म किन अरूले उछिन्लान् कि भनेर डराउँछु?

25 फेब्रुअरी 2023

रेना, फिलिपिन्स

सन् २०१९ को जूनमा, मैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेँ, र केही समयपछि, मैले नव आगन्तुकहरूलाई मलजल गर्न थालेँ। केही नवप्रवेशीहरूले मैले मदत गरेपछि मलाई धेरै धन्यवाद दिए, त्यसैले मलाई धेरै गर्व लाग्यो, र मैले मलजल गर्ने कामको लागि आफू एकदमै उपयुक्त भएकी महसुस गरेँ। पछि, मैले अर्की एउटी नवप्रवेशीको जिम्मेवारी लिएँ, र सुरुमा मैले तिनलाई लगनशीलताका साथ मलजल र सहयोग गरेँ। मैले तिनी कुराहरू राम्ररी बुझ्ने, धेरै छिटो प्रगति गर्ने, र भेलाहरूमा तिनले सङ्गति गर्ने अनुभवात्मक बुझाइ राम्रो रहेको पत्ता लगाएँ। मलाई तिनले मलाई छिट्टै उछिन्छिन्, र त्यसो भएमा, अगुवाले तिनलाई अरू सबै ब्रदर-सिस्टरहरूलाई मलजल गर्न लगाउनेछन्, र मेरो आवश्यकता नै पर्नेछैन भन्‍ने लाग्यो। मेरो मनमा यस्तो कुरा आएपछि मैले तिनलाई अब राम्ररी मलजल गर्न चाहिनँ, त्यसैले मैले तिनीसँग केही बाहिरी कुराहरू मात्र छलफल गरेँ। एक पटक, अगुवाले मलाई तिनको बारेमा सोधे, “अहिले हामीलाई अझ धेरै मलजल गर्नेहरूको खाँचो छ, के तपाईंलाई तिनी संवर्धन गर्न उपयुक्त छिन् भन्‍ने लाग्छ?” म तिनलाई संवर्धन गरियोस् भन्‍ने चाहन्नथेँ, किनभने तिनको क्षमता धेरै राम्रो थियो, र मलाई तिनी भविष्यमा मण्डली अगुवा बन्नेछिन् र मभन्दा उच्च पद पाउनेछिन् भन्‍ने डर थियो। त्यसैले मैले अगुवालाई भनेँ, “यसबारे ममा खुट्याइको अभाव छ। सायद तपाईंले नै यसबारे थप खोजबिन गर्न सक्नुहोला कि।” जब मैले अगुवा तिनीसँग कुरा गर्न गएकी भन्‍ने सुनेँ, तब मलाई धेरै ईर्ष्या र डर लाग्यो। म प्राय: मनमनै सोच्थेँ, “सायद तिनलाई संवर्धन र पदोन्नति गरिनेछ, र तिनले मेरै ठाउँ लिनेछिन्।” त्यही बेला, मण्डली विभाजन गरियो, त्यसैले हामी फरक-फरक मण्डलीमा भयौँ। केही महिनापछि, तिनी मण्डली अगुवा भइन् भन्‍ने मैले थाहा पाएँ। मैले तिनलाई बधाई दिएँ र तिनको लागि खुसी छु भनेँ, तैपनि भित्रभित्रै, मलाई तिनको ईर्ष्या लाग्यो। मैले मनमनै सोचेँ: “तिनी कसरी यति छिटो अगुवा भइन्, जबकि म अझै मलजल गर्ने व्यक्ति नै छु?” म एकदम दु: खी भएँ र नवप्रवेशी हरूलाई मलजल गर्न कडा मेहनत गर्न थालेँ, किनभने म आफू पनि मण्डली अगुवा बन्न योग्य छु भनी अगुवासामु प्रमाणित गर्न चाहन्थेँ।

पछि, म पनि मण्डली अगुवाको रूपमा चुनिएँ, तर मलाई अरू आफूभन्दा उत्कृष्ट भएको देख्दा अझै पनि ईर्ष्या लाग्थ्यो। एक पटक, म अरू अगुवाहरू र डिकनहरूसँग नवप्रवेशीहरूलाई कसरी समर्थन र सहयोग गर्ने भनी छलफल गर्दै थिएँ, र सुसमाचार डिकनले यस विषयमा आफ्ना विचारहरू राखिन्। माथिल्लो अगुवाले तिनका विचारहरू राम्रो भएको ठाने, र समूह अगुवाहरूले पनि त्यस्तै सोचे, त्यसैले हामीले तिनका सुझावहरूअनुसार नै नवप्रवेशीहरूलाई सहयोग र मलजल गर्ने प्रयास गर्‍यौँ। यो निकै प्रभावकारी भयो र नवप्रवेशीहरू सबै भेलाहरूमा आउन र कर्तव्यहरू ग्रहण गर्न एकदम इच्छुक भए। यसले गर्दा मलाई अलिकति ईर्ष्या लाग्यो, र मैले सोचेँ, “सुसमाचार डिकन मभन्दा उत्तम छिन्। मैले आफूलाई सुधार्नुपर्छ र अझ धेरै सिक्नुपर्छ।” पछि, मैले तिनलाई तिनले आफ्नो कर्तव्य कति समयदेखि निर्वाह गरिरहेकी भनेर सोधेँ, र तिनले छ महिना मात्रै भएको बताउँदा म एकदमै अचम्मित भएँ। मलाई एकदम लाज लाग्यो— मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको काम स्वीकार गरेको दुई वर्ष भइसकेको थियो, र म समूहमा सबैभन्दा लामो समयदेखिकी विश्वासी थिएँ, तर म अझै पनि विचारहरूको अभाव भएको एक सिकारुजस्तै थिएँ। त्यसपछि, म सधैँ आफूलाई तिनीसँग तुलना गर्थें। जब मैले तिनी आफ्नो काममा सक्षम भएकी, मण्डलीका विविध किसिमका कामहरू गर्न तिनीसँग सधैँ राम्रा उपाय र मार्गहरू भएका र तिनले परिणामहरू पनि हासिल गरेकी देखेँ, तब मलाई तिनको झन् धेरै ईर्ष्या लाग्यो। मैले सोचेँ, “यदि तिनले आफ्नो काममा यस्तै राम्रा परिणामहरू हासिल गरिरहिन्, र कामको छलफलको क्रममा सधैँ राम्रा विचारहरू अगाडि ल्याइन् भने, माथिल्लो अगुवाले तिनमा राम्रो क्षमता र कार्य सामर्थ्य छ भनी देख्नेछिन्, र तिनलाई मण्डली अगुवा बन्न संवर्धन गर्नेछिन्। के त्यसको मतलब तिनले मेरो ठाउँ लिनेछिन् भन्‍ने होइन र?” एक पटक, तिनी अरू काममा व्यस्त भएकीले भेलामा आइनन्, र पछि तिनले मलाई हामीले भेलामा के सिकेका थियौँ भनेर सोधिन्। म वास्तवमै तिनलाई बताउन चाहन्नथेँ, त्यसैले मैले बिर्सेँ मात्र भनिदिएँ। पछि, मैले माथिल्लो अगुवा अक्सर तिनीसँग सङ्गति गर्ने, तर मसँग भने खासै नगर्ने गरेकी देखेँ, र यसले गर्दा मलाई धेरै रिस उठ्यो। मैले सोचेँ, “यदि तिमी मसँग कुरा गर्दिनौ भने, म आफ्नो कर्तव्य नै निर्वाह गर्दिनँ!” त्यतिबेला, म अरूले मलाई सम्मानका साथ हेर्ने खालको कर्तव्यमा परिवर्तन हुन चाहन्थेँ। मैले आफूले प्रभावकारी रूपमा सुसमाचार प्रचार गर्न सकेमा, ब्रदर-सिस्टरहरूले मलाई सम्मान गर्लान् भन्‍ने सोचेँ, त्यसैले मैले सुसमाचार प्रचार गर्न थालेँ र नवप्रवेशीहरूलाई मलजल गर्ने कामलाई एकातिर पन्छाएँ। माथिल्लो अगुवाले मलाई नवप्रवेशी हरूका कठिनाइहरू तुरुन्तै बुझेर समाधान गर्नुपर्ने कुरा सम्झाउन सन्देश पठाए, र मैले जवाफ दिएँ, “हुन्छ, म उनीहरूसँग पछि कुरा गर्छु।” तर मैले सुसमाचार प्रचार गर्ने कुरामा मात्र ध्यान दिएँ, र मैले नवप्रवेशी हरूलाई सम्पर्क नै गरिनँ। उनीहरूका समस्याहरू समयमा समाधान भएनन्, र उनीहरू सामान्य रूपमा भेलामा आउन छोडे। केही समयपछि, माथिल्लो अगुवाले मलाई नवप्रवेशीहरू किन भेलामा आइरहेका छैनन् र मैले कुनै कठिनाइहरूको सामना गरेकी छु की भनी सोध्न सन्देश पठाए, र मैले उनलाई आफ्नो अवस्थाका बारेमा बताएँ। उनले मसँग सङ्गति गरिन्, “तपाईं मण्डली अगुवा हुनुहुन्छ, र मण्डलीको सबै, खास गरी नवप्रवेशीहरूलाई मलजल गर्ने, कामका लागि जिम्मेवार हुनुहुन्छ। यो काम धेरै महत्त्वपूर्ण छ। तपाईं यसलाई झारा टार्न वा बेवास्ता गर्न सक्नुहुन्न।” त्यो सुनेपछि म रोएँ। मलाई सुसमाचार प्रचार गर्न मैले गरेको प्रयास उनले बिलकुलै नदेखेकीमा आफू निकै अन्यायमा परे जस्तो लाग्यो।

पछि, म आफूले आफ्नो कर्तव्यप्रति राखेको मनोवृत्तिबारे चिन्तन गर्न थालेँ। पूरै समय, म नवप्रवेशी हरू मभन्दा उत्कृष्ट हुनेछन् भनी चिन्तित थिएँ, र उनीहरूले मलाई नउछिनून् भन्‍ने चाहन्थेँ। आफ्नो हैसियत कायम राख्नको लागि, मैले नवप्रवेशीहरू—विशेष गरी राम्रो क्षमता भएका—हरूलाई राम्ररी मलजल गरेकी थिइनँ। मैले उनीहरूलाई कर्तव्य निर्वाह गर्न प्रोत्साहन पनि गरेकी थिइनँ। म आफ्नो जिम्मेवारी बिलकुलै पूरा गरिरहेकी थिइनँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “अहिले, तिमीहरू सबैले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्छौ। तिमीहरूलाई परिवार, विवाह, वा सम्पत्तिले बाधा दिने वा बाँध्‍ने गर्दैन। तिमीहरू ती कुराहरूबाट पहिले नै बाहिर निस्किसकेका छौ। तापनि, तिमीहरूको दिमाग भर्ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू पूराको पूरा जस्ताको तस्तै छन्। त्यसैले, प्रतिष्ठा, हैसियत, वा चम्कने अवसर समावेश हुने कुनै पनि कुराको हकमा—उदाहरणका लागि, जब तिमीहरूले परमेश्‍वरको घरले विभिन्न किसिमका प्रतिभाशाली व्यक्तिहरूलाई संवर्धन गर्ने योजना बनाउँदैछ भनी सुन्छौ—तब तिमीहरूमध्ये हरेक जना चाहनाले सकसक गर्न थाल्छौ, र नाम कमाउन र चर्चाको केन्द्रमा आउन चाहन्छौ। तिमीहरू सबै जना प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्न चाहन्छौ। तिमीहरूलाई यो व्यवहारमा संलग्न हुन लाज लाग्छ, तर तिमीहरू त्यसो नगरी बस्न आफूलाई रोक्न सक्दैनौ। चुनिएका र चर्चाको केन्द्रमा आउने मानिसहरूलाई देख्दा तिमीहरूलाई डाहा लाग्छ, घृणा लाग्छ, र तिमीहरू गुनासो गर्छौ, अनि यो अन्यायपूर्ण छ भन्ने सोच्छौ: ‘म किन अलग देखिन सक्दिनँ? अरू मानिसहरू किन सधैँ चर्चाको केन्द्रमा हुन्छन्? मेरो पालो कहिल्यै किन आउँदैन?’ तिमीहरूलाई हृदयमा रिस उठ्छ, र तिमीहरूले त्यसलाई दबाउने प्रयास गरे पनि, तिमीहरू सक्दैनौ। तिमीहरू परमेश्‍वरलाई प्रार्थना गर्छौ र तिमीहरूको स्थिति केही समयका लागि सुध्रन सक्छ, तर जब तिमीहरूले यस्तो प्रकारको परिस्थिति फेरि सामना गर्छौ, तब तिमीहरूले अझै पनि यसलाई विजय गर्न सक्दैनौ। के यो सानो कदको प्रकटीकरण होइन र? जब तिमीहरू यस्ता स्थितिहरूमा फस्छौ, तब के तिमीहरू शैतानको पासोमा परेका हुँदैनौ र? शैतानी भ्रष्ट प्रकृतिले मानिसहरूलाई यसरी नै बाँध्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनले ठ्याक्कै मेरै स्थितिलाई प्रकट गर्‍यो। अरूले मलाई उछिन्दा वा मभन्दा उत्कृष्ट हुँदा म घृणा महसुस गर्थेँ। म कुराहरू राम्ररी बुझ्ने र राम्रो क्षमता भएका नवप्रवेशीहरू भेट्ता, उनीहरूले मलाई उछिनेर मेरो ठाउँ लिन्छन् भनेर डराउँथेँ, त्यसैले म उनीहरूलाई राम्ररी मलजल गर्न चाहन्नथेँ, न त अगुवाले उनीहरूलाई संवर्धन गरून् भन्‍ने नै चाहन्थेँ। विशेष गरी जब मैले सुसमाचार डिकनसँग काम गरेँ, र तिनको सुसमाचार प्रचार प्रभावकारी भएको, तिनले सधैँ राम्रा सुझावहरू दिएकी, र माथिल्लो अगुवा कामको छलफल गर्न सधैँ तिनीकहाँ गएकी देखेँ, तब मैले तिनको ईर्ष्या गरेँ, गोप्य रूपमा आफूलाई तिनीसँग तुलना गरेँ, सुसमाचार प्रचार गरेर माथिल्लो अगुवाले आफूलाई महत्त्व दिने बनाउन चाहन्थेँ। मैले केवल आफ्नै हैसियत र अरूले दिने उच्च सम्मानको बारेमा मात्र सोचेँ। म अगुवाको रूपमा आफ्नो जिम्मेवारी बिलकुलै पूरा गरिरहेकी थिइनँ। मलाई धेरै लाज लाग्यो। नवप्रवेशी हरूले साँचो मार्गमा छिट्टै जग बसाल्न सकून् भनेर, मैले उनीहरूलाई राम्ररी मलजल गर्नु आवश्यक थियो, तर मैले परमेश्‍वरका अभिप्रायलाई कुनै वास्ता गरेकी थिइनँ। मैले केवल आफ्नै ख्याति र हैसियतको बारेमा मात्र सोचेकी थिएँ र नवप्रवेशीहरूलाई लगनशीलताका साथ मलजल र सहयोग गरेकी थिइनँ, जसले गर्दा उनीहरू सामान्य रूपमा भेलाहरूमा उपस्थित भएनन्। म त दुष्ट काम पो गरिरहेकी रहेछु! म आफू आफ्नो कर्तव्यमा कुन लक्ष्य पछ्याइरहेकी रहेछु भनेर चिन्तन गर्न थालेँ। म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ वा आफ्नै स्वार्थका लागि? यदि मैले मण्डलीको कामको बारेमा सोचेर परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास गरेकी हुन्थेँ भने, मैले कर्तव्यहरू निर्वाह गर्न अझ धेरै मानिसहरूलाई संवर्धन गर्न चाहेकी हुन्थेँ। तर मैले त्यसो गरेकी थिइनँ। बरु, मैले प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्दै उनीहरूलाई दमन गरेँ, अगुवाले उनीहरूलाई याद नगरून् भन्‍ने आशा गरेँ। मैले म आफ्नो कर्तव्य निर्वाह पूर्ण रूपमा आफ्नै पद र स्वार्थको लागि गरिरहेकी थिएँ भन्‍ने महसुस गरेँ। म कति स्वार्थी थिएँ!

पछि, एउटी सिस्टरले मेरो स्थितिको बारेमा थाहा पाएपछि, तिनले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्: “केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। तिनीहरू सधैँ शारीरिक आनन्दमा लिप्त हुँदै देहअनुसार जिउँछन्, र सधैँ आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरमाथि लज्‍जा ल्याएको चिह्न हो। तँ भन्छस्, ‘मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ। मैले कसरी उहाँमाथि लज्‍जा ल्याएको छु?’ तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तैँले जे गर्छस् ती कुराहरूपछाडिका तेरा अभिप्राय, लक्ष्य, र आशयहरू, अनि तेरा कार्यव्यवहारका परिणामहरूले सधैँ शैतानलाई सन्तुष्ट पार्छन्, तँलाई त्यसको हाँसोको पात्र बनाउँछन्, र त्यसलाई तेरो गोप्य जानकारी लैजान दिन्छन्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही दिएको छैनस्। तँ सैतानको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरमाथि लज्‍जा ल्याउँछस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू, तेरो व्यवहार र तैँले निभाएको कर्तव्यबारे कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, ‘त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ’ (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू प्रभुको खातिर आफूले गरेको काम, आफूले भोगेको कठिनाइ, र आफूले गरेका बलिदानहरू स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यसमा तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका थिए, र परमेश्‍वरलाई प्रयोग गर्न र परमेश्‍वरलाई छल्न खोजिरहेका थिए, त्यसैले प्रभु तिनीहरूदेखि वाक्क हुनुभयो, उहाँले तिनीहरूलाई घृणा गर्नुभयो, र तिनीहरूलाई दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारिरहेका छन्, तर कतिपय मानिसहरू अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र सधैँ आफूलाई विशिष्ट बनाउन, सधैँ अगुवा र सेवकहरू बन्‍न अनि प्रतिष्ठा र हैसियत प्राप्त गर्न चाहन्छन्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, र परमेश्‍वरको लागि त्याग गर्छु र समर्पित हुन्छु भने पनि, तिनीहरू ख्याति, लाभ र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूसँग सधैँ आफ्नै गुप्त युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित वा निष्ठावान हुँदैनन्, तिनीहरूले आफ्‍नो बारेमा थोरै पनि मनन नगरी दुष्टता गर्दै बेलगाम दौडिहिँड्छन्, र त्यसरी तिनीहरू दुष्कर्मी बन्छन्। परमेश्‍वरले ती दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनको यो खण्ड पढेर म गहिरो रूपमा प्रभावित भएँ। परमेश्‍वरले बताउनुभएका दुष्कर्मीहरू गैरविश्‍वासीहरू होइनन्। उनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरका निम्ति आफूलाई समर्पित गर्ने, विभिन्न ठाउँमा सुसमाचार प्रचार गर्न र काम गर्न जाने, र केही कठिनाइ भोग्ने मानिसहरू हुन्, तर उनीहरू आफ्नो कर्तव्य आफ्नै प्रतिष्ठा र हैसियतका लागि, अरूले आदर गरून् भन्‍ने हेतुले, वा पुरस्कार र मुकुट प्राप्त गर्नका लागि निर्वाह गर्छन्। उनीहरू परमेश्‍वरप्रति बफादार हुन सक्षम हुँदैनन्, र उनीहरू सत्यता अभ्यास गर्न र उहाँमा समर्पित हुन सक्दैनन्, त्यसैले प्रभु येशूले भन्‍नुभयो: “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२३)। मैले कसरी आफूले दुई वर्षदेखि विश्‍वास परमेश्‍वरमा गरेकी, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो पढाइ छोडेकी, र दुःख भोगेकी अनि मूल्य चुकाएकी थिएँ, तैपनि मेरो अभिप्राय कहिल्यै परमेश्‍वरलाई सन्तुष्ट पार्ने रहेको थिएन भन्‍नेबारे सोचेँ। म केवल मण्डलीमा सर्वोत्कृष्ट बन्न, र ब्रदर-सिस्टरहरू र अगुवाले आफूलाई सम्मान गर्ने बनाउन चाहन्थेँ। त्यसैले मैले आफूलाई अरूभन्दा फरक देखाउन यति कडा मेहनत गरेँ। मैले गरेको सबै कुरा आफ्नै इच्छाहरू पूरा गर्नका लागि थियो, र म भ्रष्ट शैतानी स्वभावमा जिइरहेकी थिएँ। मैले गरेका कुनै पनि कुराहरू असल कार्यहरू थिएनन्—ती दुष्ट कार्यहरू थिए। म गलत अभिप्राय र प्रेरणाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, जसले केवल परमेश्‍वरको घृणा र वितृष्णालाई निम्त्याउनेथियो। यदि त्यसरी नै अघि बढिरहेँ भने, म परमेश्‍वरद्वारा तिरस्कार मात्र गरिनेथिएँ। आफूले यो कुरा बुझेपछि, मलाई डर लाग्यो। म पश्चात्ताप गर्न, र अबदेखि आफ्ना ब्रदर-सिस्टरहरूको ईर्ष्या नगर्न चाहन्थेँ, त्यसैले मैले परमेश्‍वरको मार्गदर्शन माग्न उहाँलाई प्रार्थना गरेँ।

एक दिन, मैले हिम्मत जुटाएर आफ्नो भ्रष्टताको बारेमा अगुवालाई खुलस्त बताएँ। मलाई हप्काउनुको सट्टा, उनले मलाई मदत गर्न आफ्नै अनुभवबारे सङ्गति गरिन्। उनले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पनि पठाइन्: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूको वृद्धिविकास गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने कदापि गर्नु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यता पछ्याउने केही व्यक्तिहरूको वृद्धिविकास गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र सबै काम राम्रोसित गर्ने बनाउँछस्, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा वा सेवक हुनेछस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तैँले आफ्‍नो निष्ठा समर्पण गरिरहेको छस्। … यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनले अभ्यासका सिद्धान्तहरू धेरै स्पष्ट रूपमा अभिव्यक्त गर्छन्। मण्डली अगुवाको रूपमा, व्यक्तिले मण्डलीको कामलाई पहिलो स्थानमा राख्नुपर्छ। जब उनीहरू सही मनोवृत्ति अपनाउँछन्, तब उनीहरूलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सजिलो हुन्छ। मैले परमेश्‍वरमा आस्था राख्नुको अर्थ हरेक कुरामा परमेश्‍वरको अभिप्रायलाई विचार गर्नु, परमेश्‍वरको छानबिन स्वीकार गर्नु, र अरू मानिसहरूले के सोच्छन् भन्‍ने कुरालाई वास्ता नगर्नु हो भन्ने पनि बुझेँ। यदि म परमेश्‍वरलाई सन्तुष्ट पार्न र एक मानकअनुरूपको अगुवा बन्न चाहन्थेँ भने, मैले आफ्ना हैसियत, ख्याति र स्वार्थहरू त्याग्नुपर्थ्यो। मैले संवर्धन गर्न लायक प्रतिभावान् नवप्रवेशीहरू खोज्नुपर्थ्यो, र उनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न र असल कार्यहरू तयार गर्न मदत गर्नुपर्थ्यो। मेरा लागि आफ्नो कर्तव्य पूरा गर्ने मात्र यही एउटा तरिका थियो। परमेश्‍वर सबैप्रति निष्पक्ष हुनुहुन्छ। उहाँ हाम्रो क्षमता वा हाम्रो हैसियतलाई हेर्नुहुन्न, उहाँ हामी सत्यता पछ्याउन र अभ्यास गर्न सक्छौँ कि सक्दैनौँ भन्‍ने कुरालाई हेर्नुहुन्छ। यदि मैले परमेश्‍वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरेँ, र सधैँ मण्डलीको कामलाई फाइदा पुग्ने तरिकाले आफ्नो काम कसरी गर्ने भनेर विचार गरेँ भने, मेरो क्षमता अलिकति कमजोर भए तापनि, परमेश्‍वरले मलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। जब मैले परमेश्‍वरको अभिप्राय बुझेँ, तब मैले पश्चात्ताप गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ र म उहाँलाई सन्तुष्ट पार्न देहविरुद्ध विद्रोह गर्न, सत्यता अभ्यास गर्न, र आफ्नो कर्तव्य पूरा गर्न तयार छु भनेँ।

त्यसपछि, झन्-झन् धेरै नवप्रवेशीहरू परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न थाले, र अगुवाले मलाई थप मलजल गर्नेहरूलाई संवर्धन गर्न आग्रह गरिन्। म फेरि मैले संवर्धन गरेका नवप्रवेशीहरूले मेरो ठाउँ लिनेछन्, र अगुवाले मलाई अब महत्त्व दिनेछैनन् भनेर चिन्तित हुन थालेँ। तब मलाई मैले आफ्नो अभिमान र हैसियतको बारेमा सोचिरहनु हुँदैन, र मैले मण्डलीको कामलाई विचार गर्नुपर्छ भन्ने लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँका केही वचनहरू सम्झेँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूको वृद्धिविकास गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने कदापि गर्नु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यता पछ्याउने केही व्यक्तिहरूको वृद्धिविकास गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र सबै काम राम्रोसित गर्ने बनाउँछस्, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा वा सेवक हुनेछस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तैँले आफ्‍नो निष्ठा समर्पण गरिरहेको छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मण्डली अगुवाको रूपमा, नवप्रवेशीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न संवर्धन गर्नु मेरो जिम्मेवारी थियो, र हरेक विश्वासीको जिम्मेवारी र दायित्व कर्तव्य निर्वाह गर्नु थियो। मैले अरू नवप्रवेशीहरूलाई मलजल गर्नेहरूका रूपमा संवर्धन गर्न आवश्यक थियो। झन्-झन् धेरै नवप्रवेशीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न आइरहेका थिए, र यदि मैले उनीहरूलाई मलजल गर्न कसैलाई संवर्धन नगर्ने हो भने, नवप्रवेशीहरूले तुरुन्तै मलजल पाउने थिएनन्, उनीहरूको जीवन प्रवेशमा हानि पुग्नेथियो, र मण्डलीको काममा पनि असर पर्नेथियो। त्यसैले मैले कुराहरू राम्ररी बुझ्ने चार जना नवप्रवेशीहरू छानेँ, उनीहरूलाई समूह अगुवा बन्न संवर्धन गरेँ, र उनीहरूलाई पालैपालो भेलाहरू सञ्चालन गर्न दिएँ। मैले उनीहरूलाई बारम्बार सम्झाएँ र उनीहरूलाई अरू नवप्रवेशीहरूलाई मलजल गर्न मदत पनि गरेँ। यसरी सहकार्य गर्दा, नवप्रवेशीहरूले छिट्टै मलजल पाउने मात्र नभई, मसँग मण्डलीको समग्र काममा केन्द्रित हुन अझ धेरै समय पनि भयो, र कामको प्रभावकारिता बिस्तारै सुधारियो। म नवप्रवेशीहरूले अलि-अलि गर्दै प्रगति गरेको र आफ्नो कर्तव्य निर्वाह गर्न थालेको देखेर धेरै खुसी भएँ। मैले सहज महसुस गरेँ, र परमेश्‍वरका वचनहरूबारे अलि बढी बुझाइ प्राप्त गरेँ। यो परमेश्‍वरका वचनहरूले भनेजस्तै छ: “यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मैले यो बुझाइ प्राप्त गर्न, केही अभ्यास र आफ्नो कर्तव्यमा प्रवेश पाउन सकेकी पूर्ण रूपमा परमेश्‍वरका वचनहरूले गर्दा नै हो। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

साझेदार प्रतिद्वन्द्वी होइन

परमेश्वरको आखिरी दिनहरूका काम स्वीकार गरेको केही समयपछि, मैले नवआगन्तुकहरूलाई मलजल गर्ने अभ्यास गर्न थालेँ। म उत्साही, सक्रिय भएकीले र मैले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्