सहकार्य गर्दाको मेरो कथा

16 डिसेम्बर 2024

लिएन, अमेरिका

मण्डलीमा म मलजल गर्ने कामको जिम्‍मेवार व्यक्ति थिएँ। सुसमाचार फैलँदै र धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्दै गएपछि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुको अतिरिक्त मलजल गर्नेहरूको कामलाई पनि फलोअप गरिरहेकी, र तिनीहरूका समस्या एवम् कठिनाइहरू समाधान गर्न सहयोग गरिरहेकी थिएँ। मैले सबै कुरा भ्याउँदिनथिएँ, त्यसकारण कतिपय नयाँ विश्‍वासीहरूलाई समयमा मलजल गर्न नसकिएको कारण तिनीहरूले भेलाहरूमा जाने उत्साह गुमाएका थिए। मेरो अगुवाले काममा ढिलाइ हुन नदिन सिस्टर कार्मेनलाई मसँगै काम गर्ने बन्दोबस्त मिलाए। मलाई त्यो सुन्दा खुशी लाग्यो, किनभने कार्मेनले काममा भएका समस्याहरू पत्ता लगाउन र आफ्‍नो कर्तव्यमा बोझ लिन सक्थिन्। मलजलको काममा उनले सधैँ राम्रा परिणामहरू प्राप्त गर्थिन्। उनीसँग सहकार्य गर्दा यसले मेरा कमीकमजोरीहरूलाई समाधान गर्नेथियो र काम सम्‍बन्धी केही तनावलाई हल्‍का गर्नेथियो।

पछि, मैले कार्मेनलाई मलजल समूहमा समावेश गरेँ। त्यो बेला मलजल समूहका कतिपय मानिसहरू निकै निष्क्रिय थिए, र तिनीहरूको स्थितिलाई सुधार गर्न कार्मेनले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न थालिन्। समूह सदस्यहरूले प्रश्‍न सोध्दा उनले तुरुन्तै जवाफ दिन्थिन्। त्यो सबै देख्दा मलाई असहज हुन्थ्यो। म के सोचिरहेकी हुन्थेँ भने, पहिले कामकाजको एकल इन्चार्ज हुँदा सधैँ म नै तिनीहरूको प्रश्‍नको जवाफ दिन्थेँ, तर उनी आएसँगै उनले प्रमुख भूमिका लिएकी छिन् र मलाई छायामा पारेकी छिन्। साथै, उनको सङ्गतिमा मसँग नभएको प्रकाश छ, त्यसकारण अवश्य नै सबैले उनी मभन्दा सिपालु छिन् भन्‍ने सोच्‍नेछन्। यो विचारले मलाई निकै असहज तुल्यायो। मलाई त उनले मेरो प्रशंसा चोरिरहेकी छिन्, हरेक पक्षमा मलाई नीच देखाइरहेकी छिन् जस्तो लाग्यो, र मलाई उनीप्रति खुशी लागेन। उनले समूहमा पठाउने मेसेजहरू पढ्न र उनीसँग सक्रिय भएर कुराकानी गर्न छोडेँ—मैले उनलाई जानीजानी अलग गरिरहेकी थिएँ। मैले हाम्रो कामको बारेमा सक्रिय रूपमा कार्मेनलाई समयमै जानकारी दिइरहेकी थिइनँ, त्यसकारण केही दिनपछि पनि उनले ब्रदर-सिस्टरहरूको साँचो स्थिति पत्ता लगाउन सक्दिनथिइन्, र हाम्रो काम राम्ररी अघि बढ्न सक्दैनथियो। मैले मलजल गर्ने समूह सदस्यहरूकहाँ गएर तिनीहरूको स्थिति र समस्याहरूका बारेमा कुरा गरेर सङ्गति गर्नु र त्यसलाई तुरुन्तै समाधान गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर त्यसपछि मलाई कार्मेनले नेतृत्वको भूमिका लिने गरेकी र उनले नै मलजलको काम मुख्य रूपमा सम्‍हालिरहेकी छिन् भन्‍ने मौन बुझाई सबैको बीचमा रहेको छ भन्‍ने कुरा याद आयो। मलाई के डर थियो भने यदि मैले समूह सदस्यहरूका समस्याहरू समाधान गरेँ र काम राम्रो भयो भने वास्तविक अवस्था नबुझेका कतिपय ब्रदर-सिस्टरहरूले यो काम कार्मेनले गर्दा नै भएको हो भनेर भन्छन्, र तिनीहरूले उनलाई अझै आदर गर्छन्। त्यसपछि म अदृश्य हुनेथिएँ। त्यसकारण, मैले मलजल समूह सदस्यहरूसँग सङ्गति गरिनँ। केही दिन बितेर गयो र हाम्रो मलजल कामको प्रभावकारिता घट्दै गयो। कार्मेन बेचैन भएकी र उनले सङ्गतिको लागि समूहमा परमेश्‍वरका वचनहरू पठाइरहेकी देख्थेँ, तर मलाई त्यसको कुनै चासो थिएन, र यसप्रति मलाई अलिक आनन्द समेत आइरहेको थियो। मलाई त काम राम्रो नहुनु नै ठीक हो, ताकि अगुवाले कार्मेन राम्रो र मेरो स्तरकी नभएकी भनेर भनून् भन्‍ने लागेको थियो। यी विचारहरू आउँदा मलाई त्यति सहज त लागेको थिएन, तर त्यो बेला मैले यस विषयमा त्यति गम्‍भीर रूपमा विचार गरिनँ।

एक दिन, एक जना अगुवाले आजभोलि हाम्रो मलजलको काम त्यति राम्रो भइरहेको छैन, कार्मेन नयाँ विश्‍वासीहरूका बारेमा जान्‍न चाहन्छिन्, त्यसकारण उनलाई तिनीहरूको भेला समूहमा समावेश गर्नु भनेर मलाई भनिन्। यस्तो बन्दोबस्त गर्नुपर्छ भनेर अगुवाले भनेको सुन्दा मेरो मुटु ढक्क फुल्यो। मलाई कार्मेन मभन्दा सिपालु छिन्, उनले यी समूह भेलाहरूमा सहभागिता जनाइन्, नयाँ विश्‍वासीहरूका समस्याहरूप्रति परिचित भएर तुरुन्तै ती समाधान गरिन्, हाम्रो कामलाई हातमा लिइन् भने म उनीद्वारा पछि पर्नेछु भन्‍ने सोच आयो। उनी सबै समूहमा गएको म चाहँदिनथिएँ, र म आफै समाधान पहिल्याउन सक्छु भन्‍ने सोचेँ। त्यसकारण मैले त्यो कुरा इन्कार गर्ने बहानाहरू खोजेँ। मलाई पछि यसबारेमा पछुतो भयो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। प्रार्थनाद्वारा मैले के महसुस गरेँ भने यसो गरेर त मैले आफ्‍नै नाम र हैसियतको रक्षा गरिरहेकी छु, र यो कार्य परमेश्‍वरको इच्‍छा अनुसार छैन। तर कार्मेन हरेक समूह भेलामा तुरुन्तै सहभागी हुने कुराप्रति म त्यति खुशी थिइनँ, र उनले अन्त्यमा मबाट मेरो पद खोस्‍नेछिन् भन्‍ने मलाई डर लागेको थियो। त्यसपछि मलाई कसरी ती धार्मिक पादरीवर्गले आफ्‍नो हैसियतको रक्षा गर्न र आफ्‍नो रोजीरोटी जोगाउन मण्डलीमा प्रतिबन्ध लगाउनका लागि सक्‍ने सबै कुरा गर्छन्, विश्‍वासीहरूलाई आफ्‍नो पकडमा राख्छन्, परमेश्‍वरको आखिरी दिनहरूको कामबारे खोजीनिधो गर्न वा प्रभुको पुनरागमनलाई स्वागत गर्न दिँदैनन् भन्‍ने बारेमा याद आयो। तिनीहरूले परमेश्‍वरसँग होड गर्छन् र परमेश्‍वरको आखिरी दिनहरूको कामले प्रकट गरेका ख्रीष्टविरोधीहरू तिनीहरू नै हुन्। मैले मैले आफ्‍नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न सकूँ भनेर कार्मेनलाई हाम्रो काममा संलग्‍न हुन दिइरहेकी थिइनँ। के मैले ब्रदर-सिस्टरहरूलाई कसिलो गरी मेरो पकडमा राखिरहेकी थिइनँ र? मैले पादरीवर्गले जस्तै परमेश्‍वरको विरोध गरिरहेकी थिएँ। मैले तुरुन्तै आफ्‍नो मार्ग बदलेर मेरा गलत मनसायहरूलाई त्याग्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। भोलिपल्ट, मैले कार्मेनलाई भेला समूहहरूमा संलग्‍न गरेँ, र निकै सहज महसुस गरेँ।

मैले उनलाई भेला समूहहरूमा संलग्‍न गरे पनि उनीसँग कामको बारेमा छलफल गर्न खोजिनँ, त्यसकारण हामी प्रत्येकले अझै आ-आफ्‍नै काम गरिरहेका थियौँ। एक-दुई हप्ता बितेर गयो, र हाम्रो मलजलको काममा अझै सुधार आएको थिएन। यस्तो किन भयो भनी अगुवाले सोध्दा कसरी जवाफ दिने मलाई थाहा थिएन। पछि मलाई पछुतो भयो, त्यसपछि मैले मेरो भक्ति र मननको समयमा परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी प्रकटीकरणहरू चिन्‍नमा आफ्नो ध्यान केन्द्रित गर्छन् र ऊर्जा खर्चन्छन्। यदि केही मानिसहरूले कहिलेकहीँ आफ्नो स्व-ज्ञानबारे केही भन्‍न सक्छन् भने पनि त्यो त्यत्ति गहन हुनेछैन। तिनीहरूले कुनै निश्‍चित प्रकारको कार्य गरेकोले वा कुनै निश्‍चित कुरा प्रकट गरेकोले, तिनीहरू कुनै निश्‍चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्‍चित प्रकारको प्रकृति छ भनी कुनै व्यक्तिले कहिल्यै सोचेको छैन। परमेश्‍वरले मानिसको प्रकृति र सार खुलासा गर्नुभएको छ, तर मानिसहरूले के बुझ्छन् भने तिनीहरूको काम गर्ने र बोल्ने तरिकाहरू त्रुटिपूर्ण र दोषपूर्ण छन्; परिणामस्वरूप, तुलनात्मक रूपमा तिनीहरूलाई सत्यताको अभ्यास गर्न कठिन हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक प्रकटीकरण मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्‍नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्‍नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरूले सत्यता जान्दैनन् र त्यसको तृष्णा गर्दैनन्, सत्यताको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ नीतिहरू पालन मात्रै गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्तै नराम्रो भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्न हदसम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरका मापदण्डहरूअनुसार, मानिसहरू अति नै गहन रूपमा भ्रष्ट तुल्याइएका छन्, तिनीहरू अझै पनि मुक्तिको मापदण्डहरूभन्दा धेरै टाढा छन्, किनकि तिनीहरूसित सत्यतालाई बाह्य रूपमै उल्लङ्घन नगर्ने जस्तो देखिने केही दृष्टिकोणहरू मात्र हुन्छन्, र वास्तवमा, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र परमेश्‍वरप्रति समर्पित हुँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यसको बारेमा विचार गरेपछि, मैले के बुझेँ भने आत्मज्ञानको लागि मैले मेरा विचार, मनसाय र दृष्टिकोणहरूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नुपर्छ, मैले आफ्‍नो प्रकृति, सार, र म रहेको मार्गलाई चिनेर विश्‍लेषण गर्नुपर्छ, त्यसपछि त्यसलाई सत्यताद्वारा समाधान गर्ने प्रयास गर्नुपर्छ। साँचो रूपमा परिवर्तन हुने र पश्‍चात्ताप गर्ने एउटै मात्र तरिका त्यही हो। यदि हामीले हामीमा भ्रष्ट स्वभाव छ वा हाम्रो आफ्‍नै प्रकृति सार नबुझी, हामी कति गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ, वा हामी कति गम्‍भीर स्थितिमा छौँ भन्ने कुरालाई नजानी हामीले केही गल्ती गरेका छौँ भन्‍ने कुरालाई मात्रै स्वीकार गर्‍यौँ भने हामीलाई सत्यता र परिवर्तनको खोजी गर्न इच्‍छा हुँदैन, साँचो रूपमा पश्‍चात्ताप गर्ने कुरा त परै जाओस्। मैले आफ्‍नो नाम र हैसियतको रक्षा गरिरहेकी छु भन्‍ने कुरालाई, र कार्मेनलाई समूहहरूमा संलग्‍न हुन दिन नचाहनु परमेश्‍वरलाई विरोध गर्नु हो भन्‍ने कुरालाई मात्रै स्वीकार गरिरहेकी छु, तर मैले प्रकट गरिरहेको सबै प्रकारको स्वभावलाई, यसको सार के हो, र म मेरो कर्तव्यमा कुन मार्गमा छु भन्‍ने कुरा मैले स्पष्ट रूपमा बुझेकी छैन भन्‍ने थाहा पाएँ। मैले उनलाई समूहहरूमा संलग्‍न गर्न पुगे पनि यो व्यवहार परिवर्तन मात्रै थियो, र मैले आफ्‍नो भ्रष्ट स्वभाव समाधान गरिनँ। साथै मैले साँचो रूपमा आफ्‍नो अहम्‌तालाई पन्छाएर उनीसँग सहकार्य गरिनँ। त्यसरी हाम्रो काम कसरी सफल हुन सक्थ्यो र? त्यो महसुस गरेपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र म आफूलाई साँचो रूपमा चिन्‍न अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।

एक दिन मेरो भक्तिको समयमा परमेश्‍वरका यी वचनहरू भेटेँ: “कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सबथोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने, र सत्यता सङ्गति गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्‍नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममामाथि पूरै हिलो छयाप्‍ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा झूटो आरोप लगाउनु र सताउन र दण्डित गर्न झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। … जब कसैले थोरै कामद्वारा आफूलाई पृथक तुल्याउँछ, वा जब कसैले साँचो गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाहा र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्ने र दबाउने कोसिस गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्‍नो हैसियतमा चुनौती दिनबाट रोक्‍नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, नीचता, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले साथी वा सहकर्मी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैन। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्। सत्यता अभ्यास गर्ने यी मानिसहरूले जति नै असल वा परमेश्वरको घरको कामका लागि लाभदायक कुरा गरे पनि, ख्रीष्टविरोधीहरूले यी कार्यहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू आफूलाई उच्च पार्ने र अरूलाई होच्याउने माध्यमको रूपमा तथ्यहरू बङ्ग्याएर राम्रा कुराहरूको श्रेय लिने र खराब कामहरूको दोष अरूमाथि थोपर्नेसमेत गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई धेरै डाहा र घृणा गर्छन्। तिनीहरू मानिसहरूले आफ्नो हैसियत खतरामा पार्नेछन् भनेर डराउँछन्, त्यसैले ती मानिसलाई आक्रमण र निष्कासन गर्न सक्ने जति सबै गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूसँग सम्पर्क गर्न वा उनीहरूको नजिक पर्न, वा आफ्नो गवाहीबारे बोल्न सक्ने यी मानिसहरूलाई समर्थन र प्रशंसा गर्न रोक्छन्। यसले नै ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति अर्थात् सत्यतादेखि वितृष्ण हुने र परमेश्वरलाई घृणा गर्ने प्रकृतिलाई सबभन्दा बढी प्रकाश गर्छ। त्यसैले पनि यसले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरू मण्डलीका दुष्ट प्रतिगामी हुन्, र मण्डलीको काममा बाधा पुऱ्याउने र परमेश्वरको इच्छाको प्रतिरोध गर्ने व्यक्ति हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्नु मेरो लागि न्याय सरह थियो। परमेश्‍वर भन्‍नुहुन्छ, ख्रीष्टविरोधीहरूले विशेष रूपमा हैसियतलाई मोल गर्छन्, र जब तिनीहरूको हैसियतलाई खतरामा पार्ने कुनै व्यक्ति देखा पर्छ, तब त्यो व्यक्तिलाई दमन गर्छन् र एकलो पार्छन्। तिनीहरूले उसलाई महत्त्वपूर्ण वा नेतृत्वको भूमिका लिन दिँदैनन्, र ख्रीष्टविरोधीहरूले आफ्‍नो हैसियतको रक्षा गर्न मण्डलीका हितहरूलाई समेत बलिदान दिन्छन्। तिनीहरू विशेष गरी स्वार्थी र दुर्भावना भएका हुन्छन्। के मेरो व्यवहार ख्रीष्टविरोधीको जस्तै थिएन र? कार्मेन मसँग काम गर्न आएपछि उनी काममा र सत्यताको सङ्गति गर्न मभन्दा पनि सिपालु रहेकी देखेँ। मलाई त्यो कुराप्रति नरमाइलो लागेको थियो; मैले उनलाई मेरो शत्रु, र विरोधीको रूपमा हेरेकी थिएँ। मलाई के लाग्यो भने उनले आएदेखि नै नेतृत्वको भूमिका लिइरहेकी छिन् र मेरो सबै प्रशंसा चोरिरहेकी छिन्, र यदि उनले हाम्रो काममा थप सुधार ल्याइन् भने यसले मलाई अयोग्य देखाउनेछ। यसैले मैले उनीसँग सहकार्य गरेर हाम्रो कामप्रति परिचित बनाउनुको सट्टा उनलाई जानीजानी अलग राखेँ। हाम्रो मलजलको काममा समस्या आइरहेको देख्दा मैले फलोअप गरिनँ, समस्याहरू समाधान गरिनँ, बरु मलाई यदि मैले समस्याहरू समाधान गरेँ र परिणाम स्वरूप हामीले अझै राम्रो काम गर्‍यौँ भने कार्मेनले श्रेय पाउनेछिन् भन्‍ने डर थियो। अझै खराब कुरा त, हाम्रो कामको प्रभावकारिता घट्दै गइरहेको बेला मलाई चिन्ता लागेको थिएन, र उल्टै मलाई यसप्रति खुशी लागेको थियो। काममा समस्या आइरहेको कुराप्रति म खुशी थिएँ, र यसको कारण अगुवाले मलाई उनीभन्दा सिपालु ठान्‍नेछन्, र मेरो पद सुरक्षित हुनेछ भन्‍ने मलाई लागेको थियो। मैले आफ्‍नो नाम र हैसियतको मात्रै रक्षा गरेँ र उनका कठिनाइ वा यसको कारण नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम राम्रो भएन भने त्यसबाट के-कस्ता परिणामहरू आउँछन् भनेर विचारै गरिनँ। म कति स्वार्थी र दुर्भावनापूर्ण थिएछु! जब अगुवाले मलाई समूहहरूमा कार्मेनलाई समावेश गर्न लगाए, तब म अझै दृढ भएर प्रतिरोधी बनेँ। मलाई उनले उछिन्‍न लागेकी छिन् वा मलाई प्रतिस्थापन समेत गर्न लागेकी छिन् जस्तो लाग्यो, त्यसकारण मैले इन्कार गर्ने बहानाहरू बनाएँ। आफ्‍नो पद कायम राख्‍न मैले उनलाई बहिस्कार गरेँ र मण्डलीलाई व्यक्तिगत राज्यक्षेत्रको रूपमा लिएँ। आफ्‍नै जिम्‍मेवारीको राज्यक्षेत्रभित्र बसेर मैले उनलाई माथि उठ्ने वा उनका सबल पक्षहरूलाई चम्किने कुनै मौका दिइनँ। म त निरङ्कुश शासक बनेकी थिएँ। के यो ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्नु होइन र? म निकै स्तब्ध भएँ। म यति अहङ्कारी र दुर्भावनापूर्ण हुन्छु, आफ्‍नो हैसियत रक्षा गर्नकै लागि म अरूलाई एकल्याउँछु भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ। मैले नयाँ विश्‍वासीहरूको मलजलको काम वा मण्डलीको काममा समस्या आइरहेको छ कि छैन भन्‍ने कुरालाई वास्ता गरिरहेकी थिइनँ, र म आफ्‍नै उग्र महत्वाकांक्षाहरू सन्तुष्ट पार्न चाहन्थेँ। म साँच्‍चै नाम र हैसियतले मात्तिएकी थिएँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा वाधा, व्यवधान ल्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्‍वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्‍चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्‍याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्‍वरको मुक्ति पाउनमा असर पुर्‍याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्‍नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्‍नो कर्तव्य विश्‍वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्‍ने कुरा निश्‍चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्‍ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्‍नेमा कुनै सन्देह छैन; यो परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्‍वरको इच्‍छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने मानिसहरूले हिँड्ने मार्ग परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्‍चयतापूर्वक भन्‍न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्‍वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। भन्‍नुको मतलब, मानिसहरू आफ्ना हितहरूको पछि लाग्‍नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। यो पढेपछि म डरले कामिरहेकी थिएँ। परमेश्‍वरले नाम र हैसियतप्रतिको हाम्रो खोजी आफ्‍नै कामकाज अघि बढाउनु हो, र यो ख्रीष्टविरोधीको मार्गमा हिँड्नु हो भन्‍ने कुरा प्रकट गर्नुभएको छ। सारगत हिसाबमा, त्यो त शैतानको नोकरको रूपमा काम गर्नु हो, र मण्डलीको काममा बाधा पुर्‍याउनु हो। यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ। मैले यसको बारेमा जति विचार गरेँ, त्यति डर लाग्यो। सुसमाचार काम शिखरमा थियो, र धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिरहेका थिए। मलजलको कामको इन्चार्ज बनेर मैले परमेश्‍वरको इच्‍छाको बारेमा विचार गर्नुपर्थ्यो, र तुरुन्तै नयाँ विश्‍वासीहरूलाई सहयोग र मलजल गर्नुपर्थ्यो, अनि तिनीहरूका धारणा र अन्यौलताहरू समाधान गर्न सहयोग गर्नुपर्थ्यो, ताकि तिनीहरूले तुरुन्तै साँचो मार्गमा जग बसाल्‍न सकून्। तर म आफ्‍नो काममा सहभागिता जनाउनुको सट्टा नाम र हैसियतको पछि लागिरहेकी थिएँ। मैले आफ्‍नो कर्तव्यमा प्रयास लगाइरहेकी, मूल्य चुकाइरहेकी वा नयाँ विश्‍वासीहरूलाई सबैभन्दा राम्ररी कसरी मलजल गर्ने भन्‍ने बारेमा विचार गरिरहेकी थिइनँ, र मैले यसमा अरू कुनै व्यक्ति संलग्‍न होस् भन्‍ने समेत चाहेकी थिइनँ। के मैले मण्डलीको काममा बाधा दिइरहेकी थिइनँ र? के म परमेश्‍वरको मुक्ति पाउने अरूको बाटोमा ठेस लाग्‍ने ढुङ्गा बनिरहेकी थिइनँ र? म नकारात्मक भूमिका खेल्‍ने शैतानको औजार थिएँ, र मैले परमेश्‍वरको विरुद्धमा ख्रीष्टविरोधी मार्गमा हिँडिरहेकी थिएँ। म मलजलको कामप्रति जिम्‍मेवार थिएँ, तर मैले यो काम आफै सम्‍हाल्‍न सकेकी थिइनँ, त्यसकारण अगुवाले मलाई सहयोग गर्न कार्मेनलाई खटाएका थिए, जुन राम्रो कुरा थियो, र विवेकशील वा समझ भएको कुनै पनि व्यक्तिले जति सक्दो चाँडो नयाँ विश्‍वासीहरूलाई सहयोग र मलजल गर्नका लागि सक्रिय भएर अरूसँग सहकार्य गर्नेथियो। तर मैले त मण्डलीको कामको बारेमा विचारै गरिरहेकी थिइनँ। आफ्नो नाम र हैसियतको रक्षा गर्नको लागि मैले कार्मेनलाई बहिष्कार गरेँ, उनलाई ब्रदर-सिस्टरहरूबाट टाढा राखेँ, र उनलाई तिनीहरूको समस्या समाधानमा सहयोग गर्नबाट रोकेँ, जुन हाम्रो मलजलको कामको निम्ति गम्‍भीर बाधा थियो र यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा ढिलाइ गरेको थियो। त्यो मैले आफ्‍नो कर्तव्य पूरा गरेको थिइनँ। यो त स्पष्‍ट रूपमै दुष्कर्म थियो। मैले अझै पश्‍चात्ताप गरिनँ भने परमेश्‍वरले मलाई ख्रीष्टविरोधीको रूपमा खुलासा गरेर हटाउनुहुनेछ भन्‍ने मलाई थाहा थियो। यस्तो महसुस गर्नु मेरा लागि भयानक कुरा थियो, र मेरा सबै कार्य र व्यवहारप्रति मलाई निकै नै पछुतो भयो। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले नाम र हैसियतको खोजी गर्दै, मण्डलीको काममा बाधा पुर्‍याउँदै आइरहेकी छु। म त शैतानको रूपमा जिइरहेकी रहेछु र ममा कुनै मानवता छैन रहेछ। मैले गर्ने सबै कुरा तपाईंको विरुद्धमा छ। हे परमेश्‍वर, म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु…।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढ्दा त्यसले मलाई अन्तर्दृष्टि दियो। कुनै पनि कर्तव्यमा, मण्डलीका हितहरू नै पहिलो स्थानमा आउनुपर्छ, र हामीले आफूसँग भएको सबै कुरा कर्तव्यमा लगाउनुपर्छ। हामीले नाम र हैसियतको खातिर सबै कुराको हिसाबकिताब गर्नु हुँदैन, र हामीले सहकार्य गरेर हाम्रा ब्रदर-सिस्टरहरूसँग एउटै हृदय र मनको बन्‍नुपर्छ, सिद्धान्तहरू अनुसार काम गर्न सक्दो प्रयास गर्नुपर्छ, ताकि हामीले पवित्र आत्माको काम प्राप्त गरेर हाम्रो कामद्वारा सहजै परिणामहरू पाउन सकौँ। त्यसकारण म कार्मेनसँग कुरा गर्न गएँ र मैले प्रकट गरेको भ्रष्टताको बारेमा मन खोलेँ र मैले आफ्‍नो बारेमा सिकेको कुरा बताएँ। हाम्रो सङ्गतिपछि मलाई निकै स्वतन्त्र भएको महसुस भयो, र हाम्रो मलजलको काममा म उनीसँग सहकार्य गर्न तयार भएँ।

केही समयपछि नै मैले के थाहा पाएँ भने भेलाहरूमा जान अनिच्छुक रहेका एक-दुई जना नयाँ विश्‍वासीहरूले कार्मेनको सहयोग पाए, आफ्‍ना धारणाहरू समाधान गरे, र अहिले नियमित रूपमा भेलामा सहभागी हुन्छन्, र कर्तव्य पूरा गर्न चाहन्छन्। मलाई फेरि अलिक बेखुशी लाग्यो। मैले पहिले तिनीहरूको समस्यालाई साँचो रूपमा बुझेकी थिइनँ, तर कार्मेनले यसको समाधान गरिन्। के त्यस कुराले मलाई उनीभन्दा कमसल तुल्याउँदैन र? त्यो सोचेपछि, मैले यसको बारेमा उचित तरिकाले विचार गरिरहेकी छैन भन्‍ने महसुस गरेँ, र परमेश्‍वरले भन्‍नुभएको एउटा कुरा याद आयो: “दाजुभाइ-दिदीबहिनीहरूबीचको सहकार्य एउटाको कमजोरीलाई अर्को व्यक्तिको सबल पक्षले पूर्ति गर्ने प्रक्रिया हो। तैँले आफ्ना बलिया पक्षहरूलाई अरूका कमजोरीहरू पूर्ति गर्नलाई प्रयोग गर्छस्, अनि अरूले तेरा अपर्याप्तताहरूलाई पूर्ति गर्न आफ्ना बलिया पक्षहरूलाई प्रयोग गर्छन्। यो एउटाको कमजोरीहरूलाई अर्काको बलिया पक्षहरूले सन्तुलित गर्नु र सामञ्‍जस्यपूर्वक सहकार्य गर्नु हो। सामञ्‍जस्यपूर्वक सहकार्य गर्दा मात्र मानिसहरू परमेश्‍वरको सामु आशिषित हुन सक्छन्, अनि मान्छेले जति बढी यसलाई अनुभव गर्छन्, तिनीहरूले त्यति नै बढी वास्तविकता प्राप्त गर्छन्, र तिनीहरू हिँड्दै जाँदा तिनीहरूको मार्ग अझ चहकिलो बन्छ, र तिनीहरूले त्यति नै बढी सहजता महसुस गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा)। सत्यता सङ्गति गर्न र समस्याहरू समाधान गर्नमा कार्मेन मभन्दा सिपालु थिइन्, त्यसकारण मैले उनीबाट पाठ सिक्‍नुपर्थ्यो। त्यसकारण, मैले उनलाई उनले कसरी सङ्गति गरेर नयाँ विश्‍वासीहरूको समस्या समाधान गर्छिन् भनेर सोधेँ, अनि उनले सङ्गतिद्वारा मलाई तिनीहरूका समस्याहरू कसरी सम्‍हाल्‍ने त्यसको बारेमा केही अन्तर्ज्ञान प्रदान गरिन्। उनीसँग काम गर्नु निकै राम्रो कुरा हो, उनले मेरा कमीकमजोरीहरूलाई सुधार गर्न सक्छिन् र यो परमेश्‍वरको अनुग्रह हो भन्‍ने मलाई अनुभव भयो। त्यसपछि, जब मैले कतिपय ब्रदर-सिस्टरहरू आफ्‍नो कर्तव्यमा निष्क्रिय रहेको देखेँ, तब मैले तिनीहरूको नकारात्मकताको जड के हो र त्यसलाई समाधान गर्न तिनीहरूसँग कस्तो सत्यतामा सङ्गति गर्नुपर्छ भन्‍ने बारे छलफल गर्न कार्मेनलाई भेटेँ। तिनीहरूसँग सङ्गति गर्न हामीले तुरुन्तै परमेश्‍वरका उचित वचनहरू भेट्टायौँ। यो सङ्गतिपछि तिनीहरू आफ्‍नो कर्तव्यमा अझै सक्रिय बने। कतिले नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेका थिए भने कतिले सुसमाचार प्रचार गरिरहेका थिए। क्रमिक रूपमा, अझै धेरै मानिसहरूले मण्डलीमा कर्तव्य पूरा गरिरहेका थिए। केही सहयोग र मलजलद्वारा अझै धेरै नयाँ विश्‍वासीहरूले साँचो मार्गमा जग बसाले, र तिनीहरूमध्ये धेरै जना नियमित रूपमा भेला भइरहेका थिए र कर्तव्य पूरा गरिरहेका थिए। त्यसपछि, मेरो कर्तव्यमा समस्याहरू आइपर्दा म तुरुन्तै कार्मेनसँग छलफल गर्थेँ, र ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्यमा समस्या भोगिरहेका छन् भन्‍ने देख्दा उनले तुरुन्तै मलाई बताउँथिन् ताकि मैले ती विषय फलोअप गरी समाधन गर्न सकूँ। हामी एकअर्कासँग मिलेर एउटै हृदय र मनको भएर काम गर्थ्यौँ, र मलाई निकै शान्तिको आभास हुन्थ्यो।

यो अनुभवले मलाई के देखायो भने नाम र हैसियतको पछि लाग्‍नु भनेको ख्रीष्ट-विरोधीको मार्गमा हिँड्नु, शैतानको नोकर बन्‍नु, र मण्डलीको काममा बाधा दिनु हो। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश नभएको भए, मलाई आफूले प्रकट गरेको भ्रष्टताको बारेमा वा मेरो ख्रीष्टविरोधी स्वभावको बारेमा कहिल्यै थाहा हुनेथिएन, र मैले कहिल्यै पनि हैसियतप्रतिको आफ्‍नो इच्‍छालाई त्यागेर कार्मेनसँग सहकार्य गर्नेथिइनँ। परमेश्‍वरको मुक्तिको निम्ति म गहन रूपमा कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बन्धन

सन् २००४ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र केही समयपछि नै, सुसमाचार प्रचार गरेको निहुँमा मलाई...

कठिन परिस्थितिको जाँच

जुनियर, जिम्बाबेसानै हुँदादेखि म समाजद्वारा सधैँ प्रभावित हुन्थेँ। आफूले गर्ने हरेक कुरामा म अरूलाई पछ्याउन मन पराउँथेँ—मैले चिनेजानेका सबै...

सुसमाचार सुनाउँदाको अनुभव

फुसु, दक्षिण कोरिया मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्