बर्खास्ती: मलाई चाहिएको चेतावनीको घण्टी

7 जुन 2025

मैले सन् २००८ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ। परमेश्‍वरको वचन पढेर, भेलामा सहभागी भएर अनि सङ्गति गरेर, मैले के थाहा पाएँ भने, मुक्ति पाउन र सुन्दर गन्तव्य हासिल गर्नको लागि, हामीले सत्यता खोजी गर्ने मात्रै होइन, सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पनि पूरा गर्नुपर्छ। त्यसकारण, मैले सत्यता खोजी गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने मनमनै शपथ खाएँ। मैले मण्डली अगुवा वा समूह अगुवाहरूको रूपमा सेवा गर्ने केही निश्‍चित ब्रदर-सिस्टरहरूले भेलाहरूमा समस्याहरू समाधान गर्न प्रायजसो परमेश्‍वरका वचनहरू सङ्गति गरेको, र मण्डलीको काममा सधैँ व्यस्त भई जिएको देख्थेँ। तिनीहरूले यस्ता महत्त्वपूर्ण कर्तव्यहरू पाएको हुँदा, तिनीहरूलाई पक्‍कै पनि परमेश्‍वरले स्याबासी दिनुभएको छ र तिनीहरू सत्यता खोजी गर्ने मानिसहरू हुन् भन्‍ने लाग्थ्यो, त्यसकारण म तिनीहरूलाई निकै आदर गर्थेँ। तर अर्कोतर्फ, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्नुनपर्ने कामहरू—अरू ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने, वा अरू साधारण कामकाज गर्ने—जस्ता साधारण कर्तव्यहरू निभाउने मानिसहरूले अरूको आदर कमाउँदैनन्, र भविष्यमा तिनीहरूले मुक्ति पाउने सम्‍भावना पनि थोरै हुन्छ भन्‍ने लाग्थ्यो। पछि, मैले एक मण्डली अगुवालाई बास दिँदा, उनले ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न प्रायजसो परमेश्‍वरका वचनहरू सङ्गति गरेको देखेँ, त्यसकारण उनले पक्‍कै पनि धेरै सत्यता बुझेकी हुनुपर्छ भन्‍ने लाग्यो। परमेश्‍वरका वचनहरू सङ्गति गर्नका लागि माथिल्‍लो स्तरका अगुवाहरू पनि प्रायजसो उनीसँग भेला भएको देख्दा, मैले मण्डलीले पक्‍कै पनि उनलाई तालिम दिइरहेको हुनुपर्छ र उनले मुक्ति पाउने राम्रो अवसर पाएकी छिन् भन्‍ने लाग्यो। अनि ईर्ष्याले भरिएर, मेरो अगुवा बन्‍ने इच्‍छा झन्झन् बढ्दै गयो र भविष्यमा म महत्त्वपूर्ण कर्तव्य लिनेछु भनेर मनमनै सङ्कल्‍प गरेँ।

पछि, म मलजल समूह अगुवा बनेँ र मैले धेरै समूहको काम रेखदेख गर्नुपर्ने भयो। यसप्रति मलाई साह्रै खुसी लाग्यो र मैले मनमनै सोचेँ, “अगुवाद्वारा मलाई यो महत्त्वपूर्ण कर्तव्यमा खटाइएको छ, यसको अर्थ ममा पक्‍कै पनि सत्यताको केही वास्तविकता छ र म पक्‍कै सत्यता खोजी गर्ने व्यक्ति हुँ। अन्ततः, मलाई मुक्ति पाउने मौका मिलेजस्तो देखिन्छ।” यस्तो महसुस गरेपछि, मैले परमेश्‍वरलाई निरन्तर धन्यवाद दिएँ। त्यसपछि, नयाँ विश्‍वासीहरूले जतिसक्दो चाँडो साँचो मार्गमा दह्रिलो जग बसालून् भन्‍ने सुनिश्‍चित गर्न म हरदिन मण्डलीमा दौडधूप गर्दै काम गर्दै व्यस्त हुन थालेँ। तर मेरो सङ्गतिमा अन्तर्ज्ञानको कमी हुन्थ्यो, त्यसैले हामीले हाम्रो मलजलको काममा परिणामहरू प्राप्त गर्न निरन्तर असफल भयौँ, र कैयौँ नयाँ विश्‍वासीहरूले भेलामा नियमित सहभागिता जनाइरहेका थिएनन्। अर्को समूह अगुवाअन्तर्गत रहेका धेरैजसो नयाँ विश्‍वासीहरूले भेलामा नियमित सहभागिता जनाइरहेको र सक्रिय रूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेको देख्दा म झनै चिन्तित भएँ। मैले सोचेँ, “मैले आफ्‍नो कर्तव्यमा कुनै असल परिणामहरू प्राप्त नगरेको देखेमा, अगुवाले कतै ममा सत्यताको वास्तविकता छैन र म व्यावहारिक काम गर्न सक्दिनँ भनेर पो सोच्‍नेहुन् कि? मलाई बर्खास्त गरियो भने, मैले कहिले यस्तो महत्त्वपूर्ण कर्तव्य पूरा गर्न पाउँछु होला र? यदि अगुवाले मलाई कुनै महत्तवहीन साधारण मामलाहरूमा खटाइन् भने के मेरो लागि सबै कुरा समाप्त हुन्‍न र? ब्रदर-सिस्टरहरूले मलाई आदरसाथ हेरेनन् भने त्यो ठूलो कुरा नहोला, तर मैले सुन्दर गन्तव्य र परिणाम पाउने मौकै गुमाएँ भने, त्यो गम्‍भीर समस्या हुनेछ! यसरी त हुँदैन—मैले सबै मलजलकर्ताहरू भेला गरेर जतिसक्दो चाँडो यो समस्या सुल्झाउने उपाय खोज्‍नुपर्छ!” त्यसपछि, मैले हरेक मलजल टोलीलाई भेलाहरूमा सहभागी नभइरहेका सबै नयाँ विश्‍वासीहरूलाई साथ-सहयोग दिँदै आगामी दुई हप्ताभित्र नियमित रूपमा भेलामा सहभागी गराउन निर्देशन दिँदै सङ्गति गर्न थालेँ। तर पहिलो कुरा त मैले मलजलको काममा हामीले सामना गरिरहेका वास्तविक समस्या र कठिनाइहरू कसरी समाधान गर्ने भन्‍नेबारेमा उचित रूपमा सङ्गति गरिरहेकी थिइनँ। पछि, एक सिस्टरले रुँदै मेरो सङ्गतिले अभ्यासको मार्ग दिएन र उनलाई मद्वारा बाँधिएको महसुस हुन्छ भन्दै गरेको सुनेँ। तर उनले यसो भनेको सुनेपछि, मैले समय निकालेर कुनै आत्मचिन्तन गरिनँ, बरु उल्टै म सही मार्गमा छु भनेर सोचिरहेँ। तीन महिनापछि पनि, मैले रेखदेख गरेका समूहहरूले राम्रा परिणामहरू अझै प्राप्त गरिरहेका थिएनन्, र अब अगुवाले मलाई बर्खास्त गर्नेछिन् भन्‍ने चिन्ता लाग्यो। मलाई बर्खास्त गरिनेबित्तिकै, मेरो सबै कुरा सकिनेछ भन्‍ने लाग्यो। परमेश्‍वरको काम समाप्त हुन लागेको छ भन्‍ने स्पष्ट थियो—यदि मलाई बर्खास्त गरियो र हटाइयो भने, मैले कसरी उचित गन्तव्य र परिणाम प्राप्त गर्न सक्थेँ र? के मलाई अझै मुक्ति मिल्न सक्थ्यो र? के मेरो वर्षौँको विश्‍वास व्यर्थ हुने हो? यसबारेमा मैले जति विचार गरेँ, म त्यत्ति नै आत्तिएँ; मैले के गर्ने मलाई थाहा थिएन। अन्त्यमा, म कामको लागि उपयुक्त नभएकोले मलाई बर्खास्त गरियो। मण्डलीको वर्तमान आवश्यकताहरूको आधारमा अगुवाले मलाई ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने काममा खटाइन्।

अगुवाले मलाई नयाँ जिम्मेवारी दिएको खबर पाउनेबित्तिकै म सोचशून्य भएँ। “ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने? के म त्यति खराब छु? मैले मलजलको काम उत्कृष्ट रूपमा गरेकी थिइनँ होला, तर मेरो काम मलाई पाहुना राख्‍ने काममा लगाउनेजत्तिको खराब पनि हुन सक्दैन। ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्?” मलाई विगतमा एक सिस्टरलाई पाहुना राख्‍ने काम दिइएको र सात वर्षदेखि उनलाई बढुवा नदिएको कुरा याद आयो, र मलाई लाग्यो, मैले यस्तो साधारण कर्तव्यमा आफूलाई पृथक देखाउने मौका पाउनेछैन, र मलाई कहिल्यै मुक्ति मिल्नेछैन, अनि ममा झनै प्रतिरोधको भावना जाग्यो। मैले विश्‍वासीको रूपमा बिताएका वर्षहरूमा कति परिश्रम गरेँ, कष्ट भोगेँ, र त्याग गरेँ भनेर हेर्दा, मैले पाहुना राख्‍ने काम गर्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ। मेरो भविष्यमा आशा गर्न लायक के कुरा हुन सक्थ्यो र? तर मैले आफ्‍नो कार्यभार इन्कार गर्नु पूर्ण रूपमा अनुचित हुन्थ्यो, त्यसकारण मैले यो कुरा पालना गर्नैपर्थ्यो। तैपनि म साह्रै निष्क्रिय भएँ—भाडामा अपार्टमेन्ट खोज्‍ने बेला आएपछि, मलाई खुट्टा सार्न पनि गाह्रो भयो। कष्टको बेला, मैले परमेश्‍वरलाई धेरैपटक प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर! मण्डलीले तपाईंकै अनुमतिमा मलाई ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने काम दिएको हो भन्‍ने मलाई थाहा छ, तर मैले पालना गर्नै सकेकी छैनँ। मलाई अझै यो कर्तव्य निभाउन मन छैन र मलाई कमजोर र नकारात्मक अनुभव भइरहेको छ। हे परमेश्‍वर! मलाई थाहा छ, म नाजुक स्थितिमा छु, बिन्ती छ मलाई बचाउनुहोस्! म यस्तै भइरहन चाहन्‍नँ।” प्रार्थना सकेपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्‌हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्‌हरू प्राप्त गर्नका लागि, मैले परमेश्‍वरका लागि सबै कुरा त्याग्‍नैपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिष्‌हरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्‍वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्‍चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्‍वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्‍वरप्रतिको उनीहरूको बफादारितालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्‍चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्‍वरबाट मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिष्‌हरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्‍न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्‍वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्‍चित हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। “ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन्, जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्। त्यसैले, आफ्ना कर्तव्य अह्रावटमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष पाउने आशा छ भन्‍ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो भने, तिनीहरू यो ठूलै समस्या हो भन्‍ने अनुमान गर्छन् र आशिष्‌हरू पाउने आशा थोरै छ भन्‍ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण बेतुकको छ!(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरको वचनको खुलासाबाट, मैले के महसुस गरेँ भने, मैले त आशिष्‌हरू पाउनको लागि मात्रै जिइरहेकी र खोजी गरिरहेकी रहेछु। आशिष्‌हरू पाउनकै लागि मात्र मैले परमेश्‍वरमा आफूलाई अर्पित गरेकी र कुनै कसर नछोडी आफ्‍नो कर्तव्य पूरा गरेकी रहेछु। मेरो विश्‍वास ख्रीष्टविरोधीको भन्दा फरक थिएन—म सोच्थेँ, अगुवा भएँ भने मैले आशिष्‌हरू पाउने राम्रो मौका पाउँछु, तर मलाई महत्त्वपूर्ण कर्तव्यबाट अर्को महत्त्वहीन काममा सारियो भने, मसित आशिष्‌हरू पाउने मौका नै थोरै हुनेछ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयलाई फर्केर हेर्दा थाहा भयो, म अगुवाहरूलाई साह्रै डाहा गर्थेँ किनभने म तिनीहरू सबैले महत्त्वपूर्ण कर्तव्य निभाइरहेका छन्, तिनीहरूको क्षमता राम्रो छ र तिनीहरूले सत्यता खोजी गर्छन् भन्‍ने सोच्थेँ। तिनीहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुनेछ र सिद्ध पार्नुहुनेछ र भविष्यमा तिनीहरूले अवश्‍यै ठूल्ठूला आशिष्‌हरू पाउनेछन् भन्‍ने लाग्थ्यो। महत्त्वहीन कर्तव्य निभाउनेहरूमा सत्यताको वास्तविकता हुँदैन र तिनीहरूले मुक्ति र आशिष्‌हरू पाउने मौका बिरलै पाउँछन् भन्‍ने सोच्थेँ। मेरा सचहरू यही विचारको नियन्त्रणमा रहेकाले, मैले निरन्तर अगुवा बन्‍ने प्रयास गरिरहेँ। समूह अगुवाको रूपमा, मैले आफ्‍नो कर्तव्यमा परिणामहरू प्राप्त गर्न नसक्दा, आत्मचिन्तन गरिनँ, बरु बर्खास्त हुन्छु भन्‍ने चिन्ता गरेँ। आफ्‍नो पद कायम राख्‍न र छिटो सफलता हासिल गर्न, मैले ब्रदर-सिस्टरहरूलाई दबाबमा राख्‍न आफ्‍नो अख्‍तियारसमेत प्रयोग गरेँ। मेरो बर्खास्तीपछि मण्डलीले मलाई ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने काम दिँदा, म त्यो निर्णयको पूर्ण विमुख भएँ। यस्तो भूमिका लिएछि मेरा भावी आशाहरू फिका हुनेछन् भन्‍ने सोच्दै म नकारात्मक बनेँ र कर्तव्यमा सुस्त भएँ। यी हरेक परिस्थितिले आशिष्‌ पाउने मेरो आसक्तिलाई प्रष्टैसित उदाङ्गो पारे। आशिष्‌ पाउनकै लागि मात्र मैले परमेश्‍वरमा विश्‍वास गरेकी, त्यागहरू गरेकी र आफूलाई समर्पित गरेकी रहेछु भन्‍ने महसुस भयो। म परमेश्‍वरमा समर्पित थिइनँ र सृष्टि गरिएको प्राणीको रूपमा मैले थोरै पनि कर्तव्य पूरा गरेकी थिइनँ। कर्तव्यमा परमेश्‍वरसँगको मेरो सम्‍बन्ध पूरै लेनदेनमा आधारित थियो र म ख्रीष्टविरोधीको मार्ग हिँडिरहेकी थिएँ।

पछि, मैले परमेश्‍वरको केही वचन भेटेँ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। त्यसोभए, कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? बृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ। खास रूपमा भन्दा, मानवजातिबीच परमेश्‍वरको व्यवस्थापनको कार्य गरिने क्रममा, विविध प्रकारका काम उत्पन्न हुन्छन्, र ती सबैका लागि मानिसहरूले आफ्नो भागको काम गर्नु र त्यो पूरा गर्नु आवश्यक हुन्छ। यसरी, मानिसहरूका जिम्‍मेवारी र मिसनहरू उत्पन्न हुन्छन्, अनि यी जिम्‍मेवारी र मिसनहरू नै परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्ने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूले आफ्नो भाग पूरा गर्न आवश्यक हुने विभिन्‍न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको माग हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार फैलावटमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “सृजित प्राणीले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। सृष्टिकर्ताले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्‍नेहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र उहाँ तिनीहरूलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ भन्‍ने कुरा गर्नुपर्दा, त्यो सृष्टिकर्ताको मामला हो; त्यससँग सृजित मानवजातिको कुनै सरोकार हुँदैन। यसलाई अझ सरल र स्पष्ट तरिकाले भन्दा, यो परमेश्‍वरको हातको कुरा हो, र यसमा हस्तक्षेप गर्ने अधिकार मानिसहरूसँग हुँदैन। परमेश्‍वर जे दिनुहुन्छ तैँले त्यही पाउनेछस्, अनि यदि उहाँले तँलाई केही पनि दिनुभएन भने, तैँले यसबारे केही पनि भन्‍न सक्दैनस्। जब सृजित प्राणीले परमेश्‍वरको आज्ञा स्वीकार गर्छ र आफ्नो कर्तव्य निर्वाह गर्न र आफूले गर्न सक्‍ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, तब यो कुनै कारोबार वा लेनदेन होइन; मानिसहरूले मनोवृत्तिका अभिव्यक्तिहरू वा कार्य र व्यवहारहरूलाई परमेश्‍वरबाट आउने कुनै प्रतिज्ञाहरू वा आशिष्‌हरूसँग साट्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ता यो काम तिमीहरूलाई सुम्पनुहुन्छ, तब सृजित प्राणीका रूपमा, तिमीहरूले यी कर्तव्यहरू र आज्ञाहरू स्वीकार गर्नु सही र उचित हुन्छ। के यसमा लेनदेनको कुनै कुरा छ? (छैन।) सृष्टिकर्ता आफ्‍नो पक्षबाट तिमीहरू हरेकलाई मानिसहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू सुम्पन इच्छुक हुनुहुन्छ; अनि सृजित मानवजातिको पक्षबाट मानिसहरूले यी कर्तव्यहरू खुसीसाथ स्वीकार गर्नुपर्छ, तिनलाई आफ्नो जीवनको दायित्वका रूपमा लिनुपर्छ, र यस जीवनमा आफूले जिउनुपर्ने मूल्यका रूपमा लिनुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो बराबरको आदानप्रदान होइन, झन् यसमा मानिसहरूले कल्पना गर्ने कुनै इनाम वा अरू कथनहरू समावेश हुनु त परको कुरा हो। यो कुनै पनि हालतमा कारोबार होइन; यो मानिसहरूले कर्तव्य निर्वाह गर्दा चुकाउने मूल्य वा तिनीहरूले प्रदान गर्ने कठिन परिश्रम अर्को कुराका लागि साट्नु होइन। परमेश्‍वरले कहिल्यै त्यसो भन्‍नुभएको छैन, र मानिसहरूले यसलाई त्यसरी बुझ्नु हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरको वचनबाट, मैले कर्तव्यहरू परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएका काम हुन् भन्‍ने महसुस गरेँ। मण्डलीले मानिसहरूलाई मण्डलीको वर्तमान आवश्यकता, साथै हरेक व्यक्तिको क्षमता र प्रतिभाको आधारमा कर्तव्य दिन्छ। हरेक कर्तव्य महत्त्वपूर्ण छ, किनभने हरेक कर्तव्यले परमेश्‍वरको आखिरी दिनहरूको कामको प्रचार गर्ने र गवाही दिने काममा भूमिका खेल्छ। कसैको कर्तव्य पनि अरूको भन्दा महत्त्वपूर्ण हुँदैन—हरेक कर्तव्य मण्डलीको कामको लागि अपरिहार्य हुन्छ। त्यसकारण, मैले आफ्‍नो कर्तव्यलाई बिनासर्त स्विकारेर आफ्‍नो क्षमताले भ्याउञ्‍जेल उत्कृष्ट रूपमा पूरा गर्नुपर्छ। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने विवेक र समझ यही हो। परमेश्‍वरले मलाई अनुग्रह गर्नुभई कर्तव्य निभाउने अवसर दिनुभएको थियो ताकि मैले कर्तव्य निभाउँदै सत्यता खोजी गर्न सकूँ, परमेश्‍वरको वचन र काम अनुभव गर्न सकूँ, मेरो भ्रष्ट स्वभाव पहिचान र समाधान गर्न सकूँ, र अन्त्यमा म मेरो शैतानी स्वभावका बन्धन र विध्वंसात्मक प्रभावमा नपरी परमेश्‍वरलाई आदर गर्न र उहाँमा समर्पित हुन सकूँ। तैपनि, मैले परमेश्‍वरको इच्‍छा बुझेकी थिइनँ, त्यसकारण म कर्तव्यलाई राम्रो वा नराम्रो भनी वर्गीकरण गर्थेँ र आफ्‍नो कर्तव्यलाई आशिष्‌हरू पाउने माध्यमको रूपमा हेर्थेँ। आफूले कर्तव्य पूरा गरेको सट्टामा आशिष्‌हरू पाउँछु भन्‍ने कल्‍पना गर्दै मैले परमेश्‍वरलाई धोका दिने र प्रयोग गर्ने प्रयास गरेँ। म कति स्वार्थी र घृणित रहेछु! मैले खोजीसम्‍बन्धी मेरो गलत दृष्टिकोण सच्याइनँ, र मेरो भ्रष्ट स्वभाव समाधान गरिनँ भने, मेरो कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, वा मैले जति नै समर्पण र त्याग गरे पनि, मैले कहिल्यै पनि परमेश्‍वरको स्याबासी पाउनेछैनँ र अन्त्यमा म हटाइनेछु र दण्डित हुनेछु भन्‍ने कुरा स्पष्ट देखेँ। यो सब कुरा पहिचान गरिसकेपछि, मैले आफू कस्तो खतरनाक स्थितिमा रहेछु भन्‍ने महसुस गरेँ र आफ्ना अभिप्रायहरू सुधारेर राम्रोसित कर्तव्य पूरा गर्न तयार भएँ।

पछि, मैले परमेश्‍वरको वचनका निम्‍न खण्डहरू पढेँ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि सन्ताप भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। सन्ताप आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे उसले आशिष्‌हरू पाओस् वा ऊमाथि सन्ताप आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्‍वरको पछि लाग्ने व्यक्तिले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले सन्ताप आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरको वचनले मलाई के सिकायो भने हामीले पूरा गर्ने कर्तव्यले हामीले आशिष्‌ पाउँछौँ कि दुर्भाग्य भोग्छौँ भन्‍ने कुरा निर्धारित गर्दैन। कर्तव्य भनेको परमेश्‍वरबाट आउने आज्ञा हो, र यो मानिसको जिम्‍मेवारी हो—व्यक्तिले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने कुरा स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो। मुक्ति पाउने चाबी भनेकै सत्यता खोजी गर्नु, सत्यता प्राप्त गर्नु र स्वभाव परिवर्तन गर्नु हो। व्यक्तिले निर्वाह गर्ने कर्तव्यसँग यसको कुनै सम्‍बन्ध छैन। महत्त्वपूर्ण कर्तव्य पूरा गर्दैमा र उच्‍च हैसियत प्राप्त गर्दैमा तपाईंसँग सत्यताको वास्तविकता हुन्छ भन्‍ने हुँदैन। यदि तपाईंले सत्यता खोजी गर्नुहुन्‍न, आफ्‍नो स्वभाव परिवर्तन गर्नुहुन्‍न, बरु आशिष्‌हरू प्राप्त गर्न उहाँसँग लेनदेनसमेत गर्नुहुन्छ, उहाँलाई ठग्‍नुहुन्छ, उहाँलाई प्रयोग गर्नुहुन्छ र मण्डलीको काममा बाधा दिनुहुन्छ भने, तपाईंलाई खुलासा गरेर हटाइनेछ, र तपाईंलाई परमेश्‍वरले कहिल्यै मुक्ति दिनुहुनेछैन। तपाईंलाई बाहिरी रूपमा महत्त्वहीन कर्तव्य दिइएको छ भने पनि, तपाईंले परिश्रम गर्नुभयो, सत्यता खोजी गर्नुभयो र स्वभाव परिवर्तन हासिल गर्नुभयो भने, तपाईंले मुक्ति पाउनुहुनेछ। मलाई खुलासा र बर्खास्त भएका विभिन्‍न झूटा अगुवाहरूको याद आयो—तिनीहरूले महत्तवपूर्ण कर्तव्य निभाउँथे, भेला हुन्थे र सङ्गति गर्थे, आफैलाई खर्चन्थे, कष्ट भोग्थे, र सबै ब्रदर-सिस्टरहरूबाट आदर प्राप्त गर्थे। तर तिनीहरू सत्यता खोजी गर्दैनथे, केवल मानिसहरूलाई धर्मसिद्धान्तको ज्ञान दिन्थे। तिनीहरूले अलिकति पनि परमेश्‍वरको वचनको अभ्यास वा अनुभव गर्दैनथे; तिनीहरूले आशिष्‌हरू पाउन र आफ्‍नो हैसियत र प्रसिद्धि जोगाउनका लागि मात्रै आफूलाई खर्चन्थे र त्याग गर्थे। परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भए पनि, तिनीहरूले अझै आफूलाई चिनेका वा स्वभाव परिवर्तन गरेका थिएनन्, फलस्वरूप तिनीहरू गलत मार्ग हिँडे र तिनीहरूलाई बर्खास्त गरियो। अनि मलाई कष्ट भोग्‍ने, आफूलाई खर्चने, उच्‍च स्थान लिने, र महत्त्वपूर्ण कर्तव्य निभाउने मानिसहरूले मुक्ति पाउनेछन् र सुन्दर गन्तव्य र परिणाम हासिल गर्नेछन्, तर सामान्य, महत्त्वहीन कर्तव्य निभाउने मानिसहरूले चाहिँ मुक्ति वा आशिष्‌हरू पाउने सम्‍भावना एकदमै कम हुन्छ भनेर सोच्‍नु हास्यास्पद र परमेश्‍वरको वचनविपरीत कुरा हो भन्‍ने महसुस भयो। मलाई पावलको याद आयो, तिनले मण्डलीमा उच्‍च स्थान पाएका थिए, तिनी टाढाटाढा गएर सुसमाचार सुनाउने र धेरै कष्ट भोग्‍ने गर्थे र तिनले सबैको आदर र सम्‍मान पाएका थिए, र आधुनिक धार्मिक संसारले तिनलाई अनुकरणयोग्य उदाहरणको रूपमा समेत लिएको छ। तैपनि पावलले सत्यता कहिल्यै खोजी गरेनन्, आफ्‍नो स्वभाव रूपान्तरण गर्न लागिपर्नु त परको कुरा हो, तिनले त आशिष्‌ र मुकुट पाउनको लागि मात्रै आफूलाई खर्चिए। तिनी परमेश्‍वरको विरोध गर्ने मार्गमा हिँडे र अन्त्यमा उहाँद्वारा दण्डित भए। यसको विपरीत, पत्रुसको काम बाहिरी रूपमा पावलको जत्तिको प्रभावशाली थिएनन्, तर तिनले आफ्‍नो कर्तव्यमा सत्यता खोज्थे र परमेश्‍वरलाई प्रेम गर्थे, अनि परमेश्‍वरले तिनलाई न्याय र सजाय गर्नुहुँदा आफूलाई र परमेश्‍वरलाई चिन्‍ने कार्यलाई महत्त्व दिन्थे। अन्त्यमा, तिनलाई परमेश्‍वरको लागि उँधोमुन्टो क्रूसमा टाँगियो र तिनले मृत्युसम्‍मै परमेश्‍वरप्रतिको समर्पण र प्रेम हासिल गरे, र यसमार्फत उहाँले तिनलाई सिद्ध तुल्याउनुभयो। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ—उहाँले उहाँसँग लेनदेन गर्ने, उहाँलाई ठग्‍ने र विरोध गर्ने मानिसहरूलाई राज्यमा भित्रयाउनुहुन्‍न, भ्रष्ट स्वभावले भरिएका शैतान कोटिका मानिसहरूलाई उहाँले रहन दिनु त परको कुरा हो। सत्यता र स्वभाव परिवर्तनको खोजी गर्नेहरू, र सत्यता र परमेश्‍वरप्रति समर्पण हासिल गरेर उहाँको इच्‍छा पछ्याउनेहरू मात्रै परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छन्। यो महसुस गरेपछि, मलाई निकै मुक्त भएको अनुभव भयो र म परमेश्‍वरमा समर्पित भएर ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने काम सक्‍दो उत्कृष्ट रूपमा गर्न तयार भएँ। तैपनि पाहुना राख्‍ने कामको तयारी गर्दैगर्दा, मलाई अगुवाले एउटा मेसेज पठाइन् र मलाई अर्को मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा खटाइएको जानकारी दिइन्। यो मेसेज पाएपछि, म परमेश्‍वरलाई धन्यवाद नदिई बस्‍न सकिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र म दृढ भएर सत्यता खोजी गर्न, आफ्‍नो स्वभाव परिवर्तन गर्ने कार्यमा ध्यान दिन, र लगनसाथ आफ्‍नो कर्तव्य पूरा गर्न तयार छु भनेर भनेँ।

आज, मैले आशिष्‌हरू पाउने मेरो इच्‍छा र परमेश्‍वरसँगको मेरो लेनदेन-केन्द्रित सम्‍बन्धको बारेमा केही जानेकी छु। म कति स्वार्थी र घृणित रहेछु भन्‍ने मैले देखेकी छु, र अब म समर्पित भएर सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य मन लगाएर गर्न तयार भएकी छु। यो सबै परमेश्‍वरको मुक्तिको कारण भएको हो, र म परमेश्‍वरलाई मुरीमुरी धन्यवाद दिन्छु।

सम्बन्धित विषयवस्तु

बिमारहरूको चिन्ताबाट मुक्त

जिन छिन, चीनमेरी आमा क्यान्सर लागेर मेरो बिहेअघि नै बित्नुभो र मेरा बुबालाई ५७ वर्षको हुँदा उच्च रक्तचाप भएर उहाँको रक्तनली फुट्यो, उहाँको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्