धार्मिक पाष्टरहरू दुष्ट नोकरका रूपमा प्रकट भएको देख्दा

15 फेब्रुअरी 2022

टिम, म्यानमार

सन् २०२० को सेप्टेम्बरमा, मैले अनलाइनमा एउटी सिस्टरलाई भेटेँ। उनले प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरका रूपमा फर्कनुभएको छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न सत्यताहरू व्यक्त गरिरहनुभएको छ भनी गवाही दिइन्। प्रभु फर्कनुभएको सुनेर म अत्यन्तै उत्साहित भएँ अनि अनलाइन भेलाहरूमा उपस्थित हुन र सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम अनुसन्धान गर्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले मानिसलाई शैतानले भ्रष्ट तुल्याएको वास्तविकता, मानवजातिलाई मुक्ति दिन परमेश्‍वरले गर्ने कामका तीन चरण, देहधारणका रहस्यहरू, र परमेश्‍वर कसरी आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ भन्ने कुराजस्ता मैले पहिले कहिल्यै नसुनेका धेरै सत्यता थाहा पाएँ। केही समय खोजी र अनुसन्धान गरेर, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ भनेर निश्चित भएँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा आबद्ध भएँ। मैले हरेक दिन परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएँ, र मेरो आत्माले पहिले कहिल्यै नपाएको आनन्द महसुस गर्‍यो। तुलना गर्दा, हाम्रो स्थानीय मण्डलीका पाष्टरहरूले दिने प्रवचनहरू उही पुराना कुराहरूका बारेमा, नीरस र पट्यारलाग्दो, अनि ज्योतिविनाका हुन्थे। ती पटक्कै शिक्षाप्रद थिएनन्, त्यसैले म मण्डलीको सेवकाइमा जान छोडेँ।

त्यसपछि सन् २०२१ को फेब्रुअरीमा, म्यानमारमा सैन्य विद्रोह भयो, र इन्टरनेट काटियो, त्यसैले म त्यसउप्रान्त ब्रदर-सिस्टरहरूसँग अनलाइन भेलाहरूमा उपस्थित हुन सकिनँ। धेरै समय नबित्दै, दुई जना ब्रदर स्थानीय भेलाहरू आयोजना गर्न मेरो गाउँमा आए, जसमा २० जनाभन्दा बढी उपस्थित थिए। अचम्मको कुरा, केही भेलापछि नै, कसैले स्थानीय पाष्टरहरूलाई हाम्रो रिपोर्ट गरिदिएछ। पाष्टरहरूले मण्डलीका मानिसहरूलाई हामी मण्डलीका सेवकाइहरूमा उपस्थित हुनुको साटो अनलाइन भेलामा गइरहेका छौँ, र हामी उनीहरू वा एल्डरहरूको कुरा सुन्दैनौँ भनेर भन्न थाले। उनीहरूले हामी आफ्नो छुट्टै धार्मिक गुट बनाउँदै छौँ भन्ने अफवाह फैलाए, र उनीहरूले मण्डली जानेहरू सबैलाई हामीलाई इन्कार गर्न भने। हाम्रो गाउँका लगभग सबै जना इसाई थिए, र तिनीहरू सबैले पाष्टरहरूलाई पुज्थे र उनीहरूको कुरा सुन्थे। पाष्टरहरूको आक्रमण र दोषारोपको कारणले, सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको हाम्रो विश्वासको खबर गाउँभरि छिट्टै फैलियो, र हाम्रा नातेदार, साथीसँगी र छिमेकीहरूलगायत सबैले, हामीलाई यसो भन्दै हप्काउन थाले, “तिमीहरू मण्डली नजानु र पाष्टरहरूको कुरा नसुन्नु त अति नराम्रो कुरा हो!” म जहाँ जान्थेँ, त्यहाँ गाउँलेहरू मलाई औँला ठड्याउँथे। म निकै व्याकुल भएँ। मेरा साथीभाइ र छिमेकीहरूसँग मेरो सधैँ राम्रो सम्बन्ध थियो, र हामी सधैँ एकअर्कालाई मद्दत गर्थ्यौँ, तर उनीहरूले मलाई आफ्नो आँखाको कसिङ्गगर, शत्रुजस्तै व्यवहार गर्न थालेका थिए। आस्था भनेको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। हामी केवल आफ्नो आस्था अभ्यास गरिरहेका थियौँ, भेला भइरहेका थियौँ, र परमेश्‍वरका वचनहरू पढिरहेका थियौँ, त्यसोभए पाष्टरहरूले किन हाम्रो आलोचना गरिरहेका र हामीलाई दोषी ठहराइरहेका थिए अनि गाउँलेहरूलाई हामीलाई इन्कार गर्न भनिरहेका थिए? थाहै नपाई, म नकारात्मकतामा डुबेको थिएँ। म प्रार्थनामा परमेश्‍वरसामु आएँ, “हे परमेश्‍वर, पाष्टरहरू हामीमाथि खनिँदैछन् र हाम्रा साथीसँगी र नातेदारहरूसमेत हामीविरुद्ध छन्। म निकै दुःखी छु। हे परमेश्‍वर, उनीहरूले हामीलाई किन यस्तो व्यवहार गरिरहेका छन्, म बुझ्दिनँ। कृपया मलाई यो कुरा अझ राम्ररी बुझ्न अन्तर्दृष्टि दिनुहोस् ताकि म नकारात्मकतामा जिउन छोड्न सकूँ।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब परमेश्‍वर काम गर्नुहुन्छ—जब परमेश्वरले कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले उसलाई योग्य ठान्नुहुन्छ र अनुमोदन गर्नुहुन्छ—तब शैतानले नजिकबाट पछ्याउँछ, र उसलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्‍वर त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुहुने हुनाले, शैतानले आफ्नो अवर्णनीय उद्देश्य हासिल गर्नका लागि, बाटो छेक्न आफ्नो भएभरको शक्ति लगाउँछ, र परमेश्‍वरको काममा बाधा दिन र क्षति पुर्‍याउन विभिन्‍न घृणित उपाय प्रयोग गर्छ। यो उद्देश्य के हो त? त्यसले परमेश्‍वरले कुनै पनि व्यक्ति प्राप्‍त गर्नुहोस् भन्ने चाहँदैन; परमेश्‍वरले प्राप्त गर्ने अभिप्राय राख्‍नुभएका सबैलाई त्यसले थुतेर लग्न चाहन्छ, ताकि त्यसले तिनीहरूलाई कब्जा गर्न, नियन्त्रण गर्न, र आफ्नो अधीनमा राख्‍न सकोस्, ताकि तिनीहरूले त्यसको आराधना गरून् अनि परमेश्वरको प्रतिरोध गर्नका निम्ति दुष्टता गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र? … परमेश्‍वरसँग युद्ध गर्दा, र उहाँको पछि-पछि लाग्दा, शैतानको उद्देश्य परमेश्‍वरले गर्न चाहेका सबै काम ध्वस्त पार्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहेकाहरूलाई कब्जा र नियन्त्रण गर्नु हुन्छ। त्यसले परमेश्‍वरले प्राप्त गर्न चाहेकाहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छ, वा यदि तिनीहरू नष्ट भएनन् भने तिनीहरूलाई आफ्नो बनाएर प्रयोग गर्न चाहन्छ। यसको उद्देश्य यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरका वचनहरूमार्फत मैले के बुझेँ भने परमेश्‍वरले साँचो विश्‍वासीहरूको एउटा समूहलाई मुक्ति दिन र प्राप्त गर्न सक्नुहोओस् भनी आखिरी दिनहरूमा मानिसहरूलाई न्याय गर्न र धुन सत्यताहरू व्यक्त गरिरहनुभएको छ। तर शैतान परमेश्‍वरको शत्रु हो, र त्यसले मानिसहरूले परमेश्‍वरलाई छोडून्, उहाँलाई विश्वासघात गरून्, र शैतानको अधीनमा जिऊन् भनेर परमेश्‍वरको काममा रोकावट ल्याउन र त्यसलाई कमजोर पार्न सबै प्रकारका युक्तिहरू प्रयोग गर्छ। यसरी त्यसले तिनीहरूलाई कब्जा र नियन्त्रण गर्न सक्छ, र अन्ततः तिनीहरू नरकमा त्यससँगै दण्डित हुनेछन्। मैले पाष्टर र एल्डरहरूको व्यवहारबारे सोचेँ। तिनीहरूले प्रभुको पुनरागमनको खबर सुने, तर त्यसको पटक्कै अनुसन्धान गरेनन्, र तिनीहरूले अरूलाई पनि त्यसो गर्नबाट रोके। तिनीहरूका प्रवचनहरू आत्मिक रूपमा पोषणदायी थिएनन्, र तिनीहरू मानिसहरूलाई साँचो मार्ग खोज्न दिँदैनथे। जब तिनीहरूले हामीले मण्डली जान र तिनीहरूलाई पछ्याउन छोडेको देखे तिनीहरूले हामी तिनीहरूको मण्डलीमा फर्कौँ, तिनीहरूको आज्ञा मानिरहौँ, तिनीहरूको नियन्त्रणमा रहिरहौँ, र अन्ततः आखिरी दिनहरूको परमेश्‍वरको मुक्ति गुमाऔँ भनेर, हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्वासघात गराउन बाध्य पार्ने आशामा, हामीलाई दोषी ठहराए र निन्दा गरे। के तिनीहरू शैतानका नोकर थिएनन् र? यो बुझेर, मैले म शैतानको चालबाजीमा पर्नु हुँदैन भनेर मनमनै भनेँ। म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई त्यागेर पाष्टरहरूलाई पछ्याउन सक्दिनथेँ, म बलियो भएर खडा रहिरहनुपर्थ्यो।

त्यसपछि, हाम्रो गाउँका केही नयाँ विश्‍वासी र भर्खरै परमेश्‍वरका आखिरी दिनहरूको काम अनुसन्धान गर्न थालेकाहरू कमजोर भएर पछि हटे। हाम्रो वरपरका मानिसहरूले अझै पनि यसको विरोध गरिरहेका भए पनि, हामी बाँकी रहेकाहरूले भने भेलाहरू आयोजना गर्न छोडेनौँ। पाष्टरहरू यो थाहा पाएपछि रिसले चुर भए र उनीहरूले मण्डलीका केही सहकर्मीलाई मेरो घरमा पठाइरहे, र मलाई एक जना पाष्टरको घरमा बैठकका लागि जान भने। मलाई त्यस कुरामा रिस उठ्यो: “भेला हुनु, परमेश्‍वरका वचनहरू सुन्नु, र सत्यताबारे सङ्गति गर्नु मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो। पाष्टरहरू किन मेरो बाटोमा खडा हुन खोजिरहन्छन्? म गएर उनीहरूको कुरा सुन्छु, र मैले ठ्याक्कै के गल्ती गरेको छु भनी हेर्छु।” त्यसैले, एक साँझ म अरू धेरै ब्रदर-सिस्टरहरूसँगै पाष्टरको घर गएँ, त्यहाँ अन्य केही पाष्टर र एल्डर पनि थिए। एक जना पाष्टरले यसो भने, “तपाईँहरू प्रवचनहरू अनलाइन सुनिरहनुभएको छ भन्ने मैले सुनेको छु। तपाईँहरूका पाष्टर भएका नाताले, तपाईँहरूले प्रभुको प्रवचनबाहेक अरू कुनै प्रवचन स्विकार्नै हुँदैन भनेर तपाईँहरूलाई सम्झाउनु हाम्रो जिम्मेवारी हो!” मैले जवाफ दिएँ: “तर हामी त प्रभुको प्रवचन सुनिरहेका छौँ। प्रभु येशू फर्किनुभएको छ र उहाँले आफ्नो कामको नयाँ चरण गरिरहनुभएको छ।” मैले सिध्याउन नपाउँदै, पाष्टरले रिसाउँदै मलाई बीचमै रोके, “ल, भयो! हामी अब यसबारे थप एक शब्द पनि सुन्नेछैनौँ! आज तपाईँहरूले एउटा छनौट गर्नैपर्छ। तपाईँहरू अर्को परमेश्‍वरमा विश्वास गरिरहनुहुन्छ कि हाम्रो कुरा सुनेर हाम्रो मण्डलीमा फर्कनुहुन्छ?” उनले बोल्दै एउटा नोटबुक निकाले जसमा हाम्रो नाम लेखिएको थियो। पाष्टरले कडा स्वरमा भने, “यदि तपाईँहरू ती प्रवचनहरू अनलाइन सुनिरहने हो भने, आफ्नो नामको पछाडि क्रस चिन्ह लगाउनुहोस्, नत्र भने सही चिन्ह लगाउनुहोस्। यदि हाम्रो कुरा सुन्नुभएन भने तपाईँहरू धेरै समस्यामा पर्नुहुनेछ! हामी तपाईँहरूको परिवारको विवाह, अन्त्येष्टि, जन्म, वा गृह-निर्माणजस्ता कुराहरूमा केही पनि गर्नेछैनौँ, र हामी कुनै पनि बन्दोबस्तहरूमा मद्दत गर्नेछैनौँ।” हामी सबै चुपचाप भयौँ। म अलि हिचकिचाएँ—मैले केही पनि नलेखेको खण्डमा, पाष्टरहरूले अझै पनि मेरो आस्थामा रोकावट हाल्न अरू उपायहरू खोज्नेथिए। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गरिरहने छनौट गरेको खण्डमा, भविष्यमा पाष्टर र एल्डरहरूले मेरो परिवारलाई कुनै पनि बन्दोबस्तहरूमा मद्दत गर्नेथिएनन्। यी हाम्रो गाउँमा चलिआएका पुराना रीतिरिवाजहरू थिए, र यी परम्परागत अनुष्ठानहरू सबैका लागि एकदमै महत्त्वपूर्ण थिए—हामी सबैले ती पालना गर्नुपर्थ्यो। साथै, गाउँका सबैले पाष्टर र एल्डरहरूको कुरा सुन्थे। पाष्टरहरू नआएको खण्डमा, अरू कोही पनि आउने थिएनन्, र तिनीहरूले निश्चय नै मद्दत गर्ने थिएनन्। के यसको मतलब सबैले मलाई इन्कार गर्नेछन् भन्ने थियो? तर, मलाई प्रभु फर्कनुभएको छ भन्ने थाहा थियो, त्यसैले यदि मैले धर्ममा फर्कने छनौट गरेको भए, के मैले परमेश्‍वरलाई इन्कार र विश्वासघात गरिरहेको हुने थिइनँ र? एकछिनका लागि, के गर्ने भनेर मलाई थाहा भएन, त्यसैले मैले परमेश्‍वरको मार्गदर्शनका लागि प्रार्थना गरेँ। त्यसपछि मैले प्रभु येशूले भनेका केही कुरा सम्झेँ: “आफ्‍नो हात हलोमा राख्‍ने, अनि पछि हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्‍यको निम्ति योग्य हुँदैन(लूका ९:६२)। यो साँचो हो। म परमेश्‍वरको विश्वासी हुँ विश्‍वासीका रूपमा, हामीले परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुपर्छ, उहाँको काममा समर्पित हुनुपर्छ, र उहाँका पदचापहरूसँग ताल मिलाउनुपर्छ। यदि मैले आफूलाई पाष्टरहरूद्वारा बाँधिन दिएँ र परमेश्‍वरलाई पछ्याउने आँट गरिनँ भने म कसरी आफूलाई विश्‍वासी भन्न सक्छु र? म कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छु र? यो कुरा मेरो मनमा आएपछि, मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, आज म तपाईँका लागि आफ्नो गवाहीमा दृढ रहन चाहन्छु। भविष्यमा मलाई जे भए पनि, म तपाईँलाई पछ्याउन चाहन्छु।” त्यसपछि मलाई धेरै शान्त महसुस भयो र मैले दृढतापूर्वक आफ्नो नामको पछाडि क्रस चिन्ह लगाएँ, अरूले पनि एकपछि अर्को गर्दै आफ्नो नामपछाडि क्रस चिन्ह लगाए, र एउटी सिस्टरले मात्र सही चिन्ह लगाइन्। पाष्टरले रिसाउँदै भने, “यो तपाईँहरूको छनौट हो—अबदेखि हामी फरक-फरक मार्गमा छौँ। तपाईँहरूलाई जेसुकै होस्, त्यो हाम्रो कुनै सरोकारको विषय हुँदैन।”

घर पुगेपछि, मेरा चिन्ताहरू फेरि देखा परे। जब-जब हाम्रो गाउँका परिवारहरूमा केही केही हुन्थ्यो, हामी पाष्टरहरूलाई हाम्रा लागि प्रार्थना गर्न, त्यसको अध्यक्षता गर्न, र धार्मिक रिवाजहरू सम्पन्न गर्न अनुरोध गर्थ्यौँ। यदि यसपछि पाष्टरहरूले साँच्चै हामीलाई आफ्नो पिठ्यूँ फर्काएका खण्डमा, तीमध्ये कुनै पनि कुराहरू गर्न असम्भव हुनेथियो, र सबैले मलाई तिरस्कार र आक्रमण गर्नेथिए। उनीहरूले हामीलाई हाम्रो आस्था अभ्यास गर्नबाट रोक्न अरू के-कस्ता युक्तिहरू अपनाउनेछन्, वा यो सबै कहिले अन्त्य हुनेछ भन्ने मलाई थाहा थिएन। ती सबै कुराबारे सोच्दा मलाई निकै पीडा भयो र मलाई यसबाट कसरी पार पाउने भन्ने थाहा थिएन। मैले तुरुन्तै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कद साँच्चै कति सानो रहेछ भनेर म देख्न सक्छु। मलाई सधैँ सबैद्वारा निन्दित हुनेछु र इन्कार गरिनेछु भन्ने चिन्ता लाग्छ। म यी कुराहरू सामना गर्न डराउँछु र म कमजोर महसुस गरिरहेको छु। कृपया मलाई यो परिस्थितिबाट पार पाउन मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले अनलाइन हुने तरिका भेट्टाएँ, र आफ्ना कठिनाइहरू बताउन मलाई मलजल गरिरहेकी सिस्टरलाई खोजेँ। उनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्: “अय्यूबको जाँच समाप्त भई तिनीबाट गवाही प्राप्त गरेपश्‍चात्, परमेश्‍वरले अय्यूबजस्ता मानिसहरूको एउटा समूह—वा एकभन्दा बढी समूहहरू—प्राप्त गर्ने सङ्कल्प गर्नुभयो, तर शैतानलाई फेरि आफूसित बाजी लगाएर अय्यूबका निम्ति प्रयोग गरिएको युक्तिद्वारा कुनै पनि व्यक्तिलाई परीक्षा, आक्रमण र दुर्व्यवहार गर्न नदिने दृढ सङ्कल्प गर्नुभयो। परमेश्‍वरले शैतानलाई फेरि कहिल्यै पनि मानिसमाथि त्यस्तो गर्ने अनुमति दिनुभएन—मानिस कमजोर, मूर्ख र अनजान छ, त्यसैले शैतानले अय्यूबलाई परीक्षा गर्नु नै काफी थियो! शैतानलाई त्यसले चाहेअनुसार मानिसहरूसित दुर्व्यवहार गर्न नदिनु परमेश्‍वरको कृपा हो। परमेश्‍वरका लागि, अय्यूबले शैतानको परीक्षा र दुर्व्यवहार भोग्‍नु नै काफी थियो। परमेश्‍वरले शैतानलाई फेरि त्यस्तो कुनै पनि कार्य गर्ने अनुमति दिनुभएन, किनकि परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूको जीवन र सबै थोकलाई उहाँले नै शासन र योजनाबद्ध गर्नुहुन्छ, र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई आफ्नो इच्छाअनुसार प्रभावित गर्ने अधिकार शैतानसँग छैन—तिमीहरूले यो कुरा स्पष्ट बुझ्नुपर्छ! परमेश्‍वरले मानिसको कमजोरीको वास्ता गर्नुहुन्छ, र उसको मूर्खता र अज्ञानतालाई बुझ्नुहुन्छ। मानिसले पूर्ण रूपमा मुक्ति पाओस् भनेर परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनैपर्छ, तैपनि परमेश्‍वर कहिल्यै पनि शैतानले मानिसलाई मूर्ख बनाएको र दुर्व्यवहार गरेको देख्‍न चाहनुहुन्‍न, र उहाँ मानिसले सधैँ दुःख भोगेको पनि देख्‍न चाहनुहुन्‍न। मान्छेलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र परमेश्‍वरले मान्छेका सबै कुरालाई शासन र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरा पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो; यो परमेश्‍वरको जिम्मेवारी हो, र यो त्यही अख्तियार हो जसद्वारा परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ! परमेश्‍वरले शैतानलाई मनलाग्दो किसिमले मानवजातिलाई दुर्व्यवहार र दुरुपयोग गर्ने अनुमति दिनुहुन्‍न, उहाँले मानवजातिलाई बहकाउन शैतानलाई विभिन्‍न युक्तिहरू प्रयोग गर्न दिनुहुन्‍न, र यसबाहेक, उहाँले शैतानलाई मानवजातिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा हस्तक्षेप गर्ने अनुमति दिनुहुन्‍न, न त त्यसलाई यावत् थोकमाथि परमेश्‍वरले शासन गर्ने ती सबै नियम कुल्चन र नाश गर्न नै दिनुहुन्छ, मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको महान् कार्य बिथोल्न उहाँले त्यसलाई अनुमति दिनुहुने त प्रश्‍नै उठ्दैन! परमेश्‍वरले जसलाई बचाउन चाहनुहुन्छ, र जसले परमेश्‍वरबारे गवाही दिन सक्छन्, तिनीहरू नै परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको केन्द्र र सर्वोत्कृष्ट परिणाम हुन्, यसको साथै तिनीहरू उहाँको छ हजार वर्षे कामका प्रयासहरूको मूल्य पनि हुन्। परमेश्‍वरले कसरी तिनीहरूलाई सहजै शैतानको हातमा दिन सक्‍नुहुन्छ र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूबाट, हामीले हरेक दिन सामना गर्ने कुरा परमेश्‍वरको अनुमतिले हुन्छ, र सबै कुरा उहाँको हातमा छ भन्ने कुरा मैले थाहा पाएँ। शैतान जति नै बर्बर भए पनि वा त्यसले हामीलाई जति नै हानि गर्न चाहे पनि, परमेश्‍वरको अनुमतिविना यसले केही गर्न सक्दैन। परमेश्‍वरले मलाई जाँच्न मलाई अवरोध र अड्चन आइपर्न दिइरहनुभएको थियो। उहाँले म अय्यूबजस्तै हुनेछु, र यस परिस्थितिमा उहाँका लागि आफ्नो गवाहीमा दृढ रहनेछु भन्ने आशा गरिरहनुभएको थियो। परमेश्‍वर म उहाँमा भर परूँ र उहाँको काम र वचनहरू अनुभव गरूँ, ताकि मैले उहाँमा साँचो आस्था विकास गर्न सकूँ भन्ने चाहनुहुन्थ्यो। तर म शैतानको जालमा फसेँ। म अरू मानिसहरूसँगको मेरो सम्बन्ध जोगाउन चाहन्थेँ र म इन्कार गरिन र निन्दित हुन चाहन्नथेँ। म आफूलाई नराम्रा कुराहरू हुनेछन् भनेर डराउँथेँ, र मैले परमेश्‍वरको अभिप्राय बुझेको थिइनँ। म शान्त भएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, अब मैले यो सब तपाईँले नै हुन दिइरहनुभएको हो भन्ने बुझेँ। म तपाईँका लागि आफ्नो गवाहीमा दृढ रहन तयार छु। तर मेरो कद अझै एकदमै सानो छ, कृपया मेरो आस्थालाई बलियो बनाइदिनुहोस्, ताकि म यसबाट पार पाउन सकूँ।”

पाष्टरहरूको आक्रमण र दोषारोपणका कारण, अरू गाउँलेहरूले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न खोजिरहे। तिनीहरूले हामीलाई हामीले धार्मिक विधिहरूमा संलग्न नभएर गाउँका रीतिरिवाजहरूलाई कमजोर बनाइरहेका छौँ भन्दै हाम्रा परिवारहरूकै अगाडि हाँसोमा उडाए, हाम्रो निन्दा गरे, र कराए। तिनीहरूले भने, यदि हामीले आफ्नो आस्था कायम राख्यौँ भने, तिनीहरूले सरकारलाई हाम्रो रिपोर्ट गर्नेछन् र हामीलाई गिरफ्तार गराउनेछन्। मेरो परिवारले त्यो तनाव सहन सकेन। तिनीहरू हरेक दिन मसँग बहस गर्थे, मलाई मेरो आस्था त्याग्न आग्रह गर्थे। अन्य ब्रदर-सिस्टरहरूलाई पनि तिनीहरूका परिवारहरूले दबाब दिन्थे। कतिपय त घरबाट निकालिए र तिनीहरूलाई आफ्नै घरमा पस्नसमेत दिइएन। पाष्टरहरूले हामीले उनीहरूको कुरा नसुनेकाले वा मण्डली नगएकाले गर्दा नै हाम्रो घरमा यति धेरै समस्याहरू भइरहेका छन् भनेर अफवाह फैलाए। तिनीहरूले के पनि भने भने तिनीहरू हामीलाई मलजल गर्न आएका दुई जना ब्रदरलाई सोधपुछ गर्न चाहन्छन्। यो सुनेर म रिसले चुर भएँ। पाष्टरहरूले साँच्चै सत्यतालाई उल्ट्याइरहेका थिए। यदि तिनीहरूको आक्रमण नभएको भए, हामीलाई कहिल्यै यति धेरै मानिसहरूले इन्कार गर्ने थिएनन्। त्यस दौरान, मेरा ब्रदर-सिस्टरहरू सबैले नकारात्मक र कमजोर महसुस गरे, र उनीहरूमा भेला हुने वा आफ्नो कर्तव्य निर्वाह गर्ने प्रेरणाको कमी थियो। यो सबै भइरहेको देख्दा मलाई पनि कमजोर महसुस भयो। मलाई आफ्ना ब्रदर-सिस्टरहरूलाई कसरी मद्दत गर्ने र साथ दिने भन्ने थाहा थिएन, र मलाई अचानक आस्थाको मार्गमा हिँड्न अत्यन्तै गाह्रो रहेछ जस्तो लाग्यो। मैले यो बुझ्न सकिनँ। हामी केवल परमेश्‍वरमा विश्वास गर्दै थियौँ, भेला हुँदै थियौँ, र परमेश्‍वरका वचनहरू पढ्दै थियौँ। किन उनीहरूले हामीलाई चैनले बस्न दिँदैनथे? किन उनीहरू हामीलाई निकासहीन मार्गमा हिँडाउन बाध्य पार्न सङ्कल्पित थिए? मैले आफ्नो पीडामा परमेश्‍वरलाई पुकारेँ, “हे परमेश्‍वर, मलाई एकदमै कमजोर महसुस भइरहेको छ र म आफ्नो हृदयलाई शान्त पार्न सक्दिनँ। म कसरी आस्थाको मार्गमा रहिरहन सक्छु? कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले प्रभु येशूले भन्नुभएको केही कुरा सम्झिएँ: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूलाई घृणा गर्नु अगाडि त्यसले मलाई घृणा गर्‍यो भन्‍ने तिमीहरूलाई थाहा छ। यदि तिमीहरू संसारका थियौ भने संसारले त्यसका आफ्नालाई प्रेम गर्नेथियो: तर तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई यस संसारबाट चुनेको हुनाले, संसारले तिमीहरूलाई घृणा गर्छ(यूहन्‍ना १५:१८-१९)। यी मानिसहरूले हामीलाई यति धेरै घृणा गर्नु र सताउनुको कारण वास्तवमा तिनीहरूले परमेश्‍वरको आगमनलाई घृणा गर्नु र तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्नु रहेछ भन्ने मलाई अचानक स्पष्ट भयो। आखिरी दिनहरूमा, परमेश्‍वर न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ, जसले सबै मानिसलाई प्रकट गर्छ। कतिपय मानिस छन् जो परमेश्‍वरमा विश्वास गर्छौँ भन्छन्, तर सत्यतालाई प्रेम गर्दैनन्—वास्तवमा, तिनीहरू यसलाई घृणा गर्छन्। त्यसैले, अब परमेश्‍वर देहधारी हुनुभएको छ अनि बोल्न, काम गर्न र सत्यता व्यक्त गर्न पृथ्वीमा आउनुभएको छ, त्यसैले तिनीहरू उहाँको आलोचना र निन्दा गर्छन्। यो ठ्याक्कै प्रभु येशू काम गर्न आउनुहुँदा जस्तै हो—यहूदी अगुवाहरूले उहाँले व्यक्त गरेका सत्यताहरू अस्वीकार गरे, र तिनीहरूले उहाँलाई दोषी ठहराउन र निन्दा गर्न सक्दो प्रयास गरे। यहूदी विश्‍वासीहरूले उनीहरूसँगै मिलेर प्रभुलाई इन्कार गरे, र अन्त्यमा तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। संसार साँच्चै दुष्ट छ! तर संसारले सर्वशक्तिमान्‌ परमेश्‍वरको मार्गलाई जति धेरै इन्कार गर्छ र धार्मिक शक्तिहरूले यसलाई जति धेरै दोषी ठहराउँछन् र खेदो गर्छन्, यो साँचो मार्ग हो, यो परमेश्‍वरको काम हो भन्ने कुरा त्यति नै स्पष्ट हुन्छ, अनि मलाई त्यति नै धेरै यसलाई पछ्याइरहने र हार नमान्ने चाहना हुन्छ!

त्यसको केही समयलगत्तै, केही ब्रदर-सिस्टरले हाम्रो गाउँमा के भइरहेको छ भनेर थाहा पाए, र तिनीहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पठाए। त्यहाँ एउटा खण्ड थियो जसमा यसो भनिएको थियो: “निराश नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकाश गरिदिनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मेरो सामु बारम्बार घुँडा टेक्दै मेरो आशिष्को भिक माग्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्, तैपनि तिक्तता मेरो आशिष् हो भन्‍ने कहिल्यै विश्‍वास गर्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो। मेरा वचन खान अनि पिउन र आनन्द लिन नहिचकिचाऊ। अन्धकार बितेर गएपछि प्रकाश प्रवेश गर्नेछ। बिहान हुनुभन्दा अघि पूर्ण अन्धकार हुन्छ; त्यसपछि आकाश बिस्तारै प्रकाशमय बन्दै जान्छ अनि सूर्य उदाउँछ। नडराऊ वा कमजोर नहोऊ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। यो पढ्दा म एकदमै प्रभावित भएँ। हामी परमेश्‍वरका पदचापहरू पछ्याउँदै थियौँ, त्यसैले हामीलाई पाष्टर र एल्डरहरूले रोकटोक गर्नु र अरू गाउँलेहरूले अन्यायपूर्ण व्यवहार गर्नु अपरिहार्य थियो। मानवजातिलाई शैतानले एकदमै गहन रूपमा भ्रष्ट पारेको छ, संसार अत्यन्तै अँध्यारो र दुष्ट छ, र तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको आगमनलाई स्वागत गर्दैन, त्यसैले यस्तो हुन्छ। परमेश्‍वरलाई पछ्याउनु सजिलो कुरा होइन। परमेश्‍वरको राज्यमा प्रवेश गर्न र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न, हामीले यस प्रकारको सतावट र सङ्कष्ट अनुभव गर्नैपर्छ। परमेश्‍वर हाम्रो पछाडि हुनुहुन्छ, हामीलाई साथ दिँदै हुनुहुन्छ, त्यसैले मैले डराउनुपर्ने केही थिएन। मैले केवल प्रार्थना गर्नुपर्थ्यो र यो परिस्थिति अनुभव गर्न परमेश्‍वरमा भर पर्नुपर्थ्यो अनि उहाँले हामीलाई पाष्टरहरूको रोकटोक र अवरोध पार गर्न मार्गदर्शन गर्नुहुनेछ भनेर विश्वास गर्नुपर्थ्यो। मैले चलचित्र र भिडियोहरूमा देखेको मुख्यभूमि चीनका हाम्रा ब्रदर-सिस्टरहरूका अनुभवहरूबारे सोचेँ। उनीहरूलाई चिनियाँ सरकारले सताउँछ, खेदो गर्छ, र निगरानी गर्छ, र उनीहरू कुनै पनि क्षण पक्राउ पर्ने जोखिममा हुन्छन्। उनीहरूका परिवारहरू पनि उनीहरूसँगको सम्बन्धले गर्दा मुछिन्छन्, र तिनीहरूको सम्पत्ति र जागिर खोसिन्छ। धेरै ब्रदर-सिस्टरलाई जेल हालिन्छ र क्रूर यातना दिइन्छ। उनीहरूले धेरै कष्ट भोग्छन्, तर उनीहरू परमेश्‍वरमा भर पर्न र शैतानलाई परास्त गर्ने गवाही दिन सक्षम हुन्छन्। त्यसपछि मैले परमेश्‍वरले उहाँका दुई देहधारणको दौरान कसरी कष्ट भोग्नुभयो भन्ने बारेमा सोचेँ। प्रभु येशूलाई यहूदी मण्डलीले दोषी ठहरायो र निन्दा गर्‍यो, र मानवजातिलाई छुटकारा दिन अन्ततः उहाँ क्रूसमा टाँगिनुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँ मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्दै हुनुहुन्छ। उहाँलाई शैतानको शासन र धार्मिक संसारका ख्रीष्टविरोधी शक्तिहरूले प्रतिरोध गर्छन्, दोषी ठहराउँछन्, इन्कार्छन्, र निन्दा गर्छन्। परमेश्‍वर मानवजातिलाई मुक्ति दिन धेरै कष्ट भोग्नुहुन्छ—मेरो नगण्य कष्ट त उल्लेख गर्न लायक पनि थिएन। मेरा लागि यो अवस्था अनुभव गर्नु पीडादायी भए पनि, मैले धार्मिक संसारका पाष्टर र एल्डरहरूलाई केही खुट्ट्याएँ र परमेश्‍वरप्रतिको आस्था अझ धेरै प्राप्त गरेँ। परमेश्‍वर मानिसहरूलाई सत्यता प्रदान गर्न र तिनीहरूको आस्थालाई सिद्ध पार्न साँच्चै कठिन वातावरणहरू प्रयोग गर्नुहुन्छ! परमेश्‍वरको अभिप्राय बुझेपछि मलाई एकदमै शान्त महसुस भयो, र म आफ्नो नकारात्मकताको दलदलबाट बाहिर निस्केँ। म मेरा सबै ब्रदर-सिस्टरका लागि भेला आयोजना गर्न हतारिएँ, जो अझै पनि नकारात्मकता र कमजोरीको स्थितिमा फसेका थिए। सङ्गतिमार्फत, सबैले परमेश्‍वरको अभिप्राय बुझ्न र उहाँलाई पछ्याइरहने आस्था भेट्टाउन सके, र उनीहरूलाई नकारात्मक महसुस हुन छोड्यो। हामी सामान्य मण्डली जीवन जिउन, सुसमाचार प्रचार गर्न, र परमेश्‍वरको गवाही दिन थाल्यौँ, र सबैले उत्प्रेरित महसुस गरे।

त्यसपछि, पाष्टर र एल्डरहरूले हामीलाई दबाउन हरसम्भव प्रयास गरे। एक पटक, एउटी सिस्टरका श्रीमान् बिरामी परेर बित्नुहुँदा, उनको सम्पूर्ण परिवारले उनलाई गएर पाष्टरहरूसँग माफी माग्न दबाब दिइरह्यो ताकि उनीहरूले प्रार्थना र अन्तिम संस्कारमा मद्दत गरून्। पाष्टर र एल्डरहरूले यो मौका छोपेर उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको आफ्नो आस्था त्याग्न र मण्डलीम फर्कन बाध्य पार्न खोजे। मलाई साह्रै रिस उठ्यो। उनी आफ्नो श्रीमान्‌का लागि शोक गरिरहेकी थिइन्, र उनी मण्डलीमा फर्कून् र उनीहरूलाई पछ्याऊन् भनेरै पाष्टर र एल्डरहरूले उनको घाउमा नुनचुक छर्किरहेका थिए, उनलाई आफ्नो आस्था त्याग्न दबाब दिइरहेका थिए। उनीहरू साँच्चै यस्ता घृणित कामहरू गर्न सक्षम थिए! पछि, जब पाष्टरहरू, एल्डरहरू, र शहरका मेयरले हामीले मण्डलीमा फर्कन दृढतापूर्वक अस्वीकार गरिरहेको देखे, तब उनीहरूले यसो भन्दै अन्य गाउँलेहरूलाई हामीदेखि अलग बस्न र हामीलाई एक्ल्याउन उक्साए, “यी मानिसहरूले हाम्रो कुरा सुन्न नमान्ने हुनाले, उनीहरूलाई आफ्नै आस्थामा रहन देऊ। आफ्ना बच्चाहरूमाथि नजर राख, उनीहरूलाई यी मानिसहरूबाट टाढा राख। यदि कसैले उनीहरूसँग सम्पर्क गर्छ वा उनीहरूको आस्थाबारे अनुसन्धान गर्छ भने, उनीहरूको सम्पूर्ण परिवार मुछिनेछ, र हामी भविष्यमा उनीहरूलाई कुनै पनि कुरामा मद्दत गर्नेछैनौँ।” पाष्टर र एल्डरहरूले मुख्यतः हामी सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूलाई निगरानी गर्न मण्डलीका युवाहरू मिलाएर एउटा युवा समूहसमेत गठन गरे, जोकोही हाम्रो नजिक आएमा, त्यस व्यक्तिलाई सोधपुछका लागि एक जना पाष्टरको घरमा बोलाइन्थ्यो। यसले मलाई पाष्टर र एल्डरहरूको साँचो, परमेश्‍वर-प्रतिरोधी अनुहार अझ स्पष्ट रूपमा देख्न मद्दत गर्‍यो। उनीहरूले मण्डली जानेहरूलाई कडा नियन्त्रणमा राखेका थिए, तिनीहरू सबै उनीहरूको पञ्जामा थिए, र परमेश्‍वरसामु आउन र उहाँको आवाज सुन्न कसैलाई पनि अनुमति थिएन। मैले फरिसीहरूलाई सम्झेँ। प्रभु येशूको काम र वचनहरू अख्तियारले भरिपूर्ण भए पनि, फरिसीहरूले तिनको खोजी वा अनुसन्धान गरेनन्। विश्‍वासीहरूले प्रभु येशूलाई पछ्याउनेछन् र यसले उनीहरूको हैसियत र जीविकोपार्जनलाई खतरामा पार्नेछ भन्ने डरले, उनीहरूले उहाँलाई दोषी ठहराइरहे, र उहाँलाई क्रूसमा समेत टाँगे। उनीहरूले विश्‍वासीहरूलाई आफ्नो पञ्जामा राखे, मानिसहरूलाई केवल उनीहरूको उपासना गर्न दिए, र परमेश्‍वरका भेडाहरूलाई उहाँकहाँ फर्काउन मानेनन्। के तिनीहरू दुष्ट सेवकहरू थिएनन् र? आजका पाष्टर र एल्डरहरू तिनीहरूभन्दा फरक छैनन्! मैले उनीहरूलाई दोषी ठहराउने प्रभु येशका वचनहरू सम्झेँ: “शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। यी पाष्टरहरू प्रभु येशूको समयका फरिसीहरूजस्तै छन्। तिनीहरू मानिसहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्ने दुष्ट नोकर हुन्। यो ठिक सर्वशक्तिमान्‌ परमेश्‍वरले खुलासा गर्नुभएजस्तै हो: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना ‘परमेश्‍वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्‍वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ शारीरिक गठन’ भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)। पाष्टर र एल्डरहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम अनुसन्धान गरेका थिएनन्, र जब-जब उनीहरूले अरू जोकोहीले त्यो अनुसन्धान गरिरहेको पत्ता लगाउँथे, तब-तब उनीहरू तिनीहरूलाई रोकटोक गर्ने उपायहरू खोज्थे। उनीहरूलाई विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनेछन् र उनीहरूलाई आराधना गर्न र पछ्याउन छोड्नेछन्, वा उनीहरूलाई भेटी दिन छोड्नेछन् भन्ने डर थियो, त्यसैले उनीहरूले मानिसहरूलाई नियन्त्रण गर्न पुराना गाउँका रीतिरिवाजहरू र परम्परागत विधिविधानहरू प्रयोग गरे, तिनीहरूलाई उनीहरूको मण्डलीमा फर्कन बाध्य पार्न खोजे। उनीहरू विश्‍वासी भएको दाबी गर्थे, तर उनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय पटक्कै थिएन। उनीहरू स्वभावैले परमेश्‍वर र सत्यतालाई घृणा गर्थे। उनीहरू स्वर्गको राज्यतर्फको हाम्रो मार्गमा ठेस लाग्ने ढुङ्गा र अड्चन थिए। मैले के बुझेँ भने परमेश्‍वरले हामीलाई खुट्ट्याइ प्राप्त गर्न मद्दत दिनका लागि यो सब सतावट आउन दिनुभएको छ, ताकि हामीले साँच्चै धार्मिक पाष्टरहरूको नियन्त्रणलाई फाल्न सकौँ। पाष्टर र एल्डरहरूका आक्रमणहरूले मलाई नकारात्मक स्थितिमा राख्न सकेका थिएनन्, तिनले वास्तवमा परमेश्‍वरप्रतिको मेरो आस्थालाई बलियो बनाएका थिए। उनीहरूका कार्यहरूले मलाई उनीहरूको नियन्त्रणबाट उम्कन अनि सुसमाचार प्रचार गरिरहन र परमेश्‍वरको गवाही दिइरहन सक्षम बनाए। समय बित्दै जाँदा, मेरा केही साथीसँगी र नातेदारहरूले पाष्टरहरूलाई उनीहरूको व्यवहारमार्फत खुट्ट्याउन थाले, र जब मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामबारे गवाही दिएँ, तब तिनीहरूमध्ये केहीले त्यो स्वीकार गरे। यसले मलाई परमेश्‍वरको बुद्धि शैतानका चालबाजीहरूमा आधारित भएर प्रयोग गरिन्छ भन्ने देखायो। पाष्टरहरूको सतावट र रोकटोकले भेडाहरूलाई बाख्राहरूबाट अलग गर्न मद्दत गर्‍यो। केही मानिसहरूले पाष्टरहरूसँग मिलेर हामीलाई सताए, तर अरूले पाष्टरहरूको व्यवहारमार्फत् उनीहरूको सार खुट्याए र तिनीहरू परमेश्‍वरसामु फर्के। परमेश्‍वरको काम अद्भुत छ! मैले हामीमाथि आइपर्ने हरेक कुराको पछाडि परमेश्‍वरको असल अभिप्राय हुन्छ भन्ने अनुभव गरेँ, र मैले भविष्यमा आफूले जेसुकै सामना गरे पनि, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन र त्यसबाट पार पाउनका लागि उहाँमा भर पर्न तयार छु भनेर सङ्कल्प पनि गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो परिवारले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न खोज्दा

सन् २०१८ को मार्चमा, मेरा आफन्तहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाए र मलाई अनलाइन भेलामा सहभागी हुन...

परिवार ढल्‍नुको कारण

जियाओक्यु, चीनम र मेरा श्रीमानले सन् २०१२ को मे महिनामा सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्‍यौँ। हामी सधैँ सँगै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्