ईर्ष्यामुक्त हुँदा

25 फेब्रुअरी 2023

सन् २०२१ को सुरुतिर, मैले प्रचारकको रूपमा सेवा गरिहेको थिएँ र मण्डलीको काम रेखदेख गर्न ब्रदर म्याथ्युसँग सहकार्य गर्थेँ। मैले त्यो कर्तव्य भर्खरै थालेको थिएँ र मैले अझै नबुझेका कुरा धेरै थिए, त्यसैले म प्रायः उनलाई प्रश्‍नहरू सोध्‍ने गर्थेँ। त्यो समयमा, म्याथ्युले आफ्नो कर्तव्यमा देखाएका भ्रष्ट स्वभावहरूबारे मलाई प्रायः बताउँथे। समय बित्दै जाँदा, मैले उनलाई तुच्छ ठान्‍न थालेँ। मलाई आफू उनीजस्तो भ्रष्ट छैनँ र उनीसँग सहकार्य गर्नु मेरो लागि लाभदायी छैन भन्‍ने लाग्यो। मैले आफूलाई उनीभन्दा उत्तम ठानेँ। मैले यस्तोसमेत सोचेँ: “उनी कसरी पहिला प्रचारक भए? म उनको अगुवा थिएँ। मैले पो उनलाई प्रचारक कसरी बन्‍ने भनेर बताउनुपर्ने हो, उनले मलाई बताउने होइन। उनी पहिला प्रचारक बनेको हुनाले, सबैले उनलाई धेरै आदर गर्छन्।” मैले यो स्विकार्नै सकिनँ, र उनीभन्दा म राम्रो गर्न सक्छु भन्‍ने मलाई थाहा थियो। उनलाई उछिन्‍न, म प्रायः हाम्रो कामलाई दाँज्ने गर्थेँ। उदाहरणको लागि, म्याथ्युले मलाई उनका सबै काम भ्याउन आफूसँग समय नभएको कुरा बताउँदा, म खुसी हुन्थेँ, किनभने मैले आफ्नो जिम्मामा भएका सबै काम सिध्याइसकेको हुन्थेँ, र यसरी उच्‍च अगुवाले मेरो अझ धेरै मान गर्नेछन् भनेर मलाई थाहा थियो। तर अचम्मको कुरा, म्याथ्युले आफ्नो जिम्मामा रहेको काममा एकदमै राम्रो गरे। एक दिन, उच्‍च अगुवाले हामीलाई मलजलकर्ताको रूपमा तालिम दिन सकिने केही मानिस पहिचान गर्न भन्‍नुभयो। म्याथ्युले दुई दिनमै ३ जना भेट्टाइसकेका थिए। म चिन्तित भएँ र सोचेँ: “मैले छिटो नगरी हुँदैन। कम्तीमा पनि म्याथ्युले जति त गर्नैपर्छ। नत्र, उनले मैलेभन्दा बढी प्रशंसा कमाउनेछन्।” त्यसैले, मैले केवल तीन दिनमै सात जना मानिस खोजेँ। मैले म्याथ्युले भन्दा राम्रो गरेकोमा मलाई एकदमै सन्तुष्ट लाग्यो। तर अगुवाले मलाई ती उमेदवारहरूको परिस्थितिबारे सोधपुछ गर्न आउँदा, तिनीहरूमध्ये कोही पनि मलजलकर्ताको रूपमा सेवा गर्न उपयुक्त नभएको निर्क्योल गरे। मैले तिनीहरूलाई उमेदवारको रूपमा पहिचान गर्दा तिनीहरूको वास्तविक परिस्थितिबारे बुझेको थिइनँ। तर म्याथ्युका उमेदवारहरू सबै उपयुक्त ठहरिए—तिनीहरूमा क्षमता थियो, असल मानवता थियो, तिनीहरू सत्यतालाई प्रेम गर्थे र परमेश्‍वरको लागि आफूलाई समर्पित गर्न इच्छुक थिए। ती तीन दिनका काम सबै बेकार भएका थिए र म असाध्यै निराश भएँ। मलाई म्याथ्युप्रति ईर्ष्या पनि लाग्‍न थाल्यो। किन उनले आफ्नो कर्तव्यमा सधैँ यति राम्रा नतिजा निकाल्छन्? अनि मचाहिँ किन सक्दिनँ? उनले हाम्रा समूहहरूमा उत्साहसाथ परमेश्‍वरका वचनहरू बताउँथे, र मेरो जिम्मामा रहेको कामको समेत अनुगमन गर्थे—उनको छेउमा आफ्नो पहिचान बनाउने मसँग कुनै उपाय थिएन। म उनीदेखि असाध्यै दिक्‍क भएँ र उनलाई घृणासमेत गर्न थालेँ। किन मैले आफ्नो कर्तव्य उनीसँग गर्नुपरेको? उनी अरूको नजरमा त्यति धेरै आएको मलाई मन परेन र म उनको काममा नतिजा नआऊन् भन्‍ने कामना गर्थेँ। मैले ख्यातिको लागि होड गरिरहेँ, आफ्ना तौरतरिका बदलिनँ।

त्यो अवधिमा, मैले सिस्टर एनाइसको काम रेखदेख गरिरहेको थिएँ, उनी मण्डली अगुवा थिइन्। उनी खराब स्थितिमा थिइन् किनकि उनले आफ्नो कर्तव्य राम्रोसँग गरिरहेकी थिइनन्, त्यसैले मलाई अगुवाले उनलाई केही मदत गर्न लगाए। तर मैले उनलाई सम्पर्क गर्दा, उनले खोजी र सङ्गति गर्न म्याथ्युलाई मदत मागिसकेको कुरा बताइन्, र म्याथ्युले उनलाई परमेश्‍वरका वचनहरू प्रदान गरेका र समस्या समाधान गर्न मदत गरेका थिए। यसले गर्दा मलाई मेरो कुनै काम छैन जस्तो लाग्यो। म्याथ्युले मेरो काममा हात हालेकोमा म एकदमै बेखुस भएँ। ती मण्डली अगुवा मेरो रेखदेखमा थिइन् र मैले आफ्नो कर्तव्य पूरा गरिरहेको छैनँ, समस्या हल गरिरहेको छैनँ भनेर मानिसहरूले सोचेको म चाहन्‍नथेँ। यसबारे जति सोचेँ, त्यति नै मलाई रिस उठ्यो र तबदेखि म्याथ्युसँग सहकार्य गर्न साँच्‍चै मन लागेन। म एक्लै काम गर्न चाहन्थेँ किनकि तब म मानिसहरूलाई मप्रति ध्यानाकर्षण गराउन सक्थेँ। त्यसपछि, मैले आफ्ना कर्तव्यहरू पूरा गर्दा उनलाई पन्छाउने प्रयास गरेँ। एकपटक, म्याथ्युले मलाई एउटा भेलामा हामीले सङ्गति गर्ने समस्याबारे छलफल गर्न अनुरोध गरे। उनले मलाई फोन र मेसेज गरे, तर मैले उनलाई जानाजान बेवास्ता गरेँ। म उनीसँग कुनै कुरा पनि छलफल गर्न चाहन्‍नथेँ। उनले मलाई कामबारे प्रश्‍नहरू सोध्दा, म समयमै उत्तर दिँदिनथेँ, र उनले मलाई भेलामा सङ्गति गर्न अनुरोध गर्दा, म जानाजान चुपो लागेर बस्थेँ र उनलाई नै सङ्गति गर्न भन्थेँ। म मनमनै सोच्थेँ: “आखिर, तिमी यहाँ भइञ्‍जेल, ब्रदर-सिस्टरहरूले मलाई याद गर्ने होइनन् क्यारे। अनि, सङ्गति गर्नुको के अर्थ छ र?” एउटा भेलाको दौरान, म्याथ्युले सङ्गति सिध्याएपछि मेरो राय मागे। उनले अति धेरै सङ्गति गरेका छन् र मैले भन्‍न चाहेको सबै कुरा भनेका छन् भनेर मैले सोचेँ, त्यसकारण म निकै बेखुस थिएँ। त्यसैले, मैले उनलाई भनेँ: “तपाईंले अहङ्कारी स्वभावले सङ्गति गर्दै हुनुहुन्छ। तपाईंले आफ्नो भ्रष्ट प्रकृतिलाई खुलासा गर्नुभएन, र आफ्नो केही बुझाइबारे मात्र अस्पष्ट छलफल गर्नुभयो। तपाईंले रूपरेखा मात्र बताउनुभयो, तर विस्तारमा छलफल गर्नुभएन।” मैले भनेको कुरा सही होइन भनेर थाहा थियो—मैले त्यो जानाजान भनेको थिएँ। म उनको उत्साह घटाउन मात्र चाहन्थेँ, ताकि उनले भावी भेलाहरूमा त्यति धेरै नबोलून्। उनले मलाई मेरो काम कस्तो चल्दै छ भनेर वा अन्य कुराबारे सोध्‍न मेसेज गर्दा, म उत्तर दिँदिनथेँ। त्यसपछि उनले म उनीसँग सहकार्य गर्न चाहँदिनँ भनेर थाहा पाउनेछन् भन्‍ने मैले सोचेँ। म उनलाई मलाई मेसेज पठाउन रोक्‍नसमेत चाहन्थेँ। म केवल उनले छोडेर गएको र मलाई मेरा प्रतिभाहरू उजागर गर्न केही ठाउँ दिएको चाहन्थेँ। म पनि उनले जस्तै आफ्नो कर्तव्य पूर्ण-समय निर्वाह गर्न चाहन्थेँ, ताकि ब्रदर-सिस्टरहरूलाई मेरो आवश्यकता पर्नासाथ, म उनीहरूका लागि तुरुन्तै उपलब्ध हुन सकूँ। त्यसो गर्दा उनीहरू सबैले मेरो मान गर्ने थिए। म मेरो सांसारिक जागिर छोडेर आफ्नो कर्तव्यमा पूर्णतया समर्पित हुन चाहन्थेँ, तर जीवन धान्‍न र परिवार पाल्न मलाई अझै काम त चाहिन्थ्यो। म्याथ्युले जस्तो आफ्नो कर्तव्यमा आफूलाई पूर्ण-समय समर्पित गर्न नसकेकोमा म निकै निराश भएँ। मैले यस्तोसमेत सोचेँ: “मैले प्रचारकको काम छोड्नुपर्ला। त्यसो गर्दा मैले म्याथ्युसँग सहकार्य गर्नुपर्दैन। मैले अर्को कर्तव्य फेरेँ भने मलाई उनको प्रभाव पर्नेछैन र म आफ्नो पहिचान बनाउन सक्छु।” तर वास्तवमा मैले प्रचारकको काम छोड्ने कुरा विचार गर्दा, मलाई अलिक ग्लानि भयो र के गर्ने थाहा भएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेर मेरो हालको स्थिति बुझ्न मदत मागेँ।

मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो, जसले यसो भन्छ: “कर्तव्यहरू परमेश्‍वरबाट आउँछन्; ती परमेश्‍वरले मानिसलाई सुम्पनुहुने जिम्मेवारी र आज्ञा हुन्। त्यसो भए, मानिसले यसलाई कसरी बुझ्‍नुपर्छ? ‘यो मेरो कर्तव्य र परमेश्‍वरले मलाई दिनुभएको आज्ञा भएकोले, यो मेरो दायित्व र जिम्मेवारी हो। मैले यसलाई ससम्मान स्वीकार गर्नुपर्छ र यसो गर्नु मात्र सही हो। मैले यसलाई अस्वीकार वा इन्कार गर्नु हुँदैन; मैले रोज्नु र छनौट गर्नु मिल्दैन। ममाथि जे आइपर्छ त्यो निश्‍चय नै मैले गर्नुपर्ने कुरा हो। म छनौट गर्न योग्य छैनँ भन्‍ने होइन—तर मैले छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने बोध यही हो’(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरूमार्फत, हाम्रा कर्तव्यहरू परमेश्‍वरले दिनुभएको हो भन्‍ने थाहा पाएँ। मैले आफ्नो कर्तव्य कायम राख्‍नुपर्छ र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। मैले जिम्मेवारीबाट पन्छिनु हुँदैन र छनौट गर्ने गर्नु हुँदैन। यो समझदारी ममा हुनुपर्थ्यो। मेरो कुरा गर्दा, म्याथ्युलाई उछिन्‍ने मेरो तीव्र इच्छा पूरा नभएकोले, म आफ्नो कर्तव्य छोड्न चाहन्थेँ। यो परमेश्‍वरलाई असाध्यै चोट दिने कुरा थियो! मैले आफ्नो कर्तव्यलाई जिम्मेवारीको रूपमा लिइनँ, तर आफ्नो पहिचान बनाउने बाटो, अनि आदर र प्रशंसा कमाउने माध्यम ठानेँ। म आफ्नो कर्तव्य पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न नभई हैसियतको लागि आफ्नो सहकर्मीसँग होड गर्न र उनलाई उछिन्‍न जागिर छोडेर कर्तव्यमा पूर्ण समय लाग्‍न चाहन्थेँ। मैले व्यावहारिक कठिनाइले गर्दा पूर्ण-समय आफ्नो कर्तव्य निभाउन नसक्दा, आफ्नो पहिचान बनाउने मौका पाउन कर्तव्य फेर्न चाहेँ। वास्तविकताले मलाई के देखायो भने, मैले गरेका सबै कुरा वास्तवमा कर्तव्य निभाउन नभई, हैसियतको लागि होड गर्न आफ्नो कर्तव्यलाई अवसरको रूपमा प्रयोग गर्नका लागि थियो। परमेश्‍वर यस्तो व्यवहारलाई तिरस्कार गर्नुहुन्छ।

पछि, मैले परमेश्‍वरका केही वचन भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्त्वाकाङ्क्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्? त्यसैले, परमेश्‍वरलाई जबरजस्ती अनगिन्ती मृत्युदण्ड दिइएको छ, र असङ्ख्य निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दण्डाज्ञा दिएका छन् र फेरि एक पटक उहाँलाई क्रूसमा टाँगेका छन्। साँच्‍चिकै परमेश्‍वरको खातिर काम गरेका हुनाले कति जनालाई धर्मी भनेर भन्‍न सकिन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ)। “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नो बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र त्यस व्यक्तिलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र त्यसरी परमेश्‍वरको घरमा प्रतिभा भएको एउटा अर्को व्यक्ति थप्छस् भने, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। मैले परमेश्‍वरका वचनहरूमार्फत, मेरो हालको स्थितिलाई बुझेँ। परमेश्‍वर भन्नुहुन्छ, “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नो बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ!” यी वचनहरू सत्यता थिए, तीबाट मेरो वास्तविक स्थिति खुलासा भयो। मेरा सहकर्मीले आफ्नो कर्तव्यमा मैले भन्दा राम्रा नतिजा प्राप्त गरेको, र ब्रदर-सिस्टरहरूका समस्या अझ राम्ररी समाधान गरेको देख्दा, उनी मभन्दा राम्रो छन् र उनी होउञ्‍जेल मैले कहिले आफ्नो पहिचान बनाउन पाउनेछैनँ भन्‍ने लाग्यो। त्यसैले, मैले उनलाई ईर्ष्या र बहिष्कार गरेँ, र उनीसँग सहकार्य गर्न चाहिनँ। मैले उनका मेसेजहरू जानाजान बेवास्ता गरेँ र उनको फोन उठाइनँ। उनले आफ्नो अनुभव र बुझाइबारे सङ्गति गर्दा, मैले मण्डली जीवन कायम राख्‍न उनीसँग सहकार्य गरिनँ, बरु उनका कमीकमजोरी कोट्याउने प्रयास गरेँ। मैले उनलाई जानाजान अहङ्कारी भनेँ र आक्रमण गरेँ ताकि उनको उत्साह घटोस् र उनले आफूलाई विशेष बनाउन र मलाई उछिन्‍न छोडून्। म असाध्यै दुष्ट थिएँ। हरेकपल्ट उनीसँग कर्तव्य निर्वाह गर्दा, मलाई औधी पीडा हुन्थ्यो। मलाई सधैँ उनीसँग प्रतिस्पर्धा गर्न मन लाग्थ्यो र आफूलाई शान्त पार्न फिटिक्‍कै सक्दिनथेँ। म त परमेश्‍वरले भन्‍नुभएको व्यक्तिजस्तै थिएँ: “निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्?” ख्याति र हैसियतप्रतिको मेरो चाहना कहिल्यै पूरा नभएकोले, मैले आफ्नो सहकर्मीलाई घृणा गर्न थालेँ। म एक्लै काम गर्न सकूँ भनेर उनीबाट टाढा रहन र मुक्त हुन चाहन्थेँ। मैले आफ्नो कर्तव्य छोड्नेसमेत विचार गरेँ। म अति दुष्ट र अमानवीय रहेछु भन्‍ने महसुस भयो। म त आफ्नो स्वार्थका लागि लड्न र चिथोर्न तयार शिकारी जङ्गली जनावरभन्दा फरक थिइनँ। म जहिले पनि मण्डलीको कामभन्दा पनि आफ्नैबारे मात्र विचार गर्थेँ। मण्डलीको काममा ढिलाइ हुँदासमेत, मलाई चिन्ता वा डर हुँदैनथ्यो। म कति स्वार्थी र दुष्ट थिएँ! म्याथ्युसँग किन म सामान्य र सौहार्दपूर्ण सहकार्य गर्न सक्दिनँ भनेर पनि मैले सोचेँ। मलाई महुसुस भयो, मैले आफ्नो विश्‍वासमा मेरो शैतानी स्वभावले गर्दा गलत मार्गमा पाइला टेकेको रहेछु। यदि मैले सत्यता नखोजेको र आफ्नो भ्रष्ट स्वभाव नहटाएको भए, पवित्र आत्माको काम गुमाएर म अन्धकारमा जाकिने थिएँ। मैले परमेश्‍वरलाई कैयौँपटक प्रार्थना गरेँ, र आफूलाई बुझ्न र मेरो भ्रष्ट स्वभाव हटाउन मदत मागेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ: “ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि तिनीहरूको आदर्श वाक्य के हुन्छ? ‘मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! सबैभन्दा उच्च र सबैभन्दा शक्तिशाली हुन मैले प्रतिस्पर्धा गर्नैपर्छ!’ ख्रीष्टविरोधीहरूको सार यही हो; तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरू प्रतिस्पर्धा गर्छन् र आफ्नो उद्देश्य हासिल गर्ने कोसिस गर्छन्। तिनीहरू शैतानका दास हुन्, र तिनीहरूले मण्डलीको कामलाई बिथोल्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तो हुन्छ: तिनीहरूले सुरुमा मण्डलीमा लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेको र पुँजी भएको, केही वरदान वा विशेष सीप भएको, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा फाइदा पुर्‍याउने क्षमता भएको, राम्रो मान-सम्मान दिइएको, वरिष्ठता भएको, दाजुभाइ-दिदीबहिनीहरूमाझ राम्रोसित कुरा गर्ने गरिएको, र सकारात्मक कुराहरू धेरै भएको व्यक्तिलाई खोज्छन्। त्यस्तो व्यक्ति तिनीहरूको प्रतिस्पर्धी बन्छ। सारांशमा, ख्रीष्टविरोधीहरूले मानिसहरूको समूहमा हुँदा हरेक पटक यही गर्छन्: तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्छन्, उच्‍च मान-प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्छन्, मामलाहरूमाथिको अन्तिम निर्णय र समूहमा निर्णय गर्ने अन्तिम शक्तिको लागि प्रतिस्पर्धा गर्छन्, र यी कुराहरू प्राप्त गरेमा तिनीहरू खुसी हुन्छन्। … ख्रीष्टविरोधीहरूको स्वभाव त्यति अहङ्कारी, घृणास्पद र अमनासिब हुन्छ। तिनीहरूसँग न त विवेक न त समझ, न त सत्यताको सानो अंश नै हुन्छ। ख्रीष्टविरोधीका व्यवहार र कार्यहरूबाट यो देख्‍न सकिन्छ कि तिनीहरूले जे गर्छन् त्यसमा सामान्य व्यक्तिको कुनै पनि समझ हुँदैन, र तिनीहरूलाई कसैले सत्यताबारे सङ्गति दिए पनि, तिनीहरूले त्यो स्वीकार गर्दैनन्। तैँले जतिसुकै सही कुरा भनिस् भने पनि, त्यो तिनीहरूका लागि केही कामको हुँदैन। तिनीहरूलाई पछि लाग्‍न मनपर्ने एकमात्र कुरा प्रतिष्ठा र हैसियत हो, जसलाई तिनीहरू सम्मान गर्छन्। हैसियतबाट लाभ उठाउन सकुञ्‍जेलसम्म तिनीहरू सन्तुष्ट नै हुन्छन्। तिनीहरू यही नै तिनीहरूको अस्तित्वको ‍महत्त्व हो भन्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि, तिनीहरूले मानिसहरूलाई आफूले प्रदान गर्ने ‘ज्योति’ र ‘न्यानोपन’, आफ्ना विशेष प्रतिभाहरू, र आफ्नो अद्वितीयपन देखाउनुपर्छ। अनि तिनीहरूले आफू विशेष भएको विश्‍वास गर्ने हुनाले, प्राकृतिक रूपमै तिनीहरूले आफूलाई अरूभन्दा राम्रो व्यवहार गरिनुपर्छ, आफूले मानिसहरूको सहयोग र आदर प्राप्त गर्नुपर्छ, आफूलाई मानिसहरूले उच्च रूपमा हेर्नुपर्छ र आराधना गर्नुपर्छ भन्ने सोच्छन्—तिनीहरूले यी सबै कुराहरू तिनीहरूले पाउनु पर्ने कुरा हुन् भन्ने सोच्छन्। के त्यस्ता मानिसहरू गतिछाडा र बेसरम हुँदैनन् र? त्यस्ता मानिसहरू मण्डलीमा हुँदा समस्या हुँदैन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। मैले परमेश्‍वरका वचनहरूद्वारा, आफ्ना कार्यका गम्भीरताबारे थाहा पाएँ। मैले आफ्नो कर्तव्यमा ख्याति, हैसियत र अरूको प्रशंसा खोजेर ख्रीष्टविरोधीको स्वभाव देखाइरहेछु भन्‍ने थाहा भयो। मैले सत्यताबारे म्याथ्युको सङ्गति अन्तर्दृष्टिपूर्ण भएको, उनले आफ्नो कर्तव्यमा नतिजाहरू निकालेको र ब्रदर-सिस्टरहरू सबैले उनको प्रशंसा गरेको र जिज्ञासाहरू उनीकहाँ लगेको देख्दा, उनको ईर्ष्या गरेँ। मैले उनलाई उछिन्‍न र अरूको हृदयमा हैसियत कायम गर्न, जागिर छोडी कर्तव्यमा पूर्ण-समय लाग्‍नेसमेत सोचेँ, ताकि अरूका समस्या समाधानका लागि मेरो खाँचो पर्नासाथ म त्यहाँ उपलब्ध हुन सकूँ। त्यसो गर्दा, अरूले मेरो मान गर्ने थिए र त्यसउप्रान्त उनीहरूका हृदयमा मेरो सहकर्मीको निम्ति विशेष स्थान रहने थिएन। मैले हरेकपल्ट म्याथ्युसँग कर्तव्य निर्वाह गर्दा, मलाई सधैँ आफू ओझेलमा परेको र आफ्नो पहिचान बनाउने मौका नपाएको जस्तो लाग्थ्यो। उनले ब्रदर-सिस्टरहरूबाट सधैँ आदर र प्रशंसा कमाएको मलाई मन पर्दैनथ्यो र उनले समूह च्याटमा मेसेजहरू गर्दा कसैले जवाफ नदेओस् भन्‍नेसमेत म आशा गर्थेँ। उनको कारणले, ब्रदर-सिस्टरहरू कसैले मलाई याद गर्दैनथे, त्यसैले, उनलाई उछिन्‍ने र ब्रदर-सिस्टरहरूलाई मेरो प्रशंसा र भक्ति गर्न लाउने आशमा म आफ्नो सारा समय उनीसँग लडाइँ गरेर बिताउँथेँ। मैले ख्याति र हैसियत कमाउने प्रयासमा प्रायः देखाउने व्यवहार यही थियो। मेरो महत्त्वाकाङ्क्षा र चाहना पूरा नहुँदा, मैले आफ्नो पहिचान बनाउने कुनै मौका छैन भन्‍ने सोचेँ, र अर्को कर्तव्यमा नाम कमाउने मौका पाउँछु भनेर प्रचारकको पद छोड्ने विचार गरेँ। ख्याति र हैसियतप्रतिको मेरो आसक्ति अनियन्त्रित भएको मलाई महसुस भयो। ख्याति र हैसियतलाई प्रेम गर्नमा म ख्रीष्टविरोधीजस्तै थिएँ—यो चाहनाले मभित्र गहिरो जरा गाडेको थियो, यो मेरो प्रकृतिमै थियो। म हिँडिरहेको मार्ग असाध्यै खतरनाक छ भनेर मलाई थाहा भयो। परमेश्‍वरको स्वभावलाई चिढ्याउन सकिँदैन—उहाँ धर्मी हुनुहुन्छ। यदि मैले परिवर्तन हुन खोजी नगरेको भए, र मण्डलीको कामबारे अलिकति पनि नसोची ख्याति र हैसियतका लागि होड गर्नमा मात्र ध्यान दिएको भए, परमेश्‍वरले मलाई इन्कार र निष्कासन गर्नुहुन्थ्यो। मलाई आफ्ना कार्यप्रति असाध्यै घिन लाग्यो र त्यसउप्रान्त हैसियतको लागि सहकर्मीसँग होड गर्न चाहिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेर, आफ्नो शैतानी स्वभावको बन्धन र बाधाबाट मुक्त गर्न मदत मागेँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “तेरो खोजीको दिशा वा लक्ष्य जे भए पनि, यदि तैँले हैसियत र प्रतिष्ठाको खोजीबारे समीक्षा गरिनस्, र तँलाई यी कुरा पन्छाउन असाध्यै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर गर्नेछ। हैसियतले तेरो हृदयमा ठाउँ पाउञ्‍जेलसम्म, यसले तेरो जीवनको दिशा र तैँले तनमन लगाएका लक्ष्यहरूलाई पूरै नियन्त्रित र प्रभावित गर्नेछ, र यस्तो स्थितिमा तँलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न असाध्यै गाह्रो हुनेछ, तेरो स्वभावमा परिवर्तन आउनु त परको कुरा हो; तैँले अन्त्यमा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस कि सक्दैनस भनेर अवश्यै भनिरहनु नपर्ला। त्यसबाहेक, यदि तैँले हैसियतको खोजीलाई पन्छाउन सकिनस् भने, यसले पर्याप्तसँग कर्तव्य निर्वाह गर्ने तेरो क्षमतालाई असर गर्नेछ, र यसो हुँदा परमेश्‍वरको स्वीकार्य प्राणी बन्‍न तँलाई एकदमै गाह्रो हुनेछ। म किन यसो भन्छु त? परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घृणा गर्नुहुन्‍न, किनभने हैसियतको पछि लाग्‍नु शैतानी स्वभाव हो, यो गलत बाटो हो, यो शैतानको भ्रष्टताबाट आउने कुरा हो, यो परमेश्‍वरले निन्दा गर्नुहुने कुरा हो, र परमेश्‍वरले न्याय गर्नुहुने र शुद्ध पार्नुहुने कुरा नै यही हो। परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घिनाउनुहुन्‍न, तैपनि तँ जिद्दी भई हैसियतको लागि होड गर्छस्, र सधैँ यसलाई आफ्‍नो बनाउने प्रयास गर्दै सदासर्वदा यसैलाई प्यार र रक्षा गर्छस्। अनि, प्रकृतिको हिसाबमा, के यो सब परमेश्‍वरविरोधी हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई परमेश्‍वरको स्वीकार्य सृष्टि अर्थात् परमेश्‍वरका साना र महत्त्वहीन सृष्टि बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्‍मान गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्‍नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई स्याबासी दिनुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र यो गन्तव्यहीन मार्ग हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। परमेश्‍वरका वचनहरूमार्फत मैले के देखेँ भने म निरन्तर हैसियतको पछि लागेकोले मेरो कर्तव्य क्षमतामा मात्र असर पगेन, यसले मलाई सृष्टि गरिएको योग्य प्राणी हुनदेखि पनि रोक्यो। मैले सधैँ हैसियत खोजिरहेको, म्याथ्युलाई उछिन्‍न र सबैको प्रशांसा पाउन प्रयास अनि सधैँ होड र प्रतिस्पर्धा गरिरहेको हुनाले, म झन्झन् दुष्ट हुँदै गएँ र ममा सामान्य मानवताको कमी भयो। मैले ख्याति र हैसियत खोज्नु सही मार्ग होइन, र यो बरबादीतर्फ लैजाने परमेश्‍वरविरोधी मार्ग हो भनेर बुझेँ। आफूलाई विश्‍वासी र सृष्टि गरिएको प्राणी ठानेको हुनाले, मैले सत्यता खोजी गर्नमा ध्यान दिनुपर्थ्यो अनि ख्याति र हैसियतको पछि लाग्‍नुजस्तो व्यर्थको सङ्घर्ष गर्न छोड्नुपर्थ्यो। अनि मात्र म दुष्कर्म र परमेश्‍वरको विरोध गर्नबाट बच्न सक्थेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थन गर्दै भने: “प्रिय परमेश्‍वर! मैले आफ्नो शैतानी प्रकृतिलाई चिनेँ। प्रतिष्ठा र हैसियतप्रतिको मेरो आसक्तिले गर्दा, मलाई प्रायः म्याथ्युको ईर्ष्या लाग्छ र उनीसँग सहकार्य गर्न मन लाग्दैन। प्रिय परमेश्‍वर! अबउप्रान्त, म तपाईंसामु पश्‍चात्ताप गर्छु, ख्याति र हैसियित खोज्दिनँ। म केवल सत्यता खोज्नेछु र राम्रोसित कर्तव्य निभाउनेछु। बिन्ती छ, मलाई मार्गदर्शन र मदत गर्नुहोस्।”

मैले आफ्नो भक्तिको बेला, परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “तिमीहरूका चाल-चलनका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थान अनुसार चालचलन प्रस्तुत गर्नुपर्छ, तिमीहरूले आफ्‍नो लागि सही स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यस्तो व्यक्ति मात्र समझ भएको व्यक्ति हो। उदाहरणको रूपमा, कतिपय मानिसहरू कुनै काम वा पेसामा सिपालु हुन्छन् र त्यसका सिद्धान्तहरूलाई बुझ्न सक्छन्, र तिनीहरूले त्यो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा अन्तिम जाँच गर्नुपर्छ; आफ्‍ना विचारहरू र अन्तर्दृष्टिहरू प्रदान गरेर, अरू सबैलाई तिनै विचारहरूको आधारमा अघि बढेर आफ्नो कर्तव्य अझ राम्ररी गर्ने तुल्याउन सक्‍ने मानिसहरू पनि हुन्छन्—त्यसकारण तिनीहरूले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मेलमिलापमा काम गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्, र तैँले आफ्‍नो स्थान अनुसार व्यवहार गरिरहेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मैले सोचेँ: “म सामान्य व्यक्ति हुँ—मैले सृष्टि गरिएको साँचो प्राणी बन्‍न खोजी गर्नुपर्छ, आफ्नो स्थानमा खडा हुनुपर्छ, अरूसँग सद्‌भावसाथ काम गर्नुपर्छ र क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निभाउनुपर्छ। यो मात्र सही मार्ग हो।” परमेश्‍वरले आदमलाई पशुप्राणीको नाम राख्‍न लगाउनुहुँदा, कसरी उहाँले आदमले राखेको नाममा सहमति जनाउनुभयो भनेर सोचेँ—उहाँले आफू कति महान् छु भनेर देखाउन आदमलाई इन्कार गरेर आफैले नाम राख्‍नुभएन, बरु आदमका छनौटलाई स्विकार्नुभयो। यसबाट मैले परमेश्‍वरको विनम्रता र गुप्तता वास्तवमै मनमोहक रहेछन् भनेर देखेँ। परमेश्‍वर सर्वोच्‍च, सम्पूर्ण सृष्टिका प्रभु हुनुहुन्छ, र पनि उहाँले आफूलाई नम्रतापूर्वक लुकाउनुहुन्छ। मेरो कुरा गर्दा, म सृष्टि गरिएको सामान्य प्राणी थिएँ, तर म सधैँ रबाफ देखाउन र अरूको आदर जित्‍न चाहन्थेँ, र आफ्नो हैसियत र प्रतिष्ठाको लागि कर्तव्यमा राम्रा नतिजा निकाल्नेहरूलाई दबाउने प्रयाससमेत गर्थेँ। म अत्यन्तै अहङ्कारी र अविवेकी थिएँ! मलाई आफूले गरेका कामप्रति धेरै अफसोस भयो, त्यसैले पश्‍चात्ताप गर्न परमेश्‍वरसामु आएँ र उहाँलाई प्रार्थना गर्दै मेरा सहकर्मीको अघि आफूलाई खुलासा गर्न साहस मागेँ।

पछि, मैले साहस बटुलेँ र म्याथ्युसित क्षमा माग्दै ख्याति र हैसियतको लागि उनीसँग गोप्य रूपले होड गर्ने मेरो चाहनामा देखिएको ख्रीष्टविरोधी स्वभाव खुलासा गरेँ। त्यसरी अभ्यास गरेपछि, मलाई निकै शान्ति महसुस भयो। पछि, म्याथ्युले मेरो स्थितिसँग मिल्ने परमेश्‍वरका केही वचनहरू खोजे र ती मेरो लागि साँच्‍चै उपयोगी थिए। म परमेश्‍वरप्रति एकदमै कृतज्ञ भएँ! म उहाँले भन्‍नुभएजस्तै गरी व्यवहार गर्नेछु भनेर मैले उहाँसँग शपथ खाएँ। त्यसपछि, मैले मेरा सहकर्मीका मेसेजहरू बेवास्ता गर्न छोडेँ र उनलाई मेरो जिम्माका सबै प्रोजेक्टको स्थितिबारे सक्रियतापूर्वक अपडेट दिन थालेँ, र यसरी उनलाई मेरो कामबारे बुझ्न, मलाई रेखदेख र सहयोग गर्न दिएँ। हामीले हाम्रो कामबारे छलफल गऱ्यौँ अनि भेला र सङ्गतिमा सहकार्य गऱ्यौँ। हामी एकअर्काको पूरक बन्यौँ र एक टोलीको रूपमा मण्डलीको कामलाई कायम राख्यौँ। धन्यवाद परमेश्‍वर!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

मेरो रोजाइ

बाइयुन्, चीन मार्च २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले हरेक दिन परमेश्‍वरका वचनहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्