मैले कसरी मेरो परिवारको सतावटलाई सामना गरेँ
म सानो छँदा, मेरी आमाले मलाई प्रायजसो यसो भन्नुहुन्थ्यो: “छोरी मान्छेको लागि, राम्रो श्रीमान खोजेर सुखी परिवार बनाउनु जत्तिको राम्रो कुरा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले सन् २०१६ मा सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गरेँ, र मेरो श्रीमान्लाई सुसमाचार सुनाएँ। मैले परमेश्वरमाथि आस्था पाएपछि, तिनले मेरो सम्पूर्ण व्यवहार परिवर्तन भएको, र म धेरै शान्त स्वभावकी भएको देखे। त्यसैले मेरो श्रीमान्लाई परमेश्वरमा विश्वास गर्नु साँच्चै राम्रो कुरा हो भन्ने लाग्यो, र तिनले मेरो विश्वासलाई समर्थन गरे। तर तिनले आफूसँग चाहिँ परमेश्वरमा विश्वास गर्ने समय नभएको, र आफूले पैसा कमाउन चाहेको बताए। अनि एकदिन कामबाट घर फर्केपछि, तिनले मलाई सोधे, “तिमी ‘पूर्वीय ज्योति’ मा विश्वास गर्छौ, होइन र? आज मैले माइकलाई गाडीमा घरसम्म छाडिदिएँ, बाटामा उसले मलाई उसको मण्डलीका पाष्टर र एल्डरहरू सबैले पूर्वीय ज्योति साँचो मार्ग होइन, यसका प्रवचनहरू उच्च हुन्छन् र सजिलै बहकिन सकिन्छ भन्छन् भनेर सुनायो। माइकले मलाई पूर्वीय ज्योतिका प्रवचनहरू नसुन्नू भनेर तिमीलाई सम्झाउन आग्रह गरेको छ।” माइक मेरो श्रीमान्का हाकिम थिए, जो लामो समयदेखि प्रभुमा विश्वास गर्थे, र निकै प्रतिभाशाली पनि थिए। मेरो श्रीमान्ले तिनको साह्रै प्रशंसा गर्थे। मेरो श्रीमान्ले माइकको कुरामा विश्वास गरेको देखेर, मैले तिनलाई भनेँ, “तपाईँ परमेश्वरमाथिको आस्था बुझ्नुहुन्न, त्यसैले तपाईँले अरूले भनेको कुरा जस्ताको तस्तै भन्नु हुँदैन।” तिनी एकछिन हिचकिचाए, र त्यसपछि केही बोलेनन्।
केही समय बितेपछि, एकदिन मेरो श्रीमान्ले निकै गम्भीर भएर मलाई भने, “मैले अनलाइनमा केही अनुसन्धान गरेँ, तिमीले विश्वास गर्ने सर्वशक्तिमान् परमेश्वर त त्यही पूर्वीय ज्योति पो रहेछ जसमाथि चिनियाँ कम्युनिस्ट पार्टीले कडा कारबाही गरिरहेको छ। सर्वशक्तिमान् परमेश्वरबारे अनलाइनमा धेरै रायहरू छन्, उहाँ परमेश्वर नभएर एउटा व्यक्ति मात्र हुनुहुन्छ, र तिनीहरूले पैसा कमाउनका लागि मानिसहरूलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा ल्याउँछन् भनिएको छ। त्यसैले अबदेखि, तिमीलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीका मानिसहरूसँग भेटघाट गर्न अनुमति छैन। मलाई तिमी ठगिन्छौ कि भन्ने डर छ।” मेरो श्रीमान्ले त्यसो भनेको सुनेर मलाई साह्रै रिस उठ्यो र मैले भनेँ, “अनलाइनका ती धेरैजसो अफवाह चिनियाँ कम्युनिस्ट पार्टीले बनाएर फैलाएका हुन्। तपाईँले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नुभएको छैन, अनि तपाईँ सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बुझ्नुहुन्न, त्यसैले तपाईँले अनलाइनका अफवाहका आधारमा मनपरी आलोचना गर्नु हुँदैन। तपाईँलाई थाहै छ, सबै इसाईहरू प्रभु येशूमा विश्वास गर्छन् र उहाँ साँचो परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छन्। तर दुई हजार वर्ष पहिले जब प्रभु येशू आफ्नो काम गर्न आउनुभयो, धेरै मानिसहरूले उहाँको निन्दा गरे र उहाँलाई इन्कार गरे। तिनीहरूले उहाँ एक साधारण व्यक्ति मात्र हो, सिकर्मीको छोरा हो भने। बाहिरबाट हेर्दा प्रभु येशू एक साधारण व्यक्तिजस्तो देखिनुभए पनि, उहाँमा ईश्वरीय सार थियो, साथै सत्यता व्यक्त गर्ने र मानवजातिलाई छुटकारा दिने क्षमता थियो। उहाँ देहमा हुनुभएको परमेश्वरको आत्मा, मानवजातिका छुटकारादाता हुनुहुन्थ्यो। चिनियाँ कम्युनिस्ट पार्टीका अनुसार, बाहिरबाट साधारण व्यक्तिजस्तो देखिने कोही पनि परमेश्वर होइन। के त्यसले प्रभु येशू ख्रीष्टलाई पनि इन्कार गर्दैन र? प्रभु येशूजस्तै, बाहिरबाट हेर्दा सर्वशक्तिमान् परमेश्वर एक साधारण व्यक्ति हुनुहुन्छ, तर उहाँले सत्यता, परमेश्वरको आवाज व्यक्त गर्न सक्नुहुन्छ। उहाँ पृथ्वीमा ओर्लनुभएको मुक्तिदाता हुनुहुन्छ। मैले सर्वशक्तिमान् परमेश्वरका धेरै वचन पढेकी छु। उहाँले बाइबलका धेरै रहस्यहरू खोल्नुहुन्छ, अनि शैतानले कसरी मानिसहरूलाई भ्रष्ट पार्छ, परमेश्वरले कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ, संसारको सबै अन्धकार र दुष्टताको जड के हो, र मानवजातिको भ्रष्टताको सत्यता के हो भनी देखाउनुहुन्छ। उहाँको वचनले हामीलाई पापबाट छुटकारा पाउने, परमेश्वरको मुक्ति प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग पनि देखाउँछ। कुनै पनि प्रसिद्ध वा महान् व्यक्तिले यी सत्यता र रहस्यहरू व्यक्त गर्न सक्दैन। सम्पूर्ण मानवजातिमध्ये, कसले सत्यता व्यक्त गर्न सक्छ? कसले मानवजातिलाई छुटकारा र मुक्ति दिन सक्छ? कसैले सक्दैन। यसले प्रमाणित गर्छ कि सर्वशक्तिमान् परमेश्वर साँच्चै नै मानव संसारमा आउनुभएको परमेश्वरको देहधारी आत्मा हुनुहुन्छ, र उहाँ नै एक मात्र साँचो परमेश्वर हुनुहुन्छ। अनलाइनमा, कसै-कसैले सर्वशक्तिमान् परमेश्वर एक व्यक्ति हुनुहुन्छ, परमेश्वर होइन भनिरहेका हुन्छन्। तर त्यस्ता सबै कुरा परमेश्वरको निन्दा गर्ने अफवाह र शैतानी कुरा हुन्।” मैले आफ्नो श्रीमान्लाई यो पनि भनेँ कि सर्वशक्तिमान् परमेश्वरको मण्डलीले कहिल्यै भेटी चढाउन आह्वान गरेको छैन। हामीले पढ्ने परमेश्वरका वचनका सबै पुस्तकहरू निःशुल्क वितरण गरिन्छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीले मानिसहरूबाट पैसा कमाउँदैछ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको दाबी सबै अफवाह र बदनामी मात्र हुन्। मैले तिनलाई त्यो भ्रामक बकबासमा विश्वास नगर्न भनेँ। तर मेरो कुरा सुनिसकेपछि, तिनी एक शब्द नबोली हिँडे।
एक पटक म सुसमाचार प्रचार गरेर घर फर्कँदा, मेरो श्रीमान्ले दुःखी भएर मलाई भने, “मैले अनलाइनमा केही अनुसन्धान गरेँ, र सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने मानिसहरूले आफ्नो परिवार त्याग्छन् भन्ने देखेँ। तिमी आजभोलि धेरै बाहिर गइरहेकी छौ। के तिमी घर छोड्ने योजनामा छौ?” मैले भनेँ, “म हाम्रो घरको यति राम्रो हेरचाह गर्छु। म यसलाई कसरी त्याग्न सक्छु र? म त मानिसहरूले मुक्तिदाता आउनुभएको छ भनी थाहा पाऊन् र उहाँको मुक्ति स्वीकार गर्न सकून् भनेर सुसमाचार प्रचार गर्न बाहिर जान्छु। यसको मतलब म आफ्नो परिवार त्याग्न जाँदैछु भन्ने कसरी हुन सक्छ र? तपाईँले देख्नुभएकै छ, मानिसहरू कसरी जतिखेर नि झन्-झन् भ्रष्ट बन्दैछन्, दुष्ट प्रवृत्तिहरू पछ्याउँदैछन् र पापमा जिउँदैछन्। तपाईँका साथीहरूलाई हेर्नुहोस् त—तिनीहरू सबै कि त जुवा खेल्छन् कि त वेश्याकहाँ जान्छन्। संसार यति दुष्ट भइसकेको छ। मानवजातिले परमेश्वरलाई इन्कार र प्रतिरोध गर्छ, र भ्रष्टता उच्च बिन्दुमा पुगेको छ। बाइबलले आखिरी दिनहरूमा महाविपत्तिहरू आउनेछन् जसले भ्रष्ट मानवजातिलाई नष्ट गर्नेछन् भनी अगमवाणी गरेको छ। वर्तमान युगमा, प्रकोपहरू झन्-झन् गम्भीर बन्दै गइरहेका छन्। सर्वशक्तिमान् परमेश्वरको न्याय र सजायलाई स्विकारेर, अनि पाप र भ्रष्टतालाई फालेर मात्र मानवजातिले परमेश्वरको सुरक्षा पाउन, विपत्तिहरूमा बाँच्न, र उहाँको राज्यमा प्रवेश गर्न सक्छ। हामी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेहरूले मानवजातिलाई मुक्ति दिने उहाँको अत्यावश्यक अभिप्राय बुझ्छौँ; हामी देहसुखहरू त्याग्छौँ, र परमेश्वरको राज्यको सुसमाचार प्रसार गर्छौँ र त्यसको गवाही दिन्छौँ। यो सही र न्यायसङ्गत छ! तर चिनियाँ कम्युनिस्ट पार्टीले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न, सुसमाचार प्रचार गर्न, वा उहाँको गवाही दिन अनुमति दिँदैन। चिनियाँ कम्युनिस्ट पार्टीले पागल जसरी इसाईहरूलाई पक्रने र सताउने गरिरहेको छ, जसले गर्दा धेरै इसाईहरू आफ्नो परिवार छोड्न बाध्य भएका छन्, घर फर्कन सकेका छैनन्, र कतिपयलाई त पक्राउ गरेर जेल हालिएको वा सताएर मारिएको समेत छ। के यो सबै चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई सताएको परिणाम होइन र? तर चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले आफ्नो परिवार त्यागिरहेका हुन्छन् भन्दै पीडितहरूबारे झूटो आरोप लगाउँछ। के यो तथ्यलाई बङ्ग्याउनु र सत्यलाई उल्टो पार्नु होइन र? चिनियाँ कम्युनिस्ट पार्टी दुष्ट छ, र यसले झूटबाहेक केही बोल्दैन। तपाईँले चिनियाँ कम्युनिस्ट पार्टीलाई घृणा गर्नु त परै जाओस्—तपाईँ तिनका शैतानी कुराहरू समेत विश्वास गर्नुहुन्छ। तपाईँ चिनियाँ कम्युनिस्ट पार्टीसँगै लागेर, हामी परमेश्वरमा विश्वास गर्नेहरूले आफ्नो परिवार त्याग्छौँ भन्नुहुन्छ। यो त सही र गलत छुट्याउन नसक्नु हो।” तर मेरो श्रीमान् चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूको छलमा परेका थिए, र मैले जे भने पनि सुन्दैनथे। तिनले धेरै रिसाएर भने, “मलाई मतलब छैन। तिमी जेमा विश्वास गर्न चाहन्छौ गर, तर तिमीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न अनुमति छैन।” तिनको मनोवृत्ति यति कठोर भएको देखेर म आत्तिएँ। हाम्रो विवाह भएको एक दशकभन्दा बढी भइसकेको थियो, र हामीले सँगै धेरै कष्टहरू भोगेका थियौँ। जे-जस्ता समस्याहरू आइपरे पनि, हामीले सँगै छलफल गर्थ्यौँ, र एकअर्कालाई समर्थन गर्थ्यौँ, हामीबीच कुनै ठूलो विवाद हुँदैनथ्यो। तर अहिले मैले सर्वशक्तिमान् परमेश्वरमा आस्था राखेका कारण तिनी मसँग अत्यन्तै रिसाएका थिए। मलाई धेरै दुखित भएँ, र परमेश्वरले मलाई उहाँको अभिप्राय बुझ्न डोऱ्याउनुहोला भन्ने आशामा मैले मौन प्रार्थना गरेँ। प्रार्थना गरेपछि, मलाई परमेश्वरको वचनमा भनिएको यो कुरा याद आयो: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरको वचनले मलाई के बुझ्न मदत गर्यो भने, बाहिरबाट हेर्दा, परमेश्वरमाथिको मेरो विश्वासमा मेरो श्रीमान्ले रोकिरहेको जस्तो देखिन्थ्यो। तर वास्तवमा, यो सबैको पछाडि शैतानको बाधा थियो। शैतानले मानिसहरूलाई सधैँभरि शासन गर्न र आफ्नो कब्जामा राख्न चाहन्छ, र त्यसले मलाई परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउनबाट रोक्न हरसम्भव प्रयास गर्यो। शैतानले अफवाह र भ्रमहरू प्रयोग गरेर मेरो श्रीमान्लाई बहकायो ताकि तिनले मलाई बाधा दिऊन् र सताऊन्; परिणामस्वरूप, म आफ्नो श्रीमान्प्रतिको स्नेहको बन्धनमा परूँ, र मैले साँचो मार्ग त्यागेर परमेश्वरलाई धोका दिऊँ। शैतान कति छलीपूर्ण र दुर्भावपूर्ण छ! यो कुरा बुझिसकेपछि, मैले सङ्कल्प गरेँ कि शैतानले जति नै बाधा दिए पनि, म परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन प्रतिबद्ध रहनेछु, र शैतानसँग कहिल्यै सम्झौता गर्नेछैन! त्यसैले मैले आफ्नो श्रीमान्लाई भनेँ, “म परमेश्वरमा विश्वास गर्छु र उहाँलाई पछ्याउँछु। यो जीवनको सही मार्ग हो। यो मेरो रोजाइ हो, र तपाईँलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन!” मेरो श्रीमान्ले केही भन्न सक्ने अवस्था थिएन। तिनी क्रोधित भए, र बाहिर निस्के।
एकदिन मेरो श्रीमान्ले मलाई परमेश्वरका वचनका भजनहरू सुनिरहेको देखेपछि तिनले तुरुन्तै अनुहार बिगारे र रिसाउँदै भने, “मैले तिमीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न पाउँदैनौ भनेर भनेको होइन? तिमी किन कहिल्यै सुन्दिनौ? माइकले धेरै वर्षदेखि प्रभुमा विश्वास गरेको छ, र ऊ एक भक्त इसाई हो। तिनले मलाई पूर्वीय ज्योति साँचो मार्ग होइन भनेर भनेका छन्। त्यसैले यदि तिमी परमेश्वरमा विश्वास गर्न चाहन्छौ भने, तिमी माइकको मण्डलीमा जान सक्छौ। त्यो ठूलो छ र त्यसले राम्रो ख्याति कमाएको छ। यदि तिमी जान चाहन्छौ भने, म तिम्रो साथी गइदिन सक्छु। हामी हरेक हप्ता सँगै जान सक्छौँ, र माइकले आफ्नो पाष्टरलाई तिमीसँग कुरा गराउन सक्छ।” मैले तिनलाई भनेँ, “तपाईँ किन माइकको कुरा पत्याउनुहुन्छ र त्यो पाष्टरलाई त्यति धेरै श्रद्धा गर्नुहुन्छ? तपाईँ पाष्टरसँग योग्यता छ, र राम्रो ख्याति छ भन्ने मात्र देख्नुहुन्छ, तर तपाईँ तिनीहरूले वास्तवमा के प्रचार गर्छन् भनेर हेर्नुहुन्न। तिनीहरू बाइबलीय ज्ञान र धर्मसिद्धान्तहरूबारे उही पुराना कुरा मात्र गर्छन्। तर जब प्रभुका वचनहरूलाई व्यवहारमा लागू गर्ने वा मानिसहरू पापमा जिउने समस्या समाधान गर्ने कुरा आउँछ, तिनीहरूसँग मूलतः भन्नलाई केही हुँदैन। त्यो मण्डलीमा गएर मैले केही पनि पाउँदिनँ। मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूबाट आनन्द र भरणपोषण पाउँछु, र सत्यताबारे अझ धेरै बुझ्न सक्छु, र सामान्य मानवता कसरी जिउने भनेर थाहा पाउँछु। मैले परमेश्वरमा आस्था भेट्टाएपछि म केही परिवर्तन भएको भनेर तपाईँ आफैले भन्नुभएको थियो। त्यसोभए तपाईँ किन तथ्यको आधारमा कुरा गर्नुहुन्न, र अफवाहहरूमा विश्वास गर्न अनि मलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नबाट रोक्न छोड्नुहुन्न?” तिनले त्यसविरुद्ध तर्क गर्न सकेनन्, त्यसैले तिनले मलाई यसो भन्दै धम्की मात्र दिए: “म तिमीलाई मनाउने प्रयास गर्छु, तर तिमी सुन्दिनौ। यदि तिमी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न जिद्दी गर्छौ भने, तिम्रो सबै पैसा र बैङ्कको बचत मलाई हस्तान्तरण गर, र तिम्रो नाममा भएको घर मलाई नामसारी गरिदेऊ।” तिनले त्यसो भनेको सुन्दा मेरो मुटुमा छुरा रोपे जस्तै भयो। हाम्रो विवाहको यतिका वर्षमा, म सधैँ मितव्ययी थिएँ र पैसा कमाउन कडा मेहनत गर्थेँ। घर किन्नका लागि पहिलो किस्ता जम्मा गर्न सजिलो थिएन। म त नयाँ लुगा किन्न पनि हिचकिचाउँथेँ। म हाम्रो घरप्रति पूर्ण रूपमा समर्पित थिएँ, र मेरो श्रीमान्ले मलाई यस्तो निर्दयी कुरा भन्न सक्छन् भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले परमेश्वरमाथि आस्था राखेकै कारण तिनले कसरी हामीले श्रीमान्-श्रीमतीका रूपमा बिताएका यतिका वर्षहरूलाई बेवास्ता गर्न सके? मसँग पैसा वा सम्पत्ति नभएको बेला, यदि तिनले मलाई घरबाट निकालिदिए भने, मैले के गर्ने? जब मैले यी सबै कुराहरू सोचेँ, मेरो मुटुमा छुरा घोपे जस्तै भयो। म सुत्ने कोठामा गएर रुन थालेँ, अनि आँसु झार्दै परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर, म कमजोर र पीडामा छु। मलाई यस्तो अवस्थाबाट कसरी पार पाउने भन्ने थाहा छैन। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्।” मैले प्रार्थना गरेपछि, मलाई परमेश्वरको वचनमा भनिएको यो कुरा याद आयो: “विगतमा, मानिसहरू सबै तिनीहरूका संकल्प गर्न परमेश्वरको सामु आउथे, र तिनीहरू भन्थे: ‘यदि कसैले परमेश्वरलाई प्रेम गर्दैन भने पनि मैले उहाँलाई प्रेम गर्नुपर्छ।’ तर अहिले, तपाईंमाथि शोधन आउँछ, अनि यो तेरा विचारहरूसँग नमिल्ने हुनाले तैँले परमेश्वरमाथिको विश्वासलाई गुमाउँछस्। के यो सच्चा प्रेम हो? तैँले अय्यूबका कामहरूको बारेमा धेरै चोटि पढेको छस्—के तैँले तिनको बारेमा भुलेको छस्? साँचो प्रेमको आकार भित्रको विश्वासबाट मात्र बन्छ। तँ जुन शोधनबाट भएर जान्छस्, त्यसद्वारा परमेश्वरको निम्ति साँचो प्रेमको विकास गर्छस्, अनि तेरो विश्वासद्वारा तँ आफ्नो व्यावहारिक अनुभवहरूमा परमेश्वरका अभिप्रायहरूको विषयमा विचारशील बन्न सक्छस्, अनि विश्वासद्वारा नै तँ आफ्नो देहको विरुद्धमा विद्रोह गर्न र जीवनको पछि लाग्न सक्छस्; मानिसले गर्नुपर्ने यही नै हो। यदि तैँले यसो गरिस् भने तैँले परमेश्वरका कामहरू देख्न सक्नेछस्, तर यदि तँमा विश्वासको कमी छ भने तैँले परमेश्वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरको वचनले मलाई शक्ति दियो। दमन र सङ्कष्टको सामना गर्दा, परमेश्वरले चाहनुहुने कुरा साँचो विश्वास र प्रेम हो। हामी जे-जस्तो अवस्थाबाट गुज्रिरहेका भए पनि, वा हामीले जति नै कष्ट भोग्नुपरे पनि, हामी उहाँबाट टाढा जान हुँदैन। आखिरी दिनहरूमा परमेश्वरको आवाज सुन्न पाउँदा, प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउँदा, परमेश्वरको देखापराइको साक्षी हुन पाउँदा, र यति धेरै सत्यताहरूको आपूर्तिको आनन्द लिन पाउँदा, म धेरै भाग्यमानी थिएँ। यो परमेश्वरको मुक्ति थियो। ख्रीष्टलाई पछ्याउनका लागि कष्ट भोग्नुको मूल्य र अर्थ छ। यो धार्मिकताका खातिर भोगिने सतावट हो। मैले प्रभु येशूका प्रेरित र चेलाहरूलाई सम्झेँ, जसले परमेश्वरलाई पछ्याए र उहाँका लागि गवाही दिए। तिनीहरू रोमी सरकारद्वारा क्रूरतापूर्वक सताइए, धार्मिक अगुवाहरूको निन्दा र दमनमा परे, र आफ्नो जीवनको बलिदान दिएर प्रभुका लागि शहीदसमेत बने। विगतका सन्तहरूको तुलनामा, मेरो आजको कष्ट त उल्लेख गर्न लायक पनि छैन। मैले आफ्ना लागि दुःख मान्नु हुँदैन, बरु तिनीहरूबाट सिक्नुपर्छ, र जति नै ठूलो दुःख भए पनि अन्तसम्म परमेश्वरलाई पछ्याउनुपर्छ। यी कुराहरू सोचेर, मैले आफ्नो आँसु पुछेँ, सुत्ने कोठाबाट बाहिर आएँ, र आफ्नो श्रीमान्लाई भनेँ: “हाम्रो विवाह भएको एक दशकभन्दा बढी भइसक्यो, र म हाम्रो घरप्रति समर्पित रहिआएको छु। अहिले तपाईँ मेरो सबै पैसा र सम्पत्ति खोस्न, र मलाई आर्थिक रूपमा नियन्त्रण गरेर साँचो मार्ग त्याग्न बाध्य पार्न चाहनुहुन्छ। तर म तपाईँको कुरा सुन्नेछैन। मैले परमेश्वरमा विश्वास गर्नैपर्छ!” मैले त्यसो भनेको सुनेपछि, मेरो श्रीमान् रिसले चूर भए, मानौँ तिनले आफ्नो होस गुमाएका थिए। तिनले मेरो एमपीथ्री प्लेयर खोसे, र त्यसपछि मेरा सबै व्यक्तिगत सामानहरू खोतलखातल गरे। तिनले मेरो परिचय खुल्ने सबै कागजातहरू, मेरो सुनचाँदीका गहना, र मेरो बैङ्क कार्ड र नगद सबै लगे। तिनले मेरो फोन पनि खोसेर भुइँमा फ्याँके, र त्यसपछि एउटा मुढा उठाएर फोन कच्याककुचुक हुने गरी हिर्काए। तिनले बाहिरी संसारसँग मेरो सम्पर्क तोड्न त्यसो गरेका थिए। त्यसपछि तिनले मेरा आमाबुबा, दिदीबहिनी, र ज्वाइँलाई हाम्रो घरमा बोलाए, र तिनीहरू सबै मिलेर ममाथि खनिए।
मेरो परिवारका सदस्यहरू नियमित रूपमा चिनियाँ समाचार माध्यमहरू हेर्थे र उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीलाई खुट्ट्याउन सकेका थिएनन्। तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको भाषणबाजीलाई जस्ताको तस्तै स्विकार्थे। मेरा दिदीबहिनीले अनलाइनमा चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई फसाउन र बदनाम गर्न बनाएका धेरै अफवाह फेला पारेका थिए, र मलाई चिनियाँ कम्युनिस्ट पार्टीले रचेको झाओयुआन घटनाबारे कुराहरू देखाए। मैले तिनीहरूलाई भनेँ, “मलाई त्यो सबै थाहा छ। झाओयुआन घटनाको सुनुवाइ चिनियाँ कम्युनिस्ट पार्टीको अदालतमा भएको थियो, र अपराधीहरू सबैले आफू सर्वशक्तिमान् परमेश्वरको मण्डलीको हिस्सा भएको कुरा इन्कार गरे। अदालतमा, तिनीहरूले स्पष्टसँग भने कि तिनीहरूको सर्वशक्तिमान् परमेश्वरको मण्डलीसँग कहिल्यै कुनै सम्पर्क भएको थिएन, तर चिनियाँ कम्युनिस्ट पार्टीका न्यायाधीशले तिनीहरू मण्डली सदस्य नै हुन् भनी जोड दिए। के यो मण्डलीलाई फसाउनु र दोष दिनु होइन र? के यो चिनियाँ कम्युनिस्ट पार्टीले बनाएको झूटो कानुनी मुद्दा होइन र? तपाईँहरू सबैलाई थाहा छ कि चिनियाँ कम्युनिस्ट पार्टी एक नास्तिक राजनीतिक पार्टी हो, र सत्तामा आएदेखि नै यसले धार्मिक आस्थालाई सताउँदै आएको छ। त्यसोभए तपाईँहरू चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका विरुद्धमा भनेको कुनै पनि कुरालाई कसरी विश्वास गर्न सक्नुहुन्छ?” तर मेरा दुई दिदीबहिनी चिनियाँ कम्युनिस्ट पार्टीको छलमा परेका थिए, र पार्टीले फैलाएका आधारहीन अफवाह र शैतानी कुराबारे तिनीहरूले कुनै सुझबुझ प्रयोग गरेनन्। तिनीहरूले मलाई भने, “यदि प्रमुख समाचार माध्यमहरूले त्यसो भनिरहेका छन् भने, त्यो कसरी गलत हुन सक्छ?” मैले भनेँ, “सबै चिनियाँ समाचार माध्यमहरू चिनियाँ कम्युनिस्ट पार्टीको सरकारद्वारा नियन्त्रित छन्— तिनीहरू चिनियाँ कम्युनिस्ट पार्टीका मुखपत्र हुन्। चिनियाँ कम्युनिस्ट पार्टीले जे भन्न लगाउँछ, तिनीहरूले त्यही भन्नुपर्छ, र तिनीहरूले वास्तविक तथ्यहरू प्रसारण गर्ने आँट गर्दैनन्। चिनियाँ कम्युनिस्ट पार्टीले केही विदेशी सञ्चार माध्यमहरूलाई पनि किनेको छ, र तिनीहरू पनि चिनियाँ कम्युनिस्ट पार्टीकै पक्षमा बोल्छन्। के यो कुनै पनि कुरा तपाईँहरूलाई प्रस्ट थाहा छैन? शब्दभन्दा तथ्य शक्तिशाली हुन्छ, र म तपाईँहरूलाई आँखा खोल्न र आफूले सुनेका अफवाहहरूमा अन्धाधुन्ध विश्वास गर्न छोड्न आग्रह गर्दछु।” मैले बोलिसकेपछि, तिनीहरूसँग भन्नलाई केही थिएन। मेरी आमाले रिसाएर भनिन्, “हामी यति धेरैले तिमीसँग कुरा गर्ने प्रयास गर्यौँ, तर तिमी कुरै सुन्दिनौ। के तिम्रा लागि सर्वशक्तिमान् परमेश्वरलाई त्याग्न साँच्चै त्यति गाह्रो छ? तिम्रो विश्वासको कारणले पूरै परिवार तिम्रो बारेमा चिन्तित छ। तिमी किन हाम्रो सल्लाह सुन्न मान्दिनौ?” त्यसपछि उनी रुन थालिन्। मेरी आमालाई यति दुःखी देख्दा मलाई गाह्रो भयो। उनले हामी तीनै जनालाई एक्लै हुर्काइन्, र धेरै कष्ट भोगिन्। अहिले उनी बुढी भइन्, तर म अझै पनि उनलाई चिन्तित तुल्याइरहेकी थिएँ। त्यो सोचले मलाई रुने अवस्थामा पुर्यायो। त्यसपछि मेरी बहिनीले भनी, “के तपाईँ हाम्री आमालाई रिसले आगो बनाउन खोज्दै हुनुहुन्छ? तपाईँलाई उहाँ चाहियो, कि सर्वशक्तिमान् परमेश्वर?” मेरी दिदीले कठोर भएर भनी, “यदि तिमी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न जिद्दी गर्छौ भने, हामीले तिमीलाई परिवारको सदस्य जस्तो व्यवहार गरेनौँ भनेर हामीलाई दोष नदिनू। हामी पुलिसमा तिम्रो रिपोर्ट गर्छौँ, र तिमीले मानिसहरूलाई ठगेर उनीहरूको पैसा खाएको भनेर भन्छौँ। त्यसपछि तिनीहरूले तिमीलाई चीन फिर्ता पठाउनेछन्। नबिर्स, मैले प्रायोजन गरेको कारणले मात्र तिमीले क्यानडा आउन आवेदन दिन सकेकी थियौ।” त्यो सुन्दा मलाई अत्यन्तै रिस उठ्यो। तिनीहरूले त्यस्ता दुर्भावपूर्ण र घिनलाग्दा युक्तिहरू प्रयोग गरेर मलाई धम्की दिन, र परमेश्वरमाथिको मेरो आस्था त्याग्न दबाबमा पार्न सक्छन् भनेर मैले कहिल्यै सोचेकी थिइनँ। तर तिनीहरूले मलाई मूर्ख बनाउन सकेनन्। म क्यानडाको अङ्गीकृत नागरिक भइसकेकी थिएँ, त्यसैले तिनीहरूले ममाथि मनपरी अपराधको आरोप लगाएर मलाई देश निकाला गराउन सक्दैनथे। मेरो आफ्नै परिवारले मलाई सताएको देख्दा अत्यन्तै पीडा भयो र मैले आफ्नो आँसु थाम्न सकिनँ। तर ठीक त्यही बेला, मलाई एउटा मण्डलीको भजन याद आयो, “तपाईं सधैँ मेरै साथमा हुनुहुन्छ”: “तपाईंको वचन र कामले मलाई अगुवाई गर्छ, र तपाईंको प्रेमले मलाई तपाईंलाई पछ्याउन तपाईंतिर तान्छ। म हरेक दिन तपाईंका वचनहरूमा रमाउँछु। तपाईं मेरो सधैँको साथी हुनुहुन्छ। म नकारात्मक र कमजोर हुँदा, मेरो भरणपोषण र शक्ति तपाईंको वचन नै हुन्छ। मैले वाधा-व्यवधान र असफलता भोग्दा, तपाईंको वचनले मलाई सहयोगको हात दिन्छ। मलाई शैतानले पकडमा पारेको बेला, तपाईंको वचनले मलाई साहस र बुद्धि दिन्छ। मैले परीक्षा र शोधनको सामना गर्दा, तपाईंको वचनले मलाई गवाही बन्न अगुवाइ गर्छ। तपाईंको वचनले मलाई साथ र अगुवाइ दिन्छ, र मेरो हृदय न्यानो र सहज हुन्छ। तपाईंको प्रेम कति वास्तविक छ, र मेरो हृदय कृतज्ञताले भरिन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मेरो परिवारले मलाई नबुझेको र सताएको भए पनि, परमेश्वर सधैँ मेरो साथमा हुनुहुन्थ्यो, आफ्ना वचन प्रयोग गरेर मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभयो, र शैतानका युक्तिहरू चिन्न मद्दत गर्नुभयो। परमेश्वरले आफ्ना वचनहरू प्रयोग गरेर मलाई सान्त्वना, आत्मविश्वास र शक्ति पनि दिनुभयो। त्यसरी सोच्दा, मलाई त्यति दुःखी महसुस भएन। मलाई परमेश्वरको वचन पनि याद आयो: “निराश नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकाश गरिदिनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। … तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरको वचनलाई मनन गर्दा मैले के बुझेँ भने स्वर्गको राज्यको मार्ग कठिनाइहरूले भरिएको छ, जसबाट कोही पनि भाग्न सक्दैन। मेरो परिवारको दमन र आक्रमणले मलाई शैतानसामु परमेश्वरको गवाही दिने, परमेश्वरको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्ने, र विश्वास र समझशक्ति पाउने मौका दियो। यी त्यस्ता कुराहरू हुन् जुन मैले आरामदायक वातावरणबाट कहिल्यै पाउने थिइनँ। त्यो कष्टको मूल्य र अर्थ थियो! यो नै साँचो मार्ग हो, र परमेश्वरको काम हो भनेर मैले दृढ विश्वास गर्ने भएकीले ममाथि जति नै दमन र कष्ट आइपरे पनि, म उहाँलाई पछ्याउन जारी राख्नेछु।
मैले सम्झौता नगर्ने देखेर, मेरो श्रीमान् रिसले चूर भए। तिनले निकै आक्रामक भएर भने, “मलाई थाहा छ तिम्रो साथीले नै तिमीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न मनाएकी हो। उसले तिमीलाई मण्डलीमा तानेकी हो ताकि तिमीबाट पैसा ठग्न सकियोस्। म उसलाई भित्रैदेखि घृणा गर्छु। पत्याऊ वा नपत्याऊ, जेल जानु परे पनि म उसलाई मारिदिनेछु।” तिनले त्यसो भनेको सुन्दा म स्तब्ध र भयभीत भएँ, र म नचाहँदा-नचाहँदै काँप्न थालेँ। १० वर्षभन्दा बढी समय मसँगै बसेको मान्छे अचानक परिवर्तन भएर यति क्रूर बन्न सक्छ भनेर मैले साँच्चै कहिल्यै कल्पना गरेकी थिइनँ। त्यो कसरी मेरो श्रीमान् हुन सक्छ? तिनी स्पष्ट रूपमा एउटा दियाबलस थिए जसले परमेश्वरलाई र सत्यलाई घृणा गर्थे! मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न तिनले यस्तो दुर्भावपूर्ण कुराहरूसमेत भन्न सक्थे। मेरो श्रीमान्को राक्षसी रूप देखेर, मलाई तिनले साँच्चै मेरो साथीलाई मार्छन् कि भन्ने डर लाग्यो। म सम्हालिन नपाउँदै, मेरी आमाले मलाई भनिन्, “तिमीहरू दुईजना झगडा गर्न लाग्यौ जस्तो छ। केही लुगा लिएर केही दिनका लागि मेरो घरमा बस्न आऊ। बाहिरी मानिसहरूसँग सम्पर्क गर्ने वा काममा जाने नगर। घरमै बस, र आफूले के गरेँ भनेर सोच।” मेरी आमाले त्यसो भनेको सुनेर म चिन्तित भएँ, मेरो श्रीमान् पागल हुँदा तिनले के गर्थे, त्यो भन्न सकिने अवस्था थिएन। मेरो फोन कच्याककुचुक भएर काम नलाग्ने अवस्थामा थियो, र मेरी आमाको घरमा मैले कोहीसँग सम्पर्क गर्न वा काममा जान पनि सक्दिनथेँ। के त्यो मलाई नजरबन्दमा राख्नु होइन र? मैले मेरो साथीलाई कसरी सतर्क गराउने, मण्डलीसँग कसरी सम्पर्क गर्ने, वा मण्डली जीवन कसरी जिउने? मैले तुरुन्तै परमेश्वरलाई पुकारेँ, र मलाई मार्गदर्शन गर्न अनुरोध गरेँ। त्यसपछि मलाई पश्चिमी देशहरूमा धार्मिक विश्वासहरूलाई संरक्षण गरिन्छ, मानिसहरूको विश्वासको स्वतन्त्रतामा हस्तक्षेप गरिँदैन भन्ने कुरा याद आयो। मेरो परिवारले मलाई पुलिसमा रिपोर्ट गर्न र बदनाम गर्न चाहेको भनेर भनेको थियो। तर म पनि पुलिसकहाँ गई रिपोर्ट दर्ता गर्न सक्थेँ, जसले गर्दा मेरो साथी सुरक्षित हुनेथिइन्, र पुलिसको संलग्नतापछि मेरो परिवारले कुनै धृष्टता गर्ने आँट गर्नेथिएन। त्यसैले मैले मेरी आमालाई भनेँ, “म तपाईँको घर जान चाहन्नँ। म गएर पुलिस रिपोर्ट दर्ता गर्न चाहन्छु।” मेरो कुरा सुनेर तिनीहरू स्तब्ध भए। म तुरुन्तै बाहिर निस्केर पुलिस स्टेशन गएँ, र परमेश्वरमाथिको विश्वासका कारण मेरो परिवारले मलाई सताइरहेको छ भनेर मैले पुलिसलाई बताएँ पुलिसले मेरो कुरा सुनेपछि, उनीहरूले कुनै पश्चिमी देशमा यस्तो कुरा हुन सक्छ भनेर कल्पना पनि गर्न सकेनन्। उनीहरूले सहानुभूति देखाए, र मलाई घर पुर्याइदिए। पुलिसले मेरो श्रीमान् र परिवारलाई चेतावनी दिँदै भन्यो, “पश्चिमी देशहरूमा हामीलाई धार्मिक आस्थाको स्वतन्त्रता हुन्छ। तपाईँहरूले उनको आस्थामा हस्तक्षेप गर्न वा उनको व्यक्तिगत स्वतन्त्रतामाथि रोक लगाउन मिल्दैन। यदि उनी काममा जान चाहन्छिन् भने, तपाईँहरूले उनलाई रोक्न मिल्दैन। साथै, परिचय खुल्ने कागजपत्र व्यक्तिगत सम्पत्ति हुन्, र तपाईँहरूले उनलाई फिर्ता दिनुपर्छ।” पुलिसले कुरा सुनेपछि, उनीहरूले मलाई करकाप गर्ने आँट गरेनन्। म परमेश्वरप्रति धेरै कृतज्ञ भएँ, र मलाई एउटा बाटो खोलिदिनुभएकोमा मैले उहाँलाई धन्यवाद दिएँ।
मेरो श्रीमान् कानुनी प्रतिबन्धहरूको अधीनमा थिए, त्यसैले तिनले मलाई सीधै करकाप गर्ने वा मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्ने आँट गरेनन्। तर तिनी आफ्नो जिद्दीमा अडिग थिए, र तिनले मलाई परमेश्वरमाथिको मेरो विश्वास त्याग्न बाध्य पार्ने उपायहरू सोचिरहन्थे। दुई दिनपछि, तिनले मलाई घर तिनको नाममा नामसारी गरिदिन दबाब दिए। तिनले त्यसो भन्दा, म केही चिन्तित भएँ। ठीक दुई दिनअघि मात्र, तिनले मेरो सबै नगद र सुन-चाँदीका गहनाहरू खोसेका थिए, र अब तिनी मलाई घर आफ्नो नाममा नामसारी गराउन चाहन्थे। त्यसैले यदि तिनले मलाई हाम्रो घर छोड्न बाध्य पारे भने, मसँग केही पनि हुने थिएन। र मेरा आमाबुबा र दिदीबहिनीले मलाई आश्रय दिने थिएनन्। त्यो सबै सोचेर मलाई सहन गाह्रो भयो, तर त्यसपछि मैले परमेश्वरको वचन सम्झेँ: “जब परमेश्वर काम गर्नुहुन्छ—जब परमेश्वरले कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले उसलाई योग्य ठान्नुहुन्छ र अनुमोदन गर्नुहुन्छ—तब शैतानले नजिकबाट पछ्याउँछ, र उसलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्वर त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुहुने हुनाले, शैतानले आफ्नो अवर्णनीय उद्देश्य हासिल गर्नका लागि, बाटो छेक्न आफ्नो भएभरको शक्ति लगाउँछ, र परमेश्वरको काममा बाधा दिन र क्षति पुर्याउन विभिन्न घृणित उपाय प्रयोग गर्छ। यो उद्देश्य के हो त? त्यसले परमेश्वरले कुनै पनि व्यक्ति प्राप्त गर्नुहोस् भन्ने चाहँदैन; परमेश्वरले प्राप्त गर्ने अभिप्राय राख्नुभएका सबैलाई त्यसले थुतेर लग्न चाहन्छ, ताकि त्यसले तिनीहरूलाई कब्जा गर्न, नियन्त्रण गर्न, र आफ्नो अधीनमा राख्न सकोस्, ताकि तिनीहरूले त्यसको आराधना गरून् अनि परमेश्वरको प्रतिरोध गर्नका निम्ति दुष्टता गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्। के यो शैतानको दुष्ट आशय होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। “यदि परमेश्वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्वरबाट मुक्ति पाएकाहरू हुन्। भन्नुको अर्थ, जसले परमेश्वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूले परमेश्वरका अभिप्राय र मापदण्डहरू बुझ्छन्, र तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्वरलाई ख्याल गर्न र परमेश्वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। अय्यूबमा परमेश्वरमाथि साँचो आस्था थियो, तिनी आज्ञाकारी थिए, र उहाँको डर मान्थे, जसले गर्दा तिनी शैतानका परीक्षाहरूमाझ दृढ रहन सके, र तिनले शैतानको बन्धन र आरोपहरूबाट आफूलाई मुक्त गर्न सके। अय्यूबले परमेश्वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ, र आफूसँग भएको सबै कुरा परमेश्वरले नै दिनुभएको हो भनी विश्वास गर्थे। त्यसैले परमेश्वरले दिनुभए पनि वा लिनुभए पनि, अय्यूबले स्वीकार गर्न र समर्पित हुन सक्थे। अय्यूबले आफ्नो सम्पत्ति र छोराछोरी गुमाउँदा, र तिनको पूरै शरीरमा खटिराहरू आउँदा पनि, तिनले परमेश्वरबारे गुनासो गरेनन्, बरु पहिले जस्तै उहाँको नामको प्रशंसा गरे। अय्यूबकी पत्नीले तिनलाई भनिन्, “के तपाईँ अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्वरलाई परित्याग गर्नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। अनि अय्यूबले तिनलाई हप्काउँदै भने, “तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबको गवाहीले मलाई साँच्चै प्रेरणा दियो, र म उनीजस्तै बन्न चाहन्थेँ। मेरो श्रीमान्ले मलाई जति नै दमन गरे पनि, वा मबाट जति नै सम्पत्ति खोसे पनि, र तिनले मलाई घरबाट निकालेर मसँग केही बाँकी नराखे पनि, म आफ्नो आस्थामा भरोसा गरेर परमेश्वरलाई पछ्याउनेथिएँ, आफ्नो गवाहीमा दृढ रहनेथिएँ, र शैतानलाई अपमानित गर्नेथिएँ।
भोलिपल्ट हामी हाम्रो घरको धितो हस्तान्तरण गर्न बैँङ्क जाँदा, बैङ्कका कर्मचारीले हामीलाई हाम्रो धितो नयाँ कर्जाको भएको बताए। त्यसैले यदि हामीले धितो नयाँ बनाउन चाह्यौँ भने, प्रक्रिया धेरै जटिल हुनेथियो र हामीले ठूलो नोक्सानी भोग्नुपर्नेथियो। बैङ्कका कर्मचारीले यदि सम्भव छ भने हामीलाई अरू पाँच वर्ष पर्खनू र मूल धितोको भुक्तानी अवधि समाप्त भएपछि हस्तान्तरण गर्नू भनी सुझाव दिए। मेरो श्रीमान्सँग कुनै विकल्प थिएन, त्यसैले तिनले हार माने। त्यसपछि, म फेरि मेरा ब्रदर-सिस्टरहरूको सम्पर्कमा आएँ। जब मेरो श्रीमान्ले थाहा पाए, तिनले मलाई सोधे, “के तिमी भेलाहरूमा गइरहनेछौ?” मैले जवाफ दिएँ, “के तपाईँ अझै पनि मलाई भेलाहरूमा जानबाट रोक्न चाहनुहुन्छ? यदि त्यसो हो भने, म बाहिर गएर अन्त कतै बस्न सक्छु। यदि मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेँ भने कसैले मलाई ठग्नेछ, र मैले आफ्नो परिवार त्याग्नेछु भनेर तपाईँलाई सधैँ चिन्ता लागिरहन्छ, होइन त? म विश्वासी बनेदेखि यता, के सर्वशक्तिमान् परमेश्वरको मण्डलीले मबाट कुनै पैसा ठगेको छ र? के विश्वासीहरूबारे चलेका अफवाहहरू जस्तै मैले आफ्नो परिवार त्यागेकी छु र?” मेरो श्रीमान् स्तब्ध भए। एकछिन पछि तिनले भने, “तिमीले ठीक भन्यौ। मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीले तिमीबाट कुनै पैसा ठगेको देखेको छैन, र तिमीले आफ्नो परिवार पनि त्यागेकी छैनौ। म सजिलै ती अफवाहहरूको छलमा परेँ, र तिमी ठगिन्छौ कि भन्ने डरले मात्र म तिमीलाई रोक्न चाहन्थेँ। अबदेखि, तिमी जेमा विश्वास गर्न मन लाग्छ गर्न सक्छौ।” मेरो श्रीमान्ले परमेश्वरमाथिको मेरो आस्थालाई कहिल्यै नियन्त्रण नगर्ने वा मलाई फेरि भेलाहरूमा जानबाट नरोक्ने कुराले म निकै खुसी भएँ। पछि, तिनले पैसाको व्यवस्थापन आफ्नो बलबुताले नभ्याउने, र हाम्रो आर्थिक पक्ष सम्हाल्न धेरै समय र मेहनत लाग्ने महसुस गर्न थाले, त्यसैले तिनले हाम्रो सबै रकम हस्तान्तरण गरी मलाई नै सम्हाल्न दिए। र तिनले फेरि कहिल्यै धितो आफ्नो नाममा सार्ने कुरा निकालेनन्।
मेरो परिवारको दमन भोगेपछि, मैले चिनियाँ कम्युनिस्ट पार्टी साँच्चै कति दुष्ट रहेछ भन्ने कुरा देखेँ। चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा इसाईहरूलाई अन्धाधुन्ध दमन गर्ने, सताउने, र पक्रने काम मात्र गरिरहेको छैन, सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्न अनलाइनमा मनपरी अफवाहहरू पनि रचिरहेको छ। चिनियाँ कम्युनिस्ट पार्टीले सारा संसारलाई भ्रममा पारेर सर्वशक्तिमान् परमेश्वरको मण्डलीप्रति शत्रुवत् बनून्, तिनीहरूसँग मिलेर परमेश्वरको प्रतिरोध गरून्, र तिनीहरूसँगै दोषी ठहरिएर नरकमा जाऊन् र दण्डित होऊन् भन्ने चाहन्छ। चिनियाँ कम्युनिस्ट पार्टी एउटा पिशाच, एउटा दुष्ट आत्मा हो जसले परमेश्वरको प्रतिरोध गर्छ, र मानिसहरूलाई बहकाउँछ र निल्छ। शैतान दुष्ट र घिनलाग्दो भए तापनि, परमेश्वरको बुद्धि शैतानको युक्तिहरूका आधारमा प्रयोग गरिन्छ। शैतानले मेरो परिवारको दमन प्रयोग गरेर मबाट परमेश्वरलाई धोका होस् र मेरो मुक्ति पाउने मौका गुमोस् भन्ने चाहन्थ्यो, तर मैले त्यो अनुभवलाई सुझबुझ विकास गर्न प्रयोग गर्नेछु, र शैतानको कुरूपता साँच्चिकै देख्नेछु भनेर त्यसले कल्पनै गरेको थिएन। मैले हृदयमा शैतानलाई सरापेकी र त्यागेकी छु, र परमेश्वरमाथि मेरो आस्था अझ बलियो भएको छ। परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
म सानो छँदा, मेरी आमाले मलाई प्रायजसो यसो भन्नुहुन्थ्यो: “छोरी मान्छेको लागि, राम्रो श्रीमान खोजेर सुखी परिवार बनाउनु जत्तिको राम्रो कुरा...
एन्जेल, म्यान्मारमैले सिस्टर टिनालाई २०२० को अगस्टमा फेसबुकमा भेटेँ। उनले मलाई प्रभु येशू फर्किसक्नुभएको, उहाँले धेरै सत्यता व्यक्त...
म शिक्षिका थिएँ, र मेरा श्रीमान इन्जिनियर थिए। हाम्रो वैवाहिक सम्बन्ध निकै राम्रो थियो, र हाम्री छोरी निकै स्मार्ट र शिष्ट थिई। हाम्रा...
मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले...