के बाइबलले प्रभुको प्रतिनिधित्व गर्न सक्छ?

1 अप्रिल 2025

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वर स्‍वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्‍नेले जीवन कहिल्यै प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्‍दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र त्यसैले कल्‍पना र धारणा बाहेक, तेरो सम्पूर्ण शरीर तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्‍दहरू जीवनका रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा आराधना गर्न सकिँदैन, र विगतका प्रावधानहरू वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूको माझमा बसेर परमेश्‍वरले व्यक्त गर्नुहुने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्‍वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। म आफ्नो विश्‍वासी जीवनमा बाइबलको शाब्दिक अर्थलाई मात्रै मानिलिन्थेँ, किनभने मलाई बाइबलले प्रभुलाई प्रतिनिधित्व गर्छ र जीवन प्राप्त गर्ने एकमात्र तरिका यही हो भन्‍ने लाग्थ्यो। परमेश्‍वरका वचनहरूले मलाई त्यो त मेरा धारणा र कल्‍पना मात्रै हुन् भनेर देखाए। परमेश्‍वर मात्रै सत्यता र मानव जीवनका स्रोत हुनुहुन्छ। बाइबल त परमेश्‍वरले गर्नुभएको कामको विवरण मात्रै हो, र यसले उहाँका वर्तमान काम र वचनहरूको स्थान लिन सक्दैन। यदि विश्‍वासीहरू भएर हामी बाइबलका शब्‍दहरू मात्रै पालन गर्छौँ, तर परमेश्‍वरका पाइला पछ्याउँदैनौँ वा आखिरी दिनहरूमा परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता स्वीकार गर्दैनौँ भने, हामीले सत्यता र जीवन प्राप्त नगरी नै अन्त्यसम्‍मै विश्‍वास गरिरहेका हुनेछौँ।

सन् २०१७ को ग्रीष्म ऋतुको एक दिन, एक जना सहकर्मीले मलाई कडाइका साथ भने, “तपाईंकी आमा पूर्वीय ज्योतिको सम्पर्कमा हुनुहुन्छ जस्तो लाग्यो। सचेत रहनुहोला। तिनीहरूको मार्गले बाइबल पछ्याउँदैन—यो बाइबलभन्दा बाहिर जान्छ।” मलाई यो कुरा विश्‍वास गर्न गाह्रो भयो। मेरी आमा बाइबलको विषयमा राम्रो जग भएकी मण्डली अगुवा हुनुहुन्थ्यो। उहाँ कसरी पूर्वीय ज्योतिको सम्पर्कमा आउन सक्‍नुहुन्थ्यो र? मलाई निकै छटपट भइरहेको थियो, त्यसकारण यो कुरा आफै पत्ता लगाउन म तुरुन्तै घर फर्कने निर्णय गरेँ। घर पुगेपछि, मेरी आमाले मलाई प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, उहाँले धेरै वचन व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनेर बताउनुभयो। उहाँले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामबारे जाँच्न सल्‍लाह दिनुभयो। मैले भनेँ, “पाष्टरले सधैँ बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, यी सबै परमेश्‍वरका वचन हुन् भनेर भन्‍नुहुन्छ। हामी प्रभुमा विश्‍वास गर्छौँ, त्यसको अर्थ बाइबलमा विश्‍वास गर्नु हो। अरू कुनै पनि कुरा प्रभुमाथिको विश्‍वास होइन। पूर्वीय ज्योतिको मार्ग बाइबलबाहिरको हो र यो प्रभुको मार्गबाट बरालिएको छ। तिनीहरूसँग अबदेखि सम्पर्कमा नरहनुहोस्।” तर मेरी आमाले नरम शैलीमा यसो मात्रै भन्‍नुभयो, “मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूसँग भेला हुन थालेको केही दिन भयो र मैले केही सत्यताहरू सिकेकी छु। मेरो विश्‍वासबारे मसँग भएका धेरै अन्योलता स्पष्ट भएका छन्। तिनीहरूको सङ्गतिमा ज्योति हुन्छ। त्यसमा पवित्र आत्‍माको अगुवाइ र अन्तर्दृष्टि हुन्छ। यी सबै कुराबारे पाष्टरले कहिल्यै पनि बताउँदैनन्। तिनीहरूसँगको भेला मेरो लागि अत्यन्तै आनन्दमय र पोषणयुक्त भएको छ। प्रभुलाई स्वागत गर्नु सानोतिनो कुरा होइन। पहिले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ अनि ब्रदर-सिस्टरहरूको सङ्गति सुन।” उहाँले जोड दिनुभएको देखेर, मैले थप केही पनि भनिनँ। म आफ्नो कोठामा गएँ र शान्त भएर उहाँले भन्‍नुभएको कुरालाई विचार गरेँ। उहाँ सही हुनुहन्थ्यो। मैले पहिले पूर्वीय ज्योतिको कुरै नसुनी अन्धाधुन्ध तिनीहरूको आलोचना गरिरहेकी थिएँ। त्यो उचित कुरा थिएन। तर त्यसपछि मैले सोचेँ, “पाष्टरले सधैँ बाइबलमा भएको हरेक कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र त्यो हाम्रो विश्‍वासको जग हो भनेर भन्‍छन्। त्यो पनि सही कुरा नै हो।” मेरो मनमा द्वन्द्व चल्यो र कसको कुरा सुन्‍ने मलाई थाहा भएन। मैले प्रभुलाई प्रार्थना गरेर सही-गलत बुझ्‍न अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।

भोलिपल्‍ट मेरी आमाले फेरि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको कामबारे जाँच गर्नू भन्‍नुभयो। उहाँले मलाई के पनि भन्‍नुभयो भने यदि मैले प्रभुलाई स्वागत गर्ने यो मौका गुमाएँ भने, मैले पछुतो गर्नुबाहेक केही रहनेछैन। “मैले सोचेँ, गएर तिनीहरूले के प्रचार गर्दा रहेछन्, सो हेर्नुपर्ला ताकि मैले सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पत्ता लगाउन सकूँ।” मैले तिनीहरूको सङ्गति सुन्‍न सहमति जनाएँ। भेलामा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर याङले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना, शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ र परमेश्वरले कसरी मानिसजातिलाई मुक्ति दिन चरणबद्ध रूपमा काम गर्नुहुन्छ भन्ने बताए। मैले पहिले कहिल्यै पनि यति अन्तर्दृष्टिपूर्ण सङ्गति सुनेकी थिइनँ। यसले मलाई झन्-झन् आकर्षित गर्दै लग्यो। मैले पूर्वीय ज्योतिबारे जाँच्नुपर्छ भन्‍ने निर्णय गरेँ। एकपटक भेलामा मैले ब्रदर याङलाई सोधेँ, “पाष्टरले सधैँ सारा बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यसमा भएका सबै कुरा परमेश्‍वरका वचन हुन् भनेर भन्‍नुहुन्छ, तब किन तपाईंहरू यसमा भएका सबै कुरा परमेश्‍वरका वचन होइनन् र यसमा मानिसका वचनहरू पनि समावेश छन् भनेर भन्नुहुन्छ?” तिनले धैर्यताको साथ प्रतिक्रिया दिए, “धर्ममा रहेका धेरै मानिसहरूले के सोच्छन् भने बाइबलका सम्पूर्ण भाग परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका हुन् र यी सबै परमेश्वरका वचन हुन्। तर यो साँच्‍चै नै परमेश्‍वरको वचनमा आधारित छ कि छैन भनेर कसैले कहिल्यै पनि अनुसन्धान गरेको छैन। वास्तवमा, पवित्र आत्‍माले कहिल्यै पनि त्यसो भन्‍नुभएको छैन न त प्रभु येशूले नै त्यसो भन्‍नुभएको छ, र अगमवक्ताका पुस्तकहरूमा पनि यो कुरा लेखिएको छैन। “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो” भन्‍ने वाक्य पावलले भनेको कुरा हो। पावल एक साधारण व्यक्ति मात्रै थिए, त्यसकारण तिनका वचनहरू सत्यता थिएनन्। यदि हामीले तथ्यहरूको अनुसन्धान गरेनौँ तर त्यही अभिव्यक्तिको आधारमा सम्पूर्ण बाइबल परमेश्‍वरका वचन हुन् भनेर अन्धाधुन्ध निर्धारित गर्छौँ भने, के त्यो स्वेच्‍छाचारी कार्य हुँदैन र?” वास्तविकता के हो भने अगमवाणीका पुस्तकहरूमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका भागहरू छन्, जुन उहाँका वचन हुन्। यस कुरालाई स्पष्ट रूपमा नै ‘यहोवाले यसो भन्‍नुभयो,’ ‘यहोवाले मलाई यसो भन्‍नुभयो,’ वा ‘यशैयाको दर्शन’ र इत्यादि भनेर सूचित गरिएको छ। बाँकी सबै मानिसका वचन हुन्, र तीमध्ये धेरैजसो भाग परमेश्‍वरले गर्नुभएको कामबारे मानिसले लेखेका विवरण हुन्। के कुनै आधारविना हामीले बाइबलमा दिइएका मानिसका वचनहरू परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका हुन्, र ती परमेश्‍वरका वचन हुन् भनेर भन्यौँ भने के त्यो अन्योलपूर्ण र भ्रामक हुँदैन र?” “नयाँ करारमा, प्रभु येशूका वचनहरू र प्रकाशको पुस्तकमा दिइएका अगमवाणीहरूबाहेक, धेरैजसो पुस्तक चेला र प्रेरितहरूले मण्डलीहरूलाई लेखेका पत्रहरू हुन्, जुन मानिसका अनुभव र ज्ञान हुन्। यी कुरामा पवित्र आत्‍माको अन्तर्दृष्टि छ र ती सत्यताअनुरूप छन्। ती ज्ञानवर्धक छन्, तर पनि ती मानिसका वचन मात्रै हुन्। तिनलाई कसरी परमेश्‍वरको वचन वा परमेश्‍वरको प्रेरणाप्राप्त वचन भन्‍न सकिन्छ? परमेश्‍वर सत्यता, बाटो, र जीवन हुनुहुन्छ। उहाँले मात्रै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। कुनै पनि मानिसले परमेश्‍वरको वचन वा सत्यता व्यक्त गर्न सक्दैन। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ; मानिस, मानिस नै हो। मानिसका वचन र परमेश्‍वरका वचन कहिल्यै पनि उही स्तरका हुन सक्दैनन्। यदि बाइबलमा दिइएका मानिसका अर्थात् पावलका वचनहरूलाई परमेश्‍वरको वचनको रूपमा लिइयो भने, त्यो त ईश्‍वर-निन्दा हो!” “त्यसकारण, समस्त बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यी सबै उहाँका वचन हुन् भन्‍ने विचार मानवको निरर्थक व्याख्या मात्र हो। यसको कुनै तथ्यगत आधार छैन।”

म ब्रदर याङको सङ्गतिसित सहमत थिएँ। बाइबलमा परमेश्‍वरका मात्रै होइनन् अवश्य नै मानिसका वचन पनि छन्, तर मैले यसलाई तुरुन्तै पूर्ण रूपमा स्वीकार गर्न सकिनँ। मैले सोचेँ, “सम्पूर्ण धार्मिक संसारले बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भनेर विश्‍वास गर्छन्। के सबै जना गलत हुन सक्छन्?” मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ: “हे प्रभु, यदि बाइबलमा लेखिएका सबै कुरा तपाईंबाट मात्रै आएका होइनन् भन्‍ने कुरा साँचो हो भने, कृपया यो कुरा बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस्।” ब्रदर याङले भन्दै गए: “यदि सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भने, सारा बाइबलमा अलिकति पनि गल्ती हुनु हुँदैन। तर वास्तवमा त्यहाँ धेरै गल्ती छन्। उदाहरणको लागि, यहोयाकीन सिंहासनमा बसेको कुरालाई लिऊँ। २ इतिहास ३६:९ मा यस्तो भनिएको छ, ‘यहोयाकीनले शासन गर्न थाल्दा तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे।’ २ राजा २४:८ मा यसो भनिएको छ, ‘यहोयाकीनले शासन गर्न थाल्दा तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना शासन गरे।’ यी दुवै पदले यहोयाकीनले राजाको रूपमा शासन गरे भनेर भन्छन्, तर एउटामा ‘आठ’ वर्ष भनिएको छ र अर्कोमा ‘अठाह्र’ वर्ष भनिएको छ। एउटामा तिनले तीन महिना दश दिन शासन गरे भनिएको छ, तर अर्कोमा तिनले तीन महिना शासन गरे भनेर भनिएको छ। सुसमाचारका चार पुस्तकमा पत्रुसले प्रभुलाई इन्कार गरेको बारेमा दिइएको घटना पनि छ। मत्ती २६:७५ ले भन्छ, ‘तिमीले मलाई तीनपटक इन्कार नगरूञ्‍जेलसम्‍म भाले बास्‍नेछैन।’ तर मर्कूस १४:७२ ले यसो भन्छ, ‘यही रात दुईपटक भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार गर्नेछौ।’ घटना एउटै हो, तर समयबारे कुरा स्पष्ट बाझिएको छ। छर्लङ्ग छ कि बाइबलका कतिपय भाग मानव विवरण हुन्, परमेश्‍वरका प्रेरणा होइनन्।”

ब्रदर याङको सङ्गति सुनेपछि म अवाक् भएँ। मैले सोचेँ, “सही कुरा हो! एउटै घटनाको विवरणमा फरक-फरक पदमा यस्ता स्पष्ट असङ्गतिहरू छन्। यो पवित्र आत्‍माबाट आएको हो भने कुनै पनि भिन्‍नता हुनेथिएन।” मैले यी समस्यालाई कहिल्यै पनि याद गरेकी थिइनँ। मलाई सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सबै उहाँको वचन हो भन्‍ने लागेको थियो, तर मैले त्यो सोचाइ गलत छ भन्‍ने थाहा पाएँ।

भेलापछि मैले ब्रदर याङको सङ्गतिबारे गम्‍भीर रूपमा विचार गरेँ र हामीले हेरेका सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन दोहोर्‍याएर पढेँ। “आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्दृष्टिका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र त्यो समयका अन्य मण्डलीहरूको लागि लेखिएका थिए। … यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी हुन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३))। सर्वशक्तिमान् परमेश्‍वरले बाइबलमा दिइएको कुन वचन परमेश्‍वरको वचन हो, र कुन-कुनचाहिँ मानिसका वचन, अनुभव, र बुझाइ हुन् भनेर स्पष्ट पार्नुहुन्छ। बाइबल पूर्ण रूपमा परमेश्‍वरको वचन होइन भन्‍ने कुरामा म निश्‍चित भएँ। यहोवा परमेश्‍वर, प्रभु येशू, र परमेश्‍वरद्वारा प्रेरित अगमवक्ताहरूका वचनका साथै प्रकाशको पुस्तकमा दिइएका अगमवाणीहरू परमेश्‍वरका वचन हुन्। बाँकी धेरैजसो कुरा मानिसका वचन र विवरणहरू हुन्।

भोलिपल्‍ट भेलामा, मैले ब्रदर याङलाई यसो भनेँ, “अब मैले पावलले भनेको ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो’ भन्‍ने कुरा सही रहेनछ भन्‍ने बुझेँ, तर म एउटा कुराबारे अझै अन्योल छु। हाम्रा पाष्टरले हामीलाई बाइबल इसाई विश्‍वासको जग हो, र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ, अनि बाइबलमा विश्‍वास गर्नु भनेको परमेश्‍वरमा विश्‍वास गर्ने एउटै मात्र तरिका हो भनेर भन्छन्। मलाई पनि त्यस्तै लाग्छ, तर यो सही हो कि होइन मलाई थाहा छैन।” ब्रदर याङले भने, “धर्ममा रहेका धेरै मानिसले त्यस्तै विचार गर्छन्। तिनीहरूले बाइबल र परमेश्‍वरलाई समान मान्छन्, वा यसलाई परमेश्‍वरभन्दा माथिसमेत राख्छन्। के त्यो प्रभुको इच्‍छाअनुरूप छ? परमेश्‍वर सृष्टिकर्ता, सबैको जीवनका स्रोत हुनुहुन्छ। उहाँ कहिल्यै नसुक्‍ने जीवित पानीका स्रोत हुनुहुन्छ। परमेश्‍वरको प्रशस्‍तता असीम छ। तर बाइबल त परमेश्‍वरले गर्नुभएको कामको विवरण मात्रै हो। यो ऐतिहासिक पुस्तक हो। परमेश्‍वरका काम र वचनहरूबारे यसले दिएका विवरण अत्यन्तै सीमित छन्। यो कसरी परमेश्‍वर बराबर हुन सक्छ? यसले कसरी परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ?” तिनले मलाई परमेश्‍वरका वचनहरू पाठ गरिएका दुईवटा भिडियो पनि देखाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “बाइबल भएको समयदेखि नै प्रभुमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँचिरहन सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। “तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्‍द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्‍त्रको एक-एक शब्‍दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्‍त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)। त्यसपछि तिनले यो सङ्गति बाँडे: “यदि हामी अन्धाधुन्ध बाइबललाई पूजा गर्छौँ वा प्रभु र उहाँको कामलाई प्रतिस्थापन गर्न यसको प्रयोगसमेत गर्छौँ भने, त्यो त वास्तवमा बाइबलमा विश्‍वास गर्नु हो, प्रभुमा विश्‍वास गर्नु होइन। पवित्र आत्‍माको कामको खोजी नगरी वा परमेश्‍वरका पाइलाहरू नपछ्याई बाइबलमा नै झुण्डिरहनु भनेको प्रभुको विरोध गर्नु हो। फरिसीहरूले धर्मशास्‍त्रलाई सबैभन्दा माथि राख्थे र त्यसका शब्‍दहरूलाई हुबहु पालना गर्थे। जब प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुभयो, तब उहाँका कार्य र वचनहरूमा अख्‍तियार छ भन्‍ने तिनीहरूले देखे, तर तिनीहरूले त्यसको खोजी वा अनुसन्धान गरेनन्। उहाँका कार्य र वचनहरू धर्मशास्‍त्रबाहिर गएका छन् भन्दै तिनीहरूले गल्ती कोट्ट्याउने प्रयास मात्रै गरे, त्यसकारण तिनीहरूले उहाँलाई निन्दा गरे र क्रूसमा टाँग्‍न गुटबन्दी गरे।” “धर्ममा रहेका धेरै मानिसले पनि आखिरी दिनहरूमा अन्धाधुन्ध बाइबलको आराधना गर्छन् र यसलाई परमेश्‍वर स्‍वयम्‌भन्दा पनि माथि राख्छन्। परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्न सत्यता व्यक्त गरिरहनुभएको छ भनी सुन्दा, तिनीहरूले यसबारे जाँच गर्दैनन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका काम र वचनहरू बाइबलमा नभएकोले यसको घोर विरोध र निन्दा गर्छन्। त्यो कसरी धर्मशास्‍त्रमा नै झुण्डिएर प्रभुलाई विरोध गर्ने फरिसीहरूभन्दा फरक भयो र?” “पवित्र आत्‍माको कामको खोजी नगरी वा परमेश्‍वरका पाइलाहरू नपछ्याई बाइबलको आराधना गर्नु गलत हो र यसो गर्नु प्रभुको मार्गबाट पूर्ण रूपमा बाहिर जानु हो भन्‍ने कुरा स्पष्ट छ।”

यो सुन्दा, मलाई निकै लाज लाग्यो र म अत्यन्तै विश्‍वस्त भएँ। मैले प्रभुमा होइन बाइबलमा विश्‍वास गर्दै आइरहेकी रहेछु भन्ने मैले बुझेँ। मैले आफ्‍नो विश्‍वासमा प्रभुको इच्‍छा खोजी गरिरहेकी थिइनँ, तर पाष्टर र एल्डरहरूले भनेको कुरालाई अन्धाधुन्ध विश्‍वास गरेकी थिएँ। मैले परमेश्‍वरका सबै काम र वचन बाइबलमा नै छन्, यसले प्रभुलाई प्रतिनिधित्व गर्छ, र अरू कुनै कुरा उहाँमाथिको विश्‍वास होइन भनेर सोचेकी थिएँ। के मैले फरिसीहरूले जस्तै गल्ती गरिरहेकी थिइनँ र? म सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनप्रति आदरभावले भरिएँ। मैले सोचेँ, “उहाँका वचनहरूले बाइबलसम्‍बन्धी सत्यतालाई पूर्ण रूपमा व्याख्या गर्छन् र यसप्रतिको मानवजातिको मनोवृत्तिलाई समेत पूर्ण रूपमा खुलासा गर्छन्। के यी साँच्‍चै नै परमेश्‍वरका वचन हुन सक्छन् त?”

ब्रदर याङले आफ्‍नो सङ्गतिलाई जारी राखे। “यस सङ्गतिको अर्थ बाइबलको महत्त्वलाई इन्कार गर्नु होइन, तर हामीले यसलाई उचित रूपमा लिन सकूँ भन्ने हो। प्रभु येशू भन्‍नुहुन्छ: ‘शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं(यूहन्‍ना ५:३९-४०)। प्रभु येशूका वचनहरू अत्यन्तै स्पष्ट छन्। बाइबलले परमेश्‍वरको गवाही मात्रै दिन्छ, र यो परमेश्‍वरले व्यवस्थाको युग र अनुग्रहको युगमा गर्नुभएको कामको विवरण हो। यदि हामी ख्रीष्‍टलाई नपछ्याई वा परमेश्‍वरको वर्तमान कामको पालना नगरी बाइबलमा नै झुण्डियौँ भयौँ भने, हामीले सारा जीवनभरि कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनौँ, अनन्त जीवन पाउने कुरा त परै जाओस्। ख्रीष्‍टलाई पछ्याएर मात्रै हामीले अनन्त जीवन प्राप्त गर्न सक्छौँ। सारा मानवजातिलाई छुटकारा दिनको लागि अनुग्रहको युगमा प्रभु येशू क्रूसमा टाँगिनुभयो र उहाँले हामीलाई पश्‍चात्तापको मार्ग दिनुभयो। प्रभुमा विश्‍वास गरेर हाम्रो पाप क्षमा हुने भए पनि, हाम्रो पापी प्रकृति यथावत् नै रहन्छ। हामी अझै पनि पाप गर्ने अनि त्यसलाई स्वीकार गर्ने स्थितिमा जिउँछौँ। हामी पापबाट उम्केका छैनौँ, हामी शुद्ध पारिएका छैनौँ। प्रभु पवित्र हुनुहुन्छ, तसर्थ, बारम्‍बार पाप गरिरहने र उहाँलाई विरोध गर्ने मानिसहरूलाई उहाँले कसरी आफ्‍नो राज्यमा प्रवेश गर्न दिन सक्‍नुहुन्छ? त्यसैले त प्रभु येशूले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन अनि हामीलाई परमेश्‍वरको राज्यमा लैजानका लागि बोल्‍न र न्यायको काम गर्न फेरि आउनेछु भनी अगमवाणी गर्नुभयो।” “यो त प्रभु येशूले अगमवाणी गर्नुभएजस्तै हो: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)।” “‘मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। र १ पत्रुसमा यसो भनिएको छ: ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ’ (१ पत्रुस ४:१७)।” “प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ। उहाँले मानवजातिलाई शुद्ध पार्न र पूर्ण रूपमा मुक्ति दिन न्यायको काम गरिरहनुभएको छ र सबै सत्यता व्यक्त गरिरहनुभएको छ, जस्तै परमेश्‍वर र उहाँको कामलाई कसरी चिन्‍ने, परमेश्‍वरका तीन चरणको मुक्तिका काम र यसले ल्याउने फलहरूको भित्री कथा, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ, शैतानले हामीलाई तुल्याएको भ्रष्टताको सत्यतालाई कसरी बुझ्‍ने, र हाम्रो पापी स्वभावलाई कसरी धुने। त्यसमा साँचो रूपले परमेश्‍वरको डर कसरी मान्ने, उहाँलाई कसरी प्रेम गर्ने, र उहाँमा कसरी समर्पित हुने, र इत्यादि कुरा पनि समावेश छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका काम र वचनहरूले प्रभुको पुनरागमनसम्‍बन्धी अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छन्। हामीले थुमाका पाइलाहरू राम्ररी पछ्यायौँ, सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई स्वीकार गर्‍यौँ, र परमेश्‍वरको न्याय र शुद्धीकरणबाट गुज्रियौँ भने मात्रै हामीले सत्यता र जीवन प्राप्त गर्न, अनि उहाँको राज्यमा प्रवेश गर्न सक्छौँ।”

ब्रदर याङले हाम्रो सङ्गतिको अन्त्यमा देखाएका परमेश्‍वरका वचनहरू। “परमेश्‍वर स्‍वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्‍नेले जीवन कहिल्यै प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्‍दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र त्यसैले कल्‍पना र धारणा बाहेक, तेरो सम्पूर्ण शरीर तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्‍दहरू जीवनका रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा आराधना गर्न सकिँदैन, र विगतका प्रावधानहरू वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूको माझमा बसेर परमेश्‍वरले व्यक्त गर्नुहुने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्‍वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यताको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको बाटो खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरू, वचनहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसमा हजारौँ वर्षदेखि टाँसिएका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने वचनहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका वचनहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

यो सुन्दा मेरो हृदय निकै उज्यालो भयो। मैले के महसुस गरेँ भने, बाइबल परमेश्‍वरले विगतमा गर्नुभएको कामको विवरण भए पनि, यो जीवनको स्रोत होइन। हाम्रो जीवनको स्रोत परमेश्‍वर मात्रै हुनुहुन्छ। हामी बाइबलमा नै अड्किरहनु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वर्तमान काम र वचनहरू पालना गर्नु हो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू आजको लागि परमेश्‍वरका वचन हुन् भन्‍ने कुरामा ममा कुनै शङ्का रहेन। ती वचनले हाम्रा धारणा र बाइबलपछाडि लुकेको कथालाई पूर्ण रूपमा व्याख्या गर्छन्। परमेश्‍वरबाहेक अरू कसले ती सबै कुरा भन्‍न सक्थ्यो र? त्यसपछि केही दिनसम्‍म, म मौका पाउनेबित्तिकै ब्रदर-सिस्टरहरूसँग सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न गइहाल्थेँ। मैले परमेश्‍वरको देहधारण, आखिरी दिनहरूमा परमेश्‍वरले कसरी मानिसको न्याय र शुद्धीकरण गर्नुहुन्छ, कस्तो विश्‍वास परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ, मानिसहरूको परिणाम र गन्तव्य, अनि अरू सत्यतबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भएँ र मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

मैले आखिरी दिनहरूमा झुटा कुराहरूमा विश्वास गरेकी कारण येशू ख्रीष्टको उद्धार झन्डै गुमाएँ

ली शेंगमेई, दक्षिण कोरियाद्वारा परिचय जब उनले प्रभुको पुनरागमनको खबर सुनिन्, उनी आखिरी दिनहरूमा हुने परमेश्‍वरको कामको गम्भीरतासाथ खोजी र...

परमेश्‍वरको आवाज सुन्‍नु र प्रभुलाई स्वागत गर्नु

लुइस, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्