कठिन परिस्थितिको जाँच

25 फेब्रुअरी 2023

जुनियर, जिम्बाबे

सानै हुँदादेखि म समाजद्वारा सधैँ प्रभावित हुन्थेँ। आफूले गर्ने हरेक कुरामा म अरूलाई पछ्याउन मन पराउँथेँ—मैले चिनेजानेका सबै मानिसहरू इसाई थिए, त्यसकारण म पनि इसाई बनेको थिएँ। तर परमेश्‍वरको बारेमा जान्‍ने इच्‍छा जागेपछि, मैले केही प्रश्‍नहरूको बारेमा विचार गर्न थाले: हामी किन परमेश्‍वरमा विश्‍वास गर्छौँ? हामी कसरी परमेश्‍वरलाई चिन्‍न सक्छौँ? यो अन्धकार र दुष्ट संसारमा, सत्यता वास्तवमा कहाँ छ? किन मानिसहरूले जीवनमा दुःख भोग्छन्? यी प्रश्‍नहरू रहस्यजस्तो एकपछि अर्को गरी प्रकट हुन थाले, र मैले कहिल्यै उत्तर भेट्टाइनँ। खुशीको कुरा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचारलाई स्वीकार गरेँ, र मैले यी सबै अन्योलपूर्ण कुराहरूका उत्तरहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा भेट्टाएँ। मैले के सिकेँ भने, परमेश्वरमाथिको विश्‍वास भनेको परमेश्‍वरका वचनहरू र काम अनुभव गर्नु अनि यसमार्फत उहाँलाई चिन्नु र प्रेम गर्नु, र उहाँको आज्ञापालन गर्नु हो। मैले के पनि सिकेँ भने, आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्न र तिनीहरूको भ्रष्टतालाई धुन न्याय, सजाय, परीक्षा र शोधनको प्रयोग गर्नुहुन्छ। त्यसकारण, म आफूमाथि परीक्षाहरू आइपरोस् भनेर प्रार्थना गर्थेँ। म चीनमा जन्‍मेको भए हुनेथियो भनेर समेत कामना गर्थेँ ताकि मैले पनि दियाबलस शैतानको दमन र सतावट भोग्‍न सकूँ, शानदार गवाही दिन सकूँ र परमेश्‍वरले मलाई त्यो कठिनाइद्वारा विजेता बनाउनुभएको होस्। यस्तो परिवेश यति छिटो मेरो सामु आइपर्दा म छक्कै परेँ।

महामारीको कारण, मैले काम गर्ने कम्पनी बन्द भयो र मैले मेरो जागिर गुमाएँ। मैले अरू धेरै कम्पनीहरूमा काम खोज्‍ने प्रयास गरेँ, तर मलाई कहिल्यै अन्तर्वार्ताका लागि बोलाइएन। समय बित्दै जाँदा, परिस्थितिहरू झन् खराब हुँदै गए। मसँग खानेकुरा किन्‍ने आम्दानी वा पैसा थिएन। के गर्ने मलाई थाहा थिएन। पहिले, कामबाट आएपछि म अनलाइन भेलामा सहभागी हुन्थेँ, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्थेँ, मण्डलीले बनाएका चलचित्र हेर्थेँ, र अरूसँग आफ्‍नो कर्तव्य पूरा गर्थेँ। यी कुराहरू मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थिए; यी कुराहरू विश्‍वास अभ्यास गर्ने राम्रो तरिका हुन् भन्‍ने मलाई लाग्थ्यो। तर अहिले म यो कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा मलाई के लाग्यो भने मैले एक मात्र साँचो परमेश्‍वरमा विश्‍वास गरेको छु, त्यसकारण उहाँले अवश्य नै मलाई हेरचाह र सहयोग गर्नुहुन्छ। मैले परमेश्‍वरलाई प्रार्थना पनि गरेँ र मलाई जागिर जुटाइदिनुहोस् भनेर अनुरोध गरेँ। म एक विश्‍वासी भएको हुनाले, परमेश्‍वरले मलाई मैले मागेको सबै कुरा दिनुहुन्छ भन्‍ने लागेको थियो, तर परमेश्‍वरले त्यसो गर्नुभएन। त्यसपछि मलाई कमजोर महसुस भयो र म धेरै अन्योलमा परेँ। म हरेक दिन परमेश्‍वरका वचनहरू पढ्थेँ र प्रार्थना गर्थेँ, तर पनि किन परमेश्‍वरले मलाई कष्टको बेला सहयोग गर्नुभएन? यो कुरा मनमा खेल्न थालेपछि मलाई अय्यूबको याद आयो। तिनी आफ्‍नो सारा सम्पत्ति गुमाएपछि पनि आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सके। असल र खराब सबै कुरा परमेश्‍वरको सार्वभौम बन्दोबस्त हो भन्‍ने अय्यूबले विश्‍वास गर्थे, र तिनले कहिल्यै गुनासो गर्दैनथिए। तिनलाई भौतिक आशिषहरू दिनुभएकोमा तिनले परमेश्‍वरलाई धन्यवाद दिन्थे, र जब तिनले यी कुराहरू गुमाए, तब अझै पनि तिनले यहोवा परमेश्‍वरको नामको प्रशंसा गरे। अय्यूबको विश्‍वास र प्रार्थनाहरूको बारेमा सोच्दा, मलाई मेरो विश्‍वास कति सानो रहेछ भन्ने थाहा भयो—यसलाई अय्यूबको विश्‍वाससँग तुलना गर्न सकिँदैन। मैले अय्यूबको उदाहरणलाई पछ्याउनुपर्छ, र उनले जस्तै परमेश्‍वरका सार्वभौम बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भन्‍ने मलाई थाहा थियो। तर खान समेत धौ-धौ परेको अवस्था र मेरो मोबाइल डाटा सकिएर म अनलाइन भेलामा सहभागी हुन नसकेको कुरा सोच्दा म पूरै अन्योलमा थिएँ। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, म भोकभोकै पर्ने वा नपर्ने, भेलामा सहभागी हुन सक्ने वा नसक्ने भन्‍ने कुरा पूर्ण रूपमा तपाईंकै हातमा छ। म यी कठिनाइहरू तपाईंका हातमा सुम्पिन र तपाईंको सार्वभौम बन्दोबस्तहरूमा समर्पित हुन तयार छु।” त्यसरी प्रार्थना गरेपछि मलाई शान्ति भयो। त्यही दिन, प्रार्थना गरेपछि, अचानक एउटा घटना घट्यो—मेरा काकाले मलाई फोन गरेर मेरो निर्माण कम्पनीमा काम गर्न चाहन्छस् भनेर सोध्‍नुभयो। निर्माणको काम थकाइलाग्दो भए पनि, एक हप्ता काम गरेपछि मैले केही समयसम्‍म खान पुग्‍ने रकम कमाएको थिएँ। मैले परमेश्‍वरलाई साँच्‍चै धन्यवाद दिएँ। जब मैले यो अवधिमा के प्रकट गरेको थिएँ भनेर पछाडि फर्केर हेरेँ, तब मैले परमेश्‍वरमा विश्‍वास गरेकै भरमा उहाँले मैले मागेका जुनसुकै कुरा दिनुहुनेछ भनेर किन सोच्न पुगेछु भनेर म छक्क परेँ। त्यसपछि एक दिन, मैले परमेश्‍वरका केही वचनहरू पढेँ र यसको बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समय ऊसँग भएका सबै हर्ष र शान्ति खोसेँ, मानिस सशङ्कित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति नै धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। “परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ। यी कुराहरू यो अवस्थासम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ, त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ)। परमेश्‍वरका वचनहरूले आशिषहरू पाउने हाम्रो मनसाय र हाम्रा भ्रष्ट स्वभावहरूको बारेमा प्रकट गरेका छन्। धेरैजसो मानिसहरूले आफ्‍नो विश्‍वासमा परमेश्‍वरबाट सहजता मात्रै खोजिरहेका हुन्छन्। तिनीहरूले कुनै पनि दुर्दशाको सामना गर्न चाहँदैनन् र परमेश्‍वरले तिनीहरूलाई चाहिएको सबै कुरा दिनुहुनेछ भनेर आशा गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेका छन् कि छैनन् भनेर कहिल्यै वास्ता गर्दैनन्। तिनीहरूका लागि परमेश्‍वरमा समर्पित हुनु र उहाँका मागहरूलाई पूरा गर्नु महत्त्वपूर्ण कुरा हुँदैन; परमेश्‍वरले तिनीहरूलाई तिनीहरूले चाहेको कुरा दिनु नै तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। मैले प्रभुमा विश्‍वास गरेको समयमा, पाष्टर र एल्डरहरूले प्रायजसो हामीलाई परमेश्‍वरका आशिषहरूका लागि प्रार्थना गर्न लगाउँथे। तर त्यस्तो पछ्याइले परमेश्‍वरसँगको हाम्रो सम्‍बन्धलाई असामान्य बनाउँदो रहेछ। परमेश्‍वरका वचनहरूले यस्तै कुरा प्रकट गरेका छन्: “परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ।” परमेश्‍वरका वचनहरू सत्यता हुन् र मैले आफ्‍नो बारेमा मूल्याङ्कन गर्नु थियो। मैले आफू पनि परमेश्‍वरका आशिषहरू पाउनका खातिर विश्वास गरेको रहेछु भन्‍ने थाहा पाएँ। त्यो अभिप्राय मेरो हृदयको गहिराइमा लुकेर बसेको थियो। म के सोच्थेँ भने, परमेश्‍वर पृथ्वीमा फर्केर आउनुभएको छ, त्यसकारण उहाँले पक्‍कै पनि उहाँलाई स्वीकार गर्ने सबैलाई आशिष दिनुहुनेछ। मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेको हुनाले, आशिषहरू पाउन त्यति गाह्रो छैन, मेरो जीवन सुधार हुन लागेको छ भन्‍ने मलाई लागेको थियो। तर परिस्थिति त्यस्तो भएन। म कठिनाइमा परेको थिएँ र मेरो जीवन झन्-झन् कठिन भएको थियो, अनि म कमजोर र नकारात्मक भएको थिएँ। मेरो आम्दानीको स्रोत केही थिएन, मसँग खानेकुरा थिएन, र अनलाइन भेलाहरूमा सहभागी हुन मैले इन्टरनेट चलाउन पाउँदिनथिएँ। मैले कसरी मेरो विश्‍वासलाई अभ्यास गरिरहन सक्थेँ? म असन्तुष्ट थिएँ, र मलाई परमेश्‍वरले वास्ता गर्नुहुन्‍न जस्तो लागेको थियो। कामको खोजी गर्न म धेरै ठाउँ गएको थिएँ र परमेश्‍वरलाई सहयोगका लागि प्रार्थना गरेको थिएँ, तर परमेश्‍वरले कहिल्यै उत्तर दिनुभएन, र मैले प्रार्थनामा मागेको कुरा दिनुभएन। मैले बुझ्न सकेको थिइनँ र मलाई परमेश्‍वरप्रति शङ्का लाग्‍न थालेको थियो। परमेश्‍वरले भन्‍नुभएको छ: “जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समय ऊसँग भएका सबै हर्ष र शान्ति खोसेँ, मानिस सशङ्कित भयो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरका वचनहरूको प्रकाशले मलाई आफूले प्रकट गरेको व्यवहारप्रति लज्‍जित तुल्यायो। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने आशिषहरू पाउनका लागि विश्‍वास गर्नु गलत दृष्टिकोण हो। किनभने मैले परमेश्‍वरलाई आशिष दिने व्यक्तिको रूपमा र आफूलाई आशिष पाउने व्यक्तिको रूपमा हेरेकोले जब परमेश्‍वरले मलाई मैले चाहेअनुसारको राम्रो काम दिनुभएन, तब मैले उहाँलाई दोष दिएँ र उहाँले मलाई पटक्‍कै वास्ता गर्नुहुन्‍न भन्‍ने सोच्न पुगेँ। विश्‍वास सम्‍बन्धी मेरो दृष्टिकोण कति हास्यास्पद, अज्ञानी, र मूर्ख छ भन्‍ने कुरा मैले देखेँ। सानोमा धार्मिक भेलाहरूमा जाँदा म सधैँ यस्तो भनेको सुन्थेँ, “परमेश्‍वरले तपाईंलाई धेरै आशिष दिनुहुनेछ! तपाईं विश्‍वासी हुनुहुन्छ भने परमेश्‍वरले तपाईंलाई आशिष दिनुहुनेछ। परमेश्‍वरलाई प्रार्थना गर्नुहोस् र माग्‍नुहोस्, अनि उहाँले अवश्य नै उत्तर दिनुहुनेछ।” मैले धार्मिक संसार, मेरा आमाबुबा, र मैले चिनेका अरूबाट सुनेका यी कुराहरूले मलाई ठूलो प्रभाव पारेका थिए र परमेश्‍वरका आशिषहरू पाउनका लागि मैले विश्‍वास मात्रै गर्नुपर्छ अनि म संसारको कष्टबाट मुक्त हुन्छु भन्‍ने सोच दिएका थिए। आशिषहरू पाउने चाहनासहितको विश्वास गलत हो भनेर मैले पहिले कहिल्यै सोचेको थिइनँ, यो शैतानी स्वभाव हो भन्‍ने कुरा मैले झनै बुझेको थिइनँ। मानिसहरूको भ्रष्टतालाई प्रकट गर्ने परमेश्‍वरका वचनहरू पढ्नुभन्दा पहिले मैले यीमध्ये कुनै पनि कुरा बुझेको थिइनँ।

त्यसपछि, मैले आफैलाई सोधेँ: के विश्‍वास भन्ने कुरा वास्तवमा भौतिक आशिषहरू प्राप्त गर्नका लागि मात्रै हो? के पैसा र भौतिक सम्पत्ति भएका मानिसहरूलाई नै परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ? त्यसोभए, प्रभु येशूले किन यूहन्‍ना ६:२७ मा यसो भन्‍नुभएको छ, “नष्ट हुने खाद्यको निम्ति परिश्रम नगर, बरु अनन्‍त जीवनसम्‍म रहने खाद्यको निम्ति परिश्रम गर, जुन मानिसको पुत्रले तिमीहरूलाई दिनेछ: किनभने परमेश्‍वर पिताले ऊमाथि छाप लगाउनुभएको छ”? अनि, उहाँले यसो पनि किन भन्नुभएको छ, “आफ्‍नो लागि पृथ्वीमा धन नथुपार, जहाँ किरा र खिया लाग्छ, र जहाँ चोर पस्छ र चोर्छ: बरु आफ्‍नो लागि स्वर्गमा धन थुपार, जहाँ न किरा न खिया नै लाग्छ, र जहाँ न चोर पस्छ न चोरी हुन्छ: किनभने तिमीहरूको धन जहाँ हुन्छ, मन पनि त्यहीँ हुन्छ(मत्ती ६:१९-२१)? त्यसपछि मलाई के महसुस भयो भने परमेश्‍वरलाई सधैँ भौतिक आशिषका लागि अनुरोध गर्नु मानवजातिको लालची इच्‍छा हो—यो हाम्रो भ्रष्ट स्वभाव हो, र परमेश्‍वरले यसलाई घृणा गर्नुहुन्छ। यस्तो किन हो भने शैतानले मानिसलाई बहकाएको छ, जसले परमेश्‍वरलाई चिन्‍नबाट हामीलाई रोक्छ, विशेष गरी, हाम्रो भाग्यमाथि उहाँको शासन हुन्छ भन्ने जान्‍नबाट रोक्छ। हामी हाम्रा सृष्टिकर्ताप्रति समर्पित हुन सक्दैनौँ—बरु हामी निरन्तर उहाँसँग मागिरहन्छौँ। सबै कुरा सहजतासाथ अघि बढिरहेको बेला, हामी परमेश्‍वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ, तर जब हामीले जीवनमा कठिनाइको सामना गर्छौँ, जब परमेश्‍वरले हाम्रा मागहरू पूरा गर्नुहुन्‍न, तब हामी परमेश्‍वरबाट तर्किन्छौँ र उहाँलाई दोष दिन्छौँ। अनि, मैले अब्राहामलाई सम्झिएँ। उनी परमेश्‍वरबाट आएको कुनै पनि कुरा मान्‍न तयार थिए। असल होस् कि खराब, उनले आफ्‍नै व्यक्तिगत निर्णय गर्दैनथिए। जब परमेश्‍वरले अब्राहामलाई आफ्‍नो छोरालाई बलिदान गर्न आज्ञा दिनुभयो, तब अब्राहाम परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार गर्न तयार भए। तिनका लागि यो साँच्‍चै पीडादायी कुरा थियो, तर पनि तिनले परमेश्‍वरलाई सोधेनन्, “किन मलाई यसो गर्न लगाउनुभएको? तपाईंले मलाई कसरी यस्तो गर्न सक्‍नुहुन्छ?” परमेश्‍वरले जे अह्राउनुभए पनि, त्यो सही हो र आफूले पालना गर्नुपर्छ भन्‍ने अब्राहामले विश्‍वास गर्थे। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र तिनी सृष्टि गरिएको प्राणी हुन्, त्यसकारण उनले विनासर्त परमेश्‍वरको कुनै पनि आज्ञा वा मापदण्डलाई स्वीकार गर्नुपर्छ र तीप्रति समर्पित हुनुपर्छ भन्‍ने तिनलाई थाहा थियो। अब्राहामको विश्‍वासले परमेश्‍वरको अनुमोदन पाएको थियो। तर आजका मानिसहरू अब्राहामभन्दा पूर्ण रूपमा फरक छन्। हामी सधैँ भौतिक आशिषहरूको बारेमा विचार गर्न मग्‍न हुन्छौँ र परमेश्‍वरको इच्‍छालाई बेवास्ता गर्छौँ। प्रभु येशूले हामीलाई यसो भनेर अर्ती दिनुभएको छ: “तिमीहरूले पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर; अनि यी सबै कुराहरू तिमीहरूलाई थपिनेछन्(मत्ती ६:३३)। हामीले भौतिक आशिषहरूको खोजी गर्नु हुँदैन; बरू हामीले परमेश्‍वरको इच्‍छा पूरा गर्ने, सत्यता पछ्याउने र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने प्रयास गर्नुपर्छ। महत्त्वपूर्ण कुरा त्यही नै हो। परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ। उहाँले हाम्रा विचारहरूलाई राम्ररी जान्‍नुभएको हुन्छ, र हामीलाई के चाहिन्छ उहाँलाई राम्ररी थाहा हुन्छ। तर शैतानको भ्रष्टताको कारण मानवजातिका विचारहरू पूर्ण रूपमा लोभ र भौतिक आशिषहरूले भरिएका छन्—हामीले परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई सन्तुष्ट तुल्याउन नभई आशिषहरू पाउन र आफ्‍नै इच्‍छाहरूलाई पूरा गर्नका लागि विश्‍वास गरेका हुन्छौँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले यस्तो कुरालाई यसरी प्रकट गरेका छन्: “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मेरो खास स्थितिलाई खुलासा गरिदिए। मैले मेरो अज्ञानता र स्वार्थ देखेँ, र परिस्थितिहरू मेरो धारणाअनुरूप नहुँदा मैले कसरी प्रार्थना गर्नुपर्छ र म परमेश्‍वरमा समर्पित हुनुपर्छ भन्ने थाहा पाएँ। मैले अनुग्रह र आशिष मात्रै माग्नु हुँदैन।

केही समयपछि म फेरि त्यस्तै समस्यामा परेँ। मैले मेरो काकाको निर्माण कम्पनीमा एक हप्ता मात्रै काम गरेर छोडेँ, त्यसपछि घरमा नै रहेर आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यमा ध्यान दिएँ, त्यसकारण चाँडै नै पैसा सकियो। मैले भरे-भोलि खानका लागि कहाँबाट ल्याउने वा मैले कसरी काम खोज्‍ने मलाई थाहा थिएन किनभने मसँग जागिर खोज्‍नका लागि डिग्री वा योग्यता थिएन। मेरो नाममा केही थिएन, र मोबाइल डाटा किन्‍ने पैसा थिएन। भेलाहरूमा सहभागी हुन र कर्तव्य पूरा गर्नका लागि मलाई साँच्‍चै नै इन्टरनेट चाहिन्थ्यो। यसको बारेमा सोच्दा मलाई फेरि कमजोर अनुभव भयो, र कुनै आशा छैन भन्‍ने जस्तो लाग्यो। त्यही बेला, मेरी आमाले मलाई महामारीको कारण उहाँहरूसँग खानेकुरा केही नभएको, र मैले उहाँहरूका लागि केही व्यवस्था गर्ने आशा गरेको कुरा बताउनुभो। मेरी आमा पनि मेरो जस्तै अवस्थामा हुनुहुन्छ भन्‍ने थाहा पाएपछि म शिथिल भएँ र मलाई पीडा भयो। के गर्ने मलाई थाहा थिएन। मलाई मैले अरूले भन्दा बढी दुःख भोगिरहेको छु, मेरो जीवन निकै कठिन छ भन्‍ने लाग्यो। मैले परमेश्‍वरको इच्‍छाको बारेमा स्पष्ट बुझाइ प्राप्त गर्न सकिनँ। म के सोच्थेँ भने, हरेक दिन म मेरो कर्तव्यमा व्यस्त हुने हुनाले परमेश्‍वरले मेरो हेरचाह गर्नुपर्छ, र पनि किन मेरो परिस्थिति झन्-झन् खराब हुँदै गइरहेको छ? त्यो अवधिमा, मैले परमेश्‍वरको धेरै वचन पढेँ र प्रशंसाका भजनहरू धेरै सुनेँ। परमेश्‍वरका वचनहरूका दुई वटा खण्डले मलाई उहाँको इच्‍छा बुझ्‍न सहयोग गरे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्‌हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्‍न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो योजनाहरू र चाहनाहरू त्याग्न, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्‍ने हो। वास्तवमा, पीडादायी परीक्षाहरूको अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मानिसहरूले सधैँ यस्तो सोच्दै परमेश्‍वरसँग अत्यधिक मागहरू गरेका छन्: ‘हामीले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार त्यागेका छौँ, त्यसैले परमेश्‍वरले हामीलाई आशिष् दिनुपर्छ। हामीले परमेश्‍वरको मागअनुसार कार्य गरेका छौँ, त्यसैले परमेश्‍वरले हामीलाई इनाम दिनुपर्छ।’ धेरै मानिस परमेश्‍वरलाई विश्‍वास गर्ने क्रममा आफ्नो हृदयमा यस्ता कुराहरू पाल्छन्। … मानिसहरूमा समझको एकदमै कमी छ; तिनीहरू सत्यता अभ्यास गर्दैनन् अनि परमेश्‍वरबारे गुनासो गर्छन्, र आफूले गर्नुपर्ने कुरा गर्दैनन्। मानिसहरूले सत्यता पछ्याउने मार्ग चुन्‍नुपर्छ, तर तिनीहरू सत्यतादेखि वाक्‍क मान्छन्, तिनीहरू देहसुखको लालसा गर्छन्, र सधैँ आशिष् र अनुग्रह पाउन खोज्छन्, अनि त्यससँगसँगै परमेश्‍वर मानिसबाट अत्यधिक माग गर्नुहुन्छ भनी गुनासो गर्छन्। तिनीहरू आफूप्रति परमेश्‍वर अनुग्रही हुनुभएको, आफूलाई परमेश्‍वरले अझै आशिष् बर्साइरहनुभएको, र देहसुख अनुभूति गर्न दिनुभएको माग गरिरहन्छन्—के यिनीहरू इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुन्? … मानिसहरूले बोल्ने यी शब्दहरू पूर्णतः समझहीन र आस्थाहीन छन्। यी सब मानिसहरूको अत्यधिक माग पूरा नगरिएकाले बोलिएका हुन्, जसले गर्दा तिनीहरू परमेश्‍वरसँग असन्तुष्ट भएका छन्। यी सबै कुरा तिनीहरूको हृदयबाट प्रकट हुन्छन्, र तिनले पूर्णतः मानिसहरूको प्रकृतिलाई दर्साउँछन्। यी कुराहरू मानिसभित्र हुन्छन्, र यी तिनलाई फालिएन भने, तिनले मानिसहरूलाई कुनै पनि समय वा ठाउँमा परमेश्‍वरबारे गुनासो गर्न र परमेश्‍वरलाई गलत बुझ्न लगाउन सक्छन्। मानिसहरूले परमेश्‍वरको निन्दा गर्ने सम्भावना हुनेछ, र तिनीहरूले कुनै पनि क्षण र ठाउँमा साँचो मार्गलाई छोड्न सक्छन्। यो एकदमै स्वाभाविक हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। विगतमा हरेक दिन म आफ्‍नो कर्तव्यमा ध्यान दिन्थें, यहाँसम्म कि मैले आफ्‍नो परिवारलाई समेत ध्यान दिन पाइरहेको थिइनँ, यसो गरेर परमेश्‍वरले मलाई इनाम दिनुपर्छ र मलाई आशिषहरू दिनुपर्छ भन्ने विश्वास गर्थें। म परमेश्‍वरबाट भव्य इनाम पाउन चाहेको थिइनँ, मलाई हातमुख जोड्न पुग्‍ने काम भए पुग्थ्यो—काम पाएपछि, मैले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्थेँ। मलाई त्यो अनुरोध उचित रहेको, त्यति धेरै अनावश्यक किसिमको नरहेको भन्‍ने लागेको थियो। परमेश्‍वरका वचनहरूले खुलासा गरेका कुराहरूमा मनन गरेपछि, मैले के देखेँ भने ममा ती असाधारण चाहना र इच्‍छाहरू हुनुको अर्थ म उहाँमा समर्पित भएको थिइनँ; बरु, मैले उहाँसँग मेरा लागि यो वा त्यो गरिदिनुहोस् भनेर माग गरिरहेको थिएँ। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने यदि कुनै व्यक्तिले परमेश्‍वरबाट सधैँ अनुचित मागहरू गर्छ भने, उसले सत्यताको अभ्यास गर्न कठिन हुन्छ, र उसको मागहरू पूरा भएन भने उसले उहाँलाई धोका दिने र त्याग्‍ने सम्‍भावना हुन्छ। त्यसपछि मैले यी कठिनाइहरूलाई किन भोगेँ भन्ने बुझेँ। हेर्दा मैले धेरै कष्ट भोगिरहेको छु, म निकै दयनीय छु जस्तो देखिन्थ्यो, तर वास्तवमा, म कष्टको शोधनबाट भएर गइरहेको थिएँ। म यसलाई सहन सक्दिनँ जस्तो लागेको भए पनि यो परमेश्‍वरले मलाई त्यागिरहनुभएको कुरा थिएन। मैले मेरो विश्‍वासमा रहेका गलत दृष्टिकोण र अशुद्ध विचारहरूलाई देख्‍न सकूँ, र मानिसहरूले पछ्याऊन् भनी परमेश्‍वरले चाहनुभएको सही मार्गतर्फ ती दृष्टिकोण र विचारहरूलाई फर्काउन सकूँ भनेर त्यस्तो भएको थियो। म यस्तो नसोची बस्‍नै सक्दिनथेँ: “के म केही पैसा कमाउन सक्‍ने खालको काम चाहँदिनँ र? के म मोबाइल डाटा किन्‍न र मेरो आधारभूत आवश्यकता पूरा गर्न चाहन्‍नँ र? के म मेरो कर्तव्य कुनै बाधाहरूविना सहज रूपमा गर्न सकूँ भन्‍ने चाहन्‍नँ र? हो, चाहन्छु। त्यसकारण, मैले यी कुराहरू प्राप्त गर्न चाहने हुनाले, किन परमेश्‍वरले मलाई ती कुरा जुटाइदिनुहुन्‍न? के म त्यति अभागी, त्यति दुर्भाग्यपूर्ण छु?” अवश्य नै छैन—म अत्यन्तै भाग्यमानी थिएँ। यो ममाथि आएको परमेश्‍वरको प्रेम थियो। मेरो यो परिस्थितिहरूलाई परमेश्वरले नै अनुमोदन गर्नुभएको थियो। यो मलाई सत्यताको खोजी गराउन, पाठ सिकाउन, र मेरो विश्‍वासका अशुद्धताहरूलाई धुनका लागि उहाँले नै मिलाउनुभएको योजनाबद्ध कार्य र बन्दोबस्त थियो। यदि कुनै पनि प्रतिकूल, नकारात्मक परिस्थितिहरू अनुभव नगरी मैले मेरो विश्‍वासलाई पूर्ण रूपमा असल र सहज वातावरणमा अभ्यास गर्नुपरेको भए, परमेश्‍वरप्रतिको मेरो विश्‍वास र प्रेममा अभिप्राय, इच्‍छा, र अशुद्धता मिसिएको हुन्थ्यो, जुन कुरालाई उहाँले अनुमोदन गर्नुहुनेथिएन। परमेश्वरले कुनै पनि परिस्‍थितिमा हामी मानिसहरू उहाँप्रति सच्‍चा व्यवहार गरौँ, उहाँप्रति हामी समर्पित र आज्ञाकारी बनौँ भन्‍ने चाहनुहुन्छ। यो कुरा बालकको व्यवहार जस्तै हो। यदि उसको बुबाले उसलाई सहज किसिमको भौतिक जीवन दिँदा मात्रै उसले बुबालाई प्रेम गर्छ, नत्र उसले बुबालाई घृणा गर्छ, र “मैले चाहेको सबै कुरा दिनुभएन भने, म तपाईंलाई आदर गर्नेछैन वा बुबा भन्‍नेछैन” भनेर भन्छ भने, त्यो कस्तो बालक हो? त्यो त आमाबुबालाई प्रेम नगर्ने विवेक र समझ नभएको सन्तान हो। परमेश्‍वर धन्यवाद! मैले पनि त्यस्तै परिस्थितिको सामना गरिरहेको थिएँ। मेरो विश्‍वासमा रहेका अशुद्धताहरूलाई धुनका लागि मैले यी नै परिस्थितिहरूबाट गुज्रनु आवश्यक थियो।

त्यसपछि, मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ: “आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँमा समर्पित हुनु, उहाँलाई प्रेम गर्नु र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टि गरिएका प्राणीहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्‍ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा समर्पित हुन सक्नु र देहमा समर्पित नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छालाई पछ्याउनु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरप्रति समर्पित हुन सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँमा समर्पित हुने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ)। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने बित्तिकै परमेश्‍वरका वचनहरूको यो खण्ड पढेको भए पनि, त्यो बेला मैले यसलाई राम्ररी बुझेको थिइनँ। यी सबै कठिन परिस्थितिहरूबाट गुज्रेर गएपछि मात्रै मैले परमेश्‍वरको इच्‍छालाई अलि-अलि भए पनि बुझ्न सकेँ। साँचो विश्‍वास त मैले सोचेको जस्तो रहेनछ—जबसम्म म परमेश्वरमा विश्वास गर्छु र उहाँका लागि आफूलाई समर्पित गर्छु, तबसम्म उहाँले मेरो हेरचाह र सुरक्षा गर्नुहुन्छ, अनि मेरा हरेक खाँचो पूरा गरिदिनुहुन्छ भन्‍ने होइन रहेछ। विश्‍वासमा त्यस्तो दृष्टिकोण राख्‍नु सही होइन रहेछ। हाम्रो विश्‍वासमा, हामीले परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ र सबै कुरामा उहाँलाई सन्तुष्ट तुल्याउनुपर्छ। परमेश्‍वरले दिनुभए पनि लिनुभए पनि, हामी उहाँमा समर्पित हुनुपर्छ र हामीले आफूलाई साँचो रूपमा दिनुपर्छ। यदि मानिसहरूले आफ्‍नो विश्‍वासमा परमेश्‍वरका वचनहरूद्वारा उहाँलाई चिन्‍ने प्रयास मात्रै गर्छन्, अनि उहाँको सार्वभौम बन्दोबस्तहरूमा समर्पित हुन्छन् भने, परमेश्‍वरले तिनीहरूको विश्‍वासलाई अनुमोदन गर्नुहुन्छ। आफूले सक्दो परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने र पत्रुसले जस्तै मृत्युसम्‍मै उहाँको आज्ञापालन गर्न सक्‍ने व्यक्ति भनेको परमेश्‍वरले सिद्ध पार्नुभएको व्यक्ति हो। खुशीको कुरा, यो परिस्थितिद्वारा परमेश्‍वरले मलाई मेरो विश्‍वासमा सही दृष्टिकोण राख्‍न सिकाउनुभयो, जसले मलाई अटल र शान्त महसुस गरायो। मैले परमेश्‍वरलाई समर्पणताको प्रार्थना गरेँ, र यो कठिनाइलाई सामना गर्न सामर्थ्य दिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। अचम्‍मको कुरा, भोलिपल्‍ट, मेरो काकाले अलिकति पैसा पठाइदिनुभयो र मैले केही खानेकुरा र मोबाइल डाटा किन्‍न सकेँ। मेरा लागि बाटो खोलिदिनुभएकोमा मैले परमेश्‍वरलाई हृदयदेखि धन्यवाद दिएँ।

त्यस बाहेक, मैले पार्ट-टाइम जब पनि भेट्टाएँ। यो सजिलो काम थिएन, तर मैले मेरो आधारभूत आवश्यकता पूरा गर्न चाहिने रकम कमाउन सक्थेँ। मैले साँच्‍चै नै परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई स्वीकार गर्नु र त्यसमा समर्पित हुनु भनेको वास्तविक जीवनमा हामीले सिक्‍नुपर्ने आधारभूत पाठ हो र यसले हामीलाई हाम्रा अनुभवद्वारा परमेश्‍वरको सर्वशक्तिमान् सार्वभौमिकता र आश्चर्यजनक कार्यहरू थाहा पाउन सहयोग गर्छ भन्‍ने कुरा अनुभव गरेँ। जीवनका सबै परिस्थितिहरूप्रति हामीमा हुनुपर्ने आचरण यही हो। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। ‘प्रतीक्षा गर्नु’ भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँका अभिप्रायहरू तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। ‘खोजी गर्नु’ भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरूमार्फत तँप्रतिका परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरू अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। ‘समर्पित हुनु’ ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर जान्‍नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तैँले परमेश्‍वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने सङ्कल्प गर्छस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, र तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। तैँले साँचो वास्तविकतामा प्रवेश गर्न सक्‍ने एउटै मार्ग यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। मैले पहिले पनि परमेश्‍वरका वचनहरूको यो खण्ड पढेको भए पनि, केही कठिन परिस्थितिहरूबाट गुज्रेपछि पढ्दा मलाई यो फरक लाग्यो। परमेश्‍वरका वचनहरूबाट मैले के देख्‍न सकेँ भने परमेश्‍वरको इच्‍छा खोजी गर्नु, प्रतीक्षा गर्नु र समर्पित हुनु नै व्यक्तिले समस्याको सामना गर्दा गर्नुपर्ने पहिलो कुरा हो। तर यो निष्क्रिय प्रतीक्षा होइन—यसमा प्रार्थना गर्ने, परमेश्‍वरको वचन पढ्ने, परमेश्‍वरको इच्‍छा खोज्‍ने, र आफ्‍नो बारेमा मनन गर्ने काम समावेश हुन्छ। यसरी तपाईंले आफ्‍नो साँचो स्थितिको बारेमा जान्‍न र तपाईं केमा प्रवेश गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्‍नुहुन्छ। यस्तो खोजी र अनुभवद्वारा, हामीले परमेश्‍वरको सर्वशक्तिमान् सार्वभौमिकता र उहाँको वास्तविक कार्यहरू देख्‍न सक्छौँ।

सुरुमा त त्यो गाह्रो पार्ट-टाइम जब एक महिनाका लागि मात्रै गर्न चाहन्थेँ, ताकि मैले हात-मुख जोड्नका लागि पर्याप्त रकम कमाउन सकूँ र त्यसपछि बाँकी समय मेरो कर्तव्य पूरा गर्दै बिताउन सकूँ। तर मेरो मोबाइल फोनमा समस्या आयो। मैले अर्को महिना काम गरेँ भने, अर्को फोन र ल्यापटप किन्‍न सक्‍ने रहेछु भन्‍ने सोचेँ। तर म मण्डली अगुवा थिएँ र मण्डलीमा मैले गर्नुपर्ने काम धेरै थियो। आफ्‍नो कर्तव्य पूरा गर्नु नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो—मेरो प्राथमिकता यही थियो, त्यसकारण मैले मेरो काम छोड्ने निर्णय गरेँ। त्यसपछि एक जना माथिल्‍लो तहका अगुवाले मेरो स्थितिको बारेमा थाहा पाएर मेरो कर्तव्य राम्ररी पूरा गर्न मलाई सहयोग गर्नका लागि मण्डलीले मलाई ल्यापटप किन्‍न र इन्टरनेट जोड्न सहयोग गर्न सक्छ भनेर भनिन्। त्यो कुरा सुन्दा मलाई निकै खुशी लाग्यो—म आफूले व्यक्त गर्न सक्‍नेभन्दा पनि बढी खुशी थिएँ। यो पूर्ण रूपमा परमेश्‍वरको अनुग्रहले गर्दा भएको हो भन्‍ने मलाई थाहा थियो। मैले के पनि देखेँ भने परमेश्‍वरले मेरो लागि परिस्थिति कठिन तुल्याइरहनुभएको छैन। उहाँ म सच्‍चा र आज्ञाकारी भएको मात्रै चाहनुहुन्थ्यो। कष्ट भोगेर मैले परमेश्‍वरको प्रेमलाई अनुभव गरेँ। पहिले त, मानिसप्रतिको परमेश्‍वरको प्रेमको बारेमा मैले जे कल्‍पना गरेको थिएँ त्यो अस्पष्ट थियो र त्यो वास्तविकतासँग मिल्दैनथियो। ती परिस्थितिहरूलाई अनुभव गरेर अनि त्यसबाट पाठ सिकेर मात्रै मलाई वास्तवमा यो महसुस भयो कि ती प्रत्येक परिस्थिति परमेश्वरद्वारा योजनाबद्ध गरिएका थिए। उहाँले मेरो परीक्षा लिन, उहाँको इच्छालाई थोरै-थोरै गरी बुझ्ने मार्गमा मलाई डोर्‍याउन, विश्वासमा रहेको मेरो गलत दृष्टिकोणलाई बदल्न, र पछ्याइको सही मार्गमा मलाई ल्याउन उहाँले यस्तो गर्नुभएको थियो। यो साँच्‍चै नै मप्रतिको परमेश्‍वरको प्रेम थियो। कठिन परिस्थितिमा सही आचरण हुनुपर्छ भन्‍ने कुरा पनि मैले बुझ्‍न सकेँ।

केही समयपछि नै मैले अर्को वास्तविक जाँचको सामना गरेँ। त्यहाँ एक महिना काम गरेपछि, मैले तलब पाए लगत्तै, म लुटिएँ। तिनीहरूले मेरो आधा तलब लगे। तर परमेश्‍वरको सुरक्षाको कारण, तिनीहरूसँग चक्कु भएको भए पनि, तिनीहरूले मलाई घाइते बनाएनन्। परमेश्‍वरका असल अभिप्रायहरूका कारण उहाँले यो घटना घट्न दिनुभएको हो भन्‍ने कुरा मलाई अचानक मनमा आयो। मलाई अय्यूबको बारेमा याद आयो, तिनी अत्यन्तै धनी थिए, तर तिनका सबै धनसम्पत्ति लुटिँदा र तिनका सबै छोराछोरी मर्दा, तिनी सर्तरहित रूपमा समर्पित भए, तिनीसँग कुनै गुनासो थिएन, र तिनले अझै पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिरहे। म धनी थिइनँ—म साधारण व्यक्ति मात्रै थिएँ। मलाई त्यो पैसाको खाँचो भएको र त्यसलाई कसरी खर्च गर्छु भनेर मैले धेरै योजना बनाएको भए पनि, म विश्‍वास र आज्ञापालनमा म अय्यूबको उदाहरण पछ्याउन तयार थिएँ। मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंलाई पूर्ण रूपमा जान्‍न सकिँदैन। यो किन भएको हो म पूर्ण रूपमा बुझ्‍न सक्दिनँ, तर यसभित्र तपाईंको इच्‍छा लुकेको छ भन्‍ने मलाई विश्‍वास छ। म तपाईंका बन्दोबस्तहरूमा समर्पित हुन तयार छु। बिन्ती छ मेरो हृदयलाई छोएर अगुवाइ गर्नुहोस् ताकि म नकारात्मक स्थितिमा नडुबूँ।” प्रार्थना गरिसकेपछि मलाई निकै ढुक्‍क लाग्यो, मानौँ केही पनि भएको छैन। कुनै चिन्ता वा फिक्रीविना नै मैले सधैँ झैँ शान्त भएर आफ्‍नो कर्तव्य पूरा गरिरहेँ। परमेश्‍वरको सार्वभौमिकताको सत्यता बुझ्‍नुभन्दा पहिले मेरो आचरण जस्तो थियो त्यसको तुलनामा, म पूर्ण रूपमा फरक भएको थिएँ। किनभने मलाई शुद्ध गर्न र मुक्ति दिनका लागि नै परमेश्‍वरले परिस्थितिहरूलाई त्यसरी योजनाबद्ध र बन्दोबस्त गर्नुभएको हो भन्‍ने मैले थाहा पाएको थिएँ। परमेश्‍वरको प्रेम सम्‍बन्धी मेरो बुझाइ पनि अझै गहन भयो। परमेश्‍वरको प्रेम हामीलाई भौतिक आशिषहरू दिएर मात्रै व्यक्त हुँदैन, किनभने ती कुराहरूले हामीलाई हाम्रो देहगत इच्‍छालाई मात्रै सन्तुष्ट पार्छन्। परमेश्‍वरको साँचो प्रेमले हामीलाई उहाँका वचनहरूको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गरेर सत्यता बुझ्‍न सिकाउँछन्। यसले हामी किन विश्‍वास गर्छौँ, कसरी परमेश्‍वरको भय मान्ने र दुष्टताबाट अलग बस्‍ने, परमेश्‍वरलाई कसरी प्रेम गर्ने र सन्तुष्ट तुल्याउने, अनि अन्तिममा उहाँका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा कसरी समर्पित हुने भन्‍ने कुरा हामीलाई बताउँछन्। मैले परमेश्‍वरका केही वचनहरू सम्झेँ: “परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैँले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैँले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले गहन रूपमा के अनुभव गरेँ भने परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम भनेको वास्तवमै मानवजातिलाई सबै अधार्मिकताबाट धोइपखाली गर्नु हो। हाम्रो विश्‍वासका अशुद्धता र हाम्रो भ्रष्ट स्वभावलाई परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश, र परीक्षा र शोधनद्वारा मात्रै धुन सकिन्छ। परमेश्‍वरको अनुग्रह र आशिष्‌ पाएर मात्रै त्यो कहिल्यै हासिल हुनेछैन। परमेश्‍वरका वचनहरूविना, र यी कठिन परिस्थितिहरूविना मैले कहिल्यै यी कुराहरू बुझ्‍नेथिइनँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

काटछाँट र निराकरण गरिएर फसल कटनी

योउक्षिन, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका...

परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्