अभिमानबाट उम्‍कन सजिलो छैन

25 फेब्रुअरी 2023

जुलाइ २०२० मा, भिडियो बनाउने कामका आवश्यकताहरूको कारण, मेरो सुपरभाइजरले मलाई भिडियोहरू बनाउने काम दिइन्। त्यो बेला, मलाई अत्यन्तै खुशी लागेको थियो, तर मैले के पनि महसुस गरेँ भने मेरो नयाँ कर्तव्यमा मैले केही समस्या र कठिनाइहरू सामना गर्नेछु, त्यसकारण मैले सिक्‍नुपर्छ र नबुझेको कुरा सोध्‍नुपर्छ। तर भिडियोहरू बनाउने गरेकी सिस्टर लीयूले आफ्‍नो कामको जिम्‍मा मलाई दिँदा, उनले अहिले कामको बोझ धेरै भएको नयाँ कर्तव्य पाएकी छिन्, र मलाई बताउने कुरा तुरुन्तै समाप्त गर्न चाहन्छिन् भनेर भनिन्। म काममा पोख्त भएपछि मात्रै जाने योजना उनको छैन भन्‍ने मैले देख्‍न सक्थेँ। म चिन्ता नगरी बस्‍न सकिनँ। “यो काम अत्यन्तै जटिल छ। के मैले साँच्‍चै यो सबै कुरा एकै पटक लिन सक्छु?” कल राख्‍नुभन्दा पहिले, सिस्टर लीयूले मसँग कुनै कठिनाइ छन् कि भनी सोधिन्। मैले मेरा चिन्ताका विषयहरू बाँढ्न लागेकी थिएँ, तर त्यसपछि मैले सोचेँ, “मैले भर्खर उनलाई भेटेकी छु, र पहिलो प्रभाव महत्त्वपूर्ण हुन्छ। उनी आफ्‍नो नयाँ कर्तव्य लिन हतारमा छिन्, त्यसकारण मैले उनलाई अलमल्याउनु हुँदैन। यदि मैले कठिनाइहरूका बारेमा सोधेँ र काम गर्नुभन्दा पहिले नै मागहरू गरेँ भने, उनले मेरो बारेमा के विचार गर्नेछिन्? के उनले मूर्ख व्यक्तिले उनको कामको जिम्‍मा लिइरहेको छ, र म त्यस कामको लागि गलत व्यक्ति हुँ भनेर सोच्‍नेछैनन् र?” त्यसकारण, मन नलागी-नलागी, मैले भनेँ, “कुनै प्रश्‍न छैन।” मसँग क्षमता छ र मैले समस्याहरू पत्ता लगाउन सक्छु भनेर प्रमाणित गर्न, मैले उनले मलाई परिचित गराएको व्यावसायिक प्रक्रियाको बारेमा केही सुझाव पनि प्रस्तुत गरेँ। त्यो बेला, मैले मेरा कमीकमजोरीलाई ढाक-छोप गर्न मेरा सामर्थ्यहरू प्रयोग गरिरहेकी रहेछु भन्‍ने मलाई महसुस भयो। यदि उनले गल्तीबस मसँग राम्रो क्षमता छ भन्‍ने सोचेर मलाई सिकाउने समय छोट्याइन्, र सिकाइमा ढिलाइ गरेको कारण काममा ढिलाइ भयो भने के गर्ने? तर त्यसपछि मैले के सोचेँ भने मैले पहिले नै यो कुरा भनिसकेकी हुनाले, मेरा शब्‍दहरूलाई मैले फर्काउन सकिनँ। मलाई समस्याहरू भयो भने मैले भविष्यमा उनलाई सहयोग माग्‍न सक्थेँ।

भोलि पल्ट, सिस्टर लीयूले मलाई भविष्यमा मेरो कर्तव्यको सहकर्मी सिस्टर वाङ्ग हुनेछिन् भनेर भनिन्। उनले के भनिन् भने सिस्टर वाङ्गले भिडियोहरू बनाउन थालेको एक महिनाभन्दा पहिले हो, उनले चाँडै सिकेकी थिइन्, र अहिले उनले आफै आफ्‍नो कर्तव्य पूरा गर्न सक्छिन्। पछि, जब मैले सिस्टर वाङ्गसँग कामको बारेमा छलफल गरेँ, तब उनले मलाई कामको प्रवाहको बारेमा कुशलतापूर्वक व्याख्या गरिदिइन्, र कसरी श्रम विभाजन गर्ने, सहकार्य गर्ने, र इत्यादि कुराको बारेमा मसँग छलफल गरिन्। उनले जे गरिरहेकी छिन् त्यो उनले राम्ररी जानेकी छिन् जस्तो देखिन्थ्यो। म सिस्टर वाङ्गभन्दा कम दक्ष छु भन्‍ने मलाई थाहा थियो, तर म र सिस्टर वाङ्गको बीचमा रहेको भिन्‍नताबारे सिस्टर लीयूलाई देख्‍न नदिन, उनको छेउछाउ म अत्यन्तै सावधान बन्थेँ, र मेरा कमीकमजोरीहरूका बारेमा खुलासा गर्छु होला भन्‍ने चिन्ता गर्थेँ। मैले समाधान गर्न नसक्‍ने समस्याहरू आउँदा, म जति सक्दो धेरै जानकारी पढ्न र उनलाई नसोधी आफै समाधान गर्न सक्दो प्रयास गर्थेँ। मैले कठिन परिश्रम गरे पनि, मेरो प्रगतिमा अत्यन्तै ढिलाई भयो। जब हाम्रो अगुवा हाम्रो काममा आए, तब मैले बुझ्‍न नसकेका कुराहरू धेरै थिए। हाम्रो अगुवाका लगभग सबै प्रश्‍नहरूको उत्तर सिस्टर वाङ्गले नै दिइन्। यसले गर्दा मलाई निराश तुल्यायो, र मलाई म काम नलाग्‍ने हुँ जस्तो लाग्यो। चाँडै नै, एक हप्ताभन्दा बढी समय बित्यो, र मैले एकलै काम गर्न नसकेकी हुनाले, सिस्टर लीयूले आफ्‍नो नयाँ कर्तव्यलाई सुरु गर्न पाइनन्। यसले मलाई अझै लज्‍जित तुल्यायो। तर मैले पनि के सोचेँ भने, मैले चाँडै सिक्‍न नसक्‍ने हुनाले म सहजै निराश हुन्छ भन्‍ने उनले थाहा पाइन् भने, उनले मेरो कद अत्यन्तै सानो छ, मेरो क्षमता कमजोर छ, र म अदक्ष छु भनेर सोच्‍न सक्छिन्। त्यो बेला म आफ्‍नो भयानक स्थिति कसैलाई देखाउन चाहन्‍नथिएँ। मलाई यी कुराहरूप्रति परिचित भएर जति सक्दो चाँडो समूहमा काम सुरु गर्न मन लागेको थियो, ताकि सिस्टर लीयू जान सकून् र हरेक दिन मैले उनको अगाडि आफूलाई लाजमा पार्न नपरोस्। तर मैले अत्यन्तै बिस्तारै काम सिकेँ, र मैले परमेश्‍वरको अगुवालाई अनुभव नै गर्न सकिनँ। पीडामा, म प्रार्थना र खोजी गर्न परमेश्‍वरको अघि आएँ, र म आफूलाई चिन्‍न सहयोग गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ। एक दिन, मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्डिपन हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड २, कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू र घातक कमजोरी हुन्छन्। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरूले जति नै ‘साधारण’ भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा उच्‍च व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली, र जुनसुकै कार्य गर्न सक्षम र गर्ने नसक्‍ने कुनै कुरा नभएको महान्‌ व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। जब तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिन्छ, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छ, ‘म अहिलेसम्‍म त्यो स्तरमा पुगेको छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा थाहा दिनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरू अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै विवेक गुमाइसकेका हुन्छन्! तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, उच्‍च व्यक्ति, वा उस्ताद बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गरेको थियो। मैले त्यो कामको जिम्‍मा लिएपछि, मैले आफ्‍नो काम कसरी राम्ररी सिक्‍ने भन्‍ने बारेमा मात्रै विचार गरेँ, ताकि सबैले मसँग राम्रो क्षमता छ र म काम गर्न सक्षम छु भन्‍ने देख्‍न सकून्। जब मैले यो काम लिएँ, तब मैले सिस्टर लीयूलाई जान हतार छ भन्‍ने थाहा पाएँ। मैले त्यति छोटो अवधिमा धेरै सीप र प्रक्रियाहरू सिक्‍न सक्दिनथिएँ, तर “म त्यति धेरै कुरा याद गर्न सक्दिनँ, त्यसकारण मलाई थप केही दिन सिकाउनुहोस्” भन्‍ने जस्तो सरल कुरा पनि मैले भन्‍ने आँट गरिनँ। मैले चलाकीहरू समेत गरेँ र मसँग व्यावसायिक क्षमता छ भनेर प्रमाणित गर्न मैले जानी-जानी सुझावहरू पनि दिएँ। म सिस्टर वाङ्गभन्दा कमजोर छु भन्‍ने कुरा सिस्टर लीयूले देखून् भन्‍ने मेरो चाहना थिएन, त्यसकारण मैले आफैलाई अझै ढाकछोप गरेँ र देखावटी रूप धारण गरेँ, र म सिस्टर लीयूको अगाडि अत्यन्तै सतर्क रहन्थेँ किनभने मलाई मेरा कमीकमजोरीहरूलाई लापरवाही रूपमा खुलासा गर्छु भन्‍ने डर लागेको थियो। यसको साथै, मलाई काम हातमा लिने समय यही हो, यसरी अगुवा साथै मेरा ब्रदर-सिस्टरहरू सबैले मेरो कार्य-प्रस्तुति हेरिरहेका थिए र मेरो क्षमता र साँचो कद खुलासा भएपछि, मानिसहरूले मलाई हेला गर्छन् भन्‍ने लागेको थियो। यदि अगुवाले मसँग कुनै क्षमता छैन र भिडियोहरू बनाउन योग्य छैन भन्‍ने देखेर मलाई हटाए भने, त्यो निकै लाजमर्दो कुरा हुनेथियो। त्यसकारण, मसँग प्रश्‍न र कठिनाइहरू हुँदा, म सोध्‍न चाहँदिनथिएँ। म सधैँ यसरी आफूलाई ढाकछोप गर्ने र देखावटी रूप धारण गर्ने गर्थेँ, त्यसकारण मैले कसरी प्रगति गर्न सक्थेँ र? जब मानिसहरूले नयाँ कर्तव्य सुरु गर्छन्, तब सबै कुरा अपरिचित हुन्छ, त्यसकारण तिनीहरूले नबुझ्‍ने धेरै कुरा हुनु सामान्य हुन्छ। यसको साथै, मेरो काम गर्ने क्षमता त्यति राम्रो थिएन, त्यसकारण मैले प्रश्‍नहरू गर्नुपर्थ्यो र अझै बढी खोजी गर्नुपर्थ्यो, तर म अत्यन्तै अहङ्कारी थिएँ। म आफै ठीक छु र काम सम्‍हाल्‍न सक्छु भनेर प्रमाणित गर्न चाहन्थेँ, त्यसकारण मैले सधैँ कुराहरू बुझेको बहाना गरेँ र देखावटी रूप धारण गरेँ, जसले मैले जान्‍नुपर्ने कुराहरू जान्‍नबाट मलाई रोक्यो, काम हस्तान्तरण गर्ने काममा ढिलाइ भयो, र सिस्टर लीयू जानु असम्‍भव भयो। मैले गरेको काम वास्तवमा हानिकारक थियो। मैले हाम्रो काममा ढिलाइ गरेँ र मलाई एक पटक पनि दोषी महसुस भएन, यसको साथै मानिसहरूले मेरो साँचो क्षमतालाई देख्‍नेछन् वा मलाई हेपिनेछ भन्‍ने चिन्ता गरिरहेँ। म अत्यन्तै अविवेकी रहेछु।

पछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्न सक्दैनस्। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैको बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैको विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवनमा प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्नु सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छदम् रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, नेल र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवनमा प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि विश्‍लेषण गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई इन्कार गर्दै र तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा झूट बोलिरहने र छल गरिरहने तेरो कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकाहरूलाई घृणा गर्छस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारिता, शुद्धता, र आज्ञापालनको मानसिकताका साथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, झुटो रूप देखाउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरू लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफूसँग कमीकमजोरी वा भ्रष्ट स्वभाव छ भने, र अरूलाई भ्रममा पार्न सधैँ वास्तविक रूप लुकाइन्छ भने, यो धूर्त र छली काम हो, र शैतानी प्रकृतिको कारण यसो गरिन्छ। यदि यसो गरियो भने, कहिल्यै पनि सत्यतामा प्रवेश गरिँदैन। मेरो असल र खराब पक्षहरूको बारेमा मैले उदाङ्गो पार्नुपर्छ र खुलस्त कुरा गर्नुपर्छ, र अरू मानिसहरू र परमेश्‍वरसँग म इमानदार हुनुपर्छ। यसरी, मेरो हृदय झन्-झन् इमानदार बन्छ, म परमेश्‍वरको उपस्थितिमा जिउन सक्छु, समस्या र गडबडीहरूलाई समयमा नै सुधार गर्न सकिन्छ, र ख्याति र हैसियतको पछि लाग्‍ने गलत मार्ग लिनबाट यसले मलाई रोक्‍न सक्छ। मैले अभ्यासको मार्ग प्राप्त गरेपछि, मैले मन खोलेर सिस्टर लीयूलाई मेरो स्थितिको बारेमा बताएँ। अनपेक्षित रूपमा, सिस्टर लीयूले भनिन्, मैले खुलस्त बताएपछि, उनले पनि आफ्‍ना जिम्‍मेवारीहरू पूरा नगरेको महसुस गरिन्। उनले आफ्‍नो नयाँ कर्तव्य लिने बारेमा मात्रै सोचिरहेकी थिइन्, त्यसकारण उनले उचित तरिकाले काम हस्तान्तर गरेकी थिइनन्। उनले मैले यी कुराहरू बुझेपछि मात्रै जान्छु भनेर पनि भनिन्। यो सुन्दा म निकै भावुक भएँ। खुलस्त कुरा गरेर अनि आफ्‍ना कमीकमजोरी र त्रुटिहरू देखाएर तपाईंले आफ्‍ना ब्रदर-सिस्टरहरूको सहयोग र साथ पाउन सक्‍नुहुन्छ, आफ्‍नो कर्तव्यमा आफ्‍ना ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्न सक्‍नुहुन्छ, र अझै महत्त्वपूर्ण कुरा, तपाईंले इमानदार र आज्ञाकारी आचरणले काम गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा मैले अनुभव गरेँ। परमेश्‍वरको उपस्थितिमा जिउनु र परमेश्‍वरको आज्ञाप्रति जिम्‍मेवार हुनु भनेको यही हो, र यसको गर्दा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकिन्छ। त्यसपछि, मैले म कामप्रति कति परिचित छु भन्‍ने बारेमा मेरी सिस्टरलाई साँचो रूपमा भनेँ, र उनले मलाई ती कुराहरूलाई लक्षित गर्दै सिकाइन्, र मैले धेरै कुरा सिकेँ। मैले आफ्‍नो कर्तव्य पूरा गर्नु मलाई किन यति गाह्रो भएको थियो भन्‍ने कुरा पनि महसुस गरेँ, जुन कारण मसँग काम गर्ने क्षमता छ भनी प्रमाणित गर्न सबै कामप्रति एकै पटक परिचित भएर पोख्‍त बन्‍न चाहनु नै थियो, जसले गर्दा मैले कामहरूलाई प्राथमिकता दिने आफ्‍नो क्षमता गुमाएँ र मेरो प्रगतिमा ढिलाइ भयो। त्यसपछि मैले कामलाई वर्गीकरण गरेँ र प्राथमिकता अनुसार राखेँ, ताकि मैले लक्षित र व्यवस्थित तरिकाले काम गर्न सकूँ, र म चाँडै नै कामप्रति परिचित भएँ। यो अनुभवबाट, मैले सत्यता अभ्यास गर्नु र परमेश्‍वरको वचन अनुसार काम गर्नुको मिठासलाई चाखेँ। मैले आफ्‍नो कर्तव्यमा सही अभिप्रायहरू र इमानदार आचरण हुनुको महत्त्वलाई पनि बुझेँ। यसरी मात्रै मैले परमेश्‍वरको मार्गदर्शन र आशिषहरू प्राप्त गर्न सक्छु। त्यसपछि, जब म आफूले नबुझेका समस्याहरूको सामना गर्थेँ, तब म समाधानहरू खोज्‍न सक्रिय भएर मेरा ब्रदर-सिस्टरहरूसँग खोजी गर्थेँ। केही समयसम्‍म यसरी अभ्यास गरेपछि, मैले प्रतिष्ठा र हैसियतप्रतिको मेरो इच्‍छा घटेको छ, र खुलस्त बोल्‍ने र इमानदार व्यक्ति बन्‍ने मेरो अभ्यासमा, मैले केही प्रवेश पाएकी छु भन्‍ने लाग्यो। तर चाँडै नै, मैले आफूसम्‍बन्धी मेरो दृष्टिकोणलाई इन्कार गरेँ।

करिब एक महिनापछि, काम गर्न दक्ष नभएकोले, र भिडियो बनाउने कामको मात्रा घटेको कारण कर्मचारी घटाउनु परेकोले, मेरो अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामलाई नै जारी राख्‍न लगाए। मलाई यो निकै लाजमर्दो लाग्यो, र नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा मसँगै काम गर्ने ब्रदर-सिस्टरहरूलाई भेट्न मन लागेन। म यसबाट उम्केर सुसमाचार प्रचार गर्न चाहन्थेँ, तर नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने मेरो काममा फर्कने निर्णयलाई बदल्न सकिँदैनथ्यो। मलाई आफू हावा खुस्किएको बेलुन जस्तै लाग्यो, मेरो शिर झुक्रिएको थियो, र मैले आफैलाई उत्साह दिन सकिनँ। यस बेला, मेरो नजिकैको सिस्टरले मेरो स्थिति सही छैन भन्‍ने देखिन्, मलाई आज्ञापालन सम्‍बन्धी परमेश्‍वरको वचन पठाइन्, र मसँग कुराकानी गर्न चाहेको कुरा बताइन्। म अचानक सतर्क भएँ। “के मेरी सिस्टरले म खराब स्थितिमा छु भन्‍ने देखिन्? के कामदार कटौतीको कारण मलाई सरुवा गरिएको थाहा पाइन् भने उनले मलाई हेला गर्लिन्? मैले आफ्‍नो छविलाई त्याग्‍न नसकेकी हुनाले म नकारात्मक बनेकी छु भन्‍ने थाहा पाइन् भने, के उनले कुनै सत्यताको वास्तविकताहरू प्राप्त नगरी मैले परमेश्‍वरमा वर्षौंदेखि विश्‍वास गरेकी छु भनेर सोच्‍नेछिन्? के उनले म सत्यताको खोजी नगर्ने व्यक्ति हुँ भनेर ठान्‍नेछिन्?” त्यसकारण, मैले नम्रतापूर्वक आफ्‍नो प्रतिरक्षा गरेँ, “अहिले भिडियो बनाउने काम कम भएको छ, मलाई ढिलोचाँडो स्थानान्तर गरिने नै थियो। सिस्टर झोउलाई पनि पहिलेकै काममा स्थानान्तर गरिएको छ।” सिस्टर झोउले पहिले मलजल कामको रेखदेख गर्ने काम गरेकी हुनाले मैले उनको नाम उल्‍लेख गरेँ, र यदि उनी पहिलेकै काममा फर्किएकी छिन् भने, म फर्केर जानु पनि सामान्य कुरा थियो। यो सुनेपछि, सिस्टरले थप केही कुरा सोधिनन्। यो विन्दुमा मैले आफैलाई भनेँ, म कमजोर हुनु हुँदैन। मैले दह्रिलो बनेर आफ्‍नो कर्तव्यलाई सक्रिय भएर पूरा गर्नुपर्छ, ताकि मलाई स्थानान्तर गर्दा समस्या हुँदैन, र म यसलाई स्वीकार गर्न सक्छु भन्‍ने कुरा सबैले देख्‍न सकून्। मैले आफ्‍नो वास्तविक रूप लुकाएर दह्रिलो बनेको बहाना गर्न सक्दो गरेँ, तर मलाई वास्तवमा ग्रसित र निराश अनुभव भयो। कहिलेकहीँ म सिस्टरले मलाई सहयोग गर्न खोज्दा इन्कार गरेको बारेमा सोच्थेँ र मलाई पछुतो लाग्थ्यो, “उनले मलाई दयाको साथ सहयोग गर्न खोजिन्, र पनि किन मैले आफ्‍नो छविलाई जोगाउन उनको सहयोग इन्कार गरेँ? मैले किन उनलाई मन खोलेर बताउन सकिनँ?”

पछि, एक जना सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन् जुन खण्डले मलाई मेरो स्थितिको बारेमा अन्तर्ज्ञान प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “भ्रष्ट मानवजाति आफ्‍नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, आफ्‍नो वास्तविकता सधैँ लुकाउनैपर्छ। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता देखावटीपनहरू एकदमै धेरै हुँदैनन् र? हो, एकदमै धेरै हुन्छन्। गल्तीहरू गर्नु वा वास्तविक रूप लुकाउनु: यीमध्ये कुनचाहिँ स्वभावसँग सम्बन्धित छ? वास्तविक रूप लुकाउनु स्वभावसित सम्बन्धित कुरा हो, यसमा एक घमण्डी स्वभाव, दुष्टता र विश्‍वासघात सामेल हुन्छ; र परमेश्‍वरले यसलाई विशेष रूपमा तुच्छ ठान्‍नुहुन्छ। वास्तवमा, जब तैँले आफ्‍नो वास्तविक रूप लुकाउँछस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले थाहा पाउँदैनन् भन्‍ने सोच्छस्, र इज्‍जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्‍ने बनाउन तैँले सक्दो तर्क गर्छस् र आफूलाई निर्दोष साबित गर्ने प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसबारेमा के सोच्छन्? तिनीहरूलाई कस्तो अनुभव हुन्छ? दिक्‍क र घिन लाग्छ। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, र सबैलाई यसबारेमा कुराकानी र टीकाटिप्पणी गर्न दिन्छस् र त्यसबाट असल-खराब खुट्याउन सक्छस्, अनि यसबारेमा खुलस्त हुन र यसलाई विश्‍लेषण गर्न सक्छस् भने, यसबारेमा सबैको विचार के हुनेछ? तिनीहरूले तँ इमान्दार व्यक्ति होस् भन्नेछन् किनकि तेरो हृदय परमेश्‍वरको लागि खुला छ। तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गर्छस् भने, मानिसहरूले तँलाई आदर गर्नेछैनन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनी भन्नेछन्। यदि तैँले बहाना वा ढोङ्ग गर्ने कोसिस गर्दैनस् भने, यदि तँ आफ्नो गल्ती स्विकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र मानिसको भ्रष्टताको साँचो अनुहारको बारेमा तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूलाई ढाकछोप गर्ने कोसिस गर्नेछैनस्, न त अरूले गल्ती गर्दा तँ तिनीहरूप्रति कठोर नै हुन्छस्, तर तैँले दुवै कुरालाई सही प्रकारले सामना गर्नेछस्। तब मात्र तँ समझदार हुनेछस् र मूर्ख कुराहरू गर्नेछैनस्, र यस कार्यले तँलाई बुद्धिमान् व्यक्ति बनाउनेछ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्, जबकि दृश्य पछाडि तिनीहरू छली हुन्छन्। यो देख्नुमा घिनलाग्दो हुन्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी ढोङ्ग गर्छस्। अरूलाई, त्यो एक जोकरले गरेको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू सधैँ आफ्नो अहङ्कारमा सवार हुन्छन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, र तिनीहरू अरूभन्दा बढी इज्‍जतदार छन् भनी सोच्छन्—यो अहंकार र आत्मधार्मिकता हो, यो मूर्खता हो(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। म परमेश्‍वरको वचनमा खुलासा गरिएको मूर्ख थिएँ, र जोकर जस्तो म सधैँ अरूको अगाडि नाटक गरिरहेकी हुन्थेँ। ती दिनहरूमा, मलाई स्थानान्तर गरिएको हुनाले, मलाई मैले ख्याति र हैसियत गुमाएकी छु भन्‍ने लाग्यो, र मैले गलतबुझाइ र नकारात्मकताको विकास गरेँ। मेरी सिस्टरले मलाई सहयोग गर्न चाहन्थिन्, तर मैले मेरा समस्या र कठिनाइहरूलाई समाधान गर्न उनीसँग सत्यताको खोजी गर्न खुलस्त कुरा गरिनँ। बरु, म तुरुन्तै प्रतिरक्षात्मक बनेँ। उनले मलाई नकरात्मक र अनाज्ञाकारी देख्छिन् भन्‍ने मलाई शङ्का लागेको थियो, त्यसकारण मैले आफ्‍नो कमजोरीलाई कसरी ढाक-छोप गरेर आफ्‍नो लागि परिस्थितिलाई सहज तुल्याउने त्यो पत्ता लगाउने प्रयास गरेँ। म कति छली थिएँ! यसो गरेर मैले मेरी सिस्टरलाई छल गरेकी, र मेरो छवि र हैसियतको रक्षा भए पनि, मैले उनीबाट साथ र सहयोग पाउन सकिनँ। मेरो नकारात्मक स्थिति समयमा नै समाधान हुन सकेन, र म अन्धकार र पीडामा जिएँ। के यो मूर्खता थिएन र? मैले आफैलाई सन्तुष्ट पार्न यसो गरेँ, र म कष्ट योग्य थिएँ! मैले परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा, मेरो भ्रष्ट स्वभाव त्यति परिवर्तन भएको थिएन, र जब-जब मेरो छवि वा हैसियतको कुरा आउँथ्यो, तब म थाहै नपाई आफूलाई ढाकछोप गर्ने र देखावटी रूप धारण गर्ने गर्थेँ। म मेरा ब्रदर-सिस्टरहरूलाई भरोसा गरेर कहिल्यै कुरा गरिनँ, र मैले शैतानको बन्धनमा परेको कैदीले जस्तै हरेक दिन अन्धकारमा बिताएँ। म व्याकुल र कमजोर थिएँ, र म यसबाट उम्‍कन सकिनँ। म दयनीय स्थितिमा थिएँ। मैले परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरेँ, “परमेश्‍वर, म आदर पाउनको लागि म सधैँ देखावटी रूप धारण गर्छु, र दुर्गतिमा जिउँछु। बिन्ती छ मलाई सहायता र अगुवाइ गर्नुहोस् ताकि मैले आफूलाई बुझेर घृणा गर्न सकूँ र साँचो रूपमा पश्‍चात्ताप गरेर परिवर्तन हुन सकूँ।”

एक दिन, मैले ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, ख्रीष्ट विरोधीले तिनीहरू कमजोर नभएको, तिनीहरू सधैँ बलिया भएको, आत्मविश्‍वासले भरपूर भएको, कहिल्यै पनि नकारात्मक नभएको देखाउने कोसिस गर्छन् र त्यस्तो छाप छोड्छन्। तिनीहरूले आफ्नो वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै प्रकट गर्दैनन्। वास्तवमा, तिनीहरूको हृदयको गहिराइमा, के साँच्चै तिनीहरूले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छन्? के तिनीहरूले साँच्चै कमजोरीपन, नकारात्मकता वा भ्रष्टता रहित छन् भनी विश्‍वास गर्छन्? बिलकुलै गर्दैनन्। तिनीहरू अभिनय गर्न सिपालु हुन्छन्, चीजहरू लुकाउन बाठा हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो बलियो र सम्मानजनक पक्ष देखाउन मन पराउँछन्; तिनीहरू आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैनन्। तिनीहरूको उद्देश्य स्पष्ट हुन्छ: स्पष्ट रूपमै यो आफ्नो इज्जत बचाउनु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। यदि तिनीहरूले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गरे भने, यदि तिनीहरूले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकट गरे भने, त्यसले तिनीहरूको हैसियत र प्रतिष्ठाका लागि गम्भीर क्षति गर्नेछ—हुनुपर्ने भन्दा ठूलो समस्या हुनेछ भनी सोच्छन्। त्यसैले तिनीहरू आफ्नो कमजोरी, विद्रोहीपन, र नकारात्मतालाई कडाइका साथ आफैमा सीमित राख्छन्। अनि, यदि एक दिन सबैले तिनीहरूको कमजोर र विद्रोही पक्ष देखे भने, र तिनीहरूले आफू भ्रष्ट भएको, र अलिकति पनि नबद्लिएको देखे भने, तिनीहरूले अभिनय गर्न जारी राख्‍नेछन्। यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, कोही सानो र नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछन्, सबैको आदर र श्रद्धा गुमाउनेछन्, र यसरी पूर्ण रूपमा असफल हुनेछन् भनी सोच्छन्। त्यसैले, जे भए पनि, तिनीहरू मानिसहरूको अगि खुलस्त हुँदैनन्; चाहे जे भए पनि, तिनीहरूले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिँदैनन्; बरु, तिनीहरूले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छन्, र कहिल्यै हार मान्दैनन्। … तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको बीचमा कहिल्यै पनि आफ्‍नो कमजोरीहरू प्रकट गर्दैनन्, न त तिनीहरूले आफ्‍ना कमी र कमजोरीहरू नै पहिचान गर्छन्; बरु, तिनीहरूले यी कुराहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्छन्। मानिसहरूले तिनीहरूलाई सोध्छन्, ‘तिमीले परमेश्‍वरमा यति धेरै वर्ष विश्‍वास गरेका छौ, के परमेश्‍वरको बारेमा तिमीले कहिल्यै शङ्का गरेका छौ?’ तिनीहरूले उत्तर दिन्छन्, ‘छैन।’ तिनीहरूलाई सोधिन्छ, ‘परमेश्‍वरको लागि योगदान दिँदा सबै कुरा त्यागेकोमा के तँलाई कहिल्यै पछुतो हुन्छ?’ तिनीहरूले उत्तर दिन्छन्, ‘हुँदैन।’ ‘तँ बिरामी र दयनीय अवस्थामा हुँदा, के तँलाई घरको याद आयो?’ अनि तिनीहरूले उत्तर दिन्छन्, ‘कहिल्यै याद आएन।’ हेर त, ख्रीष्टविरोधीहरूले आफूलाई निष्ठावान, दह्रिलो, अनि त्याग गर्न र कष्ट भोग्‍न सक्‍ने व्यक्तिको रूपमा, अर्थात् कमजोरी नै नभएको र कुनै दोष वा समस्या नभएको व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। यदि कसैले तिनीहरूको भ्रष्टता र कमीकमजोरीलाई औँल्याइदियो, तिनीहरूलाई सामान्य ब्रदर-सिस्टरको रूपमा आफूसमान व्यवहार गर्‍यो, र तिनीहरूसँग मन खोलेर सङ्गति गर्‍यो भने, तिनीहरूले यसलाई कसरी लिन्छन्? आफूलाई निर्दोष र सही तुल्याउन, आफू सही छु भनी प्रमाणित गर्न, र अन्त्यमा मानिसहरूलाई तिनीहरूमा कुनै समस्या छैन, र तिनीहरू सिद्ध, अनि आत्मिक मानिसहरू हुन् भन्‍ने बनाउनको लागि सक्दो गर्छन्। के यो सबै बहाना मात्रै होइन र? आफूलाई त्रुटिरहित र पवित्र ठान्‍ने सबै मानिसहरू धोखेबाज हुन्। म किन तिनीहरू सबै धोखेबाज हुन् भनी भन्छु? मलाई भन, के भ्रष्ट मानवजातिमाझ कुनै त्रुटिरहित मानिस छ? के साँचो रूपमा पवित्र कुनै व्यक्ति छ? (छैन।) अवश्य नै छैन। जब शैतानद्वारा मानिस यति गहन रूपमा भ्रष्ट तुल्याएको छ र अन्तर्निहित रूपमै उसमा सत्यता छैन भने, उसले कसरी त्रुटिरहित अवस्था हासिल गर्न सक्छ? परमेश्‍वर मात्रै पवित्र हुनुहुन्छ; सारा भ्रष्ट मानवजाति अपवित्र छ। यदि कुनै व्यक्तिले आफूमा कुनै त्रुटि छैन भन्दै आफूलाई पवित्र हुँ भनी प्रस्तुत गर्छ भने, त्यो व्यक्ति के हुन्छ? त्यो व्यक्ति दियाबलस, शैतान, र प्रधान स्‍वर्गदूत हुन्छ—त्यो व्यक्ति खाटी ख्रीष्टविरोधी हुन्छ। ख्रीष्टविरोधीले मात्रै त्यसरी त्रुटिरहित र पवित्र व्यक्ति हुँ भनेर दाबी गर्न सक्छ” (वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस))। परमेश्‍वरको वचन पढिसकेपछि, मलाई निकै चिन्ता लाग्यो। मानिसहरूको बीचमा आफ्‍नो स्थान र छविलाई कायम राख्‍न, ख्रीष्ट-विरोधीहरूले देखावटी रूप र झूटको प्रयोग गर्छन् र मानिसहरूलाई छल गर्छन् र बहकाउँछन्, र तिनीहरूले आफैलाई कहिल्यै पनि कमजोर महसुस नगर्ने वा भ्रष्टता खुलासा नगर्ने सिद्ध र आत्मिक मानिसहरूका रूपमा प्रस्तुत गर्छन्। तिनीहरूले मानिसहरूको बीचमा स्थान लिन र मानिसहरूलाई तिनीहरूको आदर गर्ने बनाउन यसो गर्छ। मैले आफ्‍नो व्यवहारलाई नियाँले र म ख्रीष्ट-विरोधी जस्तै छु भन्‍ने थाहा पाएँ। बोल्दा र व्यवहार गर्दा म सधैँ बहाना बनाउथेँ र देखावटी रूप धारण गर्थेँ। भिडियो बनाउँदा, मैले मेरा प्रश्‍न र कठिनाइहरूका बारेमा खोजी गर्न खुलस्त कुरा गर्दिनथिएँ, र आफ्‍नो हैसियत र छविलाई कायम राख्‍न काममा ढिलाइ गर्न रुचाएँ। मलाई स्थानान्तर गरिँदा, मलाई मेरी सिस्टरले ममा त्यति धेरै सीप नभएको कारण निकालिएकी हुँ भन्‍ने पत्ता लगाउँछिन् भन्‍ने डर लागेको थियो, त्यसकारण मेरो नकारात्मक स्थितिलाई लुकाउन मैले बहाना बनाएँ, र मैले मलजल गर्ने काम गर्नुपर्ने भएकोले मलाई स्थानान्तर गरिएको हो भनेर सूचित गरेँ। मेरो शैली घृणित र दुष्ट किसिमको थियो। मलाई कठिनाइ हुँदा र म नकारात्मक स्थितिमा हुँदा हेपिने डरले मैले कति पटक बिरलै खुलस्त कुरा गर्थेँ, र खुलस्त कुरा गरे भने पनि, म झारा टार्न मात्र यसो गर्थेँ भन्‍ने बारेमा पनि मैले मनन गरेँ। प्रायजसो, म मानिसहरूलाई मसँग कद छ र मैले सत्यतालाई बुझेपछि यसलाई अभ्यास गर्न सक्छु भनेर सोच्‍ने बनाउन म प्रायजसो मेरो सकारात्मक अभ्यासको बारेमा मात्रै कुरा गर्थेँ। मेरो आफ्‍नै छवि र हैसियतलाई कायम राख्‍न म अत्यन्तै परिश्रम गर्थेँ, मैले भन्‍ने र गर्ने सबै कुरा देखावटी रूप र बहाना मात्रै हुन्थे। असफलता र बाधाहरूको सामना गर्दा, मैले मानिसहरूलाई मेरो आदर गर्न लगाउन मसँग अरूसँगभन्दा ठूलो कद छ भनेर देखाउनुपर्थ्यो। मलाई निष्कासित भएका ख्रीष्टविरोधीहरूको याद आयो। तिनीहरूमध्ये धेरैजसोले प्रायजसो सिद्धान्तका शब्‍दहरूको बारेमा बताउँथे, नाराहरू लगाउँथे, र आफैलाई समर्पित भई सत्यताको खोजी गर्ने व्यक्तिहरूका रूपमा प्रस्तुत गर्थे, मानौँ तिनीहरूलाई शैतानले भ्रष्ट नै तुल्याएको छैन। केही समयसम्‍म तिनीहरूलाई आदर र आराधना गरिए पनि, अन्त्यमा, सत्यतालाई घृणा गर्ने र नचाहने तिनीहरूको प्रकृतिको कारण, र तिनीहरूले धेरै दुष्कर्म गरेको कारण, तिनीहरूलाई परमेश्‍वरले खुलासा गरेर निकाल्‍नुभयो। परमेश्‍वरले उहाँको स्वभावप्रति कुनै उल्‍लङ्घन सहनुहुन्‍न। परमेश्‍वरले त्यस्ता ढोङ्गीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ, र उहाँले त्यस्ता मानिसहरूलाई मुक्ति नै दिनुहुन्‍न। यदि मैले सत्यताको खोजी गर्न इन्कार गरेर, सधैँ आफ्‍नो शैतानी स्वभावको आधारमा आफ्‍नो देखावटी रूपलाई लुकाएकी भए, यो मेरो आफ्‍नो जीवनमा हानि गर्ने कार्य मात्रै हुनेथिएन। मलाई परमेश्‍वरले इन्कार गर्नुहुनेथियो र निकाल्‍नुहुनेथियो! त्यो बेला, मलाई मेरो स्थिति अत्यन्तै खतरनाक अवस्थामा छ भन्‍ने थाहा भयो। मलाई उप्रान्त ढोङ्गी हुन मन थिएन। म पश्‍चात्ताप गरेर परिवर्तन हुन मात्रै चाहन्थेँ।

त्यसपछिका दिनहरूमा, मैले सचेत भई प्रतिष्ठा र हैसियतको खोजी गर्ने सम्‍बन्धी र इमान्दार व्यक्ति बन्‍ने सम्‍बन्धी परमेश्‍वरको वचनका खण्डहरू खोजेँ। मैले भेट्टाएको एउटा खण्डमा, “जेसुकै भए पनि, यदि तँ झूट बोल्‍न चाहँदैनस्, तर इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तैँले आफ्‍नो घमण्ड र अभिमानलाई पन्छ्याउनुपर्छ। यदि तैँले कुनै कुरा बुझिनस् भने, बुझिनँ भन्; यदि तँलाई कुनै कुरा स्पष्ट भएन भने, स्पष्ट भएन भन्। मानिसहरूले तँलाई कम आँक्‍लान् वा नीच ठान्लान् भन्‍ने डर नमान्। यदि तँ सधैँ हृदयबाट बोल्छस् र सच्‍चा छस् भने, तेरो हृदयमा आनन्द र शान्ति, स्वतन्त्रता र स्वाधीनता हुनेछ, र तँ त्यसउप्रान्त तेरो स्वाभिमान र घमण्डको नियन्त्रणमा हुनेछैनस्। इमानदार मनोवृत्ति हुनुको अर्थ तैँले जोसँग अन्तरक्रिया गरिरहेको भए पनि, तैँले आफ्‍नो हृदयमा भएको कुरा व्यक्त गर्न सक्छस्, तैँले आफ्‍नो हृदय उदाङ्गो पार्न सक्छस्, र तैँले कुनै कुरा नबुझ्दा कहिल्यै पनि बुझेको बहाना बनाउँदैनस्। अनि यदि तैँले भन्‍ने सबै कुरा साँचो हुने गरेको कारण, कहिलेकहीँ तँलाई मानिसहरूले नीच ठाने, र तँ मूर्ख होस् भनेर भने भने, तैँले के गर्नुपर्छ? यसो भन्‍नुपर्छ, ‘तिमीहरू सबैले मलाई मूर्ख भने पनि, मैले इमानदार व्यवहार गरिरहेनेछु, र कपटी व्यवहार गर्नेछैन, र म साँचो कुरा बोलिरहनेछु। म फोहोरी र भ्रष्ट भए पनि, र परमेश्‍वरको अगाडि म केही पनि नभए पनि, म झूट बोल्‍नेछैनँ, वा देखावटी रूप धारण गर्ने वा नाटक गर्नेछैनँ।’ जब तँ यसरी बोल्छस्, तब तँलाई आफ्नो हृदयमा शान्ति र निर्धक्‍कता महसुस हुनेछ। इमानदार व्यक्ति बन्‍नको लागि आफ्‍नो स्वाभिमान र अहङ्कारलाई पन्छ्याउनुपर्छ, र तेरा वचनहरू सच्‍चा भएको कारण र तैँले हृदयबाट बोल्‍ने हुनाले तँलाई अरूले गिल्‍ला गर्लान् वा नीच ठान्लान् भनेर डराउनु हुँदैन; यसको अर्थ मानिसहरूले तँलाई मूर्खलाई जस्तो व्यवहार गर्दा तर्क नगर्नु वा आफ्‍नो कुरालाई प्रमाणित गर्ने प्रयास नगर्नु हो। यदि तैँले यसरी सत्यताको अभ्यास गर्न सक्छस् भने, तँ इमानदार व्यक्ति बन्‍न सक्‍नेछस्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग दियो। हामीसँग जे-जस्तो भ्रष्टता वा कमजोरी भए पनि, वा हामीले नबुझेका कुराहरू भए पनि, र अरूले जेसुकै सोचे पनि, आफ्‍नो बारेमा खुलस्त बताएर, सत्यताको खोजी गरेर, र इमानदार व्यक्ति बन्‍ने प्रयास गरेर मात्रै हामी हाम्रो भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट क्रमिक रूपमा मुक्त हुन सक्छौँ, र स्वतन्त्र र मुक्त भएर जिउन सक्छौँ। म परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्न र खुलस्त बोल्‍ने व्यक्ति बन्‍न प्रयास गर्न तयार छु भनेर मैले आफैसँग शपथ खाएँ। नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा फर्केपछि, मैले पहिलेजस्तो देखावटी रूप धारण गर्न छोडेँ। भेलाहरूमा, यो अवधिमा रहेको मेरो स्थितिको बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई खुलस्त बताउथेँ। मैले सबैको अगाडि प्रतिष्ठा र हैसियत कायम राख्‍ने गरेकी कुरूप तथ्यलाई खुलासा गरेकी भए पनि, कम्तीमा पनि तिनीहरूले मेरो वास्तविक स्थितिलाई थाहा पाए। यसो गरेर, मलाई मेरो हृदयबाट ठूलो बोझ हटाइएको छ जस्तै लाग्यो, र मलाई निकै स्वतन्त्र र ढुक्‍क महसुस भयो। यसको साथै, मेरा ब्रदर-सिस्टरहरूले मलाई नीच ठानेनन्, र तिनीहरूले मेरो अनुभवबाट केही पाठहरू सिक्‍न सके। मेरो अगुवाले मेरो स्थितिको बारेमा थाहा पाएपछि मसँग सङ्गति गरिन्, मलाई सहयोग गरिन्, र साथ दिइन्, यसरी ख्याति र हैसियत सम्‍बन्धी मेरो खोजीका खतरा र परिणामहरूका बारेमा म सचेत भएँ।

यस अनुभवबाट मैले खुलस्त बोल्‍नु भनेको बाहिरी व्यवहार मात्रै होइन, तर यो सत्यता अभ्यास गर्नु हो, र यसले परमेश्‍वरको अगाडि गरिने साँचो पश्‍चात्तापको आचरणलाई प्रतिनिधित्व गर्छ भन्‍ने थाहा पाएँ। यो ज्योतिको मार्ग खोजी गर्ने व्यावहारिक बाटो हो। इमानदार व्यक्ति बनेर अनि सत्यताको अभ्यास गरेर मात्रै बाटो फराकिलो र उज्यालो हुँदै जान्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा सत्यता चाहिन्छ

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो...

मैले असफलताबाट सिकेको पाठ

सन् २०१४ मा, मैले मण्डलीको लागि भिडियो निर्माताको तालिम लिएँ। त्यो बेला, एउटा नयाँ भिडियोको निर्माण सुरु भयो। तयारी चरणको समयमा, त्यहाँ...

मनको गाँठो फुकाउँदा

चुन्यु, चीन गत वसन्त ऋतुको कुरा हो, म मण्डीलमा सुससमाचार सुनाउने कर्तव्यमा खटिएकी थिएँ। त्यतिबेला, सिस्टर वाङ सुसमाचार डिकन चयन हुनुभएको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्