सुसमाचार प्रचारको अविस्मरणीय अनुभव

25 फेब्रुअरी 2023

मलाई सबैभन्दा गहिरो प्रभाव पार्ने एउटा अनुभवको घटना अप्रिल २०२१ मा भएको थियो। मैले राफाएल नामका क्याथोलिक ब्रदरलाई अनलाइनमा भेटेँ। तिनलाई सुसमाचार सुनाउँदा, तिनको क्षमता त्यति खराब छैन र तिनले छिटै सत्यता बुझ्छन् भन्‍ने पत्ता लगाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढेपछि, यो परमेश्‍वरको आवाज हो भन्‍ने तिनलाई लाग्यो। तिनी खोजी र अनुसन्धान गर्न इच्‍छुक थिए, र भेलाहरूमा सक्रियरूपमा सहभागी भए।

तर अचम्‍मको कुरो, एक दिन एक सिस्टरले मलाई मेसेज गरेर राफाएलले आफ्‍ना पुरानो क्याथोलिक पादरीलाई भेटेका थिए, र भेलाहरूमा आउन छोडेका छन् भनेर बताइन्। यो सुनेर म छक्‍क परेँ। तिनलाई पक्‍कै पनि धेरै धारणा र भ्रमहरू सुनाइएको हुनुपर्छ। मैले तिनलाई तुरुन्तै सम्पर्क गरेँ, र हामीले भनेको कुरामा आफू अन्योल भएको कुरा तिनले बताए, तर कुन कुरामा अन्योल भएका हुन् भन्‍ने बताएनन्। तिनीसँग कसरी सङ्गति गर्ने मलाई थाहा थिएन, म त अरकच्च परेँ, र के गर्ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई पुकारिरहेँ, र तिनी परमेश्‍वरका भेडा हुन् भने तिनलाई डोऱ्याउनुहोस् भनेर अनुरोध गरेँ, अनि तिनीसँग सङ्गति गर्न मैले गर्न सक्‍ने सबै कुरा गर्न इच्छुक छु भनेर भनेँ। पछि, सिस्टर एनिला र मैले राफाएललाई सँगै सङ्गति गर्न बोलायौँ। तिनले धार्मिक सिद्धान्तहरूबारे बताए, जोसका साथ बोले, प्रभु येशूप्रतिको तिनको भक्ति र विश्‍वास कति दह्रिलो छ र परमेश्‍वर यो देहधारणमा महिला हुनु कसरी असम्‍भव छ भनेर बताए। तिनलाई के लागेको रहेछ भने प्रभु येशू पुरुषको रूपमा देहधारी हुनुभएको र उहाँले स्वर्गका परमेश्‍वरलाई “पिता” भन्नुभएको र धार्मिक संसारका मानिसहरूले स्वर्गका परमेश्‍वरलाई “परमेश्‍वर पिता” भन्ने बानी परेको हुनाले, प्रभु पुरुषको रूपमा आउनुपर्छ, र सर्वशक्तिमान् परमेश्‍वर महिलाको रूपमा देखापरेर काम गर्नु तिनलाई अस्वीकार्य छ। तिनका कुरा सुन्दा, म अलिक बिलखबन्दमा परेँ र कहाँदेखि कुरा थाल्ने भन्‍नेसमेत मलाई थाहा भएन। त्यो बेला, मलाई अचानक भक्तिको रहस्य: उत्तरकथा नामक सुसमाचार चलचित्रबारे याद आयो, र यस चलचित्रमा सङ्गति गरिएको सत्यताले यो समस्या समाधान गर्न सक्थ्यो। त्यसकारण मैले तुरुन्तै भनेँ, “ब्रदर, मलाई विश्‍वास छ प्रभु येशूमाथि तपाईंको विश्‍वास निकै दह्रिलो छ, तर एकछिन सोचौँ त: हामी प्रायः प्रभु येशूलाई प्रार्थना गर्छौँ, तर के उहाँलाई साँच्‍चै चिन्छौँ? के हामीलाई प्रभु येशू परमेश्‍वर स्वयंको देहधारण हुनुहुन्छ भन्‍ने कुरा साँच्‍चै थाहा छ? के उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनेर हामीलाई साँच्‍चै थाहा छ? के हामी प्रभु येशूको ईश्‍वरीय सारलाई चिन्छौँ भनेर भन्‍ने आँट गर्छौँ? प्रभु येशू फर्केर आउनुहुँदा, उहाँलाई चिन्न सक्छौँ भनेर ग्यारेन्टी दिने आँट गर्छौँ? हामीले उहाँमा विश्‍वास गर्नुको खास कारण के हो? के यो उहाँ जन्‍मेको परिवार वा उहाँको स्वरूपको कारण हो?” यसको प्रत्युत्तरमा राफाएलले केही भनेनन्। त्यसपछि मैले तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका केही खण्ड पढेर सुनाएँ। “परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सारतत्त्व भनेको परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो, र यो देह नै परमेश्‍वरका आत्माको वासस्थान भएकोले, देहधारी परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सारतत्त्व नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌)। “देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नुहुन्छ अर्थात् परमेश्‍वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। मैले तिनलाई परमेश्‍वरको वचन पढेर सुनाएपछि यसो भन्दै सङ्गति गरेँ: “हामी सबैलाई थाहै छ, प्रभु येशू सिकर्मीको परिवारमा जन्‍मनुभएको थियो, उहाँ सामान्य देखिनुहुन्थ्यो, बाहिरी रूपमा साधारण व्यक्तिभन्दा फरक हुनुहुन्‍नथियो, तर उहाँ परमेश्‍वरका आत्मा धारण गर्नुभएको शरीर, र देहधारी परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्थ्यो। उहाँ यहूदी हुनुभएकोले हामी उहाँमा विश्‍वास गर्दैनौँ, उहाँ मरियमको गर्भबाट जन्‍मनुभएकोले पनि होइन, उहाँको लिङ्ग वा स्वरूपको कारण विश्‍वास गर्नु त परको कुरा हो। उहाँ परमेश्‍वरका आत्माको सार हुनुहुन्छ, उहाँ नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ, त्यसकारण हामी उहाँमा विश्‍वास गर्छौँ। उहाँले मात्र सत्यता व्यक्त गर्न र ईश्‍वरीय काम पूरा गर्न सक्‍नुहुन्छ। त्यसरी नै, अहिले हामी सर्वशक्तिमान्‌ परमेश्‍वरमा किन विश्‍वास गर्छौँ? किनभने सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, उहाँ फेरि पनि साधारण व्यक्तिको देह धारण गरी आउनुभएका प्रभु येशूका आत्मा हुनुहुन्छ, र हाम्रो बीचमा जिइरहनुभएको छ, उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ, र आखिरी दिनहरूको न्याय र शुद्धीकरणको काम गरिरहनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वर र प्रभु येशू दुवैको स्रोत एउटै हो, र दुवैमा परमेश्‍वरका आत्माको सार छ। परमेश्‍वरको यो देहधारण जुनै परिवारमा जन्‍मे पनि, उहाँ जस्तो देखिनुभए पनि, उहाँको लिङ्ग जुनै भए पनि, यी कुनै कुराले उहाँको सारलाई परिवर्तन गर्न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ, र उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्न यो पर्याप्त छ।”

तिनी क्रमिक रूपमा खोजी गर्न इच्छुक भए, र मैले भनेका सबै कुरामा सहमत छु भनेर भने, तर परमेश्‍वरले यसपटक किन महिलाको रूपमा देहधारी हुने निर्णय गर्नुभयो, त्यो तिनले अझै बुझ्‍न सकेका थिएनन्। तिनी अलिक सहज भएको देखेर, मैले तिनलाई सोधेँ: “के परमेश्‍वरले देहमा काम गर्न छनौट गर्नुहुने स्वरूप वा लिङ्ग हामीले निर्णय गर्न सक्‍ने कुरा हुन्? आमाले हामीलाई जन्‍म दिँदा, हामी उनको रूप छनौट गर्न सक्दैनौँ, उनको रूप जस्तो भए पनि, हामीले चुपचाप यसलाई स्विकार्नुपर्छ। छोराछोरीमा यही समझ हुनुपर्छ। के तपाईं सहमत हुनुहुन्‍न र?” राफाएलले शिर हल्‍लाउँदै भने: “अवश्‍य नै, हामीसँग छनौट गर्ने अधिकार छैन।” त्यसपछि मैले भनेँ: “त्यसरी नै, परमेश्‍वरले अहिले देहधारी हुन छनौट गर्नुभएको देह पुरुष होस् कि महिला, के त्यो हामीले निर्णय गर्न सक्‍ने कुरा हो? यदि हामी परमेश्‍वर पुरुष रूपमा आउनुभयो भने स्विकार्छु, तर महिला रूपमा आउनुभयो भने स्विकार्दिनँ भनेर भन्छौँ भने, के त्यो नासमझी होइन र? परमेश्‍वरको देहधारणको लिङ्ग परमेश्‍वर स्‍वयम्‌ले निर्णय गर्ने कुरा र उहाँको रोजाइ हो। मानिस भएर, हामी सुझाव दिन योग्य छैनौँ, होइन र? परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ। परमेश्‍वरको बुद्धि स्वर्गभन्दा उच्‍च छ र उहाँका विचारहरू मानिसको भन्दा उच्‍च छन्। हामी त तुच्छ मानव मात्र हौँ; हामी कसरी परमेश्‍वरको काममा उहाँको बुद्धिलाई बुझ्‍न सक्छौँ र? परमेश्‍वरको रूप र कामबारे, हामीसँग छनौट गर्ने अधिकार पटक्‍कै छैन। परमेश्‍वर देह बन्‍नुभएको छ, र उहाँ सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको काम गर्नुहुन्छ भने, उहाँको लिङ्ग जुनसुकै भए पनि, उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ, र हामीले उहाँलाई स्विकार्नुपर्छ र मान्नुपर्छ। यसो गर्नु मात्रै समझदारी हो, र बुद्धिमान् व्यक्ति बन्‍नु हो।” मैले सङ्गति दिँदा, राफाएलले उत्सुकतासाथ सुनिरहेका थिए र मेरो कुरा खण्डन गरेनन्।

त्यसपछि मैले तिनलाई बाइबलका केही खण्ड पढेर सुनाएँ: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो(यूहन्‍ना १:१)। “र पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो। र परमेश्‍वरका आत्मा पानीमाथि घुमफिर गर्नुहुन्थ्यो” (उत्पत्ति १:२)। “त्यसकारण परमेश्‍वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले आफ्नै स्वरूपमा उसलाई बनाउनुभयो; पुरुष र महिला गरी तिनीहरूलाई उहाँले सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७)। “त्यसैले तिमीहरू एकदमै होशियार रहो; किनभने हेरोबमा आगोको माझबाट यहोवा तिमीहरूसँग बोल्‍नुभएको दिन तिमीहरूले कुनै पनि आकृति देखेनौ: नत्र तिमीहरूले आफूलाई भ्रष्ट पार्नेछौ, र कुनै पनि आकृति, पुरुष वा स्त्री, पृथ्वीको कुनै पनि पशु, र आकाशमा उड्ने पखेटाधारी कुनै पनि पक्षीको स्वरूपमा मूर्ति बनाउनेछौ” (गन्ती ४:१५-१७)। मैले यसो भन्दै सङ्गति गरेँ: “बाइबलका यी खण्डहरूबाट हामी के देख्‍न सक्छौँ भने परमेश्‍वर सारमा आत्मा हुनुहुन्छ, उहाँको कुनै स्थिर स्वरूप छैन, र मानिसलाई उहाँको आराधना गर्न कुनै प्रतिमा बनाउन दिनुहुन्न। उत्‍पत्तिको पुस्तकमा यस्तो लेखिएको छ, आदिमा, परमेश्‍वरले पहिले आफ्‍नै स्वरूपमा पुरुष, र त्यसपछि स्त्री सृष्टि गर्नुभयो। अब तपाईं परमेश्‍वरलाई पुरुष कि स्‍त्री भन्‍नुहुन्छ? यदि तपाईं परमेश्‍वर पुरुष हुनुहुन्छ भनेर भन्‍नुहुन्छ भने, उहाँले स्‍त्रीलाई पनि आफ्‍नै स्वरूपमा सृष्टि गर्नुभयो, वा यदि तपाईं परमेश्‍वर महिला हुनुहुन्छ भनेर भन्‍नुहुन्छ भने, उहाँले पुरुषलाई आफ्‍नै स्वरूपमा सृष्टि गर्नुभयो, कुरा के हो? परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र उहाँले पुरुष र स्‍त्रीलाई आफ्‍नै स्वरूपमा सृष्टि गर्नुभयो। उहाँ पहिलोपटक पुरुषको रूपमा देहधारी हुनुभयो, र आखिरी दिनहरूमा उहाँ महिलाको रूपमा देहधारी हुनुभएको छ, अर्थात् उहाँले दुवै लिङ्गलाई निष्पक्ष रूपमा लिनुहुन्छ। यदि परमेश्‍वर दुवैपटक पुरुषको रूपमा देहधारी हुनुभएको भए, महिलाप्रति पक्षपात हुनेथियो। परमेश्‍वर पुरुष वा महिला हुनुहुन्छ भनेर भन्‍नु उहाँलाई सीमित गर्नु हो, जुन कुरालाई उहाँ सबैभन्दा बढी घृणा गर्नुहुन्छ। परमेश्‍वर हरेकपटक मानवजातिलाई मुक्ति दिन नै देहधारी बन्‍नुहुन्छ, र देहधारी हुनु भनेको मानव स्वरूप लिनु हो, चाहे त्यो पुरुष होस् वा स्‍त्री। तर, परमेश्‍वर जुन लिङ्गमा देहधारी हुनुभए पनि, उहाँको सार अनन्त रूपमा अपरिवर्तनीय हुन्छ।” यो सुनेपछि, राफाएलको केही हदसम्‍म होस खुल्यो र तिनले भने: “परमेश्‍वर आखिरी दिनहरूमा महिलाको रूपमा देहधारी हुनु साँच्‍चै नै अर्थपूर्ण रहेछ!”

त्यसपछि मैले तिनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका केही खण्ड पठाएँ। “परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। “यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। “परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)। परमेश्‍वरको वचन पढेपछि, सिस्टर एनिलाले यसो भन्दै सङ्गति दिइन्: “परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन, र उहाँ आफ्‍नो काम कहिल्यै दोहोर्‍याउनुहुन्‍न। परमेश्‍वरको काम सधैँ नवीकरण भइरहेको, परिवर्तन भइरहेको, र सधैँ उच्‍च भइरहेको हुन्छ। यदि परमेश्‍वरले काम दोहोर्‍याउनुभएको भए, मानिसहरूले उहाँलाई सीमित गर्ने सम्‍भावना हुनेथियो र हामीसँग उहाँबारे साँचो ज्ञान हुनेथिएन। पहिलोपटक देहधारी परमेश्‍वर पुरुषको रूपमा आउनुभयो, त्यसोभए, प्रभु फेरि पुरुषको रूपमा देहमा आउनुभएको भए परिणामहरू के हुनेथिए? मानिसहरूले परमेश्‍वरलाई पुरुषको रूपमा सीमित गर्नेथिए, र परमेश्‍वरले पुरुषलाई मात्रै मान्यता दिनुहुन्छ, निगाह गर्नुहुन्छ, महिलालाई प्रेम गर्नुहुन्‍न र तिनीहरूबाट अलग बस्‍नुहुन्छ भनेर सोच्‍नेथिए, त्यसकारण महिलाप्रति सदाका लागि पक्षपात हुनेथियो। के त्यो सही बुझाइ हो? के यो महिलाप्रति निष्पक्षता हो? के यो परमेश्‍वरको इच्‍छाअनुरूप छ? के यी कुराहरू मानव धारणा र कल्‍पना मात्रै होइनन् र? परमेश्‍वर धर्मी हुनुहुन्छ, अनि पुरुष र स्‍त्री दुवैसँग समान व्यवहार गर्नुहुन्छ। परमेश्‍वर एकपटक पुरुषको रूपमा र एकपटक महिलाको रूपमा देहधारी हुनुभएको छ। यो अत्यन्तै अर्थपूर्ण कुरा हो! परमेश्‍वर आखिरी दिनहरूमा महिलाको रूपमा देहधारी हुनुले हरेकका धारणा परिवर्तन गरेको छ, परमेश्‍वरसम्‍बन्धी मानिसको गलत बुझाइलाई उल्ट्याएको छ, परमेश्‍वरप्रति मानिसले लगाएको सीमिततालाई तोडेको छ, र परमेश्‍वर पुरुषका मात्र होइन, तर महिलाका पनि परमेश्‍वर हुनुहुन्छ भनेर मानिसहरूलाई देखाएको छ। परमेश्‍वर सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरलाई पुरुष वा स्‍त्रीको रूपमा सीमित गर्न कसैले पनि आफ्‍ना धारणाहरू प्रयोग गर्न सक्दैन।”

त्यसपछि मैले भनेँ: “वास्तवमा, परमेश्‍वरले आफ्‍ना देहधारणहरूमा जुनै रूप लिनुभए पनि, उहाँको सार परिवर्तन हुँदैन। ती त देहधारी परमेश्‍वरका आत्मा हुन्, तिनले परमेश्‍वर स्‍वयम्‌लाई प्रतिनिधित्व गर्छन्, र ईश्‍वरीय काम गर्न सक्छन्। अनुग्रहको युगमा, परमेश्‍वर देह बन्‍नुभयो र मानवजातिको पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। प्रभु येशू पुरुष हुनुहुन्थ्यो र मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिन सक्‍नुभयो। त्यो पहिलोपटक परमेश्‍वर महिलाको रूपमा देहधारी हुनुभएको भए पनि, उहाँले छुटकाराको काम पूरा गर्न, र मानिसलाई पश्‍चात्तापको मार्ग दिन सत्यता व्यक्त गर्न सक्‍नुहुन्थ्यो। त्यसकारण, परमेश्‍वरको देहधारणको लिङ्ग र रूप महत्त्वपूर्ण हुँदैनन्, र उहाँमा महान्‌ रूप छ कि छैन त्यो महत्त्वपूर्ण हुँदैन। महत्त्वपूर्ण कुरा भनेको उहाँमा परमेश्‍वरको सार छ, उहाँ सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, र मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ। साँचो मार्ग अनुसन्धान गर्दा हामीले ध्यान दिनुपर्ने कुरा यिनै मात्र हुन्।” त्यसपछि मैले तिनलाई परमेश्‍वरको वचनको अर्को खण्ड पढेर सुनाएँ: “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। मैले यसो भन्दै सङ्गति जारी राखेँ: “परमेश्‍वरको वचन अत्यन्तै स्पष्ट छ। यो परमेश्‍वरको देहधारण हो कि होइन भनेर पत्ता लगाउन, हेर्नुपर्ने मुख्य कुरा भनेको उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ कि हुन्‍न भन्‍ने हो। साँचो मार्ग अनुसन्धान गर्दा परमेश्‍वरको आवाज सुन्न ध्यान दिनुभएन, बरु देहधारणको रूप र लिङ्गअनुसार मूल्याङ्कन गर्नुभयो भने, के तपाईंले पनि येशूलाई विरोध गर्ने फरिसीहरूको गल्ती गरिरहनुभएको हुँदैन र? फरिसीहरूले प्रभु येशूको पारिवारिक पृष्ठभूमि र उहाँको रूप तिनीहरूका धारणा र मसीहसम्‍बन्धी तिनीहरूका भ्रमसँग मिल्दै नमिल्‍ने देखे, त्यसकारण तिनीहरूले प्रभु येशूका वचनहरू वा काम खोजी वा अनुसन्धान नै नगरी उहाँलाई त्यतिकै आलोचना गरे र दोष लगाए। अन्त्यमा, तिनीहरूले येशूलाई क्रूसमा टाँगे, परमेश्‍वरको स्वभावलाई चिढ्याए, यसरी तिनीहरूले दण्डाज्ञा पाए। यदि मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढ्दैनन् वा परमेश्‍वरको आवाज सुन्‍न ध्यान दिँदैनन्, तर परमेश्‍वर महिलाको रूपमा देहधारी हुनु तिनीहरूका धारणासँग नमिल्‍ने हुनाले सर्वशक्तिमान् परमेश्‍वरलाई इन्कार र विरोध गर्छन् भने, के यो परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु होइन र?”

सङ्गतिपछि, राफाएलले खोजी गरिरहनेछु भनेर भने, र भोलिपल्ट साँझको भेलामा बोलाउँदा, तिनी सहजै राजी भए। तर अचम्‍मको कुरो, तिनी भोलिपल्ट साँझको भेलामा आएनन् र कल गर्दा उठाएनन्। मलाई निकै चिन्ता लाग्यो। त्यसकारण हरेक बिहान, म उठ्नेबित्तिकै तिनलाई परमेश्‍वरका केही वचन पठाउँथेँ, किनभने कुनै दिन तिनले प्रतिक्रिया दिनेछन् भन्‍ने मलाई आस थियो। तर तिनले कहिल्यै मेरा मेसेजहरू पढेनन् र मेरो आशा साँच्‍चै मरिसकेको थियो। पछि, मैले तिनलाई सम्पर्क गर्न अरू ब्रदर-सिस्टरहरूलाई लगाएँ, तर तिनलाई सम्पर्क गर्नै सकिएन। मेरो फेरि आशा मऱ्यो, र यस्तै हुनुपर्ने होला भन्‍ने सोचेँ। मैले तिनलाई पूर्ण रूपमा त्याग्‍न लागेको बेला, इटालियन व्यक्तिलाई सुसमाचार प्रचार गरेको एक सिस्टरको अनुभव भेट्टाएँ। तिनले प्रचार गरेका यी ब्रदरलाई मैले चिन्‍ने रहेछु र सुसमाचार प्रचारकार्यमा तिनी मेरा सहकर्मी थिए। यी ब्रदरको मानवता राम्रो थियो र सत्यता राम्ररी बुझेका थिए, तर ती सिस्टरले तिनीलाई प्रचार गर्दा तिनमा निकै धेरै धारणा थिए, वा तिनी दुई महिनासम्‍म सम्पर्कविहीन भएका थिए भनेर मैले अपेक्षा गरेकी थिइनँ। तैपनि, सिस्टरले लत्तो छोडिनन्। उनले प्रतीक्षा गरिरहिन् र तिनीसँग परमेश्‍वरको वचनमा सङ्गति गर्ने मौका खोजिरहिन्, र अन्त्यमा सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले तिनका धारणाहरू एक-एक गरी हटायो, र तिनले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारे। सिस्टरको अनुभव साँच्‍चै हृदयस्पर्शी थियो र यसले मलाई लज्जित तुल्यायो। परमेश्‍वरसामु आउने हरेक व्यक्तिको लागि उहाँले कसरी ठूलो मूल्य चुकाउनुभएको हुन्छ भनेर मैले सोचेँ। यदि मैले मानिसलाई मुक्ति दिने परमेश्‍वरका हार्दिक अभिप्रायहरू बुझेकी भए, उहाँको इच्‍छा पालना गर्नुपर्थ्यो। तर अलिकति कठिनाइ आउँदा नै, म पछि हटेर लत्तो छोड्न तयार भएँ। ममा दृढताको साँच्‍चै नै कमी थिएछ। मेरो बफादारी र गवाही कहाँ थिए? त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ। “सुसमाचार फैलाउने क्रममा, तैँले सुरुमा आफ्‍नो जिम्‍मेवारीसँग सम्बन्धित अपेक्षाहरू पूरा गर्न सक्‍नुपर्छ। तैँले गर्न सक्‍ने र गर्नुपर्ने सबै कुरा गर्नको लागि आफ्‍नो विवेक र समझलाई पछ्याउनुपर्छ। तैँले साँचो मार्गबारे सोचविचार गर्ने व्यक्तिमा भएको कुनै पनि धारणा वा उसले उठाउने कुनै पनि प्रश्‍नको हल प्रेमपूर्वक प्रदान गर्नुपर्छ। यदि तैँले हल प्रदान गर्न सक्दैनस् भने, परमेश्‍वरका वचनहरूको सान्दर्भिक खण्डहरू खोजी पढेर सुनाउन सक्छस्, वा अनुभव गवाहीका क्लिपहरू वा केही उपयुक्त भिडियोहरू देखाउन सक्छस्। यो प्रभावकारी हुन सक्‍ने सम्‍भावना अधिक हुन्छ; अनि, कम्तीमा पनि तैँले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरिरहेको हुन्छस्, र तँलाई तेरो विवेकले दोष दिनेछैन। तर यदि तँ लापरवाही भएर झारा टार्ने काम गर्छस् भने, तैँले सबै कुरा कमजोर तुल्याउने सम्‍भावना हुन्छ, र त्यस व्यक्तिलाई विश्‍वासमा ल्याउन सहज हुनेछैन। अरूलाई सुसमाचार सुनाउने क्रममा, व्यक्तिले आफ्‍नो जिम्‍मेवारीअनुसार काम गर्न सक्‍नुपर्छ। ‘जिम्‍मेवारी’ भन्‍ने शब्‍दलाई कसरी बुझ्नुपर्छ? यसलाई सही रूपमा कसरी अभ्यास र लागू गर्नुपर्छ? प्रभुलाई स्वागत गरेपछि र परमेश्‍वरको कामको अनुभव गरेपछि, तैँले उहाँको देखापराइको तृष्णा गर्नेहरूलाई उहाँको कामको गवाही दिने दायित्व पाएको हुन्छस् भन्‍ने कुरा तैँले बुझ्‍नुपर्छ। त्यसो भए, तैँले कसरी तिनीहरूलाई यो कुरा बाँड्नुपर्छ? अनलाइन होस् वा वास्तविक रूपमा होस्, तैँले मानिसहरूलाई जुन तरिकाले विश्‍वासमा ल्याउँछ र जुन तरिका प्रभावकारी हुन्छ त्यही तरिकाले यो कुरा बाँड्नुपर्छ। सुसमाचार फैलाउने काम तँलाई मन लागेको बेला गर्ने, राम्रो मनस्थिति हुँदा गर्ने र राम्रो मनस्थिति नहुँदा नगर्ने कुरा होइन। न त यो तेरो रोजाइले आफूलाई उपयुक्त लाग्‍ने गरी छनौट र इच्‍छा गरेर गर्ने काम हो, न त तँलाई मन पर्ने मानिसहरूलाई सुनाउने र मन नपर्ने मानिसहरूलाई नसुनाउने कुरा नै हो। सुसमाचार परमेश्‍वरका मागहरूअनुसार र उहाँको घरका सिद्धान्तहरूअनुसार फैलाउनुपर्छ। तैँले परमेश्‍वरद्वारा सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी र दायित्व पूरा गर्नुपर्छ र साँचो मार्गको बारेमा सोचविचार गर्ने मानिसहरूलाई आफूले बुझेका सत्यताहरू, परमेश्‍वरका वचनहरू, अनि परमेश्‍वरको कामको बारेमा गवाही दिन आफ्‍नो क्षमताले भ्याउन्जेल सक्दो गर्नुपर्छ। परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो जिम्‍मेवारी र कर्तव्य पूरा गर्नु भनेको त्यही हो। सुसमाचार प्रचार गर्ने क्रममा व्यक्तिले के गर्नुपर्छ? उसले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, आफूले सकेजति सबै गर्नुपर्छ, र हर मूल्य चुकाउन इच्छुक बन्‍नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। “त्यसो भए, साँचो मार्गको अनुसन्धान गरिरहेको व्यक्तिसँग कस्तो व्यवहार गरिनुपर्छ? यदि ऊ परमेश्‍वरको घरले तय गरेका सुसमाचार प्रचारका सिद्धान्तहरूभित्र पर्छ भने, उसलाई सुसमाचार सुनाउनु हाम्रो दायित्व हुन्छ; र उसको वर्तमान मनोवृत्ति कमजोर र अग्रहणशील भए पनि, हामीले धैर्यता अभ्यास गर्नुपर्छ। हामी कति लामो समय र कति हदसम्‍म धैर्य हुनुपर्छ? जबसम्‍म तिनीहरूले तँलाई इन्कार गरेर तँलाई आफ्‍नो घरमा पस्‍न दिँदैनन्, र जति छलफल गरे पनि, तिनीहरूलाई कल गरे पनि, वा तिनीहरूलाई निम्तो दिन अरू कसैलाई पठाउँदा पनि पार लाग्दैन, अनि तिनीहरूले तँलाई स्वीकार गर्दैनन्, तबसम्‍म। त्यसपछि तिनीहरूलाई सुसमाचार सुनाउने कुनै उपाय हुँदैन। त्यतिखेर तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको हुन्छस्। कर्तव्यपालन भनेको त्यही हो। जबसम्‍म थोरै भए पनि आशा बाँकी हुन्छ, तबसम्‍म तैँले सकेजति सबै उपाय सोच्‍नुपर्छ र तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउन र उहाँको कामको गवाही दिन सक्दो गर्नुपर्छ। उदाहरणको लागि, मानौँ तँ कसैको सम्पर्कमा रहेको दुईतीन वर्ष भयो। तैँले उसलाई सुसमाचार सुनाउने र परमेश्‍वरको गवाही दिने धेरै प्रयास गरिस्, तर उसँग यसलाई स्वीकार गर्ने कुनै अभिप्राय छैन। तर उसले यी सबै कुरा निकै राम्ररी बुझ्‍न सक्छ, र ऊ साँच्‍चै नै सुसमाचार प्रचार गर्न लायक व्यक्ति हो। तब, तैँले के गर्नुपर्छ? सर्वप्रथम त, तैँले तिनीहरूलाई छोड्नु हुँदैन, तर तिनीहरूसँग सामान्य सम्‍बन्ध कायम राख्‍नुपर्छ, र तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाइरहनुपर्छ र उहाँको कामको गवाही दिइरहनुपर्छ। तिनीहरूप्रति हरेस नखा; अन्त्यसम्‍मै धैर्य गर्। कुनै दिन, तिनीहरूको होस खुल्‍नेछ र तिनीहरूले अब साँचो मार्गको अनुसन्धान गर्ने समय आयो भन्‍ने अनुभव गर्नेछन्। त्यसैले सुसमाचार प्रचार गर्दा अटुट धैर्यता र लगनशीलताको अभ्यास गर्नु महत्त्वपूर्ण हुन्छ। अनि किन यसो गर्ने? किनभने यो सृष्टि गरिएको प्राणीको कर्तव्य हो। तँ तिनीहरूको सम्पर्कमा छस्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउने दायित्व र जम्‍मेवारी तेरै हुन्छ। तिनीहरूले पहिलोपटक परमेश्‍वरका वचनहरू र सुसमाचार सुनेको दिनदेखि तिनीहरू सही दिशामा फर्केको दिनसम्‍म, थुप्रै प्रक्रियाहरू संलग्‍न हुनेछन्, र यसको लागि समय लाग्छ। तिनीहरूले आफूलाई सही दिशामा नफर्काउन्जेल, र तैँले तिनीहरूलाई परमेश्‍वरकहाँ, उहाँको परिवारमा नल्याउन्जेलसम्‍मको अवधिमा धैर्यता र प्रतीक्षाको आवश्यकता हुन्छ। यो तेरो दायित्व हो। दायित्व भनेको के हो? यो यस्तो जिम्‍मेवारी हो, जसबाट पन्छिन मिल्दैन, र जसमा व्यक्ति कर्तव्यले नै बाँधिएको हुन्छ। यो आमाले बच्‍चालाई गर्ने व्यवहारजस्तै हो। बच्‍चा जति नै अनाज्ञाकारी वा उपद्रे भए पनि, वा ऊ बिरामी भएर खान नसक्‍ने भए पनि, आमाको दायित्व के हुन्छ? तँ उनको सन्तान भएकोले, उनी तँप्रति मरिहत्ते गर्छिन्, र तँलाई प्रेम र वास्ता गर्छिन्। तैँले उनलाई आफ्‍नी आमाको रूपमा स्वीकार गरे पनि नगरे पनि त्यसले केही फरक पार्दैन, र तैँले उनीसँग जसरी व्यवहार गरे पनि त्यसले केही परक पार्दैन—तैँले उनी तेरी आमा हुन् भनी विश्‍वास गरेर उनको अङ्गालोमा नफर्किञ्‍जेलसम्‍म उनले त्यसरी नै तँलाई साथ दिइरहन्छिन्, तँलाई एकछिन पनि छोड्दिनन्। यसरी, उनले तँलाई अटुट रूपमा हेरचाह र वास्ता गरिरहन्छिन्। जिम्‍मेवारी भनेको यही हो; कर्तव्यले बाँधिनु भनेको यही हो। यदि सुसमाचार प्रचार गर्नेहरूले मानिसहरूप्रति यस्तै प्रेम राखेर, यसरी नै अभ्यास गरे भने, तिनीहरूले सुसमाचार प्रचारका सिद्धान्तहरू पालन गरिरहेका हुन्छन्, र तिनीहरू पूर्ण रूपमा नतिजाहरू हासिल गर्न सक्षम हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढेपछि, मलाई लाज र अति दुःख लाग्यो। सुसमाचार प्रचारकहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरूबारे परमेश्‍वरले स्पष्टसित बताउनुभएको छ। सुसमाचार ग्रहण गर्न सक्ने हरेक सम्भाव्य व्यक्तिको अवस्था फरक हुन्छ र तिनीहरूलाई फरक-फरक व्यवहार गर्नुपर्छ। आफ्‍ना धारणा, कल्‍पना, वा पूर्वाग्रहमा भर पर्दै तिनीहरूलाई टाढा राख्नु र सीमित गर्नु हुँदैन, सोचविचार नगरी तिनीहरूलाई छोडिदिने त परको कुरा हो। यदि तिनीहरू सुसमाचार ग्रहण गर्ने योग्य व्यक्ति हुन् भनेर निर्धारित गर्नुभयो भने, तपाईंले सक्दो प्रयास गर्नैपर्छ र तिनीहरूलाई परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिन कुनै पनि माध्यम प्रयोग गर्नैपर्छ, र तिनीहरूलाई परमेश्‍वरसामु लैजानैपर्छ। सुसमाचार प्रचार गर्दा व्यक्तिले पालना गर्नुपर्ने सिद्धान्त यिनै हुन्। तैपनि, ब्रदर राफाएललाई केही समय सम्पर्क गर्न नसक्दा नै, मेरो धैर्य र करुणा सकियो। म कठिन समयबाट गुज्रिरहेकी थिएँ र मलाई तिनीसँग सङ्गति गर्न निरन्तर प्रयास गर्ने इच्‍छा भएन, र हामीलाई बेवास्ता गरेको, हाम्रो फोन नउठाएको, र हाम्रा मेसेजहरू नपढेको देख्दा, मलाई लाग्यो, अरू के नै गर्न सकिन्छ र? मैले गर्नुपर्ने सङ्गति गरेकी थिएँ, तर राफाएलले साँचो मार्ग स्विकारिरहेका थिएनन्, र म थप प्रयास गर्न सक्दिनथिएँ, त्यसकारण मैले केही समयका लागि तिनलाई पन्छाएँ। तर मलाई निकै अप्ठ्यारो लाग्यो। यी ब्रदरको विश्‍वास सच्‍चा, अनि तिनमा राम्रो क्षमता र बुझ्‍ने सामर्थ्य छ, तर पादरीको बाधा र गलत डोऱ्याइको कारण तिनी धार्मिक धारणाहरूको कब्जामा परेका छन् भनेर मैले सोचिरहेँ। मैले तिनलाई यो नाजुक घडीमा सहयोग गर्नुपर्थ्यो, र केवल हात बाँधेर बस्‍नु हुँदैनथियो। नत्र, मैले सुसमाचार प्रचारकका जिम्‍मेवारीहरू पूरा गरिरहेकी हुनेथिइनँ। त्यसकारण मैले तिनलाई सहयोग गर्ने आशामा एउटा गवाही निबन्ध पठाएँ। तिनले पढे पनि नपढे पनि, मैले आफूले गर्न सक्‍ने सबै कुरा गर्नुपर्थ्यो।

केही दिनपछि, तिनले मलाई यसो भन्दै मेसेज पठाए: “मैले यो अवधिभरि प्रार्थना गरिरहेको थिएँ। मैले केही नभने पनि, परमेश्‍वरले हाम्रो हृदयलाई खोज्नुहुन्छ भन्‍ने मलाई थाहा छ। गल्ती गरेर परमेश्‍वरलाई नचिढ्याउन मैले हृदयदेखि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई अन्तर्दृष्टि र डोऱ्याइ माग्न पुकारिरहेको थिएँ।” म निकै भावुक भएँ, र तिनले प्रत्युत्तरमा यसो भनेको देखेँ: “यो संसार अति भ्रष्ट र दुष्ट छ। मानिसहरूलाई परमेश्‍वरको नजिक जान अत्यन्तै गाह्रो छ। दुष्टविरुद्धका हातहतियार भनेकै सर्वशक्तिमान्‌ परमेश्‍वर र बाइबल हुन्।” तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन स्वीकार गरेका थिए, र यसबाट तिनी परमेश्‍वरको आवाज बुझ्‍न सक्छन् र फर्केर आउने सम्‍भावना छ भन्‍ने कुरा प्रमाणित भयो। तर तिनको मनमा भीषण द्वन्द्व चलिरहेको छ भन्‍ने मलाई थाहा थियो, र कुनै पनि बेला तिनले मेरा मेसेजहरू पढ्न छोड्ने सम्‍भावना छ भन्‍ने मलाई चिन्ता लाग्यो। म अत्यन्तै चिन्तित थिएँ, त्यसकारण मैले आफूलाई शान्त पारेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ। प्रार्थना गर्ने क्रममा, मलाई परमेश्‍वरको वचनको एउटा वाक्यांश याद आयो, “परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन।” र मैले परमेश्‍वरको वचनको यो खण्ड पढ्नलाई हतपत खोजेँ। “निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: ‘त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?’ यी, परमेश्‍वर र योनाबीचको कुराकानीबाट अभिलेख गरिएका यहोवा परमेश्‍वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता अनि मानवजातिलाई त्याग्‍ने उहाँको अनिच्‍छाले भरिएको छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। “योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्‍वरले दिनुभएका वचन घोषणा गर्ने जिम्‍मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्‍वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्‍वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्‍वरको आफ्‍नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्‍नो काँधमा परमेश्‍वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्‍वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्‍वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकालाई बहुमूल्य ठानेका थिए, त्यसरी नै परमेश्‍वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्‍नै हातको काम हो, त्यसलाई बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने कुरा पनि बतायो। परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरको वचन पढेपछि, म भावुक भएँ, र मैले राफाएललाई भनेँ: “ब्रदर, तपाईं सोचविचार गर्ने व्यक्ति हुनुहुन्छ र परमेश्‍वरको आवाज बुझ्‍न सक्‍नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनुभएको छ र हाम्रो भरणपोषण गर्न हामीलाई पापको बन्धनबाट मुक्त गर्न, र उहाँको राज्यमा लैजान सत्यताका लाखौँ वचन दिनुभएको छ। हाम्रो भाग्य र परिणामहरूसँग सम्‍बन्धित यो विषयलाई तपाईंले राम्ररी विचार गर्न सक्नुहुन्छ भन्‍ने मलाई आशा छ। म तपाईंका लागि प्रार्थना गरिरहेकी हुनेछु। परमेश्‍वरले तपाईंको हृदय खोलेर उहाँको घरमा चाँडै आउन तपाईंलाई सहयोग गरून्।” त्यसपछि मैले तिनलाई परमेश्‍वरको वचनका तीनवटा खण्डहरूको वाचन पठाएँ र तिनको प्रतिक्रिया पर्खेँ। यीमध्ये, परमेश्‍वरको वचनको एउटा खण्डले तिनलाई मनन गर्न, र परिवर्तनको मोडमा पुऱ्याउन सहयोग गरेको थियो।

परमेश्‍वरका वचनहरूले भन्छ, “सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा आइनहाल; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू कम्तीमा पनि नम्र र श्रद्धापूर्ण हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले पनि अरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदर हुँदा पनि तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, ‘यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन’ वा ‘यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्’ भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरू देखा पर्ने भएकोले गर्दा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरूले आफू छलमा पर्ने डरले गर्दा पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा गर्नु हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्य होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। त्यस दिन राफाएलले परमेश्‍वरको वचनको यो खण्ड पढे र तिनले मलाई आफ्‍नो भावना र बुझाइबारे लामो मेसेज पठाए। गलत मार्ग पो लिइने हो कि भनेर तिनी द्विविधामा र चिन्तित छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु अर्को सम्प्रदाय मान्‍नु र येशूलाई धोका दिनु हो भन्‍ने तिनलाई डर लागेको छ भन्‍ने मलाई थाहा थियो। मैले तिनलाई परमेश्‍वरको वचनको एउटा खण्ड खोजेर पठाएँ र यसो भन्दै सङ्गति गरेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली कुनै पनि धार्मिक समूहमा पर्दैन। यो त प्रभु येशूको आगमन र कामको कारण अस्तित्वमा आएको हो, कसैले स्थापना गरेको नयाँ सम्प्रदाय होइन। सर्वशक्तिमान्‌ परमेश्‍वरले न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ, यसरी उहाँले राज्यको युग सुरु गर्नुभएको छ र व्यवस्थाको युग अन्त्य गर्नुभएको छ। देहधारी परमेश्‍वर स्वयम्‌बाहेक यो संसारमा कुनै पनि अगुवा, वा महान् वा चर्चित व्यक्तिले सत्यताहरू व्यक्त गर्न, मानवजातिलाई अगुवाइ गर्न वा मुक्ति दिन सक्दैन। एक जनाले पनि सक्दैन! सर्वशक्तिमान्‌ परमेश्‍वरको काम येशू वा यहोवाको कामभन्दा फरक भए पनि, सारमा उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ। यहोवा, येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर फरक-फरक युगमा परमेश्‍वरले लिनुभएका फरक-फरक नाम मात्र हुन्। तर परमेश्‍वरको नाम वा काम जसरी परिवर्तन भए पनि, उहाँको सार परिवर्तन हुँदैन। परमेश्‍वर अनन्त परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वर भन्नुहुन्छ, ‘येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका आत्माको काम थिए। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नुबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ। … यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन अत्यन्तै स्पष्ट छ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम तीन चरणमा विभाजित छन्। पहिलो चरण व्यवस्थाको युग थियो, जसमा यहोवारले व्यवस्था जारी गर्नुभयो र पृथ्वीमा मानिसको जीवनको अगुवाइ गर्नुभयो। दोस्रो चरण अनुग्रहको युगमा छुटकाराको काम थियो, र मानवजातिको पापबलिको रूपमा परमेश्‍वर देहधारी हुनुभएको यो पहिलोपटक थियो। तेस्रो चरणको काम आखिरी दिनहरूको न्यायको काम हो जुन कामबारे प्रकाशको पुस्तकमा अगमवाणी गरिएको छ। कामका यी तीन चरण मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको पूर्ण व्यवस्थापन योजना हुन्। परमेश्‍वरले हरेक युगमा फरक-फरक काम गर्नुहुन्छ, तर यी सबै तीन चरणका काम एउटै परमेश्‍वरले गर्नुहुन्छ। म एउटा सरल उदाहरण दिन्छु। परमेश्‍वरको व्यवस्थापन कामलाई घर निर्माण गर्नुसँग तुलना गर्न सकिन्छ। व्यवस्थाको युगले घरको जगलाई प्रतिनिधित्व गर्छ, र जगविना घर निर्माण गर्न सकिँदैन। अनुग्रहको युगले घरको संरचनालाई प्रतिनिधित्व गर्छ, र संरचनाविना घरले आकार लिन सक्दैन। राज्यको युग छानाजस्तै हो। यो अन्तिम चरणविना, घर अपूर्ण रहन्छ र बतास वा झरीलाई थाम्‍न सक्दैन, त्यसकारण यी तीनवटै चरण अपरिहार्य छन्। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ प्रभु येशूलाई त्यागेका छौँ भन्‍ने होइन, हामी अर्कै परमेश्‍वरमा विश्‍वास गर्छौँ भन्‍ने कुरा त परै जाओस्। हामी थुमाका पाइलाहरू मात्रै पछ्याइरहेका छौँ। संसारमा अहिले धेरै प्रमुख धर्महरू छन्, र परमेश्‍वरका विश्‍वासीहरू दुई हजारभन्दा बढी सम्प्रदायमा बाँढिएका छन्। तिनीहरूको पहिलेका सम्प्रदाय जुनसुकै भए पनि, साँचो विश्‍वास भएका र परमेश्‍वरको आगमनको तृष्णा गर्ने धेरैभन्दा धेरै ब्रदर-सिस्टरहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम, र उहाँको वचनको मलजल अनि भरणपोषण स्विकार्न आएका छन्। यो स्पष्ट तथ्य हो। यसले बाइबलको यो भविष्यवाणी पनि पूरा गर्छ: ‘ताकि समयको पूर्णता आएपछि उहाँले स्वर्ग र पृथ्वी दुवैमा भएका सबै थोकलाई ख्रीष्टमा एकट्ठा गर्नुहुनेछ’ (एफिसी १:१०)। ‘अनि आखिरी दिनहरूमा यस्तो हुनेछ, कि यहोवाको भवन भएको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित गरिनेछ र पहाडहरूमाथि उठाइनेछ; र सबै जातीहरू यसतर्फ आउनेछन्(यशैया २:२)।” मैले भनेको कुरा सुनेपछि, तिनले प्रार्थना दर्शाउने इमोजी पठाएर भने: “तपाईंले ठिक भन्‍नुभयो, सर्वशक्तिमान्‌ परमेश्‍वर एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र हामी सबै सर्वशक्तिमान्‌ परमेश्‍वरको नामको छत्रछायामाआउनुपर्छ। सर्वशक्तिमान् परमेश्‍वरले मलाई बोलाउनुहुन्छ। उहाँ मेरो हृदय, मेरा चिन्ता र डरहरू जान्‍नुहुन्छ।” त्यसपछि मैले तिनलाई केही सुसमाचार चलचित्र र परमेश्‍वरका केही वचन पठाएँ। मैले परमेश्‍वरलाई प्रार्थना पनि गरेँ, र अन्त्यमा तिनी भेलाहरूमा आए पनि नआए पनि, मैले आफूले गर्न सक्‍ने सबै कुरा गर्नुपर्छ, र प्रतीक्षा गर्न, खोजी गर्न, र समर्पित हुन सिक्‍नुपर्छ भनेर भनेँ।

चार दिनपछि, मैले तिनीबाट अनपेक्षित मेसेज पाएँ, जसमा तिनले भेलाहरूमा सहभागी भइरहन सकिन्छ कि भनेर सोधेका थिए। तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन उनको लागि अत्यन्तै मूल्यवान् छ र तिनी यसविना बाँच्‍न सक्दैनन् भनेर पनि भने। परमेश्‍वरको वचनबाट तिनले धेरै सत्यता र बाइबलका रहस्यहरू बुझे। परमेश्‍वरको वचनले तिनलाई तानेको थियो। त्यो बेला, मैले भावुक भएर आँसु झारेँ। म साँच्‍चै परमेश्‍वरलाई धन्यवाद दिन्छु! तिनले मैले पठाएका परमेश्‍वरका वचनहरू पढेको, र त्यहाँका प्रश्‍नहरूले तिनलाई एकदमै द्विविधामा पारेको कुरा बताए। तिनले यसो पनि भने: “म आफ्‍नो विश्‍वासमा लापरवाह हुनु हुँदैनथ्यो वा यसलाई खेलको रूपमा लिनु हुँदैनथ्यो, त्यसकारण मैले अनुसन्धान गरिरहने निर्णय गरेँ। मेरो लागि प्रभुको पुनरागमन अत्यन्तै महत्त्वपूर्ण छ र म उहाँलाई स्वागत गर्ने मौका गुमाएर अन्त्यमा उहाँलाई चिढ्याउन वा त्याग्‍न चाहँदिनथिएँ।” म अत्यन्तै उत्साहित र परमेश्‍वरप्रति कृतज्ञ भएँ! मैले परमेश्‍वरको वचनको अख्‍तियार र शक्ति साँच्‍चै महान् छ भन्‍ने देखेँ! तिनलाई परिवर्तन गर्ने र सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्न लगाउने परमेश्‍वरको वचन नै थियो।

यो अनुभवले मलाई निकै प्रभाव पार्‍यो र मलाई के पनि बुझ्‍न लगायो भने सुसमाचार ग्रहण गर्न सक्ने जस्तोसुकै सम्भाव्य व्यक्ति मैले भेट्टाए पनि, उसले परमेश्‍वरको आवाज बुझ्न सक्छ भने, उसलाई परमेश्‍वरको घरमा ल्याउन मैले आफ्‍नो कर्तव्य र दायित्व पूरा गर्नुपर्छ। यसरी आफ्‍नो कर्तव्य पूरा गरेर मात्रै हामी ऋणी महसुस गर्न र पछुतो गर्न छोड्न सक्छौँ। परमेश्‍वर धन्यवाद! सारा महिमा परमेश्‍वरलाई होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक पाष्टरलाई प्रचार गरेको कथा

यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्‍वास गरेका एक वृद्ध पाष्टरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे...

अपरिहार्य कर्तव्य

सेप्टेम्‍बर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि, मैले भेलाहरूमा निरन्तर सहभागिता जनाउन...

सधैँ अरूलाई खुसी पार्दा के हुन्छ

म मण्डलीमा सुसमाचारको काम गर्छु। सिस्टर वान्डा र म समूह अगुवाका रूपमा सँगै काम गर्छौँ। सुरुमा, म वान्डा आफ्‍नो कर्तव्यमा सक्रिय, र आफ्‍नो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्