बिमारी मार्फत फसल काटियो

21 अक्टोबर 2021

झाङ्ग ली, चीन

वर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै थिए र त्यो हाम्रो परिवारका लागि कठिन समय थियो। मलाई एकदमै गाह्रो भएको थियो र र यो अवस्था कसरी पार गर्ने भनेर मलाई थाहा थिएन। त्यसपछि मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका काम स्वीकार गरेँ। परमेश्‍वरका वचनहरू पढेर मैले हामी सबैले आफ्नो जीवन परमेश्‍वरलाई अर्पण गर्छौँ, हाम्रो भवितव्य उहाँकै हातमा छ र राम्रो भवितव्यका लागि हामीले उहाँको उपासना गर्नुपर्छ र उहाँमा विश्‍वास गर्नुपर्छ भनेर सिकेँ। मलाई लाग्यो मैले म भर पर्नसक्ने केही पाएको छु। त्यहाँबाट, म नियमित रूपमा भेलामा उपस्थित हुन थालेँ र परमेश्‍वरका वचनहरू पढ्न र प्रार्थना गर्न साथमा बच्चाहरूलाई पनि लान्थेँ। त्यसको केही समयपछि नै मैले मण्डलीमा कर्तव्य निभाउन थालेँ।

पछि, म मण्डलीको अगुवाको रूपमा चयन भएँ र परमेश्‍वरलाई उहाँको अनुग्रहका लागि धन्यवाद दिएँ। मैले यस्तो सोचेँ, “म विश्‍वासमा एकदमै नयाँ भए पनि मण्डलीको अगुवा छानिएँ। सत्यताको पछि लाग्ने कुरामा म राम्रै हुनुपर्छ। मैले मेरो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र यसका लागि चाहिने सबै गर्नुपर्छ, अनि मात्र मेरो मुक्ति हुन्छ।” यस सोचले साँच्चै मलाई मेरो कर्तव्यमा अघि बढायो। मैले मेरो अधिकांश समय सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य पूरा गर्नमा खर्चेँ। मेरा साथीसङ्गी र आफन्तले मेरो विश्‍वासको विरोध गरे र मेरा छिमेकीले मेरो निन्दा गरे र खिल्ली उडाए। त्यो बेला म केही कमजोर हुनथालेँ तर यसले मलाई मेरो कर्तव्य पूरा गर्नबाट रोकेन। मेरा श्रीमान्‌ले पनि परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई स्वीकार्नुभयो र पछि उहाँले आफ्नो कर्तव्य निभाउन थाल्नुभयो। यसले मलाई एकदमै खुशी बनायो। मैले सोचेँ, “हामीले हाम्रो कर्तव्य राम्ररी निभाउँदा र परमेश्‍वरका लागि त्यागहरू गर्दा, हामीलाई उहाँले आशिष् दिनुहुनेछ।” मैले कष्ट भोगेकी र मूल्य चुकाएकीले परमेश्‍वरबाट पक्कै मुक्ति पाउनेछु भनेर विशेषगरी जब दाजुभाइ र दिदीबहिनीहरूले भनेको सुनेँ, म एकदमै खुशी भएँ र परमेश्‍वरका लागि काम गर्न मैले अझ धेरै प्रेरणा पाएँ।

वर्ष २०१२ को एकदिन मैले मेरो स्तनमा गाँठो भेट्टाएँ जुन अलिअलि दुख्थ्यो। यो केही गम्भीर कुरा हुनसक्छ भनेर मलाई चिन्ता लाग्न थाल्यो। तर त्यसपछि मैले सोचेँ, “यो हुनै सक्दैन। म प्रत्येक दिन मण्डलीमा कर्तव्य निभाउँछु। परमेश्‍वरका लागि साँचो त्यागहरू गर्नेलाई उहाँले यस्तो गर्नुहुन्न। परमेश्‍वरको सुरक्षामा म गम्भीर बिमार पर्दिनँ।” यो सोचेँपछि, मेरा चिन्ताहरू हराए र मैले पहिलेको जस्तै आफ्नो कर्तव्य निभाएँ। वर्ष २०१३ मा विश्‍वासीहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको सतावट झन्-झन् बढ्दै गयो। सुसमाचार फैलाउने कुरामा म र मेरा श्रीमान् राम्ररी चिनिएका थियौँ र हामी पक्राउ पर्ने खतरा सधैँ हुन्थ्यो। हामीले हाम्रो कर्तव्य निरन्तर निभाउन सकूँ भनेर आफ्नो घर छाड्यौँ र धेरै टाढा सरेर गयौँ। पछि मैले मेरो स्तनको गाँठो झनै बढेको थाहा पाएँ र कुनै बिमारी पो हो कि भनेर म चिन्तित भएँ। तर वर्षौँसम्म केही पनि नराम्रो भएको छैन र परमेश्‍वरले पक्कै पनि मलाई रक्षा गरिरहनुभएको छ भनेर मैले सोचेँ। मैले आफ्नो कर्तव्य राम्ररी निभाउँदा र अझ बढी बलिदान दिँदासम्म, परमेश्‍वरको ममाथि कृपा हुनेछ र म सिकिस्त बिमार पर्दिनँ भन्ने ठानेँ।

वर्ष २०१८ मा म बिरामी हुन थालेँ, र मेरो श्रीमान्‌ले मलाई जँचाउन लानुभयो। चिकित्सकले मेरो स्तनको गाँठो कुखुराको अण्डा जत्तिकै ठूलो भएको र अवस्था राम्रो नदेखिएको बताइन्। उनले तत्कालै शल्यक्रिया गर्दा जोखिम हुने र शल्यक्रिया गर्नुअघि गाँठोलाई सानो बनाउन केमो गराउनुपर्ने बताइन्। “अवस्था राम्रो देखिँदैन” र “केमोथेरापी” जस्ता कुरा सुन्दा म आत्तिएँ। मैले सोचेँ, “क्यान्सर बिरामीले मात्रै केमोथेरापी गराउँछन्। के मलाई पनि क्यान्सर भएको हो? के म जवानीमै मर्ने भएँ त?” मैले यो कुरा पत्याउनै सकिनँ। अस्पतालको कोरिडोरमा भएको मेचमा म थ्याच्चै बसेँ र आँखाबाट बर्रर आँशु झऱ्यो।

“यो पहिलो जाँचको नतिजा ठीक नै आएको छ भनेर भन्न मिल्दैन। हामी भोलि अर्को अस्पताल गएर जँचाउनुपर्छ।” भन्दै मेरो श्रीमानले मलाई सम्झाउने प्रयास गर्नुभयो।

भोलिपल्ट, हामी अर्को अस्पताल गयौँ र मेरो बायोप्सी गरियो। चिकित्सकले मेरो अवस्था गम्भीर भएको र यो क्यान्सर हुनसक्ने कुरा मेरो श्रीमानलाई बताए। उनले हामीले अब धेरै पर्खनु हुँदैन र मेरो दुई दिनभित्र शल्यक्रिया गर्नुपर्छ भने।

चिकित्सकले यसो भनेको सुन्दा म लत्याकलुतुक भएँ र मेरो त मुटु चिसो भए जस्तो भयो। मैले सोचेँ, “के साँच्चै क्यान्सर नै हो त? क्यान्सर लागेका मानिस त मर्छन्! मलाई यो कसरी हुनसक्छ?” तर त्यसपछि मैले सोचेँ, “हुनै सक्दैन। विश्‍वासी भएयता मैले सधैँ आफ्नो कर्तव्य निभाएकी छु, त्यागहरू गरेको छु, कष्ट भोगेकी छु र मूल्य चुकाएकी छु। अरूले खिल्ली उडाएको र निन्दा गरेको, चिनियाँ कम्युनिष्ट पार्टीको सतावट र खेदो सहेकी छु। मैले मेरो कर्तव्यमा कुनै पनि कुरालाई बाधा पार्न दिएकी छैन। मलाई क्यान्सर कसरी लाग्न सक्छ? के यसको अर्थ मसँग मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने कुनै आशा नहुनु होइन र? यतिका वर्षसम्म मैले गरेका सबै त्यागहरू व्यर्थमा गए त?” म एकदमै उदास भएँ।

त्यो रात म ओछ्यानमा यताउता कोल्टे फेरिरहेँ, झिमिक्क पनि निदाउन सकिनँ। मैले यो कुरा बुझ्नै सकिनँ। मैले आफूलाई यति धेरै प्रयोग गरेकी छु, उसोभए मलाई यस्तो बिमार कसरी लाग्न सक्छ? परमेश्‍वरले मेरो रक्षा किन नगर्नुभएको? त्यसपछि दुई दिनपछि हुने मेरो शल्यक्रियाबारे सोचेँ। त्यो शल्यक्रिया सफल होला कि नहोला भनेर मलाई थाहा थिएन … म एकदमै पीडामा थिएँ त्यसैले मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे प्यारो परमेश्‍वर, म अहिले एकदमै निराश छु। यो अवस्था कसरी पार गर्ने, मलाई थाहा छैन। कृपया, मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस् …” त्यसपछि मैले मानिसबाट परमेश्‍वरले चाहनुहुने आखिरी एघार सर्तहरू पढेँ: “५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, गरिबी र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ? ६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुरासँग मेल खाएन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नेछस्? ७. यदि तैँले प्राप्त गर्ने आशा गरेका थोकहरू प्राप्त गरिनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्?” (वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)”)। यी सर्तबारे विचार गर्दा, म परमेश्‍वरप्रति वास्तवमै वफादर छु कि छैन र उहाँलाई साँचो प्रेम गर्छु कि गर्दिनँ भनेर मेरो रोगमार्फत उहाँ मलाई जाँच्दै हुनुहुन्थ्यो भनेर मैले बुझेँ। अय्यूबले भोगेको परीक्षाबारे मैले सोचेँ। उनले आफ्नो सम्पत्ति, बालबच्चा गुमाए र उनको शरीरभरि खटिरा आयो। उनले परमेश्‍वरको इच्छा नबुझे पनि, परमेश्‍वरलाई दोष लगाउनुभन्दा आफूलाई सराप्न रोजे। र उहाँले यहोवा परमेश्‍वरको नामको महिमा गरे। अय्यूबले परमेश्‍वरमा विश्‍वास गरिरहे र आज्ञाकारी भइरहे अनि उनले शैतानको अगाडि परमेश्‍वरको गवाहीको रूपमा खडा भए। तर मैले यतिका धेरै वर्षसम्म विश्‍वास गरेँ र परमेश्‍वरका वचनहरूबाट धेरै प्रावधानको आनन्द उठाएँ, तर पनि मैले परमेश्‍वरको कार्यलाई बुझ्दै बुझिनँ। मलाई क्यान्सर भएको जब मैले थाहा पाएँ, मैले मुक्ति पाउन वा स्वर्गको राज्यका आशिषहरूको आनन्द उठाउन सक्दिनँ भन्ने सोचेँ। मैले गलत बुझेँ र परमेश्‍वरलाई दोष लगाएँ। यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेको र त्यति धेरै त्यागहरू गरेकोले गर्दा, मलाई परमेश्‍वरले बिरामी हुनबाट रोक्नुपर्थ्यो भन्ने मैले सोचेँ। परमेश्‍वरले मेरो खुलासा गर्नुभएपछि मात्रै मैले गरेका त्यागहरू उहाँको इच्छा विचार गर्दै, वा सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नु थिएन रहेछन् भन्ने मैले बुझेँ। ती त आशिष् पाउन र उहाँको राज्यमा प्रवेश गर्न पो रहेछ—म त परमेश्‍वरसँग लेनदेन पो गरिरहेकी रहेछु। परमेश्‍वरप्रतिको मेरो कथित निष्ठा र प्रेम त सबै कल्पना मात्र रहेछन्। म पुरै बेइमान थिएँ। मैले परमेश्‍वरलाई साँच्चै चोट पुर्‍याएँ र उहाँलाई निराश बनाएँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ; धेरै मानिसहरूले आकाशमा हेर्छन् र गहिरो सुस्केरा हाल्छन्; धेरै मानिसहरूले ठूलो रोदन निकाल्छन्, बिलौनामा सुँक्कसुँक्क गर्छन्; धेरै मानिसहरू परीक्षाहरूको माझमा ढल्छन्; अनि धेरै मानिसहरू परीक्षाहरूको बन्दी बन्छन्। मानिसलाई स्पष्टसित मलाई देख्ने अवसर दिन म व्यक्तिगत रूपमा देखा पर्दिन, तैपनि धेरै मानिसहरू मेरो अनुहार हेर्न नै डराउँछन्, तिनीहरू मैले तिनीहरूलाई प्रहार गरी ढलाउँछु, मैले तिनीहरूलाई सिध्याइदिन्छु भनी एकदमै डराउँछन्। मानिसले मलाई साँचो रूपमा चिन्छ कि चिन्दैन?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ११”)। परमेश्‍वरका वचनहरूले मलाई मानिसको देह र प्राणको स्रोत परमेश्‍वरमा हुन्छ भनेर देखाए। जीवन र मृत्यु परमेश्‍वरको हातमा छन् र यसमा हाम्रो अधिकार चल्दैन। सृष्टि गरिएका प्राणीको रूपमा हामी परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ। यो कुरा बुझेपछि, मलाई मृत्युसँग त्यस्तो डर लागेन। मैले चुपचाप यस्तो सङ्कल्प गरेँ: “मेरो शल्यक्रिया जस्तो भए पनि, म मरे पनि वा बाँचे पनि, म मेरो जीवन परमेश्‍वरलाई सुम्पिन्छु र उहाँको नियमप्रति समर्पित हुन्छु।”

मैले समर्पण गरेपछि हृदयमा अथाह शान्ति महसुस गरेँ। मलाई शल्यक्रिया कक्षमा लगिदैँ गर्दा मैले परमेश्‍वरलाई अनवरत प्रार्थना गरेँ। पछि, चिकित्सकले शल्यक्रिया एकदमै राम्रो भएको, तर, अब अघि के गर्ने त्यसको लागि त्यो निकालिएको गाँठोको अझै परीक्षण गर्नुपर्ने कुरा बताए। मैले सोचेँ, “परमेश्‍वरले मेरो रक्षा गरिरहनुभएकोले शल्यक्रिया त्यस्तो राम्रो भयो।” मैले अरू बिरामी शल्यक्रिया गरेर निस्किँदा एकदमै कमजोर र विचलित देखेँ जबकी म ठीकठाक र प्रसन्न थिएँ। मेरो वार्डका अरूले म शल्यक्रिया गरिको व्यक्ति जस्तो पटक्कै देखिन्दैन भने। यसका लागि मैले परमेश्‍वरलाई हृदयबाटै धन्यवाद दिइरहेँ। मैले यस्तो पनि सोचेँ, “मैले मेरो स्तनमा गाँठो भएको ६ वर्षअघि थाहा पाएकी हुँ। यदि त्यो क्यान्सर भएको भए पहिले नै बिग्रिसक्ने थियो। तर यत्तिका समयसम्म मलाई अलिकति पनि गाह्रो भएन। शायद, यो क्यान्सर होइन। र हो भने पनि, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँले यसलाई ठीक गरिदिनुहुन्छ भनेर म विश्‍वास गर्छु।” यसअघि मैले सिकिस्त बिरामी हुँदा परमेश्‍वरमा भर पर्नुभएका र परमेश्‍वरका आश्चर्यजनक कार्यहरू देख्नुभएका केही दाजुभाइ र दिदीबहिनीहरूबारे सुनेकी थिएँ। मैले परमेश्‍वरका लागि सधैँ त्यागहरू गरेकी थिएँ, त्यसैले उहाँले मेरो रक्षा पक्कै गर्नुहुने थियो।

तीन दिनपछि, म पूरै आशा बोकेर मेरो नतिजा लिन गएँ तर मेरा सबै आशा निराशामा बद्लिए: त्यो वास्तवमै क्यान्सर थियो।

म त्यहाँ हलचल नगरी नतिजालाई एकोहोरो हेर्दै, नतिजालाई बारम्बार पढ्दै थचक्क बसेँ, र रोएको रोएकै भएँ। आफूलाई सम्हाल्न मलाई धेरै समय लाग्यो। मैले सोचेँ, “के परमेश्‍वरले मेरो खुलासा गर्न र मलाई हटाउन यो रोगको प्रयोग गर्दै हुनुहुन्छ? के अब उसोभए म उहाँको सेवा गर्न योग्य छैन? मैले त्यागहरू गर्दै र घामपानी नभनी सुसमाचार प्रचार गर्दै, परमेश्‍वरमा वर्षौँसम्म विश्‍वास गरेँ। के परमेश्‍वरलाई यी कुनै कुरा याद छ त? के परमेश्‍वरप्रतिको मेरो विश्‍वास यसरी नै टुङ्गिन्छ त?” म झन्-झन् उदास हुँदै गएँ र पूरै ऊर्जाहीन भएँ।

पछि, मलाई खान वा पिउन वा बोल्न समेत मन लागेन। चिकित्सकले मलाई पोषक कुरा खान र अझ धेरै कसरत गर्न भने। मैले सोचेँ, “मलाई मृत्युदण्ड सुनाइएको छ। यस्तोमा यी पोषक कुरा र कसरतले के नै राम्रो गर्लान् र? त्यसै पनि म ढिलो वा चाँडो मर्ने नै हो।” म एकदमै निराश भएँ र मनमा कुरा खेलाउन बन्द गर्नै सकिनँ, “धेरै दाजुभाइ र दिदीबहिनीहरू विश्‍वासमा आउनुअघि बिमार परेका थिए तर विश्‍वास गर्न थालेपछि तिनीहरू निको भए। तर मैले त परमेश्‍वरमा विश्‍वास गरेदेखि दैनिक आफ्नो कर्तव्य गर्दैछु। मलाई क्यान्सर कसरी लाग्न सक्यो? त्यागहरू गर्नु मुक्तिको बाटो हो भनेर म सोच्ने गर्थेँ। तर अहिले, मेरो मुक्ति नहुने मात्रै होइन म क्यान्सरले मर्नेवाला छु।” दोष लगाउने मेरा भावना र परमेश्‍वरप्रतिको गलत बुझाइ नरोकिई त्यतिकै बाहिर आयो। निराश भएर, मैले आँशु बगाउँदै परमेश्‍वरलाई यसो “हे प्यारो परमेश्‍वर, म साह्रै पीडामा छु। म बिरामी भएकी छु र हजुरको इच्छा म बुझ्दिनँ। तपाईँको इच्छा बुझ्न कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ”)। परमेश्‍वरका वचनहरूले मलाई उहाँको इच्छा बुझ्न मद्दत गरे। मैले आफूलाई चिन्न सकूँ, भ्रष्टता त्याग्न सकूँ र परमेश्‍वरबाट मुक्ति पाउन सकूँ भनेर परमेश्‍वरले मेरो रोगलाई मेरो भित्री भ्रष्टता, विद्रोहीपन र कलङ्कित नियतलाई खुलासा गर्न प्रयोग गरिरहनुभएको थियो। तर परमेश्‍वरले मेरो ज्यान लिन र मलाई हटाउन चाहनुभएको भनेर मैले सोचेँ, र मैले परमेश्‍वरलाई गलत सम्झेँ र दोष लगाएँ पूरै हरेस खाएँ र निराश भएँ। मैले मेरा त्यागहरूको मूल्य तोक्न खोजेँ, त्यसको श्रेय लिन खोजेँ र परमेश्‍वरसँग बहस गर्ने प्रयास गरेँ। परमेश्‍वरको सामना गर्न म आफ्नै मृत्युलाई समेत प्रयोग गर्न चाहन्थेँ। मैले सबै विवेक गुमाएकी थिएँ! आफू परमेश्‍वरप्रति असाध्यै ऋणी भएकी मैले महसुस गरेँ, त्यसैले प्रार्थना गर्न र म बिरामी हुँदा परमेश्‍वरलाई गलत सम्झनु र दोष दिनुको साटो समर्पित हुन किन सकिनँ भनेर पत्ता लगाउन म उहाँसामु आएँ।

त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु” (वचन देहमा देखा पर्नुहुन्छको “विश्‍वासको बारेमा तँलाई के थाहा छ?”)। “त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग प्रत्यक्ष रूपमा संलग्‍न नहुने अरू कुनै पनि कुरा सुन्‍ने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरूले परमेश्‍वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्‍वरमा समर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्‍म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको लागि गवाही दिने तिनीहरूको विश्‍वास हो? के यो परमेश्‍वरको इच्‍छा हासिल गर्नको लागि सबै कुरा त्याग्‍ने तिनीहरूको इच्‍छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्‍चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्‍लेषण गर्नु अत्यन्तै उचित छ। तिनीहरूसँग अति घनिष्ट रुपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ। यी कुराहरू यस्तो बिन्दु सम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ”)। परमेश्‍वरका वचनहरूले छुराले जस्तै मेरो मुटु छेँडे र मलाई एकदमै लज्जित महसुस भयो। के परमेश्‍वरले भन्नुभएको जस्तै, मेरो विश्‍वासपछाडिको नियत भविषयमा आशिष् पाउनु थिएन र? त्यागहरू गर्न म जसरी देखिए पनि, मैले केवल आशिष पाउन परमेश्‍वरसँग लेनदेन गदैँ थिएँ। मैले साँचो रूपमा परमेश्‍वरको आज्ञा पालन गरिरहेकी वा सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाइरहेकी थिइनँ। जब म विश्‍वासमा नयाँ थिएँ, ममाथि कहिल्यै विपत्ति आउँदैन र मैले आशिष् पाउनेछु र परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछु भनेर सोच्थेँ। त्यसैले मैले आफ्नो सबै कुरा लगाएँ र आफ्नो कर्तव्य पूरा गर्दा कुनै पनि कुरालाई बीचमा आउन दिइनँ। मसँग मेरो छोराछोरीलाई विद्यालय पुर्‍याउने वा घर ल्याउने समय पनि हुँदैनथ्यो। अरूले खिल्ली उडाउँदा र निन्दा गर्दा, चिनियाँ कम्युनिष्ट पार्टीबाट सतावट र खेदो आउँदा—म र मेरो कर्तव्यबीच केही पनि आएन। यी सबै कुराले गर्दा म परमेश्‍वरप्रति वफादार छु र उहाँले मेरो पक्कै प्रशंसा गर्नुहुन्छ र मलाई आशिष् दिनुहुन्छ भन्ने मैले सोचेँ। मलाई क्यान्सर भएको जब मैले थाहा पाएँ, स्वर्गको राज्यमा प्रवेश गर्ने मेरा सारा सपनाहरू हावामा बिलाए जस्तो मैले महसुस गरेँ। म गलत बुझाइ र दोषले भरिएकी थिएँ अनि मैले परमेश्‍वरसँग बहस गरेँ, परमेश्‍वरको सामना गर्न आफ्नो मृत्युलाई समेत प्रयोग गर्न चाहेँ। तथ्यहरू थाहा पाएपछि, मैले निभएको कर्तव्य, भोगेको कष्ट र आफूलाई प्रयोग गरेको त राम्रो गन्तव्य पाउनका लागि मात्रै रहेछ भनेर मैले बुझेँ। परमेश्‍वरसँगको मेरो सम्बन्ध “मालिक र कर्मचारी बीचको सम्‍बन्ध।” म आफूले चुकाएको हर सानो मूल्यको बदलामा इनाम चाहन्थेँ। मैले परमेश्‍वरलाई साँचो प्रेम गरिनँ। मैले उहाँलाई प्रयोग गर्दै थिएँ, उहाँलाई ठग्न खोज्दै थिएँ। मेरो विश्‍वासप्रतिको त्यस्तो दृष्टिकोणले गर्दा परमेश्‍वरले मलाई घृणा र तिरस्कार मात्रै गर्न सक्नुहुन्थ्यो। यदि मलाई जगाउन परमेश्‍वरले त्यो रोगको प्रयोग नगर्नुभएको भए, म विश्‍वासको गलत सोचाइमै झुन्डिएर बसिरहने थिएँ र अन्त्यमा परमेश्‍वरले मलाई त्याग्नुहुने र हटाउनुहुने थियो। यो कुरा बुझेपछि मलाई पश्चात्ताप र आत्म-ग्लानी भयो। मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले भनेँ, “हे प्यारो परमेश्‍वर, यदि तपाईँले मलाई यो बिमारी मार्फत खुलासा नगर्नुभएको भए, मैले विश्‍वासप्रतिको मेरो गलत दृष्टिकोणलाई कहिल्यै बुझ्ने थिइनँ। तपाईँका वचनहरूको न्याय र प्रकटीकरणले मेरो आत्मालाई जगाएको छ। म मेरा गलत मनसायहरूलाई सच्याउन र आशिष् पाउने इच्छालाई त्याग्न चाहन्छु। म निको भए पनि वा नभए पनि, म बाँचे पनि वा मरे पनि, म तपाईँमा समर्पित हुन चाहन्छु।” प्रार्थना गरेपछि मैले निकै शान्ति अनुभव गरेँ र मेरो अवस्था धेरै राम्रो भयो। त्यसपछिका दिनहरूमा, मैले कसरत गरिरहेँ र पोषक कुराहरू खाइरहेँ अनि दिनप्रति दिन मेरो स्वास्थ्यमा सुधार आयो। अस्पतालबाट चाँडै छुट्टी पाएँ।

घरमा, मैले मेरो श्रीमान् र बालबच्चाहरू बाहिर गएर सुसमाचार प्रचार गरेको र आफ्ना कर्तव्य निभाएको देखेँ, तर मैले गर्नसक्ने भनेको ओछ्यानमा ढल्किनु मात्रै थियो, कुनै कर्तव्य निभाउन सक्दिन थिएँ। मलाई अलि नरमाइलो लाग्यो। म कहिले पूरै निको हुन्छु वा म मेरो कर्तव्य फेरि निभाउन सक्छु कि सक्दिनँ, मलाई थाहा थिएन। यदि मैले मेरो कर्तव्य निभाउन सकिनँ भने, के म मरेतुल्य हुन्न र? अनि मेरो मुक्ति कसरी हुन्छ? यसरी सोच्दा, आशिष् पाउने मेरो इच्छाले आफ्नो घिनलाग्दो शीर फेरि उठाएको मैले महसुस गरेँ। मैले हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ र त्यसपछि उहाँका वचनहरूमा यो पढेँ: “मानिसहरू जुन आधारमा जिउँथे, त्यो आधार के थियो? सबै मानिसहरू आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। मेरो विश्‍वासमा परमेश्‍वरसँग लेनदेन गर्नु र मैले सोचेजस्तो नहुँदा परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्नुको कारण मामाथि सबै किसिमका शैतानी विषहरूले नियन्त्रण गरिराखेका रहेछन् भनेर थाहा पाउन परमेश्‍वरका वचनहरूले मलाई सहयोग गरे। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “इनामविना औँलो पनि नउठाउनू”—जस्ता शैतानी दर्शनहरूअनुसार जिउथेँ। मैले गरेका सबै कुराहरू, आफ्नै लागि, आफ्नो फाइदाका लागि थिए। म एकदमै स्वार्थी र घृणित थिएँ। मेरो विश्‍वासमा समेत मैले आशिष् र इनाम पाउनका लागि मात्रै मेहनत गरेँ र आफूलाई व्यस्त राखेँ। म सत्यताको पछि लाग्न वा स्वभाव परिवर्तन गर्न पटक्कै केन्द्रित थिइनँ। जब मैले चाहेको आशिष् पाइनँ, मेरो शैतानी प्रकृति बाहिर निस्कियो र मैले परमेश्‍वरलाई गलत सम्झेँ र दोष लगाएँ अनि उहाँप्रति मैले गरेका सबै कुराका लागि पछुतो गरेँ। पावलले प्रभुका लागि काम गरे र धेरै कष्ट भोगे, तर उनीसँग सत्यताप्रति प्रेम थिएन, र उनले परमेश्‍वरलाई चिन्न वा आफ्नो स्वभाव बदल्न खोजेनन्। उनले आफूले भोगेको कष्ट र गरेको त्यागको बदलामा धार्मिकताको मुकुट मात्रै चाहन्थे। अन्त्यमा, उनको शैतानी स्वभाव परिवर्तन भएको थिएन, त्यसैले, उनको घमण्डले सबै समझ नाश गरिदियो, उनले आफू ख्रीष्ट हो भनेर गवाही दिए र मानिसहरूलाई आफूसामु ल्याए। त्यसले परमेश्‍वरको स्वभावलाई चिढ्यायो र अनन्त दण्ड पाए। मैले शैतानका विषहरूअनुसार जिएकी भएँ, म पनि पावल जस्तै हुने थिएँ भनेर मलाई थाहा भयो। परमेश्‍वरको प्रतिरोध गरेकोमा उहाँले मलाई दण्ड दिनुहुनेथ्यो। आशिष् पाउन खोज्नु र सत्यताको पछि नलाग्नु कत्ति डरलाग्दो हुन्छ भनेर मैले बुझेँ। म परमेश्‍वरप्रति धेरै आभारी छु। विश्‍वासप्रतिको मेरो गलत दृष्टिकोण र परमेश्‍वरको विपरीत मार्गमा आफू हिँडिरहेको मैले देख्न सकूँ भनेर आफूबारे चिन्तन गर्ने र आफूलाई चिन्ने मौका दिन यो बिरामीको प्रयोग गर्नुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिसले केही समयको लागि प्रयास गरे पनि, मानिसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, अरूको लागि हुँदैन। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले धार्मिकता र सुन्दरताको आफ्नो सारतत्त्व कहिल्यै अदलबदल गर्नुहुन्‍न, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा धार्मिकतालाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ”)। यी वचनहरूलाई गहिरिएर विचार गर्दा त्यसले मेरो मन साह्रै छोयो। शैतानद्वारा यति धेरै भ्रष्ट पारिएएको मानिसजातिको मुक्तिका लागि परमेश्‍वरले यस्तो ठूलो मूल्य चुकाउनुभएको छ। दुई हजार वर्षअघि, मानवजातिको छुटकाराका लागि यहूदियामा परमेश्‍वर पहिलोपटक देहधारी हुनुभयो। उहाँले खिल्ली, निन्दा सहनुभयो र उहाँलाई यहूदी धर्मका अनुयायीहरूले सताए र दुर्व्यवहार गरे। अन्त्यमा, उहाँलाई क्रूसमा किला ठोकियो र त्यसरी छुटकाराको काम पूरा भयो। आज, मानवजातिलाई सधैँका लागि धुन र मुक्ति दिन परमेश्‍वर दोस्रोपटक चीनमा देहधारी बन्नुभएको छ। उहाँलाई कतै टाउको लुकाउने, बिसाउने ठाउँ पनि बाँकी नराखी चिनियाँ कम्युनिष्ट पार्टीले खेदो गरेको र सताएको छ, र उहाँले हामी विश्‍वासीहरूबाट हुने गलत बुझाइ, दोष, अवज्ञा र प्रतिरोध पनि सहनुपरेको छ। तर पनि परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन कहिले छोड्नुभएको छैन, बरु बदलामा केही पनि नमागी, हाम्रा लागि उहाँ आफूले गर्नसक्ने जति चुपचाप गर्नुहुन्छ। तर मैले मेरो कर्तव्यमा त्यागहरू गरेँ र बदलामा आशिष् र गन्तव्यको आशा राखेँ। परमेश्‍वरसँग मोलमोलाइ गर्न म मेरो विवेक विरुद्ध गएँ। म एकदमै स्वार्थी र घृणित थिएँ! म कुनै पनि प्रकारको साँचो विश्‍वासी थिइनँ। यो बुझेपछि, पछुतो गर्न इच्छुक हुँदै म प्रार्थना गर्दै परमेश्‍वरसामु गएँ।

एक दिन भक्तिमा मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न छन्ः परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्‍वरप्रतिको विश्‍वास’ भन्न सकिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। “परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँको इच्छा के छ सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता र हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्” (वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। परमेश्‍वरका वचनहरूले हामीले आफ्नो विश्‍वासमा पछ्याउनुपर्ने सही लक्ष्य देखाउँछन्। हामी हाम्रा अनुभवहरूमा जतिसुकै अनुशासित हुनसक्ने भए पनि, हामीलाई धुन र परिवर्तन गर्न परमेश्‍वरले सबैकुरा ठ्याक्कै मिलाउनुहुन्छ। मैले यी सबै कुराको स्वीकार र आज्ञापालन अनुभव गर्नुपर्छ, मेरा भ्रष्ट स्वभावहरूलाई सच्याउन परिस्थितिहरूमा सत्यता खोजी गर्नुपर्छ, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ र सबै कुरामा उहाँको प्रेमको मूल्य तिर्नुपर्छ भनेर मलाई थाहा थियो। यो मात्र सही पछ्याइ हो। अबउसो मैले आशिषहरूका लागि परमेश्‍वरसँग लेनदेन गर्न चाहिनँ। त्यसपछि मेरो रोगले जेजस्तो रूप लिए पनि, म मेरो अन्तिम साससम्म परमेश्‍वरको उपासना गर्ने थिएँ। यदि परमेश्‍वरले मलाई मेरो कर्तव्य गर्ने अर्को मौका दिनुभयो भने, म उहाँसँग आशिषहरूका लागि मोलमोलाइ गर्ने थिइनँ। म मेरो कर्तव्यमा सत्यता पछ्याउन र मेरो स्वभावलाई परिवर्तन गर्न मात्रै चाहन्थेँ।

त्यसको केही समयपछि, परमेश्‍वरले मेरो परीक्षा लिनुभयो।

एकदिन, मेरी छोरीले मण्डली भेलाबाट फर्केपछि विश्‍वासीहरूलाई पानी हाल्ने सिस्टर वाङलाई प्रहरीले पिछा गरिरहेको र उहाँको ठाउँ लिने अरू कोही नभएको कुरा सनाइन्। उनले मलाई मण्डलीमा त्यो काम कसले गर्नसक्छ भनेर सोधिन्। मैले यो कर्तव्य पहिला निभाएकी थिएँ र मलाई त्यो काम गर्न राम्ररी आउँथ्यो, त्यसैले त्यो कामका लागि सबैभन्दा सही मान्छे म नै हुँ भन्ने मैले सोचेँ। तर त्यसपछि मैले मेरो शल्यक्रिया भएको करिब २० दिन जत्ति मात्रै भएको कुरा मैले सोचेँ। चिरेको ठाउँ राम्ररी निको भएको थिएन र गर्मी बढ्दै थियो। घरमा, मैले चिरेको ठाउँ दिनभरिमा धेरैपटक धुनुपर्ने हुन्थ्यो। यदि मैले यो कर्तव्यलाई लिएँ र र मेरो घाउ सफा गर्न भ्याइनँ भने, घाउमा सुजन हुन सक्थ्यो। मेरो पाखुरा अझै पनि धेरै चल्दैनथ्यो, र यदि मैले दैनिक स्कुटर चढेर झरकमरक गरेँ भने, चिरेको ठाउँ निको हुने थिएन र म एकदमै बिरामी हुने थिएँ। त्यो परिस्थिति विचार गर्दा, त्यो कर्तव्य निभाउनु भनेको मेरो स्वास्थ्यमा हेल्चेक्र्याइँ गर्नु हुन्थ्यो। तर त्यसपछि मैले सोचेँ, “यो कर्तव्यका लागि सही मान्छे पाइएको छैन। यदि मैले त्यो कर्तव्य लिइनँ भने, के परमेश्‍वरको घरको काममा ढिलाइ हुँदैन र? म के गरुँ?” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एक खण्ड सम्झेँ: “यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले आज्ञापालन गर्नैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—आज्ञाकारिता—लाई व्यवहारमा उतार्नैपर्छ, म यसलाई लागू गर्छु र परमेश्‍वरको आज्ञापालनको वास्तविकतामा जिउँछु। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ।’ के यही नै गवाही दिनु होइन र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मेरो चिरेको घाउ राम्ररी निको नभएको भए तापनि, मलाई अब आफूबारे मात्रै सोच्ने र परमेश्‍वरको घरबारे नसोच्ने स्वार्थी र नीच व्यक्ति हुनु थिएन। वर्षौँसम्म म परमेश्‍वरसँग लेनदेन गर्दै आशिषहरूका लागि आफ्नो कर्तव्य निभाइरहेकी थिएँ। मैले परमेश्‍वरको इच्छालाई कहिल्यै ख्याल गरिनँ वा उहाँलाई सन्तुष्ट बनाउन केही गरिनँ। म साँच्चै परमेश्‍वरप्रति ऋणी थिएँ! यो कर्तव्य पूरा गर्नका लागि कोही तत्कालै चाहिएको थियो र म त्यो गर्न चाहन्थेँ। मेरो स्वास्थ्यमा जेसुकै असर परे पनि, मैले केवल परमेश्‍वरलाई आश्‍वस्त पार्न सकूँ भनेर बिन्ती गरेँ। परमेश्‍वरका वचनहरूबाट मार्गदर्शन पाएर मेरो रोगले मलाई अब बाधा दिएन र म त्यो काम स्वेच्छाले गर्न तयार भएँ।

मैले यो कर्तव्यमा मेरा सबै कुरा अर्पण गर्दा परमेश्‍वरको आश्चर्यजनक सुरक्षालाई देखेँ। एक हप्तापछि, मेरो चिरेको घाउ नबिग्रिने मात्रै होइन, पूरै निको भएको थियो। चिकित्सकले भने, “यस्तो किसिमको शल्यक्रियापछि पाखुरा सुन्निनु सामान्य हो र निको भएको एक महिनाभन्दा बढी समयपछि बिरामीले अझै केमोथेरापी गर्नुपर्छ।” तर मैले त्यो कर्तव्य निभाउन थालेदेखि, मेरो चिरेको घाउ दुख्न छोडेको थियो, मेरो पाखुरा सुन्निएको पनि थिएन र मैले केमोथेरापी पनि गराएकी थिइनँ। शल्यक्रिया गरेको एक वर्षभन्दा बढी भयो र म एकदमै ठीक छु। परमेश्‍वरलाई उहाँको आश्चर्यजनक कार्यहरूका लागि धन्यवाद। मैले उहाँका वचनहरूले भनेको कुरा आफैले अनुभव गरेँ: “चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। मैले मेरा अव्यावहारिक मागहरू र परमेश्‍वरसँग लेनदेन गर्न छोडेपछि, मैले वास्तवमा परमेश्‍वरको अख्तियार र शासन देखेँ र उहाँका आश्चर्यजनक कार्यहरूको गवाही दिएँ।

बाहिरबाट हेर्दा यो रोगको परीक्षा विपत्तिजस्तो देखिन्थ्यो, तर त्यसभित्र परमेश्‍वरको प्रेम लुकेको थियो। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनबाट मैले आशिष् पाउने मेरो मनसाय र अशुद्धिहरूबारे केही थाहा पाएँ। म परमेश्‍वरप्रति केही आज्ञाकारी भएँ। रोगको अनुभव गर्नु भनेको मलाई धुन र परिवर्तन गर्न परमेश्‍वरबाट मैले पाएको आशिष् हो भनेर मैले साँच्चै सिकेँ। परमेश्‍वरबाट पाइने मुक्तिका लागि उहाँलाई धन्यवाद!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्