दृढ नहुनु पछाडिको कारण

16 डिसेम्बर 2024

केली, दक्षिण कोरिया

केही समय पहिले, म आफ्‍नो कर्तव्यमा अत्यन्तै अदक्ष भएकी थिएँ। हरेकपटक भिडियो प्रोजेक्टको काम गर्दा, म त्यसलाई धेरैपटक परिमार्जन गर्थेँ। यसले कामको समग्र प्रगतिलाई गम्‍भीर असर गरेको थियो। सुरुमा त मलाई ममा रायको कमी भएको कारण यस्तो भएको हो भन्‍ने लागेको थियो—हरेकापटक ब्रदर-सिस्टरहरूले केही संशोधन गर्ने सुझाव दिन्थे, सिद्धान्तहरूका आधारमा ती सुझाव आवश्यक छन् कि छैनन् भनेर मूल्याङ्कन गर्दिनथिएँ, र तिनीहरूले दिएका सुझावअनुसारै परिवर्तन गर्थेँ। कतिपय सुझावहरू त्यति उचित हुँदैनथिए, त्यसले गर्दा निरन्तर पुनः काम गर्नुपर्थ्यो। पछि, काट-छाँट र निराकरण गरिएपछि, र परमेश्‍वरको वचनले प्रकट गर्ने कुराअनुसार आत्मासमीक्षा गरेर, आफू दृढ हुन नसक्‍नुको पछाडि शैतानी स्वभाव र घृणित अभिप्राय लुकेका रहेछन् भन्ने मैले थाहा पाएँ।

त्यो धेरै महिना पहिलेको कुरा हो। त्यतिबेला, कतिपय ब्रदर-सिस्टरहरू अहङ्कारी र आत्मधर्मी थिए, तिनीहरू सधैँ आफ्नै दृष्टिकोणहरूमा जोड दिन्थे र अरूका सुझावहरू स्वीकार गर्न सक्दैनथिए, जसले गर्दा कामको प्रगतिमा गम्‍भीर असर पुगेको थियो। हाम्रा अगुवाले तिनीहरूलाई खुलासा गर्न धेरैपटक सङ्गति गरे, तर परिवर्तन नभएका कारण तिनीहरूलाई बर्खास्त गरियो। तिनीहरूलाई बर्खास्त गरिएको देखेर मैले मनमनै आफूलाई चेतावनी दिएँ, “भविष्यमा ब्रदर-सिस्टरहरूले मलाई सुझाव दिँदा, मैले आफ्‍नै दृष्टिकोणहरूमा जोड दिनु हुँदैन।” त्यसपछि, हरेकपटक सबैले भिडियो संशोधन गर्ने सुझाव दिँदा, तीमध्ये कुनै-कुनै खासै परिवर्तन गर्नु नपर्ने स-साना समस्या भए पनि, म ती सुझाव सधैँ अपनाउँथेँ। मलाई वास्तवमा कतिपय ती सुझाव सिद्धान्तअनुरूप छैनन्, र कति त एकदमै नगण्य समस्या मात्र हुन् भन्‍ने लाग्थ्यो, तर यसरी चिन्तित हुन्थेँ, “यदि मैले संशोधन गरिनँ भने, मेरा सुपरिवेक्षक, र ब्रदर-सिस्टरहरूले मलाई के सोच्लान? के तिनीहरूले मलाई अहङ्कारी र अरूको सल्‍लाह मान्‍न नसक्‍ने व्यक्ति ठान्नेछन्? यदि मैले म सत्यता स्वीकार गर्न सक्दिनँ भनेर मानिसहरूमा नराम्रो छाप पारेँ भने, म अवश्यै बर्खास्त हुनेछु। यसको साथै, म आफ्ना रायबारे निश्‍चित थिइनँ। यदि म गलत थिएँ र गर्नुपर्ने परिवर्तन गरिनँ भने, यदि भिडियो अनलाइन भइसकेपछि त्यो समस्या पत्ता लाग्यो भने, मैले नै जिम्‍मेवारी लिनुपर्नेछ।” यसबारे विचार गरेपछि, सुरक्षित रहन, मैले ती सबै सुझाव स्विकारेँ र नयाँ संशोधनहरू गरेँ। कहिलेकहीँ एउटै कुरामा फरक-फरक सुझावहरू आउँथे, त्यसैले म फरक-फरकै संस्करण बनाउँथेँ र कुनचाहिँ सबैभन्दा राम्रो छ भनेर मेरा सुपरिवेक्षकलाई सोध्थेँ, वा हाम्रो टोलीले कामबारे छलफल गर्दा, म त्यसबारे ब्रदर-सिस्टरहरूसँग छलफल गर्थेँ र सँगै मिलेर अन्तिम निर्णय गर्थ्यौँ। म सोच्थेँ, “मेरा सुपरिवेक्षक र धेरैजसो ब्रदर-सिस्टरहरूले यो निर्णय गरेका छन्। यो बहुसंख्यकको विचार हो, त्यसकारण त्यसमा कुनै पनि ठूलो समस्या नहुनुपर्ने हो। यो नै सबैभन्दा सुरक्षित तरिका हो। यदि भविष्यमा कुनै गल्ती भयो भने, यो म एकलैको जिम्‍मेवारी हुनेछैन।” कहिलेकाहीँ, मैले धेरैवटा सुझाव पाउँथेँ, र कसरी संशोधन गर्ने म निश्चित हुदिनँथिएँ, त्यसकारण म सुपरिवेक्षकलाई खोज्थेँ र कुन चाहिँ निर्देशन पालन गर्ने भनेर सहयोग माग्थेँ। कहिलेकाहीँ, म अत्यन्तै धेरै सुझाव पाउँथेँ र अन्त्यमा कुन इफेक्ट दिनुपर्ने मलाई थाहा हुँदैनथियो, जसले गर्दा कर्तव्य निर्वाह अत्यन्तै अप्रभावकारी हुन्थ्यो। कामसम्‍बन्धी छलफलहरूमा, मैले निर्णय गर्न निरन्तर मदत माग्दा ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्यमा लगाउने समय लिइदिन्थेँ र यसले कामको समग्र प्रगतिमा ढिलाइ गर्थ्यो।

एकपटक, म भिडियोको पृष्ठभूमि तस्विर बनाउँदैथिएँ। यसले पापमा जिइरहेका मानिसहरूको कष्टलाई झल्काउनुपर्थ्यो, त्यसकारण मैले पछाडीपट्टि उज्यालो छरिएको अँध्यारो भावको तस्विर बनाएँ। कतिपय ब्रदर-सिस्टरहरूलाई त्यो अत्यन्तै अँध्यारो र अनाकर्षक लाग्यो, र अलिक उज्यालो बनाउन र केही प्रकाश र छायाको इफेक्ट थप्न सुझाव दिए। यी सुझावहरू लागू गर्न म हिचकिचाएँ। विषयअनुसार त, अन्धकारमा जिइरहेका मानिसहरूको समग्र वातावरणसित धेरै उज्यालो तस्विर मेल खाँदैनथियो, र त्यसमा प्रकाश थप्दा त वस्तुगत नियमको उल्‍लङ्घन हुनेथियो, त्यसकारण मलाई उक्त सुझाव उचित लागेन। तर त्यसपछि मैले के सोचेँ भने, धेरै जनाले यो सुझाव दिएका हुनाले, यदि यो लागू गरिनँ, र यसले भिडियो अनलाइन भइसकेपछि त्यसको इफेक्टमा असर गर्‍यो भने, त्यो मेरो जिम्‍मेवारी हुनेछ। मलाई यो समस्या भइरहेको बेला, मैले मेरा अगुवा पनि उक्त संशोधनप्रति सहमति भएकी देखेँ, त्यसकारण मैले सम्झौता गर्न थालेँ। यदि मैले आफ्‍नो दृष्टिकोणलाई अघि सारेर संशोधन गर्न असहमति जनाएकी भए, के सबैले म आफ्‍नै दृष्टिकोणमा जोड दिइरिरहेकी छु भनेर सोच्‍नेछन्? यो झमेलामय भएको कारण मैले परिवर्तन नगर्ने बहाना बनाइरहेकी छु भनेर तिनीहरूले सोच्‍नेछन्? त्यसकारण, मैले यसलाई परिमार्जन गर्ने निर्णय गरेँ। कुनै समस्या भयो भने, त्यो म एकलैको जिम्‍मेवारी हुनेथिएन, किनभने मैले सबैको सुझावको आधारमा हेरफेर गरेकी थिएँ। यो परिवर्तन अनुचित छ भन्‍ने मलाई स्पष्टसित लागेको थियो, तर पनि मैले त्यो सम्पूर्ण तस्विरलाई परिमार्जन गर्न धेरै समय लगाएँ। मैले यो काम सकेपछि, सुपरिवेक्षकले सम्‍बन्धित सिद्धान्त र संशोधनपछिको वास्तविक इफेक्टको आधारमा मूल्याङ्कन गरेर यो वस्तुगत तथ्यअनुसार छैन र मैले पहिलेकै स्थितिमा परिवर्तन गर्नुपर्छ भनेर भन्दा म त छक्क परेँ। उनले म आजभोली आफ्‍नो कर्तव्यमा निष्क्रिय भएकी छु, अरूको सुझावबारे मेरो कुनै राय हुँदैन, र मैले कामको प्रगतिमा बाधा दिइरहेकी छु भनेर पनि भनिन्, र उनले मलाई आत्मसमीक्षा गर्न अनुरोध गरिन्। त्यसपछि, मैले आफूलाई निकै लामो समयसम्‍म शान्त पार्न सकिनँ, र मलाई एकदमै दुःख लाग्यो र ग्‍लानि भयो। उक्त तस्विर परिमार्जन गर्न मैले धेरै समय खर्चेकी थिएँ, र अहिले मैले फेरि यसलाई पहिलेकै स्थितिमा फर्काउनुपरेको थियो, जसले गर्दा अवश्य नै कामको प्रगतिमा ढिलाइ भयो। मलाई के महसुस भयो भने, यो अवधिमा मैले फरक-फरक सुझाव सुन्दा, वास्तवमा मेरा आफ्‍नै रायहरू पनि थिए, तर मलाई मानिसहरूले अहङ्कारी नभनून् भनेर, मैले आफूमा ती राय हुँदा बोलिनँ। कुनै समस्याबारे अनिश्‍चितताको सामना गर्दा, मैले सत्यता सिद्धान्तहरू खोजी गरिनँ, तर अरूले नै अन्तिम निर्णय गरून् भनेर पर्खेँ र सधैँ अरूकै आदेशअनुसार काम गरेँ। मैले यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु अत्यन्तै निष्क्रिय तरिका थियो, र यसले मण्डलीको काममा ढिलाइ गर्‍यो। मैले परमेश्‍वरअघि आएर प्रार्थना गरेँ अनि आत्मसमीक्षा गर्न र आफूलाई चिन्न मार्गदर्शन मागेँ।

मैले आफ्नो खोजी र चिन्तनमा, परमेश्‍वरको यो वचन पढेँ: “परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू मण्डलीको कामका सम्बन्धमा बोझको बोध भएको, जिम्‍मेवारी लिने, सत्यता सिद्धान्तहरूमा अडिग रहन सक्ने, र कष्ट भोग्‍न र मूल्य चुकाउन सक्ने हुनुपर्छ। यदि व्यक्तिमा यी क्षेत्रहरूको कमी छ भने, ऊ कर्तव्य निर्वाह गर्नका लागि अयोग्य हुन्छ, र उसले कर्तव्य निर्वाह गर्नका लागि चाहिने सर्तहरू पूरा गर्दैन। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्‍मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले त्यस्ता कर्तव्यहरू मात्र रोज्छन् जसमा जिम्‍मेवारी लिनु पर्दैन। यदि मण्डली अगुवाले तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यको बन्दोबस्त गर्‍यो भने, सुरुमा तिनीहरूले यसको लागि जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोध्छन्: जिम्‍मेवारी लिनुपर्छ भने, तिनीहरू यसलाई स्विकार्दैनन्। यदि यसको लागि तिनीहरूले जिम्‍मेवारी लिनुपर्दैन, तिनीहरू जिम्मेवार हुनुपर्दैन भने, तिनीहरूले यसलाई इच्छा नलागीनलागी स्वीकार गर्छन्, तर अझै पनि तिनीहरूले काम थकाइलाग्दो छ कि छैन वा त्यसमा चिन्ता लिनुपर्छ कि पर्दैन भनेर ख्याल गर्छन्। तिनीहरूले मन नलागी-नलागी त्यो स्वीकार गरे पनि, तिनीहरूमा त्यो कर्तव्य राम्ररी निर्वाह गर्ने अभिप्राय हुँदैन, बरु तिनीहरू अझै पनि झाराटारुवा हुन चाहन्छन्, ‘फुर्सत होस्, परिश्रम गर्नु नपरोस्, र शारीरिक कष्ट गर्नु नपरोस्’ भन्ने कुरालाई आफ्नो सिद्धान्तका रूपमा लिन्छन्। दोस्रो कुरा के हो भने, तिनीहरूले कठिनाइ वा समस्या सामना गर्दा, तिनीहरूको पहिलो प्रतिक्रिया भनेको आफूलाई निस्फिक्री राख्ने प्रयासस्वरूप अगुवालाई यसको रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्‍हाल्‍न र समाधान गर्न लगाउनु हो। तिनीहरू अगुवाले यो समस्या कतिको राम्ररी सम्‍हाल्छन् भन्‍नेबारे वास्ता गर्दैनन् र यसमा दिमाग लगाउँदैनन्—जबसम्‍म तिनीहरू आफैले जिम्‍मेवारी लिनु पर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गरेर तिनीहरू परमेश्‍वरप्रति बफादार भइरहेका हुन्छन्? यसलाई जिम्‍मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र धूर्त हुनु भनिन्छ। यो सबै गफ मात्र हो; तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, ‘यदि यो काम मैले सम्‍हाल्‍नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैनन् र? के यसको जिम्‍मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?’ तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्‍ने तँलाई विश्‍वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्‍हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्‍वरले देख्‍नुहुन्छ। तैँले परमेश्‍वरले सबै कुरा र मानिसको हृदय छानबीन गर्नुहुन्छ भनेर विश्‍वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्‍वास गर्दैन भने, के ऊ अविश्वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र? उसले यो कर्तव्य निर्वाह गर्नु नगर्नुले वास्तवमै महत्त्व राख्दैन, राख्छ त? ऊ जिम्मेवारी लिन डराउँछ र जिम्मेवारीबाट भाग्छ। केही आइपर्दा, उसले तुरुन्तै उक्त समस्या सम्हाल्ने उपायबारे सोच्ने कोसिस गर्दैन, बरु उसले सुरुमा अगुवालाई सम्पर्क गरेर जानकारी दिने गर्छ। अवश्य नै, कतिपय मानिस अगुवालाई जानकारी दिँदा उक्त समस्या आफै सम्हाल्ने कोसिस गर्छन्, तर कतिपय मानिस भने यसो गर्दैनन्, र सुरुमा अगुवालाई सम्पर्क गर्छन् र त्यसपछि केही नगरी निर्देशन पर्खेर बस्छन्। अगुवाले तिनीहरूलाई कुनै कदम चाल्नू भनी निर्देशन दिँदा तिनीहरू कदम चाल्छन्; यदि अगुवाले केही काम गर्नू भनेमा तिनीहरू त्यो गर्छन्। यदि अगुवाले केही पनि भनेन वा निर्देशन दिएन भने, तिनीहरू केही पनि गर्दैनन् र त्यतिकै आलटाल गर्छन्। तिनीहरू कसैले उत्प्रेरित नगरी वा सुपरिवेक्षण नगरी बिलकुलै कुनै काम गर्दैनन्। ल भन्, के यस्तो व्यक्तिले कर्तव्य निर्वाह गरिरहेको हुन्छ? उसले श्रम गर्दा पनि, उसमा बफादारी हुँदैन! व्यक्तिले कर्तव्य पूरा गर्दा जिम्‍मेवारी लिन डराउने अवस्थाको प्रकटीकरण एउटा अर्को तरिकाले पनि हुन्छ। कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सतही, साधारण, अनि जिम्‍मेवारी लिनुनपर्ने काम मात्रै अलिअलि गर्छन्। तिनीहरूले कठिनाइ भोग्‍नुपर्ने र जिम्‍मेवारी लिनुपर्ने काम अरूको काँधमा हालिदिन्छन्, र केही बिग्रियो भने, त्यसको दोष तिनै मानिसहरूमाथि थोपरिदिन्छन् र आफूसँग त्यसको कुनै सरोकार नभएजस्तो गर्छन्। तिनीहरू गैरजिम्‍मेवार भएको देख्दा, मण्डली अगुवाहरूले धैर्यका साथ सहयोग गर्छन् र तिनीहरूलाई काटछाँट गर्छन्, ताकि तिनीहरूले जिम्‍मेवारी लिन सकून्। तर तिनीहरू अझै पनि जिम्‍मेवारी लिन चाहँदैनन्, र सोच्छन्, ‘यो कर्तव्य पूरा गर्न कठिन छ। गल्ती भएमा मैले नै यसको जिम्‍मेवारी लिनुपर्नेछ, र मलाई निकालिने र हटाइने सम्‍भावना हुन्छ, र त्यो मेरो लागि अन्त्य हुनेछ।’ यो कस्तो प्रकारको मनोवृत्ति हो? यदि आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा जिम्‍मेवारीबोध छैन भने, तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? आफूलाई साँचो रूपमा परमेश्‍वरको लागि समर्पित गर्न नसक्नेहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र जिम्‍मेवारी लिन डराउनेहरूले कर्तव्य निर्वाह गर्दा काममा ढिलाइ मात्रै गर्छन्। त्यस्ता मानिसहरू भरोसा गर्न योग्य हुँदैनन् र तिनीहरूलाई कुनै पनि कुराको जिम्मा लगाउन सकिँदैन; तिनीहरू सित्तैँमा पेट भर्नका लागि मात्रै आफ्‍नो कर्तव्य निर्वाह गर्छन्। के यस्ता ‘भिखारी’ हरूलाई हटाइनुपर्छ? पर्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरू चाहँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरको वचनले मेरो स्थितिलाई प्रकट गरिदियो। यो अवधिमा मैले आफ्‍नो कर्तव्य कसरी निर्वाह गरेँ त्यसबारे फर्केर विचार गरेँ। मैले धेरै सुझाव प्राप्त गर्दा, मलाई तीमध्ये कतिपय उचित छैनन् भन्‍ने थाहा हुन्थ्यो। कतिपय संशोधनहरू सिद्धान्तविपरीत हुन्थे, र कति अनावश्यक हुन्थे। तर मलाई मैले सबैको सुझाव सुनिनँ, र केही गलत भयो भने, म एकलैले दोष बोक्‍नुपर्छ भनेर म डराउँथेँ। आफ्नै दृष्टिकोणमा टाँसिरहँदा मानिसहरूमा म अहङ्कारी र आत्मधर्मी छु भन्ने नराम्रो छाप पर्ला भनेर पनि डर म डराएँ। त्यसकारण म हरेकको रायलाई समावेश गर्थेँ, अरूले दिएको जुनसुकै परिवर्तन लागू गर्थेँ, अनि बारम्बार संशोधन गरेर विभिन्‍न संस्करणसमेत बनाउथेँ, अनि सुपरिवेक्षक र ब्रदर-सिस्टरहरूले निर्णय गरून् भनेर पर्खन्थेँ। दोष लिनुपर्छ भन्‍ने डरले मैले कहिल्यै पनि सत्यता सिद्धान्तहरू खोजिनँ वा आफै निर्णयहरू गरिनँ। यसरी काम गर्नु निकै सुरक्षित छ भन्‍ने लाग्यो, किनभने कुनै कुरा समूहले निर्णय गरेपछि, समस्या आउने सम्‍भावना कम हुन्थ्यो, र समस्या नै आए पनि म एकलै हुनेथिइनँ। बाहिरी रूपमा, म आफ्‍नो कर्तव्यमा सधैँ व्यस्त हुन्थेँ, तर वास्तवमा, म सबै कुरामा आफ्‍नै हितलाई विचार गरिरहेकी हुन्थेँ र आफूलाई कसरी रक्षा गर्ने र जिम्‍मेवारीबाट पन्छिने भनेर सोचिरहेकी हुन्थेँ। के त्यसरी मैले चाल चलिरहेकी थिइनँ र? यसरी आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको मैले आफ्नो श्रम चढाएकी र आफूलाई जे भनिएको छ त्यही मात्रै गरेकी हुन्थ्यो। म कहिल्यै लगनशील भइनँ, न त आफ्नो कर्तव्यमा जिम्मेवारी नै लिएँ। मैले मण्डलीको कामलाई पटक्कै विचार गरिनँ, र ममा साँच्‍चै पटक्कै मानवता थिएन। आफ्ना कर्तव्य इमानदारीसाथ निर्वाह गर्नेहरूले सबै कुरामा मण्डलीका हितलाई विचार गर्छन्, र आफूले बुझ्‍न नसक्ने मामिला सामना गर्दा, परमेश्‍वरको इच्‍छा खोज्छन्, सत्यता सिद्धान्तहरू खोजी गर्छन्, र आफ्ना कर्तव्यमा परमेश्‍वरसँग एउटै हृदयका हुन्छन्। तर म नि? म आफ्‍नो कर्तव्यमा पूर्ण रूपले बेइमान र निर्बुद्धि थिएँ। म त भारामा काम गर्ने व्यक्तिजस्तै थिएँ, आदेश मात्र पर्खेर बस्ने व्यक्ति। मैले सत्यताद्वारा समस्या समाधान गर्ने प्रयास कहिल्यै गरिनँ। यसरी आफ्‍नो कर्तव्य निर्वाह गर्दा, परमेश्‍वर वा सत्यतासँग मेरो कुनै सम्‍बन्ध थिएन। मैले त सतही तवरमा झारा मात्रै टारिरहेकी थिएँ, म सेवाकर्ताको स्तरमा पनि थिइनँ।

मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड याद आयो: “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमानित र पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्‍वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरले सबैको हृदय नियाल्नुहुन्छ भन्ने कुरा मैले उहाँका वचनहरूबाट बुझेँ। उहाँले हामी कति धेरै काम गर्छौँ वा कति धेरै कष्ट भोग्छौँ भनेर हेर्नुहुन्‍न। बरु, उहाँले मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा उनीहरूका अभिप्राय परमेश्‍वरको लागि हो कि आफ्‍नै लागि हो, र आफ्ना कर्तव्यमा तिनीहरूसँग सत्यता अभ्यासको गवाही हुन्छ कि हुँदैन भन्‍ने कुरा हेर्नुहुन्छ। यदि आफैलाई सन्तुष्ट पार्न कर्तव्य निर्वाह गरिन्छ भने, यो परमेश्‍वरको नजरमा दुष्टता हो, र उहाँ यसलाई तिरस्कार गर्नुहुन्छ। मैले परमेश्‍वरको वचनद्वारा के थाहा पाएँ भने, कर्तव्य पूरा गर्दा मैले आफ्‍नै बारेमा मात्रै विचार गरेँ। जिम्‍मेवारी लिनबाट बच्‍नको लागि, जति धेरै समय लागे पनि, महत्त्वहीन कुरा ठीक गर्नतिर लाग्थेँ, यहाँसम्म कि कामको प्रगतिमा ढिलाइ होला भन्ने ख्याल नगरी बारम्बर संशोधन गर्थेँ। आफूलाई अनुचित भनेर स्पष्टसित थाहा भएका सल्लाहको आधारमा संशोधन गर्न म आफ्नो इच्छाविरुद्ध गएकी थिएँ, नतिजास्वरूप, भिडियोको गुणस्तर खस्कियो। मैले काममा ढिलाइ गरेँ, तर मलाई कहिल्यै पनि चिन्ता वा आतुरी लाग्दैनथियो, न त मैले सत्यता सिद्धान्तहरू खोजी गरेर दक्षता बढाउने प्रयास नै गरेँ। मैले आफ्‍नो कर्तव्यमा केवल प्रक्रियाहरू पछ्याइरहेकी र झारा टारिरहेकी थिएँ, र मैले संशोधन गर्ने काम सकेर सबैले यसलाई अनुमोदन गरेपछि, यो ठीकठाक हुन्छ भन्‍ने सोचेँ। मेरो गैरजिम्‍मेवार व्यवहारले गर्दा मैले आफ्‍नो कर्तव्य पटक्कै निर्वाह गरिरहेकी थिइनँ, र यसबाट असल कार्य प्राप्त भइरहेको थिएन। त्यो तर दुष्टता थियो। आफ्‍नै हितको रक्षा गर्न, मैले बारम्बार मण्डलीको काममा बाधा पुऱ्याएँ। मैले शैतानको सेवकको रूपमा मात्रै काम गरिरहेकी थिएँ र मण्डलीको काममा बाधा दिइरहेकी थिएँ! यसबारे सोच्दा, मलाई डर लाग्यो। मैले आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिलाई परिवर्तन गर्न मार्गदर्शन माग्दै तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ।

त्यसपछि, जब मैले आफ्ना कर्तव्यमा सबै प्रकारका सुझावहरू प्राप्त गर्थेँ, तब म सुरुमा प्रार्थना र खोजी गर्न परमेश्‍वरसामु आउँथेँ, सुझावित कुन-कुन परिवर्तनहरू आवश्यक छन् र कुन-कुन छैनन् भनेर विश्‍लेषण गर्थेँ, अनि अझै राम्रा परिणामहरू प्राप्त गर्न आफ्नो दक्षता कसरी सुधार गर्ने सो विचार गर्थेँ। आवश्यक नरहेका सुझावित परिवर्तनहरूको हकमा भने, म आफूले बुझेका सिद्धान्तहरूको आधारमा आफ्‍ना रायहरू राख्थेँ, सबैसँग खोजी र सङ्गति गर्थेँ, र सहमतिमा पुग्थेँ। यसरी अभ्यास गर्दा म आफ्‍नो कर्तव्यमा अलिक बढी दक्ष भएँ। यस पक्षमा मैले केही परिवर्तन गरेकी छु र प्रवेश प्राप्त गरेकी छु भन्ने ठानेँ, तर जिम्‍मेवारी लिनुपर्ने कुराको सामना गर्दा, म फेरि आफ्नै पुरानो तरिकामा फर्किएँ।

एकपटक, मैले भिडियो शब्दचित्र बनाएँ, र उक्त तस्विरका सानाठूला एक-एक कुराबारे सबैले फरक-फरक राय व्यक्त गरे। हामीले छलफल र कुराकानी गरेपछि पनि, यसलाई कसरी परिमार्जन गर्ने भनेर हामीले अझै निर्णय गरेका थिएनौँ, र हामी लामो समयसम्‍म यसमा अल्झिएर बस्यौँ। वास्तवमा, यदि शब्दचित्र राम्रो देखिन्छ, र तस्विरको सामग्रीले वस्तुगत वास्तविकतालाई उल्‍लङ्घन गर्दैन भने, यसका एक-एक कुरामा अल्झिनु आवश्यक छैन भनेर मलाई थाहा थियो। तर यत्ति धेरै सुझावहरू सुनिसकेपछि, के गर्ने मलाई थाहा भएन, “यदि मैले आफ्‍नै रायको आधारमा परिवर्तन गरेँ भने, भिडियो अपलोड गरिसकेपछि समस्या भयो भने के गर्ने? त्यसपछि त त्यो मेरो जिम्‍मेवारी हुनेछ।” गल्ती भएमा जिम्‍मेवारी लिनुपर्ने डर मलाई भयो, त्यसकारण मैले फेरि सबैको सुझावको आधारमा फरक-फरक संस्करण बनाएँ र सबैको अन्तिम निर्णय पर्खेँ। तर अन्त्यमा कसैले पनि मलाई स्पष्ट उत्तर दिएनन्। दिनहरू बित्दै गएको देखेर मलाई एकदमै चिन्ता लाग्यो। के मैले फेरि पनि भिडियोको काममा ढिलाइ गरिरहेकी थिइनँ र? मैले मनमनै सोधेँ, “किन निर्णय गर्न यति कठिन भएको? किन मलाई आफ्ना हात बाँधिएका र ती फुकाउन सक्दिनँ जस्तै लागिरहेको छ?” त्यसकारण, म प्रार्थना र खोजी गर्न परमेश्‍वरसामु आएँ, अनि आत्मसमीक्षा गर्न र आफूलाई चिन्‍न मार्गदर्शन गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको वचन पढेँ: “तँ इमानदार व्यक्ति बन्‍नैपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनैपर्छ, र तैँले ती समाधान गर्न सम्भव भएजति सबै उपायहरू प्रयोग गर्नैपर्छ र सत्यता खोज्नैपर्छ। तँ धूर्त व्यक्ति कदापि बन्‍नु हुँदैन। समस्याहरू आइपर्दा, यदि तैँले जिम्मेवारीबाट पन्छिन र त्यसबाट हात झिक्नमा मात्र ध्यान दिन्छस् भने, तँ यस व्यवहारका लागि गैरविश्‍वासीहरूमाझ समेत निन्दित हुनेछस्, परमेश्‍वरको घरमा त झन् भनिरहनै परेन! यस व्यवहारलाई परमेश्‍वरले निश्चित रूपमा दोषी ठहराउनुहुन्छ र श्राप दिनुहुन्छ अनि परमेश्‍वरका चुनिएका मानिसहरू यसलाई घृणा र इन्कार गर्छन्। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्‍वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जबाफदेही ठहराइनेछ। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहुन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्‍वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ ढोँग गर्छ, कामकुरालाई ढाकछोप गर्छ र लुकाउँछ, र आफूलाई निकै कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि छर्लङ्ग देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्‍न सक्दैनन्, तर परमेश्‍वरले तेरो भित्री हृदयका कुराहरूको छानबिन गर्न सक्‍नुहुन्छ। जब परमेश्‍वरले तँ इमानदार व्यक्ति होइनस्, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्‍ने कुरा देख्नुहुन्छ, उहाँले तँलाई मन पराउनुहुन्‍न, र उहाँले तँलाई घृणा गर्नुहुन्छ र त्याग्‍नुहुन्छ। गैरविश्‍वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबै अत्यन्तै रहस्यमयी, अत्यन्तै छली र धूर्त, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्‍न सकिन्छ। के परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ? परमेश्‍वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न—र उहाँले यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्‍न। तिमीहरू यस्तो प्रकारको व्यक्ति कदापि हुनु हुँदैन। बोल्दा सधैँ सतर्क र चनाखो रहनेहरू, मामिलाहरू सम्हाल्दा चिप्ले र चालबाज हुनेहरू अनि परिस्थितिसँग मिल्दो भूमिका खेल्नेहरू—म तँलाई भन्छु, परमेश्‍वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूलाई मुक्ति दिइनै सकिन्न। छली र धूर्त मानिसहरूको वर्गमा पर्नेहरू सबैका सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती सबै छली, दुष्ट शब्द हुन्। तिनीहरूका शब्‍दहरू जति मिठा सुनिन्छन्, त्यति नै यी मानिसहरू दियाबलस र शैतान हुन्छन्। यिनीहरू ठ्याक्कै परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। यो एकदमै सही कुरा हो। तिमीहरू के भन्छौ: के छली, बारम्बार झूट बोल्ने, र चिप्‍लो बोल्‍ने मानिसहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र धूर्त मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई जनावरका रूपमा हेर्नुहुन्छ। परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र सारमा तिनीहरू दियाबलस र शैतान हुन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्‍वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरको वचनले मेरो स्थितिलाई प्रकट गरिदियो। फरक-फरक सुझावहरू आउँदा म सधैँ निर्णय गर्न असमर्थ हुन्थेँ, गल्तीको जिम्‍मेवारी लिनुपर्ला भनेर डराउँथेँ, र सधैँ आफूलाई रक्षा गर्ने प्रयास गर्थेँ, किनभने म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” र “सबै हाकिम भए कानुन केका लागि” जस्ता शैतानी विषहरूको नियन्त्रणमा थिएँ। अरूबाट सुझावहरू आउँदा, मेरा पनि आफ्‍नै रायहरू हुन्थे, तर म ती राय अघि सारेर समयमा नै खोजी गर्दिनथिएँ। कहिलेकाहीँ अरूका सल्लाह मलाई अनुचित लाग्दा पनि अफूलाई रक्षा गर्न जिद्दी गर्दै ती सल्‍लाह लागू गर्न जोड दिन्थेँ। यसरी, समस्याहरू हुँदा ती मेरो जिम्‍मेवारी हुनेथिएनन् र मलाई निराकरण गरिनेथिएन। बाहिरीरूपमा, म अरूको सल्‍लाह स्वीकार गर्ने, र सुझावहरू लिएर लागू गर्न सक्‍ने जस्तो देखिन्थेँ, जसले गर्दा म अहङ्कारी छैनँ र सत्यता स्वीकार गर्न सक्छु भन्‍ने भ्रम हुन्थ्यो। वास्तवमा, यसको पछाडि मेरा आफ्‍नै घृणित अभिप्रायहरू लुकेका हुन्थे। मैले कसरी व्यवहार गरेकी थिएँ, र कुनै कुरामा आफू जिम्‍मेवार हुन सक्ने अवस्थामा, म कसरी आफ्‍नो बचाव गर्थेँ भनेर सोचेँ। कहिलेकाहीँ अरूलाई समस्या हुँदा र मेरो सल्‍लाह माग्दा, म पहिला तिनीहरूको राय र दृष्टिकोण विश्लेषण गर्थेँ, र ती मेरो रायसँग मिल्यो भने, म त्यसलाई आधारको रूपमा प्रयोग गरेर आफ्‍नो सुझाव थप्थेँ, तर तिनीहरूका राय फरक छन् भने, म आफ्‍नो राय दिन चाहँदिनथिएँ, किनभने यदि म गलत भएँ र समस्या आयो भने, जिम्‍मेवारी मैले नै लिनुपर्छ भनेर म डराउँथेँ, त्यसकारण म कुनै अस्पष्ट र सतही कुरा भन्थेँ। यी शैतानी जीवन दर्शनअनुसार जिएर, म विशेष गरी धूर्त र छली बनेकी थिएँ, मैले कहिल्यै पनि आफ्‍नो दृष्टिकोणलाई स्पष्ट रूपमा अघि राख्न सकिनँ, मसँग कुनै सिद्धान्त वा स्तर थिएन, र म मानिसहरूलाई अन्योलमा पार्ने र आफ्‍ना दृष्टिकोणलाई रहस्यमय बनाउने किसिमले बोल्थेँ। यसो गर्नु बाठो तरिका हो, त्यसो गर्दा मैले कुनै पनि परिणाम भोग्नुपर्दैन, मलाई काटछाँट, निराकरण र बर्खास्त गरिनेछैन भन्‍नेसमेत म सोच्‍ने गर्थेँ। मैले त परमेश्‍वर र ब्रदर-सिस्टरहरूसँग छलछाम र षड्यन्त्र गरिरहेकी रहेछु, र मैले परमेश्‍वरमा मप्रति घृणा र तिरस्कार पैदा गरिरहेकी छु भन्‍ने कुराको मलाई अत्तोपत्तो थिएन। परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई त छल गर्न सकेँ होला, तर परमेश्‍वरले मेरो हृदय नियाल्नुभयो। यदि मैले परमेश्‍वरलाई यसरी नै छल गरिरहेँ, आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार भइरहेँ, झारा टार्ने काम गरिरहेँ, र सत्यता सिद्धान्तहरू खोजी गर्नमा ध्यान दिइनँ भने, अन्त्यमा, मैले फेरि कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ, र मलाई हटाइने पनि थियो। म आफ्‍नै फाइदाको लागि अत्यन्तै बाठो भएकी छु भन्‍ने मैले बुझेँ। म साँच्चै अत्यन्तै अज्ञानी थिएँ! यो कुरा महसुस गरिसकेपछि मात्रै मलाई डर लाग्‍न थाल्यो। म साँच्‍चै नै परमेश्‍वरमा पश्‍चात्ताप गर्न चाहन्थेँ। म त्यसरी जिइरहन सक्दिनथिएँ।

पछि, मैले परमेश्‍वरको वचनका दुईवटा खण्ड पढेँ: “परमेश्‍वरको घरमा, तैँले जस्तो कर्तव्य निर्वाह गरे पनि, तैँले सिद्धान्तहरू बुझ्‍नै पर्छ, र सत्यता अभ्यास गर्न सक्ननैपर्छ। त्यसपछि तँसित सिद्धान्तहरू हुनेछन्। यदि तैँले कुनै कुरा छर्लङ्गै देख्न सक्दैनस्, यदि तँ व्यवहार गर्ने उचित तरिकाबारे निश्‍चित छैनस् भने, तैँले सहमतिमा पुग्‍नको लागि खोजी र सङ्गति गर्नुपर्छ। तैँले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको लागि फाइदाजनक के छ भन्‍ने कुरा तय गरेपछि, त्यही गर्। कुनै पनि नियमहरू द्वारा बाधित नहो, ढिलाइ नगर्, प्रतीक्षा नगर्, साथै हात बाँधेर रमिता हेर्ने व्यक्ति नबन्। यदि तँ सधैँ निष्क्रिय रूपमा अवलोकन मात्रै गर्छस्, र कहिल्यै आफ्‍नो राय राख्दैनस्, सधैँ अरू कसैले निर्णय गरेपछि मात्र केही गर्छस्, र, कसैले निर्णय नगरेसम्म टालटुल गर्दै पर्खन्छस् भने, परिणाम के हुनेछ? हरेक काम ठप्प हुनेछ, र केही पनि फत्ते हुनेछैन। तैँले सत्यता खोज्न सिक्नुपर्छ, वा कम्तीमा आफ्नो विवेक र समझको आधारमा काम गर्न सक्नुपर्छ। यदि तैँले केही काम गर्ने उचित तरिका छर्लङ्गै देख्न सक्छस्, र अधिकांश मानिसहरूलाई पनि त्यो विधि व्यवहार्य छ भन्‍ने लागेमा, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। जिम्मेवारी लिनुपर्ला वा अरू चिढिएलान्, वा परिणामहरू भोग्‍नुपर्ला भनी नडरा। यदि कुनै व्यक्तिले कुनै पनि वास्तविक काम गर्दैन, र सधैँ षड्यन्त्र गरिरहेको हुन्छ, जिम्मेवारी लिन डराउँछ, अनि आफ्ना क्रियाकलापहरूमा सिद्धान्तहरूमा अडिने आँट गर्दैन भने, यसले ऊ अत्यन्तै धूर्त र छली छ, अनि उसले अत्यन्तै धेरै चतुर युक्तिहरू बोकेको छ भन्‍ने देखाउँछ। परमेश्‍वरका अनुग्रह र आशिष्‌हरूमा रमाउने चाहना गर्नु तर कुनै वास्तविक काम नगर्नु भनेको एकदमै सद्गुण नहुनु हो। यस्ता धूर्त र छली मानिसहरूलाई जत्तिको परमेश्‍वरले अरू कसैलाई तिरस्कार गर्नुहुन्‍न। तैँले जे सोचिरहेको भए पनि, यदि तैँले सत्यताअनुसार अभ्यास गरिरहेको छैनस्, तँमा कुनै बफादारी छैन, तँ सधैँ व्यक्तिगत दूषणहरूद्वारा दूषित हुन्छस्, र तैँले सधैँ आफ्‍नै सोचविचार बोकिरहेको हुन्छस् भने, परमेश्‍वरले यी यावत् थोक छानबिन गर्नुहुन्छ, र तिनका बारेमा थाहा पाउनुहुन्छ। के तँलाई परमेश्‍वरलाई तिनका बारेमा थाहा हुँदैन भन्‍ने लाग्छ? यदि लाग्छ भने, तँ अत्यन्तै मूर्ख छस्! अनि यदि तैँले तुरुन्तै पश्‍चात्ताप गरिनस् भने, तैँले परमेश्‍वरको काम पाउनेछैनस्(परमेश्‍वरको सङ्गति)। “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर परमेश्‍वरका वचनहरूबारे कहिल्यै सोच्दैनस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्‍नो सारा हृदय र बल लगाउनु, परमेश्‍वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरूबाट के थाहा पाएँ भने, परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ। हामी अज्ञानी र कमजोर क्षमताका भए पनि यसले केही फरक पार्दैन। मुख्य कुरा भनेको सही र इमानदार हृदय हुनु, आफ्‍नो भेष नबद्लनु, आफूलाई लागेको कुरा खुलस्त बताउनु, आफूले नबुझेका कुराबारे अरूसँग खोजी र सङ्गति गर्नु, सिद्धान्तअनुरूप र मण्डलीको कामलाई फाइदा पुर्‍याउने काम गर्नु, अनि आफ्‍नो कर्तव्यमा निष्ठावान हुनु हो। यति गर्नुहोस्, अनि परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ। परमेश्‍वरले मानिसहरूको हृदय नियाल्नुहुन्छ। कमजोर क्षमता भएकोले वा सत्यता नबुझेको कारण हामीले कहिलेकहीँ गल्ती गरे पनि, यदि हामीले सक्दो प्रयास गऱ्यौँ भने, सिक्नुपर्ने पाठहरू प्राप्त गर्नेछौँ। हामीले सत्यता स्वीकार गऱ्यौँ, यसको खोजी गऱ्यौँ, र समयमै समस्याहरूलाई सारांश गर्‍यौँ भने, समय बित्दै जाँदा हामीले बाटो बिराउने दर घट्दै जान्छ, र क्रमिक रूपमा सिद्धान्तहरूमा पोख्त भएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्छौँ। मण्डलीले एउटै गल्तीको लागि मानिसहरूलाई दोष लगाएर जवाफदेही बनाउँदैन। यो कुरा बुझेपछि, मलाई निकै राहत महसुस भयो।

पछि, यो अवधिमा मैले आफ्नो स्थितिबारे एक जना सिस्टरसँग मन खोलेर सङ्गति गरेँ, र उनले मलाई अत्यन्तै धैर्यताका साथ सहयोग गरिन्। सँगै बसेर खोजी र सङ्गति गरेर, मैले सधैँ राख्दै आएको गलत दृष्टिकोणलाई परिवर्तन गरेँ। पहिले त, मलाई सधैँ के चिन्ता लाग्थ्यो भने मैले अरूको सल्‍लाह स्वीकार गरिनँ अनि फरक दृष्टिकोण र राय राखेँ भने, अरूले मलाई अहङ्कारी र सत्यता स्वीकार नगर्ने व्यक्ति ठान्छन्। वास्तवमा, मैले अहङ्कार र सिद्धान्तहरूमा अडिग हुनु बीचको भिन्‍नता छुट्याउन नसकेकी कारण त्यसो भएको रहेछ। सिद्धान्तमा अडिग हुनुको अर्थ, सत्यता खोजी गरेर, सिद्धान्तअनुसारका अभ्यासहरू निर्धारण गर्नु र मण्डलीका हितको रक्षा गर्नु, अनि अरूले विरोध गर्दा वा औँल्याउँदा पनि तिनमा अडिग भएर सम्झौता नगर्नु हो। बाहिरीरूपमा यो अहङ्कारजस्तै देखिए पनि, यो सत्यतामा रहनु र सकारात्मक कुरा हो। अहङ्कार भनेको आफूलाई सधैँ अरूभन्दा उच्‍च ठान्नु, आफ्‍नो रायलाई सही मान्नु हो; अरूले फरक दृष्टिकोण राख्दा, खोजी वा मनन नगरीकन आफ्‍नै तरिकामा जिद्दी गर्नु हो; आफ्नै तरिकामा काम गर्नु र गलत कुरालाई सही भनेर जोड दिनु हो। यी सबै राय तिनीहरूका आफ्‍नै निर्णयबाट आएका हुन्छन्, र त्यसमा सिद्धान्तको कुनै आधार हुँदैन। तैपनि, तिनीहरूले अरूलाई तिनीहरूकै कुरा सुन्‍न र तिनीहरूले भनेअनुसार गर्न माग गर्छन्। यो शैतानी स्वभाव, अहङ्कारको प्रकटीकरण हो। मलाई पहिले बर्खास्त भएका ब्रदर-सिस्टरहरूबारे याद आयो। तिनीहरूमध्ये कतिपयले आफ्नै दृष्टिकोणमा जोड दिएका थिएँ, ब्रदर-सिस्टरहरूको सुझावलाई गम्‍भीर रूपमा लिँदैनथिए, खोजी वा मनन गर्दैनथिए, सधैँ आफ्‍नै कुराको पक्षमा बहस गर्थे, अनि संशोधन र सुधार गर्न इच्छुक हुँदैनथिए। तिनीहरूले जोड दिने कुरा कहिल्यै पनि सिद्धान्तअनुरूप हुँदैनथिए, ती त तिनीहरूका व्यक्तिगत विचार र रुचिका कुरा मात्र थिए। यो त अहङ्कारको प्रकटीकरण हो। यदि कसैले अरूका सल्लाह अनुचित छन् भनेर मूल्याङ्कन र निर्धारण गर्न सक्छ अनि सिद्धान्तअनुसार आफ्नै दृष्टिकोण अघि राख्छन् भने, यो अज्ञानता होइन, यो त कामकुरालाई गम्भीरतापूर्वक लिइरहेको हुन्छ, र कामका लागि होशियारीपूर्वक जिम्मेवारी उठाइरहेको हुन्छ। कसैले अरूसित खोजी र सङ्गति गर्दा आफ्नो दृष्टिकोण व्यक्त गर्नका लागि कुनै समस्या पूर्णतया बुझ्दैनन् भने, उसले जिद्दी भएर आफ्नै तरिकामा जोड दिइरहेको हुँदैन, तर कार्य गर्नुअघि सिद्धान्त खोजिरहेको हुन्छ। मैले सत्यताको यो पक्षबारे बुझेपछि, मलाई एकदमै राहत महसुस भयो।

पछि, मैले आफ्नो कर्तव्यमा धेरै सुझावहरू प्राप्त गर्दा, शान्त रहनका लागि परमेश्‍वरलाई प्रार्थना गर्थेँ र सान्दर्भिक सत्यता सिद्धान्तहरू खोजी गर्थेँ, अनि सिद्धान्तको आधारमा संशोधन गर्नु आवश्यक छ कि छैन भनेर मूल्याङ्कन गर्थेँ। म सबैसँग कुराकानी र आफ्नो रायबारे छलफल गर्नका लागि पनि अग्रसर हुन्थेँ। एकपटक, मैले भिडियोको पृष्ठभूमि तस्विर बनाइसक्दा, मेरा अगुवाले त्यसको रङ्ग उपयुक्त छैन भन्दै परिवर्तन गर्ने सल्‍लाह दिए। मैले सोचेँ, “यदि मैले यो सल्लाहअनुसार परिवर्तन गरेँ भने, यो त गम्भीर संशोधन हुनेछ, र यसले गर्दा अवश्य नै भिडियो अपलोड गर्नुमा ढिलाइ हुनेछ। यो वास्तवमै सिद्धान्तसँग सम्‍बन्धित कुरा होइन, यो त व्यक्तिगत रुचिको कुरा मात्र हो, त्यसकारण यसलाई परिवर्तन गर्नु आवश्यक छैन। तर मैले परिवर्तन गरिनँ भने, के मेरा अगुवाले मलाई अहङ्कारी र अरूको सुझाव स्वीकार गर्न नसक्‍ने व्यक्ति ठान्‍नेछन्?” जब मलाई हिचकिचाहट हुन थाल्यो, तब मैले सिद्धान्तअनुसार अभ्यास गर्न परमेश्वरलाई मार्गदर्शन माग्दै प्रार्थना गरेँ। प्रार्थना गरिसकेपछि, मैले केही सन्दर्भ सामग्री भेट्टाएँ, र त्यसपछि सम्‍बन्धित सिद्धान्त खोजी गर्न मेरा अगुवा र सपरिवेक्षकसँग मिलेर काम गरेँ। मैले आफ्ना बुझाइ र दृष्टिकोणहरू पनि बताएँ। अगुवा र सुपरिवेक्षकले मेरो दृष्टिकोणमा सहमति जनाए, र भिडियो चाँडै नै अनलाइन सार्वजनिक गरियो। मलाई निकै खुसी र सुरक्षित महसुस भयो।

यस अवधिमा आफ्नो अनुभवबारे फर्केर विचार गर्दा, मलाई के महसुस भयो भने, मैले आफूलाई रक्षा गर्न र जिम्‍मेवारीबाट पन्छिन सबै प्रकारका चिन्ताहरूले गर्दा आफ्‍नो हात आफैले बाँधेकी रहेछु। त्यसरी जिउनु थकाइलाग्दो थियो, र म त्यति प्रभावकारी थिइनँ। तर जब मैले परमेश्‍वरको इच्‍छा बुझेर सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गरेँ, तब समस्याहरू समाधान गर्न सहज भयो, अनि मलाई आफ्नो कर्तव्य निकै सजिलो लाग्यो र अझ धैर राहत महसुस भयो। मैले साँच्‍चै के अनुभव गरेँ भने, शैतानी दर्शनअनुसार जिउँदा, म झनै धूर्त र छली, मानिसहरूले भरोसा गर्न नसक्ने, अनि परमेश्‍वरलाई मन नपर्ने व्यक्ति बन्न सक्छु। सत्यता अभ्यास गरेर अनि सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गरेर मात्रै परमेश्वरको आशिष्‌ पाउन सकिन्छ। यसरी मात्र तिनीहरू दृढ र खुल्ला मनका हुन सक्छन्, अनि ह़दयमा आनन्द र शान्ति प्राप्त गर्न सक्छन्।

सम्बन्धित विषयवस्तु

चापलुसीबाट के आउँछ

सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...

जब मैले मेरी श्रीमतीलाई निकालिन लागेको कुरा थाहा पाएँ

झोउ सिआओउ, चीनसन् २०२१ को मार्च महिनामा, मैले मण्डलीका अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा मेरी श्रीमतीको अविश्‍वासी व्यवहारको विवरण दिन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्