निराकरणपछि गरिएको चिन्तन-मनन

20 जनवरी 2022

मैले यो वर्षको जुन महिनादेखि अगुवाको रूपमा सेवा गर्न सुरु गरेँ। मैले सबै दुष्कर्मी, गैरविश्‍वासी, अनि ख्रीष्ट-विरोधीहरूलाई मण्डलीबाट हटाउने सम्‍बन्धी परमेश्‍वरको घरले तय गरेका काम सम्‍बन्धी केही बन्दोबस्तहरूलाई अघि बढाइरहेकी थिएँ, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरको काम अनुभव गर्ने अझै राम्रो वातावरण प्राप्त गर्न सकून्। यो कार्यलाई अघि बढाउन मैले अरू मण्डली अगुवाहरूसँग काम गर्न थालेँ। एउटा मण्डलीमा विशेषगरी गम्‍भीर समस्या थियो। एक-दुई जना गैर-विश्‍वासीहरूले मण्डली जीवनलाई पूर्ण रूपमा भताभुङ्ग पारेका थिए र अग्रज अगुवाले मलाई यसको समाधान तुरुन्तै गरिहाल्‍न आज्ञा दिनुभयो। केही समयपछि नै उहाँले मलाई यसको बारेमा सोध्‍नुभयो, तर मैले यसलाई मूल्याङ्कन गर्ने कार्य समाप्त गरेको थिइनँ, त्यसकारण मसँग कुनै उत्तर थिएन। तुरुन्तै समस्यालाई समाधान नगरिएको देखेर, अगुवा चिन्तित हुनुभयो, र उहाँले मसँग अलिक रूखो शैलीमा बोल्नुभयो। मैले हासिल गरेको कुराप्रति उहाँ खुशी हुनुहुन्‍न भन्‍ने देखेर मलाई चिन्ता लाग्यो। के उहाँले त्यो काम गर्न मेरो क्षमता अत्यन्तै कमजोर छ भन्‍ने सोच्‍नुहुन्छ? मलाई के थाहा भयो भने मैले थप कुनै पनि समय गुमाउनु हुँदैन, तर मैले समस्यालाई समाधान गरिहाल्‍नुपर्छ, ताकि मैले उहाँलाई खिन्‍न नबनाऊँ। मैले तुरुन्तै यो काम पूरा गर्न चाहन्थेँ, तर त्यो मण्डलीको परिस्थिति निकै जटिल थियो। त्यसका अगुवाहरू भर्खरै निर्वाचित भएका थिए। तिनीहरूले सबैलाई त्यति राम्ररी चिनेका थिएनन्, त्यसकारण अनुसन्धानको कार्य बिस्तारै अघि बढ्यो। त्यसपछि मभन्दा माथिको अगुवाले फेरि पनि कामको प्रगतिको बारेमा मसँग सोध्‍नुभयो, र यो काम समाप्त भएको छैन भन्‍ने पत्ता लगाएपछि, उहाँले मलाई झारा टारेको भनी आलोचना गर्नुभयो। मण्डली जीवन अझै पनि भताभुङ्ग अवस्थामा थियो किनभने गैर-विश्‍वासीहरूलाई अझै हटाइएको थिएन, त्यसकारण उहाँले मलाई फेरि पनि त्यो समस्या समाधान गर्न अनुरोध गर्नुभयो। आलोचना गरिएपछि पनि, मैले मेरो आफ्‍नै समस्यालाई त्यति गम्‍भीर रूपमा मनन गरिनँ, तर मैले समस्याहरूलाई कसरी तह लगाउने भन्‍ने बारेमा मात्रै विचार गर्न सकेँ। मैले हाम्रो अगुवा त्यो मण्डलीको समस्याप्रति साँच्‍चै केन्द्रित हुनुहुन्छ भन्‍ने देखेँ, त्यसकारण मैले यसलाई सम्‍हाल्‍न धेरै समय लगाएँ भने उहाँले के सोच्‍नुहुनेथियो? के उहाँले मैले त्यति सानो काम पनि सम्‍हाल्‍न सकिनँ, त्यसकारण मसँग क्षमताको कमी छ र म व्यवहारिक काम गर्न सक्दिनँ भनेर सोच्‍नुहुनेछ? मैले उहाँलाई आफ्‍नो काम राम्रोसँग गरेर म वास्तविक काम गर्न सक्छु भन्‍ने देखाउन चाहन्थेँ। त्यसकारण मैले मेरो सबै समय र शक्ति त्यही मण्डलीमा लगाएँ, अनि त्यसका अगुवाहरूसँग सोधपुछ गर्ने र निर्देशन दिने गरिरहेँ, अनि परिस्थितिसँग परिचित मण्डली सदस्यहरूसँग कुरा गर्न म व्यक्तिगत रूपमा गएँ। तर मैले मानिसहरूलाई हटाउने सम्बन्धी अरू मण्डलीहरूका कार्यको बारेमा वास्तविक लेखाजोखा राख्न छोडेँ, र लापरवाही र शीघ्र रूपमा तिनीहरूसँग सोधपुछ मात्र गर्थेँ।

एक दिन मैले सिस्टर झाङ्गबाट उहाँहरूको मण्डलीबाट एक-दुई जना मानिसहरूलाई निकाल्‍नु आवश्यक छ भन्‍ने व्यहोराको पत्र पाएँ। मैले त्यो पत्रलाई झलक्क हेरेँ र यसको बारेमा त्यति धेरै सोचिनँ। मैले के सोचेँ भने, उहाँहरूले यसको बारेमा कुराकानी गर्न र यसलाई सम्‍हाल्‍न सक्‍नुहुन्छ, र मलाई खबर दिन सक्‍नुहुन्छ। मलाई समस्याग्रस्त मण्डलीप्रति र मैले काम पूरा गरेँ भनेर रिपोर्ट पठाउन नसकेको अवस्थाप्रति नै बढी चासो थियो। सिस्टर झाङ्गले फेरि मलाई उहाँले एक-दुई जना सहकर्मीहरूसँग कुराकानी गरेको र तिनीहरूले कसलाई हटाउने निर्धारण गरेको भनेर पत्र लेख्‍नुभयो र मलाई केही नामहरू पनि दिनुभयो। मैले त्यो सूचीको कुनै पनि मानिसहरूलाई चिनेकी थिइनँ र परिस्थितिको बारेमा विस्तृत विवरण नहेरीकन मैले अनुमोदन गरिदिएँ। म अर्को मण्डलीमा नै व्यस्त रहिरहेँ। एक दिन मभन्दा माथिको अगुवा आएर किन ब्रदर वाङ्गलाई निकालियो भनेर सोध्‍नुभयो। उहाँले परमेश्‍वरको घरको काममा साथ दिनुहुन्थ्यो र उहाँ सीधा हुनुहुन्थ्यो। उहाँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुहुन्थ्यो। अनि उहाँलाई किन मण्डलीबाट हटाइयो? के पो भन्‍ने मलाई साँच्‍चै थाहा थिएन। मैले ब्रदर वाङ्गलाई चिनेकी थिइनँ वा उहाँले सामान्यतया कस्तो व्यवहार गर्नुहुन्थ्यो थाहा थिएन। मलाई उहाँको नाम सिस्टर झाङ्गको सूचीमा थियो भन्‍ने मात्रै याद भयो। त्यसपछि अगुवाले मलाई हटाइएका अरू एक-दुई जना मानिसहरूको व्यवहारको बारेमा सोध्‍नुभयो र मलाई केही पनि थाहा थिएन। मलाई तिनीहरूको नाम समेत थाहा थिएन, त्यसकारण मैले थाहा छैन, मैले उहाँहरूलाई चिनेको छैन, यो सिस्टर झाङ्गको निर्णय हो भनेर भनेँ। म यसमा संलग्‍न भइनँ, मानौं यो कुरा मसँग सम्‍बन्धित नै थिएन। उहाँले मलाई फेरि निराकरण गर्नुभयो, र ब्रदर वाङ्गले राम्ररी काम गरिरहनुभएको र परमेश्‍वरको घरको कामलाई समर्थन गरिरहनुभएको थियो भने, किन उहाँलाई हटाइयो, र मसँग यसो गर्ने कुनै सिद्धान्तहरू छन् कि भनी सोध्‍नुभयो। उहाँले सोध्‍नुभयो, “मण्डलीका अगुवाहरूले मानिसहरूलाई हटाइरहेका कुरालाई तपाईंले किन निरीक्षण गरिरहनुभएको छैन? तपाईंले किन तिनीहरूलाई जे मन लाग्यो त्यही गर्न दिनुभयो?” एकपछि अर्को प्रश्‍नको सामना गर्दा, मेरो कठोर हृदय अलिक झस्किन थाल्यो। त्यो परियोजनाको जिम्‍मेवार व्यक्ति म नै थिएँ, तर हटाइएका मानिसहरूका बारेमा मलाई केही पनि थाहा थिएन। के त्यो जिम्‍मेवारी लिने कार्य हो र? मैले मेरो असफलता, अनि राम्रो काम नगरेको भनेर स्वीकार गरेँ, र उहाँले मलाई फेरि यो काम गर्नू भनी भन्‍नुभयो।

मलाई लामो समयसम्‍म अशान्ति भयो। काटछाँट र निराकरण परमेश्‍वरबाट आएको हो भन्‍ने मलाई थाहा थियो, तर मलाई अझै भयानक अनुभव भयो—म खिन्‍न थिएँ। अगुवाले यस्ता प्रश्‍नहरू गर्नुभएको कुरा मैले सम्झिरहेकी थिएँ, “तपाईंले किन असल मानिसहरूलाई निकाल्‍नुभयो? परमेश्‍वरको घरबाट कसलाई निकालिनुपर्छ? तपाईंसँग सिद्धान्तहरू समेत छन् के?” ती कुराहरू मेरो मस्तिष्कमा गुञ्‍जिरहे, र मैले मनमनै सोधेँ, “मैले किन यस्तो मूर्ख काम गरेँ? मलाई सिद्धान्तहरू थाहा नभएको पनि होइन, तर पनि किन मैले यस्तो निर्लज्ज गल्ती गरेँ? मैले किन सोधपुछ गरिनँ?” यसको बारेमा अझै अन्योल हुँदै, मैले मण्डली अगुवालाई ब्रदर वाङ्ग र अरूको बारेमा अनुसन्धान गर्न लगाएँ। त्यसकारण मैले त्यही गल्ती गरिनँ, मैले निकाला गरिने सूचीमा रहेका सबै मानिसहरूको पूर्ण पुनरावलोकन गरेँ। केही समयपछि नै मैले ब्रदर वाङ्गको बारेमा दाजुभाइ-दिदीबहिनीहरूले दिनुभएको मूल्याङ्कनहरू प्राप्त गरेँ, र त्यहाँ आफ्‍नो कर्तव्यप्रति उहाँमा राम्रो आचरण थियो र न्यायको बोध थियो, उहाँले परमेश्‍वरको घरको काममा साथ दिनुहुन्थ्यो भनेर भनिएका थिए। त्यो कुरा हटाइने सम्‍बन्धी सिद्धान्तहरूसँग मिलेन। यो देखेपछि मलाई नरमाइलो लाग्यो र अत्यन्तै अशान्ति भयो। मैले परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूलाई निकालेकी थिएँ, र सिस्टर झाङ्गले नै यो काम गरिरहनुभएको भए पनि, अगुवा म नै थिएँ, त्यसकारण के मैले ढोकाको पालेको रूपमा काम नगरेर आफ्‍नो कर्तव्यलाई लापरवाही गरिरहेकी थिइनँ र? त्यसपछि हामीले ब्रदर वाङ्गलाई उहाँको कर्तव्य पुनः सुम्पियौं। यसका निम्ति मलाई काटछाँट र निराकरण गरिनु सानो गल्ती भएकोले मात्रै थिएन तर मैले आफ्‍नो बारेमा साँचो रूपमा मनन गर्नु पर्नेथियो। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, दाजुभाइ-दिदीबहिनीहरूद्वारा रिपोर्ट गरिनु, र माथिल्‍लो नेतृत्वद्वारा काटछाँट र निराकरण गरिनु तपाईंको धर्मी न्याय थियो, र त्यसमा मैले सिक्‍नुपर्ने पाठ थियो, तर म त्यसप्रति साँचो रूपमा निश्‍चित थिइनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले मेरो भ्रष्ट स्वभावको बारेमा साँचो बुझाइ प्राप्त गर्न सकूँ।”

त्यसपछि एक दिन मैले मण्डलीका एक-दुई जना सदस्यहरूलाई म कस्तो अवस्थामा गुज्रिरहेकी छु, मैले अगुवाले अह्राउनुभएको मण्डलीमा नै सबै शक्ति लगाइरहेकी छु र अरू मण्डलीहरूलाई बेवास्ता गरिरहेकी छु भनेर बताएँ। यसो भन्दा मेरो हृदयको धड्कन नै रोकिएको थियो। मानिसहरूलाई हटाउने कार्यमा त्यति ठूलो गल्ती गर्नु मेरो कर्तव्यमा गरिएको साधारण गल्ती थिएन, तर यो मेरो कर्तव्यप्रतिको गलत मनसाय थियो, यो मेरो आफ्‍नै प्रतिष्ठाको बारेमा मात्रै वास्ता गर्ने कार्य थियो। त्यस बेला मैले मेरो भ्रष्ट स्वभावको बारेमा केही चेतना प्राप्त गर्न थालेँ। पछि मैले परमेश्‍वरका वचनहरू पाठ गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्ट विरोधीको मानवताको अर्को चिन्‍ह—तिनीहरूमा कुनै सर्म नहुनु हो—त्यसबाहेक तिनीहरूमा असामान्य स्वार्थीपन र नीचता हुन्छ। तिनीहरू कति स्वार्थी हुन्छन्? अनि यो स्वार्थीपनको शाब्दिक व्याख्या के हो? तिनीहरूले आफ्ना हितहरू सम्बन्धी कुनै पनि कुरालाई पूरा ध्यान दिन्छन्: तिनीहरूले यसका लागि दु:ख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन्, आफैलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखाहरू बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्ति विभाजनकारी वा विघटनकारी हुँदैछ भने पनि तिनीहरू त्यसलाई वास्ता गर्दैनन्। व्यावहारिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, घिनलाग्दो, दुःखी हुन्छ भनी भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई ‘स्वार्थी र नीच’ को रूपमा परिभाषित गर्दछौं। ख्रीष्ट विरोधीहरूको मानवताको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? जब कुनै कुरा तिनीहरूको प्रतिष्ठा वा इज्जतसित सम्बन्धित हुन्छ, तिनीहरू के गर्ने वा के भन्ने भनेर आफ्नो दिमाग खियाउँछन्, तिनीहरू सबैतिर दगुर्नुबाट रोकिँदैनन्, तिनीहरू खुसीसाथ ठूलो कठिनाइ भोग्छन्। तर परमेश्‍वरको घरको काम र सिद्धान्तसित सम्बन्धित कुराप्रति—दुष्ट मानिसहरूले बाधा दिँदा र हस्तक्षेप गर्दा, र हरप्रकारको दुष्ट काम गर्दा, र मण्डलीको कामलाई गम्भीर प्रभाव पार्दा पनि—तिनीहरू उदासीन र निश्चिन्त रहन्छन्, मानौं, तिनीहरूसँग त्यसको केही सम्बन्ध छैन। र यदि कसैले थाहा पाएर त्यो कुरालाई खुलासा गऱ्यो भने तिनीहरूले केही देखेका छैन भनी भन्छन्, र अनभिज्ञ भएको बहाना गर्छन्। जब मानिसहरूले तिनीहरूलाई रिपोर्ट गर्छन्, र तिनीहरू वास्तवमा को हुन् भनी तिनीहरूलाई प्रकट गरिदिन्छन्, तब तिनीहरू रातोपिरो हुन्छन्: कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि कसले कुरा गऱ्यो, त्यसको मुख्य अगुवा को हो, त्यसमा को संलग्न थियो भनी त्यसको अनुसन्धान गर्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई समाधान नगरुञ्‍जेल खाँदैनन् वा निदाउँदैनन्; कहिलेकहीँ त तिनीहरूलाई दोष लगाउनेहरूका सबै सहयोगीहरूलाई समेत तल खसालेपछि मात्र तिनीहरू खुसी हुन्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नै शक्ति र प्रतिष्ठाका निम्ति, शुद्ध र सरल भएको अभिनय गरिरहेका हुन्छन्। तिनीहरू आफ्नै कार्य सञ्चालन गरिरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होला कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो नाकको अगाडिका कार्यहरूको बारेमा मात्र सोच्छन्। तिनीहरूको लागि परमेश्‍वरको घर र मण्डलीको काम आफ्नो फुर्सदको समयमा गर्ने काम हुन्छ, र तिनीहरूलाई सबै कुरा गर्नका लागि उत्प्रेरित गरिनुपर्छ। तिनीहरूका आफ्नै हितहरूको सुरक्षा गर्नु नै तिनीहरूको वास्तविक पेसा हुन्छ, तिनीहरूले वास्तविक व्यवसायलाई जस्तै गर्न मन पराउने कुरा। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको वा परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशसित सम्बन्धित कुनै पनि कुराको महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तो सुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्याहरू पहिचान गरे पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्ट विरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। तिनीहरू मण्डलीका मामिलाहरूप्रति बिलकुलै उदासीन हुन्छन्, चाहे ती मामिलाहरू जति नै ठूला किन नहोऊन्। समस्या तिनीहरूको अगाडि हुँदा पनि तिनीहरू अनिच्छुक बन्दै र लापरवाहीसाथ सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट निराकरण गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको कामप्रति, अझ विस्तृत सन्दर्भको महत्त्वपूर्ण कुराप्रति रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यसबारे सोध्दा टार्न खोज्छन्, अनिच्छापूर्वक त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन, तिनीहरूले जुनै कर्तव्य पूरा गरिरहेका भए पनि त्यसले तिनीहरूलाई फाइदा पुर्याउनेछ कि पुर्याउनेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै लागि मात्र सोचिरहेका हुन्छन्। समूहमा, तिनीहरूले जुन-सुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्, तिनीहरू आफ्नो कर्तव्य गर्दा सिद्धान्त अनुसार कसरी काम गर्ने, तिनीहरू वफादार भएका छन् कि छैनन्, तिनीहरूको आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, कतै भड्किएका छन् कि भन्ने बारेमा कहिल्यै कुराकानी गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरले माग गरेको कुरामा र परमेश्‍वरको इच्छा के हो भन्ने कुरामा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरू आफ्नो प्रतिष्ठा र इज्जतका लागि मात्र काम गर्दछन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? तिनीहरूको मानवता तिनीहरूका आफ्नै इच्छा, महत्त्वाकांक्षा, र अर्थहीन मागहरूले भरिन्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका आफ्नै महत्त्वाकांक्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्; तिनीहरूले चाहे जे नै गरे पनि, त्यसको प्रेरणा र सुरुवात बिन्दु तिनीहरूको आफ्नै महत्त्वाकांक्षा, चाहना, र अर्थहीन मागहरू हुन्। के यो स्वार्थीपन र नीचताको प्रमुख उदाहरण होइन र?” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको मानवताको चरित्र र तिनीहरूको स्वभावको सारलाई सारांश गर्दा (भाग एक)”)। यो त आफ्‍नो अघि ऐना उठाएको जस्तै थियो, जसले मेरो हृदयको गहिराइभित्र लुकेको सबै भ्रष्टतालाई देखाइरहेको थियो। खराब, घिनलाग्दो, नीच: यी सबै मैले मेरो कर्तव्यमा प्रकट गरेका कुरूप कुराहरू थिए। मानिसहरूलाई हटाउने कार्यको क्रममा, म व्यस्त भइरहेकी जस्तो देखिन्थें, तर मैले केको लागि कष्ट भोग्‍ने त्यस कुरालाई रोज्‍ने र छान्‍ने काम गरिरहेकी थिएँ। मैले परमेश्‍वरले चाहनुभएको जस्तो गरी साँचो रूपमा बोझ उठाइरहेकी थिइनँ। मभन्दा माथिका अगुवाले नियमित रूपमा मलाई त्यस मण्डलीको विषयमा गरिएको प्रगतिको बारेमा सोधिरहनुहुन्थ्यो, त्यसकारण यदि मैले यसलाई राम्ररी सम्‍हालिनँ भने, मलाई बढुवा गर्नुभएकोमा उहाँले खेद मान्नुहुनेछ भन्‍ने मलाई डर थियो। उहाँसँगको राम्रो छविलाई रक्षा गर्ने, र उहाँलाई मैले मेरो काममा वास्तविक परिणामहरू प्राप्त गर्न सक्छु भन्‍ने बनाउने चाहनामा, मैले साँच्‍चै नै त्यो एउटा मण्डलीमा ध्यान केन्द्रित गरिरहेकी थिएँ, यस क्रममा मैले मण्डली अगुवाहरूसँग सोधपुछ गर्ने र निर्देशन दिने मात्रै गरिरहेकी थिइनँ, तर व्यक्तिगत रूपमा नै मण्डली सदस्यहरूको बारेमा बुझ्‍ने प्रयास पनि गरिरहेकी थिएँ। मैले मेरो अगुवाको लागि जति सक्दो चाँडो असल परिणामहरू प्राप्त गर्न चाहन्थेँ ताकि उहाँले मलाई सक्षम देख्‍नुभएको होस्। तर म अरू मण्डलीहरूको प्रक्रियाहरूमा त्यति धेरै लागिपरेकी थिइनँ, र जब मैले सिस्टर झाङ्गले पठाउनुभएको मानिसहरूको सूची हेरेँ, मैले एउटै प्रश्‍न पनि सोधिनँ। मलाई तिनीहरू को हुन् वा उहाँले तिनीहरूलाई किन निकाल्‍न चाहनुभएको हो भन्‍ने थाहा थिएन। अगुवाको रूपमा अपेक्षा गरिएको रेखदेख र पहरेदारको सबैभन्दा आधारभूत काममा पनि म असफल भएकी थिएँ। ती ख्रीष्ट-विरोधीहरू अत्यन्तै स्वार्थी हुन्छन् र हैसियतको लागि मात्रै काम गर्छन्। तिनीहरूले जे कुराले तिनीहरूलाई आफ्‍नो प्रदर्शन गर्ने मौका दिन्छ त्यही गर्छन्, र तिनीहरूको नाम र हैसियतलाई फाइदा नपुर्याउने कुनै पनि कुरालाई बेवास्ता गर्छन्। तिनीहरूले परमेश्‍वरको घरको वृहत् कामको बारेमा विचार गर्दैनन्, वा परमेश्‍वरको इच्‍छा र मापदण्डहरूका बारेमा वास्ता गर्दैनन्। मेरो कर्तव्यमा मैले देखाएका मनसाय र व्यवहारलाई हेर्दा, म कसरी ख्रीष्ट-विरोधीभन्दा फरक थिएँ र? यो सबै मण्डलीको काम थियो, त्यसकारण मण्डलीको सफाइ गर्ने कुनै काम राम्ररी गरिएन भने, यसले परमेश्‍वरको घरको काममा असर गर्नेथियो। तर मलाई त्यो कुराप्रति चिन्ता थिएन, र मलाई वास्ता पनि थिएन। काम पूरा भएको छ भनेर अगुवालाई कसरी रिपोर्ट दिने, र उहाँको अनुमोदन प्राप्त गर्ने भन्‍ने बारेमा मात्रै मैले विचार गरिरहेकी हुन्थें। मैले त मेरो नाम र हैसियतको बारेमा मात्रै ध्यान दिइरहेकी थिएँ। अगुवा जुन परियोजनामा केन्द्रित हुनुहुन्थ्यो म त्यसैमा आफ्नो प्रयास र शक्ति लगाउथें, र उहाँले निश्‍चित रूपमा मलाई गर्न नलगाउनुभएको कार्यलाई ध्यान दिँदिनथिएँ। मैले परमेश्‍वरको इच्‍छाको बारेमा ध्यानै दिइरहेकी हुँदिनथिएँ। म अत्यन्तै स्वार्थी र खराब थिएँ! यदि मेरो अगुवाले मेरो कामको रेखदेख, मेरो निराकरण र नियन्त्रण नगर्नुभएको भए, आफ्‍नो कर्तव्यमा उपलब्धि गरिरहेका साँचो विश्‍वासीहरूलाई निष्कासन हुन दिनेथिएँ। त्यो दुष्ट कार्य हुनेथियो र त्यसले मलाई व्यवहारिक काम नगर्ने भयानक अगुवा बनाउनेथियो! म हरेक पक्षमा कमजोर छु भन्‍ने मैले देखेँ। अगुवाको रूपमा काम गर्न र त्यो सबै कामको लागि जिम्‍मेवारी लिन सक्‍नु परमेश्‍वरले गर्नुभएको ठूलो उत्थान र भरोसा थियो। जब मैले पहिलो पटक यो कामलाई स्वीकार गरेकी थिएँ, तब मैले परमेश्‍वरसँग म उहाँको इच्‍छालाई बुझ्‍नेछु र मेरो कर्तव्य पूरा गर्नेछु भनेर वाचा गरेकी थिएँ, तर वास्तविकतामा, मैले परमेश्‍वरलाई धोका दिइरहेकी थिएँ। यस कुरालाई त्यसरी विचार गर्दा मलाई वास्तवमै पीडा र पछुतो भयो, र आँसु बग्‍न थाल्यो। मलाई आफूप्रति घृणा लाग्यो, म स्वार्थी भएकी थिएँ, र परमेश्‍वरको इज्‍जतमा दाग लगाएकी थिएँ। मैले आफ्‍नै बारेमा जान्‍न, र साँचो रूपमा पश्‍चात्ताप गर्न र परिवर्तन हुने चाहना गरेँ।

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर उनीहरूको लक्ष्य प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरको आज्ञापालन गर्न वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा इज्‍जत, लाभ, र प्रतिष्ठा हासिल गर्न कर्तव्य गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब परमेश्‍वरको काम, मण्डलीको काम, र परमेश्‍वरको घरको कामको कुरा आउँछ, उनीहरू बाधा-व्यवधान हुन् कि उनीहरूले यी कुराहरूलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा एउटा बाधा-व्यवधान हुन्; उनीहरूले यी कुराहरूलाई अगाडि बढाउँदैनन्। मण्डलीको काम गर्ने झन्डा फहराएर पनि आफ्नो व्यक्तिगत सम्पत्ति र प्रतिष्ठाको पछि लाग्‍ने, आफ्नो कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने—के यस किसिमको अगुवा वा कार्यकर्ताले आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छ? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा बाधा पुर्‍याउँछ, अस्तव्यस्तता निम्त्याउँछ र परमेश्‍वरको घरको कामलाई हानि गर्छ। त्यसैले, सम्पत्ति र प्रतिष्ठा खोज्ने मानिसहरूको विभिन्‍न प्रकृतिहरूलाई विचार गर्दा, मानिसहरू चाहे जति नै अप्रत्यक्ष रूपमा सम्पत्ति र प्रतिष्ठाको पछि लागे पनि, र त्यस्तो खोज मानिसलाई जति नै न्यायसंगत लागे पनि, र उनीहरूले जति ठूलो मूल्य चुकाएका भए पनि, अन्तिम परिणाम त परमेश्‍वरको कामलाई विध्वंश, बाधा र हानि गर्ने नै हुन्छ। उनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसले परमेश्‍वरको घरको काममा बाधा मात्र पुर्‍याउँदैन, त्यसले त परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई पनि नाश पार्छ। यस प्रकारको कामको प्रकृति के हो? यो विध्वंश, बाधा र हानि हो। के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? … यो मानिसहरूको आफ्नै हितहरू खोज्ने प्रकृति हो। भन्‍नुको मतलब, मानिसहरू आफ्ना हितहरूको पछि लाग्‍नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्छन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि एउटा माध्यम बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। परमेश्‍वरको घरमा, र मण्डलीमा, उनीहरूले नकारात्मक भूमिका खेल्छन्; परमेश्‍वरको घरको कामप्रति, र मण्डलीको सामान्य जीवन र मण्डलीमा दाजुभाइ, दिदीबहिनीहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल नकारात्मक प्रभाव हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक)”)। परमेश्‍वरका वचनहरूले मलाई मैले नाम र हैसियतको लागि काम गर्नु र मेरो आफ्‍नै कामकुरालाई अघि बढाउनु भनेको आधारभूत रूपमा शैतानको दासको रूपमा काम गर्नु हो, परमेश्‍वरको घरको काममा र परमेश्‍वरको इच्‍छामा बाधा दिनु हो। जब मैले मेरा कार्यहरूका बारेमा विचार गरेँ, तब परमेश्‍वरले मेरो व्यवहारलाई खुलासा गर्नुभएको छ भन्‍ने देखेँ। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका प्रकार अनुसार वर्गीकरण गरिरहनुभएको छ। मण्डलीको सफाइ गर्नु भनेको गैर-विश्‍वासी र दुष्कर्मीहरूलाई परमेश्‍वरको घरबाट निकाल्‍नु हो। तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् र साँचो रूपमा सत्यताको खोजी वा आफ्‍नो कर्तव्य पूरा गर्दैनन्, त्यसकारण तिनीहरू मण्डलीमा नै रहे भने परमेश्‍वरका वचनहरू सम्‍बन्धी दाजुभाइ-दिदीबहिनीहरूको अनुभव र जीवन प्रवेशको मार्गमा खडा हुनेछन्, वा परमेश्‍वरको घरको काममा बाधा दिने दुष्कर्म समेत गर्न सक्छन्। सफाइ कार्य भनेको मण्डलीलाई सफा गर्नु, साँचो विश्‍वासीहरूलाई सत्यताको खोजी गर्ने असल वातावरण दिनु हो, ताकि तिनीहरूले चाँडै नै सत्यता सिक्‍न र विश्‍वासको सही मार्गमा हिँड्न सकून्। परमेश्‍वरले सत्यताको खोजी गर्ने र उहाँको लागि आफैलाई समर्पित गर्नेहरूलाई मुक्ति दिनुहुन्छ, तर परमेश्‍वरको घरमा घुसपैठ हुने, शैतानको स्वामित्वमा रहेका तर आशिष्‌हरू प्राप्त गर्न चाहनेहरूलाई खुलासा गरेर हटाइन्छ। यो परमेश्‍वरको धार्मिकता हो। सफाइ कार्यले साँच्‍चै नै मानिसहरूलाई व्यवहार गर्ने मण्डलीका सिद्धान्तहरू र परमेश्‍वरको धर्मी स्वभावलाई देखाउँछ। मैले मेरो कर्तव्यमा परमेश्‍वरको इच्‍छालाई ध्यान दिइरहेकी छैन, तर मैले सधैँ मेरो नाम र हैसियतलाई रक्षा गर्ने बारेमा विचार गरिरहेकी छु भन्‍ने मलाई थाहा भयो। मलाई त्यसरी सहयोग नगर्ने कामप्रति म मन्द र उदासीन हुन्थें, अनि यसरी परमेश्‍वरको घरको काममा साथ दिने, अनि आफ्‍नो कर्तव्य पूरा गर्ने उचित मानिसहरूलाई मैले लापरवाही पूर्वक हटाइरहेकी हुन्थें। त्यो कसरी मेरो कर्तव्य पूरा गरेको भयो र? के त्यो परमेश्‍वरको विरुद्धमा काम गर्नु होइन र? कतिपय दुष्कर्मीहरूलाई मण्डलीमा नै रहन दिने, तर हृदय लगाएर आफ्‍नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरको घरको काममा साथ दिने परमेश्‍वरका कतिपय चुनिएका मानिसहरूलाई मनपरी ढङ्गले निकाल्ने सिस्टर झाङ्गको कामलाई नरोकेर मैले मेरो कर्तव्यमा अजिम्‍मेवार व्यवहार गरिरहेकी थिएँ। के मैले परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउँदै शैतानको सेवकको रूपमा काम गरिरहेकी थिइनँ र? कै मैले मानिसहरूलाई चोट पुर्याइरहेकी थिइनँ र? यो कुरा महसुस गरिसकेपछि, मैले मलाई शैतानले अत्यन्तै भ्रष्ट तुल्याएको हुनाले ममा मानव रूप समेत छैन भन्‍ने थाहा पाएँ। मैले दाजुभाइ-दिदीबहिनीहरूका लागि वा परमेश्‍वरको आज्ञाको लागि जिम्‍मेवारी लिइनँ। मैले परमेश्‍वर, परमेश्‍वरको घर, वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूका बारेमा विचार गरिरहेको हुँदिनथिएँ। मैले आफूलाई कसरी राम्रो देखाउने, अगुवाको स्वीकृति प्राप्त गर्ने त्यसको बारेमा मात्रै विचार गरिरहेकी हुन्थें। यस्तो घृणित मनसाय लिएर पनि, मैले अरूबाट प्रशंसा र परमेश्‍वरबाट इनाम प्राप्त गर्न चाहेकी थिएँ। के त्यो लाजमर्दो कुरा होइन र? मैले म अत्यन्तै स्वार्थी र घृणित, अत्यन्तै आत्म-सेवी छु भन्‍ने थाहा पाएँ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, र उहाँले हाम्रो हृदयको कुरा देख्‍नुहुन्छ। कसैले पनि उहाँलाई मूर्ख बनाउन सक्दैन। नाटक गर्दै काम गरेर मेरो मूल्य परिवर्तन हुन सक्दैन, तर मैले छलको सहारा नलिइकन आफ्नो कर्तव्यमा मेरो हृदयलाई पूर्ण रूपमा लगाउनुपर्छ। त्यस्तो कार्यले मानिसहरूलाई केही समयसम्‍म मूर्ख त बनाउन सक्छ, तर ढिलो-चाँडो मेरो खुलासा हुने नै छ। यदि परमेश्‍वरको अघि मसँग इमानदार हृदय छैन र मैले सत्यताको खोजी गर्दिनँ भने, परमेश्‍वरले अवश्य नै मेरो वास्तविक अनुहार प्रकट गर्नुहुन्छ र असफल भएका झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूलाई जस्तै मलाई पनि हटाउनुहुन्छ। यो कुरा महसुस गरेपछि मलाई यसले काटछाँट र निराकरणद्वारा मैले कति फाइदा पाएकी छु भन्‍ने देखायो। परमेश्‍वरले मलाई काटछाँट र निराकरण नगर्नुभएको भए मैले यो कुरा कहिल्यै थाहा पाउने थिइनँ। मैले त्यो मार्ग लिएकी भए म सीधै अन्धकारमा पुग्‍ने थिएँ र परमेश्‍वरले मलाई फालिदिनुहुने थियो। मैले के देखेँ भने, म कति स्वार्थी र खराब थिएँ, र मैले परमेश्‍वरप्रति सच्‍चा व्यवहार गरेकी थिइनँ, तर परमेश्‍वरले मलाई मुक्ति दिन मात्र चाहनुहुन्थ्यो, त्यसकारण उहाँले अरूको निरीक्षणद्वारा मेरा अपराध र दुष्ट कार्यहरूलाई प्रकट गर्नुभयो। यसले गर्दा मैले आफैलाई मनन गर्न थालेँ, र यसले मलाई पश्‍चात्ताप गर्ने र परिवर्तन हुने मौका दियो। यो विचारले मलाई पछुतो र आत्मतिरस्कारले भर्‍यो, र मलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी र कृतज्ञ महसुस गरायो। मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अत्यन्तै भ्रष्ट छु, र मैले तपाईंको इच्‍छालाई ध्यान दिएकी छैन। मैले परमेश्‍वरको घरको काममा बाधा दिएँ। म साँचो रूपमा पश्‍चात्ताप गर्न र तपाईंलाई सन्तुष्ट तुल्याउन मेरो कर्तव्यमा अबदेखि सत्यताको अभ्यास गर्न चाहन्छु!”

त्यसपछि मैले मेरो भक्तिको समयमा परमेश्‍वरका यी वचनहरू पढेँ: “सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस् भने, र परमेश्‍वरको छानबिनलाई स्वीकार्दैनस् भने, के परमेश्‍वर अझै पनि तेरो हृदयमा हुनुहुन्छ? यस्ता व्यक्तिहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँ थोरै क्षमता, सतही अनुभव भएको व्यक्ति होस् भने वा तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्‍वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्‍वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्। यदि तँ सधैँ देह अनुसार जिउँछस्, निरन्तर आफ्नै स्वार्थी इच्छाहरूलाई पूरा गर्छस् भने, त्यस्ता मानिसहरूमा सत्यता हुँदैन; यो परमेश्‍वरलाई अनादर गर्ने कार्यको चिह्न हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। यसले मलाई के देखायो भने, सत्यताको अभ्यास गर्न इच्‍छुक साँचो विश्‍वासीहरू परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न तयार हुन्छन्। तिनीहरू प्रशंसा खोज्‍न वा अरूलाई खुशी पार्न, वा नाम र हैसियतको पछाडि दगुर्न चाहँदैनन्, तर परमेश्‍वरको घरको कामलाई पहिलो स्थानमा राख्‍न, यसका हितहरूलाई रक्षा गर्न र आफैलाई परमेश्‍वरको आज्ञामा अर्पण गर्न चाहन्छन्। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा यही हो। हाम्रो कर्तव्यमा पवित्र आत्‍माको काम, परमेश्‍वरको अगुवाइ र आशिष्‌हरू प्राप्त गर्ने एउटै तरिका यही मात्रै हो। म नाम र हैसियतको पछि लाग्दै, परमेश्‍वरको घरको काममा बाधा दिँदै, परमेश्‍वरको इज्‍जतमा दाग लगाउँदै र उहाँप्रति ऋणी हुँदै शैतानी प्रकृति अनुसार जिइरहेकी थिएँ। मैले मेरो आफ्‍नै फाइदाको लागि नाम र हैसियतको खोजी गर्नु कति स्वार्थी काम हो र म परमेश्‍वरको विरुद्धमा ख्रीष्ट-विरोधीको मार्गमा थिएँ भन्‍ने कुरालाई साँचो रूपमा देखेँ। मैले खोजी सम्‍बन्धी मेरो गलत दृष्टिकोणलाई साँचो रूपमा परिवर्तन गर्न, र शुद्ध र इमानदार हृदयको साथमा परमेश्‍वरको अघि जिउन सक्‍ने बन्‍न कामना गरेँ। मभन्दा माथिको नेतृत्वले जे विचार गरे पनि वा अरूले मलाई जसरी हेरे पनि, म आफूले गर्न सक्‍ने जुनसुकै कुरामा आफ्‍नो सम्पूर्णता सुम्पन र इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न तयार भएँ।

त्यसपछिको मेरो कर्तव्यमा, जुनसुकै परियोजना भए पनि वा जुनसुकै मण्डली भए पनि, म मेरा जिम्‍मेवारीहरूलाई पूरा गर्न र सिद्धान्तहरूलाई पछ्याउन काम गर्छु, अनि कुन परियोजनाले मलाई राम्रो देखाउँछ वा अगुवाको प्रशंसा प्राप्त गराउँछ भन्‍ने बारेमा हिसाबकिताब गर्दिनँ। म मेरो कर्तव्यमा निकै ढुक्‍क महसुस गर्छु, र मैले भ्रष्टता प्रकट गर्दा म सचेत भई यसलाई त्याग्‍न सक्छु। केही समय अघिको कुरा हो, अगुवाले मलाई मलजल गर्ने काममा ध्यान केन्द्रित गर्न र अरू काममा कम समय बिताउन लगाउनुभयो। एक दिन, मलजलको काम कसरी अघि बढाउने भन्‍ने बारेमा विचार गरिरहेको बेला, कसैले निश्‍चित मण्डलीका समस्याहरूको बारेमा उल्‍लेख गरेको मैले सुनेँ। मलाई दोधार भयो: “के मैले यो मामलालाई सम्‍हाल्‍नुपर्छ? त्यस समस्यालाई बुझ्‍नको लागि केही समय लाग्थ्यो, त्यसकारण के त्यसमा मैले समय बिताउनु भनेको मलजल गर्ने मेरो कामलाई बेवास्ता गर्नु हुँदैनथियो र? अगुवाले मलाई त्यही कुरामा ध्यान केन्द्रित गर्न लगाउनुभएको थियो, त्यसकारण यदि मैले केही समयसम्‍म यसमा प्रगति गरिनँ भने, के म असक्षम देखिने थिएँ? मैले मण्डलीका समस्याहरूलाई सम्‍हाल्‍न अरू कसैलाई पठाउने बारेमा विचार गरेँ।” त्यो विचार आएदेखि नै मलाई अशान्ति लाग्यो। यो सबै मण्डलीको काम र मेरो जिम्‍मेवारी थियो, त्यसकारण मैले अगुवाले बन्दोबस्त गर्नुभएको काम मात्रै पूरा गरेँ र अरू कामलाई बेवास्ता गरेँ भने, के त्यो ख्रीष्ट-विरोधी वा झूटो अगुवाले जस्तो नाम र हैसियतको खोजी गर्ने कार्य मात्रै हुँदैन र? त्यसकारण मैले त्यस परिस्थितिप्रति परिचित कसैलाई ती समस्याहरूको बारेमा अनुसन्धान गर्न लगाएँ। त्यसो गरेर, मैले परमेश्‍वरको अगुवाइ देखेँ, र त्यस मण्डलीको समस्या मैले सुनेको भन्दा खराब रहेछ भन्‍ने थाहा पाएँ। समस्याहरू समाधान गर्न म अर्को अगुवासँग गएँ। हामीले एक-दुई जना हानिकारक गैर-विश्‍वासीहरूलाई हटायौं र अजिम्‍मेवार र लामो समयदेखि वास्तविक काम गर्न असफल भएका केही झूटा अगुवाहरूलाई निकाल्यौं। ती हानिकारक दुष्कर्मीहरूलाई मण्डलीबाट निकालिएको देखेर, मण्डली जीवन फेरि भताभुङ्ग हुनेछैन भन्‍ने जानेर म अत्यन्तै खुशी भएँ। अब म नाम र हैसियतको पछि नलागी आफ्‍नो कर्तव्यमा वास्तविक हुन सक्छु। यो सबै परमेश्‍वरको न्याय र निराकरण प्राप्त गरेकोले नै हो। परमेश्‍वरको मुक्तिको लागि धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरूलाई खुसी पार्ने हुनुको सत्यतालाई मैले देखेको छु

नुलि, चीनमैले मेरा इष्टमित्र, परिवार र छिमेकीहरूसित अन्तरक्रियाहरू गर्दा व्यक्तिगत सम्बन्धलाई कायम राख्न निकै प्रयास गर्ने गर्थेँ। म कुनै...

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

कर्तव्यमा सत्यता चाहिन्छ

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्