मैले खोलिएको चर्मपत्रको मुट्ठो देखेको छु

14 नोभेम्बर 2022

जोस्, स्पेन

जब मैले प्रभुलाई ग्रहण गरेँ, मैले बाइबलबाट नै सबै कुरा कहाँबाट आउँछ र मानिसको भ्रष्टताको स्रोत के हो त्यो सिकेँ। मैले यहोवा परमेश्‍वरले व्यवस्था जारी गर्नुभएको, प्रभु येशूले भूतहरू धपाउनुभएको रोगीहरूलाई निको पार्नुभएको, मानिसलाई प्रशस्‍त अनुग्रह दिनुभएको, र मानवजातिलाई पापबाट छुटकारा दिन पापबलिको रूपमा आफै बलिदान हुनुभएको बारेमा सिकेँ। बाइबलले मलाई प्रभुको मुक्तिको बारेमा बुझ्‍न सहयोग गर्यो, र म हरेक दिन थोरै भए पनि पढ्ने गर्थेँ। हाम्रो पाष्टरले सधैँ भन्‍ने गर्थे, दुवै करार पूर्ण छन्, र तिनमा परमेश्‍वरका सबै वचनहरू छन्, त्यसकारण, हामी बाइबलबाट बाहिर कहिल्यै जानु हुँदैन। मैले यो सबै कुरामा विश्‍वास गरेँ।

दुई हजार सोह्रको मार्च महिनामा, म मेरो काकाको छोरासँग बाहिर गएको थिएँ, त्यो बेला मैले एक जना ब्रदरलाई भेटेँ। कुराकानी गर्ने क्रममा, उनले मलाई प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनेर बताए। यसो भन्दै, उनले आफ्‍नो झोलाबाट एउटा किताब निकाले र यसमा आखिरी दिनहरूमा परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू छन् भनी बताए। मैले यसलाई हेरेँ। खोलमा थुमाद्वारा खोलिएको चर्मपत्र लेखिएको रहेछ। म त छक्‍कै परेँ। मैले त्यो किताब पहिले कहिल्यै देखेको थिइनँ, तर उनले यी सबै परमेश्‍वरका वचन हुन् भनेका हुनाले, मैले सोचेँ, “यो कसरी हुनसक्छ? बाइबलमा मात्रै परमेश्‍वरका वचनहरू छन्। ती वचनहरू अरू पुस्तकमा कसरी हुन सक्छन्? पाष्टरले हामीलाई सधैँ परमेश्‍वरका वचनहरू बाइबलमा नै छन्, र बाइबलभन्दा बाहिरको कुनै पनि कुरा प्रभुको मार्गबाट बाहिर जान्छ, र त्यो विधर्म हो भन्‍ने गर्थे।” त्यही बेला मैले आखिरी दिनहरूमा झूटो शिक्षाहरू देखा पर्छन् र हाम्रो सबैभन्दा राम्रो सुरक्षा भनेको त्यस्ता मानिसहरूबाट टाढा बस्‍नु र तिनीहरूको पुस्तक-पुस्तिका नपढ्नु हो भनेर पाष्टरले भनेको कुरा सम्झेँ। त्यो विचार गरेपछि, म सतर्क नभई रहन सकिनँ, र थाहै नपाई मैले उनको कुरा सुन्‍न छोडेछु। तर मेरो काकाको छोरालाई उनको सङ्गति र गवाही राम्रो लाग्यो। उसले थुमाद्वारा खोलिएको चर्मपत्र पढ्न र परमेश्‍वरको आखिरी दिनहरूको नयाँ कामको बारेमा बुझ्‍न चाहेको बतायो। उसले यसो भनेको सुन्दा, म चकित भएँ। मैले सोचेँ, “कसरी तिमी यसरी लापरवाहीको साथ सहमत हुन सक्छौ? के पाष्टरले ‘परमेश्‍वरका सबै वचनहरू बाइबलमा नै छन्’ भनेर भनेको बिर्स्यौ?” मैले यस्तो कुनै कुरालाई पत्याइनँ। मैले उसलाई यस्तो कुराको खोजीनिधो नगर्नू भनी भनेँ, तर उसले मानेन। वास्तवमा उसले मलाई पनि यसको बारेमा बुझ्‍नुपर्छ भनी भन्यो! ऊ विश्‍वासी भएको दशकौं भएको थियो, उसले राम्ररी बाइबल बुझेको थियो, र विश्‍वासमा दह्रिलो थियो। उसले अठोट लिएको हुनाले, मैले जबरजस्ती गर्न चाहिनँ। आखिर सबैले आफ्‍नो निर्णय आफै गर्न सक्छन्। त्यहाँदेखि, उसले नियमित रूपमा थुमाद्वारा खोलिएको चर्मपत्रबाट प्राप्त गरेको अन्तर्दृष्टिको बारेमा बताउन थाल्यो, र मलाई पनि यो पढ्न आग्रह गर्यो। जब मैले पाष्टरले भनेका कुराहरू सम्झेँ, तब मलाई आँट आएन। मैले दृढतासाथ भनेँ, “मलाई आग्रह गर्न छोड। तिम्रो विश्‍वास तिमीसँग छ, मेरो विश्‍वास मसँग छ।” त्यसकारण, म प्रभुप्रति विश्‍वासयोग्य भइरहेको छु भन्‍ने ठान्दै म मेरो धारणाहरूमा जिद्दी भई लागिरहेँ।

केही समयपछि नै, मेरो एक जना इसाई साथीले खुशी हुँदै मलाई पवित्र आत्‍माको काम भएको मण्डली भेटेको छु, र तिनीहरूको प्रवचनहरू ज्ञानवर्धक हुन्छन् भन्यो। उसको विश्‍वासमा रहेको लामो समयको अन्योलताहरू समाधान भएका थिए, र म पनि जानुपर्छ भनेर उसलाई लागेको थियो। मलाई त्यो मण्डलीप्रति साँच्‍चै जिज्ञासा जाग्यो, त्यसकारण मैले सोधेँ, “कुन मण्डली हो?” उसले भन्यो, “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली।” यो सुन्दा म छक्‍क परेँ। मैले सोचेँ, “त्यो मण्डलीसँग सत्यता छ भने के गर्ने? किन मेरो नजिकका सबै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न थालेका छन्? के परमेश्‍वरले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामको अनुसन्धान गर्न भनिरहनुभएको हो? के मेरा दृष्टिकोणहरू गलत हुन सक्छन्?” मैले प्रभुलाई प्रार्थना गरेँ र उहाँको अगुवाइको लागि अनुरोध गरेँ।

पछि, मेरो काकाको छोराले फेरि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यताहरू व्यक्त गर्नुभएको छ, हामीलाई कहिल्यै थाहा नभएका सबै प्रकारका सत्यता र रहस्यहरू प्रकट गर्नुभएको छ, शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन कसरी चरणबद्ध रूपमा काम गर्नुहुन्छ, मानवजातिले परमेश्‍वरलाई विरोध गर्नुको मूल कारण, कसरी आफ्‍नो पापी प्रकृतिलाई समाधान गर्ने र शुद्ध पारिने, र यस्तै अरू कुरा भन्दै परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा उल्‍लेख गर्यो। उसले ती वचनहरूमा आफूले विश्‍वास गरेको बीस वर्षको अवधिमा प्राप्त गरेको भन्दा धेरै कुरा प्राप्त गरेको छु भनी भन्यो। उसले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले पवित्र आत्‍माले मण्डलीहरूसँग वचन बोल्‍नुहुन्छ भन्‍ने अगमवाणीहरू पूरा गर्छ भनी भन्यो। उहाँ बेह्रिएको चर्मपत्र खोल्‍ने थुमा हुनुहुन्छ। उसले मलाई पनि जान आग्रह गर्यो। सङ्गति बाँड्ने क्रममा, ऊ अत्यन्तै खुशी देखिन्थ्यो, मानौं उसले एउटा गाडधन भेटेको छ। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा केही सत्यता हुन सक्छ भन्‍ने लाग्यो, त्यसकारण मैले जाने निर्णय गरेँ।

भोलिपल्‍ट, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूसँग भेटेँ। सुरुदेखि नै, मैले मेरो अन्योलताको बारेमा खुलस्त बताएँ: “मेरो पाष्टरले बाइबलभन्दा बाहिरको कुनै कुरामा परमेश्‍वरको वचन हुँदैन, सबै वचन बाइबलभित्रै छ, र बाइबलभन्दा बाहिरको कुनै कुरा विधर्म हो। तपाईंहरूले कसरी यो पुस्तकभित्रको सबै कुरा परमेश्‍वरको वचन हो भनेर भन्‍न सक्‍नुहुन्छ?”

ब्रदर झाङ्गले मसँग यो सङ्गति बाँडे। उनले भने: “धर्ममा रहेका धेरै मानिसहरूले के सोच्छन् भने, परमेश्‍वरका सबै वचनहरू बाइबलमा नै छन्, र ती बाइबलमा मात्रै भेट्टाउन सकिन्छ। तर के त्यो तथ्यहरू अनुरूप छ त? के परमेश्‍वरले कहिल्यै उहाँका सबै वचनहरू बाइबलमा नै छन् भनेर भन्‍नुभयो? के बाइबलबाट बाहिर जानु विधर्म हो भनेर परमेश्‍वरले भन्‍नुभएको छ? बाइबललाई बुझेका मानिसहरूलाई के थाहा हुन्छ भने, दुई करारहरू प्रभुको स्वर्गारोहणको तीन सय वर्षपछि सङ्कलित गरिएको थियो। सुरुमा परमेश्‍वरको काम आएको थियो, त्यसपछि धर्मशास्‍त्र। अर्को शब्‍दमा भन्दा, हरेक युगमा परमेश्‍वरले गर्नुहुने काम धर्मशास्‍त्रका खण्डहरूमा आधारित छैन। त्यो बेला यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो, तब के उहाँले तिनीहरूको धर्मशास्‍त्र अनुसार व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो? अवश्य नै गर्नुभएन। त्यो बेला कुनै धर्मशास्‍त्रका पुस्तकहरू थिएन। अनुग्रहको युगमा प्रभु येशूको काम भनेको पश्‍चात्तापको मार्ग फैलाउनु, अरूलाई पनि आफूलाई जस्तै प्रेम गर्न, क्षमा गर्न, र आफ्‍नो शत्रुलाई प्रेम गर्न मानिसहरूलाई सिकाउनु थियो। उहाँले शबाथ-दिनमा पनि बिरामीलाई चङ्गाइ गर्नुभयो। के यो सबै पुरानो करारको आधारमा गरिएको थियो? प्रभु येशूका काम र वचनहरूको बारेमा पुरानो करारमा लेखिएको थिएन, र ती कामहरू मानवजातिप्रति परमेश्‍वरका मापदण्डहरू, अर्थात् व्यवस्था र आज्ञाहरूमा दिइएका कुराहरूसँग बाझिएका थिए, जस्तै ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ (प्रस्थान २१:२४) पाप गरेपछि बलिदान दिनु, र शबाथ-दिनमा विश्राम लिनु। यदि हामीले मानिसको दृष्टिकोण लिएर परमेश्‍वरका वचनहरू बाइबलभन्दा बाहिर हुँदैन, र अरू सबै कुरा विधर्म हो भन्‍ने मान्यौं भने, के हामीले प्रभु येशूको कामलाई दोष दिइरहेका हुँदैनौ र? परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ, कहिल्यै पुरानो हुनुहुन्‍न, र उहाँको काम सधैँ अघि बढिरहेको हुन्छ। उहाँले आफ्‍नो काम बाइबलमा आधारित गर्नुहुन्‍न वा यसको वचनहरू अनुसार गर्नुहुन्‍न। उहाँले आफ्‍ना अनुयायीहरूलाई अगुवाइ गर्ने मार्ग यसमा खोज्‍नुहुन्‍न। उहाँ नयाँ काम गर्न र मानिसहरूलाई नयाँ मार्गमा डोर्याउन बाइबलभन्दा बाहिर जानुहुन्छ। परमेश्‍वर शबाथका प्रभु मात्र हुनुहुन्‍न, उहाँ बाइबलका पनि प्रभु हुनुहुन्छ। उहाँसँग बाइबलभन्दा बाहिर जाने, उहाँको व्यवस्थापन योजना र मानवजातिलाई आवश्यक पर्ने कुराहरूको आधारमा नयाँ काम गर्दै मानवजातिलाई अगुवाइ गर्ने र मुक्ति दिने पूर्ण अधिकार छ। त्यसो भए हामीले कसरी हाम्रा धारणा र कल्‍पनाहरू अनुसार परमेश्‍वरका काम र वचनहरूलाई बाइबलमा सीमित गर्न सक्छौं? हामीले कसरी परमेश्‍वरले बाइबलमा लेखिएको कुराभन्दा बाहिर बोल्‍न वा काम गर्न सक्‍नुहुन्‍न भनी भन्‍न सक्छौं?”

ब्रदर झाङ्गको सङ्गतिद्वारा म साँच्‍चै नै चकित भएँ। वर्षौंको मेरो विश्‍वासमा, मैले त्यस्तो ज्ञानले भरिएको कुरा कहिल्यै सुनेको थिइनँ। परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न। उहाँका काम र वचनहरू बाइबलमा आधारित छैनन्, बरु उहाँको व्यवस्थापनको कामका आवश्यकताहरूमा आधारित छन्। त्यो सङ्गति बाइबल र परमेश्‍वरको कामका तथ्यहरू अनुरूप थियो। म निकै दोधारमा थिएँ। कसरी तिनीहरूले यति धेरै कुरा बुझ्‍न सके?

मेरो चिन्ताहरूलाई अनुभव गरेर, ब्रदर झाङ्ग रोकिए, त्यसपछि भने: “हाम्रा बुझाइहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट आएका हुन्। सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको वचनहरूले परमेश्‍वरको कामका सत्यताहरू र रहस्यहरूलाई प्रकट गरेका छन्।” त्यसपछि उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढे। “येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? … मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))

परमेश्‍वरका वचनहरूद्वारा म पूर्ण रूपमा विश्‍वस्त भएँ। “वास्तवमै, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र तीमाथि शासन गर्नुहुन्छ। उहाँसँग आफूले चाहे अनुसार काम गर्ने स्वतन्त्रता छ। मानव भएर उहाँको कामलाई बाइबलमा सीमित गर्ने वा हदबन्दीमा राख्‍ने कुनै अधिकार हामीसँग छैन।” मलाई यो कुरामा विश्‍वास लागेको भए पनि, मैले बाइबललाई नै पूजा गरिरहेको, र मेरा धारणाहरूलाई त्याग्‍न नसकेको अनुभव गरेँ। धेरै धैर्यतापछि, तिनीहरूले आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने कामको बारेमा बाइबल पदहरू भेट्टाएछन् जस्तै प्रभु येशूले दिनुभएका यी अगमवाणीहरू: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। त्यसपछि यूहन्‍ना बाह्रको सतचालीसदेखि अठचालीससम्म: “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ।” प्रभु येशूले स्पष्ट रूपमा नै, आखिरी दिनहरूमा न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्छु भनी भन्‍नुभएको छ। बाइबलमा यो अगमवाणी दिइएको छ: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। तिनीहरूको सङ्गति तर्कसङ्गत थियो, तर मैले हृदयमा ती कुराप्रति सहमति जनाए पनि, म गलत थिएँ भनेर स्वीकार गर्न तयार थिइनँ। घर आएपछि, मैले हतार-हतार बाइबल पल्टाएँ, र तिनीहरूले उद्धृत गरेका सबै पदहरूलाई ध्यान दिएर जाँचेँ। तिनीहरूले बताएको परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको बारेमा बाइबलमा अगमवाणी गरिएको रहेछ। म छक्‍क परेँ, र मनमनै सोधेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु हुनुहुन्छ भने के गर्ने?” त्यसपछि मैले परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरेँ: “हे प्रभु! दाजुभाइ-दिदीबहिनीहरूले मसँग बाँडेका सङ्गतिले मलाई अन्तर्दृष्टि दियो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अख्तियारपूर्ण थिए। कुनै पनि मानवले ती वचन बोल्‍न सक्दैनथ्यो। अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मैले वर्षौंसम्‍म बाइबल पढेर नबुझेको सत्यताका रहस्यहरूलाई प्रकट गरिदिए। प्रभु, तपाईं सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्कनुभएको हो कि होइन म निश्‍चित हुन सकेको छैन। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।”

भोलिपल्ट, तिनीहरूले मलाई बाइबल सम्‍बन्धी रहस्यको खुलासा नामक सुसमाचारीय चलचित्र देखाए, र यसमा, एक जना ब्रदरले मुख्य पात्रको “परमेश्‍वरका वचनहरू बाइबलभन्दा बाहिर हुँदैन, अरू कुनै कुरा विधर्म हो” भन्‍ने विचारमा सङ्गति बाँड्छन्। उनले भनेको कुराले मेरो हृदय छोयो। ती ब्रदरले भने, “बाइबललाई सङ्कलित गर्ने क्रममा सम्पादकहरूले कतिपय भाग हटाएको र तिनीहरू बीचको विवादको कारण अगमवक्ताहरूले व्यक्त गरेका परमेश्‍वरका कतिपय वचनहरूलाई पुरानो करारमा पूर्ण रूपमा समावेश गरिएको थिएन। त्यो सबैलाई थाहा भएको तथ्य हो। त्यसकारण कसरी हामी परमेश्‍वरका सबै वचन र कामहरू बाइबलमा मात्रै छन् भनेर भन्‍न सक्छौं? के अगमवक्ताहरूका छुटाइएका अगमवाणीहरू परमेश्‍वरका वचनहरू थिएनन्? प्रभु येशूले नयाँ करारमा समावेश गरिएका वचनहरूभन्दा धेरै वचन बोल्‍नुभएको थियो। साँचो कुरा त के हो भने, प्रभु येशूले काम गर्नुभएको तीन वर्षभन्दा बढी अवधिमा, उहाँले कति धेरै बोल्‍नुभयो वा प्रचार गर्नुभयो, त्यो सुसमाचारको चार पुस्तकमा समावेश गरिएको भन्दा कति धेरै थियो हामीलाई केही थाहा छैन। यूहन्‍नाको सुसमाचारमा यसो भनिएको छ, ‘येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो’ (यूहन्‍ना २१:२५)। यसले के प्रमाणित गर्छ भने प्रभु येशूका काम र वचनहरू सबैलाई नयाँ करारमा समावेश गरिएको थिएन। बाइबल परमेश्‍वरका वचनहरूको अत्यन्तै सानो भाग मात्रै हो, यसले उहाँले बोल्‍नुभएका सबै कुरालाई समावेश गर्दैन। त्यसकारण बाइबलभन्दा बाहिर परमेश्‍वरका कुनै काम र वचनहरू छैनन् र अरू सबै कुरा विधर्म हो भन्‍ने भनाइ तथ्यहरू अनुरूप छैन, र यो निराधार कुरा हो।”

यो हेरेपछि, मैले सोचेँ, “त्यो साँचो कुरा हो। यहोवा परमेश्‍वरका सबै वचनहरू पुरानो करारमा छैनन्। सोचौं न, उहाँले शताब्दीयौंसम्‍म पृथ्वीमा मानिसहरूको जीवन अगुवाइ गर्नुभयो। उहाँले अगमवक्ताहरूलाई दिनुभएका उहाँका वचनहरू बाइबलमा समावेश गरिएका वचनहरू मात्रै होइनन्। प्रभु येशूले तीन वर्षभन्दा बढी समय प्रचार गर्नुभयो। कसरी सुसमाचारका चार पुस्तकले उहाँका सबै वचनहरूलाई समावेश गर्न सक्थ्यो र? मैले त्यति चाँडै निष्कर्ष निकालिहाल्‍नु हुँदैन। म होशियार हुनेछु।” त्यसकारण ठूलो उत्सुकताको साथ, मैले हेरिरहेँ।

चलचित्रका ब्रदरले आफ्‍नो कुरालाई जारी राखे: “हामी सबैले यसभन्दा अघि हाम्रो विश्‍वासमा बाइबल पढेका छौं, तर बाइबलको वास्तविकताको बारेमा हामी स्पष्ट भएका छैनौं। अब सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले यो कुरा प्रकट गरेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, ‘बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४))।” त्यसपछि उनले यो सङ्गति बाँडे: “हामीलाई थाहा छ, मानिसहरूले नै परमेश्‍वरका काम र वचनहरूको बारेमा लेखेका हुन्, र उहाँको काम पूरा भएपछि ती सबैलाई बाइबलमा सङ्कलित गरेका हुन्। बाइबल त परमेश्‍वरले विगतमा गर्नुभएको कामको ऐतिहासिक विवरण मात्रै हो, यो उहाँको कामको गवाही मात्रै हो। यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दैन र मानवजातिलाई मुक्ति दिने काममा परमेश्‍वरको स्थान लिन सक्दैन। बाइबललाई परमेश्‍वरसँग तुलना गर्न सकिँदैन। जीवनको साँचो स्रोत परमेश्‍वर नै हुनुहुन्छ, र उहाँका वचनहरू जिउँदो पानीका असीमित स्रोत हुन्, जब कि बाइबल परमेश्‍वरको कामको ऐतिहासिक पुस्तक मात्रै हो। यसले परमेश्‍वरका निश्‍चित वचनहरू समावेश गर्छ। बाइबललाई कसरी परमेश्‍वरको स्तरमा राख्‍न सकिन्छ र? परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न। उहाँले हरेक युगमा नयाँ काम गर्नुहुन्छ र नयाँ वचनहरू बोल्‍नुहुन्छ। यदि हामी उहाँका विगतका वचनहरूमा नै अल्झिरहन्छौं, अनि परमेश्‍वरको नयाँ युगका काम र वचनहरूलाई दोष दिन्छौं भने, हामीले परमेश्‍वरको विरोध गरिरहेका हुन्छौं। अनुग्रहको युगलाई नै लिऊँ, जब प्रभु येशूले नयाँ काम गर्नुभयो र नयाँ वचनहरू बोल्‍नुभयो। यहूदी पूजाहारीहरू, साथै फरिसीहरू तिनीहरूका पुरानो पवित्र-शास्‍त्रमा जिद्दी भई टाँसिइरहे, किनभने तिनीहरूले परमेश्‍वरको सबै काम र वचनहरू तिनमा समावेश छन् भन्‍ने सोच्थे, त्यसकारण तिनीहरूले प्रभु येशूलाई विरोध गरे र दोषी ठहर्याए। तिनीहरूले गुटबन्दी गरेर उहाँलाई क्रूसमा टाँगे अनि जघन्य पाप गरे। अहिले सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले सत्यताहरू व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, र बाइबलमा यसको कुनै विवरण छैन। यसलाई बाइबलमा उल्‍लेख नगरिएको हुनाले, बाइबलले कुनै पनि हालतमा परमेश्‍वरको आखिरी दिनहरूका काम र वचनहरूलाई प्रतिस्थापन गर्न सक्दैन। यदि मानिसहरूले परमेश्‍वरका वर्तमान काम र वचनहरूलाई स्वीकार नगरिकन बाइबललाई नै मानिरहे भने, तिनीहरूले आखिरी दिनहरूको मुक्ति प्राप्त गर्नेछैनन्। तिनीहरूलाई उहाँको नयाँ युगका काम र वचनहरूले हटाउनेछन्।”

मैले यसको बारेमा अत्यन्तै ध्यान दिएर विचार गरेँ। बाइबल, परमेश्‍वरको कामको गवाही मात्रै हो। यसमा समावेश परमेश्‍वरका वचनहरू थोरै छन्। मैले सधैँ पाष्टर र एल्डरहरूको कुरा सुन्थें, र परमेश्‍वरका सबै वचनहरू बाइबलमा नै छन्, अरू कहीँ पनि छैनन् भन्‍ने सोच्थें। तर त्यो धारणा मूर्ख र हास्यास्पद छ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम सधैँ अघि बढिरहन्छ। यदि परमेश्‍वरका काम र वचनहरू पुरानो करारमा नै सीमित रहेको भए, र उहाँले अनुग्रहको युगमा कहिल्यै पनि छुटकाराको काम नगर्नुभएको भए, सबै जना व्यवस्थाको अधीनमा जिइरहेका हुनेथिए, र व्यवस्था उल्‍लङ्घन गरेकोमा तिनीहरूलाई दोषी ठहराएर मृत्युदण्ड दिइन्थ्यो। त्यसपछि मानवजाति आजको दिनसम्‍म अस्तित्वमा रहनेथिएन। आखिरी दिनहरूमा मानिसलाई न्याय गर्न र धुनको लागि प्रभु नफर्कनुभएको भए, हामी सदासर्वदा नै पापमा जिइरहेका हुनेथियौं। परमेश्‍वर पवित्र हुनुहुन्छ, तब फोहोरमा डुबेको हामीले कसरी प्रभुको मुहार हेर्न सक्थ्यौं र? यो सुसमाचारीय चलचित्र हेरिसकेपछि, मैले त्यसका दृश्यहरूको बारेमा विचार गरेँ। मेरा पुराना दृष्टिकोणहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले चकनाचुर पारेका थिए। मैले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई अनुसन्धान गर्ने अठोट गरेँ।

पछि, तिनीहरूले मलाई थुमाद्वारा खोलिएका चर्मपत्रको प्रतिलिपि पनि पठाए। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मेरा सोचाइ र विचारहरू, आशिषित हुने मेरा मनसायहरू, अहङ्कार, छली, दुष्टता, र सत्यतालाई घृणा गर्ने मेरो भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा उदाङ्गो पारे। मैले पढेपछि, यी वचनहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍नेमा म निश्‍चित बनेँ। परमेश्‍वरले मात्रै मानिसहरूको हृदयभित्रको कुरा देख्‍न सक्‍नुहुन्छ, र हाम्रा गलत धारणा र भित्री भ्रष्टतालाई खुलासा गर्न सक्‍नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, जस्तै मानवजातिको व्यवस्थापन गर्नुको उहाँको उद्देश्य, बाइबल, र उहाँको मुक्ति दिने कामको भित्री कथा, परमेश्‍वरप्रतिको साँचो विश्‍वास र समर्पणता भनेका के हुन्, उहाँको राज्यमा को प्रवेश गर्न सक्छ, र धर्ममा लागेको मेरो सारा वर्षहरूमा मैले कहिल्यै नसुनेका अरू धेरै सत्यताहरू। यसले साँच्‍चै मेरो आँखा खोलिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले प्रभु येशूले भन्नुभएको यो वचनलाई पूरा गर्छ भन्‍ने मैले देख्‍न सकेँ: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। अनि प्रकाशको पुस्तकको यो वचन: “र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने न।” “हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:३, ५)। अब सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध हुन र मुक्ति पाउनको लागि के चाहिन्छ त्यस सम्‍बन्धी सत्यताहरू प्रकट गर्नुभएको छ। मैले आखिरी दिनहरूको बेह्रिएको चर्मपत्रमा यही लेखिएको रहेछ, र यो उहाँको घरबाट सुरु हुने परमेश्‍वरको न्यायको काम रहेछ भन्‍ने स्पष्ट रूपमा देखेँ।

केही महिनासम्‍म सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, मैले धर्ममा मेरो विश्‍वासको दशौं वर्षमा सिकेको भन्दा धेरै कुरा सिकेँ। मैले साँचो रूपमा परमेश्‍वरका वचनहरू जिउँदो पानीका मुहान, हामीलाई भरणपोषण गर्ने अटुट आपूर्ति हुन् भन्‍ने देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भएँ। म अत्यन्तै उत्साहित भएँ, र मलाई धेरै पछुतो पनि भयो। मैले कसरी पाष्टरको कुरा सुनेर बाइबलको पूजा गर्ने गरेको थिएँ, मेरा कल्‍पनाहरूको आधारमा परमेश्‍वरका वचनहरूलाई बाइबलमा सीमित गर्ने गरेको थिएँ त्यसबारे विचार गरेँ। म अत्यन्तै जिद्दी थिएँ। तर परमेश्‍वरले मलाई हटाउनुभएन। दाजुभाइ-दिदीबहिनीहरूको माध्यमद्वारा उहाँले धेरै पटक मेरो ढोका ढकढक्याउनुभयो, र उहाँले मलाई उहाँको आवाज सुन्‍न अगुवाइ गर्नुभयो, ताकि मैले प्रभुको पुनरागमनलाई नछुटाऊँ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मुक्तिको लागि म उहाँलाई धन्यवाद दिन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

म साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको भिन्नता छुट्याउन सक्छु

शियाङवाङ, मलेशिया “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ।...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्