मबाहेक सबैलाई बढुवा गरिएपछि

7 जुन 2025

मार्था, इटाली

सन् २०२१ का जनवरीमा, म जिम्मेवार रहेको परियोजना सकिन लागेको थियो। मेरा ब्रदर-सिस्टरहरू क्रमिक रूपमा अन्य कर्तव्यमा सरुवा भए, काम पूरा गर्न केही सहकर्मी र म मात्रै बाँकी रह्यौँ। त्यतिबेला मलाई आफूले गर्नुपर्ने काम त्यति धेरै नभए पनि, त्यो ध्यान दिएर पूरा गर्नुपर्छ भन्ने लाग्यो। आश्चर्यजनक रूपमा, एक दिन, मैले मेरी एक सहकर्मीलाई सुसमाचारका जिम्मेवारीमा बढुवा गरिएको थाहा पाएँ। यसले गर्दा म बेचैन भएँ, र मन अमिलो भयो। “मलाई किन बढुवा गरिएन? के म पनि सुपरिवेक्षक बन्न सक्दिनँ र?” तर त्यसपछि मैले सोचेँ, “सायद अगुवाहरूलाई उनी अझ बढी क्षमतावान् कामदार हुन् भन्ने लाग्छ, त्यसैले पहिला उनलाई बढुवा गरिएको छ। जे होस्, मेरो यहाँको काम अझै सकिएको छैन—यो काम सकिएपछि सम्भवतः हामीलाई नयाँ कर्तव्य प्रबन्ध गरिनेछ।” तर धेरै समय नबित्दै, अन्य केही सहकर्मीलाई पनि बिस्तारै सुपरिवेक्षकमा बढुवा गरियो र तीमध्ये केहीलाई अगुवा नै चयन गरियो। यो खबर सुन्दा मलाई झनै अप्ठ्यारो लाग्यो। “उनीहरू सबै अगुवा, कामदार र सुपरिवेक्षक बनेका छन्, तर म भने जहीँको तहीँ। उनीहरूले गरिरहेका सबै कुरा समेत मैले नै सम्हाल्नुपर्छ, र यस्तो लाग्छ, अन्त्यसम्मै म नै यो सबका लागि जिम्मेवार हुनेछु। हामी सबैले उही काम गरिरहेका छौँ, त्यसोभए, किन मेरो सट्टा उनीहरू सबैलाई बढुवा गरियो त? के म साँच्चै त्यस्तो खराब छु? अब, म ती सबैभन्दा खराब छु। के मेरा अगुवाहरू म संवर्धनको योग्य छैन भन्ने सोच्छन्? के उनीहरूमा मप्रति केही पूर्वाग्रह छ? म साँच्चै उनीहरूको काम सम्हाल्न चाहन्नँ—म जति धेरै सम्हाल्छु, अन्य प्रकारका काम गर्न त्यति नै कम सक्नेछु। मैले यो काम पूरा गर्दासम्म त, मेरा सहकर्मीहरू आफ्नो कामसँग परिचित र केही सिद्धान्तहरूमा पोख्त भइसकेका हुनेछन्। यदि मलाई पछि सुसमाचार प्रचार गर्न वा नयाँ विश्वासीहरूलाई मलजल गर्न पठाइयो, र मेरी पूर्वसहकर्मी मेरो सुपरिवेक्षक भइन् भने, यस्तो ठूलो अन्तर एकदमै लाजमर्दो हुनेछ!” यसबारे जति धेरै सोचेँ त्यति धेरै दुःखी भएँ। मेरा ब्रदर-सिस्टरहरूले उनीहरूको काम सम्हालिदिनआग्रह गर्दा, मैले निकै विरोध जनाएँ। मभित्र दबाएर राखेको रिस थियो र मलाई त्यो काम गर्न मन थिएन। दुई दिनभन्दा बढीसम्म, मैले उनीहरूले थमाएका काम कसरी गर्ने भनेर सिक्ने प्रयास गरिनँ। मैले आफ्नै कामलाई पनि खासै वास्ता गरिनँ—मैले कामको अनुगमनमा आलटाल गरेँ, र कुन समस्या समाधान गरिनुपर्छ र कामकुरा कसरी राम्ररी गर्ने भन्नेबारे सोचिनँ। त्यसकारण काम एकदमै सुस्त गतिमा अगाडि बढ्यो। मलाई आफू मण्डलीका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भन्ने थाहा भए पनि, थकित, उदास र दिक्दार महसुस भयो। म सधैँ आफ्नो कर्तव्य निर्वाह गर्न अनुत्प्रेरित हुन्थेँ। मलाई आफ्नो स्थिति सही छैन भन्ने थाहा भयो, त्यसैले मैले परमेश्‍वरसामु आएर प्राथना गरेँ, उहाँको अन्तर्दृष्टि र ज्योति मागेँ ताकि, म आफूलाई चिन्न सकूँ।

मैले प्रार्थना गरेपछि परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसले मलाई मेरो स्थितिबारे केही ज्ञान दियो। परमेश्‍वरका वचनहरूले भन्छन्: “अहिले, तिमीहरू सबैले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्छौ। तिमीहरूलाई परिवार, विवाह, वा सम्पत्तिले बाधा दिने वा बाँध्‍ने गर्दैन। तिमीहरू ती कुराहरूबाट पहिले नै बाहिर निस्किसकेका छौ। तापनि, तिमीहरूको दिमाग भर्ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू पूराको पूरा जस्ताको तस्तै छन्। त्यसैले, प्रतिष्ठा, हैसियत, वा चम्कने अवसर समावेश हुने कुनै पनि कुराको हकमा—उदाहरणका लागि, जब तिमीहरूले परमेश्‍वरको घरले विभिन्न किसिमका प्रतिभाशाली व्यक्तिहरूलाई संवर्धन गर्ने योजना बनाउँदैछ भनी सुन्छौ—तब तिमीहरूमध्ये हरेक जना चाहनाले सकसक गर्न थाल्छौ, र नाम कमाउन र चर्चाको केन्द्रमा आउन चाहन्छौ। तिमीहरू सबै जना प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्न चाहन्छौ। तिमीहरूलाई यो व्यवहारमा संलग्न हुन लाज लाग्छ, तर तिमीहरू त्यसो नगरी बस्न आफूलाई रोक्न सक्दैनौ। चुनिएका र चर्चाको केन्द्रमा आउने मानिसहरूलाई देख्दा तिमीहरूलाई डाहा लाग्छ, घृणा लाग्छ, र तिमीहरू गुनासो गर्छौ, अनि यो अन्यायपूर्ण छ भन्ने सोच्छौ: ‘म किन अलग देखिन सक्दिनँ? अरू मानिसहरू किन सधैँ चर्चाको केन्द्रमा हुन्छन्? मेरो पालो कहिल्यै किन आउँदैन?’ तिमीहरूलाई हृदयमा रिस उठ्छ, र तिमीहरूले त्यसलाई दबाउने प्रयास गरे पनि, तिमीहरू सक्दैनौ। तिमीहरू परमेश्‍वरलाई प्रार्थना गर्छौ र तिमीहरूको स्थिति केही समयका लागि सुध्रन सक्छ, तर जब तिमीहरूले यस्तो प्रकारको परिस्थिति फेरि सामना गर्छौ, तब तिमीहरूले अझै पनि यसलाई विजय गर्न सक्दैनौ। के यो सानो कदको प्रकटीकरण होइन र? जब तिमीहरू यस्ता स्थितिहरूमा फस्छौ, तब के तिमीहरू शैतानको पासोमा परेका हुँदैनौ र? शैतानी भ्रष्ट प्रकृतिले मानिसहरूलाई यसरी नै बाँध्छ। … तैँले ख्याति, प्राप्ति, र हैसियतका लागि जति धेरै प्रतिस्पर्धा गर्छस्, तेरो हृदय त्यति नै अन्धकारमय हुनेछ। तैँले तिनका लागि जति धेरै प्रतिस्पर्धा गर्छस्, अरूप्रतिको तेरो डाहा र घृणा त्यति नै बढ्दै जानेछ। तँ तिनका लागि झन् धेरै लड्न चाहनेछस्, र जब तैँले ती कुरा प्राप्त गर्न सक्दैनस्, तब तँलाई त्यति नै धेरै घृणा महसुस हुनेछ। तँलाई जति धेरै घृणा महसुस हुन्छ, तँ भित्री रूपमा त्यति नै अन्धकारमय हुनेछस्, तेरो कर्तव्य निर्वाह त्यति नै खराब हुँदै जानेछ, र तेरो कर्तव्य निर्वाह जति खराब हुन्छ, तँलाई परमेश्‍वरको घरले त्यति नै कम प्रयोग गर्न सक्छ। यो एक-आपसमा जोडिएको दुष्चक्र हो। यदि तँ आफ्नो कर्तव्य कहिल्यै राम्ररी पूरा गर्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरको वचनले मेरो स्थिति खुलासा गरिदियो। ती दिनहरूमा मलाई धेरै प्रतिरोधी र अनिच्छुक महसुस हुन्थ्यो किनकि हैसियत पाउने मेरो चाहना पूरा भएको थिएन। आफ्ना सहकर्मीहरूको बढुवा भएको देख्दा, मलाई हृदयमा हलचल भयो। मलाई आफू पनि बढुवा हुन सक्छु भन्ने आशा थियो, ताकि म हैसियत र मानिसहरूको उच्च सम्मान पाउन सकूँ। जब मैले मेरा अगुवाहरूको मलाई बढुवा गर्ने मनसाय छैन भन्ने थाहा पाएँ र मलाई सहकर्मीहरूको काम जिम्मा लिन लगाए, तब मलाई ईर्ष्या भयो, र मैले अगुवाहरू मप्रति पूर्वाग्रही छन्, वा मलाई तुच्छ ठान्छन् भन्ने शङ्का गरेँ। जब मैले अगुवाहरूको नजरमा म कसरी सबैभन्दा खराब छु, र मेरा कैयौँ सहकर्मीहरू अगुवा र सुपरिवेक्षकमा बढुवा भइसकेका छन् तर मसँग भने कुनै पद छैन भनेर सम्झेँ, तब म दुःखी र अटेरी भएँ। मैले आफ्नो रिस कर्तव्यमा समेत पोखेँ। मैले आफूलाई दिइएका कामप्रति कुनै चासो देखाइनँ र मेरो आफ्नै काममा मन लगाइनँ। म यस्तो विद्रोही स्थितिमा जिइरहेकी देख्दा परमेश्वरलाई साँच्चै घिन लाग्यो! मैले पहिला आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छु भनेर कसरी प्रतिज्ञा गरेकी थिएँ भन्ने सम्झेँ; अहिले अरू बढुवा भएको र हैसियत पाउने आफ्नो चाहना पूरा नभएको देख्नेबित्तिकै, म नकारात्मक भएँ र आफनो कर्तव्यप्रति रुचि गुमाएँ। हैसियत पाउने मेरो चाहना अति धेरै थियो! मैले आफ्नो स्थिति समाधान गर्न तुरुन्तै सत्यता खोज्नुपर्थ्यो।

त्यसपछि मैले बढुवा र संवर्धनलाई कसरी हेर्ने भन्नेबारे परमेश्‍वरका केही वचन पढेँ, र तिनले मलाई आफ्नो स्थिति परिवर्तन गर्न सक्षम बनाए। परमेश्‍वरका वचनहरूले भन्छन्: “यदि तँ आफू अगुवा हुन योग्य भएको, आफूमा अगुवाइका लागि प्रतिभा, क्षमता र मानवता भएको ठान्छस्, तैपनि परमेश्‍वरको घरले तँलाई प्रवर्द्धन गरेको छैन र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुनेका छैनन् भने, तैँले यस मामलालाई कुन रूपमा लिनुपर्छ? यहाँ तैँले पछ्याउन सक्ने एउटा अभ्यासको मार्ग छ। तैँले आफूलाई राम्ररी चिन्नैपर्छ। मुख्य कुरा तेरो मानवतामै समस्या हो कि, वा तेरो भ्रष्ट स्वभावको केही पक्षको प्रकटीकरण मानिसहरूलाई घृणास्पद लागेको हो कि; वा तँसित सत्यता वास्तविकता नभएको र तँ अरूका लागि विश्‍वसनीय नभएको, वा तेरो कर्तव्य निर्वाहले मानक पूरा नगरेको हो कि भनेर हेर्। तैँले यी सारा कुराहरूबारे चिन्तन गरेर तेरो कमीकमजोरी ठ्याक्कै कहाँनेर छ भनेर हेर्नैपर्छ। तैँले केहीबेर चिन्तन गरेर आफ्नो समस्या कहाँ छ भनी पत्ता लगाइसकेपछि, तैँले त्यसलाई समाधान गर्न तत्कालै सत्यता खोज्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ, अनि परिवर्तन हासिल गर्न र वृद्धि हुन लागिपर्नु पर्छ, ताकि तेरा वरिपरिकाले त्यो देखेपछि यसो भनून्, ‘आजकाल ऊ पहिलेभन्दा धेरै राम्रो भएको छ। उसले दह्रो काम गर्छ र आफ्नो पेसालाई गम्भीर रूपमा लिन्छ, साथै ऊ विशेष गरी सत्यता सिद्धान्तहरूमा केन्द्रित छ। उसले हडबडीमा र झाराटारुवा शैलीमा कामकुरा गर्दैन, र ऊ आफ्नो कामबारे झनै कर्तव्यनिष्ठ र जिम्मेवार छ। उसले बारम्बार ठूला कुरा गर्न मन पराउने, र लगातार सान देखाउने गर्थ्यो, तर अहिले ऊ धेरै नै विनम्र छ र हाबी हुँदैन। ऊ केही कामकुरा गर्न सक्षम भए पनि, उसले त्यसबारे धाक लगाउँदैन, र उसले केही गरिसकेपछि केही गलत पो गरियो कि भन्‍ने डरले त्यसबारे बारम्बार चिन्तन गर्छ। ऊ पहिलेभन्दा धेरै सावधानीपूर्वक र परमेश्‍वरको डर मान्‍ने हृदयले कार्य गर्छ—र सबैभन्दा बढी त उसले केही समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न सक्छ। ऊ वास्तवमै ठूलो भइसक्यो।’ तँसित केही समय अन्तरक्रिया गरेका तेरा वरपरका मानिसहरूले तँमा स्पष्ट परिवर्तन र वृद्धि भएको पाउँछन्; तेरो मानव जीवन, आचरण र मामलाहरूको व्यवस्थापनमा, अनि आफ्नो कामप्रतिको तेरो मनोवृत्तिमा, र सत्यता सिद्धान्तहरूप्रतिको तेरो व्यवहारमा पनि, तँ पहिलेभन्दा धेरै मेहनत लगाउँछस्, र तैँले आफ्नो बोली र व्यवहारमा अत्यन्तै ध्यान पुर्‍याउँछस्। दाजुभाइ-दिदीबहिनीहरूले यो सबै कुरा देख्छन् र त्यसलाई हृदयमा लिन्छन्। सायद, त्यसपछि तैँले अर्को चुनावमा उम्मेदवारी दिन सक्नेछस्, र तँ अगुवाका रूपमा चुनिने आशा हुनेछ। यदि तैँले साँच्चिकै केही महत्त्वपूर्ण कर्तव्य पूरा गर्न सक्छस् भने, तैँले परमेश्‍वरको आशिष् प्राप्त गर्नेछस्। यदि तँमा साँच्चिकै बोझ र यस्तो जिम्मेवारी बोध छ, र तैँले भार बोक्ने इच्छा गर्छस् भने, चाँडो गरेर तालिम लिई। सत्यता अभ्यास गर्नमा ध्यान दे र सिद्धान्तहरूअनुसार कार्य गर्। तैँले जीवन अनुभव पाएर गवाहीका लेखहरू लेख्न सक्ने भएपछि, तँ साँच्चै परिपक्व भएको हुनेछस्। अनि यदि तैँले परमेश्‍वरका निम्ति गवाही दिन सक्छस् भने, तैँले निश्चय नै पवित्र आत्माको काम पाउन सक्छस्। यदि पवित्र आत्माले तँमा काम गरिरहनुभएको छ भने, यसको मतलब परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुन्छ, अनि तैँले पवित्र आत्माको मार्गदर्शन पाएपछि, तेरो अवसर चाँडै आउनेछ। अहिले तँसित बोझ होला, तर तेरो कद पर्याप्त छैन र तेरो जीवन अनुभव अति सतही छ, त्यसकारण यदि तँ अगुवा बनिहालिस् भने पनि, तैँले ठेस खाने सम्भावना हुन्छ। तैँले जीवन प्रवेश पछ्याउन, पहिला आफ्ना रवाफी चाहनाहरू सुल्झाउन, इच्छापूर्वक अनुयायी बन्न, र परमेश्‍वरले जे योजनाबद्ध वा प्रबन्ध गर्नुभए पनि त्यसप्रति कुनै गुनासो नगरी उहाँप्रति साँचो रूपमा समर्पित हुन जरुरी छ। जब तँसँग यो कद हुन्छ, तब तेरो अवसर आउनेछ। तैँले गह्रौँ भार बोक्ने इच्छा गर्नु र तँमा यो बोझ हुनु राम्रो कुरा हो। यसले तँमा प्रगति गर्न खोज्ने सक्रिय हृदय छ र तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल राख्न र परमेश्‍वरको इच्छा पछ्याउन चाहन्छस् भन्‍ने देखाउँछ। यो कुनै महत्त्वाकाङ्क्षा नभई साँचो बोझ हो; यो सत्यता पछ्याउनेहरूको जिम्मेवारी र तिनीहरूको पछ्याइको लक्ष्य हो। तँसित कुनै स्वार्थी मनसायहरू छैनन् र तँ आफ्नै निम्ति काम गरिरहेको छैनस्, बरु परमेश्‍वरको गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न खोजिरहेको छस्—परमेश्‍वरद्वारा सबैभन्दा आशिषित् कुरा यही हो, र उहाँले तेरा लागि उचित प्रबन्धहरू गर्नुहुनेछ। … परमेश्‍वरको अभिप्राय उहाँको गवाही दिन सक्ने अझ धेरै मानिसहरू प्राप्त गर्नु हो; उहाँलाई प्रेम गर्ने सबैलाई सिद्ध पार्नु, र उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको एउटा समूहलाई सकेसम्म चाँडो पूर्ण बनाउनु हो। त्यसकारण, परमेश्‍वरका घरमा, सत्यता पछ्याउनेहरू सबैका ठूला सम्भाव्यताहरू छन्, र सच्चा रूपमा परमेश्‍वरलाई प्रेम गर्नेहरूको सम्भाव्यता असीमित छ। सबैले परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। यो बोझ हुनु वास्तवमै सकारात्मक कुरा हो, र यो विवेक र समझ भएकाहरूमा हुनुपर्ने कुरा हो, तर गह्रौँ भार बोक्न सबै जना सक्षम हुनेछन् भन्‍ने छैन। यो अन्तर कहाँबाट आउँछ? तेरा तागत र सामर्थ्यहरू जति नै भए पनि, र तेरो बौद्धिक क्षमता जति उच्च भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो पछ्याइ र तैँले हिँड्ने मार्ग हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (६))। परमेश्वरका वचनबाट मैले बुझेँ, हामीलाई बढुवा र संवर्धन गरिने वा नगरिने कुरा हाम्रो पछ्याइ र मार्गमा निर्भर रहन्छ। हामी सत्यता पछ्याउँछौँ, साँचो रूपमा बोझ बोक्छौँ, र हामीसँग केही क्षमता र प्रतिभा छ भने, मण्डलीले हामीलाई बढुवा र संवर्धनको अवसर दिनेछ, र हामीलाई केही कामको सुपरिवेक्षण गर्न दिनेछ। तर हामीले सत्यता पछ्याएनौँ, सधैँ ख्याति र हैसियतको पछि लाग्यौँ, गलत मार्ग लियौँ भने, हामी अगुवा बने पनि लामो समय टिक्नेछैनौँ। मैले परमेश्‍वरका वचन आफैम लागु गरेँ र लज्जित भएँ। मैले आफू पूर्ण रूपमा अविवेकी भइरहेकी थिएँ र आफूलाई चिनेकै थिइनँ भन्ने कुरा बुझेँ। सोच्थेँ, म निकै क्षमतावान् र असल छु, र मेरा सहकर्मी सिस्टरहरूलाई बढुवा गरिन्छ भने, म पनि बढुवा गरिन हकदार छु। मैले आत्मचिन्तन गरेर म साँच्चिकै सत्यता पछ्याउने व्यक्ति हो कि होइन, मेरो मानवता योग्य छ कि छैन र म कामको बोझ साँच्चिकै वहन गर्न सक्छु कि सक्दिनँ भनी बुझ्न पुगिनँ। बरु मैले आँखा चिम्लेर आफूलाई अरूसँग तुलना गरेँ र बढुवाको पछि लागेँ। म सधैँ अरूजत्तिकै राम्रो छु भनेर प्रमाणित गर्न, र उच्च हैसियत प्राप्त गरी अझ धेरै मानिसको अघि आडम्बर गर्न र अरूलाई मेरो आदर गर्न लगाउन चाहन्थेँ। म सधैँ आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू राखेर कर्तव्य निर्वाह गर्थेँ, त्यसैले अगुवा वा कामदार नै बने पनि, म अझै ख्याति र हैसियतका लागि काम गरिरहेकी हुनेथिएँ, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न असम्भव हुने थियो। म अगुवा नुहुनु मेरा लागि सुरक्षा थियो। मैंले सोचेँ, यस्तो परिस्थितिमा साँचो समझ भएको व्यक्तिले कसरी समर्पित हुन, आत्मचिन्तन गरी आफैलाई चिन्न, र आफ्नो कर्तव्या राम्ररी निर्वाह गर्नमै सन्तुष्ट हुन सक्छ। तिनीहरू आफ्ना कमीकमजोरीहरूबारे चिन्तन गर्थे, आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्थे, र प्रगति तथा परिवर्तन गर्न लागिपर्थे। परमेश्वरको वचनका आधारमा आत्मचिन्तन गर्दा, मैले वास्तवमा आफ्नो क्षमता औसत रहेछ र आफू सत्यता पछ्याउने व्यक्ति रहेनछु भन्ने देखेँ। म आफ्ना दैनिक कार्य पूरा गर्नमै सन्तुष्ट थिएँ, म आफ्ना भ्रष्ट स्वभाव बुझ्न र समाधान गर्नतिर ध्यान दिन्नथेँ। वर्षौँसम्म परमेश्‍वरमा विश्वास गरेर पनि म प्रतिस्पर्धात्मक नै थिएँ। म सधैँ प्रतिष्ठा र हैसियत पाउँछु कि गुमाउँछु भन्ने चिन्ता गर्थेँ—जब मैले हैसियत पाइनँ, तब मैले आफ्नो कर्तव्यप्रति नै रिस पोखेँ र कामलाई वेवास्ता गरेँ। कुन अर्थमा मसँग सत्यता वास्तविकता थियो त? यसका बावजुद, म बढुवा हुन चाहन्थेँ। मसँग साँच्चिकै अलिकति पनि आत्म-सचेतना थिएन। मलाई थाहा थियो, म उप्रान्त आँखा चिम्लेर प्रतिष्ठा र हैसियतको पछि लाग्नु हुँदैन। म समर्पित हुनुपर्छ र आफ्नो अहिलेको कर्तव्य व्यावहारिक तरिकाले पूरा गर्नुपर्छ। मसँग हुनुपर्ने मानवता र समझ त्यही थियो। यो बुझेपछि, मलाई यो परिस्थितिको बाधा र बन्धन महसुस हुन छोड्यो, र मैले आफ्नो अहिलेको काममा सामान्य प्रगति गर्न थालेँ। मैले कामलाई कसरी चुस्त-दुरुस्त रूपमा सम्पन्न गर्ने भनेर पनि सोच्न थालेँ, ताकि मैले कुनै पछुतोविना पूरा गर्न सकूँ। यसरी अभ्यास गर्दै जाँदा म धेरै ढुक्क भएँ।

केही समयपछि मण्डलीले मलाई एउटा मण्डलीको मलजलको कामको सुपरिवेक्षण गर्ने प्रबन्ध मिलायो। जब मैले यो प्रबन्धबारे सुनेँ, ममा मिश्रित भावना उत्पन्न भयो। मैले अप्ठेरो र लज्जित महसुस गरेँ—मैले मेरा अगुवाहरूलाई गलत बुझेकी र तिनीहरूले मप्रति पूर्वाग्रह राखेर जानाजान मेरो बढुवा वा संवर्धन गरेका थिएनन् भन्ने अनुमान लगाएकी थिएँ। यो सबै मेरो हैसियतको तीव्र चाहनाको परिणाम थियो। त्यसपछिका दिनहरूमा, जब म आफूले नबुझ्ने कुराहरूको सामना गर्थें, तब म सहकर्मीहरूसँग मिलेर उत्तरहरू खोज्थेँ, र म लगभग मेरा सबै समय मलजलको काममा लगाउँथेँ। तर केही समयपछि काम त्यति प्रभावकारी भएको थिएन। त्यसपछि मात्रै मैले ममा धेरै कमजोरी छन् भन्ने देखेँ। मैले के पनि बुझेँ भने मसँग सत्यता छैन भने, हैसियत भए पनि राम्ररी काम गर्न सम्भव हुँदैन। त्यसैले मलाई अगुवा नै बन्नुपर्छ भन्ने आफ्नो उच्च महत्त्वाकाङ्क्षाप्रति झनै लज्जा महसुस भयो। त्यो समयमा मैले अरूलाई आफ्नो प्रशंसा कसरी गर्न लगाउने भनेर सोच्न नै छाडेँ; म मलजलको काम कसरी राम्ररी गर्ने भन्ने मात्रै सोच्थेँ। मैले आफ्नो कर्तव्यप्रति अझ व्यावहारिक मनोवृत्ति राख्न थालेँ। त्यसैले मलाई थोरै भए पनि परिवर्तन भएकी छु, र म आफ्नो कर्तव्य सजिलै पूरा गर्न र आफ्नो उचित कार्यमा लागिरहन सक्छु भन्ने विश्वास भयो। तर जब म माथि अर्को वातावारण आइपर्यो, तब मेरो हैसियतप्रतिको चाहना फेरि खुलासा भयो।

सन् २०२१ को जुनमा मण्डलीले मेरा लागि अर्को परियोजना सम्हाल्ने प्रबन्ध गर्‍यो, जसमा कार्यभार धेरै थियो, र समयसीमा थोरै थियो। हामीले धेरै समस्याहरू भोगे पनि, हाम्रो संयुक्त प्रयासबाट केही महिनापछि हाम्रो काम बढी प्रभावकारी हुन थाल्यो, र अन्त्यमा हामीले अघिल्लो वर्षको तुलनामा दोब्बर बढी काम पूरा गर्‍यौँ। मलाई धेरै गर्व भयो, र हामीले यी नतिजा हासिल गर्नुमा मेरो पनि भूमिका छ भन्ने लाग्यो—यदि अगुवाहरूले कसैलाई बढुवा गर्न चाहे भने सम्भवतः मलाई सम्झनेछन्। त्यसपछिका केही दिनमा, मैले धेरै पटक अगुवाहरूले मानिसहरूलाई बढुवा र संवर्धन गर्नेबारे छलफल गरिरहेका सुनेँ, र बेलाबेला आफूले चिनेका ब्रदर-सिस्टरहरूको नाम लिइएको सुनेँ। मेरो दिमाग फेरि तरंगित हुन थाल्यो, “म पहिला अगुवा र कामदार भइसकेकी छु, र हालसालै म आफ्नो कर्तव्यमा प्रभावकारी भएको छु, त्यसोभए किन अगुवाहरूले मलाई बढुवा गर्ने विचार गरेका छैनन्? के अगुवाहरूले मलाई छर्लङ्ग देखेर म सत्यता पछ्याउने व्यक्ति होइन भन्ने निर्णय गरेका हुन्? के उनीहरू मलाई बाहिरी कुराहरू मात्र सम्हाल्न सक्ने व्यक्ति ठान्छन्? यदि उनीहरू त्यस्तै सोच्छन् भने, के मैले कहिल्यै बढुवा र संवर्धन गरिने अवसर पाउनेछु?” यो सोच्दा, भविष्य उजाड लाग्यो। मलाई आफूले जति जोडले पछ्याए पनि, सधैँ यस्तै हुनेछ भन्ने लाग्यो—मसँग कहिल्यै बढुवा हुने आशा हुनेछैन। म अगुवाहरूप्रति पूर्वाग्रहीसमेत भएँ। त्यसपछि कहिलेकाहीँ अगुवाहरूले मसँग कुरा गर्दा, म उनीहरूलाई बेवास्ता गर्थेँ। म सकेसम्म कम बोल्थेँ र आफ्ना सिस्टरहरूलाई वरपर देख्नसमेत चाहन्नथेँ। म सधैँ उदास देखिन्थेँ, म धेरै बोल्न चाहन्नथेँ र म सधैँ एक्लै समय बिताउन चाहन्थेँ। मैले अनजानमा नै आफ्नो कर्तव्यको बोझ उठाउन छोडेँ। मलाई लाग्यो, मैले जति नै राम्रो गरे पनि, अगुवाहरूले मेरो प्रयास र परिश्रम देख्न सक्दैनन्, त्यसोभए मैले किन यति धेरै परिश्रम गर्नु? म काम चलाउन सकिने जति मात्र गर्नेछु।

एक दिन, मैलेपरमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। … के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, प्राप्ति वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरू सधैँ यस्ता कुराहरूलाई महत्त्व दिइरहन्छन् त? परमेश्‍वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा खुट्ट्याउन सक्षम छैनन् त? के परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्‍ने हुनाले समस्या तिनीहरूमै हुन्छ, फलस्वरूप तिनीहरू सत्यता ग्रहण गर्न सक्‍दै नसक्‍ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरको वचनबाट मैले के बुझेँ भने, ख्रीष्टविरोधीहरू विशेष गरी ख्याति र हैसियतको कदर गर्छन्, अनि ती कुरालाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। हैसियत नपाउँदा, उनीहरूलाई परमेश्‍वरमा विश्सास गर्न थकाइलाग्दो लाग्छ। परमेश्‍वरप्रतिको विश्वास वा कर्तव्यहरूमा तिनीहरूसँग इमानदारी हुँदैन, सत्यता बुझ्न यी कुराहरू त झनै कम गर्छन्। बरु, उनीहरू ती कुरा ख्याति र हैसियत पाउन अनि अझ धेरै मानिसलाई उनीहरूको प्रशंसा गर्न र उनीहरूलाई उच्च नजरले हेर्न लगाउनका लागि गर्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव एकदमै दुष्ट हुन्छ। मैले आफूबारे सोचेँ-म सधैँ बढुवा र संवर्धन गरिनुको पछि लागेँ, र मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा नहुँदा, म नकारात्मक र अनुत्प्रेरित भएँ। ख्याति र हैसियतको पछ्याइ मेरो नियन्त्रणभन्दा बाहिर गइसकेको थियो; मैले ख्रीष्टविरोधीको जस्तै स्वभाव प्रकट गरेकी थिएँ। मैले स्कूलमा छँदाको समयबारे सोचेँ, जब म “मान्छे उँभो लाग्छ; पानी उँधो बग्छ,” र “सेनापति बन्न नचाहने सिपाही राम्रो सिपाही हुँदैन” भन्ने शैतानी विषहरूलाई कसरी बाँच्ने नियम ठान्थेँ, त्यसैले म सर्वोत्कृष्ट ग्रेड पाउन खोज्थेँ। यदि मैले प्रथम स्थान हासिल गरिनँ भने, कम्तीमा म राम्रो ग्रेड ल्याउने विद्यार्थी हुनुपर्थ्यो र मैले आफ्ना सहपाठी र शिक्षकहरूको प्रशंसा र सम्मान जित्नुपर्थ्यो। परमेश्वरमा विश्वास गरेपछि मैले हैसियतलाई लक्ष्य बनाएर पछ्याएँ, सोचेँ, यदि मसँग उच्च हैसियत भएको भए, मैले मण्डलीमा स्थान पाउन सक्थेँ, म आफ्नो उपस्थिति जनाउन सक्थेँ, र अझ धेरै मानिसलाई मलाई उच्च नजरले हेर्न लगाउन सक्थेँ, अनि म आफ्नो आवाज बुलन्द पार्न सक्थेँ। त्यसैले मण्डलीको काममा तुरुन्तै मानिसहरू चाहिँदा, तर अगुवाहरूले मेरो बढुवा नगर्दा, म नकारात्मक र दुःखी भएँ, ममा कर्तव्य निर्वाह गर्ने कुनै उत्साह भएन, र मलाई परमेश्‍वरप्रतिको विश्वासमा पछ्याउने कुनै दिशा वा उद्देश्य छैन भन्नेसमेत लाग्यो। त्यसपछि मात्र मैले ख्याति र हैसियतको पछ्याइ मेरो प्रकृति बनेको रहेछ भनेर स्पष्टसँग देखेँ। म मानिसहरूको जुनै समूहमा भए पनि, सधैँ अरूले मेरो प्रशंसा र सराहना गरेको चाहन्थेँ, र मलाई आफू पछि परेको पटक्कै मन पर्दैनथ्यो। अगुवाहरूले मेरो कदर गर्दा र मलाई महत्त्वपूर्ण काम गर्न बढुवा गर्दा, म एकदमै सन्तुष्ट भएँ र आफ्नो कर्तव्यमा ऊर्जावान भएँ; उनीहरूको कदर र बढुवाविना म नकारात्मक र विरोधी बनेँ, मैले आफ्ना कर्तव्यमा झारा टारेँ, यताउता बरालिएँ, र सब कुरा त्याग्नसमेत चाहेँ। यदि यसरी नै अघि बढिरहेँ भने म गम्भीर खतरामा हुन्छु भनेर मलाई अचानक महसुस भयो।

त्यसपछि मैले परमेश्‍वरको वचनमा पढेँ: “परमेश्‍वरले सत्यता पछ्याउने मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँले सबैभन्दा बढी घृणा गर्ने मानिसहरूको काम भनेको ख्याति, लाभ, र हैसियत पछ्याउनु हो। कतिपय मानिसहरूले हैसियत र प्रतिष्ठालाई वास्तवमै बहुमूल्य ठान्छन्, तिनीहरू ती कुराप्रति गहन रूपमा जोडिएका हुन्छन्, र तिनीहरूले तिनलाई त्याग्‍न सक्दैनन्। तिनीहरूलाई सधैँ हैसियत र प्रतिष्ठाविना जिउनुको कुनै आनन्द वा आशा हुँदैन, तिनीहरूले हैसियत र प्रतिष्ठाको लागि जिउँदा मात्रै यो जीवनमा आशा हुन्छ भन्‍ने लाग्छ, र तिनीहरूसँग थोरै मात्र पनि ख्याति छ भने, तिनीहरूले कहिल्यै हरेस नखाई संघर्ष जारी राख्‍छन्। यदि तेरो सोचाइ र दृष्टिकोण यस्तै हो भने, यदि तेरो हृदय यस्ता कुराहरूले भरिएको छ भने, तँ सत्यतालाई प्रेम गर्न र पछ्याउन समर्थ छैनस्, तँसँग परमेश्‍वरमाथिको विश्‍वासमा सही दिशा र उद्देश्यहरू छैनन्, र तँ आत्मज्ञान पछ्याउन, भ्रष्टता फाल्‍न र मानिसको स्वरूपमा जिउन सक्षम छैनस्; तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा परिस्थितिहरू बिग्रे पनि हेरेर बस्छस्, तँमा जिम्मेवारीको कुनै बोध छैन, र तँ दुष्कर्म नगर्न, बाधा नदिन, हटाइनेमा नपर्न सक्दा नै सन्तुष्ट हुन्छस्। के त्यस्ता मानिसहरूले मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? अनि के परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो असम्भव छ। जब तैँले प्रतिष्ठा र हैसियतको खातिर काम गर्छस्, तब तैँले यस्तो समेत सोच्छस्, ‘मैले गर्ने काम दुष्ट कार्य होइन र यसले बाधा पैदा गर्दैन भने, मेरो मनसाय गलत भए नि, कसैले यसलाई देख्‍न वा मलाई दोषी ठहर्याउन सक्दैन।’ तँलाई थाहै छैन, परमेश्‍वरले सबै कुरा छानबिन गर्नुहुन्छ। यदि तैँले सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनस्, र परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुन्छ भने, तेरो लागि सबै कुरा खतम हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबै मानिसहरूले आफूलाई चलाख ठान्छन्; वास्तवमा, तिनीहरूलाई आफूले उहाँको विरुद्धमा कहिले पाप गरेँ भन्‍ने समेत थाहा हुँदैन। कतिपय मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्; तिनीहरूले सोच्छन्, ‘म अझै धेरै काम गर्न, अझै धेरै जिम्मेवारी लिनको लागि मात्रै प्रतिष्ठा र हैसियत पछ्याउँछु। यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँदैन, र यसले अवश्य नै परमेश्‍वरको घरका हितहरूमा हानि गर्दैन। यो ठूलो समस्या होइन। म त बस हैसियतलाई प्रेम गर्छु र आफ्नो हैसियतको रक्षा गर्छु, तर त्यो दुष्ट कार्य होइन।’ झट्ट हेर्दा, यस्तो पछ्याइ दुष्ट कार्य हो जस्तो देखिँदैन, तर यसले अन्त्यमा के ल्याउँछ? के त्यस्ता मानिसहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्? बिलकुलै गर्नेछैनन्। त्यसकारण, प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्‍कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्‍नुपर्दा, तेरो पछ्याइको दिशा वा लक्ष्य जेसुकै भए पनि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे चिन्तन गर्दैनस्, र यसलाई पन्छाउन तँलाई निकै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर पार्नेछ। जबसम्‍म तेरा हृदयमा हैसियतले स्थान पाउँछ, तबसम्‍म यो तेरो जीवनको दिशा र तेरो पछ्याइको लक्ष्यलाई नियन्त्रित र प्रभावित पार्न पूर्ण रूपमा सक्षम हुनेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्ने बारेमा त कुरै नगरौँ; तैँले अन्त्यमा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्‍ने कुरा त झन् भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई त्याग्न सकिनस् भने, यसले मानकअनुरूप कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई मानकअनुरूपको सृजित प्राणी बन्‍न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्‍वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्‍वरले दोष दिने कुरा हो, र परमेश्‍वरले न्याय गर्ने र पखाल्ने कुरा पनि यही हो। मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्‍वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्‍वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछ्याइ भनेको बर्बादीको बाटो हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले त्यो कुरा तँलाई दिनुभएन भने, तँ त्यो प्राप्त गर्ने लडाइँमा असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तँलाई प्रकट गरिनेछ र हटाइनेछ—तँ बर्बादीको बाटोमा हुनेछस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचन पढेपछि म भयभीत भएँ, र मलाई यो मेरा लागि परमेश्‍वरको चेतावनी हो भन्ने लाग्यो। यदि मैले अझै हैसियतलाई माया गरेकी भए, अनि हैसियत र महत्त्वपूर्ण भूमिकाविना जीवनमा कुनै आनन्द र आशा हुँदैन भन्ने ठानेकी भए, यस्तो पछ्याइ सृजित प्राणीको स्थानबाट आफूलाई आचरणमा ढाल्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु नभई, हैसियतका लागि प्रतिस्पर्धा गर्नु र परमेश्‍वरविरुद्ध जानु हुन्थ्यो। यसरी अपश्चातापी भइरहेकी भए, मलाई नरकमा पठाएर दण्ड दिइनेथ्यो! डराउँदै र काम्दै, मैले परमेश्‍वरको वचनको यो खण्ड एकपछि अर्को गर्दै कैयौँ पटक पढेँ, र परमेश्‍वरको धार्मिक स्वभावले कुनै अपराध सहँदैन भनेर मलाई हृदयबाटै महसुस भयो। म के सोच्ने गर्थेँ भने, मानिसमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले ख्याति र हैसियत पछ्याउनु एकदमै सामान्य हो—कसले पो आफ्नो स्थान सुधार्न चाहँदैन र? त्यसैले मैले यस क्षेत्रमा मेरो भ्रष्टताका प्रकटीकरणलाई गम्भीरतापूर्वक लिइनँ; मलाई कहिलेकाहीँ नकारात्मक महसुस भए पनि, एक-दुई दिनमा नै म राम्रो महसुस गरिहाल्थेँ। त्यसले गर्दा मेरो काममा त्यति धेरै ढिलाई हुँदैनथ्यो, र म कुनै अनुचित कुरा गर्दिनथेँ, त्यसैले मलाई यो ठूलो समस्या हो भन्ने लागेन। अब मात्र मैले परमेश्‍वरका वचनहरू मनन गरेर केही कुरा बुझेँ। ख्याति, प्राप्ति र हैसियत पछ्याउनु शैतानी स्वभाव हो, त्यो परमेश्‍वरसँग टकराउँछ र त्यो उहाँको प्रतिरोध गर्ने मार्ग हो। यो निकासहीन मार्ग हो! मैले प्रधान स्वर्गदूतबारे सोचेँ, जसको सुरुमा नै पर्याप्त उच्च हैसियत छँदै थियो, तर त्यो अझै सन्तुष्ट थिएन। त्यो परमेश्‍वरको बराबर हुन चाहन्थ्यो, र अन्त्यमा, परमेश्‍वरले त्यसलाई आकाशतिर हुत्याइदिनुभयो। के म पनि यस्तै व्यवहार गरिरहेकी थिइनँ र? मण्डलीका केही काम पहिले नै मेरो जिम्मामा थिए, र पनि म अझै सन्तुष्ट थिइनँ। मैले आफ्ना कर्तव्यमा उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिनँ। बरु, मैले उच्च हैसियत पाउन, धाक देखाउनका लागि ठूलो कार्य गर्न र मानिसहरूलाई मलाई उच्च नजरले हेर्न लगाउन आफ्नो सारा हृदयले लागिपरेँ, त्यो चाहना पूरा नहुँदा, म नकारात्मक बन्थेँ, आफ्ना काममा सुस्त हुन्थेँ र झारा टार्न थाल्थेँ। कहिलेकाहीँ त म पूर्ण रूपमा पछि हट्न समेत चाहन्थेँ। म मण्डलीका काममा हानि भयो कि भएन भनेर पटक्कै वास्ता गर्दिनथेँ। मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू साँच्चै सशक्त थिए—परमेश्वरको डर मान्ने मेरो हृदय कहाँ थियो? के ममा परमेश्‍वरप्रति कुनै भन्नयोग्य समर्पणता थियो? सधैँ ख्याति र हैसियत पछ्याउनाले, आफ्नो कर्तव्यलाई बेवास्ता गर्नाले मेरो आफ्नै जीवन प्रवेशमा ढिलाइ मात्र भएन, त्यसले मण्डलीका काममा हानि पनि गर्‍यो। म परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ, त्यसैले परमेश्‍वरले मलाई कसरी घृणा नगर्नुहुन्थ्यो त? यो सोचेर मलाई डर र पछुतो भयो। मैले पश्चात्ताप गर्न तुरुन्तै परमेश्‍वरलाई प्राथना गरेँ, उप्रान्त ख्याति र हैसियत पछ्याउन चाहिनँ।

पछि, मैले परमेश्‍वरका वचनमा ख्याति र हैसियतबाट बच्ने तरिका भेटेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “सृजित मानवजातिको एक सदस्यका रूपमा, तँ आफ्नो उचित स्थानमा रहनैपर्छ, र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्नैपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई कर्तव्यनिष्ठ भई मजबुत रूपमा पक्रिराख्। हद नाघेर काम नगर्, वा तेरो क्षमताको दायराभन्दा बाहिरका वा परमेश्‍वरलाई घृणित लाग्ने कुराहरू नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति बन्नुको पछि नलाग्, र परमेश्‍वर बन्नुको पछि नलाग्। यी सबै मानिसहरूले राख्न नहुने इच्छाहरू हुन्। महान् व्यक्ति वा अतिमानव बन्नुको पछि लाग्नु बेतुके कुरा हो। परमेश्‍वर बन्नुको पछि लाग्नु त झनै लज्जास्पद छ; यो घिनलाग्दो र घृणित कुरा हो। वास्तवमै बहुमूल्य कुरा, र सृजित प्राणीहरूले अरू सबै कुराभन्दा बढी पक्रिराख्नुपर्ने कुरा भनेको एक साँचो सृजित प्राणी बन्नु हो; सबै मानिसले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्वरको वचनले स्पष्टसित के भन्छ भने, हैसियतको पछ्याइ, महान् व्यक्ति वा महामानव बन्नुको पछ्याइ परमेश्‍वरले घृणा गर्ने कुरा हो। मानिसमा हुनुपर्ने वास्तविक पछ्याइ त साँचो सृजित प्राणी बन्नु हो। परमेश्वरको वचन पढेपछि मलाई आफूले पछ्याउनुपर्ने कुरा थाहा भयो: म एक सृजित प्राणी हुँ, र म कुन कर्तव्य निर्वाह गर्न सक्छु र कुन काम गर्न सक्छु भन्ने कुरा परमेश्वरलाई नै सबैभन्दा राम्ररी थाहा छ। म जुनै पदमा भए पनि, परमेश्वर मैले उचित रूपमा सत्यता पछ्याउन सकेको र व्यावहारिक तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सकेको हेर्न चाहनुहुन्छ। मैले आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्नुपर्छ, र मैले जुनै कर्तव्य निर्वाह गरे पनि, म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ, इमानदारीतापूर्वक आफ्ना जिम्मेवारीहरू पूरा गरेर यसमार्फत आफ्नो कर्तव्यमा प्रभावकारी हुनैपर्छ। मैले सृजित प्राणीका रूपमा गर्नुपर्ने कुरा यही हो। त्यसपछि, मैले आफू बढुवा हुनेछु कि हुनेछैन भन्ने कुराको ख्याल गर्न छोडेँ। बरु मैले आफ्नो कर्तव्यमा सबैभन्दा राम्रो नतिजा हासिल गर्न कसरी अझ दक्ष हुने भन्नेबारे सचेत रूपमा मनन गरेँ, र मैले परमेश्‍वरलाई प्राथना गरेँ र कठिनाइहरू आइपर्दा परिस्थिति हल गर्न ब्रदर-सिस्टरहरूसँग खोजी गरेँ। केही समयपछि मैले केही कठिनाइबाट पार पाउन मेरा ब्रदर-सिस्टरहरूसँग काम गरेँ, र हाम्रो कामको दक्षतामा सुधार पनि आयो।

त्यसपछिका दिनहरूमा, म अझै पनि कहिलेकाहीँ के सुन्थेँ भने, मेरा पूर्व सहकर्मीहरू सुपरिवेक्षकमा बढुवा गरिएका छन्। अरूले बढुवा पाएर आफ्नो उपस्थिति जनाउन सक्छन्, जबकि म चाहिँ अझै उही स्थानमा अड्किएको छु भन्ने लागेकाले, म अझै अलि निराश भए पनि, मलाई त्यो त फेरि हैसियतको मेरो चाहना काम गरिरहेको हो भनेर तुरुन्तै महसुस भयो। त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्राथना गरेँ र आफूविरुद्ध विद्रोह गरेँ। मैले परमेश्‍वरको वचन सम्झेँ: “हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति बनाउनुहुन्‍न(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरू मनन गर्दा, मलाई हृदयमा आफ्ना उद्देश्यहरू स्पष्ट भए। मैले मानिसहरूका लागि हैसियत परमेश्‍वरद्वारा पूर्वनियोजित हुँदैन भन्ने बुझेँ। हाम्रो कर्तव्य जे हुन सक्ने भए पनि, हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छौँ। त्यो त आफ्नो सामर्थ्य र कार्यलाई सही स्थानमा प्रयोग गर्नु पनि हो। अन्तत: त्यहाँ कुनै उच्च र निम्न पदहरू हुँदैनन्, अनि अगुवा वा सुपरिवेक्षक हुनुको अर्थ हैसियत हुनु वा अरूभन्दा राम्रो हुनु हो भन्ने होइन। परमेश्वरले हामीबाट माग गर्ने कुरा भनेको, हामी मानकअनुरूपका सृजित प्राणी बनौँ, र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित होऔँ भन्ने हो। यी कुरा मात्रै उचित पछ्याइ हुन्। यदि म परमेश्‍वरमा समर्पित हुन सक्दिनँ, म आफ्नो कर्तव्य पालन गर्न सक्दिनँ, र केवल खुड्किलो चढ्नु र हैसियत पाउनुको पछि लाग्छु भने, यो त लाजमर्दो कुरा हो, र म परमेश्‍वरद्वारा घृणित र श्रापित हुनेछु। प्राथना गरेर र परमेश्‍वरका वचनहरू पढेर म नकारात्मक हुन छोडेँ, र मैले यस मामिलालाई सही तरिकाले सम्हाल्न र उचित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ।

यी कुराहरूबाट गुज्रेपछि, मैले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझेँ। उहाँले मलाई बढुवा नगरेर मेरो सुरक्षा गरिरहनुभएको थियो। यदि म हैसियतप्रतिको आफ्नो प्रेमसाथ साँच्चै अगुवा वा कामदार बनेकी भए, म अनजानमै ख्रीष्टविरोधीको मार्गमा हिँड्नेथेँ, र अन्त्यमा बर्बाद मात्र हुनेथेँ। अब म आफ्ना कर्तव्यमा समर्पित र व्यावहारिक हुन सक्छु। यो परमेश्वरका वचनहरूको प्रभाव हो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

अगुवाइको पछ्याइ पछाडि

सु वेई, चीनआफूले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मैले मण्डली अगुवाहरूले ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समाधान गर्न प्राय:...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्