रोगमार्फत शोधन: मेरो जीवनको आवश्यकता
वाङ क्वान, चीनसन् १९९९ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, यो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अगुवाले मलाई केही समूह भेलाहरूको जिम्मा दिइन् केही अभ्यासपछि, मैले केही सिद्धान्तहरू बुझें र मानिसहरूले भोग्ने केही स्थिति चिन्न सिकें। यो कर्तव्यले मलाई कैयौँ सत्यता सिक्न र छिट्टै प्रगति गर्न मद्दत गरिरहेको महसुस गरेँ। तर पछि प्रहरीले सामान्य मामिलाकी डिकनलाई निगरानी गर्न थाल्यो र उनले अरूसँग सम्पर्क गर्न सकिनन्, त्यसैले अगुवाले मलाई सामान्य मामिलाहरू सम्हाल्ने काममा लगाइन्। त्यो बेला ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका थिए। किताबहरू ओसार्ने, ब्रदर-सिस्टरहरूलाई सुरक्षित राख्न नयाँ पाहुना घरहरू खोज्नेजस्ता धेरै कुराहरू हेर्नुपर्ने थियो। म यी सबै कुराहरू मिलाउन लगभग हरेक दिन दौडधुप गरिरहेकी हुन्थेँ। केही समयपछि, एक किसिमको चिड़चिड़ाहट र असन्तुष्टि महसुस गरें। मलाई लाग्यो, यो त दौडधुप गर्ने काम मात्र रहेछ, र मेरो सबै समय दौडधुपमै खर्च गरेर म सत्यता प्राप्त गर्न सक्दिनथेँ। के म यसरी मुक्ति पाउन सक्थें र? म सामान्य मामिलासम्बन्धी कामको विरोधी भएँ, र अब त्यो गर्न चाहन्नथेँ।
धेरैपटक, पाहुना घरहरूमा सामान छोड्न जाँदा, ब्रदर-सिस्टरहरू भेला भई सङ्गति गरिरहेको देख्थेँ। ममाथि साँच्चै गलत भएको ठान्थें र अगुवाप्रति रिस पनि उठ्थ्यो। उनले मलाई किन सामान्य मामिलाको जिम्मेवारी दिइन्? तिनीहरू सँगै सत्यता सङ्गति गर्दै, धेरै सिक्दै र छिट्टै अघि बढ्दै थिए, तर म काममा दौडधुप मात्र गरिरहेकी थिएँ—मैले कसरी सत्यता प्राप्त गर्न सक्थें र? सत्यताविना ममा जीवन हुने थिएन, र मुक्ति पाउँदिनथें। मैले मौका गुमाइरहेकी थिइनँ र? यसबारे सोच्दा म झन्झन् चिन्तित भएँ, र आफ्नो कर्तव्य निभाउन कुनै उत्साह भएन। एकपटक मैले एक सिस्टरको घरमा सुरक्षा जोखिम रहेको थाहा पाएँ, र त्यहाँ रहेका पुस्तकहरू जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्नुपर्ने भयो। मैले सोचेँ, “किन सामान्य मामिलाका काम यति धेरै छन्? यसले समय र ऊर्जा खाइदिन्छ, तर म सत्यता प्राप्त गर्न सक्दिनँ। के मैले यो सबै व्यर्थमा गरिरहेकी छैन र?” यसरी सोच्दा मलाई यो काम गर्न मन लागेन। तर स्थिति जरुरी भएकाले मैले पुस्तकहरू सार्न मद्दत गर्नुपर्थ्यो। त्यो सकेपछि, एक्कासी पुस्तकहरू राखिएको अर्को घरमा समस्या आयो। ती किताबहरू सार्नु भनेको उही मिलाउने र प्याक गर्ने प्रक्रिया पट्ट्यारलाग्दो काम थियो, र दिनभरको कामपछि म गुनासोहरूले भरिएँ। म थकित भएर घर पुग्दा, अगुवा र मलजल डिकन छलफल गरिरहेका थिए। अगुवाले मलाई सोधिन्, “तपाईंले एक सिस्टरलाई नयाँ पाहुना घरमा पुर्याउनुभएको मात्र होइन? किन दिनभर लाग्यो?” उनको कुरा सुनेर मलाई साँच्चै नराम्रो लाग्यो। म बाहिर दौडधुप गरिरहँदा तिनीहरू सबै बसेर सत्यता र सिद्धान्तहरू सङ्गति गर्दै थिए। सामान्य मामिला रेखरेख गरेर मैले के प्राप्त गर्न सक्थें र? मैले जति गरे पनि के म सेवाकर्ताको रूपमा मात्रै सिमित हुन्थिनँ र? मैले भित्र बसेर परमेश्वरका वचन पढ्न, भेलामा सबैसँग सङ्गति गर्न, र कामको छलफल गर्न पाएकी भए, के त्यो धेरै राम्रो हुन्थेन र? त्यो धेरै सजिलो हुने थियो, मैले सत्यता प्राप्त गर्न सक्थेँ र भविष्यमा मुक्ति पाउने थिएँ। यसबारे जति धेरै सोचेँ, उति रिस उठ्न थाल्यो, र म निराश र पूरै थकित हुन पुगें। मैले यो कुरा मनमा खेलाइरहें: मलाई किन सामान्य मामिलाको जिम्मा दिइयो? के परमेश्वरले मलाई सेवाकर्ता भएको हेर्न चाहनुहुन्छ? यस्तै भैराखेको भए, के म सधैं यही दौडधुपको मात्र लायक मात्र हुन्नथेँ र? मैले के पाउन सक्थें र?
अर्को दिन मैले सम्हाल्नुपर्ने सामान्य मामिलाका काम धेरै थिए, र मैले गुनासो नगरी बस्न सकिनँ। अगुवाले म त्यति राम्रो स्थितिमा नभएको देखिन् र यसबाट सिक्न र आत्मचिन्तन गर्न सम्झाइन्। त्यो मेरो लागि चेतावनीको घण्टी थियो। त्यो बेला सामान्य मामिलाको काम गरिराख्दा, म काम त गरिरहेकी हुन्थेँ, तर भित्र विरोध महसुस हुन्थ्यो। म असन्तुष्ट थिएँ, र आफ्नो कर्तव्य रोजेर लिन चाहन्थेँ। परमेश्वरले मलाई अन्याय गर्नुभएझैँ पनि लाग्थ्यो। मलाई म खतरापूर्ण स्थितिमा छु भन्ने लाग्यो। म त्यति प्रतिरोधी भैरहन सक्दिनँथें। मैले सत्यता खोज्दै परमेश्वरसामु पश्चात्ताप गर्नुपर्थ्यो।
मैले परमेश्वरका वचनमा केही पढें: “तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले बुझ्नुपर्ने सिद्धान्तहरू र तैँले अभ्यास गर्नुपर्ने सत्यताहरू एउटै हुन्छन्। तँलाई अगुवा बन्न अनुरोध गरिए पनि वा कामदार बन्न अनुरोध गरिए पनि, वा अतिथि सत्कारकका रूपमा तैँले खाना पकाए पनि वा तँलाई केही बाह्य कामकाज सम्हाल्न लगाइए पनि वा कुनै शारीरिक परिश्रम गर्न लगाइए पनि, यी विभिन्न कर्तव्यहरू निर्वाह गर्दा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू उही हुन्छन्, र ती सबै कर्तव्यहरू सत्यता र परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। “धेरै मानिस मुक्ति प्राप्त गर्नुको अर्थ के हो भनी स्पष्ट रूपमा देख्न सक्दैनन्। कतिपय मानिस के सोच्छन् भने, यदि तिनीहरूले लामो समयदेखि परमेश्वरमा विश्वास गरेका छन् भने, तिनीहरूले सायद मुक्ति पाउनेछन्। कतिपय मानिसहरू के सोच्छन् भने, यदि तिनीहरूले धेरै आत्मिक धर्मसिद्धान्त बुझेका छन् भने, तिनीहरूले सायद मुक्ति पाउनेछन्। अनि कतिले के सोच्छन् भने, यदि तिनीहरू अगुवा र कामदारहरू बने भने, तिनीहरूले निश्चित रूपमा मुक्ति पाउनेछन्। यी सबै मानवीय धारणा र कल्पनाहरू हुन्। मुख्य कुरा के हो भने, मानिसहरूले मुक्ति प्राप्त गर्नुको अर्थ के हो भनी बुझ्नैपर्छ। मुक्ति प्राप्त गर्नुको मुख्य अर्थ पापबाट र शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्वरतर्फ फर्कनु र परमेश्वरमा समर्पित हुनु हो। पापबाट र शैतानको प्रभावबाट मुक्त हुन मानिसहरूसँग के हुनैपर्छ? सत्यता। सत्यता प्राप्त गर्नका लागि, मानिसहरूले आफूलाई परमेश्वरका धेरै वचनद्वारा सुसज्जित गर्नैपर्छ, र तिनीहरूले परमेश्वरका वचनहरू अनुभव गर्न र तिनलाई अभ्यासमा लागू गर्न सक्षम हुनैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सकून्—त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउनेछन्। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरासँग उसले कति लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छ, उसको ज्ञान कति उन्नत छ, ऊसँग वरदान र सामर्थ्यहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्ने कुराको कुनै सम्बन्ध छैन। मुक्ति प्राप्त गर्नुसँग प्रत्यक्ष सम्बन्ध भएको एउटै मात्र कुरा भनेको कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ कि गर्दैन भन्ने हो। त्यसोभए, तैँले अहिले हृदयमा कतिवटा सत्यताहरू बुझेको छस्? अनि परमेश्वरका कतिवटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्वरका सबै मागमध्ये, तैँले कुन-कुनमा प्रवेश प्राप्त गरेको छस्? यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, तँ परमेश्वरका वचनहरूको वास्तविकतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन, वा यदि तँ परमेश्वरका कुनै पनि वचनहरूको वास्तविकतामा प्रवेश प्राप्त गरेको छैनस् भने, म तँलाई एउटा साँचो कुरा भन्छु: तेरो मुक्ति पाउने आशा शून्य छ—तैँले मुक्ति प्राप्त गर्नै सक्दैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनहरू पढेर मैले बुझें, मण्डलीमा मलजलको काम होस् वा सामान्य मामिलाको, ती मानिसले गर्नैपर्ने कर्तव्य हुन्। हामीले कर्तव्य निभाउँदा सत्यता पछ्याउनेछौं र केही जीवन प्रवेश पाउनेछौं भन्ने परमेश्वरले आशा गर्नुहुन्छ। हाम्रो कर्तव्य फरक भए पनि, हामीले कर्तव्यमा अभ्यास गर्ने सत्यताका सिद्धान्त एकै हुन्। जुनसुकै कर्तव्य गर्दा पनि, हामी सबैले भ्रष्टता देखाउँछौं। जबसम्म हामी भ्रष्टता देखाउँदा सत्यता खोज्छौं, पश्चात्ताप गर्छौं र बदलिन्छौँ, तबसम्म हामी जीवनमा प्रगति गर्न सक्छौं। अनि हामीले सत्यता प्राप्त गरी मुक्ति पाउन सक्छौं। तर जब केही हुँदा हामीले कुनै पाठ सिक्दैनौं, वा हामीले गर्ने काम सत्यता अभ्यास वा स्वभाव बदल्ने कार्यसँग सम्बन्धित हुँदैन, तब परमेश्वरले यसलाई काम मात्र देख्नुहुन्छ, अनि परमेश्वरको मुक्ति त परको कुरा, हामी सत्यतासमेत प्राप्त गर्न सक्दैनौं। तर मैले सामान्य मामिला सम्हालेर सत्यता प्राप्त गर्न सक्दिनँ र मैले जति काम गरे पनि, सेवाकर्ता मात्र हुनेछु भन्ने गलत विश्वास गरें। मैले सोच्थेँ, अगुवा वा समूह अगुवा भएर, सत्यता सङ्गति गरेर र अरूलाई सहयोग गरेर, हरेक दिन परमेश्वरका वचन पढेर र यसबारे सङ्गति गरेर जीवनमा छिट्टै प्रगति गर्न, र सत्यता प्राप्त गरी मुक्ति पाउन सकिन्छ। के त्यो मेरो मुर्खता थिएन र? वास्तवमा, सत्यता पछ्याउने व्यक्तिले जुनसुकै कर्तव्य गरिरहे पनि आफूले सामना गर्ने कुराहरूबाट सिक्न, र त्यसपछि वास्तविक, व्यावहारिक लाभहरू प्राप्त गर्न सक्छन्। यो मैले हेरेको गवाही भिडियोहरूमा भएजस्तै हो। केही ब्रदर-सिस्टरले सामान्य मामिलाहरू सम्हाल्छन्, तर तिनीहरू परमेश्वरका वचनहरूलाई व्यवहारमा उतार्न, सत्यता खोज्न र भ्रष्टता देखिएपछि त्यसको समाधान गर्न सक्षम हुन्छन्। तिनीहरू एउटा अनुभवपछि परिवर्तन हुन र आफ्नै वास्तविक गवाही बताउन सक्छन्। अनि केही अगुवाहरू पनि छन् जो प्रायः अरूलाई परमेश्वरका वचनहरू पढिसुनाउँछन् र समस्या सुल्झाउन मद्दत गर्छन्, तर जे प्रचार गर्छन् व्यवहारमा उतार्दैनन्, केवल धर्मसिद्धान्त भट्याउँछन्, र अन्ततः खुलासा भएर निकालिन्छन्। यी कुराहरू साँच्चै हुन्छन्, होइन र? मानिसहरूले फरकफरक कर्तव्य निभाएको कारण परमेश्वरले पक्षपात गर्नुहुन्न। सत्यता नपछ्याउनेहरू सेवा मात्र पुर्याउने मानिसहरू हुन्। सत्यता पछ्याउनेले भने जुनसुकै कर्तव्यबाट इनाम पाउनेछ। परमेश्वर धर्मी हुनुहुन्छ र कसैको पक्ष लिनुहुन्न। तर म मेरा भ्रामक विचारहरूमा फसेकी थिएँ, र कर्तव्यहरू छानेर लिन चाहन्थेँ। म सामान्य मामिलासम्बन्धी कामको विरोधी भएँ—म यो गर्न चाहन्नथेँ। मलाई त्यस्तो काम दिएकोमा रिसाउँदै अगुवाबारे पनि द्वेष पाल्न थालेँ। मैले सत्यता पछ्याइरहेकी थिइनँ। मैले भ्रष्टता देखाएँ तर आत्मचिन्तन वा समाधान गरिनँ। बरु नकारात्मक बनेँ, गुनासो गरें र यो सबैको दोष अरूलाई दिएँ। परमेश्वरले मलाई सेवा मात्र गराउनुभएजस्तो लाग्यो। म उहाँलाई गलत बुझ्दै थिएँ। म एकदम व्यावहारिक वातावरणमा थिएँ, तर पाठ सिक्न सकिनँ। केवल गुनासोले भरिएँ। कति अव्यावहारिक। यदि म त्यस्तै भैराख्थेँ, र कुनै पनि सत्यता प्राप्त गर्दिनथेँ भने, म साँच्चै सेवाकर्ता मात्र बन्ने थिएँ। केही सामान्य मामिला मेरो बाटोमा आएका थिए, तर मैले परमेश्वरबाट आएको भनी स्विकार्न र समर्पित हुन सकिनँ। अरू ब्रदर-सिस्टरहरूको समस्या त परको कुरा, मैले आफ्नो समस्या पनि सुल्झाउन सकिनँ। अनि त्यो अवस्थामा म मलजलको काम गर्न चाहन्थेँ! त्यो अव्यावहारिक थिएन र? मैले परमेश्वरले भन्नुभएको कुरा सोचें: “कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ। यो मानकलाई आफ्नो मनमा दृढतापूर्वक राख्, र ती अवास्तविक कुराहरू पछ्याउनका लागि सत्यता पछ्याउने मार्ग छोड्नेबारे कहिल्यै नसोच्। मुक्ति पाउनुपर्ने सबैका लागि परमेश्वरले माग गर्नुभएको मानक सधैँ अपरिवर्तनीय छ। तँ जोसुकै भए पनि यो उस्तै रहन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचन पढेर मैले सामान्य मामिलाहरू सम्हाले पनि वा अगुवाको रूपमा सेवा गरे पनि, मूल कुरा भनेको कर्तव्य निभाउँदा सत्यता पछ्याउनु हो भन्ने बुझें। परमेश्वरद्वारा स्थापित वातावरणमा सत्यता खोज्न, आफूलाई बुझ्न, पश्चात्ताप गर्न र बदलिन सक्नेहरू नै मुक्ति पाउन सक्ने मानिसहरू हुन्। यो बुझेर मेरो मन उज्यालो भयो।
पछि, मैले फेरि दोहोर्याएर सोच्न थालें। मलाई सामान्य मामिलाको जिम्मा दिइँदा म किन यति दुःखी र काम गर्न अनिच्छुक भएँ? मैले परमेश्वरका वचनमा यो पढें: “परमेश्वरमाथिको मानवजातिको विश्वासको सबैभन्दा दुःखलाग्दो कुरा के हो भने, परमेश्वरको कामको बीचमा मानिस आफ्नै उद्यममा संलग्न हुन्छ, तैपनि परमेश्वरको व्यवस्थापनमा अलिकति पनि ध्यान दिँदैन। परमेश्वरमाथिको मानवजातिको विश्वासको सबैभन्दा ठूलो असफलता के हो भने, उसले परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न पछ्याइरहँदा, उसले साथसाथै आफ्नै आकाङ्क्षात्मक गन्तव्यको सपना निर्माण गर्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी योजना बुन्छ। मानिसहरूले तिनीहरू कति निकृष्ट, घृणास्पद, र दयनीय छन् भन्ने कुरा बुझे तापनि, कति जनाले आफ्ना आकाङ्क्षा र आशाहरूलाई सहजतापूर्वक त्याग्न सक्छन्? अनि कसले आफ्नै पाइलाहरूलाई रोक्न, अनि आफ्नै तर्फबाट योजना बनाउन छोड्न सक्छ? परमेश्वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँमा समर्पित हुनका लागि उहाँको व्यवस्थापनको कार्यमा आफ्नो सम्पूर्ण मन र शरीर अर्पण गर्नेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्ना हातहरू पसारेर माग्ने मानिसहरूको खाँचो छैन, अनि उहाँप्रति अलिकति समर्पित हुने अनि त्यसपछि उहाँबाट त्यसको भर्पाइ माग्न प्रतीक्षा गर्नेहरूको खाँचो त झनै छैन। सानोतिनो योगदान दिने अनि त्यसपछि आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। तिनीहरूकै लाभका लागि मुक्ति दिने उहाँको कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्वर आफ्नो व्यवस्थापनको कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। तिनीहरूलाई परमेश्वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको मात्रै चासो हुन्छ। तिनीहरू आफ्नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्लीन भएका हुनाले, तिनीहरू परमेश्वरको हृदयको ख्याल पटक्कै गर्दैनन्। परमेश्वरको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि परमेश्वर मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्नेबारे र उहाँका अभिप्रायहरूबारे अलिकति पनि रुचि नराख्नेहरू सबैले परमेश्वरको व्यवस्थापनको कार्यको दायराभन्दा बाहिर रहेर आफूलाई गर्न मन लाग्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूका कार्यलाई न त परमेश्वर स्मरण गर्नुहुन्छ न त अनुमोदन नै, परमेश्वर यसलाई निगाहको दृष्टिले त झनै हेर्नुहुन्न” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्वरको वचनले मेरो आफ्नै अवस्था देखायो। म सामान्य मामिलाहरू सम्हाल्न अनिच्छुक थिएँ किनभने मसँग कर्तव्य निभाउने सही प्रेरणा थिएन। मैले त्यो सधैं मनमा नाफानोक्सान हिसाब गर्दै, आशिष् पाउन सकूँ भनेर गरिरहेकी थिएँ। फाइदा हुने भए, म उत्सुकतापूर्वक जुनसुकै मूल्य चुकाउँथेँ, तर मलाई सामान्य मामिलामा खटाइएको र म सेवाकर्ता मात्र हुन्छु भन्ने थाहा हुनेबित्तिकै, मलाई यो ठूलो घाटा हो जस्तो लाग्यो। मैले अनुहार बिगारेर गनगन गरें, र केही काम गरे पनि, म यसबारे असन्तुष्ट हुन्थेँ। म शैतानी दर्शनअनुसार, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “सधैँ नाफा कमाउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू” भन्दै बाँचिरहेकी थिएँ। “इनाम” सधैं पहिला आउँथ्यो, र मैले आफूलाई परमेश्वरमा अर्पित गरेको पनि उहाँसँग कारोबार गर्नलाई थियो। सुरुदेखि अन्त्यसम्म, मैले कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर सोचेकी थिइनँ। ती कठोर परिस्थितिहरूमा पनि, मेरो पहिलो सोच ब्रदर-सिस्टर र मण्डलीको सम्पत्ति जोगाउने र ती सबैलाई छिट्टो सुरक्षित ठाउँमा सार्ने हुँदैनथ्यो, बरु त्यो काम गर्न लायक छ छैन, मेरो गन्तव्यका लागि लाभदायक हुन्छ हुँदैन भन्ने हुन्थ्यो। शैतानले मलाई भ्रष्ट पारी यति स्वार्थी र नीच अनि विवेक वा समझहीन पारेछ भन्ने बुझेँ। म आफ्नो लागि मात्र सोच्ने, अति चिसो मनकी थिएँ। म मण्डली सदस्य भएकीले जुनसुकै परियोजना गर्न आवश्यक भए पनि, मैले मण्डलीको हित रक्षा गर्न सहयोग गर्नुपर्थ्यो। तर म आफूले गर्ने हरेक कुरामा साँच्चै लक्ष्य-उन्मुख थिएँ। यति मेहनत गरेर पनि आशिष् नपाएमा मैले साँच्चै केही गुमाउँछु जस्तो लाग्यो। मेरो दिमाग म कसरी आशिष् पाउन र अगाडि आउन सक्छु भन्ने सोचले भरिएको थियो। यो सबैले मलाई विश्वासमा मेरो वर्षौंको प्रयासको प्रेरणा आशिष्को चाहना मात्र थियो भन्ने देखायो। यसले मलाई परमेश्वरले भन्नुभएको कुरा याद दिलायो: “अरूलाई दया देखाउने मानिसहरूले समेत त्यसको प्रतिदान पाउँछन्, तर तिमीहरूका बीचमा यस्तो काम गर्ने ख्रीष्टले मानिसको प्रेम वा ऊबाट इनाम र समर्पण केही पनि प्राप्त गर्नुभएको छैन। के यो हृदयविदारक कुरा होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्चय नै परमेश्वरका विरोधी हुन्)। परमेश्वरका वचनहरूले गर्दा मलाई झन् पछुतो र डर महसुस भयो। मैले परमेश्वरका धेरै वचन पढें, परमेश्वरको अनुग्रह र आशिष्को धेरै आनन्द उठाएँ, तर कर्तव्य राम्ररी निभाएर परमेश्वरको प्रेमको ऋण तिर्नेबारे कहिल्यै सोचिनँ। म लिने कुरामा मात्र केन्द्रित भएँ। म परमेश्वरको आशिष्को भोको थिएँ, उहाँले मलाई राम्रो गन्तव्य दिनुहोओस् भन्ने चाहन्थेँ। त्यो नपाउँदा म आक्रोशित थिएँ, र थोरै काम गर्नुपर्दा पनि गुनासोले भरिएकी थिएँ। मेरो विवेक र समझ पुरै शून्य भएको थियो, र यो परमेश्वरलाई चोट दिने कुरा थियो। यसबारे सोच्दा मैले झन् ऋणी र दोषी महसुस गरें। विवेक र मानवताहीन भएकीले मैले आफैंलाई घृणा गरेँ।
मैले पछि परमेश्वरको वचनमा अरू केही पढें: “परमेश्वरको घरमा, जब तँलाई केही गर्नका लागि प्रबन्ध गरिन्छ, चाहे त्यो कठिन वा थकाइलाग्दो काम होस्, वा तँलाई त्यो गर्न मन परोस् वा नपरोस्, त्यो तेरै कर्तव्य हो। यदि तँ यसलाई परमेश्वरले तँलाई दिनुभएको आज्ञा र जिम्मेवारीका रूपमा लिन सक्छस्, र त्यो कुरा आफ्नो सम्पूर्ण हृदय र शक्तिले पूरा गर्न सक्छस् भने, तैँले गर्ने काम—तैँले निर्वाह गर्ने कर्तव्य—मानिसलाई मुक्ति दिने परमेश्वरको कामसँग सान्दर्भिक छ भनेर भन्न सकिन्छ। यदि तँ परमेश्वरले तँलाई दिनुभएको आज्ञा इमानदारीपूर्वक र निष्कपटतासाथ स्वीकार गर्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई उहाँको परिवारको सदस्यका रूपमा हेर्नुहुनेछ। त्यो आशिष् हो कि श्राप हो? (आशिष्।) यो एउटा ठूलो आशिष् हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। यो खण्ड मेरो लागि साँच्चै मनछुने थियो। कोही कर्तव्य निभाउन इच्छुक भएसम्म, परमेश्वरले उसलाई मौका दिनुहुनेछ। मण्डलीका सबै कामहरू, प्रभावहीन देखिने कामसमेत अर्थपूर्ण हुन्छन्। ती सबैलाई स्विकार्नुपर्छ, आफ्नो कर्तव्य र जिम्मेवारीको रूपमा लिनुपर्छ। यदि हामीले कर्तव्यमा सत्यता पछ्याउने प्रयास गर्छौं, र परमेश्वरले चाहनुभएअनुरूप ठीकसँग गर्छौं भने, हामीले मुक्तिको मौका पाउनेछौँ। यदि तपाईं आफ्नो कर्तव्यलाई लेनदेनजस्तै व्यवहार गर्नुहुन्छ, आशिष् साट्ने पूँजी वा परमेश्वरको राज्य प्रवेश गर्ने माध्यमजस्तै ठान्नुहुन्छ भने, जतिसुकै कडा परिश्रम गरे पनि सत्यतामा प्रवेश गर्न सक्नुहुन्न, किनकि तपाईको खोजीको दृष्टिकोण र हिँड्ने बाटो गलत छन्। कर्तव्य निभाउन, र परमेश्वरको काममा सेवा प्रदान गर्ने मौका पाउनु, परमेश्वरले दिनुभएको उचाइ र ठूलो आशिष् हो। म कसरी मेरो कर्तव्यबारे छनौट गर्न सक्थें र? मैले यसलाई स्विकारेर समर्पित हुनुपर्थ्यो। मैले सृष्टि गरिएको प्राणीको रूपमा त्यो गर्नुपर्थ्यो। तर म वरिपरि रहेका आशिष्हरूदेखि अनभिज्ञ थिएँ, र कर्तव्यको माध्यमबाट सत्यता पछ्याउने मौकाको कदर गरिरहेकी थिइनँ। म मेरो कर्तव्यलाई कडा परिश्रम र परमेश्वरसँग लेनदेन गर्ने गोटीजस्तै मानिरहेकी थिएँ। मैले परमेश्वरलाई गलत बुझेर दोष पनि दिएँ। म एकदम अन्धी थिएँ। यो बुझेपछि, मलाई सामान्य मामिलाहरूप्रति विरोध महसुस भएन। यसलाई स्विकार्न र कर्तव्य राम्रोसँग निभाउनमा मैले साँचो सन्तुष्टि महसुस गरें।
मैले अर्को खण्ड पढेकी थिएँ: “आफ्नो कर्तव्य पूरा गर्दा, मानिसहरूले परमेश्वरको काम अनुभव गर्न, सत्यतालाई बिस्तारै बुझ्न र स्वीकार गर्न, अनि सत्यता अभ्यास गर्नका लागि सत्यताको पछ्याइलाई प्रयोग गर्छन्। त्यसपछि तिनीहरू आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्ने, र शैतानको भ्रष्ट स्वभावका बन्धन र नियन्त्रणबाट उम्कन सक्ने स्थितिमा पुग्छन्, र यसरी तिनीहरू सत्यता वास्तविकता र सामान्य मानवता भएका मानिसहरू बन्छन्। तँमा सामान्य मानवता छ भने मात्रै तेरो कर्तव्य निर्वाह र तेरो कार्य-व्यवहारले मानिसहरूको आत्मोन्नति गर्छ र परमेश्वरलाई सन्तुष्ट पार्छ। अनि परमेश्वरले मानिसहरूलाई तिनीहरूको कर्तव्य निर्वाहका निम्ति अनुमोदन गर्नुभएपछि मात्रै तिनीहरू सृजित प्राणीका रूपमा मानकअनुरूप हुन सक्छन्। त्यसकारण, तिमीहरूको कर्तव्य निर्वाहको कुरा गर्दा, तिमीहरूले अहिले समर्पित गर्ने र अर्पणमा ल्याउने कुराहरू तिमीहरूले बटुलेका विभिन्न सीप र सिकाइ अनि ज्ञान भए पनि, आफ्नो कर्तव्य निर्वाह गर्ने माध्यममार्फत नै तिमीहरूले सत्यता बुझ्न, अनि कर्तव्य निर्वाह गर्नु भनेको के हो, परमेश्वरको अघि आउनु भनेको के हो, र पूर्ण हृदयले परमेश्वरप्रति समर्पित हुनु भनेको के हो भनेर बुझ्न सक्छौ। यही माध्यममार्फत, तिमीहरूले कसरी आफ्नो भ्रष्ट स्वभाव फाल्ने, र कसरी आफूविरुद्ध विद्रोह गर्ने, अहङ्कारी र आत्मधर्मी नबन्ने, अनि सत्यता र परमेश्वरप्रति समर्पित बन्ने भन्ने कुरा जान्नेछौ। त्यसरी मात्रै तिमीहरूले मुक्ति हासिल गर्न सक्छौ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। मैले परमेश्वरको वचनबाट के सिकें भने कर्तव्य गर्नु भनेको आफ्नो स्वभाव परिवर्तन गर्ने र सत्यता प्राप्त गर्ने मार्ग हो। यसको आशिष् वा लाभ प्राप्तिसँग कुनै सम्बन्ध छैन। जुनसुकै कर्तव्य गरे पनि, सत्यता पछ्याउनु र स्वभाव परिवर्तनमा केन्द्रित हुनु मात्र सही बाटो हो। सामान्य मामिलाको कामबाट मैले केही सिक्न नसकेको कारण भनेको मैले सत्यता पछ्याइरहेकी वा जीवन प्रवेशमा काम गरिरहेकी थिइनँ। मेरो कर्तव्यसँग यसको कुनै सरोकार थिएन। मलाई सामान्य मामिलाको काम परिश्रम गर्नु मात्र हो जस्तो लाग्थ्यो। जब मैले भ्रष्टता देखाएँ, मैले सत्यता खोज्न र त्यो भ्रष्टता हटाउन ध्यान दिइनँ। म मेरो कर्तव्यमा उदासीन र सुस्त थिएँ, र मैले काम गरे पनि, मैले केही प्राप्त गरिनँ, र मेरो स्वभाव कहिल्यै परिवर्तन भएन। यदि यस्तै नै भैराखेको भए मैले मुक्ति पाउने कुनै उपाय थिएन। त्यो बुझाइले मलाई अभ्यासको बाटो दियो। चाहे त्यो सामान्य मामिलाहरू सम्हाल्ने होस् वा ब्रदर-सिस्टरहरूलाई मलजल र सहयोग गर्ने, मैले यसलाई कार्यको रूपमा व्यवहार गर्न सक्दिनथेँ। मैले प्रार्थना गर्न र सत्यका सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो, र जब मैले भ्रष्टता देखाएँ, तब आत्मचिन्तन गरी यसको समाधान गर्न सत्यको खोजी गर्नुपर्थ्यो। केहीबेर यसरी अभ्यास गरेपछि, छिट्टै नै, मैले आफैलाई राम्रोसँग बुझें र सत्यताको अझ व्यावहारिक बुझाइ प्राप्त गरें।
म सम्झन्छु त्यहाँ एउटी सिस्टर थिइन् जो मलाई सधैं आफूले योजना गरेको हर काममा सामेल हुन आग्रह गर्थिन्। उनले आफूले गर्न सक्ने साधारण कुराहरूमा समेत मद्दत गर्न भन्थिन्। जब उनले मलाई फेरि आग्रह गरिन्, मैले मेरो मानसिकता सच्याएँ, र जति धेरै काम गर्नुपर्ने भए पनि प्रतिरोध गरिनँ। हामीले सँगै काम गर्दा, उनी आफ्नो कर्तव्यमा वास्तविक बोझ नबोक्ने र आरामको लोभी रहेको देखेँ। म उनलाई यो औंल्याउन चाहन्थेँ, तर उनले म मिलनसार नरहेको सोच्लिन् भन्ने डर लाग्यो, त्यसैले उनको देहसुखप्रति लचिलो भएँ। मैले सोचेँ, उनले अल्छी गरे नि काम गर्न सक्छु—र उनलाई केही भनिनँ, केही सङ्गति गरिनँ। पछि, परमेश्वरका वचनहरू पढेर आत्मचिन्तन गरेपछि, मैले महसुस गरें कि म अरूलाई खुसी पार्ने भएकी छु। लाग्थ्यो, म विवेकशील र समझदार भैराखेकी छु, तर वास्तवमा, मेरो आफ्नै मनसाय थियो, र त्यो उनमा मेरो राम्रो छाप छोड्नु थियो। यसले उनलाई फाइदा पुर्याउँदैनथ्यो र उनलाई सधैं ममा भरपर्ने बनाउन सक्थ्यो। त्यति नै बेला मैले उनलाई मेरो भ्रष्टताबारे खुलेर बताएँ, र उनका समस्या पनि औँल्याएँ। त्यसपछि उनले आफूमा केही परिवर्तन गरिन्, आफ्नो कर्तव्यमा बढी सक्रिय र ममा कम निर्भर भइन्। यी अनुभवले मलाई के सिकायो भने जुनसुकै कर्तव्य गरे पनि सत्यता सिक्न र त्यसमा प्रवेश गर्न सकिन्छ। परमेश्वरले साँच्चै कसैको पक्ष लिनुहुन्न। मैले के पनि महसुस गरें भने मैले जस्तोसुकै काम गरे पनि वा जस्तोसुकै परिस्थिति सामना गरेपनि, सत्यता खोजी गर्न र व्यवहारमा उतार्न सक्षम हुनु महत्त्वपूर्ण कुरा हो।
वाङ क्वान, चीनसन् १९९९ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, यो...
जिन्रु, चीनम एक इसाई परिवारमा जन्मेँ, र मैले ६० वर्षको उमेरमा सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेँ। मैले प्रभुलाई आखिरी...
झुवान्वी, चीनसर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...
निङ्ग यू, चीनसन् २०२२ मा, मैले मण्डलीमा गुओ ली सिस्टरलाई भेटेँ। हाम्रो कुराकानीको क्रममा, मैले थाहा पाएँ कि उनले आफ्नो कर्तव्य पूरा गर्न दश...