इमान्दारीपूर्वक बोलेर मैले के सिकेँ
केही समय पहिले, मैले परमेश्वरको सङ्गतिको एउटा खण्ड सुनेको थिएँ, जसमा भनिएको छ, “खुसामदी, चापलुसी, र मिठा शब्दहरू—बाहिरी रूपमा, यी शब्दहरूको अर्थ सबैले बुझ्नुपर्छ, र यी कुराहरू सन्निहित भएका व्यक्तिहरू यत्रतत्र भेटिन्छन्। खुसामदी र चापलुसीमा लाग्नु, र मिठा शब्दहरू बोल्नु भनेको प्रायजसो अरूको निगाह, प्रशंसा, वा कुनै लाभ प्राप्त गर्नहेतु अपनाइने बोलीको शैली हो। चापलुसी र चोचोमोचो गर्नेहरूले सबैभन्दा बढीजसो यस्तै बोल्छन्। यो भन्न सकिन्छ कि सारा भ्रष्ट मानवहरूले केही हदसम्म यही प्रकटीकरण देखाउँछन्, जुन शैतानी दर्शनअन्तर्गत पर्ने बोलीको शैली हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। त्यो बेला, जब म त्यस्ता मानिसहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरू सुन्थेँ, म ती वचनलाई आफूमा लागू गर्दिनथिएँ। त्यस्ता मानिसहरूप्रति मलाई घृणा लाग्थ्यो, र म तिनीहरूलाई मन पराउँदिनथिएँ वा तिनीहरूसँग समय बिताउन मन लाग्दैनथियो, त्यसकारण मलाई म त्यस्ता मानिसहरूभन्दा असल छु जस्तो लाग्थ्यो। अपेक्षाकृत रूपमा, जब तथ्यहरूले मलाई खुलासा गरे, मैले के थाहा पाएँ भने म आफ्ना हितहरूको लागि, मानिसहरूलाई खुशी पार्ने, तिनीहरूको मन जित्ने, र मीठो कुरा भन्ने प्रयास गर्थेँ, जुन धूर्त र छली कार्य हो।
केही दिन पहिले, म एउटा समूह भेलामा गएँ। भेलापछि, अगुवाले मलाई ब्रदर झाङ्गको सङ्गति कस्तो लाग्यो भनेर सोधी मेसेज गर्यो। मेसेज हेरेपछि, म अलिक नर्भस भएँ, “किन अगुवाले मलाई अचानक यो प्रश्न सोधिरहेको छ? मैले कसरी यसको उत्तर दिनेँ? यदि मैले गलत तरिकाले उत्तर दिएँ भने, अगुवाले मलाई के सोच्नेछ? के अगुवाले म अरूले कसरी सङ्गति गर्छन् भनेर पत्ता लगाउन पनि नसक्ने छु, मेरो क्षमता कमजोर छ, र कुनै व्यवहारिक अनुभव छैन भनेर सोच्नेछ? त्यसो हो भने, के अगुवाले मलाई विश्वास गरेर भविष्यमा महत्त्वपूर्ण भूमिकाहरूमा प्रयोग गर्नेछ र? मैले त चाँडै नै समूह अगुवाको मेरो पद पनि गुमाउन सक्छु।” म आफ्नो छवि र पदलाई मात्रै कायम राख्न चाहन्थेँ ताकि तिनले म यस्ता कुराहरूलाई पत्ता लगाउन सक्ने व्यक्ति हुँ भनेर सोचून्, त्यसकारण मैले तिनको यो प्रश्नको आसय के हो भनेर सोच्न थालेँ। तिनले सोधेका हुनाले, ब्रदर झाङ्गको सङ्गतिमा समस्या छ भन्ने उनलाई पक्कै पनि लागेको हुनुपर्छ, त्यसकारण मैले कसरी नेतृत्वको अनुमोदन पाउन सक्थेँ? ब्रदर झाङ्गका कतिपय सङ्गतिहरू सिद्धान्तका शब्दहरू हुने गरेका भए पनि, कतिपय अवस्थामा ती व्यवहारिक नै हुन्छ भन्ने मलाई लाग्थ्यो। तर मैले यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सकेकी छैन भन्ने मलाई चिन्ता लागेको थियो, त्यसकारण मैले अगुवालाई मेरो वास्तविक विचार बताइनँ। बरु, मैले भनेँ, “ब्रदर झाङ्गले धेरै खोक्रा सिद्धान्तको बारेमा सङ्गति गर्नुभयो।” मेरो अगुवाले जबाफ दिए, “उनले भनेको कुरा मात्रै सिद्धान्तको कुरा थियो। अवश्य नै भविष्यमा तिनलाई स्मरण गराएर अझै सहयोग गर्नुहोला।” अगुवाको जबाफ पढेपछि, मैले सोचेँ, “धन्न, मैले मेरो साँचो विचार व्यक्त गरिनँ। नत्र भने, म नराम्रो देखिनेथिएँ। मेरो अगुवाले मेरो वास्तविकतालाई देख्नेथिए!”
त्यसपछि तुरुन्तै, म अर्को समूह भेलामा गएँ। भेलापछि, अगुवाले मलाई यो कुरा सोध्दै मेसेज गरे, “सिस्टर लीयूको सङ्गति तपाईंलाई कस्तो लाग्थ्यो?” मेसेज देखेपछि, मलाई के भन्ने, के भन्ने भयो। भेलामा मेरो मन खेलिरहेको थियो,त त्यसकारण मैले सिस्टरको सङ्गति सुनेकी थिइनँ। मैले के भनेर जवाफ दिने? यदि मैले नढाँटी बोलेँ भने अगुवाले मलाई के सोच्नेछ? मलाई एक जना अगुवाले पहिले यो सिस्टरले प्रायजसो सिद्धान्तको कुरा गर्छिन् भनेर भनेको सुनेकी थिएँ, त्यसकारण के अगुवाले यो समस्यालाई पुष्टि गर्न मलाई मेसेज गरिरहेको हो? अस्ति, ब्रदर झाङ्गले सिद्धान्तको कुरा बोल्छ भन्ने सोचेर मलाई अगुवाले प्रश्न गरेको थियो। मलाई यस पटक पनि त्यही कारणले मेसेज गरिएको होला भन्ने लाग्यो। त्यसकारण, मैले जवाफ दिएँ, “उनको सङ्गतिबाट म उनले कस्तो आत्मज्ञान पाएकी छिन्, वा उनको कुन दृष्टिकोण परिवर्तन भयो भनेर भनेको सुन्दिनँ।” मेरो प्रतिक्रिया पढेपछि, अगुवाले केही पनि भनेन। यस पटक, मैले आफूलाई शान्त गर्न सकिनँ, र मलाई चिन्ता लाग्नथाल्यो, “के अगुवा मेरो उत्तरप्रति असन्तुष्ट छ? के मैले गलत तरिकाले उत्तर दिएँ? यदि त्यसो हो भने, म बरबाद भएँ। के अगुवाले ममा कमजोर क्षमता छ भनेर सोच्नेछ?” ती दिनहरूमा, यो कुराले मेरो सोचाइलाई बारम्बार बाधा दिन्थ्यो।
केही दिनपछि, एउटा भेलामा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मेरो हृदय घोच्यो। परमेश्वरका वचनहरूले भन्छ, “मानिसहरूको अगाडि एक किसिमले कुरा गर्ने अनि तिनीहरूको पिठ्यूँपछाडि अर्कै किसिमले कुरा गर्ने कपटी व्यक्तिहरू सिद्ध तुल्याइन इच्छुक हुँदैनन्। तिनीहरू सबै बरबादी र विनाशका छोराहरू हुन्; तिनीहरू परमेश्वरको स्वामित्वमा होइन, तर शैतानको स्वामित्वमा हुन्छन्। तिनीहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू होइनन्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ)। अगुवाले मलाई ब्रदर र सिस्टरको सङ्गति कस्तो लाग्यो भनेर सोधेको अघिल्लो दिन भएको घटनाको बारेमा म नसोची बस्न सकिनँ। मैले आफ्नो वास्तविक विचार अगुवासँग व्यक्त गर्ने आँट गरिन किनभने मलाई गलत जबाफले अगुवाको हृदयमा भएको मेरो छवि र हैसियतलाई असर गर्नेछ भन्ने चिन्ता लागेको थियो, त्यसकारण मैले छली तरिकाले जवाफ दिएँ। मैले मेरो अगुवाले के सोचेको छ भनेर अनुमान गरेँ, त्यसपछि तिनका सोचाइहरूसँग मिल्ने गरी उत्तर दिने प्रयास गरेँ। यसरी मैले गल्ती गर्ने सम्भावना थोरै हुन्छ, मैले मेरा कमजोरीहरूलाई खुलासा गर्दिनँ, तिनले मेरो वास्तविकतालाई देख्नेछैनन्, र मेरो पद अझै सुरक्षित हुनेछ भन्ने लागेको थियो। मेरो अगुवालाई मूर्ख बनाएर अनि मेरा विचारहरूलाई ढाक-छोप गरेर म चलाक भइरहेकी छु भन्ने सोचेकी थिएँ, तर परमेश्वर धर्मी हुनुहुन्छ, र उहाँले सबै कुरा देख्नुहुन्छ। परमेश्वरले मेरा छली अभिप्राय र चलाकीहरूलाई स्पष्ट रूपमा देख्नुहुन्थ्यो, र उहाँले यो हरेकलाई दोष दिनुहुन्थ्यो। मैले परमेश्वरका वचनहरू जति मनन गरेँ, मलाई त्यति नै डर लाग्यो। मेरा सोचाइहरू कसरी त्यति दुष्ट, घृणित, र लाजमर्दो हुन सके त्यो कुरामा मलाई अचम्म लाग्यो। परमेश्वरले “खुसामदी, चापलुसी, र मिठा शब्दहरू” ख्रीष्ट-विरोधीहरूको प्रकटीकरणलाई कसरी प्रकट गर्नुभएको छ त्यस बारेमा पनि याद आयो।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू परमेश्वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्वरसँग बोल्न र कुनै पनि वास्तविक कुरा भन्नसमेत सक्षम हुँदैनन्। तिनीहरू घुमाउरो र अप्रत्यक्ष पारामा चिप्लो घस्दै कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्ने कुरा केही पनि हुँदैन; तिनीहरूले तेरो निर्णयको प्रतीक्षा गर्दै, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्दै, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्दै छलकपट गर्छन्। तिनीहरूले भन्ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))।
“परमेश्वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर छली र चिप्ले मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ विश्वासघाती व्यक्ति होस् र चालहरू चल्ने प्रयास गर्छस् भने, के परमेश्वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र विश्वासघाती मानिसहरूलाई मन पराउनुहन्न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र अन्योल हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। क्षणिक अज्ञानता त बुझ्न सकिने कुरा हो, तर सत्यता स्विकार्न पूरै अस्वीकार गर्नु भनेको हठीपन मात्र हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। त्यस्ता व्यक्तिहरूले आफ्नो लाभ-हानिलाई विचार गर्दैनन्, तिनीहरूले बस परमेश्वरको घरका काम र हितको रक्षा गर्छन्। उनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। उनीहरूको काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्तिले सधैँ चालहरू चल्छ, सधैँ कामकुराहरू लुकाउँछ, ढाकछोप गर्छ, र आफूलाई यति दह्रिलो आवरणमा लुकाएर राख्छ कि कसैले पनि उसको वास्तविक रूप चिन्न सक्दैन। मानिसहरूले तेरा भित्री विचारहरू देख्न नसक्लान्, तर परमेश्वरले तेरो हृदयको गहिराइमा भएका कुराहरूसमेत देख्न सक्नुहुन्छ। यदि परमेश्वरले तँ इमानदार व्यक्ति होइनस्, तँ विश्वासलाग्दो छैनस्, तैँले कहिल्यै सत्यता स्वीकार गर्दैनस्, तँ सधैँ उहाँलाई धोका दिने प्रयास गरिरहेको हुन्छस्, र तैँले आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्ने तेरो वास्तविकता देख्नुभयो भने, उहाँले तँलाई मन पराउनुहुनेछैन, बरु उहाँले तँलाई घृणा गर्नुहुनेछ र त्याग्नुहुनेछ। जो अविश्वासीहरूमाझ फस्टाउँछन्, बोल्न सिपालु र समझदार छन् तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई असाधारण रूपले चतुर, अत्यन्तै छली र विश्वासघाती, वास्तविक दियाबलस शैतान हुन् भनेर भन्न सकिन्छ। के परमेश्वरले यस्तो कुनै व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्वरले दियाबलसहरू—छली र विश्वासघाती मानिसहरू—लाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्न। परमेश्वरले यस्ता मानिसहरूलाई अवश्यै मुक्ति दिनुहुन्न, त्यसैले तिमीहरू जे गरे पनि, यस प्रकारका व्यक्ति चाहिँ नबन। जो सधैँ चनाखो रहन्छन् र बोल्ने बेलामा सबै कोणहरूको बारेमा विचार गर्छन्, जो चापलुसीपूर्ण र चतुर छन् र मामलाहरू सामना गर्दा परिस्थितिहरूलाई स्पष्ट रूपमा बुझ्न खोज्छन्—म तँलाई भन्छु, परमेश्वरले यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। मानिसहरू छली र विश्वासघाती छन् भने, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती अझै पनि भ्रामक दुष्ट शब्दहरू हुन्। तिनीहरूका शब्दहरू जति मीठा सुनिन्छन्, तिनीहरू त्यति नै दियाबलस शैतान हुन्छन्। ठीकसित भन्ने हो भने परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुने मानिसहरू यिनै हुन्। तिमीहरू के भन्छौ: के छली, झूट बोल्न सिपालु, र चिप्लो बोल्ने मानिसहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र विश्वासघाती मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई घृणा र इन्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूमा कुनै ध्यान दिनुहुन्न, र तिनीहरूलाई जनावरको दर्जामा राख्नुहुन्छ। परमेश्वरको नजरमा, त्यस्ता मानिसहरूले केवल मानवको खाल ओढेका हुन्छन्; तिनीहरूको सारमा, तिनीहरू दियाबलस शैतानजस्तै हुन्छन्, तिनीहरू जिउँदा लासहरू हुन्, र परमेश्वरले तिनीहरूलाई कहिल्यै मुक्ति दिनुहुनेछैन” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (८))।
परमेश्वरका वचनहरूबाट, मैले ख्रीष्ट-विरोधीहरूमा विशेष गरी दुष्ट स्वभाव हुन्छ भन्ने कुरा देखेँ। तिनीहरूका आफ्नै उद्देश्यहरू हासिल गर्नको लागि, ख्रीष्टको उपस्थितिमा समेत, तिनीहरूले चापलुसी गर्छन् र आफूलाई अनुकूल वातावरणको खोजी गर्छन्, र ख्रीष्टले तिनीहरूका चलाकीहरूलाई देख्न सक्दैनन्, उहाँलाई छल गर्न सक्छन् भन्ने विश्वास गर्छन्। त्यसकारण, तिनीहरूले जानी-जानी परमेश्वरलाई धोका दिन्छन्, प्रयोग गर्छन्, र उहाँलाई मानवजस्तो व्यवहार गर्छन्। परमेश्वरप्रतिको यस्तो आचरण परमेश्वरको लागि अत्यन्तै घिनलाग्दो र तिरस्कारपूर्ण हुन्छ। म ख्रीष्टसँगको सीधै सम्पर्कमा नरहेको भए पनि, मैले खुलासा गरेको स्वभाव ख्रीष्ट-विरोधीको जस्तै थियो। वास्तवमा, मेरा ब्रदर-सिस्टरको सङ्गति मलाई कस्तो लाग्यो भनेर मेरो अगुवाले मलाई सोध्नु अत्यन्तै सामान्य प्रश्न थियो, र मलाई जे लाग्यो त्यही भन्न सक्थेँ, तर मैले यो कुरालाई जटिल बनाएँ, र मेरो मनले कुरालाई अनेक किसिमले बङ्ग्यायो। मैले अगुवाले मेरो समझशक्ति जाँचिरहेको छ भन्ने सोचेँ र यदि मैले गल्ती गरेँ भने, तिनले मलाई घृणा गर्नेछ र मलाई उप्रान्त योग्य ठान्न वा जगेर्ना गर्न छोड्नेछ भन्ने डर लागेको थियो। तिनको हृदयमा रहेको मेरो छवि र पदलाई कायम राख्नको लागि, मैले मेरो साँचो विचारलाई लुकाएँ र जानी-जानी तिनको तात्पर्य अनुसारको उत्तर दिने प्रयास गरेँ। मेरो बानीबेहोरा परमेश्वरले प्रकट गर्नुभएको जस्तो, बाङ्गोटिङ्गो घस्रिने सर्प र रुखमा लहरिने लहरो जस्तो घुमाउरो थियो। मैले यसरी नै मानिसहरूलाई छल गर्न र तिनीहरूसँग खेल खेल्न तिनीहरूसँग व्यवहार गर्थेँ र तिनीहरूसँग बस्थेँ। म विशेष गरी धूर्त र छली थिएँ। र जब म यी कुराहरू भन्थेँ, तब थाहा नभएर भनेको हुँदिनथिएँ। म सोचविचार गरेर नै बोलेकी हुन्थेँ। म जानी-जानी यसो गर्थेँ। परमेश्वरले मेरा चलाकीहरूको बारेमा थाहा पाउनुहुन्न भनेर समेत सोच्थेँ, त्यसकारण मैले खुलेआम झूट बोल्ने र धोका दिने आँट गरे। ममा परमेश्वरप्रति अलिकति पनि श्रद्धाभाव थिएन, र मैले परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार नै गर्दिनथिएँ। मैले अरूलाई झूट बोल्ने र छल गर्ने आँट गरेँ, त्यसकारण म कहिल्यै ख्रीष्टको सम्पर्कमा आएकी भए, मैले अवश्य नै परमेश्वरलाई छल गर्नेथिएँ, प्रयोग गर्नेथिएँ, र परमेश्वरको स्वभावलाई चिढ्याउनेथिएँ। परमेश्वरका यी वचनहरू मलाई विशेष लाग्यो: “परमेश्वरको नजरमा, त्यस्ता मानिसहरूले केवल मानवको खाल ओढेका हुन्छन्; तिनीहरूको सारमा, तिनीहरू दियाबलस शैतानजस्तै हुन्छन्, तिनीहरू जिउँदा लासहरू हुन्, र परमेश्वरले तिनीहरूलाई कहिल्यै मुक्ति दिनुहुनेछैन।” यी वचनहरूले मलाई तुरुन्तै हल न चल बनाए। परमेश्वरले मेरो प्रकृतिलाई खुलासा गरिरहनुभएको र मेरा कार्यहरूलाई चित्रण गरिरहनुभएको थियो। मलाई याद छ, अरूसँग कुरा गर्दा, म सामान्यतया तिनीहरूको शब्द र अभिव्यक्तिहरूलाई अवलोकन गर्थेँ। अगुवा र सेवकहरूसँग म विशेष गरी चापलुसी व्यवहार गर्थेँ। म सधैँ तिनीहरूका विचारहरू अनुमान गरेर तिनीहरूको आसय बुझ्ने प्रयास गर्थेँ, र यसरी जिउनु चलाकी जीवन हो भन्ने सोच्थेँ, किनभने कसैले पनि मेरो वास्तविकता देख्न सक्दैनथियो। तर परमेश्वरले पहिले नै मेरो वास्तविकतालाई देखिसक्नुभएको थियो, र परमेश्वरले मजस्ता मानिसहरूलाई विशेष रूपमा घृणा र तिरस्कार गर्नुहुन्छ। अहिले, परमेश्वरले किन इमानदार मानिसहरूलाई मन पराउँछु र छली मानिसहरूलाई घृणा गर्छु भनी भन्नुहुन्छ त्यस कुरालाई मैले बल्ल बुझेँ। किनभने इमानदार मानिसहरूको हृदय शुद्ध, पानी जस्तै सफा हुन्छ, र तिनीहरूले मानिसहरू र परमेश्वरसँग इमान्दार व्यवहार गर्छन्, र तिनीहरूले कहिल्यै पनि जानी-जानी आफ्ना कमीकमजोरीलाई लुकाउने वा आफूलाई ढाक-छोप गर्ने गर्दैनन्। त्यस्ता मानिसहरूले थकाइलाग्दो जीवन जिउँदैनन्, तिनीहरूसँग समय बिताउँदा अरूले आनन्द गर्छन्, र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्छ। तर छली मानिसहरूको मन जटिल हुन्छ, तिनीहरूले सबै कुरामा युक्ति गर्छन् र आफ्नै मनसाय लगाउँछन्, र सामान्य कुरा र शब्दहरू तिनीहरूको निम्ति जटिल बन्छन्। छली मानिसहरूले आफ्नो बोलीवचन र व्यवहारद्वारा आफ्ना उद्देश्यहरू हासिल गर्न अरूलाई अन्योलमा पार्छन् र छल गर्छन्। तिनीहरू दुष्ट प्रकृतिमा जिउँछन्, र परमेश्वरले त्यस्ता मानिसहरूलाई कहिल्यै मुक्ति दिनुहुन्न। यसको बारेमा विचार गर्दा, मलाई अलिक डर लाग्यो। मैले के देखेँ भने, मेरो आफ्नै प्रकृति शैतानको जस्तै कुटिल र धूर्त छ, र यदि मैले सत्यताको खोजी गरिनँ र आफूलाई परिवर्तन गरिनँ भने, मलाई परमेश्वरले हटाउनुहुनेथियो र दण्ड दिनुहुनेथियो। परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ, र परमेश्वरको राज्यमा जिउनेहरू सबै सत्यताको अभ्यास गर्न इच्छुक इमानदार मानिसहरू हुन्छन्। छली व्यक्ति कहिल्यै पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यो सोच्दा, मलाई गहिरो ग्लानि महसुस भयो, र उप्रान्त मलाई मेरो छली र दुष्ट स्वभाव अनुसार जिउन मन भएन, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ र म इमानदार व्यक्ति बन्न अभ्यास गर्छु, र व्यक्ति जोसुकै भए पनि सबैसँग मन खोलेर इमान्दारीपूर्वक बोल्न चाहन्छु भनेर भनेँ। त्यसपछि, एउटा भेलामा, मैले यी दुई वटा घटनामा प्रकट गरेका मेरा घृणित अभिप्रायहरू र भ्रष्टताको बारेमा खुलस्त बताएँ। यसो गरेपछि, मलाई निकै ढुक्क र सहज भयो।
त्यसपछि, मैले किन अगुवाले मेरो बारेमा के भन्छ भनेर सधैँ चिन्ता गरेँ, र यस विषयमा मैले किन झूट बोल्न र छल गर्न सकेँ त्यसको बारेमा विचार गरेँ। एक दिन, परमेश्वरको वचनमा मैले यो कुरा पढेँ, “अगुवा वा सेवकको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिकति प्रतिभा भएकाले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्ने विश्वास गर्यौ भने, अनि यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदर गऱ्यौ र तिनीहरूमा भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हुनेछ। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदान प्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्ने हुँदैन—त्यसैले अरू मानिसलाई आराधना गर्ने, आदर गर्ने र पछ्याउने जोकोहीलाई अन्त्यमा हटाइनेछ र निन्दा गरिनेछ। परमेश्वरमा विश्वास गर्नेहरूले उहाँलाई मात्र आदर गर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र सेवकहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। … यदि तँ परमेश्वरलाई विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँको वचनप्रति चासो राख्नुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, अनि त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, के यो तँ सत्यताप्रति समर्पित भएको मामला मात्र होइन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने व्यक्ति खोज्नमै जोड दिन्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? यसको साटो किन सत्यताको सेवक नहुने? यसमा व्यक्तिमा समझ र इज्जत छ कि छैन भन्ने कुरा देखिन्छ। तैँले आफैबाट सुरु गर्नुपर्छ: आफैलाई विभिन्न प्रकारका सत्यताहरूले सुसज्जित गर्, विभिन्न मामला र मानिसहरू प्रकट हुने तरिकाहरू पहिचान गर्न सक्ने बन्, विभिन्न मानिसहरूको व्यवहारको प्रकृति के हो र तिनीहरूले कस्ता स्वभावहरू प्रकट गर्छन् भन्ने कुरा जान्, विभिन्न प्रकारका मानिसहरूको सारलाई छुट्याउन सिक्, र तेरो चिनजानका मानिसहरू कस्ता छन्, तँ कस्तो व्यक्ति होस्, र तेरो अगुवा कस्तो व्यक्ति हो भन्नेबारे स्पष्ट बन्। यी सबै कुरा स्पष्ट रूपमा देखेपछि, तैँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सही तरिकाले लिन सक्नेछस्: यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तैँले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नेछस्, र यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नभएर दुष्ट मानिस, ख्रीष्टविरोधी, वा गैरविश्वासीहरू हुन् भने, तैँले तिनीहरूसँग दूरी कायम गर्नेछस् र तिनीहरूलाई त्याग्नेछस्। यदि तिनीहरू सत्यता वास्तविकता भएका मानिसहरू हुन् भने, तैँले तिनीहरूलाई आदर गरे पनि, तिनीहरूको आराधना गर्नेछैनस्। कसैले पनि ख्रीष्टको स्थान लिन सक्दैन; ख्रीष्ट मात्रै व्यावहारिक परमेश्वर हुनुहुन्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ, र ख्रीष्टलाई पछ्याएर मात्र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्छस्। यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, तँसित कद छ र तँ ख्रीष्टविरोधीहरूको भ्रममा पर्ने सम्भावना हुँदैन, न त तैँले ख्रीष्टविरोधीहरूको भ्रममा पर्छु भनेर डर मान्नु जरुरी नै हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्वरले जे प्रकट गर्नुभयो त्यो ठ्याक्कै मेरो स्थिति थियो। मैले परमेश्वरलाई विश्वास गरेको धेरै वर्ष भएको भए पनि, मेरो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ थिएन। मैले मानिसहरूको शक्ति र हैसियतमा ध्यान दिन्थेँ, मैले “उच्च स्तरको अधिकारीसँग साधारण म्यानेजरको केही लाग्दैन” भन्ने शैतानी विषलाई आत्मसात् गरेकी थिएँ, र म ममाथिको परमेश्वरको सार्वभौमिकता र नियन्त्रणलाई टाढाको कुरा ठान्थेँ, मानौँ मेरो अगाडिको अगुवाले नै मेरो लागि सबै निर्णय गर्छ, र मलाई योग्य ठानिन्छ कि ठानिँदैन, जगेर्ना गरिन्छ कि गरिँदैन, र मैले आफ्नो कर्तव्य पूरा गर्न पाउँछु-पाउँदिन त्यो सबै अगुवामा निर्भर हुन्छ। के यो दृष्टिकोण अविश्वासीको जस्तो छैन र? आफ्ना अगुवाहरूको कदर पाउन र आफ्नो पद र जागिरलाई कायम राख्नको लागि, अविश्वासीहरूले सबै कुरामा आफ्ना अगुवाहरूलाई खुशी पार्छन् र जहाँ गए पनि तिनीहरूको चापलुसी गर्छन्, कुनै पनि चरित्र वा इज्जत नभएको पाल्तु कुकुर जस्तो। तिनीहरू र मेरो बीचमा के भिन्नता थियो र? अगुवाको कदर पाउन र आफ्नो हैसियतलाई कायम राख्न, म सधैँ तिनलाई खुशी पार्न चाहन्थेँ, र मैले तिनले के भनेको मन पराउँछ भनेर अनुमान गर्न र त्यही अनुसार भन्न सक्दो प्रयास गर्थेँ। म सधैँ आफ्नो अनुकूल परिस्थिति खोज्ने धूर्त गुन्डा जस्तै बनेकी थिएँ। आफ्नै हितहरूका लागि, मैले आफ्नो मानव गौरव गुमाएर पूर्ण रूपमा अमानवीय व्यक्ति बनेकी थिएँ। वास्तवमा, मानिसहरूलाई छनौट गर्ने र वृद्धि-विकास गर्ने कार्यको विषयमा परमेश्वरको घरका सिद्धान्तहरू हुन्छन्, जुन अविश्वासीहरूको संसारको भन्दा फरक कुरा हो। अविश्वासीहरूले “चिप्लो नघसी र चापलुसी नगरी केही पनि हासिल गर्न सकिँदैन” भन्ने भनाइ अभ्यास गर्छन्। तिनीहरूले आफ्नो हाकिमको जुत्ता चाट्न सक्छन् भने, कुनै वास्तविक प्रतिभा र ज्ञानविना पनि, तिनीहरूले निगाह प्राप्त गरेर बढुवा प्राप्त गर्न सक्छन्। तर परमेश्वरको घरमा यस्तो हुँदैन। परमेश्वरको घरमा सत्यताले नै शासन गर्छ। सत्यताका सिद्धान्तहरूका आधारमा नै मानिसहरूको छनौट र वृद्धि-विकास हुन्छ। यदि तपाईंमा राम्रो मानवता छ, तपाईंले सत्यतालाई स्वीकार गर्न सक्नुहुन्छ, तपाईंको हृदयमा परमेश्वरकहाँ फर्केको छ, र तपाईंले परमेश्वरको घरका हितहरूलाई रक्षा गर्न सक्नुहुन्छ भने, तपाईंको क्षमता अलि-अलि कमजोर भए पनि त्यसले फरक पार्दैन। मण्डलीले हरेक व्यक्तिको लागि उचित कर्तव्यको बन्दोबस्त गर्नेछ। यदि तपाईंको चरित्र खराब छ, सत्यताको खोजी गर्नुहुन्न, र चलाकी र युक्ति मात्रै प्रयोग गर्नुहुन्छ, अनि अगुवासँग चापलुसी समेत गर्नुहुन्छ भने, तपाईंले कहिल्यै पनि महत्त्वपूर्ण भूमिका प्राप्त गर्नुहुनेछैन। तपाईंका ब्रदर-सिस्टरहरूले तपाईंलाई चिने र तपाईंको वास्तविकतालाई देखेपछि, तपाईंलाई घृणा र इन्कार गरिनेछ। कतिपय झूटा अगुवा र ख्रीष्ट-विरोधीहरू सिद्धान्तहरू विपरीत गए र तिनीहरूको चापलुसी गर्ने र तिनीहरूको जुत्ता चाट्नेहरूलाई बढुवा नै दिए भने पनि, ढिलो-चाँडो तिनीहरूलाई खुलासा गरिनेछ, त्यसकारण तिनीहरूले परमेश्वरको घरमा कहिल्यै पनि पकड जमाउन सक्नेछैनन्। मैले यो कुरा बुझेपछि, अगुवाले मलाई कसरी हेर्छन् भन्ने बारेमा चिन्ता गर्न छोडेँ। मानिसहरूले मेरो बारेमा के विचार गर्छन् त्यसले केही फरक पार्दैन र मैले आफ्नो कर्तव्यलाई जारी राख्न पाउँछु कि पाउँदिन भन्ने कुरा मैले सत्यताको खोजी गर्छु कि गर्दिन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु कि गर्दिन भन्ने कुरामा निर्भर हुन्छ। मैले अहिले ध्यान दिनुपर्ने कुरा भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु र समस्या र कठिनाइहरूलाई समाधान गर्न आफ्नो कर्तव्यमा सत्यताको खोजी गर्नु हो। मैले अभ्यास गर्नुपर्ने यसरी नै हो, र यो मेरो वास्तविक जिम्मेवारी हो।
त्यसपछि, मैले परमेश्वरको वचनमा अभ्यासको मार्ग खोजेँ र यो खण्ड भेटेँ। “इमानदार व्यक्ति बन्नु परमेश्वरले मानिसलाई दिनुभएको एउटा मापदण्ड हो। यो मानिसले अभ्यास गर्नैपर्ने सत्यता हो। त्यसो भए, परमेश्वरसँग व्यवहार गर्दा मानिसले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? इमानदार बन्नुपर्छ: परमेश्वरसँग अन्तरक्रिया गर्दा पछ्याउनुपर्ने सिद्धान्त यही हो। गैरविश्वासीहरूले अभ्यास गर्ने खुसामद वा चापलुसीमा नलाग्; परमेश्वरलाई मान्छेको खुसामद र चापलुसी आवश्यक छैन। इमानदार बन्नु नै पर्याप्त हुन्छ। अनि, इमानदार बन्नुको अर्थ के हो? यसलाई कसरी अभ्यास गर्ने? (देखावटी रूप धारण नगरी वा कुनै कुरा नलुकाई वा कुनै कुरा गुप्त नराखी परमेश्वरसित खुलेर कुरा गर्नु, परमेश्वरसँग इमानदार हृदयले अन्तरक्रिया गर्नु, र कुनै पनि गलत अभिप्राय वा छलपकटविना सीधा कुरा बोल्नु।) ठीक भन्यौ। इमानदार व्यक्ति बन्नको लागि, तैँले सुरुमा आफ्ना व्यक्तिगत इच्छाहरूलाई पन्छाउनुपर्छ। परमेश्वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तैँले आफूलाई परमेश्वरसामु उदाङ्गो पार्नुपर्छ र हृदयमा जे छ त्यो कुरा भन्नुपर्छ, तेरा शब्दहरूका परिणाम के हुनेछन् भनेर मनन वा सोचविचार नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छाएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि मात्रै कुराहरू बोल्ने नगर्। तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र दूषणहरू छन्, तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, ‘मैले यो कुरा भन्नुपर्छ, त्यो कुरा होइन, मैले बोल्ने कुरामा म होशियार बन्नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्वरमा राम्रो छाप पर्ने गरी बताउनेछु।’ के यो मनसायहरू बोक्नु होइन र? तिमीहरूले मुख खोल्नुभन्दा पहिले, तिमीहरूको मन कपटी विचारहरूले भरिएको हुन्छ, तिमीहरू आफूले भन्न चाहेको कुरालाई धेरैपटक खेलाउँछौ, र यसरी तिमीहरूका मुखबाट निस्कँदा ती शब्दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्चा हुँदैनन्, र तिनमा तिमीहरूका आफ्नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुष्ट मनसाय राख्नु हो। यति मात्र होइन, जब तँ बोल्छस्, तब तँ सधैँ मानिसहरूका अनुहारका भावहरू र तिनीहरूका हेराइबाट सङ्केत लिन्छस्: यदि तिनीहरूको अनुहारमा सकारात्मक भाव छ भने, तँ आफ्नो कुरालाई जारी राख्छस्; छैन भने, तँ रोकिन्छस् र केही पनि भन्दैनस्; यदि तिनीहरूको हेराइ नराम्रो छ, र तिनीहरूलाई आफूले सुनेको कुरा मन परेन भन्ने देखियो भने, तँ यसबारेमा फेरि विचार गर्छस्, र मनमनै भन्छस्, ‘ठीकै छ, म तिमीलाई रोचक लाग्ने, तिमीलाई खुशी बनाउने, तिमीलाई मन पर्ने, र तिमीलाई मप्रति सकारात्मक बनाउने कुरा बताउँछु।’ के यो इमानदार बन्नु हो? होइन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। “परमेश्वरलाई खुसामद र चापलुसी गर्ने, वा मिठा शब्दहरू बोल्ने मानिसहरू मन पर्दैन। त्यसोभए, परमेश्वरलाई कस्तो व्यक्ति मन पर्छ? परमेश्वरलाई मानिसहरूले उहाँसँग कसरी अन्तरक्रिया र सङ्गति गरेको मन पर्छ? परमेश्वरलाई इमानदार मानिसहरू, अर्थात् उहाँसँग इमानदार व्यवहार गर्ने मानिसहरू मन पर्छ। तैँले उहाँको बोल्ने शैली र भावबारे सोचविचार गर्न वा उहाँसँग मस्का मार्न जरूरी छैन; बस तँ इमानदार बन्नुपर्छ, तँसित इमानदार हृदय हुनुपर्छ, कुनै पनि कुरा नलुकाउने, पारदर्शी र छद्मभेषरहित हृदय हुनुपर्छ, र तैँले तेरो बाहिरी रूपलाई हृदयसित मिल्दो बनाउनुपर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। परमेश्वरको वचनले अभ्यासको मार्गलाई स्पष्ट पारेको छ। परमेश्वर र मानिसहरूसँग अन्तरक्रिया गर्दा, तपाईंले खुलस्त, इमानदार कुरा गर्नुपर्छ, र सत्य कुरा बताउन सक्नुपर्छ, तपाईं शक्ति र हैसियतको बन्धनमा पर्नु हुँदैन, तपाईंमा व्यक्तिगत मनसायहरू हुनु हुँदैन, र तपाईंले परमेश्वरको रेखदेखलाई स्वीकार गर्नुपर्छ र इमानदार व्यक्ति बन्नुपर्छ। परमेश्वरका वचनहरूको यो खण्ड पढिसकेपछि, मलाई प्रभु येशूले पत्रुसलाई गरेको यो प्रश्नको बारेमा याद आयो, “सिमोन बारजोना, के तैँले मलाई कहिल्यै प्रेम गरेको छस्?” पत्रुसले साँचो रूपमा जवाफ दिए, “प्रभु! मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन भन्ने कुरालाई म स्वीकार गर्छु।” पत्रुस शुद्ध र इमानदार थिए। तिनले प्रभु येशूलाई कसरी खुशी पार्ने भनेर विचार गरेनन्, तर आफूले जे सोच्यो ठीक त्यही कुरा भने। पत्रुसको हृदय शुद्ध र पारदर्शी थियो, त्यसकारण तिनी प्रभु येशूसँग इमानदार बन्न सके। पत्रुस जसरी जिए त्यसले परमेश्वरलाई सन्तुष्ट पार्यो र उहाँको अनुमोदन प्राप्त गर्यो। यी कुराहरू बुझेपछि, मैले अझै स्पष्ट रूपमा अभ्यासको मार्ग देखेँ, र आफ्नो जीवनमा सचेत रूपमा इमानदार व्यक्ति बन्ने अभ्यास गर्न थालेँ।
एक दिन, भेलापछि, मेरो अगुवाले एक जना सिस्टरको बारेमा मलाई र दुई जना समूह अगुवालाई मूल्याङ्कन लेख्न लगाए। यो सुन्दा म अलिक नर्भस भएँ, र फेरि पनि अनुमान गर्न थालेँ, “मेरो अगुवाले मूल्याङ्कन चाहन्छ, त्यसकारण के तिनले यो सिस्टरमा समस्या छ भन्ने सोच्छ? तिनी हामीकहाँ अनुरोध गर्न आएका छन्, त्यसकारण के तिनले हाम्रो समझशक्ति जाँच्न चाहन्छन्? अगुवाले यी दुई जना समूह अगुवासँग राम्रो क्षमता छ, र तिनले यिनीहरूलाई वृद्धि-विकास गर्न चाहन्छन् भनेर भनेका थिए, त्यसकारण यदि मैले अवस्थालाई राम्ररी देखिन भने, के मलाई अझै पनि मूल्यवान् ठानेर वृद्धि-विकास गरिनेछ?” ठीक त्यही बेला मलाई मैले त फेरि अनुमान र छल गर्न लागेको छु भन्ने थाहा भयो। मलाई परमेश्वरका यी वचनहरू याद आयो, “परमेश्वरलाई खुसामद र चापलुसी गर्ने, वा मिठा शब्दहरू बोल्ने मानिसहरू मन पर्दैन। त्यसोभए, परमेश्वरलाई कस्तो व्यक्ति मन पर्छ? परमेश्वरलाई मानिसहरूले उहाँसँग कसरी अन्तरक्रिया र सङ्गति गरेको मन पर्छ? परमेश्वरलाई इमानदार मानिसहरू, अर्थात् उहाँसँग इमानदार व्यवहार गर्ने मानिसहरू मन पर्छ। तैँले उहाँको बोल्ने शैली र भावबारे सोचविचार गर्न वा उहाँसँग मस्का मार्न जरूरी छैन; बस तँ इमानदार बन्नुपर्छ, तँसित इमानदार हृदय हुनुपर्छ, कुनै पनि कुरा नलुकाउने, पारदर्शी र छद्मभेषरहित हृदय हुनुपर्छ, र तैँले तेरो बाहिरी रूपलाई हृदयसित मिल्दो बनाउनुपर्छ।” मैले के सोच्छु र के गर्ने योजना बनाउँछु त्यो कुरा परमेश्वरले हेर्नुहुन्छ, र परमेश्वरले म इमानदार व्यक्ति भएर मेरा भित्री विचारहरूलाई नदेखाउने, लुकाउने, वा त्यसभन्दा फरक कुरा गर्ने नगरी आफूलाई जे लागेको छ त्यही भनेको चाहनुहुन्छ। मैले परमेश्वरका वचनहरू अनुसार अभ्यास गरेर अरूसँग इमानदार व्यवहार गर्नुपर्थ्यो। त्यसकारण, मैले अगुवालाई सीधै मेरा विचारहरू बताएँ। भनिसकेपछि, मलाई निकै ढुक्क लाग्यो, र इमानदार व्यक्ति बन्दा सहज अनुभव हुने रहेछ, र शान्त र सुरक्षित अनुभव पनि हुने रहेछ भन्ने अनुभव भयो। यो मैले कहिल्यै अनुभव नगरेको कुरा थियो। मैले सत्य कुरा बताउनुको मिठासलाई पनि अलिकति अनुभव गरेँ, र मानिसहरूले यसरी व्यवहार गर्नुपर्ने रहेछ भन्ने अनुभव भयो। परमेश्वर धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।