सम्बन्धको बन्धनबाट मुक्ति

21 अक्टोबर 2021

झोउ युआन, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न शुरु गरेको चरण होइन। म मेरो अभिलेख खातामा एक—एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरुका बारेमा, उनीहरुले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गका बारेमा, उनीहरुको अन्तर्निहित विशेषताहरुका बारेमा, र उनीहरुले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन् त्यसको बारेमा लेख्छु। यसरी, ती मानिसहरु जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउने छैन, र उनीहरु सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्” (वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्”)। “हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति बुबाआमाहरूका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धार्मिक कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका बुबाआमाहरूप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका बुबाआमाहरूको सट्टामा धार्मिक कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, ‘त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।’ मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धार्मिक आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछन्, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछन्। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू धर्मीहरू हुन्—यद्यपि दुष्टहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका बुबाआमाहरूले दुष्ट काम गरे पनि। विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने बुबाआमाहरू बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्न अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैन” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)। आखिरी दिनहरूमा उहाँको काम मानिसहरूको वर्गीकरण गर्नु हो भनेर परमेश्‍वरका वचनहरूले बताउँछन्, र उहाँले मानिसहरूको व्यवहार र सारको आधारमा, प्रत्येक मानिसको प्रतिफल र गन्तव्यको निर्धारण गर्नुहुन्छ। यसलाई कसैले परिवर्तन गर्न सक्दैन; यो परमेश्‍वरको धार्मिकतामा आधारित छ। हामी अरूलाई उहाँका वचनहरूको आधारमा व्यवहार गरौं भन्ने उहाँ चाहनुहुन्छ। हामीले कसैको रक्षा वा मद्दत गर्न सक्दैनौं, र यसमा हाम्रा प्रियजन पनि पर्दछन्। त्यो सत्यता विपरीत र परमेश्‍वरको स्वभावको उल्लङ्घन हुनेथियो।

करिब तीन वर्षअघि, एउटा भेला टुङ्गिँदै गर्दा, एक जना अगुवाले मलाई भन्नुभयो: “तपाईंको बुबा सधैँ दाजुभाइ-दिदीबहिनीबीच झगडा गराउनुहुन्छ जसले मण्डलीको काममा बाधा पुग्छ। हामीले उहाँसँग सङ्गति गरेका छौँ र चेतावनी पनि दिएका छौँ, तर उहाँलाई कुनै पछुतो छैन। दाजुभाइ-दिदीबहिनीहरूले योभन्दा अगाडि पनि उहाँले अरू ठाउँमा पनि यसै गर्नुभएको थियो भनेर सुनाउँछन्। हामी उहाँका दुष्कर्मका बारेमा तथ्य जम्मा गर्दैछौं।” मैले यो कुरा सुन्नासाथ, मेरो ढुकढुकी थामियो। मैले सोचेँ, “के अवस्था यति बिग्रिसकेको हुनसक्छ?” तर त्यसपछि मैले सोचेँ, हामी बैठकमा सँगै हुँदा, उहाँले सत्य स्वीकार्नुहुन्नथियो, र उहाँले वास्तवमै वाधा ल्याउनुहुन्थ्यो। भेलाहरूमा, उहाँ परमेश्‍वरका वचनहरूमा सङ्गति गर्नुहुन्नथियो बरु सधैँ नचाहिने कुरा गनुहुन्थ्यो, जसले मानिसहरूको ध्यान परमेश्‍वरका वचनहरूबाट अन्त लैजान्थ्यो। मैले यो कुरा उहाँलाई बताएँ, तर उहाँले सुन्नै चाहनुभएन। उहाँसँग सधैँ बहानाका पहाड हुन्थे। अनि मैले यस विषयमा अगुवासँग कुरा गरेँ, जसले मेरो बुबासँग सङ्गति गरे, उहाँलाई धेरै पटक सहयोग गरे, र उहाँको व्यवहारका परिणामका बारेमा व्याख्या गरिदियो। तर मेरो बुबाले नकार्नुभयो। उहाँले बहाना बनाइरहनुभयो। उहाँमा कुनै पछुतो थिएन। अरूले पनि यसका बारेमा गुनासो गरिरहेका छन् भन्नुको अर्थ, कुरा साँच्चै बिग्रिएको हो। मलाई के याद आयो भने, मण्डलीमा त्यस्ता मानिसहरू पनि थिए जो दुष्ट ठहरिए र निकालिए, किनभने तिनीहरूले सत्यताको अभ्यास गर्दैनथिए, तिनीहरूले मण्डलीको जीवनमा बाधा पुर्याउथें तर यी कुनै पनि कुराका लागि पछुतो मान्दैनथे। यदि मेरो बुबा त्यस्तै हुनुहुन्छ भने, के उहाँलाई पनि निकालिन्छ त? यदि साँच्चै यस्तो भयो भने त, उहाँको विश्‍वासको मार्गको अन्त्य हुनेछ, उहाँले कहिल्यै मुक्ति पाउनुहुनेछैन। यसको बारेमा मैले जति सोचेँ, म त्यति नै आत्तिएँ, र मेरो हृदय कसिएको छ जस्तै लाग्यो।

त्यो रात, म सुत्नै सकिनँ। तिनीहरूले मेरो बुबाका बारेमा भनेको कुरा मैले दिमागमा खेलाइरहेँ। तिनीहरू सबैले जीवन प्रवेशका लागि चिन्तित हुँदै मण्डलीको जीवनको रक्षा मात्र गर्न चाहन्छन् र यो परमेश्‍वरको इच्छाअनुसार थियो भन्ने मलाई थाहा थियो। मलाई मेरो बुबाको व्यवहारका बारेमा थाहा भयो र यो कुरा अगुवालाई सुनाउ कि नसुनाउ भनेर मैले सोचेँ। म सानो छँदा, मेरो बुबा कति मायालु हुनुहुन्थ्यो, र कति ध्यान राख्नुहुन्थ्यो भनेर मैले सम्झेँ। म र मेरो दाइबीच झगडा पर्दा, म गलत नै हुँदा पनि, उहाँले सधैँ मलाई बचाउनुहुन्थ्यो; जाडोमा विद्यालयमा सिरक नहुँदा, उहाँ १०० किलोमिटर बाइक चलाएर मेरो लागि सिरक ल्याइदिनुहुन्थ्यो। मेरी आमा मण्डलीको कामले भ्याउनुहुन्नथियो, त्यसैले हाम्रा लागि खाना बनाउने र मेरो हेरचाह गर्ने सधैँ बुबा नै हुनुहुन्थ्यो। मैले यी कुराहरू सोच्दा, मेरा आँशु थामिएनन्। मैले सोचेँ, “मेरो बुबाले नै मलाई हुर्काउनुभएको हो। यदि मैले उहाँको बारेमा खुलासा गरेँ भने, र यो कुरा उहाँले थाहा पाउनुभयो भने, मलाई तँ मुटु नभएकी, विवेक नभएकी भनेर भन्नुहुन्न होला त? त्यसपछि मैले घरमा उहाँको अनुहार कसरी हेर्न सक्थेँ?” मैले मेरो बुबाको व्यवहारका बारेमा केही कुरा लेखेँ तर धेरै लेख्न सकिनँ। मैले सोचेँ, “मलाई थाहा भए जति सबै कुरा लेखेँ भने, र यसको कारणले उहाँ निकालिनुभयो भने? होइन। मैले यो लेख्नु हुँदैन।” यी सबैबाट छुटकारा पाउनलाई म सुत्नका लागि तड्पिन्थें तर एकछिनका लागि पनि आँखा चिम्लिन सक्दिनथिएँ। मलाई अप्ठ्यारो र एकदमै ग्लानि भयो। उहाँको हालैको व्यवहार राम्रो थिएन, र विगतमा पनि उहाँको व्यवहार त्यति राम्रो थिएन। यदि यी कुराहरू मैले कसैलाई भनिनँ भने के मैले सत्य लुकाइरहेकी हुँदिन र? यो मेरा लागि भीषण आन्तरिक द्वन्द्व थियो। त्यसैले म परमेश्‍वरको अगाडि प्रार्थना गर्न आएँ। मैले यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई मेरो बुबाले गरेका केही दुष्कर्मको बारेमा थाहा छ, र मैले मण्डलीको कामलाई पनि साथ दिनुपर्छ र मैले थाहा पाएका कुराप्रति साँचो बन्नुपर्छ, तर मैले यसो गरेँ भने, मलाई उहाँलाई निकालिने छ भन्ने डर लागेको छ। प्रिय परमेश्‍वर, कृपया मलाई बाटो देखाउनुहोस्, ताकि म सत्यतालाई अभ्यास गर्न र मण्डलीको कामलाई साथ दिन सकूँ।” त्यसपछि, म अलि शान्त भएँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १३”)। “मानिसहरू पूर्ण भावनाका साथ जिउँछन् भन्ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्‍वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रै गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय २८”)। मैले परमेश्‍वरका वचनहरूमा यी प्रश्‍नहरूको उत्तर पाइनँ। मेरो बुबाले सत्यताको खोजी गर्नुहुन्न, र हामीले परमेश्‍वरका वचनहरू पढ्ने भेलामा वाधा दिनुहुन्छ भन्‍ने मलाई थाहा थियो। उहाँले सङ्गतिको विरोध गर्नुहुन्थ्यो, अरूको बारेमा पूर्वाग्रह राख्नुहुन्थ्यो, र झगडाको बीउ छर्नुहुन्थ्यो। भावनाले बाँधिएर, मैले उहाँले अरूको जीवन प्रवेशलाई रोकिरहेका देख्न सकिन। उहाँलाई बचाउनका लागि म अगुवासँग कुरा गर्न चाहन्नथेँ। मैले सत्यताको अभ्यास गरिरहेकी वा परमेश्‍वरको इच्छाप्रति वास्ता गरिरहेकी थिइनँ। मैले मण्डलीबाट निकालिएका दुई जना दुष्ट मानिसहरूको बारेमा सोचेँ। तिनीहरूले सत्यको विरोध गरेको, र मण्डलीको जीवनमा बाधा पुर्‍याएको देखेर, म रिसले मुर्मुरिएकी थिएँ। मैले नहिचकिचाइकन तिनीहरूको खुलासा गरेँ। जब मेरो बुबाको कुरा आयो, म इमानदार किन बन्न सकिनँ? म इमानदार छैन नत निष्पक्ष नै छु भन्‍ने मलाई भित्री रूपमा थाहा थियो। मैले सत्यताको अभ्यास गरिरहेकी थिइनँ, न मण्डलीको कामको रक्षा नै गरिरहेकी थिएँ। भावनाहरूले मलाई मेरो बुबालाई बचाउन, र उहाँको दुष्कर्मलाई लुकाउँदै, सत्यको विरुद्ध जाने बनाएका थिए। के त्यो शैतानको पक्ष लिनु र परमेश्‍वरको विरुद्ध जानु थिएन र? यो बुझेपछि, मलाई पछुतो लाग्यो र मैले प्रार्थना गरेँ। “हे परमेश्‍वर, मलाई भावनाबाट मुक्ति दिलाइदिनुहोस्। म मेरो बुबाको बारेमा इमानदार हुन चाहन्छु।”

प्रार्थनापछि, मैले उहाँले विगतमा गर्नुभएको दुष्कर्म बारेमा सोचेँ, र मैले प्रत्येकको सूची बनाएँ। सुसमाचारको डिकनको रूपमा काम गर्दा, उहाँ आफूसँगै काम गर्ने व्यक्तिको विरुद्ध पक्षपाती हुनुभएको थियो। त्यसपछि, उहाँले दाजु झ्याङलाई अरूको अगाडि विभेद गर्नुभएको थियो, जसले बिचरा दाजु झ्याङलाई पूरै हताश बनाएको थियो। अगुवाले मेरो बुबासँग कुरा गर्नुभयो, तर उहाँले सुन्नुभएन। अरूले उहाँका समस्याहरू औल्याउँदा, उहाँले नकार्नुहुन्थ्यो। उहाँले सबैको ध्यान अरूको कमजोरीप्रति मोडिदिनुहुन्थ्यो। उहाँ सधैँ भन्नुहुन्थ्यो, “म विश्‍वासी भएको वर्षौं भयो। म सबै कुरा बुझ्छु!” मैले मेरो कर्तव्य पूरा गरेको देख्दा, उहाँ मलाई पैसा कमाउन भन्नुहुन्थ्यो। मलाई मेरो कर्तव्यको विरोधी बनाउन, उहाँले सधैँ नकारात्मक कुरा मात्रै भन्नुहुन्थ्यो। एक पटक, उहाँ चढेको कार दुर्घटनामा पर्‍यो, त्यसैले उहाँलाई भेट्न दाजु लिन आउनुभयो र यी कुराबाट मेरो बुबाले सिक्नुपर्छ भन्दै उहाँसँग सङ्गति गर्नुभयो। बुबा रिसाउनुभयो र तथ्यहरू बङ्गाउनुभयो। दाजु लिन उहाँलाई गिल्‍ला गर्न मात्रै आउनुभएको हो भन्ने द्वेषपूर्ण हल्ला फिजाउँनुभयो। त्यसले दाजुभाइ-दिदीबहिनीहरूलाई दाजु लिनप्रति पूर्वाग्रही बनायो। मैले यी सबै कुरा सोचिरहँदा, म रोकिएर विचार गर्न बाध्य भएँ, र मलाई रिस उठ्यो। मैले सोचेँ, “के मेरो बुबा यस्तो हुन सक्नुहुन्छ? कि यो अरू कोही दुष्ट हो?” विश्‍वासका यत्तिका वर्षमार उहाँले आफ्नो कर्तव्य पूरा गर्दै आउनु भएको र सुसमाचार प्रचार गर्दै आउनु भएको छ, त्यसैले उहाँ परमेश्‍वरको मार्गमा हुनुहुन्छ भनेर सोचेकी थिएँ। उहाँको बाहिरी रूपले मलाई मूर्ख बनायो, त्यसैले उहाँ साँचो विश्‍वासी हुनुहुन्छ जस्तो मैले सोचेकी थिएँ, र मैले उहाँको व्यवहारलाई केलाउने कहिल्यै प्रयास नै गरिनँ। म साँच्चै मूर्ख र अन्धो थिएँ। भावनामा बगेको र उहाँलाई बचाएकोमा अहिले मलाई आफैप्रति घृणा लाग्यो। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूले निश्चित रूपमा निष्कासनको सामना गर्नेछन्। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी”)। परमेश्‍वरका वचनहरूसँगै मेरो बुबाको व्यवहारलाई तुलना गर्दा, मैले यो केवल भ्रष्ट स्वभाव मात्र होइन, द्वेषपूर्ण प्रकृति पनि हो भन्‍ने पाएँ। उहाँ बाहिरबाट उत्साहित देखिनुहुन्थ्यो र मलाई उहाँले आफ्‍नो कर्तव्यका लागि कति दुःख झेल्‍न सक्‍नुहुन्छ भन्‍ने देखाउनुहुन्थ्यो, उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको धम्कीका बाबजुद सुसमाचार फैलाउन सक्नुहुन्थ्यो, तर उहाँले सत्यतालाई स्वीकार गर्न सक्नु हुन्नथियो। उहाँले त अझ सत्यतालाई घृणा समेत गर्नुहुन्थ्यो। उहाँका कार्यहरूबाट उहाँको व्यवहार धूर्त, र द्वेषपूर्ण छ भन्ने खुलासा भयो। सारमा शैतानसँग मिलेको उहाँ एक दुष्ट व्यक्ति हुनुहुन्थ्यो र उहाँलाई निकालिनु पर्थ्यो। म उहाँकी छोरी भए तापनि, मैले भावनामा बगेर छोड्नु हुँदैनथियो। मैले परमेश्‍वरको पक्षमा उभिनु, र शैतानको खुलासा गर्नु पर्नेथियो। मैले उहाँको बारेमा साँचो कुरा थाहा नपाएका मेरो जिम्मामा रहेका समूहका दाजुभाइ-दिदीबहिनीहरूका बारेमा सोचेँ। मैले मेरो बुबाको दुष्टताको खुलासा गर्नै पर्नेथियो, ताकि तिनीहरूलाई उहाँले मूर्ख नबनाउनुभएको होस्। तर त्यही बेला, मलाई चिन्ता लाग्यो: “तीमध्ये केहीलाई उहाँले नै विश्‍वासी बनाउनुभएको थियो, र उहाँसँगको तिनीहरूको सम्बन्ध अझै राम्रो थियो। मैले उहाँको खुलासा गरेँ भने, के तिनीहरूले मलाई मुटु नभएकी, विवेक नभएकी भनी भन्दैनन् र? र यदि उहाँलाई निकालियो र उहाँले आफ्नो मुक्तिको अवसर गुमाउनुभयो भने, यो उहाँका लागि एकदमै पीडादायी हुनेछ।” यो विचार साँच्चै दुःखलाग्दो, र मैले मेरो सङ्कल्प गुमाएँ। त्यो रात, म ओछ्यानमा पल्टिए मात्रै, निदाउन सकिनँ। मैले सोचेँ, यदि मैले बुबाको दुष्टताको खुलासा गरिनँ भने, र दाजुभाइ-दिदीबहिनीहरूलाई धोकामा परे र उहाँको पक्षमा उभिए भने, तिनीहरू पनि उहाँको दुष्टतामा सहभागी हुनेछन्। यदि मैले तिनीहरू गलत बाटोमा लागेको देखेँ तर तिनीहरूलाई सहयोग गरिनँ भने, के मैले तिनीहरूलाई क्षति गरिरहेको हुनेछैन र? यो कुरा सोचेपछि मलाई आफैप्रति घृणा लाग्यो, त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, म साह्रै चिन्तित छु। कृपया मलाई विश्‍वास र शक्ति दिनुहोस्, कृपया मलाई सत्यतालाई अभ्यास गर्न र यो दुष्ट मानिसको खुलासा गर्न डोर्‍याउनुहोस्।”

प्रार्थना गरेपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरका वचनहरूमा, मानिसहरूले एकअर्कासँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने सम्बन्धमा कुन सिद्धान्त उल्लेख गरिएको छ? जुन कुरालाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नु, र जुन कुरालाई परमेश्‍वरलाई घृणा गर्नुहुन्छ त्यसलाई घृणा गर्नु। अर्थात्, परमेश्‍वरले प्रेम गर्नुहुने मानिसहरू, जो वास्तवमै सत्यताको पछि लाग्छन् र परमेश्‍वरको इच्छाको काम गर्दछन्, तिनीहरू नै तैँले प्रेम गर्नुपर्ने मानिसहरू हुन्। परमेश्‍वरको इच्छाको काम नगर्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, उहाँको आज्ञा उल्लङ्घन गर्नेहरू, र उहाँले तुच्छ ठान्नुहुने मानिसहरू नै हामीले तुच्छ ठान्नुपर्ने र इन्कार गर्नुपर्ने मानिसहरू हुन्। परमेश्‍वरको वचनले यही माग गर्दछ। यदि तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, तिनीहरूले उहाँलाई घृणा गर्छन्; यदि तिनीहरूले उहाँलाई घृणा गर्छन् भने, परमेश्‍वरले पनि निश्चय ती मानिसहरूलाई घृणा गर्नुहुन्छ। त्यसो भए, यदि तँलाई तेरा आफ्ना आमाबुबालाई घृणा गर्न लगाइयो भने, के तैँले त्यसो गर्न सक्छस्? यदि तिनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन् भने तिनीहरू निश्चय त्यस्ता मानिसहरू हुन् जसले उहाँलाई घृणा गर्छन् र सराप्छन्। यस्ता परिस्थितिहरूमा, तेरा आमाबुबाले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट बाधा दिन्छन् वा दिँदैनन् भने तैँले तिनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्? … जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यो भनाइ अनुग्रहको युगमा पहिले नै चलनचल्तीमा थियो, र अहिले परमेश्‍वरका वचनहरू अझ उपयुक्त छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।’ यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि व्यक्ति परमेश्‍वरद्वारा सरापिएको छ, तर बाहिरी रूपमा हेर्दा सबै कुरा राम्रै देखिन्छन्, वा तेरा आमाबुबा वा तेरो आफन्त हो भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, र तिमीहरूको बीचमा धेरै घनिष्ठता र नजिकको सम्बन्ध पनि हुन सक्छ। जब तैँले परमेश्‍वरबाट यस्ता वचनहरू सुन्छस्, तँ दुःखी बन्छस् र त्यस व्यक्तिप्रति तेरो हृदयलाई कठोर बनाउन वा उसलाई त्याग्न असमर्थ हुन्छस्। किनकि एउटा परम्परागत धारणा हुन्छ जसले तँलाई बाँधेर राखेको हुन्छ। तँ सोच्छस्, कि यदि तैँले त्यसो गरिस् भने, तैँले स्वर्गको क्रोध आफूमाथि ल्याउँछस्, स्वर्गले तँलाई दण्ड दिनेछ, र समाजले तँलाई बहिष्कार गर्नेछ र जनताको अदालतमा तँलाई दण्ड दिइनेछ। यसबाहेक, अझ बढी व्यावहारिक समस्या भनेको तेरो विवेकमा हुनेछ। यो विवेक तेरा आमाबाबुले तँलाई बाल्यकालदेखि जे सिकाएका थिए त्यसैबाट आउँछ, वा सामाजिक संस्कृतिको प्रभाव र सङ्क्रमणबाट आउँछ, जुनै भए पनि तिनले तँभित्र सोचविचार गर्ने एउटा यस्तो जरा र तरिका रोपेको हुन्छ, जसले गर्दा तँ परमेश्‍वरको वचन अभ्यास गर्न र उहाँले प्रेम गर्नुहुनेलाई प्रेम गर्न र उहाँले घृणा गर्नुहुनेलाई घृणा गर्न सक्दैनस्। तापनि, तेरो हृदयको गहिराइमा, तैँले ती कुरालाई घृणा र इन्कार गर्नुपर्छ, किनकि तेरो जीवन परमेश्‍वरबाट आएको हो, र तेरा आमाबुबाले दिएका होइनन् भन्‍ने जान्दछस्। मानिसले परमेश्‍वरको आराधना गर्नुपर्छ र आफूलाई उहाँकहाँ फर्काउनुपर्छ। तैँले त्यसो भन्‍ने र सोच्‍ने भए पनि, तैँले निर्णय गरेर त्यसलाई अभ्यास गर्न सक्दैनस्। यहाँ के भइरहेको छ तिमीहरूलाई थाहा छ? यी कुराहरूले नै तँलाई कसिलो गरी र गम्भीर रूपले बाँधेका हुन्छन्। शैतानले तेरा विचारहरू, तेरा मन, र तेरो हृदयलाई बाँध्न यी कुराहरूको प्रयोग गर्दछ, यसैले तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न सक्दैनस्। त्यस्ता कुराहरूले तँलाई पूर्ण रूपमा भरेका हुन्छन्, यहाँसम्म कि तँमा परमेश्‍वरका वचनहरूका लागि कुनै ठाउँ हुँदैन। यस बाहेक, यदि तैँले उहाँका वचनहरू अभ्यास गर्ने कोसिस गरिस् भने, तँभित्र ती कुराहरू प्रभावकारी हुनेछन् र तँलाई उहाँका वचनहरू र मागहरू खण्डन गर्ने बनाउँदछ, यसरी तँ आफैलाई ती गाँठोहरूबाट निस्कन नसक्ने बनाउँछ र तँ त्यो बन्धनबाट स्वतन्त्र हुन सक्दैनस्। यो आशारहित अवस्था हुनेछ, र, संघर्ष गर्ने शक्ति छैन भने, तँ केही समयमा नै हरेस खाएर छोड्नेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”)। त्यसपछि मैले अरूको निराकरण गर्दा उहाँले प्रेम गर्ने कुरालाई प्रेम गर्नुपर्छ र उहाँले घृणा गर्ने कुरालाई घृणा गर्नुपर्छ भन्ने परमेश्‍वरले चाहनुहुन्छ भन्ने सिद्धान्तका बारेमा बुझेँ। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको इच्छाअनुसार काम गर्ने मानिसहरू हामीले प्रेम गर्नुपर्ने मानिसहरू हुन् भने, सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्नेहरू हामीले घृणा गर्नुपर्ने मानिसहरू हुन्। यो मात्रै परमेश्‍वरको इच्छाअनुसार हुन्छ। तर जब मेरो बुबाको कुरा आउँछ म भावनामा बाँधिएँ। मैले सधैँ उहाँको बचाउ गरेँ। मैले परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गरिनँ र उहाँले घृणा गर्ने कुरालाई घृणा गरिनँ। किनभने “रगत पानीभन्दा गाढा हुन्छ,” “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” पुरानो शैतानी धारणाले मेरो मन जितेको थियो। मैले दुष्ट मानिसलाई केलाउन सकिनँ। मैले मेरो बुबाका दुष्कर्महरूको खुलासा गर्नु घृणित, विवेकहीन हुनु हो भनेर सोचेँ। म अरूले नराम्रो सोच्छन् कि भनेर डराएकी थिएँ। देहको सम्बन्धलाई जोगाउन मैले सत्यतालाई कायम राख्न र दुष्टको खुलासा गर्न सकिनँ। मैले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीको जीवन प्रवेशलाई ध्यान दिइनँ। त्यो चाहिँ बरु वास्तवमै विवेकहीन र मानवत्व नहुनु थियो। सत्यतालाई अभ्यास गर्न मलाई रोक्ने र मेरो इच्छाविपरीत शैतानको पक्षमा रहन र परमेश्‍वरको विरोध गर्न बाध्य बनाउने यी शैतानका धारणाहरू हुन् भनेर मैले बुझेँ। वास्तवमा, यी भूत र दुष्ट मानिसहरूप्रति हामी विवेकशील हुनुपर्छ भनेर हामीलाई परमेश्‍वरले कहिल्यै भन्नुभएको छैन, न शैतानका पक्षका आफन्तहरूको त्यागलाई अनैतिक नै भन्नुभएको छ। व्यवस्थाको युगको बारेमा सोच्नुहोस् त। अय्यूबका अविश्‍वासी छोराछोरीहरू विपत्तिमा मारिए, तर अय्यूबले भावुक भएर आफ्नो छोराछोरीको मृत्युमा परमेश्‍वरसँग गुनासो गरेनन्। वास्तवमा, तिनले परमेश्‍वरको नामको प्रशंसा गरे। अनुग्रहको युगमा, के पत्रुसका आमाबुबाले उहाँको विश्‍वासलाई दबाउन र रोक्न खोजेका थिएनन् त? त्यसैले, उनले आफ्ना आमाबुबालाई त्यागे र घर छाडे। उनले परमेश्‍वरका लागि सबै कुरा त्यागे, र परमेश्‍वरको प्रशंसा पाए। जब मैले अय्यूब र पत्रुसको बारेमा सोचेँ, परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुपर्ने र परमेश्‍वरले घृणा गर्नेहरूलाई घृणा गर्नुपर्ने भन्ने परमेश्‍वरको चाहनाका बारेमा केही कुरा बुझेँ।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्, यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू नै होइनन् भने? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तँ भूतहरूसँग आबद्ध भइरहेको छैन र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै इरादाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। … यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)। यो पढेपछि, मलाई एकदमै दुःख र ग्लानि महसुस भयो। मेरो बुबाले सत्यलाई घृणा गर्नुहुन्थ्यो, र मण्डलीको जीवनमा सधैँ बाधा पुर्‍याउनुहुन्थ्यो, उहाँको स्वभाव दुष्ट थियो भनेर मलाई थाहा थियो, तर यसको बाबजुद पनि, मैले उहाँलाई माया गरिरहेँ। मैले उहाँलाई जोगाएँ पनि! के “शैतानप्रति शुभेच्छा बढाइरहेको” र “भूतहरूसँग आबद्ध भइरहेको” भनेर परमेश्‍वरले यसैलाई भन्नुभएको होइन र? के म परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ, र मैले मण्डलीको काममा बाधा पुर्‍याउइरहेकी थिइनँ र? परमेश्‍वरको घरमा, धार्मिकता र सत्यताले शासन गर्छ। दुष्ट मानिस तथा ख्रीष्टविरोधी सहितका शैतानका दुष्ट दलबललाई बस्न दिइनेछैन। तिनीहरूको खुलासा गरिनुपर्छ र त्यसपछि मण्डलीबाट हटाइनुपर्छ। यसले परमेश्‍वरको धर्मी स्वभावको अनुसरण गर्छ। मैले दुष्ट मानिसलाई बचाइरहेकी थिएँ, उहाँलाई परमेश्‍वरको घरमा बस्नका लागि सहयोग गरिरहेकी थिएँ। त्यसो हुँदा, के म मण्डली जीवनमा उहाँको रोकटोकलाई सहयोग गरिरहेकी थिइनँ? के मैले शत्रुलाई सहयोग गरिरहेकी र परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ? यसरी अघि बढ्नुको अर्थ, म पनि परमेश्‍वरबाट दण्डित हुनेछु भन्‍ने हुन्छ। यो बझाइ साँच्चिकै डरलाग्दो थियो। परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि उल्लङ्घनलाई सहँदैन र भावनामा बगेर दुष्कर्मीलाई जोगाउनु भनेको डरलाग्दो कुरा हो! मैले आफ्नो भावनामा बगेर काम गरिरहनु हुँदैनथियो। उहाँ मेरो बुबा भए तापनि, मैले सत्यतालाई अभ्यास गर्नुपर्थ्यो, परमेश्‍वरले प्रेम गर्नु हुने कुराहरूलाई प्रेम गर्नुपर्थ्यो र परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्नुपर्थ्यो, र परमेश्‍वरका घरको हितहरूमा साथ दिनुपर्थ्यो।

पछि, म भेलामा गएँ, र मेरो बुबाको दुष्कर्म र व्यवहारको सत्यताको खुलासा गरेँ। त्यसपछि उहाँले अल्मलाएका दाजुभाइ-दिदीबहिनीहरू उहाँको सारलाई केलाउन सक्ने भए। लगत्तै, मण्डलीले मेरो बुबालाई लिखित रूपमै निष्कासन गर्‍यो। म घर गएँ र उक्त पत्र उहाँलाई पढेर सुनाएँ, र हामीले कुराकानी गर्‍यौं। म उहाँको घृणित उत्तर सुनेर छक्क परेँ, “म निकालिन्छु भनेर मलाई वर्षौँअघि देखि थाहा थियो। मैले आशिष् पाउनका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरेको हुँ, नत्र मैले उहिल्यै छोडिसकेको हुनेथिएँ।” जब मैले उहाँमा पछुतोको कुनै अभिप्राय देखिनँ, उहाँको दुष्ट सारको खुलासा भर्खरै भयो भनेर मलाई भित्रैदेखि थाहा भयो। मेरो बुबा गएपछि, बाधा अवरोध हुन छाडे। हाम्रो बैठकहरूमा हामी बिनारोकटोक परमेश्‍वरका वचनहरू पढ्न र सङ्गति गर्न सक्ने भयौं। हामी सबैले आ-आफ्नो कर्तव्य निभायौं, र मण्डलीको जीवनले फल दियो। परमेश्‍वरको घरमा सत्यता र धार्मिकताको शासन चल्छ, र जब हामी सत्यतालाई अभ्यास गर्छौ, हामी उहाँको मार्गदर्शन र आशिष्‌को गवाही दिन्छौं भनेर मैले प्रत्यक्ष देखेँ। बुबाको बारेमा कुरा गर्दा, म आफ्नो भावनाबाट मुक्त हुन सकेँ। अन्त्यमा, म केही सत्यतालाई अभ्यास गर्न र मण्डलीको कामलाई सहयोग गर्न सक्ने भएँ। यो सबै परमेश्‍वरका वचनहरूको न्यायबाट मात्रै हासिल भएको थियो।

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

रोगबाट आएका आशिषहरू

यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्