पाष्टरको दुष्टतालाई देख्दा

15 फ्रेवुअरी 2022

क्षीयोचि, म्यान्मार

मैले सेप्टेम्बर २०२० मा एक जना सिस्टरलाई अनलाइन भेटेँ। उनले मलाई प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्नुभएको छ र उहाँले न्यायको काम गर्न सत्यताहरू व्यक्त गरिरहनुभएको छ भनेर भनिन्। प्रभुको पुनरागमनको बारेमा सुन्दा म हर्षित भएँ र अनलाइन भेलाहरूमा सहभागी हुन थालेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको बारेमा बुझ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले शैतानले मानिसलाई भ्रष्टता तुल्याउनुको जड, मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामका तीन चरणहरू, देहधारणका रहस्यहरू, परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम, र मैले पहिले कहिल्यै नसुनेका धेरै सत्यताहरूको बारेमा सिकेँ। केही समय खोजी र अनुसन्धान गरेपछि, म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा निश्चित भएँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा संलग्न भएँ। मलाई परमेश्‍वरका वचनहरूको दैनिक भरण-पोषण मन पर्यो र मलाई आत्मिक रूपमा तृप्त अनुभव भयो, जुन पहिले कहिल्यै अनुभव गरेको थिइनँ। यसको तुलनामा, मेरो पाष्टरका प्रवचनहरू सधैँ उही पुरानै कुराको बारेमा हुन्थे, ती सुक्खा र न्यास्रो लाग्दा हुन्थे, र तिनमा ज्योतिको कमी हुन्थ्यो। ती प्रवचनहरूले कसैलाई सुधार नै गर्दैनथियो, त्यसकारण मैले मण्डली सेवाहरूमा सहभागिता जनाउन छोडेँ।

त्यसपछि फेब्रवरी २०२१ मा, म्यानमारमा सैन्य विद्रोह भयो, र इन्टरनेट अवरुद्ध गरियो। मैले अनलाइन बेलामा सहभागी पाउन छोडेँ। केही समयपछि नै, एक-दुई जना ब्रदरहरू मेरो गाउँमा आए र तिनीहरूले स्थानीय भेला सुरु गर्न चाहेको बताए। त्यो बेला २० जना मानिसहरू सहभागी हुन्थे। अचम्मको कुरा, केही भेलापछि कसैले हाम्रो बारेमा स्थानीय पाष्टरलाई रिपोर्ट गरेछ। तिनले मण्डलीमा मानिसहरूलाई हामी मण्डलीमा आउनुको सट्टा अनलाइन भेलामा सहभागी भइरहेका छौं र हामीले पादरीवर्गको कुरा सुन्दैनौं भनेर भनेछन्। हामीले आफ्नै गुटबन्दी स्थापना गरिरहेका छौं भन्दै तिनले झूट बोले। तिनले सबैलाई पनि हामीसँग कुनै सम्बन्ध नराख्‍नू भनेर भने। हाम्रो गाउँको लगभग हरेक व्यक्ति नै इसाई थिए, र तिनीहरू सबैले पाष्टरलाई निकै सम्मान गर्थे र तिनको कुरा सुन्थे। तिनका आक्रमण र आलोचनाहरूका कारण, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेका छौं भन्ने खबर गाउँभरि फैलियो, र हाम्रा आफन्त, इष्टमित्र, र छिमेकीहरू लगायत सबैले हामीलाई मण्डली जान वा पाष्टरको कुरा सुन्न छोडेकोमा हप्काउन थाले र यो भयङ्कर कुरा हो भन्थे। म जहाँ गए पनि, मानिसहरूले मलाई औंला ठड्याइरहेका हुन्‍थे, र सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वासको विरोध गर्न मेरो परिवार पनि लागिपरेको थियो। म अत्यन्तै व्याकुल भएको थिएँ। मेरा साथीभाइ र छिमेकीहरूसँग मेरो सम्बन्ध सधैँ राम्रो रहेको थियो, हामीले सधैँ एक-अर्कालाई सहयोग गर्थ्यौं, तर अहिले तिनीहरूले मलाई काँडालाई जस्तो, शत्रुलाई जस्तो व्यवहार गर्न थालेका थिए। विश्‍वास व्यक्तिगत स्वतन्त्रताको कुरा हो। हामीले कुनै गैरकानुनी काम नगरिकन आफ्नो विश्‍वासको अभ्यास गरिरहेका थियौं। किन पाष्टरले हामीलाई आलोचना गरे र दोष दिए अनि हामीलाई इन्कार गर्न गाउँलाई उक्साए? म थाहै नपाई डिप्रेसनमा परेछु, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, पाष्टर हामीमाथि आइलागेको छ र मेरो नजिकका सबै मानिसहरूले समेत मलाई इन्कार गरिरहेका छन्। म अत्यन्तै दयनीय अवस्थामा छु। हे परमेश्‍वर, तिनीहरूले हामीलाई किन यस्तो व्यवहार गरिरहेका छन् म बुझ्दिनँ। यसलाई राम्ररी बुझ्न र मेरो डिप्रेसनबाट मुक्त हुन मलाई अन्तर्दृष्टि दिनुहोस्।” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्‍वरले एक व्यक्तिलाई वास्ता गर्नुहुन्छ, यो व्यक्तिलाई हेरचाह गर्नुहुन्छ, र त्यसै समयमा शैतानले उहाँको हरेक पाइलामा समस्या खडा गर्छ। परमेश्‍वरले जसलाई कृपा गर्नुहुन्छ, शैतानले पनि त्यसको पछिपछि लागेर त्यसलाई हेरिरहन्छ। यदि परमेश्‍वरले यो व्यक्तिलाई चाहनुहुन्छ भने शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरले गर्नुहुने कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएको सबैलाई त्यसले आफ्नो बनाउन चाहन्छ, त्यो तिनीहरूमा बास गर्न चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्‍ट कार्य गर्नमा तिनीहरू पनि त्यससँगै सहभागी होऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र? … परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ४”)। यसले मलाई के कुरा देख्‍न सहयोग गर्यो भने पाष्टरले हामीलाई आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउनबाट रोक्ने प्रयास गर्नु वास्तवमा आत्मिक युद्ध हो। परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई न्याय गर्न र शुद्ध गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। साँचो विश्‍वासीहरूको समूहलाई मुक्ति दिन र प्राप्त गर्न यसो गरिएको हो। तर शैतान परमेश्‍वरको शत्रु हो, र यसले परमेश्‍वरको कामलाई बाधा दिन र हानि गर्न सबै प्रकारका रणनीतिहरू अपनाउँछ ताकि मानिसहरूले परमेश्‍वरलाई छोडून्, धोका दिऊन्, र त्यसको शक्तिको अधीनमा बसून्। त्यसपछि यसले तिनीहरूलाई नियन्त्रण गर्न सक्छ र अन्तिममा तिनीहरू त्यसैसँग नरकमा दण्डित हुनेछन्। मैले मण्डलीका पादरीवर्ग वास्तवमा शैतानका नोकरहरू हुन् भन्ने देखेँ। तिनीहरूले प्रभु फर्केर आइसक्नुभएको छ भन्ने सुनेका थिए, तर यसलाई बुझ्नुको सट्टा, तिनीहरूले अरूलाई यसो गर्नबाट रोकिरहे। तिनीहरूका प्रवचनहरू आत्मिक रूपमा भरणपोषण गर्ने किसिमका हुँदैनथिए, र तिनीहरूले मानिसहरूलाई साँचो मार्गको खोजी गर्न दिँदैनथिए। हामी मण्डली जान र तिनीहरूलाई पछ्याउन छोड्यौं भन्ने देखेर, तिनीहरूले हामीलाई दोष दिए र निन्दा गरे, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिएर तिनीहरूको मण्डलीमा, तिनीहरूको नियन्त्रणमा फर्केर गएको चाहन्थे। त्यसपछि हामीले परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिलाई गुमाउनेथियौं। यो कुरा महसुस गरेपछि, मैले म शैतानको छलमा पर्नु हुँदैन, मैले तिनीहरूलाई पछ्याउनका लागि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई त्याग्नु हुँदैन, बरू म दह्रिलो गरी खडा हुनुपर्छ भन्ने सोचेँ।

त्यसपछि, केही नयाँ विश्‍वासीहरू र परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी गरिरहेका मानिसहरू कमजोर भए र पछि हटे। हाम्रो नजिकका सबै जनाले विरोध गरिरहेका भए पनि, हामी बाँकी रहेकाहरूले भेलाहरूलाई रोकेनौं। यसको बारेमा पत्ता लागेपछि पाष्टर क्रोधित भए र मण्डलीका केही कर्मचारीहरूलाई मेरो घरमा पठाइरहे, र तिनीहरूले मलाई पाष्टरको घरमा जानुहोस् भनेर जिद्दी गरिरहे। मलाई त्यसप्रति रिस उठ्यो, किनभने मैले परमेश्‍वरको आराधना गर्ने र सङ्गति गर्ने काम मात्रै गरिरहेको छु र त्यो मेरो स्वतन्त्रता हो। किन पाष्टर मेरो मार्गमा खडा हुने प्रयास गरिरहन्छन्? मलाई गएर तिनको कुरा सुन्न, मैले के गल्ती गरेको छु भन्ने तिनलाई लागेको छ भन्ने बुझ्न मन पनि लागेको थियो। त्यो साँझ, म अरू एक-दुई जना दाजुभाइ-दिदीबहिनीहरूसँग पाष्टरको घरमा गएँ। त्यहाँ अरू केही पादरी पनि रहेछन्। पाष्टर भने, “मैले तपाईंहरूको अनलाइन भेलाहरूका बारेमा सुनेँ। तपाईंहरूको पादरी भएकोले, तपाईंहरूलाई अर्को मार्ग लिने विरुद्ध चेतावनी दिनु हाम्रो कर्तव्य हो।” मैले प्रतिक्रिया दिएँ, “हामीले तिनीहरूका प्रवचनहरू सुनिरहेका छौं, तर हामीले प्रभुलाई धोका दिइरहेका छैनौं। प्रभु येशू फर्केर आइसक्नुभएको छ र उहाँले कामको नयाँ चरण पूरा गर्दैहुनुहुन्छ—” तिनले रिसाउँदै मेरो कुरा बीचैमा काटे, “भयो-भयो! हामी यसको बारेमा एक शब्‍द पनि सुन्न चाहँदैनौं। तपाईंले आज एउटा निर्णय गर्नुपर्छ। तपाईं अर्को ईश्‍वरमा नै विश्‍वास गरिरहनुहुन्छ कि हाम्रो मण्डलीमा फर्केर आउनुहुन्छ?” बोल्दा-बोल्दै तिनले एउटा नोट निकाले जहाँ हामी सबैको नाम लेखिएको रहेछ। तिनले हुकुम दिने शैलीमा भने, “यदि तपाईंहरू तिनीहरूको प्रवचन सुनिरहनुहुन्छ भने, आफ्नो नाममा ठिक चिन्ह लगाउनुहोस्, नत्र त्यसलाई काट्नुहोस्। तपाईंहरूले मेरो कुरा सुन्नुभएन भने, पीडाको संसारमा पर्नुहुनेछ! हामी तपाईंको परिवारको विवाह, मृत्यु, वा जन्म वा त्यस्ता कुनै पनि काम गर्नेछैनौं। हामी कुनै पनि बन्दोबस्तमा सहयोग गर्नेछैनौं।” कसैले केही पनि भनेन। म पनि हिचकिचाएँ, किनभने मलाई लाग्यो यदि मैले केही लेखिनँ भने पनि पाष्टरले मेरो विश्‍वासलाई बाधा दिने उपाय निकाल्नेछन्। यदि मैले मेरो नाममा सही लगाएँ भने, पादरीवर्गले मेरो परिवारलाई कुनै पनि कार्यमा सहयोग गर्नेछैनन्। यी गाउँको पुराना रीतिरिवाज थिए, र सबैका लागि अत्यन्तै महत्त्वपूर्ण थिए, र त्यसलाई इन्कार गर्न सकिँदैनथियो, अनि गाउँका सबैले पादरीवर्गको कुरा सुन्थे। तिनीहरू आएनन् भने, अरू पनि कोही आउँदैनथिए, र कसैले सहयोग गर्दैनथिए। के सबैले मलाई इन्कार गर्नेछन्? तर मलाई प्रभु फर्केर आइसक्नुभएको छ भन्ने थाहा थियो, त्यसकारण यदि मैले मेरो नाम काटेर मण्डलीमा नै सहभागी भएँ भने, के त्यो परमेश्‍वरलाई इन्कार गर्नु र धोका दिनु हुँदैन र? त्यो बेला, के गर्ने मलाई थाहा थिएन, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। त्यसपछि मलाई प्रभु येशूले यसो भन्नुभएको एउटा कुरा याद आयो: “आफ्‍नो हात हलोमा राख्‍ने, अनि पछि हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्‍यको निम्ति योग्य हुँदैन” (लूका ९:६२)। साँचो हो। म विश्‍वासी, अनुयायी हुँ। विश्‍वासमा, हामीले परमेश्‍वरको आदर गर्नुपर्छ, उहाँमा समर्पित हुनुपर्छ, र उहाँको पाइला पछ्याउनुपर्छ। यदि मैले परमेश्‍वरलाई भन्दा बढी पाष्टरलाई बहुमूल्य ठानेँ भने, मैले कसरी आफूलाई विश्‍वासी भन्न सक्छु? म कसरी राज्यको योग्य हुन सक्छु? यो सोचेपछि, मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आज तपाईंको गवाहीको रूपमा खडा हुन चाहन्छु। जेसुकै भए पनि, म तपाईंलाई नै पछ्याउन चाहन्छु।” त्यसपछि मलाई निकै सहज अनुभव भयो र मैले दृढतासाथ मेरो नामको छेउमा सही चिन्ह लगाएँ। अरू एक-दुई जनाले पनि आफ्नो नाममा सही चिन्ह लगाए, र एक जना सिस्टरले मात्रै आफ्नो नाम काटिन्। रिसाउँदै, पाष्टरले भने, “यो तपाईंको निर्णय हो, र अबदेखि हामी फरक-फरक मार्गमा छौं। तपाईंका कुनै पनि मामलाहरू हाम्रो चासोको विषय होइन।”

घर आएपछि, मेरो चिन्ताहरू देखा पर्न थाले। सामान्यतया, हाम्रो गाउँका घर-परिवारमा जे भए पनि, हामीले हाम्रो लागि प्रार्थना गर्न र धार्मिक विधिहरू अघि बढाउन पाष्टरलाई नै अनुरोध गर्थ्यौं। यदि पाष्टरले हामीलाई कुनै ध्यान दिएनन् भने हामीले त्यस्तो केही पनि गर्न सक्दैनथियौं, र सबैले हामीलाई हेला गर्थे र सक्दो भन्थे। हामीलाई हाम्रो विश्‍वासको अभ्यास गर्नबाट रोक्न तिनीहरूले अरू के-कस्ता रणनीतिहरू अपनाउँछन् वा यो सबै कुराको अन्त्य कहिले हुनेछ भन्ने मलाई थाहा थिएन। त्यो सबै कुराको बारेमा सोच्दा मलाई निकै पीडा भयो र यसलाई कसरी सम्हाल्ने मलाई थाहा थिएन। मैले तुरुन्तै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कद कति सानो रहेछ मैले देखेँ। म सधैँ अरूले गर्ने निन्दा र इन्कारको बारेमा चिन्ता गर्छु। यसको सामना गर्न मलाई डर लागेको छ र मलाई कमजोर अनुभव भइरहेको छ। हे परमेश्‍वर, मलाई यसबाट पार पाउन अगुवाइ गर्नुहोस्।” त्यसपछि, मैले मलजलका लागि एक जना सिस्टरलाई अनलाइन अनुरोध गरेँ र मेरो अवस्थाको बारेमा उनलाई बताएँ। उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अय्यूबको परीक्षा समाप्त भएपछि तिनीबाट गवाही प्राप्त गरेपछि, परमेश्‍वरले अय्यूबजस्ता मानिसहरूको एउटा समूह—वा एकभन्दा बढी समूहहरू—प्राप्त गर्ने संकल्प गर्नुभयो, तापनि उहाँले फेरि शैतानलाई परमेश्‍वरसित बाजी लगाएर अय्यूबका निम्ति प्रयोग गरिएको युक्तिद्वारा कुनै पनि व्यक्तिलाई परीक्षा, आक्रमण र दुर्व्यवहार गर्न नदिने दृढ संकल्प गर्नुभयो। परमेश्‍वरले शैतानलाई फेरि मानिसलाई त्यसो गर्ने अनुमति दिनुभएन—जो कमजोर, मूर्ख र अनजान छ—शैतानले अय्यूबलाई परीक्षा गर्नु नै पर्याप्त थियो! शैतानलाई त्यसले चाहेअनुसार मानिसहरूसित दुर्व्यवहार गर्न नदिनु परमेश्‍वरको कृपा हो। परमेश्‍वरका लागि, अय्यूबले शैतानको परीक्षा र दुर्व्यवहार भोग्नु नै पर्याप्त थियो। परमेश्‍वरले शैतानलाई फेरि त्यस्तो कुनै कार्य गर्ने अनुमति दिनुभएन, किनकि परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूका जीवन र सबै थोक परमेश्‍वरद्वारा शासित र प्रबन्ध गरिएको हुन्छ, र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई त्यसको इच्छाअनुसार प्रभावित गर्ने अधिकार शैतानसँग छैन—तिमीहरूले यो कुरा स्पष्ट बुझ्नुपर्छ! परमेश्‍वरले मानिसको कमजोरीको वास्ता राख्नुहुन्छ, र उसको मूर्खता र अज्ञानतालाई बुझ्नुहुन्छ। मानिसलाई पूर्ण रूपमा बचाउनका लागि, परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनुपर्छ, तैपनि परमेश्‍वर कहिल्यै पनि शैतानले मानिसलाई मूर्ख बनाएको र दुर्व्यवहार गरेको देख्न चाहनुहुन्न, र उहाँले मानिसलाई सधैँ दुःख भोगेको देख्न चाहनुहुन्न। मानिस परमेश्‍वरद्वारा सृष्टि गरिएको थियो, र परमेश्‍वरले मानिसको सबै कुरामाथि शासन गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरा स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो; यो परमेश्‍वरको जिम्मेवारी हो, र यो त्यही अख्तियार हो जसद्वारा परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ! परमेश्‍वरले शैतानलाई मानवजातिसित जानी-जनी दुर्व्यवहार र उसलाई दुरुपयोग गर्ने अनुमति दिनुहुन्न, उहाँले मानवजातिलाई बहकाउन शैतानलाई विभिन्न युक्तिहरू प्रयोग गर्न दिनुहुन्न, र यसबाहेक, उहाँले शैतानलाई मानवजातिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा हस्तक्षेप गर्ने अनुमति दिनुहुन्न, न त उहाँले शैतानलाई ती सबै नियमहरू, कुल्चने र नाश पार्ने, मानवजातिलाई व्यवस्थापन गर्ने र बचाउने परमेश्‍वरको महान् कार्यको बारेमा बोल्‍ने अनुमति दिनुहुन्छ! परमेश्‍वरले जसलाई बचाउन चाहनुहुन्छ, र जसले परमेश्‍वरको बारेमा गवाही दिन सक्छन्, तिनीहरू नै परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको केन्द्र र सर्वोत्कृष्ट परिणाम हो, साथै उहाँको छ हजार वर्षको कामको उहाँका प्रयासहरूको मूल्य हो। परमेश्‍वरले कसरी यिनीहरूलाई सहजै शैतानको हातमा दिन सक्नुहुन्छ?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। परमेश्‍वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, हामीले जे सामना गरे पनि, परमेश्‍वरले त्यो हुन दिनुहुन्छ, र सबै कुरा उहाँकै हातमा छ। उहाँको अनुमतिविना, शैतान जति नै जङ्गिए पनि वा यसले हामीलाई हानि गर्न जति धेरै चाहे पनि, त्यसले केही पनि गर्न सक्दैन। परमेश्‍वरले ती सबै हानिकारक कुराहरू हुन दिइरहनुभएको थियो। उहाँले नै मलाई जाँचिरहनुभएको, र बचाइरहनुभएको थियो। म अय्यूब जस्तै बनेर त्यो परिस्थितिमा गवाहीको रूपमा खडा हुन सकूँ भन्ने उहाँले आशा गर्नुभएको थियो। मैले त्यो परिस्थितिमा परमेश्‍वरमा भरोसा गर्न सकूँ र उहाँका कार्य र वचनहरूलाई अनुभव गर्न सकूँ भनेर पनि यसो भएको थियो, ताकि मैले परमेश्‍वरमाथिको साँचो विश्‍वास विकास गर्न सकूँ। तर म शैतानको जालमा परेको थिएँ। मैले मेरो व्यक्तिगत सम्बन्धहरूलाई रक्षा गर्न चाहेको र इन्कार र निन्दा सहन नपरोस् भन्ने चाहेको थिएँ। म कुनै नराम्रो घटना घट्नेछ भनेर सधैँ डराइरहेको हुन्थें। मैले परमेश्‍वरको इच्छालाई बुझेकै थिइनँ। म शान्त भएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले अब तपाईंले नै यो सबै हुन दिनुभएको हो भन्ने बुझेँ। यो मलाई मुक्ति दिन र शुद्ध पार्न, अनि मेरो विश्‍वासलाई रक्षा गर्नका लागि हो। म तपाईंको निम्ति गवाहीको रूपमा खडा हुन तयार छु। तर मेरो कद अत्यन्तै सानो छ, त्यसकारण यसबाट पार पाउन मेरो विश्‍वासलाई दह्रिलो पार्न मलाई सहयोग गर्नुहोस्।”

मैले पहिले नै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने निर्णय गरिसकेको हुनाले, पाष्टरले मलाई एकलै छाडिदिन्छन् र म सामान्य रूपमा नै भेलामा सहभागी हुन सक्छु भन्ने सोचेको थिएँ। तर, पाष्टरको आक्रमकता र आलोचनाको कारण, गाउँका अरू मानिसहरूले बाधा दिइरहे। तिनीहरूले हाम्रो खिल्‍ली उडाउँथे, हाम्रो निन्दा गर्थे, र हाम्रो परिवारकै अगाडि हामीलाई हकार्दै हामीले हाम्रो धार्मिक विधिविधान पालन गरेका छैनौं, गाउँको नियम तोडिरहेका छौं भनेर भन्थे। तिनीहरूले भन्थे, यदि हामीले हाम्रो विश्‍वासलाई कायम राखिराख्यौं भने, हामीलाई सरकारमा उजुरी दिएर पक्राउ गराउनेछन्। मेरो परिवारले यो दबाबलाई सहन सकेन। तिनीहरूले मलाई मेरो विश्‍वास त्याग गर्न आग्रह गर्दै सधैँ विवाद सुरु गर्थे। अरूलाई पनि आफ्नो परिवारबाट दबाब आएको थियो। कतिलाई घरबाट निकालिएको थियो, र आफ्नै घरमा समेत पस्‍न पाउँदैनथिए। पाष्टरले झूटहरू फैलाए, र हामीले पादरीवर्गको कुरा नसुनेको वा मण्डली नगएकै कारण हाम्रो घरमा धेरै समस्याहरू आएका छन् भनेर भन्थे। हामीलाई मलजल गर्न आएका दुई जना ब्रदरहरूलाई पनि तिनले सोधपुछ गर्न चाहन्थे। मलाई रिस उठेको थियो। पादरीवर्गले साँचो कुरालाई साँच्चै नै बङ्ग्याइरहेका थिए। यदि तिनीहरूले आक्रमण नगरेका भए, हामीले ती समस्याहरूको सामना कहिल्यै गर्नुपर्दैनथियो। केही समयपछि कुनै पनि खतरा आइनपरोस् भनेर एक जना सिस्टरले ती दुई जना ब्रदरहरूलाई अबदेखि नआउनुहोस् भनिन्। त्यो बेला सबै जना नकारात्मक र कमजोर थिए र हामीसँग भेलामा सहभागी हुने वा आफ्नो कर्तव्य पूरा गर्ने उत्प्रेरणा नै थिएन। यस्तो अवस्था देख्दा मलाई पनि अलिक कमजोर महसुस भयो। दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी सहयोग र समर्थन गर्ने मलाई थाहा थिएन, र मलाई अचानक विश्‍वासको मार्ग अत्यन्तै कठिन छ भन्ने अनुभव भयो। मैले यसलाई बुझ्न सकिनँ। हामी भेला भएर परमेश्‍वरका वचनहरू पढ्ने विश्‍वासीहरू मात्रै थियौं। किन तिनीहरूले हामीलाई त्यसो गर्न दिएनन्, तर हामीलाई गन्तव्य विनाको मार्गमा जबरजस्ती लैजाने अठोट गरेका थिए? पीडामा, मैले परमेश्‍वरलाई पुकारेँ, “हे परमेश्‍वर, मलाई अत्यन्तै कमजोर अनुभव भएको छ, र मैले मेरा भावनाहरूलाई रोक्न सकेको छैनँ। म विश्‍वासको यो मार्गमा कसरी रहन सक्छु? कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस्।” त्यसपछि मैले प्रभु येशूले भन्नुभएको वचन सम्झेँ: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूलाई घृणा गर्नु अगाडि त्यसले मलाई घृणा गर्‍यो भन्‍ने तिमीहरूलाई थाहा छ। यदि तिमीहरू संसारका थियौ भने संसारले त्यसका आफ्नालाई प्रेम गर्नेथियो: तर तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई यस संसारबाट चुनेको हुनाले, संसारले तिमीहरूलाई घृणा गर्छ” (यूहन्‍ना १५:१८-१९)। मलाई अचानक के कुरा याद आयो भने तिनीहरूले वास्तवमा परमेश्‍वरको आगमनलाई घृणा गर्ने हुनाले तिनीहरूले हामीलाई घृणा र दमन गरेका थिए, र तिनीहरू वास्तवमा परमेश्‍वरसँग लडिरहेका थिए। आखिरी दिनहरूमा, परमेश्‍वर देहधारी हुनुभएको छ, अनि मानवजातिलाई धुन र मुक्ति दिन न्यायको कामका लागि सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ। उहाँको देखापराइ र कार्यले सांसारिक मानिसहरूलाई खुलासा गरिरहेका छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तर यसलाई र परमेश्‍वरलाई घृणा गर्छन्। तिनीहरूले आकाशको अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गर्छन् त्यही कारणले गर्दा तिनीहरूले देहमा आउनुभएका परमेश्‍वरको काम र वचनहरूलाई आलोचना गर्ने र दोष दिने गरिरहेका छन्। जब प्रभु येशू काम गर्न आउनुभयो, तब यहूदी अगुवाहरूले उहाँले व्यक्त गर्नुभएका सत्यताहरूलाई स्वीकार गर्न मानेनन्, बरु उहाँलाई दोष दिन र निन्दा गर्न सक्दो गरे। प्रभुलाई इन्कार गर्दै यहूदी विश्‍वासीहरू पनि तिनीहरूकै पछि लागे, र तिनीहरूले अन्त्यमा उहाँलाई क्रूसमा टाँगे। यो संसार साँच्चै नै दुष्ट छ! तर सांसारिक इन्कार र धार्मिक शक्तिहरूले गर्ने दोषारोपण जति धेरै आयो, यो साँचो मार्ग, र परमेश्‍वरको काम हो भन्ने कुरा त्यति नै स्पष्ट भयो। यसले यो मार्गमा रहिरहने मेरो इच्छालाई अझै दह्रिलो बनायो!

यो अवस्थाको बारेमा दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाएपछि, तिनीहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पठाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तरै पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरा मिठासपना पनि बाँड्नेछन्। तिमीहरूको निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो। मेरा वचन खान अनि पिउन र आनन्द लिन नहिचकिचाऊ। अन्धकार बितेर गएपछि प्रकाश प्रवेश गर्नेछ। बिहान हुनभन्दा अघि पूर्ण अन्धकार हुन्छ; त्यसपछि आकाश बिस्तारै प्रकाशमय बन्दै जान्छ अनि सूर्य उदाउँछ। नडराऊ वा कमजोर नहोऊ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ४१”)। यो वचन पढ्दा म अत्यन्तै भावुक भएँ। हामीले परमेश्‍वरको नयाँ कामलाई पछ्याइरहेका थियौं, अनि पादरीवर्गले हामीलाई बाधा दिइरहेका र अरू गाउँलेहरूले अनुचित व्यवहार गरिरहेका थिए। त्यो अपरिहार्य थियो। किनभने शैतानले मानिसहरूलाई अत्यन्तै भ्रष्ट तुल्याएको छ, र संसार अत्यन्तै अन्धकारपूर्ण र दुष्ट छ। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको आगमनलाई स्वागत गर्दैनन्। परमेश्‍वरलाई पछ्याउनु सहज कुरा होइन। परमेश्‍वरको राज्यमा प्रवेश गर्न र उहाँको अनुमोदन प्राप्त गर्नका लागि, हामीले त्यस प्रकारको सतावट र कठिनाइको अनुभव गर्नुपर्छ। परमेश्‍वर हाम्रो पछाडिबाट बल दिने शक्ति हुनुहुन्छ र उहाँ सधैँ हाम्रै साथमा रहनुहुन्छ। मैले डराउनुपर्ने कुरा केही थिएन। मैले प्रार्थना गर्ने र परमेश्‍वरमा भरोसा गर्ने मात्रै गर्नुपर्थ्यो, र उहाँले अवश्य नै हामीलाई पाष्टरका बाधाहरू जित्‍न अगुवाइ गर्नुहुनेथियो। मैले चलचित्र र भिडियोहरूमा देखेका चिनियाँ दाजुभाइ-दिदीबहिनीहरूले भोगेका अनुभवहरूका बारेमा विचार गरेँ। तिनीहरू चिनियाँ सरकारको दमन, खेदो र निगरानीमा थिए, र कुनै पनि बेला पक्राउ पर्नेथिए। तिनीहरूको परिवारलाई पनि यसमा मुछिन्छ, र तिनीहरूबाट सम्पत्ति र जागिर खोसिन्छ। तिनीहरूमध्ये धेरैलाई जेलमा हालेर निर्दयी यातना दिइन्छ। तिनीहरूले धेरै कष्ट भोग्छन्, तर तिनीहरूले परमेश्‍वरमा भरोसा गर्न र शैतानलाई हराउने गवाही दिन सक्छन्। अनि मैले परमेश्‍वरले कसरी आफ्नो दुई देहधारणमा कष्ट भोग्नुभएको छ त्यस बारेमा सोचेँ। जब प्रभु येशू देहधारी हुनुभयो र मानवजातिलाई छुटकारा दिन पृथ्वीमा आउनुभयो, तब उहाँलाई यहूदी मानिसहरूले दोष दिए र निन्दा गरे, अनि अन्तिममा क्रूसमा टाँगे। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देहधारी हुनुभएको छ, र उहाँले मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गरिरहनुभएको छ। उहाँलाई शैतानी शासनले अनि धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूले विरोध गर्छ, दोष दिन्छ, इन्कार गर्छ र ईश्‍वर-निन्दा गर्छ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन धेरै कष्ट भोग्नुभयो र मेरो सानो कष्ट-भोग त उल्लेख गर्न समेत लायक थिएन। परमेश्‍वर पवित्र हुनुहुन्छ, र उहाँको सबै कष्टभोग हाम्रो मुक्तिको खातिर हो। मैले सत्यता प्राप्त गरेर मुक्ति पाउन सकूँ भनेर मैले कष्ट पाएको थिएँ, त्यसकारण यो मैले भोग्नुपर्ने कुरा थियो। त्यो अनुभव मेरो लागि पीडादायी भएको भए पनि, मैले पादरीहरूको बारेमा केही समझशक्ति प्राप्त गरेँ र परमेश्‍वरप्रति थप विश्‍वास प्राप्त गरेँ। हामीलाई सत्यता प्रदान गर्न, र हाम्रो विश्‍वासलाई सिद्ध तुल्याउन परमेश्‍वरले साँच्चै नै जाँचपूर्ण वातावरणहरूको प्रयोग गर्नुहुन्छ। यो परमेश्‍वरबाट आएको आशिष्‌ हो! परमेश्‍वरको इच्छाको बारेमा जानेपछि मलाई निकै शान्त महसुस भयो, र म डिप्रेसनबाट बाहिर आएँ। त्यसपछि मैले नकरात्मक स्थितिमा अल्झिएका मेरा सबै दाजुभाइ-दिदीबहिनीका लागि हतार-हतार भेलाको आयोजना गरेँ। हाम्रो सङ्गतिबाट सबैले परमेश्‍वरको इच्छाको बारेमा बुझ्न सके, परमेश्‍वरलाई पछ्याइरहन विश्‍वास प्राप्त गरे, र उप्रान्त निराश भएनन्। हामीले सुसमाचार बाँड्दै र गवाही दिँदै सामान्य मण्डली जीवन अघि बढाउन थाल्यौं, र हरेक व्यक्ति उत्प्रेरित थिए।

तर पादरीवर्गले हामीलाई बाधा दिने प्रयास गरिरहे। एक पटक, एक जना सिस्टरको श्रीमान बिरामी भएर बित्‍नुभएपछि, उनको सम्पूर्ण परिवारले उनलाई पाष्टरकहाँ गएर माफी माग्न दबाब दिइरहेका थिए ताकि पाष्टरले प्रार्थना र अन्त्येष्टि विधिमा सहयोग गर्न सकून्। पादरीवर्गले उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास त्यागेर मण्डलीमा फर्कन दबाब दिनका लागि त्यो मौकाको दुरुपयोग गरे। मलाई अत्यन्तै रिस उठ्यो। उनी आफ्नो श्रीमानको शोकमा थिइन्, तर उनलाई मण्डलीमा फर्काएर ल्याउन अनि तिनीहरूको पछि लगाउनका लागि पादरीवर्गले उनको गल्तीलाई स्वीकार गर्न दबाब दिएर घाउमा नुन छर्किरहेका थिए। यो तुच्छ कार्य थियो! एक जना उच्च पदका पाष्टर हामीसँग कुरा गर्न आए, र तिनले परमेश्‍वरलाई दोष दिने र निन्दा गर्ने धेरै कुरा बताए। तिनले हामीलाई हाम्रो विश्‍वास त्याग्न बारम्बार अनुरोध गरे। तर हामीले समझशक्ति पाइसकेका थियौं, त्यसकारण हामी प्रभावित भएनौं। जब पादरीवर्ग र गाउँका अगुवाहरूले हामी दृढ रहेको देखे, तिनीहरूले यसो भन्दै अरू गाउँलेहरूलाई हामीलाई एकल्याउन र बहिस्कार गर्न लगाए, “यी मानिसहरूले हाम्रो कुरा सुन्न मान्दैनन्, त्यसकारण तिनीहरूलाई आफ्नै विश्‍वासमा रहन दिनुहोस्। आफ्‍ना छोराछोरीमाथि नजर लगाउनुहोस् र यी मानिसहरूबाट टाढा राख्‍नुहोस्। तिनीहरूसँग सम्पर्क गर्ने वा तिनीहरूको विश्‍वासको बारेमा सोध्ने कुनै पनि व्यक्तिको सारा परिवार यसमा मुछिनेछ, र हामी तिनीहरूलाई केही कुरामा सहयोग गर्नेछैनौं।” तिनीहरूले मण्डलीका जवान मानिसहरू रहने विशेष जवान समूह पनि गठन गरे, र यसको प्रमुख उद्देश्य हाम्रो चियोचर्चा गर्नु थियो। हामीसँग सम्पर्क आउने कुनै पनि व्यक्तिलाई सोधपुछका लागि पाष्टरको घरमा बोलाइन्थ्यो। यसले गर्दा मैले तिनीहरूको परमेश्‍वर-विरोधी साँचो रूपलाई अझै स्पष्ट रूपमा देख्‍न सकेँ। तिनीहरूले विश्‍वासीहरूलाई आफ्नो पकडभित्र राखेका थिए, र उहाँसामु आउन र उहाँको आवाज सुन्न तिनीहरूलाई अनुमति थिएन। मलाई फरिसीहरूको याद आयो। जब प्रभु येशू आउनुभयो, तब उहाँका कार्य र वचनहरू अख्तियारले भरिएका थिए, तर तिनीहरूले खोजी वा अनुसन्धान गर्दैनथिए। विश्‍वासीहरूले प्रभु येशूलाई पछ्याएमा आफ्नो हैसियत र आम्दानीको स्रोत गुम्ने डरले, तिनीहरूले उहाँलाई दोष दिन सक्दो गरे र उहाँलाई क्रूसमा समेत टाँग्न लगाए। तिनीहरूले विश्‍वासीहरूलाई आफ्नो पकडमा राखेका थिए, अनि मानिसहरूलाई तिनीहरूको आराधना मात्रै गर्न लगाउँथे, तर तिनीहरूले परमेश्‍वरका भेडाहरूलाई उहाँकहाँ फर्काउन मान्दैनथिए। तिनीहरू दुष्ट नोकरहरू थिए, र आजका पाष्टर र एल्डरहरू तिनीहरूभन्दा फरक छैनन्। मलाई प्रभु येशूले तिनीहरूलाई दोषी ठहर्याउन बोल्नुभएका वचनहरू याद आयो: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)। आजका पादरीवर्ग त्यो बेलाका फरिसीहरू जस्तै छन्। तिनीहरू राज्यको बाटो रोक्ने दुष्ट नोकरहरू हुन्। यो त सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्नुभएको जस्तै हो। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्”)। पादरीवर्गले परमेश्‍वरको नयाँ कामको अनुसन्धान नगर्ने मात्र होइन, कसैले यसको बारेमा अनुसन्धान गरिरहेको छ भन्ने सुनेमा बाधा दिन सक्दो गर्छन्, किनभने तिनीहरूलाई विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याएर आफूलाई आराधना गर्न र पछ्याउन, अनि भेटी दिन छोड्छन् भन्ने डर हुन्छ। तिनीहरूले मानिसहरूलाई नियन्त्रण गरेर मण्डलीमा फर्कन बाध्य गर्दै गाउँका पुराना रीतिरिवाज र परम्‍परागत विधिहरूको प्रयोग गरिरहेका थिए। तिनीहरूले विश्‍वासी भएको दाबी त गर्थे, तर तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर थिएन। प्रकृतिले नै, तिनीहरू परमेश्‍वर र सत्यतालाई घृणा गर्ने पिशाचहरू थिए। तिनीहरू राज्यमा प्रवेश गर्ने हाम्रो मार्गका ठेस लाग्‍ने ढुङ्गाहरू थिए। हाम्रो समझशक्तिलाई विकास गर्न सहयोग गर्नका लागि परमेश्‍वरले यो सबै दमन आउन दिनुभएको हो, ताकि हामी धार्मिक पादरीवर्गको नियन्त्रणबाट पूर्ण रूपमा मुक्त हुन सकौं। पादरीवर्गका आक्रमणहरूले मलाई नकारात्मक स्थितिमा राखिराख्‍न सकेनन्, बरु मेरो विश्‍वासलाई झन् दह्रिलो बनाए। मैले तिनीहरूको नियन्त्रणबाट उम्केर सुसमाचार सुनाउने र गवाही दिने कार्यलाई जारी राख्‍न पनि सकेँ। समय बित्दै जाँदा, मेरा केही साथीभाइ र आफन्तहरूले पनि पादरीवर्गको व्यवहारलाई बुझ्न सके, र तिनीहरूमध्ये कतिले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरे। यसले मलाई के देखायो भने, परमेश्‍वरको बुद्धि शैतानका युक्तिहरूका आधारमा प्रयोग हुन्छ। पाष्टरहरूको दमन र बाधाले बाख्रालाई भेडाबाट अलग गर्न सहयोग गर्यो। कति त हामीलाई विरोध गर्न पादरीवर्गकै पछि लागे तर कतिले तिनीहरूको वास्तविक सारलाई बुझे। तिनीहरूले परमेश्‍वरको आवाज सुनेर उहाँकहाँ फर्के। परमेश्‍वरको काम अचम्मको छ! यो अनुभवले मलाई कुनै पनि अवस्थामा परमेश्‍वरको असल अभिप्राय समावेश हुन्छ भन्ने सिकायो। यो सबै हामीलाई चाहिने कुरा हुन्छ, र यो सबै हामीलाई मुक्ति दिन र सिद्ध पार्नका लागि हुन्छ। भविष्यमा मैले जेसुकैको सामना गरे पनि, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन र उहाँमा भर पर्न तयार छु भनेर मैले सङ्कल्प गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

ख्याति र प्राप्तीका बन्धनहरू

जिएलि, स्पेन२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो...

एक प्रतिभारको परीक्षा

क्षियाङदाओ, दक्षिण कोरिया“हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले...

आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ

झेङ्ग ये, दक्षिण कोरियामैले विश्‍वासी बनेपछि मण्डली अगुवाहरूले प्रायजसो सत्यता सम्‍बन्धी भेला र सङ्गतिहरू गरेको देख्थें। कतिपयले भिडियोहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्