कलेजो क्यान्सरबाट सिकेका पाठहरू

21 अक्टोबर 2021

लि योङ्ग, चीन

म इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, अनि झरी वा घाममा, मैले सधैँ जोशिलो भएर सुसमाचार प्रचार गरेँ अनि मेरो कर्तव्य पूरा गरेँ। मैले जेसुकै सहनु परेतापनि म सधैँ परमेश्‍वरप्रति वफादार हुनेछु भनी मैले सोचेँ। मृत्युसित आमनेसामने हुने गरी नै मैले बिमारीको पीडा सहेपछि मात्रै मैले मेरो विश्‍वासभित्र रहेको आशिषहरू पाउने अभिप्रायको बारेमा केही बुझाइ प्राप्त गर्न सकेँ।

एक दिन, सन् २०१४ को अक्टोबरमा, म सङ्गतिबाट फर्कँदै गर्दा मैले मेरो हातखुट्टा कमजोर भएको अनि मेरा पाइलाहरू डगमगाइरहेको महसुस गरेँ। यो मेरो शरीरमा भएको ओसिलोपनको कारणले हो अनि मैले केही औषधि लिनु आवश्यक छ भन्‍ने मैले सोचेँ। म धेरै चिन्तित भइनँ। तर केही समयपछि, मेरो कानहरू, औँलाहरू र कुर्कुच्चोहरू बिस्तारै कालो हुन थाल्यो, अनि म झन्-झन् दुब्लाउँदै जान थालेँ। मेरो अवस्था पक्‍कै गम्भीर हुनुपर्छ भनी मैले सोच्न थालेँ, तर मलाई लाग्यो मैले केही वर्षसम्म मेरो काममा मैले गरेको मेहनतको कारणले परमेश्‍वरले मलाई सुरक्षा दिनुहुनेछ। यो धेरै खराब भएको हुन सक्दैन। यो आफै सुल्झनेछ भनी म निश्चित थिएँ। तर, आश्चर्यको कुरा, केही औषधि लिइसकेपछि, म अलिकति पनि राम्रो भइनँ। मेरी श्रीमती र छोरीहरूले केही परीक्षणको लागि मलाई अस्पताल लिएर गए, अनि नतिजा आएपछि, मलाई गम्भीर रूपमा एनिमिया र हेपाटाइटिस बी दुवै भएको छ भनी तिनीहरूले भने। यदि यो धेरै खराब भएको हो भने, यसलाई निको पार्न सकिनेछैन भनी तिनीहरूले भने। जब मैले यो कुरा सुनेँ, तब मेरो पूरै शरीर लल्याकलुलुक भएको मैले महसुस गरेँ। मलाई बताइएको कुरा मैले स्वीकार गर्नै सकिनँ। मैले सोचेँ, “वर्षौंसम्म मैले कति धेरै बलिदानहरू गरेको छु। मेरो कर्तव्य पूरा गर्न मैले धेरै कष्ट उठाएको छु। म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ परेको छु र धम्क्याइएको छु, तर मैले कहिल्यै परमेश्‍वरलाई विश्‍वासघात गरिनँ, अनि मुक्त भएपछि म आफ्नो काममा फर्केँ। म कसरी यति साह्रो बिरामी हुन सकेँ र? किन परमेश्‍वरले मलाई रक्षा गर्नुभएको छैन? यदि म निको हुँदिनँ भने मेरो सबै बलिदानको के अर्थ भयो र? उहाँका आशिषहरू नपाइकनै मैले यति धेरै वर्षहरू परमेश्‍वरमा विश्‍वास गरेको छु अनि अहिले मेरो शरीर रोगले ग्रस्त छ। सायद मैले आफ्नो कर्तव्य पूरा गर्न अब धेरै कडा मेहनत गर्ने कोसिस गर्नुपर्दैन, चाहे मैले जतिसुकै कष्ट सहे तापनि यो सबै व्यर्थमा हुनेछ।” यस समयमा, मैले अझै मेरो कर्तव्य पूरा गरेँ। तर मैले यो विना उत्साह गरेँ। बैठकहरूको समयमा, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको समस्याहरूको बारेमा सोध्दिनथिएँ। मैले परमेश्‍वरको वचन पढ्थें, तर मैले सङ्गति गर्न चाहँदिनथिएँ। केही समयपछि, मेरो अवस्था झन्-झन् खराब हुँदै गयो। मेरो शरीरले आफैलाई साथ दिन सकेन, अनि मलाई दिनभरि नै रिङ्गटा लाग्यो। मेरो अगुवाले मलाई घरमै आराम गर्न र निको हुन केही समय दिए। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कामहरू खुशी र जोशिलो भएर गरेको देख्थें। तर म? म अहिले यति रोगी थिएँ कि मैले आफ्नो काम बिलकुल गर्न सक्दिनथेँ। सायद परमेश्‍वरले मलाई मुक्ति नदिने निर्णय गर्नुभएको होला भनी मैले सोचेँ। अनि मैले यसको बारेमा जति बढी सोच्थें, मलाई त्यति नै बढी दुःख र पीडा महसुस हुन्थ्यो। म परमेश्‍वरको सामु गएँ र प्रार्थना गर्न थालेँ “परमेश्‍वर! म यी रोगहरूले ग्रस्त भएको छु, अनि म धेरै कमजोर र उत्पीडित छु। मैले तपाईंलाई दोष दिनु हुँदैन भन्‍ने मलाई थाहा छ, तर तपाईंको इच्छा के हो भनी मलाई थाहा छैन। मलाई बुझ्नको निम्ति अगुवाई गर्नुहोस्।”

प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड पढेँ। “परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। मैले होशियारीपूर्वक परमेश्‍वरका वचनहरू विचार गरेँ अनि के बुझेँ भने म बिरामी हुनुमा परमेश्‍वरको इच्छा मलाई हटाउनु होइन, तर मलाई मेरो विश्‍वासको पछाडि रहेको अशुद्ध अभिप्राय बुझाउनु अनि खोजप्रति मेरो गलत धारणालाई परिवर्तन गर्नु थियो ताकि म परमेश्‍वरलाई साँच्चै प्रेम गर्न र उहाँको आज्ञा मान्न सकूँ। परमेश्‍वरले मलाई शुद्ध गर्ने र मुक्ति दिने कोसिस गरिरहनुभएको थियो। यो महसुस गरेर मैले साच्चै नै आफैसँग लज्जित अनुभव गरेँ। रोगको सामना गर्नु परमेश्‍वरको प्रेम थियो। मैले परमेश्‍वरको इच्छालाई बुझ्न खोजेको थिइनँ, बरु मैले उहाँलाई गलत सम्झेँ र उहाँलाई दोष्याएँ। म कति अविवेकशील थिएँ! म नकारात्मकता र पीडामा बाँच्न सक्दिनथेँ। मैले आज्ञा मान्नुपर्थ्यो, सत्यतालाई खोज्नुपर्थ्यो अनि आफ्नै समीक्षा गर्नु र आफैलाई जान्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “मानिसहरूले अनुग्रह प्राप्त गर्नु र शान्ति उपभोग गर्नुलाई मात्र विश्‍वासको प्रतीकको रूपमा हेर्छन्, र आशिषको खोजी गर्नुलाई परमेश्‍वरमाथिको तिनीहरूका विश्‍वासको आधारको रूपमा लिन्छन्। अति थोरै मानिसहरूले परमेश्‍वरलाई चिन्न वा आफ्नो स्वभाव परिवर्तन गर्न खोज्छन्। आफ्नो विश्‍वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्‍वरलाई करमा पार्न खोज्छन्, उहाँलाई तिनीहरूको नोकर बनाउन खोज्छन्, जहिल्यै पनि तिनीहरूसँग शान्तिमय र मित्रताको सम्बन्ध राख्न लगाउँछन्, ताकि कुनै पनि समय तिनीहरूका बीचमा कुनै प्रकारको द्वन्द्व नहोस्। अर्थात्, तिनीहरूले बाइबलमा पढेका ‘म तिमीहरूका सबै प्रार्थनाहरू सुन्‍नेछु’ भन्ने वचनको आधारमा उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले जे सुकै मागे पनि त्यो प्रदान गर्ने उहाँको प्रतिज्ञालाई परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासले माग गर्दछ। तिनीहरू परमेश्‍वरले कसैको न्याय नगरून् वा कसैलाई दण्ड नदेऊन् भनी आशा गर्छन्, किनकि उहाँ सधैँ दयालु मुक्तिदाता येशू हुनुहुन्छ, जसले हरसमय र सबै ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध राख्नुहुन्छ। मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्दछन्: तिनीहरू विद्रोही वा आज्ञाकारी जो भए पनि, उहाँले तिनीहरूलाई अन्धाधुन्ध जे पनि दिनुहुन्छ भनी विश्‍वास गर्दै तिनीहरूले निर्लज्ज बनी परमेश्‍वरसँग माग गर्छन्। तिनीहरूले निरन्तर परमेश्‍वरबाट ‘ऋण उठाउँछन्,’ र उहाँले कुनै विरोध नगरी ‘चुक्ता’ गर्नुपर्छ, यसबाहेक त्यसको दोबर तिर्नुपर्छ भनी विश्‍वास गर्छन्; परमेश्‍वरले तिनीहरूबाट केही प्राप्त गर्नुभए पनि नभए पनि, उहाँ तिनीहरूको चालबाजीमा मात्रै पर्नुपर्छ, र उहाँले मनमानी ढङ्गले मानिसहरूलाई योजनाबद्ध तरिकाले चलाउन सक्नुहुन्न, धेरै वर्षदेखि लुकेर रहेको उहाँको बुद्धि र धर्मी स्वभाव उहाँले चाहनुभएको बेला मानिसहरूको अनुमति नलिई तिनीहरूलाई प्रकट गर्न सक्‍ने कुरा त परै जाओस्। तिनीहरूले आफ्ना पापहरू परमेश्‍वरको सामु स्वीकार मात्रै गर्छन्, र परमेश्‍वरले ती पापहरूलाई बिलाउनुहुन्छ, उहाँले त्यसो गर्न दिक्क मान्नुहुन्न र यो कुरा सदासर्वदा भइरहन्छ भनी विश्‍वास गर्छन्। परमेश्‍वर मानिसहरूबाट सेवा पाउन आउनुभएन, तर तिनीहरूको सेवा गर्न आउनुभयो, र उहाँ तिनीहरूका दास बन्नका निम्ति यहाँ आउनुभएको हो भनी बाइबलमा लेखिएको हुनाले उहाँले तिनीहरूको कुरा मानिहाल्‍नुहुन्छ भन्दै तिनीहरूले परमेश्‍वरलाई आदेश दिन्छन्। के तिमीहरूले सधैँ यस किसिमले विश्‍वास गरेका छैनौ र? जब तैँले परमेश्‍वरबाट कुनै कुरा प्राप्त गर्न सक्दैनस्, तँ भाग्ने इच्छा गर्छस्; जब तँ कुनै कुरा बुझ्दैनस्, तब तँ धेरै रिसाउँछस्, र उहाँलाई हरप्रकारको गाली गर्ने हदसम्‍म जान्छस्। तिमीहरू परमेश्‍वरलाई स्वयम्‌लाई उहाँको बुद्धि र चमत्कार प्रकट गर्ने अनुमति दिँदै-दिँदैनौ; त्यसको साटो, तिमीहरू क्षणिक आराम र सुविधाको आनन्द मात्र लिन चाहन्छौ। अहिलेसम्म, परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूको आचरण तिनै पुराना विचारहरूद्वारा बनेको छ। यदि परमेश्‍वरले तिमीहरूलाई प्रतापको सानो झल्को मात्र देखाउनुभयो भने, तिमीहरू दुःखी बन्नेछौ। के तिमीहरूले अहिले आफ्नो कद कति ठूलो छ भनी ठीकसँग देख्छौ? जब तिमीहरूका पुराना विचारहरू बदलिएकै छैनन् भने तिमीहरू सबै परमेश्‍वरप्रति बफादार छौ भनी नसोच। जब तँमाथि केही पनि आइलाग्दैन, तब तँ सबै कुरा ठीकसँगले चलिरहेको छ, र परमेश्‍वरप्रतिको तेरो प्रेम सर्वोच्च बिन्दुमा पुग्छ भन्‍ने विश्‍वास गर्छस्। जब तँलाई कुनै सानो कुरा हुन्छ, तँ पातालमा झर्छस्। के परमेश्‍वरप्रति बफादार हुनु भनेको यही हो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई मेरो साँचो अवस्था प्रकट गर्यो। मैले सत्यतालाई प्राप्त गर्न बलिदानहरू गरिरहेको थिइनँ। बरु, मैले परमेश्‍वरको अनुग्रह र आशिषहरू प्राप्त गर्नको निम्ति बलिदानहरू गरिरहेको थिएँ। मैले परमेश्‍वरलाई ठग्ने र उहाँसित विनिमय गर्ने कोसिस गरिरहेको थिएँ। सबै कुरा राम्रो भइरहँदा अनि मैले परमेश्‍वरको अनुग्रह पाइरहँदा, मैले जोशिलो भएर मेरो कर्तव्य पूरा गरेको थिएँ। मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सहायता गर्न पाउँदा र तिनीहरूसित सङ्गति गर्न पाउँदा म सधैँ खुशी हुन्थें, चाहे तिनीहरूको घर जतिसुकै टाढा होस् वा मैले जतिसुकै कडा मेहनत गर्न परोस् वा जस्तोसुकै मौसम होस्। तर अहिले म बिरामी भएको र आशिषित नभएकोले, म शोकित थिएँ अनि मैले गुनासो गरेँ र परमेश्‍वरलाई दोष्याएँ। मैले उहाँलाई विरोध गरेँ र उहाँसित बहस गरेँ। विशेष गरी, अहिले मेरो अवस्था हरेक दिन बिग्रँदै गएको हुनाले, मैले परमेश्‍वरमाथिको आफ्नो विश्‍वास गुमाएँ अनि मेरो काममा म सुस्त भएँ। मैले जीवन वा सत्यताको खोजको निम्ति परमेश्‍वरमा विश्‍वास गरेको थिइन। मैले आशिषहरूका निम्ति आफ्नै चाहनालाई सन्तुष्ट पार्न परमेश्‍वरलाई लगातार प्रयोग गरिरहेको थिएँ। मैले आफ्नै हितको खातिर यसो गरेँ। उहाँमाथिको मेरो विश्‍वास कपटी थियो। म अति स्वार्थी र घिनलाग्दो थिएँ! यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्दा मैले भौतिक आशिषहरू उपभोग गरे पनि, यदि मेरो जीवन स्वभाव परिवर्तन भएन भने म परमेश्‍वरद्वारा हटाइनेथिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूबाट अर्को खण्ड पढेँ। “शोधन त्यो उत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूका हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम ल्याउन सक्छ। कठिनाइविना मानिसहरूमा परमेश्‍वरप्रति साँचो प्रेमको कमी हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरू वास्तवमा शोधनबाट भएर गएनन् भने तिनीहरूका हृदय सधैँ बाहिरी रूपमा तैरिरहन्छन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि तैँले आफ्नै कमजोरीहरू र कठिनाइहरूलाई देख्नेछस्, तँमा कति कमी-कमजोरी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तेरो अनाज्ञाकारिता कति ठूलो रहेछ भनी बुझ्नेछस्। जाँचहरूको अवधिमा मात्रै मानिसहरूले आफ्नो वास्तविक अवस्था जान्न सक्छन्; जाँचहरूले मानिसलाई अझ राम्ररी सिद्ध हुन सक्षम बनाउँछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। मलाई बिमारी हुन दिनु मेरो भ्रष्टतालाई शुद्ध गर्ने उहाँको तरिका हो भनेर परमेश्‍वरका वचनहरूले उहाँको इच्छा बुझ्न मलाई सहायता गर्‍यो। म कैदमा हुँदा मैले परमेश्‍वरलाई विश्‍वासघात गरेको थिइनँ। मैले सामना गर्नुपरेको कुनै कठिनाइको निम्ति पनि मैले परमेश्‍वरलाई कहिल्यै दोष्याइएको थिइनँ। म परमेश्‍वरप्रति वफादारै छु अनि उहाँमा मेरो विश्‍वास बलियो छ भनी मैले सोचेको थिएँ। यदि यो रोग नआएको भए, मैले मेरो भ्रष्ट स्वभाव र आशिषहरूलाई पछ्याउने मेरो अशुद्ध अभिप्रायको बारेमा कहिल्यै जान्नेथिइनँ। सत्यतालाई पछ्याउन सक्ने र परिवर्तन हुन सक्ने कुरालाई त परै राखौं। यो रोग मलाई उद्धार गर्ने परमेश्‍वरको तरिका थियो। यो मेरो निम्ति परमेश्‍वरको प्रेम थियो! यो महसुस गरिसकेपछि मैले उप्रान्त परमेश्‍वरलाई दोष्याइनँ अनि गलत रूपले बुझिनँ। चाहे मेरो अवस्था जस्तोसुकै भए पनि, परमेश्‍वरले प्रबन्ध गर्नुभएका परिस्थितिहरूलाई म शिरोपर गर्नेछु अनि आशिषहरू पाउने मेरो अभिप्रायलाई त्याग्नेछु। त्यसपछि, मैले औषधि लिएँ अनि आफैलाई परमेश्‍वरमा सुम्पेँ, यस क्रममा मैले उहाँको मार्गदर्शन खोजी नै रहेँ। हरेक दिन, मैले आफ्नो कर्तव्य पूरा गर्न अत्यन्तै कडा मेहनत गरेँ। मैले आशै नगरेको के कुरा भयो भने, मैले थाहै नपाई मेरो रोग निको भयो! मेरो हृदय परमेश्‍वरप्रतिको कृतज्ञताले भरिपूर्ण थियो!

सन् २०१५ को मेइ महिनामा, मैले मलजल गर्ने कामको जिम्मा लिएँ। मैले साँच्चै नै आफ्नो कामलाई महत्त्वपूर्ण ठानेको थिएँ। म परमेश्‍वरका वचनहरू मनन गर्दै समय बिताउथें अनि जब मेरा दाजुभाइ-दिदीबहिनीहरूसित समस्याहरू हुन्थे, म त्यसलाई ध्यान दिन्थें अनि तिनीहरूलाई सहायता गर्नसक्ने परमेश्‍वरका वचनहरूबाट खण्डहरू खोज्थें। केही समयपछि, मण्डलीको जीवनमा सुधार आयो। मेरा दाजुभाइ-दिदीबहिनीहरू आफ्ना कर्तव्य सम्पन्न गर्न बढी उत्प्रेरित हुन्थे, अनि कठिनाइ र उत्पीडनको सामने पनि गवाही भएर खडा हुने विश्‍वास तिनीहरूसित थियो। म उल्लसित भएँ। परमेश्‍वरले मलाई मेरो काममा अत्यन्तै प्रभावकारी बनाउनुभएर आशिष दिनुभएको हो भनी मैले सोचेँ, अनि यस कुराले परमेश्‍वरले मलाई स्याबासी दिइरहनुभएको छ भनी प्रमाणित गर्‍यो।

तर त्यस वर्ष, म एउटा भेलामा जान तयार भइरहेको बेलामा मलाई एक्कासि रिँगटा लागेको अनुभव भयो। मलाई भुइँ फनफनती घुमिरहेको महसुस भयो। मेरो अनुहार र कपडाहरू तुरुन्तै पसिनाले भिज्यो, अनि मलाई डरलाग्दो गरी टाउको दुख्यो। यो म पहिले बिरामी हुँदाको जस्तै लक्षणहरू थियो, तर यो पहिलेको भन्दा पनि खराब थियो। मलाई म मर्न लागेको छु जस्तो अनुभव भयो। मैले मनमनै सोचेँ: “यो रोग कसरी फर्क्‍यो? म आफ्नो कर्तव्य पूरा गर्न हरेक दिन कडा मेहनत गर्छु—परमेश्‍वरले किन मलाई रक्षा गरिरहनुभएको छैन? के म अझै पनि परमेश्‍वरप्रति पर्‍याप्त वफादार छैनँ र?” मेरो अवस्थालाई देखेर मेरी श्रीमती र छोरीहरूले मलाई तुरुन्तै अस्पताल लगे। जब परीक्षणको नतिजा आयो, तब डाक्टरले मलाई छोडेर मेरा छोरीहरूसित कुरा गरे। त्यस समयमा, मलाई थाहा भयो कि यदि त्यो क्यान्सर होइन भने त्यो अरू नै कुनै खराब रोग हो। म खिन्न हुन थालेँ, तर फेरि मैले सोचेँ, “पहिलोपल्ट पनि त्यस्तै लक्षणहरू अनुभव गरेको थिएँ अनि अन्त्यमा ती हराएका थिए। आज, यो पनि परमेश्‍वरको हातमा छ। मैले अझै पनि आफ्नो कर्तव्य पूरा गरिरहेको छु, त्यसैले, यो त्यति खराब हुँदैन, होइन र?” यो सोचेर, म शान्त हुन थालेँ। एक क्षणपछि, मेरा दुई छोरीहरू सुँक्क-सुँक्क गर्दै आएर मेरी श्रीमतीलाई भने: “डाक्टरले बुबाको कलेजोमा क्यान्सर भएको छ भनेका छन् …” यो सुनेर उनी स्तब्ध भइन्। तीन जना एक-अर्कालाई अङ्गालो हालेर नराम्रोसित रुन थाले।

मेरो मनमा पूर्ण रूपले खलबली मच्चियो अनि मैले तीव्र पीडा अनुभव गरेँ। मलाई कसरी कलेजोको क्यान्सर हुनसक्छ? यसको उपचार हुन असम्भव जस्तै छ अनि म कुनै पनि क्षणमा मर्न सक्छु। यदि म मरेँ भने मेरी श्रीमती र छोरीहरूले के गर्नेछन्? के यतिका वर्षको कडा मेहनत र बलिदानले मलाई यहीँ डोर्‍याएको हो त? के स्वर्गको राज्यका आशिषहरूबाट मलाई बन्चित गरिएकै हो त? त्यस समयमा, मैले अत्यन्तै पीडा र नैराश्यता अनुभव गरेँ। मेरी श्रीमतीले मलाई रुँदै भनिन्: “यदि तपाईंसित यो रोग छ भने यो परमेश्‍वरले अनुमति दिनुभएको कारणले हो। परमेश्‍वर धर्मी हुनुहुन्छ, हामीले उहाँलाई दोष्याउनु वा गलत रूपले बुझ्नु हुँदैन। हामीले उहाँको इच्छालाई बुझ्ने प्रयास गर्नुपर्छ।” मेरी श्रीमतीका शब्दहरूले मलाई के याद दिलायो भने, हो, परमेश्‍वर धर्मी हुनुहुन्छ। मैले गनगन नगरीकन उहाँको इच्छा खोजी गर्नुपर्थ्यो। मेरी श्रीमती जुन पीडामा थिइन्, त्यो देखेर म पनि नरोइ रहन सकिनँ। आँखाभरि आँशु लिएर मैले मनमनै परमेश्‍वरसित प्रार्थना गरें: “हे परमेश्‍वर! तपाईंले विनाअर्थ केही पनि गर्नुहुन्न। कृपया, मलाई तपाईंको इच्छा बुझ्न अगुवाई गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, म निकै शान्त भएँ। मलाई जे भएको थियो, त्यसको कुनै उपचार छैन भन्‍ने मलाई थाहा थियो, अनि म मेरो परिवारलाई बढी आर्थिक दबाब दिन चाहँदिनथें, त्यसैले आराम गर्नको निम्ति मलाई घर पठाइयोस् भनेर मैले अनुरोध गरेँ।

दुई दिनपछि, मेरा दाजुभाइ-दिदीबहिनीहरू मलाई हेर्न आए, अनि मैले कस्तो अनुभव गरिरहेको छु भनेर मलाई सोधे। उनीहरूलाई देखेर अनि मेरो अवस्था कति गम्भीर छ भनेर सोचेर, म रुन थालेँ, र भनेँ: “तपाईंहरू यसरी मसित हुनु अनि मलाई वास्ता गर्नु परमेश्‍वरको प्रेम हो। तर यस्तो रोग लिएर म धेरै लामो समयसम्म बाँच्नेछैनँ। अब यसपछि म पहिलेजस्तै आफ्नो कर्तव्य पूरा गर्न सक्नेछैनँ, अनि म परमेश्‍वरको राज्य साकार हुने दिन देख्नको निम्ति बाँच्नेछैनँ।” एउटा सिस्टरले मलाई सान्त्वना दिइन् अनि धीरजी भएर मलाई भनिन्: “ब्रदर, यो रोग परमेश्‍वरको प्रेम हो। तपाईंले अझ धेरै प्रार्थना गर्नुपर्छ, सत्यतालाई खोज्नुपर्छ, परमेश्‍वरको इच्छालाई राम्ररी बुझ्नुपर्छ अनि तपाईंको रोगमा गवाही भएर खडा हुनुपर्छ!” पछि, उनले मलाई परमेश्‍वरका वचनहरूबाट केही खण्डहरू दिइन्। तीमध्ये एउटाले मभित्र गहिरो छाप छोड्यो: “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासमा भएको तिनीहरूको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षाहरूमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्धीकरण गरिएको छैन, तिनै पक्षहरूमा तिमीहरू परिष्कृत हनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ त बरु मर्छस् र आफ्नो योजनाहरू र चाहनाहरू त्याग्छस्, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा तिमीहरू अझै शैतानको बन्धनमा हुन्छौ, र जुन पक्षहरूमा तिमीहरूसँग अझै आफ्नै चाहनाहरू र मागहरू छन्, तिमीहरूले कष्ट भोग्नुपर्ने पक्षहरू यिनै हुन्। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, पीडादायी परीक्षाहरूको अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरको इच्छालाई विस्तारमा बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परीक्षाहरूको बीचमा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने”)। यो पढिसकेपछि, मैले आफ्नो बारेमा मनन गरेँ। पहिले, जब म बिरामी हुन्थें, मैले सत्यताको खोजी गरेर आफैलाई अधीनतामा सुम्पिन सक्थेँ। म दृढ भई खडा भएको थिएँ अनि आशिषहरू पाउने अभिप्रायलाई त्यागेको थिएँ भनी मैले सोचेको थिएँ। तर मेरो रोग फेरि फर्केको कारणले अनि पहिलेको भन्दा अझ खराब भएकोले, म फेरि उदाङ्गो भएँ। म परमेश्‍वरको परीक्षामा उत्तीर्ण गर्न सकेको थिइनँ। यदि मेरो स्वास्थ्य फेरि नबिग्रेको भए, आशिषहरू प्राप्त गर्ने गहिरोसित रोपिएको मेरो यो अभिप्राय अनि मेरो अनियन्त्रित चाहनाहरू देख्न पनि गाह्रो हुनेथियो, परिवर्तन र शुद्ध हुने कुरा त परै जाओस्। त्यही समयमा, मैले परमेश्‍वरको पवित्र र धर्मी स्वभाव देखेँ। उहाँले मानिसको हृदयलाई सूक्ष्म प्रकारले छानबिन गर्नुहुन्छ, त्यसैले उहाँलाई मभित्रको भ्रष्टता र अशुद्धताहरू थाहा थियो। मलाई आफ्नो बारेमा मनन गर्न, सत्यताको खोजी गर्न अनि मेरो भ्रष्ट स्वभावलाई हल गर्नको निम्ति दबाब दिन उहाँले मेरो रोगको प्रयोग गर्नुभयो। यो परमेश्‍वरको प्रेम हो! पछि, मैले किन मेरो रोगको सामना गर्दा मैले परमेश्‍वरलाई गलत प्रकारले बुझेर अनि दोष्याएर प्रतिक्रिया दिएँ भनी जान्न खोज्दै आफ्नो व्यवहारको बारेमा मनन गरेँ। के म परमेश्‍वरसित अझै विनिमय गर्न खोजिरहेको थिइनँ र? के मैले सधैँ परमेश्‍वरका आशिषहरूको चाहना गरेर उहाँले मेरो निम्ति बन्दोबस्त गर्नुभएको कुरालाई स्वीकार गर्न अनिच्छुक भइरहेको थिइनँ? मैले सधैँ परमेश्‍वरसित सम्झौता गर्ने कोसिस गरेको थिएँ तर त्यसको कारण के थियो त?

केही समयपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “सबै मानिसहरू आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। “मानिसहरूले परमेश्‍वरसँग गर्ने मागलाई सम्बोधन गर्नुभन्दा कठिन अरू केही कुरा छैन। यदि परमेश्‍वरले गर्नुहुने कुनै पनि कुरा तेरो सोचविचारसँग मिल्दैन भने, र उहाँले तेरो सोचाइ अनुसार काम गर्नुहुन्‍न भने, तैँले विरोध गर्ने धेरै सम्भावना हुन्छ—यस कुराले मानिसले प्रकृतिले नै परमेश्‍वरको विरोध गर्छ भन्‍ने देखाउँछ। यो समस्यालाई सत्यताको पछि लागेर जान्नु र समाधान गर्नुपर्छ। सत्यता रहित मानिसहरूले परमेश्‍वरसँग धेरै माग गर्दछन्, जबकि सत्यतालाई बुझेका मानिसहरूले एउटै पनि माग गर्दैनन्; तिनीहरूले आफूले परमेश्‍वरलाई पर्याप्त सन्तुष्ट पार्न नसकेको, आफूले पर्याप्त मात्रामा परमेश्‍वरको आज्ञापालन नगरेको मात्रै महसुस गर्छन्। सधैँ परमेश्‍वरसित माग गर्ने मानिसहरूले आफ्नो भ्रष्ट प्रकृतिलाई झल्काउँछन्। यदि तैँले त्यसलाई एउटा गम्भीर समस्याको रूपमा लिइनस् भने, यदि तैँले त्यसलाई कुनै महत्त्वपूर्ण कुराको रूपमा लिइनस् भने, तेरो विश्‍वासको मार्गमा विनाश र लुकेका खतराहरू हुनेछन्। तँ साधारण कुराहरूमाथि विजय प्राप्त गर्न सक्छस्, तर जब तेरो भाग्य, सम्भावनाहरू र गन्तव्य संलग्न हुन्छन्, तैँले सायद विजय पाउन सक्दैनस्। त्यस बेला, यदि तँ अझै पनि सत्यता रहित छस् भने, तँ आफ्ना पुराना चालहरूमा फर्केर जान सक्छस्, र यसरी तँ ती नष्ट हुनेहरूमध्ये एक हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्”)

परमेश्‍वरका वचनहरूको प्रकाशले मलाई परमेश्‍वरसित कारोबार गर्ने यी प्रयासहरू शैतानी विषहरू जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” अनि “इनामविना औँलो पनि नउठाउनू” मा आधारित छन् भनेर बुझ्न सहायता गर्‍यो। मैले जेसुकै गर्दा म सधैँ कसरी पहिले मैले आफ्नो फाइदा लिन सक्छु र आशिषहरू पाउन सक्छु भनी सोचिरहेको हुन्थें। मेरा काममा पनि, सधैँ मेरा आफ्नै अभिप्रायहरू र कलङ्कहरू हुन्थे। म हिँडेको बाटोलाई सम्झेर हेर्दा, मैले परमेश्‍वरको कामको निम्ति सधैँ सतही बलिदानहरू गरेको थिएँ, जब कि वास्तवमा मैले ठूला आशिषहरूको निम्ति यी साना बलिदानहरू विनिमय गर्ने प्रयास गर्दै आइरहेको थिएँ। परमेश्‍वरका आशिषहरू प्राप्त गर्न, कुनै कष्ट पनि उपयुक्त छ भन्‍ने लागेको थियो। तर जब मेरा चाहनाहरू पूरा भएनन् अनि म घरीघरी बिरामी भएँ, कतिसम्म भने म मर्नेछु नै भन्ने लागेको थियो, तब परमेश्‍वरप्रति मेरो सबै गलत बुझाइ, दोषारोपण, विरोध र विश्‍वासघात प्रकट भएको थियो। आफ्नो गन्तव्यमा पुग्नको निम्ति मैले आफ्नो कर्तव्य पूरा गर्ने गरेको थिएँ। मैले परमेश्‍वरलाई प्रयोग गरिरहेको थिएँ, उहाँलाई ठगिरहेको थिएँ। मैले आफ्नो विवेक र सुझबुझलाई गुमाएको थिएँ। म दुष्ट र घिनलाग्दो भएको थिएँ! यदि परमेश्‍वरले प्रबन्ध गर्नुभएको परिस्थितिहरूले मलाई उदाङ्गो नबनाएको भए, मैले कहिल्यै आफू स्वार्थी र छली रहेछु भनेर देख्नेथिइनँ। मैले आशिषहरूलाई पछ्याउनु उचित छ भनेर ठानेको थिएँ अनि परमेश्‍वरका मागहरूलाई धेरै पछाडि छोडेको थिएँ। मैले जेसुकै गरेको थिएँ, जेसुकै बलिदान गरेको थिएँ, यसको कुनै अर्थ थिएन—परमेश्‍वरले यसलाई कहिल्यै प्रशंसा गर्नुहुनेथिएन। यदि मैले सत्यतालाई नपछ्याएको भए, यदि मेरो अभिप्राय अझै आफ्नो निम्ति आशिषहरू पाउनु थियो भने परमेश्‍वरले मलाई घृणा गर्नुहुनेथियो र दण्ड दिनुहुनेथियो। मलाई अन्तर्दृष्टि दिएको निम्ति, यस बिमारीद्वारा आफैलाई चिन्न र अनि मेरा अनियन्त्रित मागहरूलाई त्याग्न लगाएको निम्ति म परमेश्‍वरको वचनहरूप्रति कृतज्ञ छु। यो मेरो निम्ति परमेश्‍वरको मुक्ति हो! मैले यसको बारेमा जति बढी सोचेँ, त्यति नै बढी परमेश्‍वरको प्रेम कति महान् रहेछ भनी मैले महसुस गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ “परमेश्‍वर! मेरो क्यान्सरको पछाडि तपाईंको असल इच्छा छ। मेरो जीवन र मृत्यु तपाईंको हातमा छ। म तपाईंको आज्ञा मान्नेछु अनि तपाईंलाई सन्तुष्ट पार्न म गवाही भएर खडा हुनेछु।”

प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड पढेँ: “तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: ‘म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?’ त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा आज्ञाकारी बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई उहाँको पवित्रता र धार्मिकता देखायो। जाँच हुँदै गर्दा र शोधन हुँदै गर्दा जो गवाही भएर खडा हुन्छन्, परमेश्‍वर तिनीहरूकहाँ मात्र देखा पर्नुहुन्छ। जब परमेश्‍वरले अय्यूबलाई जाँच्नुभयो, तब अय्यूबको सम्पत्ति, उनका सन्तानहरू, उनको स्वास्थ्य अनि उनको खुशी सबै शैतानद्वारा खोसिए, अनि उनको शरीर घावै-घाउलै भरिएको थियो। तर उनले गुनासो गरेनन् वा परमेश्‍वरलाई दोष्याएनन्। उनले आफैलाई घृणा गरे र सरापे। यो ठूलो जाँच सामना गर्दा, उनले एउटा सृजिएको प्राणीको रूपमा रहेको आफ्नो स्थानमा रहेर परमेश्‍वरको सार्वभौमिकतालाई अझै शिरोपर गर्न र उहाँको नाउँलाई प्रशंसा गर्न सके। उनले यसो समेत भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” (अय्यूब १:२१)। यी वचनहरू शैतानको सामने परमेश्‍वरलाई एउटा सुन्दर, गुञ्जायमान गवाहीको रूपमा स्थापित भयो, अनि अन्त्यमा, परमेश्‍वर अय्यूबकहाँ देखापर्नुभयो। अय्यूबको जीवनको मूल्य यही थियो। मैले सामना गरेको रोग परमेश्‍वरले मलाई विशेष दया देखाइरहनुभएको कारण आएको थियो। मैले अय्यूबले गरेजस्तै परमेश्‍वरले प्रबन्ध गर्नुभएको परिस्थितिहरूलाई शिरोपर गर्नुपर्थ्यो। मेरो क्यान्सरद्वारा म रोकिनु हुँदैनथ्यो। बरु मैले आफ्नो जीवनलाई परमेश्‍वरको हातमा सुम्पिनुपर्थ्यो अनि शैतानको सामने परमेश्‍वरको निम्ति दृढ र गुञ्जायमान् गवाही भएर परमेश्‍वरको हृदयलाई सान्त्वना दिनुपर्थ्यो। मैले आफ्ना चिन्ताहरूलाई एकातिर पन्साएँ र आफैलाई परमेश्‍वरको सार्वभौमिकतामा समर्पण गरेँ अनि केही समयपछि नै, मेरो स्थितिमा सुधार आयो। मलाई राम्ररी खाना रुच्‍न थाल्यो, म सामान्य रूपले हलचल गर्न थालेँ अनि मेरो भ्याएसम्मको क्षमताले मैले आफ्नो कर्तव्य पनि पूरा गर्न सकेँ। पछि, मेरा छोरीहरूले मलाई परीक्षणको लागि अस्पतालमा लिएर गए। जे भएको थियो, त्यसलाई डाक्टरले विश्‍वासै गर्न सकेनन्। उनले भने, म जस्ता बिरामीहरू विरलै हुन्छन्, अनि अस्पतालमा उपचार नगरिकनै बाँच्नु आश्चर्यकर्मभन्दा कम थिएन! त्यसबेला, मलाई थाहा थियो, यो परमेश्‍वरले मलाई सुरक्षा गरिरहनुभएको थियो। मेरो जीवन परमेश्‍वरको हातमा छ भन्‍ने मैले महसुस गर्न सकेँ, अनि मैले सबै कुराहरूमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई अनुभव गरेँ।

त्यसको केही समयपछि, मेरो रोग फेरि एकपल्ट बल्झियो। मेरी श्रीमती र छोरीहरूले मलाई अस्पताल लिएर गए। अनि जब मुख्य चिकित्सकले मेरो रोग गम्भीर रहेछ भन्‍ने देखे, उनले मेरो परीक्षण गर्न विशेषज्ञ बोलाए। जब प्रयोगशालाका नतिजाहरू आयो, तब विशेषज्ञले मेरो रोग जाँच्न उपकरण नभएको कुरा बताए, अनि २००,००० यूआन प्रान्तीय अस्पतालमा पठाउनको लागि तिर्न हामीलाई सुझाव दिए, जहाँ सायद तिनीहरूले मेरो उपचार गर्नसक्थ्यो। मेरी छोरीले रुँदै मेरी श्रीमतीलाई भनिन्: “उनले कुन प्रकारले त्यसो भने, सुन्नुभो? कसैले पनि बुबालाई उपचार गर्न सक्दैन। बितेका केही वर्षमा हाम्रो गाउँमा तीसजना भन्दा बढी मानिसहरूलाई क्यान्सर भएको छ अनि तिनीहरू सबै मरे …” मेरी श्रीमतीको अनुहार आँसुले भिज्यो। मैले फेरि म एउटा दोषी मानिस हुँ जस्तो अनुभव गरेँ। मैले एक पल्ट फेरि, मृत्युले मलाई घेरेको अनुभव गरेँ अनि मैले यस्तो विचार नगरी म बस्‍न सकिन: यो रोग कसरी फेरि फर्केर अझै पनि यति गम्भीर हुनसक्यो? तर यस पल्ट, मैले आफैलाई धिक्कारेँ। परमेश्‍वरप्रतिको मेरो अनाज्ञाकारिताको निम्ति मैले अफसोस महसुस गरेँ। मैले मेरा सबै मृत्यु-निकटका घटनाहरू सम्झेँ, अनि परमेश्‍वरले मलाई कसरी सुरक्षा दिनुभयो र हरेक पल्ट जीवित राख्नुभयो भन्‍ने बारेमा विचार गरेँ। मैले स्पष्ट रूपले परमेश्‍वरको सार्वभौमिकता देखेको थिएँ। त्यसोभए, कसरी मैले साँचो रूपले परमेश्‍वरलाई बुझ्‍न सकिन त? मृत्यु र जीवनमाथि परमेश्‍वरको अधिकार छ, यी डाक्टरहरूको होइन! त्यसैले, म परमेश्‍वरको सामु गएँ अनि प्रार्थना गरेँ। मैले भनेँ: “प्रिय परमेश्‍वर, फेरि एकपल्ट, मैले आफ्नै मृत्युको सामना गरेको छु। यसको पछाडि तपाईंको असल इच्छा छ। मेरो जीवन र मृत्यु तपाईंको हातमा छ। म तपाईंको आज्ञा मान्नेछु अनि तपाईंलाई सन्तुष्ट पार्न गवाही भएर खडा हुनेछु।”

प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ; धेरै मानिसहरूले आकाशमा हेर्छन् र गहिरो सुस्केरा हाल्छन्; धेरै मानिसहरूले ठूलो रोदन निकाल्छन्, बिलौनामा सुँक्कसुँक्क गर्छन्; धेरै मानिसहरू परीक्षाहरूको माझमा ढल्छन्; अनि धेरै मानिसहरू परीक्षाहरूको बन्दी बन्छन्। मानिसलाई स्पष्टसित मलाई देख्ने अवसर दिन म व्यक्तिगत रूपमा देखा पर्दिन, तैपनि धेरै मानिसहरू मेरो अनुहार हेर्न नै डराउँछन्, तिनीहरू मैले तिनीहरूलाई प्रहार गरी ढलाउँछु, मैले तिनीहरूलाई सिध्याइदिन्छु भनी एकदमै डराउँछन्। मानिसले मलाई साँचो रूपमा चिन्छ कि चिन्दैन? कसैले पनि निश्चयताका साथ भन्न सक्दैन। के यो यस्तै होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ११)। परमेश्‍वरका वचनहरूसित शक्ति र अधिकार छ अनि यसले मलाई निर्धक्कता दियो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ अनि परमेश्‍वरले सबै नियन्त्रण गर्नुहुन्छ। सृष्टि गरिएको प्राणीको रूपमा, मैले सृष्टिकर्ताको सार्वभौमिकतालाई पालन गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। यदि मैले जीवनलाई बहुमूल्य ठानेर परमेश्‍वरलाई दोष्याएँ भने, मैले परमेश्‍वरलाई विरोध गरिरहेको हुनेछु, उहाँलाई विश्‍वासघात गरिरहेको हुनेछु अनि म उहाँको सामना गर्न लज्जित हुनेछु, अनि मेरो जीवनको कुनै अर्थ हुनेछैन। जब मैले यी सबै बुझेँ, तब मैले उप्रान्त मृत्यु वा रोगको कुनै बन्धनको अनुभव गरिनँ। मैले मेरी श्रीमती र छोरीहरूलाई भनेँ: “उदास नहोऊ। डाक्टरले म मर्नेछु भनी फैसला गरे पनि, म विश्‍वास गर्छु, जीवन र मृत्यु परमेश्‍वरको हातमा छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छ। जहिलेसम्म म सास लिनसक्छु, म परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँको गवाही भएर खडा हुनेछु!” पछि, म निको हुनको निम्ति घर फर्केँ। हरेक दिन म परमेश्‍वरको सामु जान्थेँ अनि प्रार्थना गर्थें अनि परमेश्‍वरका वचनहरू पढ्थें। मैले चैन, र शान्ति अनुभव गरेँ। डाक्टरले मलाई सुई लगाउन भनेर दुई बक्सा सेरम दिए जसको मूल्य दश यूआनभन्दा कम थियो। मैले त्यसलाई एक महिनासम्म लिएँ। अनि मेरा औँलाहरूको रङ फर्कियो अनि मेरो भोक पनि फर्कियो। बिस्तारै, म बिरामी हुनुभन्दा पहिलेको अवस्थामा फर्किञ्‍जेल मैले फेरि शक्ति र जोश प्राप्त गर्न थालेँ। जब म अस्पतालमा परीक्षण गर्नको निम्ति गएँ, तब डाक्टरले म यति चाँडै निको हुनु आश्चर्यकर्म हो भनेर भने। यो सबै परमेश्‍वरको कारणले भएको हो अनि उहाँबाहेक कसैले मलाई बचाउन सक्ने थिएन भनी मलाई थाहा थियो। यो परमेश्‍वरले यसो भन्नुभएको जस्तै थियो: “स्पष्टत: जीवन र मृत्युको शक्ति मानवजातिमा छैन, प्राकृतिक संसारको कुनै प्राणीमा छैन, तर सृष्टिकर्तामा छ, जसको अख्‍तियार अद्वितीय छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको परिणाम हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। मैले परमेश्‍वरको सार्वभौमिकता, अधिकार अनि उहाँका अद्भुत कार्यहरूलाई अनुभव गरेको थिएँ। मैले उहाँको प्रेम र मुक्तिलाई देखेको थिएँ। मेरो हृदयको गहिराइदेखि मैले उहाँलाई धन्यवाद र प्रशंसा चढाएँ। जब गाउँमा मानिसहरूले मलाई देखे, तिनीहरू सबै स्तब्ध भए। तिनीहरूले म बाँच्‍नेछु भनेर सोच्दै नसोचेको, मलाई फेरि त्यति स्वस्थ होउँला भनी कहिल्यै आशा नगरेको, अनि त्यसरी मुस्किलले बाँच्नु पाउनु साँच्चिकै मेरो भाग्य हो भनी भने। तर मलाई हृदयमा थाहा थियो: यसको भाग्यसित केही सम्बन्ध छैन। यो परमेश्‍वरको शक्ति र अख्तियार हो। परमेश्‍वरले मलाई बचाउनुभयो! केही समयपछि नै, मैले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न सुचारु गरेँ। पाँच वर्ष बित्यो, अनि मेरो रोग कहिल्यै बल्झेन। यो मैले आशा गर्न साहस गरेभन्दा पनि बढी थियो। जे भयो, त्यसको निम्ति म परमेश्‍वरलाई साँच्चै धन्यवाद दिन्छु।

यस रोगद्वारा, परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा अनि तथ्यहरूको सामना गरेर, मैले विश्‍वासमा रहेका मेरा गलत धारणाहरू र भ्रष्ट स्वभावको बारेमा केही अन्तर्दृष्टि प्राप्त गरेँ, अनि परमेश्‍वरको सार्वभौमिकता, उहाँको धार्मिकता, उहाँको धर्मी स्वभाव अनि उहाँको सुन्दर सारको ज्ञान पाएँ। मैले आशिषहरू प्राप्त गर्ने मेरो अभिप्रायलाई त्यागेँ अनि मेरो अर्थपूर्ण र मूल्यवान् जीवन कसरी जिउने भनी मैले सिकेँ। म परमेश्‍वरको दयाको निम्ति अत्यन्तै धन्यवादी छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एउटा गलत रिपोर्ट

एक वर्षभन्दा बढी समयसम्‍म, परमेश्‍वरले झूटा अगुवाहरूलाई चिन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्नुभएको छ। भेलाहरूमा, म प्रायजसो आफ्‍नै बुझाइ...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्