सुसमाचार सुनाउँदाको एक अविस्मरणीय अनुभव

25 फेब्रुअरी 2023

किरा, इटाली

मलाई सबैभन्दा धेरै प्रभावित गर्ने सुसमाचार अनुभव २०२१ अप्रिलमा, मैले राफेल नामका एक क्याथोलिक ब्रदरलाई अनलाइनमार्फत भेटेको बेला प्राप्त भयो। मैले उनलाई परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिएँ, र सङ्गति गर्ने क्रममा मैले उनको क्षमता राम्रो र उनी सत्यता छिट्टै बुझ्न सक्ने रहेको पाएँ। सर्वशक्तिमान् परमेश्‍वरका वचन पढेपछि, उनले त्यो परमेश्‍वरको आवाज हो भन्‍ने महसुस गरे त्यसैले उनी साँचो मार्ग खोज्न र अनुसन्धान गर्न, अनि भेलाहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक भए। तर अचम्मको कुरा, एक दिन एउटी सिस्टरले मलाई राफेलको आफ्नो पुरानो क्याथोलिक धर्मगुरुसँग भेट भएको, र उनी अब भेलाहरूमा आउन छोडेका भन्ने सन्देश पठाइन्। यो सुनेर, मैले सोचेँ, उनमा पक्कै पनि थुप्रै धारणाहरू र भ्रामक कुराहरू भरि दिएको हुनुपर्छ। मैले तुरुन्तै उनलाई सम्पर्क गरेँ र उनी हामीले भन्दै आएका कुराहरूले अलमलमा परेका रहेछन् भन्ने थाहा पाएँ, तर उनले आफू के कुरामा अलमल परेको भन्ने बताएनन्। त्यतिबेला, मैले उनीसँग कसरी सङ्गति गर्नुपर्ला भन्ने थाहा पाइनँ, मेरो दिमाग खाली भयो। मैले के गर्ने भन्ने पत्तै पाइनँ। मैले परमेश्‍वरलाई यदि उनी परमेश्‍वरका भेडा हुन् भने, उनलाई मार्गदर्शन गरिदिनुहोस् भन्ने प्रार्थना गर्दै पुकारिरहेँ र मैले उनीसँग सङ्गति गर्न आफूले सक्दो सबै कुरा गर्न तयार छु भनेँ।

पछि, सिस्टर अनिला र मैले राफेललाई सँगै सङ्गति गर्न बोलायौँ। जब उनी हाम्रो मिटिङमा सामेल भए, उनी अलि आवेशमा आएर थुप्रै धार्मिक सिद्धान्तहरू बताइरहेका थिए, अनि प्रभु येशूप्रति आफ्नो भक्ति र आफ्नो आस्था कति दृढ छ भन्ने कुरा गरिरहेका थिए। उनी के सोच्थे भने प्रभु येशू पुरुषको रूपमा देहधारी हुनुभएको थियो र उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई “पिता” भन्नुभयो, अनि धार्मिक संसारका मानिसहरू स्वर्गमा हुनुहुने परमेश्‍वरलाई “परमेश्‍वर पिता” भन्न अभ्यस्त भएकाले, प्रभु पुरुषको स्वरूपमा फर्केर आउनुपर्छ। सर्वशक्तिमान् परमेश्‍वर स्त्रीको स्वरूपमा देखा परेर काम गर्नुभएको कुरा उनको लागि अस्वीकार्य थियो। उनका शब्दहरूमा भएको गहनता सुनेर, म उनीसँग कसरी कुराकानी सुरु गर्ने भन्ने कुरामै निश्चित हुन सकिनँ। मैले मार्गदर्शनको लागि परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि, मैले राफेललाई भनेँ, “प्रभु येशूमाथिको तपाईंको आस्था साँच्चै दृढ छ भन्ने मलाई विश्वास छ, तर एकछिन सोचौँ त। हामी प्राय: प्रभु येशूलाई प्रार्थना गर्छौँ, तर के हामी साँच्चै उहाँलाई चिन्छौँ त? के हामी साँच्चै प्रभु येशू नै स्वयम् देहधारी परमेश्‍वर हुनुहुन्छ भनी जान्दछौँ? के हामी साँच्चै उहाँ नै सत्य, मार्ग र जीवन हुनुहुन्छ भनी जान्दछौँ? के हामी हामीलाई प्रभु येशूको ईश्‍वरीय सार थाहा छ भन्‍ने आँट गर्छौँ? के हामी प्रभु येशू फर्केर आउनुहुँदा उहाँलाई साँच्चै चिन्न सक्छौँ भनी ग्यारेन्टी दिने आँट गर्छौँ? हामी वास्तवमै उहाँमा किन विश्वास गर्छौँ? के उहाँको जन्म भएको परिवार वा उहाँको स्वरूपको कारणले हो?” यसको जवाफमा राफेलले केही भनेनन्। त्यसपछि मैले उनलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनका केही खण्डहरू पढेर सुनाएँ: “परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सार भनेको परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो, र जब देहधारी परमेश्‍वरमा विश्‍वास गर्छन्, त्यो पनि देह परमेश्‍वरको आत्माको मुर्तरूप भएकोले नै हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सार नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्)। “देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नुहुन्छ, अर्थात्, परमेश्‍वर देह बन्नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन काम देहमा साकार हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कामलाई व्यक्त गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। उनलाई परमेश्‍वरका वचनहरू पढेर सुनाइसकेपछि, मैले सङ्गति गरेँ, “हामी सबैलाई थाहा छ प्रभु येशू एउटा सिकर्मीको परिवारमा जन्मनुभएको थियो। उहाँ सामान्य देखिनुहुन्थ्यो, बाहिरी रूपमा साधारण मानिसभन्दा फरक हुनुहुन्नथ्यो, तर उहाँ परमेश्‍वरको आत्माले धारण गर्नुभएको देह हुनुहुन्थ्यो, र उहाँ स्वयम् देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। हामीले उहाँमा विश्वास गर्नुको कारण उहाँ यहूदी हुनुभएकोले होइन, न त उहाँ मरियमबाट जन्मनुभएकोले हो, र झन् उहाँको लिङ्ग वा स्वरूपको कारणले त हुँदै होइन। हामी उहाँमा विश्वास गर्छौँ किनभने उहाँमा परमेश्‍वरको आत्माको सार छ, उहाँ नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँले मात्र सत्यता व्यक्त गर्न र ईश्‍वरीय काम गर्न सक्नुहुन्थ्यो। त्यसैगरी, हामी आज सर्वशक्तिमान् परमेश्‍वरमा किन विश्वास गर्छौँ त? हामी विश्वास गर्छौँ किनभने सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, उहाँ पुन: एकपटक साधारण मानिसको देह धारण गर्नुभएका प्रभु येशूको आत्मा हुनुहुन्छ, जो हाम्रो माझमा बस्दै, सत्यताहरू व्यक्त गर्दै, र आखिरी दिनहरूमा न्याय र सफाइको काम गर्दै हुनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वर र प्रभु येशू दुवैको स्रोत एउटै हो, र दुवैमा परमेश्‍वरको आत्माको सार छ। परमेश्‍वरको यो देहधारण जुनसुकै परिवारमा भएको भए पनि, उहाँको बाह्य स्वरूप वा लिङ्ग जे भए पनि, यी कुनैपनि कुराले उहाँको सारमा परिवर्तन ल्याउँदैनन्। सर्वशक्तिमान् परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ। यो नै सर्वशक्तिमान् परमेश्‍वर परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ र उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनी प्रमाणित गर्न पर्याप्त छ।”

राफेल बिस्तारै सत्यता खोज्न इच्छुक भए। उनले मैले भनेका सबै कुरामा सहमत भएको, तर परमेश्‍वरले यस पटक किन स्त्रीको स्वरूपमा देहधारण गर्ने कुरा रोज्नुभयो भन्ने कुरा अझै बुझ्न नसकेको बताए। उनको व्यवहार अलि नरम भएको देखेर, मैले उनलाई सोधेँ, “के परमेश्‍वरले देहमा काम गर्नका लागि कुन स्वरूप वा लिङ्ग रोज्नुहुन्छ भन्ने हामीले निर्णय गर्न सक्ने कुरा हो र? जब हाम्री आमाले हामीलाई जन्म दिनुहुन्छ, हामी उहाँको स्वरूप छनौट गर्न सक्दैनौँ, र उहाँ जस्तो देखिए पनि, हामीले त्यसलाई स्वीकार गर्नैपर्छ। यो त छोराछोरीमा हुनुपर्ने समझ हो। तपाईं सहमत हुनुहुन्न र?” राफेलले टाउको हल्लाए र भने, “पक्कै पनि, हामीलाई छनौट गर्ने कुनै अधिकार छैन।” म भन्दै गएँ, “त्यसैगरी, के परमेश्‍वरले अहिले पुरुष वा स्त्रीको रूपमा देहधारण गर्न रोज्नुभएको देह कस्तो हुनुपर्छ, हामीले निर्णय गर्न सक्ने कुरा हो? यदि हामीले, परमेश्‍वर पुरुषको रूपमा आउनुभएमा म स्वीकार गर्छु, तर उहाँ स्त्रीको रूपमा आउनुभएमा म स्वीकार गर्दिनँ भन्छौँ भने, के यो विवेकहीन कुरा हुँदैन र? परमेश्‍वरले देहधारण गर्ने लिङ्ग परमेश्‍वर स्वयम्‌को विषय हो र यो परमेश्‍वरको आफ्नो छनौट हो। मानिसका रूपमा, हामी टिप्पणी गर्न योग्य नै छैनौँ, होइन र? परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्‍वरको बुद्धि स्वर्गभन्दा उच्च छ र उहाँका विचारहरू मानिसका विचारहरूभन्दा उच्च छन्। हामी त केवल तुच्छ मानिस हौँ; हामी परमेश्‍वरको काममा उहाँको बुद्धि कसरी मापन गर्न सक्छौँ र? परमेश्‍वरको देखापराइ र कामको विषयमा, हामीसँग छनौट गर्ने कुनै अधिकार छैन। परमेश्‍वर देह बन्नुभएको छ, र जबसम्म उहाँ सत्यताहरू व्यक्त गर्ने र परमेश्‍वरको काम गर्ने गर्नुहुन्छ, उहाँको लिङ्ग जेसुकै भए पनि, उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, र हामीले स्वीकार र समर्पण गर्नुपर्छ। यसो गर्नु नै विवेकी हुनु हो, र यसो गर्नु नै बुद्धिमान व्यक्ति हुनु हो।” राफेल ध्यानपूर्वक सुनिरहेका थिए र मेरो कुराको खण्डन गरेनन्।

त्यसपछि मैले उनलाई बाइबलका केही खण्डहरू पढेर सुनाएँ: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो(यूहन्‍ना १:१)। “र पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो। र परमेश्‍वरका आत्मा पानीमाथि घुमफिर गर्नुहुन्थ्यो” (उत्पत्ति १:२)। “त्यसकारण परमेश्‍वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले आफ्नै स्वरूपमा उसलाई बनाउनुभयो; पुरुष र महिला गरी तिनीहरूलाई उहाँले सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७)। “त्यसैले तिमीहरू एकदमै होशियार रहो; किनभने हेरोबमा आगोको माझबाट यहोवा तिमीहरूसँग बोल्‍नुभएको दिन तिमीहरूले कुनै पनि आकृति देखेनौ: नत्र तिमीहरूले आफूलाई भ्रष्ट पार्नेछौ, र कुनै पनि आकृति, पुरुष वा स्त्री, पृथ्वीको कुनै पनि पशु, र आकाशमा उड्ने पखेटाधारी कुनै पनि पक्षीको स्वरूपमा मूर्ति बनाउनेछौ, जमिनमा घस्रने कुनै पनि थोकको रूप, पृथ्वीमुनिको पानीमा हुने कुनै पनि माछाको रूप” (व्यवस्था ४:१५-१८)। मैले सङ्गति गरेँ, “बाइबलका यी खण्डहरूबाट हामी के देख्न सक्छौँ भने परमेश्‍वर सारमा आत्मा हुनुहुन्छ, उहाँको कुनै निश्चित स्वरूप छैन, र उहाँ मानिसहरूलाई आराधनाका निम्ति उहाँको कुनै मूर्ति कुँद्ने अनुमति दिनुहुन्न। उत्पत्तिको पुस्तकमा लेखिएको छ सुरुमा परमेश्‍वरले आफ्नै स्वरूपमा पहिले पुरुष र त्यसपछि स्त्रीलाई सृष्टि गर्नुभयो। त्यसोभए तपाईं परमेश्‍वरलाई पुरुष भन्नुहुन्छ कि स्त्री? तपाईंले पुरुष भन्नुहोला, तर परमेश्‍वरले स्त्रीलाई पनि आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। तपाईंले स्त्री भन्नुहोला, तर परमेश्‍वरले पुरुषलाई पनि आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यसोभए, यहाँ के भइरहेको छ त? परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र उहाँले पुरुष र स्त्रीलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। उहाँ पहिलो पटक पुरुषको रूपमा देहधारी हुनुभयो, र आखिरी दिनहरूमा उहाँ स्त्रीको रूपमा देहधारी हुनुभएको छ, जसको अर्थ उहाँले दुवै लिङ्गलाई समान व्यवहार गर्नुहुन्छ। यदि परमेश्‍वर दुवै पटक पुरुषको रूपमा देहधारी हुनुभएको भए, त्यो स्त्रीहरूका लागि अन्यायपूर्ण हुनेथियो। परमेश्‍वर या त पुरुष हुनुहुन्छ या स्त्री भन्नु परमेश्‍वरलाई सीमित पार्नु हो, जुन कुरालाई उहाँ सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। परमेश्‍वरले हरेक पटक देहधारण गर्ने मानवजातिलाई मुक्ति दिनका लागि हो, र देहधारी हुनुको अर्थ मानिसकै स्वरूप लिनु हो, या त पुरुष या स्त्री। तथापि, परमेश्‍वर जुनसुकै लिङ्गमा देहधारी हुनुभए पनि, उहाँको सार सदासर्वदा अपरिवर्तनीय रहन्छ।” यो कुरा राफेलले बुझेजस्तो देखियो, र उनले मैले भनेको कुरामा साँच्चै सहमति जनाए। त्यसपछि मैले उनलाई सर्वशक्तिमान् परमेश्‍वरको वचनका केही खण्डहरू पठाएँ: “परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा आउनुभयो, र यस पटक परमेश्‍वर आउनुहुँदा, उहाँको स्वरूप महिलाको छ। यसबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र महिला दुवै उहाँको काममा उपयोगी हुन सक्छन्, र उहाँका लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह धारण गर्न सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे त्यो पुरुष होस् या महिला, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि येशू आउनुहुँदा उहाँ महिलाका रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माले शिशु बालक नभई शिशु बालिकाको गर्भधारण गर्नुभएको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। “यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैँ पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। “परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)। परमेश्‍वरका वचन पढिसकेपछि, अनिलाले सङ्गति गरिन्, “परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन, र उहाँले आफ्नो काम कहिल्यै दोहोर्‍याउनुहुन्न। परमेश्‍वरको काम सधैँ नवीकरण र परिवर्तन हुँदै, अनि निरन्तर माथि उठ्दै गइरहेको छ। यदि परमेश्‍वरले उही काम दोहोऱ्याएर गर्नुहुने भए, मानिसहरूले उहाँलाई सीमित पार्ने सम्भावना हुन्थ्यो र हामीलाई उहाँको साँचो ज्ञान हुने थिएन। परमेश्‍वर पहिलो पटक देहधारी हुँदा उहाँ पुरुष हुनुहुन्थ्यो, त्यसोभए प्रभु फेरि पुरुषको रूपमा देहधारण गरेर फर्कनुभयो भने त्यसको परिणाम के हुन्थ्यो होला? मानिसहरूले परमेश्‍वरलाई पुरुषको रूपमा सीमित पार्नेथिए, र परमेश्‍वर पुरुषहरूलाई मात्र चिन्नुहुन्छ, पुरुषहरूको मात्र पक्ष लिनुहुन्छ भनी सोच्नेथिए। तिनीहरू उहाँ स्त्रीहरूलाई प्रेम गर्नुहुन्न र स्त्रीहरूलाई त्याग्नुहुन्छ भनी सोच्नेथिए, र यसरी स्त्रीहरूमाथि सधैँभरि भेदभाव हुनेथियो। के त्यो सही बुझाइ हो? के यो स्त्रीहरूका लागि न्यायसंगत छ? के यो परमेश्‍वरको अभिप्रायसँग मिल्छ? के यी कुराहरू मानवीय धारणा र कल्पनाहरू मात्र होइनन् र? परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँ पुरुष र स्त्रीलाई समान व्यवहार गर्नुहुन्छ। परमेश्‍वर एक पटक पुरुष र एक पटक स्त्रीको रूपमा देहधारी हुनुभएको छ। यो धेरै अर्थपूर्ण छ! आखिरी दिनहरूमा परमेश्‍वर स्त्रीको रूपमा देहधारी हुनुभएको कुराले सबैका धारणाहरूलाई उल्ट्याइदिएको छ, परमेश्‍वरप्रतिको मानिसको भ्रामक बुझाइलाई बदलिदिएको छ, मानिसले गरेको परमेश्‍वरको सीमाङ्कनलाई तोडिदिएको छ, र मानिसहरूलाई परमेश्‍वर पुरुषहरूका मात्र परमेश्‍वर नभएर, स्त्रीहरूका पनि परमेश्‍वर हुनुहुन्छ भन्ने देखाएको छ। परमेश्‍वर सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ। कसैले पनि आफ्ना धारणाहरू प्रयोग गरेर परमेश्‍वरलाई पुरुष वा स्त्रीको रूपमा सीमित पार्न सक्दैन।”

अनिलाले आफ्नो कुरा सकेपछि, म थप्दै गएँ, “वास्तवमा, परमेश्‍वरले आफ्ना देहधारणहरूमा जुनसुकै स्वरूप लिनुभए तापनि, उहाँको सार अपरिवर्तनीय हुन्छ। यी स्वरूपहरू परमेश्‍वरको आत्मा देह बनेका हुन्। तिनले परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्छन्, र ईश्‍वरीय काम गर्न सक्षम हुन्छन्। अनुग्रहको युगमा, परमेश्‍वर देह बन्नुभयो र मानवजातिको पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। प्रभु येशू एक पुरुष हुनुहुन्थ्यो र मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिन सक्नुभयो। यदि परमेश्‍वर त्यही पहिलो पटक नै स्त्रीको रूपमा देहधारी हुनुभएको भए, उहाँले अझैपनि छुटकाराको काम पूरा गर्न, र मानवजातिलाई पश्चात्तापको मार्ग दिन सत्यता व्यक्त गर्न सक्नुहुने नै थियो। त्यसकारण, परमेश्‍वरको देहधारणको लिङ्ग र रूप महत्त्वपूर्ण कुरा होइनन्, र उहाँको स्वरूप महान् छ कि छैन भन्ने कुरा पनि महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा के हो भने, उहाँमा परमेश्‍वरको सार छ, उहाँ सत्यता व्यक्त गर्नुहुन्छ, र मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ। साँचो मार्गको अनुसन्धान गर्दा हामीले ध्यान दिनुपर्ने कुराहरू यी मात्रै हुन्।” त्यसपछि मैले उनलाई परमेश्‍वरको वचनको अर्को खण्ड पढेर सुनाएँ: “जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। मैले सङ्गति जारी राखेँ, “परमेश्‍वरको वचन एकदमै स्पष्ट छ। परमेश्‍वरको देहधारण हो कि होइन भन्ने निश्चित गर्न, मुख्य रूपमा हेर्नुपर्ने कुरा भनेको उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वरको काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने हो। यदि तपाईं साँचो मार्गको अनुसन्धान गर्दा परमेश्‍वरको आवाज सुन्नमा ध्यान दिनुहुन्न, र बरु देहधारणको स्वरूप र लिङ्गको आधारमा न्याय गर्नुहुन्छ भने, के तपाईं फरिसीहरूले प्रभु येशूको प्रतिरोध गर्दा गरेकै गल्ती गरिरहनुभएको छैन र? फरिसीहरूले उहाँको पारिवारिक पृष्ठभूमि र स्वरूप तिनीहरूका धारणाहरू र मसीहबारेका भ्रमहरूसँग पूर्ण रूपमा नमिल्ने देखे, त्यसैले तिनीहरूले उहाँका वचनहरू वा कामको अलिकति पनि खोजी वा अनुसन्धान नगरीकनै प्रभु येशूलाई न्याय गरे र दोषी ठहराए। अन्तमा, तिनीहरूले येशूलाई क्रूसमा टाँग्न लगाए, परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गरे, त्यसैले तिनीहरू दण्डित र श्रापित भए। यदि मानिसहरू सर्वशक्तिमान् परमेश्‍वरका वचन पढ्दैनन् वा परमेश्‍वरको आवाज सुन्नमा ध्यान दिँदैनन्, र परमेश्‍वर स्त्रीको रूपमा देहधारी हुनुभएको कुरा तिनीहरूका धारणाहरूसँग नमिल्ने भएकोले सर्वशक्तिमान् परमेश्‍वरलाई इन्कार र प्रतिरोध गर्छन् भने, के यो परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्नु होइन र?”

राफेलसँग सङ्गति गरिसकेपछि, उनले सत्यताको खोजी गरिरहने बताए, र हामीले उनलाई भोलिपल्ट साँझको भेलामा आउने निम्तो दिँदा, उनी तुरुन्तै सहमत भए। तर, अचम्मको कुरा, उनी भोलिपल्ट साँझ आएनन् र मैले फोन गर्दा पनि फोन उठाएनन्। म धेरै चिन्तित भएँ। त्यसैले, हरेक बिहान आफू उठेपछि म उनलाई परमेश्‍वरका केही वचनहरू पठाउँथेँ, र कुनै दिन उनले जवाफ देलान् भनी आशा गर्थेँ। तर उनले मेरा सन्देशहरू कहिल्यै पढेनन्, र मैले साँच्चै आशा गुमाइरहेकी थिएँ। पछि, मैले अरू ब्रदर-सिस्टरहरूलाई पनि उनीसँग सम्पर्क गर्न लगाएँ, तर उनीसँग सम्पर्क नै हुन सकेन। म फेरि निराशाको स्थितिमा पुगेँ, र यो कुरा यस्तै हुनुपर्ने रहेछ क्यारे भन्ने सोचेँ। जब मैले उनलाई पूर्ण रूपमा त्याग्नै लागेकी थिएँ, मैले संयोगले एउटी सिस्टरको एक जना इटालियनलाई सुसमाचार प्रचार गरेको अनुभवबारेको एउटा लेख फेला पारेँ। संयोगवश मैले ती सिस्टरले प्रवचन दिएको ब्रदरलाई चिनेकी थिएँ, किनभने उनी त्यतिबेला मसँगै सुसमाचार प्रचारमा सहकार्य गर्दै थिए। ती ब्रदरको मानवता असल थियो र उनमा सत्यताको शुद्ध बुझाइ थियो, त्यसैले मैले सुसमाचार ग्रहण गर्दा उनमा यति धेरै धारणाहरू होलान्, वा ती सिस्टरले उनीसँग दुई महिनासम्म सम्पर्क गर्न नसक्लिन् भनेर भनेर कहिल्यै सोचिनँ। तैपनि, ती सिस्टरले हरेस खाइनन्। उनले केवल पर्खिरहिन् र उनीसँग परमेश्‍वरको वचनमा सङ्गति गर्ने मौका खोजिरहिन्, सर्वशक्तिमान् परमेश्‍वरको वचनले अन्ततः उनका धारणाहरू एक-एक गरी समाधान गऱ्यो, र उनले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरे। ती सिस्टरको अनुभवले मलाई एकदम छोयो, तर मलाई लज्जित पनि गरायो। आफ्नो सामु आउने हरेक व्यक्तिका लागि परमेश्‍वरले धेरै काम गर्नुभएको, ठूलो मूल्य चुकाउनुभएको, र धेरै मानिस, घटना र कुराहरूको प्रबन्ध गर्नुभएको छ। मैले मानिसलाई मुक्ति दिने परमेश्‍वरको श्रमसाध्य अभिप्राय बुझेकी भए, उहाँका अभिप्रायहरूलाई ख्याल गरिरहेकी हुन्थेँ। तर अलिकति कठिनाइ आउनेबित्तिकै, म पछि हटेर हरेस खान तयार भएँ। ममा लगनशीलताको पूर्ण अभाव थियो। मेरो बफादारी र गवाही कहाँ थियो र? त्यसपछि मैले परमेश्‍वरको वचन पढेँ: “सुसमाचार प्रचार गर्दा, तैँले सुरुमा आफ्‍नो जिम्मेवारी पूरा गर्नैपर्छ। आफूले गर्न सक्‍ने र गर्नुपर्ने सबै कुरा गर्नका लागि तैँले आफ्‍नो विवेक र समझलाई पछ्याउनैपर्छ। तैँले साँचो मार्गबारे छानबिन गर्ने व्यक्तिमा हुन सक्ने कुनै पनि धारणा वा उसले उठाउने कुनै पनि प्रश्‍नको प्रेमपूर्वक जबाफ दिनैपर्छ। यदि तैँले साँच्चिकै जबाफ दिन सक्दैनस् भने, परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोजी पढेर सुनाउन सक्छस्, वा तिनीहरूलाई सान्दर्भिक अनुभवात्मक गवाही भिडियोहरू वा केही सान्दर्भिक सुसमाचार गवाही चलचित्रहरू देखाउन सक्छस्। नतिजाहरू हासिल गर्न यो विधि पूर्ण रूपमा सक्षम हुन्छ; कम्तीमा पनि तैँले आफ्नो जिम्‍मेवारी पूरा गरेको हुनेछस्, र तँलाई तेरो विवेकले दोष दिएको महसुस हुनेछैन। तर यदि तँ लापरवाही भएर झारा टार्ने काम गर्छस् भने, तैँले कामकुरामा ढिलाइ गर्ने सम्‍भावना हुन्छ, र त्यस व्यक्तिको विश्‍वास जित्न सहज हुनेछैन। अरूलाई सुसमाचार प्रचार गर्दा, व्यक्तिले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नैपर्छ। ‘जिम्‍मेवारी’ भन्‍ने शब्‍दलाई कसरी बुझ्नुपर्छ? यसलाई सही रूपमा कसरी अभ्यास र लागू गर्नुपर्छ? प्रभुलाई स्वागत गरेपछि र परमेश्‍वरका आखिरी दिनहरूको कामको अनुभव गरेपछि, तँसँग उहाँको देखापराइको तृष्णा गर्नेहरूलाई उहाँको कामको गवाही दिने दायित्व हुन्छ भन्‍ने कुरा तैँले बुझ्‍नुपर्छ। त्यसोभए, तैँले कसरी तिनीहरूलाई सुसमाचार प्रचार गर्नुपर्छ? अनलाइन होस् वा वास्तविक रूपमा होस्, तैँले जुन तरिकाले मानिसहरूको विश्‍वास जित्छस् र जुन तरिका प्रभावकारी हुन्छ त्यही तरिकाले प्रचार गर्नुपर्छ। सुसमाचार प्रचार गर्नु भनेको तँलाई मन लागेको बेला गर्ने, राम्रो मनस्थिति हुँदा गर्ने र राम्रो मनस्थिति नहुँदा नगर्ने कुरा होइन। न त यो तेरो रूचिअनुसार तैँले नै कसले मान्य व्यवहार पाउने भनी निर्णय गर्ने, र तँलाई मन पर्ने मानिसहरूसामु प्रचार गर्ने र मन नपर्ने मानिसहरूसामु प्रचार नगर्ने कुरा नै हो। सुसमाचार परमेश्‍वरका मागहरूअनुसार र उहाँको घरका सिद्धान्तहरूअनुसार प्रचार गरिनुपर्छ। तैँले सृजित प्राणीको जिम्‍मेवारी र कर्तव्य पूरा गर्नुपर्छ र साँचो मार्गबारे अनुसन्धान गरिरहेका मानिसहरूलाई आफूले बुझेका सत्यताहरू, परमेश्‍वरका वचनहरू, र परमेश्‍वरको कामबारे गवाही दिन आफ्‍नो सक्दो प्रयास गर्नुपर्छ। तैँले यसरी नै सृजित प्राणीको जिम्‍मेवारी र कर्तव्य पूरा गर्नुपर्छ। सुसमाचार प्रचार गर्ने क्रममा व्यक्तिले के गर्नुपर्छ? उसले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, आफूले सकेजति सबै गर्नुपर्छ, र जुनसुकै मूल्य चुकाउन इच्छुक बन्‍नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। “त्यसोभए, साँचो मार्गको अनुसन्धान गरिरहेको व्यक्तिसँग कस्तो व्यवहार गरिनुपर्छ? ऊ कसलाई सुसमाचार प्रचार गर्न सकिन्छ भनेर परमेश्‍वरको घरले तय गरेका सिद्धान्तहरूअनुरूप भइन्जेल, उसलाई सुसमाचार प्रचार गर्नु हाम्रो दायित्व हुन्छ; र उसको वर्तमान मनोवृत्ति कमजोर छ र उसले सुसमाचार स्विकार्दैन भने पनि, हामीले धैर्य गर्नुपर्छ। हामीले कति लामो समय र कति हदसम्‍म धैर्य गर्नुपर्छ? जबसम्‍म तिनीहरूले तँलाई इन्कार गरेर तँलाई आफ्‍नो घरमा पस्‍न दिँदैनन्, र तिनीहरूसँग जति छलफल गर्ने कोसिस गरे पनि, तिनीहरूलाई कल गरे पनि, वा तिनीहरूलाई निम्तो दिन अरू कसैलाई पठाउँदा पनि पार लाग्दैन, अनि तिनीहरूले तँलाई बेवास्ता गर्छन्, तबसम्‍म। यस्तो अवस्थामा, तिनीहरूलाई सुसमाचार प्रचार गर्न सम्भव नै हुँदैन। त्यतिखेर तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको हुनेछस्। आफ्नो कर्तव्य पूरा गर्नु भनेको त्यही हो। थोरै भए पनि आशा भएसम्म, तैँले तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउन र उहाँको कामको गवाही दिन सक्नेजति सबै उपाय सोच्‍नुपर्छ र आफूले सक्दो गर्नुपर्छ। उदाहरणका लागि, मानौँ तँ कसैका सम्पर्कमा रहेको दुई-तीन वर्ष भयो। तैँले उसलाई सुसमाचार प्रचार गर्न र परमेश्‍वरबारे गवाही दिन धेरै पटक प्रयास गरेको छस्, तर ऊसँग यसलाई स्वीकार गर्ने कुनै अभिप्राय छैन। तर उसको बुझाइ निकै राम्रो छ र ऊ साँच्‍चै त्यस्तो व्यक्ति हो जसलाई सुसमाचार प्रचार गर्न सकिन्छ। तब, तैँले के गर्नुपर्छ? सर्वप्रथम त, तैँले ऊमाथि कदापि हार मान्नु हुँदैन। बरु, तैँले ऊसँग सामान्य अन्तरक्रियाहरू कायम राख्नुपर्छ, र तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाइरहनुपर्छ र उहाँको कामको गवाही दिइरहनुपर्छ। तिनीहरूप्रति हरेस नखा; अन्त्यसम्‍मै धैर्य गर्। कुनै बिन्दुमा, तिनीहरूको होश खुल्‍नेछ र तिनीहरूले साँचो मार्गको अनुसन्धान गर्न थाल्नेछन्। त्यसैले, धैर्य गर्नु र अन्त्यसम्म डटिरहनु सुसमाचार प्रचारमा निकै महत्त्वपूर्ण कुरा हो। अनि किन यसो गर्ने? किनभने यो सृजित प्राणीको कर्तव्य हो। तँ तिनीहरूका सम्पर्कमा छस्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउने दायित्व र जिम्‍मेवारी तेरै हुन्छ। तिनीहरूले पहिलो पटक परमेश्‍वरका वचनहरू र सुसमाचार सुनेको दिनदेखि तिनीहरू सही दिशामा फर्केको दिनसम्ममा थुप्रै चरणहरू हुन्छन्, र यसका लागि समय लाग्छ। तिनीहरूले आफूलाई सही दिशामा नफर्काउन्जेल तैँले धैर्य गरेर प्रतीक्षा गर्नुपर्छ, र त्यसपछि तैँले तिनीहरूलाई परमेश्‍वरका घरमा उहाँसामु फर्काउनुपर्छ। यो तेरो दायित्व हो। दायित्व भनेको के हो? यो यस्तो जिम्‍मेवारी हो, जसबाट पन्छिन मिल्दैन, जसप्रति व्यक्ति कर्तव्यबद्ध हुन्छ। यो त आमाले आफ्नो बच्‍चालाई गर्ने व्यवहारजस्तै हो। बच्‍चा जति नै अनाज्ञाकारी वा उपद्रे भए पनि, वा ऊ बिरामी भएर खान नसक्‍ने भए पनि, आमाको दायित्व के हुन्छ? यो उनको सन्तान भएकाले, उनी ऊप्रति मरिहत्ते गर्छिन्, र उसलाई प्रेम र ध्यानपूर्वक हेरचाह गर्छिन्। त्यो बच्चाले उनलाई आफ्‍नी आमाका रूपमा स्वीकार गरे पनि नगरे पनि त्यसले केही फरक पार्दैन, र उसले उनीसँग जसरी व्यवहार गरे पनि त्यसले केही परक पार्दैन—उनी तँलाई साथ दिइरहन्छिन्, तँलाई एकछिन पनि छोड्दिनन्, र उनी निरन्तर उसले उनी आफ्नी आमा हुन् भनी विश्‍वास गरेको ऊ उनका अङ्गालोमा फर्केको प्रतीक्षामा हुन्छिन्। यसरी, उनले उसलाई निरन्तर निगरानी र हेरचाह गरिरहन्छिन्। जिम्‍मेवारी भनेको यही हो; कर्तव्यबद्ध हुनु भनेको यही हो। यदि सुसमाचारसम्बन्धी कामदारहरूले मानिसहरूप्रति यस्तै प्रेमिलो हृदय बोकेर, यसरी नै अभ्यास गर्थे भने, तिनीहरूले सुसमाचार प्रचार गर्ने सिद्धान्तहरू पालन गरिरहेका हुनेथिए, र तिनीहरू पूर्ण रूपमा नतिजाहरू हासिल गर्न सक्षम हुनेथिए(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचन पढिसकेपछि, म लज्जित भएँ। परमेश्‍वरले सुसमाचार कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू एकदमै स्पष्ट पारिदिनुभएको छ। हरेक सम्भावित सुसमाचार ग्रहणकर्ताको अवस्था फरक हुन्छ र उनीहरूलाई फरक तरिकाले व्यवहार गर्नुपर्छ। तपाईं आफ्नै धारणाहरू, कल्पनाहरू, वा पूर्वाग्रहहरूमा भर परेर उनीहरूलाई तिरस्कार गर्न र सीमित पार्न पाउनुहुन्न, र झन् उनीहरूलाई हतारमा त्याग्न त झन् हुँदैन। यदि, सिद्धान्तअनुसार, तपाईंले कसैलाई उपयुक्त सुसमाचार ग्रहणकर्ताको रूपमा निर्धारण गर्नुभयो भने, तपाईंले उसलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिन र उसलाई परमेश्‍वरको सामु ल्याउन आफ्नो सक्दो प्रयास र कुनै पनि माध्यमको प्रयोग गर्नुपर्छ। सुसमाचार प्रचार गर्दा व्यक्तिमा हुनुपर्ने सिद्धान्तहरू यिनै हुन्। तर, ब्रदर राफेलसँग केही समय सम्पर्क गर्न नसकेपछि, मेरो धैर्य र करुणा सकियो। म कठिन समयबाट गुज्रिरहेकी थिएँ र उनीसँग सङ्गति गर्ने प्रयास गरिरहन चाहन्नथेँ। मलाई उनले हामीलाई बेवास्ता गरिरहेको, फोन नउठाएको, र हाम्रा सन्देशहरू नपढेकोले, आफूले गर्न सक्ने अरू केही छैन भन्ने लाग्यो। मैले आफूले गर्नुपर्ने सङ्गति गरिसकेकी थिएँ, खालि राफेलले नै स्वीकार नगरेका हुन्। मैले थप प्रयास गर्न सकिनँ, त्यसैले मैले उनलाई तत्कालको लागि एकातिर पन्छाएँ। तैपनि, मलाई असहज महसुस भयो। मैले सोचिरहेँ, ती ब्रदरको विश्वास साँचो थियो, र उनको योग्यता र सत्यता बुझ्ने क्षमता राम्रो थियो, तर एक धर्मगुरुको बाधा र भ्रमका कारण धार्मिक धारणाहरूले उनलाई समातेको थियो। यो महत्वपूर्ण क्षणमा मैले उनलाई मदत गर्नुपर्थ्यो, मैले केही नगरी टुलुटुलु हेरेर बस्न मिल्दैनथ्यो। मैले एक सुसमाचार कामदारका जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। त्यसैले मैले उनलाई मदत गर्ने आशामा एउटा अनुभवात्मक गवाही लेख पठाएँ। उनले त्यो पढे पनि नपढे पनि, मैले आफूले सक्ने सबै कुरा गर्नुपर्थ्यो।

केही दिनपछि, उनले मलाई एउटा सन्देश पठाए, “म यो पूरै समय प्रार्थना गरिरहेको छु। मैले केही नभने पनि, मलाई परमेश्‍वर हाम्रो हृदय खोज्नुहुन्छ भन्ने थाहा छ। म गल्ती गरेर परमेश्‍वरलाई चिढ्याउन नपुगूँ भनेर मेरो हृदयले सर्वशक्तिमान् परमेश्‍वरलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस् भनी पुकारिरहेको छ।” म धेरै भावुक भएँ। त्यसपछि उनको जवाफमा मैले उनले यसो भनेको देखेँ, “यो संसार यति भ्रष्ट र दुष्ट छ। मानिसहरूलाई परमेश्‍वरको नजिक हुन धेरै गाह्रो छ। दुष्टताविरुद्धका एकमात्र हतियारहरू सर्वशक्तिमान् परमेश्‍वरको वचन र बाइबल हुन्।” उनले सर्वशक्तिमान् परमेश्‍वरको वचनलाई स्वीकार गरे, र यसले उनी परमेश्‍वरको आवाज बुझ्न सक्छन् र उनलाई फिर्ता ल्याउने आशा छ भन्ने प्रमाणित गऱ्यो। तर मलाई उनी भीषण भित्री सङ्घर्षबाट गुज्रिरहेका छन् भन्ने थाहा थियो, र मलाई उनले कुनै पनि बेला मेरा सन्देशहरू पढ्न छोड्न सक्छन् भन्ने चिन्ता थियो। म धेरै चिन्तित थिएँ, त्यसैले मैले आफूलाई शान्त पारेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ। प्रार्थना गर्दा, मैले परमेश्‍वरको वचनको एउटा वाक्यांश सम्झिएँ: “परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन, वा अन्तिम सम्भावित क्षणसम्म त्यसो गर्नुहुनेथिएन।” प्रेरित हुँदै मैले हतार-हतार परमेश्‍वरको वचनका केही खण्डहरू पढेँ: “निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: ‘त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले माया गर्नु पर्दैन र?’ यी, परमेश्‍वर र योनाबीचको कुराकानीबाट, यहोवा परमेश्‍वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, सृष्टिकर्ताको मानवजातिलाई त्याग्‍ने अनिच्‍छा र मानवजातिका निम्ति उहाँको वास्ताले भरिएको छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। “योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्‍वरले दिनुभएका वचन घोषणा गर्ने जिम्‍मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्‍वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्‍वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्‍वरको आफ्‍नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्‍नो काँधमा परमेश्‍वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्‍वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्‍वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकाप्रति माया गर्छस्, त्यसरी नै परमेश्‍वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्‍नै हातको काम हो, त्यसप्रति माया गर्नुहुन्छ भन्‍ने कुरा पनि बतायो। परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन, वा कम्तीमा पनि सहरभित्र धेरै बालबालिका र निर्दोष चौपाया भएको कारण त्यसो गर्नुहुनेथिएन(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरका वचन पढेपछि, म प्रभावित भएँ, त्यसैले मैले राफेललाई भनेँ, “ब्रदर, तपाईं परमेश्‍वरको आवाज बुझ्न सक्ने एक विचारशील व्यक्ति हुनुहुन्छ। परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुभएको छ र हामीलाई भरणपोषण गर्न, हामीलाई पापको बन्धनबाट मुक्ति दिन, र हामीलाई उहाँको राज्यमा प्रवेश गर्नका लागि शुद्ध पार्न सत्यताका लाखौँ शब्दहरू व्यक्त गर्नुभएको छ। मलाई तपाईं हाम्रो भाग्य र परिणामहरूसँग सम्बन्धित यो विषयमा पूर्ण रूपमा विचार गर्न सक्नुहुन्छ भन्ने आशा छ। म तपाईंका लागि प्रार्थना गरिरहेकी हुनेछु। परमेश्‍वरले तपाईंको हृदय खोलिदिनुहोओस् र तपाईंलाई चाँडै उहाँको घरमा फर्कन दिनुहोओस्।” त्यसपछि मैले उनलाई परमेश्‍वरका वचनका तीनवटा खण्डहरूको पठन पठाएँ। तीमध्ये, परमेश्‍वरको वचनको एउटा खण्डले उनलाई सोच्न बाध्य पाऱ्यो, र उनलाई परिवर्तनको एउटा महत्त्वपूर्ण विन्दुमा पुऱ्यायो। परमेश्‍वरका वचनहरूले भन्छन्: “सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। स्वेच्छाचारी रूपमा निचोडमा नपुग; त्योभन्दा पनि, परमेश्‍वरमाथिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तैपनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यतालाई स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, ‘यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन’ वा ‘यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्’ भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्‍वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)। त्यस दिन, राफेलले परमेश्‍वरको वचनको यो खण्ड पढे र मलाई त्यस खण्डसम्बन्धी आफ्ना भावना र बुझाइको बारेमा लामो सन्देश पठाए। मैले उनी द्वन्द्वमा रहेछन् र गलत बाटो लिन्छु कि भनेर चिन्तित रहेछन्, अनि उनलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गर्नुको अर्थ अर्को सम्प्रदायलाई पछ्याउनु र प्रभु येशूलाई धोका दिनु हो भन्ने डर रहेछ भन्ने बुझेँ। मैले उनलाई पठाउन परमेश्‍वरको वचनको एउटा खण्ड फेला पारेँ, र सङ्गति गरेँ, “सर्वशक्तिमान् परमेश्‍वरको मण्डली कुनै पनि धार्मिक समूहसँग सम्बन्धित छैन। यो फर्कनुभएका प्रभु येशूको देखापराइ र कामको कारणले गर्दा अस्तित्वमा आएको हो, कसैले नयाँ सम्प्रदाय स्थापना गरेकोले होइन। सर्वशक्तिमान् परमेश्‍वर न्यायको काम गर्न राज्यको युगको सुरुवात गर्दै र अनुग्रहको युगको अन्त्य गर्दै सत्यताहरू व्यक्त गर्नुहुन्छ। स्वयम् देहधारी परमेश्‍वर बाहेक, संसारमा सत्यताहरू व्यक्त गर्न, मानवजातिलाई अगुवाइ गर्न वा मुक्ति दिन सक्ने कुनै पनि अगुवा, वा महान् वा प्रसिद्ध व्यक्ति छैन। सर्वशक्तिमान् परमेश्‍वरको काम प्रभु येशू वा यहोवाको भन्दा फरक भए तापनि, उहाँहरू सारमा एउटै परमेश्‍वर हुनुहुन्छ। यहोवा, येशू, र सर्वशक्तिमान् परमेश्‍वर त केवल परमेश्‍वरले विभिन्न युगहरूमा प्रयोग गर्नुभएका फरक-फरक नाउँहरू मात्र हुन्। तर परमेश्‍वरको नाउँ वा काम जसरी परिवर्तन भए पनि, उहाँको सार अपरिवर्तनीय छ। परमेश्‍वर सदासर्वदा परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वर भन्‍नुहुन्छ: ‘येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्‍ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका एकै आत्माको काम थिए। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, र त्यो नामले एउटा युग प्रतिनिधित्व गर्छ, अनि उहाँले नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्‍ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्‍नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, अझ नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ। … यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। सर्वशक्तिमान् परमेश्‍वरको वचन एकदमै स्पष्ट छ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम तीन चरणमा विभाजित छ। पहिलो चरण व्यवस्थाको युगको काम थियो, जसमा यहोवाले इस्राएलीहरूलाई पृथ्वीमा जीवन बिताउनमा अगुवाइ गर्न व्यवस्थाहरू जारी गर्नुभयो। दोस्रो चरण अनुग्रहको युगमा छुटकाराको काम थियो, र यो नै परमेश्‍वरले मानवजातिको पापबलिका रूपमा काम गर्न देहधारी हुनुभएको पहिलो पटक थियो। कामको तेस्रो चरण प्रकाशको पुस्तकमा अगमवाणी गरिएझैँ आखिरी दिनहरूमा हुने न्यायको काम हो। कामका यी तीन चरणहरू मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको पूर्ण व्यवस्थापन योजना हुन्। परमेश्‍वरले हरेक युगमा फरक-फरक काम गर्नुहुन्छ, तर तीनवटै चरणको काम एउटै परमेश्‍वरले गर्नुहुन्छ। म एउटा सरल उदाहरण दिन्छु। परमेश्‍वरको व्यवस्थापनको कामलाई घर निर्माणसँग तुलना गर्न सकिन्छ। व्यवस्थाको युगले घरको जगको प्रतिनिधित्व गर्छ, किनकि जगविना घर बन्नै सक्दैन। अनुग्रहको युगले घरको संरचनाको प्रतिनिधित्व गर्छ, किनकि संरचनाविना घरले आकार लिन सक्दैन। राज्यको युग छाना जस्तै हो। यो अन्तिम चरणविना घर अधुरो रहन्छ र हावा वा पानी छेक्न सक्दैन। त्यसैले, यी तीन चरणहरूमध्ये हरेक अपरिहार्य छन्। सर्वशक्तिमान् परमेश्‍वरमाथिको हाम्रो विश्वासको अर्थ हामीले प्रभु येशूलाई धोका दिएका छौँ भन्ने होइन, र झन् हामीले अर्कै परमेश्‍वरमा विश्वास गरेका छौँ भन्ने त हुँदै होइन। हामी केवल थुमाका पदचापहरू पछ्याइरहेका छौँ। हाल संसारमा धेरै प्रमुख धर्महरू छन्, र परमेश्‍वरमा विश्वास गर्नेहरू दुई हजारभन्दा बढी सम्प्रदायहरूमा विभाजित भएका छन्। तिनीहरूको पहिलेको सम्प्रदाय जेसुकै भए पनि, साँचो विश्वास र परमेश्‍वरको देखापराइको तृष्णा गर्ने धेरैभन्दा धेरै ब्रदर-सिस्टरहरू सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न, र उहाँको वचनको मलजल र भरणपोषण स्वीकार गर्न पुगेका छन्। यो तथ्य घाम जत्तिकै छर्लङ्ग छ। यसले बाइबलीय अगमवाणीलाई पनि पूरा गर्छ: ‘ताकि समयको पूर्णता आएपछि उहाँले स्वर्ग र पृथ्वी दुवैमा भएका सबै थोकलाई ख्रीष्टमा एकट्ठा गर्नुहुनेछ’ (एफिसी १:१०)। ‘अनि आखिरी दिनहरूमा यस्तो हुनेछ, कि यहोवाको भवन भएको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित गरिनेछ र पहाडहरूमाथि उठाइनेछ; र सबै जातिहरू यसतर्फ बग्दै आउनेछन्(यशैया २:२)।” मैले भनेका कुराहरू बुझिसकेपछि, राफेलले प्रार्थनाको इमोजी पठाए र भने, “तपाईंले ठीक भन्नुभयो, सर्वशक्तिमान् परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, हामी सबै सर्वशक्तिमान् परमेश्‍वरको नाउँको अधीनमा आउनुपर्छ। सर्वशक्तिमान् परमेश्‍वर मलाई बोलाउनुहुन्छ। उहाँ मेरो हृदय, मेरा चिन्ताहरू, र मेरा डरहरू जान्नुहुन्छ।” त्यसपछि मैले उनलाई केही सुसमाचार चलचित्रहरू र परमेश्‍वरका केही वचनहरू पठाएँ। मैले परमेश्‍वरलाई प्रार्थना पनि गर्दै राफेल आखिर भेलामा आए पनि नआए पनि, म आफूले सक्ने सबै कुरा गर्नेछु र पर्खन, खोज्न, र समर्पित हुन सिक्नेछु भनेँ।

चार दिनपछि, मैले उनीबाट उनी भेलामा सहभागी भइरहन पाउछन् कि पाउँदैनन् भन्ने कुरा सोध्दै पठाएको एउटा अप्रत्याशित सन्देश पाएँ। उनले सर्वशक्तिमान् परमेश्‍वरको वचन उनका लागि धेरै बहुमूल्य रहेको र उनी त्यसविना रहन नसक्ने बताए। परमेश्‍वरको वचनमार्फत् उनले बाइबलका धेरै सत्यता र रहस्यहरू बुझे। परमेश्‍वरको वचनले उनलाई आकर्षित गरेको थियो। त्यति नै खेर, म भावुक भएर रोएँ। मैले साँच्चै परमेश्‍वरलाई धन्यवाद दिन्छु! पछि, उनले मैले पठाएका परमेश्‍वरका वचनहरू उनले पढेका, र ती वचनहरूले उठाएका प्रश्नहरूले उनलाई धेरै दोषी महसुस गराएको बताए। उनले भने, “म आफ्नो आस्थामा लापरवाह हुन मिल्दैन न त यसलाई खेलजस्तो सम्झिन मिल्छ, त्यसैले मैले साँचो मार्गको अनुसन्धान जारी राख्ने निर्णय गरेको छु। प्रभुको पुनरागमन मेरो लागि धेरै महत्त्वपूर्ण छ र म उहाँलाई स्वागत गर्ने मौका गुमाउन चाहन्नँ। म अन्तत: उहाँलाई चिढ्याउन वा धोका दिन चाहन्नँ।” म धेरै उत्साहित भएँ! मैले परमेश्‍वरको वचनको अख्तियार र शक्ति देखेँ। परमेश्‍वरको वचनले नै राफेलको धारणालाई परिवर्तन गरायो र उनलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने निर्णय गर्ने बनायो।

यो अनुभवले मलाई एकदमै छोयो र मलाई के महसुस गरायो भने, मैले जुनसुकै प्रकारको सम्भावित सुसमाचार ग्रहणकर्ताको सामना गरे पनि, जबसम्म उनीहरू परमेश्‍वरको आवाज बुझ्न सक्छन्, मैले उनीहरूलाई परमेश्‍वरको घरभित्र डोऱ्याउने आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्छ। यसरी आफ्नो कर्तव्य पूरा गरेमा मात्र हामीले ऋण र पछुतो छोड्नु पर्दैन। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सम्बन्धको बन्धनबाट मुक्ति

झोउ युआन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम...

अरूको असफलताबाट सिक्दा

गत वर्ष अक्टोबरमा, दुई जना भिडियो बनाउने कामका सुपरभाइजरहरू बर्खास्त भए। किनभने हाम्रा अगुवाले यो कामको महत्त्वको बारेमा बारम्‍बार जोड...

समस्या रिपोर्ट गर्नेबारे आशङ्का

सेप्टेम्‍बर २०२१ मा, मैले मण्डलीमा सुसमाचार सुनाउने काम गरिरहेको थिएँ। केही समयपछि, मैले सुसमाचार सुपरभाइजरले आफ्‍नो कर्तव्यमा कुनै बोझ...

सही छनोट

शुनी, चीनम विकट पहाडी गाउँमा, पुस्तौँ पुस्तादेखिको कृषक परिवारमा जन्मेको थिएँ। स्कूलमा छँदा, मेरी आमा प्रायः मलाई सम्झाउनुहुन्थ्यो: “हाम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्