सहजताको तृष्णा गर्दा केही पाइँदैन

16 डिसेम्बर 2024

क्रिस्टिन, स्वीडेन

गत जुलाईमा, मलाई भिडियो बनाउने कामको इन्‍चार्ज बनाइयो। सुरुसुरुमा, म मेरा ब्रदर-सिस्टरहरूले कर्तव्यपालनको सिलसिलामा भोगिरहेका समस्या र कठिनाइहरूको बारेमा बारम्बार सोधखोज गर्थेँ, र तिनका समाधान पत्ता लगाउन तिनीहरूसँगै सत्यताको खोजी गर्थेँ। केही समय बितेपछि, कामका नतिजाहरूमा केही स्पष्ट सुधारहरू देखिए। मैले सोचेँ, “अहिले काम निरन्तर सुधार हुँदै गएको हुनाले, त्यति ठूला समस्याहरू नआउनुपर्ने हो। कुनै समस्या देखा नै परे पनि, यसले हाम्रो कामका नतिजाहरूलाई असर गर्नेछैन, र हामीसँग यसलाई समाधान गर्ने समय हुनेछ।” सबैजनालाई आफ्‍नो कर्तव्यमा सक्रिय र मूल्य चुकाउन सक्षम रहेको देखेर, मैले त्यति धेरै चिन्ता गर्नु पर्दैन भन्‍ने ठानेँ। त्यति बेला, सबै कुराको फलोअप गर्दा अबेरसम्म नसुती काम गर्नुपर्थ्यो, र कहिलेकहीँ त अत्यन्तै व्यस्तताको कारण म समयमा खान पनि पाउँदिनथेँ। म एकदमै थाक्थेँ, र मेरो स्वास्थ्य स्थिति पनि त्यति राम्रो थिएन, त्यसकारण मैले सबै कुरालाई सहजताको साथ लिनुपर्छ भन्‍ने सोचेँ। त्यसपछि, म कामप्रति निश्‍चिन्त रहन थालेँ, र कामको लेखा राख्‍ने कार्यमा मैले त्यति ध्यान दिन छोडेँ। कहिलेकहीँ, म झारा टार्नलाई मात्र सोधी टोपल्थेँ, तर मेरा ब्रदर-सिस्टरहरूको कर्तव्यको बारेमा बिरलै मात्र विस्तृत सोधखोज गर्थेँ, र हाम्रो कामका नतिजाहरूमा थप सुधार कसरी गर्ने भन्‍नेबारेमा विचार गर्दिनथेँ।

चाँडै नै, हामीले बनाएका धेरै भिडियोमा समस्याहरू देखा परे र तिनलाई फेरि बनाउनुपर्‍यो, जसले गर्दा कामको प्रगतिमा प्रत्यक्ष रूपमा असर गर्‍यो। यो अवस्था देख्दा, मलाई निकै चिन्ता लाग्यो। मलाई यो संयोगबस भएको होइन, र मैले यसबाट पाठहरू सिक्‍नुपर्छ भन्‍ने महसुस भयो, त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र तपाईंको इच्‍छा बुझ्‍न मलाई अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले टोली अगुवालाई किन यी समस्याहरू आए भनेर सोधेँ। टोली अगुवाले भने, “कतिपय ब्रदर-सिस्टरहरूले सफलताको छोटो बाटो अपनाए र सिद्धान्तहरू पालना नगरी आफ्‍नो कर्तव्य निर्वाह गरे। तिनीहरूले काम अघि बढाउनमा मात्रै ध्यान दिए, गुणस्तरमा धयान दिएनन्। अर्को कारण के हो भने, मैले कामको बारेमा फलोअप गरिनँ, र समयमै समस्याहरू पत्ता लगाइनँ।” यो सुन्दा मलाई रिस उठ्यो र सोचेँ, “मैले तिमीलाई कतिपटक यी समस्याहरूका बारेमा बताएकी छु? किन अझै पनि ती समस्याहरू देखा परिरहेका छन्?” टोली अगुवालाई हप्‍काउन मन लागेको थियो, तर त्यसपछि मैले सोचेँ, “के ममा पनि टोली अगुवाको जस्तै समस्या छैन र? आखिर मैले पनि त फलोअप गरेकी थिइनँ।” त्यसकारण, मैले बोल्नै लागेर पनि बोलिनँ। त्यसपछि, मैले यस अवधिमा सबैले बनाएका भिडियोहरू हताहतार जाँच गरेँ, र कतिपयले आफ्‍नो कर्तव्यमा प्रगति नै नगरेको, र कतिपयको चाहिँ अवनति भइरहेको समेत पत्ता लगाएँ। यी त स्पष्ट देखिने समस्याहरू थिए, तर मैले कसरी यी समस्या पहिले नै पत्ता लगाइनँ? यो मैले व्यवहारिक काम नगरेको कारण यस्तो भएको हो भन्‍ने कुरा मलाई स्पष्ट भयो। मलाई ग्‍लानि भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न मार्गदर्शन गर्नुहोस् भनेर अनुरोध गरेँ।

भोलिपल्‍ट, मेरो भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि तँ परमेश्‍वरका वचनहरू पढ्नमा लगनशील छैनस्, र तँ सत्यता बुझ्दैनस् भने, तैँले आफ्‍नो बारेमा मनन गर्न सक्दैनस्; तँ नाममात्रको प्रयास गर्न र कुनै दुष्कर्म वा अपराध नगरी बस्‍न पाउँदा मात्रै पनि सन्तुष्ट हुन्छस्, र यसलाई पूँजीको रूपमा प्रयोग गर्छस्। तँ हरेक दिन झारा टार्दै बिताउँछस्, अन्योलको स्थितिमा जिउँछस्, समयतालिकाअनुसार मात्रै काम गर्छस्, आफूलाई जाँच्न हृदय प्रयोग गर्ने वा आफूलाई चिन्न प्रयत्‍न लगाउने कहिल्यै गर्दैनस्, सधैँ लापरवाह हुनेछस्। यसरी, तैँले कहिल्यै मानकअनुरूप तरिकाले आफ्‍नो कर्तव्य पूरा गर्नेछैनस्। कुनै कुरामा आफ्‍नो सम्पूर्ण प्रयास लगाउनको लागि, तैँले सुरुमा यसमा आफ्‍नो सारा हृदय लगाउनुपर्छ; तैँले कुनै कुरामा आफ्‍नो सारा हृदय लगाइस् भने मात्रै तैँले यसमा आफ्‍नो सम्पूर्ण प्रयास लगाउन, अनि सक्दो राम्रो गर्न सक्छस्। आज, कतिपय व्यक्तिहरू आफ्‍नो कर्तव्यपालनमा लगनशील हुन थालेका छन्, तिनीहरूले परमेश्‍वरको हृदय सन्तुष्ट पार्नको लागि सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनी विचार गर्न थालेका छन्। तिनीहरू नकारात्मक र सुस्त हुँदैनन्, निष्क्रिय भई माथिबाट आदेशहरू जारी गरियोस् भनेर पर्खिँदैनन्, बरु केही अग्रसरता देखाउँछन्। तिमीहरूको कर्तव्यपालनको मूल्याङ्कन्‌ गरेर हेर्दा, तिमीहरू पहिलेभन्दा अलिक बढी प्रभावकारी भएका छौ, र यो अझै मापदण्डको स्तरमा पुग्‍न नसकेको भए पनि, थोरै वृद्धिचाहिँ भएको छ—जुन राम्रो कुरा हो। तर तिमीहरू यथास्थितिमै सन्तुष्ट भएर बस्‍नु हुँदैन, तिमीहरूले खोजी गरिरहनुपर्छ, तिमीहरू वृद्धि भइरहनुपर्छ—त्यसपछि मात्रै तिमीहरूले आफ्‍नो कर्तव्य अझै राम्ररी, र मानकअनुरूप तरिकाले निर्वाह गर्नेछौ। तथापि, आफ्‍नो कर्तव्य निर्वाह गर्दा, कतिपय मानिसहरू कुनै कसर बाँकी नछोडी तनमन दिएर लागिपर्दैनन्, केवल ५० देखि ६०% प्रयास मात्रै लगाउँछन्, र आफूले गर्दै गरेको काम पूरा भइञ्‍जेलसम्‍म कामचलाउ प्रयास मात्र गर्छन्। तिनीहरूले कहिल्यै पनि सामान्य स्थिति कायम राख्दैनन्: तिनीहरूलाई रेखदेख गर्ने वा सहयोग गर्ने कोही नहुँदा, तिनीहरू सुस्त हुन्छन् र आफ्नो जोश-जाँगर गुमाउँछन्; जब सत्यताको सङ्गति गर्ने कोही हुन्छ, तब तिनीहरू उत्साहित हुन्छन्, तर केही समयसम्‍म सत्यताको बारेमा सङ्गति दिइएन भने, तिनीहरू शिथिल बन्छन्। यसरी तिनीहरू सधैँ घरि यता, घरि उता गरिरहनुमा के समस्या छ? मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्, जुन जोस कायम राखिराख्‍न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालनका नतिजाहरू अझ राम्रा हुनेछन्, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्। के तिमीहरूको अनुभव यस्तै छ? सायद तिमीहरू यसो भन्छौ होला, ‘किन हामीलाई आफ्‍नो कर्तव्य पूरा गर्न सधैँ समस्या हुन्छ? यी समस्याहरू समाधान हुँदा, हामीमा जोसजाँगर आउँछ; यी समाधान नहुँदा, हामी शिथिल बन्छौँ। हामीले आफ्‍नो कर्तव्य निर्वाह गर्दा केही नतिजा हात लाग्यो भने, हाम्रो वृद्धिको लागि हामीलाई परमेश्‍वरले अनुमोदन गर्नुभयो भने, हामी प्रसन्‍न हुन्छौँ, र हामी बल्‍ल वृद्धि भएका छौँ भन्‍ने हामीलाई अनुभूति हुन्छ, तर चाँडै नै, हामीले कुनै कठिनाइको सामना गर्नुपर्छ, र हामी फेरि पनि नकरात्मक बन्छौँ—किन हाम्रो स्थिति कहिल्यै एकरूपको हुँदैन?’ वास्तवमा, यसका मुख्य कारणहरू के हुन् भने, तिमीहरूले अत्यन्तै थोरै मात्र सत्यता बुझेका छौ, तिमीहरूमा अनुभव र प्रवेशको गहिराइको कमी छ, तिमीहरूले अझै पनि धेरै सत्यता बुझ्दैनौ, तिमीहरूमा सङ्कल्पको कमी छ, र आफ्‍नो कर्तव्य निर्वाह गर्न सकेकोमै तिमीहरू सन्तुष्ट हुन्छौ। यदि तिमीहरू सत्यता बुझ्दैनौ भने, कसरी मानकअनुरूप तरिकाले आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छौ? वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई जे गर्न लगाउनुहुन्छ त्यो सबै कुरा मानिसहरूले गर्न सक्छन्; जबसम्म तिमीहरूले आफ्‍नो विवेक लगाउन सक्छौ, र आफ्‍नो कर्तव्य पूरा गर्दा विवेकलाई पछ्याउन सक्छौ, तबसम्म तिमीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुनेछ—र यदि तिमीहरूले सत्यता स्वीकार गर्न सक्छौ भने, मानकअनुरूप तरिकाले आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छौ। तिमीहरूले यसरी सोच्‍नुपर्छ: ‘यतिका वर्षमा परमेश्‍वरमा विश्‍वास गरेर, यतिका वर्षसम्‍म परमेश्‍वरका वचनहरू खाएर-पिएर, मैले धेरै कुरा प्राप्त गरेको छु, र परमेश्‍वरले मलाई ठूला अनुग्रह र आशिष्‌हरू दिनुभएको छ। म परमेश्‍वरको हातमा जिउँछु, उहाँको अधीन र सार्वभौमिकतामा जिउँछु, र उहाँले मलाई यो सास दिनुभएको हो, त्यसैले मैले मेरो मनमस्तिष्क लगाउनुपर्छ, र सारा शक्तिले आफ्‍नो कर्तव्य पूरा गर्न लागिपर्नुपर्छ—यही नै मुख्य कुरा हो।’ मानिसहरूमा सङ्कल्प हुनैपर्छ; सङ्कल्प भएकाहरू मात्रै सत्यताप्रति लागिपर्न सक्छन्, र तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, अनि शैतानलाई लाजमा पार्न सक्छन्। यदि तँमा यस्तो इमानदारिता छ, र आफ्‍नै खातिर योजना बनाउँदैनस्, बरु सत्यता प्राप्त गर्ने र आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्ने योजना मात्रै बनाउँछस् भने, तेरो कर्तव्यपालन सामान्य बन्छ, र सधैँ एकसमान रहिरहन्छ; तैँले जस्तोसुकै परिस्‍थितिको सामना गर्नुपरे पनि, तँ आफ्‍नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छस्। तँलाई बहकाउन वा बाधा दिन जोसुकै आए पनि, र तेरो मनस्थिति राम्रो भए पनि नराम्रो भए पनि, तैँले सामान्य रूपमै आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। यसरी, परमेश्‍वर तँप्रति ढुक्‍क बन्‍नुहुनेछ, र पवित्र आत्‍माले तँलाई सत्यता सिद्धान्तहरू बुझ्‍न अन्तर्दृष्टि दिन सक्‍नुहुनेछ, र सत्यता वास्तविकतामा प्रवेश गर्न तँलाई अगुवाइ गर्नुहुनेछ, फलस्वरूप, तेरो कर्तव्यपालन अवश्य नै मापदण्डको स्तरमा पुग्‍नेछ। जबसम्म तँ इमानदारीपूर्वक परमेश्‍वरमा समर्पित हुन्छस्, आफ्‍नो कर्तव्य व्यावहारिक रूपमा पूरा गर्छस्, र धूर्त तरिकाले काम वा चलाकी गर्ने प्रयास गर्दैनस्, तबसम्म तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्नेछस्। परमेश्‍वरले मानिसहरूका मन र सोच, तिनीहरूले सोच्ने हरेक कुरा र तिनीहरूमा भएका हरेक विचार, आनी तिनीहरूका अभिप्राय र मनसायहरूको छानबिन गर्नुहुन्छ। यदि तेरो हृदयले सत्यताको तृष्णा गर्छ र तँ सत्यताको खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्‍वरको वचन मनन गरिसकेपछि, मैले आफ्नै बारेमा मनन गरेँ, र मलाई यो महसुस भयो कि मैले मेरो कर्तव्यमा हालै केही नतिजा निकालेकी थिएँ, त्यसकारण मैले आत्मसन्तुष्ट भई मेरो देहको बारेमा विचार गर्न थालेकी रहेछु। त्यति लामो समयसम्‍म व्यस्त भएपछि म थकित भएकी थिएँ, त्यसकारण मैले आफूलाई पनि ध्यान दिनुपर्छ भन्‍ने सोचेँ, र आराम गर्न र आफ्‍नो कर्तव्यमा सुस्त हुन थालेँ। मैले काममा प्रत्यक्ष संलग्‍न नहुने पद्धति अपनाएँ र अरूले आफ्‍नो कर्तव्य कसरी निर्वाह गरिरहेका छन् भनेर समयमै थाहा पाउन सकिनँ। हाम्रो काममा समाधान गर्नुपर्ने समस्याहरू अझै छन् भन्‍ने कुरा मलाई थाहा भए पनि, मलाई त्यति आतुरी महसुस भएन। यसले हाम्रा वर्तमान नतिजाहरूमा प्रभाव पार्दैन भने यसले केही फरक पार्दैन भन्‍ने सोचेँ। हरेक व्यक्तिमा लटरपटर काम गर्ने प्रवृत्ति हुन्छ, र ऊ आफ्‍नो कर्तव्यमा सुस्त बन्‍न सक्छ, र पनि मैले फलोअप गरिनँ, आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरेँ, र मैले ध्यान दिइनँ र गैरजिम्‍मेवार व्यवहार गरेँ। अनि, काममा कसरी समस्या देखा नपरोस् र? मण्डलीले मलाई अभ्यास गर्ने र सुपरभाइजर हुने मौका दिएको थियो, र मैले आफ्‍नो कर्तव्यमा ध्यान दिनेछु र जिम्‍मेवार बन्‍नेछु, र मैले आफ्‍नो कर्तव्यमा कुनै कसर बाँकी नराखी आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नेछु भन्‍ने आशा राखेको थियो। प्रगति गर्ने एउटै मात्र तरिका यही हो। तर मैले मेरो कर्तव्यलाई जागिरजस्तो ठानेँ, र म कसैको लागि काम गरिरहेकी छु जस्तो व्यवहार गरेँ। मैले कम चिन्ता गर्न र कम योगदान दिन हरेक मौकाको फाइदा उठाएँ। मलाई कुनै चिन्ता वा आतुरी महसुस भएन। मैले अझै राम्रो काम कसरी गर्ने वा अझै राम्रा नतिजा कसरी निकाल्ने भन्‍नेबारेमा कहिल्यै सोचिनँ। मैले कसरी कम कष्ट भोग्‍ने र कम थकित हुने भनेर मात्र ध्यान दिएँ। म कहीँकतै परमेश्‍वरको इच्‍छाबारे विचारशील थिइनँ। त्यसपछि मलाई कर्तव्यप्रतिको मेरो मनोवृत्ति गलत छ र मैले परमेश्‍वरसित खेल खेलिरहेको छु भन्‍ने महसुस भयो।

एउटा भेलाको बेला, मैले झूटा अगुवाहरूको खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ जसले मलाई गहन प्रभाव पार्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्‍न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुने र यसको जिम्‍मेवारी लिने वा नेतृत्व लिने कुनै पनि उपयुक्त व्यक्ति नहुने हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाका स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई गम्भीर रूपमा असर पार्छ। यदि अगुवाहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेका थिए भने—यदि तिनीहरूले कामको नेतृत्व लिएका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको सुपरिवेक्षण गरेका थिए, र उक्त कामलाई मार्गदर्शन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा त्यो तीव्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको दक्षता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा कामदारहरूले मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्‍नेबारे बोध गरेका छैनन्, र तिनीहरूले कामकुराको अनुगमन वा सुपरिवेक्षण गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्‍चय नै ढिलो हुनेछ। कर्तव्य निर्वाह गर्ने अधिकांश मानिसहरू अत्यन्तै घटिया हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्‍ने भावना नहुने, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुने भएकाले यस्तो हुने हो। यदि ठोस रूपमा कामको जिम्‍मेवारी लिने, कामको प्रगतिबारे सामयिक रूपमा जानकारी लिने, र कर्तव्य निर्वाह गर्ने कर्मचारीहरूलाई मार्गदर्शन गर्ने, सुपरिवेक्षण गर्ने, अनुशासनमा राख्‍ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्‍ने भावना र कार्य सामर्थ्य भएको कोही पनि छैन भने, स्वाभाविक रूपमा, कार्य दक्षताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र कामदारहरूले योसमेत प्रस्टसित देख्न सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र कामदारहरूले तुरुन्तै कामको प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्नुपर्छ, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्नुपर्छ। यी सबै कुरा अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाका रूपमा काम गर्ने व्यक्ति यी कुराबारे प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ केही सतही काम गर्ने र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्ने झूटो अगुवाजस्तो बन्नै हुँदैन। झूटा अगुवाहरू आफ्नो काममा लापर्बाह र असावधान हुन्छन्, तिनीहरूमा जिम्मेवारी बोध हुँदैन, समस्याहरू उत्पन्‍न हुँदा तिनीहरूले ती समाधान गर्दैनन्, र तिनीहरूले जे काम गरिरहेका भए पनि, तिनीहरू त्यो गरेजस्तो मात्र गर्छन् र त्यो कामलाई झाराटारुवा तरिकाले लिन्छन्; तिनीहरू केवल ठूला कुरा गर्छन्, धर्मसिद्धान्त र खोक्रो कुरा ओकल्छन्, र आफ्नो काममा झारा टार्छन्। सामान्यतया, झूटा अगुवाहरूले यस्तै स्थितिमा काम गर्छन्। ख्रीष्टविरोधीहरूका तुलनामा झूटा अगुवाहरूले खुलेआम दुष्ट केही नगर्ने र जानाजान दुष्टता नगर्ने भए पनि, तिनीहरूको कार्य प्रभावकारितालाई हेर्दा, तिनीहरूलाई झाराटारुवा, बोझ नउठाउने, गैरजिम्मेवार हुने र आफ्नो कर्तव्यप्रति बफादारी नभएको भनी चित्रण गर्नु उचित हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरको वचन पढिसकेपछि, मलाई निकै ग्‍लानि भयो। के मेरो व्यवहार झूटो अगुवाको जस्तै थिएन र? म अल्छी र देहमा लिप्त भएकी थिएँ, र मैले कामको बारेमा फलोअप वा अनुगमन गरिनँ, जसले गर्दा हाम्रो कामको समग्र प्रगति र नतिजाहरूमा गम्‍भीर असर पुग्यो। मैले त काम राम्ररी भइरहेको र त्यति धेरै समस्याहरू नभएको कल्‍पना गरेकी थिएँ, तर वास्तवमा, धेरै समस्याहरू समाधान गर्न अझै बाँकी थिए। मैले बोझ नबोकेकोले र म गैरजिम्‍मेवार भएकीले, हाम्रा सबै समस्याहरूप्रति म पूरै अनभिज्ञ थिएँ। आत्मचिन्तनमार्फत मैले गलत दृष्टिकोण बोकेकी रहेछु भन्‍ने थाहा पाएँ। दाजुभाइ-दिदीबहिनीहरूले आफ्‍नो कर्तव्यमा सक्रिय भई काम र प्रगति गरिरहेको देख्दा, मलाई सबै जना आफ्‍नो कर्तव्यमा उत्प्रेरित छन् र तिनीहरूको अनुगमन गर्नु पर्दैन भन्‍ने लागेको थियो। परमेश्‍वरको वचनले धेरै पहिले नै मानिसहरूमा परिवर्तनविरोधी तत्व हुन्छ र भ्रष्ट स्वभावहरू तिनीहरूमा गहिरो जरा गाडी बसेका हुन्छन् भनेर प्रकट गरेको थियो। मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले, र तिनीहरूको स्वभाव परिवर्तन हुनुभन्दा पहिले, तिनीहरू सधैँ देहमा लिप्त हुन्छन् र सहजताको तृष्णा गर्छन्, तिनीहरूले आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गर्छन् र धूर्तता र चलाकीहरू प्रयोग गर्छन्, अनि कहिलेकाहीँ तिनीहरूले आफ्‍नै विचारहरूअनुसार काम गर्छन् र सिद्धान्तहरूअनुसार अभ्यास गर्दैनन्। म यसको अपवाद थिइनँ। परमेश्‍वरको न्याय र सजायविना, र हाम्रा ब्रदर-सिस्टरहरूको ताकिता र सुपरिवेक्षणविना, हामी सहजै सुस्त हुन सक्छौँ, र हाम्रा कर्तव्यहरूमा समस्याहरू देखा पर्ने सम्‍भावना अधिक हुन्छ। त्यसकारण, काम सहज रूपमा अघि बढ्नको लागि मैले कामको फलोअप र सुपरिवेक्षण गर्नुपर्छ, साथै हाम्रो कर्तव्यमा आएका समस्या र विचलनहरूलाई तुरुन्तै पत्ता लगाएर समाधान गर्नुपर्छ। तर मैले मानिसहरूको भ्रष्ट प्रकृतिलाई बुझेकी थिइनँ, र मानिसहरू र परिस्थितिहरूलाई परमेश्‍वरको वचन अनुसार हेर्दिनथेँ। म त बस मेरो आफ्‍नै कल्‍पनामा भर पर्थेँ, कामको बारेमा जाँच वा फलोअप गर्दिनथेँ, समयमै समस्याहरू समाधान गर्दिनथेँ, तैपनि राम्रा नतिजाहरू हात पार्न चाहन्थेँ। यो त झूटो अगुवाले व्यावहारिक काम नगर्नुको प्रकटीकरण थियो। मैले देखिने गरी कुनै दुष्कर्म नगरेकी भए पनि, मेरो गैरजिम्‍मेवारी व्यवहारले काममा असर गर्‍यो र ढिलाइ भयो, र त्यो क्षति भरपाई गर्न नसकिने खालको थियो। यी कुराहरू महसुस गरेपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग मन खोलेर मेरो स्थितिको बारेमा सङ्गति गरेँ। मैले कसरी सबैजनाले कर्तव्यलाई अत्यन्तै हल्‍का रूपमा लिए, र आफ्नो कर्तव्यमा प्रगति गर्ने प्रयास गर्न सकेनन् भन्‍ने कुरा पनि औँल्याएँ, अनि हामीले सँगै मिलेर समाधान खोज्यौँ। त्यसपछि, म आफ्‍नो कर्तव्यमा अलिक गम्‍भीर हुन थालेँ। काम सक्‍नेबित्तिकै, म त्यसमा कुनै सुधार गर्ने ठाउँ छ कि भनेर चिन्तन गर्थेँ। म मेरा ब्रदर-सिस्टरहरूको कामको बारेमा बारम्बार फलोअप र जाँच गर्थेँ, र हाम्रा नतिजाहरूमा केही सुधार आए।

केही समयपछि नै, हामीले भिडियो निर्माणको काममा समस्या सामना गर्‍यौँ, र टोली अगुवाले मसँग कुनै राम्रो तरिका वा सुझाव छ कि भनेर सोधे। के भन्‍ने भनेर थाहै भएन, त्यसकारण मैले भनेँ, “मैले अहिलेसम्‍म राम्रो समाधान भेट्टाएकी छैनँ, त्यसकारण यसबारेमा सोचविचार गर्दै गरौँ।” तर त्यसपछि, तुरुन्तै मैले त्यो समस्याको समाधान खोजिनँ, किनभने त्यो कठिनाइ एकदुई शब्‍द बोलेर समाधान भइहाल्ने खालको थिएन भन्‍ने मलाई थाहा थियो। मैले जानकारी खोज्नुपर्थ्यो र अध्ययन अनुसन्धान गर्नुपर्थ्यो, र यसको लागि निकै समय र शक्ति लाग्थ्यो, र मैले विभिन्‍न कुराहरू निरन्तर प्रयोग गरी हेर्नुपर्थ्यो र नतिजाहरू मूल्याङ्कन गरिरहनुपर्थ्यो। अन्त्यमा म सफल हुन्छु कि हुँदिन भन्‍ने कुरा भन्‍न कठिन थियो। यदि यसले काम नगरेमा, के मेरो सबै प्रयास व्यर्थ हुँदैनथ्यो र? मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै झन्झट लाग्यो। मैले सोचेँ, “होस्, जे छ त्यही ठीक छ। अहिलेको लागि हाम्रो कामका नतिजाहरू राम्रै छन्, त्यसैले यसलाई समाधान गर्नु कुनै हतार छैन।” त्यसपछि मैले त्यो समस्यालाई पन्छ्याइदिएँ। तर, मलाई अलिअलि अप्ठ्यारो लाग्यो। यो मसित समस्या समाधान गर्ने कुनै उपाय नभएको कुरा थिएन। मैले अलिक धेरै मूल्य चुकाए पुगिहाल्थ्यो। त्यसपछि, टोली अगुवाले मलाई भने, “ब्रदर-सिस्टरहरूले कठिनाइहरूको सामना गरिरहेका छन्, र हामीले यसलाई समाधान गर्नुपर्छ।” टोली अगुवाले यो कुरा स्मरण गराएपछि, म आत्ममनन गर्न बाध्य भएँ, “सुपरभाइजरको रूपमा, कठिनाइहरू सम्‍हाल्‍ने र मानिसहरूको समस्या समाधान गर्ने कार्यमा मैले नै नेतृत्व गर्नुपर्ने होइन र? तर कठिनाइहरू देख्दा, म तीबाट पन्छिन्छु, र ममा कुनै जिम्‍मेवारीबोध छैन।” मलाई ग्‍लानि भयो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले काममा कठिनाइहरूको सामना गर्दा, मलाई कहिल्यै पनि कठिन परिश्रम गर्न मन लाग्दैन र म सधैँ आफ्‍नै देहका हितहरूबारे सोच्छु। यो तपाईंको इच्‍छाअनुरूप छैन भन्‍ने मलाई थाहा छ। बिन्ती छ, मलाई आफ्‍नो बारेमा मनन गर्न र मेरो गलत स्थितिलाई सुधार गर्न अगुवाइ गर्नुहोस्।”

मेरा भक्तिका समयहरूमा, मैले आफ्‍नो कर्तव्यमा किन सधैँ आफ्‍नो देहको बारेमा विचार गरेँ, र किन व्यावहारिक काम गर्नको लागि मूल्य चुकाउन सकिनँ भनेर सोच्ने गर्थेँ। एक दिन, मैले परमेश्‍वरको वचनको दुई वटा खण्डहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। “मानिसको देह सर्प जस्तै हो: यसको सारतत्त्व भनेको मानिसको जीवनलाई हानि गर्नु हो। जब तेरो देहले पूर्ण रूपमा मनमाफिक गर्छ, तब तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ अधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्नै लागि सोच्छ, र यसले सधैँ आरामको चाहना राख्छ र सहजतामा लिप्त हुन चाहन्छ, यसमा व्यग्रता वा तात्कालिकताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ। यदि तैँले यसलाई निश्चित बिन्दुसम्म सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट पारिस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट पारिमाग्छ। योसँग सधैँ अधिक चाहनाहरू तथा नयाँ मागहरू हुन्छन्, र तैँले देहलाई लाडप्यार गरेको फाइदा उठाएर यसले तँलाई यसलाई अझ बढी प्रिय ठान्न र त्यसको आराममा प्रेरित गर्छ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्। तैँले परमेश्‍वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्‍ने कुरा तैँले कसरी देहविरुद्ध विद्रोह गर्ने अभ्यास गर्छस् भन्‍नेमा निर्भर हुन्छ। परमेश्‍वरले तँलाई मुक्ति दिनुभएको छ, चयन गर्नुभएको छ र पूर्वनिर्धारण गर्नुभएको छ, तैपनि यदि आज तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस्, सत्यतालाई व्यवहारमा लागू गर्न अनिच्छुक छस्, र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयका साथ तेरो आफ्नै देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले चरम दुःख सहनेछस्। यदि तैँले देहलाई सधैँ लाडप्यार गर्छस् भने, शैतानले बिस्तारै तँलाई निल्नेछ, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाइछोड्नेछ, र एक दिन तँ भित्री रूपमा पूरै अँध्यारो हुनेछस्। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, अब तेरो हृदयमा परमेश्‍वर हुनुहुनेछैन, र त्यस बेला तैँले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोडेर जानेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई मेरो स्थिति कति खतरनाक छ भन्‍ने थाहा भयो! म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने शैतानी दर्शनअनुसार जिउने गरेकी थिएँ। म अत्यन्तै स्वार्थी थिएँ, र जेसुकै आइपरे पनि, म सधैँ सुरुमा आफ्‍नै देहगत हितहरूको बारेमा विचार गर्थेँ। कर्तव्यको दौरान समाधान गर्नैपर्ने समस्या सामना गर्दा, म मण्डलीको काममा कसरी फाइदा पुर्‍याउने भनेर म कहिल्यै विचार गर्दिनथेँ। म सधैँ आफ्‍नै देहमा चासो दिन्थेँ, र सधैँ सक्दो कम कष्ट भोग्‍न र सक्दो कम मूल्य चुकाउन चाहन्थेँ। वास्तवमा, कतिपय समस्याहरूको हकमा, मैले मूल्य चुकाएकी भए र अध्ययन गरेर हल खोज्न अलिकति समय दिएकी भए, मैले ती समाधान गर्न सक्थेँ, तर मलाई आफ्नो देहको औधी चासो भएको र कष्ट भोग्‍न इच्छा नभएको, मलाई व्यावसायिक अनुसन्धान गर्नको लागि अत्यन्तै धेरै मानसिक प्रयास लगाउनुपर्छ भन्‍ने लाग्यो। फलस्वरूप, समस्या कहिल्यै समाधान भएन, र काम कहिल्यै सुध्रेन। परमेश्‍वरको वचनले मानिसहरूको देह मूलतः शैतानको स्वामित्वमा हुन्छ, र देहसँग सधैँ धेरै इच्‍छा र मागहरू हुन्छन् भनेर खुलासा गरेको छ। हामीले यसलाई जति सन्तुष्ट पार्छौँ, यसको इच्‍छा त्यति नै ठूलो बन्दै जान्छ, र जब हाम्रो देहगत इच्‍छा र कर्तव्यको बीचमा द्वन्द्व हुन्छ, तब यदि हामी सहजताको तृष्णा गर्छौँ भने, हामीले देहलाई नै पछ्याउनेछौँ र मण्डलीको कामलाई पन्छ्याउनेछौँ। यसले देहलाई सन्तुष्ट पार्छ तर मण्डलीको कामलाई हानि गर्छ, हामीलाई अन्धकारमा खसाल्छ, र हाम्रो जीवनमा क्षति पुर्‍याउँछ। देहमा लिप्त हुनु र आरामको तृष्णा गर्नुका परिणामहरू गम्‍भीर हुन्छन्। मैले देहको सारलाई देख्‍न सकेकी थिइनँ, र म सधैँ सहजताको तृष्णा गर्थेँ। मैले देहगत आनन्दलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठानेकी थिएँ। के मेरो खोजी र दृष्टिकोण अविश्‍वासीहरूको जस्तै थिएन र? अविश्‍वासीहरूले प्राय भन्‍ने गर्छन्, “आफ्‍नो वास्ता गर,” भन्‍नुको अर्थ, आफ्‍नो देहलाई कष्टमा नपार, बरु देहका सबै इच्‍छा र मागहरू पूरा गर। तिनीहरू देहको लागि मात्रै जिउँछन्, तिनीहरूले मानव जीवनको मूल्य र अर्थलाई बुझ्दै बुझ्दैनन्, र तिनीहरूको जीवनमा सही दिशा र उद्देश्य हुँदैन। तिनीहरूले रिक्ततामा आफ्‍नो जीवन बिताउँछन्, र पूर्णतया व्यर्थमा जिउँछन्। के यस तरिकाले जिउनुको कुनै अर्थ छ र? मण्डलीका कतिपय मानिसहरू सधैँ देहगत सुखको तृष्णा गर्छन्, सत्यता खोजी गर्दैनन्, आफ्‍नो कर्तव्यलाई बेवास्ता गर्ने, चलाकी गर्ने, र सुस्त हुने गर्छन्, जसले मण्डलीको काममा गम्‍भीर हानी गर्छ, र अन्त्यमा, तिनीहरूलाई बर्खास्त गरिन्छ र हटाइन्छ। त्यसपछि मैले आफ्‍नै बारेमा विचार गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भएको थियो, तर मेरो दृष्टिकोण अलिकति पनि परिवर्तन भएको थिएन। मैले मेरो देहगत हितलाई सत्यताभन्दा धेरै मूल्यवान् ठानेकी थिएँ। म सहजताको मात्रै तृष्णा गर्थेँ, र आफ्‍नो कर्तव्यमा जसोतसो काम टार्न अल्याङटल्याङ गर्थेँ। यस्तै भइरहेको भए, के परमेश्‍वरले मलाई इन्कार गर्नुहुने र हटाउनुहुनेथिएन र? यो कुरा महसुस भएपछि, मलाई अत्यन्तै डर लाग्यो। मैले अबउप्रान्त मेरो देहको बारेमा वास्ता गर्नु हुँदैनथ्यो। म इमानदारीसाथ आफ्‍नो कर्तव्य निर्वाह गर्न र मेरा जिम्‍मेवारीहरू पूरा गर्न चाहन्थेँ।

एक दिन, मैले परमेश्‍वरको वचन पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। परमेश्‍वरका वचनहरूले भन्छ: “परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नो नाफा-घाटा हिसाबकिताब नगरी आफ्‍नो कर्तव्य स्वेच्छाले निर्वाह गर्छन्। तँ सत्यताको खोजी गर्ने व्यक्ति भए पनि नभए पनि, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले आफ्‍नो विवेक र समझमा भरोसा गरेर साँच्चिकै प्रयास गर्नुपर्छ। साँच्चिकै प्रयास गर्नुको अर्थ के हो? यदि तँ केवल नाममात्रको प्रयास गरेर र थोरै शारीरिक कष्ट भोगेर सन्तुष्ट हुन्छस्, तर पटक्‍कै गम्भीर हुँदैनस् र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, यो झाराटारुवा हुनुबाहेक अरू केही होइन—यो साँच्चिकै प्रयास गर्नु होइन। साँच्चै प्रयास गर्नुको कडी भनेको त्यसमा आफ्नो हृदय लगाउनु, हृदयमा परमेश्‍वरको डर मान्‍नु, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु, परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको मुटु तोड्न अत्यन्तै डराउनु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै कष्ट भोग्न तयार हुनु हो। यदि तँसँग परमेश्‍वरलाई प्रेम गर्ने यस्तो हृदय छ भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्‍नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको डर छैन भने, आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा बोझ वा जिम्मेवारीको बोध हुनेछैन, र तँ अपरिहार्य रूपमै झाराटारुवा हुनेछस् र तैँले औपचारिकता मात्र पूरा गर्नेछस्, तर वास्तविक नतिजाहरू हासिल गर्नेछैनस्—र यो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँलाई साँच्‍चै नै बोझको बोध हुन्छ, र तँ आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको तेरो व्यक्तिगत जिम्‍मेवारी पूरा गर्नु हो, तैँले कर्तव्य निर्वाह गर्दैनस् भने तँ पशु हुन्छस् र जिउन योग्य हुँदैनस्, अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिस् भने मात्रै तँमा सफा विवेक हुन्छ र तँ मानव कहलिन लायक हुन्छस् भन्‍ने विश्वास गर्छस् भने—यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा लगनशील रूपमा गर्न, सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार कामकुरा गर्न, र आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्‍नेछस्। तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसन, र तेरा लागि परमेश्‍वरले त्याग गर्नुभएका सबै कुरा अनि तँप्रतिको उहाँका अपेक्षाहरूको लायक हुनेछस्। यो साँचो रूपमा प्रयास लगाउनु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। “जब तँमा आफ्नै नाफाप्रतिका स्वार्थीपन र षड्यन्त्रहरू देखा पर्छन्, र तैँले यो कुरा महसुस गर्छस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तँलाई थाहा हुनुपर्ने पहिलो कुरा के हो भने, यसरी व्यवहार गर्नु भनेको सारगत रूपमा सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्नु हो, यो मण्डलीको कामको लागि हानिकारक हुन्छ, यो स्वार्थी र घृणित व्यवहार हो, र यो विवेक र समझ भएको मानिसहरूले गर्न हुने कुरा होइन। तैँले आफ्‍ना हितहरू र स्वार्थ पन्छ्याउनुपर्छ, र मण्डलीको कामबारे सोच्‍नुपर्छ—यसो गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। प्रार्थना र आत्मचिन्तन गरिसकेपछि, यदि तैँले साँच्‍चै नै त्यसरी व्यवहार गर्नु स्वार्थी र घृणित कार्य हो भनेर महसुस गरिस् भने, तँलाई आफ्‍नो स्वार्थ पन्छ्याउन सहज हुनेछ। जब तैँले आफ्नै नाफाप्रतिका स्वार्थीपन र षड्यन्त्रहरू पन्छ्याउँछस्, तब तँलाई आफू स्थिर भएको महसुस हुनेछ, तँ शान्त र आनन्दित हुनेछस्, र तैँले विवेक र समझ भएको मानिसले मण्डलीको कामबारे सोच्नुपर्छ, आफ्नै व्यक्तिगत हितहरूबारे सोचिरहनुहुँदैन, त्यसो गर्नु अति स्वार्थी, घृणित, अनि विवेक र समझहीन कुरा हुनेछ भनी महसुस गर्नेछस्। निःस्वार्थ काम गर्नु, मण्डलीको कामबारे सोच्‍नु, परमेश्‍वरलाई सन्तुष्ट पार्न काम गर्नु न्यायोचित र सम्‍मानजनक कार्य हो, र यसले मात्र तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको हुनेछस्, तँ सामान्य मानवतामा, अनि मान्छेको साँचो स्वरूपमा जिइरहेको हुनेछस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूको निम्ति योग्य हुनेछस्। तैँले जति धेरै यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, त्यति नै बढी शान्त र हर्षित बन्‍नेछस्, र त्यति नै बढी प्रफुल्लित अनुभूति गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। मैले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न कठिन परिश्रम गर्नुपर्छ भन्‍ने कुरा बुझेँ। मैले बाहिरी रूपमा मात्रै कठिन परिश्रम गरेको र मूल्य चुकाएको जस्तो गर्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो हृदयमा बोझको बोध हुनु, मण्डलीको कामलाई सबैभन्दा माथिल्लो दर्जा दिनु, आफूले सक्दो गर्नु, र हासिल गर्नुपर्ने कुराहरू हासिल गर्नु हो। यस तरिकाले मात्रै मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी र साँचो मानव स्वरूपमा जिइरहेकी हुनेछु। मैले आफ्नो कर्तव्यमा विभिन्‍न कठिनाइ र समस्याहरू समना गर्नुपरे पनि, ती कठिनाइहरूमार्फत मैले सहजताको तृष्णा गर्ने र प्रगतिलाई बेवास्ता गर्ने मेरो भ्रष्ट स्थितिलाई स्पष्ट रूपमा देखेँ। मैले खोजीसम्‍बन्धी मेरा गलत दृष्टिकोणहरू पत्ता लगाएँ, त्यसकारण पश्‍चात्ताप गरेर म परिवर्तन हुन सकेँ। ती कठिनाइ र समस्याहरू मेरो लागि सत्यता प्राप्त गर्ने र भ्रष्ट स्वभाव त्याग्‍ने मौका थिए। यसको साथै, तिनले मेरा व्यावसायिक कमीकमजोरीहरू देख्‍न पनि मतत गरे, ताकि मैले मेरो व्यवसायिक सीप सुधार गर्न र आफ्‍नो कर्तव्यमा प्रगति गर्न सकूँ। यी कठिनाइहरूमार्फत, म प्रगति गर्न सक्षम भएँ, के यो राम्रो कुरा थिएन र? मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मलाई फेरि उत्प्रेरणा प्राप्त भयो। पछि, मैले हाम्रा समस्या र कठिनाइहरूका बारेमा परमेश्‍वरसित प्रार्थना गरेँ, उहाँको मार्गनिर्देशन खोजेँ, र मेरा ब्रदर-सिस्टरहरूसँग समाधानहरूका बारेमा छलफल गरेँ। म हृदयदेखि नै अबउप्रान्त अल्छी बन्‍न वा काममा प्रत्यक्ष संलग्‍न नभई बस्‍न चाहदिनथेँ र मैले व्यावसायिक सीप सिक्‍न कठिन परिश्रम पनि गर्न थालेँ। कठिनाइहरूको सामना गरी लत्तो छोड्न मन लाग्दा, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ, देहलाई पन्छ्याउँथेँ, र समाधानको खोजी गर्न व्यावहारिक रूपमै मूल्य चुकाउँथेँ। केही समयपछि, अन्ततः मलाई सफलता हात लाग्यो, अनि चाँडै नै हाम्रो समस्या समाधान भयो, र पहिलेको तुलनामा भिडियो कार्यका नतिजाहरू अलिक सुध्रिए। यसरी कर्तव्य पूरा गर्दा मलाई निकै ढुक्‍क लाग्‍न थाल्यो। वास्तवमा, समस्याहरू समाधान गर्नु र व्यावहारिक काम गर्नु त्यति कठिन काम थिएन, र मैले त्यति धेरै कष्ट पनि भोग्‍नु परेन। म आफ्‍नो कर्तव्यमा अलिक विवेकशील मात्रै हुनुपर्थ्यो, र परमेश्‍वरले अगुवाइ प्रदान गर्नुहुन्थ्यो। मेरो प्रवेश अझै पनि सीमित छ, त्यसैले भविष्यमा, म आफ्‍नो कर्तव्यमा हुने मेरा भ्रष्ट स्वभावहरू समाधान गर्ने कार्यमा ध्यान केन्द्रित गर्नेछु, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सारा हृदयले आफ्‍नो कर्तव्य निर्वाह गर्नेछु!

सम्बन्धित विषयवस्तु

आफ्नो कर्तव्यमा मैले किन कठिनाइहरूको सामना गर्न सकिनँ

ली यिचान, चीनसन् २०२१ को नोभेम्बरमा, मलाई मण्डली अगुवा चुनियो। सुरुमा, मैले के सोचेँ भने, यो कर्तव्य निर्वाह गर्दा मैले सत्यता प्रयोग गरेर...

बर्खास्त गरिएपछिको चिन्तन

अप्रिल २०२१ मा, म मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्दै थिएँ। सुरुमा यो कर्तव्य सुरु गर्दा, ममा बोझको बोध थियो र मैले सिद्धान्तहरूमा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्