होडबाजीको जीवनलाई बिदाइ

7 जुन 2025

मैले दुई वर्षअघि मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्न थालेकी थिएँ। मलाई यो निकै महत्त्वपूर्ण कर्तव्य हो भन्‍ने थाहा थियो, त्यसैले मैले के प्रतिज्ञा गरेँ भनेँ, म सत्यता पछ्याउन अझै धेरै प्रयास गर्नेछु, नयाँ विश्‍वासीहरूलाई राम्रोसँग मलजल गर्नेछु, र उनीहरूलाई चाँडै साँचो मार्गमा पकड पाउन सहयोग गर्नेछु। साधारणतया, म आफूलाई दर्शनहरूका सत्यताले सुसज्जित पार्न समय हुँदा परमेश्‍वरका वचन पढ्ने गर्थेँ। भेलाहरूमा, म नयाँ विश्‍वासीहरूका समस्या र कठिनाइहरूलाई गम्भीर रूपमा विचार गर्थेँ, अनि तिनमा सङ्गति गर्न र ती समाधान गर्न परमेश्‍वरका वचनको सहायता लिन्थेँ। कुनै कुरा बुझ्न वा समाधान गर्न नसक्दा, अन्य ब्रदर-सिस्टरहरूसँग खोजी गर्थेँ। समयसँगै, नयाँ विश्‍वासी ब्रदर-सिस्टरहरूले समस्या वा कठिनाइहरू आइपर्दा सङ्‍गतिका लागि मलाई खोज्न थाले। मलाई निकै खुसी लाग्यो किनभने मैले भर्खरै कर्तव्य निभाउन थालेकी भए पनि, सबैले मलाई मान गरिरहेका थिए। मैले ठिकै गरिरहेकी जस्तो लाग्यो, त्यसैले ममा कर्तव्यप्रति झनै उत्साह बढ्यो।

पछि, अगुवाले सिस्टर नतालीलाई मेरा साथमा काम गर्न खटाए। मैले केही समयमै, उनले आफ्ना कर्तव्यमा धेरै जिम्मेवारी लिएकी छिन् र उनी हाम्रा कार्यमा समस्या र विचलनहरू पत्ता लगाउन उत्कृष्ट छिन्, र केही समस्याहरू समाधान गर्न सक्षम छिन् भन्‍ने थाहा पाएँ। सबैले उनलाई साह्रै मन पराए र समस्या पर्दा सङ्‍गतिका लागि प्रायः उनैलाई खोज्थे। यो सबै देखेर मलाई चिन्ता लाग्यो: “नताली निकै नयाँ छिन्, तर अरूले उनलाई धेरै सम्मान दिएका छन्। समस्या पर्दा के उनीहरूले मलाई नभई उनलाई मात्र खोज्न थाल्नेछन्? के उनीहरूले म उनको बराबर छैनँ भनेर सोच्नेछन्? होइन। मैले अझै मेहनत गर्नुपर्छ ताकि सबैले नताली मभन्दा राम्रो छैनन् भन्‍ने देखून्। सबैका हृदयमा आफ्नो स्थान कायम राख्ने यो नै एकमात्र तरिका हो।” त्यसपछि, हरेक भेलाअघि म पहिले ब्रदर-सिस्टरहरूका स्थिति र कठिनाइहरू बुझ्ने गर्थेँ, त्यसपछि परमेश्‍वरका वचनहरू खोज्ने र तिनमा टिपोट लेख्ने काम गर्थेँ। भेलाहरूमा, सबैले म बढी सक्षम छु भन्‍ने ठानून् भनेर नतालीभन्दा राम्रो सङ्‍गति कसरी दिने भनेर सोच्ने धुनमै हुन्थेँ। अचम्मको कुरा, एक दिन अगुवाले हामीलाई के भन्नुभयो भने अधिकांश ब्रदर-सिस्टरहरू नतालीले समूह अगुवाका रूपमा सेवा गर्ने र समूहको कामको जिम्मेवारी लिने कुरामा सहमत भएका छन्। म अचम्ममा परेँ, र सोचेँ, “के मैले गलत सुनेँ? नतालीलाई समूह अगुवाका रूपमा चयन गरिएको छ? मैले यो कर्तव्य उनले भन्दा अघिदेखि गरिरहेकी छु तर म चयन भइनँ। यो थाहा पाएपछि ब्रदर-सिस्टरहरूले के सोच्नेछन्? के उनीहरूले उनलाई मभन्दा राम्रो ठान्नेछन्? म आफ्नो अनुहार कसरी देखाउनु?” मैले त्यो कुरा स्विकार्नै सकिनँ, र अत्यन्तै दुःखी भएँ। यसरी सोच्नु हुँदैन भन्‍ने मलाई थाहा थियो। तर म नाम र हैसियत पछ्याउने स्थितिमा जिइरहेकी थिएँ, र मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। आफूलाई सान्त्वना दिने प्रयास मात्र गर्न सकेँ, “यो पनि ठिकै छ, मैले गर्नुपर्ने भनेकै आफ्नो कर्तव्य राम्ररी निभाउनु र धेरै चिन्ता नगर्नु हो।” त्यो बेला, मैले साँच्चै सत्यता खोजिनँ वा यसबारे आत्मचिन्तन गरिनँ।

त्यसपछि एक दिन, मैले सिस्टर सेइडी खराब स्थितिमा छिन्, र भेलामा आइरहेकी छैनन् भन्‍ने थाहा पाएँ। उनीसँग सङ्‍गति गर्ने आशा गर्दै उनलाई सम्पर्क गरेँ, तर तिनले आफू नतालीसँग सम्पर्कमा छु र उनले यसबारे सङ्‍गति गरिसकेकी छिन् भनेर भनिन्। यो सुनेर म दुःखी भएँ। “सेइडी सधैँ आफ्नो समस्या लिएर मकहाँ आउँथिन्, तर अब उनी सिधै नतालीकहाँ गइरहेकी छिन्। के तिनी मलाई नताली जत्ति राम्रो छैन भन्‍ने सोच्छिन्? यदि यस्तै भइरह्यो भने, के सबैले मलाई बिर्सनेछन्?” यो सोच्दा, म एकदमै निराश भएँ, र मैले नतालीप्रति पूर्वाग्रह राखेँ, उनले मेरो श्रेय चोरेकी छिन् भन्‍ने ठानेँ। त्यसपछि मैले उनीसँग काम गर्न चाहिनँ। उनले कामबारे छलफल गर्न मलाई खोज्दा, म उनलाई बेवास्ता गर्थेँ, र कहिलेकाहीँ झारा टार्न मात्र उनीसँग बोल्थेँ। एकपटक, हामी अनलाइन भेलामा हुँदा, नतालीले एक सिस्टरको प्रश्नका उत्तरमा सङ्‍गति दिईन्, र उनले मलाई ओझेलमा पार्छिन् भनेर यति चिन्तित भएँ कि मैले त्यो सङ्गतिको कुनै कुरा लिन सकिनँ। म कसरी उनलाई सङ्‍गति गर्नमा उछिन्ने, र ब्रदर-सिस्टरहरूलाई म पनि उनले जत्तिकै समस्या सुल्झाउन सक्छु भनेर देखाउनेबारे मात्र सोचिरहन्थेँ। नतालीले कुरा सकाएपछि, प्रश्न सोध्ने सिस्टरले आफूले अझै अभ्यासको विशेष मार्ग त्यति बुझिनँ भनेर भनिन्। यो सुनेर म खुसी भएँ, सोचेँ, “तिमीले वास्तविक समस्या समाधान नगरी धेरै सङ्‍गति गर्‍यौ। अब तिम्रो बेइज्जत भएको छ। मैले राम्रो प्रस्तुति दिने यो मौका छोप्नुपर्छ ताकि सबैले म तिमीभन्दा राम्रो छु, र मेरो सङ्‍गति तिम्रो भन्दा राम्रो छ भनेर देख्न सकून्।” मैले तुरुन्तै सङ्‍गति दिन थालेँ। मैले सङ्‍गति सकाएपछि, मैले ती सिस्टरको प्रश्न बिलकुलै नबुझेको र मेरो जवाफ एकदमै गलत रहेको प्रस्ट भयो। उनले त मलाई मेसेज गरेर मेरो सङ्‍गति विषयबाहिर गएको थियो भनेरसमेत बताइन्। त्यस बेला मलाई आफू मूर्खजस्तो लाग्यो र कतै दूलो खोजेर मन्टो लुकाउन मन लाग्यो। त्यसै बखत केही जरुरी कुरा आइपरेकाले मैले फोन काटेँ। पछि, मैले उनीहरूलाई अझै पनि अनलाइन भेलामा देखेँ र मेरा मनमा दुर्भावनापूर्ण विचार आयो: “यदि नतालीले यसरी नै कुरा गरिरहिन् भने उनले कतिबेरसम्म बोल्छिन् कसलाई थाहा? यदि म भेलामा हुन सक्दिनँ भने, कोही पनि हुन सक्दैन्, अन्यथा नताली मात्र आकर्षणको केन्द्रबिन्दु हुनेछिन्।” त्यसैले, खासै कुनै विचार नगरी मैले यो मेसेज पठाएँ: “भेलाको समय सकिएको छ, कुरा लम्ब्याउन आवश्यक छैन। हामी कुनै पनि समस्या पछि छलफल गर्न सक्छौँ।” केही मिनेटपछि, भेला समाप्त भएको थियो। म कम्प्युटरअगाडि बिसन्चो मन लिएर बसेँ। म आफूले गरेको सङ्‍गतिबारे एकदमै लज्जित थिएँ, र नतालीले समस्या सुल्झाउन नसकेकामा म रमाएको कुरा सोच्दा मलाई ग्लानी भयो। मैले मनमनै भनेँ, “म के गरिरहेकी छु? उनीसँग मिलेर कसरी हाम्रो कर्तव्य राम्रोसँग निभाउने भनेर सोच्नुको सट्टा, म खुल्ला र गोप्य दुवै रूपमा ईर्ष्यालु भएकी छु, र उनलाई कमजोर पार्न खोजिरहेकी छु। के यो आफ्नो कर्तव्य निभाउनु हो?” मैले परमेश्‍वरसामु आएर प्रार्थना गरेँ: “हे परमेश्‍वर, म सधैँ नतालीसँग प्रतिस्पर्धा र तुलना गर्दै अनि अरूबाट प्रशंसा खोज्दै, नाम र हैसियतका लागि होड गर्ने स्थितिमा जिइरहेकी छ। यो स्थिति गलत हो भन्‍ने मलाई थाहा छ, तर म यसबाट उम्कन सक्दिनँ। परमेश्‍वर, कृपया मलाई आफूलाई चिन्न मार्गदर्शन गर्नुहोस्।”

मैले एउटा भेलामा, परमेश्‍वरका यी वचनहरू देखेँ: “जब ख्रीष्टविरोधीहरूले कर्तव्य निर्वाह गर्छन्, यो जे भए पनि र तिनीहरू जुनै समूहमा रहे पनि तिनीहरूले फरक किसिमको आचरण देखाउँछन्, अर्थात् सबै कुरामा तिनीहरू सधैँ माथि उठ्न र आफूलाई प्रदर्शन गर्न चाहन्छन्, तिनीहरू सधैँ मानिसहरूलाई बन्धनमा पार्न र नियन्त्रित गर्न चाहन्छन्, तिनीहरू सधैँ मानिसहरूलाई नेतृत्व गर्न र आफै अन्तिम निर्णय गर्न चाहन्छन्, सधैँ चर्चाको शिखरमा रहन चाहन्छन्, सधैँ मानिसहरूको आँखा र ध्यान आफूतिर आकर्षित गर्न चाहन्छन् र सबैको प्रशंसा पाउन चाहन्छन्। जब ख्रीष्टविरोधीहरू कुनै समूहमा आबद्ध हुन्छन्, तब यसको सदस्य सङ्ख्या जति भए नि, समूहका सदस्यहरू जोसुकै भए नि वा तिनीहरूको पेसा वा पहिचान जेसुकै भए नि, ख्रीष्टविरोधीहरू सुरुमा को शानदार र उत्कृष्ट छ, को बोल्‍न सिपालु छ, को प्रभावशाली छ र को योग्य छ वा को प्रतिष्ठित छ भनेर हेर्न परिस्थिति मूल्याङ्कन गर्छन्। तिनीहरू कसलाई हराउन सकिन्छ र कसलाई हराउन सकिँदैन, साथै कसले तिनीहरूलाई उछिन्छन् र को कमसल छन् भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले हेर्ने पहिला कुराहरू यिनै हुन्। तिनीहरूले तुरुन्तै परिस्थिति मूल्याङ्कन गरेपछि कार्य गर्न थाल्छन्, तत्कालका लागि आफूभन्दा तलकाहरूलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। तिनीहरू सबभन्दा पहिले श्रेष्ठ, केही प्रतिष्ठा र हैसियत वा वरदान र प्रतिभा भएका भनेर आफूले ठान्‍ने मानिसकहाँ जान्छन्। तिनीहरूले सुरुमा आफूसँग तुलना गर्ने मानिसहरू यिनै हुन्। यदि यीमध्ये कसैलाई दाजुभाइ-दिदीबहिनीहरू उच्च सम्मान गर्छन् वा तिनीहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन् र तिनीहरूको प्रतिष्ठा राम्रो छ भने तिनीहरू ख्रीष्टविरोधीहरूको ईर्ष्याको तारो बन्छन् र तिनीहरूलाई अवश्य नै प्रतिस्पर्धीका रूपमा पनि हेरिन्छन्। त्यसपछि ख्रीष्टविरोधीहरू प्रतिष्ठा भएका, हैसियत भएका र दाजुभाइ-दिदीबहिनीहरूको आदर पाउने यी मानिससँग आफूलाई चुपचाप तुलना गर्छन्। तिनीहरू त्यस्ता मानिसबारे मनन गर्न थाल्छन्, उनीहरू के गर्न सक्छन् र उनीहरू के कुरामा पोख्त छन् र किन केही मानिस उनीहरूलाई आदर गर्छन् भनेर जाँच्न थाल्छन्। ख्रीष्टविरोधीहरू नियाल्दै र अवलोकन गर्दै यी मानिस निश्‍चित पेसाका विज्ञ हुन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको लामो समय भएको हुनाले र तिनीहरूले केही अनुभवात्मक गवाही बाँड्न सक्‍ने हुनाले सबैले तिनीहरूलाई उच्च आदर गर्छन् भन्‍ने कुरा थाहा पाउँछन्। ख्रीष्टविरोधीहरू त्यस्ता मानिसहरूलाई ‘सिकार’ ठान्छन् र तिनीहरूलाई विरोधीका रूपमा पहिचान गर्छन् र त्यसपछि तिनीहरू कार्ययोजना बनाउँछन्। कस्तो कार्ययोजना? तिनीहरू ती विरोधीहरूसँग आफ्ना नमिल्ने पक्षहरू हेर्छन् र त्यसपछि ती पक्षहरूमा काम गर्न थाल्छन्। उदाहरणका लागि यदि तिनीहरू निश्‍चित पेसामा उनीहरू जतिका सिपालु छैनन् भने तिनीहरू त्यो पेसा अध्ययन गर्छन्, अझै धेरै पुस्तकहरू पढ्छन्, हरप्रकारका अझ धेरै जानकारीहरू खोज्छन् र अरूलाई विनम्रतासाथ थप निर्देशन माग्छन्। तिनीहरू त्यस पेसासँग सम्बन्धित हरप्रकारका काममा सहभागिता जनाउँछन् र बिस्तारै अनुभव बटुल्छन् र आफ्नो शक्ति वृद्धि गर्छन्। अनि जब तिनीहरूलाई आफ्ना विरोधीहरूसँग प्रतिस्पर्धा गर्ने पूँजी आफूसँग छ भन्ने लाग्छ, तब तिनीहरू आफ्ना ‘उत्कृष्ट दृष्टिकोणहरू’ व्यक्त गर्न बारम्बार अघि सर्छन्, अनि प्रायजसो जानाजानी विरोधीहरूलाई खण्डन गर्छन् र होच्याउँछन्, लज्‍जित तुल्याउँछन् र बदनाम गर्छन्, यसरी आफू कति चलाख र असाधारण छु भनेर जोड दिन्छन् र विरोधीहरूलाई दमन गर्छन्। स्पष्ट दृष्टिकोण भएका मानिसले यी सबै कुरा देख्‍न सक्छन्, मूर्ख, अज्ञानी र समझहीन मानिसहरूले मात्रै देख्‍न सक्दैनन्। धेरैजसो मानिसले ख्रीष्टविरोधीहरूको जोस, तिनीहरूको पछ्याइ, तिनीहरूको कष्ट, मूल्य चुकाइ र बाहिरी असल व्यवहार मात्रै देख्‍छन्, तर वास्तविक अवस्था ख्रीष्टविरोधीहरूको हृदयभित्र लुकेको हुन्छ। तिनीहरूको चूरो उद्देश्य के हुन्छ? हैसियत प्राप्त गर्नका लागि। तिनीहरूको सबै काम, सबै परिश्रम र तिनीहरूले चुकाउने सबै मूल्यको लक्ष्य तिनीहरूले हृदयमा सबैभन्दा बढी आराधना गर्ने कुरामा केन्द्रित हुन्छ, र त्यो हो: हैसियत र शक्ति(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। जब मैले परमेश्‍वरको वचन पढेँ, मलाई लाग्यो, परमेश्‍वर मेरो विचार र भावना स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। मैले मलजलको काम सुरु गरेदेखि, यसलाई कसरी आफ्नो प्रदर्शन गर्ने अवसरका रूपमा लिएकी थिएँ भनेर मनन गरेँ। मैले अरूको प्रशंसा र अनुमोदन पाउनका लागि अरूको समस्याहरू समाधान गर्न चाहेकी थिएँ। अगुवाले नतालीलाई मसँग काम गर्न खटाएपछि, हामी कसरी सँगै हाम्रो कर्तव्य राम्ररी निभाउन सक्छौँ भनेर मैले सोचेकी थिइनँ, बरु म सधैँ उनीसँग प्रतिस्पर्धा र आफूलाई तुलना गरिरहेकी हुन्थेँ। म ब्रदर-सिस्टरहरू सहयोगका लागि कसलाई खोज्छन्, हामीमध्ये कसको बढी प्रतिष्ठा छ वा कसको बढी इज्जत छ भन्‍ने कुरामा एकसुर भएकी थिएँ। सबैले नतालीलाई सम्मान गरेको देख्दा म भयभीत भएँ आफूलाई बेवास्ता गरिएको महसुस गरेँ, त्यसैले मैले उनलाई प्रतिस्पर्धीका रूपमा हेर्न थालेँ। म आफूले भनेका र गरेका सबै कुरामा उनलाई जित्न र उछिन्न चाहन्थेँ, र ब्रदर-सिस्टरले मलाई नै राम्रो ठानून् भनेर सक्दो प्रयास गरेँ। मैले आफ्नो कर्तव्य निभाइरहेकी जस्तो देखिन्थ्यो, तर त्यो कसरी राम्ररी गर्ने भेलाहरूबाट कसरी सक्दो बढी लाभ लिन सकिन्छ, वा मेरा ब्रदर-सिस्टरहरूका कठिनाइ र समस्याहरू समाधान भएका छन् कि छैनन् भनेर सोचिरहेकी थिइनँ। मैले गरेका प्रत्येक कुरा प्रतिष्ठा र हैसियतका लागि थिए। के त्यो ख्रीष्टविरोधीको स्वभाव होइन र? ख्रीष्टविरोधीहरू हैसियत र प्रतिष्ठालाई सबै कुराभन्दा माथि राख्छन्। उनीहरू आफूभन्दा राम्रो जोकोहीसँग ईर्ष्या गर्छन्, लडाइँ गर्छन् र आफूलाई दाँज्छन्। उनीहरू हैसियत पाउन, आफूलाई उच्च पार्न र आफ्नो प्रदर्शन गर्न, कसैलाई पनि कुल्चन, होच्याउन र बदनाम गर्न कुनै कसर बाँकी छोड्दैनन्। मैले गरिरहेको प्रत्येक कुरामा, के मेरा भित्री मनसायहरू ख्रीष्टविरोधीका जस्तै थिएनन् र? त्यस्तो अभिप्रायले आफ्नो कर्तव्य निभाउनु भनेको ख्रीष्टविरोधीका मार्गमा हिँड्नु र परमेश्‍वरको प्रतिरोध गर्नु थियो। यो बुझेर मलाई साह्रै पश्चl त्ताप भयो। म त्यस मार्गमा अघि बढिरहन चाहन्नथेँ, र साँच्चै सत्यता खोज्न र आफ्नो भ्रष्ट स्वभाव हटाउन चाहन्थेँ।

पछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “शैतानका छाउनीमा, चाहे समाजमा होस् वा सरकारी वृत्तमा, कस्तो वातावरण प्रचलित छ? कुन अभ्यासहरू लोकप्रिय छन्? तिमीहरूले यीबारे केही बुझेको हुनुपर्छ। तिनीहरूका कार्यहरूका सिद्धान्त र दिशानिर्देशन के-के हुन्? प्रत्येक आफ्नै लागि एउटा कानुन हो; प्रत्येक आफ्नै बाटोमा लाग्छ। तिनीहरू आफ्नै हितमा काम गर्छन् र आफ्नै रोजाइअनुसार गर्छन्। जोसँग अधिकार हुन्छ त्यसैले अन्तिम निर्णय लिन्छ। तिनीहरूले अरूबारे क्षणिक विचारसमेत गर्दैनन्। तिनीहरू केवल आफ्नो इच्छाअनुसार गर्छन्, प्रसिद्धि, प्राप्ति र हैसियतका लागि लागिपर्छन्, अनि पूर्णतया आफ्नो प्राथमिकताअनुसार कार्य गर्छन्। तिनीहरूले शक्ति प्राप्त गर्नेबित्तिकै यो शक्ति तुरुन्तै अरूमाथि प्रयोग गर्छन्। यदि तैँले तिनीहरूलाई चिढाइस् भने, तिनीहरूले तँलाई निकै दुःख दिन खोज्छन्, र तैँले तिनीहरूलाई उपहार दिनेबाहेक केही गर्न सक्दैनस्। तिनीहरू बिच्छीजस्तै भयानक हुन्छन्, कानुन, सरकारी नियम उल्लङ्घन गर्न र अपराधसमेत गर्न इच्छुक हुन्छन्। यी सबै कुरा तिनीहरू गर्न सक्छन्। शैतानका छाउनीमा यस्तै अन्धकार र दुष्टता हुन्छ। अब, परमेश्‍वर मानवजातिलाई मुक्ति दिन, मानिसहरूलाई सत्यता स्वीकार गर्न, सत्यता बुझ्न र शैतानको बन्धन र शक्तिबाट मुक्त हुन सहयोग गर्नका लागि आउनुभएको छ। यदि तिमीहरू सत्यता स्वीकार गर्दैनौ र सत्यता अभ्यास गर्दैनौ भने, के तिमीहरू अझै पनि शैतानको शक्तिमा जिइरहेका छैनौ र? त्यस अवस्थामा, तिमीहरूको वर्तमान स्थिति र दियाबलसहरू र शैतानको स्थितिबीच के भिन्नता रह्यो र? तिमीहरू पनि गैरविश्‍वासीहरूले जस्तै होड गर्नेछौ। तिमीहरू त्यसरी नै लड्नेछौ जसरी गैरविश्‍वासीहरू लड्छन्। बिहानदेखि रातिसम्म, तिमीहरू षड्यन्त्र गर्छौ, चाल चल्छौ, ईर्ष्या गर्छौ र विवादमा मुछिन्छौ। यो समस्याको जड के हो? यो त मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले र तिनीहरू यी भ्रष्ट स्वभावअनुसार जिउनाले गर्दा हो। भ्रष्ट स्वभावको शासन शैतानको शासन हो; भ्रष्ट भएको मानवता शैतानी स्वभावभित्र बास गर्दछ, र यसबाट केही पनि अछुत छैन। त्यसकारण, तैँले शक्ति र प्राप्तिको संघर्षमा होमिनका लागि आफूलाई हदै राम्रो, हदै नम्र, वा हदै इमानदार ठान्नु हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् र परमेश्‍वरद्वारा डोरिएको छैनस् भने, तँ पक्कै पनि अछुत छैनस्, र तैँले कुनै पनि हालतमा तेरो निस्कपटता वा दयाको कारण वा तेरो युवास्थाको कारण आफूलाई प्रसिद्धि र प्राप्तिको संघर्षमा होमिनबाट आफूलाई जोगाउन सक्दैनस्। वास्तवमा, तैँले पनि मौका पाइस् र परिस्थितिले दियो भने प्रसिद्धि, प्राप्ति र हैसियत खोज्नेछस्। ख्याति र प्राप्तिको लालच गर्नु भनेको मान्छेमा देखिने खास व्यवहार हो, जसमा शैतानको दुष्ट प्रकृति हुन्छ। यसबाट कोही अछुत छैन। सबै भ्रष्ट मानवजाति ख्याति, प्राप्ति र हैसियतका लागि जिउँछन्, यी कुराका लागि संघर्ष गर्न जुनै मूल्य पनि चुकाउँछन्। शैतानको शक्तिअन्तर्गत जिउने सबैका हकमा पनि यही कुरा लागू हुन्छ। त्यसकारण, सत्यता स्वीकार नगर्ने वा नबुझ्‍ने, सिद्धान्तअनुसार काम नगर्ने व्यक्ति शैतानी स्वभावमा जिउने मान्छे हो। शैतानी स्वभावले तेरा सोचहरू काबुमा पारिसकेको र तेरो व्यवहार नियन्त्रण गरिसकेको छ; शैतानले तँलाई पूर्ण रूपमा आफ्‍नो नियन्त्रण र बन्धनमा पारेको छ, र यदि तैँले सत्यता स्विकारेर शैतानका विरुद्धमा विद्रोह गर्दैनस् भने, तँ उम्‍कन सक्‍नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरको वचन पढेपछि, मैले प्रतिष्ठा र व्यक्तिगत लाभका लागि लड्न आफूलाई रोक्न नसक्नुको कारण बुझेँ। त्यसको कारण म शैतानी दृष्टिकोण र विषमा डुब्नु र तीद्वारा भ्रष्ट हुनु थियो। सानैदेखि, मलाई घर र विद्यालयमा “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “मानिस उँभोतिर जान खोज्छ, खोला उँधोतिर बग्छ” र “अब्बल हुनका लागि ठूलो कष्ट सहनैपर्छ” जस्ता विचारधारा सिकाइएको थियो र ममा ती हालिएको थियो। त्यसैले म जुनै समूहमा भए पनि अरूबाट प्रशंसा चाहन्थेँ, अनि प्रशंसा र अनुमोदन पाउने अनुभूतिमा रमाउँथेँ। सोच्थेँ, यो नै एकमात्र मर्यादित र मूल्यवान् जीवन हो। मण्डलीमा आफ्नो कर्तव्य निभाउँदा, म यी शैतानी विचार र दृष्टिकोणअनुसार जिइरहेकी थिएँ। अरूको प्रशंसाको पछि लाग्दा, मैले नतालीलाई आफ्नो विरोधी ठानेकी थिएँ, उनलाई कसरी मात दिने भन्‍ने धुनमा थिएँ। मैले भेलाहरूमा उनका सङ्‍गतिमा अवरोध पुऱ्याउन धूर्त माध्यमहरू प्रयोग गरेर निर्दय कुराहरूको सहरासमेत लिएँ। म सधैँ सोच्थेँ, दर्जा बढाउनु र प्रशंसा पाउनु नै मर्यादित जिउने तरिका हो। तथ्यहरूले मलाई के देखाएका थिए भने म यी शैतानी विषहरूअनुसार जिउँदा, मेरो व्यवहार घृणित नभइन्जेल र विशेष गरी परमेश्‍वरलाई त्यो घृणा नलागिन्जेल, मेरो महत्त्वाकाङ्क्षा र चाहना बढ्दै गयो, र मेरो सोच झन् साँघुरिँदै गयो। यसरी जिउनुमा कुनै इज्जत थिएन। अन्ततः मैले आफू शैतानद्वारा कत्ति गहन रूपमा भ्रष्ट पारिएकी रहेछु भनेर देखेँ। म सकारात्मक र नकारात्मक कुराबीचको फरक बताउन सक्दिनँथेँ, र मैले आफ्नो विवेक र समझ गुमाएकी थिएँ। यदि परमेश्‍वरको वचनको न्याय र प्रकाश नभएको भए, मैले आत्मचिन्तन गर्नेथिइनँ र आफूलाई चिन्नेथिइनँ, न त ख्याति र हैसियत खोज्नुको परिणाम र खतरा नै स्पष्टसित देख्नेथिएँ। म केवल शैतानी विषहरूअनुसार जिइरहेकी हुनेथेँ, र मैले कस्तो प्रकारको दुष्टता गरेकी हुन्थेँ भनेर कसलाई थाहा? मैले हृदयबाट परमेश्‍वरलाई उहाँको मार्गदर्शनका लागि र मलाई आफूबारे केही ज्ञान दिनुभएकामा धन्यवाद दिएँ।

पछि मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, र त्यसमा मैले ख्याति र हैसियतको बन्धनबाट आफूलाई मुक्त गर्ने व्यावहारिक मार्ग भेट्टाएँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “जब परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्‍ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्‍नुहुन्‍न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्‍नुहुन्छ। परमेश्‍वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्‍वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्‍न, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्‍वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्‍वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्‍वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्‍वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्‍वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्‍वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्‍वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जि। यति नै पर्याप्त छ, र यसले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछ। मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूको मूर्तिपूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्‍वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। मैले परमेश्‍वरका वचनहरूमार्फत के महसुस गरेँ भने उहाँ मानिसहरूलाई प्रसिद्ध वा महान् हुनू भन्नुहुन्न। उहाँ तिनीहरूले कुनै असाधारण कुरा हासिल गरून् भन्‍ने माग गर्नुहुन्न। परमेश्‍वर केवल हामीले उहाँका वचनअनुसार इमानदारीपूर्वक अभ्यास गरौँ, अनि सिर्जित प्राणीका रूपमा आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गरौँ भन्‍ने चाहनुहुन्छ। यस्तो व्यक्ति परमेश्‍वरका नजरमा साँच्चै सम्मानित हुन्छ र उसले उहाँलाई खुसी तुल्याउँछ। मानिसले परमेश्‍वरलाई पुज्नुपर्छ र महान् ठान्नुपर्छ। तर म सधैँ मानिसहरूका हृदयमा स्थान खोजिरहेकी अनि उनीहरूलाई मेरो सम्मान र श्रद्धा गर्न लगाउने कोसिस गरिरहेकी थिएँ। यसो गर्दा, के म परमेश्‍वरका मापदण्डविरुद्ध गएर उहाँको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिइनँ र? ममा सत्यता वास्तविकता थिएन। मैले बुझ्न वा सुल्झाउन नसकेका धेरै कुरा थिए, र म केवल केही सिद्धान्त भन्न सक्थेँ, तर म सधैँ आफूलाई उच्च महत्त्व दिन्थेँ। म अरूले मलाई आदर र भक्ति गरून् भन्‍ने निर्लज्ज चाहना गर्थेँ, र त्यसो नहुँदा म त्यसका लागि सङ्घर्ष गर्थेँ। म आफूलाई बिलकुलै चिन्दिनथेँ, र मलाई कुनै लाज थिएन! परमेश्‍वर सृष्टिको प्रभु हुनुहुन्छ, र उहाँ सर्वोच्च र महान् हुनुहुन्छ। उहाँ देहधारी हुनुभएको छ अनि सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन पृथ्वीमा आउनुभएको छ। उहाँले यस्तो विशाल कार्य गर्नुभएको छ, तर पनि उहाँ प्रदर्शन गर्नुहुन्न वा आफूलाई परमेश्‍वरका रूपमा राख्नुहुन्न। उहाँ गुप्त र विनम्र हुनुहुन्छ। परमेश्‍वरको यस्तो सुन्दर सार देखेर मलाई झन् लज्जित र दोषी महसुस भयो। मैले आफ्नो देहविरुद्ध विद्रोह गर्ने र सत्यता अभ्यास गर्ने सङ्कल्प गरेँ। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरेँ: “हे परमेश्‍वर, म सधैँ आफ्नो कर्तव्य निभाउँदा अरूसँग होड र तुलना गरिरहेकी हुन्छु, र अरूले मलाई सम्मान गरून् भनेर हैसियत खोज्छु। यो तपाईंलाई घृणित लाग्छ, र म अब यसरी जिउन चाहन्नँ। म ख्याति र हैसियत पन्साउन, अनि आफ्नो कर्तव्य निभाउँदा समझदार हुन चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले नतालीलाई खोजेँ अनि आफ्नो स्थिति र भ्रष्टाताबारे उनलाई खुलस्त बताएँ। हामीले मित्रैलो सहयोगको महत्त्वबारे सङ्‍गति गर्‍यौँ। त्यो बेला, मलाई एकदमै स्थिर र शान्त महसुस भयो।

त्यसपछि पनि ममा नतालीसँग काम गर्दा प्रतिस्पर्धा गर्ने चाहना पलाउँथ्यो, तर यी विचारहरू आउँदा, म तुरुन्तै प्रार्थना गर्थेँ र आफूविरुद्ध विद्रोह गर्थेँ। मलाई सम्झना छ, एकपटक भेला सञ्चालन गर्ने पालो नतालीको थियो, मैले उनी तयारी गर्नमा अति व्यस्त भएकी देखेँ, त्यसैले मैले अरूका समस्याहरू समाधान गर्ने परमेश्‍वरका केही सम्बन्धित वचनहरू भेटेँ। सोचेँ, “यी खण्डहरू मैले भेटेकी हुँ। यदि भेला राम्रोसँग चलेछ भने, के ब्रदर-सिस्टरहरूले सबै काम नतालीले गरेकी हुन् भन्ठान्नेछिन्? के उनीहरूले मैलेभन्दा उनले बढी भार लिन्छिन् भन्‍ने ठान्नेछन्? सायद यो सभा म नै सञ्चालन गर्नुपर्ला।” मैले ठिक यसबारे सोच्दै गर्दा, मलाई फेरि प्रतिष्ठा र व्यक्तिगत लाभका लागि लड्दै छु भन्‍ने महसुस भयो। त्यसपछि परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तैँले यी कुराहरू त्याग्न र छोड्न, अरूलाई सिफारिस गर्न, र राम्रा अवसरहरू आउँदा अरूलाई अलग देखिन दिन सिक्नैपर्छ। अलग देखिने र चम्कने अवसरहरू आउँदा तिनका लागि प्रतिस्पर्धा वा होडबाजी नगर्। तँ आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न सक्षम हुनैपर्छ, तर तैँले आफ्नो कर्तव्य निर्वाह पटक्कै रोक्नु पनि हुँदैन। गुमनाम भएर काम गर्ने, धाक नलगाउने, र अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्। तैँले आफ्नो अभिमान र हैसियत जति धेरै त्याग्छस्, र तैँले आफ्ना स्वार्थहरू जति धेरै त्याग्छस्, तँलाई त्यति नै धेरै शान्ति महसुस हुनेछ, तेरो हृदयमा त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै राम्रो बन्नेछ। तैँले जति धेरै प्रतिस्पर्धा र होडबाजी गर्छस्, तेरो स्थिति त्यति नै अन्धकारमय हुनेछ। यदि तँ मलाई विश्वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको भ्रष्ट स्थितिलाई बदल्न चाहन्छस्, र ख्याति, प्राप्ति, र हैसियतद्वारा नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोज्नैपर्छ, ख्याति, प्राप्ति, र हैसियतको सार छर्लङ्गै देख्‍नैपर्छ, र त्यसपछि ती कुरा छोड्नैपर्छ र त्याग्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। हामीले त्याग्न, आफूलाई प्रदर्शन गर्ने अवसरहरू छोड्न, र अरू मानिसलाई ध्यान खिच्न दिन सिक्नुपर्छ। यसबारे विचार गर्दै, मैले यसो भनेर उनलाई मेसेज पठाएँ, “भोलि तिमीले नै भेला सञ्चालन गर है, म सङ्‍गतिमा सहयोग गर्नेछु।” भोलिपल्ट भेलामा, म आफू कस्तो देखिन्छु भनेर सोचिरहेकी थिइनँ, बरु कसरी परमेश्‍वरका वचनहरूमा सङ्‍गति गरेर मानिसहरूका समस्या सुल्झाउने भनेर सोचिरहेकी थिएँ। नताली र मैले एकअर्काको पूरक बनेर सँगै मिलेर सङ्‍गति गर्‍यौँ। पछि, सबैले भेला उनीहरूका लागि एकदमै लाभदायक भएको बताए। मैले यसका लागि परमेश्‍वरलाई धन्यवाद दिएँ अनि सत्यता अभ्यास गर्दा निश्चितता र शान्ति महसुस गरेँ।

सम्बन्धित विषयवस्तु

इर्ष्याको बन्धनबाट छुटकारा

जोयलिन, फिलिपिन्ससन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेँ, र चाँडै नै मलाई मण्डलीमा भजनहरूको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्