अब मलाई आफ्नो कर्तव्यमा कसरी सहकार्य गर्ने थाहा भयो

20 जनवरी 2022

यिलिङ, चीन

नोभेम्बर २०१९ को कुरा हो, मैले सिस्टर झाऊसित नेतृत्वको कर्तव्य पूरा गरिरहेकी थिएँ। काम राम्ररी र अधिक कुशलतापूर्वक पूरा गर्न, माथिल्लो तहका अगुवाहरूले यी कार्य जिम्मेवारीहरू हामीबीच बाँडिदिए। मेरो मुख्य जिम्मेवारी नवआगन्तुकहरूलाई पानी हाल्नु थियो भने उहाँको जिम्मेवारी भिडियो सम्‍बन्धी कार्य गर्नु थियो। त्यसबेला, नवआगन्तुकहरूलाई पानी हाल्ने काम त्यति राम्रोसँग भइरहेको थिएन भनेर मैले देख्‍न सकेकी थिएँ, मैले धेरै तनाव महसुस गरेँ र यो कार्य बहन गर्न सक्दिनँ कि भन्ने डर लाग्यो। तर त्यसपछि सम्झेँ, यो कार्य महत्वपूर्ण छ, अनि यदि मैले यस कठिन कार्यमा केही सफलता हासिल गर्न सकेँ भने, माथिल्लो तहका अगुवाहरूले मेरो क्षमता बुझ्नेछन्, अनि दाजुभाइ-दिदीबहिनीहरूले पनि मलाई आदरको नयाँ दृष्टिकोणले हेर्नेछन्, तसर्थ, म यो कार्य गर्न सहमत भएँ। पछि, म नवआगन्तुकहरूलाई पानी हाल्ने व्यक्तिहरूलाई अक्सर भेट्थें, उनीहरूलाई उनीहरूका कर्तव्यहरूमा आइपर्ने समस्याहरू समाधान गर्न मदत गर्थेँ, अनि मेरो नजरमा असल गुण भएकाहरूलाई पानी हाल्न र पालन-पोषण गर्न ध्यान केन्द्रित गरेँ। केही समयपछि, पानी हाल्ने काममा सुधार हुन थाल्यो। एक दिन, एकजना सिस्टरले मलाई के रिपोर्ट गर्नुभयो भने, भिडियो उत्पादन गर्न पर्याप्त मानिसहरू नभएकोले उहाँहरूले समस्या भोगिरहनुभएको छ, र त्यस समस्यालाई तुरुन्तै समाधान गर्नुपर्छ। मैले मनमनै सोचेँ: “यो समस्या जतिसक्दो चाँडो समाधान गर्नैपर्छ, तर अहिले पानी हाल्ने कार्य पनि गर्नैपर्छ, अनि यदि मैले सारा समय भिडियो कार्यमा लगाएँ अनि नवआगन्तुकहरूका समस्याहरू समयमै समाधान गर्न सकिएन र तिनीहरूले मण्डली छोडेरे गए भने, पानी हाल्ने काममा असर पुग्छ। यदि त्यसो भएमा, के माथिल्लो तहका अगुवाहरूले मलाई असक्षम ठान्दैनन् र? साथै, भिडियो कार्यको जिम्मेवारी त सिस्टर झाऊको हो, त्यसैले, यदि मैले उहाँलाई यो मामिला निराकरण गर्न मदत गरेँ भने, त्यसको श्रेय उहाँले पाउनुहुन्छ, जबकि म चाहिँ आफ्नो अनुहारै देखाउँदिन।” यसलाई विचार गर्दै मैले त्यस कामबारे ध्यानै दिइनँ, मैले हतार-हतार केही कुरा भनेँ र त्यहाँबाट हिँडिहालेँ। त्यहाँबाट फर्केपछि मैले यो कुरा सिस्टर झाऊलाई बताएँ, तर उहाँले कुनै योग्य व्यक्तिबारे सोच्न सक्नुभएन र यो निर्णय गर्नु उहाँको लागि गाह्रो थियो। तब कर्मचारी नभएकोले काममा ढिलाइ भयो। त्यसबेला, मैले अझै पनि यस मामिलाबारे चासो लिइनँ, र यो सिस्टर झाऊको जिम्मेवारी हो र मसित प्रत्यक्ष सम्बन्धित छैन भनेर मैले सोचेँ। एक दिन सिस्टर झाऊले मलाई भन्नुभयो: “मैले याद गरेको, तपाईं आफ्नै जिम्मेवारीको कामलाई मात्र ध्यान दिनुहुन्छ र अरूको कामलाई चासै दिनुहुन्न।” उहाँको कुरा सुनेर मनमनै सोचेँ: “यदि मैले तपाईंको जिम्मेवारीको काम गरेँ भने, सबै श्रेय तपाईंले नै पाउनुहुन्छ, त्यसपछि अरूको ध्यान मप्रति होइन तपाईंप्रति मात्र जानेछ, त्यसैले त्यो हदसम्म म किन जाने?” उहाँले यो कुरा उठाउनुहुँदा, मैले त्यसलाई गम्भीरतापूर्वक लिइनँ।

त्यसको केही समयपछि, हाम्रा अगुवाले मलाई भन्नुभयो: “भिडियो कार्यमा केही समस्याहरू छन् र कुनै पनि समस्याको समाधान भएको छैन। विगतमा तपाईंले भिडियोहरू बनाउनुभएको र यस क्षेत्रमा तपाईंसित केही क्षमता छ भन्‍ने कुरा मलाई याद आयो। म चाहन्छु, भिडियो कार्यको जिम्मेवारी तपाईं लिनुहोस्; सिस्टर झाऊले पानी हाल्ने काम गर्नुहुनेछ।” यो सुनेर म केही खिन्न भएँ: मैले पानी हाल्ने काममा निकै प्रयास, सोच र ध्यान लगाएकी थिएँ, सुधारहरू गर्न सजिलो भएको थिएन। अब मैले भिडियो कामको जिम्मेवारी लिनुपर्ने भयो, मेरो परिश्रमको फल उहाँले खानुहुने भयो। साथै, राम्रा भिडियोहरू बनाउनु धेरै गाह्रो हुन्छ। यदि मैले राम्रो काम गरिनँ भने, अरूले के सोच्छन्? के उनीहरूले मलाई असक्षम ठान्छन्? तर त्यसनि मैले यसबारे फेरि सोचेँ: “पानी हाल्ने काममा पनि पहिला त राम्रा परिणामहरू निस्केका थिएनन्। मेरा अथक प्रयासहरूले गर्दा के परिणामहरूमा सुधार आएन त? यदि मैले भिडियो कार्यमा पनि सुधार गरेँ भने, के त्यसले मेरो कार्य क्षमता प्रदर्शित गर्दैन र?” त्यसैले, म त्यो काम गर्न सहमत भएँ। त्यसपछि मैले आफ्नो तन-मन भिडियो कार्यमा लगाएँ, यस कामको लागि नयाँ मानिसहरू खोजेँ। दाजुभाइ-दिदीबहिनीहरू समस्यामा पर्दा, मैले धैर्यतापूर्वक उनीहरूसित समाधानहरूबारे सङ्गति गरेँ। केही समयपछि, भिडियो कार्यमा पनि सुधार हुन थाल्यो, अनि आफ्ना कर्तव्यहरूप्रति सबै जनाको जोश पनि बढ्यो। यस अवधिमा, केही दाजुभाइ-दिदीबहिनीहरूले मलाई नवआगन्तुकहरूलाई पानी हाल्न आग्रह गरे। मलाई लाग्यो, यो काम मेरो जिम्मेवारीको दायरामा पर्दैन। मैले यी समस्याहरू समाधान गरे तापनि, श्रेय आफूले पाउने होइन, अनि त्यसैले मैले लापरवाहीसाथ उत्तर दिएँ। एक दिन, सिस्टर झाऊले मलाई पानी हाल्ने कार्यमा केही समस्याहरू छन् र त्यसलाई कसरी समाधान गर्ने मलाई थाहा छैन भनी भन्‍नुभयो। तब मैले यी समस्याहरू पहिल्यै भोगिसकेकी छु भन्‍ने मलाई याद आयो। ती कसरी समाधान गर्ने भनेर मैले उहाँलाई बताउन चाहेँ, तर फेरि सोचेँ, यदि उहाँले समाधान गर्नुभयो भने, त्यसको श्रेय त मैले होइन उहाँले पाउनुहुन्छ। मैले उहाँलाई समय पाएको बेला त्यो समस्या समाधान गर्छु भनी भनेँ, तर त्यसपछि म व्यस्त भएँ र यस विषयलाई बिर्सेँ। त्यो समस्या समाधान भएन र परिणामस्वरूप, पानी हाल्ने काममा असर पऱ्यो।

एक दिन, माथिल्लो तहका अगुवाहरू हाम्रो कामबारे जान्न आए, र मैले अरूको कार्यमा होइन आफ्नो कार्यमा मात्र ध्यान दिएको तिनीहरूले भेट्टाए। तिनीहरूले मलाई कडाइका साथ निराकरण गर्दै भने, कुनै मण्डली अगुवाले आफ्नो मुख्य कार्यको मात्र चासो राख्नु, जबकि मण्डलीको अन्य कामलाई बेवास्ता गर्नु भनेको, आफ्नो व्यक्तिगत काम गर्नु हो, यो स्वार्थीपन, धूर्त र खराब मानवता हो। यो सुनेर म असाध्यै खिन्न भएँ र अन्यायमा परेको महसुस गरेँ। मनमनै सोचेँ: “हरेक दिन मैले आफ्ना कर्तव्यहरूमा यत्तिका समय र प्रयास लगाएँ, मैले कडा परिश्रम गरेँ र कहिल्यै सुस्ताइनँ। तिनीहरूले मेरो प्रशंसा गरेनन्, त्यो ठीकै छ, तर कसरी तिनीहरूले मलाई, स्वार्थी, धूर्त र खराब मानवता भएको भन्न सक्छन्?” घर पुगेपछि, बेस्सरी रोएँ। दुःखी हुँदै परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर! यस्तो छाटकाँट र निराकरण भोग्दा, म खिन्न हुन्छु र गलत महसुस गर्छु, म तपाईंका अभिप्रायहरू बुझ्दिनँ, कृपया मलाई आफूलाई चिन्न अगुवाइ गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका वचनहरू यसो भनेको रहेछ भन्‍ने देखेँ: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताको तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई हामी यसलाई नजिकबाट विश्लेषण गरौं। यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्दछ जसको कारण मानिसहरूले ऊसँग मानवता नै छैन भनेर भन्छन्? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रस्तुत गर्छन्? त्यस्ता मानिसहरू तिनीहरूको कार्यहरूमा लापरवाही हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हित विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। तिनीहरूले जब केही गर्छन् तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, ‘यदि मैले यो गरें भने के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले गरेको सारा कोसिस र परिश्रमी रूपमा काम गरेको देख्दैनन्, र यदि परमेश्‍वरले यो पनि देख्नुहुन्न भने, मैले त्यस्तो कोसिस गर्दा वा त्यसका लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।’ के यो स्वार्थीपन होइन? त्यसको साथसाथै, यो अति नीच किसिमको उद्देश्य पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, तब के विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा विवेकको कुनै हिस्‍सा हुन्छ? आफूले गरेको कर्तव्यमा समस्या देखेपछि चुप लागेर बस्‍ने किसिमका मानिसहरू समेत हुन्छन्। तिनीहरू अरूले रोकावट र बाधाहरू उत्पन्न गरेका देख्छन्, तापनि तिनीहरूलाई रोक्न केही पनि गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा रत्तीभर पनि विचार गर्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारीहरूको बारेमा नै सोच्छन्। तिनीहरू आफ्नै गर्व, इज्जत, ओहदा, हितहरू र सम्मानका निम्ति मात्र बोल्छन्, काम गर्छन्, डटेर खडा हुन्छन्, कोसिस गर्छन्, र ऊर्जा खर्च गर्छन्। त्यस्तो किसिमको कुनै व्यक्तिका कार्यहरू र उद्देश्यहरू सबैका लागि स्पष्ट हुन्छन्: जब सम्मान वा केही आशिष पाउने अवसर हुन्छ तब तिनीहरू देखा परिहाल्छन्। तर जब सम्मान पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाए जस्तै तिनीहरू दृश्यबाट हराउँछन्। के यस प्रकारको मानिसमा विवेक र तर्कशक्ति हुन्छ? के यस्तो व्यवहार गर्ने अन्तस्करण र विवेकहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस प्रकारको व्यक्तिको अन्तस्करणले कुनै उद्देश्य पूरा गर्दैन, र तिनीहरूले कहिल्यै पनि स्व-निन्दाको महसुस गर्दैनन्। त्यसो भए, के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासनको महसुस गर्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “शैतानको शिविरमा, चाहे त्यो सानो कार्यालयमा होस् वा ठूलो संगठनमा, भीडहरूको बीचमा होस् वा सरकारी क्षमतामा, तिनीहरूले कस्तो वातावरणमा काम गर्छन्? तिनीहरूका कार्यहरूका सिद्धान्तहरू र दिशा-निर्देशन के-के हुन्छन्? प्रत्येक आफ्नै लागि एउटा कानुन हुन्छ; प्रत्येक आफ्नै बाटोमा लाग्छ। तिनीहरूले आफ्नै हितमा काम गर्छन् र आफ्नै वास्ता गर्छन्। जोसँग अधिकार हुन्छ त्यसैले अन्तिम निर्णय लिन्छ। तिनीहरूले अरूको बारेमा विचार गर्दैनन्, तर तिनीहरूको इच्छाअनुसार गर्छन्; प्रसिद्धि, भाग्य र प्रतिष्ठाका लागि संघर्ष गर्छन्। यदि तिमीहरू न त सत्यतालाई बुझ्छौ न त्यसलाई व्यवहारमा अपनाउँछौं भने, तिमीहरूलाई परमेश्‍वरको वचन प्रदान नगरिएको अवस्थामा, के तिमीहरू तिनीहरूभन्दा केही फरक हुन्छौ? बिलकुलै हुँदैनौ—तिमीहरू बिलकुल तिनीहरू जस्तै हुन्छौ। तिमीहरू त्यसरी नै लड्नेछौ जसरी अविश्‍वासीहरू लड्छन्। तिमीहरू त्यसरी नै संघर्ष गर्नेछौ जसरी अविश्‍वासीहरूले संघर्ष गर्छन्। बिहानदेखि रातिसम्म, तिमीहरू ईर्ष्या र विवाद गर्छौ, षड्यन्त्र र गुप्त योजना बनाउँछौ। यो समस्याको जड् के हो? यो सब मानिसहरू भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएको कारणले गर्दा हो। भ्रष्ट स्वभावको शासन शैतानको शासन हो; भ्रष्ट भएको मानवता शैतानी स्वभावभित्र बास गर्दछ, जसमा कुनै अपवाद छैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। म स्वार्थी र आफ्नै हित मात्र हेर्ने व्यक्ति भएकी थिएँ भनेर मैले परमेश्‍वरका वचनहरूबाट बुझेँ। मलाई थाहा थियो, श्रम विभाजन कार्यकुशलताको लागि थियो, हामीलाई स्वतन्त्र बनाउनु थिएन। यदि मेरा सहकर्मीले समस्याहरू भोगिरहेका छन् भने, त्यसको समाधानमा मदत गर्नु मेरो काम हो, तर मैले आफ्नै कामप्रति मात्र चासो राखेँ, आफ्नो प्रतिष्ठा र हैसियतको लागि काम गरेँ। मैले अरूको काममा समस्याहरू देख्दा समेत त्यसमा ध्यानै दिइनँ। म एकदमै स्वार्थी र धूर्त भएकी थिएँ। मैले पानी हाल्ने कामको जिम्मेवारी सम्हाल्दा, भिडियो कामको लागि मानिसहरू भेट्टाउनु गाह्रो हुन्छ भन्‍ने मलाई थाहा थियो, तर मलाई लाग्यो, यदि मैले यी कठिनाइहरू समाधान गरेँ भने, श्रेय मैले पाउँदिन। मैले त्यसबारे लापरवाहीसाथ यसो सोधपुछ मात्र गरेँ र त्यसलाई गम्भीरतापूर्वक लिइनँ। त्यसैकारण, भिडियो टोलीको लागि मानिसहरू पर्याप्त भएन र काममा हानि भयो। मैले भिडियो कार्यको जिम्मेवारी सम्हाल्दा, सिस्टर झाऊले मलाई पानी हाल्ने काममा समस्याहरू छन् भनी भन्नुभएको थियो। ती कसरी समाधान गर्ने भनेर मैले उहाँलाई सीधै भन्न सक्थेँ, तर यदि उहाँले यी समस्याहरू समाधान गर्नुभयो भने, उहाँले मेरो श्रेय लिनुहुन्छ भनेर म चिन्तित भएँ, त्यसकारण मैले उहाँसित सङ्गति गरिनँ। परिणामस्वरूप, ती समस्याहरू समाधान भएनन् र काममा ढिलाइ भयो। मैले आफ्नो काम राम्ररी गरेर सबैको अनुमोदन पाउनेथिएँ र त्यसकारण मैले एकदमै कडा परिश्रम गरेँ। सिस्टर झाऊले आफ्नो काममा समस्याहरू झेल्नुभयो र उहाँलाई मद्दत चाहिएको थियो, तर यी कुराहरूप्रति मैले चासो राखिनँ, त्यसैले परमेश्‍वरको घरको काममा असर पऱ्यो। म वास्तवमै स्वार्थी भएकी थिएँ र मसित मानवताको कमी थियो। यदि माथिल्लो तहका अगुवाहरूले मलाई कडाइकासाथ छाटकाँट र निराकरण नगरेका भए, अझै पनि मैले आफूले कसरी व्यवहार गरिरहेको थिएँ भनेर देख्ने थिइनँ, अनि अझै सोच्नेथिएँ, जबसम्म म आफ्नो कार्य राम्ररी गर्छु, तबसम्म मैले आफ्नो भार उठाइरहेकी र आफ्नो कर्तव्य वफादारीसाथ पूरा गरिरहेकी हुन्छु। मैले आफूलाई वास्तवमै चिन्नेथिइनँ।

पछि, मैले परमेश्‍वरको वचनबाट एउटा खण्ड पढेँ, त्यसले मलाई आफ्नो समस्या अझ गहन रूपमा बुझ्न मदत गऱ्यो। “तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होला कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो नाकको अगाडिका कार्यहरूको बारेमा मात्र सोच्छन्। तिनीहरूको लागि परमेश्‍वरको घर र मण्डलीको काम आफ्नो फुर्सदको समयमा गर्ने काम हुन्छ, र तिनीहरूलाई सबै कुरा गर्नका लागि उत्प्रेरित गरिनुपर्छ। तिनीहरूका आफ्नै हितहरूको सुरक्षा गर्नु नै तिनीहरूको वास्तविक पेसा हुन्छ, तिनीहरूले वास्तविक व्यवसायलाई जस्तै गर्न मन पराउने कुरा। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको वा परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशसित सम्बन्धित कुनै पनि कुराको महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तो सुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्याहरू पहिचान गरे पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्ट विरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। तिनीहरू मण्डलीका मामिलाहरूप्रति बिलकुलै उदासीन हुन्छन्, चाहे ती मामिलाहरू जति नै ठूला किन नहोऊन्। समस्या तिनीहरूको अगाडि हुँदा पनि तिनीहरू अनिच्छुक बन्दै र लापरवाहीसाथ सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट निराकरण गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको कामप्रति, अझ विस्तृत सन्दर्भको महत्त्वपूर्ण कुराप्रति रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यसबारे सोध्दा टार्न खोज्छन्, अनिच्छापूर्वक त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन, तिनीहरूले जुनै कर्तव्य पूरा गरिरहेका भए पनि त्यसले तिनीहरूलाई फाइदा पुर्याउनेछ कि पुर्याउनेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै लागि मात्र सोचिरहेका हुन्छन्। समूहमा, तिनीहरूले जुन-सुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्, तिनीहरू आफ्नो कर्तव्य गर्दा सिद्धान्त अनुसार कसरी काम गर्ने, तिनीहरू वफादार भएका छन् कि छैनन्, तिनीहरूको आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, कतै भड्किएका छन् कि भन्ने बारेमा कहिल्यै कुराकानी गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरले माग गरेको कुरामा र परमेश्‍वरको इच्छा के हो भन्ने कुरामा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरू आफ्नो प्रतिष्ठा र इज्जतका लागि मात्र काम गर्दछन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको मानवताको चरित्र र तिनीहरूको स्वभावको सारलाई सारांश गर्दा (भाग एक)”)। विशेषगरी ख्रीष्टविरोधीहरू स्वार्थी र अधम हुन्छन् भनेर परमेश्‍वरले देखाउनुभयो। तिनीहरूले आफ्ना कर्तव्यहरूमा आफ्नै हितलाई मात्र विचार गर्छन्, अनि आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्र कुराहरू भन्छन् र गर्छन्। तिनीहरूले मण्डलीको समग्र कामलाई कहिल्यै विचार गर्दैनन् वा तिनीहरूसित अलिकति पनि विवेक हुँदैन। मैले जे गरेको थिएँ त्यसका सिद्धान्तहरू र मेरो दृष्टिकोण ख्रीष्ट-विरोधीकै जस्ता थिए भनेर मैले बुझेँ। मलाई लाग्यो, आफ्नो जिम्मेवारीमा भएको कामलाई राम्ररी गर्नु र आफ्ना हितहरूको सुरक्षा गर्नु न्यायसङ्गत छ, अनि अरूको काममा आफूलाई मुछ्नु भनेको उनीहरूको उपकार गर्नु हो। मलाई लाग्यो, अरू कसैलाई मदत गर्नको लागि आफ्नो कामलाई पन्छाउनु र श्रेय नपाइने कार्य गर्नु मूर्खता हो। त्यसकारण, सिस्टर झाऊ र मैले कर्तव्यहरू बाँड्दा, सिस्टर झाऊले बताउनुभएका कठिनाइहरूबारे कहिल्यै केही सोचिनँ वा ती कसरी समाधान गर्ने भनेर विचार गरिनँ। मैले जहिले पनि आफ्नै काम मात्र कसरी राम्ररी गर्ने, अनि अनुमोदन र स्वीकृति पाउने भनेर सोचेँ। पछि फर्केर हेर्दा, के मैले वास्तवमै सत्यता अभ्यास गरिरहेकी र आफ्ना कर्तव्यहरू गरिरहेकी थिएँ त? मैले केवल आफ्नो हैसियत बनाइरहेकी र आफ्नै काम गरिरहेकी थिएँ। म त केवल यी शैतानी दर्शनहरूअनुसार जिइरहेकी थिएँ, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन।” म एकदमै स्वार्थी र धूर्त थिएँ। मैले कार्य विभाजनलाई आफ्नो सामर्थ्य देखाउने मौकाको रूपमा लिएँ, आफ्नो जिम्मेवारीमा भएको काममा कुनै कसर नछोडी दुःख गरेँ वा प्रयास गरेँ, परमेश्‍वरको घरका समग्र हितहरूलाई विचारै गरिनँ, न त आफूलाई परमेश्‍वरको घरको भाग नै ठानेँ, वा न त आफ्नी सिस्टरसित सौहार्दपूर्ण सहकार्य नै गरेँ। यसले परमेश्‍वरको घरको काममा अवरोध र बाधा पुऱ्यायो। मैले शैतानी तरिकामा काम गरिरहेकी थिएँ र मैले गरेका सबै कुरामा मानवताको कमी थियो भनेर बुझेँ! वास्तवमा, परमेश्‍वरको घरको कर्तव्य पूरा गर्दा श्रेय पाउने कुराले महत्त्व राख्दैन। तपाईंले आफ्नो जिम्मेवारीमा भएको काम राम्ररी गर्नुपर्छ, यो तपाईंको कर्तव्य हो। यो तपाईंको जिम्मेवारीमा नभएको कुनै कुरा भए तापनि, त्यसलाई देख्दा तपाईंले ध्यान दिनुपर्छ र समाधान गर्नुपर्छ, किनभने तपाईं परमेश्‍वरको घरको सदस्य हुनुहुन्छ। म मण्डली अगुवा हुँ, मण्डलीको सबै काम मेरो कार्यका भाग हुन्, यी मेरा जिम्मेवारी र कर्तव्य हुन्। राम्ररी नगरिएको कुनै पनि कार्य मसित सीधै सम्बन्धित हुन्छ। तर मैले केवल आफ्नै प्रतिष्ठा र हैसियतलाई विचार गरेँ र आफ्नै काम मात्र गरेँ। म त परमेश्‍वरको विरोध गर्ने ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ, त्यसले परमेश्‍वरद्वारा इन्कार गरिने र हटाइने स्थितिमा पुऱ्याउँछ। यसबारे अवगत भएपछि, मैले हृदयदेखि के महसुस गरेँ भने, परमेश्‍वरले मेरा समस्याहरू देखाइदिन अगुवाहरू प्रयोग गर्नुभएको थियो; यो त परमेश्‍वरबाटको प्रेम र मुक्ति थियो!

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग बुझेँ। “मानिसहरूलाई तिनीहरूका आफ्‍ना चासोहरू त्याग्‍न लगाउनु सबैभन्दा कठिन कार्य हो। धेरैजसो मानिसहरूले फाइदाबाहेक केही पनि खोज्दैनन्; मानिसहरूका चासोहरू नै तिनीहरूका जीवन हुन्छ, र तिनीहरूलाई ती कुराहरू त्याग्‍न लगाउनु भनेको तिनीहरूलाई तिनीहरूको जीवन त्याग्‍न लगाउनुसरह हुन्छ। त्यसो भए, तैँले के गर्नुपर्छ त? तैँले त्याग्‍न, छोड्न, कष्ट भोग्‍न, र तैँले प्रेम गर्ने चासोहरूलाई छोड्दा हुने पीडालाई सहन सिक्‍नुपर्छ। तैँले यो पीडा भोगेपछि र तेरा केही चासोहरूलाई त्यागेपछि, तैँले अलिक चिन्तामुक्त र स्वतन्त्र भएको महसुस गर्नेछस्, अनि यसरी, तैँले आफ्‍नो देहलाई जित्‍नेछस्। तैपनि, यदि तँ तेरा चासोहरूमा नै लागिरहन्छस् र तिनलाई त्याग्‍न असफल हुन्छस्, अनि ‘म छली भएँ, त के भयो? परमेश्‍वरले मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के गर्न सक्छन् र? म कुनै कुरालाई पनि त्याग्‍नेछैन!’ भनेर भन्छस् भने, जब तैँले केही पनि त्याग्दैनस् भने, तब अरू कसैले पनि केही घाटा बेहोर्दैन; अन्तिममा घाटा बेहोर्ने तँ नै हुनेछस्। जब तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पहिचान गर्छस्, तब यो वास्तवमा तेरो लागि प्रवेश गर्ने, प्रगति गर्ने, र परिवर्तन हुने अवसर हो; यो तेरो लागि परमेश्‍वरकहाँ आउने र उहाँको छानबिन अनि उहाँको न्याय र सजायलाई स्वीकार गर्ने मौका हो। यसको साथै यो मुक्ति प्राप्त गर्ने तेरो अवसर हो। यदि तैँले सत्यताको खोजी गर्न छोड्छस् भने, त्यो त मुक्ति प्राप्त गर्ने र न्याय र सजाय स्वीकार गर्ने अवसरलाई त्याग्‍नुसरह हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो”)। “जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्‍वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्‍वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, यदि मानिसहरू आफ्नै हितहरूलाई मात्र पक्रिराख्छन् र सत्यतालाई पटक्कै अभ्यास गर्दैनन् भने, अन्त्यमा तिनीहरूले सत्यता प्राप्त गर्ने र परमेश्‍वरबाट मुक्ति पाउने मौका गुमाउनेछन्। अर्कोतर्फ, यदि तपाईं व्यक्तिगत हितहरूलाई त्याग्नुहुन्छ र अरूलाई मदत गर्नुहुन्छ, अनि परमेश्‍वरको घरको समग्र कार्यमा आफ्नो केही शक्ति प्रदान गर्नुहुन्छ भने, यो मूर्खता होइन, यो त असल कार्य हो र यसलाई परमेश्‍वर प्रशंसा गर्नुहुन्छ। अघि बढ्दै जाँदा, यो मेरो प्रमुख कार्य होस् कि नहोस्, मैले आफ्ना कर्तव्यहरूमा सक्दो प्रयास गर्नैपर्छ। यसरी मात्र म परमेश्‍वरको इच्छालाई वास्ता गर्न सक्छु। पछि, जब मैले आफ्ना सहकर्मीको काममा समस्या देख्थें, तब मैले त्यसलाई समाधान कसरी गर्ने भनेर उहाँसित व्यवहारिक तवरमा छलफल गर्थेँ, राम्रा सुझावहरू र योजनाहरू साझा गर्थेँ, अनि जब-जब मैले आफूसित काम गर्ने सिस्टरलाई समस्यामा देख्थें, समाधानबारे उहाँसित सङ्गति गर्न सक्दो गर्थेँ, र परमेश्‍वरको घरका सबै कामलाई आफ्नै जिम्मेवारी र कर्तव्यको रूपमा हेरेँ। यसरी अभ्यास गर्दा, मलाई शान्ति र निश्चिन्त महसुस भयो। कहिलेकाहीँ, म अझै पनि स्वार्थीपन देखाउँछु र आफ्नो काममा धेरै समय बिताउन चाहन्छु, र सहकर्मीको कामलाई कम ख्याल गर्छु। त्यति बेला म परमेश्‍वरसँग प्रार्थना गर्छु र आफ्ना गलत अभिप्रायहरूलाई त्याग्छु। आखिर, परमेश्‍वरको घर पूर्ण छ र यसलाई विभाजन गर्न सकिँदैन। जब म आफ्नी सिस्टरलाई उहाँको कर्तव्यमा आइपर्ने समस्या समाधान गर्न मदत गर्छु, यो अतिरिक्त काम होइन, झन् मेरो जिम्मेवारीको दायराबाहिरको हुने त कुरै भएन, यो त मेरो जिम्मेवारी र कर्तव्य हो। यी कुरालाई मनमा राख्दा म आफ्ना हितहरूलाई पन्छाउन सक्छु र आफ्नी सिस्टरसित सक्रियरूपमा कार्य गर्न सक्छु। पछि, हामी सँगै काम गर्दा एकै मनका भयौं, अनि मण्डलीका सबै काम प्रभावकारी भए। धेरैभन्दा धेरै नवआगन्तुकहरू आए र हामीले दुई वटा नयाँ मण्डलीहरू स्थापित गर्यौं। मैले परमेश्‍वरलाई उहाँको अगुवाइको निम्ति हृदयबाटै धन्यवाद दिएँ।

यस अनुभवबाट मैले साँच्चै के बुझेँ भने, सहकार्यमा यदि हामी आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन सक्छौं, आफ्ना व्यक्तिगत हितहरूलाई तिरस्कार गर्न सक्छौं, एकै मनको भएर कार्य गर्न सक्छौं, र परमेश्‍वरको घरको कार्यलाई एकजुट भएर सुरक्षा गर्न सक्छौं भने, हामीले परमेश्‍वरको मार्गदर्शन र आशिषहरू प्राप्त गर्नेछौं। परमेश्‍वरको वचनको न्याय र सजायले गर्दा नै मैले यो कुरा बुझ्न सकेँ, परिवर्तन हुन सकेँ, सत्यता अभ्यास गर्न सकेँ र अलिकति मानव जस्तो भएर जिउन सकेँ! परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

न्याय परमेश्‍वरको प्रेम हो

सिएन, अमेरिका परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्