मेरो परिवारको दमन: अनुभवबाट सिकेको कुरा

20 जनवरी 2022

वुवेन, क्यानडा

म नयाँ विश्‍वासी हुँदा मेरो श्रीमानले मेरो विश्‍वासमा बाधा दिनुभएन, र मैले उहाँलाई पनि सुसमाचार सुनाएँ। तर उहाँ पैसा कमाउने कार्यमा अत्यन्तै केन्द्रित हुनुहुन्थ्यो, त्यसकारण उहाँ सहभागी हुनुभएन। त्यसपछि मेरो सबै व्यवहार परिवर्तन भएको र मेरो स्वभाव निकै स्थिर भएको देख्‍नुभयो, त्यसकारण उहाँले यस कुरालाई निकै समर्थन गर्नुभयो। तर एक वर्षपछि, उहाँ मेरो मार्गमा खडा हुन थाल्‍नुभयो। एक दिन जब उहाँ कामबाट फर्कनुभयो, तब उहाँले मलाई सोध्‍नुभयो, “तिमीले विश्‍वास गरेको पूर्वीय ज्योति हो, होइन त? आज मैले माइकलाई गाडीमा चढाएर ल्याएको थिएँ, र तिनले मलाई मण्डलीका सबै पादरीहरूले यो साँचो मार्ग होइन, यसका प्रवचनहरू गहन् छन् र तिनीहरूद्वारा सहजै बहकाउमा पर्न सकिन्छ भनेर भने। तिमीले त्यसका प्रवचनहरू सुन्‍नु हुँदैन भनेर माइकले मलाई चेतावनी दिए।” माइक उहाँको हाकिम थिए, र प्रभुमा लामो समयदेखि विश्‍वास गरेका व्यक्ति। तिनी अत्यन्तै प्रतिभावान् थिए—मेरो श्रीमानले उनलाई धेरै आदर गर्थे। मेरो श्रीमानले माइकको कुरा सही हो भन्‍ने ठान्‍नुभएको रहेछ, त्यसकारण मैले उहाँलाई तपाईंले विश्‍वासका कुराहरूलाई बुझ्‍नुहुन्‍न र अरूले जे भन्यो त्यही भन्‍न सक्‍नुहुन्‍न भनेर भनेँ। उहाँ एकछिन अकमकाउनुभयो, त्यसपछि अरू केही भन्‍नुभएन।

त्यसपछि अर्को पटक, उहाँले मलाई गम्‍भीर रूपमा भन्‍नुभयो, “मैले अनलाइन अनुसन्धान गरेँ, र तिम्रो सर्वशक्तिमान् परमेश्‍वरलाई कम्युनिस्ट पार्टीले प्रतिबन्ध लगाएको रहेछ। यसको साथै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको बारेमा धेरै कुराहरू भनिरहेका छन्, उहाँ व्यक्ति मात्रै हुनुहुन्छ, परमेश्‍वर होइन, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले मानिसहरूलाई पैसाको लागि प्रयोग गरिरहेको छ भनेर भनिरहेका छन्। म तिमीलाई अबदेखि त्यस मण्डलीका मानिसहरूसँग भेलाहरूमा सहभागी हुन दिन सक्दिनँ। मलाई तिमी छलमा पर्नेछौ भन्‍ने डर छ।” यो सुन्दा मलाई साँच्‍चै रिस उठ्यो र मैले प्रतिक्रिया दिएँ, “तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुभएको छैन र तपाईंले मण्डलीलाई बुझ्‍नुभएको छैन। तपाईंले कसरी अनलाइन अफवाहको आधारमा मनोमानी ढङ्गले आलोचना गर्न सक्‍नुहुन्छ? तपाईंलाई थाहै छ सबै इसाईहरूले प्रभु येशूमा विश्‍वास गर्छन् र उहाँ साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिनीहरूलाई थाहा छ। २,००० वर्ष पहिले, जब प्रभु येशूले काम गरिरहनुभएको थियो, उहाँलाई पनि धेरै मानिसहरूले दोष दिए र इन्कार गरे। तिनीहरूले उहाँ सामान्य व्यक्ति, सिकर्मीको छोरा हुनुहुन्छ भनी भन्थे। हेर्नुहोस् त, बाहिरबाट हेर्दा प्रभु येशू सामान्य व्यक्ति जस्तो देखिनुहुन्थ्यो, तर उहाँसँग ईश्‍वरीय सार थियो, र उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई छुटकारा दिन सक्‍नुहुन्थ्यो। उहाँ देह धारण गर्नुभएका परमेश्‍वरका आत्मा, मानवजातिका उद्धारकर्ता हुनुहुन्थ्यो। यदि हामीले कम्युनिस्ट पार्टीको कुरा सुन्यौं र बाहिरबाट सामान्य व्यक्ति जस्तो देखिने जोसुकै व्यक्ति परमेश्‍वर होइन भन्यौं भने, के त्यो पनि प्रभु येशू ख्रीष्टलाई इन्कार गर्नु होइन र? प्रभु येशू जस्तै, सर्वशक्तिमान्‌ परमेश्‍वर पनि असाधारण देखिनुहुन्छ, तर उहाँले सत्यता व्यक्त गर्न, परमेश्‍वरको आवाज व्यक्त गर्न सक्‍नुहुन्छ। मैले अहिलेसम्‍म सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेको छु। ती वचनहरूले बाइबलका बारेमा सबै किसिमका रहस्यहरूलाई प्रकट गर्छन्, र शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ, हाम्रो संसारको सबै अन्धकार र दुष्टताको जड, र मानव भ्रष्टताको बारेमा सत्यता बताउँछन्। ती वचनहरूले हामीलाई पापबाट स्वतन्त्र हुने, परमेश्‍वरद्वारा मुक्ति पाउने, र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग पनि देखाउँछन्। जतिसुकै चर्चित वा महान् भए पनि यी सत्यताहरू कसैले पनि व्यक्त गर्न सक्दैनन्। कस्तो मानवले सत्यता व्यक्त गर्न सक्छ र? कसले छुटकारा र मुक्तिको काम गर्न सक्छ र? कसैले पनि सक्दैन। यसले सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै मानवजातिकहाँ आउनुभएका देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ।” मैले उहाँलाई के पनि भनेँ भने सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले कहिल्यै पनि दशांस-भेटी दिन अपील गरेको छैन। परमेश्‍वरका वचनहरू सम्बन्धी सबै पुस्तक-पुस्तिकाहरू निःशुल्क दिइन्छ। मण्डलीले मानिसहरूको पैसा चाहन्छ भनेर चिनियाँ कम्युनिस्ट पार्टीले गरेको दाबी पूर्ण रूपमा निन्दा मात्रै हो। मैले उहाँलाई यी सबै झूटहरूको बहकाउमा नपर्नुहोस् भनी भनेँ। उहाँ केही नबोली जानुभयो।

त्यसपछि एक पटक म सुसमाचार सुनाएर फर्केपछि, उहाँले मलाई झर्किँदै यसो भन्‍नुभयो, “मैले भर्खरै अनलाइनमा पार्टीले तिम्रो मण्डलीका मानिसहरूले आफ्‍नो परिवारलाई त्यागिरहेका छन् भनी भनेको देखेँ। तिमी आजभोलि निकै बाहिर गइरहेकी छ्यौ। के तिमी छोड्ने तयारी गर्दैछौ?” मैले भनेँ, “म हाम्रो परिवारको राम्ररी हेरचाह गर्छु। तपाईंले कसरी त्यसो भन्‍न सक्‍नुहुन्छ? म सुसमाचार सुनाउन बाहिर जाने गर्छु, ताकि मानिसहरूले मुक्तिदाता आइसक्‍नुभएको छ भन्‍ने जानून् अनि तिनीहरूले उहाँको मुक्तिलाई स्वीकार गर्न सकून्। तपाईंले देख्‍नुभएकै छ मानिसहरू दुष्ट प्रचलन पछ्याउँदै र पापमा जिउँदै सधैँ झन्-झन् भ्रष्ट भइरहेका छन्। तपाईंका साथीहरूलाई नै हेरौं न—तिनीहरू जुवा-तास खेल्छन् वा वेश्‍यावृत्ति गर्छन्। के तिनीहरूमध्ये कुनै व्यक्ति नैतिक छ? संसार अत्यन्तै दुष्ट बनेको छ। हरेकले परमेश्‍वरलाई इन्कार र विरोध गर्छन्, र भ्रष्टता चरम अवस्थामा पुगेको छ। बाइबलले आखिरी दिनहरूमा ठूला-ठूला विपत्तिहरू आउनेछन्, जसले सारा भ्रष्ट मानवजातिलाई नष्ट पार्नेछ भनेर अगमवाणी गरेको छ। अहिले झन्-झन् ठूला विपत्तिहरू देखा परिरहेका छन्। मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गरे, र पाप र भ्रष्टतालाई त्यागे भने मात्रै तिनीहरूलाई परमेश्‍वरले विपत्तिहरूबाट सुरक्षा दिनुहुनेछ र तिनीहरू उहाँको राज्यमा प्रवेश गर्न सक्‍नेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूले परमेश्‍वरले मानिसहरूलाई कति आतुरीका साथ मुक्ति दिन चाहनुहुन्छ भन्‍ने बुझेका छन्, र हामी परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन र गवाही दिनको लागि देहका सुख-चैनहरूलाई त्याग्‍न तयार छौं। परमेश्‍वरको इच्‍छा अनुसार काम गर्नु भनेको यही हो—यो धर्मी कार्य हो र यो सुकर्म गर्नु हो! तर कम्युनिस्ट पार्टीले मानिसहरूलाई विश्‍वास गर्न, सुसमाचार सुनाउन, वा परमेश्‍वरको गवाही दिन दिँदैन, र यसले इसाईहरूलाई पागलले झैँ पक्राउ गरिरहेको र सतावट गरिरहेको छ। त्यसले धेरै जना इसाईहरूलाई तिनीहरूका परिवारबाट फर्कन नसक्‍ने गरी टाढा हुन बाध्य पारेको छ। कतिलाई त पक्राउ गरेर जेल हालिएको छ, वा सतावट गरेर मारिएको समेत छ। के यो सबै कम्युनिस्ट पार्टीले इसाईहरूलाई गरेको सतावटको कारण आएको होइन र? तर तिनीहरूले विश्‍वासीहरूले आफ्‍ना परिवारलाई त्यागिरहेका छन् भन्दै पीडितहरूलाई नै दोष दिइरहेका छन्। के त्यो कुरालाई बङ्ग्याउनु, सत्यतालाई उल्ट्याउनु होइन र? विश्‍वास गर्नु सही र उचित कुरा हो। संसारभरि अहिले धेरै जना विश्‍वासीहरू छन्। विश्‍वासले कहाँ परिवार नष्ट गरिरहेको छ? चिनियाँ कम्युनिस्ट पार्टी दुष्ट हो, र यसले झूट बोल्‍ने बाहेक केही गर्दैन। तर तपाईंले यसलाई घृणा गर्नुहुन्‍न—तपाईंले यसका झूटहरूलाई समेत विश्‍वास गर्नुहुन्छ। हामीले हाम्रा परिवार त्यागिरहेका छौं भन्दै तपाईं पनि त्यसकै कुरामा लागिरहनुभएको छ। त्यो त सही र गलतमा झुक्‍किनु हो।” उहाँ चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरूको भ्रममा पर्नुभएको थियो, त्यसकारण उहाँले मेरो कुरा नै सुन्‍नुहुन्‍नथियो। उहाँले रिसाउँदै भन्‍नुभयो, “मलाई मतलब छैन। अरू जेसुकै कुरामा विश्‍वास गरे पनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास नगर।” उहाँ यो कुराप्रति त्यति दृढ भएको देख्दा, मलाई अलिक चिन्ता लाग्यो। हामीले विवाह गरेको दश वर्षभन्दा बढी भइसकेको थियो र हामीले सँगै धेरै कुरा झेलेका थियौं। हामी सधैँ सबै कुराको बारेमा छलफल गर्थ्यौं र कुनै ठूलो असहमतिविना नै एक-अर्कालाई समर्थन गर्थ्यौं। सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारण उहाँले यति झर्को मान्‍नुभएको देख्दा अत्यन्तै खिन्‍न लागेको थियो। मैले मनमनै प्रार्थना गरेँ र परमेश्‍वरलाई तपाईंको इच्‍छा बुझ्‍न मलाई अगुवाइ गर्नुहोस् भनी बिन्ती गरेँ। प्रार्थनापछि मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। यसले मलाई के कुरा देख्‍न सहयोग गर्यो भने बाहिरबाट हेर्दा मेरो श्रीमान मेरो विश्‍वासको बाटोमा खडा भइरहनुभएको छ जस्तो देखिन्थ्यो, तर यसको पछाडि शैतानको हस्तक्षेप थियो। शैतानले मानिसहरूमाथि सदासर्वदा शासन गर्न र नियन्त्रण गर्न चाहन्छ। म परमेश्‍वरको अघि आएर उहाँको आराधना गरेको यसले चाहँदैनथियो, त्यसकारण त्यसले मलाई रोक्‍न सक्‍ने सबै प्रयास गरिरहेको थियो, मेरो श्रीमानलाई भ्रममा पार्न अनलाइन झूट र अफवाहहरू प्रयोग गरिरहेको थियो, मेरो मार्गमा खडा हुनको लागि उहाँलाई प्रयोग गरिरहेको थियो, ताकि मैले उहाँको लागि साँचो मार्गलाई त्यागेर परमेश्‍वरलाई धोका दिएको होस्। शैतान अत्यन्तै कुटिल र दुष्ट छ! यो जानेर, मैले शैतानले जे गरे पनि, म मेरो विश्‍वासलाई कायम राख्‍नेछु र परमेश्‍वरलाई पछ्याउनेछु, शैतानप्रति कहिल्यै समर्पित हुनेछैन भन्‍ने अठोट गरेँ! त्यसकारण मैले उहाँलाई भनेँ, “म परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई नै पछ्याउँछु। यो सही मार्ग हो। यो मेरो निर्णय हो, र तपाईंसँग हस्तक्षेप गर्ने कुनै अधिकार छैन!” उहाँ क्रोधित हुँदै केही नबोली जानुभयो।

एक दिन मैले परमेश्‍वरका वचनहरूको भजन सुनिरहेको उहाँले भेट्टाउनुभयो। अनुहार बिगार्दै उहाँले रिसाउँदै भन्‍नुभयो, “मैले तिमीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास नगर भनेर भनेको थिएँ। तिमीले किन कहिल्यै भनेको सुन्दैनौ? माइक धेरै वर्षदेखिको पुरानो विश्‍वासी हुन्, तिनी अत्यन्तै भक्त इसाई हुन्। उनले मलाई पूर्वीय ज्योति साँचो मार्ग होइन भनेर भनेका छन्, त्यसकारण, तिमी परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छौ भने, माइकको मण्डली जाऊ। यो ठूलो छ र प्रसिद्ध छ। म तिमीसँग हरेक हप्ता सङ्गति जानेछु, र माइकले उसको पाष्टरसँग तिमीलाई कुरा गराउन सक्छ।” मैले उहाँलाई भने, “माइकले भनेको कुरामा किन तपाईं त्यति निश्‍चित हुनुहुन्छ? पाष्टरहरूलाई किन त्यति उच्‍च नजरले हेर्ने? तपाईंले पाष्टरहरूसँग योग्यता छ र तिनीहरू प्रसिद्ध छन् भन्‍ने मात्रै देख्‍नुहुन्छ, तर तिनीहरूले के प्रचार गर्छन् त्यस बारेमा तपाईंलाई कुनै वास्ता छैन। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार नगरिकन, तिनीहरूसँग सत्यताको भरण-पोषण हुनेछैन। तिनीहरूले बाइबलको ज्ञान, त्यही पुरानै कुराको बारेमा मात्रै बताउँछन्। प्रभुका वचनहरूलाई कसरी अभ्यास गर्ने, वा मानिसहरूको पापी अवस्थालाई कसरी समाधान गर्ने त्यसको बारेमा तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन। त्यो मण्डलीमा सहभागी भएर त्यसले मेरो लागि केही पनि गर्दैन। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरू नै मन पर्छ; ती अत्यन्तै ज्ञानवर्धक हुन्छन्। हरेक भेलामा म थप सत्यता बुझ्‍ने गर्छु र मैले सामान्य मानवतामा कसरी जिउने त्यसको बारेमा सिकेकी छु। मैले विश्‍वास गरेपछि ममा केही परिवर्तन आएको तपाईं आफैले पनि देख्‍नुभएको छ। त्यसकारण तपाईं किन तथ्यहरूलाई हेर्न सक्‍नुहुन्‍न, तर जिद्दी भई चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरूमा विश्‍वास गर्नुहुन्छ र मेरो मार्गमा उभिनुहुन्छ?” उहाँले त्यसको विरुद्धमा तर्क गर्न सक्‍नुभएन, त्यसकारण उहाँले मलाई यसो भन्दै चेतावनी दिनुभयो: “तिमी मेरो कुरा सुन्‍न मान्दैनौ। यदि तिमी जिद्दी गर्छौ भने, तिमीले मलाई तिम्रो सबै रकम र बैङ्क खाता मेरो हातमा देऊ, र तिमीले घर पनि मेरो नाममा नामसारी गरिदिनुपर्छ।” उहाँले यो कुरा भनेको सुन्‍नु मेरो लागि मुटुमा छुरा रोपेजस्तै भएको थियो। हाम्रो विवाहको यतिका वर्षमा, म अत्यन्तै कम खर्चालु हुँदै आएकी थिएँ र पैसा कमाउन मैले धेरै परिश्रम गरेकी थिएँ। घर किन्‍नको लागि अग्रिम भुक्तानी जुटाउन सजिलो थिएन। मैले आफ्‍नो लागि एउटै पनि नयाँ लुगा किनेकी थिइनँ। हाम्रो घरको लागि मैले केही पनि बाँकी राखेकी थिइनँ। उहाँले मलाई त्यस्तो निर्दयी कुरा भन्‍नुभएको सुन्दा म चकित भएँ। यतिका वर्षपछि पनि जाबो मेरो विश्‍वासको कारणले नै हाम्रो सम्‍बन्धमा गतिरोध आउन सक्यो? यदि मसँग कुनै रकम वा सम्पत्ति नभएको भए, उहाँले मलाई घरबाट निकालिदिनुभयो भने मैले के गर्नेथिएँ? मेरो मुटुमा छुरा गाडिएको झैँ अनुभव भयो। म ओछ्यानमा गएँ र रुन थालेँ, अनि आँसु झार्दै परमेश्‍वरसँग प्रार्थना गर्न थालेँ, “हे परमेश्‍वर, म पीडामा छु र मलाई अत्यन्तै कमजोर महसुस भइरहेको छ। यस्तो कुरालाई कसरी सामना गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस्।”

त्यसपछि मलाई परमेश्‍वरका केही वचनहरू याद आयो, “विगतमा, मानिसहरू सबै तिनीहरूका संकल्प गर्न परमेश्‍वरको सामु आउथे, र तिनीहरू भन्थे: ‘यदि कसैले परमेश्‍वरलाई प्रेम गर्दैन भने पनि मैले उहाँलाई प्रेम गर्नुपर्छ।’ तर अहिले, तपाईंमाथि शोधन आउँछ, अनि यो तेरा विचारहरूसँग नमिल्‍ने हुनाले तैँले परमेश्‍वरमाथिको विश्‍वासलाई गुमाउँछस्। के यो सच्‍चा प्रेम हो? तैँले अय्यूबका कामहरूको बारेमा धेरै चोटि पढेको छस्—के तैँले तिनको बारेमा भुलेको छस्? साँचो प्रेमको आकार भित्रको विश्‍वासबाट मात्र बन्छ। तपाईं जुन शोधनबाट भएर जान्छस्, त्यसद्वारा परमेश्‍वरको निम्ति साँचो प्रेमको विकास गर्छस्, अनि तेरो विश्‍वासद्वारा तँ आफ्नो व्यावहारिक अनुभवहरूमा परमेश्‍वरको इच्छाको विषयमा विचारशील बन्न सक्छस्, अनि विश्‍वासद्वारा नै तँ आफ्नो शरीर त्याग्न र जीवनको पछि लाग्न सक्छस्; मानिसले गर्नुपर्ने यही नै हो। यदि तैँले यसो गरिस् भने तैँले परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, तर यदि तँमा विश्‍वासको कमी छ भने तैँले परमेश्‍वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई केही शक्ति दियो। दमन र कष्टको बीचमा, परमेश्‍वरले सच्‍चा विश्‍वास र प्रेम चाहनुहुन्छ। हामी जस्तो अवस्थाबाट गुज्रिरहेको भए पनि वा हामीले जति धेरै कष्ट भोगे पनि, हामी उहाँबाट बाहिर जानु हुँदैन। मैले आखिरी दिनहरूमा परमेश्‍वरको आवाज सुन्‍न पाउनु मेरो सौभाग्य हो भन्‍ने मलाई थाहा थियो। प्रभुको पुनरागमनलाई स्वागत गर्न, परमेश्‍वरको देखा पराइलाई देख्‍न, र परमेश्‍वरले व्यक्त गर्नुभएका ती सबै सत्यताहरूको भरण-पोषणको आनन्द लिन पाउनु पूर्ण रूपमा मप्रतिको उहाँको प्रेम थियो। ख्रीष्‍टलाई पछ्याउनको लागि कष्ट भोग्‍नुको मूल्य र अर्थ थियो। यो धार्मिकताको खातिर थियो। मलाई प्रभु येशूका प्रेरितहरू र चेलाहरूको बारेमा याद आयो, जसले परमेश्‍वरलाई पछ्याए र उहाँको लागि गवाही दिए। तिनीहरूलाई रोमी सरकारले निर्दयी रूपमा सताएको थियो, र धार्मिक अगुवाहरूले दोषी ठहराएर दमन गरेका थिए। कति त आफ्‍नो ज्यान दिएर प्रभुको लागि शहीद पनि भए। मैले आज भोगिरहेकी थोरै कष्ट सन्तहरूले भोगेको तुलनामा त केही पनि थिएन। मैले आफूलाई बिचरा ठान्‍नु हुँदैन, तर ती कुराबाट सिक्‍नुपर्छ। मैले जेसुकै भए पनि परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउनुपर्थ्यो। यो सोचेपछि, मैले मेरो आँसु पुछेँ, ओछ्यानबाट निस्केँ, अनि मेरो श्रीमानलाई भनें, “हामीले विवाह गरेको एक दशकभन्दा बढी भयो र मैले हाम्रो घरको लागि धेरै गरेकी छु। अब तपाईं मेरो सबै पैसा र सम्पत्ति खोसेर लैजान चाहनुहुन्छ, र मलाई साँचो मार्ग त्याग्‍न लगाउनको लागि आर्थिक रूपमा नियन्त्रण गर्नुहुन्छ। म तपाईंको कुरा सुन्दिनँ। म परमेश्‍वरलाई नै पछ्याउँछु!” मैले यसो भनेको सुन्दा उहाँ रिसले चूर हुनुभयो। उहाँको दिमाग ठेगानमा नभएको जस्तै, उहाँले मेरो एमपिथ्री प्लेयर मबाट खोस्‍नुभयो र मेरा सबै व्यक्तिगत सामानहरू टुक्रा-टुक्रा पार्नुभयो। उहाँले मेरो परिचय खुल्‍ने सबै कागजात र गरगहना, अनि मेरो बैङ्कको कार्ड र रकम लिनुभयो। त्यसपछि उहाँले मेरो फोन खोस्‍नुभयो, भूँइमा बजार्नुभयो, त्यसपछि स्टुल उठाएर फोनलाई टुक्रा-टुक्रा पार्नुभयो। त्यो दिन उहाँले बाहिरी संसारसँगको मेरो सबै सम्पर्कलाई अवरुद्ध गर्ने प्रयास गरिरहनुभएको थियो।

त्यसपछि उहाँले मेरो बुबाआमा, दिदीबहिनीहरू, र उहाँको घरका दाजुभाइहरूलाई हाम्रो घरमा बोलाउनुभयो, र तिनीहरू सबै मेरो विरुद्धमा भेला भए। मेरा दिदीबहिनीले अनलाइनमा सबै किसिमका गिल्‍लाहरू देखेका थिए, जुन गिल्‍लाहरू कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा निर्माण गरेको थियो, र तिनीहरूले मलाई चिनियाँ कम्युनिस्ट पार्टीले कल्‍पित गरेको झाओयुआन प्रकरणको बारेमा सामग्री देखाए। मैले भनेँ, “मलाई त्यो सबै थाहा छ। झाओयुआन प्रकरण चिनियाँ कम्युनिस्ट पार्टीको अदालतले सुनुवाइ गरेको मुद्दा हो, र ती अभियुक्तहरूले आफूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको सदस्य हौं भनी भनेनन्। तिनीहरूले अदालतमा स्पष्ट रूपमा नै तिनीहरूले कहिल्यै पनि मण्डलीलाई सम्पर्क गरेको छैन भनी भनेका थिए, तर कम्युनिस्ट पार्टीको न्यायाधीशले तिनीहरू मण्डलीका सदस्यहरू हुन् भनी जिद्दी गरिरह्यो। के त्यो मण्डलीलाई षड्यन्त्रमा पार्ने कार्य मात्रै होइन र? के यो तिनीहरूले रचेको झूटो मुद्दा हो भन्‍ने स्पष्ट छैन र? तपाईंहरूलाई थाहै छ कम्युनिस्ट पार्टी नास्तिक पार्टी हो, र यसले सत्तामा आएदेखि नै धार्मिक आस्थालाई सताउँदै आइरहेको छ। तपाईंहरूले कसरी सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको विरुद्धमा यसले भन्‍ने कुनै कुरामा विश्‍वास गर्न सक्‍नुहुन्छ?” तर मेरा दुई जना दिदीबहिनीहरू यसका झूटहरूको भ्रममा परेका थिए, र तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएको अफवाहमा कुनै प्रश्‍न गरेनन्। तिनीहरूले भने, “समाचार सम्‍बन्धी सबै मुख्य प्रसारणहरूले यही कुरा भनिरहेका छन्। त्यो कसरी सत्य नहुन सक्छ?” मैले तिनीहरूलाई भनेँ, “चिनियाँ मिडियाहरू सबैलाई कम्युनिस्ट पार्टीले नियन्त्रणमा राखेको छ, तिनीहरू चिनियाँ कम्युनिस्ट पार्टीका मुखपत्र हुन्। चिनियाँ कम्युनिस्ट पार्टीले तिनीहरूलाई जे भन्‍न लगाउँछ तिनीहरूले त्यही भन्‍नुपर्छ र तिनीहरूले साँचो कुराको रिपोर्ट गर्ने आँट गर्दैनन्। धेरै वटा विदेशी मिडियाहरूलाई पनि चिनियाँ कम्युनिस्ट पार्टीले किनिसकेको छ र तिनीहरूले पनि यसले चाहकै कुरा भन्छन्। यही भइरहेको छ भन्‍ने के तपाईंहरू देख्‍न सक्‍नुहुन्‍न? तथ्यहरू आफै स्पष्ट छन् र बुद्धिमानीले अफवाहहरू सुन्दैन। म तपाईंहरूलाई आँखा खोलेर यी अफवाहहरू अन्धाधुन्ध सुन्‍न छोड्नुहोस् भन्‍ने सल्‍लाह दिन्छु।” तिनीहरूले यसमा केही पनि भन्‍न सकेनन्। मेरी आमाले रिसाउँदै भन्‍नुभयो, “तँ हाम्रो कुरै सुन्दिनस्। के तँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई छोड्न त्यति गाह्रो लाग्छ? तेरो विश्‍वासको कारण सबै परिवार तँप्रति चिन्तित छन्। तँ किन हाम्रो सल्‍लाह सुन्‍न मान्दिनस्?” त्यसपछि उहाँ रुन थाल्‍नुभयो। मेरी आमा त्यति दुःखित हुनुभएको देख्दा मलाई साँच्‍चै गाह्रो भयो। उहाँले हामी तीनै जनालाई आफै हुर्काउनुभएको थियो, र यसो गर्नु उहाँलाई सजिलो थिएन। अहिले उहाँ वृद्ध हुनुभएको थियो, उहाँले मेरो बारेमा चिन्ता गरेको म चाहन्‍नथिएँ। यो सोच्दा म आँसु झार्न लागेकी थिएँ। त्यसपछि मेरी बहिनीले मलाई भनिन्, “हेर्नुस् त तपाईंले हाम्री आमालाई के गरिरहनुभएको छ। तपाईं उहाँलाई चाहनुहुन्छ कि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई?” मेरी दिदीले मलाई निर्दयी मुद्रामा भनिन्, “यदि तँ तेरो धर्ममा नै लागिरहन चाहन्छेस् भने, तँलाई परिवार जस्तो व्यवहार नगरेकोमा तैँले हामीलाई दोष दिन पाउँदिनस्। तैँले कसैलाई ठगेको छेस् भनेर हामी तँलाई अपराध गरेको आरोपमा पुलिसकहाँ रिपोर्ट गरिदिनेछौं, र तिनीहरूले तँलाई चीनमा लैजानेछन्। नबिर्सी, तँलाई क्यानडा ल्याउन आर्थिक सहयोग गर्ने एक जना व्यक्ति म पनि हुँ।” तिनीहरू सबैले यसो भनेको सुन्दा मलाई अत्यन्तै रिस उठ्यो। तिनीहरूले मलाई मेरो विश्‍वास त्याग्‍न लगाउनको लागि जबरजस्ती गर्नेछन्, र त्यस्तो द्वेषपूर्ण, घृणित रणनीतिहरू प्रयोग गरेर धम्की समेत दिनेछन् भन्‍ने मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। म यो कुरामा पर्न सक्दिनथिएँ। म पहिले नै क्यानडाको नागरिक भइसकेकी थिएँ, त्यसकारण तिनीहरूले मलाई मनोमानी ढङ्गले आरोपहरू लगाउन र निर्वासित गर्न लगाउन सक्दैनथिए। मैले कहिल्यै पनि एउटै रगत र मासुबाट आएकी मेरी दिदीले मलाई त्यस्तो कुरा भन्‍नेछिन् भनेर कल्‍पना गरेकी थिइनँ। मलाई अत्यन्तै नरमाइलो लाग्यो र मैले आँसु बन्द गर्न सकिनँ।

त्यसपछि मलाई मण्डलीको एउटा भजन याद आयो। “तपाईं सधैँ मेरै साथमा हुनुहुन्छ”: “तपाईंको वचन र कामले मलाई अगुवाई गर्छ, र तपाईंको प्रेमले मलाई तपाईंलाई पछ्याउन तपाईंतिर तान्छ। म हरेक दिन तपाईंका वचनहरूमा रमाउँछु। तपाईं मेरो सधैँको साथी हुनुहुन्छ। म नकारात्मक र कमजोर हुँदा, मेरो भरणपोषण र शक्ति तपाईंको वचन नै हुन्छ। मैले वाधा-व्यवधान र असफलता भोग्दा, तपाईंको वचनले मलाई सहयोगको हात दिन्छ। मलाई शैतानले पकडमा पारेको बेला, तपाईंको वचनले मलाई साहस र बुद्धि दिन्छ। मैले परीक्षा र शोधनको सामना गर्दा, तपाईंको वचनले मलाई गवाही बन्‍न अगुवाइ गर्छ। तपाईंको वचनले मलाई साथ र अगुवाइ दिन्छ, र मेरो हृदय न्यानो र सहज हुन्छ। तपाईंको प्रेम कति वास्तविक छ, र मेरो हृदय कृतज्ञताले भरिन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मलाई थाहा थियो मेरो कुरा बुझ्‍न नसक्‍ने अत्याचारी परिवारमा हुँदा पनि, परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ। उहाँका वचनहरूको अन्तर्दृष्टि र अगुवाइद्वारा, मैले शैतानका चलाकीहरूलाई देख्‍न सकेँ, र आफ्‍ना वचनहरूद्वारा परमेश्‍वरले मलाई सान्त्वना दिनुभयो, र शक्ति र विश्‍वास दिनुभयो। मैले यसको बारेमा त्यसरी विचार गर्दा मलाई त्यति धेरै व्याकुलताको महसुस भएन। मलाई अर्को खण्ड पनि याद आएको थियो: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। … तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरा मिठासपना पनि बाँड्नेछन्। तिमीहरूको निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। यसलाई मनन गरेपछि, मैले स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग कोही पनि जोगिन नसक्‍ने कठिनाइहरूले भरिएको छ। मेरो परिवारबाट आएको यो दमन र प्रहारहरू शैतानको अघि गवाहीको रूपमा खडा हुने मेरो मौका थियो। यो परमेश्‍वरले मलाई उत्थान गरिरहनुभएको र आशिष्‌ दिइरहनुभएको घटना थियो, जुन कुरा मैले सहज वातावरणबाट कहिल्यै पनि प्राप्त गर्नेथिइनँ। त्यो कष्ट-भोगको मूल्य र अर्थ थियो। यो साँचो मार्ग हो, यो परमेश्‍वरको कार्य हो भन्‍ने कुराप्रति पक्‍का भएकी हुनाले, मैले जति नै धेरै दमन र दुर्गतिको सामना गरे पनि, म परमेश्‍वरलाई नै पछ्याइरहन तयार थिएँ।

म परिवर्तन हुँदिन भन्‍ने देखेपछि, उहाँका आँखाहरू रिसले चूर देखिन्थे, र उहाँले झोक्‍किँदै भन्‍नुभयो, “तेरो साथीले नै तँलाई धर्म परिवर्तन गराएको हो भन्‍ने मलाई थाहा छ। उसले तँबाट पैसा मात्रै पाउन चाहन्थी। मलाई उसप्रति घृणा लागेको छ। पत्याए पनि नपत्याए पनि, म जेल नै पर्नु परे पनि म त्यसलाई मार्छु।” उहाँले यसो भनेको सुन्दा म पूर्ण रूपमा चकित भएँ, र मलाई धेरै डर लाग्यो। म नकामी बस्‍न सकिनँ। मैले कहिल्यै पनि यतिका वर्षसम्‍म सँगै बसेको व्यक्ति अचानक यस्तो निर्दयी बन्‍न सक्छ भनेर सोचेकी थिइनँ। उहाँ कस्तो प्रकारको श्रीमान हुनुहुन्थ्यो? उहाँ पक्‍कै पनि परमेश्‍वर र सत्यतालाई घृणा गर्ने भूत हुनुहुन्थ्यो! मलाई विश्‍वासबाट अलग राख्‍नको लागि मात्रै उहाँले त्यस्तो भयानक कुरा भन्‍नुभयो। त्यो बेला मैले उहाँको निर्दयी पक्ष देखेँ र उहाँले मेरो साथीलाई मार्नुहुनेछ भन्‍ने मलाई साँच्‍चै नै डर लागेको थियो। मैले मेरी आमाले भन्‍नुभएको कुरालाई बिर्सने मौका पाएकी थिइनँ, “तिमीहरू दुई जना त झगडा गर्ने रहेछौ। लुगा लिएर केही दिन मेरो घरमा बस्‍न आइज। तैँले बाहिरको मान्छेलाई सम्पर्क गर्न वा तँ काम गर्न जान पाउँदिनस्, तर तँ घरमै बसेर तैँले के गरेकी छेस् त्यसको बारेमा विचार गर्नुपर्छ।” उहाँको यो कुरा सुन्दा मलाई चिन्ता लाग्यो। मेरो श्रीमानको दिमाग ठेगानमा थिएन—उहाँले के गर्नुहुन्थ्यो कसलाई के थाहा। उहाँले मेरो फोन फुटाइदिनुभएको थियो त्यसैले मैले मेरी साथीलाई सतर्क गराउन सक्दिनथिएँ। अब तिनीहरूले मलाई कसैसँग सम्पर्क गर्न वा काम गर्न जान दिइरहेका थिएनन्। के त्यो गृह-बन्दी गर्नु होइन र? मण्डलीसँग कसरी सम्पर्कमा रहने र मण्डली जीवन बिताउने मलाई थाहा थिएन। मैले तुरुन्तै हृदयमा परमेश्‍वरलाई पुकारेँ र मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि मलाई पश्चिमी देशहरूमा धार्मिक अधिकारको रक्षा गरिएको छ, त्यसकारण मानिसहरूसँग विश्‍वासको स्वतन्त्रता हुन्छ भन्‍ने याद आयो। मेरा दिदीबहिनीहरूले मेरो बारेमा प्रहरीलाई रिपोर्ट गर्न, मेरो निन्दा गर्न चाहन्थे, त्यसकारण मैले पनि प्रहरीलाई रिपोर्ट दिन सक्थेँ। एउटा कारण, मेरी साथीको सुरक्षाको लागि थियो, र अर्को कारण, प्रहरी संलग्‍न भए पनि, तिनीहरूले केही पनि गर्न सक्दैनथिए। त्यसकारण मैले मेरी आमालाई भनेँ, “म तपाईंको घरमा जान चाहन्‍न, म गएर पुलिसलाई रिपोर्ट गर्न चाहन्छु।” यो सुन्दा तिनीहरू चकित भए र तिनीहरूले केही पनि भनेनन्। म तुरुन्तै निस्केर पुलिस स्टेसनमा गइहालें। त्यहाँ पुगेपछि, मैले तिनीहरूलाई मेरो परिवारले मलाई मेरो विश्‍वासको कारण सताइरहेका छन् भन्‍ने बारेमा छोटकरीमा भनेँ। तिनीहरूले यस्तो कुरा पश्‍चिमी देशमा हुन्छ भनेर विश्‍वास पनि गर्न सकेनन्। तिनीहरू अत्यन्तै सहानुभूतिशील थिए, र तिनीहरूले मलाई घरमा फर्काएर लगे। तिनीहरूले मेरो श्रीमान र परिवारलाई चेतावनी दिए, “यो देशमा हामीसँग धार्मिक स्वतन्त्रताको अधिकार छ। तपाईंहरूले उहाँको विश्‍वासमा हस्तक्षेप गर्नु हुँदैन वा उहाँको व्यक्तिगत स्वतन्त्रतालाई रोक्‍नु हुँदैन। यदि उहाँ काम गर्न जान चाहनुहुन्छ भने, तपाईंहरूले रोक्‍न सक्‍नुहुन्‍न। यसको साथै, पहिचान खुल्‍ने कागजातहरू व्यक्तिगत सम्पत्ति हुन्। ती कागजातहरू उहाँलाई फिर्ता दिनुहोस्।” पुलिसको यो कुरा सुनेर तिनीहरूले मलाई जबरजस्ती गर्ने आँट गरेनन्। म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ, र मेरो लागि उम्कने बाटो खोल्‍नुभएकोमा उहाँलाई धन्यवाद दिएँ।

मेरो श्रीमान कानुनले बाँधिनुभएको थियो, त्यसकारण उहाँले मेरो विरुद्धमा केही गर्ने आँट गर्नुभएन, तर उहाँले हरेस खानुभएन र मलाई मेरो विश्‍वास जबरजस्ती त्याग्‍न लगाउनको लागि उहाँले विभिन्‍न उपायहरू सोचिरहनुभयो। दुई दिनपछि, उहाँले मलाई हाम्रो घर उहाँको नाममा नामसारी गर्न जबरजस्ती गर्न थाल्‍नुभयो। उहाँले यसो भन्दा मलाई चिन्ता लागेको थियो। ठीक दुई दिन पहिले, उहाँले मेरो सबै रकम र गरगहना लिनुभएको थियो, र अहिले मैले घर उहाँको नाममा नामसारी गरिदिएको उहाँ चाहनुहुन्थ्यो। यदि उहाँले मलाई निकाल्‍नुभयो भने, मेरो हातमा केही पनि हुनेथिएन। साथै मेरा बुबाआमा र दिदीबहिनीहरूले मलाई बस्‍न दिनेथिएनन्। त्यो सबै कुराको बारेमा विचार गर्दा मलाई फेरि रिस उठ्न थाल्यो, तर मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्‍वरले एक व्यक्तिलाई वास्ता गर्नुहुन्छ, यो व्यक्तिलाई हेरचाह गर्नुहुन्छ, र त्यसै समयमा शैतानले उहाँको हरेक पाइलामा समस्या खडा गर्छ। परमेश्‍वरले जसलाई कृपा गर्नुहुन्छ, शैतानले पनि त्यसको पछिपछि लागेर त्यसलाई हेरिरहन्छ। यदि परमेश्‍वरले यो व्यक्तिलाई चाहनुहुन्छ भने शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरले गर्नुहुने कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएको सबैलाई त्यसले आफ्नो बनाउन चाहन्छ, त्यो तिनीहरूमा बास गर्न चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्‍ट कार्य गर्नमा तिनीहरू पनि त्यससँगै सहभागी होऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। “यदि मानिसहरूले मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त हुन चाहन्छन् भने, परमेश्‍वरलाई पछ्याउनेहरू सबैले शैतानबाट आउने ठूलो र सानो दुवै परीक्षाहरू र आक्रमणहरूको सामना गर्नुपर्दछ। जो यी परीक्षाहरू र आक्रमणहरूबाट भएर जान्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, परमेश्‍वरद्वारा बचाइएकाहरू तिनीहरू नै हुन्। भन्नुको अर्थ, जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूबाट भएर गएका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेका मानिसहरू हुन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूले परमेश्‍वरको इच्छा र मागहरू बुझ्दछन्, र उनीहरूले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको बीचमा पनि तिनीहरूले परमेश्‍वरको भय मान्ने र खराबबाट अलग रहने मार्ग छोड्दैनन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूमा इमानदारीता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणा बीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र विवेकशील हुन्छन्, र तिनीहरू परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरू शैतानद्वारा बाँधिँदैनन्, जासुसी वा दुर्व्यवहार गरिँदैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरू पूर्ण मुक्त र रिहा गरिएका हुन्छन्। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभएको महत्त्व पनि ठीक यही थियो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। अय्यूबले शैतानका दोषारोपण र परीक्षाहरूबाट पार गर्न सक्‍नुको कारण भनेको तिनीसँग परमेश्‍वरप्रति सच्‍चा विश्‍वास, आज्ञापालन, र श्रद्धाभाव थियो। तिनले परमेश्‍वरको ठोस नियममा विश्‍वास गरेका थिए र तिनीसँग भएको सबै कुरा परमेश्‍वरले नै तिनलाई दिनुभएको थियो, त्यसकारण परमेश्‍वरले दिनुभए पनि वा खोस्‍नुभए पनि तिनले त्यसलाई स्वीकार गर्न र उहाँमा समर्पित हुन सके। जब अय्यूबले आफ्‍नो सम्पत्ति, छोराछोरी गुमाए, अनि जिउ भरी खटिरा निस्क्यो, तिनले अझै पनि परमेश्‍वरलाई दोष दिएनन्, तर उहाँको नाउँको प्रशंसा गरे। तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं अझ पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। र तिनले उनलाई यसो भन्दै हप्काए, “तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ? के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबको गवाही मेरो लागि साँचो रूपमा प्रेरणादायी थियो। म पनि उनीजस्तै हुन चाहन्थेँ। मेरो श्रीमानले मलाई जति दमन गर्नुभए पनि वा मबाट उहाँले जति नै सम्पत्ति लिनुभए पनि, उहाँले मलाई घरबाट निकालिदिनुभयो र मलाई रित्तो हात पार्नुभयो भने पनि, म अझै पनि विश्‍वासमा रही परमेश्‍वरलाई नै पछ्याइरहनेथिएँ, साक्षीको रूपमा खडा भएर शैतानलाई लज्‍जित पार्नेथिएँ।

भोलिपल्‍ट, जग्‍गा धितोको नामसारी गर्न बैङ्क जाँदा, बैङ्कको कर्मचारीले हामीलाई यो नयाँ कर्जा हो, त्यसकारण हामीले नयाँ धितो गर्न चाहे, यो अत्यन्तै जटिल प्रक्रिया हुनेछ र त्यसमा हुने घाटा धेरै हुनेछ भनेर बतायो। तिनले हामीलाई सम्‍भव भए, हामीले पाँच वर्षपछि मात्रै नामसारी गर्नू भनी सुझाव दिइन्। मेरो श्रीमानले केही पनि गर्न सक्‍नुभएन, त्यसकारण उहाँले हरेस खानुभयो। मैले परमेश्‍वरलाई हृदयदेखि नै धन्यवाद दिएँ र परमेश्‍वरका वचनहरू कति साँचो छन् भन्‍ने कुरा साँचो रूपमा अनुभव गरेँ: “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। त्यसपछि म दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा रहेँ। जब मेरो श्रीमानले थाहा पाउनुभयो, तब उहाँले मलाई म अझै भेलाहरूमा गइरहनेछु कि भनेर सोध्‍नुभयो। मैले प्रतिक्रियामा सोधेँ, “तपाईं फेरि मेरो मार्गमा खडा हुने योजना बनाउँदैहुनुहुन्छ? त्यसो हो भने, म सरेर अर्कै ठाउँमा बस्‍न सक्छु। के तपाईंलाई मण्डलीले मलाई ठग्नेछ, र मैले मेरो परिवार त्याग्‍नेछु भन्‍ने चिन्ता लागेको हैन र? मण्डलीमा बिताएको यतिका वर्षमा, के तिनीहरूले मलाई कुनै रकम ठगेका छन्? के हामी विश्‍वासीहरूले हाम्रो परिवारलाई त्यागिरहेका छौं भन्‍ने हल्‍ला साँचो हो?” उहाँ चकित हुनुभयो, र केही समयपछि भन्‍नुभयो, “तिमीले ठीक भन्यौ। मण्डलीले तिमीलाई कुनै रकम ठगेको देखेको छैन, र तिमीले हामीलाई त्यागेकी पनि छैनौ। म साँच्‍चै ती अफवाहहरूमा परेको रहेछु। मैले तिमीलाई ठगीमा पर्नबाट बचाउन चाहन्थेँ। तिमीले अझै पनि जेमा विश्‍वास गर्न चाहन्छौ गर्न सक्छौ।” म अत्यन्तै खुशी भएँ। उहाँले मलाई बाधा दिन थाल्‍नुभएदेखि नै म भेलाहरूमा आएकी थिइनँ, र उहाँले मलाई उप्रान्त बाधा दिनुहुनेछैन भन्‍ने मलाई थाहा भयो। पछि, उहाँलाई हाम्रो आर्थिक कारोबार व्यवस्थापन गर्नु वास्तवमै टाउको दुखाइको कार्य र उहाँलाई मन नपर्ने कुरा हो भन्‍ने लाग्यो, त्यसकारण उहाँले मलाई सबै कुरा व्यवस्थापन गर्न हस्तान्तरण गर्नुभयो। उहाँले फेरि कहिल्यै पनि धितो नामसारी गर्ने कुरा गर्नुभएन।

मेरो परिवारले मलाई दमन गरेको यो अनुभवले कम्युनिस्ट पार्टी कति दुष्ट छ भन्‍ने कुरा देखायो। यो कार्य चीनका इसाईहरूलाई पागलले झैँ सताउने र पक्राउ गर्ने कार्य मात्रै होइन, तर यसले अनलाइनमा झूटहरू फैलाउने, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा गर्ने, सारा संसारलाई मूर्ख बनाएर परमेश्‍वरको विरुद्धमा जान लगाउने, यस क्रममा परमेश्‍वरसँग संघर्ष गर्न लगाउने कार्य पनि हो ताकि सबै जनाले नरकमा दण्ड भोगून्। कम्युनिस्ट पार्टी दुष्ट भूत हो जसले परमेश्‍वरको विरोध गर्छ, मानिसहरूलाई बहकाउँछ, र तिनीहरूलाई जिउँदै निल्छ। शैतान अत्यन्तै दुष्ट छ, तर परमेश्‍वरको बुद्धि शैतानका युक्तिहरूका आधारमा प्रयोग हुन्छ। शैतानले मलाई परमेश्‍वरलाई धोका दिन लगाउनको लागि, मलाई मेरो मुक्तिको मौका गुमाउनको लागि दमनको प्रयोग गर्न चाहन्थ्यो तर त्यसले कहिल्यै पनि यसले गर्दा मैले समझशक्ति प्राप्त गर्नेछु र त्यसको कुरूपतालाई देख्‍नेछु भन्‍ने कल्‍पना गरेको थिएन। मैले यसलाई मेरो हृदयदेखि सरापेँ र इन्कार गरेँ, र परमेश्‍वरमाथिको मेरो विश्‍वास झन् बलियो भएको छ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विश्‍वास: शक्तिको स्रोत

र्‍याण्डी, म्यान्मार अगष्ट २०२० मा, मैले परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनलाइन अनुसन्धान गरिरहेको थिएँ। दाजुभाइ-दिदीबहिनीहरूले मसँग,...

एक डाक्टरको निर्णय

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर...

पाष्टरको दुष्टतालाई देख्दा

क्षीयोचि, म्यान्मार मैले सेप्टेम्बर २०२० मा एक जना सिस्टरलाई अनलाइन भेटेँ। उनले मलाई प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर...

सबैभन्दा अर्थपूर्ण निर्णय

बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्‍वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्