धर्ममा सत्यता प्राप्त गर्न सकिँदैन

25 फेब्रुअरी 2023

बालक हुँदा मैले पनि मेरा आमाबुबासँगै प्रभुलाई विश्‍वास गरेँ, र म जोशका साथ विश्‍वासमा लागिपर्थेँ। म मण्डलीका क्रियाकलापहरू जेसुकै भए पनि त्यसमा सक्रिय भएर लागिपर्थेँ। म मेरो आम्दानीको दशांस दिन्थेँ, र सधैँ मण्डलीको सेवकाइमा सहभागी हुन्थेँ। मेरो जोशिलो खोजीको कारण, म मण्डली डिकन भएँ, र ३० वर्षको हुँदा, म मण्डली अगुवा बनेँ। तर धेरै वर्षको विश्‍वासपछि पनि, मलाई एउटा कुराले सधैँ दुःख दिइरहेको थियो। मैले प्रभु येशूका यी वचनहरू देखेकी थिएँ, “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। यसले मलाई अन्योलमा पारेको थियो। के हामी प्रभुको नाममा प्रचार गर्ने र काम गर्ने मानिसहरू, र “प्रभु, प्रभु” भन्‍नेहरू होइनौँ र? किन प्रभुले त्यस्ता मानिसहरूलाई चिन्दिनँ, र त्यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् भनी भन्‍नुभयो? के हामीले उहाँको लागि यसरी परिश्रम गर्नु हामीप्रतिको उहाँको इच्‍छा होइन र? त्यसोभए प्रभुको इच्‍छा के हो? मैले कहिल्यै पनि उत्तर पाउन सकेकी थिइनँ।

सन् २०२० को मार्चमा, एक दिन, एक जना सिस्टरले मलाई अनलाइनमा प्रवचन सुन्‍न निमन्त्रणा दिइन्। मैले सोचेँ, “महामारीको बेला, हामी मण्डली जान सक्दैनौँ, त्यसकारण यो राम्रो कुरा हो।” मैले खुशीसाथ सहमति जनाएँ। त्यस अनलाइन भेलामा, सिस्टर वेइवेइले बुद्धिमती र निर्बुद्धि कन्याहरूको अर्थ, ख्रीष्ट को हुनुहुन्छ, र स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ, र इत्यादि विषयमा सङ्गति गरिन्। मलाई उनले यी विषयहरूमा राम्ररी बोलिन् जस्तो लाग्यो। यी सबै विषयहरू मैले मेरा प्रवचनहरूमा स्पष्ट रूपमा सङ्गति गर्न नसक्‍ने विषयहरू थिए, त्यसकारण उनको सङ्गतिले मलाई निकै आकर्षित गर्‍यो। उनले यसो पनि भनिन्, “हामी स्वर्गको राज्यमा प्रवेश गर्ने आशाकै कारण प्रभुमा विश्‍वास गर्छौँ, तर स्वर्गको राज्यमा कस्ता मानिसहरू प्रवेश गर्न सक्छन्?” त्यसपछि उनले यी बाइबल पदहरू पढिन्, “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। उनले भनिन्, “प्रभु भन्‍नुहुन्छ, सबै विश्‍वासीहरू स्वर्गको राज्यमा प्रवेश गर्छन् नै भन्‍ने छैन। परमेश्‍वरको इच्‍छा पूरा गर्नेहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्नेछन्। त्यसोभए परमेश्‍वरको इच्‍छा पूरा गर्नु भनेको के हो? धेरै मानिसहरूले के सोच्छन् भने तिनीहरूले सेवकाइ गरे, बाइबल पढे, प्रार्थना गरे, र धेरै असल काम गरे भने, तिनीहरूले परमेश्‍वरको इच्‍छा पुरा गरिरहेका हुन्छन्, र जब प्रभुको पुनरागमन हुन्छ, तब तिनीहरू राज्यमा प्रवेश गर्नेछन्। के यो दृष्टिकोण सही छ? के यो परमेश्‍वरको इच्‍छा अनुरूप छ? यहूदी धर्मका फरिसीहरूसँग धेरै असल बानीबेहोराहरू थिए, तर जब प्रभु येशू आउनुभयो र धेरै सत्यता व्यक्त गर्नुभयो, तब तिनीहरूले प्रभुलाई पहिचान गरेनन्, तर तिनीहरूले पागलले झैँ उहाँलाई इन्कार गरे र दोष दिए, अनि तिनीहरूले प्रभु येशूलाई क्रूसमा समेत टाँगे, र अन्त्यमा दुष्कर्मीहरू बने। यसबाट हामीले के देख्‍न सक्छौं भने, पिताको इच्छा पूरा गर्नु भनेको हामीले कल्‍पना गरेजस्तो सुसमाचार प्रचार गर्नु, बाइबल पढ्नु, प्रार्थना गर्नु, र असल कार्य गर्नु मात्रै होइन। यो इसाईले गर्नुपर्ने कामको एउटा पक्ष मात्रै हो। त्यसोभए पिताको इच्‍छा पूरा गर्नु भनेको के हो त? बाइबलले भन्छ, ‘त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। यसबाट हामी के देख्‍न सक्छौँ भने, परमेश्‍वरले मानिसहरूलाई दिनुभएको मापदण्ड भनेको पवित्रता हासिल गर्नु र पापबाट मुक्त हुनु हो, जसको अर्थ परमेश्‍वरको आज्ञापालन गर्न, उहाँका वचनहरू सुन्‍न सक्‍नु, पाप गर्न र परमेश्‍वरलाई विरोध गर्न छोड्नु, उहाँलाई धोका दिन छोड्नु, र परमेश्‍वरको काम मानव धारणाहरूसँग नमिल्दा समेत, त्यसलाई पालना र स्वीकार गर्न सक्‍नु हो। यसो गर्ने व्यक्ति मात्रै परमेश्‍वरको इच्‍छा पूरा गर्ने व्यक्ति हो, र परमेश्‍वरको राज्यमा रहने व्यक्ति हो। हामीले प्रभुमा विश्‍वास गरे पनि, र हामीले प्रभुको लागि त्याग र समर्पणता गरे पनि, हामी बारम्‍बार झूट बोल्‍ने र पाप गर्ने गर्छौँ, सहकर्मीहरूका बीचमा डाहा र कलह हुन्छ, र जब हामी विपत्ति र रोगबिमारको सामना गर्छौँ, तब हामी अझै पनि परमेश्‍वरलाई गुनासो गर्ने, आलोचना गर्ने, र उहाँलाई धोका दिने समेत गर्छौँ। के यो साँच्‍चै नै परमेश्‍वरको इच्‍छा पूरा गर्नु हो त?” उनले सङ्गति गर्ने क्रममा, अचानक मेरो चेत खुल्यो: परमेश्‍वरको इच्‍छा पूरा गर्ने काम हामी बाहिरी रूपमा कति व्यस्त हुन्छौँ, त्यसमा भर पर्दैन, तर हामीले परमेश्‍वरका वचनहरू सुन्‍ने, परमेश्‍वरको आज्ञापालन गर्ने, र पाप गर्न र परमेश्‍वरलाई विरोध गर्न छोड्छौँ कि छोड्दैनौँ भन्‍ने कुरामा भर पर्छ। तर हामी अझै पनि पाप गर्छौँ, दिउँसो पाप गर्ने अनि राति पापस्वीकार गर्ने स्थितिमा जिउँछौँ, हामी पापबाट मुक्त भएका छैनौँ, हामीले परमेश्‍वरको वचनको अभ्यास गर्न सक्दैनौँ, र जब कुनै असन्तुष्ट कुरा आइपर्छ, तब हामी तिरस्कारले भरिन्छौँ र प्रभुलाई गुनासो गर्छौँ। हामीले कसरी हामी परमेश्‍वरको इच्‍छा पूरा गर्छौँ भनी भन्‍न सक्छौँ?

पछि, रेक भेलामा, सिस्टर वेइवेइले केही वचनहरू मलाई सुनाउँथिन्। मलाई यी वचनहरू राम्रो, ताजा, र निकै उज्यालो लाग्थ्यो। क्रमिक रूपमा, मलाई यस्ता भेलाहरू मन पर्न थाल्यो, र म सधैँ अर्को भेलाको प्रतीक्षामा हुन्थेँ। यो बेला मात्रै मैले कुनै बेला मैले प्रचार गर्ने गरेको, साथै धेरै जना पाष्टरहरूको प्रवचनहरू त मानिसहरूलाई प्रोत्साहन दिन प्रयोग गरिने सिद्धान्तका शब्‍दहरू मात्रै थिए। साँच्‍चै भन्दा, हामीसँग परमेश्‍वर र सत्यताको बारेमा कुनै बुझाइ नै थिएनछ। तर जब मैले ब्रदर-सिस्टरहरूलाई अनलाइन भेटेँ र तिनीहरूको सङ्गति सुनेँ, तब मलाई गहन रूपमा भरणपोषण प्राप्त भएको अनुभव भयो, र मलाई स्वतन्त्रता र मुक्त भएको महसुस भयो। धर्मशास्‍त्रको कुरा नबुझ्दा वा मलाई कुनै कुरा थाहा भएन भने मैले प्रश्‍नहरू सोध्‍न सक्थेँ, र म त्यहाँ सधैँ उत्तरहरू पाउँथेँ। मेरा मण्डली भेलाहरूमा मैले त्यस्ता कुरा कहिल्यै सिकेकी थिइनँ।

एउटा भेलामा, सिस्टर वेइवेइले मलाई एउटा खण्ड पठाइन्। “म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)। मैले यो खण्ड पढेपछि, सिस्टर वेइवेइले मलाई सोधिन्, “यो कसले भनेको जस्तो तपाईंलाई लाग्छ?” मैले तुरुन्तै मनमनै फेरि पढेँ। मलाई यी वचनहरूमा शक्ति र अख्‍तियार छन् भन्‍ने अनुभव भयो, र “म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ” भन्‍ने वचनहरूबाट, मैले परमेश्‍वरको प्रताप अनुभूति गरेँ। परमेश्‍वरले नै यी वचनहरू बोल्‍नुभएको हो भन्‍ने कुरामा म पक्‍का थिएँ, किनभने कुनै पनि मानिसले यस्ता कुराहरू बोल्‍न सक्दैनथियो। कुनै पनि चर्चित व्यक्ति, महान मानिस, वा धार्मिक अगुवाले त्यस्ता वचनहरू बोल्‍न सक्दैनथियो। मैले सिस्टर वेइवेइ भनेँ, “स्पष्‍टै छ, यो परमेश्‍वरले भन्‍नुभएको हो, परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ भन्‍ने कुरा परमेश्‍वर स्‍वयम्‌लाई मात्रै थाहा हुन्छ, र कुनै पनि व्यक्तिले यसो भन्‍ने आँट गर्दैन, ‘म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे।’” मेरो जवाफ सुनेपछि, उनले हर्षित हुँदै भनिन्, “आमेन! यो परमेश्‍वरको आवाज हो! परमेश्‍वरका वचनहरू पहिचान गर्न सक्‍ने मानिसहरूलाई परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ।” मैले बाइबलमा यी वचनहरू कहिल्यै पढेकी थिइनँ, त्यसकारण यी वचनहरू कहाँबाट आएका हुन् मलाई त्यसप्रति जिज्ञासा लागेको थियो। यही बेला उनले मलाई प्रभु येशू मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आउनुभएको छ भनेर भनिन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले पहिले नै चर्मपत्रको मुट्ठो खोल्‍नुभएको र सात मोहरहरू तोड्नुभएको रहेछ, र यी वचनहरू त्यो चर्मपत्रको मुट्ठोबाट आएका रहेछन्, र ती परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्नुभएको सत्यता रहेछन्। यो सुन्दा म निकै हर्षित भएँ, र सोचेँ, “चर्मपत्रको मुट्ठो खोलिएको छ? त्यसोभए, मैले छिटो गरेर परमेश्‍वरको वचन पढ्नुपर्छ!” त्यसपछि उनले आफ्‍नो सङ्गतिलाई जारी राखिन्, “आखिरी दिनहरूमा प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँ ‘सर्वशक्तिमान्‌ परमेश्‍वर’ को नाममा देखा पर्नुभएको छ र काम गरिरहनुभएको छ। उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ, र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, जुन मानिसहरूलाई पूर्ण रूपमा शुद्ध गर्ने र मुक्ति दिने काम हो। हामीले परमेश्‍वरको वचनको न्यायलाई स्वीकार गर्यौं भने मात्रै, हामीले पाप र भ्रष्टतालाई त्याग्‍न र शुद्धीकरण प्राप्त गर्न, मुक्ति पाउन, अनि स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ। आखिरी दिनहरूमा परमेश्‍वरले लिनुभएको नयाँ नाम, सर्वशक्तिमान्‌ परमेश्‍वरले प्रकाशको पुस्तकको अगमवाणीलाई पूरा गर्छ, ‘म अल्फा र ओमेगा, … जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ(प्रकाश १:८)। ‘हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। यहोवा, येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍ने नामहरू, परमेश्‍वरका नामहरू हुन्। परमेश्‍वरले हरेक युगमा फरक-फरक नाम लिनुभए पनि, उहाँ एउटै परमेश्‍वर र एउटै आत्मा हुनुहुन्छ।” उनको सङ्गति सुनेपछि मात्रै मलाई आखिरी दिनहरूमा परमेश्‍वरले लिनुहुने नामको बारेमा धेरै पहिले प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको रहेछ भन्‍ने थाहा भयो, तर मैले यो कुरालाई ध्यान दिएकी थिइनँ। मलाई परमेश्‍वर अन्तर्निहित रूपमा सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने मात्रै थाहा थियो। “सर्वशक्तिमान्‌ परमेश्‍वर” भन्‍ने नाम परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍नो पुनरागमन भएपछि लिनुहुने नाम हो भन्‍ने बारेमा मैले कहिल्यै सोचेकी थिइनँ। म निकै खुशी र हर्षित थिएँ। परमेश्‍वर फर्केर आइसक्‍नुभएको रहेछ, र उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुँदो रहेछ! उनले मलाई यसो पनि भनिन्, “सर्वशक्तिमान्‌ परमेश्‍वर तीस वर्ष अघि, सन् १९९१ मा देखा परेर काम गर्न थाल्‍नुभयो। सर्वशक्तिमान् परमेश्‍वर ले धेरै सत्यता र करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, र ती सबैलाई सार्वजनिक रूपमा इन्टरनेटमा सार्वजनिक गरिएको छ। अहिले उहाँका वचनहरू पूर्वदेखि पश्चिमसम्‍म, संसारका धेरै देशहरूमा फैलिएको छ। धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुनेर र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका छन्। यसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ: ‘किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)।” यो कुरा सुनेपछि, म अत्यन्तै चकित भएँ। पूर्वीय ज्योति नै परिवर्तन गर्नुको देखापराइ र काम रहेछ। केही वर्ष पहिले, मैले अखबारमा पूर्वीय ज्योतिले प्रभुको पुनरागमनको गवाही दिन्छ भनेर पढेको थिएँ। तर त्यो बेला धेरैजसो पाष्टर र एल्डरहरूले यसलाई निन्‍दा गरेका थिए, र विश्‍वासीहरूलाई तिनीहरूको प्रचार सुन्‍न दिएनन्, त्यसकारण मलाई यो साँचो मार्ग होइन भन्‍ने लागेकोले, मैले यसको खोजी र अनुसन्धान गरिनँ, र अवश्य नै मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढिनँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले देखा परेर काम गर्नुभएको तीस वर्ष भइसक्यो भनेर मैले कहिल्यै पनि कल्‍पना गरेकी थिइनँ। म अलिक नर्भस भएँ, र मलाई निकै पछि परेँ जस्तो लाग्यो, त्यसकारण म अझै बढी परमेश्‍वरको वचन पढ्न चाहन्थेँ। केही समयपछि, भेलाहरू र मेरी सिस्टरसँग परमेश्‍वरको वचनमा सङ्गति गरेपछि, मैले परमेश्‍वर किन आखिरी दिनहरूमा काम गर्न देहधारी हुनुभएको छ, परमेश्‍वरले न्यायको काम गर्न कसरी आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ, शुद्ध भएर स्वर्गको राज्यमा प्रवेश गर्नको लागि हामीले किन न्यायको अनुभव गर्नैपर्छ, र इत्यादि कुरा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरले यी सबै रहस्यहरू प्रकट गर्नुभएको छ, र धेरै सत्यता व्यक्त गर्नुभएको छ, जसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ, “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उ हाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१३)। सर्वशक्तिमान्‌ परमेश्‍वर नै प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ भन्‍ने कुरामा म अझै निश्‍चित भएँ। त्यसपछि उनले मलाई परमेश्‍वरका वचनहरूको पुस्तक पठाइन्। मैले हरेक दिन परमेश्‍वरको वचन पढेँ, र आत्मिक भरणपोषण प्राप्त गरेँ।

पछि, म सकेसम्‍म हरेक भेलामा जान थालेँ। तर मैले अझै पनि मेरो मण्डलीमा सेवाहरूमा सहभागिता जनाउनु पर्ने भएकोले, भेला हुने समय प्रायजसो बाझिन्थ्यो। मैले सोचेँ, “के मैले मेरो मण्डली छोड्नुपर्छ?” तर मैले एल्‍डरको रूपमा काम गरेको अठाह्र वर्ष भएको थियो। हरेक कार्यकाल चार वर्षको हुन्थ्यो, र मेरो हालको कार्यकाल पूरा हुन अझै एक वर्षभन्दा बढी समय बाँकी थियो। मेरो कार्यकाल नसकी नै मैले मण्डली छोडेँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्‍नेछन्? के तिनीहरूले मैले लापरवाही रूपमा छोडेँ र प्रभुप्रति मसँग कुनै बफादारीता छैन भन्‍ने सोच्‍नेछन्? तर त्यसपछि मैले सोचेँ, प्रभु फर्केर आइसक्‍नुभएको छ, त्यसकारण के म धर्ममा नै बसिरहने? पाष्टरले पुल्पिटबाट भनेका कुराहरूले विश्‍वासीहरूलाई भरणपोषण हुन छोडेको छ भन्‍ने कुरा मलाई राम्ररी थाहा थियो। तिनीहरूले प्रभु येशूका चिन्‍ह र अचम्‍मका कामहरूका बारेमा बारम्‍बार कुरा गरिरहन्छन्, र तिनीहरूले प्रायजसो प्रभुको अनुकरण गर्ने, छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्ने, धैर्य बन्‍ने, र इत्यादि कुराको बारेमा नै छलफल गर्छन्। दशकौँदेखि, पाष्टरहरूले यी पुराना, थोत्रा सिद्धान्तका शब्‍दहरू प्रचार गर्दै आएका छन्। ती बासी र सुक्खा थिए, र मेरा ब्रदर-सिस्टरहरूलाई पनि भरणपोषण गर्न सक्दैनथिए। धार्मिक संसार उजाड भइसकेको छ भन्‍ने मलाई राम्ररी थाहा थियो। त्यो बेला, मलाई अत्यन्तै दोधार भएको थियो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, म मण्डली छोड्न चाहन्छु, तर मसँग अझै चिन्ताका विषयहरू छन्, र मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा कुरा काट्छन् भन्‍ने चिन्ता लागेको छ। हे परमेश्‍वर, मैले के गर्ने? बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई बाइबलको यो वचन याद आयो, “हेर, ती दिनहरू आउँछन्, … म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ(आमोस ८:११)। “अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन(आमोस ४:७)। मलाई इस्राएलमा सात वर्ष अनिकाल परेको घटनाको बारेमा याद आयो, जुन बेला खानेकुरा केही थिएन, र योसेफका दाजुभाइहरू सबै तिनलाई अनाज माग्‍न मिश्र गएका थिए। अहिले सारा धार्मिक संसारले अनिकाल भोगिरहेको थियो, र पवित्र आत्‍माको कामको अभाव थियो, तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा खाएको र पिएको कुरा परमेश्‍वरका वर्तमान वचनहरू थिए, मैले प्राप्त गरेको साँचो ज्योति थियो, र मसँग पवित्र आत्‍मा अगुवाइ छ भन्‍ने कुरा स्पष्ट थियो। यदि मैले गतिलाई पछ्याउन सकिनँ भने, मलाई पवित्र आत्‍माको कार्यले हटाउनेथियो। अहिले, मैले पवित्र आत्‍माको काम भएको मण्डली भेटेकी थिएँ, परमेश्‍वरको आवाज सुनेकी, र प्रभुलाई स्वागत गरेकी थिएँ, त्यसकारण म धर्मको उजाड अवस्थामा रहिरहनु हुँदैनथियो। त्यसपछि, मण्डलीले मेरो लागि कामको बन्दोबस्त नमिलाउँदासम्‍म, म त्यहाँ जाँदिनथिएँ, तर म एल्‍डर भएकी हुनाले, म कहिलेकहीँ आराधना गर्न जान्थेँ।

छ महिनापछि, एक दिन मैले इन्टरनेटमा स्टेज नाटक हेरेँ, एउटा बुद्धिमानी निर्णय। त्यस कथाले मलाई निकै प्रभाव पार्‍यो। मुख्य पात्र, लि मिङ्ग्झी नगर सरकारका अधिकारी थिए। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, तिनले केही सत्यता बुझे। तिनले चिनियाँ कम्युनिस्ट पार्टीको लागि गरेको वर्षौँको सेवा र तिनले कसरी यसलाई दुष्कर्ममा पछ्याएका थिए त्यसको बारेमा विचार गरे। तिनले आफू बरबादीको बाटो हिँडिरहेको छु भन्‍ने थाहा पाए र ख्रीष्‍टलाई पछ्याएर अनि परमेश्‍वरको निम्ति समर्पित भएर मात्रै उसले सत्यता र जीवन प्राप्त गर्न सक्छ भन्‍ने कुरा स्पष्ट रूपमा देखे। तिनले आफ्‍नो जागिर छोडेर आफूलाई परमेश्‍वरको निम्ति समर्पित गर्ने अठोट गरेको छु भन्दै तिनले प्रार्थना गरे। यो थाहा पाएपछि, श्रीमतीले यस कुराको पूर्ण विरोध गरिन्, त्यसपछि तिनको परिवारले तिनलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍ने प्रयास गर्‍यो। तिनको सारा परिवारले दबाब दिँदा पनि, तिनले सम्झौता गरेनन्, तिनले आफ्‍नो परिवारसँग विवाद गरे, र अन्त्यमा, तिनले दृढतासाथ आफ्‍नो जागिर छोडे र परमेश्‍वरलाई पछ्याउने निर्णय गरे। त्यसपछि मैले आफ्‍नै बारेमा सोचेँ। यदि म धर्ममा नै बसेँ र परमेश्‍वरलाई पूर्ण हृदयले पछ्याइनँ भने, मैले कहिल्यै पनि सत्यता प्राप्त गर्नेथिइनँ, र मलाई परमेश्‍वरले हटाउनुहुनेथियो। यसको साथै, सत्यतामा सङ्गति गरेर, मैले धार्मिक संसारले परमेश्‍वरलाई गर्ने विरोधको साँचो कुरा स्पष्ट रूपमा देख्दै गएँ। मैले अब धर्मलाई छोड्ने समय आएको छ भन्‍ने लाग्यो।

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, केही वर्ष पहिले, परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा टाइवानमा प्रचार भएको थियो भन्‍ने मलाई याद छ। त्यो बेला, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अखबारहरूमा छापिएको थियो, तर टाइवानको धार्मिक समुदायले संयुक्त रूपमा पूर्वीय ज्योतिलाई बहिष्कार गरेको घोषणा गर्‍यो, र धेरै जनाले त्यस अभिव्यक्तिमा हस्ताक्षर गरेको थियो। यी पाष्टरहरूलाई प्रभु फर्केर आइसक्‍नुभएको छ भन्‍ने कुरा धेरै पहिले नै थाहा थियो, तर तिनीहरूले यसको बारेमा खोजी वा अनुसन्धान गरेनन्, न त तिनीहरूले आफ्‍ना विश्‍वासीहरूलाई प्रभुको पुनरागमनको खबर नै बताए। तिनीहरू परमेश्‍वरलाई विरोध गर्न र टाइवानमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न नदिनको लागि पनि एकीकृत भए। यसले मलाई दुई हजार वर्ष पहिलेका मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूको याद आयो। प्रभु येशूका वचनहरू र काममा अख्‍तियार र शक्ति छ भन्‍ने कुरा तिनीहरूलाई राम्ररी नै थाहा थियो, तर तिनीहरूले प्रभु येशू नै मसीह हुनुहुन्छ भनेर स्वीकार गरेनन् किनभने सबै विश्‍वासीले प्रभु येशूलाई पछ्याउनेछन्, र तिनीहरूले आफ्‍नो हैसियत र आम्दानीको स्रोत गुमाउनेछन् भन्‍ने तिनीहरूलाई चिन्ता थियो। त्यसकारण, तिनीहरूले झूटो न्याय गरे र प्रभु येशूलाई दोषी ठहर्‍याए। आजको धार्मिक संसारमा पनि यही कुरा लागू हुन्छ। यदि सबै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गरे र मण्डली जान छोडे भने, कसैले पनि दशांस-भेटी दिँदैनन्, र तिनीहरूले तलब पाउँदैनन् भन्‍ने पाष्टरहरूलाई डर लाग्छ, त्यसकारण आफ्‍नो हैसियत र आम्दानीको रक्षा गर्न, तिनीहरूले एक भएर सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई निन्दा र इन्कार गर्छन्। यस कुराले मलाई प्रभु येशूले फरिसीहरूलाई सराप दिनुहुँदा भन्‍नुभएको वचन याद दिलायो, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। … शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१३-१५)। धर्ममा रहेका यी पाष्टरहरूलाई भु फर्किसक्‍नुभएको छ र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ बन्‍ने कुरा स्पष्ट रूपमा थाहा थियो, तर तिनीहरूले अनुसन्धान गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको नयाँ कामको बारेमा अनुसन्धान गर्न नदिन अरूलाई धोका दिन्छन् र प्रतिबन्ध लगाउँछन्, र विश्‍वासीहरूलाई प्रभुलाई स्वागत गर्नबाट रोक्छन्। यी धार्मिक अगुवाहरू अत्यन्तै घृणास्पद छन्! तिनीहरू प्रभुलाई साँचो रूपमा पछ्याउने मानिसहरू होइनन्, तर आधुनिक फरिसीहरू हुन्।

एउटा भेलाको बेला, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू पढेँ, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। परमेश्‍वरका वचनहरूमा मनन गर्ने क्रममा, मैले के महसुस गरेँ भने धार्मिक संसारका पाष्टरहरूलाई ब्रदर-सिस्टरहरूले परमेश्‍वरलाई चढाएका भेटीहरूबाट तलब दिइन्छ, र पनि तिनीहरूले मानिसहरूलाई परमेश्‍वरकहाँ फर्कनबाट रोक्छन्, र प्रभुलाई स्वागत गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मानिसहरूको मौकालाई बरबाद गर्छन्। के तिनीहरू मानिसहरूको आत्मा निल्‍ने दियाबलसहरू होइनन् र? महामारीको कारण मण्डलीहरूले सेवाहरू बन्द गरेको कुरा पनि मलाई याद आयो। एउटा भेलाको बेला, पाष्टरहरूले विश्‍वासीहरूको आम्दानी वृद्धि गर्न ब्रदर-सिस्टरहरूको कृषि उपजहरू हाम्रो समितिको कार्यालय बाहिर बेच्‍न राख्‍ने बारेमा छलफल गरेको थियो। त्यसरी, ब्रदर-सिस्टरहरूले आफ्‍नो दशांस भेटी दिइरहन सक्थे। यो सुन्दा मलाई निकै रिस उठेको थियो, र मैले जोडदार रूपमा विरोध गरेँ। मैले भनेँ, “पाष्टरहरू भएर त, तपाईंहरूले पनि मानिसहरूको जीवनको हेरचाह गर्नुपर्ने हो। किन तपाईंहरूले पैसाको मात्रै चिन्ता गर्न सक्‍नुहुन्छ?” जेनेरल प्रमुखले मलाई भने, “मण्डलीले भेलाहरूलाई रोक्दा, ब्रदर-सिस्टरहरूबाट आउने दशांस-भेटी घट्छ, जसले गर्दा मण्डलीको आम्दानी पनि निकै घट्छ।” मैले पाष्टरहरूले आफ्‍नो तलब र आम्दानीको बारेमा मात्रै विचार गर्छन्, तर ब्रदर-सिस्टरहरूलाई मलजल गर्ने र तिनीहरूको विश्‍वास दह्रिलो बनाउने बारेमा विचार गर्दैनन् भन्‍ने थाहा पाएँ। तिनीहरू प्रभु येशूले भन्‍नुभएको ढोङ्गी फरिसीहरू थिए। तिनीहरू ब्रदर-सिस्टरहरूले परमेश्‍वरलाई चढाएका बलिदानहरूको लोभ गर्छन्। तिनीहरूले आफ्‍ना विश्‍वासीहरूको जीवनको बारेमा वास्ता गर्दैनन्, तिनीहरूले मानिसहरूलाई प्रभुलाई स्वागत गर्नबाट रोक्छन्, र तिनीहरूले विश्‍वासीहरूमाथि दह्रिलो पकड राख्‍ने प्रयास गर्छन्। मैले पाष्टरहरूको साँचो रूपलाई स्पष्ट रूपमा देखेँ। धर्मका यी पाष्टरहरू परमेश्‍वरलाई इन्कार र विरोध गर्ने ख्रीष्ट-विरोधीहरू बाहेक कोही थिएनन्। प्रभुमा धेरै वर्ष विश्‍वास गरिसकेपछि, मैले बल्‍ल तिनीहरूको वास्तविक रूप देखेँ। मेरो बल्‍ल होस खुल्यो। मैले परमेश्‍वरलाई उहाँको कृपाको लागि, र मलाई उहाँको आवाज सुन्‍ने र उहाँको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने मौका दिनुभएकोमा धन्यवाद दिएँ। नत्र भने, मैले दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्ने कार्यमा पाष्टरहरूलाई पछ्याउनेथिएँ, र मैले मुक्ति पाउने मेरो मौका गुमाउनेथिएँ।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पाठ गरिएको एउटा भिडियो हेरेँ। “अहिले, के तिमीहरूले धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर साँच्‍चै बुझेका छौ? धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा विश्‍वास गर्नुबीचमा कुनै भिन्‍नता छ? केमा भिन्‍नता छ? के तिमीहरूले यी प्रश्‍नहरू बुझेका छौ? धर्मका विश्‍वासीहरूलाई सामान्यतया के मन पर्छ? तिनीहरूको ध्यान केमा हुन्छ? धर्ममा विश्‍वास गर्नुलाई कसरी परिभाषित गर्न सकिन्छ? जब मानिसहरूले धर्ममा विश्‍वास गर्छन्, तब तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्, र आफ्‍नो व्यवहारमा निश्‍चित परिवर्तन ल्याउँछन्: तिनीहरूले मानिसहरूलाई हिर्काउने वा गाली गर्ने गर्दैनन्, तिनीहरूले मानिसहरूलाई हानि गर्ने खराब काम गर्दैनन्, र तिनीहरूले विभिन्‍न अपराध गर्ने वा कानुन तोड्ने गर्दैनन्। सेवाको दिनमा, तिनीहरू भेलामा जान्छन्। धर्ममा विश्‍वास गर्ने व्यक्ति यस्तै हुन्छ। राम्रो व्यवहार गर्नु र नियमित सेवा-सङ्गतिमा जानु नै कुनै व्यक्तिले धर्ममा विश्‍वास गर्छ भन्‍ने कुराको प्रमाण हो। जब कसैले धर्ममा विश्‍वास गर्छ, तब उसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, र तिनीहरूले सोच्छन् कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल व्यक्ति बन्‍नु हो; जबसम्म पाप वा खराब काम गरिँदैन, तबसम्म मृत्युपछि स्वर्ग गइन्छ र आफ्नो अन्त्य राम्रो हुन्छ। तिनीहरूको विश्‍वासले तिनीहरूलाई आत्मिक भरणपोषण प्रदान गर्छ। त्यसकारण, धर्ममा गरिने विश्‍वासलाई यसरी पनि परिभाषित गर्न सकिन्छ: धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर हृदयमा विश्‍वास गर्नु, मरेपछि स्वर्ग गइन्छ भन्‍ने कुरामा भरोसा गर्नु, हृदयमा भावनात्मक आड पाउनु, साथै आफ्‍ना केही बानीबेहोरा परिवर्तन गरी असल व्यक्ति बन्‍नु हो, त्यो बाहेक अरू केही होइन। तिनीहरूले विश्‍वास गरेका परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न, ती परमेश्‍वरले अहिले के गरिरहनुभएको छ, ती परमेश्‍वरले तिनीहरूलाई के गर्न लगाउनुहुन्छ भन्‍ने विषयमा, तिनीहरूलाई केही पनि थाहा हुँदैन, तिनीहरूले यी सबै कुरा बाइबलका धर्मसिद्धान्तहरूका आधारमा अनुमान र कल्‍पना गरेका हुन्छन्। धर्ममा विश्‍वास गर्नु भनेको यही हो। धर्ममा विश्‍वास गर्नु भनेको मुख्य रूपमा व्यवहारगत परिवर्तन र आत्मिक भरणपोषणको खोजी गर्नु हो। तर यी मानिसहरूले हिँड्ने मार्ग—आशिष्‌हरूको पछि लाग्‍ने मार्ग—परिवर्तन भएको हुँदैन। परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको गलत दृष्टिकोण, धारणा र कल्‍पनाहरूमा परिवर्तन आएको हुँदैन। तिनीहरूको अस्तित्वको जग, र तिनीहरूले पछ्याउने जीवनको लक्ष्य र दिशा परम्‍परागत संस्कृतिका विचार र दृष्टिकोणहरूमा आधारित हुन्छन्, र ती अलिकति पनि परिवर्तन भएका हुँदैनन्। धर्ममा विश्‍वास गर्ने हरेकको स्थिति यस्तै हुन्छ। त्यसो भए, परमेश्‍वरमा विश्‍वास गर्नुचाहिँ के हो त? परमेश्‍वरमाथिको विश्‍वासबारे परमेश्‍वरको परिभाषा कस्तो छ? (परमेश्‍वरको सार्वभौमिकतामा भरोसा गर्नु।) परमेश्‍वरको अस्तित्व, र परमेश्‍वरको सार्वभौमिकतामा भरोसा गर्नु—सबैभन्दा आधारभूत कुरा यही हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका वचनहरू सुन्‍नु, र परमेश्‍वरका वचनहरूले भनेबमोजिम अस्तित्वमा रहनु, जिउनु, आफ्‍नो कर्तव्य निभाउनु, र सामान्य मानवताका सबै क्रियाकलापहरूमा सहभागी हुनु हो। यसको आसय के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरले भन्‍नुभएको काम गर्नु, र परमेश्‍वरले भनेअनुसार जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्याउनु हो। के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको जीवनको लक्ष्य र दिशा धर्ममा विश्‍वास गर्ने मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुँदैनन् र? … परमेश्‍वरमाथिको विश्‍वास परमेश्‍वरका वचनहरूअनुसार र परमेश्‍वरले तोक्‍नुभएबमोजिम हुनुपर्छ, मानिसहरूले परमेश्‍वरले भन्‍नुभएअनुसार अभ्यास गर्नुपर्छ; यो मात्रै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु हो—गुदिसम्मै पुग्‍नु भनेको यही हो। सत्यता अभ्यास गर्नु, परमेश्‍वरका वचनहरू पालना गर्नु, र परमेश्‍वरका वचनहरूअनुसार जिउनु: मानव जीवनको सही मार्ग यही हो; परमेश्‍वरमाथिको विश्‍वास मानव जीवनको मार्गसँग सम्‍बन्धित छ। परमेश्‍वरमाथिको विश्‍वास कैयौँ सत्यताहरूसँग सम्‍बन्धित छ, र परमेश्‍वरलाई पछ्याउनेहरूले यी सत्यताहरू बुझ्‍नैपर्छ; तिनीहरूले यी सत्यताहरू बुझ्दैनन् र स्विकार्दैनन् भने परमेश्‍वरलाई कसरी पछ्याउन सक्छन्? धर्ममा विश्‍वास गर्ने मानिसहरूले केवल परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्छन्, र परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छन्—तर तिनीहरूले यी सत्यताहरू बुझ्दैनन्, न त स्वीकार नै गर्छन्, त्यसकारण धर्ममा विश्‍वास गर्नेहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरू होइनन्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, धर्ममा रहेर वा धार्मिक विधिविधानमा सहभागी भएर मुक्ति पाउन सकिँदैन)। परमेश्‍वरको वचन साँचो छ! मलाई म धर्ममा हुँदा पवित्र आत्‍माको कामविना, र परमेश्‍वरको वर्तमान वचनहरूविनाको अवस्थाको बारेमा याद आयो। म धार्मिक नियम र विधिहरू मात्रै मान्‍न सक्थेँ, र केही देखावटी सुकर्महरू मात्रै गर्न सक्थेँ। जब मैले ब्रदर वा सिस्टर नकरात्मक भएको देख्थेँ, तब म उसलाई सहयोग गर्थेँ। म प्रायजसो तिनीहरूमाथि हात राखेर प्रार्थना गर्थेँ, र सेवकाइमा सक्रिय रूपमा सहभागी हुन्थेँ, र यो परमेश्‍वरको इच्‍छा अनुरूपको कार्य हो भन्‍ने सोच्थेँ। परमेश्‍वरका वचनहरू पढिसकेपछि मात्रै मलाई मैले धर्ममा मात्रै विश्‍वास गरिरहेकी रहेछु, परमेश्‍वरमा होइन भन्‍ने कुरा थाहा भयो। यी कुरा देखावटी असल कार्य मात्रै थिए, परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र परमेश्‍वरको आज्ञापालन गर्नु थिएन, र यस्तो कामले मेरो स्वभाव परिवर्तन गर्नेथिएन। हाम्रा मेहनत र परिश्रम हाम्रा आफ्‍नै कामना मात्र हुन्, ती परमेश्‍वरको इच्‍छा अनुरूप छैनन्। मलाई के पनि याद आयो भने, म प्रायजसो मेरा ब्रदर-सिस्टरहरूलाई प्रभुको लागि लागिपर्नुपर्छ र परिश्रम गर्नुपर्छ भनी भन्थेँ। तिनीहरू स्वर्गमा प्रवेश गर्दा, तिनीहरूले पाँच-दश वटा सहरहरूको व्यवस्थापन गर्नुपर्छ। अहिले, परमेश्‍वरको वचन पढेपछि, मेरो प्रचार हास्यास्पद र अवास्तविक थिएछ भन्‍ने थाहा पाएँ। हामीमध्ये कसैले पनि परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई अनुभव गरेका थिएनौँ, हाम्रो भ्रष्ट स्वभाव शुद्ध भएको थिएन, र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न पटक्‍कै योग्य भएका थिएनौँ। परमेश्‍वरमाथिको विश्‍वासमा देखावटी असल कार्यले मात्र हुँदैन। मुख्य कुरा भनेको परमेश्‍वरको काम र वचनलाई अनुभव गर्नु, स्वभावमा परिवर्तन हासिल गर्नु, र परमेश्‍वरको आज्ञापालन र आराधना गर्नु हो। यो परमेश्‍वरको इच्‍छा अनुरूप हुन्छ। विगतमा, मैले धर्ममा हुँदा प्रभुलाई गरेको विश्‍वास अन्योल विश्‍वास थियो, परमेश्‍वरले प्रशंसा गर्ने कुरा थिएन भन्‍ने मलाई थाहा भयो। यदि मैले धर्ममा नै रहेर परमेश्‍वरलाई विश्‍वास गरिरहेकी र भेलामा सहभागी हुने गरेकी भए, मैले कहिल्यै पनि सत्यता प्राप्त गर्नेथिइनँ। तर त्यसपछि मैले एल्डरको रूपमा काम पाएकी छु, त्यसकारण म अझै मण्डली जानुपर्छ भन्‍ने सोचेकी थिएँ। यदि मैले मण्डली छोडेँ भने, मलाई अवश्य नै पन्छ्याइनेछ र घृणा गरिनेछ, र अरूले मलाई अनादर गर्नेछन् र म प्रभुप्रति विश्‍वासघाती छु भनी सोच्‍नेछन्। यो सोच्दा, म हिचकिचाएँ। तिनीहरूलाई मैले प्रभुलाई स्वागत गरेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गरेँ भन्‍ने बारेमा पनि विचार गरेकी थिएँ, तर मैले यो कुरा बोल्‍ने बित्तिकै, मलाई पाष्टर र अरू कर्मचारीहरूले सताउनेछन् र बाधा दिनेछन् भन्‍ने मलाई थाहा थियो। मनमा मैले घरी यो कुरा, र घरी अर्को कुरा विचार गरिरहेँ। ढिलो-चाँडो मैले धर्म छोड्नुपर्छ भन्‍ने मलाई थाहा थियो, तर तिनीहरूलाई कसरी मेरो राजीनामा दिने भन्‍ने मलाई थाहा थिएन। मैले यसको बारेमा परमेश्‍वरसँग बारम्‍बार प्रार्थना र खोजी गरिरहेँ।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धर्मी कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने मैले एल्डरको रूपमा रहेको मेरो पदलाई त्याग्‍न नसकेकी कारणले गर्दा मलाई धेरै पटक मण्डली छोड्ने बारेमा हिचकिचाहट भएको रहेछ। मेरो हैसियतको कारण, मेरा ब्रदर-सिस्टरहरूले मलाई आदर र सम्‍मान गर्थे। तिनीहरूले मसँग फरक व्यवहार गर्थे, र फाइदाहरू हुँदा सधैँ मेरो बारेमा सोच्थे। मण्डली छोडेँ भने म त्यो सबै कुरा गुमाउँछु भन्‍ने मलाई चिन्ता थियो। मलाई हैसियत र हैसियतका फाइदाहरूको लोभ थियो। यो सही मार्ग थिएन, र यसले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँथ्यो। मैले आफूलाई हैसियतका साङ्लाहरूबाट मुक्त गर्नुपर्छ भन्‍ने मलाई स्पष्ट रूपमा थाहा थियो। यदि मैले यी कुराहरूलाई परिवर्तन गरिनँ भने, म परमेश्‍वरलाई विरोध गर्ने मार्गमा हिँड्नेथिएँ। यो मैले चाहेको परिणाम थिएन। मैले मेरा ब्रदर-सिस्टरहरूको आदरको बारेमा अब चिन्ता गर्नु हुँदैनथियो। तिनीहरूले मलाई आदर गरे पनि नगरे पनि त्यो महत्त्वपूर्ण कुरा थिएन। मैले परमेश्‍वरको अनुमोदन पाउन सक्‍नु नसक्‍नु चाहिँ महत्त्वपूर्ण कुरा थियो। म हैसियतप्रति होइन, तर परमेश्‍वरप्रति निष्ठावान हुनुपर्थ्यो। यो सोचेपछि, मण्डली छोडेर जाने मेरो संकल्प अझै दह्रिलो भयो।

एक दिन, म सधैँ झैँ मण्डली गएँ, र आइतबारको सेवापछि, मैले सबैलाई एल्डरको रूपमा म मेरो काम छोड्दैछु भनेर भनेँ। यो सुन्दा सबै चकित भए, र तिनीहरू सबैले मलाई बसिरहनको लागि मनाउने प्रयास गरे। त्यसपछि, केही पाष्टरहरूले मलाई फोन गरे र एल्डर हुनु भनेको परमेश्‍वरसँग गरिएको करार हो जसलाई तोड्न सकिँदैन भनेर भने। मैले सोचेँ, “प्रभु फर्केर आइसक्‍नुभएको छ, उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र नयाँ काम गर्नुभएको छ। के मैले अझै पनि यो कुरालाई पालना गरेर प्रभुलाई स्वागतचाहिँ नगर्ने?” मलाई मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूले वर्षभरि परमेश्‍वरलाई मन्दिरमा सेवा गर्थे, तर जब प्रभु येशू काम गर्न आउनुभयो, तब तिनीहरूले प्रभु येशूलाई दोष दिए, विरोध गरे, र क्रूसमा टाँगे भन्‍ने कुरा याद आयो। के यो परमेश्‍वरप्रतिको बफादारीता हो? तिनीहरू परमेश्‍वरप्रति निष्ठावान मानिसहरू पटक्‍कै थिएनन्। तिनीहरूले परमेश्‍वरको विरोध गरे। आज प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, र उहाँले नयाँ वचनहरू व्यक्त गर्नुभएको छ। यदि मैले यो तथाकथित “करारलाई” पालना गरेर मण्डलीमा नै बसेँ, र परमेश्‍वरको वर्तमान वचनहरू र कामलाई पछ्याइनँ भने, म परमेश्‍वरप्रति निष्ठावान हुँदिनथिएँ! मलाई प्रभु येशूले भन्‍नुभएको कुरा याद आयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। परमेश्‍वरका भेडाहरूले परमेश्‍वरका वचनहरू सुनेर कुनै हिचकिचाहटविना उहाँलाई पछ्याउनुपर्छ। त्यसकारण, पाष्टरहरूले मलाई जसरी मनाउने प्रयास गरे पनि, मैले मानिनँ। मलाई धर्मबाट बाहिर डोर्‍याएर ल्याउनुभएकोमा, परमेश्‍वरका व्यवहारिक वचनहरू खान र पिउन दिनुभएकोमा, र मलाई पवित्र आत्‍माको काम दिनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु, जुन कामले मलाई अभूतपूर्व सहजता र स्वतन्त्रता महसुस गर्न सहयोग गरेको छ। एल्‍डरको रूपमा रहेको मेरो हैसियत गइसकेको हुनाले, मैले पुल्पिटबाट सिद्धान्तका सुक्खा र खोक्रा शब्‍दहरू बोल्‍न छोडेँ। बरु, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले आफूलाई सुसज्जित पार्ने कार्यमा ध्यान दिएँ, र हरेक दिन अत्यन्तै पूर्णता र आनन्दको महसुस भयो।

केही समयपछि नै, मैले मण्डली छोडेँ भन्‍ने हल्‍ला फैलियो। दुई महिनापछि, मलाई एक जना सिस्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एउटा भिडियो अनलाइन समूहमा पोष्ट गरेको कारण, पाष्टरहरूले मण्डलीमा प्रतिबन्ध लगाउन थाले र कसैले मण्डली छोडेको हुनाले मण्डलीले पूर्वीय ज्योतिको विरुद्धमा सतर्कता अपनाएको छ भनेर सन्देश जारी गर्‍यो भन्‍ने थाहा भयो। यो खबर सुन्दा मलाई दुःख लाग्यो, र मलाई पाष्टरहरूप्रति पनि दुःख लाग्यो, तर मलाई पहिलेभन्दा अझै बढी के कुरामा निश्‍चित भयो भने धार्मिक संसारका धेरैजसो पाष्टरहरूले सत्यतालाई मन पराउँदैनन्। प्रकृतिले नै तिनीहरू सत्यताप्रति दिक्‍क मान्छन् र त्यसलाई घृणा गर्छन्। तिनीहरूलाई आफूले बाइबल र परमेश्‍वरलाई जानेको छु भन्‍ने सोच्छन्, तर वास्तवमा तिनीहरू अन्धालाई डोर्याएर खाल्‍डोमा लैजाने अन्धा हुन्। अझै पनि परमेश्‍वरका धेरै भेडाहरू बाहिर भौतारिरहेका छन् र प्रभुको पुनरागमनलाई स्वागत गर्न पाएका छैनन्। मैले तिनीहरूलाई राज्यको सुसमाचार प्रचार गर्नुपर्थ्यो, मेरो जिम्‍मेवारी पुरा गर्नुपर्थ्यो, र परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्थ्यो। त्यसकारण, मैले परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्न थालेँ, र परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरू एकपछि अर्को गरी परमेश्‍वरकहाँ फर्केको देखेँ, जुन कुराले मलाई अत्यन्तै खुशी र हर्षित बनायो। मलाई हरेक दिन पूर्ण र अर्थपूर्ण पनि लाग्‍न थाल्यो। मलाई धर्मबाट बाहिर डोर्‍याएर ल्याउनुभएकोमा, उहाँका पाइलाहरू पछ्याउन दिनुभएकोमा, र उहाँको आखिरी दिनहरूको काम अनुभव गर्न दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु। यसैले, मलाई साँच्‍चै नै आशिषित भएको आभास हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

जब प्रभु येशू फेरि आउनुहुन्छ, हामी कसरी थाहा पाउन सक्छौं?

शिनजीद्वारा चारवटा ब्लड मुनहरू देखा परेका छन्, र भूकम्प, अनिकाल र महामारीजस्ता विपत्तिहरू बढ्नु सामान्य भएका छन्। प्रभुको पुनरागमनका...

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्