एक डाक्टरको निर्णय

27 फेब्रुअरी 2023

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर वर्षौं काम गर्नुभयो। गाउँका मानिसहरूले हामीलाई हेला गर्थे, र मेरा दाजुभाइ-दिदीबहिनीलाई गाउँका दुष्ट मानिसहरूले प्रायजसो धम्काउँथे। म सात वर्षको हुँदा, मलाई गाउँको एक बदमासले लखेटेर कुटपिट गरेको थियो। मलाई यति डर लाग्यो कि मेरो मुटुमा समस्या भयो। उपचार गर्ने पैसा नभएकोले, पछि निकै समस्या भयो। त्यसकारण, त्यहाँदेखि मैले म ठूलो भएपछि, उत्कृष्ट डाक्टर बनेर आफू र आमालाई निको पार्नेछु, र धेरै पैसा कमाउनेछु, ताकि मेरो परिवारले सुखी र सम्मानजनक जीवन जिउन सकून् भनेर अठोट गरेँ।

मेडिकल स्कूलबाट स्नातक गरेपछि, मलाई नगर स्वास्थ्य क्‍लिनिकमा खटाइयो। सानो क्‍लिनिकमा काम गर्न म सन्तुष्ट थिइनँ, तसर्थ, मैले आफ्‍नो व्यावसायिक सीप तिखार्न र सहरको अस्पतालमा सरुवा हुन लागिपरेँ। यो कुरा सुनिश्‍चित गर्न, म थप अध्ययनका लागि ठूलो अस्पतालमा गएँ, र मैले व्यावहारिक अभ्यास पनि अध्ययन गरेँ। क्‍लिनिकमा फर्केपछि, बढुवा पाउन मैले कडा परिश्रम गरेँ। म लगभग दिनभरि-रातभरि काम गर्थेँ, र हरेक दिन म यति थकित हुन्थेँ कि मेरो ढाड दुखिरहेको हुन्थ्यो। घर फर्केपछि, म केही नगरी ओछ्यानमा पल्टिन्थेँ। अन्त्यमा, सहरको विशेष अस्पतालमा मेरो सरुवा भयो। तीन वर्षपछि, मैले फेरि बढुवा पाएँ, र यसपटक डाक्टरको रूपमा। मैले कर्तव्यनिष्ठ र जिम्‍मेवार भएर काम गरेकोले, र मेरा सीपहरू उल्‍लेखनीय भएकाले, म अस्पतालमा निकै चर्चित थिएँ, र धेरै मानिसहरू मलाई भेट्न आउँथे। बिस्तारै, मैले पैसा कमाउँदै गएँ, र मैले मेरो भाइको व्यापारमा पनि आर्थिक मदत गरेँ। सासु-ससुराले प्रायजसो अरूको अघि मेरो तारिफ गर्थे, र मेरा श्रीमानले पनि मलाई निकै माया गर्थे। यो सब कुराले गर्दा म निकै सन्तुष्ट थिएँ, र मलाई सुन्दर जीवन जिइरहेकी छु जस्तो लग्थ्यो।

तर यी सब कुराको लागि मूल्य चुकाउनुपरेको थियो। दिर्घकालीन कामको दबाब, अनियमित काम र विश्राम समयतालिकाको कारण, मलाई निद्रा नलाग्ने रोग लाग्यो। यो झन्-झन् खराब हुँदै गयो, र जति नै औषधिले पनि यो ठिक भएन। त्यसपछि, मलाई पेट र कम्मरपछाडिको मेरुदण्डमा समस्या भयो, र चाँडै नै, मलाई मुटुको समस्या पनि भयो। बच्‍चा रोएको सुन्‍नेबित्तिकै, मलाई टाउको दुख्थ्यो, मुटु ढुकढुक हुन्थ्यो, र हात काम्थ्यो। प्रदेश अस्पतालका विशेषज्ञहरूले यसलाई मुटुको ढुकढुकी अनियमित हुने रोग हो भनेर निदान गरे जसको अर्थ म अलिकति पनि उत्तेजना सहन सक्दिनथिएँ, र यो रोग निको भएको कुनै सख्त प्रमाण थिएन। यसलाई मुटुसम्‍बन्धी विशेष उपचारद्वारा मात्रै नियन्त्रण गर्न सकिन्थ्यो। तिनीहरूको कुरा सुन्दा म त छाँगोबाट खसेँ। मलाई निराश लाग्यो। जवानै छु, र पनि मलाई निको नहुने रोग लाग्यो भनेर सोचेँ। पैसा र ख्यातिको के काम? ती कुराले मेरो पीडा पटक्‍कै कम गरेनन्। त्यसपछि सोचेँ, मैले हरेक दिन अरूको उपचार गरेँ, तर आफ्‍नै रोग निको पार्न सकिनँ। म निकै पीडित र उदास भएँ। राती सुत्‍न नसक्दा, म सिलिङ एकोहोरो हेर्थेँ अनि चुपचाप आँसु झार्थेँ। मलाई यसरी जिउनु निकै गाह्रो र थकाइलाग्दो भएजस्तो लाग्यो। मलाई निकै असहाय पनि अनुभव भयो। मलाई यो रोग लाग्दा मेरो जीवन भर्खर सुरु भएको थियो जस्तो लाग्यो, र भविष्यमा म कसरी जिउनेछु थाहा थिएन। यसरी जिउनुको के अर्थ?

म पीडित र असहाय हुँदा, प्रभु येशूको मुक्ति मकहाँ आयो। प्रभुमा विश्‍वास गरेपछि, वर्षौँदेखिको मुटुरोग र निद्रा नलाग्ने समस्या अचम्‍म पाराले निको भयो। यस्तो अपार अनुग्रह दिनुभएकोमा म प्रभुप्रति अत्यन्तै कृतज्ञ भएँ। प्रभुको प्रेमको ऋण तिर्न, सक्रिय भई भेलाहरूमा गएँ र सुसमाचार प्रचार गरेँ। जुलाई २००६ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ र प्रभुको पुनरागमनलाई स्वागत गरेँ। म निकै उत्साहित थिएँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर, परमेश्‍वरको कामका तीन चरणहरूको रहस्य, उहाँको व्यवस्थापन योजनाको उद्देश्‍य, र परमेश्‍वरले हामीलाई पाप र शैतानको अन्धकार प्रभावबाट मुक्त गर्न, उहाँको मुक्ति पाउन सहयोग गर्न, र अन्तिममा उहाँको राज्यमा ल्याउन आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ भन्‍ने कुरा पनि बुझेँ। परमेश्‍वरका वचनहरूमा, मैले मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने आशा देखेँ, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन मेरो भोको प्राणका लागि भोजनसरह थियो। एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ, “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू हराएका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?)। परमेश्‍वरको वचनले मलाई प्रेरणा दियो। हामीले खडा भएर अझै अन्धकारमा रहेका र परमेश्‍वरको आगमनको तृष्णा गर्नेहरूलाई उहाँको सुसमाचार सुनाउनेछौँ भन्‍ने उहाँ आशा गर्नुहुन्छ, ताकि तिनीहरू परमेश्‍वरको घरमा फर्केर आउन सकून्, उहाँको मुक्ति ग्रहण गर्न सकून्, र तिनीहरूले उप्रान्त शैतानका हानिहरू भोग्‍न नपरून्। मानवजातिप्रति परमेश्‍वरको प्रेम अत्यन्तै महान् छ! प्रभुको आवाज सुनेर उहाँलाई स्वागत गर्न पाएकोमा म कति भाग्यमानी छु भन्‍ने सोच्दा, मलाई मेरो पुरानो मण्डलीका मानिसहरूलाई सुसमाचार सुनाउन र परमेश्‍वर फर्किसक्‍नुभएको छ भनेर बताउन मन लाग्यो। त्यसकारण, मैले आफ्‍नो काम गर्ने क्रममा सुसमाचार सुनाएँ। त्यो बेला, पवित्र आत्‍माको महान् कामको कारण, मेरो पुरानो सम्प्रदायका पाँचवटा मण्डलीका अगुवा, सहकर्मी, र केही विश्‍वासीहरू सबैले परमेश्‍वरको नयाँ काम स्विकारे र नयाँ मण्डली खडा गरे। मलाई डिकनको रूपमा छनौट गरियो र मण्डलीको कामको इन्चार्ज बनाइयो। मैले परमेश्‍वरका आशिषहरू र डोऱ्याइ देखेँ, र यसले गर्दा म निकै उत्साहित भएँ। मैले सोचेँ, “म अझै धेरै मानिसहरूलाई परमेश्‍वरको घरमा फर्काएर ल्याउन मण्डलीको काम गर्न सक्दो प्रयास गर्नेछु।”

सन् २००७ को मार्चमा, एक दिन, सुपरभाइजरले मलाई मण्डली अगुवा बन्‍न उनीहरूले तालिम दिन चाहेको कुरा बताए। म अलिक हिचकिचाएँ। मैले सोचेँ कि मण्डली अगुवा बन्‍नुको अर्थ सम्पूर्ण मण्डलीको कामका निम्ति जिम्‍मेवार हुनु हो, मतलब मैले काममा जाने समय नपाउन सक्थेँ, र जागिर छोड्नुपर्ने हुन सक्थ्यो। के त्यसको अर्थ मेरो वर्षौँको कडा परिश्रम व्यर्थ हुनेथिएन र? साथै, मेरा श्रीमानले अवश्य नै मलाई समस्या खडा गर्नेथिए। तसर्थ, यो कुरा मनमा राख्दै, मैले त्यतिबेला त्यो कर्तव्य स्विकारिनँ। त्यसपछि, मलाई निकै ग्‍लानि भयो। मलाई सधैँ म परमेश्‍वरप्रति ऋणी छु भन्ने लाग्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूलाई चिन्‍न डोऱ्याइ मागेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ, “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। … समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। परमेश्‍वरका वचनहरू मनन गर्ने क्रममा, मलाई निकै लाज लाग्यो। यस्तो लाग्यो मानौँ परमेश्‍वरले मलाई आमने-सामने न्याय गरिरहनुभएको छ। म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु भनी दाबी गर्थेँ, तर मैले साँच्‍चै निर्णय गर्नुपर्दा, मेरो मनपर्दो डाक्टरी जागिर कायम राख्‍न, आफ्नो कर्तव्य इन्कार गरेँ। मलाई आफूले सबैभन्दा बढी मोल गर्ने कुरा परमेश्‍वर नभई, प्रतिष्ठा र हैसियत थिएछ भन्‍ने थाहा भयो। मैले त शैतानलाई पछ्याइरहेकी, शैतानप्रति बफादार बनिरहेकी, र परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेकी थिएँ। यो विचार गर्दा, मलाई निकै ग्‍लानि भयो। म साँच्‍चै नै फरक निर्णय गर्न, आफ्‍नो जागिर त्यागेर परमेश्‍वरका निम्ति समर्पित हुन चाहन्थेँ। तर मैले जागिर छोडेँ भने, मेरो परिवारले अवश्य मान्नेछैन भन्‍ने पनि मलाई थाहा थियो, र मैले अझै यसलाई छोड्न सकेकी थिइनँ। म परमेश्‍वरलाई प्रार्थना अगुवाइ र मार्गदर्शन माग्‍न मात्रै सकेँ। प्रार्थना गरेपछि, मलाई परमेश्‍वरको वचनको यो भजन याद आयो, “सबैभन्दा अर्थपूर्ण जीवन।” “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो भजन गाउँदा, मलाई मनमा दोषी महसुस भयो। म सृष्टि गरिएको प्राणी हुँ, मसँग भएका सबै कुरा परमेश्‍वरबाट आउँछन्, मैले परमेश्‍वरबाट असीमित अनुग्रह पाएकी छु, र परमेश्‍वरबाट जीवनका यति धेरै वचनहरूको भरणपोषण पाएकी छु, तैपनि म परमेश्‍वरको प्रेमको ऋण तिर्न चाहँदिनथेँ। आफ्‍नै काम र भविष्यको खातिर, मैले वास्तवमा कर्तव्य इन्कार गरेकी थिएँ। ममा विवेक छ भनेर कसरी दाबी गर्न सक्थेँ र? मलाई अय्यूबको याद आयो। तिनी पूर्वमा निकै प्रसिद्ध थिए र तिनीसँग धेरै सम्पत्ति थियो, तर तिनी ख्याति र सम्पत्तिलाई मूल्यवान् ठान्दैनथे। तिनले सबै कुरा गुमाउँदासमेत परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालना गर्न, आफ्‍नो गवाहीमा दह्रिलो भएर शैतानलाई लाजमा पार्न सके। अनि पत्रुस, जब तिनले प्रभु येशूको बोलावट सुने, सबै कुरा छोडेर प्रभुलाई पछ्याए। तिनले चारैतिर प्रभु येशूको सुसमाचार प्रचार गरे र गवाही दिए, परमेश्‍वरको प्रेम खोजे र उहाँलाई सन्तुष्ट पारे, र अन्तिममा तिनलाई परमेश्‍वरले सिद्ध तुल्याउनुभयो। सोचेँ, “मैले तिनीहरूको अनुकरण गर्नुपर्छ, कर्तव्य स्विकार्नुपर्छ, आफना हितहरू त्याग्‍नुपर्छ, र भावी सम्भावनाबारे सोच्‍नु हुँदैन।” यो सोचेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेर आत्मविश्‍वास र बल मागेँ, र मेरो लागि बाटो खोलिदिनुहोस् भनेर अनुरोध गरेँ। पछि, अस्पतालमा बिरामीहरूको निरन्तर होहल्‍लाको कारण, मलाई हृदयघात भयो। मैले यही मौकामा अस्पताललाई छ महिनाको बिरामी बिदा मागेँ र आफ्‍नो कर्तव्य पूर्णकालीन रूपमा पूरा गर्न थालेँ।

तर, मेरो छ महिनाको बिदा चाँडै समाप्त भयो, र मेरो अस्पताल प्रमुखले मलाई काममा बोलाए। त्यो बेला, मण्डलीमा सुसमाचारको काम निकै धमाधम चलिरहेको थियो, त्यसकारण मैले यसबारे श्रीमानसँग छलफल गरेँ र अर्को वर्ष काममा जाने निर्णय गरेँ। तर दुई महिनापछि, अस्पतालले मलाई बारम्‍बार काममा आउन अनुरोध गऱ्यो, र नआएमा तिनीहरूले मेरो जागिरको ग्यारेन्टी दिन नसक्‍ने बताए। मेरा श्रीमानले पनि मलाई काममा जान आग्रह गर्न थाले। त्यतिबेला चाहिँ मलाई अलिक चिन्ता लाग्यो, “के गर्ने? म काममा गाइनँ भने, वर्षको अन्त्यमा मलाई निकाल्नेछ। त्यस्तो भयो भने, के मेरो वर्षौँको परिश्रम व्यर्थ हुँदैन र? तर म काममा गएँ भने, मेरो कर्तव्यको लागि समय सीमित हुनेछ। यसमा आफ्नो हृदय र प्राण लगाउन सकिनँ भने, मण्डलीको काममा असर पुग्‍नेछ।” यो सोचेपछि, मैले काममा जान मानिनँ। मेरा श्रीमानले मलाई फिटिक्कै मनाउन सकेनन्, त्यसकारण तिनले मलाई मनाउन मेरा दाजु-भाउजुलाई बोलाए। मेरा दाजुले भने, “त्यसलाई घरमै राख्‍नुहोस्। बाहिर जान नदिनुहोस्। भनेको मानिन भने, त्यसको खुट्टा भाँचिदिनुहोस्। त्यो पक्षाघात नै भए पनि, घरमै बसिन् भने, त्यसको जागिर त बच्न सक्छ। त्यसले जागिर गुमाई भने, हामीले सबै कुरा गुमाउनेछौँ।” यो सुनेपछि, मेरो हृदय छियाछिया भयो। सोचेँ, “मैले परमेश्‍वरमा विश्‍वास गरेको र सही मार्गमा हिँडेको कारण, तिमीहरू मलाई यस्तो व्यवहार गर्छौ। विगतमा, काममा म सफल हुँदा, तिमीहरू सबै मेरो सफलतामा खुसी भयौ र मलाई मुस्कुराउँदै अभिवादन गऱ्यौ। अब मैले परमेश्‍वरमा विश्‍वास गर्दा र कर्तव्य पूरा गर्दा तिमीहरूले केही पाउन नसक्ने देखेर, तिमीहरू सबै मलाई रोक्‍न र यस्तो निर्दयी कुरा भन्न एक भएका छौ।” यसबारे जति सोचेँ, त्यति नै व्याकुल भएँ। मैले मानव स्‍नेह उदासीन भएको महसुस गरेँ। तर त्यसपछि सोचेँ, “अस्पतालले मलाई निकाल्यो भने के गर्ने?” मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई उहाँको वचनको एउटा खण्ड याद आयो। “मेरा अभिप्रायहरू तेरो सामु प्रकट भएका छन्, र तैँले तिनीहरूलाई उपेक्षा गर्न सक्दैनस्। बरु, तैँले तेरो सम्पूर्ण ध्यान तिनीहरूमा केन्द्रित गर्नुपर्छ, र पूर्ण हृदयले तिनलाई पछ्याउन सबै कुरालाई पाखा लगाउनुपर्छ। तँलाई म सधैँ मेरा हातहरूमा राख्नेछु। सधैँ कायर बनेर तेरो श्रीमान् वा श्रीमतीको नियन्त्रणमा बस्‍ने नगर्; तैँले मेरो इच्छालाई लागू गर्न दिनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९)। परमेश्‍वरको वचनले मलाई आत्मविश्‍वास र बल दियो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। मलाई अस्पतालले निकाल्नु-ननिकाल्नु परमेश्‍वरका सार्वभौम बन्दोबस्तमा भर पर्थ्यो। परमेश्‍वरले मेरो लागि ढोका खोलिदिनुहुन्छ भन्‍ने मलाई विश्‍वास थियो। म श्रीमानको नियन्त्रणमा बस्‍न सक्दिनथेँ। मेरो परिवारले मलाई जसरी सताए पनि, म परमेश्‍वरलाई सन्तुष्ट पार्न दह्रिलो रहन चाहन्थेँ। मैले परमेश्‍वरको प्रेम र उहाँको निस्स्वार्थपनबारे सोचेँ, र ममा अझै धेरै जोसजाँगर पलायो। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिसले केही समयको लागि प्रयास गरे पनि, मानिसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, अरूको लागि हुँदैन। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ)। भ्रष्ट मानवजाति सधैँ स्वार्थी हुन्छ, तर परमेश्‍वर निस्स्वार्थी हुनुहुन्छ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, सबै काम मानिसहरूका जीवनका लागि गर्नुहुन्छ, र यो सब हामीलाई सत्यता बुझ्‍न सहयोग गर्न र जीवनको सही मार्गमा डोर्‍याउनका लागि हो, ताकि हामीले उहाँको मुक्ति पाउन सकौँ। परमेश्‍वरले मानिसहरूका लागि जति काम गर्नुभए पनि, हामीबाट कहिल्यै केही माग्‍नुहुन्‍न। उहाँले हाम्रो लागि यो सब गुप्तमा गर्नुहुन्छ। जब कि, मैले सबै कुरा आफ्‍नै लागि, आफ्‍नै फाइदाको लागि गरेँ। आफ्‍नो कर्तव्य पूरा गर्नु र मण्डलीको काम राम्ररी सम्‍हाल्‍नु मेरो जिम्‍मेवारी र दायित्व हो भन्‍ने मलाई थाहा थियो, तर मैले जागिर गुमाएँ भने, आफ्नो ख्याति, सम्पत्ति, र परिवारसँगको सम्बन्ध गुमाउनेछु भन्‍ने मलाई डर लाग्यो, तसर्थ मैले त्यो कर्तव्य इन्कार गरेँ। म स्वार्थी, घृणित थिएँ, र ममा मानवता थिएन! त्यसबाहेक, मेरो परिवारको सतावटद्वारा, मैले मानिसहरूबीचको भावनालाई केही मात्रामा बुझेँ। विगतमा, मेरो परिवारले मसँग राम्रो व्यवहार गर्थे किनभने मेरो राम्रो जागिर थियो। म तिनीहरूलाई सहयोग गर्न र राम्रो देखाउन सक्थेँ, त्यसकारण तिनीहरूले मलाई मुस्कुराउँदै अभिवादन गर्थे। अहिले म सुसमाचार प्रचार गर्थेँ र जागिर गुमाउने अवस्थामा पुगेकी थिएँ, तिनीहरूले पाउने कुरा केही थिएन, त्यसकारण मलाई सताए र प्रतिबन्ध गरे। मानिसहरूबीच कसरी कुनै प्रेम छ र? कारोबार र लेनदेन मात्रै रहेछ। परिवारको प्रेम पनि स्वार्थमा आधारित हुँदो रहेछ। तिनीहरूले मलाई पैसा, ख्याति, र देहसुखको पछि लाग्‍न मात्रै कर गर्थे। यो त मप्रति प्रेम थिएन। यो त मलाई हानि गर्ने र बरबाद पार्ने काम थियो। यो बुझेपछि, मैले उप्रान्त शैतानको सेवा गर्न छोड्न चाहेँ। म केवल आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरको प्रेमको ऋण तिर्न चाहन्थेँ।

अचानक, मेरा श्रीमानले मलाई घरबाहिर जान मनाही गरे। तिनले मलाई यसो भन्दा धम्कीसमेत दिए, “तँ काममा जान मान्दैनस् भने, तँलाई परमेश्‍वरमा विश्‍वास गर्न दिन्‍नँ, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई हाम्रो घरमा आउन दिनेछैनँ।” मैले जागिर गुमाएँ भने तिनले मसँग कठोर व्यवहार गर्दा तिनलाई दोष दिन पाइँदैन भनेर पनि तिनले भने। तिनले त्यसो भनेको सुन्दा, सोचेँ, “यदि मैले तिनको कुरा मानिनँ भने, तिनले त मलाई घरमा थुनेर राख्‍ने रहेछ। मैले मण्डली जीवन बिताउन वा आफ्‍नो कर्तव्य पूरा गर्न पाउनेछैनँ।” त्यसकारण मैले तिनलाई म अस्पतालमा काम गर्न जानेछु भनेर प्रतिज्ञा गर्नुपर्‍यो। तर, बिरामीहरूको हल्‍लाले मलाई फेरि हृदयघात हुन्छ मेरो अस्पतालका प्रमुख भनेर डराए, त्यसैले, तिनीहरूले मलाई जेनेरल अस्पतालको बहिरङ्ग विभागमा सरुवा गरे। काम नहुँदा पनि, म अफिसमा बस्‍नुपर्थ्यो, र त्यसरी त मैले आफ्‍नो कर्तव्य पूरा गर्न पाउँदिनथेँ। हरेक दिन, म एकलै अफिसमा बस्थेँ र मलाई बेचैन हुन्थ्यो। म त्यहाँ अल्झिएर बसेको बेला मण्डलीमा कति धेरै अर्जेन्ट काम छन् भनेर सोच्थेँ। मण्डलीको काममा ढिलाइ हुनेछ र ब्रदर-सिस्टरहरूको जीवनमा हानि पुग्नेछ भन्‍ने मलाई थाहा थियो, र मलाई निकै ग्‍लानि हुन्थ्यो। मैले म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु भनेर दाबी गरेकी थिएँ, तर मेरा श्रीमानले मलाई सताएर रोक्नेबित्तिकै, मैले हार मानेँ। म परमेश्‍वरप्रति विश्‍वासयोग्य र आज्ञाकारी छु भनेर कसरी भन्‍न सक्थेँ र? यसबारे जति सोचेँ, मलाई त्यति नै दुःख लाग्यो, र नरोई सकिनँ। त्यो क्षण, परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्‍नो कर्तव्य पूरा गर्न र तपाईंको लागि खर्चिन चाहन्छु, तर म आफ्ना श्रीमान र मेरो परिस्थितिको बन्धनमा परेकी छु। बिन्ती छ मलाई आत्मविश्‍वास र बल दिनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ, “जब मानिसहरूसँग परमेश्‍वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्‍वरको स्वभाव वास्तविक छ, यो साँच्‍चै पवित्र, र साँच्‍चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्‍नो हृदयबाट परमेश्‍वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई चिनेका, र सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्‍वरलाई चिनेपछि मात्रै मानिसहरू ज्योतिमा जिउँछन्। अनि, परमेश्‍वरलाई चिन्‍नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न र साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्षम हुनु हो। साँचो रूपमा परमेश्‍वरलाई चिन्‍ने, अनि सत्यता बुझ्‍ने र सत्यता प्राप्त गर्ने मानिसहरूमा, संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आएको हुन्छ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार चल्‍न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँका वचनहरू अनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो प्राणको गहिराइभित्रसम्म शान्ति र ज्योति पाएको महसुस गर्छन्, जब तिनीहरूको हृदय अन्धकारबाट स्वतन्त्र हुन्छ, र जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र बाधारहित भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले सच्‍चा मानव जीवन जिउन सक्छन्, र तब मात्र तिनीहरू सत्यता र मानवता भएका व्यक्ति बनेका हुन्छन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। तैँले सृष्टिका प्रभु अर्थात् सर्वोच्च परमेश्‍वरबाट अनुमोदन प्राप्त गरेपछि मात्रै, र तँ मानव स्वरूपमा जिइरहेको सृष्टि गरिएको योग्य व्यक्ति होस् भनेर उहाँले भन्‍नुभएपछि मात्रै, तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस्, र तँ सत्यता र मानवता भएको व्यक्ति होस् भन्‍ने हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले के बुझेँ भने, हाम्रो जीवनमा सत्यताको पछि लाग्ने, परमेश्‍वरलाई चिन्‍ने, र सृष्टिकर्ताको अनुमोदन प्राप्त गर्ने कार्यलाई मात्रै महिमित कुरा ठान्‍न सकिन्छ। यो मात्रै वास्तविक जीवन हो, र मैले छनौट गर्नुपर्ने कुरा यही हो। मैले सांसारिक ख्याति र सम्पत्ति कमाउन मरिमेटर चिकित्सा अध्ययन गरेकी थिएँ। सफल भएपछि, मलाई मेरा अगुवा र सहकर्मीहरूले कदर गर्थे, अनि आफन्त र साथीहरूले उच्च सम्‍मान दिन्थे, तर ती कुरा पाएर मलाई के फाइदा भयो र? मैले जति नै ख्याति वा भौतिक सम्पत्ति पाए पनि, यसले मेरो प्राणको खोक्रोपन भर्न सकेन। यसले मेरो शरीरलाई थकित र रोगी बनायो, मेरो जीवन अझै पनि अर्थहीन र दयनीय थियो, र मलाई शान्ति वा आनन्द हुँदैनथ्यो। सोचेँ, सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेपछि, मैले कसरी परमेश्‍वरका वचनहरू खाएर र पिएर, अनि आफ्‍नो कर्तव्य पूरा गरेर अनजानमा सत्यता बुझ्‍न थालेकी छु। कसरी चल्‍ने, परमेश्‍वरको आराधना कसरी गर्ने, र भ्रष्ट स्वभाव त्यागेर सामान्य मानवतामा कसरी जिउने भनेर मलाई थाहा थियो। यो सबै कुराले गर्दा मलाई निकै राहत र स्वतन्त्र महसुस हुन्थ्यो। मानिसहरू सृष्टि गरिएका प्राणी हुन्, परमेश्‍वरको उपस्थितिमा जिएर अनि सत्यता बुझेर मात्रै मानिसहरूले शान्ति र खुसी पाउन सक्छन् भन्‍ने मैले बुझेकी थिएँ। अन्यथा, मानिसहरू जसरी जिए पनि, तिनीहरूको जीवन सधैँ खोक्रा र कष्टकर हुन्छ। यस बेला मैले परिवारबाट भोगेको सतावट परमेश्‍वरले हुन दिनुभएको हो भन्‍ने बुझेँ। यो परिस्थितिद्वारा, म परमेश्‍वरअघि आएर उहाँमा भरोसा गर्न र सत्यता खोज्न बाध्य भएकी थिएँ, जसले गर्दा मैले शैतानको अधीनमा रहेर जिउनुको पीडा स्पष्टसित देखेँ, र परमेश्‍वरलाई पछ्याउने र सत्यताको पछि लाग्‍ने मार्ग अपनाउने निर्णय गर्न सकेँ। परमेश्‍वरका असल अभिप्रायहरू बुझेपछि, मेरो हृदय उज्यालो भयो। मैले परिवारका बन्धनहरूबाट मुक्त भएर अस्पताल पनि छोडेँ, र मण्डलीमा आफ्‍नो कर्तव्य पूर्णकालीन रूपमा पूरा गर्न थालेँ।

सन् २००७ को डिसेम्‍बरमा एक दिन, म आफ्नो कर्तव्यबाट घर पुग्दा, मेरा श्रीमान अत्यन्तै रिसाएका थिए। तिनले भने, “अस्पतालबाट कल आएको थियो। तँ गइनस् भने, तँलाई निकालिनेछ भनेर तिनीहरूले भने। तँ अहिले नै काममा गइहाल्‍नुपर्छ। तैँले जागिर गुमाइस् भने, पेन्सन र सबै लाभ गुमाउनेछस्!” यो सुन्दा म अलिक व्याकुल भएँ। सोचेँ, “साँचो हो। मैले सानो छँदादेखि नै असल डाक्टर बन्‍ने र नाम कमाउने सपना देखेकी थिएँ। मैले यति धेरै संघर्ष गरेपछि ख्याति र सम्पत्ति दुवै पाएँ। यदि मैले अहिले छोडेँ भने, मेरो हात रित्तो हुनेछ।” त्यो सोच्दा मलाई के गर्ने, के गर्ने भयो, त्यसकारण मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई त मैले प्रतिष्ठा, सम्पत्ति र हैसियत त्यागेकी छु भन्ने लागेको थियो। तर अहिले मैले आफ्‍नो जागिर साँच्‍चै छोड्नुपर्दा, मलाई अलिक दुःख लागेको छ। हे परमेश्‍वर, बिन्ती छ मलाई सत्यता बुझ्‍न र यी कुराको वशमा नपर्न डोऱ्याउनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरू पढिसकेपछि मात्रै मलाई शैतानले मलाई कति गहिरो हानि गरेको रहेछ भन्‍ने थाहा भयो। ख्याति र लाभ मेरो जीवन बनेको थियो, र यो सत्यता अभ्यास गर्न रोक्‍ने बाधा बनेको थियो। बाल्यकालदेखि नै, मेरा आमाबुबाले मलाई “अरूभन्दा माथि उठ्नू” र “पुर्खाको नाउँ राख्नू” भनेर सिकाउँथे, अनि ख्याति र लाभ पाउनु भनेको अर्थपूर्ण र बहुमूल्य जीवन जिउनु हो भन्‍ने सोच्थेँ। म ख्याति, लाभ, र हैसियतलाई सकारात्मक कुरा ठान्थेँ, र मैले जीवनमा पछ्याउनुपर्ने एउटै मात्र उद्देश्य यही हो भनेर सोच्थेँ, त्यसकारण म एकचित्त लगाएर ख्याति, लाभ, पैसा, र सुखचैनको पछि लागेँ। अन्त्यमा, मैले आफूलाई लखतरान हुने गरी नराम्ररी कष्टमा मात्रै पारेकी थिएँ। प्रतिष्ठा र हैसियत भनेको शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन र निल्‍न प्रयोग गर्ने चालबाहेक अरू केही होइनन्। मलाई मेरी एक साथीको घटना याद आयो, जसको ख्याति र प्राप्तिको पछि लाग्दा दुःखद मृत्यु भएको थियो। तिनी बहिरङ्ग विभागका निर्देशक थिए, र आफ्नो पेशामा कडा परिश्रम गर्न समर्पित थिए। तिनी सधैँ ढिलो घर आउँथे। तिनी बिरामीहरूलाई उपचार गर्न र अझै धेरै पैसा कमाउन अस्पतालमा बस्‍न चाहन्थे। अन्त्यमा, तिनले ख्याति र पैसा त कमाए, तर एक रात, तिनी कामबाट धेरै ढिलो निस्के, तिनी थाकेर लखतरान अवस्थामा सडकछेउ हिँडिरहेका बेला तिनलाई कारले हान्यो, र तिनको मृत्यु भयो। मेरी अर्की साथी थिइन् जो सानै उमेरमा प्रमुख नर्स बनेकी थिइन्। अरूका लागि, उनको भविष्य असीमित देखिन्थ्यो, तर उनी काममा अति व्यस्त थिइन्। घर फर्किँदा पनि उनी सहकर्मीहरूसँग कामबारे नै कुरा गरिरहेकी हुन्थिन्, आफूले रेल लिक काटेको उनलाई पत्तै भएन, र बीसको दशकमा हुँदा नै उनलाई रफ्तारमा आएको ट्रेनले किचेर मार्‍यो। मेरा साथीहरूका अनुभवहरूबारे सोच्दा, म डरले काम्‍न थाल्थेँ। यिनीहरू पनि अस्पतालका निकै सम्‍माननीय र मूल्यवान् मानिस थिए। तर परमेश्‍वरको हेरचाह र सुरक्षाविना, ख्याति र सम्पत्तिको के फाइदा? प्रतिष्ठा र हैसियत साँच्‍चै नै मानिसहरूलाई भ्रष्ट पार्ने र हानि गर्ने शैतानका साधन मात्रै हुन्। ती त मानिसहरूलाई नराम्ररी जीवनभरि ख्याति र प्राप्तिको पछि लाग्न प्रलोभनमा पार्न शैतानले थापेका पासो हुन्, ताकि तिनीहरू परमेश्‍वर र सृष्टिकर्ताको मुक्तिबाट टाढा होऊन्। म प्रतिष्ठा र हैसियतको बन्धन र नियन्त्रणमा परेकी थिएँ, त्यसकारण मैले जागिर र कर्तव्यबीच कहिल्यै सही छनौट गर्न सकिनँ। कस्तो लाजमर्दो कुरा! मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरका आखिरी दिनहरूको काम जीवनमा एकपटक पाइने मौका हो, र मैले अहिले परमेश्‍वरको अनुग्रहले गर्दा साँचो मार्ग स्विकारेकी थिएँ, तर मैले सत्यता प्राप्त गर्न आफ्‍नो कर्तव्य पूरा गर्ने मौकालाई कदर गरेकी थिइनँ। मैले यो मौका गुमाएँ भने, के मैले आफूलाई बरबाद गरिरहेकी हुनेथिइनँ र? के यो मूर्खता मात्रै हुनेथिएन र?

मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। “परमेश्‍वरको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्‍वरका मानिसमध्ये एक बन्‍न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग दियो। आज, मण्डलीमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न लागिपर्नु नै जीवनमा छनौट गर्नुपर्ने सही मार्ग हो, र यो नै सबैभन्दा अर्थपूर्ण जीवन हो। मलाई पहिले शैतानले भ्रष्ट तुल्याएको र धोका दिएको थियो, र म शैतानी दर्शनहरूअनुसार जिएँ। म पूर्ण हृदयले ख्याति र प्राप्तिको पछि लागेँ, र मैले शैतानका छल र हानिहरू भोग्‍नुपर्‍यो। परमेश्‍वरको वचनले मलाई ख्याति, सम्पत्ति, र हैसियतको पछि लाग्‍नुका परिणामहरू र सारलाई देखायो, र यो मानिसहरूलाई भ्रष्ट तुल्याउने र निल्‍ने शैतानको साधन हो भन्‍ने कुरा बुझायो। अहिले, परमेश्‍वरका आखिरी दिनहरूको काम समाप्त हुन लागेको छ, परमेश्‍वरको व्यवस्थापन योजना अन्त्य हुन लागेको छ, र महाविपत्ति सुरु भइसकेको छ। सत्यताको पछि लागेर मात्रै हामी यो विपत्तिबाट बच्न सक्छौँ। यदि मैले सत्यता नपछ्याएकी, र यो बहुमूल्‍य र छोटो समयलाई ख्याति र सम्पत्तिका लागि प्रयोग गरेकी भए, अन्त्यमा, मैले परमेश्‍वरले दिनुभएको सत्यता र जीवन कहिल्यै प्राप्त गर्नेथिइनँ, न त मैले परमेश्‍वरको मुक्ति नै पाउनेथिएँ। त्यसपछि त परमेश्‍वरमाथिको मेरो विश्‍वास व्यर्थ हुनेथ्यो, र मलाई यसको जीवनभरि पछुतो हुनेथ्यो। प्रभु येशूले भन्नुभएजस्तै, “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। मैले जीवनमा एकपटक आउने यो अवसरलाई कदर गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले अबदेखि आफ्‍नो देहको खातिर दौडधूप गर्नु हुँदैनथ्यो। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामको यो महत्त्वपूर्ण अवधिमा, मैले सत्यता पछ्याउने र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने क्षणको सदुपयोग गर्नुपर्थ्यो। यो जिउने सबैभन्दा बहुमूल्य र अर्थपूर्ण तरिका हो। यो कुरा मनमा राख्दै, मैले जागिर छोडेर पूर्णकालीन आफ्‍नो कर्तव्य पूरा गर्ने निर्णय गरेँ। मैले श्रीमानलाई यो कुरा बताउँदा, तिनले विवश हुँदै भने, “विगत केही वर्षदेखि, मैले तिमीलाई काममा पठाउन र यो जागिर जोगाउन हरेक प्रयास गरेँ। म हाम्रो जीवन सुखी हुन सकोस् भनेर तिमीले धेरै पैसा कमाउन् भन्ने मात्रै चाहन्छु। तर तिम्रो हृदयमा परमेश्‍वर मात्रै रहेछ। म तिमीलाई अबउसो नियन्त्रण गर्न सक्दिनँ। भविष्यमा के गर्छौ तिम्रै हातमा छ।” त्यसपछि, म राजीनामा प्रक्रिया अघि बढाउन अस्पताल गएँ। मेरो अस्पतालका प्रमुखले मलाई रोक्‍न बारम्‍बार प्रयास गर्दै यसो भने, “डाक्टरी पेशा त सुरक्षित जागिर हो, र अस्पताल कहिल्यै बन्द हुँदैन। अहिले अस्पतालमा जागिर पाउनु निकै गाह्रो छ। साथै, तपाईं यहाँका प्रमुख कर्मचारी हुनुहुन्छ, र तपाईंको भविष्य उज्ज्वल छ। अहिले तलब पनि बढिरहेको छ, र अनेक किसिमका नयाँ सुविधाहरू पाइनेछ। यसबारे राम्ररी सोच्‍नुहोस्!” यो शैतानको प्रलोभन हो भन्‍ने मलाई थाहा थियो, शैतानले मलाई परमेश्‍वरबाट टाढा लैजान प्रलोभनमा पारेर परमेश्‍वरलाई धोका दिन लगाउन तिनलाई प्रयोग गर्न चाहेको थियो, म त्यसको चालमा पर्नेवाला थिइनँ। त्यसकारण, मैले अस्पतालका प्रमुखलाई मेरो मनोवृत्ति व्यक्त गरेँ, र तिनी मेरो राजीनामा प्रक्रिया अघि बढाउन बाध्य भए। म जागिर छोडेर आफ्‍नो कर्तव्यमा फर्केपछि, मलाई निकै राहत महसुस भयो। म उप्रान्त कामको बन्धन र नियन्त्रणमा थिइनँ, र मसँग परमेश्‍वरको वचन खाने र पिउने अनि आफ्‍नो कर्तव्य पूरा गर्ने अझै धेरै समय हुन्थ्यो। परमेश्‍वरको वचनको डोऱ्याइले मलाई ख्याति र हैसियतको बन्धन र नियन्त्रणबाट मुक्त गर्‍यो, र मलाई जीवनमा सही दिशा प्रदान गर्‍यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नै परिवारको कैदी

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने...

सबैभन्दा अर्थपूर्ण निर्णय

बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्‍वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ।...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्