भूकम्पपछि

2 अप्रील 2022

मैले जुलाइ २०१९ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ, र ती पढ्दा हरेक पटक नै मलाई परमेश्‍वरले मसँग आमने-सामने बोलिरहनुभएको जस्तो लाग्यो। यो निकै भरणपोषणयुक्त थियो र मलाई निकै आनन्द लाग्थ्यो। यो मैले मेरो सारा जीवनभरि कहिल्यै प्राप्त नगरेको अनुभव थियो। मैले सङ्गतिबाट के सिकेँ भने, हामी जीवित हुँदा, हामीमा विश्‍वास हुनुपर्छ, हामीले परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। र मेरो बुबाले मेरो विश्‍वासको विरोध गर्ने र मसँग धेरै रिसाउने गरेको भए पनि, म भेलाहरूमा गइरहन्थेँ, किनभने मलाई परमेश्‍वरका वचनहरूलाई अझै राम्ररी बुझ्‍ने एउटै मात्र तरिका त्यही हो भन्‍ने थाहा थियो। परमेश्‍वरका वचनहरू पढ्ने मौका पाउनुभन्दा पहिले मेरो जीवन अत्यन्तै रित्तो थियो। वचनले नै मलाई पूर्ण गरेको र जीवनको दिशा प्रदान गरेको थियो। मेरो लागि भेला र उहाँका वचनहरू पढ्ने कार्य कति महत्त्वपूर्ण छ भन्‍ने मलाई थाहा थियो।

तर केही समयपछि नै, मैले एउटा परीक्षाको सामना गरेँ। मेरो छिमेकीले मलाई उनले काम गर्ने स्टोरमा सेल्स क्‍लर्कको काम गर्न अनुरोध गरिन्, र मैले दिनमा ५०० रुपैयाँ कमाउन सक्छु भनी भनिनन्। तिनीहरूले मलाई काम दिनेछन् भन्‍नेमा उनी निश्‍चित भएको कुरा उनले बताइन्। मलाई राम्रो कमाइ हुने रहेछ भन्‍ने लाग्यो। मैले त्यो रकमद्वारा आफूले चाहेका कुराहरू किन्‍न सक्थेँ, र मेरा आमाबुबालाई पनि सहयोग गर्न सक्थेँ। तर यदि मैले त्यो काम लिएँ भने, म अवश्य नै सामान्य रूपमा भेलामा सहभागी हुन सक्दिनथिएँ। तैपनि, मलाई पैसा चाहिएको थियो र मलाई त्यो मौका गुमाउने इच्‍छा थिएन। अन्त्यमा मैले परीक्षालाई जित्‍न सकिनँ र त्यो काम लिने सहमति जनाएँ। मैले एक महिनाको करार मात्रै हस्ताक्षर गरेँ, किनभने त्यसपछि म सामान्य रूपमा नै भेलाहरूमा सहभागी हुन सक्छु र काम गर्दाको अवधिमा पनि म ती भेलामा सहभागी हुने सक्‍दो प्रयास गर्नेछु भनी सोचेको थिएँ। तैपनि, मैले अपेक्षा गरेजस्तो भएन। मैले सोचेजस्तो गरेर भेलाहरूमा सहभागी हुनु असम्‍भव भयो। काम गर्दा मैले मेरो फोन प्रयोग गर्न पाउँदिनथिएँ र साँझ ६ बजेभन्दा पहिले म निस्किन पाउँदिनथिएँ। काममा आउँदा-जाँदा लामो यात्रा गर्नुपर्थ्यो, त्यसकारण घर पुग्दा म अत्यन्तै थकित भएकी हुन्थेँ। मसँग सामर्थ्य बाँकी हुँदैनथियो। म समयमा घर पुगिन भने भेलामा सहभागी हुन ढीला भइसकेको हुन्थ्यो। समय बित्दै जाँदा, मलाई म परमेश्‍वरबाट टाढा-टाढा भइरहेकी छु जस्तो लाग्‍न थाल्यो, र मलाई कता-कता डर र असहजताको अनुभव हुन थाल्यो। किन हो थाहा थिएन, तर मलाई सधैँ निकै नरमाइलो लाग्थ्यो। म बाहिर त मुस्कुराउँथेँ, तर भित्र-भित्र दुखिरहेको हुन्थ्यो। मलाई मेरो जीवनको सबै ज्योति हराएको छ जस्तो लाग्यो। कहिलेकहीँ मलाई यस्तो अन्धकार महसुस हुन्थ्यो कि म रुन थाल्थेँ। मलाई साँच्‍चै भेलाहरूमा जान मन लाग्थ्यो। कोही ग्राहक नहुँदा, म आफूलाई याद भएका परमेश्‍वरका वचनहरू नोटबुकमा लेख्थेँ, अनि समय हुँदा त्यसलाई पढ्ने र त्यसमा मनन गर्ने गर्थेँ। मैले परमेश्‍वरको सहयोग र अगुवाइलाई अनुभव गर्न सक्थेँ। म मेरो सम्झौतापत्रमा उल्‍लेखित बाँकी दिनहरू गन्दै क्यालेन्डर हेर्ने गर्थेँ। म त्यो काम छोडेर फेरि भेलाहरूमा जान सुरु गर्न चाहन्थेँ।

एक दिन मैले फेसबुक खोलेँ र एक जना ब्रदरले पठाएका परमेश्‍वरका वचनहरूको केही खण्डहरू देखेँ। “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्र र ठाउँहरूले विपत् भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर आउनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका कीटजन्य महामारीहरू एकपछि अर्को गरी उत्पन्‍न हुँदै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। सबै राष्‍ट्र र मानिसहरूमाथि यो मेरो न्याय हो” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ६५”)। “मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरूप्रति दण्ड दन्किनेछ, यसबीच, यो मेरो धर्मी स्वभावको सटीक प्रमाण हो, र अझ मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरू भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरू तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरूले पनि उनीहरूको पापबाट छुटकारा पाउनेछैनन्; उनीहरू पनि विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरू आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्त्व दिन्छु र उनीहरूको दुष्ट कर्मलाई तिरस्कार गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरूलाई पनि म कहिल्यै बिर्सिन्नँ; उनीहरूलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरूलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र त्यो देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले अब पर्खनु पर्नेछैन!” (वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्”)। मैले परमेश्‍वरका वचनहरूको विशुद्धतालाई अनुभव गर्न सक्थेँ, र मलाई निकै डर लाग्यो। मैले उहाँले भन्‍नुभएको वचन पूरा भएको देख्‍न सक्थेँ। मिन्डानाओमा, धेरैभन्दा धेरै विपत्तिहरू आइरहेका थिए जस्तै ज्वालामुखी प्रस्फुटन, आँधीबेहरी, भूकम्प, र महामारी, र संसारभरिको अवस्था त्यस्तै थियो। तर मैले पैसा कमाउने र परमेश्‍वरबाट टाढा जाने निर्णय गरेकी थिएँ। मलाई परमेश्‍वरले विपत्तिमा रक्षा गर्नुहुनेछैन, र मैले आफ्‍नो जीवन गुमाउनेछु भन्‍ने डर लागेको थियो। त्यसकारण मैले यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंको सट्टा पैसालाई रोजेकोमा मलाई माफ गर्नुहोस्। मलाई थाहा छ म तपाईंको इच्‍छा विरुद्ध गएको छु, तर म पश्‍चात्ताप गर्न चाहन्छु।” मैले आफूलाई पश्‍चात्ताप गर्न ढिलो भइसकेको छैन, मसँग अझै पनि भेलाहरूमा जाने मौका छ भनेर भनेँ। म मेरो सम्झौतापत्रको मिति चाँडै नै समाप्त हुने दिनको प्रतीक्षामा थिएँ, ताकि मैले फेरि एउटा कर्तव्य लिन सकूँ।

२०१९ को डिसेम्‍बर १५ को दिन, मलाई अत्यन्तै आशंकित भएको याद छ। किन हो, तर ममा डरको भावना पैदा भएको थियो। मलाई घर गएर त्यो स्टोरबाट टाढा जान, काम गर्न छोड्न मन लाग्यो। त्यसपछि एक जना सहकर्मीले मलाई उनीसँग शौचालय जान अनुरोध गरिन्। हामी स्टोरमा फर्केर आइरहेको बेला, जमिन अचानक हल्‍लन थाल्यो। मैले मानिसहरू स्टोरबाट बाहिर दौडेर आइरहेको देखेँ। कति जना डरले आत्तिएका थिए। जताततै पसलको सामग्रीहरू खसिरहेका थिए। भाग्यले हामी बाहिर निस्कने ढोका छेउमै थियौं, त्यसकारण हामी भवनदेखि तुरुन्तै बाहिर निस्कियौं। यति हल्‍लिरहेको थियो कि मलाई त म कोक्रोमा हल्‍लिरहेको छु जस्तै लाग्यो र सुरक्षित स्थल भेट्टाउन कठिन भयो। यो सबै कुराको बारेमा अहिले विचार गर्दा, म यो सुरु हुनुभन्दा पहिले स्टोरबाट निस्केर बाथरूममा गएकी थिएँ, र धेरै जना मानिसहरू भित्रै थिए, त्यसकारण हामीले केही समयसम्‍म बाहिर नै पर्खनुपरेको थियो। म भित्र जाने बित्तिकै भूकम्प सुरु भएको थियो। म ठीक समयमा ढोका छेउमा थिएँ, त्यसकारण परमेश्‍वरको सुरक्षाले नै मलाई खतरादेखि बचाएको थियो। म अत्यन्तै प्रभावित भएँ। म बाँचेकोले होइन, तर मैले परमेश्‍वरको प्रेमलाई र उहाँ मेरो साथमा हुनुहुँदो रहेछ भन्‍ने देखेँ। उहाँले मलाई भूकम्पबाट बचाउनुभयो। मैले परमेश्‍वरलाई हृदयदेखि नै बारम्‍बार पुकारेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर धन्यवाद, तपाईंले मलाई बचाउनुभयो!” म बाहिर उभिरहेको बेला, मनमा अनेक विचारहरू खेलिरहेका थिए। मैले केही रकम कमाएकी छु भन्‍ने मलाई थाहा थियो, तर मलाई निकै खिन्‍न र व्याकुल अनुभव भइरहेको थियो। पैसा त्यति महत्त्वपूर्ण छैन। भूकम्प आउँदा त्यसले केही फाइदा दिँदैन। परमेश्‍वरको सामने आएर उहाँको मुक्ति पाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मलाई घर गएर भेलामा सहभागी हुन धेरै मन लाग्यो। मलाई परमेश्‍वरले कसरी विपत्तिबाट जोगाउनुभयो र मैले कसरी उहाँको प्रेम र कार्यलाई देखेँ भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई बताउन मन लाग्यो।

त्यो दिन घर फर्किँदा मैले के सोचेँ भने म परमेश्‍वरबाट टाढा भएको भए पनि उहाँले किन मलाई रक्षा गर्नुभयो। मैले मण्डलीको एप खोलेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ। “परमेश्‍वरको प्रेम व्यावहारिक छ: परमेश्‍वरको अनुग्रहद्वारा, मानिस एकपछि अर्को विपत्तिबाट बच्छ, र यस क्रममा परमेश्‍वरले मानिसको कमजोरीको लागि बारम्बार सहनशीलता देखाउनुहुन्छ। परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई मानवजातिको भ्रष्टता र शैतानी सारको बारेमा क्रमिक रूपमा थाहा पाउने तुल्याउँछ। परमेश्‍वरले प्रदान गर्ने कुरा, मानिसलाई उहाँले दिने अन्तर्दृष्टि र उहाँको अगुवाइ सबैले मानवजातिलाई झन्-झन् बढी सत्यताको सार बुझ्ने, र मानिसहरूलाई के खाँचो छ, तिनीहरूले कुन बाटो हिँड्नुपर्छ, तिनीहरू केको लागि जिउँछन्, तिनीहरूको जीवनको मूल्य र अर्थ, र अगाडिको बाटो कसरी हिँड्ने सो झन्-झन् बढी जान्ने तुल्याउँछ। परमेश्‍वरले गर्नुहुने यी सबै कुराहरूलाई उहाँको एउटै मूल उद्देश्यबाट अलग गर्न सकिँदैन। त्यसोभए यो उद्देश्य के हो? मानिसमा आफ्नो कार्य गर्नको लागि परमेश्‍वरले किन यी विधिहरूको प्रयोग गर्नुहुन्छ? उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ? अर्को शब्दमा भन्दा, उहाँले मानिसमा के देख्न चाहनुहुन्छ? मानिसबाट उहाँले के प्राप्त गर्न चाहन्छ? मानिसको हृदय पुनर्जीवित हुन सकोस् भन्ने नै परमेश्‍वरले हेर्न चाहनुहुन्छ। मानिसमा उहाँले काम गर्नको लागि प्रयोग गर्नुहुने यी विधिहरू मानिसको हृदयलाई बिउँझाउन, मानिसको आत्मालाई बिउँझाउन, ऊ कहाँबाट आएको हो, कसले उसलाई अगुवाइ गरिरहनुभएको छ, सहयोग गरिरहनुभएको छ र जुटाइरहनुभएको छ, र कसले मानिसलाई आजको दिनसम्म जिउन दिनुभएको छ सो बुझ्न मानिसलाई सक्षम गराउनको लागि गरिएका अटुट प्रयासहरू हुन्; ती मानिसलाई सृष्टिकर्ता को हुनुहुन्छ, उसले कसलाई आराधना गर्नुपर्छ, ऊ कुन मार्गमा हिँड्नुपर्छ, र मानिस कुन तरिकामा परमेश्‍वरको अघि आउनुपर्छ त्यो बारे मानिसलाई बुझ्ने तुल्याउने माध्यमहरू हुन्; ती मानिसले परमेश्‍वरको हृदयलाई जान्न सकोस्, परमेश्‍वरको हृदयलाई बुझ्न सकोस् र मानिसलाई मुक्ति दिनको लागि उहाँले गर्नुभएको कामको पछाडिको ठूलो वास्ता र विचारलाई बुझ्न सकोस् भनेर मानिसको हृदयलाई क्रमिक रूपमा पुनर्जीवित पार्ने माध्यमहरू हुन्। जब मानिसको हृदय पुनर्जीवित हुन्छ, मानिस उप्रान्त नीच, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि सत्यताको खोजी गर्न चाहन्छ। जब मानिसको हृदय बिउँझिएको हुन्छ, मानिसले आफैलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्छ। उप्रान्त उसलाई शैतानले हानी गर्नेछैन, यसले उसलाई उप्रान्त नियन्त्रण गर्ने वा मूर्ख तुल्याउनेछैन। बरु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्ने क्षमता प्राप्त गर्दै, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको कार्य र उहाँको वचनमा सहकार्य गर्न सक्छ। परमेश्‍वरको कार्यको मूल उद्देश्य यही नै हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। यसले मेरो मन अत्यन्तै छोयो। मैले परमेश्‍वरको प्रेम र कृपालाई देख्‍न सकेँ। मैले भौतिक सुखको लागि भेलाहरू र मेरो कर्तव्यलाई त्याग्‍ने निर्णय गरेकी थिएँ, त्यसैले परमेश्‍वरले मलाई बचाउनुहुन्‍न होला भन्‍ने सोचेकी थिएँ। तर मलाई पन्छ्याउनुको सट्टा उहाँले मलाई त्यस भूकम्पमा आश्‍चर्यजनक रूपमा रक्षा गर्नुभयो। मैले होस गुमाएर पैसाको लोभ गर्न छोडेको, उहाँकहाँ फर्केर गएको, सत्यताको खोजी गरेको, र एउटा कर्तव्य पूरा गरेको परमेश्‍वर चाहनुहुन्थ्यो। मलाई निकै भाग्यमानी भएको अनुभव भयो। परमेश्‍वरले दिनुभएको त्यो मौकालाई मैले गुमाउनु हुँदैनथियो, तर मैले पश्‍चात्ताप गर्नुपर्थ्यो, भौतिक सुखलाई छोडेर मण्डलीमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न फर्केर जानुपर्थ्यो।

डिसेम्‍बरको अन्त्यतिर मेरो सम्झौता मिति सकिएपछि, मैले लगभग मेरो सारा समय र शक्ति मेरो कर्तव्यमा नै समर्पित गर्न थालेँ। समस्याहरूको सामना गर्दा मलाई अलिक कमजोर अनुभव हुन्थ्यो, र कहिलेकहीँ निकै थकाइ लाग्थ्यो, तर म सधैँ परमेश्‍वरले मलाई कसरी भूकम्पबाट सुरक्षा गर्नुभएको थियो त्यसको बारेमा विचार गर्थेँ। मैले जति धेरै कठिनाइहरूको सामना गरे पनि, मैले कठिन परिश्रम गरेर परमेश्‍वरको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। विपत्तिहरूको कठिनाइबाट मुक्त हुने र असल गन्तव्य प्राप्त गर्ने एउटै तरिका त्यही मात्रै हो भन्‍ने मलाई लागेको थियो। त्यसपछि एक दिन, मैले बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो भन्‍ने गवाही हेरेँ। यो एक जना पुरानो विश्‍वासी ब्रदरको भिडियो थियो, जसले धेरै कुरा परित्याग गरेर कठिन परिश्रम गरेका थिए, र तिनले गम्‍भीर रूपमा बिरामी भइञ्‍जेल आफ्‍नो कर्तव्य पूरा गरिरहेका थिए। तिनी हताश बने र परमेश्‍वरलाई दोष समेत दिए। तिनलाई आफूले धेरै कुरा परित्याग गरेको हुनाले, तिनी बिरामी नहुनु पर्थ्यो भन्‍ने लागेको थियो, र परमेश्‍वरले किन तिनलाई आशिष्‌ दिएनन् र सुरक्षा गरेनन् त्यो कुरा तिनले बुझेका थिएनन्। परमेश्‍वरका वचनहरू पढेपछि, तिनले के थाहा पाए भने तिनले सत्यताको खोजी गर्न र परमेश्‍वरको आज्ञापालन गर्नको लागि होइन, तर आशिषित हुन र परमेश्‍वरको राज्यमा प्रवेश गर्नको लागि आफ्‍नो कर्तव्य पूरा गरिरहेका थिए। तिनको अनुभवले मलाई के देखायो भने मेरो कर्तव्यमा रहेका मेरा मनसायहरू पनि कलङ्कित रहेका हुन सक्छन्, किनभने मैले सधैँ परमेश्‍वरले मलाई विपत्तिबाट बचाउनुभएको होस् भनेर आशा गरिरहेकी हुन्थेँ। मलाई मैले पनि तिनले जस्तै परमेश्‍वरसँग कारोबार गर्ने प्रयास गरिरहेकी छु कि भन्‍ने डर लाग्यो। त्यो रात मैले मनमनै सोधेँ, मेरो कर्तव्य परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्‍वरको अनुग्रह पाउनको लागि हो? मैले भूकम्पको बेला प्राप्त गरेको सुरक्षाको बारेमा अनि त्यसपछि अनुभव गरेको भयको बारेमा विचार गरेँ। मलाई म भविष्यमा विपत्तिमा पर्नेछु भन्‍ने डर लागेको थियो। त्यसकारण कर्तव्य पूरा गर्न फर्केर जाने मेरो इच्‍छा परमेश्‍वरले मलाई विपत्तिहरूबाट बचाउनुभएको होस् भन्‍ने आशा मात्रै थियो। मसँग पनि भिडियोको ब्रदरका जस्तै मनसाय र दृष्टिकोणहरू थिए। तिनी रोगबाट गुज्रेका थिए, र म भूकम्पबाट गुज्रेकी थिएँ। मेरा बलिदानहरू परमेश्‍वरमा समर्पित हुन र उहाँलाई समर्पित पार्नका लागि थिएनन्, तर विपत्तिमा उहाँको सुरक्षा पाउनको लागि मात्रै थिए ताकि असल गन्तव्य प्राप्त गरेर म उहाँको राज्यमा प्रवेश गर्न सकूँ। म त्यो रात निकै व्याकुल भएकी थिएँ। मैले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छु भन्‍ने कुरालाई स्वीकार गर्न सकिरहेकी थिइनँ। मलाई यसमा सच्‍चा हुने धेरै चाहना भयो। तर वास्तविकता के थियो भने मेरो विश्‍वास मेरो आफ्‍नै फाइदाको लागि थियो। ममा श्रद्धाभावको हृदय थिएन, र मैले परमेश्‍वरलाई हाम्रा सृष्टिकर्ताको रूपमा पालना गर्ने र उहाँको आराधना गर्ने गरेकी थिइनँ।

पछि मैले यस विषयमा केही सत्यताहरूको खोजी गरेँ, र परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ। “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति नै धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु” (वचन देहमा देखा पर्नुहुन्छको “विश्‍वासको बारेमा तँलाई के थाहा छ?”)। परमेश्‍वरका वचनहरूले मेरो स्थितिलाई स्पष्ट रूपमा प्रकट गरिदिए। मेरो विश्‍वास उहाँको अनुग्रहमा रमाउन, विपत्तिमा उहाँको सुरक्षा पाउनको लागि मात्रै थियो। भूकम्पपछि, मैले पैसा र सुख-चैन सम्‍बन्धी मेरो इच्‍छालाई त्यागिदिएँ, र म मेरो कर्तव्यमा फर्केर आएँ, तर मैले जति नै कठिन परिश्रम गरे पनि, मैले परमेश्‍वरको सुरक्षा पाउन र विपत्तिबाट बच्‍नको लागि मात्रै प्रयास गरिरहेकी थिएँ। मैले परमेश्‍वरको राज्यका आशिष्‌हरू प्राप्त गर्ने उद्देश्यले कर्तव्य पूरा गर्ने मेरो मौकालाई प्रयोग गर्न चाहेकी थिएँ। मैले आफ्‍नै लाभको लागि मात्रै कर्तव्य पूरा गरिरहेकी थिएँ—मैले त परमेश्‍वरसँग कारोबार गरिरहेकी थिएँ। मेरा स्वार्थी मनसायहरू र गलत दृष्टिकोणलाई देख्दा मलाई अत्यन्तै लज्‍जित र ग्‍लानिको महसुस भयो। मैले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अत्यन्तै भ्रष्ट छु। मेरो सबै प्रयास लेनदेनमा आधारित रहेछन्। मैले तपाईंलाई धोका दिँदै आइरहेकी रहेछु। हे परमेश्‍वर, मेरो भ्रष्टता प्रकट गरेर मलाई आफू चिन्‍न सहयोग गर्नुभएकोमा म कृतज्ञ छु। म अबदेखि आशिष्‌ पाउनको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्‍नँ। म तपाईंलाई प्रसन्‍न मात्रै तुल्याउन चाहन्छु।”

केही समयपछि एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन् जसले मलाई मेरो खोजीमा मैले कहाँ गल्ती गरेकी छु भन्‍ने कुरा बुझ्‍न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, तिमीहरू अहिले कुन मार्गमा हिँडिरहेका छौ? यदि तँ पत्रुसले जसरी जीवन, आफैबारेको बझाइ र परमेश्‍वरबारेको ज्ञान खोजी गर्दैनस् भने, तँ पत्रुसको मार्गमा हिँडिरहेको छैनस्। आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: ‘आशिषहरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिषहरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्‍वरको लागि त्याग्नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्दछ।’ यसमाथि आशिषहरू पाउने अभिप्रायको प्रभुत्व हुन्छ, जुन परमेश्‍वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्ण रूपमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र निश्‍चय उनीहरूको बुझाइमा सिद्धान्तका केही शब्द मात्र समावेश हुन्छन्, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँछन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्‍वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्‍वरप्रतिको उनीहरूको बफादारीतालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्‍वरद्वारा मुकुट प्राप्त गर्ने योग्यका हुन्छन्, र उहाँको घरमा सबैभन्दा महान् आशिषहरू पाउँछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्‍वरले उनीहरूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू तिनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्‍वरको सबैभन्दा आशिषित मानिसहरू मध्येमा—सबैभन्दा महान् आशिषहरू पाउनेहरू मध्येमा—पर्नेछन्, त्यसपछि उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए; तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्‍वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। परमेश्‍वरका वचनहरूबाट मैले धेरै जना मानिसहरूले उहाँको लागि मूल्य चुकाउन सबै कुरा त्याग्‍न सक्छन्, तर तिनीहरूको हृदय परमेश्‍वरलाई सन्तुष्ट पार्न होइन, तर आशिष्‌हरू पाउन केन्द्रित हुन्छ भन्‍ने सिकेँ। तिनीहरू पावल जस्तै हुन्। पावलले धेरै कष्ट भोगे र सुसमाचार प्रचार गर्न धेरै यात्रा गरे, तर तिनले त्यो काम र प्रयासलाई परमेश्‍वरका आशिषहरूसँग साट्न मात्रै चाहन्थे। तिनले धेरै काम गरेपछि, यसो भनेका थिए, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले गरेको सबै कुरा कारोबार जस्तै थिए। यो सबै आशिष्‌, इनाम, मुकुट पाउनको लागि थियो। तिनले कामको बारेमा मात्रै वास्ता गर्थे, तर सत्यताको अभ्यास गर्ने वा परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने गर्दैनथिए। त्यही कारणले गर्दा तिनको स्वभाव कहिल्यै परिवर्तन भएन। त्यही कारणले गर्दा तिनले सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई विश्‍वासमा ल्याएका भए पनि परमेश्‍वरले कहिल्यै पनि तिनलाई अनुमोदन दिनुभएन। आफ्‍नो बारेमा विचार गर्दा, मलाई म पावल रहेछु भन्‍ने थाहा भयो। मैले मेरो जागिर छोडेँ र मैले लगभग मेरो सारा समय र शक्ति मेरो कर्तव्यमा नै समर्पित गर्न थालेँ, अनि कहिलेकहीँ व्यस्त हुँदा दिनमा एक पटक मात्र खाना खान्थेँ। तर त्यो सत्यताको खोजी गर्न वा परमेश्‍वरलाई सन्तुष्ट पार्न होइन, तर उहाँका आशिष्‌हरू प्राप्त गर्नको लागि थियो। मैले आफूलाई चिन्‍ने वा आफ्‍नो भ्रष्टतालाई समाधान गर्ने प्रयास गरिरहेकी थिइनँ, तर मैले कति धेरै गरिरहेकी छु भन्‍ने कुरा परमेश्‍वरले देखेर, मलाई विपत्तिहरूबाट बचाउनुभएको होस् भन्‍ने मात्रै चाहन्थेँ, ताकि असल गन्तव्य प्राप्त गरेर म उहाँको राज्यमा प्रवेश गर्न सकूँ। म शैतानद्वारा कति गहन रूपमा भ्रष्ट तुल्याइएको रहेछु, म कति स्वार्थी रहेछु, र मैले गरेको सबै कुरा आफ्‍नै लागि मात्रै रहेछ भन्‍ने मैले चाल पाएँ। परमेश्‍वरप्रति मसँग साँचो भक्ति वा साँचो प्रेम थिएन। मैले आफैलाई मात्रै प्रेम गर्थेँ। यो देख्दा म निकै व्याकुल भएँ। मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कर्तव्यमा मैले राख्‍ने गलत मनसाय र दृष्टिकोणहरूलाई परिवर्तन गर्न मलाई सहायता गर्नुहोस्। म तपाईंले तोके अनुसार नै मेरो कर्तव्य पूरा गर्न चाहन्छु, आफ्‍नो लागि होइन।”

केही समयपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मेरो मन अत्यन्तै छोयो। परमेश्‍वरका वचनहरूले भन्छन्, “मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो! अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो दायित्व पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू समेत पसार्छन्‌, मानौं तिनीहरूले मागेको कुरा पाउन तिनीहरू योग्य छन्। अनि यदि तिनीहरूले आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझै कम विश्‍वासयोग्य बन्छन्। त्यस्ता मानिसहरूलाई कसरी उचित मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमता भएका र तर्करहित छौ, व्यवस्थापनको कार्यको अवधिमा तिमीहरूले पूरा गर्नुपर्ने दायित्वलाई पूरा गर्न तिमीहरू पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य पहिले नै गिरिसकेको छ। त्यस्तो अनुग्रह तिमीहरूलाई देखाएकोमा तिमीहरूले मलाई तिर्नुपर्ने मूल्य तिर्ने तिमीहरूको असफलता आफैमा पनि एउटा चरम विद्रोह हो, तिमीहरूलाई दोषी ठहर्याउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र अयोग्यतालाई देखाउनको लागि त्यही नै पर्याप्त छ। तिमीहरूलाई आफ्नो हात फैलाउनको लागि केले हकदार बनाउँछ?” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। मैले त्यो वचन पढेपछि मात्रै म कति लोभी रहेछु भन्‍ने थाहा पाएँ। मैले मेरो कर्तव्यमा धेरै समय खर्च गरेकी थिएँ, तर यस क्रममा, मैले परमेश्‍वरबाट आशिष्‌हरू लिइरहेकी थिएँ र उहाँसँग कारोबार गरिरहेकी थिएँ। मैले वास्तवमा आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिइनँ र साँचो रूपमा सृष्टि गरिएको प्राणी थिइनँ। मैले कसरी परमेश्‍वरको अनुग्रहको माग गर्ने, उहाँले मलाई विपत्तिबाट बचाउनुपर्छ ताकि म उहाँको राज्यमा प्रवेश गर्न सकूँ भनेर माग गर्ने अधिकार पाएकी थिएँ र? परमेश्‍वरको वचनको प्रकाशविना, म कति विद्रोही र भ्रष्ट छु, वा आशिष्‌हरू पाउने मेरो घृणित मनसायहरूलाई परमेश्‍वरले कति घृणा गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाउनेथिइनँ। मैले आफ्‍नै बारेमा मात्रै विचार गरेँ, परमेश्‍वरको इच्‍छाको बारेमा होइन। म जस्तो व्यक्ति परमेश्‍वरका आशिष्‌हरू र मुक्ति पाउन योग्य छैनँ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, र उहाँले शुद्ध हृदयले आफ्‍नो कर्तव्य पूरा गर्ने उहाँप्रति समर्पित मानिसहरूलाई मन पराउनुहुन्छ। के ममा शुद्ध, इमानदार हृदय थियो? अवश्य नै थिएन। मलाई मेरो घृणित मनसाय र असाधारण इच्‍छाहरूप्रति निकै लाज लाग्यो। म परमेश्‍वरको अनुग्रह पाउन योग्यकी थिइनँ। म आफूलाई र मेरा गलत मनसायहरूलाई परिवर्तन गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्न मेरो सर्वस्व समर्पित गर्न चाहन्थेँ।

एउटा भेलामा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई साँच्‍चै मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के देख्‍न सकेँ भने म सृष्टि गरिएको प्राणी भएकी हुनाले, मैले मेरो कर्तव्य पूरा गर्नुपर्छ—त्यो मेरो जिम्‍मेवारी हो। मैले परमेश्‍वरबाट प्रतिफल वा आशिष्‌हरू माग्‍नु हुँदैन, र मैले मुक्ति पाउनेछु कि दण्ड पाउनेछु भन्‍ने बारेमा सोच्‍नु हुँदैन। मैले आफ्‍नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भन्‍ने बारेमा मात्रै विचार गर्नुपर्थ्यो। मलाई त के लाग्थ्यो भने मैले कुनै कर्तव्य पूरा गरेँ भने परमेश्‍वरले मलाई दण्ड दिनुहुन्‍न, र म विपत्तिमा पनि पर्नेछैनँ। मैले उहाँलाई नपछ्याउने वा कर्तव्य पूरा नगर्ने मानिसहरूलाई मात्रै उहाँले दण्ड दिनुहुन्छ भन्‍ने सोचेकी थिएँ त्यसकारण मैले मेरो कर्तव्यलाई परमेश्‍वरको सुरक्षा माग्‍ने माध्यमको रूपमा प्रयोग गरेँ। त्यसपछि मलाई के थाहा भयो भने कर्तव्य भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने न्यूनतम् काम हो। आशिष्‌ पाउने वा श्रापित हुने कार्यसँग यसको कुनै सम्‍बन्ध छैन। अन्त्यमा मैले मुक्ति पाउँछु कि दण्ड पाउँछु भन्‍ने कुराको विषयमा, परमेश्‍वरले मैले सत्यता प्राप्त गरेकी छु कि छैन, म परिवर्तन भएकी छु कि छैन भन्‍ने कुरालाई हेर्नुहुन्छ। त्यो परमेश्‍वरको धार्मिकता हो। विपत्तिहरूमा, मलाई चोट पुगे पनि वा म मरे पनि, म परमेश्‍वरको नियममा समर्पित हुनुपर्छ र मैले परमेश्‍वरलाई कहिल्यै पनि दोष दिनु हुँदैन। र मैले कर्तव्य पूरा गर्ने कार्यलाई विपत्तिहरूबाट बच्‍ने प्रयासमा प्रयोग गर्नु हुँदैन। त्यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु होइन। मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्छ र सट्टामा केही नमागी कर्तव्य पूरा गर्नुपर्छ, किनभने उहाँले नै मलाई सृष्टि गर्नुभएको हो। त्यसपछिको मेरो कर्तव्यमा, मैले निरन्तर आफूलाई जाँचिरहेकी र आफूलाई स्मरण गराइरहेकी हुन्थेँ। मैले यो काम स्वार्थी उद्देश्यको लागि गर्नु हुँदैनथियो, तर मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्थ्यो र उहाँलाई आनन्दित तुल्याउनुपर्थ्यो।

परमेश्‍वर धन्यवाद! परमेश्‍वरले मेरो भ्रष्टता र अनुचित खोजीहरूलाई प्रकट गर्न, आशिष्‌हरू प्राप्त गर्ने मेरो घृणित मनसाय मलाई देखाउन र विश्‍वासमा मैले गरेको अनुचित खोजीमा केही परिवर्तन गर्न यी परिस्थितिहरूको प्रयोग गर्नुभयो। अहिले मैले परमेश्‍वरबाट थप अनुग्रह पाउन वा विपत्तिबाट बच्‍नको लागि आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छैनँ, तर म साँच्‍चै नै सत्यताको खोजी गर्न र परमेश्‍वरको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्