा त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएका आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्‍ने मात्र उसले जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको बन्दोबस्तबारे अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवनलाई लापरवाही रूपमा बिताउँछ…। परमेश्‍वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्‍वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्‍नुहुन्‍न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्‍वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्‍वरले यसो गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्‌? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूले मलाई अन्तर्दृष्टि दिए। मलाई हुर्काउने, अनि खाइ-नखाइ बचत गरेर मेरो पढाइमा खर्च गर्ने मेरो आमाबुबा नै हो भन्‍ने लाग्थ्यो, त्यसकारण मैले उहाँहरूको कुरा सुनिनँ र आफ्‍नो कर्तव्य पूरा गर्न जागिर छोडेँ भने, म तिनीहरूप्रति ऋणी हुन्छु भन्‍ने लागेको थियो, तर मेरो विचार हास्यास्पद र मूर्ख थियो। मानव जीवनको स्रोत परमेश्‍वर मात्रै हुनुहुन्छ, र हाम्रो सबै जीवन परमेश्‍वरबाट आएको हुन्छ। हामीसँग भएको सबै कुरा परमेश्‍वरको भरणपोषण र आशिषबाट आएका हुन्छन्। परमेश्‍वरविना, हामीसँग केही पनि हुँदैनथियो। मेरा आमाबुबाले मलाई हुर्काएर ठूलो बनाउनु परमेश्‍वरको सार्वभौम बन्दोबस्त थियो। मैले परमेश्‍वरप्रति कृतज्ञ भएर परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्थ्यो। यदि परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन मैले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सकिनँ भने, मैले स्थिर जागिर पाएँ र मेरो परिवारसँग राम्रो भौतिक जीवनको आनन्द लिन पाए पनि, यसको कुनै मूल्य वा अर्थ हुनेथिएन। यी अस्थाई सुखले मलाई सत्यता बुझ्‍न र जीवन प्राप्त गर्न सहयोग गर्नेथिएन। यसको साथै, परमेश्‍वरको लागि, मैले उहाँको विरुद्धमा विद्रोह गरिरहेको हुनेथिएँ, र मैले उहाँको अनुमोदन प्राप्त गर्नेथिइनँ। सत्यता प्राप्त गर्नको लागि, मैले कष्ट र पीडा सहनुपर्थ्यो। यसरी मात्रै म चरित्र र इज्‍जतको साथ जिउन सक्थेँ, र त्यसरी मात्रै मैले परमेश्‍वरको अनुमोदन पाउन सक्थेँ। यस क्षणमा, मैले यसको बारेमा जति विचार गरेँ, म त्यति भावुक भएँ। त्यसकारण, मैले फेरि पनि मेरो बुबालाई परमेश्‍वरको देखापराइ र कामको बारेमा गवाही दिएँ, र परमेश्‍वरमा विश्‍वास नगरी सबै कुराको खोजी खोक्रा हुन्छन्, र तिनको कुनै मूल्य वा अर्थ हुँदैनन् भनेर उहाँलाई भनेँ। अहिले, मानिसहरूलाई मुक्ति दिन सत्यता व्यक्त गर्न मुक्तिदाता आउनुभएको छ, र परमेश्‍वरमा विश्‍वास गरेर, सत्यताको खोजी गरेर, पाप त्यागेर, अनि परमेश्‍वरसँग पश्‍चात्ताप गरेर मात्रै मानिसहरू विपत्तिहरूमा बाँच्‍न अनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छन्। संसारको पछि लाग्‍ने सबै मानिसहरूको भौतिक जीवन जति सम्‍पन्‍न भए पनि, तिनीहरू अन्तिममा विपत्तिहरूमा नष्ट हुनेछन् र दण्डित हुनेछन्। तर मैले जे भने पनि, मेरो बुबा मेरो राजीनामाप्रति राजी हुनुभएन, र अन्तिममा उहाँ रिसाउँदै जानुभयो।

पछि, मेरो बुबाले मेरा आफन्तहरूलाई मलाई सम्झाउन पठाउनुभयो। तिनीहरू सबैले रेलवे ब्यूरोमा जागिर पाउनु उपहार र पैसा खुवाएर पाउने कुरा होइन, र मेरो परिवारले मलाई व्यर्थमा हुर्काएका रहेछन् भनेर भने। मेरो परिवारका दोषारोपणहरू सुन्दा, आक्रमण गर्न र यी कुरा त्यागेर परमेश्‍वरको लागि आफूलाई समर्पित गर्नबाट रोक्‍नको लागि शैतानले मेरा आफन्तहरूलाई प्रयोग गरिरहेको छ भन्‍ने मलाई थाहा भयो। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू याद आयो, “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मलाई ढुक्‍क भयो, र मैले मेरो परिवारलाई यसो भन्‍ने साहस पाएँ, “आजभोलि, मानिसहरूले रुपियाँपैसा, ख्याति, हैसियतको खूब पूजा गर्छन्। यी कुराको लागि, मानिसहरू खोसाखोस गर्छन्, षड्यन्त्र गर्छन्, एक-अर्कासँग लडाइ गर्छन्, र श्रीमान-श्रीमतीले त एक-अर्कालाई धोका दिने र छल गर्ने समेत गर्छन्। हरेक व्यक्ति यसरी नै जिउँछ, त्यसकारण हामीले राम्रो र सुरक्षित जागिर पाए पनि, अनि राम्रो भौतिक जीवन जिउन पाए पनि, के खुशी हुनु साँच्‍चै सम्‍भव छ र?” सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्र र ठाउँहरूले विपत् भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर आउनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका कीटजन्य महामारीहरू एकपछि अर्को गरी उत्पन्‍न हुँदै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। सबै राष्‍ट्र र मानिसहरूमाथि यो मेरो न्याय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५)। परमेश्‍वरको वचन प्रयोग गर्दै मैले मेरो सङ्गतिलाई जारी राखेँ, “अहिले विपत्तिहरू बढिरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्यायौँ भने मात्रै हामी विपत्तिहरूबाट सुरक्षित हुन सक्छौँ। मैले परमेश्‍वरमा विश्‍वास गर्नु, सुसमाचार प्रचार गर्नु, र आफ्‍नो कर्तव्य पूरा गर्नु वास्तवमा मेरो जागिरभन्दा हजार त के दश हजार गुणा असल कुरा हो। तपाईंहरूले सोचेजस्तो मैले परमेश्‍वरमा विश्‍वास गर्नु मूर्खता होइन। नोआले सुसमाचार प्रचार गर्दा, मानिसहरूले तिनलाई पागल भने, तर जल प्रलय आउँदा, सम्पूर्ण मानवजातिमध्ये नोआको परिवार मात्रै बाँचे। नोआ पागल वा मूर्ख थिएनन्। तिनी सबैभन्दा बुद्धिमानी मानिस थिए र परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिष पाएका व्यक्ति थिए। आज, मानवजातिको दुष्टता र भ्रष्टता यति हदसम्‍म पुगेको छ कि परमेश्‍वरले यो दुष्ट र भ्रष्ट जातिलाई नष्ट गर्नुहुनेछ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको आराधना गरेर मात्रै हामी बाँच्‍न सक्छौँ। आज मैले तपाईंहरूलाई यो सुन्दर खबर सुनाइरहेको छु आशा छ तपाईंहरूले पनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ। मलाई सम्झाउने प्रयास नगर्नुहोस्, किनभने मैले निर्णय गरिसकेको छु। म मेरो बाँकी जीवनभरि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनेछु।” मैले यसो भनेपछि, प्रभुमा विश्‍वास गर्ने मेरी काकीले भन्‍नुभयो, “परमेश्‍वर धन्यवाद! तिमीले परमेश्‍वरमा विश्‍वास गरेर राम्रो गर्‍यौ, र परमेश्‍वरको सुसमाचार सुनाउने निर्णय गर्नु परमेश्‍वरलाई खुशी पार्ने कुरा हो।” उहाँले अरूलाई भन्‍नुभयो, “आज उसले रोजेको बाटो सही बाटो हो। धनी भएर केही हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त जीवन हो। हामीले उसको निर्णयलाई सम्‍मान गर्नुपर्छ।” त्यसपछि, अरूले केही पनि बोलेनन्। मलाई निकै खुशी लाग्यो। मैले दृढ भएर परमेश्‍वरलाई सन्तुष्ट पार्ने निर्णय लिँदा, मेरो परिवार लज्‍जित भयो र मलाई मनाउने प्रयास गर्न छोड्यो। त्यहाँदेखि, मलाई मेरो चिनेजानेका मानिसहरू र परिस्थितिहरूले कुनै बाधा दिँदैन, र मैले मेरो कर्तव्य पूर्णकालीन रूपमा गर्न पाएको छु।

पछि, धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेको देखेर, मलाई हृदयमा अत्यन्तै खुशी लाग्यो। साँचो रूपमा परमेश्‍वरको तृष्णा गर्ने मानिसहरूलाई उहाँको घरमा फर्काएर ल्याउनु निकै अर्थपूर्ण कार्य हो, र परमेश्‍वरको लागि सबैभन्दा सान्त्वना दिने कुरा हो। आफ्‍नो जागिर छोडेर परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग चुन्‍ने मेरो निर्णयलाई फर्केर हेर्दा, मलाई मैले आफ्‍नो जीवनमा गरेको सबैभन्दा बुद्धिमानी निर्णय हो भन्‍ने लाग्छ। सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनुमा आफ्‍नो जीवन समर्पित गर्नु र आफू लागिपर्न सक्‍नु मैले गर्न सक्‍ने अरू कुनै कुराभन्दा मूल्यवान् र अर्थपूर्ण कुरा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाँकी वर्षहरूको लागि मेरो निर्णय

बच्‍चा हुँदा, मेरो परिवार निकै गरिब थियो र हामीलाई प्रायजसो गाउँका अरूले हेप्‍ने गर्थे। तिनीहरूको हेपाइको कारण मेरी आमाले आँसु झार्दा मलाई...

धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्