म यी अध्ययनहरूको पछि लाग्दिनँ

25 फेब्रुअरी 2023

मेरो जन्‍म इसाई परिवारमा भएको हो। मेरा आमाबुबा दुवै किसान हुनुहुन्छ। मेरो परिवारले सागसब्‍जी र धान खेती गरेर जीविकोपार्जन गर्छ। विद्यालयमा मैले सधैँ राम्रो नतिजा ल्याउथेँ, त्यसकारण मेरा आमाबुबाले मेरो अध्ययनमा निकै साथ दिनुहुन्थ्यो र भविष्यमा मैले राम्रो काम गर्नेछु भनेर आशा गर्नुभएको थियो। उहाँहरूले मैले राम्रो जागिर पाउँछु र मेरो परिवारको विपन्‍न जीवनलाई सुधार गर्छु भनेर आशा गर्नुभएको थियो। त्यो बेला, हामी गरिब भएको कारण, मेरा आमाबुबाले मेरो अध्ययनको लागि प्रायजसो पैसा ऋण लिनुहुन्थ्यो, मेरो बाजेले पनि आफ्‍नो जीविकोपार्जनबाट मेरो लागि पैसा जोगाउनुहुन्थ्यो, र मेरो ट्युसनको लागि मेरी दिदीले पार्ट-टाइम काम गर्नुहुन्थ्यो। मेरो पूरै परिवारले गरिबीको रेखाबाट बाहिर निस्कन ममाथि आफ्‍नो आशा राख्‍नुभएको थियो। म मेरा आमाबुबाले हरेक दिन खेतमा परिश्रम गरेको देख्थेँ, र यसरी जिउनु निकै कठिन हुन्छ भन्‍ने सोचेर, मैले परिश्रमको साथ अध्ययन गर्ने, भीडबाट माथि उठ्ने सङ्कल्प गरेँ, ताकि मेरो परिवार उप्रान्त त्यति गरिब नरहोस्। परीक्षाहरूमा राम्रो अङ्क ल्याउन म निकै परिश्रम गर्थेँ, र प्रायजसो राती अबेरसम्‍म अध्ययन गर्थेँ। पछि, मेरो कामना पुरा भयो र म विश्‍वविद्यालयमा भर्ना भएँ। त्यसपछि, मैले नयाँ लक्ष्‍य लिएँ, जुन लक्ष्‍य प्राध्यापक बनेर राम्रो भविष्य निर्माण गर्नु थियो।

दीक्षान्त पाएपछि, मैले पीएचडी पूरा गरेँ र विश्‍वविद्यालयको वैज्ञानिक अनुसन्धानमा काम गरेँ। त्यो बेला, मेरा आमाबुबाले प्रायजसो कल गरिरहनुहुन्थ्यो, र मलाई सम्झाउनुहुन्थ्यो, “तैँले परमेश्‍वरलाई अझै धेरै प्रार्थना गर्नुपर्छ र आफ्‍नो अध्ययनमा ध्यान दिनुपर्छ।” मेरो बुबाले मलाई यसो भनेर पनि सोध्‍नुभयो, “तेरो क्याम्पसमा चर्च छ? तँ चर्च जानुपर्छ है।” तर म घरमै बसेर बाइबल पढ्न अनि परमेश्‍वरसँग प्रार्थना गर्न चाहन्थेँ, किनभने मैले लगभग सबै समय वैज्ञानिक अनुसन्धानमा बिताउँथेँ, र भेलाहरूमा जानको लागि फाल्टो समय पाउँदिनथिएँ। अनुसन्धानको प्रक्रियामा, धेरै शैक्षिक विवाद हुन्थे। अरूले वैज्ञानिक सिद्धान्त र परमेश्‍वरको सर्वशक्ति र सार्वभौमिकताको बारेमा विवाद गर्दा, वैज्ञानिक अनुसन्धानकर्ताको रूपमा, म सधैँ बाध्य भएर सबै कुरा व्याख्या गर्न वैज्ञानिक दृष्टिकोणको प्रयोग गर्थेँ। थाहै नपाई, मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गयो, मेरो प्रार्थना र बाइबल अध्ययन पनि घट्दै गयो, र मलाई प्रायजसो भित्री रूपमा थकित र खोक्रो महसुस हुन्थ्यो। कहिलेकहीँ म आनन्द लिन मेरा सहकर्मीहरूसँग समुद्र किनार, रिसोर्ट, वा पार्कहरूमा जाने गरेको र मैले मेरो कामबाट आएको तनावलाई घटाउन सक्छु भन्‍ने आशा गर्ने गरेको भए पनि, अन्त्यमा मलाई कुनै वास्तविक शान्ति र आनन्द प्राप्त हुँदैनथियो, तर भित्री रूपमा खोक्रो महसुस हुन्थ्यो। २०२० को नयाँ वर्षको दिन, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र परमेश्‍वरको नजिक जाने सङ्कल्प गरेँ, अनि मलाई अगुवाइ गर्नुहोस् र मेरो जीवन परिवर्तन गर्नुहोस् भनी परमेश्‍वरलाई अनुरोध गरेँ, किनभने खोक्रो अवस्थामा जिउँदा निकै हैरान लाग्थ्यो।

केही समयपछि नै, मैले एक जना सिस्टरलाई फेसबुकमा भेटेँ र उनले मलाई अनलाइन भेलामा बोलाइन्। त्यो बेला, उनले मलाई एउटा यस्तो कुरा भनिन् जसले मलाई साँचो रूपमा मन छोयो। उनले परमेश्‍वरका वचनहरू पढ्नु र परमेश्‍वरसँग राम्रो सम्‍बन्ध कायम गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो भनेर भनिन्। म उनले भनेको कुराप्रति सहमत थिएँ। म एक इसाई थिएँ, तर म मेरो सबै समय वैज्ञानिक अनुसन्धान गरेर नै बिताउथेँ, म परमेश्‍वरलाई आराधना गर्न कहिल्यै पनि भेलाहरूमा जाँदिनथिएँ, र म बिरलै प्रार्थना गर्थेँ वा बाइबल पढ्थेँ। मैले परमेश्‍वरसँग मेरो सामान्य सम्‍बन्ध छैन भन्‍ने थाहा पाएँ, र म परमेश्‍वरको नजिक जान चाहन्थेँ, त्यसकारण म अनलाइन भेलामा सहभागी हुन खुशीसाथ सहमत भएँ। परमेश्‍वरका वचनहरू पढेपछि र मेरा ब्रदर-सिस्टरहरूको सङ्गति सुनेपछि, मैले आखिरी दिनहरूमा परमेश्‍वरले सर्वशक्तिमान्‌ परमेश्‍वर नाउँ लिएर आफ्‍ना वचनहरू व्यक्त गर्नुहुन्छ, उहाँले हाम्रो लागि चर्मपत्रको मुट्ठो खोल्‍नुभएको छ, र मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन यस पटक परमेश्‍वर मानिसहरूलाई न्याय गर्ने र शुद्ध गर्ने काम गर्न फर्केर आउनुभएको छ भन्‍ने कुरा बुझेँ। धेरै पटक भेलाहरूमा गएपछि, म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा पक्‍का भएँ। त्यो बेला म निकै उत्साहित थिएँ, र मैले खुशीसाथ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेँ। करिब दुई महिनापछि, मैले मण्डलीमा कर्तव्य पूरा गर्न थालेँ। मैले परमेश्‍वरको अझै धेरै वचन पढ्दै जाँदा, मैले क्रमिक रूपमा केही सत्यताहरू बुझ्दै गएँ।

एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ जुन मेरो मनमा अझै पनि ताजै छ। परमेश्‍वरको वचनको यो खण्डले मेरो हृदय छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि, ‘ज्ञान’ भन्‍ने शब्‍दको अर्थ नकरात्मक होइन, सकारात्मक हो भन्‍ने सोच्छन्। त्यसो भए, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञानको प्रयोग गर्छ भनेर किन हामी यहाँ उल्‍लेख गरिरहेका छौं त? के क्रमिक विकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्यूटनको वैज्ञानिक नियमहरू ज्ञानकै भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण बल पनि ज्ञानकै भाग हो, होइन र? (हो।) त्यसो भए, किन मानवजातिलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने कुराहरूमाझ ज्ञानलाई सूचीकृत गरिन्छ? यसमा तिमीहरूको दृष्टिकोण के छ? के ज्ञानमा एक थोपा सत्यता समेत हुन्छ र? (हुँदैन।) त्यसो भए, ज्ञानको सार के हो त? मानिसले प्राप्त गर्ने सबै ज्ञान कुन आधारमा सिकिन्छ? के यो क्रमिक विकासको सिद्धान्तमा आधारित छ? के मानिसले अन्वेषण र सङ्कलन गरेर हासिल गरेको ज्ञान नास्तिकतामा आधारित छैन र? के परमेश्‍वरसँग यीमध्ये कुनै पनि ज्ञानको सम्‍बन्ध छ? के यो परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग जोडिएको छ? के यो सत्यतासँग जोडिएको छ? (छैन।) त्यसो भए, मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ त? मैले भर्खरै भनेँ, यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना गर्ने कार्यसँग वा सत्यतासँग जोडिएको छैन। कतिपय मानिसहरूले यसको बारेमा यस्तो विचार गर्छन्: ‘सत्यतासँग ज्ञानको कुनै सम्‍बन्ध नहुन सक्छ, तर यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।’ यसबारे तिमीहरूको दृष्टिकोण के छ? के व्यक्तिले आफ्‍नो खुशी उसको आफ्‍नै हातले निर्माण गर्नुपर्छ भनेर तँलाई ज्ञानले सिकायो? के ज्ञानले तँलाई मानिसको नियति उसको आफ्‍नै हातमा हुन्छ भनेर सिकायो? (सिकायो।) यो कस्तो प्रकारको गफ हो? (यो दुष्ट कुरा हो।) एकदम ठीक! यो दुष्ट कुरा हो! ज्ञान भनेको छलफल गर्नको लागि एउटा जटिल विषय हो। ज्ञानको क्षेत्र ज्ञानभन्दा बढी केही पनि होइन भनेर तिमीहरूले उल्‍लेख गर्न सक्छौ। त्यो त परमेश्‍वरलाई आराधना नगरीकन अनि परमेश्‍वरले सबै थोक बनाउनुभएको हो भन्‍ने नबुझीकन त्यसैको आधारमा सिकिएको ज्ञानको क्षेत्र हो। जब मानिसहरूले यस प्रकारको ज्ञानको अध्ययन गर्छन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता सबै थोकमाथि छ भन्‍ने कुरालाई देख्‍दैनन्; तिनीहरूले परमेश्‍वर सबै थोकका मालिक हुनुहुन्छ वा उहाँले सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ भन्‍ने कुरालाई देख्दैनन्। बरु, तिनीहरूले अटुट रूपमा ज्ञानको क्षेत्रलाई अनुसन्धान र अन्वेषण मात्रै गर्छन्, अनि ज्ञानकै आधारमा उत्तरहरूको खोजी मात्रै गर्छन्। तर, मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगरी अनुसन्धान मात्रै गर्छन् भने, तिनीहरूले कहिल्यै पनि साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्‍ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिने भनेको जीविका, जागिर, आम्दानी मात्रै हो, ताकि तँ भोकै बस्‍न नपरोस्; तर यसले तँलाई कहिल्यै पनि परमेश्‍वरलाई आराधना गर्ने तुल्याउनेछैन, अनि यसले तँलाई दुष्टताबाट कहिल्यै अलग राख्‍नेछैन। मानिसहरूले ज्ञानको जति धेरै अध्ययन गर्छन्, त्यति नै बढी परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, तिनीहरूका अध्ययनहरूमा परमेश्‍वरलाई अध्ययनको विषय बनाउने, परमेश्‍वरलाई परीक्षा गर्ने, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूले इच्‍छा गर्नेछन्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छेडे। म सधैँ, म एक इसाई परिवारमा जन्‍मेको हुँ भन्‍ने ठान्थेँ। मैले सानैदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छु, र मैले विज्ञान अध्ययन गरेको र वैज्ञानिक सर्वेक्षण गर्ने गरेको भए पनि, मैले भविष्यमा राम्रो जागिर पाउन, मेरो जीवन परिवर्तन गर्न, र भीडभन्दा माथि उठ्नको लागि मात्रै अनुसन्धान गर्ने उद्देश्य राखेको थिएँ। मैले परमेश्‍वरलाई इन्कार गरिरहेको वा विरोध गरिरहेको छु कि छैन भनेर मैले कहिल्यै पनि विचार गरिनँ। परमेश्‍वरको वचनका प्रकाशहरूद्वारा, मैले मेरो विचार गलत रहेछ भन्‍ने थाहा पाएँ। विज्ञान र ज्ञान सत्यता होइनन् र ती सकारात्मक कुरा होइनन्। नास्तिकता, भौतिकवाद, र क्रमिक विकास जस्ता सिद्धान्तहरू अर्थात् परमेश्‍वरलाई इन्कार गर्ने यी सबै कुरा शैतानबाट आएका हुन्। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन वैज्ञानिक ज्ञानको प्रयोग गर्छ, तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा लैजान्छ, र तिनीहरूलाई परमेश्‍वरको अस्तित्व इन्कार गर्न लगाउँछ। मैले हरेक दिन यो वैज्ञानिक ज्ञानको अध्ययन गर्थेँ, तर यसले मलाई पथभ्रष्ट बनाउन, परमेश्‍वरबाट टाढा मात्रै लग्यो, र मैले यसबाट कहिल्यै पनि सत्यता प्राप्त गर्नेथिइनँ। मैले अनुसन्धान गर्दा, मेरा विचारहरू पूर्ण रूपमा नास्तिक दृष्टिकोण र विभिन्‍न प्रकारका सिद्धान्तहरूले भरिएको हुन्थ्यो, जस्तै न्यूटनको नियम, गुरुत्वाकर्षण, र यस्तै इत्यादि। मैले यसलाई कसरी व्याख्या गर्न सक्छु? यिनै सिद्धान्तहरूले मलाई विषले जस्तो भ्रष्ट तुल्याएका थिए। हरेक दिन, म ब्रह्माण्डमा के हुन्छ भनेर हिसाबकिताब गर्न र अध्ययन गर्न यी नियम र सूत्रहरूको प्रयोग गर्थेँ। जति अध्ययन गर्थेँ, त्यति नै मलाई सबै कुरा सैद्धान्तिक सिद्धान्तहरूद्वारा व्याख्या गर्न सकिन्छ जस्तो लाग्थ्यो। अचेत रूपमा, मैले परमेश्‍वरले सृष्टि गर्नुभएको तथ्य र उहाँको सार्वभौमिकतालाई इन्कार गर्न थालेँ, र मेरो हृदय पनि परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गयो। यदि मैले यसरी नै अध्ययन गरिरहेको भए, यी सिद्धान्तहरूले मलाई निरन्तर नष्ट गरिरहनेथिए, र म सधैँ शैतानको प्रभुत्वमा जिएर परमेश्‍वरलाई विरोध गर्नेथिएँ। वैज्ञानिक ज्ञानले मलाई कसरी विष लागिरहेको छ भन्‍ने महसुस गरेपछि, मलाई मैले वैज्ञानिक अनुसन्धान गर्न छोड्नुपर्छ भन्‍ने याद आयो, तर मैले यसो गरेँ भने मेरो भविष्य कस्तो हुनेछ भन्‍ने बारेमा मलाई चिन्ता लाग्यो। मैले मेरो अनुसन्धानलाई कायम राख्‍ने कि यसलाई छोडेर अर्कै काम गर्ने भन्‍ने बारेमा मेरो हृदयभित्र एउटा युद्ध भइरहेको थियो। गरिबीबाट उम्‍कनको लागि म कति व्यस्त थिएँ भन्‍ने बारेमा सोचेँ। हैसियत र सुन्दर भविष्यको पछि लाग्‍नको लागि मैले धेरै समय र ऊर्जा खर्च गरेको थिएँ, तर मैले कहिल्यै पनि साँचो खुशी पाएको थिइनँ। बरु, मलाई प्रायजसो खोक्रो र कष्टको अनुभव हुन्थ्यो। यो मैले चाहेको जीवन थिएन। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मैले परमेश्‍वरको वचन पढ्दै र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्दै आएको थिएँ, र मेरो जीवन पहिलेको भन्दा निकै फरक भएको थियो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू जति पढेँ, मलाई त्यति नै आत्मिक स्वतन्त्रताको अनुभव हुँदै गयो। परमेश्‍वरसँगको मेरो सम्‍बन्ध पनि नजिकिँदै गयो, र मलाई पहिलेको भन्दा शान्ति र सुरक्षाको अनुभव भयो, जुन मैले पहिले कहिल्यै अनुभव गरेको थिइनँ। परमेश्‍वरको वचन पढेर, मलाई यति गहन रूपमा भ्रष्ट तुल्याउने शैतान हो भन्‍ने बुझेँ, र सत्यता र जीवनको पछि लाग्‍नु नै सबैभन्दा अर्थपूर्ण कुरा हो भन्‍ने सिकेँ। यसको बारेमा विचार गरेपछि, मैले सत्यताको पछि लाग्‍न र आफ्‍नो कर्तव्य पूरा गर्नमा नै अझै बढी समय बिताउने निर्णय गरेँ।

त्यसपछि, मैले मेरा आमाबुबा, दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार सुनाएँ। मैले तिनीहरूलाई प्रभु येशू आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आइसक्‍नुभएको छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई शुद्ध पार्न र पापका बन्धनहरूबाट हामीलाई मुक्त गर्नको लागि सत्यताहरू व्यक्त गर्नुभएको छ भनेर भनेँ। मैले मेरा आमाबुबालाई यसो पनि भनेँ, “मैले परमेश्‍वरको नयाँ कामलाई स्वीकार गरेको छु, परमेश्‍वरका धेरै वचनहरू बुझेको छु, र शुद्ध हुने र मुक्ति पाउने मार्ग भेट्टाएको छु, तर प्रभुको पुनरागमनको शुभ समाचार थाहा नपाउने अझै धेरै विश्‍वासीहरू छन्। म तिनीहरूलाई सुसमाचार सुनाउन चाहन्छु।” मैले मेरो बाजे प्रभु येशूको सुसमाचार सुनाउन विभिन्‍न गाउँमा जाने गर्नुहुन्थ्यो, त्यसकारण म पनि उहाँको उदाहरण पछ्याउन चाहन्छु र अझै धेरै मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार फैलाउनको लागि अझै धेरै समय र शक्ति लगाउन चाहन्छु भनेर भनेँ। मेरा आमाबुबाले अवश्य नै मलाई समर्थन गर्नुहुनेछ भन्‍ने सोचेको थिएँ, तर अचम्‍मको कुरा मेरी आमा त रुन पो थाल्‍नुभयो। उहाँ रोएको देख्दा म पनि दुःखित भएँ। मेरा आमाबुबाले मलाई स्कूल पढाउन त्यति धेरै रकम खर्च गर्नुभएको सम्‍झनु त्यति सजिलो थिएन। उहाँहरूले भविष्यमा मैले राम्रो जागिर पाउँछु र उहाँहरू र मेरो परिवारलाई राम्रो हेरचाह गर्छु भनेर आशा गर्नुभएको थियो। यदि मैले सुसमाचार प्रचार गर्नमा नै मेरो सारा समय बिताएँ भने, मेरा आमाबुबाले मेरो लागि खर्च गर्नुभएको सबै कुरा व्यर्थ हुनेथियो, त्यसकारण उहाँहरू पक्‍कै पनि अत्यन्तै दुःखित हुनुभएको थियो। यो महसुस गरेपछि, म पनि रुन थालेँ। मलाई मेरा आमाबुबालाई दुःखित तुल्याउन मन थिएन, तर म आफ्‍नो कर्तव्य पूरा गर्न र सुसमाचार प्रचार गर्न पनि चाहन्थेँ। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई मेरो गवाहीमा दह्रिलो गरी खडा हुनको लागि अझै विश्‍वास दिनुहोस् भनी अनुरोध गरेँ। त्यो बेला, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो, “परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, अर्थात् मानिसलाई त्यस अवस्थामा ल्याउनुभयो, जसलाई उहाँले जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्‍वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्‍याउँछ। यस प्रक्रियामा, मानिस परमेश्‍वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको सुबुद्धिले निर्देशन गर्छ भन्ने तिनीहरू विश्‍वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्‍चर्यकर्महरू पैदा गर्छ भन्‍ने कुरा त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएको आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्‍ने मात्र उसले जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र ईश्‍वरीय कृपाबारे पूर्ण रूपमा अन्जान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवनलाई लापरवाही रूपमा बिताउँछ…। परमेश्‍वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्‍वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्‍नुहुन्‍न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्‍वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्‍वरले यसो गर्नुहुन्छ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्‍वरको वचनले मलाई के बुझ्‍न सहयोग गर्‍यो भने परमेश्‍वरले नै मलाई जीवन दिनुभएको हो, र मेरा आमाबुबा र म जन्‍मेको परिवार सबै परमेश्‍वरले नै तय गर्नुभएको थियो। मेरा आमाबुबाले मेरो लागि यति धेरै दिनु पनि परमेश्‍वरको बन्दोबस्त नै थियो। विगतमा, म सधैँ मेरा आमाबुबाले नै यो मेरो लागि गर्नुभएको हो भन्‍ने सोच्थेँ, र म मेरा आमाबुबाको इच्‍छा र मेरा आफ्‍नै इच्‍छाहरूलाई पूरा गर्न जिउनुपर्छ, र प्रतिष्ठा र हैसियतको पछि लागिपर्नु पर्छ भन्‍ने मलाई लाग्थ्यो। तर परमेश्‍वरको वचनले मलाई मेरो जीवनमा अगुवाइ गर्ने मेरा आमाबुबा हुनुहुन्‍नथियो भन्‍ने महसुस गरायो। मैले कुन समयमा के गर्छु वा मेरो जीवनमा कस्तो भूमिका निर्वाह गर्छु—यी सबै कुरा परमेश्‍वरले नै मिलाउनुभएको थियो। म ज्ञान सिकेर आफ्‍नो भाग्य परिवर्तन गर्न चाहन्थेँ, ताकि मेरो परिवारले सम्‍पन्‍न जीवन जिउन सकोस्। त्यो बेला, मलाई परमेश्‍वरको सर्वशक्ति र सार्वभौमिकताको बारेमा थाहा थिएन। अब, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिसकेको थिएँ, र परमेश्‍वरको वचन पढेर, मैले के महसुस गरेँ भने मानिसहरूको गन्तव्य परमेश्‍वरले निर्धारित गर्नुभएको हुन्छ। मेरो आमाबुबा र परिवारले भविष्यमा कस्तो जीवन प्राप्त गर्छन् र तिनीहरूको भाग्य राम्रो हुन्छ कि हुँदैन भन्‍ने कुरा पनि परमेश्‍वरकै हातमा छ, यी सबै परमेश्‍वरको बन्दोबस्त हुन्छ, र मैले ती कुरालाई परिवर्तन गर्न सक्दिनँ। मानिसहरूले परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गरेर परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ। यो कुरा बुझिसकेपछि, मैले मेरा आमाबुबालाई रोएको देखे पनि, म निकै शान्त भएँ। यसको साथै, मलाई के पनि महसुस भयो भने, परमेश्‍वरको अघि आउनु, सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्नु, सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु भनेको जिउन सकिने सबैभन्दा अर्थपूर्ण र बहुमूल्य जीवन हो। मेरा आमाबुबाले अहिले यो कुरा नबुझे पनि, मैले सहजै मेरो कर्तव्यलाई त्याग्‍न सक्दिनथिएँ। जेसुकै भए पनि, मैले सबै कुरा परमेश्‍वरकै हातमा छोडेर अघि बढ्नको लागि परमेश्‍वरमा नै भरोसा गर्न चाहेँ।

त्यसकारण, मैले सम्पूर्ण हृदयले परमेश्‍वरलाई पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने, अनि मेरो अध्ययनलाई छोड्ने निर्णय गरेँ। पहिलो, मैले मेरो शिक्षकलाई आफ्‍नो निर्णयको बारेमा मेसेज गरेँ। शिक्षक छक्‍कै परे, र तिनले मलाई सोधे, “तपाईं किन यस्तो निर्णय गर्दैहुनुहुन्छ? के पैसाले गर्दा हो?” तिनले मलाई के पनि बताए भने एउटा विश्‍वविद्यालय अनुदान कार्यक्रम छ, जुन अत्यन्तै दुर्लभ अवसर हो, र तिनले मलाई सहयोग गर्न चाहेका छन्। तिनले भेटेर मसँग कुरा गर्न चाहन्छु भनेर पनि बताए, तर मैले निर्णय गरिसकेको थिएँ, त्यसकारण मैले तिनलाई भेटिनँ वा कल गरिनँ। शिक्षकले मलाई अर्को पत्र पठाए। तिनले मेरो यो निर्णयको कारण जान्‍न चाहन्थे। शिक्षकको पत्र पढेपछि, म हिचकिचाएँ, तर अन्त्यमा, मैले प्रतिक्रिया दिइनँ। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो, “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरको वचनले मलाई यी सबै शैतानबाट आएका परीक्षाहरू हुन् भन्‍ने बुझ्‍न सहयोग गर्‍यो। जब मैले परमेश्‍वरलाई पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने निर्णय गरेँ, तब शैतानलाई मसँग अझै पनि पैसा, प्रतिष्ठा, र सम्पत्तिको पछि लाग्‍ने इच्‍छा छ भन्‍ने थाहा थियो, त्यसकारण यसले मलाई धोका दिन र मेरो कर्तव्य त्याग्‍न लगाउने प्रयास गर्नको लागि यी कुराको प्रयोग गर्‍यो। अय्यूबलाई तिनकी श्रीमतीले परमेश्‍वरको नाउँ सराप्‍नुहोस् भनी दिएको परीक्षाको बारेमा मलाई याद आयो। बाहिरबाट हेर्दा, मानिसहरूले अय्यूबसँग कुराकानी गरिरहेका छन् जस्तो देखिन्थ्यो, तर यसको पछाडि शैतानले परमेश्‍वरको विरुद्धमा लडाइ गरिरहेको थियो। त्यसपछि सोचेँ बाहिरबाट हेर्दा, शिक्षकले मलाई पढाइ छोड्न नदिने प्रयास गरिरहेको र मलाई उक्त परियोजनाको बारेमा बताएको जस्तो देखिन्थ्यो, तर यसको पछाडि शैतानका चलाकीहरू लुकेका थिए। परमेश्‍वरले मलाई जीवनको ठीक मार्गमा फर्काएर ल्याउन चाहनुहुन्थ्यो। शैतानले मलाई परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न लगाउन सबै उपाय प्रयोग गरेर परीक्षा गरिरहेको थियो, तर म छलमा पर्नु हुँदैनथियो। यो वातावरण अनुभव गर्नको लागि मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! बिन्ती छ मलाई विश्‍वास दिनुहोस् र मेरो गलत इच्छाहरूलाई हटाउनुहोस्। यस्तो महत्त्वपूर्ण समयमा, म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु।” यसरी प्रार्थना गरेपछि, मलाई निकै सुरक्षित महसुस भयो। दुई दिनपछि, मैले शिक्षकलाई टेक्स्ट मेसेज गरेँ र यो मेरो अन्तिम निर्णय हो अनि मैले मेरो अनुसन्धानलाई निरन्तरता दिन सक्दिनँ भनेर भनेँ। मैले मेसेज पठाएपछि, मलाई निकै ढुक्‍क लाग्यो, र मलाई निकै सहज अनुभव भयो। त्यसपछि, मैले यी कुराहरूका बारेमा सोच्‍न छोडेँ। म मेरा ब्रदर-सिस्टरहरूलाई कसरी सुसमाचार सुनाउने र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने बारेमा मात्रै विचार गर्थेँ।

केही महिनापछि, मैले मेरा आमाबुबालाई म मेरो अध्ययनलाई जारी राख्दिनँ, र परमेश्‍वरको काम समाप्त हुन लागेको छ, त्यसकारण मैले छिटो गरेर सुसमाचार सुनाउनुपर्छ, ताकि अझै धेरै मानिसहरूले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न सकून् भनेर बताएँ। उहाँहरूले मेरो कुरा बुझ्‍नुभएन, तर मैले परमेश्‍वरलाई पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने निर्णय गरिसकेको छु भन्‍ने देखेपछि, उहाँहरूले थप केही भन्‍नुभएन। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, मैले क्रमिक रूपमा के महसुस गरेँ भने, आफ्‍नो कर्तव्य पूरा गरेर, हामीले अझै धेरै सत्यता प्राप्त गर्न सक्छौँ, अनि सत्यता नै जीवनको सबैभन्दा बहुमूल्य कुरा हो। यो कुरा बुझेपछि, म आफ्‍नो कर्तव्य पूरा गर्न अझै तत्पर भएँ, मेरो परिवार र भविष्यको चिन्ता झन्-झन् कम हुँदै गयो, र मैले सबै कुरा परमेश्‍वरकै हातमा छोड्न र परमेश्‍वरलाई नै सबै कुरा योजनाबद्ध गर्न र मिलाउन दिनुपर्छ भन्‍ने सिकेँ। अहिले, म अझै धेरै मानिसहरूलाई कसरी परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनाउने भन्‍ने बारेमा मात्रै विचार गर्छु, ताकि शैतानको अधीनमा जिउने, र शैतानद्वारा मूर्ख तुल्याइएका र हानि गरिएका मानिसहरूले परमेश्‍वरको आवाज सुन्‍न, परमेश्‍वरकहाँ फर्किन, र परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गर्न सकून्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

काइना, चीन अप्रिल २०१७ मा, म उच्च रक्तचापबाट पीडित थिएँ, त्यसैले म घर गएर आराम गर्न सकूँ भनेर अगुवाले मेरो कर्तव्य स्थगित गरिदिनुभयो। म...

नाम र लाभका लागि लडेका ती दिनहरू

मैले गत जून महिनामा मण्डलीको मलजल गर्ने कामको जिम्मेवारी सम्हालेँ, र मलजल गर्ने कर्मचारीहरूको अभावले गर्दा हाम्रो काम प्रभावित भइरहेको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्