मेरो बुबाको निष्कासनपछि

16 डिसेम्बर 2024

इसाबेला, फ्रान्स

केही वर्षपहिले, मैले घरबाट टाढा कर्तव्य निर्वाह गरिरहेको समयमा, मेरो बुबालाई दुष्कर्मी भनी परिभाषित गरेर मण्डलीबाट निष्कासित गरियो भन्‍ने खबर अचानक सुनेँ। भनिएअनुसार, उहाँले मण्डलीमा सकारात्मक भूमिका खेल्नुभएन, केवल धारणा र नकारात्मकता फैलाउनुभयो, र मानिसहरूको आफ्‍नो कर्तव्यप्रतिको उत्साहमा ह्रास ल्याउनुभयो। दाजुभाइ-दिदीबहिनीहरूले उहाँलाई थुप्रैपटक सङ्गति र निराकरण गरे, तर उहाँले अलिकति पनि सुन्‍नुभएन, बरु उल्टै उहाँलाई खुलासा र निराकरण गर्नेहरूविरुद्ध शत्रुवत्‌ बन्‍नुभयो। यो खबर सुन्दा म तीनछक परेँ। उहाँ अलिक झट्ट रिसाइहाल्‍ने हुनुहुन्छ भन्‍ने मलाई थाहा थियो, तर उहाँसँग असल मानवता छ, उहाँ दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्ने व्यक्ति हुनुहुन्छ, र तिनीहरूका जीवनमा आइपरेका कठिनाइहरूमा सधैँ सहयोग गरिरहनुभएको छ भन्‍ने लागेको थियो। हाम्रा छिमेकीहरू सबैले उहाँ सहयोगी र सबैलाई प्रेम गर्ने हुनुहुन्छ भनेर भन्थे, तब अचानक किन उहाँलाई दुष्ट भनेर निकालियो? सन् २००१ मा परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, उहाँले सुसमाचार प्रचार गर्दै आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउबाट उम्कन उहाँ दाउराको थुप्रोमा र चिहानमा सुत्‍नुभएको थियो। उहाँले ठूलो कष्ट भोग्‍नुभएको थियो, र उहाँले अत्यन्तै उल्लेखनीय काम नगर्नुभएको भए पनि, वर्षौँ कडा मेहनत गर्नुभएको थियो। त्यसरी उहाँलाई अचानक कसरी निकालियो? मण्डली अगुवाले यो कुरालाई गलत रूपमा सम्‍हाल्‍नुभयो कि भन्‍ने लाग्यो। किन उहाँले पश्‍चात्ताप गर्ने मौका पाउनुभएन? केही समयसम्‍म, मेरो बुबाको बारेमा सोच्दा मलाई अत्यन्तै पीडा हुन्थ्यो, र उहाँप्रति दुःख लाग्थ्यो।

करीब एक वर्षपछि म मेरो कर्तव्य पूरा गर्न गृहनगर फर्किएँ। सुरुमा मेरो बुबालाई भेट्दा, मलाई अझै पनि उहाँप्रति साँच्‍चै नै दुःख लाग्यो र म उहाँलाई सक्दो सहयोग गर्न चाहन्थेँ। उहाँले पनि मेरो राम्रो हेरचाह गर्नुभयो। तर मैले क्रमिक रूपमा उहाँको बोल्‍ने शैलीमा अनौठोपन भएको थाहा पाउँदै गएँ। उहाँले सधैँ नकरात्मक कुराहरू बोलिरहनुभएको हुन्थ्यो जसले कुनै पनि व्यक्तिलाई गलत कुरा बझाएर परमेश्‍वरबाट टाढा बनाउन, र निराश अनुभव गराउन सक्थ्यो। उदाहरणको लागि, मेरी आमालाई लिऊँ। उहाँ मण्डली अगुवा हुनुहुन्थ्यो, तर कमजोर क्षमता भएको र व्यवहारिक काम नगरेको कारण उहाँलाई सरुवा गरियो, त्यसकारण उहाँ केही समय नकारात्मक स्थितिमा रहनुभयो। मेरो बुबाले उहाँलाई सहयोग गर्न परमेश्‍वरको इच्‍छाको बारेमा सङ्गति गर्नुभएन, बरु यसो भन्‍नुभयो, “परमेश्‍वरको घरमा कुनै सुरक्षा छैन, र एकदिन सबैलाई कामबाट निकालिनेछ। के परमेश्‍वरलाई तिम्रो क्षमतामा कमी छ भन्‍ने थाहा थिएन र? परमेश्‍वरले तिमीलाई जानीजानी यो अवस्थामा पार्नुभएको हो, र तिमीले दुःख पाऊ भनेर तिमीलाई अगुवा छानियो त्यसपछि बर्खास्त गरियो। यदि परमेश्‍वरले तिमीलाई राम्रो क्षमता दिनुहुन्‍न भने, तिमीले कहिल्यै पनि आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनौँ।” उहाँले त्यसो भन्‍नुभएपछि, मेरी आमाको स्थिति झनै नकारात्मक भयो। उहाँले भन्‍नुभएको कुरा सुन्दा मलाई साँच्‍चै रिस उठ्यो, र उहाँ साँच्‍चै नै अनुचित हुनुहुँदो रहेछ भन्‍ने लाग्यो। मण्डलीमा भएको यो कर्तव्यको सामान्य हेरफेर थियो, तर उहाँ भने परमेश्‍वरले कसैलाई जानीजानी कष्ट दिइरहनुभएको छ भनेर भन्दै हुनुहुन्थ्यो। त्यो कुरा सही थिएन। मण्डलीले मानिसहरूको क्षमताअनुसार तिनीहरूको कर्तव्यको बन्दोबस्त र हेरफेर गर्छ, र एकातर्फ मण्डलीको काम सहज रूपमा वृद्धि-विकास होस् र यो अझै सफल होस् भनेर यसो गरिन्छ भने अर्कोतर्फ यसबाट मानिसहरूले आफ्नो क्षमता र कद चिनून् भनेर यसो गरिन्छ ताकि तिनीहरूले उपयुक्त कर्तव्य र स्थान पत्ता लगाई अझै राम्रोसित आफ्नो क्षमता प्रयोग गर्न र आफ्‍नो भागको काम गर्न सकून्। यो बन्दोबस्त पूर्ण रूपमा सिद्धान्तअनुरूप हुन्छ, र मण्डलीको काम र मानिसहरूको जीवन प्रवेशको निम्ति यो फाइदाजनक कुरा हो। मेरी आमाले आफ्‍नो नेतृत्वको पदबाट सरुवा हुनुभयो, तर उहाँले आफ्‍नो लागि उपयुक्त कर्तव्य पूरा गरिरहनुभएको थियो, र उहाँले त्यो असफलतालाई आफूलाई चिन्‍न र पाठ सिक्‍न प्रयोग गर्न सक्‍नुभयो। के त्यो राम्रो कुरा थिएन र? मेरो बुबाले कसरी सत्य बङ्ग्याउन सक्‍नुभयो? मण्डलीमा एक जना अर्को ब्रदर हुनुहुन्थ्यो जसले आफ्‍नो कर्तव्य पूर्णकालीन रूपमा पूरा गर्न सकूँ भनेर आफ्‍नो जागिर छोड्नुभयो। उहाँको कर्तव्यमा त्यति धेरै खट्नु नपर्दा, उहाँले केही पैसा कमाउन एउटा पूरक जागिर खोज्‍नुभयो। यसको लागि कडा परिश्रम गर्नुपर्थ्यो, र उहाँले कर्तव्य निर्वाह गर्दै जीविकोपार्जन गर्नुभयो। उहाँले शारीरिक रूपमा त्यति परिश्रम गर्नुपर्ने कुनै काम कहिल्यै गर्नुभएको थिएन, र थकित हुँदा उहाँ अत्यन्तै निराश हुनुभएको थियो। जब मेरो बुबाले यो कुरा थाहा पाउनुभयो, तब उहाँले ती ब्रदरलाई यसो भन्‍नुभयो, “मेरो परिवारको अवस्था पनि पहिले राम्रै थियो, तर हामीले परमेश्‍वरमा विश्‍वास गरेदेखि सधैँ त्यागहरू गरिरहेका छौं। अहिले हामीसँग सुक्‍को छैन, र मैले पनि कडा परिश्रम गर्नुपर्छ। तपाईंले पहिले नै धेरै कुरा दिइसक्‍नुभएको रहेछ, तर एक दिन तपाईं रुने दिन आउन सक्छ है…।” उहाँले त्यस्तो भन्‍नुभएको सुन्दा म स्तब्ध भएँ। उहाँले ती ब्रदरसँत किन त्यस्तो कुरा गर्नुभयो? जब मानिसहरूले परमेश्‍वरमा समर्पित हुनको लागि सबथोक त्याग्छन्, तिनीहरू आफनो भौतिक जीवनमा त्यति धनी नहोलान्, र तिनीहरूले केही कष्ट पनि भोग्लान्, तर तिनीहरूले जे प्राप्त गर्छन् त्यो सत्यता र जीवन हुन्छ। त्यो यस्तो प्राप्ति हो जसलाई पैसाको कुनै मात्राले पनि प्रतिस्थापन गर्न सक्दैन्। मेरो बुबाले भन्‍नुभएको कुरा सत्यतासँग मेल खाँदैनथ्यो। हाम्रो जीवन पहिलेको भन्दा कठिन थिएन, र मेरो बुबाले काम भेट्न गाह्रो हुँदा वा जीवनमा समस्याहरू भोग्‍नुहुँदा, धेरैपटक परमेश्‍वरले उहाँलाई जीविकोपार्जन गरिरहन उचित जागिर भेट्टाउन सहयोग गर्दै उहाँको लागि मार्ग खोलिदिनुभएको थियो। विश्‍वासमा आउनुभन्दा पहिले, उहाँले सधैँ धूमपान र मद्यपान गरिरहनुहुन्थ्यो र उहाँको स्वास्थ्य धेरै खराब थियो। भातको कचौरा समाउँदा उहाँको हात काँप्थ्यो। परमेश्‍वरमा विश्‍वास गरेपछि उहाँले पिउन छोड्नुभयो र कर्तव्य पूरा गर्दै र सङ्गति गर्दै दाजुभाइ-दिदीबहिनीहरूसित समय बिताउनुहुन्थ्यो, त्यसैले उहाँको स्वास्थ्य स्थिति सुधार हुँदै गयो। उहाँलाई देख्‍ने सबैले उहाँलाई कति राम्रो र कस्तो नयाँ मानिसजस्तो भनेर भन्थे। हाम्रो परिवारले परमेश्‍वरबाट कैयौँ अनुग्रह पाएको थियो, तर मेरो बुबाले तीमध्ये कुनै कुरा पनि उल्‍लेख गर्नुभएन, बरु कुरालाई बङ्ग्याएर गुनासो गर्नुभयो, जानाजान मान्छेलाई परमेश्‍वरको बारेमा गलत बुझ्ने र परमेश्‍वरलाई दोष दिने दिशातर्फ डोर्‍याउनुभयो, जानाजान परमेश्‍वरसँगको तिनीहरूको सम्‍बन्ध बिथोल्नुभयो, र तिनीहरूलाई परमेश्‍वरबाट टाढा जाने र परमेश्‍वरलाई धोका दिने दिशातर्फ डोर्‍याउनुभयो।

त्यस्ता कुराहरू धेरै थिए। मण्डलीमा पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्नको लागि मैले मेरो पढाइ छोडेपछि, उहाँ सधैँ मलाई यसो भनिरहनुहुन्थ्यो, “आफ्‍नो लागि कुनै बाटो नराखी तिमीले धेरै कुरा सुम्पिरहेकी छ्यौ। एक दिन तिमीलाई पछुतो हुनेछ।” त्यो कुरा मलाई ठीक लागेन। सृष्टि गरिएको प्राणीले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्नु सही र उचित कार्य थियो। त्यो मेरो जिम्‍मेवारी र दायित्व थियो। मैले आफ्‍नै स्वेच्छाले मेरो पढाइ छाडेकी थिएँ। परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन, र मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न सक्‍नु भनेको मेरो लागि परमेश्‍वरको अनुग्रह थियो। अनि, मैले मण्डलीमा यतिका वर्ष कर्तव्य निर्वाह गरेपछि, केही सत्यता बुझेकी, र बाह्य संसारमा कहिल्यै प्राप्त नगर्ने कुराहरू प्राप्त गरेकी छु। मानिसहरूले जीवनमा के कुराको खोजी गर्नुपर्छ मलाई थाहा छ र मैले संसारका धेरै कुराहरूको बारेमा धेरै राम्रोसँग बुझेकी छु। म अविश्‍वासी युवायुवतीहरूले जस्तो धर्महीन सांसारिक प्रचलनहरूलाई पछ्याउँदिन। मैले प्राप्त गरेका यी कुराहरू स्कुलमा सिक्‍न नसकिने अत्यन्तै वास्तविक कुराहरू हुन्। तर आफ्नो कर्तव्यको निम्ति समर्पित हुनुलाई मेरो बुबाले नराम्रा कुरा बनाउनुभयो। के त्यो नकारात्मकता र मृत्यु फैलाउनु थिएन र? मैले जवाफ दिएँ, “मलाई पछुतो हुनेछैन। मैले केही वर्षदेखि स्कुलमा पढिरहेकी छैनँ होला, र यसको सट्टा मेरो कर्तव्य पूरा गरिरहेकी छु होला, तर मैले धेरै सत्यता सिकेकी र धेरै कुरा प्राप्त गरेकी छु। मैले किताबहरूबाट ती कुरा कहिल्यै सिक्‍न सक्‍नेथिनँ। तपाईंले भन्‍नुभएको कुरा सत्यताअनुरूप छैन।” उहाँको रिस दन्कियो र म स्तब्ध भएँ, र रिसले मलाई मुक्‍काले हानूँला झैँ गरी उहाँले मुठ्ठी कस्‍नुभयो। त्यसपछि मलाई मेरो बुबा मैले सोचेजस्तो व्यक्ति हुनुहुन्‍न रहेछ भन्‍ने थाहा भयो। मैले सधैँ उहाँलाई उहाँका बाहिरी असल कार्यहरूद्वारा मूल्याङ्कन गरेकी थिएँ, सत्यता सिद्धान्तहरूद्वारा मूल्याङ्कन गरेकी थिइनँ। मैले सधैँ मेरो बुबालाई मप्रति अत्यन्तै चिन्तित रहनुहुने र मेरो ख्याल गर्नुहुने, बाहिरी रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुहुने, र मानवता नराम्रो नभएको व्यक्तिको रूपमा देखेकी थिएँ। तर उहाँको राम्रो व्यवहारको पछाडि, उहाँको हृदयमा कुनै दुष्ट कुरा थियो। परमेश्‍वर र उहाँको कामको बारेमा उहाँसँग असाधारण धारणाहरू थिए। हाम्रा विकल्‍पहरूका बारेमा विचार गर्दा उहाँका शब्दहरू सान्त्वना दिने र समझदार जस्ता देखिन्थे, तर वास्तवमा उहाँले परमेश्‍वरको बारेमा धारणाहरू फैलाइरहनुभएको थियो, मानिसहरूलाई परमेश्‍वरको बारेमा गलत बुझ्‍न र उहाँलाई दोष दिन लगाइरहनुभएको थियो। उहाँका शब्‍दहरूलाई स्वीकार गर्दा हामीले परमेश्‍वरको बारेमा धारणाहरू र गलत बुझाइ विकास गर्नेथ्यौँ, वा हामीले विश्‍वास गर्न छोड्ने, कर्तव्य पूरा गर्न बन्द गर्ने र परमेश्‍वरमा समर्पित नहुने र संसारमै फर्केर जाने मन गर्नेथ्यौँ। यो साँच्‍चै नै बहकाउपूर्ण कुरा थियो!

पछि मैले उहाँको व्यवहारलाई सम्बोधन गर्ने परमेश्‍वरका केही वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। … शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्‍ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले सत्यको अभ्यास गर्नेहरूको सधैँ डाह गर्छन्, र बेवकुफ र भ्रमितहरूलाई सधैँ बहकाउन खोज्छन्। यी व्यक्तिहरूले ओकल्ने कुराहरूले तँलाई बिगार्न, तल खसाल्न, एक असामान्य अवस्था विकास गर्न, र अन्धकारले भर्न सक्छ। ती कुराले तँलाई परमेश्‍वरबाट टाढा लैजान र शरीरको कदर गर्न र आफैमा लिप्त हुने बनाउन सक्छ। सत्यलाई प्रेम नगर्ने र परमेश्‍वरप्रति सदैव लापरवाही हुने व्यक्तिहरूमा आत्म-चेतना हुँदैन र त्यस्ता व्यक्तिहरूको स्वभावले अरूलाई पाप गर्न र परमेश्‍वरलाई चुनौती दिन लोभ्याउँछ। तिनीहरू सत्यताको अभ्यास गर्दैनन्, न त तिनीहरू अरूलाई त्यो अभ्यास गर्न दिन्छन्। तिनीहरू पापलाई सम्हालेर राख्छन् र आफैप्रति कुनै घृणा हुँदैन। तिनीहरूले आफैलाई चिन्दैनन्, र तिनीहरूले अरूलाई पनि आफूलाई चिन्न दिँदैनन्; तिनीहरू अरूलाई पनि सत्यको चाहना गर्नबाट रोक्छन्। तिनीहरूले बहकाएकाहरूले ज्योति देख्न सक्दैनन्। तिनीहरू अन्धकारमा पर्छन्, आफैलाई चिन्दैनन्, सत्यको बारेमा अस्पष्ट हुन्छन्, र परमेश्‍वरबाट झनझन धेरै टाढा हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। यसबारेमा मनन गरेपछि, मैले के बुझेँ भने दाजुभाइ-दिदीबहिनीहरूका माझमा सधैँ धारणाहरू र नकारात्मकता फैलाउने व्यक्तिहरू शैतानका मान्छे हुन्। त्यस्ता मानिसहरूले शैतानका दासको रूपमा काम गरिरहेका हुन्छन्, मानिसहरूलाई बाधा दिने र बहकाउमा पार्ने, र तिनीहरूलाई परमेश्‍वरबाट टाढा राख्‍ने काम गरिरहेका हुन्छन्। मेरो बुबाले त्यस्ता कुराहरू भन्‍नु, र सधैँभरि त्यस्ता कुराहरू गरिरहनु भनेको क्षणिक भ्रष्टता वा नकारात्मकता र कमजोरी देखाउनु मात्रै थिएन। यो त उहाँले प्रकृति सारदेखि नै सत्यता र परमेश्‍वरलाई घृणा गर्नुभएको कारणले भएको कुरा थियो, त्यसकारण जब केही कुरा आइपर्थ्यो, तब उहाँले व्यक्त गर्नुभएका दृष्टिकोणहरू परमेश्‍वरका वचनहरू र सत्यताको पूर्णविपरीत हुन्थे, र ती सबै नै मानिसहरूलाई परमेश्‍वरको बारेमा गलत बुझ्न, र उहाँलाई दोष र धोका दिन लगाउने परमेश्‍वरसम्भन्दी धारणाहरू हुन्थे। उहाँले अलिकति पनि सत्यताको खोजी गर्नुहुन्‍न रहेछ भन्‍ने मैले देखेँ। उहाँले केवल आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्नुहुँदो रहेछ, र जब उहाँले आफ्‍ना कष्ट र खर्चाइको सट्टामा भौतिक आशिष्‌हरू प्राप्त गर्नुहुन्‍नथ्यो, तब उहाँलाई आफूमाथि गलत भयो भन्‍ने लाग्थ्यो, र उहाँ परमेश्‍वरप्रतिको आक्रोश र वैरीभावले समेत पूरै भरिनुहुन्थ्यो। उहाँले विश्‍वासको मार्ग पछ्याउन सक्‍नुहुन्‍नथ्यो, र अरूलाई पनि आफूसँगै परमेश्‍वरबाट टाढिने, परमेश्‍वरलाई धोका दिने, र परमेश्‍वरसँग मुठभेटमा जाने कार्यमा लैजान चाहनुहुन्थ्यो। उहाँका वचनहरू शैतानका छलहरूले भरिएका हुन्थे र यो सबै आफ्‍नो कर्तव्यप्रतिको मानिसहरूको जोसमाथि आक्रमण गर्न र परमेश्‍वरसँगको तिनीहरूको सम्‍बन्धलाई नष्ट गर्नको लागि हुन्थ्यो। असल हृदय भएको कुनै सामान्य व्यक्तिले जति नै नकारात्मक र कमजोर महसुस गरे पनि जानाजान त्यस्तो काम गर्दैनथ्यो। शैतानी पिशाचले मात्रै परमेश्‍वरप्रति त्यस्तो ठूलो शत्रुता अनुभव गर्नेथ्यो। मलाई झन्झन् बढी मेरो बुबा डरलाग्दो हुनुहन्छ र उहाँ असल व्यक्ति हुनुहुन्‍न, बरु दुष्कर्मी हुनुहुन्छ भन्‍ने लाग्‍न थाल्यो।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्‍वरमाथिको तेरो वर्षौंदेखिको सबै विश्‍वासमा, तैँले कसैलाई कहिल्यै पनि सरापेको नहुन सक्छस् या खराब काम गरेको नहुन सक्छस्, तापनि ख्रीष्टसँगको तेरो सम्बन्धमा, तैँले सत्य बोल्न, इमानदारीतामा काम गर्न, या ख्रीष्टको वचनमा समर्पित हुन सक्दैनस्; त्यस्तो स्थितिमा, म त भन्छु, तँ संसारकै सबैभन्दा कपटी र दुर्भावनापूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सबथोक अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि खराब व्यक्ति होस्, साथै धूर्त छलहरूले भरिएको छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्)। यसले मलाई के कुरा देख्‍न सहयोग गर्‍यो भने कुनै व्यक्तिले बाह्य रूपमा अरूलाई गर्ने व्यवहारको आधारमा असल र दुष्ट व्यक्ति भनेर हामीले छुट्याउन सक्दैनौं, तर परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको मनोवृतिबाट चाहिँ छुट्याउन सक्छौं। त्यसता व्यक्तिहरू सतही रूपमा जति नै असल भए पनि वा मानिसहरूले तिनीहरूलाई जस्तो ठाने पनि, यदि तिनीहरूले सारगत रूपमा सत्यता र परमेश्‍वरलाई घृणा गर्छन् भने, तिनीहरू दुष्कर्मी र परमेश्‍वरका शत्रु हुन्। मेरो बुबा बाह्य रूपमा न्यानो मिजासको हुनुहुन्थ्यो, दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कुराको खाँचो पर्दा सहयोग गर्नुहुन्थ्यो, कहिल्यै पनि अनुदार हुनुहुन्‍नथ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई घरमा बस्‍न दिनमा कुनै कन्जुस्याइँ गर्नुहुन्‍नथ्यो, र उहाँ असल, दयालु हृदय भएको व्यक्तिजस्तो देखिनुहुन्थ्यो, तर प्रकृति सारमा उहाँलाई सत्यताप्रति घिन लाग्थ्यो, उहाँले यसलाई घृणा गर्नुहुन्थ्यो। आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै विश्‍वास गर्ने हाम्रो गलत दृष्टिकोणलाई परमेश्‍वरले पहिल्यै खुलासा गर्नुभएको कुरा उहाँलाई स्पष्टै थाहा थियो, तर परमेश्‍वरले उहाँको धारणाहरूसित मेल नखाने वातावरण बन्दोबस्त गर्नुहुँदा र त्यसले गर्दा उहाँको आशिष्‌हरू पाउने चाहना पूरा नहुँदा, उहाँ कुरूप बन्‍नुहुन्थ्यो, परमेश्‍वरसम्‍बन्धी धारणाहरूले भरिनुहुन्थ्यो, उहाँको आलोचना र उहाँलाई घृणासमेत गर्नुहुन्थ्यो। यतिका वर्षमा, उहाँले कहिल्यै पनि आत्मसमीक्षा वा सत्यताको खोजी गर्नुभएन, तर परमेश्‍वरको कार्यको आलोचना गरिरहनुभयो र परमेश्‍वरसम्बन्धी उहाँका धारणाहरू फैलाइरहनुभयो। उहाँका शब्‍दका अभिप्रायहरूमा शैतानका चलाकीहरू थिए, र यसले मानिसहरूलाई अनजानमै नकारात्मक र कमजोर बनाउँथ्यो। यो अत्यन्तै भयावह कुरा थियो। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका सार, र परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा मूल्याङ्कन गर्नुहुन्छ। तर मैले चाहिँ मेरो बुबाको बाहिरी बानीबेहोरालाई मात्रै हेरेकी थिएँ। उहाँमा भएका केही असल व्यवहार देखेर मैले उहाँ एक असल व्यक्ति हुनुहुन्छ, र मण्डलीले उहाँलाई निष्कासन गर्नुहुँदैनथ्यो भन्‍ने विश्‍वास गरेँ, र त्यसैले मैले उहाँको वकालत गर्न चाहेँ। मैले सत्य बुझेकी वा परमेश्‍वरका वचनहरूलाई मेरो आधारको रूपमा प्रयोग गरेकी थिइनँ। म अत्यन्तै मूर्ख थिएछु। यो कुरा बुझेपछि, मलाई मण्डलीले मेरो बुबालाई निष्कासन गर्नु सही रहेछ भन्‍ने लाग्यो। उहाँले परमेश्‍वर र सत्यतालाई घृणा गर्नुन्थ्यो, त्यसैले उहाँलाई मण्डलीले निष्कासन गर्नुमा दोष उहाँको मात्रै छ। त्यसउप्रान्त उहाँको लागि कुनै खेद महसुस गरिनँ। मलाई आफू मुक्त भएको अनुभूति भयो।

त्यसपछि, अर्को घटना घट्यो, जसले मलाई उहाँको बारेमा अझै थप ज्ञान दियो। मेरो बुबाले उहाँलाई पहिले निराकरण गर्ने एक सिस्टरलाई अगुवाको कर्तव्यबाट निष्कासित गरिएछ भन्‍ने सुन्‍नुभयो। उहाँ त्यो खबर सुनेर निकै खुशी हुनुभयो, र उहाँले आँखामा घृणापूर्ण चमक ल्याउँदै दाँत बाँधेर भन्‍नुभयो, “तैँले मलाई कसरी निराकरण गरेकी थिइस् थाहा छ? तैँले मलाई मेरो कर्तव्यमा सिद्धान्त-केन्द्रित छैनस्, सत्यताको अभ्यास गर्दैनस् भनेर भनेकी थिइस्। अब तेरो पालो आयो।” उहाँले आँखा ठूलाठूला पारिरहनुभएको थियो र उहाँको अनुहार डरलाग्दो थियो। उहाँमा थोरै पनि करुणा नभएको देखेँ। उहाँको निराकरण हुँदा, उहाँले सत्यताको खोजी गर्नुभएन र पाठ सिक्‍नुभएन, तर उहाँको स्वाभिमानमा आँच पुगेको कारण त्यो व्यक्तिलाई वर्षौंसम्‍म घृणा गरिरहनुभयो। यसले थप के प्रमाणित गर्‍यो भने मेरो बुबा सारगत हिसाबमा दुर्भावानपूर्ण हृदय भएको व्यक्ति, र सत्यतालाई घृणा गर्ने दुष्कर्मी हुनुहुन्थ्यो। यो त एउटा दुष्कर्मीले आफ्‍नो साँचो रङ्ग देखाएको अवस्था थियो, र मण्डलीबाट उहाँलाई निष्कासन गर्नु अवश्य नै सही कार्य थियो।

पछि, परमेश्‍वरको घरले मण्डलीहरूलाई कुनै व्यक्तिलाई गलत रूपमा हटाइएको वा निष्कासित गरिएको छ कि, वा हटाइएका वा निष्कासित गरिएकाहरूमध्ये कसैले साँचो रूपमा पश्‍चात्ताप गरे कि भनेर जाँचेर हेर्ने बन्दोबस्त मिलायो। यस्ता व्यक्तिहरूलाई मण्डलीले सिद्धान्तहरूको आधारमा फेरि नियुक्त गर्नेबारेमा विचार गर्न सक्थ्यो। नयाँ अगुवालाई मेरो बुबाको स्थितिको बारेमा थाहा थिएन। उनले दाजुभाइ-दिदीबहिनीहरूलाई घरमा राख्‍ने मेरो बुबाको सतही उत्साह र इच्‍छा देखिन्, उहाँले तिनीहरूलाई जागिर खोज्‍न सहयोग गर्नुभएको, उहाँ अरूको वास्ता गर्ने बानी भएको, र उहाँले केही दान चढाउनुभएको देखिन्। त्यसैले, उनले उहाँलाई गलत रूपमा निष्कासन गरिएको हुन सक्छ भन्‍ने सोचिन् र उहाँलाई मण्डलीमा फर्काएर ल्याउन चाहिन्। अगुवाको यस्तो कुरा सुन्दा, मलाई अचम्म लाग्यो, किनभने उहाँको निष्कासन पूर्ण रूपमा सिद्धान्तहरूअनुरूप थियो, त्यो गलत निष्कासन थिएन भन्‍ने मलाई हृदयदेखि नै थाहा थियो। मैले तुरुन्तै भनेँ, “मेरो बुबालाई फेरि फर्काएर ल्याउनु हुँदैन।” मेरो बुबाको बारेमा थाहा नभएको हुनाले, उहाँले मसँग मानिसहरूलाई कसरी पश्‍चात्ताप गर्ने मौका चाहिन्छ भन्‍नेबारेमा सङ्गति गरिन्। सुरुमा त मलाई उहाँका निश्‍चित व्यवहारहरूका बारेमा कुरा गर्ने मन थियो, तर म हिचकिचाएँ, र मैले केही पनि भनिनँ। मैले उहाँ मेरो बुबा हुनुहुन्छ जसले मलाई यतिका वर्ष हुर्काउनुभयो भन्‍नेबारेमा विचार गरिरहेकी थिएँ। उहाँलाई फेरि स्वीकार गरिन लागिएको बेला मैले बाधा दिएँ भन्‍ने कुरा उहाँलाई थाहा भयो भने, उहाँलाई चोट पुग्‍नेथ्यो, र मसँग रिसाउनुहुनेथ्यो! त्यो कुरा सोचेपछि, मेरो मुख बन्द भयो, तर अगुवा गइसकेपछि मलाई अत्यन्तै पछुतो भयो। मेरो बुबाको विषयमा स्पष्टसित मेरी आमा र मलाई मात्रै थाहा थियो, र यस्तो नाजुक घडीमा यसबारे केही नबताउनु भनेको मण्डलीको कामलाई रक्षा गर्न असफल हुनु हुनेथ्यो। त्यो रात म कोल्टे फेरिरहेँ, र मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्दा मलाई निकै नरमाइलो लाग्यो। मलाई मेरो बुबाले सत्यतालाई घृणा र परमेश्‍वरको विरोध गर्नुहुन्छ, उहाँ सारमा दुष्कर्मी हुनुहुन्छ भन्‍ने राम्रोसित थाहा थियो। उहाँ मण्डलीमा मानिसहरूलाई पुनर्नियुक्त गर्ने सिद्धान्तहरूमा अट्ने खालको हुनुहुन्‍नथ्यो। तर मैले अझै पनि उहाँको समस्या ढाकछोप गरी उहाँलई रक्षा गर्न चाहेँ र उहाँको दुष्ट व्यवहारलाई खुलासा गर्न सकिनँ। म अत्यन्तै भावुक भएकी थिएँ। म त “रगत पानीभन्दा गाढा हुन्छ” र “मान्छे निर्जीव होइन; ऊसँग भावनाहरू हुन्छन्” भन्‍ने शैतानी दर्शनहरूद्वारा जिइरहेकी थिएँ। मैले उहाँ मेरो बुबा हुनुहुन्छ, त्यसकारण म त्यति कठोर हुनु हुँदैन, राम्रो व्यवहार गर्नुपर्छ भन्‍ने सोचेकी थिएँ। मैले उहाँका समस्याहरूको बारेमा कुरा गरेकी हुँ भनेर मेरो बुबाले थाहा पाउनुभयो भने, उहाँले मलाई घृणा गर्नुहुनेछ, र उहाँले मलाई कृतघ्‍न भन्दै, मलाई यतिका वर्षसम्म व्यर्थमै हुर्काएछू भनेर भन्‍नुहोला भनेर डराएँ। मैले परमेश्‍वरका वचनहरूअनुसार यी कुराहरूलाई हेरिरहेकी थिइनँ। मैले मेरा भावनाहरूको आधारमा मेरो बुबालाई रक्षा गरिरहेकी थिएँ, मण्डलीको कामलाई रक्षा गरिरहेकी थिइनँ। मैले आफूले गरेका हरेक कामकुराहरूमा परमेश्‍वरको विरोध गरिरहेकी र उहाँलाई धोका दिइरहेकी थिएँ। मलाई मेरो बुबाको सार दुष्कर्मीको सार थियो, र उहाँ फेरि मण्डलीमा फर्कनुभयो भने, उहाँले मण्डली जीवन बिथोल्नुहुनेछ र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा बाधा दिनुहुनेछ भन्‍ने थाहा थियो। के त्यसले मलाई दुष्कर्मीको सहयोगी बनाएन र? यसबारे मैले जति धेरै सोचेँ, उति नै मलाई नराम्रो लाग्यो। मेरा भावनाहरूअनुसार जिएर, मैले सही र गलत छुट्याउन जानिनँ र मानव बन्‍ने सिद्धान्तहरूलाई देख्‍न सकिनँ।

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति प्रतिकूल रहेका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घिनाउन र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई मेरो बुबामा लागू गर्न आवश्यक रहेका सिद्धान्तहरू दिए। उहाँ मेरो बुबा त हुनुहुन्थ्यो, तर प्रकृति सारको हिसाबमा उहाँ दुष्ट हुनुहुन्थ्यो। उहाँले सत्यतालाई घृणा गर्नुहुन्थ्यो र उहाँ परमेश्‍वरको शत्रु हुनुहुन्थ्यो। उहाँले मण्डलीमा बाधा र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि मात्र गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरलाई त्यस्ता मानिसहरूदेखि घृणा र दिगमिग लाग्छ, र उहाँले दुष्कर्मीहरूलाई मुक्ति दिनुहुन्‍न। उहाँप्रतिको आफ्नो भावना र प्रेमलाई मात्रै विचार गर्दा, त्यो दाजुभाइ-दिदीबहिनीहरूप्रतिको निर्दयी व्यवहार हुनेथ्यो, यसले मण्डलीलाई हानि गर्नेथ्यो, र त्यो परमेश्‍वरको विरोध गर्ने र उहाँको शत्रु बन्‍ने काममा दुष्कर्मीको पक्षमा उभिनुसरह हुनेथ्यो।

त्यसपछि, मेरी आमा र मैले यसबारेमा कुरा गर्‍यौँ र हामी दुवैलाई यसद्वारा परमेश्‍वरले जाँचिरहनुभएको छ भन्‍ने लाग्यो, र हामी दुवैले मण्डलीका हितहरूलाई समर्थन गर्नुपर्थ्यो। यदि हामीले मेरो बुबाको समस्या ढाकछोप गरी उहँको रक्षा गरेका भए, र उहाँको दुष्ट व्यवहारलाई खुलासा नगरेका भए, हामी पनि उहाँको दुष्कर्ममा सहभागी हुन्थ्यौँ, र हामीलाई पनि परमेश्‍वरले धिक्‍कार्नुहुन्थ्यो र दण्डित गर्नुहुन्थ्यो। मेरो बुबालाई फेरि नियुक्त गरिएको त थिएन, तर जब दाजुभाइ-दिदीबहिनीहरू हामीलाई भेट्न आउँथे, तब उहाँले अझै पनि तिनीहरूलाई बिथोल्ने नकारात्मकता र मृत्युका कुराहरू फैलाउनुहुन्थ्यो। उहाँलाई फर्काएर ल्याइएको भए, उहाँको सम्पर्कमा आउने कुनै पनि समूहलाई चोट पुग्‍नेथ्यो, र उहाँको सम्पर्कमा आउने कुनै पनि मण्डली उहाँका पीडितहरूले भरिनेथ्यो! यदि मैले मेरो विवेकलाई बेवास्ता गरेर चुप लागेकी भए, त्यसले दाजुभाइ-दिदीबहिनीहरूलाई क्षति पुर्‍याउनेथ्यो, र मण्डलीको काममा भित्रभित्रै विनाश गरिरहेको हुनेथ्यो! मलाई अझै बढी डर लाग्यो र मलाई महसुस भयो कि यो महत्त्वपूर्ण क्षणमा मण्डलीका हितहरूको रक्षा गर्ने वा दुष्कर्मीको ढाकछोप गर्ने कार्यमा मैले लिने अडान सामेल हुन्छ। मण्डली अगुवाले मेरो बुबालाई चिन्दिनथिन् र बाहिरी व्यवहार हेरेर उहाँ असल व्यक्ति देखिनुहुन्छ भन्‍ने सोचिन्, र उहाँलाई मण्डलीमा फर्कने अर्को मौका दिइनुपर्ला कि भनेर विचार गर्दै थिइन्। तर हामीले उहाँलाई चिनेका थियौं, त्यसैले हामीले सत्यताको अभ्यास गर्दै इमानदार बन्‍नुपर्थ्यो, र सत्यनिष्ठापूर्वक उहाँको दुष्ट व्यवहारको बारेमा सबै कुरा अगुवालाई बताउनुपर्थ्यो। केही दिनपछि, अगुवा हाम्रो घरमा भेलाको लागि आइन्। मेरी आमा र मैले बुबाको दुष्ट बानीबेहोराको बारेमा खुलेर कुरा गर्‍यौँ, र अन्त्यमा, उहाँलाई फर्केर आउन निमन्त्रणा गरिएन। मैले यो अभ्यास गर्दा मलाई शान्ति अनुभव भयो।

सुरुमा म मेरो बुबाका बाहिरी व्यवहारको बहकाउमा परेकी थिएँ र मसँग उहाँको बारेमा कुनै समझ भएन। मैले असल व्यक्तिलाई दुष्ट व्यक्तिबाट छुट्याउन सक्दिनथेँ। मेरो बुबालाई निष्कासन गरिएको घटनामार्फत, मैले केही सत्यताहरू सिकेँ र केही समझशक्ति प्राप्त गरेँ, र मेरो बुबाको दुष्कर्मीरूपी सार स्पष्टसित देखेँ। मैले भावुकताका बन्धनहरू पार गरेँ र उहाँसँग सत्यता सिद्धान्तहरूका आधारमा व्यवहार गरेँ। त्यो मप्रतिको परमेश्‍वरको सुरक्षा र मुक्ति थियो! सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

निराकरणपछिको परिवर्तन

गत मार्चमा, मैले मण्डलीको भिडियो काम जिम्‍मा लिएँ। त्यो कर्तव्यमा म नयाँ भएकोले मैले धेरै सत्यता पूर्णरूपमा बुझेको थिइनँ त्यसकारण हरेक दिन...

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

सधैँ अरूलाई खुसी पार्दा के हुन्छ

म मण्डलीमा सुसमाचारको काम गर्छु। सिस्टर वान्डा र म समूह अगुवाका रूपमा सँगै काम गर्छौँ। सुरुमा, म वान्डा आफ्‍नो कर्तव्यमा सक्रिय, र आफ्‍नो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्