अप्रिय तथ्यलाई कसरी लिने

17 डिसेम्बर 2024

२०१७ को नोभेम्बरमा मलाई मण्डली अगुवा चुनियो। पहिलो पटक ब्रदर-सिस्टरहरूसँग भेला हुन वा छलफल गर्न सुरु गर्दा म आफ्नो विचार राख्न सक्षम भएँ, र मेरो सङ्गतिमा केही ज्योति थियो। ब्रदर-सिस्टरहरूले मेरो निकै प्रशंसा गर्थे र मसँग आदरपूर्वक कुरा गर्थे। मैले आफ्नो कदर भएको महसुस गरेँ र आफैसँग धेरै प्रसन्न भएँ। केही समयपछि, मेरो साझेदार साथी सिस्टर वेन्डी मसँग खुलेर बोल्ने गरेको पाएँ, र कहिलेकाहीँ मेरो समस्या देख्दा उनले त्यसबारे सिधै भन्थिन्। जस्तै, मैले मण्डलीको सामान्य मामिलालाई विचार नगर्दा, उनले यसबारे औँल्याउँदै यसमा केन्द्रित हुन भन्थिन्। तर मलाई आफूले केही इज्जत गुमाएको जस्तो लाग्यो, र त्यसैले मैले अबदेखि यसमा ध्यान दिनेछु भनेँ, नत्र मानिसमा मेरोबारे नराम्रो छाप पर्नेछ। तर यो क्षेत्रमा म निकै कमजोर थिएँ, कि त म केही कुराका बारेमा विचार गर्न सक्दिनँथेँ, वा गरेपनि ती कसरी गर्ने भन्‍ने थाहा हुँदैनथ्यो। पछि, वेन्डीले थप केही पटक यो कुरा उठाउँदा, म अबदेखि यसलाई ध्यान दिनेछु भन्थेँ, तर वास्तवमा म यस्तो सोचिरहेकी हुन्थेँ: “सबैले सधैँ म कर्तव्यमा बोझ बोक्छु भन्‍ने गरेका छन्, तैपनि वेन्डीले मेरो यस्तो आलोचना गर्छिन्। अब अरूले मेरो बारेमा के सोच्ने होलान्।” मलाई लाग्यो, वेन्डीले मेरा समस्यामा कडा नजर राखिरहेकी छिन्, उनी मेरो अनादर गर्छिन्, त्यसैले उनीबाट परै बस्नुपर्ला। कहिलेकाहीँ हामी कामबारे छलफल गर्दा, मैले कुनै विचार प्रस्तुत गर्दा, वेन्डीले ठाडै यो उपयुक्त नलागेको भन्थिन्। कहिलेकाहीँ उनको लवज अनुचित हुन्थ्यो र मलाई अप्ठ्यारोमा पार्थिन्। मलाई उनी अति आक्रमक भएकी र मेरो मर्यादाको ख्याल नगरेकी लाग्थ्यो। मैले उनीमा खराब मानवता रहेको र उनीसँग मिलेर काम गर्न कठिन हुने लाग्यो। केही पटक मैले वेन्डीसँग कुरा गर्न खोजेँ, वा उनी फोनमा व्यस्त हुँदा खाना खान बोलाउँथेँ, तर तुरुन्तै जवाफ दिन्नथिइन्, यसले उनमा खराब मानवता छ, र उनी निकै निर्दयी छिन् भन्‍नेमा झन् विश्‍वस्त भएँ, यसैले उनीसँग कुराकानी गर्ने मेरो इच्छा झन् मर्दै गयो। अरू दुई सिस्टरसँग मेरो साझेदारी धेरै सहज थियो। हामीले काम वा हाम्रो वर्तमान स्थितिका बारेमा कुराकानी गर्दा मलाई उनीहरूले मेरोबारेमा राम्रो सोचेको आभास हुन्थ्यो, उनीहरू मसँग आदरपूर्वक बोल्थे। समस्या पर्दा उनीहरू अक्सर मेरो सल्लाह लिन आउँथे, र मेरो समस्यालाई खासै औल्याउँदैनथे। उनीहरूसँग कुराकानी गर्दा वा कामबारे छलफल गर्दा मलाई धेरै सहज लाग्थ्यो। उनीहरूसँग जति धेरै कुराकानी गर्थेँ, वेन्डीसँग घुलमिल हुन त्यति नै कठिन लाग्थ्यो, र उनीबाट सकेसम्म टाढा रहने गर्थेँ। वेन्डी मसँग मिलेर काम गर्न चाहन्छिन्, कामकुराबारे छलफल गर्न मलाई खोज्ने गर्छिन्, भन्‍ने मलाई आभास थियो, तर मैले वेवास्ता गर्दै जवाफ दिन्थेँ, र खासमा उनीसँग नजिक हुन उत्सुक थिइनँ, किनभने मलाई उनमा खराब मानवता छ भन्‍ने लाग्थ्यो। कहिलेकाहीँ मेरो मनमा केही खराब सोच आउँथ्यो, “वेन्डी हाम्रो समूहमा नभएको भए धेरै राम्रो हुनेथ्यो, अनि कसैले पनि मेरो कमजोरी खोतल्ने थिएन।” एक पटक मण्डलीको अगुवा चुन्ने वार्षिक निर्वाचनमा मैले वेन्डीको निर्वाचन नतिजामा कडा नजर राखेकी थिएँ। मैले मनमनै सोचेँ: “खराब मानवता भएकी उनी चुनिने कुरै छैन।” तर अचम्म, सबैले उनी बोझ बोक्छिन् र धेरै जिम्मेवार छिन् भने। कसैले पनि उनको मानवतामा कुनै गम्भीर समस्या छ भन्‍नेबारे केही बोलेनन्। माथिल्लो नेतृत्वले पनि वेन्डीलाई सही व्यक्ति माने। म निकै अलमलमा परेँ: “त्यसोभए कसैले पनि वेन्डीलाई चिनेका रहेनछन्? उनी निकै अहङ्कारी छिन्, अरूको कमजोरी खुलासा गर्न मन पराउँछिन्, र यो खराब मानवताको स्पष्ट सङ्केत हो।” म फेरि उनको साझेदार साथी हुन चाहन्नथेँ, तर नतिजा आउँदा हामी दुवै अगुवा चुनिएका थियौँ। अब फेरि वेन्डीसँग साझेदार हुनुपर्ने भयो भन्‍ने सोच्दा मैले निकै गह्रुङ्गो महसुस गरेँ। त्यसपछि, मैले कामबारे छलफल गर्न वेन्डीलाई खोज्न छाडेँ। धेरैजसो वेन्डी नै म भएठाउँ आउँथिन् र म सम्भव भएसम्म भेटघाट टाल्ने गर्थेँ। अधिक समयसम्म टाल्न नसकेपछि मात्र उनीसँग छलफल गर्थेँ, तर उनीसँग खेलेर मनको कुरा भन्दिनँथेँ।

एक पटक, दुइटा ब्रदरले वेन्डीको एउटा समस्या रिपोर्ट गरे। तिनीहरूले वेन्डीले जीवन प्रवेशबारे कमै सङ्गति गर्ने र काममा मात्रै बढी केन्द्रित हुने गरेको भने। वेन्डीसँग साझेदार हुँदादेखि नै म पनि उनले जीवन प्रवेशबारे कुरा गरेको खासै पाउँदिनँथेँ। उनी भेलाको दौरान सक्रिय भई सङ्गति गर्दिनथिन्। उनको वास्तविक अवस्था बुझ्ने वा उनीसँग सङ्गति गर्ने चेष्टा नगरी, मैले तुरुन्त यो समस्या दुईजना डिकनसामु उठाएँ। बाहिरबाट, म उनको समस्याबारे मात्र छलफल गर्दैथिएँ, तर वास्तवमा मैले यसो भनिरहेकी थिएँ: “वेन्डी मण्डली अगुवा हुन्, उनी काममा मात्र केन्द्रित भएर समस्या समाधानका लागि सत्यतामा सङ्गति गर्दिनन् भने उनी यो भूमिकामा उपयुक्त छैनन्।” त्यो बेला म आफ्नो निजी अभिप्रायको पक्षमा बोलिरहेकी थिएँ। वेन्डीले जीवन प्रवेशलाई महत्त्व नदिएकी र मण्डली अगुवा हुन योग्य नभएकी भन्‍नेबारे डिकनहरू मसँग सहमत भए। मैले तिनीहरूलाई यो पनि भनेँ: “वेन्डी निकै हैकमवादी हुन्छिन्, आफू बोल्दाखेरि अरू मानिसको भावनालाई कदर गर्दिनन्, जुन बाँधित बनाउने कुरा हो।” मैले यसो भनिसकेपछि, अर्को सिस्टरले पनि सार मिलाउँदै वेन्डीले उनको कमी खुलासा गरेको र यसले उनलाई निकै असहज बनाएको भनिन्। यसले मलाई झन् यकिन दिलायो कि वेन्डीमा मानवताको समस्या छ। तब मैले भनेँ: “वेन्डीमा खराब मानवता छ र उनी निकै निर्दयी छिन्।” र मैले उनीहरूलाई केही उदाहरण दिएँ। यसो भन्दै गर्दा मलाई केही अप्ठेरो लागिरहेको भएपनि, वेन्डीले मलाई बाँधित तुल्याएको सम्झँदा उनमा केही समस्या छ भन्‍नेमा म ढुक्क थिएँ। मैले भन्न खोजेको कुरा सुनेपछि, ती दुई डिकन वेन्डीमा खराब मानवता छ भन्‍नेमा सहमत भए। तिनीहरूले पनि मैले जस्तै भित्रभित्रै वेन्डीको आलोचना गर्थे, र हाम्रो अनलाइन भेला हुँदा, वेन्डीले सङ्गति गरिरहेकी बेला हामी एकअर्कालाई सन्देश पठाउँदै उनको जीवन प्रवेश र सङ्गति कति खराब छ भन्थ्यौँ। एक पटक, एक डिकन र अर्को सिस्टर मेरो वर्तमान स्थितिबारे कुराकानी गर्न आए। तिनीहरूले वेन्डीसँग मेरो साझेदारी कसरी चलिरहेको छ भनी सोधेपछि, मैले भनेँ: “उनी निकै हैकम चलाउँछिन्, लवज राम्रो छैन, र कहिलेकाहीँ उनीसँग कुरा गर्दा मलाई उपेक्षा गर्छिन्। उनी निकै निर्दयी देखिन्छिन् र उनीबाट नियन्त्रित भएको महसुस हुन्छ।” त्यो बेला, ती दुई सिस्टरले मलाई राम्रोसँग चिनेका थिएनन्, र माथिको अगुवासँग सम्पर्क गर्नेछौँ भनेर बताए। आखिरमा, वेन्डी मण्डली अगुवा भएकीले उनमा भएका समस्याले मण्डलीको काममा प्रभाव पार्ने थियो। यो सुनेर मैले सोचेँ: “उनलाई माथिका अगुवाले प्रतिस्थापित गरे भने, म उनीसँग साझेदार हुनुपर्ने छैन।” अर्कोदिन हामीले माथिल्लो अगुवासँग भेट गर्यौँ र वेन्डीका धेरै समस्या उठायौँ। मैले उनको खराब जीवन प्रवेश र मानवताको कुरा गरेँ, उनीबाट बाँधित भएको बताएँ। अन्य दुई सिस्टरले पनि आफ्नो कुरा थपे। यी सबै कुरा सुनेर माथिल्लो अगुवाले केही अचम्म मानिन्, उनले आफू वेन्डीसँग परिचित रहेको र वेन्डी त्यस्तो भएजस्तो नलागेको बताइन्। उनले यस विषयमा थप बुझ्ने बाचा गरिन्।

केही दिनपछि माथिल्लो अगुवाले मलाई जानकारी दिइन् कि, मैले वेन्डीसँग गरेको व्यवहार, उनी विरुद्ध गिरोह बनाएको, गुप्त रूपमा उनलाई कमजोर बनाउने कोसिस गरेको, उनको मूल्याङ्कन गरेको र सकारात्मक भूमिका नखेलेको आधारमा म खराब मानवता भएकी, सम्वर्द्धन गर्न अयोग्य रहेकी स्पष्ट थियो, र सिद्धान्तअनुसार मलाई प्रतिस्थापित गरिनुपर्ने हो। म स्तब्ध भएँ, परिस्थिति यसरी बदलिनेछ भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। “गिरोह बनाउनु,” “गुप्त रूपमा कमजोर बनाउनु,” “आलोचना गर्नु,” “खराब मानवता,” “सम्वर्द्धन गर्न अयोग्य,” यी चरित्रचित्रणले मलाई एक टन इँटाले हिर्काएजस्तै भयो। मैले यो विश्‍वास नै गर्न सकिनँ, झन् यसलाई स्विकार्न तयार नै थिइनँ। म केही बुझ्नै सकेकी थिइनँ: म सानो हुँदादेखि नै मलाई सबैले राम्रो मान्थे। अहिले उनले ममा खराब मानवता रहेको भन्दैछिन्, यो कसरी हुन सक्छ? मैले नै उल्टो सुने कि? यसरी खुलासा र चिरफार हुनु एउटा नराम्रो सपनाजस्तै थियो, मलाई निकै पीडा भयो।

प्रतिस्थापित गरिएपछि, मैले परिस्थितिको सामना गर्न चाहिनँ, मेरो मानवताबारे गरिएको त्यो आलोचना मैले स्विकार्न सकिनँ, आफू त्यस्तो व्यक्ति थिएँ भन्‍ने सोचिनँ, र आत्मसमीक्षा गर्ने थोरै पनि कोसिस गरिनँ। मैले मलाई प्रतिस्थापित गरिएको बारेमा छलफल गर्दा परिस्थितिको गम्भीर प्रकृतिलाई नजरअन्दाज गरेँ, मानिसले मलाई सधैँ राम्रो मानवता, दयालु र बुझ्झकी भन्‍ने गरेको बताएँ। यो एउटा दुर्घटना मात्र थियो र मेरो वास्तविक प्रकृतिलाई प्रतिबिम्बत गर्दैनथ्यो। त्यसपछि, मेरो अगुवाले धेरै पटक मलाई महत्त्वपूर्ण कर्तव्य सुम्पने विचार गरे, तर अन्तमा मेरो कमजोर मानवताको कारण नदिने निर्णय गर्थे। यसले मलाई निकै नराम्रो महसुस भयो, र रुँदै परमेश्‍वरलाई बिन्ती गरेँ: “हे परमेश्‍वर, के साँच्चै मेरो मुक्तिको बाटो छैन? के मेरो मानवता त्यति खराब छ? बिन्ती मलाई आत्मज्ञान पाउन मार्गदर्शन गर्नुहोस्। म चिन्तन गर्न तयार छु।” प्रार्थनापछि, मैले परमेश्‍वरका वचनको यो खण्ड भेटेँ। “तिमीहरूको दैनिक जीवनमा कुन-कुन मामलाहरूमा तिमीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि कुन-कुन मामलाहरूमा हुँदैन? के तँ कसैले तँलाई चिढ्याउँदा वा तेरो हितहरूमा असर गर्दा उसलाई घृणा गर्न सक्छस्? अनि, जब तैँले कसैलाई घृणा गर्छस्, के तँ उसलाई दण्ड दिन र उसँग बदला लिन सक्छस्? (सक्छु।) त्यसोभए तँ निकै डरलाग्दो छस्! यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छैन, र तँ दुष्कर्महरू गर्न सक्छस् भने, तेरो यो क्रूर स्वभाव निकै गम्भीर छ! प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्‍ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले शैतान र दियाबलसहरूलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ घृणाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउन र तिनीहरूसित बदला लिन सक्छस् भने, यो धेरै डरलाग्दो हुन्छ, र यो दुष्ट व्यक्तिको स्वभाव हो। कतिपय मानिसहरूमा घृणाले भरिएका सोच र विचारहरू अर्थात् दुष्ट विचारहरू मात्र हुन्छन् तर तिनीहरूले कहिल्यै पनि दुष्ट कार्यहरू गर्दैनन्। तिनीहरू दुष्ट मानिसहरू होइनन् किनभने केही आइपर्दा, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्, र आफूले कस्तो आचरण अँगाल्‍ने र कसरी परिस्थिति सम्हाल्ने भन्‍नेबारेमा तिनीहरूले सिद्धान्तहरूमा ध्यान दिन्छन्। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले माग्‍नुपर्नेभन्दा बढी माग गर्दैनन्; यदि तिनीहरू त्यो व्यक्तिसँग राम्ररी मिल्छन् भने, तिनीहरूसँग अन्तरक्रिया गरिरहनेछन्; यदि मिल्दैनन् भने, अन्तरक्रिया गर्नेछैनन्। यसले तिनीहरूको कर्तव्यपालन वा जीवन प्रवेशलाई बिरलै असर गर्छ। परमेश्‍वर तिनीहरूको हृदयमा हुनुहुन्छ र तिनीहरूसँग उहाँको डर मान्ने हृदय छ। तिनीहरू परमेश्‍वरलाई चिढ्याउन अनिच्छुक हुन्छन्, र उहाँलाई चिढ्याउन डराउँछन्। यी मानिसहरूमा केही निश्‍चित गलत धारणा र विचारहरू भए पनि, तिनीहरू ती विचारहरूविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो कार्यव्यवहारमा संयम अपनाउँछन्, र विषयबाहिरको वा परमेश्‍वरलाई चिढ्याउने एक शब्द पनि बोल्दैनन्। यस तरिकाले बोल्ने र व्यवहार गर्ने व्यक्ति सिद्धान्तहरू भएको र सत्यता पालना गर्ने व्यक्ति हो। यस्तोमा तेरो व्यक्तित्व कसैको व्यक्तित्वसँग नमिल्दो हुन सक्छ, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमाथि तेरा निराशाहरू पोखाउँदैनस्; तैँले सिद्धान्तअनुसार कामकाज सम्हाल्न सक्छस्। यो के कुराको प्रकटीकरण हो? यो परमेश्‍वरको डर मान्ने हृदय हुनुको प्रकटीकरण हो। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ अरू कसैमा केही कमी वा कमजोरीहरू देख्छस्, तब उसले तँलाई चोट पुऱ्याएको छ भने पनि वा ऊ तँविरुद्ध पूर्वाग्रही छ भने पनि, तँसित अझै पनि त्यो गुण छ र तैँले उसलाई सही व्यवहार र प्रेमपूर्वक मदत गर्नेछस्। यसको अर्थ के हो भने, तँमा प्रेम छ, तँ मानवता भएको व्यक्ति होस्, तँ दयालु र सत्यता अभ्यास गर्ने व्यक्ति होस्, तँ सत्यता वास्तविकता भएको इमान्दार व्यक्ति होस् र तँ परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति होस्। यदि तँ अझै पनि सानो कदको छस, तर तँसँग इच्छाशक्ति छ, र तँ सत्यताको लागि लागिपर्न इच्छुक छस्, र तँ सिद्धान्तअनुसार काम गर्न लागिपर्छस्, र तँ सिद्धान्तअनुसार परिस्थिति सम्हाल्न र अरूसित व्यवहार गर्न सक्छस् भने, यसलाई पनि अलिअलि परमेश्‍वरको डर मान्ने हृदय भएको मान्‍न सकिन्छ; यो सबैभन्दा आधारभूत कुरा हो। यदि तैँले यो कुरासमेत हासिल गर्न सक्दैनस् भने, र आफूलाई काबुमा राख्‍न सक्दैनस् भने, तँ निकै ठूलो खतरामा छस् र तँ निकै डरलाग्दो छस्। यदि तँलाई कुनै पद दिइयो भने, तैँले मानिसहरूलाई दण्ड दिन र तिनीहरूलाई समस्यामा पार्न सक्छस्; अनि तँ कुनै पनि बेला ख्रीष्टविरोधीमा परिवर्तन हुने सम्‍भावना हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनबाट मैले परमेश्‍वरको डर मान्ने हृदय भएका मानिसले तुच्छ तरिकाले बोल्ने र काम गर्दैनन् भन्‍ने थाहा पाएँ। तिनीहरूको हितमा अरू मानिसले खतरा पुर्याएपनि, परमेश्‍वरलाई चिढ्याउने डरले तिनीहरूले मानिसलाई आक्रमण वा बहिष्कार गर्ने गर्दैनन्। परमेश्‍वरको डर नमान्नेहरूको हृदयमा परमेश्‍वरका लागि ठाउँ हुँदैन, र त्यसैले तिनीहरू आफूखुसी गर्छन् र बोल्छन्। तिनीहरूको हितमाथि खतरा उत्पन्न गर्ने जोकोहीलाई दण्डित गर्छन्, बदला लिन्छन्। परमेश्‍वर भन्नुहुन्छ यो दुष्ट व्यक्तिको स्वभाव हो। “दुष्ट व्यक्तिको स्वभाव” भन्‍ने यो वाक्यांशले मेरो मनमा छोयो र वेन्डीसँगको मेरो कुराकानीको हरेक दृश्य एकएक गरी आउन थाले। उनी अपेक्षाकृत खुलेर बोल्थिन्, उनी प्रायः मलाई केही सल्लाह दिन्थिन्, मेरो कर्तव्यमा रहेका कमी बताउँथिन्, यसले मलाई मेरो इज्जत गुमेको भन्‍ने लाग्यो। यसर्थ, मलाई वेन्डीमा खराब मानवता छ र उनीसँग घुलमिल हुन कठिन छ भन्‍ने लाग्यो। कहिलेकाहीँ वेन्डीसँग कुरा गर्दाखेरि उनले तुरुन्त जवाफ नदिँदा उनमा खराब मानवता रहेको भन्‍नेमा झन् विश्‍वस्त भएँ र उनलाई झन् मन पराउन छोडेँ। उनले जीवन प्रवेशमा ध्यान नदिएको भनी कसैले भनेको सुन्दा, मैले सन्दर्भलाई हेरिनँ, उनको नियमित व्यवहारप्रति विचार गरिनँ, बरु यसको लाभ उठाउँदै अरू साझेदारलाई यो कुरा बताएँ। मैले तिनीहरूलाई वेन्डी काममा मात्र केन्द्रित हुन्छिन्, जीवन प्रवेशमा हुँदिनन्, यसैले अगुवा हुन योग्य छैनन् भनेँ। म तिनीहरूलाई आफूतिर तानेर वेन्डीलाई एक्ल्याउन चाहन्थेँ। अहिले सम्झँदा, मण्डलीको सुसमाचार कामको सुपरिवेक्षक भएकीले वेन्डीमा कामको धेरै दबाब थियो। उनले हेर्नुपर्ने काम धेरै थिए, कहिलेकाहीँ काममा समस्या देखिँदा र नतिजा नआउँदा उनलाई बेचैन हुन्थ्यो। कामका बारेमा मात्रै कुरा गर्नु, सत्यताको सिद्धान्तबारे सङ्गति गर्न ध्यान नदिनु उनको कर्तव्यमा विचलन थियो। यसको अर्थ उनी कर्तव्यको योग्य थिइनन् भन्‍ने थिएन। तर मैले वेन्डीलाई हटाउने अभिप्रायले उनको मूल्याङ्कन गरेँ ताकि अबदेखि म उनको साझेदार हुनु नपरोस्। के म उनलाई दण्डित गर्न खोजिरहेकी थिइनँ? यस बाहेक, हरकोहीको मुड कहिलेकाहीँ खराब हुन्छ। को हरसमय निस्फिक्री रहन सक्छ र? आखिरमा, वेन्डी काममा व्यस्त हुन्थिन्, त्यसैले उनीसँग मलाई ध्यान दिने समय नहुनु सामान्य थियो, यो बुझ्न सकिने कुरा थियो। तर मलाई उपेक्षा गरेको भन्दै ठूलो कुरा बनाएँ, र उनमा खराब मानवता छ, उनी निकै चिसो छिन् भन्‍ने निष्कर्ष निकालेँ। यो सत्यतासँग मेल खाँदैनथ्यो, मैले अन्धाधुन्ध उनलाई अनुचित बिल्ला भिराइरहेकी थिएँ, उनको निन्दा गरिरहेकी थिएँ। यी सोचलाई अरू सिस्टरहरूसम्म फैलाएँ, जसले गर्दा उनीहरू वेन्डीप्रति झन् धेरै पूर्वाग्रही हुन पुगे। उनीहरूले पनि मैलेजस्तै उनको पछाडि कुरा काट्न थाले, र आफ्नो कर्तव्यमा ध्यान दिन छोडे। त्यस प्रकारका कामकुरा गर्ने मेरो स्वभाव निकै दुष्ट रहेको हुनुपर्छ। जब वेन्डीको कार्य र बोलीले मेरो हित र प्रतिष्ठालाई खतरामा पार्यो, मैले उनलाई निन्दा, आक्रमण गरी प्रतिशोध लिएँ। मेरो हृदयमा परमेश्‍वरको अलिकति पनि डर थिएन। मण्डली अगुवा भएर म मेरा ब्रदर-सिस्टरसँग साझेदार भई काम गर्न र सिद्धान्तअनुसार मेरो कर्तव्य गर्न असफल मात्र भइनँ, मैले दुष्कर्म र मण्डलीको काममा अवरोध गर्न अगुवाइ पनि गरेँ। म वास्तवमा यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न योग्य थिइनँ। मलाई लाग्थ्यो मेरो मानवता राम्रो छ, म दयालु र समझदार छु, तर त्यो अरूले मेरो हितमा खतरा नपार्दासम्म मात्र रहेछ। खतरा पार्ने बित्तिकै मेरो दुष्ट स्वभाव देखियो, अनि म मानिसलाई आलोचना र आक्रमण गर्न, उनीहरूसँग बदला लिन थालेँ। यो महसुस भएपछि मात्रै ममा खराब मानवता रहेको पाएँ। मलाई प्रतिस्थापन गरिनु परमेश्‍वरको धार्मिकता थियो, म त्यो नियतिको लायक थिएँ। त्यसपछि, मैले ब्रदर-सिस्टरसँग खुलेर कुरा गरेँ, मेरा कार्यको पछि रहेको अभिप्रायको विश्लेषण गरेँ, र आफूबारेको चिन्तन र ज्ञानबारे बताएँ। मेरा ब्रदर-सिस्टर सबैले मलाई प्रोत्साहित गरे। तिनीहरूले भने, “प्रतिस्थापित गरिएपछि आत्मज्ञान पाउन सक्नुभयो, यो राम्रो कुरा हो!” त्यो अनुभवबाट मैले आफूबारे केही ज्ञान पाएँ, र मेरो खिन्नता केही कम भयो। केही हदसम्म आफू खुलासा भएको कुरालाई स्वीकार पनि गर्न सकेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले साँच्चै दुष्कर्म गरेकी छु। अबदेखि म पश्चात्ताप गर्न तयार छु।” त्यस बेलापछि, अरूसँगको कुराकानीमा मेरो भ्रष्ट स्वभाव देखिन थाल्दा, म परमेश्‍वरलाई प्रार्थना, आत्मचिन्तन, अरूसँग सौहार्दपूर्ण तरिकाले साझेदारी गर्न ध्यान केन्द्रित गर्थेँ। म आफ्नो कर्तव्यमा पनि निष्ठावान हुन थालेँ, र मेरा दिनहरू पूर्ण र समृद्ध भएझैँ लाग्यो। केही दिनपछि नै, मेरो माथिल्लो अगुवा म भएठाउँ आइन्, र भनिन् कि म विगतमा निकै अहङ्कारी, अरूको सल्लाह नस्विकार्ने र मानिसलाई सिद्धान्तअनुसार व्यवहार नगर्ने खालकी थिएँ, तर प्रतिस्थापित गरिएपछि, आत्मचिन्तन गरी मैले आफूलाई चिन्न सिकेकीले अगुवाकै भूमिकामा फर्किन दिन सबैजना सहमत भए। यो सुनेपछि म निकै आश्चर्यमा परेँ। फेरि अगुवाको रूपमा सेवा गर्नु पाउँछु भनेर मैले सोचेकी नै थिइनँ। म निकै भावुक भएकी थिएँ, र परमेश्‍वरप्रति निकै कृतज्ञ भएँ। मलाई विगतमा गरेका हरेक कामप्रति निकै पछुतो पनि भयो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ अनि पश्चात्ताप गर्ने, विगतका गल्ती नदोहोर्याउने, अरूसँग राम्रोसँग साझेदारी गर्ने र मन लगाएर कर्तव्य गर्ने सङ्कल्प गरेँ। पछि, मैले फेरि आत्मचिन्तन गरेँ: “विगतमा मैले वेन्डीप्रतिको पूर्वाग्रह किन छोड्न सकिनँ, उल्टै उनको पछाडि किन कुरा काटेँ, उनलाई अवमूल्यन गरेँ?” एक पटक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनको यी दुई खण्ड भेटेँ: “सर्वप्रथम त, काटछाँट हुने कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, काटछाँट गरिँदा, तिनीहरूलाई आफ्‍नो इज्‍जत गुमेको, आफ्‍नो प्रतिष्ठा, हैसियत र मर्यादा गुमेको, र सबैको अघि आफ्‍नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ, त्यसकारण तिनीहरूलाई काटछाँटमा पर्न स्विकार्न निकै गाह्रो हुन्छ, र जसले तिनीहरूलाई काटछाँट गर्छ उसले तिनीहरूलाई आक्रमण गर्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्‍ने सोच्छन्। काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने मानसिकता यही हो। यसबारेमा, तिमीहरू निश्‍चित हुन सक्छौ। काटछाँट गरिँदा नै वास्तवमा, कुनै व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन र ऊ साँच्‍चै समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरा सबैभन्दा बढी खुलासा हुन्छ। ख्रीष्टविरोधीहरू काटछाँटप्रति यति धेरै प्रतिरोधी हुनु नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई अलिकति पनि स्विकार्दैनन् भन्‍ने कुरा देखाउन पर्याप्त छ। त्यसकारण समस्याको जड यही हो। तिनीहरूको घमण्ड चुरो कुरा होइन; सत्यता स्वीकार नगर्नु नै समस्याको सार हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूसँग निराकरण गर्ने व्यक्तिले राम्रो स्वर र मनोवृत्ति प्रयोग गरोस् भनी तिनीहरू चाहन्छन्। यदि यसो गर्ने व्यक्तिको भाव गम्‍भीर र मनोवृत्ति कठोर छ भने, लाजले गर्दा ख्रीष्टविरोधीले विरोध गर्छ र ऊ अवज्ञाकारी र क्रोधित हुन्छ। तिनीहरूबारे खुलासा गरिएको कुरा सही हो कि होइन वा यो तथ्य हो कि होइन भन्‍ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्, र तिनीहरूले कहाँ गल्ती गरे वा तिनीहरूले सत्यता स्विकार्नुपर्छ कि पर्दैन भन्‍ने कुरा पनि वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो स्वाभिमान र प्रतिष्ठामा प्रहार भएको छ कि छैन भन्‍ने मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट मानिसहरूको लागि उपयोगी हुन्छ, प्रेमपूर्ण हुन्छ र मुक्ति दिने हुन्छ, त्यो मान्छेको लागि फाइदाजनक हुन्छ भनेर मान्‍न पटक्‍कै सक्दैनन्। तिनीहरूले यो कुरा देख्‍न समेत सक्दैनन्। के यो तिनीहरूको अन्धाधुन्ध र अव्यावहारिक कार्य होइन र? त्यसकारण, काटछाँट सामना गर्दा, ख्रीष्टविरोधीले कस्तो स्वभाव प्रकट गर्छ? शङ्कै छैन, त्यो सत्यताप्रति वितृष्णा राख्‍ने, साथै अहङ्कारी र हठी स्वभाव हो। यसले ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यताप्रति वितृष्णा राख्‍ने र यसलाई घृणा गर्ने खालको हुन्छ भन्‍ने तथ्य खुलासा गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरले ख्रीष्टविरोधीहरू कसरी आफ्नै हैसियत र प्रतिष्ठा जोगाउन तल्लीन हुन्छन् काटछाँटमा पर्दा आत्मचिन्तन बिलकुलै गर्दैनन्, आफूलाई चिन्दैनन् बरु, प्रतिकार र इन्कार गर्छन्, र अरूले डाहले प्रतिशोध साँधेको सोच्छन्। तिनीहरूले मानिसलाई आक्रमण गर्छन्, बदला लिन्छन्, यी सबै व्यवहारले तिनीहरूको स्वभावलाई देखाउँछ, जुन सत्यताप्रति वितृष्णा र घृणाले भरिएको हुन्छ। परमेश्‍वरका वचनले गरेका खुलासालाई मेरो अवस्थासँग दाँजेर हेर्दा, वेन्डीप्रतिको मेरो मूल्याङ्कन, अवमूल्यन, आक्रमण र बदला सबैले मेरो ख्रीष्टविरोधी स्वभावलाई देखाउँथे। वेन्डीसँग साझेदार हुँदा, उनी अक्सर मलाई सल्लाह दिन्थिन्, मेरो कमी बताउँथिन्, तर मलाई काटछाँट गरिनन्। वेन्डीले भनेको कुरा सत्य हो कि होइन, मैले गल्ती गरेकी छु कि छैन, वा उनले भनेको कुराबाट मैले के सिक्न सक्छु भनेर चिन्तन गरिनँ। उल्टै म सधैँ उनलाई घुरेर हेर्थेँ, उनले मेरो डाह र तिरस्कार गरेको हो भन्‍ने सम्झन्थेँ। मैले उनमा खराब मानवता छ भन्‍ने पनि निष्कर्ष निकालेँ। मैले आफ्नै समस्यालाई फिटिक्कै चिनिनँ। त्यो बेला, म मण्डली अगुवा थिएँ, र सामान्य मामिलाको रेखदेखमा पनि समय छुट्याउँथेँ, तर सामान्य मामिलाबारे राम्रो जानकार नभएको लागेर मैले त्यो काम सम्हाल्ने वा त्यबारे सोध्ने झन्झट गरिनँ, र त्यो क्षेत्रमा दक्ष रहेकाहरूसँग मद्दत पनि लिइनँ। म व्यवहारिक काम गर्न असफल भैरहेकी थिएँ। वेन्डीले यो कुरा उठाउनु ठीक थियो! वेन्डीले मेरो काममा विचलन ल्याई मलाई केही सुझाव दिएर मलाई सुधार्न सहयोग गर्दै थिइन्। तर, मैले केवल आफ्नै प्रतिष्ठा र हैसियतलाई विचार गरेँ, र उनले मेरो क्षमतामा सवाल उठाएकी भन्‍ने लाग्यो। उनले मलाई सम्झाउनु र सहयोग गर्नुलाई व्यक्तिगत रूपमा लिएँ, र अरूलाई मेरो पक्षमा जुटाएर उनीविरुद्ध लगाएँ, मसँगै मिलेर वेन्डीलाई आलोचना र बहिष्कार गर्न लगाएँ, यी सबै वेन्डीका लागि हानिकारक थियो। यसले झगडालु वातावरण पनि पैदा गर्यो, जसले सबैलाई आआफ्नो कर्तव्यमा केन्द्रित हुन दिएन, र मण्डलीको काममा अवरोध ल्यायो। के मैले शैतानको भूमिका खेलिरहेकी थिइनँ र? मलाई वास्तवमै श्रापित र दण्डित गरिनुपर्ने थियो! मैले ती दुष्कर्मी र ख्रीष्टविरोधीलाई सम्झेँ जसलाई मण्डलीबाट निकालिएको थियो। तिनीहरूले सत्यताप्रति वितृष्णा र घृणा देखाए, परमेश्‍वरले बन्दोबस्त गरेको परिस्थिति स्विकार्न सकेनन्, आफ्नो हितलाई खतरामा पार्ने, आफ्नो रिसइबी गर्ने मानिसको विरुद्ध लागे, उनीहरूको कार्यलाई अतिविश्लेषण गरे; अरूले सम्झाउँदा, सहयोग गर्दा वा काटछाँट गर्दा पनि आत्मचिन्तन गरी आत्मज्ञान प्राप्त गर्न सकेनन्। साथै, तिनीहरू आफूलाई सुधार्न खोज्नेलाई घृणा गर्थे, आक्रमण र बहिष्कार गर्थे, आफू वरिपरिका रहेकालाई बाधा गर्थे, मण्डलीको काममा अवरोध पुर्याउँथे, र अन्तमा यति धेरै दुष्कर्म गरेपछि तिनीहरू निकालिए। यो सबै सत्यता नस्विकार्नु र यसप्रति वितृष्णा गर्नुको परिणाम हुन्। तिनीहरू सबैले पाउनुपर्ने पाए! यी विशेषतालाई हेर्दा, मैले पनि दुष्कर्मी र ख्रीष्टविरोधी जसरी व्यवहार गरिरहेकी थिइनँ र? मैले आफूलाई भ्रष्ट र खराब मानवता रहेको पाएँ। मलाई निकै डर लाग्यो, म निकै अनिश्चित अवस्थामा थिएँ, र मैले पश्चात्ताप गरिनँ भने परमेश्‍वरले मलाई घृणा गरी हटाउनुहुने थियो। मैले यो मौकाको सदुपयोग गरी पश्चात्ताप गर्नु र सकेसम्म सत्यता पछ्याउनु थियो, परमेश्‍वरको डर मान्ने हृदय बोकेर परिस्थितिको सामना गर्नु थियो, सत्यता खोज्नु थियो, आत्मचिन्तन गरी आत्मज्ञान लिनु थियो, बोलीमा विवेक र कुराकानी गर्दा असल अभिप्राय राख्नु थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र पहिलेजस्तो व्यवहार गर्दिनँ, परमेश्‍वरको जाँच स्विकार्न र साँचो पश्चात्ताप गर्न तयार छु भनेँ।

पछि, मैले परमेश्‍वरको वचनका अर्को खण्ड पढेँ। यो खण्डले व्यक्तिको मानवता कसरी मूल्याङ्कन गर्ने, प्रष्ट बोल्दै मलाई सल्लाह दिने मानिसप्रति कसरी व्यवहार गर्ने भनेर बुझायो। परमेश्‍वर भन्‍नुहुन्छ: “तँ त्यस्ता मानिसहरूसित नजिक हुनुपर्छ जसले सत्य बोल्छन्, जसले तँ त्यसो गर्न लायक हुँदा तँलाई हप्काउँछन् अनि तेरो हैसियत जे नै भए पनि तँलाई उदाङ्गो पारिदिन्छन्, तथापि तिनीहरूले तँलाई जसरी उदाङ्गो पारे पनि र हप्काए पनि, तिनीहरूले तँलाई सहायता गर्न र तँलाई रेखदेख गर्न सक्छन्। तँ त्यस्ता मानिसहरूसित नजिक हुनुपर्छ; तिनीहरू सच्चा मानिसहरू हुन् जसले सत्यतालाई पछ्याउँछन्। छली मानिसहरूको साथ नखोज् जो धूर्त हुन्छन्; त्यस्ता मानिसहरूदेखि टाढै बस्। यो नै सही मार्ग हो। सत्यतालाई पछ्याउने सच्चा मानिसहरूले तेरो हैसियत र योगदानहरूलाई वास्ता गर्दैनन्; तैँले तिनीहरूलाई प्रतिस्थापन गर्ने खतरा निम्त्याए पनि, तिनीहरू जोखिम मोल्न इच्छुक हुन्छन् अनि अझै खुलस्त भएर बोल्छन् र सिद्धान्तअनुसार चल्छन्, परमेश्‍वरको घरले मानिसहरूलाई जुन सिद्धान्तहरूद्वारा व्यवहार गर्छन्, त्यसरी नै तँलाई व्यवहार गर्छन्। जब तेरा कार्यहरूले सिद्धान्तलाई उल्लंघन गर्छन्, तब यी मानिसहरूले तँलाई उदाङ्गो पारिदिन्छन्, तँलाई सल्लाह दिन्छन्, अनि तेरा समस्याहरूलाई खुल्लमखुल्ला र पूर्ण रूपमा औंल्याइदिन्छन्। तिनीहरू तेरो अहम्‌तामा चोट पार्न डराउँदैनन्, अनि तिनीहरूले तँलाई भीडको सामु अप्ठ्यारोमा समेत पार्नेछन् र कठिन परिस्थितिमा पर्न बाध्य पार्नेछन्। तैँले त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूलाई तैँले कडा व्यवहार गर्नुपर्छ कि तिनीहरूलाई नजिकै राख्नुपर्छ त? (तिनीहरूलाई नजिकै राख्‍नुपर्छ।) त्यो सही हो, तर त्यसो गर्नको निम्ति तँ आफ्नो बाटोदेखि बाहिर नजा—त्यो अलि इमानदार कार्य होइन। जब तँ नराम्रो मनस्थितिमा हुन्छस्, तब तिनीहरूदेखि केही समयको लागि टाढै बस्नु ठीकै हो; गएर तिनीहरूसित गएर सङ्गति गर्ने अवस्थामा नपुगेसम्म पर्खेर बस्: ‘तपाईंको सुझाव सही थियो; मेरो हृदयमा अहमता र हैसियतको निम्ति चिन्ता थियो। मैले सोचेको थिए, म अगुवा भएको यति धेरै वर्ष भएको हुनाले तपाईंले ती मानिसहरूको सामु मेरो घमन्डलाई जोगाउनुभएको भए हुनेथियो, तर अहिले मैले मेरा कार्यहरू सिद्धान्तसित अमिल्दो थिए र सत्यतारहित थिए अनि मैले त्यसो गर्न हुँदैनथियो भन्‍ने थाहा पाएँ। त्यस्तो हैसियत हुनुको के अर्थ छ र? के यो कर्तव्य होइन र? हामी सबै बराबर छौँ। तपाईंसित भएको भन्दा मेरो अलि बढी जिम्मेवारी छ, कुरा त्यति हो। भविष्यमा, तपाईंले जे भन्नुपर्छ, त्यो भन्नुहोस्। हामीबीच कुनै वैरभाव छैन। परमेश्‍वरको घरमा, परमेश्‍वरका सामु र सत्यताको सामु, हामी एक छौँ अनि हामीबीच केही छैन।’ सत्यतालाई अभ्यास गर्ने र प्रेम गर्ने आचरण यही हो। यदि तँ ख्रीष्टविरोधीहरूको बाटोदेखि टाढा रहन चाहन्छस् भने तैँले के गर्नुपर्छ? तँ सक्रिय भएर सत्यतालाई प्रेम गर्ने सच्चा मानिसहरूसित नजिक हुनुपर्छ। त्यस्ता मानिसहरूको नजिक बन्, जसले तँलाई सल्लाह दिन सक्छन्, जसले तेरो मुखेन्जी आलोचना गर्नेछ, जसले तेरो कृपा पाउन तेरो चापलुसी गर्दैन, जसले तैँले केही गल्ती गर्दा अनि तैँले आफूलाई उच्च पार्दा र आफ्नै गवाही दिँदा अनि अरूलाई धोका दिने कोसिस गर्दा त्यो कुरा औँल्याइदिन्छन्। यो नै सही बाटो हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार)। परमेश्‍वरका वचनबाट मैले सत्यता सिद्धान्त पालना गर्दै इन्साफको बोध भएका मानिसले आफ्ना ब्रदर-सिस्टरमा समस्या वा कमी देखिएमा बताउन सक्छन्, आफ्ना काममा सिद्धान्तविरुद्ध जाने मानिसलाई काटछाँट, खुलासा र चिरफार गर्न सक्छन्, यस्ता मानिसमा असल मानवता हुन्छ र म उनीहरूको नजिक रहनुपर्छ भन्‍ने कुरा बुझेँ। यदि कोही बाहिरबाट प्रेम गर्ने, मानिससँग घुलमिल गर्ने कसैलाई नचिढ्याउने र सबैले मन पराउने छन्, तर तिनीहरूले सिद्धान्तअनुरूप नहुने वा मण्डलीका हितलाई हानि गर्ने कुरा देख्दा आफ्नो सम्बन्ध जोगाउँदै समस्या विरुद्ध नबोल्ने, खुलासा नगर्ने र नरोक्ने गरेमा तिनीहरू स्वार्थी र छली हुन्, तिनीहरूले परमेश्‍वरको घरका हितको रक्षा गरिरहेका हुँदैनन्। मैले सम्झेँ, म मानिसको मानवता तिनीहरू मिलनसार छन् कि छैनन्, र मानिसको मर्यादा सुरक्षित राख्ने तरिकाले बोलेका छन् कि छैनन् भन्‍ने आधारमा मूल्याङ्कन गर्थेँ, तर यो मूल्याङ्कन सत्यताअनुरूप थिएन। अक्सर मेरो समस्या र कमी देखाउने काम वेन्डीबाट मात्र हुने गरेको मैले महसुस गरेँ। वेन्डीले एकदमै सिधै बोलेपनि उनी सत्य कुरा बोल्थिन् र मेरो समस्या बताउन सक्थिन्, त्यसले मेरो कर्तव्य सम्पादनमा र मेरो जीवन प्रवेशमा सुधार गर्थ्यो। मैले उनीसँग धेरै समय बिताउनुपर्ने र उनका सुझावहरू सुन्नुपर्ने थियो। त्यसपछि मैले वेन्डीसँग माफी मागेँ। मलाई जान्दथेँ, उनीमाथि मैले पुर्याएको क्षति अपूरणीय छ, तर उनीसँग साझेदारी गर्ने अर्को मौका पाए म खुसीसाथ त्यो अवसर सँगाल्ने थिएँ।

पछि, मेरो साझेदारी ब्रदर लियोनार्डसँग भयो। लियोनार्डको क्षमता राम्रो थियो र कर्तव्यमा निकै जिम्मेवार थिए। उनले म कर्तव्यबाट विचलित भएको देखे भने अरूकै सामुन्न यो कुरा मलाई बताउँथे। सुरुमा, केही अप्ठेरो लागेपनि, मैले उनको आलोचना परमेश्‍वरबाट आएको पाठ भनी लिन सकेँ। तर समय बित्दै जाँदा र यही सिलसिला जारी रहँदा, मलाई दिक्क लाग्न थाल्यो। कहिलेकाहीँ लियोनार्डले तिरस्कारपूर्ण आलोचना गर्दथे, र मेरो काममा गल्ती भेट्थे। म निकै लज्जित हुन्थेँ, उनले मलाई स्पष्ट देखे झैँ लाग्थ्यो, र मलाई उनीसँग साझेदारी गर्न मन लाग्न छोड्यो। मलाई उनी निकै घमण्डी र उनको आवाजको लहज अस्वीकार्य लाग्यो। कैयौँ पटक अरूसँग मेरो साझेदारीबारे छलफल गर्दा म लियोनार्डलाई होच्याउन चाहन्थेँ, तर केही भन्नै खोज्दा म आफू गलत छु भन्‍ने लाग्थ्यो, लियोनार्डको आलोचनामा मैले पक्कै पनि धेरै कुरामा प्रवेश गर्न सक्थेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, राम्रो सोच राख्दै परमेश्‍वरको अभिप्रायअनुरूप हुने गरी लियोनार्डसँग कसरी साझेदारी गर्ने भनी खोजेँ। मैले खराब मनसाय राखेर लियोनार्डको मूल्याङ्कन गर्न सक्दिनथेँ। पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेटेँ। त्यो मेरा लागि निकै उपयोगी थियो। “जब तैँले कुनै गलत काम गरिरहेको छस् वा तँमा भ्रष्ट स्वभावको प्रकाश छ भन्‍ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले कुनै कुरा आफै निर्णय गर्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आफ्ना बारेमा मनन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? हुन्छस्—त्यो तेरो सुरक्षा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनले मलाई सम्झाए कि सिधै बोल्ने र मेरा कमीहरू तुरुन्त बताउने आत्मविश्‍वास सहितको इन्साफको बोध भएको व्यक्ति मेरो साथमा हुनु एक किसिमको सुरक्षा थियो, यसले मलाई बरालिन रोक्थ्यो र यो परमेश्‍वरको प्रेम थियो। गर्नुपर्ने सही कुरा यो परिस्थितिलाई स्विकार्नु थियो! त्यो अवधिमा, म केही सामान्य काम गर्नमै सन्तुष्ट थिएँ। तर, नयाँ विश्‍वासीलाई मलजल गर्ने महत्त्वपूर्ण काम गर्ने कुरामा मैले मूल्य चुकाउन सकिनँ। लियोनार्डले बारम्बार सम्झाउँदा मलाई कर्तव्यप्रति केही बढी व्यावहारिक बनायो। लियोनार्डले बताएको अभ्यासको मार्गबाट पनि मैले धेरै कुरा पाएँ। उनको सहयोग र सल्लाह धेरै मूल्यवान थिए। सत्यता नभएको, अझ गम्भीर भ्रष्ट स्वभाव भएको र कुनैपनि समय गल्ती गर्न सक्ने मलाई रेखदेख गर्न लियोनार्ड हुनु वास्तविक प्रोत्साहन थियो र यसले मलाई दुष्कर्म गर्नबाट रोक्नेथ्यो। यो बुझेर म मेरो कर्तव्यका विचलन हल गर्न र लियोनार्डको सल्लाहप्रति राम्रो मनोवृत्ति अपनाउन तयार भएँ। मैले उनलाई यसो भन्दै सन्देश पठाएँ: “अबदेखि ममा कुनै समस्या देखिएमा मलाई भन्नु है। मलाई केही अप्ठेरो लाग्न सक्छ, तर यो मेरा लागि उपयोगी हुनेछ।” पछाडि फर्केर हेर्दा, विगतका केही वर्षमा परमेश्‍वरले मेरो छेउमा धेरै मानिसलाई राख्नुभयो, तर म सधैँ तिनीहरूबाट पर रहन चाहेँ, किनभने तिनीहरूसँग घुलमिल हुन कठिन लाग्थ्यो। वास्तवमा, मानिसबारे खराब मूल्याङ्कन गर्ने म नै थिएँ, मानिसलाई कसरी मूल्याङ्कन र व्यवहार गर्ने थाहा थिएन, त्यसैले मैले अन्जानमै आफ्नो साझेदारहरूबाट सिक्ने अवसर गुमाएँ। परमेश्‍वरले फेरि एक पटक यो परिस्थिति योजनाबद्ध गर्दा, मैले बल्ल उहाँको अभिप्राय बुझेँ, अरूलाई सिद्धान्तअनुसार व्यवहार गर्न सकेँ र निकै स्वतन्त्र महुसु गरेँ! मैले परमेश्‍वरलाई मनैबाट धन्यवाद दिएँ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा कुनै दर्जा हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्