पुनः रोगको सामना

20 जनवरी 2022

याङ्ग यि, चीन

मैले १९९५ बाट प्रभु येशूमा विश्‍वास गर्न थालें। त्यसपछि, वर्षौंदेखिको मेरो मुटुको रोग चमत्कारी ढङ्गले ठिक भयो। म धेरै आभारी थिएँ र प्राय: मण्डलीलाई भेटी दिने गर्थें। तीन बर्ष बित्यो र जब मैले आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरें, र प्रभुको पुनरागमनलाई स्वागत गरें, तब मैले परमेश्‍वरबाट अझ ठूलो आशिष् पाएँ। परमेश्‍वरका वचनहरू पढेर, आखिरी दिनहरूमा कसरी उहाँले सत्यता व्यक्त गर्नुहुन्छ, मानव जातिलाई शुद्ध पार्न न्यायको काम गर्नुहुन्छ, र मानिसलाई सही गन्तव्यमा ल्याउनुहुन्छ भन्ने मैले बुझें। मलाई लाग्यो, यदि म राम्रो गन्तव्यमा पुग्ने हो भने, मैले समर्पित हुने, त्याग गर्ने, र असल काम गर्ने गर्नुपर्दछ। त्यसपछि मैले सुसमाचार फैलाउन सुरु गरें र समय समयमा आफूले सकेसम्म राम्रो गर्दै सेवा गरें। मसँग केही अतिरिक्त पैसा बचेमा आवश्यकतामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुदान दिन्थें। एक पटक मैले सुसमाचार फैलाउँदै गर्दा, प्रहरीले मलाई गिरफ्तार गऱ्यो, मलाई यातना दिइयो र त्यसपछि जेल सजाय भयो। तर त्यति हुँदा पनि मैले परमेश्‍वरलाई धोका दिइनँ। मैले धेरै असल काम गरेको हुनाले पक्कै पनि परमेश्‍वरद्वारा आशिष् पाउनेछु भन्ने सोचें। तर त्यसपछि २०१८ मा, मेरो बीस बर्ष पहिलेको मुटु रोग बल्झियो, र यो रोगले गर्दा दुई पटक अस्पताल भर्ना भएँ। म मनमनै सोच्थें, चाहे जेसुकै होस्, मैले गुनासो गर्नुहुँदैन, केवल परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ। दुई हप्तामा म निको भएकी थिएँ र अस्पतालबाट डिस्चार्ज भएँ। म परमेश्‍वरप्रति अत्यन्तै आभारी थिएँ। बिरामी भएर पनि मैले गुनासो नगरी आफ्नो कर्तव्य निरन्तर पूरा गरेकोले म परमेश्‍वरप्रति साँच्चै वफादार र आज्ञाकारी थिएँ भन्ने मलाई लाग्यो।

तर त्यसपछि फेब्रुअरी २०१९ मा, मेरो मुटुको रोग अप्रत्याशित रूपमा बल्झियो। पछिल्लो समयको भन्दा धेरै गम्भीर। त्यसपछि, मलाई मधुमेह पनि भयो, र साथै नराम्रोसँग ढाडको नसा च्यापिने समस्या भयो। मैले आफ्नो ख्याल राख्न सकिनँ। मैले सुतेर खाना खानु पर्थ्यो। मेरी बुहारीले मलाई बाथरूममा लैजानुपर्थ्यो। म दिनभर ओछ्यानमै सुतिरहन्थें र मसँग बोल्ने वा आँखा झिम्काउने समेत तागत थिएन। त्यतिबेला एक रात, मेरो स्थिति अचानक धेरै खराब भयो। छाती दुख्यो, सास फेर्न समेत डर लाग्यो। सास फेरें भने मेरो जीवन नै समाप्त होला जस्तो मलाई लाग्यो। दुखाइ लगभग आधा घण्टासम्म रह्यो र म कुनै पल मर्न सक्छु भन्ने लाग्यो। दुखाइ एकदमै भयानक थियो। त्यसबेला मैले सोचें: “म यति धेरै बिरामी छु र मसँग आँखा झिम्काउने तागत पनि छैन। के अब म मर्छु? म कसरी राज्यमा प्रवेश गर्न सकूँला? यदि म बाँचिनँ भने, मैले राज्यको आशिषमा हिस्सा पाउनेछैन वा यसको सुन्दरता देख्नेछैन। के मेरो लागि सबै समाप्त भएकै हो त?” जति सोच्थें, त्यति मलाई नराम्रो लाग्थ्यो। मैले धेरै प्रार्थना गरें तर परमेश्‍वरको मनसाय बुझ्न सकिनँ। समय बित्दै गयो, रोगको पीडा कम भएन। मेरो बाँच्ने इच्छा नै हरायो। तर परमेश्‍वरले अहिले नै म मरूँ भन्ने चाहनुहुन्न भनेर मलाई थाहा थियो। के गर्ने भन्ने मलाई थाहा थिएन। अनजानमै मैले परमेश्‍वरसँग माग गर्दै थिएँ। “म कहिले ठिक हुन्छु? मेरो उमेरका सबै दिदीबहिनी मभन्दा धेरै स्वस्थ छन्, तर मैले उनीहरूभन्दा कत्ति पनि कम समर्पित भएकीवा कम योगदान गरेकी छैन। मैले परमेश्‍वरको लागि धेरै दिएकी थिएँ, आवश्यकतामा परेका दजुभाइ तथा दिदीबहिनीहरूलाई पैसा समेत दिइरहेकी थिएँ। मैले सकेसम्म हरेक कर्तव्य सक्रिय भएर पूरा गरें। साथै, मेरो गिरफ्तारी भएर धेरै कष्ट भोगेको बेलामा, मैले कहिल्यै परमेश्‍वरलाई अस्वीकार गरिनँ वा धोका दिइनँ। मैले प्रशस्तै राम्रा कामहरू गरेकी थिएँ भन्ने मलाई थाहा छ, होइन त? किन परमेश्‍वरले मलाई आशिष् दिनुहुन्न, रक्षा गर्नुहुन्न वा बलियो बनाउनुहुन्न?” त्यतिबेला म लगातार गुनासो गरिरहन्थें। मेरो हृदय अन्धकारमा थियो।

पछि, मेरो मुटु झनै नराम्रोसँग दुख्न थालेपछि मात्र, मैले प्रार्थना र खोजी गर्न र परमेश्‍वर सामु आउन सुरु गरें। मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरें: “हे परमेश्‍वर, मेरो मुटुको समस्या अचानक बिग्रिएको छ। म तपाईंको मनसाय बुझ्न सक्दिनँ। यो कसरी अनुभव गर्ने, मलाई थाहा छैन। प्रिय परमेश्‍वर, म तपाईं विरुद्ध विद्रोह गर्न चाहन्नँ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि मैले यो अनुभवबाट सिक्न सकूँ।” त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू सम्झें। “बिरामीपनको अनुभव कसरी गरिनुपर्छ? तँ प्रार्थना गर्न र उहाँको इच्‍छालाई बुझ्‍नको लागि परमेश्‍वरको अघि आउनुपर्छ, र तैँले के गलत गरिस्, र तँभित्र तैँले समाधान गर्न बाँकी रहेका के-कस्ता भ्रष्टताहरू छन् सो जाँच्‍नुपर्छ। तैँले आफ्‍ना भ्रष्ट स्वभावहरूलाई पीडाविना समाधान गर्न सक्दैनस्। मानिसहरू पीडाद्वारा नै खारिनुपर्छ; त्यसपछि मात्रै तिनीहरू छाडा हुन छोड्नेछन् र सधैँ परमेश्‍वरको अघि जिउनेछन्। कष्टको सामना गर्दा, मानिसहरूले सधैँ प्रार्थना गर्छन्। तिनीहरूले भोजन, वस्‍त्र, वा सुखचैनको बारेमा विचार गर्दैनन्; तिनीहरूको हृदयमा, तिनीहरूले प्रार्थना गर्नेछन्, र यो समय अवधिमा तिनीहरूले कुनै गलत काम पो गरे कि सो जाँच गर्नेछन्। धेरैजसो समय, जब मानिसहरू गम्‍भीर बिमार वा कुनै असामान्य रोगले थला पर्छन्, र यसले तिनीहरूलाई धेरै पीडा दिन्छ, तब यी कुराहरू संयोगवस भएका हुँदैनन्; चाहे तँ बिरामी भएको होस् वा स्वस्थ रहेको होस्, यो सबैको पछाडि परमेश्‍वरको इच्‍छा हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सबै थोकलाई सत्यताको आँखाले हेर”)। परमेश्‍वरका वचनहरूमा मनन गरेर मैले उहाँको मनसाय अझ राम्ररी बुझें। परमेश्‍वरले मेरो जीवन खोस्न वा विना कारण मलाई पीडा दिन यो रोगको प्रयोग गरिरहनुभएको थिएन। उहाँले मेरो भ्रष्ट स्वभाव खुलासा गर्न, मलाई पाठ सिकाउन यसको प्रयोग गर्नुभयो। यो मलाई मुक्ति दिने परमेश्‍वरको तरिका थियो। मैले परमेश्‍वरलाई गलत बुझ्नु वा दोष दिनहुँदैन। मैले आत्मसमीक्षा गर्नुपर्थ्यो।

परमेश्‍वरको वचनका धेरै खण्डले त्यसबेलाको मेरो अवस्था बुझ्न मद्दत गरे। “मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति नै धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। “परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ)। “मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्‍ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्‍द, अर्थात् विश्‍वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्‍ने मात्रै म कामना गर्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?)। परमेश्‍वरका न्यायका वचनले धारिलो चक्कुले झैं मेरो मुटु छेडे। मलाई धेरै लाज लाग्यो र मेरो बुद्धि पलायो। मैले आत्मसमीक्षा गरें। यतिका वर्ष विश्‍वासीको रूपमा रहँदा, मैले के चाहें? ती बर्षहरूमा मैले कसरी मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई आवश्यक परेको बेला मद्दत गर्थें, मण्डलीमा आवश्यक परेका कर्तव्यहरू पूरा गर्थें, सक्दो राम्रो गर्थें, र चिनियाँ कम्युनिष्ट पार्टीद्वारा मलाई जेल हालेर यातना दिइँदा समेत मैले परमेश्‍वरलाई धोका दिइनँ। मैले त्यो समयमा धेरै असल कामहरू गरेकी थिएँ भनेर सोचें। तर परमेश्‍वरका वचनको प्रकाश र तथ्यहरूको खुलासाबाट मैले के बुझें भने, मैले ती सबै कुरा परमेश्‍वरमा समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न गरेकी थिइनँ, बरु उहाँको अनुग्रह र आशिष् पाउन, आफ्नो शरीर स्वस्थ राख्न र एउटा राम्रो गन्तव्यमा पुग्नको लागि मात्र गरेकी थिएँ। त्यसैले पहिलोपटक बिरामी पर्दा, मैले परमेश्‍वरको लागि यति धेरै गरेकी हुनाले पक्कै पनि उहाँले मलाई मर्न दिनुहुनेछैन भन्ने सोचें, त्यसैले मैले परमेश्‍वरलाई दोष दिइनँ। त्यसपछि यो रोग झन नराम्रोसँग बल्झेर आफ्नो हेरचाह गर्न समेत नसक्ने भएपछि, पीडा र मृत्युको सोचाइसँग धेरै संघर्ष गरेपछि, स्वर्गको राज्यको आशिष् प्राप्त गर्ने मेरा सम्भावना धेरै न्यून भएको मैले महसुस गरें, र आफैलाई समर्पित गरेकोमा पछुताएँ। मैले परमेश्‍वरसँग तर्कवितर्क र बहस गर्न विगतका मेरा सबै त्यागको प्रयोग समेत गरें। म परमेश्‍वरसँग लेनदेन गर्ने कोसिस गर्दै थिएँ। उहाँलाई धोका दिँदैथिएँ, प्रयोग गर्दैथिएँ। त्यो, उहाँप्रतिको साँचो समर्पण थिएन। त्यसपछि मैले म पहिले किन यति अविवेकी भएकी थिएँ भन्ने कुरामा चिन्तन गरें। परमेश्‍वरका वचनले प्रकट गरेजस्तै मैले यो गलत सोच लिएकी थिएँ, र परमेश्‍वरको लागि समर्पित भएकोले यसको लागि मलाई आशिष, एउटा राम्रो गन्तव्य र स्वस्थ शरीर दिइनुपर्छ भन्ने सोच्थें। यो धर्मनिरपेक्ष संसारमा कामको आधारमा पैसा पाउने कुरालाई उचित मान्ने जस्तै थियो। मैले राम्रो गतव्यको लागि आफ्नो कष्टलाई परमेश्‍वरसँग लेनदेन गर्न प्रयोग गर्न सक्छु भन्ने सोचें, र त्यो नपाउँदा म खिन्न भएँ। त्यो साँच्चै अविवेकी कार्य थियो। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ हामीले इमानदारिता देखाउन् भन्ने चाहनुहुन्छ। तर घृणित मनसायले मैले सम्झौता गर्ने कोसिस गरें। मैले उहाँलाई धोका र विरोध गरिरहेकी थिएँ। यदि मैले चाँडै पश्चाताप नगरेकी भए, उहाँले मलाई पक्कै हटाउनुहुन्थ्यो।

सर्वप्रथम, मैले समस्याको जड पत्ता लगाउन परमेश्‍वरलाई प्रार्थना गरें। पछि मैले परमेश्‍वरका यी वचनहरू पढें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। “जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शनशास्‍त्र मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरका वचनले मेरो प्रकृतिको साँचो सार खुलासा गरे। म शैतानद्वारा अत्यन्तै भ्रष्ट पारिएको कारणले, मैले परमेश्‍वरसँग लेनदेन गरें, धोका दिएँ, र उहाँको प्रयोग गरें। मेरा विचारहरू शैतानको विषबाट पूरै प्रभावित भएका थिए। म शैतानी सिद्धान्तहरू अनुसार जिएकी थिएँ जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “प्रशंसा र पुरस्कार आफूले लिनू, दोषचाहिँ अरूलाई छोड्दिनू” मैले स्वार्थले काम गरें, परमेश्‍वरसँग सम्झौता गर्न मात्र उहाँप्रति समर्पित भएँ। परमेश्‍वरको आशिष् प्राप्त गर्न मेरो कामलाई उहाँसँग लेनदेन गर्न चाहें। शैतानको विषले मलाई फाइदा खोज्ने बनायो, म स्वार्थी र नीच पनि भएँ। कुनै आशिष् वा लाभ नपाउदा म परमेश्‍वरलाई दोष दिन्थें। मसँग साँच्चै मानवता थिएन। तर परमेश्‍वरले मानवको उद्धार गर्न, मानवजातिलाई छुटकारा दिन उहाँको पहिलो देहधारणमा नै क्रूसमा टाँगिनुभएको थियो। दोस्रो देहधारणमा उहाँ काम गर्न चीन आउनुभयो, चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सताइनु भयो र धार्मिक संसारद्वारा निन्दा गरिनुभयो। परमेश्‍वरले यस्तो पीडा र अपमान सहनुभयो तर अझै हामी सबैलाई मलजल गर्न सत्यता व्यक्त गर्नुभयो। परमेश्‍वरले हामीबाट कहिल्यै केही माग्नुभएको छैन, तर चुपचाप मानव जातिको लागि काम गरिरहनुभएको छ। र मैले परमेश्‍वरको प्रेमको ऋण चुकाइनँ। केवल उहाँसँग आशिष् र धेरै कुरा दिनुहोस् भनी माग गरें, ती कुराहरू नपाउँदा परमेश्‍वरलाई दोष दिएँ। मेरो विवेक कहाँ थियो? म परमेश्‍वरको राज्यमा प्रवेश गर्न लायक हुने कुरै थिएन। यो थाहा पाएपछि मैले साँच्चै आफैलाई घृणा गरें, तर म परमेश्‍वरप्रति आभारी भएको महसुस पनि गरें। यदि म ओछ्यानमा पर्ने गरी बिरामी नभएकी भए र मृत्युको भय महसुस नगरेकी भए, म कहिल्यै आत्मसमीक्षा गर्ने थिइनँ। म गलत बाटो नै गइरहन्थें। म किन भन्ने थाहा नपाइकन परमेश्‍वरद्वारा त्यागिने थिएँ। परमेश्‍वर कृपालु हुनुहुन्थ्यो र म पथभ्रष्ट भएको चाहनुहुन्नथ्यो। उहाँले मलाई जगाउनको लागि उहाँका वचनहरूको न्याय र रोगको प्रयोग गर्नुभयो, र मलाई आत्मसमीक्षा गर्न लगाउँदै उहाँतिर फर्काउनुभयो। यो सबै परमेश्‍वरको प्रेम र उहाँले दिएको मुक्ति थियो। मैले एकदमै प्रभावित भएँ र त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें: “प्रिय परमेश्‍वर! तपाईं अब के गर्दै हुनुहुन्छ भन्ने म बुझ्दछु, यो रोग तपाईंको प्रेमको हिस्सा हो। म तपाईंप्रति समर्पित हुनेछु। यो न्याय, सजाय र शोधनबाट मात्र एक विश्‍वासीको नाताले मेरा अनुचित मनसायहरू बुझ्नेछु र भ्रष्ट स्वभाव परिवर्तन गर्न शुरू गर्नेछु। अब म आफ्ना सबै बेसोमती धारणाहरू परिवर्तन गर्न, र परमेश्‍वरको एक प्राणीको रूपमा कर्तव्य गर्न इच्छुक छु।”

पछि, मैले परमेश्‍वरका वचनमा यी कुराहहरू पढें। “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। अब म बुझ्दछु—म एक सृष्टिको प्राणी हुँ। परमेश्‍वरको लागि समर्पण गर्ने कुरा सही र उचित मात्र होइन, यो त मेरो कर्तव्य हो। परमेश्‍वरसँग मैले माग गर्नु सही होइन। मेरा सबै घृणित मनसायले, मैले आशिष् र मेरा कामको असल गन्तव्य मात्र चाहें। यो विवेकहीनता थियो। परमेश्‍वरले मलाई जीवन दिनुभयो। र म स्वस्थ नभए पनि वा गन्तव्यविहीन भए पनि, आमाबुबाले बच्चाहरूलाई अनुशासनमा राख्दा पनि, उनीहरूले चाहेको कुरा नदिए पनि बच्चाले आमाबुबाको सम्मान गरेजस्तै मैले अझै पनि परमेश्‍वरको अनुसरण गर्नुपर्छ, मेरा कर्तव्यमा उहाँप्रति आफूलाई समर्पित गर्नुपर्छ। यो मेरो जिम्मेवारी हो। म पूरै निको नभए पनि र अझै धेरै विसन्चो महसुस गरे पनि, मैले अब परमेश्‍वरलाई दोष दिन छोडें। म सन्चो भए पनि वा नभए पनि, म परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित हुन्छु भन्ने मैले सङ्कल्प गरें।

पहिले, असल कामको रूपमा गणना हुने र परमेश्‍वरको प्रशंसा कमाउने चीजहरूलाई म सधैं आफ्नो कल्पनाको आधारमा निर्णय गर्थें। तर यो परमेश्‍वरको इच्छा होइन। परमेश्‍वरको वचनमा न्यायको मापदण्ड पाएपछि मात्र असल काम कसरी हुन्छ भन्ने मैले बुझें। परमेश्‍वरका वचनहरू भन्छन्, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा तेरा विचारहरू, शब्दहरू, र व्यवहारहरूमा तँसँग सत्यतालाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्ट कार्य गर्ने व्यक्ति होस् भन्‍ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्‍वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा शैतानलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्‍वरलाई सर्ममा पार्छन्, र परमेश्‍वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैंले परमेश्‍वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैंले परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैंले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा तैंले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। परमेश्‍वरको स्वीकृति प्राप्त गर्नुको सट्टा, तँलाई दोषी ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के प्राप्त गर्न खोज्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, तैँले आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तिम्रो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानव जातिका लागि, इमानदारीता भनेको शुद्धता हो, र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ)। परमेश्‍वरका वचन पढेर मैले के बुझें भने परमेश्‍वरले मानिसहरू इमानदार होऊन्, बदलामा केही नमागी परमेश्‍वरको लागि स्वेच्छाले बलिदान गरून्, सत्यताको अभ्यास गरून्, आफ्ना कर्तव्यहरूमा परमेश्‍वरको गवाही दिऊन् भन्ने चाहनुहुन्छ। त्यही नै “असल काम” को अर्थ हो। ममा पहिले असल कामबारे ढुलमुले बुझाइ थियो। मैले आफूलाई समर्पित गरें, पीडा भोगें र बलिदान गरें भने असल कामहरू निर्माण गरिरहेको हुनेछु र परमेश्‍वरले सम्झनुहुन्थ्यो सोच्थें। तर अनुग्रहको युगमा, प्रभु येशूले गरीब विधवाको प्रशंसा गर्नुभएको थियो जसले पैसा भेटीन दिएकी थिइन्। उनले त्यति धेरै होइन, केवल दुईवटा सिक्का दिएकी थिइन् भन्ने सबैले सोचे। तर परमेश्‍वरले कसले कति दिन्छन् भन्ने वास्ता, केवल मनसाय हेर्नुहुन्छ। विधवाको परमेश्‍वरमा साँचो विश्‍वास थियो। उनले कुनै प्रकारको सम्झौता गर्ने कोशिश गरीरहेकी थिइनन्। त्यसैले तिनले परमेश्‍वरको प्रशंसा कमाइन्। मेरो कुरा गर्दा, मैले गरिब विधवाले भन्दा धेरै गुणा परमेश्‍वरलाई दिएकी थिएँ, त्यसोभए किन परमेश्‍वरले मेरो प्रशंसा गर्नुभएन? परमेश्‍वरलाई मैले दिएको कुरामा घृणा थिएन, उहाँलाई मेरो मनसाय र मेरो छलमा घृणा थियो। म इमान्दार भएकी थिइनँ। मेरो दान एक लेनदेन जस्तै अशुद्ध थियो। त्यसरी मैले जे दिए पनि, यो कहिल्यै राम्रो असल काम हुदैन। परमेश्‍वरको इच्छा थाहा पाएपछि मैले परमेश्‍वरलाई प्रार्थना गरें। मैले भनें, म निको भए पनि या नभए पनि अथवा राम्रो गन्तव्य पाए पनि या नपाए पनि, म इमान्दारितापूर्वक परमेश्‍वरको प्रेमको ऋण तिर्छु र आफैंलाई समर्पित गर्दछु। पछि, मेरो ढाडको नसा च्यापिने रोग निको भएन, न त मेरो मुटुको रोग नै। तर अब म आशिषको लागि मेरो इच्छाद्वारा नियन्त्रित थिइनँ। मैले परमेश्‍वरका वचनहरू नियमित रूपमा पढें र सभाहरूमा जाने र मेरो कर्तव्य गर्ने काम जारी राखें।

आखिरी दिनहरूमा परमेश्‍वरको कामलाई स्वीकार गर्नु र परमेश्‍वरको आवाज सुन्न सक्षम हुनुमा म धेरै भाग्यशाली भएको कुरा सत्य हो। परमेश्‍वरले मलाई उचालेर अलग गर्नुभएको थियो। परमेश्‍वरको वचनका न्यायबाट, म शैतानद्वारा कति भ्रष्ट भएकी थिएँ, म कति खराब थिएँ भन्ने मैले देखें। तर अब मैले केही कारण र परमेश्‍वरसामु आज्ञाकारिता पाएकी छु। अब म यसरी परिवर्तन भएकोले म मरें भने पनि म व्यर्थमा बाँचेकी हुनेछैन। जब मैले आफ्ना इच्छा छोडें, मेरो रोगबाट रोकिइनँ, तब मलाई आफू अझ बढी समझदार भएको महसुस भयो। त्यसपछि मैले उपचार नगराए पनि बिस्तारै निको हुन थालेकी छु। आजकल म बस्न र परमेश्‍वरको लागि गवाही दिने लेखहरू लेख्न सक्छु। र म आफ्नो ख्याल आफै राख्न सक्छु। मलाई सिकाउन रोगको प्रयोग गर्नुभएकोमा, उहाँको मुक्ति र प्रेम बुझ्न दिनुभएकोमा, म पूर्णहृदयले परमेश्‍वरलाई धन्यवाद दिन्छु। यहाँ परमेश्‍वरका वचनहरूको एउटा खण्ड छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि आशिष्‌हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासमा भएको तिनीहरूको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षाहरूमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्धीकरण गरिएको छैन, तिनै पक्षहरूमा तिमीहरू परिष्कृत हनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ त बरु मर्छस् र आफ्नो योजनाहरू र चाहनाहरू त्याग्छस्, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा तिमीहरू अझै शैतानको बन्धनमा हुन्छौ, र जुन पक्षहरूमा तिमीहरूसँग अझै आफ्नै चाहनाहरू र मागहरू छन्, तिमीहरूले कष्ट भोग्नुपर्ने पक्षहरू यिनै हुन्। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुने भन्ने हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परीक्षाहरूको बीचमा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने”)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई...

झूटो अगुवाको चेतना खुल्छ

सन् २०१९ मा, म मण्डली अगुवा चयन भएँ, यो, परमेश्‍वरले मलाई उच्च पार्नुभको हो भनेर मलाई थाहा थियो र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्