जिम्‍मेवारीबाट पन्छिनुका परिणामहरू

15 मार्च 2022

फेब्रवरी २०२१ मा एक दिन एक जना अगुवाले मलाई मैले स्पेनिस भाषा बोल्‍ने देशहरूका नयाँ विश्‍वासीहरूको मण्डलीको जिम्‍मेवारी लिनुपर्छ भनेर भन्‍नुभयो। म अचम्‍ममा परें। मैले सधैँ सुसमाचारको काम गर्दै आएकी थिएँ र नयाँ विश्‍वासीहरूका मण्डलीहरूको कहिल्यै पनि जिम्‍मेवार लिएकी थिइनँ। मसँग नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने अनुभव थिएन र म स्पेनिस भाषा पनि बोल्‍न सक्‍दिनथिएँ। म विभिन्‍न समस्या र कठिनाइहरूमा पर्नेछु भन्‍ने लाग्यो। तिनलाई कसरी समाधान गर्ने मलाई थाहा हुनेथिएन। नयाँ विश्‍वासीहरू भर्खर जन्‍मेका बालकहरू जस्तै हुन्। तिनीहरूलाई समयमा नै मलजल गरिएन भने, तिनीहरूले सत्यता बुझ्दैनन् र साँचो मार्गमा जरा गाड्दैनन्। तिनीहरूले विश्‍वास त्यागे भने, के मैले दुष्ट काम गरिरहेकी हुनेथिइनँ र? म निष्कासन हुनेथिएँ वा हटाइनेथिएँ। त्यो पदमा रहेका एक जना व्यक्तिलाई राम्रो काम नगरेकोमा हटाइएको थियो। नयाँ विश्‍वासीहरूका मण्डलीहरू सम्‍बन्धी काम भर्खर सुरु भएको थियो, र धेरैजसो काम नयाँ चरणमा थियो। यो सहज थिएन। यो काम गर्न सक्छु जस्तो मलाई लागेन। तर मलाई त्यो कर्तव्य दिइएको छ र मैले इन्कार गर्नु हुँदैन भन्‍ने थाहा थियो। तैपनि, मैले मेरा भावनाहरूलाई शान्त गर्न सकिनँ। पहिले मेरो सुसमाचार कार्यमा सबै कुरा ठीकठाक अघि बढिरहेका थिए। मैले हरेक महिना धेरै जना मानिसहरूलाई विश्‍वासमा ल्याइरहेकी थिएँ। तर नयाँ विश्‍वासीहरूको मण्डलीको काम कठिन हुनेथियो, र राम्रो काम गरिनँ भने मलाई हटाइनेथियो। मलाई धेरै कुराको चिन्ता लागेको थियो र त्यो काम गर्न सक्छु जस्तो लागेको थिएन। मलाई सुसमाचार प्रचार गर्दाका मेरा रमाइला पलहरू याद आइरहेका थिए। नयाँ विश्‍वासीहरूको मण्डलीमा धेरै समस्याहरू छन् भन्‍ने मैले देखेकी थिएँ, र तिनलाई कसरी समाधान गर्ने मलाई थाहा थिएन। मलाई विवश भएको महसुस भयो, र त्यो कर्तव्य अत्यन्तै कठिन छ भन्‍ने लाग्यो। यदि मैले ती कुराहरूलाई समयमा नै समाधान गरिनँ भने त्यसले मण्डलीहरूको काममा प्रभाव पार्नेथियो। के गर्ने भन्‍ने थाहा नभएपछि, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, र उहाँको इच्‍छालाई बुझेर समर्पित हुन अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।

भोलिपल्‍ट, एक जना ब्रदरले ती मण्डलीहरूका केही समस्याहरू मलाई बताउनुभयो। उहाँले भन्‍नुभयो, “धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिरहेका छन्। मण्डलीहरूलाई विभाजन गर्ने क्रममा, कतिपय मण्डली अगुवाहरूले गैरजिम्‍मेवार भई सदस्यहरूलाई सामेल गर्न छुटाए। तिनीहरूको सामूहिक भेला हुँदैन र परमेश्‍वरका वचनहरू पढ्न सक्दैनन्। केही नयाँ विश्‍वासीहरूले पठाएका सन्देशहरू हेर्नुहोस्।” मलाई फरवार्ड गरिएका सन्देशहरू खोलेर हेर्दा, एउटा सन्देशमा यसो भनिएको रहेछ, “ब्रदर, के तपाईं सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको व्यक्ति हो? म मण्डलीको सामूहिक भेलामा छैनँ। म अनलाइनमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न चाहन्छु। सहयोग गर्न सक्‍नुहुन्छ? अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खान र पिउन नपाउँदा मलाई दुःख लागेको छ।” अर्का नयाँ विश्‍वासीले भनेका रहेछन्, “ब्रदर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खान र पिउन पाएको छैनँ। म परमेश्‍वरको घरभन्दा बाहिर छु, र मलाई निकै नरमाइलो लाग्छ। भेलाहरू पत्ता लगाउन मलाई मद्दत गर्नुहुन्छ कि?” र कतिपय हरेक दिन उत्कट रूपमा भेलाको समय पर्खिरहेका हुन्थे, तर अगुवाहरूले तिनीहरूको लागि समय तालिका बनाइदिएका थिएनन्। त्यस ब्रदरले खिन्‍न हुँदै भन्‍नुभयो, “तपाईंले तिनीहरूलाई कसरी मलजल गर्नुहुनेछ, मलाई थाहा छैन। तपाईं जति नै व्यस्त भए पनि वा तपाईंको काम जति नै कठिन भए पनि, सुसमाचार स्वीकार गर्ने यी मानिसहरू भेला हुन वा परमेश्‍वरका वचनहरू पढ्न नपाएको देख्दा के तपाईंलाई नरमाइलो लाग्दैन? यदि हामीले थोरै मात्र ध्यान दियौँ भने, तिनीहरू परमेश्‍वरको घरभन्दा बाहिर पर्नेछैनन्।” उहाँको मुखबाट यो कुरा सुन्दा र तिनीहरूका सन्देशहरू देख्दा, मलाई नरमाइलो लाग्यो, र मैले आफ्‍नो आँसु रोक्‍न सकिनँ। हाम्रो गल्तीको कारण नयाँ विश्‍वासीहरू परमेश्‍वरको घरभन्दा बाहिर परेका छन्। तिनीहरूले मण्डली जीवन जिउन वा परमेश्‍वरका वचनहरू पढ्न पाएनन्, जसले तिनीहरूको जीवनमा हानि भयो। तर म भनेँ, मण्डलीहरूका ती सबै समस्याहरू देखेर पनि जिम्‍मेवारी लिइरहेकी थिइनँ। मैले तिनीहरूको जीवनको निम्ति बोझ उठाइरहेकी थिइनँ। मैले तिनीहरूको मण्डली जीवनलाई कसरी छिटो ठीक अवस्थामा ल्याउने भन्‍ने बारेमा विचार गरिरहेकी थिइनँ, तर म भाग्‍न मात्रै चाहन्थेँ। म साँच्‍चै स्वार्थी रहेछु! मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? … के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरको हरेक वचन मलाई नै भनिएको जस्तो लाग्यो। म निराश भएँ, र मलाई अत्यन्तै पछुतो भयो। परमेश्‍वरको घरले मलाई नयाँ विश्‍वासीहरूसँग काम गर्ने जिम्‍मा दिएर मैले परमेश्‍वरको इच्‍छालाई बुझेको चाहनुहुन्थ्यो। दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्नको लागि म तिनीहरूसँग एउटै हृदय र मनको हुनुपर्थ्यो, ताकि तिनीहरू भेला हुन, परमेश्‍वरका वचनहरू पढ्न, र साँचो मार्गमा जरा गाड्न सकून्। केही देशहरूमा नयाँ विश्‍वासीहरूका मण्डलीहरू स्थापना भएका थिए र तुरुन्तै ध्यान दिनुपर्ने धेरै वटा समस्याहरू थिए, तर मैले परमेश्‍वरको इच्‍छाको बारेमा विचार गरिरहेकी थिइनँ। त्यो अभिभारालाई स्वीकार गरेपछि, मैले आफ्‍नै भविष्यबारे मात्रै विचार गरिरहेकी थिएँ, किनभने राम्रो काम गरिनँ भने मेरो खुलासा हुनेछ र कुनै परिणाम पाउनेछैनँ भन्‍ने मलाई डर थियो। मेरो कर्तव्यप्रति ममा कुनै बोझ वा जिम्‍मेवारीको बोध थिएन। म अत्यन्तै घृणित थिएँ, र ममा मानवताको कमी थियो! त्यस ब्रदरले मलाई नयाँ विश्‍वासीहरूका सन्देशहरू पठाउनुको पछाडि परमेश्‍वरको इच्‍छा थियो। यो मेरो सुषुप्त हृदयलाई बिउँझाउनको लागि थियो, ताकि मैले आफूले लिएकी जिम्‍मेवारीलाई देख्‍न र मेरो कर्तव्यको लागि साँचो बोझ उठाउन सकूँ। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, अनि आफ्‍नो भविष्यको बारेमा उप्रान्त विचार नगर्ने, बरु उहाँमा भरोसा गरी अभिभारा स्वीकार गर्दै लगनशील भएर आफ्‍नो कर्तव्य पूरा गर्ने, अरूसँग सत्यताको खोजी गर्ने, र जति सक्दो चाँडो मण्डलीका समस्याहरूलाई समाधान गर्ने इच्‍छा जाहेर गरेँ।

त्यसपछि मैले भेलामा सहभागी हुन नपाएका नयाँ विश्‍वासीहरूको लागि बन्दोबस्त मिलाउन केही मानिसहरूको व्यवस्था गरेँ। मैले सबै मण्डलीहरूको कामको बारेमा साँचो बुझाइ प्राप्त गर्ने प्रयास पनि गरेँ। धेरैजसो नयाँ विश्‍वासीहरूका मण्डलीहरूमा, केही पर्यवेक्षकहरूका लागि त्यो काम नयाँ थियो र त्यो काम कसरी गर्ने तिनीहरूलाई थाहा थिएन, र तिनीहरूमध्ये कतिले अल्याङटल्याङ गरिरहेका थिए, अनि नयाँ विश्‍वासीहरूको समस्याहरूलाई समयमै समाधान गरिरहेका थिएनन्। तिनीहरूलाई कि त सहयोग गरिनुपर्थ्यो कि त निष्कासन गर्नुपर्थ्यो। खासगरी, कतिपय नयाँ विश्‍वासीहरूलाई पादरीवर्गले बहकाएका कारण भेलाहरूमा सहभागिता जनाउन छोडेका थिए, तर पनि नयाँ विश्‍वासीहरूको सङ्ख्या धेरै हुन्थ्यो। यी समस्याहरू देख्दा म चिन्ता नगरी बस्‍न सकिनँ। यदि म केही समयको लागि इन्‍चार्ज भएँ, तर हाम्रो काममा सुधार हुँदै गएन भने, त्यसको लागि म नै जिम्‍मेवारी हुनेथिएँ र केही समयपछि अवश्य नै मलाई खुलासा गरिनेथियो। मलाई झन् धेरै निराश लागिरहेको थियो। म यताउता दौडधूप गरिरहेकी छु भन्‍ने जस्तो देखिन्थ्यो, तर हृदयमा अत्यन्तै धेरै दबाब थियो। महिनाको अन्त्यमा, भेलामा सहभागिता नजनाउने नयाँ विश्‍वासीहरूको सङ्ख्या बढेको मैले देखेँ। म हक्क न बक्क भएँ। मैले सोचेँ, मैले त्यो कर्तव्य भर्खर लिएकी मात्र छु, त्यसकारण मैले चाँडै पदत्याग गरेँ भने, मेरो दुष्कर्म थोरै मात्रै हुनेछ। यदि म यो काममा अघि बढिरहेँ र नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान भएनन्, र तिनीहरूले मण्डली छोडे भने, मैले ठूलो दुष्कर्म गरेकी हुनेछु। त्यसपछि मलाई निष्कासन गरिन सक्छ वा मेरो गन्तव्य र परिणाम समेत बरबाद हुनसक्छ। छोड्ने मेरो सोच बढ्दै गइरहेको थियो र अन्तिममा मैले यो गर्नैपर्छ भन्‍ने निर्णय गरेँ। त्यो सोचेपछि, म खडा भएँ र मलाई अचानक रिँगटा लाग्यो। सबै कुरा घुमिरहेको देखेँ र मलाई आफू बेहोस हुन लागेकी छु भन्‍ने लाग्यो। मलाई त्यस्तो कहिल्यै भएको थिएन, र यो तनावको कारणले हो कि भन्‍ने सोचेँ। मैले एक जना सिस्टरलाई भनेँ, र उहाँले मलाई सङ्गति गर्दै यस घटनामा परमेश्‍वरको इच्‍छा थियो, र यसबाट पाठ सिक्‍नुपर्छ भनेर भन्‍नुभयो। त्यो कुरा सुनेपछि, म खोजी र मनन गर्दै शान्त भएँ, र मेरो भ्रष्टता बुझ्‍न अन्तर्दृष्टि दिनुहोस् भनेर अनुरोध गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, पेज ६७२ को दोस्रो खण्ड। “परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्‍वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ तँमाथि जति बढी भारको रूपमा रहन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। हीकतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्‍वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्‍वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छन्। यसरी, तिमीहरू परमेश्‍वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्‍वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरका वचनहरूको यो खण्डबाट परमेश्‍वरको आज्ञाप्रति बोझ बोक्‍नु भनेको कुनै व्यक्ति सिद्ध हुन सक्छ कि सक्दैन भन्‍ने कुरासँग सम्‍बन्धित हुने कुरा हो भन्ने थाहा पाएँ। कुनै व्यक्तिले जति धेरै बोझ बोकेको हुन्छ र परमेश्‍वरको बोझलाई जति धेरै ध्यान दिएको हुन्छ, परमेश्‍वरले उसलाई त्यति नै आशिष्‌ दिनुहुन्छ। तर, मण्डलीको काम र आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवारी बोध नहुनेहरू, मण्डलीका हितहरूलाई साथ नदिई आफैलाई मात्रै रक्षा गर्नेहरू स्वार्थी र घृणित मानिसहरू हुन्, जसलाई परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुन्‍न। म कति स्वार्थी थिएँ, र बोझ लिन वा परमेश्‍वरको इच्‍छा बुझ्‍न कति अनिच्‍छुक थिएँ, र आफ्‍नै भविष्यको बारेमा मात्रै विचार गर्थेँ भन्‍ने बारेमा मैले चिन्तन-मनन गरेँ। नयाँ विश्‍वासीहरू भेलामा नियमित सहभागी नभइरहेका बेला, मैले तिनीहरूलाई साथ दिन समाधानको तत्काल खोजी गरिरहेकी थिइनँ, बरु त्यो कर्तव्यमा रहिरहेँ भने खुलासा हुने र हटाइने बारेमा चिन्ता गरिरहेकी थिएँ। यो मैले ती आत्माहरूको लागि बोक्‍न नसकेको जिम्‍मेवारी थियो। त्यसकारण आफूलाई रक्षा गर्न, म त्यो कर्तव्यबाट पछि हट्न चाहेँ। म परमेश्‍वरप्रति समर्पित थिइनँ। मैले आफ्‍नो कर्तव्यमा आफ्‍नै चासोहरूका बारेमा मात्रै विचार गरिरहेकी थिएँ। मैले लाभ प्राप्त नगर्दा, साथै मैले कष्ट भोग्‍नुपर्दा र जिम्‍मेवारी लिनुपर्दा, म भाग्‍न चाहन्थेँ, उम्कन चाहन्थेँ। सबै कुरा राम्ररी अघि बढिरहेको बेला म खुशीसाथ काम गर्न चाहन्थेँ, तर समस्याहरू देखा पर्दा, र मेरो आफ्‍नै भविष्य खतरामा पर्दा, मैले छोड्न चाहें। म परमेश्‍वरप्रति सच्‍चा थिइनँ र मसँग वास्तवमा इमानदार हृदय थिएन। म धूर्त, आफ्‍नो मात्रै फाइदा खोज्‍ने दुष्ट व्यक्ति थिएँ र म भरोसाको योग्य थिइनँ। म जस्तो स्वार्थी र धूर्त व्यक्तिलाई परमेश्‍वरले सिद्ध तुल्याउन सक्‍नुहुन्‍न थियो। मैले यसको बारेमा जति विचार गरेँ, विवेक नभएकोमा आफूप्रति त्यति नै घृणा लाग्यो। म परमेश्‍वरको अघि जिउन योग्य थिइनँ। म पछुतो र ग्‍लानिले भरिएँ।

हामीले आफ्‍नो कर्तव्यमा किन सधैँ आफ्‍नै चासोहरू र भविष्यको बारेमा विचार गर्छौं? हामी किन यति स्वार्थी छौं? मलाई पनि यस्तै कुराको सोच आउँथ्यो। मैले मेरो भक्तिको समयमा ख्रीष्ट-विरोधीहरूको विश्‍लेषण गर्ने परमेश्‍वरका वचनहरू पढेपछि, यसलाई अलिक स्पष्ट रूपमा देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “सामान्य परिस्थितिहरूमा, व्यक्तिले आफ्नो कर्तव्यमा आउने परिवर्तनहरूलाई स्वीकार गर्नुपर्छ र त्यसप्रति समर्पित हुनुपर्छ। तर तिनीहरूले आफैलाई समीक्षा गर्ने, समस्याको सारलाई चिन्‍ने र आफ्ना कमीकमजोरीहरूलाई पहिचान गर्ने गर्नुपर्छ। यो निकै असल कुरा हो र यसमा कुनै विशाल अड्चनहरू छैनन्। यो जटिल पनि छैन; यो धेरै नै सरल छ र जो-कसैले यसबारेमा स्पष्ट रूपमा सोचविचार गरेर निर्णय लिन सक्छ। जब यस्तो कुनै घटना एउटा सामान्य व्यक्तिको जीवनमा घट्छ, तब तिनीहरूले कम्तीमा पनि केही न केही कुरा सिक्‍नेछन्, र यस क्रममा आफ्नो बारेमा अझ सही बुझाइ र सही मूल्याङ्कन गर्न सक्‍नेछन्। तर ख्रीष्टविरोधीहरूको हकमा भने यस्तो हुँदैन—तिनीहरूलाई जेसुकै हुँदा पनि तिनीहरू सामान्य मानिसहरूभन्दा फरक हुन्छन्। यो भिन्‍नता कहाँनेर हुन्छ त? तिनीहरूले समर्पित हुँदैनन्; तिनीहरूले स्वस्फूर्त रूपमा र स्वेच्छापूर्वक सहकार्य गर्दैनन्, तिनीहरूले साँचो रूपले स्वीकार गर्नु त परको कुरा हो। त्यसको साटो, तिनीहरूलाई त्यसप्रति वितृष्णा लाग्छ र तिनीहरूले त्यसलाई विरोध गर्छन्, विश्‍लेषण गर्छन्, चिन्तन गर्छन् र अनुमान लगाउँदै आफ्नो दिमाग खियाउँछन्ः ‘मलाई किन अन्तै काममा सरुवा गरिँदै छ? म किन हालको कर्तव्य गरिरहन सक्दिनँ? के म साँच्‍चिकै सुयोग्य छैन र? के तिनीहरू मलाई बर्खास्त गर्न वा हटाउन गइरहेका छन्?’ तिनीहरूले जे भएको छ सो कुरालाई मनमस्तिष्कमा तौलिरहन्छन्, त्यसैको बारेमा कहिल्यै नटुङ्गिने गरी विश्‍लेषण र चिन्तन गरिरहन्छन्। … यस्तो सामान्य विषय छ—तर ख्रीष्टविरोधीले यसको बारेमा यति धेरै होहल्ला गर्छ, र यसको बारेमा यति धेरै निरन्तर सोच्छ कि ऊ एक झप्को पनि सुत्दैन। तिनीहरूले किन यसरी सोच्छन्? एक सामान्य कुरालाई समेत तिनीहरूले किन यति जटिल तरिकाले सोच्छन्? एउटै कारण छ: परमेश्‍वरको घरले निर्माण गरेको कुनै पनि प्रबन्धमा, तिनीहरूले त्यस कुरालाई आशिष्‌ पाउने र भविष्यको गन्तव्य सम्‍बन्धी आफ्नो आशासँग जोड्दै बलियो गाँठो बाँध्‍नेछन्। यसैले तिनीहरू भन्छन् ‘म होसियार हुनुपर्छ; एउटा गलत पाइलाले हरेक पाइलालाई गलत बनाउनेछ, अनि मैले आशिष्‌ प्राप्त गर्ने मेरो इच्छालाई त्याग्न सक्छु—अनि त्यो मेरो अन्त्य हुनेछ। म लापरवाह हुन सक्दिनँ! परमेश्‍वरको घर, दाजुभाइ र दिदीबहिनीहरू, माथिल्लो नेतृत्व, परमेश्‍वरसमेत—तिनीहरू सबै अविश्‍वसनीय छन्। म तिनीहरूमध्ये कसैमा पनि भरोसा गर्दिनँ। सबैभन्दा विश्‍वासयोग्य र सबैभन्दा भरोसायोग्य व्यक्ति म आफैँ हुँ; यदि तैँले आफ्नो निम्ति योजना बनाउँदैनस् भने, तँलाई कसले देखभाल गर्नेछ? तेरा सम्भावनाहरूको बारेमा र तैँले आशिष्‌हरू प्राप्त गर्नेछस् कि छैनस् भन्‍ने बारेमा कसले विचार गर्नेछ? यसैले, मैले मेरो बारेमा योजना बनाउनको निम्ति अति नै सावधान तयारीहरू गर्नुपर्छ र अत्यन्तै कठिन परिश्रम गर्नुपर्छ; मैले अलिकति पनि हेलचेक्र्याइँ गर्नु हुँदैन—नत्र, मलाई छलमा पार्न र मबाट फाइदा उठाउन मानिसहरूलाई सजिलो हुनेछ।’ एउटा ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गभन्दा ठूलो, जीवनभन्दा ठूलो, स्वभावजन्य परिवर्तन वा व्यक्तिगत मुक्तिभन्दा महत्वपूर्ण र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी हुनुभन्दा महत्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न पनि योग्य नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। त्यसैले, तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्”)। जब मैले यसको बारेमा विचार गरेँ, तब मैले मेरो कर्तव्यमा आफूलाई रक्षा गर्नु र आफ्‍नै हितहरूको बारेमा सोच्‍नु भनेको, परमेश्‍वरले प्रकट गर्नुभएका ख्रीष्ट-विरोधीहरूको स्वभाव देखाउनु, अत्यन्तै स्वार्थी हुनु, आशिष्‌हरू र व्यक्तिगत इच्‍छाको बारेमा मात्रै विचार गर्नु हो भन्‍ने देखेँ। विश्‍वास गर्नुको मनसाय भनेको परमेश्‍वरद्वारा आशिषित हुनु हो। जब कुनै कुरा आइपर्थ्यो, तब मैले सुरुमा आफ्‍नै परिणाम र गन्तव्यको बारेमा विचार गर्थेँ र आशिषहरूलाई जीवन जत्तिकै महत्त्वपूर्ण ठान्थें, अनि परमेश्‍वर विरुद्ध सतर्क हुँदै सबै दृष्टिकोणहरूबाट विचार गरेर आफू उम्कने बाटो छोड्थें, किनभने मलाई म होशियार भइनँ भने मलाई खुलासा गरेर हटाइनेछ भन्‍ने कुराको डर लाग्थ्यो। ममा परमेश्‍वरप्रति साँचो विश्‍वास थिएन। नयाँ विश्‍वासीहरूका मण्डलीहरूको जिम्‍मा लिइसकेपछि, जब धेरै समस्याहरू देख्थें, तब म सुसमाचार प्रचारको काममा नै फर्केर जान चाहन्थेँ। मलाई मैले त्यो कर्तव्य राम्ररी पूरा गरिरहेकी र उपलब्धिहरू प्राप्त गरिरहेकी थिएँ, त्यसकारण मैले परमेश्‍वरको प्रतिज्ञा र सुन्दर गन्तव्य प्राप्त गर्नेथिएँ भन्‍ने लाग्थ्यो। नयाँ विश्‍वासीहरूका मण्डलीमा यी सबै समस्याहरू देखेपछि, यदि मलजलको काम राम्ररी गरिएन भने मानिसहरू पछि हट्नेछन्, र त्यसको लागि मलाई जिम्‍मेवार ठहराएर हटाइनेछ भन्‍ने डर लागेको थियो। मलाई मेरो हैसियत र भविष्यमा प्रभाव पर्नेछ र म आशिषित हुनेछैन भन्‍ने लागेको थियो, त्यसकारण म पछि फर्केर भाग्‍न चाहन्थेँ, र म त्यो कर्तव्य पूरा गर्न चाहँदिनथिएँ। मैले आशिष्‌हरू प्राप्त गर्न, परमेश्‍वरसँग कारोबार गर्ने प्रयास गर्नको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ। यो परमेश्‍वरमा समर्पित हुन र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि थिएन। पावल सुसमाचार प्रचार गर्न युरोपका विभिन्‍न स्थानमा गएका, तिनले अनेक कष्ट भोगेका र धेरै वटा मण्डलीहरू स्थापना गरेका बारेमा विचार गरेँ, तर त्यो सबै कठिन परिश्रम आशिष्‌ पाउनको लागि मात्रै थियो। तिनले आफ्‍नो कामलाई परमेश्‍वरसँग कारोबार गर्ने माध्यमको रूपमा प्रयोग गर्न चाहन्थे। त्यही कारणले तिनले यसो भनेका थिए, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। मैले आफ्‍नो कर्तव्यमा कुनै इमानदारिता प्रस्तुत नगरी पावलले जस्तै व्यवहार गरेँ। मेरो सतही प्रयासहरूको लागि मैले परमेश्‍वरबाट क्षतिपूर्ति र आशिष्‌हरू प्राप्त गर्न चाहन्थेँ, किनभने म “आफ्‍नो दुनो आफैले सोझ्याउनुपर्छ” भन्‍ने विष अनुसार जिउथें। त्यो त कर्तव्य पूरा गर्नु होइन। म अवसरवादी मात्रै थिएँ, परमेश्‍वरको घरमा स्वार्थ पूरा गर्न आएकी गैरविश्‍वासी थिएँ। म साँच्‍चै नै खराब व्यक्ति थिएँ। मण्डलीहरूमा सम्‍बोधन गर्नुपर्ने धेरै वटा व्यवहारिक समस्याहरू थिए र मैले तिनमा ध्यान दिएकी थिइनँ। मैले आशिष्‌ प्राप्त गर्नेछु कि गर्नेछैनँ भनेर आफ्‍नै परिणाम र गन्तव्यको बारेमा विचार गरिरहेकी थिएँ। म मानव भनिन समेत लायककी थिइनँ। यो देखेर मलाई खेद लाग्यो, त्यसकारण मैले उप्रान्त मेरो परिणामको बारेमा विचार गर्न चाहँदिन बरु मेरो हृदयलाई शान्त गरेर मेरो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु भन्दै प्रार्थना गरें।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई साँच्‍चै नै अन्तर्दृष्टि दियो, पेज ११६७ को दोस्रो खण्ड। “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू ‘मध्यम-स्तरीय’ भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? … मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। यसले मलाई के कुरा बुझ्‍न सहयोग गर्यो भने कर्तव्यसँग आशिष्‌ वा श्राप पाउनुको कुनै सम्‍बन्ध हुँदैन। सृष्टि गरिएको प्राणीको रूपमा, मैले आशिषहरूसँग नजोडी आफ्‍नो कर्तव्य पूरा गर्नु मेरो जिम्‍मेवारी हो। कुनै कर्तव्यमा मेरा कठिनाइहरू जे-जस्तो भए पनि, मैले यसमा मेरो सारा हृदय लगाउनुपर्छ र त्यस जिम्‍मेवारीलाई पूरा गर्नुपर्छ। राम्ररी काम नगरेकोमा मलाई स्थानान्तर वा निष्कासन गरियो भने पनि, मैले केही न केही त सिकेकी हुन्छु। खुलासा हुने र हटाइने डरले मैले यस काममा हरेस खानु हुँदैन। मानिसहरूलाई निष्कासन गर्ने र हटाउने बारेमा परमेश्‍वरको घरका सिद्धान्तहरू छन्। जब मानिसहरूलाई परमेश्‍वरको घरबाट हटाइन्छ, त्यो तिनीहरूले गरेको निश्‍चित कर्तव्यको कारणले वा कर्तव्यमा गरेको गल्तीको कारणले हुँदैन। त्यस्तो अवस्था कहिल्यै आएको छैन। तिनीहरूले सत्यतालाई नपछ्याएका हुनाले, तिनीहरू सही बाटोमा नभएका हुनाले, र पश्‍चात्ताप गर्न निरन्तर इन्कार गरेका हुनाले नै सधैँ यसो गरिएको हुन्छ। सत्यताको खोजी गर्ने दाजुभाइ-दिदीबहिनीहरूलाई अपराधहरू गरेपछि पनि मौका दिइन्छ। सहयोग र निराकरणद्वारा, यदि कसैले आफ्‍नो बारेमा सिक्छ, पश्‍चात्ताप गर्छ र परिवर्तन हुन्छ भने, ऊ परमेश्‍वरको घरमा रहन सक्छ। मैले के पनि सिकेँ भने जब परमेश्‍वरले कसैले आफ्‍नो कर्तव्य राम्ररी गरिरहेको छ कि छैन भनेर विचार गर्नुहुन्छ, तब त्यो तिनीहरूले कति धेरै आफूलाई समर्पित गरिरहेका छन् वा तिनीहरूले कति उपलब्धि हासिल गरेका छन् भन्‍ने कुरामा होइन, बरु तिनीहरू सत्यताको खोजी गर्ने र सिद्धान्तहरूलाई पछ्याउने कार्यमा केन्द्रित छन् कि छैनन्, तिनीहरूले यसमा आफ्‍नो सारा हृदय र प्रयास लगाइरहेका छन् त भन्‍ने कुरामा आधारित हुन्छ। र कसैले जति नै धेरै समस्याहरूको सामना गरे पनि, परमेश्‍वरको इच्‍छालाई ध्यान दिन्छन् र सत्यताको खोजी गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ, त्यसपछि कुनै पनि कुरा समाधान हुनेछ। यदि कसैले सत्यताको पछि नलागी आफ्‍नै घाटा र नाफाको बारेमा मात्रै विचार गर्छन्, आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गर्छन् र कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूको खुलासा हुनेछ र तिनीहरूलाई हटाइनेछ। मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मैले अर्को प्रार्थना गरेँ र आफ्‍नै नाफा र घाटाको बारेमा विचार गर्न छोडेर आफ्‍नो कर्तव्यमा आफ्‍नो सम्पूर्णता दिने इच्‍छा जाहेर गरेँ।

त्यसपछि, म मेरो कर्तव्यमा पूर्ण रूपमा लागिपरेँ र मण्डलीहरूमा रहेका कामका विवरणहरू होशियारीको साथ अध्ययन गरी देखा परेका सबै समस्याहरूलाई सूचीकृत गरेँ। मैले समाधान गर्न नसक्‍ने समस्याहरूको लागि अगुवासँग सल्‍लाह मागेँ, र अरू मण्डली अगुवाहरूबाट सङ्गति गर्न अनुरोध गरेँ। सिद्धान्त र अभ्यासहरूलाई बुझेपछि मैले धेरै वटा समस्याहरूलाई सम्‍हाल्‍न सकेँ। जब मैले मेरो आचरणलाई परिवर्तन गरेर आफ्‍नै भविष्यको बारेमा विचार गर्न छोडेँ, अनि नयाँ विश्‍वासीहरूका समस्यालाई समाधान गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर कसरी काम गर्ने भन्‍ने बारेमा मात्रै विचार गरेँ, तब चरणबद्ध रूपमा मण्डली जीवन बिस्तारै ठीक मार्गमा आउन थाल्यो। भेलामा सहभागी नहुने नयाँ विश्‍वासीहरूले पनि क्रमिक रूपमा आफ्‍नो मण्डली जीवन प्राप्त गर्न थाले र परमेश्‍वरका वचनहरू खान र पिउन सके। निकै जना नयाँ विश्‍वासीहरूले पनि सुसमाचार सुनाउने कर्तव्य पूरा गर्न थाले। मैले परमेश्‍वरको अगुवाइ र आशिष्‌हरू देखेँ। “परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो” भन्‍ने परमेश्‍वरको भनाइ मैले व्यक्तिगत रूपमा अनुभव गरेको वचन हो। भएका सबै घटनाहरूको बारेमा विचार गर्दा, अर्थात् नयाँ विश्‍वासीहरूका ती मण्डलीहरूमा धेरै वटा समस्याहरू हुँदाको समयदेखि तिनीहरू सही मार्गमा आएको अनि नयाँ विश्‍वासीहरूले सामान्य मण्डली जीवन जिउन थालेको समयसम्‍म हेर्दा, यो सबै परमेश्‍वरको कामको फल थियो भन्‍ने देखेँ। परमेश्‍वरको काम साँच्‍चै नै परमेश्‍वर स्‍वयम्‌ले गर्नुहुन्छ, र हामीले आफ्‍नो भूमिका मात्रै निर्वाह गर्छौं। कर्तव्य वा कठिनाइहरू जे-जस्तो होस्, हामी समर्पित हुनुपर्छ र हाम्रा नाफा वा नोक्सानको बारेमा सोच्‍नु हुँदैन। हामीले सत्यताको खोजी गर्नुपर्छ, परमेश्‍वरको इच्‍छालाई ध्यान दिनुपर्छ, र आफ्‍नो कर्तव्यमा हाम्रो सम्पूर्णता लगाउनुपर्छ, त्यसपछि हामीले परमेश्‍वरका आशिष्‌हरू देख्‍नेछौं।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कसले हाम्रो परिवार बरबाद गर्‍यो?

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्