पढाइ छोड्दा

25 अप्रिल 2023

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न कठिन भइरहेको छ, त्यसैले तैँले पढाइमा कडा परिश्रम गर्नुपर्छ, हामीलाई गौरवान्वित तुल्याउनुपर्छ र छोरीहरू पनि छोराजत्तिकै सक्षम हुन्छन् भनेर परिवारलाई देखाउनुपर्छ भन्‍नुहुन्थ्यो। मेरी आमाले त्यसो भन्‍नुहुँदा, ममा यसको गहिरो प्रभाव परेको थियो, र मैले पढाइमा कडा परिश्रम गर्ने, उहाँहरूलाई गौरवान्वित तुल्याउने, र उहाँहरूको शिर उच्‍च पार्ने सङ्कल्‍प गरेँ। म सधैँ पढाइमा कडा परिश्रम गर्थेँ र राम्रो अङ्क ल्याउँथेँ। पुरानो पुस्ताका मानिसहरूले मेरो पढाइ कस्तो भइरहेको छ भनी सोध्दा, मेरी आमा उत्तर दिँदै साह्रै खुसी भएको देख्दा मलाई एकदमै खुसी लाग्थ्यो मैले उहाँको शिर उच्‍च पारिरहेकी छु र उहाँलाई गौरवान्वित तुल्याइरहेकी छु भन्‍ने लाग्थ्यो।

म स्‍नातक स्कूलमा हुँदा, मेरा आमाबुबाले मलाई भन्‍नुभयो: “तैँले यो तह राम्ररी पूरा गरेपछि पीएचडी गर्नुपर्छ। त्यसपछि तैँले विश्‍वविद्यालय प्राध्यापकको राम्रो जागिर पाउनेछस्, धेरै पैसा कमाउनेछस्, र हामीलाई गौरवान्वित तुल्याउनेछस्।” आमाबुबाले यसो भनेको सुन्दा म साह्रै तनावमा परेँ। यतिका वर्ष पढाइ गरेपछि, मलाई धेरै अघिदेखि नै परीक्षाहरूप्रति दिक्‍क लाग्‍न थालेको थियो। पीएचडीको तनावको कारण हाम फालेर मरेका ती सबै मानिसहरूबारे मैले सोचेँ र म पनि त्यस्तै अवस्थामा पुग्छु होला भन्‍ने डर लाग्यो। मलाई अब थप पढाइ गर्न मन लागेन। तर मेरा आमाबुबाको नजरमा आशा झल्किएको देख्दा, मैले नाइँ भन्‍नै सकिनँ।

तर म धेरै व्यस्त भएकोले भेलाहरूमा जान सक्दिनथेँ। स्‍नातक तहमा पुगेर गाउँमा पढाउन थालेपछि मात्रै म स्थानीय मण्डलीका भेलाहरूमा सहभागी हुन सकेँ। एउटा भेलामा, सिस्टर झाङले मलाई धेरैभन्दा धेरै मानिसहरूले आखिरी दिनहरूको काम स्विकारिरहेका छन् र मलजलकर्ताहरूको तत्काल आवश्यकता छ भनेर भनिन्। उनले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुहुन्छ कि भनेर सोधिन्। मलाई म बच्‍चा छँदा साइकल चलाइरहेको बेला ट्रकले झण्डै किचेको घटना याद आयो। परमेश्‍वरको सुरक्षाले गर्दा म बाँचेकी थिएँ। कलेजमा म गम्‍भीर कार दुर्घटनामा परेकी थिएँ, तर मलाई निधारमा चोट मात्रै लागेको थियो। यो पनि परमेश्‍वरले मलाई चुपचाप सुरक्षा दिनुभएको थियो। परमेश्‍वरले मलाई सधैँ चुपचाप रक्षा गरिरहनुभएको थियो ताकि म उचित तरिकाले हुर्कन सकूँ। मैले सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरको धेरै अनुग्रह र सत्यताको भरणपोषण प्राप्त गरेकी थिएँ, र कर्तव्य पूरा गरेर परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ भन्‍ने मलाई थाहा थियो, त्यसैले म खुसीसाथ राजी भएँ। नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने क्रममा, मेरी सहकर्मी सिस्टर र म परमेश्‍वरका वचनहरू सङ्गति गर्न र तिनीहरूका समस्या समाधान गर्न परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्थ्यौँ। तिनीहरूका समस्या समाधान भएको र तिनीहरूले साँचो मार्गमा जरा गाडेको देख्दा, हामीलाई साह्रै खुसी लाग्थ्यो, र हाम्रो कर्तव्य साह्रै अर्थपूर्ण रहेछ भन्‍ने महसुस हुन्थ्यो।

पछि, झन्-झन् धेरै नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुपर्ने हुँदा, मलाई स्कूल छोडेर आफ्‍नो कर्तव्य पूर्णकालीनरूपमा पूरा गर्न मन लाग्यो, तर आमाबुबाले कसरी आफ्‍नो सारा आशा ममाथि राखेका छन् भन्‍ने मैले सम्झेँ। मैले स्कूल छोड्थेँ भने, अरू गाउँलेहरूले मेरा आमाबुबालाई होच्याइरहने थिए। उहाँहरूले मेरो लागि धेरै खर्च गर्नुभएको थियो, तसर्थ कसरी उहाँहरूलाई म निराश तुल्याउन सक्थेँ र? के गर्ने भन्‍ने थाहा नभएर म हिचकिचाएँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै अधीनमा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, म सृष्टि गरिएको प्राणी हुँ, परमेश्‍वरले नै मलाई जीवन दिनुभएको हो, र म परमेश्‍वरकै लागि जिउनुपर्छ। आफ्‍नो कर्तव्यमा सत्यता पछ्याउनु, आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नु, र परमेश्‍वरको मुक्ति प्राप्त गर्नु—यो सार्थक र अर्थपूर्ण जीवन हो। यति धेरै वर्षदेखि, मेरो जीवन आफ्ना आमाबुबालाई खुसी पार्न पढ्न र पढाउनमै मात्र सीमित रह्यो। म सधैँ अत्यन्तै व्यस्त हुन्थेँ, तर भित्र खोक्रो महसुस गर्थेँ। यो सब केको लागि हो भन्‍नेसमेत थाहा थिएन। फुर्सदमा समेत, अर्थपूर्ण कुरा के गर्न सक्छु भन्‍ने मलाई थाहा हुँदैनथ्यो। यो खोक्रोपनको अनुभूतिबाट कसरी मुक्त हुने मलाई थाहा थिएन। मैले धेरै तरिका प्रयास गरी हेरेँ, जस्तै वाद्ययन्त्र सिक्‍ने, चित्र बनाउने, पढ्ने, सङ्गीत सुन्‍ने, दौडने, तर यी सबैले मेरो अनुभूति परिवर्तन गरेन। म अझै पनि भित्र असाध्यै खोक्रो थिएँ। मेरो जीवन अझै दिशाहीन र उद्देश्यविहीन लाग्थ्यो। मैले शिक्षा आर्जनमा वर्षौँसम्‍म गरेको कडा परिश्रमबारे सोचेँ। म स्‍नातकोत्तर गरेर शिक्षक बनेकी र वरपरका मानिसहरूले मलाई तारिफ र समर्थन गर्दा मेरो अभिमान सन्तुष्ट भएको भए पनि, यी कुराले मलाई आत्मिक सन्तुष्टि वा आराम दिएनन्। महाविपत्तिहरू आइपर्दा, सबैभन्दा उत्कृष्ट ज्ञानले पनि बचाउन सक्दैन। सत्यता पछ्याएर, कर्तव्य पूरा गरेर, अनि आफ्‍नो भ्रष्ट स्वभावबाट मुक्त भएर मात्रै परमेश्‍वरबाट मुक्ति पाउन र बच्न सकिन्छ। यो बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र शिक्षण पेसाबाट राजीनामा दिएर स्‍नातक स्कूलबाट निस्कन निवेदन दिने निर्णय गरेँ।

एक दिन, नयाँ विश्‍वासीहरूलाई मलजल गरेर आएपछि, मेरो परिवारले मलाई बारम्‍बार मेसेज गरेर कुरा गर्ने प्रयास गरिरहेको देखेँ। मेरो मुटुको धड्कन बढ्‍न थाल्यो। मैले कर्तव्य निभाउन थालेकोमा तिनीहरूले घोर विरोध गरे भने के गर्ने? मैले मेरी आमालाई फोन गरेँ र उहाँले “हामीलाई नभनी स्कूल छोड्ने आँट गरिस्, हैन” भन्दै मलाई फोनमै कराउनुभयो। त्यसपछि मेरो गाउँबाट परिवार हतारहतार आएर फेरि पढाउन थाल् र पढाइ पूरा गर्, नत्र हामी सिधै तँलाई गाउँ फर्काएर लान्छौँ भन्‍न थाले। उनीहरूले साँच्‍चै त्यसो गर्लान् र अब भेलामा सहभागी हुन वा कर्तव्य पूरा गर्न पाउँदिनँ कि भन्‍ने डर लाग्यो। त्यसकारण, म शिक्षण पेसामा फर्किएँ। तर मलाई साह्रै अप्ठ्यारो र ग्‍लानि भयो। मैले परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार द्रुत गतिमा फैलिरहेको, सबै नयाँ विश्‍वासीहरूलाई मलजलको खाँचो परेको, र मैले कसरी आफ्‍नो कर्तव्य पूरा गरिरहेको हुनुपर्ने हो भन्‍ने सोचेँ। तर जब म ममाथि आमाबुबाले राखेको आशाबारे सोच्थेँ, मलाई दोधार हुन थाल्थ्यो। मलाई उहाँहरूप्रति ऋणी छु भन्‍ने लाग्यो, र उहाँहरूलाई चोट पुर्‍याउँछु भन्‍ने डर भयो। एउटा भेलामा, अरूले मेरो स्थिति थाहा पाएर मलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। शान्तिपूर्ण परिवार र टुक्रिएको परिवारको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान अनि मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणा र सत्यताको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथिको विश्‍वासलाई गुमाएको छु। तिमीहरूको हृदय यसलाई कोमल बनाउने कार्यप्रति अत्यन्तै प्रतिरोधी छ भन्‍ने कुराले मलाई साँच्‍चै अचम्‍मित पार्छ। समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। यी वचनहरू पढ्दा म निकै प्रभावित भएँ। परमेश्‍वर काम गर्न र हामीलाई मुक्ति दिन देह बन्‍नुभएको छ, र उहाँले हामीमा आफ्‍नो हृदय र प्राण लगाउनुभएको छ, ताकि अन्त्यमा हामी मुक्ति पाएर बाँचिरहन सकौँ। विवेक भएको कुनै पनि समझदार व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्नुपर्छ। तर मैले कर्तव्य पूरा गर्ने निर्णय गर्दैपिच्छे, आमाबुबालाई निराश तुल्याइरहेकी छु, उहाँहरूले मेरो लागि धेरै लगानी गर्नुभएको छ र मैले उहाँहरूको ऋण तिर्न सकिरहेकी छैनँ, जसले गर्दा उहाँहरूको प्रेम र समर्पण व्यर्थ भइरहेको छ भन्‍ने लाग्थ्यो। मैले स्कूल छोड्दा, आमाबुबाको शिर उच्‍च हुनेछैन र परिवारमा उहाँहरूलाई तुच्छ ठानिनेछ भन्‍ने डर पनि लाग्यो। मैले आफ्ना आमाबुबालाई कसरी सन्तुष्ट पार्ने भन्‍नेबारे मात्रै सोच्‍न सकेँ र उहाँहरूको चित्त नदुखाउन आफ्‍नो कर्तव्यसमेत त्यागेँ। मैले सृष्टि गरिएको प्राणीको रूपमा, परमेश्‍वरको वचनको भरणपोषण प्राप्त गरेकी थिएँ तर परमेश्‍वरको प्रेमको ऋण तिर्न सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरिरहेकी थिइनँ। म एकदमै अनुचित थिएँ। मैले परमेश्‍वरलाई निराश तुल्याइरहेकी थिएँ। तर म त्यति विद्रोही हुँदा पनि, परमेश्‍वरले मलाई त्याग्‍नुभएन। उहाँले मलाई डोऱ्याइरहनुभयो र ब्रदर-सिस्टरहरूमार्फत साथ दिइरहनुभयो। तर यसको सट्टा मैले परमेश्‍वरलाई पीडा र निराशा मात्रै दिएँ। परमेश्‍वरले मेरो लागि गरेको अथक प्रयासलाई मैले सार्थक पार्न सकिरहेकी थिइनँ। मलाई साह्रै पछुतो र ग्‍लानि भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले तपाईंलाई सन्तुष्ट पारेकी छैनँ। म तपाईंप्रति धेरै ऋणी भएकी छु। बिन्ती छ, मलाई विश्‍वास र शक्ति दिनुहोस्, र मलाई सही निर्णय गर्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले मेरो परिवारलाई स्कूल छोडेर कर्तव्य निभाउने निर्णय गरेँ भन्दै पत्र लेखेँ।

पछि मेरा आमाबुबाले मलाई कल गरेर यसो भन्‍नुभयो: “तैँले स्कूल छोडिस् भने, हामी ओभरडोज औषधी खाएर भोलिसम्‍म मरिसकेका हुनेछौँ।” मेरी आमा र बुबाले यसो भनेको सुन्दा साह्रै पीडा भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ: “हे परमेश्‍वर, उहाँहरूले जे भन्‍नुभए पनि, म तपाईंलाई धोका दिनेछैनँ। बिन्ती छ मलाई बोल्‍ने सही शब्‍दहरू दिनुहोस्। मेरो कद अति सानो छ, र म अनजानमा कुनै कुरा भन्छु र शैतानले त्यो मेरो विरुद्ध प्रयोग गर्नेछ भन्‍ने मलाई डर लाग्छ। बिन्ती छ, मलाई आफ्‍नो गवाहीमा दह्रिलो हुन मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि मलाई अलिक ढुक्‍क लाग्यो र मैले उहाँहरूलाई भनेँ: “मैले सही मार्ग रोजेकी छु भन्‍ने तपाईंहरूलाई थाहा छ, त्यसैले किन मलाई यसरी कर गरिरहनुभएको छ? म परमेश्‍वरमा विश्‍वास गर्न, सत्यता पछ्याउन र आफ्‍नो कर्तव्य पूरा गर्न मात्रै चाहन्छु। के तपाईंहरू मलाई आफ्‍नो बाटो रोज्‍न दिन सक्‍नुहुन्‍न?” मेरी आमाले क्रोधित हुँदै भन्‍नुभयो: “परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो भन्‍ने मलाई थाहा छ, तर तैँले कर्तव्य निभाउन पढाइ छोडेकी छस्। यतिका वर्षसम्‍म तेरो पढाइको खर्च तिर्न हामीलाई सजिलो भएको थियो भन्‍ने तँलाई लाग्छ? तँ यति स्वार्थी कसरी हुन सक्छेस्?” मेरी आमाको कुरा सुनेर सोचेँ: “परमेश्‍वरले नै मान्छेको सृष्टि गर्नुभयो। उहाँबाटै हामीले सबथोक पाएका हौँ। कर्तव्य निभाउनु र परमेश्‍वरमा अर्पित हुनु त हाम्रो जिम्‍मेवारी र दायित्व हो। यदि मैले आमाबुबाको चित्त बुझाउन कर्तव्य पूरा नगर्ने हो भने, त्यो स्वार्थीपन हुनेछ।” त्यसकारण मैले उहाँहरूलाई भनेँ: “मैले निर्णय गरिसकेँ। तपाईंहरूले मलाई जसरी बाधा दिए पनि, म कर्तव्य पूरा गर्नेछु।” आवेगमा आएर आमाले भन्‍नुभयो: “हामीले तेरो लागि धेरै खर्च गर्‍यौँ ताकि तैँले जीवनमा अघि बढेर परिवारका बाँकी सदस्यअघि हामीले तेरोबारे गर्व गर्न सकौँ, र हामीले सहज जीवन जिउन सकौँ। तैँले किन हाम्रो बारेमा पटक्‍कै सोचिरहेकी छैनस्? तँ त कति निर्दयी रहिछस्।” मेरी बहिनीले पनि मलाई गाली गर्न फोन गरी: “तैँले स्कूल छोडिस् भने, गाउँका सबैले हामीलाई तुच्छ ठान्‍नेछन् र हाम्रा आमाबुबाको बेइज्‍जत हुनेछ भन्‍ने तँलाई थाहा छ? यदि तैँले स्कूल र जागिर छोडिस् भने, म पुलिस बोलाएर तिमीहरू विश्‍वासी सबैलाई पक्राउँछु!” मेरो परिवारले यी कुरा भनेको सुन्दा म साह्रै खिन्‍न भएँ। उहाँहरूले मेरो लागि गर्नुभएका सबै कुरा लगानी मात्रै रहेछ। मैले स्‍नातक स्कूलमा हुँदा उहाँहरूका इष्टमित्र र परिवारसामु उहाँहरूको शिर उच्‍च पारिरहेको बेला, उहाँहरू मसँग नरम बोल्नुहुन्थ्यो, मलाई सबैभन्दा प्यारी छोरी भन्‍नुहुन्थ्यो, तर मैले उहाँहरूको शिर उच्‍च पार्नुको सट्टा सत्यता पछ्याउँदा र कर्तव्य पूरा गर्दा, उहाँहरूले मलाई भन्‍नु-नभन्‍नु भन्‍नुभयो। उहाँहरूले मलाई प्रेम गरिरहनुभएको थिएन, केवल मलाई प्रयोग गरिरहनुभएको थियो। मलाई परमेश्‍वरको वचनको कुरा याद आयो: “‘प्रेम’ को परिभाषाअनुसार यो यस्तो भावना हो, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। यो प्रेमसम्‍बन्धी परमेश्‍वरको उत्कृष्ट व्याख्या हो। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम मात्रै साँचो र निष्खोट छ। परमेश्‍वर मानवजातिलाई शैतानको भ्रष्टता र हानिबाट बचाउन, दुईपटक देहधारी हुनुभएको छ र उहाँले सत्यताका लाखौँ वचन बोल्‍नुभएको छ, हाम्रो लागि चुपचाप मूल्य चुकाउनुभएको छ। परमेश्‍वरले हामीबाट कहिल्यै केही माग्‍नुभएको छैन। हामीले सत्यता पछ्याएर मुक्ति पाउन सकेको मात्रै उहाँ आशा गर्नुहुन्छ। हामीप्रतिको परमेश्‍वरको प्रेम मात्रै निस्स्वार्थ छ। मेरो परिवारको मप्रतिको “प्रेम” त अरूबाट आदर पाउन मलाई प्रयोग गर्नु मात्रै थियो। यो त प्रेम होइन लेनदेन थियो, प्रस्टरूपमै फाइदा खोज्‍ने सम्‍बन्ध थियो। मलाई परमेश्‍वरले भनेको कुरा याद आयो: “देहमा जिउने मानिसहरूले देहका विभिन्‍न सम्‍बन्ध र पारिवारिक बन्धनहरूलाई सुखचैनको रूपमा लिन्छन्। तिनीहरूले मानिसहरू आफ्‍ना प्रियजनहरूविना जिउन सक्दैनन् भन्‍ने विश्‍वास गर्छन्। तँ मानव संसारमा कसरी आइस् भन्‍नेबारेमा तँ किन विचार गर्दैनस्? सुरुमा त तँ अरूसँग कुनै सम्‍बन्ध नगाँसी एकलै आएको थिइस्। परमेश्‍वरले मानिसहरूलाई यहाँ एकएक गरी ल्याउनुहुन्छ; तँ आउँदा तँ वास्तवमा एकलै थिइस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परिवारका सदस्यहरूबीचको सम्‍बन्ध देहमा नजिक होला, तर त्यसमा आत्मिक घनिष्ठता हुँदैन। हरेक व्यक्ति यो संसारमा आउन परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। हरेक व्यक्तिले खेल्ने भूमिका र पूरा गर्ने मिसन आ-आफ्‍नै हुन्छ। रगतको नाताले उहाँहरू मेरा आमा, बुबा, र बहिनी हुनुहुन्छ, तैपनि, हामीबीच आत्मिक सम्बन्ध छैन। उहाँहरूले मलाई हुर्काउनुभयो, आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुभयो, र मेरो शारीरिक जीवन राम्रो बनाइदिनुभयो, तर उहाँहरूले मेरो भविष्य वा गन्तव्य निर्धारित गर्न सक्‍नुहुन्‍न, मलाई शैतानको भ्रष्टता र हानिबाट बचाउनु त परको कुरा हो। परमेश्‍वरले मात्रै मलाई सत्यता र जीवन दिन, अनि शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ। मेरा आमाबुबाले मलाई कर्तव्य पूरा गर्न, परमेश्‍वरसँग नजिक हुन, वा उहाँको मुक्ति प्राप्त गर्न नदिएर मलाई हानि र मेरो जीवन बरबाद गरिरहनुभएको थियो। म उहाँहरूको बन्धनमा पर्नु हुँदैनथ्यो। मैले यो महसुस गरेर परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मलाई मेरो परिवारको वास्तविकता बुझ्‍ने समझ दिनुभएकोमा धन्यवाद। बिन्ती छ, मेरो हृदयको रक्षा गर्नुहोस् ताकि म दह्रिलो हुन सकूँ!” भोलिपल्ट दिउँसो, म कर्तव्य लिन स्कूल छोडेर गएँ।

पछि मैले मनमनै सोचेँ: “मैले सही मार्ग रोजेकी छु भन्‍ने मलाई थाहा छ, त्यसैले किन मेरो परिवारले मलाई बाधा दिँदा र कर्तव्य छोड्न लगाउने प्रयास गर्दा म सधैँ स्‍नेहको बन्धनमा परेँ, मानौँ म उनीहरूप्रति धेरै ऋणी छु? खासमा किन यस्तो हुन्छ?” मैले भक्तिको बेला परमेश्‍वरको यो वचन पढेँ। “विगतमा, मानिसहरू सधैँ आफ्‍नो विवेकअनुसार काम गर्थे र अरूलाई मापन गर्न यसैको प्रयोग गर्थे। मानिसहरूले निरन्तर विवेकको जाँच पास गर्नुपर्थ्यो, सधैँ अरूले कुरा काट्छन् कि भनेर डराउनुपर्थ्यो, अरूले हाँसोमा उडाउँलान् कि वा प्रतिष्ठा खराब होला कि वा ‘विवेकहीन वा खराब व्यक्ति’ भनेर भन्लान् कि भनेर डराउनुपर्थ्यो। त्यसकारण, अरूसँग मिल्‍नकै लागि तिनीहरू कतिपय कुराहरू मन नभईनभई पालना गर्न बाध्य हुन्थे। अहिले मानिसहरूलाई कसरी मापन गरिन्छ? (सत्यताका सिद्धान्तहरूद्वारा।) विगतमा मानिसहरूको जीवन अविश्‍वासीहरूको धारणा र भ्रमहरूले बाँधिएको बेला, अवस्था कस्तो थियो? तँ सानै हुँदादेखि, तेरा आमाबुबाले उदाहरण देखाउँदै तँलाई यस्ता शब्‍दहरू सिकाइरहे: ‘ठूलो भएपछि, तैँले हामीलाई गर्वित तुल्याउनुपर्छ; हाम्रो परिवारको इज्‍जत बढाउनुपर्छ!’ तेरो लागि यी शब्दहरू के बन्दै आएका छन्? प्रोत्साहन कि प्रतिबन्ध? सकारात्मक प्रभाव कि एक प्रकारको नकारात्मक नियन्त्रण? वास्तवमा ती एक प्रकारको नियन्त्रण हुन्। मानिसहरूले सही र असल ठान्‍ने गरेका केही अभिव्यक्ति वा सिद्धान्तका आधारमा तेरा आमाबुबाले तेरो लागि उद्देश्य तय गरिदिन्छन्, र तँलाई त्यही उद्देश्यमा केन्द्रित भएर जिउन लगाउँछन्, र अन्त्यमा तैँले आफ्‍नो स्वतन्त्रता गुमाउँछस्। तैँले किन यसरी आफ्‍नो स्वतन्त्रता गुमाउँछस् र तँ यसको नियन्त्रणमा पर्छस्? किनभने मानिसहरूले आफ्‍नो परिवारको इज्‍जत बढाउनु राम्रो कुरा हो भन्‍ने सोच्छन्। यदि तैँले त्यस्तै खालको विचार गर्दैनस् वा आफ्‍नो परिवारको आदर बढाउने काम गर्न चाहँदैनस् भने, तँलाई धर्तीको भार, र निकम्मा मानिसको रूपमा हेरिन्छ, र मानिसहरूले तँलाई नीच ठान्‍नेछन्। सफल हुनका लागि, तैँले मेहनतसाथ अध्ययन गर्नुपर्छ, अझै धेरै सीप बटुल्‍नुपर्छ, र तेरो कुल-खानदानको मानसम्‍मान बढाउनुपर्छ। त्यसरी, भविष्यमा मानिसहरूले तँलाई हेप्‍नेछैनन्। के यो उद्देश्यको लागि तैँले गर्ने सबै कुरा वास्तवमा तँलाई बाँध्‍ने साङ्ला मात्रै होइनन् र? (हुन्।) तेरा आमाबुबाले तँलाई सफलताको पछि लाग्‍न र परिवारमा इज्‍जत ल्याउन आदेश दिने हुनाले, र तैँले असल जीवन जिउन अनि तेरो परिवारलाई गर्व गर्ने मौका दिन सक् भनेर तेरै सर्वोत्तम हितको लागि काम गरिरहेका हुने हुनाले, तँ यस्तो जीवनशैलीको पछि लाग्‍नु स्वाभाविक कुरा हो। तर वास्तवमा, यी कुराहरू एक किसिमका समस्या र बन्धन हुन्। जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरूले यी कुराहरूलाई सकारात्मक चीज, सत्यता, र सही मार्ग हुन् भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले यी कुराहरू चुपचाप स्विकार्छन्, र लागू वा पालना गर्छन्। अनि जब यी शब्‍द र मापदण्डहरू तेरा आमाबुबाबाट आउँछन्, तब तैँले यी कुरा पूर्ण रूपमा पालना गर्छस्। यदि तँ यी शब्‍दहरूअनुसार जिउँदै कठिन परिश्रम गर्छस् र आफ्‍नो जवानी र सारा जीवन तिनीहरूकै निम्ति सुम्पन्छस्, र अन्तिममा शिखरमा पुग्छस्, असल जीवन जिउँछस्, र आफ्‍नो परिवारलाई गौरवान्वित तुल्याउँछस् भने, अरू मानिसहरूको नजरमा तँ निकै उत्कृष्ट हुन सक्छस्, तर भित्री रूपमा भने झन्झन् खोक्रो भइरहेको हुन्छस्। तँलाई जीवनको अर्थ के हो, वा भविष्यको गन्तव्य कस्तो छ, वा जीवनमा मानिसहरूले कस्तो मार्ग लिनुपर्छ भन्‍ने थाहा हुँदैन। तैँले जीवनका जुन रहस्यहरूको उत्तर खोजी गर्न, अनि जान्‍न र बुझ्‍न चाहेको छस्, त्यसलाई बुझेको वा प्राप्त गरेको हुँदैनस्। के तँ वास्तवमा तेरा आमाबुबाको असल अभिप्रायद्वारा बरबाद भएको हुँदैनस् र? के तेरो जवानी र तेरो सारा जीवन तेरा आमाबुबाले ‘तेरै सर्वोत्तम हितको लागि’ भनेर तय गरेका मापदण्डहरूद्वारा बरबाद भएका हुँदैनन् र? (हुन्छन्।) त्यसकारण, तेरा आमाबुबाले ‘तेरै सर्वोत्तम हितको लागि’ तय गरेका मापदण्डहरू सही हुन् कि गलत? सायद तेरा आमाबुबाले साँच्‍चै नै तेरै सर्वोत्तम हितको लागि काम गरिरहेका छौँ भन्‍ने सोच्छन् होला, तर के तिनीहरू सत्यता बुझ्‍ने मानिसहरू हुन्? के तिनीहरूसँग सत्यता हुन्छ? (हुँदैन।) धेरै मानिसहरू सारा जीवनभर आफ्‍ना आमाबुबाका भनाइहरूमा अल्झिरहन्छन्, ‘तैँले हामीलाई गर्वित तुल्याउनुपर्छ, र परिवारको इज्‍जत बढाउनुपर्छ’—भन्‍ने शब्‍दहरूले तिनीहरूलाई उत्प्रेरित गर्छन्, र तिनीहरूलाई जीवनभर प्रभाव पार्छन्। आमाबुबाले ‘तेरै सर्वोत्तम हितको लागि’ भनेर भन्दा, यो कुरा व्यक्तिको जीवनको एउटा उत्प्रेरणा बन्छ, र यसले उसलाई अघि बढ्ने दिशा र उद्देश्य दिन्छ। फलस्वरूप, व्यक्तिको जीवन जति नै आकर्षक भए पनि, जति नै प्रतिष्ठित र सफल भए पनि, उसको जीवन वास्तवमा बरबाद भएको हुन्छ। के यो त्यस्तै होइन र? (हो।) के यसको अर्थ कुनै व्यक्ति आफ्‍ना आमाबुबाका मापदण्डहरूअनुसार जिएन भने, ऊ बरबाद हुँदैन भन्‍ने हो? होइन; उसको पनि आफ्‍नै उद्देश्य हुन्छ। त्यो उद्देश्य के हो? यो अझै पनि त्यस्तै नै हुन्छ, अर्थात् ‘असल जीवन जिएर आफ्‍ना आमाबुबालाई गर्वित तुल्याउनु,’ तर तिनीहरूलाई आमाबुबाले यसो गर्न लगाएकाले यस्तो भएको होइन, बरु तिनीहरूले नै अरू कतैबाट यो उद्देश्य स्वीकार गरेका हुन्छन्। तिनीहरू अझै पनि यी शब्‍दहरूअनुसार जिउन, र आफ्‍नो परिवारलाई गर्वित तुल्याउन, अनि शिखरमा पुगेर आदरणीय र प्रतिष्ठित व्यक्ति बन्‍न चाहन्छन्। तिनीहरूको उद्देश्य परिवर्तन भएको हुँदैन; तिनीहरूले अझै पनि यी कुराहरू हासिल गर्न सारा जीवन अर्पित गर्छन्। त्यसकारण, जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरूले समाजमा हाबी रहेका तथाकथित सही सिद्धान्त, सही अभिव्यक्ति, र सही दृष्टिकोणहरू स्वीकार गर्छन्। अनि यी सही कुराहरूलाई आफ्‍नो जीवनका प्रयत्‍नहरूको दिशा, जग, र उत्प्रेरणा बनाउँछन्। अन्त्यमा, मानिसहरू यी उद्देश्यहरूका लागि कुनै सम्झौता नगरी र कुनै कसर बाँकी नराखी जीवन जिउँछन्, सारा जीवनभर र मृत्युसम्‍मै संघर्ष गर्छन्, अनि कतिपय त मृत्युको मुखमा पुग्दा पनि सत्यता खोजी गर्न अनिच्‍छुक हुन्छन्। मानिसहरू कस्तो दयनीय जीवन जिउँछन्! तर सत्यता बुझेपछि, के तैँले यी तथाकथित सही कुराहरू, सही शिक्षाहरू, र सही भनाइहरू, साथै तेरा आमाबुबाले तँबाट आस गरेका कुराहरूलाई क्रमिक रूपमा छोड्दैनस् र? तैँले यी तथाकथित सही कुराहरूलाई क्रमिक रूपमा छोड्दै गएपछि, र तैँले विभिन्‍न कुराहरू मापन गर्ने मापदण्डको रूपमा परम्‍परागत संस्कृतिमा आधारित भनाइहरूलाई लिन छोडेपछि, के तँ यी अभिव्यक्तिहरूको बन्धनबाट मुक्त भएको हुँदैनस् र? अनि, यदि तँ यी कुराहरूको बन्धनमा छैनस् भने, के तँ स्वतन्त्र रूपमा जिउँछस् त? तँ पूर्ण रूपमा स्वतन्त्र नहुन सक्छस्, तर कम्तीमा पनि ती साङ्‍लाहरू खुकुला भएका हुनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकता भनेको के हो?)। परमेश्‍वरको वचन पढेपछि यसले मेरो मन छोयो। म सानै छँदादेखि, मेरी आमाले सधैँ मलाई राम्रो पढ्नू, अघि बढ्नू, उहाँको शिर उच्‍च पार्नू, र परिवारको इज्‍जत राख्‍नू भन्‍नुहुन्थ्यो। मैले मेरो परिवारको इज्‍जत राख्‍न र अरूको प्रशंसा पाउन, “संसारलाई भुलेर किताबको संसारमा हराउनू” भन्‍ने भनाइलाई आफ्नो मन्‍त्र बनाएँ र अध्ययन नै मेरो एकमात्र उद्देश्य बन्यो। यत्तिका वर्षदेखि, म चौबिसै घण्टा मेसिनजस्तो अध्ययन गर्दै आइरहेकी थिएँ। मसँग छनौट गर्ने अधिकार र प्रतिरोधको भाव नै थिएन। मलाई मेरा आमाबुबा र वरपरका मानिसहरूले तारिफ गरे पनि, मलाई सधैँ अति खोक्रो अनुभूति हुन्थ्यो। म प्रायजसो आफूलाई सोध्थेँ: म किन यसरी जिइरहेकी छु? के यस्तो जीवन अर्थपूर्ण छ? तर मैले उत्तर भेट्टाउन सक्‍दिनथेँ, र म प्रायजसो निराश र पीडामा हुन्थेँ। परमेश्‍वरको वचन पढेपछि मलाई यो सबै शैतानले गरेको हानि रहेछ भन्‍ने थाहा भयो। शैतानले मानिसलाई बन्धनमा पार्न र नियन्त्रण गर्न “बाबु-आमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो,” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता विषहरू प्रयोग गऱ्यो। ती कुरा शैतानले मेरो काँधमा बाँधिदिएको जुवाजस्तै थिए। मैले ती कुराहरू पछ्याउँदिनथेँ भने, मलाई मेरो परिवार र समाजले निन्दा गर्नेथिए, महत्त्वाकाङ्क्षा नभएको र काम नलाग्‍ने भन्‍नेथिए। यो वातावरणद्वारा प्रभावित भएर, म कुनै विरोध नगरी सम्पत्ति र ख्यातिको पछि लाग्‍ने मार्गमा हिँडेँ। राम्रो अङ्क र डिग्रीको पछि लाग्‍ने क्रममा, धेरै विद्यार्थीहरू शैक्षिक तनावले डिप्रेसनमा जान्छन्। कतिले त आत्महत्या गर्छन् र तिनीहरूको जीवन नष्ट हुन्छ। तर मैले कर्तव्य पूरा गर्न स्कूल छोड्न चाहँदैपिच्छे, मलाई यी विषहरूको बन्धन र नियन्त्रणमा परेको महसुस हुन्थ्यो। मलाई मेरा आमाबुबाले ममा धेरै खर्च गरेका छन् र मैले स्कूल छोडेँ भने, उहाँहरूलाई निराश तुल्याइरहेकी र उहाँहरूको इज्‍जत फालिरहेकी हुनेछु भन्‍ने लाग्थ्यो। मलाई बल्‍ल यी विषहरू त हामीलाई बहकाउन र भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने तरिका रहेछन् भन्‍ने थाहा भयो। यी कुराले हाम्रो जीवनको दिशा र लक्ष्य बिगारिदिन्छन्, हामीलाई विश्‍वास त्याग्‍न, सृष्टि गरिएको प्राणीको कर्तव्य नगर्न, र परमेश्‍वरबाट बिस्तारै टाढा लगेर उहाँलाई धोका दिन लगाउँछन्। यदि मैले परमेश्‍वरको वचनको प्रकाश नपाएकी भए, यी शैतानी विषहरूको हानिलाई कहिल्यै देख्‍नेथिइनँ। म यो मार्गमा नफर्किने गरी हिँडिरहेकी हुनेथिएँ र अन्तिममा म परमेश्‍वरको मुक्ति गुमाएर शैतानसँगै नष्ट हुनेथिएँ। यो महसुस गरेपछि, म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ। यो त परमेश्‍वरले मलाई सुरक्षा र मुक्ति दिइरहनुभएको कुरा थियो।

पछि, मैले परमेश्‍वरको अझै धेरै वचन पढेँ। “आमाबुबाको भक्त सन्तान बन्‍नु सत्यता होइन, यो त मानव जिम्‍मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्‍ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु भनेको सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु भनेको सत्यता अभ्यास गर्नु होइन। यदि अवस्थाहरू ठीकै छन् भने तैँले यो जिम्‍मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्था प्रतिकूल छ भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मैले आफ्‍नो कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति भक्तिभाव देखाउनु विवेकअनुसार जिउनु हो, तर यसबाट सत्यता अभ्यास हुँदैन।’ त्यसकारण, तैँले आफ्‍नो कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। यदि अहिले तँसँग कुनै कर्तव्य छैन, र घरबाट टाढा काम गर्दैनस्, र आमाबुबाको नजिकै बस्छस् भने, तिनीहरूको हेरचाह गर्ने उपाय लगा। तिनीहरूलाई अलिक राम्ररी जिउन र तिनीहरूको कष्ट कम गर्न मदत गर्न सक्दो प्रयास गर्। तर यो कुरा तेरा आमाबुबा कस्ता मानिसहरू हुन् त्यसमा पनि भर पर्छ। यदि तेरा आमाबुबाको मानवता खराब छ र तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट निरन्तर बाधा दिइरहन्छन् भने, यदि तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निर्वाह गर्नबाट टाढा लागिरहन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले अभ्यास गर्नुपर्ने सत्यता के हो? (परित्याग।) यस्तो बेला, तैँले तिनीहरूलाई परित्याग गर्नुपर्छ। तैँले आफ्‍नो दायित्व पूरा गरेको छस्। तर तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसकारण तँलाई तिनीहरूको हेरचाह गर्ने कुनै दायित्व हुँदैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरू तेरो परिवार तथा आमाबुबा हुन्। विश्‍वास गर्दैनन् भने, तिमीहरू फरकफरक मार्गमा हिँडिरहेका छौ: तिनीहरूले शैतानमा विश्‍वास गर्छन् र दियाबलसको पूजा गर्छन्, र तिनीहरू शैतानको मार्गमा हिँड्छन्, जुन परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको भन्दा फरक मार्ग हो। तिमीहरू अब परिवारको रूपमा रहँदैनौ। तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरूलाई आफ्‍ना विरोधी र शत्रुहरूका रूपमा लिन्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नुपर्छ। यीमध्ये कुनचाहिँ सत्यता हो: आमाबुबाको भक्ति गर्नु कि आफ्‍नो कर्तव्य निभाउनु? अवश्य नै, आफ्‍नो कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्‍वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु हो। यहाँ परमेश्‍वरको आज्ञा समावेश छ; यो तेरो दायित्व र जिम्‍मेवारी हो। यो साँचो जिम्‍मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्‍नो जिम्‍मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको मापदण्ड हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाको आदर गर्नु छोराछोरीको जिम्‍मेवारी र दायित्व मात्रै हो। यो परमेश्‍वरले आज्ञा गर्नुभएको कुरा होइन, यसले परमेश्‍वरको मापदण्ड पूरा गर्नु त परको कुरा हो। त्यसकारण, आमाबुबालाई आदर गर्नु र आफ्‍नो कर्तव्य निभाउनुको बीचमा, निस्सन्देह नै आफ्‍नो कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो। आमाबुबाको आदर गर्नु भनेको मानिसहरूप्रति भक्ति देखाउनु हो। यसको अर्थ व्यक्तिले आफ्‍नो कर्तव्य निभाउँदै छ भन्‍ने हुँदैन, न त यसबाट उसले सत्यता अभ्यास गरिरहेको छ भन्‍ने नै बुझिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकता भनेको के हो?)। परमेश्‍वरको वचनले आमाबुबासँग व्यवहार गर्ने सिद्धान्तहरू देखायो: यदि आमाबुबाले तपाईंको विश्‍वास र कर्तव्यमा समर्थन गर्नुहुन्छ भने, तपाईं आफ्‍नो कर्तव्यमा ढिलाइ नगरी उहाँहरूलाई जतिसक्दो धेरै आदर गर्न सक्‍नुहुन्छ। तर यदि आमाबुबाले परमेश्‍वरको विरोध गर्नुहुन्छ र तपाईंको विश्‍वास र कर्तव्यमा बाधा दिनुहुन्छ भने, तपाईं उहाँहरूको बन्धनमा पर्नु हुँदैन, बरु आफ्‍नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कार्यलाई प्राथमिकता दिनुपर्छ। मेरा आमाबुबा पैसा र प्रतिष्ठाको पछि लाग्‍नुहुन्थ्यो, शैतानलाई पछ्याउनुहुन्थ्यो। उहाँहरू सारमा दियाबलस हुनुहुन्थ्यो, शैतानका मान्छे हुनुहुन्थ्यो। म आफ्नो विश्‍वासमा सत्यता पछ्याउन र कर्तव्य पूरा गर्न चाहन्छु। हाम्रो बाटो पूर्णरूपमा विपरीत छन्। यदि मैले मेरा आमाबुबाको कुरा सुनेर कर्तव्य पूरा नगरेकी भए, शैतानलाई पछ्याएर परमेश्‍वरको विरोध गरिरहेकी हुनेथिएँ। यो महसुस गरेपछि, मलाई मुक्त भएको अनुभूति भयो र सिद्धान्तहरूअनुसार कसरी आफ्नो परिवारसँग व्यवहार गर्ने भनेर मलाई थाहा भयो।

यसपछि, मैले मण्डलीमा कर्तव्य पूरा गरिरहेँ र अचम्‍मको कुरो, मैले स्कूल छोड्ने प्रक्रिया मेरो परिवार नै गएर पूरा गरिदिएछन्। म धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको वर्तमान कार्य ग्रहण गरिरहेका देख्छु। म उहाँको सुसमाचार सुनाउने मानिसहरूको दर्जामा जोडिन र परमेश्‍वरको राज्य सुसमाचार विस्तारमा आफ्‍नो शक्ति प्रयोग गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। यसप्रति म निकै खुसी छु। अहिले म मेरा ब्रदर-सिस्टरहरूसँग आफ्‍नो कर्तव्य पूरा गर्छु, र हामी सङ्गति र सत्यता अभ्यास गर्छौँ। मैले थोरै सत्यता बुझे पनि, मेरो भ्रष्ट स्वभाव बिस्तारै परिवर्तन भइरहेको छ, म केही हदसम्‍म मानव स्वरूपमा जिइरहेकी छु, अनि सत्यता सङ्गति गर्न र परमेश्‍वरको कामको गवाही दिन सक्छु भन्‍ने मलाई लाग्छ। मैले स्कूलमा जति वर्ष पढे पनि यी कुराहरू कहिल्यै सिक्‍नेथिइनँ। आफ्‍नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरको लागि आफूलाई अर्पित गर्नु नै मैले गरेको सबैभन्दा सही निर्णय हो भन्‍ने मलाई साँच्‍चै लाग्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

न्याय परमेश्‍वरको प्रेम हो

सिएन, अमेरिका परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ,...

के मुक्ति पाउन हैसियत चाहिन्छ?

वर्षौँदेखि, विभिन्‍न मण्डलीहरूको जिम्‍मेवारी लिँदै मैले घरबाट टाढा गएर अगुवाको रूपमा सेवा गर्दै आइरहेकी थिएँ। मलाई जन्मजातै मुटुरोग छ, तर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्