म किन अघि बढ्न डराउँछु?

25 फेब्रुअरी 2023

जुन २०१९ मा मैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेँ, र त्यसपछि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सुरु गरेँ। केही नयाँ विश्‍वासीहरू मेरो मद्दत पाएपछि धेरै आभारी भएका थिए, त्यसैले मलाई धेरै गर्व लाग्यो र आफू यो कर्तव्यका लागि एकदमै उपयुक्त भएको महसुस गरेँ। पछि, मैले एक जना नयाँ विश्‍वासीलाई लिएँ, र सुरुमा मैले उनलाई लगनशील भई मलजल गरेँ, तर पछि मैले उनले कुराहरू राम्रोसँग बुझ्ने र धेरै चाँडो प्रगति गर्ने गरेकी पाएँ, र प्रत्येकपटक भेलाहरूमा उनले सुनाएको बुझाइ राम्रो भएको मैले महसुस गरेँ। मलाई लाग्यो, उनले मलाई छिट्टै उछिन्नेछिन् र जब त्यस्तो हुन्छ, अगुवाले सबैलाई मलजल गर्न उनलाई नै भन्नेछन् र त्यसपछि मेरो आवश्यकता हुनेछैन। यो कुरा मनमा राखेर मैले उनलाई उचित तरिकाले मलजल गर्न चाहिनँ, त्यसैले मैले उनीसँग केही बाहिरी विषयमा मात्रै छलफल गरेँ। एकपटक, अगुवाले मलाई यी नयाँ विश्‍वासीबारे यसो भन्दै सोधिन्, “अहिले हामीलाई मलजल गर्ने कर्मचारी चाहिएको छ। के उनी जगेर्नाका लागि उपयुक्त छिन्?” म उनलाई पटक्कै जगेर्ना गर्न चाहन्नथेँ, किनकि उनले कुराहरू धेरै राम्रोसँग बुझ्थिन्, र भविष्यमा उनी अगुवा बनेर मभन्दा माथि पुग्नेछिन् भन्ने मलाई डर थियो। त्यसैले मैले अगुवालाई भनेँ, “मसँग समझशक्तिको कमी छ। सायद तपाईँले अन्त कतै थप बुझ्न सक्नुहुन्छ।” जब मैले अगुवा उनीसँग कुरा गर्न गएको सुनेँ, मलाई एकदमै ईर्ष्या र डर लाग्यो, र म बारम्बार यो पनि सोच्दै थिएँ, “सायद उनलाई जगेर्ना गरेर पदोन्नति गरिनेछ वा मेरो स्थानमा समेत राखिनेछ।” पछि, मण्डली विभाजित भयो र उनी अर्को मण्डलीमा गइन्। केही महिनापछि मैले उनी मण्डली अगुवा बनिसकेकी थाहा पाएँ। उनको तीव्र प्रगति देखेर म त छक्क परेँ! मैले उनलाई बधाई दिएँ र उनको प्रगतिमा म खुसी रहेको बताएँ, तर मनमा चाहिँ मलाई उनको ईर्ष्या लागेको थियो। किन उनी यति छिट्टै अगुवा बनिन्, जबकि म अझै पनि मलजल गर्ने कर्मचारी नै छु? मलाई एकदमै चित्त बुझेन, त्यसैले नयाँ विश्वासीहरूलाई मलजल गर्न मैले कडा मेहनत गर्न थालेँ, किनकि म पनि मण्डली अगुवा बन्न योग्य छु भनेर अगुवालाई प्रमाणित गर्न चाहन्थेँ।

पछि मलाई पनि मण्डली अगुवाको रूपमा चयन गरियो, तर आफूभन्दा उत्तम कोही देख्दा मलाई अझै पनि ईर्ष्या लाग्थ्यो। एकपटक, मैले नयाँ विश्‍वासीहरूलाई कसरी समर्थन र मद्दत गर्ने भनेर अगुवा र डिकनहरूसँग छलफल गरेँ, र सुसमाचार डिकनले आफ्नो विचार बताइन्, माथिल्लो तहका अगुवाले उनका सुझावहरू राम्रा छन् भने र समूह अगुवाहरूले पनि त्यसै भने। हामीले सुसमाचार डिकनका सुझावअनुसार नयाँ विश्‍वासीहरूलाई समर्थन र मलजल गर्ने प्रयास गर्‍यौँ। साँच्चै, ती सुझाव एकदमै प्रभावकारी थिए। नयाँ विश्‍वासीहरू भेलामा आए र कर्तव्यहरू सम्हाले। सुसमाचार डिकनले पनि प्रभावकारी ढङ्गमा सुसमाचार प्रचार गरिन्। यसले मलाई अलिक ईर्ष्यालु बनायो। मैले सोचेँ, “सुसमाचार डिकनले मभन्दा राम्रोसँग प्रचार गर्छिन्। मैले आफूलाई सुधार्नुपर्छ र अझै सिक्नुपर्छ।” पछि, मैले सुसमाचार डिकनलाई आफ्नो कर्तव्य निर्वाह गरेको कति वर्ष भयो भनेर सोधेँ, र उनले “छ महिना” भएको बताइन्। मलाई एकदमै अचम्म लाग्यो: मात्र छ महिना? मलाई लाज लाग्यो, किनभने मैले सर्वशक्ततिमान परमेश्‍वरको कार्य दुई वर्षअघि स्वीकार गरेकी थिएँ, यस समूहमा यो धेरै लामो समय थियो, तर म विचारहरूको कमी भएको नयाँ व्यक्तिजस्तो थिएँ। त्यसपछि, म सधैँ आफूलाई उनीसँग तुलना गर्थेँ। जब मैले उनी दक्ष व्यक्ति रहेछिन् र उनीसँग कामको अनुगमन गर्ने राम्रा विधि र तरिकाहरू रहेछन् भनेर देखेँ, तब मैले उनको झन् धेरै ईर्ष्या गरेँ। मैले सोचेँ, “कामको छलफल गर्दा यदि उनीसँग सधैँ राम्रा विचारहरू भएमा उनको क्षमता राम्रो रहेछ भनेर माथिल्लो तहका अगुवाले देख्नेछिन् र त्यसपछि उनलाई अगुवा बन्ने तालिम दिनेछिन्। त्यसको अर्थ उनले मेरो स्थान लिनेछिन् भन्ने होइन त?” एकपटक, सुसमाचार डिकन अन्य काममा व्यस्त भएकीले गर्दा सभामा आइनन्। पछि, उनले मलाई हामीले सभामा के सिक्यौँ भनेर सोधिन्। उनलाई बताउन मलाई मन नै लागेन, त्यसलै मैले बिर्सेँ भनेर मात्रै भनेँ। पछि, मैले माथिल्लो तहका अगुवाले अक्सर उनीसँग सङ्‍गति गरेको देखेँ, तर मसँग चाहिँ विरलै सङ्गति गर्थिन्, र यसले गर्दा मलाई एकदमै रिस उठ्यो। मैले सोचेँ, “यदि तपाईँ मसँग कुरा गर्नुहुन्न भने म आफ्नो कर्तव्य गर्नेछैनँ।” त्यस समय, म त्यस्तो कर्तव्यमा जान चाहन्थेँ जहाँ मलाई अरूले मान गर्न सक्थे। मैले सोचेँ, यदि मैले प्रभावकारी तरिकामा सुसमाचार सुनाउन सकेँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई आदर गर्न सक्छन्, त्यसैले मैले सुसमाचार सुनाउन थालेँ र नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामलाई पर पन्छाएँ। माथिल्लो तहका अगुवाले मलाई नयाँ विश्‍वासीहरूका कठिनाइहरू चाँडो बुझेर समाधान गर्न सम्झौटो पठाए, र मैले जवाफ दिएँ, “अवश्य, म उनीहरूलाई चाँडै भेट्न जानेछु।” तर मैले सुसमाचार प्रचार गर्नेबारे मात्र ध्यान दिएँ र उनीहरूलाई भेट्न जाँदै गइनँ। त्यस अवधिमा, नयाँ विश्‍वासीहरूका समस्या समयमा नै समाधान भएनन् र भेलाहरू अनियमित भए। चाँडै, माथिल्लो तहका अगुवाले मलाई नयाँ विश्‍वासीहरू किन आइरहेका छैनन् र मलाई कुनै कठिनाइ पो भइरहेको छ कि भनेर सोध्न सन्देश पठाइन्, अनि मैले अगुवालाई मेरो स्थिति बारे बताएँ। अगुवाले मसँग सङ्गति गरिन्, “तपाईँ अगुवा हुनुहुन्छ र तपाईँ मण्डलीका सबै कामका लागि जिम्मेवार हुनुहुन्छ, विशेष गरी नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्मेवार हुनुहुन्छ, जुन धेरै महत्त्वपूर्ण छ। तपाईँले यी कुराहरूबारे झारा टार्नु वा अल्याङटल्याङ गर्नु हुँदैन।” अगुवाले भनेका कुरा सुनेपछि म रोएँ। मलाई उनका शब्दहरू अति कठोर लाग्यो। सुसमाचार प्रचार गर्न मैले गरेको प्रयासलाई उनले याद गरिनन्।

पछि, मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे सोच्न थालेँ। धेरै समयसम्म, मलाई नयाँ विश्‍वासीहरू मभन्दा राम्रो हुन्छन् कि भन्ने चिन्ता भयो, र उनीहरूले मलाई उछिनून् भन्ने म चाहन्नथेँ। आफ्नो स्थिति कायम राख्न र ब्रदर-सिस्टरहरूबाट सम्मान प्राप्त गर्न मैले उनीहरूलाई, विशेष गरी राम्रो क्षमता भएका नयाँ विश्‍वासीहरूलाई राम्रोसँग मलजल गरिनँ, तिनीहरूको कर्तव्य पूरा गर्न पनि प्रोत्साहित गरिनँ। मैले आफ्नो जिम्मेवारी पटक्कै पूरा गरिरहेकी थिइनँ। मलाई परमेश्‍वरका वचनहरू याद आए, “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नो बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “अब, तिमीहरू सबै पूर्णकालीन रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नेहरू हौ। तिमीहरूलाई परिवार, विवाह, वा सम्पत्तिले बाधा दिएको वा बाँधेर राखेको छैन। तिमीहरू त्यसबाट पहिले नै निस्किसकेका छौ। तापनि, तिमीहरूको दिमागलाई भरेर राख्‍ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू मूल स्वरूपबाट अपरिवर्तित नै रहन्छन्। त्यसैले प्रतिष्ठा र हैसियत संलग्‍न हुने वा अनुभवको मौका मिल्ने कुनै पनि कुराप्रति—उदाहरणको लागि, जब मानिसहरूले परमेश्‍वरको घरले विभिन्‍न प्रकारको प्रतिभालाई वृद्धिविकास गर्ने योजना बनाउँछ भन्‍ने कुरा सुन्छन्—हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक नाम कमाउन र पहिचान बनाउन चाहन्छौ। हरेक व्यक्ति हैसियत र प्रतिष्ठाको लागि लड्न चाहन्छ; र तिनीहरू त्यसप्रति लज्‍जित महसुस गर्छन्, तर त्यसो नगर्दा तिनीहरूलाई नरमाइलो लाग्छ। तिनीहरू अरू कसैले नाम कमाएको देख्दा डाहा र घृणा गर्छन्, र द्वेषपूर्ण हुन्छन्, र यो अनुचित भयो भन्‍ने ठान्छन्, र सोच्छन्, ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ अरूले महिमा पाउँछन्? किन मेरो पालो कहिल्यै आउँदैन?’ अनि द्वेष महसुस भएपछि, तिनीहरूले यसलाई दबाउन कोसिस गर्छन् तर दबाउन सक्दैनन्। तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र केही समय अलि राम्रो महसुस गर्छन्, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्दा तिनीहरूले यसलाई काबूमा राख्न सक्दैनन्। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? मानिसहरू त्यस्तो अवस्थामा पुग्‍नु भनेको तिनीहरू शैतानको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मेरो स्थिति हुबहु प्रकट गरे। मलाई अरू मभन्दा राम्रो भएको वा कसैले मलाई उछिनेको मन पर्दैनथियो। मैले कुराहरू राम्रोसँग बुझेका र राम्रो क्षमता भएका नयाँ विश्‍वासीहरूलाई भेट्दा उनीहरूले मलाई उछिनेर मेरो ठाउँ लिनेछन् भन्ने डर लाग्थ्यो, त्यसैले मैले उनीहरूलाई राम्रोसँग मलजल गर्न चाहिनँ र अगुवाले उनीहरूलाई जगेर्ना गरून् भन्ने म चाहन्नथिएँ। विशेष गरी सुसमाचार डिकनसँग काम गर्दा, जब मैले उनको प्रचार प्रभावकारी भएको, उनले सधैँ राम्रा सुझावहरू दिन सकेको, र माथिल्लो तहका अगुवा काम बारे छलफल गर्न सधैँ उनकोमा गएको देखेँ, तब मलाई उनको ईर्ष्या लाग्यो र मैले आफूलाई उनीसँग तुलना गरेँ र सुसमाचार प्रचार गरेर माथिल्लो तहका अगुवाको ध्यान मतर्फ तान्न चाहेँ। म आफ्नै हैसियत र अरूले राम्रो सोचून् भन्नेबारे मात्र सोच्न सक्थेँ। मैले अगुवाको रूपमा आफ्नो जिम्मेवारी पटक्कै पूरा गरिरहेकी थिइनँ। मलाई असाध्यै लाज लाग्यो। मैले नयाँ विश्‍वासीहरूलाई मलजल गरोस् भन्ने परमेश्‍वरको अभिप्राय थियो ताकि उनीहरूले साँचो मार्गमा जग बसाल्न सकून्, तर मैले परमेश्‍वरको इच्छालाई विचार गरिनँ। मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई मात्र विचार गरेँ, नयाँ विश्‍वासीहरूलाई लगनशील भई मलजल र समर्थन गरिनँ, जसले गर्दा उनीहरू भेलाहरूमा नियमित रूपमा उपस्थित हुन सकेनन्। मैले दुष्ट काम गरिरहेकी थिएँ! मैले मेरो कर्तव्यका आफ्ना लक्ष्यबारे चिन्तन गर्न थालेँ। मैले यो परमेश्वरका लागि गरिरहेकी थिएँ कि आफ्नै स्वार्थका लागि? यदि म परमेश्वरलाई सन्तुष्ट पार्ने प्रयास र मण्डलीका हितलाई विचार गर्दै हुन्थेँ भने मैले धेरै मानिसहरूलाई आआफ्ना कर्तव्य गर्न प्रशिक्षण दिन चाहने थिएँ। तर मैले त्यसो गरिनँ। बरु, मैले यी मानिसलाई अगुवाले ध्यान दिनेछैनन् भन्ने आशा गर्दै प्रतिभाको ईर्ष्या गरेँ र त्यसलाई दमन गरेँ। मैले पूर्ण रूपले आफ्नै पद र हितका लागि आफ्नो कर्तव्य पूरा गरेकी देखेँ। म असाध्यै स्वार्थी थिएँ!

पछि, एक जना सिस्टरले मेरो स्थितिबारे थाहा पाएपछि मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। “केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। उनीहरू सधैँ देहअनुसार जिउँछन्, सधैँ शारीरिक आनन्दमा लिप्त रहन्छन्, र सधैँ आफ्नै स्वार्थी इच्छाहरूलाई पूरा गर्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, उनीहरू सत्यताको वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरलाई अनादर गरेकोले गर्दा भएको चिह्न हो। तँ भन्छस्, ‘मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ; मैले कसरी परमेश्‍वरलाई अनादर गरेको छु?’ तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तेरा कामहरूको पछाडिका अभिप्राय, लक्ष्य, र आशयहरूमा, र तैँले गर्ने कामको नतिजाहरूमा—हरप्रकारले तैँले शैतानलाई सन्तुष्ट पारिरहेको हुन्छस्, त्यसको हाँसोको पात्र बनिरहेको हुन्छस्, र त्यसलाई तँबाट केही प्राप्त गर्न दिइरहेको हुन्छस्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही अलिकति पनि दिएको छैनस्। तँ सैतानको स्वामित्वमा रहेको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरको नाउँको अनादर गर्छस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू र तैँले पूरा गरेको कर्तव्यको बारेमा कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, ‘त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ’ (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएको सत्यता स्वीकार गरेनन्, प्रभु येशूका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू आफूले प्रभुको खातिर गरेका काम, कष्टभोग, र बलिदानहरूलाई स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यो परमेश्‍वरसँग लेनदेन गर्नु हो, र यो परमेश्‍वरलाई प्रयोग गर्नु र उहाँलाई छल गर्नु हो, त्यसकारण प्रभुले तिनीहरूलाई घृणा गर्नुभयो, इन्कार गर्नुभयो, र दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरिरहेका छन्, तर कतिपय मानिसहरूले अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, सधैँ अरूभन्दा राम्रो देखिन चाहन्छन्, सधैँ अगुवा र सेवकहरू बन्‍न अनि प्रतिष्ठा र हैसियत प्राप्त गर्न चाहन्छन्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, र परमेश्‍वरको लागि त्याग गर्छु र आफूलाई समर्पित गर्छु भने पनि, तिनीहरूले ख्याति, हित, र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निभाउँछन्, र तिनीहरूसँग सधैँ व्यक्तिगत युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति आज्ञाकारी वा निष्ठावान हुँदैनन्, तिनीहरूले आफ्‍नो बारेमा मनन नगरी स्वेच्‍छाचारी ढङ्गले व्यवहार गर्छन्, त्यसकारण तिनीहरू दुष्कर्मी बनेका छन्। परमेश्‍वरले त्यस्ता दुष्कर्मीहरूलाई घृणा गर्नुहुन्छ, र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनको यो खण्ड पढेर मेरो हृदयमा हलचल भयो। परमेश्‍वरको भनाइमा दुष्ट कार्य गर्नेहरू अविश्‍वासी होइनन्, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन्। तिनीहरू परमेश्‍वरलाई पछ्याउँछन्, परमेश्‍वरको लागि समर्पित हुन्छन्, सुसमाचार प्रचार गर्न जान्छन् र विभिन्न स्थानमा काम गर्छन् र कष्ट भोग्छन्, तर तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियतका निम्ति अरूबाट मान पाउन वा इनाम र मुकुट हासिल गर्न आफ्नो कर्तव्य गर्छन्। तिनीहरू परमेश्‍वरप्रति वफादार रहन र सत्यता अभ्यास गर्न अनि परमेश्‍वरको आज्ञा पालन गर्न सक्दैनन्, त्यसैले प्रभु येशूले भन्नुभयो, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२३)। मैले दुई वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ, मण्डलीमा कर्तव्य गर्न आफ्नो पढाइ छोडेँ, कष्ट भोगेँ र मूल्य चुकाएँ, तर मेरो अभिप्राय परमेश्‍वरलाई सन्तुष्ट पार्नु थिएन। म मण्डलीमा सबैभन्दा राम्रो बन्न चाहन्थेँ, ताकि मेरा ब्रदर-सिस्टरहरू र अगुवाले मेरो इज्जत गरून्, जसले गर्दा मैले आफूलाई देखाउन धेरै कडा प्रयास गरेँ। मैले गरेका सबै कुरा मेरा आफ्नै चाहना पूरा गर्नलाई थिए र म मेरो शैतानी स्वभावअनुसार जिइरहेकी थिएँ। मेरा कार्यहरू असल थिएनन्, ती दुष्ट कार्य थिए। मैले यही गलत अभिप्रायले आफ्नो कर्तव्य गरेँ, जसलाई परमेश्‍वरले घृणा मात्र गर्न सक्नुहुन्थ्यो, र यदि मैले यसै गरिरहेकी भए, म दण्डित मात्र हुनसक्थेँ, किनकि परमेश्‍वरले त्यस्तो विश्‍वासलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरले भन्नुहुनेथियो, “मबाट टाढा जा, म तँलाई चिन्दिनँ!” जब मैले यो कुरा थाहा पाएँ, मलाई डर लाग्यो। म पश्चात्ताप गर्न र अबदेखि ब्रदर-सिस्टरहरूप्रति ईर्ष्यालु नबन्न चाहन्थेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरी मार्गदर्शन मागेँ।

पछि, मैले माथिल्लो तहका अगुवालाई आफ्नो भ्रष्टताबारे खुलस्त बताउन साहस बटुलेँ। अगुवाले मलाई आरोप लगाउनुको सट्टा, मद्दत गर्न आफ्नो अनुभव बताइन्। त्यो बेला उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पनि पठाइन्। “मण्डली अगुवा बन्‍नु भनेको व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै होइन, यो त प्रतिभाशाली मानिसहरू पत्ता लगाएर उनीहरूको वृद्धि-विकास गर्नु पनि हो र त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने गर्नु हुँदै हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यताको खोजी गर्ने केही व्यक्तिहरूको वृद्धि-विकास गरी तैँले गर्ने सबै काममा तिनीहरूलाई तँसँग सहकार्य गर्ने बनाउँछस, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा हुनेछस्। यदि तँ सबै कुरामा सिद्धान्तहरूअनुसार गर्न सक्‍ने गरी वृद्धि हुन्छस् भने, तँ आफ्‍नो बफादारिताको स्तरमा बाँचिरहेको हुनेछस्। … यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र त्यस व्यक्तिलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र त्यसरी परमेश्‍वरको घरमा प्रतिभा भएको एउटा अर्को व्यक्ति थप्छस् भने, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस्, सधैँ अरूको प्रशंसा र आदर प्राप्त गर्न चाहन्छस्, तैपनि परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, वा हैसियत मात्र विचार नगर्। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तँ बफादार बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले आफ्नो कर्तव्य र मण्डलीको कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर् र तिनको समाधान गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। आफूले गर्ने हरेक काममा, तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरूलाई सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न नसक्‍ने भए पनि, तेरो हृदयमा सुधार ल्याइसकिएको हुन्छ; यसअलावा, यदि तैले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस भने, तेरो कर्तव्य मापदण्डअनुरूपको हुनेछ र तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। गवाही दिनु भनेकै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनले अभ्यासका सिद्धान्तहरू स्पष्ट रूपमा बताउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मण्डलीको हितलाई पहिला विचार गर्नु र मण्डलीको कामलाई प्राथमिकता दिनु हो। मनोवृत्ति सही छ भने आफ्नो कर्तव्य राम्रोसँग निभाउन पनि सजिलो हुन्छ। मैले के पनि महसुस गरेँ भने, हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र उहाँलाई पछ्याउँछौँ, कुनै एक व्यक्तिलाई पछ्याउँदैनौँ। त्यसैले हामीले सबै कुरामा परमेश्‍वरको इच्छालाई विचार गर्नैपर्छ, अरू मानिसहरूले के सोच्छन् भन्ने कुरामा होइन। यदि म परमेश्‍वरलाई सन्तुष्ट बनाउन र योग्य अगुवा बन्न चाहन्थेँ भने, हैसियत र स्वार्थ त्याग्नुपर्नेथियो र जगेर्ना गर्न लायक प्रतिभाशाली नयाँ विश्‍वासीहरूलाई फेला पार्नुपर्थ्यो, ताकि उनीहरूले आफ्ना कर्तव्यहरू सुरु गरेर राम्रा कामहरू गर्दै जान सकून्। यसरी मात्र मैले आफ्नो कर्तव्य पूरा गरिरहेकी हुनेथिएँ। परमेश्‍वर हामी प्रत्येकको लागि निष्पक्ष हुनुहुन्छ। परमेश्‍वरले हाम्रो क्षमता वा हैसियत हेर्नुहुन्न, उहाँले हामी सत्यताको अभ्यास गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेर्नुहुन्छ। यदि मैले परमेश्‍वरका मापदण्ड र सत्यताका सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गरेँ, र मैले गरेको कामले मण्डलीको काममा फाइदा पुगोस् भनेर सधैँ कसरी काम गर्ने भन्नेबारे विचार गरेँ भने, मेरो क्षमता कमजोर भए पनि परमेश्‍वरले मलाई मेरो कर्तव्य राम्रोसँग निभाउन अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेथियो। मैले परमेश्‍वरको इच्छा बुझेपछि पश्चात्ताप गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ र म देहसुख त्याग्‍न र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु भनेर भनेँ।

पछि, हामीले बढीभन्दा बढी नयाँ विश्‍वासीहरूलाई स्वीकार गरेसँगै अगुवाले मलाई मलजल गर्ने थप कर्मचारीलाई प्रशिक्षण दिन अनुरोध गरिन्। मलाई फेरि के चिन्ता लाग्न थाल्यो भने मैले जगेर्ना गरेका नयाँ विश्‍वासीहरूले मेरो ठाउँ लिनेछन्, र त्यसपछि अगुवाले त्यसउप्रान्त मलाई जगेर्ना गर्नेछैनन्। जब मैले यसरी सोचेँ, तब मैले अबउसो आफ्नो छवि र हैसियतलाई ध्यान दिनु हुँदैन, र मण्डलीका हितलाई विचार गर्नुपर्छ भन्ने महसुस गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँका वचनहरू सम्झेँ, “मण्डली अगुवा बन्‍नु भनेको व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै होइन, यो त प्रतिभाशाली मानिसहरू पत्ता लगाएर उनीहरूको वृद्धि-विकास गर्नु पनि हो र त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने गर्नु हुँदै हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यताको खोजी गर्ने केही व्यक्तिहरूको वृद्धि-विकास गरी तैँले गर्ने सबै काममा तिनीहरूलाई तँसँग सहकार्य गर्ने बनाउँछस, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा हुनेछस्। यदि तँ सबै कुरामा सिद्धान्तहरूअनुसार गर्न सक्‍ने गरी वृद्धि हुन्छस् भने, तँ आफ्‍नो बफादारिताको स्तरमा बाँचिरहेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। मण्डली अगुवाको रूपमा मेरो जिम्मेवारी भनेको नयाँ विश्‍वासीहरूलाई उनीहरूका कर्तव्य पूरा गर्न प्रशिक्षण दिनु हो। यसबाहेक, आफ्नो कर्तव्य पूरा गर्नु नै परमेश्‍वरको प्रत्येक विश्‍वासीको जिम्मेवारी हो। यदि ज्यादै कम मानिसहरूले मात्र साथ दिन्छन् भने यो पाङ्ग्रा नभएको कारजस्तै हो, र मण्डलीको काममा ढिलाइ हुन्छ। अहिले यति धेरै मानिसहरूले परमेश्‍वरको काम स्वीकार गरिरहेको समयमा, यदि मैले मानिसहरूलाई प्रशिक्षण दिइनँ भने उनीहरूलाई समयमै मलजल गर्न सकिँदैनथियो, उनीहरूको जीवन प्रवेश खतरामा पर्नेथियो, र मण्डलीको काम पनि प्रभावित हुनेथियो। त्यसपछि, मैले राम्रोसँग कुरा बुझ्ने चार जना नयाँ विश्‍वासीलाई चुनेँ, उनीहरूलाई समूह अगुवा बन्न प्रशिक्षण दिएँ र आलोपालो गरेर भेलाहरू आयोजना गर्न लगाएँ। मैले उनीहरूलाई अन्य नयाँ विश्‍वासीहरूलाई मलजल गर्न पनि सम्झाएँ र मद्दत गरेँ। उनीहरूसँग सहकार्य गरेर मैले समग्र काममा ध्यान केन्द्रित गर्न थप समय पाएँ, र हाम्रो कामको प्रभावकारिता क्रमिक रूपमा सुधार हुँदै गयो। नयाँ विश्‍वासीहरूले प्रगति गरेको र आ-आफ्ना कर्तव्य पूरा गरेको देख्दा मलाई धेरै खुसी लाग्यो। मैले सहज महसुस गरेँ र परमेश्‍वरका वचनहरूको अलिक बढी समझ हासिल गरेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र त्यस व्यक्तिलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र त्यसरी परमेश्‍वरको घरमा प्रतिभा भएको एउटा अर्को व्यक्ति थप्छस् भने, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। मसँग यो समझ हुनु र मेरो कर्तव्यमा केही प्रवेश हुनु भनेको, पूर्ण रूपमा परमेश्‍वरको वचनद्वारा हासिल गरिएको परिणाम हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्