के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

27 फेब्रुअरी 2023

१९९८ मा, मेरो काकाको छोरा याङ्ग मलाई प्रभु येशूको सुसमाचार सुनाउन आए। तिनले मेरो लागि एउटा बाइबल पनि ल्याइदिएका रहेछन्, र सारा बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, यसमा भएको सबै कुरा परमेश्‍वरको वचन हो, अनि यसभित्र परमेश्‍वरको राज्य र अनन्त जीवनको मार्ग छ भनेर मलाई बताए। मैले अनन्त जीवन प्राप्त गर्न सक्छु भन्‍ने सुन्दा मेरो जिज्ञासा जाग्यो, त्यसपछि, समय हुँदा बाइबल पढ्न थालेँ। चाँडै नै मलाई प्रभु येशू प्रभु येशू मानवजातिका उद्धारक हुनुहुन्छ भन्‍ने थाहा पाएँ, र उहाँलाई ग्रहण गरेँ। परमेश्‍वरको खोजी गर्न म निकै जोशिलो भएको कारण, म मण्डली कर्मचारी बनेँ र मण्डलीमा सुसमाचार सुनाउन र प्रचार गर्न थालेँ। बाइबल नै मेरो विश्‍वासको जग र मार्गदर्शन हो भन्‍नेमा म पूर्ण रूपमा विश्‍वस्त थिएँ।

केही वर्षको अवधिमा, मण्डली उजाड बन्यो र पवित्र आत्‍माको काम अनुभव गर्न झन्-झन् कठिन हुँदै गयो। धेरैजसो विश्‍वासीहरू निष्क्रिय र कमजोर थिए, तिनीहरूको विश्‍वास सेलाएको थियो, र धेरै जना त बाहिरी संसारमा समेत फर्केर गए। यो सबै कुराको सामना गर्दा म चिन्तित र विवश भएँ, र मेरो हृदयमा कमजोरी थियो। के प्रभुले हामीलाई त्याग्‍नुभएको हो? तर प्रभु येशूले भन्‍नुभएको यो वचन सुन्दा, “अन्त्यसम्‍मै थेग्न सक्‍नेले मुक्ति पाउनेछ(मत्ती १०:२२)। मलाई इमानदार हृदयले उहाँलाई पछ्याउनेहरूलाई प्रभुले दुर्व्यवहार गर्नुहुन्‍न भन्‍ने लाग्यो, र प्रभुको लागि आफूलाई निरन्तर समर्पित गरिरहेँ। म प्रायजसो मनमनै प्रार्थना गर्थेँ र हाम्रो विश्‍वासलाई दह्रिलो बनाइदिनुहोस् भनी प्रभुलाई अनुरोध गर्थेँ। यति बेलातिर नै पूर्वीय ज्योति नामक एउटा मण्डली देखा पर्‍यो। तिनीहरूले प्रभु फर्केर आइसक्‍नुभएको छ, उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ, र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भनेर गवाही दिँदा रहेछन्। प्रभुमा रहेका धेरै जना ब्रदर-सिस्टरहरूले पूर्वीय ज्योतिलाई ग्रहण गरेका थिए। मैले बाइबलमा परमेश्‍वर र मानिस दुवैको वचन छ भनेर सङ्गति गरेको सुनेँ, र मैले यस कुरालाई स्वीकार गर्न सकिनँ। बाइबलले स्पष्ट रूपमा के उल्‍लेख गरेको छ भने “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो” (२ तिमोथी ३:१६)। बाइबलमा दिइएको सबै कुरा परमेश्‍वरको वचन हो, सबै पाष्टर र एल्डरहरूले सधैँ यही भन्छन्। त्यसकारण के पूर्वीय ज्योतिले भनेको कुराले बाइबलको खण्डन गर्दैन र, अनि प्रभुलाई धोका दिँदैन र? यही कारणले, म पूर्वीय ज्योतिको अत्यन्तै विरोधी थिएँ। त्यहाँदेखि, हाम्रा धेरैजसो भेलाहरूमा हामीले पूर्वीय ज्योतिको विरुद्धमा कसरी सतर्क रहने र त्यसलाई रोक्‍ने, र मण्डलीलाई कसरी यसको बगाल गुमाउनबाट बचाउने भन्‍ने बारेमा नै छलफल गर्थ्यौँ। पूर्वीय ज्योतिका मानिसहरूलाई हाम्रो भेडा चोर्नबाट रोक्‍न, म मेरा ब्रदर-सिस्टरहरूलाई भन्थेँ: बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र यसमा दिइएका सबै कुरा परमेश्‍वरका वचन हुन्। यदि हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ भने, हामी बाइबलबाट अलग हुनु हुँदैन। त्यसो गर्नु भनेको विधर्ममा लाग्‍नु हो। यसो गरेर, मलाई मैले तिनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्न सक्छु भन्‍ने आशा लागेको थियो, तर तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरिरहे।

एक पटक, मण्डली भेलाबाट फर्केपछि, मैले मेरी श्रीमतीले पीठो मुछिरहेकी देखेँ, र उनको छेउमा लगभग साठी वर्षकी महिला बसेर, आफ्‍नो हातमा किताब लिएर उनीसँग सङ्गति गरिरहेकी थिइन्। उनले सर्वशक्तिमान्‌ परमेश्‍वर गर्छिन् भनेर मैले तुरुन्तै अनुमान गरिहालेँ, र मेरो अनुहार कालो भयो, र मैले भनेँ, “तपाईंहरूले बाइबललाई इन्कार गरेर त्याग्‍नुभएको छ, र पनि तपाईंहरूले अझै पनि परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्नुहुन्छ? यहाँबाट गइहाल्‍नुहोस्!” वृद्धा सिस्टरले धैर्यताको साथ मलाई भनिन्, “ब्रदर, नरिसाउनुहोस् न। अन्धाधुन्ध निष्कर्ष ननिकाल्‍नुहोस्। हामी पनि बाइबल पढ्ने गर्थ्यौँ र यस पदलाई ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो’ (२ तिमोथी ३:१६), बाइबलका सबै वचन परमेश्‍वरका वचनहरू हुन् भन्‍ने अर्थमा लिन्थ्यौँ। पछि मात्रै हामीलाई यो अर्थ-अनुवाद गलत छ भन्‍ने थाहा भयो।” “तपाईंसँग के प्रमाण छ?” मैले तिरस्कारको शैलीमा सोधेँ। सिस्टरले भनिन्, “उदाहरणको लागि, लूकाको सुसमाचारले भन्छ: ‘हाम्रो माझमा सबैभन्दा निश्‍चित रूपमा विश्‍वास गरिएका ती कुराहरूलाई उपयुक्त रूपमा घोषणा गर्ने काम धेरैले जिम्मा लिएका छन्, र सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवक रहेकाहरूले ती कुराहरू हाम्रा हातमा सुम्पिदिएका छन्’ (लूका १:१-२)। के यसको अर्थ लूकाले आफ्‍नो अनुभवको आधारमा यूहन्‍नाको सुसमाचार लेखेका थिए भन्‍ने हुँदैन र? लूकाले आफूले देखेका र सुनेका केही तथ्यहरूलाई मात्रै लेखेका थिए। यो पुस्तक मानिसले लेखेको हो, तब कसरी हामीले यो सबै परमेश्‍वरको वचन हो भनेर भन्‍न सक्छौँ? परमेश्‍वरको प्रेरणाद्वारा दिइएका कुराहरूलाई मानिसले अनुभव गर्नुपर्छ वा त्यसमा मानव विचारहरू मिसाउनुपर्छ भन्‍ने छैन। यी दुई कुराहरू पूर्ण रूपमा फरक छन्।” सिस्टरको शब्‍दहरू सुन्दा म अलिक चकित भएँ: परमेश्‍वरको प्रेरणाद्वारा दिइएका वचनहरू र आफूले देखेका र सुनेका कुराहरूको आधारमा मानिसहरूले लेखेका वचनहरूको बीचमा साँच्‍चै नै भिन्‍नता छ। उनका शब्‍दहरूमा मैले कुनै त्रुटि भेट्न सकिनँ। मैले लामो सास फेरेँ र आँखाको एक कुनाबाट उनलाई हेर्दै सोचेँ: “उनी वृद्ध छिन् र त्यति शिक्षित देखिँदैनन्, तैपनि उनमा यस्तो ज्ञान रहेछ। विश्‍वास गर्नै गाह्रो!” केही क्षणसम्‍म मलाई उनले भनेको कुराको प्रतिक्रिया दिनै आएन, र मेरो अनुहार रातो भयो। मैले उनको कुरा सुनिरहेँ भने म बहकाउमा पर्छु भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले खोके जस्तो गर्दै भनेँ: “भयो, सुन्दिनँ, हाम्रो विश्‍वास फरक छ। अबदेखि यहाँ नआउनुहोस्।” यो भनेपछि, मैले सिस्टरलाई ढोकाबाट बाहिर निकालिदिएँ। उनको अनुहारमा देखिएको साँचो अभिव्यक्ति र हिउँदको चीसो हावामा उनको कमजोर शरीरलाई देख्दा, मेरो मन चसक्‍क घोच्यो, र यो कस्तो आभास हो मलाई थाहा थिएन। तर मलाई बाइबलका सबै वचन कसरी परमेश्‍वरबाट आएका हुन्, र यस बाहेकको अरू कुनै पनि कुरा परमेश्‍वरमाथिको विश्‍वास होइन भन्‍ने कुरा याद आयो। तिनीहरूले प्रचार गरेको कुरा बाइबलभन्दा बाहिरको कुरा थियो, तैपनि तिनीहरू हाम्रो मण्डलीमा भेडा चोर्न आउँथे। मैले तिनीहरूको प्रचार सुन्‍नु हुँदैनथियो, र म आफ्‍नो अडानमा दह्रिलो हुनुपर्थ्यो। यो घटनापछि, मलाई मेरो सोचाइ र व्यवहार ठीकै हो भन्‍ने लाग्यो, र भेडालाई “रक्षा” गर्न कुनै कसर बाँकी राखिनँ। यसको बाबजुद, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको कुनै व्यक्तिलाई भेट्दा, म सधैँ नर्भस हुन्थेँ। तिनीहरूको सङ्गति अर्थपूर्ण हुन्थ्यो र त्यसको खण्डन गर्न कठिन हुन्थ्यो। कठोर शैली अपनाएर तिनीहरूको कुरा नसुन्‍ने, तिनीहरूको किताब नपढ्ने वा तिनीहरूसँग अन्तरक्रिया नगर्ने नीति अपनाउनु बाहेक अरू उपाय थिएन।

थाहै नपाई, २००४ को शिशिर यामको बेला भयो। मेरो भाइ याङ्गले मलाई फोन गरेर कुनै अर्जेन्ट कामको लागि आउन अनुरोध गरे। म तुरुन्तै गएँ, र मेरो भाइले मलाई ब्रदर वाङ्गसँग परिचित गराए। तिनले ब्रदर वाङ्ग एक प्रचारक हुन् भनेर भने, र हामीलाई प्रभु सम्‍बन्धी हाम्रो बुझाइको बारेमा छलफल गर्न अनुरोध गरे। मलाई निक्‍कै खुशी लाग्यो, र अभिवादन गरिसकेपछि, मेरो भाइले मलाई एउटा बाइबल दिए र कडा आवरण भएको दुई वटा किताब निकाले। मैले हेरेँ र बाहिरपट्टि यस्तो लेखिएको रहेछ: वचन देहमा देखा पर्नुहुन्छ। यी पुस्तकहरू पूर्वीय ज्योतिका पुस्तकहरू थिए! म तुरुन्तै खडा भएँ र भनेँ: “याङ्ग, तैँले पूर्वीय ज्योतिलाई ग्रहण गरिस्?” मेरो भाइले हाँस्दै भने: “हो त। तपाईंसँग सङ्गति गर्न मन लागेकोले मैले तपाईंलाई आज यहाँ बोलाएको हुँ। तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा खोजी-निधो गर्नुहुन्छ भन्‍ने मलाई आशा छ।” यो बेला, मलाई पाष्टर र एल्डरहरूले बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यसमा भएको सबै वचन परमेश्‍वरको वचन हो भनेर भन्‍ने गरेको कुरा याद आयो। पूर्वीय ज्योतिका शिक्षाहरू बाइबलभन्दा बाहिर गएका थिए, ती प्रभुका शिक्षाहरूभन्दा फरक थिए। हामीले कुनै पनि हालतमा ती सुन्‍नु हुँदैनथियो। त्यसको विरुद्धमा हामीले लिन सक्‍ने कदम भनेको त्यसबाट अलग बस्‍नु नै थियो। त्यसकारण मैले घरमा कुनै काम छ भनेर बहाना बनाएँ। मेरो भाइले मलाई त्यही किसिमले भने, “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने कसैलाई देख्दा तपाईं किन सधैँ तर्किनुहुन्छ? यदि तपाईंलाई सत्यता थाहा छ भने, किन बहकिन्छु भन्‍ने डर मान्‍नुहुन्छ? तपाईं आइसक्‍नुभएको हुनाले, किन मन शान्त गरेर अलिक खोजी गर्नुहुन्‍न?” आफू बसेको ठाउँमा बस्‍नु बाहेक मैले केही गर्न सकिनँ, तर मेरो मनमा आँधी चलिरहेको थियो: आज मैले यो परिस्थितिलाई कसरी सामना गर्ने? मैले मनमनै प्रभुलाई प्रार्थना गरेँ: “हे प्रभु! म यो परिस्थितिलाई तपाईंकै हातमा राख्छु। बिन्ती छ मलाई रक्षा गर्नुहोस् र अगुवाइ गर्नुहोस्।” त्यसपछि मेरो भाइले वचन देहमा देखा पर्नुहुन्छ निकाले र सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पढे। “म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा आइनहाल; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू कम्तीमा पनि नम्र र श्रद्धापूर्ण हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले पनि अरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदर हुँदा पनि तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। म त्यहाँ केही प्रभाव नपरेजस्तो गर्दै बसेँ, तर वास्तवमा, पुस्तकका शब्‍दहरूले मलाई प्रभाव पारेका थिए। यी सबै मागहरू प्रभु येशूका वचनहरू अनुरूप थिए। प्रभुले भन्‍नुभयो, “आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:३)। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूमा नम्र र खोजी गर्ने आचरण हुनुपर्छ। मैले कुनै खोजी वा अनुसन्धान नै नगरी पूर्वीय ज्योतिलाई दोष दिएँ र निन्दा गरेँ। म साँच्‍चै नै अहङ्कारी र आत्म-धर्मी थिएँ। मलाई ग्‍लानि भयो, र मैले मनमनै सोचेँ: “यी वचनहरू विशेष छन्, र ती प्रभु येशूको शिक्षाहरूसँग मिल्दा छन्। के यी वचनहरू साँच्‍चै फर्कनुभएका प्रभु येशूले बोल्‍नुभएको हुन सक्छ?” मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरूसँग गरेका ती सबै अन्तरक्रियाहरूको बारेमा पनि विचार गरेँ: तिनीहरू इज्‍जतदार र सीधा थिए, तिनीहरूले प्रेम पूर्वक सुसमाचार प्रचार गर्थे, तिनीहरू धैर्य थिए, र प्रश्‍नहरू सम्‍बन्धी तिनीहरूको व्याख्या ठोस र विश्‍वसनीय थिए। तिनीहरूले पवित्र आत्‍माको कामविना कसरी यस्तो उपलब्धि आफै हासिल गर्न सक्थे र? यसले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मार्ग अवश्य नै विशेष छ भन्‍ने देखायो। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र मैले खोजी वा अनुसन्धान गरिनँ भने, के मैले प्रभुको आगमनलाई स्वागत गर्ने मौका गुमाउनेछैन र, अनि उहाँले मलाई इन्कार गर्नुहुनेछैन र? मैले सोचेँ: “म जिद्दी हुन छोड्नुपर्छ। मैले प्रभु साँच्‍चै आउनुभएको हो कि होइन भनेर आज किन खोजी गर्ने प्रयास नगर्ने? त्यसपछि मलाई स्पष्ट हुन्छ।” एकछिन सोचेर मैले दृढतासाथ भनेँ: “तैँले पढेका वचनहरू साँच्‍चै राम्रा र विशेष छन्। तर मैले यो कुरा बुझेको छैन। बाइबल इसाई जगतको प्रमाणित पुस्तक हो। दुई हजार वर्षदेखि धार्मिक संसारले सधैँ बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र बाइबलमा लेखिएका सबै वचनहरू परमेश्‍वरका वचन हुन्, र बाइबलले प्रभुलाई प्रतिनिधित्व गर्छ भनेर विश्‍वास गर्दै आएको छ। इसाई बनेपछि यतिका वर्षदेखि मैले यस कुरालाई स्वीकार गरेको छु, तर अहिले तँ बाइबलमा परमेश्‍वर र मानिसको वचन दुवै छ भनेर भन्छस्। के यो बाइबलसँग विरोधाभास हुने कुरा होइन र? यो त प्रभुलाई इन्कार गर्नु, उहाँलाई पिठ्यूँ फर्काउनु हो, र यो घृणाष्पद ईश्‍वर निन्दा हो!” ब्रदर वाङ्गले धैर्यताको साथ भने: “के बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भन्‍ने कुरा वास्तविक हो? हामीसँग प्रभुको कुन वचनको प्रमाण छ?” यो प्रश्‍न सुनेपछि म अवाक् भएँ। ठीक भन्‍नुभयो। यी वचनहरू प्रभु येशूले होइन तर पावलले बोलेका हुन्। त्यसपछि ब्रदर वाङ्गले भने: “प्रभु येशूले कहिल्यै पनि बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भनेर भन्‍नुभएन, र पवित्र आत्‍माले पनि यसको गवाही दिनुभएको छैन। पावलले भनेको कुरा बाइबल सम्‍बन्धी तिनको आफ्‍नै बुझाइलाई प्रतिनिधित्व गर्छ, र परमेश्‍वरलाई पटक्‍कै प्रतिनिधित्व गर्दैन।” म निरुत्तर भएँ। तिनले भनेको कुरा सही थियो। त्यसपछि ब्रदर वाङ्गले सोधे: “पावलले भनेका छन्, ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो’ (२ तिमोथी ३:१६)। ‘पवित्रशास्‍त्र’ भनी बन्दा तिनले सम्पूर्ण बाइबललाई उल्‍लेख गरिरहेका थिए कि, यसको एउटा भागलाई?” मैले मनमनै सोचेँ, “तिनले अवश्य नै सम्पूर्ण बाइबललाई उल्‍लेख गरिरहेका थिए।” ब्रदर वाङ्गले आफ्‍नो कुरालाई जारी राखे: “वास्तवमा, पावलले प्रभु आएको ६० वर्षपछि २ तिमोथीको पत्र लेखेका थिए, र त्यो बेला, पुरानो करारलाई मात्रै सङ्कलित गरिएको थियो, नयाँ करारलाई गरिएको थिएन। प्रभु आउनुभएको ९० वर्षपछि, यूहन्‍नाले पत्मोस टापूमा देखेका आफ्‍ना दर्शनहरू लेखेका थिए, जसलाई पछि प्रकाशको पुस्तक भनियो। प्रभु आउनुभएको ३०० वर्षपछि, नाइसियामा भएको एउटा भेलामा विभिन्‍न देशका धार्मिक अगुवाहरूले सुसमाचारका चार वटा पुस्तकहरू र चेलाहरूका धेरै पत्रहरूबाट केही पत्रहरू, साथै यूहन्‍नाको प्रकाशको पुस्तक छनौट गरे, र तिनलाई नयाँ करारमा सङ्कलित गरे। त्यसपछि, तिनीहरूले पुरानो र नयाँ करारलाई एउटै पुस्तकमा जोडे, जुन आज हामीले पढ्ने सम्पूर्ण पुरानो र नयाँ करार हो। नयाँ करारलाई इ.सं. ३०० पछि सङ्कलित गरिएको थियो, र पावलले इ.सं. ६० मा २ तिमोथीको पत्र लेखेका थिए, जुन नयाँ करार सङ्कलित गर्नुभन्दा २०० वर्ष पहिले हो। यसबाट हामी के देख्‍न सक्छौँ भने, पावलले ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो,’ भनी भन्दा तिनले उल्‍लेख गरेको पवित्र-शास्‍त्रमा नयाँ करार समावेश थिएन।” यो सुनेपछि, म सहमतिमा शिर हल्‍लाउन बाध्य भएँ र भनेँ: “यदि पावलले उल्‍लेख गरेको पवित्र शास्‍त्रमा नयाँ करार समावेश थिएन भने, तिनले पक्‍कै पनि पुरानो करारलाई उल्‍लेख गरेका हुन्।” ब्रदर वाङ्गले भने: “हो, तर पुरानो करार पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको थिएन। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि यो कुरा स्पष्ट हुन्छ।”

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। … अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, बाइबल सम्बन्धमा (१))। “बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्‍वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका बेतुकका बोधहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्‍वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, बाइबल सम्बन्धमा (३))। यसपछि, ब्रदर वाङ्गले यसो भन्दै सङ्गति गरे: “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरू पवित्र आत्‍माको व्यक्तिगत निर्देशनद्वारा बोलिएका हुन्, र अगमवक्ताहरूले हस्तान्तरण गरेका हुन्। ती परमेश्‍वरका वचनहरू हुन् र परमेश्‍वरले भन्‍न खोज्‍नुभएको कुरालाई सूचित गर्छन्। परमेश्‍वरको प्रेरणाप्राप्त वचनहरूलाई बाइबलमा सधैँ नै स्पष्ट रूपमा सूचित गरिएका छन्; उदाहरणको लागि, यशैयाको पुस्तकको सुरुमा यसो भनिएको छ, ‘आमोजको छोरा यशैयाले पाएको दर्शन’ (यशैया १:१)। यर्मियाको पुस्तकको सुरुमा यसो भनिएको छ, “तिनीकहाँ यहोवाको वचन आयो” (यर्मिया १:२)। कुन-कुन वचनहरू परमेश्‍वरको प्रेरणाद्वारा दिइएका हुन् त्यसलाई मात्रै मानिसहरूले ध्यान दिनुपर्छ। अगमवक्ताका पुस्तकहरू बाहेक, बाइबलको बाँकी भाग मानिसहरूले परमेश्‍वरको काम अनुभव गरेपछि लेखेका विवरणहरू हुन्। यीमध्ये धेरैजसो विवरणहरू स्मारकहरू हुन्, र यी अनुभव र वचनहरू सबै मानिसहरूबाट आएका हुन्, हामीले तिनलाई परमेश्‍वरका वचनहरू भनी भन्‍न सक्दैनौँ, त्यसकारण ती वचनलाई मानव अर्थ मिसिनबाट रोक्‍न कठिन थियो। जस्तै, २ शमूएल २४:१ मा यसो भनिएको छ, ‘र फेरि इस्राएलविरुद्ध यहोवाको रिस दन्कियो, र उहाँले दाऊदलाई तिनीहरूविरुद्ध उक्‍साउनुभयो, अनि तिनले इस्राएल र यहूदाको जनगणना गर्न जाओ भनेर भने।’ र पनि १ इतिहास २१:१ यसो भनिएको छ: ‘अनि शैतान इस्राएलविरुद्ध खडा भयो, र दाऊदलाई इस्राएलको जनगणना गर्न उक्सायो।’ यी दुवै पदमा दाऊदले इस्राएलमा जनगणना गरेको बारेमा विवरण दिन्छन्। एउटा पदमा यहोवा परमेश्‍वरले दाऊदलाई इस्राएलमा जनगणना गर्न उत्प्रेरित गर्नुभयो भनेर भनिएको छ, र अर्कोमा शैतानले दाऊदलाई उक्‍सायो भनेर भनिएको छ। यदि यो वचन परमेश्‍वरद्वारा उत्प्रेरित थियो भने, कसरी यति ठूलो भिन्‍नता हुन सक्छ? यदि पुरानो करार परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भने, के एउटै घटनाको बारेमा विवरण लेख्‍न उत्प्रेरित गर्दा परमेश्‍वरले गल्ती गर्नुहुन्थ्यो होला?” ब्रदर वाङ्गका शब्‍दहरू सुनेपछि, मेरो मनको घैँटोमा घाम लाग्यो, र मेरो जिद्दी मानसिक प्रतिरक्षा तोडिन थाल्यो। मैले भनेँ: “यदि पुरानो करार पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको होइन भने, हामीले नयाँ करारलाई पनि पूर्ण रूपमा परमेश्‍वरको वचनको रूपमा लिन सक्दैनौँ, किनभने यो सबै प्रेरितहरूले लेखेका विवरणहरू हुन्।” ब्रदर वाङ्गले खुशी हुँदै भने: “परमेश्‍वरलाई धन्यवाद होस्, तपाईंले सही बुझ्‍नुभयो।” त्यसपछि ब्रदर वाङ्गले भने, “वास्तवमा, नयाँ करारमा, प्रभु येशूका वचनहरू र प्रकाशको पुस्तकमा दिइएका अगमवाणीहरू मात्र परमेश्‍वरका वचनहरू हुन्। बाँकी वचनहरू चेलाहरू, फरिसीहरू, साधारण मानिसहरू, सिपाहीहरू, र दियाबलसहरूबाट आएका हुन्। के बाइबलमा दिइएका सबै कुरा परमेश्‍वरको वचन हुन् भनेर भन्‍नु मूर्खता होइन र? के यो ईश्‍वर-निन्दा होइन र?”

यसपछि, ब्रदर वाङ्गले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको अर्को खण्ड पढेर सुनाए। “आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, फिलाडेल्फिया, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। … यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र?(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, बाइबल सम्बन्धमा (३))। मैले जति सुनेँ त्यति बुझ्दै गएँ। मैले आफ्‍नै बारेमा गुनासो गरेँ: “पहिले, मैले पावलले यी वचनहरू कुन प्रसंगमा बोलेका हुन् भन्‍ने कुरा बुझेको थिइनँ। मलाई बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र यसमा भएका सबै वचनहरू परमेश्‍वरका वचनहरू हुन्, र बाइबलमा विश्‍वास गर्नु भनेको परमेश्‍वरमा विश्‍वास गर्नु हो भन्‍ने लाग्थ्यो। यस्तो बुझाइ पूर्ण रूपमा मूर्ख बुझाइ थिए छ। मैले बाइबलमा दिइएका मानिसहरूका वचनहरूलाई परमेश्‍वरका वचनहरूको रूपमा लिनुपर्छ भनेर जिद्दी गरेँ, र मैले यी वचनहरूलाई मेरो विश्‍वासको आधारको रूपमा प्रयोग गरेँ। के यो प्रभुको मार्गभन्दा बाहिर जाँदैन र?”

त्यसपछि ब्रदर वाङ्गले यसो भन्दै सङ्गति गरे, बाइबल त परमेश्‍वरको कामको गवाही मात्रै हो, र यो ऐतिहासिक पुस्तक हो। तिनले यो परमेश्‍वरले व्यवस्थाको युग र अनुग्रहको युगमा गर्नुभएको कामको विवरण हो भनेर भने। यसलाई कसरी परमेश्‍वरकै स्तरमा राख्‍न सकिन्छ? त्यसकारण प्रभु येशूले फरिसीहरूलाई यसो भनेर हप्काउनुभयो: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं(यूहन्‍ना ५:३९-४०)। बाइबल परमेश्‍वरको गवाही मात्रै हो, र यसमा अनन्त जीवन छैन। परमेश्‍वरले मात्रै मानिसहरूलाई अनन्त जीवन दिन सक्‍नुहुन्छ! मलाई मेरो भाइले यसो भन्दै दिएको सङ्गति पनि याद आयो, बाइबल पढेर, हामीले व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको काम बुझ्छौँ, ब्रह्माण्डका सबै थोक परमेश्‍वरले सृष्टि गर्नुभएको हो त्यो कुरा, परमेश्‍वरले कसरी मानवजातिलाई अगुवाइ गर्न व्यवस्था दिनुभयो, र हामी कसरी पृथ्वीमा जिउने र परमेश्‍वरको आराधना गर्ने भन्‍ने कुरा हामीलाई थाहा हुन्छ। हामीलाई पाप के हो, र परमेश्‍वरले कस्ता मानिसहरूलाई आशिष दिनुहुन्छ र श्राप दिनुहुन्छ त्यो थाहा हुन्छ। हामीलाई हामीले आफ्‍नो पाप कसरी स्वीकार गर्ने र प्रभुको अघि पश्‍चात्ताप गर्ने, कसरी नम्र, धैर्य, क्षमाशील हुने, र कसरी आफ्‍नो क्रूस बोकेर प्रभुलाई पछ्याउने भन्‍ने बारेमा पनि थाहा हुन्छ। हामीले हामीप्रतिको प्रभु येशूको अटुट दया र प्रेमलाई देख्‍न सक्छौँ, र प्रभु येशूलाई विश्‍वास गरेर अनि उहाँको अघि आएर मात्रै हामीले परमेश्‍वरको प्रशस्‍त अनुग्रह र सत्यता प्राप्त गर्न सक्छौँ भनेर बुझ्‍न सक्छौँ। तर परमेश्‍वरले आखिरी दिनहरूमा कसरी सत्यताहरू व्यक्त गर्नुहुन्छ, र परमेश्‍वरले कसरी मानिसको भ्रष्टताको न्याय गर्नुहुन्छ र शुद्धीकरण गर्नुहुन्छ, अनि हाम्रो पापको जडलाई समाधान गर्नुहुन्छ भन्‍ने विषयमा भने, हामीलाई अलिकति पनि थाहा छैन किनभने यी सत्यताहरूलाई बाइबलमा समावेश गरिएका छैनन्। प्रभु येशूको छुटकाराको कामको जगमा रही, आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम अघि बढाउनुभएको छ, मानवजातिलाई शुद्ध पार्ने सबै सत्यता व्यक्त गर्नुभएको छ, र भ्रष्ट मानवजातिको शैतानी स्वभाव र प्रकृतिलाई प्रकट गर्नुभएको छ, ताकि हाम्रो भ्रष्टता शुद्ध हुन सकोस् र हामी परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्ने मानिसहरू बन्‍न सकौँ, र हामीले परमेश्‍वरको स्वभाव पवित्र र धर्मी छ र उल्‍लङ्घन सहँदैन भन्‍ने कुरा पहिचान गर्न सकौँ। यी वचनहरू नै अनन्त जीवनको साँचो मार्ग हुन् र यी वचनहरूले प्रभु येशूको अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छन्: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने यो पुस्तक पवित्र आत्‍माले सबै मण्डलीहरूको निम्ति बोल्‍नुहुन्छ भनी प्रकाशको पुस्तकमा अगमवाणीमा गरिएको वचन हो। यो थुमाले खोल्‍नुभएको चर्मपत्रको मुट्ठो हो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, धार्मिक संसारमा रहेका परमेश्‍वरका साँचो विश्‍वासीहरूले परमेश्‍वरको आवाज चिनेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरमा फर्केका छन्, र थुमाका पाइलाहरू पछ्याएका छन्।

यसो भनेपछि, ब्रदर वाङ्गले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको अर्को खण्ड पढेर सुनाए। “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। यी वचनहरू सुनेपछि, म गहन रूपमा प्रभावित भएँ। यदि म आफ्‍नै धार्मिक दृष्टिकोणमा नै लागिरहेँ भने, अन्त्यमा छुटिने व्यक्ति म नै हुनेथिएँ। मैले के सोचेँ भने, इसाई भएपछि वर्षौँको अवधिमा मैले कति धेरै बाइबल सम्‍बन्धी ज्ञान बटुलेको थिएँ, तैपनि मैले सत्यता वा परमेश्‍वरलाई अलिकति पनि बुझेको रहेनछु। यसको विपरीत, म झन्-झन् अहङ्कारी बन्दै गइरहेको थिएँ। यदि प्रभु फर्केर आइसक्‍नुभएको थियो, तर मैले अनुसन्धान नगरेको मात्र होइन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र कार्यलाई निन्दा गर्नको लागि बाइबलका वचनहरू समेत प्रयोग गरेँ। म प्रभु येशूलाई विरोध गर्ने फरिसीहरू जस्तै थिएँ। म साँच्‍चै नै अन्धो थिएँ र मैले परमेश्‍वरलाई चिनेको थिइनँ! म आफ्‍नो धारणाहरूमा लागिरहेको मात्र होइन, तर अनुसन्धान गर्नबाट अरूलाई रोक्‍न मैले दिमाग समेत खियाएँ। के मैले परमेश्‍वरको काममा बाधा दिइरहेको थिइनँ र? यदि अरूले प्रभुलाई स्वागत गर्न वा उहाँको नयाँ काम पछ्याउन नसकेका भए, तिनीहरूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौका गुमाउनेथिए। म अरूलाई परमेश्‍वरलाई विरोध गर्नमा र नर्कतर्फ घिस्याउँदै थिएँ! मैले त्यस्तो दुष्ट काम गरेको थिएँ, र पनि परमेश्‍वरले मलाई अझै पनि दया र अनुग्रह देखाउनुभएको थियो। परमेश्‍वरले मलाई आफ्‍नो आवाज सुनाउनुभयो र उहाँको देखापराइलाई देखाउनुभयो। परमेश्‍वरले साँचो रूपमा मलाई प्रेम गर्नुभयो। यसपछि, हामीले बाइबल सम्‍बन्धी सङ्गतिलाई जारी राख्यौँ। हामीले अनुग्रहको युगको मण्डली किन उजाड भएको छ, परमेश्‍वरले कसरी तीन चरणको कामद्वारा मानवजातिलाई मुक्ति दिनुहुन्छ, र इत्यादि विषयमा पनि कुराकानी गर्‍यौँ।

त्यसपछिको समयमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको धेरै वचन पढेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि, मेरी श्रीमतीले पनि स्वीकार गरिन्। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शुद्ध मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्छन्

सारा, अमेरिका जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले प्रायजसो के सुन्‍ने गर्थेँ भने, प्रभुले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्