असफलतामार्फत सिकेका पाठहरू

7 जुन 2025

मैले मण्डली अगुवाको रूपमा सेवा गर्दा वाङ हुवाले मेरो कामको रेखदेख गर्थिन्। उनले प्राय उनी मण्डलीको काम कसरी सम्‍हाल्छिन् भन्‍नेबारे कुरा गर्थिन्, र उनी मण्डलीको कामको मात्रै इन्‍चार्ज मात्रै नभएर उनले अरू धेरै मण्डलीहरूको काम पनि फलोअप गर्छिन्, र माथिल्ला अगुवाहरूले उनलाई ज्ञानी, राम्रो क्षमता भएको र काम गर्न सक्‍ने भनेर प्रशंसा गर्छन् भनेर भन्थिन्। उनले आफ्‍नो व्यक्तिगत जीवन प्रवेशमा ध्यान दिने गरेकीले नै उनी आफ्‍नो काममा सफल भएकी हुन् भनेर भन्थिन्। उनले मलाई के पनि भन्थिन् भने, स्कूलमा पढ्दा, उनलाई निबन्धहरू लेख्‍न मन पर्थ्यो र उनी निकै दक्ष लेखिका हुन्—यसले गर्दा अगुवा र सहकर्मीहरूसँगको उनको पत्रहरू बिरलै सच्याउनुपर्थ्यो, र उनले जटिल समस्याहरूलाई स्पष्ट भाषामा व्याख्या गर्न सक्थिन्। उनले परमेश्‍वरले नै उनलाई यी सीपहरू दिनुभएको हो, र अहिले उनले ती प्रयोग गरिरहेकी छिन् भनेर भन्थिन्। उनले मलाई त्यसो भन्दा मलाई अलिक डाहा लाग्थ्यो, र उनको राम्रो क्षमता, प्रभावशाली कार्यप्रस्तुति, र सत्यता खोजीगराइको प्रशंसा गर्थेँ।

तर उनीसँग दुई महिनासम्‍म काम गरिसकेपछि, उनी भेलाहरूमा जानुको सट्टा प्राय घरमै बस्‍ने गर्छिन् भन्‍ने थाहा पाएँ। मैले उनलाई सोधेँ: “किन तपाईं भेलाहरूमा आउनुहुन्‍न?” उनले भनिन्: “म घरमै बसेर परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छु र आफूलाई सत्यताले सुसज्‍जित गर्छु, ताकि मैले अरूसँग परमेश्‍वरका वचनहरू अझै राम्ररी सङ्गति गर्न र तिनीहरूका समस्याहरू सुल्झाउन सकूँ।” मैले मनमनै सोचेँ: “अहिले सुसमाचार फैलाउने समय हो, र सुसमाचार कार्य नै तिम्रो मुख्य जिम्‍मेवारी हो। तैपनि, यस्तो व्यस्त समयमा, तिमी अझै घरमा बसिरहेकी छ्यौ। के तिमी व्यावहारिक काम गर्न असफल भइरहेकी र हैसियतमा सक्दो मस्ती गरिरहेकी छैनौ र?” तर त्यसपछि सोचेँ: “उनको क्षमता यति राम्रो छ र उनले अगुवाको काम गरेको धेरै भयो। माथिल्ला अगुवाहरूले समेत उनको क्षमता, बुद्धि र कार्यक्षमताको कुरा गर्छन्। उनले हैसियतमा अलिअलि रमाए पनि, के भयो र? हामी सबैमा भ्रष्टता छ; कहिलेकहीँ यो प्रकट हुनु सामान्य कुरा हो। मैले यस्ता निराधार अनुमानहरू गर्न छोड्नुपर्छ।” त्यसरी, मैले त्यस विषयलाई बिर्सिदिएँ र यसबारेमा थप विचार गरिनँ। त्यो अवधिमा, एकदुई सहकर्मीहरू र म भएर सङ्गति दिन र सुसमाचार कार्यमा आएका समस्या र कठिनाइहरू समाधान गर्न हरेक समूहसँग भेला आयोजना गरिरहेका थियौँ। हामीले जति सङ्गति गर्‍यौँ त्यति नै कुरा स्पष्ट भयो, र हामीले अभ्यासका मार्गहरू भेट्टायौँ। हामीले भेलामा हासिल गरेका परिणामहरूबारे वाङ हुवालाई बतायौँ। तर अचम्‍मको कुरो, उनलाई कुनै प्रभाव परेन—जबरजस्ती मुस्कुराउँदै, उनले भनिन्: “तपाईंहरूले सुसमाचार कार्यबारे सङ्गति गर्न, र यी सामान्य कुराहरू समाधान गर्नमा वास्तवमै ध्यान दिनु पर्दैन। त्यो त सुसमाचार प्रचार गर्नेहरूको काम हो—त्यो केटाकेटीको खेल हो। भेलाहरूमा, तपाईंहरूले सत्यता कसरी खोजी गर्ने र कसरी जीवनप्रवेश खोजी गर्ने सोबारे सङ्गति गर्न ध्यान दिनुपर्छ। त्यसपछि सुसमाचार कार्यमा आफै सफलता आउँछ।” उनको कुरा सुनेपछि, मैले आफ्‍नो विचार व्यक्त गर्ने आँट गरिनँ। मलाई दोधार भयो र म अन्योलमा थिएँ—यदि मैले उनले भनेको नमानेर सुसमाचार कार्यमा विचलन आउँथ्यो भने, ब्रदर-सिस्टरहरूले मलाई यो मेरो गल्ती थियो भनेर भन्‍ने थिए। सुसमाचार कार्यमा बाधा र व्यवधान ल्याउनु दुष्कर्म थियो। बर्खास्त हुनु यसको हल्का दण्ड मात्रै हुनेथ्यो; अझै गम्‍भीर अवस्थामा, मलाई बहिष्कार गरिनेथ्यो। मैले सोचेँ, “होस्, म तिनले भनेजस्तै गर्नेछु!”

भोलिपल्‍ट, भेलामा, अरूले सुसमाचार प्रचार गर्ने क्रममा भोगेका केही व्यावहारिक समस्या र कठिनाइहरूबारे कुरा उठाए। तर यसपटक मैले तिनीहरूले सामना गरेका वास्तविक परिस्थितिअनुसार तिनीहरूका समस्याहरू विश्‍लेषण गर्न र तिनलाई सुल्झाउने तरिका खोज्‍न मदत गरिनँ। बरु, यी कठिनाइ र समस्याहरूबाट पन्छिएँ, र तिनीहरूलाई यी समस्याहरू सामना गर्दा आफ्‍नो बारेमा के सिक्‍नुभयो भनेर सोधेँ। हामीले आफ्‍नो जीवन प्रवेशमा ध्यान दियौँ भने मात्रै कर्तव्यमा परिणामहरू हासिल गर्न सक्छौँ भनेर पनि भनेँ। यो सुनेपछि, ब्रदर-सिस्टरहरूले विवश हुँदै एकअर्कालाई हेरिरहे। कसैले पनि एक शब्‍द बोलेन। त्यसपछिका केही दिनसम्‍म भेलाहरू त्यसरी नै अघि बढिरहे। मैले यसरी जति सङ्गति गरेँ, म त्यति नै थकित बनेँ। मेरो सङ्गति निरस र झिझोलाग्दो हुन्थ्यो, मसँग भन्‍ने केही हुँदैनथ्यो, र भेलालाई कसरी अगुवाइ गर्ने पनि थाहा हुँदैनथ्यो। साह्रै नरमाइलो लाग्थ्यो। यसरी भेला हुँदा कुनै फाइदा नभएजस्तो देखिन्थ्यो—यसले तिनीहरूको समस्या समाधान गरिरहेको थिएन। मेरा सहकर्मीहरूलाई पनि त्यस्तै लाग्थ्यो। हामीले वाङ हुवालाई भेटेर सङ्गति गर्‍यौँ र यसरी काम गर्नु गलत पो कि भनेर उनलाई सोध्यौँ। तर वाङ हुवाले हामीले व्यावहारिक समस्याहरू समाधान गर्नु पर्दैन—हामीले जीवन प्रवेशमा सङ्गति गर्‍यौँ भने, सुसमाचार कार्य प्रभावकारी हुनेछ भनेर भनिन्। उनले हामीमा अनुभव र अन्तर्दृष्टिको कमी छ, हामी काममा मात्रै ध्यान दिन्छौँ, र सत्यता खोजी गर्न असफल भएका छौँ भनेर पनि भनिन्। उनले त्यसो भनेपछि, कसरी अघि बढ्ने त्यस विषयमा म फेरि अन्योल भएँ। मैले सोचेँ: “उनको क्षमता राम्रो छ, उनले कैयौँ फरकफरक प्रोजेक्टहरू हेर्छिन्, र माथिल्ला अगुवाहरूले उनलाई निकै आदर गर्छन्, त्यसकारण मैले उनले भनेजस्तै गर्नुपर्छ! आखिर, मेरो क्षमता कमजोर छ, ममा अनुभव र अन्तर्दृष्टिको कमी छ, र हरहिसाबमा म उनीभन्दा तल्‍लो स्तरकी छु।” त्यसैले, अन्तिममा, मैले उनका आदेशहरूअनुसार नै काम गरिरहेँ।

त्यो अवधिमा, अरू मण्डलीहरूले सुसमाचार फैलाउने कार्यका परिणामहरूमा निकै सुधार गरिरहेका थिए, र तिनीहरूका नयाँ विश्‍वासीहरूको सङ्ख्या एकदमै बढिरहेका थिए। तर हाम्रो मण्डलीका परिणामहरू झन्झन् खराब हुँदै गइरहेका थिए। मलाई पूर्ण रूपमा भयानक अनुभूति भयो र कसरी अघि बढ्ने थाहै थिएन। त्यही बेला, सहकर्मी भेला आयोजना गरियो, र हाम्रो मण्डलीले सुसमाचार फैलाउने कार्यमा किन राम्रा परिणामहरू हासिल गरिरहेको छैन भन्‍ने कुरा अरू मण्डलीका अगुवाहरूले सुनेपछि, तिनीहरूले वाङ हुवालाई आफ्‍नो पदमा मस्त भएको र व्यावहारिक काम नगरेको भनी आलोचना गरे। यसलाई इन्कार गर्दै, उनी रोइन् र आफ्‍नो प्रतिरक्षा गर्ने प्रयास गरिन्। सुसमाचार कार्यका परिणामहरूमा समस्या आउनु उनको मात्रै गल्ती होइन—अरू कर्मचारीहरूको पनि दोष छ भनेर उनले भनिन्। हामीले उनलाई सङ्गति दिन र आफ्‍नो बारेमा मनन गर्न लगाउने प्रयास गर्‍यौँ, तर उनले मान्दै मानिनन्। त्यसपछि उनी रोइरहिन् र कोलाहल मच्चाइरहिन्, र भेलालाई पूरै बिथोलिरहिन्। यस्तो भएको देख्दा, मैले मनमनै सोचेँ: “हामीले सुसमाचार कार्यका समस्याहरू समाधान गर्न सङ्गति गर्‍यौँ, तर तिमीले हामीलाई बाधा दिइरह्यौ र हामीले जीवनप्रवेशमा ध्यान दिनुपर्छ भनेर भनिरह्‍यौ। हामीले ‘जीवनप्रवेशमा ध्यान दिनुपर्छ’ भन्दै तिमीले सुसमाचार कार्यका व्यावहारिक कठिनाइ र समस्याहरू सुल्झाउन ध्यान दिएनौ। के तिमीले यही गरेको होइन र? कुराहरू स्पष्ट छन्—तिमीले आफूले गरेको कुरा स्वीकार गर्नुको सट्टा, अरूलाई दोष दिने प्रयास गरेकी छ्यौ। के तिमी सत्यता स्वीकार गर्न असफल भइरहेकी छैनौ र?” मैले उनको अवस्थाबारे माथिल्ला अगुवाहरूलाई जानकारी दिएर उनी सही व्यक्ति हुन् कि होइनन् भनेर मूल्याङ्कन गर्न लगाउने योजना गरेँ। तर त्यसपछि सोचेँ, सायद उनी आजभोलि खराब स्थितिमा रहेकी होलिन्। त्यसमाथि काटछाँट र निराकरणमा पर्दा उनको इज्‍जत र हैसियतमा प्रत्यक्ष धक्‍का पुगेको हुनुपर्छ। त्यसैले उनले यस्तो ठूलो प्रतिक्रिया दिएकी होलिन्। यदि उनी खराब स्थितिमा परेकी हुन्, र मैले उनको अवस्थाबारे माथिल्ला अगुवाहरूलाई रिपोर्ट गरेँ भने, कतै तिनीहरूले ममा सत्यता र समझको कमी छ, र म मानिसहरूसँग उचित व्यवहार गर्न सक्दिनँ भनेर भन्‍नेहुन् कि? अनि यो कुरा थाहा पाएमा, वाङ हुवाले मैले उनको लागि जानीजानी समस्या खडा गरिरहेकी छु भनेर पो भन्लिन् कि? कतै उनले मलाई एकल्याउने र समस्यामा पार्ने त होइनन्? के यसले गर्दा उनले मलाई प्रतिस्थापन गर्ने प्रयास गर्लिन्? मैले सुरुमा उनीसँग सङ्गति गर्नुपर्छ र त्यहाँबाट के हुन्छ हेर्नुपर्छ भन्‍ने सोचेँ। हामीले सङ्गति गरेपछि र मैले उनको वास्तविकता बुझेपछि, आवश्यक परे अझै पनि उनको बारेमा रिपोर्ट गर्न सक्थेँ।

सहकर्मी भेलाको दोस्रो दिन, मैले वाङ हुवाले एक सिस्टरको बारेमा अर्की सिस्टरको अगाडि आलोचना गरेको र ती दुईजनाको बीचमा विवाद पैदा गरेको देखेँ। मैले उनलाई सम्झाएँ: “यी दुई सिस्टरहरूको बीचमा पहिलेदेखि नै गलतफहमी भएको छ, र तपाईंले यस्तो कुरा भन्दा आगोमा तेल हालेजस्तो मात्रै हुन्छ। त्यसपछि तिनीहरूले कसरी मिलेर काम गर्न सक्छन्?” उनले यो कुरा स्वीकार गरिनन्, र मलाई यसो भनिन्: “मैले भनेको सबै कुरा साँचो हो, म सीधा बोल्‍ने मान्छे हुँ, जे देख्यो त्यही भन्छु, र मनमा जे छ त्यही भन्छु।” मैले भनेँ: “यो आफूले जे देख्यो त्यो भनेको होइन। ती सिस्टरको व्यवहारबारे तपाईंले गर्नुभएको व्याख्या यथार्थ वा वास्तविक थिएन—तपाईंले आलोचना गरिरहनुभएको थियो। तपाईंले भनेको कुराले ती सिस्टरलाई कसरी हानि गर्छ, वा मण्डलीको काममा कस्तो असर पार्छ भन्‍ने कुरालाई तपाईंले ध्यान दिनुभएन। यसबाट आउन सक्‍ने एउटै मात्र परिणाम भनेको तिनीहरूको सम्‍बन्धमा आँच आउनेछ, र तिनीहरूले सही तरिकाले सहकार्य गर्न सक्‍नेछैनन्। त्यो त कलहको बिउ रोप्‍नु हो।” मलाई अचम्भित तुल्याउँदै, उनले यसो भनिन्: “म कतिपय मानिसहरूजस्तो छैनँ, जसले मनको कुरा भन्दैनन्, सधैँ घुमाएर कुरा गर्छन्, आफ्‍नो व्यवहारमा पारदर्शी हुँदैनन्, र धूर्त र कुटिल हुन्छन्।” उनका शब्‍दहरूमा व्याङ्ग्य र आक्रामकता देखेर, मलाई उनको समस्या गम्‍भीर छ भन्‍ने थाहा भयो, र उनको बारेमा नेतृत्वलाई रिपोर्ट गर्न मन लाग्यो। तर त्यसपछि मैले सोचेँ, “आज मैले उनलाई केही सुझाव मात्रै दिएकी थिएँ तर पनि उनले मलाई तुरुन्तै आक्रमण गरिहालिन्। यदि मैले उनका समस्याहरू रिपोर्ट गरेकी हुँ भन्‍ने थाहा पाइन् भने, के उनी क्रोधित नहोलिन् र बदला लिन नखोज्लिन्? उनले मलाई धूर्त र कुटिल लाग्छ भनेर भनिसकेकी छिन्—यदि उनले मलाई म मण्डली अगुवा हुन उचित छुइनँ भनेर भनिन्, र मलाई बर्खास्त गरिन् भने के गर्ने? चिनियाँ कम्युनिस्ट पार्टीको पुलिसले अझै मलाई खेदो गरिरहेका छ, त्यसकारण म घर फर्केर जान सक्दिनँ। यदि मलाई बर्खास्त गरियो, र अझै पनि घर फर्केर भेलामा जान सकिनँ भने, म कहाँ जाने?” त्यो रात, मलाई साह्रै नरमाइलो लाग्यो। तीव्र रूपमा मन खेलिरह्यो, र रातभरि मैले एकछिन पनि निदाउन पाइनँ। अन्तिममा, मैले उनको बारेमा रिपोर्ट नगर्ने निर्णय गरेँ। त्यसपछि, भोलि बिहान, बङ्क बेडमा मेरो टाउको यति साह्रो ठोक्‍कियो कि मलाई रिँगटा लाग्यो र होस गुम्यो। मेरो टाउकोमा दुई वटा टुटुल्‍को उठ्यो, र त्यो धेरै दिनसम्‍म गएन। मैले मनमनै सोचेँ: “के परमेश्‍वरले मलाई अनुशासनमा राखिरहनुभएको छ?” तर त्यो बेला, म स्तब्ध थिएँ, र मैले आफ्‍नो बारेमा मनन गरिनँ। ती केही दिनको अवधिमा, म जिउँदो लासझैँ हिँडिरहेकी हुन्थेँ, र मैले पवित्र आत्माको काम गुमाएकी छु जस्तो लाग्थ्यो।

अचम्‍मको कुरो, सहकर्मी भेलाको तुरन्तै पछि, माथिल्ला अगुवाहरूले पठाएका केही ब्रदर-सिस्टरहरू वाङ हुवाको अवस्था अनुसन्धान गर्न आए। मैले तिनीहरूलाई आफूलाई थाहा भएको सबै कुरा बताएँ। ब्रदर-सिस्टरहरूले मलाई नराम्ररी निराकरण गरे: “समस्या थियो भन्‍ने कुरा तपाईंलाई राम्ररी थाहा थिएछ, र पनि किन आफूले देखेको कुरा रिपोर्ट गर्नुभएन? तपाईंले समस्याको सार बुझ्‍न नसके पनि, कम्तीमा पनि आफूले देखेको र आफूलाई थाहा भएको कुरा, अनि उनका निश्‍चित व्यवहारहरूबारे माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्न सक्‍नुहुन्थ्यो। तपाईंलाई उनका समस्याहरू रिपोर्ट गर्नुपर्छ भन्‍ने थाहा थियो, तैपनि आफ्‍नो रक्षा गर्न, तपाईंले सत्यता अभ्यास गर्नुभएन र मण्डलीको काम अलिकति पनि रक्षा गर्नुभएन। तपाईं साँच्‍चै स्वार्थी र घृणित हुनुहुँदो रहेछ!” यसरी निराकरण र काटछाँटमा परेपछि मलाई साँच्‍चै पश्‍चात्ताप भयो र खेद लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! मैले मण्डलीको काम रक्षा गरिनँ भन्‍ने मलाई थाहा छ, तर मलाई आफ्‍नो समस्याको जड थाहा छैन। बिन्ती छ, आफूलाई चिन्‍न मलाई अन्तर्दृष्टि दिएर अगुवाइ गर्नुहोस्। म पश्‍चात्ताप गर्न तयार छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेटेँ: “मण्डलीका अगुवा र कामदारहरूले आफ्नो काम गर्दा दुई वटा सिद्धान्तमा ध्यान दिनुपर्छ: एउटा हो, कामको बन्दोबस्तहरूद्वारा निर्धारित गरिएका सिद्धान्तहरूअनुसार दुरुस्त रूपमा काम गर्नु, ती सिद्धान्तहरू कहिल्यै पनि उल्लङ्घन नगर्नु र तिनीहरूले गरेका कल्पना वा तिनीहरूका आफ्‍नै विचारलाई तिनीहरूका कामको आधार नबनाउनु। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरूले मण्डलीको काममा चासो देखाउनुपर्छ, र सधैँ परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—यो सबैभन्दा महत्त्वपूर्ण छ—सबै कुरामा तिनीहरूले पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउने कार्यमा ध्यान दिनुपर्छ, र परमेश्‍वरको वचन कडाइका साथ पालन गर्दै सबै कुरा गर्नुपर्छ। यदि तिनीहरू अझै पनि पवित्र आत्माको मार्गनिर्देशनको विरुद्धमा छन् भने, वा यदि तिनीहरू हठी बन्दै आफ्नै विचारहरूमा चल्छन्, र आफ्नै कल्‍पनाहरूअनुसार कार्यहरू गर्छन् भने, तिनीहरूका कार्यहरू परमेश्‍वरको विरुद्ध अति गम्भीर प्रतिरोध बन्‍नेछन्। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गनिर्देशनप्रति बारम्बार आफ्नो पिठ्यूँ फर्काउँदा त्यसले तिनीहरूलाई बन्द बाटोमा पुऱ्याउँछ। यदि तिनीहरूले पवित्र आत्माको काम गुमाए भने, तिनीहरूले काम गर्न सक्नेछैनन्; र यदि तिनीहरूले कुनै प्रकारले काम गर्न सके भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के महसुस गरेँ भने, परमेश्‍वरले अगुवा र सेवकहरूलाई कार्य बन्दोबस्तअनुसार नै काम गर्न, र परमेश्‍वरको घरका सिद्धान्तअनुसार नै कर्तव्य निभाउन आदेश गर्नुहुन्छ। यदि तिनीहरू आफ्‍नै शैलीमा लाग्छन्, र सिद्धान्तहरू साथै पवित्र आत्‍माको अगुवाइ उल्‍लङ्घन गर्छन्, र काममा जिद्दी भएर आफ्‍नै विचारमा लागिरहन्छन् भने, यो परमेश्‍वरप्रतिको तीव्र प्रतिरोध हो। त्यसपछि मात्रै मैले किन पवित्र आत्‍माको कार्य गुमाएँ र म अन्धकारमा डुबेँ भन्‍ने कुरा महसुस गरेँ। वाङ हुवाले भेलाहरूमा सहभागिता जनाइरहेकी वा सुसमाचार कार्यबारे सङ्गति गरिरहेकी छैनन् भन्‍ने मैले देखेकी थिएँ। यसको साथै, यो कार्य बन्दोबस्तहरूको उल्‍लङ्घन हो, र तिनले भनेअनुसार गर्दा यसले काम गरिरहेको छैन भन्‍ने पनि मलाई थाहा थियो। तर उनमा असल क्षमता छ र उनी सक्षम कामदार हुन् भन्‍ने ठानेर, कार्य बन्दोबस्तहरू उल्‍लङ्घन गर्ने काममा म उनकै पछि लागेँ, र परिणामस्वरूप, सुसमाचार कार्यमा ठूलो समस्या भयो। वाङ हुवाले जतिपटक गल्ती गरे पनि उनले आफ्‍नो बारेमा मनन गर्दिनन्, बरु उल्टै अरूलाई आक्रमण गर्छिन् र सत्यता पटक्‍कै स्विकार्दिनन् भन्‍ने मैले देखेकी थिएँ। तर उनलाई चिढ्याउँला र मलाई बर्खास्त गरिएला भन्‍ने डरले, मैले उनको समस्याबारे रिपोर्ट गरिनँ। मैले कार्य बन्दोबस्त र पवित्र आत्‍माको अगुवाइ र प्रकाश सबैको उल्‍लङ्घन गरेँ, र मैले जिद्दी भएर परमेश्‍वरको विरोध गरिरहेँ। परमेश्‍वरले कसरी मलाई घृणा गर्नुहुन्‍नथ्यो र? मैले परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि पाएकी थिइनँ, सङ्गतिको बेला मसँग भन्‍ने केही हुँदैनथ्यो, कर्तव्यमा अभ्यासको मार्ग भेट्टाउन सकेकी थिइनँ, र म पूर्ण अन्धकारमा डुबेकी थिएँ। त्यो परमेश्‍वरले मबाट आफ्‍नो मुहार लुकाउनुभएको अवस्था थियो।

यो सब कुरा बारेमा मनन गर्दा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेटेँ: “अन्योल भनेको तैँले कुनै मामलालाई छर्लङ्ग देख्न नसक्नु हो; तँ सिद्धान्तहरूअनुरूप वा सही तरिकाले मूल्याङ्कन गर्न वा खुट्ट्याउन जान्दैनस्। तैँले केही हदसम्म छर्लङ्ग देख्न सकिस् भने पनि, तँ आफ्नो विचार सही हो कि होइन भनेर निश्चित हुँदैनस्, तैँले त्यो मामला सम्हाल्न वा समाधान गर्न जान्दैनस्, र तँलाई त्यसबारे निष्कर्षमा पुग्न कठिन हुन्छ। छोटकरीमा भन्दा, तँ त्यसबारे अनिश्चित हुन्छस् र निर्णय गर्न सक्दैनस्। यदि तैँले अलिकति पनि सत्यता बुझ्दैनस् र अरू कसैले त्यो समस्या समाधान गर्दैन भने, त्यो समाधान गर्न नसकिने बन्छ। के यो कठिन चुनौती सामना गर्नु होइन र? यस्ता समस्याहरू सामना गर्नुपर्दा, अगुवा र कामदारहरूले माथिलाई तिनको रिपोर्ट गर्नुपर्छ र समस्याहरू चाँडो समाधान गर्न सकियोस् भनेर माथिबाट सल्लाह लिनुपर्छ। के तिमीहरूले बारम्बार अन्योल सामना गर्छौ? (गर्छौँ।) नियमित रूपमा अन्योल सामना गर्नु आफैमा एउटा समस्या हो। मानिलिऊँ, तँलाई कुनै समस्या आइपरेको छ र तँलाई त्यो सम्हाल्ने उचित तरिका थाहा छैन। कसैले एउटा समाधान बताउँछ, जुन तँलाई मनासिब लाग्छ, अनि अर्को व्यक्तिले पनि फरक समाधान बताउँछ, र तँलाई त्यो पनि मनासिब लाग्छ, अनि सबैका फरक-फरक रायहरूका कारण र समस्याको मूल कारण वा सार कसैले बुझ्न नसकेका कारण, तैँले कुन समाधान बढी उपयुक्त छ भनेर प्रस्ट रूपमा बुझ्न सकिनस् भने, त्यस समस्याको समाधानमा गल्तीहरू अवश्यै देखिनेछन्। तसर्थ, कुनै समस्या समाधान गर्नका लागि, त्यसको मूल कारण र सार निर्धारण गर्नु अत्यावश्यक र महत्त्वपूर्ण हुन्छ। यदि अगुवा र कामदारहरूले खुट्ट्याउन सक्दैनन्, समस्याको सार बुझ्न सक्दैनन्, र तिनीहरू सही निष्कर्षमा पुग्न सक्दैनन् भने, तिनीहरूले तत्कालै त्यस समस्याबारे माथिलाई रिपोर्ट गर्नैपर्छ र माथिबाट समाधान खोज्नैपर्छ; यो जरुरी काम हो र कुनै बढ्ता प्रतिक्रिया होइन। नसुल्झिएका समस्याहरूले गम्भीर परिणामहरू निम्त्याउन र मण्डलीको काममा असर गर्न सक्छन्—यो कुरा राम्रोसँग बुझ्नैपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई के महसुस भयो भने, जब हामी हाम्रो कर्तव्यमा सहकर्मीहरूबीचको विवादजस्तो आफूले समाधान गर्न नसक्‍ने समस्याहरू सामना गर्छौँ, जब हामीले कसैको समस्या देख्छौँ तर अवस्थालाई राम्ररी बुझ्दैनौँ, तब यसबारेमा हामीले समयमै माथिल्ला अगुवाहरूलाई रिपोर्ट गरेर समाधान खोज्‍नुपर्छ। समस्याहरूको बारेमा रिपोर्ट गर्नु भनेको मानिसहरूको गल्ती खोतल्‍नु, वा मानिसहरूलाई नराम्रो कुरा भन्‍नु होइन, र यो तिललाई पहाड बनाउनु पनि होइन; यसको उद्देश्य मानिसहरूले बुझ्‍न नसक्‍ने समस्याहरू समाधान गरेर, काम र मानिसहरूको जीवनप्रवेशमा ढिलाइ हुन नदिनु हो। तर मेरो कुरा गर्दा, मैले जति वटा समस्या सामना गरे पनि वा ती जति नै गम्‍भीर भए पनि, तीबारे रिपोर्ट गर्नुभन्दा काममा ढिलाइ गर्न र ब्रदर-सिस्टरहरूको जीवनप्रवेशमा हानि गर्न रुचाएँ, मानौँ त्यसरी रिपोर्ट गर्दा मेरा हितहरू वा मेरो भविष्यका सम्‍भावनाहरूमा हानि हुन्छ। जब मैले वाङ हुवाले कार्य बन्दोबस्तहरूविरुद्ध काम गरिरहेको र सुसमाचार कार्यको रेखदेख गर्न नसकेको देखेँ, तब मैले समस्यालाई राम्ररी नबुझेकी भए पनि, मलाई केही गडबडी छ र उनले हद नाघेर काम गरिरहेकी छिन् जस्तो लागेको थियो। त्यही बेलै मैले उनको अवस्थाबारे माथिल्ला अगुवाहरूलाई तुरुन्तै रिपोर्ट गरिहहाल्‍नुपर्थ्यो। तर यदि उनका आदेशहरू पालना नगरे, मलाई जिम्‍मेवार तुल्याइनेछ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले उनले भनेअनुसार गरेँ। काटछाँट र निराकरणपछि वाङ हुवाले त्यस्तो अनुचित कोलाहल मच्‍चाउँदा, उनी खराब स्थितिमा भएकी हुन् कि सारद्वारा नै सत्यता इन्कार र घृणा गर्ने व्यक्ति हुन् म निश्‍चित थिइनँ। तैपनि मैले समयमै रिपोर्ट गरेर माथिल्ला अगुवाहरूलाई यसबारेमा अनुसन्धान गर्न र वास्तविकता बुझ्न अनुरोध गरेर, गलत व्यक्तिलाई प्रयोग गरिएको कारण मण्डलीको काममा हुने ढिलाइ रोक्‍न सक्थेँ। तर यदि मैले उनलाई गलत रूपमा रिपोर्ट गरेँ भने, माथिल्ला अगुवाहरूले मलाई अरूको मूल्याङ्कन राम्ररी गर्न नसक्‍ने भन्लान् भन्‍ने चिन्ता लागेको थियो। त्यसै गरी, पछि मलाई वाङ हुवाले दमन गर्लिन् भन्‍ने पनि डर लाग्यो, त्यसकारण मैले उनको समस्याबारे रिपोर्ट गर्ने कार्यलाई थाती राखेँ। यदि म जिम्‍मेवार र मण्डलीको काम रक्षा गर्ने व्यक्ति भएकी भए, मैले समस्याको सार अनि सत्यता बुझे पनि नबुझे पनि, मलाई त्यस्तो कुनै कुराले बाँधिएको महसुस गराउने थिएन। मैले मण्डलीका हितहरू रक्षा गर्ने कुनै न कुनै उपाय खोज्‍ने थिएँ। तर आफ्‍नो रक्षा गर्नको लागि, म हात बाँधेर बसिरहेँ, र मैले राम्ररी बुझेपछि मात्रै रिपोर्ट गर्छु भनेर बहाना बनाइरहेँ। तर मैले राम्ररी बुझुञ्‍जेल पर्खेको भए, के ढिला हुन्थेन र? के त्यसपछि सुसमाचार कार्यमा झन् प्रतिकूल असर पर्दैनथ्यो र? त्यति बेला मात्रै मैले कठिनाइहरू सामना गर्दा र अन्योलमा परेको बेला सत्यता खोजी गर्नु कति महत्त्वपूर्ण छ भन्‍ने महसुस गरेँ। मण्डलीको काम रक्षा गर्नमा समर्पित हुनु साँच्‍चिकै महत्त्वपूर्ण छ।

आफ्‍नो रक्षा गर्नको लागि, मैले वाङ हुवाका समस्याहरू पन्छाइरहेँ, र यसले सुसमाचार कार्यमा गम्‍भीर हानि भयो। मलाई साह्रै पछुतो भयो। पछि, मैले ख्रीष्टविरोधीहरूको खुलासा गर्ने परमेश्‍वरका वचनहरू भेट्टाएँ: “ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टता कसरी प्रकट हुन्छ? आफ्नो हैसियत वा इज्‍जतमा फाइदा पुर्‍याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्‍नुपर्ने कुराहरू गर्न वा भन्‍नलाई लागिपर्छन् र तिनीहरूले स्वैच्छिक रूपमा कुनै पनि कष्ट सहन्छन्। तर परमेश्‍वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्‍याउने कामको हकमा तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोधहरू सिर्जना गर्दा, अनेक प्रकारको दुष्टता गर्दा, र त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्‍याउँदा पनि तिनीहरूले त्यसमा चासो देखाउँदैनन् वा त्यसबारे सोधपुछ गर्दैनन्, मानौँ तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। “कतिपय मानिसहरूले कैयौँ सत्यताहरू बुझ्दैनन्। तिनीहरूले आफूले गर्ने कुनै पनि कामका सिद्धान्तहरू बुझ्दैनन्, र समस्याहरू सामना गर्दा तिनलाई उचित रूपमा कसरी सम्हाल्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले यो परिस्थितिमा कसरी अभ्यास गर्नुपर्छ? न्यूनतम मापदण्ड भनेको विवेकअनुसार काम गर्नु हो—आधाररेखा यही हो। तैँले विवेकअनुसार कसरी काम गर्नुपर्छ? सच्चाइका साथ काम गर्ने, परमेश्‍वरको दयाको, परमेश्‍वरले दिनुभएको यो जीवनको, र मुक्ति प्राप्त गर्न परमेश्‍वरले दिनुभएको यो अवसरको योग्य बन्ने। के त्यो तेरो विवेकको असर हो? जब तँसँग यो न्यूनतम मानक—एउटा विवेक—हुन्छ, तब तँ सुरक्षित हुनेछस् र तैँले गम्भीर त्रुटिहरू गर्नेछैनस्। त्यसपछि तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने वा आफ्नो कर्तव्य त्याग्ने जस्ता कामहरू गर्ने सम्भावना त्यति धेरै हुनेछैन, न त तैँले झाराटारुवा तरिकाले काम गर्ने त्यति सम्भावना नै हुनेछ। तँ आफ्नो हैसियत, ख्याति, र प्राप्तिका लागि, र आफ्नो निकासका लागि गोप्य योजना गर्न त्यति प्रवृत्त पनि हुनेछैनस्। विवेकले खेल्ने भूमिका यही हो। विवेक र समझ दुवै व्यक्तिको मानवताका पाटो हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवता नभएको व्यक्ति, र साँच्चै खराब मानवता भएको व्यक्ति हो। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … कतिपय मानिसहरू यस्ता हुन्छन् जसले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरू आफूले पत्ता लगाएका समस्याहरू तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। मानिसहरूले अवरोध र बाधाहरू सिर्जना गरिरहेको देख्दा, तिनीहरूले आँखा चिम्लिदिन्छन्। दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा, तिनीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको पटक्कै सुरक्षा गर्दैनन्, वा आफ्नो कर्तव्य र जिम्मेवारी के हो भनी अलिकति पनि ख्याल गर्दैनन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू आराममा लिप्त हुन्छन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्, तिनीहरू केवल आफ्नै आडम्बर, इज्जत, हैसियत, र हितका लागि बोल्छन् र काम गर्छन्, र आफूलाई फाइदा हुने कुराहरूमा मात्रै केही मेहनत र ऊर्जा लगाउन इच्छुक हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने, हामीले हाम्रो कर्तव्यमा प्रायजसो हामीले राम्रोसित नबुझेका र समाधान गर्न नजानेका समस्याहरू सामना गर्छौँ, तर मानवता भएका मानिसहरूले असल विवेकमा रहेर मण्डलीका हितहरू रक्षा गर्छन्। तर विवेक र समझ नभएका मानिसहरूले आफ्‍नै इज्‍जत, हैसियत र व्यक्तिगत रुचिबारे मात्रै विचार गर्छन्। तिनीहरूले आफूले देखेका समस्याहरूबारे रिपोर्ट गर्दैनन्, र तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। म पनि ठ्याक्‍कै त्यस्तै थिएँ। आफ्‍नो प्रतिष्ठा, हैसियत, भविष्यका सम्‍भावनाहरू, र गन्तव्यको लागि, मैले वाङ हुवाले मण्डलीको काममा गरेको बाधाबारे रिपोर्ट गर्ने कार्यलाई थाती राखेँ। म “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्” र “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस” भन्‍नेजस्ता शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ। यदि मैले वाङ हुवाका समस्याहरूबारे रिपोर्ट गरेँ भने, मलाई दमन वा प्रतिस्थापन गरिनेछ भन्‍ने डर लाग्यो, त्यसकारण मैले “आखिर हरेक व्यक्ति भ्रष्ट छ,” “सायद उनी खराब स्थितिमा छन्,” र “मैले राम्ररी बुझेपछि उनको बारेमा रिपोर्ट गर्नेछु” भन्‍ने बहानाहरू बनाएँ। ती बहानाहरू सहीजस्ता सुनिन्थे होला, तर वास्तवमा, मैले आफूलाई रक्षा गर्न र जिम्‍मेवारीबाट पन्छिन मात्रै प्रयास गरिरहेकी थिएँ। म आफ्‍नो प्रतिष्ठा, हैसियत, भविष्यको आशा र गन्तव्यको मात्रै वास्ता गर्थेँ—मैले मण्डलीको कामबारे विचार गरेकी थिइनँ, न त यसका हितहरू नै रक्षा गरेकी थिएँ। म स्वार्थी, घृणित, र अमानवीय भएकी थिएँ। मैले साँच्‍चै नै आफूलाई खुवाउने हात चिथोर्दै थिएँ!

पछि, मैले किन वाङ हुवाका समस्याहरूबारे रिपोर्ट गर्ने कार्यलाई थाती राखिरहेँ भनेर मनन गरेँ, र मैले उनलाई चिन्‍न नसकेको कारणले त्यसो भएको रहेछ भन्‍ने महसुस भयो। परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले वाङ हुवाको व्यवहारको वास्तविकता थाहा पाएँ र उनलाई बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने मानिसहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो। तिनीहरूले प्रयोग गर्ने तरिकाहरू छलपूर्ण स्वभावद्वारा निर्देशित भएको देख्‍न सकिन्छ—त्यसो भए, यो दुष्ट छ भनेर म किन भन्छु त? दुष्टतासँग यसको के सम्बन्ध छ? तिमीहरूलाई के लाग्छ: आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने आफ्ना उद्देश्यहरूबारे तिनीहरू खुलस्त हुन सक्छन्? तिनीहरू खुलस्त हुन सक्दैनन्। तर तिनीहरूका हृदयको गहिराइमा सधैँ एउटा चाहना हुन्छ, अनि तिनीहरूले भन्‍ने र गर्ने कुरा त्यही चाहनाको सघाउका निम्ति हो, र तिनीहरूले बोल्‍ने र गर्ने कुराहरूपछाडिको उद्देश्य र अभिप्रेरणाहरू गोप्य राखिन्छन्। उदाहरणको लागि, यी लक्ष्यहरू हासिल गर्नको निम्ति तिनीहरूले गलत निर्देशन वा केही अनुचित युक्तिहरूको प्रयोग गर्नेछन्। के यस्तो गोपनीयता धूर्त प्रकृतिको छैन र? अनि यस्तो धूर्तपनलाई दुष्ट भन्‍न सकिन्‍न र? (सकिन्छ।) यसलाई वास्तवमा दुष्ट भन्‍न सकिन्छ र यो छलभन्दा गहिरो हुन्छ। तिनीहरू आफ्ना उद्देश्यहरू पूरा गर्न निश्‍चित तरिका वा विधिहरू प्रयोग गर्छन्। यो स्वभाव छलीपन हो। तर तिनीहरूको हृदयको गहिराइमा भएको मानिसहरूले सधैँ आफूलाई पछ्याऊन्, आफूलाई आदर र आराधना गरून् भन्‍ने महत्त्वाकाङ्क्षा र चाहनाले तिनीहरूलाई आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिनेतर्फ, अनि अनैतिक र निर्लज्ज रूपमा यी कुराहरू गर्नेतर्फ डोर्‍याउँछ। यो कुन स्वभाव हो? यो दुष्टताको स्तरसम्म पुग्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरूमार्फत मैले ख्रीष्टविरोधीहरूमा अहङ्कारी र दुष्ट स्वभाव हुन्छ भन्‍ने देखेँ। मानिसहरूलाई बन्धन र नियन्त्रणमा पार्ने आफ्‍नो उद्देश्य पूरा गर्न, तिनीहरूले आफ्नो बढाइ गर्न र आफ्‍नो गवाही दन हरप्रकारका तौरतरिका प्रयोग गर्छन्, जसले गर्दा मानिसहरूले थाहै नभई तिनीहरूलाई आदर र भक्ति गर्छन् र तिनीहरूसँग अरू कसैलाई तुलना गर्न सकिँदैन भन्‍ने सोच्छन्। परमेश्‍वरका वचनहरूले मलाई वाङ हुवाका तौरतरिका र अभिप्रायहरूको वास्तविकता बुझ्‍न मदत गरे। उनीसँगका मेरा कुराकानीहरू सम्‍झिँदा थाहा भयो, उनले प्रायजसो आफूले काम कसरी व्यवस्थापन गर्थिन् अनि माथिल्ला अगुवाहरूबाट कसरी प्रशंसा पाउँथिन् भन्‍नेबारेमा धाक लगाउने गर्थिन्। यो सबैले अरूलाई उनले जीवन प्रवेशमा धेरै महत्त्व दिन्छिन् र उनी सत्यता खोजी गर्ने व्यक्ति हुन् भन्‍ने सोच्‍ने तुल्याएको थियो। उनले आफ्‍ना वरदान र प्रतिभाहरूको पनि धाक लगाउँथिन्, र आफूले सुन्दर र पढ्दा राम्रो लाग्‍ने पत्रहरू लेख्थिन् जसलाई त्यति धेरै सच्याउनुपर्दैनथ्यो भनेर दाबी गर्थिन्। यसले गर्दा अरूले आफू सबै पक्षमा उनीभन्दा कमजोर रहेको, र आफूहरू उनको तुलनामा आउन नसक्‍ने रहेको अनुभव गर्थे। वाङ हुवाले आफ्‍नो प्रदर्शन गर्न र आफ्‍नो बारेमा धाक लगाउन हरकिसिमका तौरतरिका प्रयोग गर्थिन्, र आफ्‍नो भ्रष्टता कहिल्यै खुलासा गर्दिनथिन्। उनले तथ्यहरूलाई गोलमटोल पारेर आफूलाई निर्दोष साबित गर्थिन्, आफ्‍नो वास्तविक रूप पूर्ण रूपमा लुकाउँथिन्, ताकि कसैले पनि उनको कमीकमजोरी, दुर्बलता, वा उनका धूर्त अभिप्रायहरू देख्‍न नसकून्। वास्तवमा, माथिल्ला अगुवाहरूले उनलाई सिद्धान्तअनुसार मानिसहरूको छनौट वा प्रयोग नगरेकोमा, र आफ्‍नो कर्तव्यमा लापरवाही गरेकोमा धेरैपटक खुलासा र निराकरण गरेका थिए, तर उनले त्यो कुराबारे कहिल्यै बोल्दिथिन्। उनले माथिल्ला अगुवाहरूले कसरी उनको प्रशंसा गर्थे र उनलाई उच्‍च नजरले हेर्थे भन्‍ने मात्रै कुरा गर्थिन्, र मानिसहरूलाई उनको सबैभन्दा राम्रा पक्षहरू मात्रै देखाउँथिन्। उनी व्यावहारिक काम गर्नुको सट्टा प्रायजसो घरमै बस्थिन्। उनले परमेश्‍वरका वचनहरू अझै राम्ररी सङ्गति गर्न र मानिसहरूका समस्याहरू समाधान गर्नको लागि आफूलाई सत्यताले सुसज्‍जित गर्नको लागि घरमै बसेको दाबी गर्थिन्। तर वास्तवमा, उनले आफ्‍नो हैसियतमा मोजमस्ती मात्रै गरिरहेकी थिइन्। उनले सुसमाचार कार्यमा देखा परेका कुनै पनि वास्तविक कठिनाइ समाधान गरेकी थइनन्—बरु, भेलाहरूमा सुसमाचार कार्यका समस्याहरू समाधान गरेर, मानिसहरूले काममा मात्रै महत्त्व दिइरहेका छन्, जीवन प्रवेशमा होइन भन्‍ने भ्रम छरेकी थिइन्। उनले अरूको व्यावहारिक कामलाई केटाकेटीको खेल भन्दै अरूलाई सधैँ आक्रमण गर्ने र होच्याउने पनि गर्थिन्। उनले कलह पैदा गर्थिन्, गुप्त रूपमा अरूको बदनाम गर्थिन्, र ब्रदर-सिस्टरहरूको बीचको सम्‍बन्ध बिगार्थिन्, र पनि उनले आफू सीधा कुरा गर्ने व्यक्ति हुँ भनी दाबी गर्थिन्। वाङ हुवाका सबै बोलीवचन र व्यवहार अत्यन्तै कुटिल र धूर्त थिए। परमेश्‍वरले खुलासा नगर्नुभएको भए, हामीले सजिलै मूर्ख भएर उनको आदर र भक्ति गर्नेथ्यौँ। यो सब महसुस गरेपछि, मेरो बल्‍ल होस खुल्यो, र मैले वाङ हुवाको ख्रीष्टविरोधी सारबारे केही समझ प्राप्त गरेँ।

मनन गर्दा, के महसुस भयो भने, मैले भ्रष्टताको एउटा छुट्टै घटना अनि भ्रष्ट प्रकृति र सारबीच रहेको भिन्‍नता छुट्याउन नसकेको कारण, मैले उनलाई चिन्‍न नसकेकी रहेछु। पछि, मैले परमेश्‍वरका केही वचनहरू भेटेँ: “शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। तर, कतिपयमा भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू चाहिँ फरक हुन्छन्: उनीहरूमा शैतानी भ्रष्ट स्वभावहरू हुने मात्र होइन, तिनीहरूको प्रकृति पनि अत्यन्तै दुर्भावपूर्ण हुन्छ। यी मानिसहरूका बोलीवचन र व्यवहारहरू केवल शैतानी भ्रष्ट स्वभावहरूको प्रकटीकरणभन्दा बढी नै हुन्छन्; तिनीहरू खाँटी दियाबलस र शैतान हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई कसरी चित्रण गर्नुहुन्छ? सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्नेहरूका रूपमा—तिनीहरू परमेश्‍वरका शत्रु हुन्! सत्यताको विरोध गर्नु, परमेश्‍वरलाई घृणा गर्नु, र सबै सकारात्मक कुरालाई घृणा गर्नु—यो साधारण मानिसहरूमा पाइने क्षणिक कमजोरी वा मूर्खता होइन, न त क्षणिक विकृत बुझाइबाट उत्पन्न हुने गलत सोच र दृष्टिकोणको प्रकटीकरण नै हो; समस्या यो होइन। समस्या त तिनीहरू ख्रीष्टविरोधी, परमेश्‍वरका शत्रु हुनु, तिनीहरूले सारा सकारात्मक कुरा र सारा सत्यतालाई घृणा गर्नु हो; तिनीहरू परमेश्‍वरलाई घृणा र विरोध गर्ने पात्र हुन्। परमेश्‍वरले यस्ता पात्रहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न! यी मानिसहरू सत्यतालाई तिरस्कार र घृणा गर्छन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? यहाँ दुष्टता, क्रूरता, र सत्यताप्रतिको घृणाको खुलासा भइरहेको छ। यो त भ्रष्ट स्वभावहरूमध्ये सबैभन्दा गम्भीर शैतानी स्वभावहरू हो, जसले सामान्य भ्रष्ट मानवजातिले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू नभई शैतानका सबैभन्दा विशिष्ट र चुरो विशेषताहरूलाई जनाउँछ। ख्रीष्टविरोधीहरू परमेश्‍वरविरोधी शक्ति हुन्। तिनीहरूले मण्डलीलाई बाधा दिन र नियन्त्रण गर्न सक्छन्, अनि तिनीहरूमा परमेश्‍वरको व्यवस्थापन कार्यलाई भत्काउने र बिथोल्ने क्षमता हुन्छ। यो त भ्रष्ट स्वभावका सामान्य मानिसहरूले गर्न सक्ने कुरा होइन; ख्रीष्टविरोधीहरूले मात्र यस्ता कार्यहरू गर्न सक्छन्। यस मामलालाई कम नआँक्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्‍न मदत गरे भने, शैतानले भ्रष्ट तुल्याएका सबै मानिसहरूमा भ्रष्ट स्वभाव हुने भए पनि, कतिपय मानिसहरूमा मानवता, विवेक, र समझ हुन्छ, र तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन्। तिनीहरूको कर्तव्यमा कमीकमजोरी वा विचलन आयो भने, र तिनीहरूलाई त्यसबारेमा जानकारी दिइयो, तिनीहरूको खुलासा र निराकरण गरियो भने, तिनीहरूले सुरुमा लाज मान्‍न र प्रतिरोध गर्न, र आफ्‍नो प्रतिरक्षा गर्न सक्छन्। तैपनि पछि गएर, तिनीहरूले आफ्‍नो बारेमा मनन गर्न, र आफ्‍नो भ्रष्ट प्रकृति र दोषपूर्ण तौरतरिकालाई घृणा गर्न सक्छन्। मण्डलीको काममा आफूले कसरी ढिलाइ र अवरोध गरेछु भन्‍ने महसुस हुँदा, तिनीहरूलाई पछुतो हुन्छ, आफैप्रति घृणा जाग्छ, र तिनीहरूले पश्‍चात्ताप गरेर रूपान्तरण हासिल गर्छन्। तर कतिपय मानिसहरूमा भने शैतानको भ्रष्ट स्वभाव मात्रै हुँदैन, द्वेषपूर्ण प्रकृति पनि हुन्छ, तिनीहरूले सत्यता पटक्‍कै स्विकार्न सक्दैनन्, र यसलाई घृणासमेत गर्छन्। तिनीहरूले जति नै धेरै दुष्कर्म गरे पनि, वा मण्डलीको काममा जति ठूलो हानि गरे पनि, तिनीहरूलाई अलिकति पनि पीडा हुँदैन र तिनीहरूले आफ्‍नो बारेमा पटक्‍कै मनन गर्दैनन्। तिनीहरूमा अलिकति पनि ग्‍लानि हुँदैन। तिनीहरूलाई जति नै काटछाँट र निराकरण वा खुलासा गरिए पनि, तिनीहरूले कहिल्यै आफ्‍ना गल्तीहरू स्वीकार गर्दैनन्, र आफूलाई खुलासा गरिएको प्रष्ट तथ्यसमेत कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूलाई काटछाँट र निराकरण अनि न्याय र सजायमा पर्न मन पर्दैन। सत्यता र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा, तिनीहरू स्पष्ट रूपमै परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्—तिनीहरू उहाँका कट्टर शत्रुहरू हुन्। वाङ हुवाले पनि त्यस्तै व्यवहार गरेकी थिइन्। उनले व्यावहारिक काम गरिनन्, उनी अहङ्कारी थिइन्, र सुसमाचार कार्य गर्न उनले आफ्‍नै कुराहरूमा जोड दिइन्। अरू अगुवाहरूले उनको खुलासा र निराकरण गर्दा, उनले तिनीहरूको कुरा स्वीकार नगरेकी मात्र होइन, कोलाहल मच्‍चाएर अरूलाई दोष लगाउने प्रयास गर्दै सम्पूर्ण भेला नै अवरुद्धसमेत गरिन्। जब मैले उनलाई अरूको आलोचना गरेको र ब्रदर-सिस्टरहरूको बीचमा कलह पैदा गरेको कारण चेतावनी दिएँ, तब उनले यो कुरा स्वीकार नगरेकी मात्र होइन, बरु उल्टै मलाई आक्रमण गर्ने र दोष दिनेसमेत गरिन्। उनले सधैँ जीवन प्रवेशमा ध्यान दिनेबारे कुरा गरिरहेकी हुन्थिन्, जसले गर्दा मानिसहरूले उनी साँच्‍चै सत्यको खोजी गर्ने व्यक्ति हुन् भन्‍ने सोच्थे। तर वास्तवमा उनले परमेश्‍वरका मापदण्डहरू, साथै परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई विशेष घृणा र विरोध गर्थिन्। खुलासा, काटछाँट, र निराकरण हुँदा, उनी पटक्‍कै समर्पित भइनन्—उनले चिढिएर प्रतिशोधसमेत गरिन्। उनले जति धेरै गल्ती गरे पनि वा मण्डलीको काममा जति धेरै हानि गरे पनि, यो कुरा उनले कहिल्यै स्वीकार गरिनन्, उनलाई खेद वा ऋणी अनुभव भएन र उनमा समझको पूर्ण कमी थियो। उनले आफ्‍ना हितहरूबारे मात्रै वास्ता गर्थिन्—उनको हैसियतमा चुनौती पुग्‍ने कुनै कुरा कसैले भन्यो भने, उनी रिसाउँथिन् र उल्टै निराधार आरोप लगाउँथिन्। उनले सत्यता वा सकारात्मक कुराहरू पटक्‍कै स्वीकार गर्दिनथिन्, र आफूलाई सङ्गति गरेर सुधार्न प्रयास गर्ने सबैलाई शत्रुको रूपमा हेर्थिन्। आफ्नो खुलासा गर्ने प्रयास गर्ने जोकोहीलाई उनी आक्रमण गर्थिन्। उनले सत्यतालाई साँच्‍चै घृणा गरेको, सत्यता अभ्यास गर्नेलाई घिनाएको, र न्यायको भावनाले उनको खुलासा गर्नेहरूलाई घृणा गरेको कुरालाई ध्यानमा राख्दा, के उनले परमेश्‍वरलाई शत्रुको रूपमा हेरेकी थिइनन् र? यो कुरा परमेश्‍वरको वचनले भनेजस्तै हो: “यो साधारण मानिसहरूमा पाइने क्षणिक कमजोरी वा मूर्खता होइन, न त क्षणिक विकृत बुझाइबाट उत्पन्न हुने गलत सोच र दृष्टिकोणको प्रकटीकरण नै हो; समस्या यो होइन। समस्या त तिनीहरू ख्रीष्टविरोधी, परमेश्‍वरका शत्रु हुनु, तिनीहरूले सारा सकारात्मक कुरा र सारा सत्यतालाई घृणा गर्नु हो; तिनीहरू परमेश्‍वरलाई घृणा र विरोध गर्ने पात्र हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। वाङ हुवालाई प्रतिस्थापन गरिएपछि, उनले यो कुरा स्विकार्न सकिनन्, र कुनै पनि दुष्कर्म कबुल गरिनन्। उनले यसोसमेत भनिन्, “म यस्ता कुराहरू परमेश्‍वरको लागि गर्छु र अरूले के सोच्छन् वास्ता गर्दिनँ।” उनलाई पछुतो लागेको वा उनले आत्मचिन्तन गरेजस्तो पटक्‍कै देखिँदैनथ्यो। उनको प्रकृति द्वेषपूर्ण र सत्यतालाई घृणा गर्ने किसिमको थियो—के तिनी कट्टर ख्रीष्टविरोधी थिइनन् र? यस्ता मानिसहरूले मण्डलीको काम नष्ट गर्ने र बिथोल्ने मात्रै गर्छन्।

पछि, बहुसंख्यक ब्रदर-सिस्टरहरूले वाङ हुवालाई मण्डलीबाट बहिष्कार गर्न मतदान गरे। उनलाई हटाएपछि, हामीले सुसमाचार कार्यका वास्तविक समस्याहरू समाधान गर्न सङ्गति गर्‍यौँ र कामका परिणामहरूमा निकै सुधार आयो। त्यो बेला, मलाई अझै ऋणी भएको महसुस भयो, र म यति स्वार्थी र घृणित भएकोमा, आफ्‍नै बारेमा मात्रै सोचेकोमा, मण्डलीको काम रक्षा नगरेकोमा र मण्डलीको सुसमाचार कार्यमा बाधा र व्यवधान ल्याउने ख्रीष्टविरोधीका दुष्ट कार्यहरूमा साथ दिएकोमा आफैप्रति घृणा जाग्यो। भविष्यमा, जसले मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेको देखे पनि, म सत्यता अभ्यास गर्नेछु र मण्डलीको काम रक्षा गर्नेछु भनेर मैले मनमनै सङ्कल्‍प गरेँ। तिनीहरूको हैसियत जति नै ठूलो भए पनि, तिनीहरूले जति धेरै काम गरेका भए पनि, वा तिनीहरूले जति पत्यारलाग्दो किसिमले धर्मसिद्धान्तका कुराहरू गरे पनि, तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याए भने, म सत्यताका सिद्धान्तहरूमा उभिनेछु। अरूले मलाई अहङ्कारी भने पनि वा दुष्कर्मी वा ख्रीष्टविरोधी भनेर दोष लगाए पनि, म मण्डलीको काम रक्षा गर्नेछु। मैले कुनै परिस्थितिलाई राम्ररी नबुझे पनि, आफूले देखेका कुराहरू विश्‍वासयोग्य ढङ्गले माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्नेछु। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मैले समस्या देखेर पनि मण्डलीको काम रक्षा गरिनँ भने, म परमेश्‍वरको दण्ड र अनुशासन भोग्‍न तयार छु भनेर भनेँ।

केही महिनापछि, अर्को मण्डलीकी अगुवा ली नाले व्यावहारिक काम गरिरहेकी छैनन्, झूटा अगुवा र सेवकहरूलाई बर्खास्त गरेकी छैनन्, र दुष्कर्मीहरूलाई समेत बढुवा दिएकी छिन् भनेर कतिपय मानिसहरूले रिपोर्ट गरे। ती व्यक्तिहरूले सिद्धान्तअनुसार काम गरिरहेका थिएनन्, र फलस्वरूप, मण्डलीको रकममा घाटा लागेको थियो। रिपोर्टअनुसार, ली नाले विशेष रूपमा आफ्‍नो प्रदर्शन गर्ने र अरूलाई तुच्छ देखाउने गर्थिन् र सबै ब्रदर-सिस्टरहरूले उनको आदर र भक्ति गर्थे। उनका सहकर्मीहरूले उनलाई सङ्गति दिएर यो समस्याबारे धेरैपटक औँल्याए पनि, उनले तिनीहरूको कुरा स्वीकार गर्दिनथिन्। यसको साथै, उनले माथिल्ला अगुवाहरूको पनि आलोचना गर्थिन्, जसले गर्दा उनका साझेदार र सहकर्मीहरूले तिनीहरूविरुद्ध पूर्वाग्रह पालेका थिए। जब माथिल्ला अगुवाहरूले काम गर्न सहयोग गर्न कसैलाई पठाउँथे, तब उनले तिनीहरूलाई निष्कासन गर्थिन्। उनले सहकार्य नगर्ने मात्र होइन, आलोचना गर्ने र काम भङ्ग गर्नेसमेत गर्थिन्—उनले अगुवाहरूले पठाएका व्यक्तिले समस्याहरू समाधान गर्न सक्दैनन् भनेर भन्थिन्, जसले गर्दा काम पूरा हुँदैनथ्यो। यो सब सुनेपछि, यो व्यक्ति पक्‍कै पनि ख्रीष्टविरोधी हुनुपर्छ भन्‍ने लाग्यो, त्यसकारण उनलाई तुरुन्तै बर्खास्त गर्नेबारेमा मेरा सहकर्मीहरूसँग छलफल गरेँ। तर ली ना मेरी साझेदार सहकर्मीकी बहिनी हुन् भन्‍ने थाहा पाएपछि, म हिचकिचाएँ। मैले ली नालाई बर्खास्त गरेँ भने, मेरी साझेदारले मलाई के सोच्लिन्? मैले ली नालाई आक्रमण गरेँ भनेर पो भन्लिन् कि? मैले यस विषयमा घरी यो, घरी त्यो सोचिरहेँ; मलाई झन्झन् दोधार भइरह्यो र के गर्ने मलाई थाहै थिएन। तब मलाई मेरो स्थिति र अभिप्रायहरू गलत छन् भन्‍ने महसुस भयो—मैले फेरि पनि आफ्‍नै हितहरू रक्षा गर्ने प्रयास गरिरहेकी थिएँ। मलाई यसभन्दा पहिलेको घटना याद आयो, जुन बेला आफ्‍नो रक्षा गर्नमा अत्यन्तै ध्यान दिएको कारण, मैले ख्रीष्टविरोधीलाई समयमै खुलासा गरिनँ, र मण्डलीको काममा गम्‍भीर हानि भयो—त्यो मैले कहिल्यै सुधार्न नसक्‍ने अपराध थियो। मैले फेरि आफ्‍ना हितहरू रक्षा गर्नु हुँदैनथ्यो। मैले सत्यता अभ्यास गरेर मण्डलीको काम रक्षा गर्नुपर्थ्यो। अरूले मेरो बारेमा जे सोचे पनि, परमेश्‍वरको इच्‍छा पूरा गर्नु नै सबैभन्दा मुख्य कुरा थियो। त्यसकारण मेरा सहकर्मीहरू र मैले ली नालाई सिद्धान्तअनुसार बर्खास्त गर्‍यौँ। पछि, अनुसन्धान गर्दा के थाहा भयो भने, ली नाले अरूलाई छल र जालमा पार्न, मण्डलीलाई नियन्त्रण गर्न, र स्वतन्त्र राज्य स्थापना गर्न प्रायजसो आफैलाई उचाल्थिन् र धाक देखाउँथिन्। तिनी ख्रीष्टविरोधी थिइन्। मण्डलीका धेरैजसो मानिसहरूले तिनलाई निष्कासन गर्न भोट दिए। आफ्‍नो देहलाई पन्छाएर सत्यता अभ्यास गर्दा अनि सिद्धान्तअनुसार काम गर्दा मैले शान्ति, सन्तुष्टि र आनन्द प्राप्त हुन्छ भन्‍ने अनुभव गरेँ। मैले के पनि महसुस गरेँ भने, सत्यता अभ्यास गरेर मात्रै गवाही दिन र शैतानलाई लज्‍जित पार्न सकिन्छ। उहाँको अगुवाइको लागि परमेश्‍वरलाई धन्यवाद!

अर्को: सही छनोट

सम्बन्धित विषयवस्तु

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्