गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन

25 फेब्रुअरी 2023

सन् २०२० को ग्रीष्मकालमा, म मण्डलीको लेख-रचनासम्‍बन्धी कामको इन्‍चार्ज थिएँ। एक दिन, मैले याङ कान शब्‍दहरू प्रयोग गर्न सिपालु छिन् र निकै राम्रो लेखक हुन् भन्‍ने थाहा पाएँ। सत्यताको सङ्गतिसम्‍बन्धी उनको सोचाइ स्पष्ट हुन्थ्यो र उनी आफ्‍नो कर्तव्यमा निकै उत्साहित थिइन्। म उनलाई लेख-रचनाको काम गर्न लगाउन चाहन्थेँ। केही अनुसन्धानपछि, धेरैजसो ब्रदर-सिस्टरहरूले उनमा अहङ्कारी स्वभाव छ, उनी सधैँ अरूले उनको कुरा मानेको चाहन्छिन्, र उनीसँग सहकार्य गर्न गाह्रो छ, तर उनले काटछाँट र निराकरण स्विकार्न, आत्म-चिन्तन गरेर आफूलाई चिन्‍न सक्छिन् भन्‍ने सोच्दा रहेछन् भनेर मैले थाहा पाएँ। मैले मनमनै सोचेँ, “उनी अलिक अहङ्कारी भए पनि, काटछाँट र निराकरण स्विकार्न सक्छिन् भने, ढिलो-चाँडो उनी परिवर्तन हुनेछिन्, त्यसैले कुनै ठूलो समस्या नहुनुपर्ने हो।” त्यसकारण, मैले उनलाई लेख-रचनाको काम सुरु गर्न लगाएँ। आफूले सोचेको कुरा पुष्टि गर्न, मैले याङ कानलाई भेट्दा, उनलाई अहङ्कारी भएको र अरूको सुझाव स्वीकार नगरेकोमा खुलासा गरेँ, र उनको बुझाइ के छ भनी हेर्न यो ख्रीष्टविरोधी मार्ग हो भनेर सङ्गति दिएँ। उनले पछुतो देखाउँदै भनिन्, “सिस्टर, तपाईंले सङ्गति नगर्नुभएको भए, यो कति गम्‍भीर समस्या हो भनेर मैले थाहा पाउनेथिइनँ। ममा अवश्यै अहङ्कारी स्वभाव छ—म पश्‍चात्ताप गर्न चाहन्छु।” उनमा केही चेतना छ र उनले केही पछुतो गरेकी जस्तो देखेपछि, मैले यसलाई याङ कानमा कुनै ठूलो समस्या नरहेको पुष्टि ठानेँ। साथै, उनी आफ्‍नो कर्तव्यमा उत्साहित थिइन्, तसर्थ, मैले उनलाई टोली अगुवा छनौट गरेँ। केही समय बित्यो तर उनले सम्हालेको काम त्यति प्रभावकारी भएन। सहकर्मी सिस्टर ली जिङमिङ के भइरहेको छ भनेर बुझ्‍न गइन् र याङ कान र अर्की सिस्टरले मिलेर काम गर्न सक्दैन रहेछन् भनेर पत्ता लगाइन्। तर केही सङ्गतिपछि, याङ कानले केही आत्म-चेतना गरिन्। मैले यसबारे त्यति विचार गरिनँ। एकपटक भेलामा, अगुवाले मलाई याङ कान निकै अहङ्कारी छिन् र सधैँ अरूले उनको कुरा मानेको चाहन्छिन्, ख्रीष्टविरोधीको मार्गमा छिन्, र उनले पहिले गम्‍भीर अपराधहरू गरेकी छिन् भनेर होसियार गराइन्। मैले याङ कानको काममा अझै धेरै अनुगमन र रेखदेख गरेको तिनी चाहन्थिन्, र उनले कसरी काम गरिरहेकी छिन्, त्यसको जानकारी मागिन्। तर त्यो बेला म आफ्‍नो निर्णयप्रति एकदमै निर्धक्‍क थिएँ, र अगुवालाई विश्‍वस्त हुँदै भनेँ, “याङ कान निकै अहङ्कारी छिन् भन्‍ने कुरा साँचो हो, तर उनी काटछाँट र निराकरण स्विकार्न सक्छिन्, त्यसैले उनी सही व्यक्ति हुन्।” मैले याङ कानलाई निराकरण गरेको घटनाबारे पनि अगुवालाई बताएँ। त्यसपछि, मैले अगुवाको चेतावनीबारे त्यति विचार गरिनँ।

केही महिनापछि, याङ कान इन्‍चार्ज रहेको काम अझै पनि अघि बढेको थिएन। म त्यसलाई जाँच गर्न जाँदा, याङ कानले मलाई टोली सदस्य सिस्टर लीन लानको क्षमता कमजोर छ र उनले अझै सिद्धान्तहरू बुझ्‍न सकेकी छैनन् भनेर भनिन्। याङ कानले उनलाई हरेक समस्या समाधान गर्न सहयोग गर्नुपर्थ्यो, जसले उनको धेरै समय खाइदिन्थ्यो र ठिकसित काम गर्न रोकेको थियो। त्यसले गर्दा काममा ढिलाइ भइरहेको थियो। यो सुनेपछि, मलाई उनीहरूले परिणामहरू प्राप्त नगर्नुको कारण पक्कै पनि लीन लान हो भन्‍ने लाग्यो। पछि जिन्मिङले भनिन्, “यो टोलीका कामबाट कहिल्यै केही प्राप्त हुँदैन। टोली अगुवा याङ कान हुन्, त्यसकारण के समस्या उनमा छैन र?” त्यो सुनेपछि म पूर्ण असहमत भएँ। मैले भनेँ, “याङ कान निकै अहङ्कारी छिन्, तर उनी काटछाँट र निराकरणलाई स्विकार्न सक्छिन्, उनले सिद्धान्तहरू राम्ररी बुझेकी छिन्, र आफ्‍नो कर्तव्यमा बोझ लिन्छिन्। उनमा समस्या भएकोले परिणामहरू नआएका सायद नहुन सक्छ। लिन लानमा क्षमताको निकै कमी छ, त्यसकारण कामको प्रगति रोक्ने तिनी नै हुन्। हामीले कर्मचारीलाई राम्रोसँग हेरफेर गऱ्यौँ भने, याङ कानले आफ्‍नो सबल पक्षहरू प्रयोग गर्न सक्छिन् र तिनीहरूको काम अवश्य सुध्रिन्छ।” मेरा सहकर्मीहरूले याङ कानलाई राम्ररी चिनेका थिएनन्, त्यसकारण मैले त्यसो भनेपछि तिनीहरू लिन लानलाई सरुवा गर्न सहमत भए। त्यसको चाँडैपछि, मैले याङ कानलाई लेख-रचनाको काममा भर्खर तालिम लिइरहेका केही ब्रदर-सिस्टरहरूसँग काम गर्न पठाएँ ताकि उनले तिनीहरूलाई काममा डोऱ्याउन सकून्। याङ कानले यी ब्रदर-सिस्टरहरूलाई केही समयसम्‍म तालिम दिन सकिन् भने, तिनीहरूले अवश्य नै आफ्‍नो काममा प्रगति गर्नेछन् भन्‍ने मलाई लागेको थियो।

एक महिनापछि, तिनीहरू सबै आफूमा क्षमताको कमी छ भन्दै आफ्‍नो कर्तव्यमा नकारात्मक र निष्क्रिय बनेका हामीले पायौँ। अनि तिनीहरूको काममा सुधार नआएको मात्र होइन, तर तिनीहरूको प्रभावकारिता पनि खस्किरहेको रहेछ। म त साह्रै अकमक्‍क भएँ। याङ कान आउनुअघि, सबै ब्रदर-सिस्टरहरू निकै उत्साहित थिए, तर उनी आएपछि किन तिनीहरू निराश भए? त्यसपछि, जिन्मिङले याङ कानमा समस्या छ भन्‍ने उनलाई लागेको बताइन्, र मलाई तिनी कस्तो व्यक्ति हुन् भनेर सोधिन्। तर मैले याङ कान सत्यता स्विकार्ने व्यक्ति हुन् भनेर अझै पनि जोड दिएँ। त्यसपछि जिन्मिङले भनिन्, “तिनले तपाईंसामु काटछाँट र निराकरण स्विकार्न सक्छिन्, तर कहिलेकहीँ हामीले उनका समस्याहरू औँल्याउँदा उनी मान्दै मान्दिनन्।” म छक्‍क परेँ: के म याङ कानको देखावटी रूपद्वारा भ्रममा परेकी हुँ? त्यसकारण, त्यसपछि चाँडै, मैले सिस्टर सिन यिलाई त्यहाँको परिस्थितिलाई राम्ररी नियाल्न लगाएँ। याङ कानले सधैँ टोलीमाथि आफ्‍नो अख्तियार जमाउने गरेकी, र कसैले फरक विचार व्यक्त गर्‍यो भने, तिनीहरूको दृष्टिकोणलाई खण्डन गरेको गरेकै गर्ने, र अन्त्यमा तिनीहरूले उनले चाहकै कुरा गर्दा रहेछन् भनेर सिन यिनले पत्ता लगाइन्। केही समयपछि, सबै ब्रदर-सिस्टरहरूका विचारलाई निरन्तर बेवास्ता गरिएको हुनाले तिनीहरू सबैलाई त्यो कर्तव्यका लागि आफ्नो क्षमता एकदमै कमजोर छ भन्‍ने लाग्यो र कामको छलफलमा कुनै विचारहरू व्यक्त गर्न छोडे, केवल याङ कानको कुरा सुन्थे। याङ कानले आत्मचिन्तन गर्न नसकेकी मात्र होइन, आफू अत्यन्तै दबाबमा छिन् र कामबारे चिन्ता लिने उनी मात्र हुन् भनेर प्रायः गुनासो गर्थिन्, जसले गर्दा तिनीहरूको कामलाई फलहीन बनाउने आफूहरू नै हुन् भन्‍ने तिनीहरूलाई लाग्यो, र तिनीहरू झनै निराश भए। याङ कानले सधैँ यस्तै व्यवहार गर्छिन् भनेर सिन यिले बताइन्। यो सब सुन्दा मलाई नरमाइलो लाग्यो। उनका शब्‍दहरू एकपछि अर्को थप्‍पडजस्तो लाग्यो। याङ कानले मलाई देखावटी रूप देखाएर बहकाएकी र छल गरेकी रहेछिन् भन्‍ने थाहा भयो। उनमा कुनै पनि साँचो आत्म-चेतना थिएन र उनी सत्यता स्विकार्ने व्यक्ति पटक्कै थिइनन्। त्यसपछि मात्रै मलाई के महसुस भयो भने लेख-रचनाको काममा परिणामहरू नआउनुको कारण पूर्णतया म नै रहेछु, किनभने म अन्धो भएकी थिएँ, ममा समझको कमी थियो, र मैले गलत व्यक्तिलाई प्रयोग गरिरहेकी थिएँ। त्यसपछि, याङ कानलाई उनको व्यवहारले गर्दा मेरा सहकर्मीहरू र मैले उनलाई बर्खास्त गर्‍यौँ।

याङ कानलाई बर्खास्त गरेपछि, मैले आफ्नो असफलताको वास्तविक कारण के हो भनेर मनन गर्न थालेँ। एक दिन मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “मानिसहरूले आफूलाई चिन्‍न सक्छन् भनेर कुन आधारमा भन्‍न सकिन्छ? हामीले तिनीहरूले बोलेको कुरा मात्रै ध्यान दिनु हुँदैन—मुख्य कुरा तिनीहरूले सत्यता अभ्यास र स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। साँचो रूपमा सत्यता बुझ्‍ने मानिसहरूका हकमा, तिनीहरूमा आफ्‍नो बारेमा साँचो ज्ञान हुने मात्र होइन, अझै महत्त्वपूर्ण कुरा त तिनीहरूले सत्यता अभ्यास पनि गर्न सक्छन्। तिनीहरूले आफ्‍नो साँचो बुझाइको बारेमा बोल्ने मात्रै होइन आफूले भनेको कुरालाई साँचो रूपमा गर्न पनि सक्छन्। अर्थात्, तिनीहरूका बोलीवचन र व्यवहार पूर्णतया सङ्गत हुन्छन्। यदि तिनीहरूले बोलेको कुरा उचित र सहमतयोग्य सुनिन्छ, तर तिनीहरू बोलेको काम गर्दैनन्, र बोलेअनुसार जिउँदैनन् भने, यस तरिकाले तिनीहरू फरिसी बनेका हुन्छन्; तिनीहरू ढोङ्गी हुन्, आफूलाई साँचो रूपमा चिन्‍ने मानिसहरू हुँदै होइनन्। सत्यताको बारेमा सङ्गति गर्दा धेरै मानिसहरू अत्यन्तै उचित सुनिन्छन्, तर आफूमा भ्रष्ट स्वभाव प्रकट भएको तिनीहरूलाई थाहै हुँदैन। के यी मानिसहरू आफूलाई चिन्‍ने मानिसहरू हुन्? यदि मानिसहरूले आफूलाई चिनेका छैनन् भने, के तिनीहरू सत्यता बुझ्‍ने मानिसहरू हुन्? आफूलाई नचिन्‍ने मानिसहरू सत्यता नबुझ्‍ने मानिसहरू हुन्, र आत्मज्ञानका खोक्रा शब्‍दहरू बोल्‍ने मानिसहरूमा झूटो आत्मिकता हुन्छ, तिनीहरू ढँटुवा हुन्। … त्यसो भए, मानिसहरूले आफूलाई साँच्‍चै चिनेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्ने आधार के हो? तिनीहरूको मुखबाट निस्कने कुराहरू मात्रै हेर्नु हुँदैन। तिनीहरूमा साँच्‍चै के प्रकट हुन्छ त्यसलाई हेर्नुपर्छ, र यसको सरल विधि भनेको तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्ने तिनीहरूको क्षमताले तिनीहरू साँचो रूपमा आफूलाई चिन्छन् भन्‍ने प्रमाणित गर्छ, किनभने आफूलाई साँचो रूपमा चिन्‍नेहरूले पश्‍चात्ताप गर्छन्, र पश्‍चात्ताप गरेमा मात्रै मानिसहरूले आफूलाई साँचो रूपमा चिन्छन्। उदाहरणको लागि, कुनै व्यक्तिले आफू छली छु, युक्ति र षड्यन्त्रले भरिएको छु भन्‍ने जानेको हुन सक्छ, र अरूले छलीपन प्रकट गर्दा उसले बताउन पनि सक्छ। यस्तो अवस्थामा, उसले कुनै बेला आफू छली छु भनी बताएपछि, साँचो रूपमा पश्‍चात्ताप गरेर आफ्‍नो छलीपन हटाउँछ कि हटाउँदैन, त्यसलाई हेर। अनि उसमा फेरि छलीपन प्रकट भयो भने, उसलाई फेरि छली भएकोमा आफूप्रति धिक्‍कार र लाज लाग्छ कि लाग्दैन, उसले साँच्‍चै पछुतो गर्छ कि गर्दैन त्यसलाई हेर। यदि उसमा लाजको कुनै बोध पनि हुँदैन र उसले पश्‍चात्ताप पनि गर्दैन भने, उसको आत्मज्ञान सतही, र लटरपटर गरिएको कुरा मात्रै हुन्छ। उसले झारा मात्रै टारिरहेको हुन्छ; उसको ज्ञान साँचो हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्य पछ्याउन सहयोग गर्छ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, पदको लागि मानिसहरूलाई मूल्याङ्कन र छनौट गर्ने मेरो क्षमता कम छ भन्‍ने मलाई थाहा भयो। हामीले अरूको मूल्याङ्कन तिनीहरूले देखाउने समझको आधारमा मात्रै गर्नु हुँदैन। महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले आइपर्ने समस्यालाई कसरी सम्हाल्छन् र के गर्छन्, त्यो हेर्नु हो। सत्यतालाई साँच्चै प्रेम गर्नेहरूले सत्यता स्विकार्न सक्छन्, र परिस्थितिहरू आइपर्दा, सत्यता खोजेर आत्मचिन्तन गर्न सक्छन्, अनि पश्‍चात्ताप गरेपछि परिवर्तन हुन सक्छन्। सत्यतालाई प्रेम नगर्नेहरूले मिठो बोली बोल्लान्, तर सत्यता अभ्यास नै नगरी आफूखुसी काम गर्छन्। तिनीहरूको बुझाइ जति नै राम्रो वा गहन देखिए पनि, यो सब देखावटी हुन्छ। ठ्याक्कै फरिसीहरूजस्तै—तिनीहरूले बोलेको कुरा निकै राम्रो, निकै भव्य लाग्थ्यो, तर हृदयमा तिनीहरू सत्यताप्रति दिक्‍क मान्थे। तिनीहरूले परमेश्‍वरको वचन अभ्यास गर्दैनथे वा परमेश्‍वरका आज्ञा पटक्‍कै पालन गर्दैनथे। प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुहुँदा, तिनीहरूले आफ्‍नो हैसियत र रोजीरोटी जोगाउन उहाँलाई घोर विरोध र निन्दा गरे। अन्तिममा, तिनीहरूले उहाँलाई क्रूसमा टाँगेर सबैभन्दा जघन्य पाप गरे। स्पष्टै छ, फरिसीहरूले सधैँ कुरा गर्ने आत्मिक ज्ञान अरूलाई सुनाउन र अरूका आदर र सम्‍मान पाउन मात्रै हुन्थे। यो सब देखावटी थियो।

मैले याङ कानसित कुराकानी गर्दा, उनले आफ्‍नो प्रकृति अहङ्कारी छ भनेर स्विकार्न सक्ने र पश्‍चात्ताप गर्न तयार छु भन्न सक्ने भएकीले उनले सत्यता स्विकार्न सक्छिन् भन्‍ने म सोच्थेँ। तर वास्तवमा, उनले त्यो मेरोअघि मात्रै भनिरहेकी हुन्थिन् ताकि मैले उनी काटछाँट र निराकरण स्विकार्न सक्‍ने व्यक्ति हुन् भनेर सोचूँ। उनले आफ्‍नो नाम र हैसियत कायम राख्‍न बाहिरबाट ठिक्‍क परिरहेकी हुन्थिन्, अनि मेरो आँखा छल्‍न र मलाई मूर्ख बनाउन देखावटी रूप धारण गरिरहेकी हुन्थिन्। उनी सत्यता पटक्‍कै स्वीकार गर्दिनथिइन्। उनमा आत्म-चेतना थिएन, पश्‍चात्ताप गर्ने वा परिवर्तन हुने कुरा त परै जाओस्। त्यसकारण उनी जहाँ गए पनि इन्‍चार्ज हुन र सबैलाई आफ्‍नो खटनमा राख्‍न चाहन्थिन्। कसैले पनि उनीसँग काम गर्न सकेनन्, जसले गर्दा तिनीहरूको काममा ढिलाइ भयो। अनि उनले अर्को सिस्टरकोमा क्षमताको कमी छ भन्दै अरूलाई दोष लगाइन् ताकि मैले ती सिस्टरको कारण काममा समस्या भएको हो भनेर सोचूँ। उनको भनाइ र गराइ सबै छलको नाटक मात्रै थिए, तर म मूर्ख, अन्धो थिएँ, र ममा समझको कमी थियो। म उनका झूटहरूको बहकाउमा पुरै परेकी थिएँ, त्यसकारण मैले ती सिस्टरलाई सरुवा गरेँ र याङ कानले आफ्‍नो कर्तव्यमा जिम्‍मेवार भएर बोझ लिइरहेकी छिन् भन्‍ने ठानेँ। त्यसले गर्दा मण्डलीको काममा ढिलाइ हुन पुग्यो। म हर किसिमले अन्धो थिएँ! यो महसुस गरेपछि मलाई गहिरो पछुतो र ग्‍लानि भयो, विशेष गरी परमेश्‍वरका यी वचनहरू पढ्दा: “झूटा अगुवाहरू सबै अन्धा हुन्छन्। तिनीहरूले कुनै समस्या देख्दैनन्। को दुष्ट व्यक्ति वा गैरविश्‍वासी हो भनेर तिनीहरूले बताउन सक्दैनन्। मण्डलीको काममा हस्तक्षेप गर्ने वा बाधा दिने कसैको बारेमा तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूले मूर्खहरूलाई महत्त्वपूर्ण पदमा राख्‍नेसमेत गर्छन्। झूटा अगुवाहरूले आफूले बढुवा गरेका सबैलाई धेरै भरोसा गर्छन्, र खुसीसाथ तिनीहरूलाई महत्त्वपूर्ण काम दिन्छन्। यसले गर्दा यी मानिसहरूले काम भद्रगोल पार्छन, र परमेश्‍वरको घरका हितहरूमा गम्‍भीर हानि पुर्‍याउँछन्—अनि झूटा अगुवाहरूले यसबारेमा थाहा नभएको बहाना गर्छन्। … गलत व्यक्तिलाई प्रयोग गरेर, तिनीहरूले ठूलो गल्ती गरिसकेका हुन्छन्, र यसपछि यस व्यक्तिको कामको बारेमा प्रश्‍न गर्ने, थप कुरा पत्ता लगाउने, वा जाँच गर्ने प्रयास नगरेर तिनीहरूले आफ्‍नो गल्ती अझै बढाउँछन्; त्यसमाथि, तिनीहरूले रेखदेख वा अवलोकन पनि गर्दैनन्। तिनीहरू यस व्यक्तिले मनमानी ढङ्गले काम गरेको सहेर बस्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। जब कुनै काममा मानिसहरूको कमी हुन्छ, तब झूटा अगुवाहरूले खुसीसाथ कसैलाई यो कामको जिम्‍मा दिन्छन् र त्यसपछि त कामै सकिन्छ; तिनीहरूले कामको निरीक्षण गर्ने, वा त्यस व्यक्तिलाई भेट्न जाने, अवलोकन गर्ने, र थप जानकारी लिने प्रयास गर्दैनन्। कतिपय क्षेत्रमा तिनीहरूलाई भेट्ने र तिनीहरूसँग कुराकानी गर्ने परिस्थिति हुँदैन, तर तैँले तिनीहरूको कामबारे सोधपुछ गर्नुपर्छ, र तिनीहरूले के गरिरहेका छन्, र कसरी गरिरहेका छन् भनेर सोध्‍ने उपाय खोज्‍नुपर्छ: दाजुभाइ-दिदीबहिनीहरू वा तिनीहरूको नजिकको कसैलाई सोध्। के यसो गर्न सकिँदैन? तर झूटा अगुवाहरूले कुनै प्रश्‍नसमेत गर्दैनन्, तिनीहरू यति ढुक्‍क हुन्छन्। तिनीहरूको काम केवल भेला आयोजना गरेर धर्मसिद्धान्त प्रचार गर्नु हो, र भेला सकिएपछि र कार्य बन्दोबस्तहरू गरिएपछि, तिनीहरूले थप केही गर्दैनन्; तिनीहरू आफूले छनौट गरेको व्यक्तिले वास्तविक काम गर्न सक्छ कि सक्दैन भनेर हेर्न जाँदैनन्। सुरुमा, तैँले त्यो व्यक्तिलाई नबुझेको हुन सक्छ, तर उसको क्षमता, अनि व्यवहार र लगावअनुसार, तँलाई त्यो व्यक्ति कामको लागि उपयुक्त लागेको, अनि तैँले उसलाई प्रयोग गरेको हुन सक्छ—यसमा कुनै गल्ती छैन, मानिसहरू कस्ता हुन्छन् कसैलाई थाहा हुँदैन। तर तैँले तिनीहरूलाई बढुवा गरेपछि, के तैँले तिनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन्, तिनीहरूले कसरी काम गर्छन्, र तिनीहरूले ठग्‍ने अनि अल्छी र लापरवाही गर्ने प्रयास गरिरहेका छन् कि छैनन् भनेर हेर्नुपर्दैन र? तैँले यही गरिरहेको हुनुपर्छ, तर तैँले यस्तो केही गर्दैनस्, तैँले कुनै जिम्‍मेवारी लिँदैनस्—र यो झूटो अगुवाको व्यवहार हो, र तँलाई प्रतिस्थापन गरिनु र हटाइनुपर्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूले व्यावहारिक काम नगर्ने, अरूलाई बढुवा र तालिम दिनमा लापरवाही र सिद्धान्तमा नचल्ने, सिद्धान्तहरूसँग मेल नखाने अयोग्य मानिसहरूलाई जथाभाबी महत्त्वपूर्ण काममा खटाउने यस्तो झूटो अगुवालाई खुलासा गर्छन्। तिनीहरू निकै गैरजिम्‍मेवार पनि हुन्छन्, र तिनीहरूले अयोग्य व्यक्तिलाई नियुक्त गरेपछि उसलाई रेखदेख वा उसको काम अनुगमन गर्दैनन्; तिनीहरू कसैलाई नियुक्त गरेपछि आफ्‍नै सुरमा लाग्छन्। यसले मण्डलीको काममा निकै बाधा पुऱ्याउँछ। आफूले गरेका सबै कुराप्रति मलाई साह्रै नामज्जा लाग्यो। के म समझ र अन्तर्ज्ञान नभएको मात्र नभई वास्तविक काम पनि नगर्ने झूटो सेवक थिइनँ र? याङ कान स्पष्‍टरूपमा नै ख्रीष्टविरोधीको मार्गमा हिँड्ने अहङ्कारी, टोलीमा बाधा पुऱ्याउने, ब्रदर-सिस्टरहरूलाई आक्रमण गर्ने र बन्धनमा राख्ने व्यक्ति थिइन्। तर मलाई यसबारे अत्तोपत्तो थिएन, र उनले भनेका सबै कुरा पत्याएर उनको रक्षा गरेँ, उनलाई मण्डलीको काम भताभुङ्ग पार्न र त्यसमा बाधा पुऱ्याउन दिएँ। म आँखा भएर पनि अन्धो भएँ! सुरुमा ममा समझको कमी थियो र मैले याङ कानलाई छनौट गरेँ, तर उनको कार्यप्रस्तुति निरन्तर खराब रहँदा, मैले यसलाई जाँच्ने वा उनको कामको अवस्था बुझ्‍ने गरिनँ, र मेरा अगुवा र सहकर्मीहरूले यो कुरा बताउँदा पनि मैले यसबारे त्यति सोचिनँ, तर मैले आफूले देखेको कुरामा मात्रै विश्‍वास गर्न रोजेँ। यसले गर्दा हाम्रो काम महिनौँसम्म खराब रह्यो। झन् खराब त, याङ कान इन्‍चार्ज रहेको काम गडबड छ भनेर मलाई राम्ररी थाहा भएर पनि, मलाई उनी प्रतिभावान् छिन् भन्‍ने लाग्यो र उनलाई नयाँ कर्मचारीलाई तालिम दिन लगाएँ। परिणामस्वरूप, उनको हेपाइ र आक्रमणको कारण, ब्रदर-सिस्टरहरू गलतफहमी र नकारात्मक स्थितिमा जिउन पुगे, र यसले तिनीहरूको काममा असर पार्‍यो। यदि ममा थोरै भए पनि जिम्‍मेवारीबोध र खोजी गर्ने इच्‍छा भएको भए, म याङ कानको कामको अनुगमन र रेखदेख गर्नेथेँ, र उनका समस्याहरू पत्ता लगाउन ढिलो हुनेथिएन। यसले काममा धेरै हानि गर्‍यो। साँच्चै जिम्‍मेवारीबोध भएको र परमेश्‍वरको डर मान्ने अगुवा वा सेवकले बोझ लिन्छ र सिद्धान्तअनुरूप काम गर्छ। तिनीहरू कसैलाई बढुवा दिँदा र नियुक्ति गर्दा सतर्क हुन्छन्, ती व्यक्तिलाई नियाल्छन्, र त्यसपछि ऊ कामको निम्ति साँच्चै योग्य छ कि छैन भनेर हेर्न उसको काम सुपरिवेक्षण गर्छन्। विशेष गरी तिनीहरू निश्‍चित नहुँदा, अझै बढी सुपरिवेक्षण र अनुसन्धान गर्छन्, र मानिसहरू योग्य छैनन् भन्‍ने पत्ता लगाउनेबित्तिकै सरुवा वा बर्खास्त गर्छन्। यसले गलत छनौटको कारण मण्डलीको काममा हुने घाटालाई रोक्छ। तर मैले याङ कानलाई गरेको छनौट सिद्धान्तविपरीत भयो, छनौटपछि, मैले उनको कामको रेखदेख वा अनुगमन गरिनँ। मैले आफ्‍नो कर्तव्यलाई बेवास्ता गरेँ र म गैरजिम्‍मेवार भएँ। म त परमेश्‍वरका वचनहरूले व्यावहारिक काम नगर्ने भनी खुलासा गर्ने झूटो सेवक थिएँ।

त्यसपछि मलाई लामो समयसम्‍म अशान्ति भयो। मलाई याङ कान साँच्‍चै अहङ्कारी छिन् भन्‍ने थाहा थियो, तर पनि किन मैले उनको कामको रेखदेख गरिनँ? सबैको चेतावनीको बाबजुद किन मैले उनलाई अति भरोसा गरेँ? मैले यो कुरा मनमा बारम्‍बार खेलाइरहेँ। त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ। “झूटा अगुवाहरूमा ठूलो अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्‍छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्‍वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्‍वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्‍न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्‍यो? परमेश्‍वरले मानिसहरूलाई बाहिरी रूपद्वारा मूल्याङ्कन गर्नुको साटो, निरन्तर तिनीहरूको हृदयलाई हेरिरहनुहुन्छ—त्यसैले, अरूलाई मूल्याङ्कन गर्दा र भरोसा गर्दा किन झूटा अगुवाहरू त्यति लापरवाही हुन्छन्? झूटा अगुवाहरू अत्यन्तै अभिमानी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यस व्यक्तिलाई भेट्टाउँदा, म गलत थिइनँ। कुनै कुरा पनि गडबड हुन सक्दैन; तिनीहरू पक्कै पनि ख्यालठट्टा गर्न मन पराउने र कडा परिश्रम मन नपराउने अनि समस्या पैदा गर्दै हिँड्ने मानिसहरू होइनन्। तिनीहरू अवश्य नै विश्‍वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्‍छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसित एक्स-रेको जस्तै दृष्टि छ? के यो तेरो विशेष सीप हो? तँ त्यस्तो व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्‍वरद्वारा खुलासा नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति र सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले तिनीहरूको क्षणिक हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कन्‌को आधारमा तिनीहरूलाई निर्धक्‍क विश्‍वास गर्छस्, र त्यस्ता मानिसहरूलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छस्। यसमा, के तँ अत्यन्तै अन्धो बन्दै छैनस् र? के तँ अविवेकी बन्दै छैनस् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मवारपूर्ण भइरहेका हुँदैनन् र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “यदि तेरो मनोवृत्ति जिद्दी गर्ने, सत्यता इन्कार्ने, अरूको सुझावहरू नकार्ने, सत्यता खोजी नगर्ने, आफूमा मात्रै विश्‍वास गर्ने, र आफूले चाहेको मात्र गर्ने खालको छ भने—परमेश्‍वरले जे गर्नुभए पनि वा जे आज्ञा दिनुभए पनि, यदि तेरो मनोवृत्ति यस्तै हो भने, परमेश्‍वरको प्रतिक्रिया कस्तो हुन्छ? परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न, उहाँले तँलाई पाखा लगाइदिनुहुन्छ। के तँ हठी छैनस् र? के तँ अहङ्कारी होइनस् र? के तैँले सधैँ आफू सही छु भन्‍ने सोच्दैनस् र? यदि तँमा आज्ञापालन छैन भने, यदि तैँले कहिल्यै खोजी गर्दैनस्, र तेरो हृदय परमेश्‍वरको लागि पूर्ण रूपमा बन्द र प्रतिरोधी छ भने, परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले किन तँलाई ध्यान दिनुहुन्‍न त? किनभने यदि तेरो हृदय परमेश्‍वरको निम्ति बन्द छ भने, के तैँले परमेश्‍वरको अन्तर्दृष्टि स्विकार्न सक्छस् र? परमेश्‍वरले तँलाई धिक्‍कार्नुभयो भने, के तैँले यो अनुभव गर्न सक्छस्? जब मानिसहरू हठी हुन्छन्, जब तिनीहरूको शैतानी र असभ्य प्रकृति प्रकट हुन्छ, तब तिनीहरूले परमेश्‍वरले गर्नुहुने कुनै कुरा पनि अनुभव गर्दैनन्, त्यसले तिनीहरूमा कुनै असर गर्दैन—त्यसकारण परमेश्‍वरले व्यर्थको काम गर्नुहुन्‍न। यदि तँमा यस्तो जिद्दी खालको विरोधी मनोवृत्ति छ भने, परमेश्‍वरले गर्नुहुने भनेकै तँबाट लुक्‍नु मात्र हो, उहाँले अनावश्यक कुराहरू गर्नुहुनेछैन। जब तँ यति जिद्दी रूपमा विरोधी हुन्छस्, र यति बन्द रहन्छस्, तब परमेश्‍वरले जबरजस्ती तँमा कुनै काम गर्नुहुन्‍न, वा तँमा कुनै कुरा जबरजस्ती लाद्‍नुहुन्‍न, उहाँले बारम्बार तँलाई प्रभाव पार्ने र अन्तर्दृष्टि दिने प्रयास गरिरहनुहुन्‍न—परमेश्‍वरले यसरी काम गर्नुहुन्‍न। परमेश्‍वरले किन यसरी काम गर्नुहुन्‍न? यसको मुख्य कारण के हो भने परमेश्‍वरले तँमा निश्‍चित स्वभाव देख्‍नुभएको हुन्छ, जुन सत्यताप्रति दिक्‍क मान्‍ने र समझ नभएको जङ्गलीपन हो। अनि के तँलाई जङ्गलीपन भएको पशुलाई मानिसहरूले नियन्त्रण गर्न सक्छन् जस्तो लाग्छ? के कराउँदा र चिच्याउँदा यसले टेर्छ? के योसित तर्क गर्दा वा यसलाई सान्त्वना दिँदा पार लाग्छ? के मानिसहरूले यसको अघि जाने आँट गर्छन्? यसलाई व्याख्या गर्ने एउटा राम्रो तरिका छ: यसमा समझ हुँदैन। जब मानिसहरूको जङ्गलीपनले काम गरिरहेको हुन्छ र तिनीहरूमा समझ हुँदैन, तब परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न। तँमा कुनै समझ छैन भने परमेश्‍वरले थप के भन्‍नुहुन्छ? थप कुरा भन्‍नुको कुनै अर्थ छैन। अनि, जब परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न, तब तैँले आशिष्‌ पाउँछस् कि कष्ट? तँलाई केही लाभ हुन्छ कि घाटा? तँलाई अवश्य घाटा हुन्छ। अनि कसले यो पैदा गरेको हुन्छ? (हामीले।) तिमीहरूले नै हो। कसैले पनि तिमीहरूलाई यस्तो व्यवहार गर्न जबरजस्ती गरेन, र पनि तिमीहरू दुखी छौ। के तिमीहरू आफैले आफूमा यो परिस्थिति ल्याएका होइनौ र? परमेश्‍वरले तिमीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, तिमीहरूले परमेश्‍वरलाई अनुभव गर्न सक्दैनौ, तिमीहरूको हृदयमा अन्धकार छ, तिमीहरूको जीवनमा सम्झौता भएको छ—र तिमीहरू आफैले आफूमाथि यो ल्याएका हौ, तिमीहरू यसैको लायक छौ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)

परमेश्‍वरको वचनले मेरो सटीक स्थितिलाई प्रकट गरिदियो। मैले आफ्‍नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू पटक्‍कै खोजिरहेकी थिइनँ। म आत्मविश्‍वस्त, अहङ्कारी, र दुराग्रही थिएँ। मलाई बारम्‍बार चेतावनी दिइएको थियो तर मैले त्यो सुनिनँ, तर हठी हुँदै आफ्‍नै विचारहरूमा टाँसिरहेँ। म साह्रै अविवेकी थिएछु। त्यसअघि मैले याङ कानलाई चिनेकै थिएनछु, र उनीबारे अरूको मूल्याङ्कन सुन्दा, म आफ्‍नै कल्‍पनाअनुसार चलेँ, र उनमा अहङ्कारी स्वभाव मात्रै छ, र यो ठूलो कुरा होइन भन्‍ने सोचेँ। मैले उनलाई सङ्गति दिएँ र खुलासा गरेँ, र उनले यो स्विकारेको र पश्‍चात्ताप गरेको जस्तो देखेपछि, उनले सत्यता स्विकार्छिन् भन्‍ने सोचेँ। मैले आफ्नो दृष्टिमा अत्यन्तै भरोसा गरेँ र ममा खोजी गर्ने अभिप्राय थिएन। परमेश्‍वरका वचनहरूमा यसो भनिएको मैले पढेँ: “परमेश्‍वरले मानिसहरूलाई बाहिरी रूपद्वारा मूल्याङ्कन गर्नुको साटो, निरन्तर तिनीहरूको हृदयलाई हेरिरहनुहुन्छ—त्यसैले, अरूलाई मूल्याङ्कन गर्दा र भरोसा गर्दा किन झूटा अगुवाहरू त्यति लापरवाही हुन्छन्? झूटा अगुवाहरू अत्यन्तै अभिमानी हुन्छन्, होइन र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र सबै कुरा देख्‍न सक्‍नुहुन्छ। परमेश्‍वरले मानिसहरूको बाहिरी रूप हेर्नुहुन्‍न। म त भ्रष्ट मानिस मात्र हुँ जोसँग कुनै सत्यता वा कुनै कुराको भित्री ज्ञान छैन, तर म अति अहङ्कारी थिएँ, आफूले झलक्‍क देखेको कुरामा विश्‍वास गरेर याङ कानलाई त्यतिकै भरोसा गरेँ, र उनलाई टोली अगुवाको रूपमा बढुवा दिएँ। मलाई जसरी चेतावनी दिइएको भए पनि वा उनको काम जति नराम्रो भए पनि, मैले उनलाई गलत मूल्याङ्कन गरेकी छैनँ भनेर दृढ रहेँ। त्यसले गर्दा निकै महिनासम्‍म काममा बाधा पुग्यो। म अति अहङ्कारी र दूराग्रही रहेछु। त्यो कसरी कर्तव्य पूरा गरेको भयो र? मैले त दुष्कर्म मात्रै गरिरहेकी थिएँ। मानिसहरूलाई शैतानले गहनरूपमा भ्रष्ट तुल्याएको छ, र हाम्रा भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका छन्। हामीले सत्यता प्राप्त गरेर आफ्ना स्वभाव परिवर्तन गर्नुअघि, हामी आफ्ना शैतानी स्वभावअनुसार जिइरहेका हुन्छौँ। हामी अहङ्कारी र छली हुन्छौँ, र भरोसायोग्य पटक्‍कै हुँदैनौँ। व्यक्तिको प्रकृति र सार कस्तो हुन्छ भन्‍ने कुरामा, यदि हामीले सत्यता बुझेनौँ, र ती व्यक्तिलाई चिनेको धेरै भएको छैन भने, त्यो बताउनु असाध्यै गाह्रो हुन्छ। तर म अहङ्कारी र आत्मविश्‍वस्त थिएँ। मैले सत्यता बुझेकी थिइनँ र मानिसहरूलाई नियाल्न सक्दिनथेँ, तर म जिद्दी गर्दै आफ्‍नै दृष्टिकोण र कल्‍पनाहरूमा टाँसिरहेँ। मानिसहरूले मलाई जसरी चेतावनी दिए पनि, मैले तिनीहरूको कुरा मानिनँ। मैले आफूलाई जे मन लाग्यो त्यही गरिरहेँ। म साह्रै अविवेकी थिएँ। परमेश्‍वरले फरिसीहरू कस्ता हुन्छन् भनेर भन्‍नुभएको मलाई याद आयो “हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। तिनीहरू परमेश्‍वरको कामप्रति धारणा र कल्‍पनाहरूले भरिएका हुन्छन्। प्रभु येशू काम गर्न देखा पर्नुहुँदा, तिनीहरू अरट्ठो भएर आफ्‍ना धारणाहरूमा अल्झिरहे। प्रभु येशूका काम र वचनहरू जति नै अख्तियारपूर्ण र शक्तिशाली भए पनि, तिनीहरूले यसलाई पटक्‍कै स्विकार्दैनथे, तर उहाँलाई हदै इन्कार र निन्दा गरे, र आखिर उहाँलाई क्रूसमा टाँगे। तिनीहरूको जिद्दी, अहङ्कार, र नासमझले गर्दा तिनीहरू परमेश्‍वरको काम स्विकार्न होइन तर उहाँलाई निन्दा र विरोध गर्न प्रेरित भए, अनि अन्तिममा परमेश्‍वरले तिनीहरूलाई दण्ड र श्राप दिनुभयो। त्यसपछि मैले देखाएको स्वभाव फरिसीहरूको जस्तै रहेछ, र म परमेश्‍वरलाई विरोध गर्ने फरिसीहरूको मार्गमा रहेछु भन्‍ने देखेँ। मैले आफ्‍नो अहङ्कारी र दुराचारी स्वभाव नत्यागेकी भए, यसले मलाई परमेश्‍वरको विरोध गर्न लगाउनेथ्यो, र ढिलो-चाँडो मैले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथेँ र उहाँद्वारा त्यागिने र हटाइनेथिएँ। यो महसुस गर्दा मलाई निकै डर लाग्यो र मैले हतार-हतार प्रार्थना, स्वीकार र पश्‍चात्ताप गरेँ।

त्यसपछि मैले परमेश्‍वरका यी वचन पढेँ: “तैँले जे गरिरहेको भए पनि, तैँले सत्यताको खोजी र पालना कसरी गर्ने त्यो सिक्‍नुपर्छ; जबसम्‍म त्यो काम सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ, तबसम्‍म त्यो सही हुन्छ। ती बच्‍चा वा साधारण जवान भाइ वा बहिनीका शब्‍दहरू हुन सक्छन्, तर ती सत्यताअनुरूप छन् भने, तैँले तिनलाई स्वीकार र पालना गर्नुपर्छ, र त्यसरी व्यवहार गर्नुको परिणाम असल, र परमेश्‍वरको इच्‍छाअनुरूप हुनेछ। मुख्य कुराचाहिँ तेरो मनसाय के हो, र यी कुराहरू सम्‍हाल्‍ने तेरा सिद्धान्त र विधिहरू के-के हुन् भन्‍ने हो। यदि कामकुरा सम्‍हाल्‍ने तेरा सिद्धान्त र विधिहरू मानव इच्‍छाबाट, मानव विचार र धारणा, र शैतानका दर्शनहरूबाट आएका हुन् भने, तेरा सिद्धान्त र विधिहरू अव्यावहारिक छन्, र ती अप्रभावकारी हुनेछन्, किनभने तेरा सिद्धान्त र विधिहरूको स्रोत नै गलत छ, र ती सत्यताका सिद्धान्तहरूअनुरूप छैनन्। यदि तेरा दृष्टिकोणहरू सत्यताका सिद्धान्तहरूअनुरूप छन्, र तैँले सत्यताका सिद्धान्तहरूअनुरूप यी कुराहरू सम्‍हाल्छस् भने, तैँले तिनलाई उचित रूपमा सम्‍हाल्ने सम्भावना धेरै हुन्छ, र त्यति बेला मानिसहरूले स्वीकार नगरे पनि, वा धारणाहरू राख्‍ने वा इन्कार गर्ने गरे पनि, केही समय बितेपछि तेरो कुराले मान्याता पाउनेछ। सत्यताका सिद्धान्तअनुरूप रहेका कुराका प्रभावहरू अझै राम्ररी बढ्नेछन्; सत्यताका सिद्धान्तअनुरूप नरहेका कुराहरू तत्कालका लागि मानिसका धारणाहरूसँग मिल्न सक्छन्, तर परिणामहरू झन्झन् खराब हुँदै छान्छन्, र मानिसहरू सबैले यो पुष्टि गर्नेछन्। तैँले गर्ने कुनै पनि काम मानव बाध्यता वा तेरो आफ्‍नै रेखाङ्कनको अधीनमा हुनु हुँदैन; सुरुमा तैँले परमेश्‍वरलाई प्रार्थना गर्दै सत्यता खोजी गर्नुपर्छ, त्यसपछि सबै जनाले सँगै मिलेर जाँच र सङ्गति गर्नुपर्छ। अनि सङ्गति गर्नुको उद्देश्य के हो? यो परमेश्‍वरको इच्‍छाअनुसार काम गर्नु र परमेश्‍वरको इच्‍छासँग मिल्दो व्यवहार गर्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग)। यो खण्ड पढेपछि मैले अघि बढ्ने मार्ग पाएँ। कुनै कुरा सामना गर्दा, हामीले सत्यता खोजी गर्नैपर्छ। हामी अहङ्कारी बन्‍नु हुँदैन वा आफ्‍ना व्यक्तिगत धारणा र कल्‍पनाहरूअनुसार पटक्कै काम गर्नु हुँदैन। हामीले आफूलाई पन्छाएर सुझाव माग्‍नुपर्छ, अरूको कुरा सुन्‍नुपर्छ, र सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। यसरी आफ्‍नो कर्तव्य पूरा गरेर मात्रै हामी आफ्‍नो काममा परमेश्‍वरको डोऱ्याइ र परिणामहरू हासिल गर्न सक्छौँ। त्यसो गर्दा, हामी दुष्कर्म र परमेश्‍वरको विरोध गर्दैनौँ भन्‍ने कुरा पनि निश्‍चित हुन्छ। यो असफलताबाट मैले एउटा पाठ सिकेँ र परमेश्‍वरको वचनअनुसार काम गर्न, कुनै कुरा आइपर्दा अरूको सुझाव माग्न, र आफ्‍ना विचार र दृष्टिकोणहरूमा अल्झिरहन छोड्न अभ्यास गरेँ।

चाँडै नै, मैले वाङ जुवान सुपरभाइजरमा बढुवा भएपछि, उनको टोलीको कार्यप्रगतिमा स्पष्ट गडबडी आएको देखेँ। केही सहकर्मी र मैले यसबारे छलफल गर्‍यौँ। सिन यिले यसको कारण वाङ जुवान पो हुन् कि भनेर सोचिन्। मलाई के लागिरहेको थियो भने वाङ जुवाङ अलिक अहङ्कारी भए पनि, उनी सत्यताको निकै तृष्णा गर्ने व्यक्तिजस्तो देखिन्छिन्, र उनको समस्या औँल्याइदिँदा उनले निकै इमानदारी देखाउँछिन्। मलाई यो उनको कारणले भएको होइन जस्तो लाग्यो। मैले आफ्‍नो विचार बताउनै लागेकी थिएँ तर मलाई आफ्‍नो अघिल्‍लो असफलताबाट सिकेको पाठ याद आयो। सिन यिले वाङ जुवानमा समस्या हुन सक्छ भनेर उल्‍लेख गरेकी थिइन्, र मलाई सत्य कुरा थाहा थिएन र मामिला के हो भनेर निश्‍चित थिइनँ, त्यसकारण म अहङ्कारी र जिद्दी हुनु हुँदैनथ्यो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ पाउन, अनि परमेश्‍वरको अनुग्रह प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? तिनीहरूमा प्राय परमेश्‍वरको अघि खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। तैँले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको, अरूसँग अन्तरक्रिया गरिरहेको, वा तँमाथि आइपरेको कुनै खास समस्या सम्हालिरहेको भए पनि वा नभए पनि, तँसँग खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परिस्थिति राम्ररी नबुझी, कामका परिणामहरू राम्रा नहुनु वाङ जुवानसँग सम्‍बन्धित थियो कि थिएन भन्‍ने विषय मैले अन्धाधुन्ध मूल्याङ्कन गर्न सक्ने कुरा थिएन। मैले वास्तविक परिस्थिति बुझ्नुपर्थ्यो र सबैको सुझाव सुन्‍नुपर्थ्यो, त्यसपछि सिद्धान्तको आधारमा निर्णय गर्नुपर्थ्यो। पछि, मैले अरू सहकर्मीहरूसँग व्यावहारिक सोधखोज गरेर र सम्‍बन्धित सत्यताहरूमा सङ्गति गरेर, वाङ जुवानको स्वभाव अहङ्कारी, कुटिल, र छली छ भन्‍ने पत्ता लगाएँ। उनले आफ्‍नो नाम र हैसियत कायम राख्‍न, अरूसँग कामबारे छलफल गर्दा थाहा नपाउनेगरि अरूका दृष्टिकोणहरू परिवर्तन गरेर तिनीहरूलाई उनको कुरा सुन्‍न लगाउन सधैँ उत्कृष्ट लाग्ने विचारहरू व्यक्त गर्थिन् र आफ्‍नो व्यावसायिक ज्ञान देखाएर ध्यान खिच्थिन्। अनि अरूले उनलाई निरङ्कुश नभनून् भनेर, उनले देखावटी नम्रता देखाउँदै यसो भन्थिन्, “म सही छु कि छैन मलाई थाहा छैन,” वा “म गलत हुन सक्छु,” यसरी सबैलाई उनले के गर्न लागेकी छिन् सो उनलाई थाहा छ भनेर सोच्न र अन्धाधुन्ध उनको पछि लागेर उनले चाहको कुरा गर्न लगाउँथिन्। परिणामस्वरूप, तिनीहरूको काम सधैँ अड्कियो र तिनीहरूको प्रगति हुन सकेन। वाङ जुवानले सबैको विचार मानिरहेकी छिन् जस्तो देखिए पनि, उनी हृदयमा सत्यता पटक्‍कै स्वीकार गर्दिनथिइन्। उनले अधिकार जमाउने आफ्नो प्रकृति लुकाउन, अरूलाई बहकाउन र नियन्त्रण गर्न, अनि तिनको कुरा सुन्‍न लगाउन देखावटी रूप धारण गरिरहेकी थिइन्। पछि हामीले काम गर्दा आफ्‍नो प्रतिभामा भर पर्नेबारे परमेश्‍वरका वचनहरूमा पढ्यौँ, जसले हामीलाई वाङ जुवानमा सिद्धान्तहरूको बुझाइ रहेनछ भनेर अझ स्पष्टसित देखायो। उनले आफूलाई देखाउन आफ्‍नो वाकपटुता, तीक्ष्ण स्मरणशक्ति, र धर्मसिद्धान्तको कण्ठ गरेका शब्दहरू मात्र प्रयोग गर्थिन्, तर वास्तवमा, तिनीसँग अभ्यासको कुनै मार्ग थिएन। उनको निरन्तर कार्यप्रस्तुतिको आधारमा, हामीले उनी ख्रीष्टविरोधीको मार्गमा छिन् भन्‍ने देख्यौँ र सिद्धान्तहरूअनुसार उनलाई बर्खास्त गर्‍यौँ। उनलाई बर्खास्त गरेपछि, टोलीको काममा आएको समस्या तुरुन्तै समाधान भयो र तिनीहरूको काम अघि बढ्यो।

यो अनुभवबाट मैले साँच्चै के बुझेँ भने आफ्नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू नखोज्नु, र आफ्ना कार्यहरूमा अहङ्कारी स्वभावमा मात्रै भरोसा गर्नुको अर्थ हामीले कुनै पनि बेला दुष्कर्म र परमेश्‍वरको विरोध गर्न सक्छौँ, र यसरी उहाँको स्वभावलाई चिढ्याउँछौँ। मैले सत्यता खोजी गर्नु अनि मानिसहरू र परिस्थितिलाई परमेश्‍वरको वचनअनुसार हेर्नुको महत्त्व पनि बुझेँ। हामीले गलत काम गर्नबाट बच्‍ने, र आफ्नो कर्तव्यमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने एक मात्र तरिका यही हो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कसले हाम्रो परिवार बरबाद गर्‍यो?

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले...

परमेश्‍वरको न्यायले मलाई बचायो

सेप्टेम्‍बर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा, मेरो राम्रो सङ्गति, छिटो बुझाइ, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्