मानिसहरूलाई हेपेर हप्काउँदा मेरो कुरूपताको खुलासा भयो

25 फेब्रुअरी 2023

गत वर्षको अक्टोबरमा, मैले मण्डलीको सुसमाचार कार्यको रेखदेख गरिरहेको थिएँ। मण्डलीका केही सदस्यहरूले भर्खर आफ्‍नो कर्तव्य पूरा गर्न थालेका थिए, त्यसकारण म तिनीहरूलाई प्रायजसो सुसमाचार सुनाउने सम्‍बन्धी सिद्धान्तहरूको बारेमा सङ्गति दिन्थेँ र सुसमाचार सुनाउन सँगै बाहिर लान्थेँ। केही समयपछि, तिनीहरू सबैले केही प्रगति गरे र मलाई निकै खुशी लाग्यो। तिनीहरूलाई जति सक्दो चाँडो आफै काम गर्न लगाउनको लागि, मैले तिनीहरूलाई आफै सुसमाचार सुनाउन अभ्यास गर्न लगाएँ। सुरुमा, जब तिनीहरूले समस्याहरूको सामना गर्थे, तब म तिनीहरूलाई प्रेम पूर्वक सहयोग गर्थेँ, तर केही समयपछि, मलाई दिक्‍क लाग्‍न थाल्यो। मलाई तिनीहरूप्रति घृणा जाग्थ्यो: “कसैले मलाई सिकाउँदा म पहिलो पटक नै बुझ्थेँ। मैले तिमीहरूलाई सिकाउन धेरै समय बिताएको छु, र पनि किन तिमीहरूसँग यति धेरै प्रश्‍न छन्? मैले सिकाउँदा ध्यान दिएका थिएनौ? यति लामो समयपछि पनि तिमीहरूले आफै काम गर्न सक्दैनौ भने, माथिल्‍लो स्तरका अगुवाले मलाई अवश्य नै मलाई यो काम गर्ने बानी छैन र म मानिसहरूलाई राम्ररी तालिम दिन सक्दिनँ भनेर भन्‍नेछन्। त्यसरी हुँदैन। मैले तिमीहरूलाई केही भन्‍नुपर्छ र एउटा पाठ सिकाउनुपर्छ।” त्यो सोचेपछि, मैले रिसाउँदै तिनीहरूलाई हप्काएँ। एक पटक, मलाई सिस्टर एइले फोन गरेर भनिन्, “ब्रदर, मलाई एउटा कुरा सोध्‍न मन थियो, आज बेलुकाको भेलामा हामीले परमेश्‍वरका वचनहरूको कुन पक्षमा सङ्गति गर्नेछौँ?” मैले सोचेँ: “मैले पहिले नै तिमीलाई यो कुरा बताइसकेको छु, र पनि किन तिमीलाई अझै थाहा छैन? तिमीले मेरो कुरामा ध्यान दिइरहेकी थिएनौ?” त्यसकारण, चर्को, र आक्रमक शैलीमा मैले उनलाई भनेँ: “मैले तपाईंलाई पठाएको फाइल हेर्नुभयो कि हेर्नुभएन? किन तपाईं मलाई सधैँ सोध्‍नुहुन्छ?” सिस्टरले प्रतिक्रिया दिइनन् र मैले रिसाउँदै फोन राखेँ। पछि, मैले आफूले गरेको गल्ती महसुस गरेँ र मलाई अलिक ग्‍लानि भयो। तर त्यसपछि मैले सोचेँ, “मैले उनकै भलाइको लागि त्यसो भनेको हुँ। नत्र भने, उनले ममा भरोसा गरिरहिन् भने कसरी प्रगति गर्छिन्? सायद यसले उनलाई वास्तवमा सहयोग गरेको छ।” यो सोचेपछि, मैले चिन्ता गर्न छोडेँ।

भोलिपल्‍ट, मसँग काम गर्ने ब्रदरले मलाई भने: “सिस्टर एइले भन्‍नुभएको, हिजो तपाईंलाई प्रश्‍न सोध्दा तपाईं रिसाउनुभयो रे। उनले यसबाट दबाबमा परेको र तपाईंदेखि डर लाग्‍न थालेको भनेर पनि भनिन्।” यो सुनेपछि मैले यो कुरालाई स्वीकार गर्न सकिनँ र मैले मनमनै बहाना बनाएँ: “मैले अलिक रूखो बोलेको हुन सक्छु, तर यो सब उनलाई आत्मनिर्भर भएर काम गर्न लगाउनको लागि हो। यदि मैले त्यसरी नभनेको भए, उनीसँग प्रश्‍न हुँदा हरेक पटक नै उनी आउनेछिन्। त्यसरी उनी कसरी कहिल्यै आत्मनिर्भर हुनेछिन्?” त्यसपछि मैले सोचेँ: “मैले सायद अलिक अनुचित रूपमा बोलेँ होला। आखिर, सिस्टर एइले त भर्खरै तालिम सुरु गरेकी हुन्। रिसाएर हप्काउनुको सट्टा मैले उनलाई प्रेम पूर्वक सहयोग गर्नुपर्छ।” त्यसकारण मैले उनलाई माफी माग्दै मेसेज पठाएँ: “हिजो म अलिक आवेशमा आएँ। मैले तपाईंलाई त्यसरी हप्काउनु हुँदैनथियो। मलाई आशा छ तपाईंले यो कुरा बुझ्‍नुहुन्छ र यसलाई व्यक्तिगत रूपमा लिनुहुन्‍न। मलाई झनक्‍क रिस उठ्यो र तपाईंलाई व्याकुल बनाएँ।” सिस्टर एइले ठीकै छ भनेर प्रतिक्रिया दिइन्। त्यसपछि, मैले आफ्‍नो बारेमा मनन गरिनँ र आफूलाई थप रूपमा चिनिनँ।

केही समयपछि, म प्रचारकको रूपमा निर्वाचित भएँ र मैले थप जिम्‍मेवारीहरू लिएँ। केही अगुवा र सेवकहरूले भर्खर तालिम सुरु गरेका थिए र मण्डलीको कामको बारेमा तिनीहरू परिचित थिएनन्, त्यसकारण म तिनीहरूलाई प्रायजसो काम सम्‍बन्धी सिद्धान्तहरूका बारेमा सङ्गति दिन्थेँ। म तिनीहरूको कामको बारेमा जाँच पनि गर्थेँ अनि विस्तृत मार्गदर्शन र सहयोग पनि प्रदान गर्थेँ। सुरुमा, तिनीहरूसँग प्रश्‍न हुँदा, म धैर्यताको साथ तिनीहरूसँग सङ्गति गर्थेँ। तर तिनीहरूले धेरै प्रश्‍न गरे भने, मलाई झर्को लाग्थ्यो। म तिनीहरूलाई यसो भन्दै हप्काउँथेँ: “किन तपाईंहरूले यो कुरा आफ्‍नो दिमागमा लगाउन सक्‍नुहुन्‍न? मैले मण्डलीमा काम गर्न सुरु गर्दा, म त अगुवाले दिएको सबै काम स्पष्ट रूपमा सम्झन्थेँ, र तुरुन्तै र दक्ष रूपमा ती पूरा गर्थेँ। मैले तपाईंहरूलाई सबै कुरा बताएँ र विस्तृत निर्देशनहरू दिएँ, र पनि किन तपाईंहरूले सही तरिकाले काम गर्न सक्‍नुहुन्‍न।” यसको प्रतिक्रियामा तिनीहरूले एक शब्‍द पनि बोलेनन्।

भोलिपल्‍ट एक जना अगुवाले मलाई यसो भन्दै मेसेज पठाए: “म यो काम गर्न योग्य छैन। कृपया मेरो ठाउँमा अरू कसैलाई राख्‍नुहोस्।” म छक्‍कै परेँ: तालिम लिने नयाँ मानिसहरूमध्ये उनी सबैभन्दा उत्कृष्ट थिइन्। उनले किन त्यस्तो सोचिन्? त्यसपछि, अर्को अगुवाले मलाई यसो भन्दै मेसेज पठाए: “कतिपय मानिसहरूले भनेका छन्, तपाईंले तिनीहरूलाई साँच्‍चै दबाबमा परेको महसुस गराउनुहुन्छ रे।” त्यसपछि मात्रै मैले आफ्‍नो बारेमा मनन गर्न थालेँ। मैले अरूका कमीकमजोरीहरूलाई सही तरिकाले समाधान गरिरहेको छैन भन्‍ने मलाई थाहा भयो। तिनीहरूलाई धैर्यताको साथ बाटो देखाउनु र सहयोग गर्नुको सट्टा मैले तिनीहरूलाई रिस देखाउँदै हप्काइरहेको थिएँ। परिणाम स्वरूप, तिनीहरूले बाध्य भएको महसुस गरे। पछि, बाध्य पारिएको कारण एक जना सिस्टर नकारात्मक भइन्, जसले गर्दा उनले दश दिनभन्दा बढी समय आफ्‍नो कर्तव्य पूरा गरिनन् भन्‍ने मैले सुनेँ। यो सुनेपछि, मलाई नरमाइलो लाग्यो। मैले तिनीहरूलाई यति धेरै चोट दिएँ भनेर मलाई त विश्‍वासै लागेन। म व्याकुल भएँ र म किन सधैँ रिसाइरहन्छु र सबैलाई खराब तरिकाले प्रभाव पार्छु भनेर सोचेँ। त्यसकारण म प्रार्थना गर्न परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर, म ब्रदर-सिस्टरहरूसँग रिसाउन चाहन्‍नँ, तर जब यस्तो परिस्थिति आइपर्छ तब म आफ्‍नो भावनालाई नियन्त्रण गर्नै सक्दिनँ। मैले यो समस्यालाई कसरी समाधान गर्ने? बिन्ती छ, मलाई बाटो देखाउनुहोस् र अगुवाइ गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ। परमेश्‍वर भन्नुहुन्छ, “मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरका वचनहरूले मेरो वर्तमान स्थितिलाई खुलासा गरे। मैले आफ्‍नो पदलाई कायम राख्‍न कसरी रिस गर्थेँ भन्‍ने बारेमा मनन गरेँ। सामान्यतया, म आफ्‍नो काममा सधैँ परिणामहरू प्राप्त गर्थेँ र मानिसहरूले मलाई सक्षम अगुवा ठान्थे। तर यी ब्रदर-सिस्टरहरूलाई तालिम दिने काम पाएपछि, यदि मैले लामो समयपछि पनि तिनीहरूलाई आत्मनिर्भर रूपमा काम गर्ने बनाइनँ भने, माथिल्‍लो स्तरका अगुवाले पक्‍कै पनि म योग्य छैन भनेर भन्‍नेथिए। त्यसकारण मैले धेरै पटक सिकाए पनि ब्रदर-सिस्टरहरूले अझै बुझेनन् भने, म अत्यन्तै प्रतिरोधी भए रिसाउँथेँ। तिनीहरू प्रश्‍नहरू लिएर मकहाँ आउँदा, म आवेगमा आएर तिनीहरूलाई हप्काउँथेँ र तिनीहरूको आलोचना गर्थेँ। मैले तिनीहरूलाई म आफूसँग समेत तुलना गर्थेँ र तिनीहरूप्रति गुनासो र तिरस्कारले भरिन्थेँ। परिणाम स्वरूप, तिनीहरू सबैले बाध्य महसुस गरे र यति नकारात्मक समेत बने कि तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न समेत मन लागेन। अरूले मेरो समस्या औँल्याइदिँदा, मैले यसलाई समाधान गर्न सत्यताको खोजी गरिनँ। मैले सिस्टर एइलाई माफी मागे पनि, मेरो शब्‍दहरूको स्पष्ट र अप्रत्यक्ष उद्देश्य भनेको मेरो हैसियत र छविलाई रक्षा गर्नु, म कहिलेकहीँ मात्र रिसाउँछु, सधैँ होइन भनेर सिस्टर एइलाई देखाउनु, अनि मेरो बनावटी माफीद्वारा उनको अघि आफूलाई म उचित व्यक्ति हुँ भनेर देखाउनु थियो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “कतिपय मानिसहरूमा स्पष्ट रूपमै खराब स्वभाव हुन्छ र आफूलाई झडङ्ग रिसाउने व्यक्ति हुँ भनी उल्‍लेख गर्छन्। के यो औचित्य साबित गर्ने प्रयास होइन र? खराब स्वभाव भनेको खराब स्वभाव नै हो। जब कुनै व्यक्तिले अनुचित काम गरेको हुन्छ वा सबैलाई हानि गरेको हुन्छ, तब समस्या तिनीहरूको स्वभाव र मानवतामा हुन्छ, तर तिनीहरूले सधैँ आफ्‍नो रिस क्षणिक रूपमा नियन्त्रणबाहिर गयो वा अलिक रिस उठ्यो भन्छन्; तिनीहरूले समस्याको सार कहिल्यै बुझ्दैनन्। के यो साँच्‍चै आफ्‍नो विश्‍लेषण गर्नु र आफूलाई उदाङ्गो पार्नु हो त?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण समन्वय सम्बन्धमा)। म ठीक यस्तै थिएँ। मेरो माफीको बारेमा सोच्दा महसुस हुन्छ, यो कति उत्कृष्ट सुनिएको थियो, तर मैले समस्याको वास्तविक सारलाई बुझेको थिइनँ र मैले आफ्‍नो प्रतिरक्षा समेत गर्ने प्रयास गरेँ। म कति ढोङ्गी थिएँ! यो महसुस गरेपछि मलाई निकै ग्‍लानि भयो। म मानिसहरूलाई प्रेम र धैर्यताको साथ व्यवहार गर्नुपर्छ भनेर धेरै पटक ब्रदर-सिस्टरहरूलाई सिकाउँथेँ, तर यी त मेरो व्यवहारमा देखा नपर्ने नाराहरू मात्रै थिए।

त्यसपछि, मैले आफ्‍नो विचारलाई शान्त पारेर आफ्‍नो बारेमा मनन गरेँ: “किन मैले भनेजस्तो नहुँदा, म रिसाउँछु र आफ्‍नो भ्रष्ट स्वभाव प्रकट गर्छु? म किन ब्रदर-सिस्टरहरूसँग राम्ररी सहकार्य गर्न सक्दिनँ?” त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूको हृदयभित्र परमेश्‍वरको कुनै डर हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर फिटिक्‍कै हुँदैन। यदि मानिसहरू परमेश्‍वरलाई आदर गर्ने ठाउँसम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्छस्, तँमा परमेश्‍वरप्रति त्यति नै बढी आदर हुनेछ, तब मात्र तैँले उहाँमा समर्पित हुन, सत्य प्राप्त गर्न र उहाँलाई चिन्‍न सक्छस्। सत्यता प्राप्त गर्नेहरू मात्रै साँचो रूपमा मानव हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मानिसहरूको भ्रष्ट स्वभावको जड अज्ञानता हो भनेर परमेश्‍वरले प्रकट गर्नुभएको छ। व्यक्ति जति अहङ्कारी हुन्छ, उसले परमेश्‍वरलाई विरोध गर्ने सम्‍भावना त्यति नै हुन्छ। म त्यस्तै छु भन्‍ने मलाई महसुस भयो। म अरू सबै मभन्दा कम स्तरका छन् भनेर सोच्दै अरूलाई गम्‍भीर रूपमा लिँदिनथिएँ। म सधैँ ममा राम्रो क्षमता छ, म काममा सिपालु छु र अरू सबैभन्दा असल छु भन्‍ने विश्‍वास गर्थेँ। म सधैँ अरूका कमीकमजोरीलाई मेरा सबल पक्षसँग तुलना गर्थेँ। मैले एक पटक सिकाएपछि काम राम्ररी सिक्‍न सक्थेँ, तर तिनीहरूले यति लामो समयपछि पनि अझै सिकेका थिएनन्। म तिनीहरूलाई अलिकति पनि आदर नगरी तिनीहरूसँग रिस गर्थेँ, तिनीहरूको आलोचना गर्थेँ र तिनीहरूलाई हप्काउँथेँ। म तिनीहरूको सामर्थ्य र योग्यतालाई स्वीकार गर्दिनथिएँ, प्रेम पूर्वक सहयोग गर्ने कुरा त परै जाओस्। ब्रदर-सिस्टरहरूले समस्याहरूको सामना गर्दा, मैले तिनीहरूका समस्याहरू समाधान गर्न परमेश्‍वरको वचनमा सङ्गति गर्न सक्छु कि सक्दिनँ, वा मेरो कुनै कमजोरी थियो कि भनेर म मनन गर्दिनथिएँ। बरु, म तिनीहरूले ध्यान दिएर सुनेनन् भन्‍ने सोच्थेँ र लापरवाही रूपमा तिनीहरूलाई रिस पोखाउँथेँ र तिनीहरूको निराकरण गर्थेँ। म अनुचित रूपमा अहङ्कारी थिएँ! हाम्रो मण्डलीले परमेश्‍वरको सुसमाचार फैलाइरहेको थियो, तर मैले मानिसहरूलाई हप्काउँदै र बन्धनमा पार्दै, तिनीहरूलाई मदेखि डर मान्‍ने तुल्याउँदै, आफूलाई सीमित गर्ने तुल्याउँदै मैले यो काममा बाधा दिइरहेको थिएँ, र तिनीहरू यति नकरात्मक बन्थे कि तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न समेत मन लाग्दैनथियो। के मैले सुसमाचारको कार्यमा बाधा र व्यवधान ल्याइरहेको थिइनँ र? यो सबै कुराको बारेमा मनन गर्दा, मलाई निकै लाज लाग्यो। मैले अरूको जीवन प्रवेशको फाइदा पुग्‍ने केही पनि प्रदान गरिनँ। बरु, मैले तिनीहरूलाई चोट पुर्‍याएँ र मण्डलीको काममा बाधा दिएँ। म आफ्‍नो भ्रष्ट स्वभाव अनुसार जिइरहेको थिएँ र कुनै पनि बेला मैले दुष्कर्म गरेर परमेश्‍वरलाई विरोध गर्न सक्थेँ। मैले गरेको व्यवहारलाई सम्झिँदा, मलाई साँच्‍चै आफैप्रति घृणा जाग्यो। मलाई एक-दुई पटक आफैलाई झापट हानूँ जस्तो लाग्यो। मैले हृदयदेखि मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर, मेरो अहङ्कारी स्वभावको कारण मैले मानिसहरूलाई अन्धाधुन्ध निराकरण गरेँ, र यसरी मैले तिनीहरूलाई चोट पुर्‍याएँ र मण्डलीको काममा बाधा दिएँ। प्रिय परमेश्‍वर, म पश्‍चात्ताप गर्न र परिवर्तन हुन तयार छु। मलाई मेरो अहङ्कारी स्वभाव समाधान गर्न अगुवाइ र सहयोग गर्नुहोस् भनी म प्रार्थना गर्छु।”

त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ: “आफ्‍नो स्वभाव परिवर्तन गर्न परमेश्‍वरका वचनहरू अनुसार जिउनुहोस्।” “पहिले तैँले परमेश्‍वरमा निर्भर रहँदै आफूभित्र रहेका सबै कठिनाइहरूको समाधान गर्नुपर्छ। आफ्नो विकृत स्वभावको अन्त्य गर् र आफ्नो अवस्थालाई साँचो रूपमा बुझ्न सक्षम बन् र तैँले कसरी काम गर्नुपर्छ सो जान्; तैँले नबुझेका कुनै पनि कुराहरूबारे सङ्गतिलाई निरन्तरता दे। कुनै पनि व्यक्तिले आफूलाई नचिन्‍नु स्वीकार्य हुँदैन। पहिले आफ्नै रोग निको पार्, र परमेश्‍वरका वचनहरू अझै धेरै पटक खाएर र पिएर र चिन्तन गर्दै, उहाँका वचनहरूको आधारमा आफ्नो जीवन बाँच् र आफ्ना कार्यहरू गर्; तँ घरमा वा अन्यत्र जहाँ भए पनि, तैँले परमेश्‍वरलाई तँभित्र शक्ति चलाउन दिनुपर्छ। देह र स्वाभाविकतालाई त्याग्। परमेश्‍वरका वचनहरूले तँभित्र सधैँ प्रभुत्व जमाउन दे। तेरो जीवन परिवर्तन भइरहेको छैन भनेर तैँले चिन्ता लिनुपर्दैन; समयसँगै, तैँले आफ्नो स्वभावमा व्यापक परिवर्तन आएको महसुस गर्नेछस्, समयसँगै, तैँले आफ्नो स्वभावमा व्यापक परिवर्तन आएको महसुस गर्नेछस्। …(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। परमेश्‍वरका वचनहरूको यो भजन मलाई साँच्‍चै प्रेरणादायी लाग्यो। परमेश्‍वरका वचनहरूबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ। मैले जस्तोसुकै परिस्थितिहरूको सामना गरे पनि, मैले परमेश्‍वरको अभिप्रायलाई खोज्‍नुपर्छ, सत्यताको खोजी गर्नुपर्छ, आफ्‍ना समस्याहरू समाधान गर्नुपर्छ, परमेश्‍वरका वचनहरूद्वारा आफ्‍नो अहङ्कारी स्वभावलाई बुझ्‍नुपर्छ, दैनिक जीवनमा आफूलाई त्याग्‍ने कुरामा ध्यान दिनुपर्छ, र सत्यताको अभ्यास गर्नुपर्छ। त्यसपछि मेरो अहङ्कारी स्वभाव बिस्तारै परिवर्तन हुँदै जान्छ। मेरो अहङ्कारी स्वभावको कारण मैले मानिसहरूलाई हप्काउने र बाध्यतामा पार्ने गरेको र म अरूभन्दा माथि छु भन्‍ने सोच्‍ने गरेको तथ्यले मलाई मैले आफूलाई साँचो रूपमा बुझेको थिइनँ भन्‍ने कुरा देखायो। वास्तवमा, मसँग धाक लगाउनको लागि केही पनि थिएन। म आफ्‍नो कर्तव्यमा कुराहरू अलिक चाँडै सिक्थेँ र मैले केही वरदानहरू पाएको थिएँ, तर परमेश्‍वरले नै मलाई मेरो वरदान र क्षमता दिनुभएको थियो, र ममा व्यक्तिगत रूपमा त्यस्तो केही असाधारण कुरा थिएन। मैले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। हरेक व्यक्तिको क्षमता र सबल पक्ष फरक-फरक हुन्छ। हरेक ब्रदर-सिस्टरहरूको आ-आफ्‍नै सबल पक्ष थिए। सिस्टर एइ मानिसहरूसँग अन्तरक्रिया गर्न सिपालु थिइन्, अनि उनमा प्रेममय भाव र धैर्यता थियो। मैले त्यस्ता कुनै पनि गुणहरू देखाउँदिनथिएँ। यो महसुस गरेपछि मलाई निकै लाज लाग्यो। म परमेश्‍वरका वचनहरू अभ्यास गर्न तयार भएँ। समस्याहरूको सामना गर्दा, म ध्यान दिएर आफूलाई त्याग्थेँ र सत्यताको अभ्यास गर्थेँ।

मलाई याद छ, एक पटक मैले मसँग काम गर्ने सिस्टरलाई उनको प्रोजेक्टको प्रगतिको बारेमा सोधेँ र उनले भनिन्: “मैले अझै सुरु गरेको छैनँ। हामीले प्रोजेक्टको बारेमा विचारहरू छलफल गर्दा मलाई स्पष्ट भएको थियो, तर काम सुरु गर्न थालेपछि, कसरी अघि बढ्ने मलाई पक्‍का भएन।” यो कुरा सुन्दा, मलाई रिस उम्‍लेको थाहा हुँदैथियो। मैले सोचेँ: “किन तिमीलाई यति गाह्रो लाग्यो? हामीले यो प्रोजेक्टको बारेमा छलफल गर्दा, मैले सबै कुरा अत्यन्तै स्पष्‍ट रूपमा बताएको थिएँ। कसरी तिमीले बिर्सिसक्यौ? के तिमीले काममा ध्यान दिएकी छैनौ? मैले तिमीसँग दह्रिलो कुरा गर्नुपर्ने जस्तो छ।” मैले उनलाई रिस पोखाउन लागेको बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि मानिसहरूले जानी-जानी परमेश्‍वरलाई सन्तुष्ट पार्न, सत्यतालाई अभ्यास गर्न, आफैलाई त्याग्न, आफ्ना विचारहरूलाई त्याग्न र परमेश्‍वरको इच्छाप्रति आज्ञाकारी र विचारशील हुन सक्छन् भने—यदि उनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई समयमा नै स्मरण गराए: मैले आफूलाई त्याग्‍नुपर्छ र परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नुपर्छ। मैले मेरो अहङ्कारी स्वभाव अनुसार व्यवहार गरिरहनु हुँदैन। उनलाई कुनै समस्या भएकोले वा अघि कसरी बढ्ने थाहा नभएको हुनाले नै उनले पक्‍कै पनि यो काम सुरु नगरेकी हुन्। मैले उनको वास्तविक परिस्थितिलाई बुझेर उनका कमजोरीहरूलाई सही तरिकाले तह लगाउनुपर्छ। त्यसकारण वास्तविक परिस्थितिलाई ध्यानमा राख्दै मैले उनलाई कसरी सुरु गर्ने भनेर विस्तृत रूपमा बताइदिएँ। मेरो कुरा सकेपछि, उनले खुशी हुँदै भनिन्: “ए त्यसरी पो गर्नुपर्ने रहेछ! अब मैले बल्‍ल कसरी काम सुरु गर्ने थाहा पाएँ।” सिस्टरले त्यसो भन्दा मलाई निकै लाज लाग्यो। म सधैँ हाम्रो काममा नाराहरू लगाइरहेको हुन्थेँ, तर मैले सबैको समस्या र कठिनाइहरूलाई बुझ्‍न समय लिएको थिइनँ, तिनीहरूलाई एक-एक गरी सिकाउने कुरा त परै जाओस्। यदि मैले आफ्‍नो काममा अलिक धैर्य गर्ने र सानातिना कुराहरू ध्यान दिने गरेको भए, ब्रदर-सिस्टरहरूले धेरै पहिले नै आत्मनिर्भर रूपमा काम गर्न थालिसकेका हुन्थे।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तैँले धर्मसिद्धान्त मात्र फलाकिरहिस्, र मानिसहरूलाई भाषण मात्र दिइस् र तिनीहरूको निराकरण मात्र गरिस् भने, के उनीहरूलाई सत्यता बुझाउन र यसको वास्तविकतामा प्रवेश गराउन सक्छस्? यदि तैँले सङ्गति गर्ने सत्यता वास्तविक होइन भने, यदि यो धर्मसिद्धान्तका शब्दहरूबाहेक अरू केही होइन भने, तैँले जति नै उनीहरूलाई निराकरण गरिस् र भाषण दिइस् भने पनि, यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित डराउने र तैँले अह्राएको काम उनीहरूले गर्ने तर विरोध गर्न आँट नगर्ने कुरालाई उनीहरूले सत्यता बुझेको र उनीहरू आज्ञाकारी भएको समान ठान्छस्? यो ठूलो गल्ती हो; जीवनमा प्रवेश गर्नु त्यति सजिलो छैन। कतिपय मानिसहरूले ठूलो प्रभाव पार्न प्रयास गर्ने नयाँ म्यानेजरले जस्तै आफूले भर्खर पाएको अख्तियार परमेश्‍वरका चुनिएका मानिसहरूमा लाद्‍ने प्रयास गर्छन् ताकि सबै जना तिनीहरूप्रति समर्पित होऊन्। यसो गर्दा आफ्नो काम अझ सहज हुन्छ भन्‍ने तिनीहरू सोच्छन्। यदि तँमा सत्यताको वास्तविकता छैन भने, चाँडै नै तेरो वास्तविक कद प्रकट हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ र तँलाई अवश्य नै हटाइनेछ। केही प्रशासनिक काममा अलिकति निराकरण, काटछाँट र अनुशासन स्वीकार्य हुन्छ। तर यदि तैँले सत्यता सङ्गति गर्न सक्‍दैनस् भने, अन्त्यमा तँ समस्या समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। मण्डलीमा जुनसुकै समस्या देखिए पनि, यदि तँ मानिसहरूलाई भाषण मात्र दिइरहन्छस् र दोष मात्र लगाइरहन्छस् भने—यदि तैँले गर्ने सबै कुरा भनेकै रिसको झोँक देखाउनु मात्र हो भने—यो, तेरो भ्रष्ट स्वभाव आफै प्रकट भइरहेको हो र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको हुन्‍छस्। यदि तँ सधैँ, मञ्‍चमा उभिन्छस् र मानिसहरूलाई यसरी भाषण दिन्छस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण प्राप्त गर्न सक्‍नेछैनन्, उनीहरूले कुनै वास्तविक कुरा प्राप्त गर्नेछैनन्, बरु यसको साटो उनीहरूले तँप्रति घिन र दिगमिग महसुस मात्र गर्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, मण्डलीमा ब्रदर-सिस्टरहरूसँग राम्ररी काम गर्नको लागि मुख्य कुरा भनेको सबैले सिद्धान्तहरूलाई राम्ररी बुझ्‍न सक्‍ने गरी सत्यतामा राम्ररी सङ्गति गर्नु हो। त्यसपछि मात्रै हामीले हाम्रो कर्तव्य राम्ररी पूरा गर्न सक्छौँ। यदि मैले सधैँ मानिसहरूलाई रिस पोखाउँदै हप्काएँ भने, मैले समस्याहरू समाधान गर्न नसक्‍ने मात्रै होइन, तर मानिसहरूको इच्‍छा मर्ने मात्र होइन यसले तिनीहरूलाई टाढा पनि लैजान्छ। पछि जब म अरूसँग काम गर्थेँ वा तिनीहरूको काम जाँच्थेँ, सुरुमा म तिनीहरूको वास्तविक समस्याहरू बुझ्थेँ। यदि ती कुरा तिनिहरूले बुझेका छैनन् वा सिकेका छैनन् रहेछ भने, म धैर्यताको साथ तिनीहरूसँग सिद्धान्तहरू र सत्यताको बारेमा सङ्गति गर्थेँ र तिनीहरूका समस्याहरू समाधान गर्न सहयोग गर्थेँ। त्यसरी, केही समयपछि, ब्रदर-सिस्टरहरूले आत्मनिर्भर रूपमा केही काम गर्न सके र हामीले मिलेर काम गर्न सक्यौँ। परमेश्‍वरका वचनहरू पढेर, मैले आफ्‍नो अहङ्कारी स्वभावको बारेमा थोरै भए पनि बुझाइ प्राप्त गरेँ, मानिसहरूको अपर्याप्तताहरूलाई सही रूपमा कसरी लिने त्यो सिकेँ अनि अरूसँग मिलेर काम गर्न सक्‍ने भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म के हुँ भनी खुलासा

वेइशियाओ, स्पेन यो वर्षको सुरूतिर, म मण्डलीको अगुवा छँदा, सुसमाचार टोलीकी अगुवा सिस्टर वाङलाई अर्को मण्डलीमा सरुवा गरियो। एकदिन अर्को...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्