अरूप्रति नरम हुनुपछाडि के कारण होला

25 अप्रिल 2023

केही महिना पहिले एक अगुवाले ब्रदर कन्नर र मलाई मलजल काममा खटाए। केही समयपछि उनले आफ्नो काममा खासै बोझ नलिएको पाएँ। उनी सङ्गति गर्दैनथे र मानिसहरूका समस्या तत्कालै समाधान गर्न मद्दत गर्दैनथे, र कामसम्बन्धी छलफलमा त्यति सरिक हुँदैनथे। अगुवाले मलाई कन्नर लापरवाह र गैरजिम्मेवार छन्, र मैले उनीसँग सङ्गति गर्नुपर्छ भने। मलाई लाग्यो, सायद व्यस्त भएकाले उनले केही काम थन्काएका हुन्। मलाई लाग्यो, उनी केही नगरी बसिरहेका छन् जस्तो त देखिँदैन। मैले उनबाट धेरै अपेक्षा राख्नुहुन्न, र उनले सङ्गति नगरेका विषयहरू म सम्हाल्न सक्छु। तसर्थ, मैले उनको कामका समस्याहरू जाँच गरिनँ। केही समयपश्चात्, कतिपय ब्रदर-सिस्टरहरूको भेलाअघि मैले कन्नरलाई समयअगावै उनीहरूका समस्या र कठिनाइहरू पत्ता लगाई सङ्गति गर्नलाई परमेश्‍वरका उचित वचनहरू खोज्न, र भेलालाई थप प्रभावकारी बनाउन सम्झाएँ। पछि, मैले केही ब्रदर-सिस्टरहरूलाई कन्नरले उनीहरूलाई उनीहरूको अवस्था र कठिनाइबारे सोधे कि भनेर सोध्दा, सबैले उनले सोधेका छैनन् भने। मलाई उनी साह्रै नै गैरजिम्मेवार भएको जस्तो लाग्यो। अरूका कर्तव्यमा थुप्रै कठिनाइ र कमीकमजोरी थिए। उनीहरूलाई अझ बढी सहयोग र सङ्गति चाहिएको थियो, तर उनले यसलाई गम्भीररूपमा लिइरहेका थिएनन्। वास्तवमै त्यो उनको निकै लापरवाही थियो! यस पटकचाहिँ मलाई वास्तवमै उनको समस्याबारे बताउनैपर्छ भन्‍ने लाग्यो। तर त्यसपछि सोचेँ, यदि उनले यो स्विकारेनन्, मैले धेरै अपेक्षा गरेँ, र मविरुद्ध पूर्वाग्रही भए भने, त्यसले मलाई अति नै कठोर, अति नै निर्दयीजस्तो देखाउँदैन र? यसबाहेक, कन्नर जवान थिए, तसर्थ उनी देहसुखमा केन्द्रित हुने बढी सम्भावना थियो। कहिलेकाहीँ म पनि लापरवाह हुन्थेँ र ऐसआराममा केन्द्रित हुन्थेँ, तसर्थ मैले धेरै अपेक्षा राख्नु हुन्न। यो म आफै सम्हाल्न सक्छु। आफूप्रति कठोर र अरूप्रति नरम बन्नुपर्छ। म व्यस्त हुन्थेँ र आराम कम गर्थेँ। तसर्थ, मैले कन्नरसँग सङ्गति गरिनँ र उनको यो समस्या औँल्याइनँ। मैले अन्य काम गर्दा पनि त्यसै गरेँ। मैले अरूले ठिकसँग काम नगरेको देख्दा, के कारण त्यस्तो भएको हो वा के गरिनुपर्छ भन्‍ने कुरामा म चासो दिँदैनथेँ, बरु सहन्थेँ र धैर्य गर्थेँ। कहिलेकाहीँ कसै-कसैको व्यवहारले मलाई असाध्यै झोँक चल्थ्यो वा रिस उठ्थ्यो, तर म यसलाई दबाएर राख्थेँ। मैले सोचेँ, “भैगो छोडिदिउँ, उनीहरू जे गर्न सक्छन् गरून्, बाँकी म हेरौँला।” केही समयपछि, ब्रदर-सिस्टरहरू आफ्ना समस्याहरू समाधान गर्न मसँग मद्दत माग्न चाहन्थे। तिनीहरू सबैले मेरो प्रशंसा गरेको देख्दा मलाई अप्ठ्यारो वा दुःख लागेन। सदैव मलाई हाम्रा अन्तरक्रियामा आफूप्रति कठोर हुनु र अरूप्रति क्षमाशील हुनु भनेको सधैँ नाटीकुटी गर्ने र कसैसँग काम गर्न नसक्ने कतिपय मानिसजस्तो नभई, असल मानवता भएको व्यक्ति हुनु हो भन्‍ने लाग्थ्यो।

त्यसपछि एक दिन मैले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” हुनुसम्बन्धी परमेश्‍वरका वचनहरू पढेँ, र आफूलाई फरकरूपमा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’—यो भनाइको अर्थ के हो? यसको अर्थ हो, तैँले आफूलाई कडा मागहरू गर्नुपर्छ र अरू मानिसप्रति नरम हुनुपर्छ, ताकि तँ कति उदार र दिलदार छस् भन्‍ने कुरा तिनीहरूले देख्‍न सकून्। त्यसोभए मानिसहरूले किन यसो गर्नुपर्छ? यसलाई किन हासिल गर्ने? के यसो गर्नु सम्‍भव छ? के यो मानिसहरूको साँच्चै प्राकृतिक अभिव्यक्ति हो? यसो गर्न तैँले कति सम्झौता गर्नुपर्छ? तँ इच्‍छा र मागहरूबाट मुक्त हुनैपर्छ, यसो गर्दा तँलाई कम आनन्द हुनेछ, अझै बढी कष्ट हुनेछ, अझै धेरै मूल्य चुकाउनु र काम गर्नुपर्छ, ताकि अरू मानिसहरू लखतरान हुन नपरून्। अनि अरूले दुखेसो पोखाए, गुनासो गरे, वा राम्ररी काम गरेनन् भने—केही हदसम्म राम्रै हुन्छ। मानिसहरूले यो आदर्श सद्गुणको सङ्केत हो भन्‍ने ठान्छन्—तर मलाई किन यो झूटो लाग्छ? के यो झूटो होइन र? (हो नि।) सामान्य परिस्‍थितिहरूमा, सामान्य व्यक्तिको मानवताको प्राकृतिक अभिव्यक्ति आफूप्रति सहनशील हुने र अरूलाई कडाइ गर्ने हुन्छ। यही तथ्य हो। मानिसहरूले जोकसैका समस्याहरू देख्‍न सक्छन्—‘यो व्यक्ति अहङ्कारी छ! त्यो व्यक्ति खराब छ! यो मान्छे स्वार्थी छ! त्यो मान्छे आफ्‍नो कर्तव्य निर्वाहमा लापरवाह र झाराटारुवा छ! यो व्यक्ति अति अल्छी छ!’ भनी कसैले भन्नेछन्—जब कि तिनीहरू आफूबारे भने यस्तो सोच्छन्, ‘म अलि अल्छी भएँ भने पनि ठिकै छ। मेरो क्षमता राम्रो छ। म अल्छी भए पनि, अरूले भन्दा राम्रो काम गर्छु।’ तिनीहरू अरूको गल्ती खोतल्छन् र दोष कोट्याउन मन पराउँछन्, तर तिनीहरू आफूप्रति भने सम्‍भव भएसम्‍म सहनशील र उदार हुन्छन्। के यो तिनीहरूको मानवताको प्राकृतिक अभिव्यक्ति होइन र? (हो नि।) यदि मानिसहरू ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्‍ने सोचअनुसार जिउँछन् भन्‍ने अपेक्षा गरियो भने, तिनीहरू कस्तो कस्तो वेदनाबाट गुज्रनैपर्छ? के तिनीहरू साँच्‍चै यो सहन सक्छन्? कति जनाले यसो गर्न सक्नेछन्? (कसैले पनि सक्दैनन्।) अनि किन त्यस्तो हुन्छ? (मानिसहरू प्राकृतिक रूपमा नै स्वार्थी हुन्छन्। तिनीहरू ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने सिद्धान्तअनुसार काम गर्छन्।) वास्तवमा, मानिस जन्मँदै स्वार्थी हुन्छ, मानिस स्वार्थी प्राणी हो, र यो शैतानी दर्शनप्रति गहिरोसित प्रतिबद्ध हुन्छ: ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ परिस्थिति आइपर्दा स्वार्थी नहुनु र आफ्‍नो वास्ता नगर्नु घातक, र अस्वाभाविक हो भन्‍ने मानिसहरू सोच्छन्। मानिसहरूले यही विश्‍वास गर्छन् र यस्तै व्यवहार गर्छन्। यदि मानिसहरू स्वार्थी नहून्, र आफूबाट कठोर माग नगरून्, र अरूबाट फाइदा लुट्नको सट्टा घाटा बेहोर्न इच्छुक होऊन् भन्‍ने अपेक्षा गरियो भने, के त्यो वास्तविक अपेक्षा हुन्छ? यदि कसैले मानिसहरूको फाइदा उठाउँदा तिनीहरूले खुसीसाथ ‘तिमीले फाइदा लिइरहेको छौ तर म यसलाई ठूलो कुरा बनाउँदिनँ। म सहनशील व्यक्ति हुँ, म तिम्रो बारेमा नराम्रो कुरा भन्दिनँ वा तिमीबाट फाइदा लिने प्रयास गर्दिनँ, र यदि तिमीले अझै पर्याप्त फाइदा लिएका छैनौ भने, नहिचकिचाई फाइदा लेऊ’ भनेर भनून् भन्‍ने अपेक्षा गरियो भने—के त्यो वास्तविक अपेक्षा हुन्छ? कति जनाले यसो गर्न सक्छन्? के भ्रष्ट मानवजातिले सामान्यतया यस्तै व्यवहार गर्छ? स्पष्टतः, यस्तो हुनु असामान्य कुरा हो। किन? किनभने भ्रष्ट स्वभावका मानिसहरू, विशेष गरी स्वार्थी र छुद्रहरू आफ्‍नै हितको निम्ति सङ्घर्ष गर्छन्, र तिनीहरू अरूको हितको निम्ति लडाइँ गर्नमा कदापि सन्तुष्ट हुँदैनन्। त्यसकारण, यस्तो घटना हुनु असामान्य हो। ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’—सद्गुणसम्‍बन्धी यो दाबी, जसले मानव प्रकृतिबारे सामाजिक नैतिकतावादीको कमजोर बुझाइलाई झल्काउँछ, यसले मानिसहरूबाट यस्तो माग गर्छ जुन न त तथ्यहरूसँग न त मानव प्रकृतिसँग नै स्पष्टसित मेल खान्छ। यो त मुसोलाई दुलो नपार्नू वा बिरालोलाई मुसो नपक्रिनू भनेजस्तै हो। के त्यस्तो माग गर्नु ठिक हो? (होइन। यसले मानव प्रकृतिका नियमहरू उल्‍लङ्घन गर्छ।) यो खोक्रो माग हो, र यो स्पष्ट रूपमा वास्तविकताअनुरूप छैन(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (६))। मैले पहिलोपटक परमेश्‍वरका यी वचनहरू पढ्दा पूर्णतया बुझिनँ, किनकि म सधैँ सोच्थेँ, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने राम्रो कुरा थियो। म सधैँ त्यस्ता मानिसहरूको प्रशंसा गर्थेँ र म त्यस्तै बन्ने आकाङ्क्षा राख्थेँ। तर परमेश्‍वरका वचनहरू ध्यानपूर्वक मनन गर्दा, मैले ती पूर्णतया सही रहेछन् भन्‍ने महसुस गरेँ। म एकदमै विश्‍वस्त भएँ। विशेष गरी यो पढ्दा, “भ्रष्ट स्वभावका मानिसहरू, विशेष गरी स्वार्थी र छुद्रहरू आफ्‍नै हितको निम्ति सङ्घर्ष गर्छन्, र तिनीहरू अरूको हितको निम्ति लडाइँ गर्नमा कदापि सन्तुष्ट हुँदैनन्। त्यसकारण, यस्तो घटना हुनु असामान्य हो। ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’—सद्गुणसम्‍बन्धी यो दाबी, जसले मानव प्रकृतिबारे सामाजिक नैतिकतावादीको कमजोर बुझाइलाई झल्काउँछ, यसले मानिसहरूबाट यस्तो माग गर्छ जुन न त तथ्यहरूसँग न त मानव प्रकृतिसँग नै स्पष्टसित मेल खान्छ। यो त मुसोलाई दुलो नपार्नू वा बिरालोलाई मुसो नपक्रिनू भनेजस्तै हो,” म साँच्चै छक्क परेँ। मैले समर्थन गरिरहेको यो विचार अव्यावहारिक, मानवताविरोधी, र मानिसले हासिल गर्नै नसक्ने कुरा रहेछ। यो पालन गर्ने मापदण्ड बन्न सक्दैन। मेरो व्यवहारलाई फर्केर हेर्दा, यो वास्तवमै परमेश्‍वरले खुलासा गरेको जस्तै थियो। म आफूप्रति कठोर र अरूप्रति नरम हुँदा, मलाई अन्याय भएको र खिन्नता महसुस हुन्थ्यो, र मैले एकदमै आफ्नो इच्छाविपरीत त्यसो गरे पनि—म खुसी थिइनँ। कन्नरसँग जस्तै, उनी अल्छी र गैरजिम्मेवार बनेर आफ्नो कर्तव्यमा झारा टार्दैछन् भन्‍ने मलाई राम्ररी थाहा थियो। मलाई रिस उठ्यो र उनका समस्याहरू खुलासा गर्न मन लाग्यो ताकि उनी चाँडै कामकुरा सच्याएर मेरो असल सहकर्मी बन्न सकून्। तर त्यसपछि म कसरी अति कठोर हुनु हुँदैन, आफूप्रति कठोर, र अरूप्रति नरम बन्नुपर्छ भनेर सोच्थेँ, त्यसपछि म उनलाई उनका समस्याबारे बताउने विचार त्यागिदिन्थेँ। मलाई म अलिक बढी कष्ट सहन सक्छु, अलि बढी मूल्य चुकाउन सक्छु, र उनीबारे धेरै नसोधूँ जस्तो लाग्यो ताकि म अरूको अति ख्याल नगर्ने, अति नाटिकुटी गर्ने नदेखूँ। म केही समूहहरूको कामका लागि जिम्मेवार थिएँ, तसर्थ मलाई पहिले नै अत्याधिक कामको बोझ थियो। साथै उनको काममा देखिएका समस्या हल गर्न मद्दत गर्दा मलाई अन्याय भएको महसुस भयो, र मसँग थुप्रै गुनासा थिए, तर आफूप्रति कठोर र अरूप्रति सहनशील हुनको लागि, र अरूले मलाई राम्रो सोचून् भनेर, म चुपचाप सहेर बसेँ। त्यो मेरो वास्तविक स्थिति र सोचाइ थियो। परमेश्‍वरले भन्नुभएजस्तै, “मानिस जन्मँदै स्वार्थी हुन्छ, मानिस स्वार्थी प्राणी हो, र यो शैतानी दर्शनप्रति गहिरोसित प्रतिबद्ध हुन्छ: ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ परिस्थिति आइपर्दा स्वार्थी नहुनु र आफ्‍नो वास्ता नगर्नु घातक, र अस्वाभाविक हो भन्‍ने मानिसहरू सोच्छन्। मानिसहरूले यही विश्‍वास गर्छन् र यस्तै व्यवहार गर्छन्।” हामी सबै स्वभावले स्वार्थी छौँ, र म यसको अपवाद हैन। धेरै काम गर्दा, मलाई कडा परिश्रम र थकानदेखि रिस उठ्छ। मलाई अन्याय भएको, खिन्नता, र दुःखी महसुस हुन्छ। तर पनि म आफूप्रति कठोर र अरूप्रति नरम बनेर आफ्नो हृदयविरुद्ध गएँ। “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” हुने मनोवृत्तिको पछाडि वास्तवमा कस्तो भ्रष्ट स्वभाव लुकेको हुन्छ? त्यसो गर्दा कस्ता परिणाम आउँछन्?

यो प्रश्नलाई लिएर मैले परमेश्‍वरसामु आई प्रार्थना गरेँ, र त्यसपछि उहाँका वचनहरूको एउटा खण्ड पढेँ। “‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्‍ने भनाइ भेटेको पैसा फिर्ता दिनु र अरूलाई सहयोग गर्दा आनन्द पाइन्छ भन्नुजस्तै हो, जुन परम्‍परागत संस्कृतिले मानिसहरूलाई सद्गुणसहित कार्य गर्नुपर्छ भन्‍ने मागहरूमध्ये एउटा हो। त्यसरी नै, कसैले यस्तो सद्गुण प्राप्त गर्न वा अभ्यास गर्न सके पनि नसके पनि, यो उसको मानवता नाप्‍ने मापदण्ड वा मानक होइन। सायद तँ आफूप्रति साँच्‍चै कडा हुन सक्छस् र आफूप्रति निकै उच्‍च मापदण्ड राख्छस्। सायद तँ नैतिक रूपमा पूर्णतया स्वच्छ छस् अनि स्वार्थी नबनी र आफ्‍ना हितहरू नखोजी सधैँ अरूलाई विचार गर्छस्। तँ विशेष गरी दिलदार र निस्स्वार्थ देखिन्छस् होला, र तँमा सामाजिक जिम्‍मेवारी र सार्वजनिक भलाइको ठूलो बोध होला। तेरो नजिकका मानिसहरू, र तैँले भेटेका र तँसँग कुराकानी गर्ने मानिसहरूले तेरो आदर्श व्यक्तित्व र गुणहरू देखेका होलान्। तेरो व्यवहारले गर्दा अरूले कहिल्यै तँलाई दोष दिने वा आलोचना गर्ने कारण भेट्टाउँदैनन् होला, बरु तँलाई प्रशंसा र आदरसमेत गर्छन् होला। मानिसहरूले तँलाई आफूलाई कडाइ गर्ने र अरूलाई सहने व्यक्तिको रूपमा हेर्छन् होला। तैपनि, यी बाहिरी व्यवहारबाहेक केही होइनन्। के तेरो हृदयभित्रका विचार र इच्‍छाहरू यी बाहिरी व्यवहारसँग, तैँले बाहिरी रूपमा जिउने यी क्रियाकलापसँग मेल खान्छन्? यसको उत्तर हो, खाँदैनन्। तैँले यसरी व्यवहार गर्न सक्नुको पछाडि एउटा मनसाय छ। त्यो मनसाय वास्तवमा के हो? यसबारे कम्तीमा पनि एउटा कुरा बताउन सकिन्छ: यो उल्‍लेख गर्न नसकिने, कालो र दुष्ट कुरा हो। … निश्चित गरेर के भन्न सकिन्छ भने, ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्‍ने सद्गुणअनुसार जिउन माग गर्ने धेरैजसो मानिसहरू हैसियतप्रति मरिहत्ते गर्छन्। आफ्ना भ्रष्ट स्वभावद्वारा उत्प्रेरित भएर, तिनीहरू प्रतिष्ठा, सामाजिक प्रसिद्धि, र अरूको नजरमा हैसियत पाउने कुराको पछि नलागी सक्दै सक्दैनन्। यी सबै कुरा हैसियतप्रतिको तिनीहरूको इच्‍छासँग सम्‍बन्धित हुन्छन्, अनि असल, र सदगुणी व्यवहारको नाममा यसको पछि लाग्ने गरिन्छ। अनि तिनीहरू पछि लाग्ने यी कुराहरू कसरी आउँछन्? ती पूर्णतया भ्रष्ट स्वभावहरूबाट आउँछन् र तिनैद्वारा प्रेरित हुन्छन्। त्यसकारण, जेसुकै भए पनि, कुनै व्यक्ति ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्‍ने सद्गुणअनुसार जिए पनि नजिए पनि र उसले त्यसो सिद्ध रूपमा गरे पनि नगरे पनि, यसले उसको मानवताको सार परिवर्तन गर्न सक्दैन। यथार्थमा, यसको अर्थ यसले कुनै पनि हालतमा तिनीहरूको दृष्टिकोण वा मूल्य-मान्यताहरू परिवर्तन गर्न, वा सबै किसिमका मानिस, घटना, र परिस्थितिप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई डोऱ्याउन सक्दैन। के कुरा त्यही होइन र? (हो।) कुनै व्यक्ति आफूलाई कडाइ गर्न र अरूलाई सहन जति सक्षम हुन्छ, नाटक गर्न, अरूलाई असल व्यवहार र मीठो बोलीवचनद्वारा मक्ख पार्न उति नै सिपालु हुन्छन्, र तिनीहरू उती नै छली र दुष्ट बन्छन्। तिनीहरू जति हदसम्‍म यस्तो व्यक्ति बन्छन्, हैसियत र शक्तिप्रति तिनीहरूको प्रेम र खोजी त्यति नै गहिरिन्छन्। तिनीहरूले जति नै प्रभावकारी ढङ्गमा सद्गुण देखाए पनि, र यो जति नै मनमोहक देखिए पनि, तिनीहरूको हृदयभित्रको अकथित खोजी, तिनीहरूको प्रकृति र सार, अनि तिनीहरूका महत्त्वाकाङ्क्षाहरूसमेत कुनै पनि बेला विस्फोट भएर निस्कन सक्छन्। त्यसकारण, तिनीहरूको व्यवहार जति नै सद्गुणयुक्त भए पनि, यसले तिनीहरूको अन्तर्निहित मानवता, वा तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्‍छाहरूलाई लुकाउन सक्दैन। यसले सकारात्मक कुरालाई प्रेम नगर्ने र सत्यतादेखि दिक्‍क मान्‍ने र यसलाई घृणा गर्ने तिनीहरूको घृणित प्रकृति र सारलाई लुकाउन सक्दैन। यी तथ्यहरूले देखाए जस्तै, ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्‍ने भनाइ निरर्थक मात्रै छैन—यसले त्यस्ता महत्त्वाकाङ्क्षीहरूलाई प्रकट गर्छ, जसले आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्‍छाहरू ढाकछोप गर्न यस्ता भनाइ र व्यवहारहरू प्रयोग गर्छन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (६))। मैले परमेश्‍वरका वचनमा प्रकट गरिएको कुराबाट के बुझेँ भने, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” हुनु भनेको अरूप्रति समझदार र क्षमाशील हुनु, ठूलो मनको र कुलीन हुनु जस्तो देखिन्छ, तर भित्र भने व्यक्त गर्न नसकिने, अँध्यारो, दुष्ट मनसाय लुकेको हुन्छ। यो त केवल प्रशंसा पाउन, अनि अरूमाझ उच्च हैसियत र प्रतिष्ठा कमाउन देखावटी राम्रो व्यवहारद्वारा आफ्नो प्रदर्शन गर्नु हो। त्यस्तो व्यक्ति बाहिरबाट हेर्दा प्रशंसनीय देखिन्छ, तर वास्तवमा, ऊ असल व्यक्ति भएकोको स्वाङ पार्ने ढोँगी हुन्छ। मैले कन्नरसँग कस्तो व्यवहार गरेको थिएँ र उनलाई के-के कुरा खुलासा गरेको थिएँ भनेर सोचेँ। उनी काममा जतिसुकै लापरवाह र गैरजिम्मेवार भए पनि, मैले यो कुरा नऔँल्याउने र सङ्गति नगर्ने वा उनलाई निराकरण नगर्ने मात्र गरिनँ, तर समझदार र सहयोगी बनिरहेँ। म जतिसुकै व्यस्त भए पनि, मसँग जति नै कम समय भए पनि, म गएर कन्नरले नगरेका जति कामहरू गर्थेँ। कठिन वा थकाइलाग्दो नै भए पनि म गरेरै छोड्थेँ। वास्तवमा, त्यसो गर्नु म क्षमाशील हुनु थिएन। मेरो भित्री मनसाय थियो। मैले यो सिधै औँल्याउँदा उनको अभिमानमा चोट पुग्ला र उनी चिढिएलान् र उनले मलाई के सोच्लान् भन्‍ने मलाई डर थियो। म ठाउँ बनाएर अरूमा राम्रो छाप छोड्न चाहन्थेँ। म पूर्णरूपमा इच्छुक थिइनँ—मैले आफू कति उदार छु भनेर सबैलाई देखाउन, उनीहरूको प्रशंसा पाउन आफूलाई हरेकपटक यसो गर्न बाध्य पारेँ। परिणामस्वरूप म झन्-झन् चलाक र धूर्त भएँ। म समझदार व्यक्तिजस्तो देखिन्थेँ तर त्यसको पछाडि मेरा गलत मनसायहरू थिए। म मानिसहरूमा गलत छाप छोड्दै थिएँ, उनीहरूलाई धोका दिँदै उल्लू बनाइरहेको थिएँ। त्यो कसरी सामान्य मानवता हो र, त्यस समयमा, मैले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” हुनुको सारलाई केही बुझेँ। मलाई आफ्नो हृदयमा लुकेका घृणित मनसायहरूदेखि वाकवाकी लाग्यो। म परमेश्‍वरप्रति पनि निकै आभारी भएँ। उहाँले परम्परागत संस्कृतिको त्यो भागको वास्तविकतालाई खुलासा नगर्नुभएको भए, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” हुनु भनेको असल मानवता भएको व्यक्ति बन्नु हो भन्‍ने सोचेर म अज्ञानी नै रहनेथेँ। अन्त्यमा मलाई के महसुस भयो भने, यो त शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट बनाउन प्रयोग गर्ने भ्रम हो। यो सत्यता हुँदै होइन, न त कुनै व्यक्तिको मानवता मूल्याङ्कनमा प्रयोग गरिने मापदण्ड नै हो। पछि मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ। “नैतिक चरित्रसम्‍बन्धी मानवजातिका मापदण्ड र उक्तिहरू जति नै स्तरीय भए पनि, वा ती धेरै मानिसहरूको स्वाद, दृष्टिकोण, चाहना, र हितहरूसँग समेत जति नै मिले पनि, ती सत्यता होइनन्। यो तैँले बुझ्नैपर्ने कुरा हो। ती सत्यता नभएका हुनाले, तैँले तुरुन्तै ती इन्कार गर्नुपर्छ र त्याग्‍नुपर्छ। तैँले ती कुराको सारका साथै तीअनुसार जिउँदा आउने परिणामहरूलाई विश्‍लेषण गर्नैपर्छ। के ती कुराले तँमा साँचो पश्‍चात्ताप ल्याउन सक्छन्? के ती कुराले तँलाई आफूलाई चिन्‍न साँच्चै मद्दत गर्न सक्छन्? के ती कुराले साँच्चै तँलाई मानव रूपमा जिउने तुल्याउन सक्छन्? ती कुराले यीमध्ये कुनै पनि गर्न सक्दैनन्। ती कुराले तँलाई ढोँगी र आत्मधर्मी मात्रै बनाउनेछन्। ती कुराले तँलाई अझै धूर्त र दुष्ट बनाउनेछन्। यसो भन्‍ने मानिसहरू पनि छन्, ‘विगतमा, हामीले परम्‍परागत संस्कृतिका यी कुराहरू पालना गर्दा, हामीलाई आफू असल मानिसजस्तो लाग्थ्यो। हाम्रो व्यवहार गर्ने शैली देख्दा, अरू मानिसले पनि हामीलाई असल मानिस ठान्थे। तर वास्तवमा, हामी कस्तो दुष्ट काम गर्न सक्छौँ भन्‍ने कुरा हाम्रो हृदयलाई थाहा छ। एक-दुईवटा सुकर्म गर्दा यसको ढाकछोप मात्रै हुन्छ। तर परम्‍परागत संस्कृतिले हामीबाट माग गर्ने असल व्यवहार हामीले त्याग्ने हो भने, यसको सट्टा के गर्नेथियौँ? कस्तो व्यवहार र कार्यले परमेश्‍वरको आदर हुनेछ?’ तिमीहरूलाई यो प्रश्‍न कस्तो लाग्छ? के तिनीहरूलाई अझै पनि परमेश्‍वरका विश्‍वासीहरूले कस्तो सत्यता अभ्यास गर्नुपर्छ भनेर थाहा छैन? परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, र मानिसहरूले अभ्यास गर्नुपर्ने एकदमै सत्यता धेरै छन्। र पनि किन तिमीहरू सत्यता अभ्यास गर्न मान्दैनौ, तर असल काम गरिटोपल्‍ने र ढोँगी बन्‍न जोड गर्छौ? किन तँ नाटक गरिरहेको छस्? … छोटकरीमा, यी नैतिक उक्तिहरूको कुरा उठाउनु भनेको तिमीहरूलाई ती मानिसहरूका धारणा र कल्‍पना हुन्, र ती शैतानबाट आएका हुन् भनेर थाहा दिनु मात्र होइन। तिमीहरूलाई यी कुराहरूको सार झूटो, देखावटी, र छली छ भनेर बुझाउनु हो। मानिसहरूले राम्रो व्यवहार गरे पनि, यसको अर्थ तिनीहरू सामान्य मानवतामा जिइरहेका छन् भन्‍ने होइन। बरु, तिनीहरूले आफ्‍ना अभिप्राय र उद्देश्यहरू ढाकछोप गर्न, र तिनीहरूका भ्रष्ट स्वभाव, प्रकृति र सारलाई लुकाउन झूटो व्यवहारको प्रयोग गरिरहेका छन्। परिणामस्वरूप, मानवजाति नाटक गर्न र अरूलाई छल्नमा झन्-झन् सिपालु हुँदै गइरहेको छ, जसले गर्दा तिनीहरू झन् भ्रष्ट र दुष्ट बनिरहेका छन्। भ्रष्ट मानवजातिले पालना गर्ने परम्‍परागत संस्कृतिका नैतिक मापदण्डहरू परमेश्‍वरले बोल्‍नुभएको सत्यतासँग पटक्कै मिल्दैनन्, न त ती परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने कुनै पनि कुराअनुरूप नै छन्। यी दुईबीच कुनै सम्‍बन्ध छैन। यदि तैँले अझै परम्‍परागत संस्कृति मानिरहेको छस् भने, तँ पूर्णरूपमा बहकिएको र विषाक्त भएको छस्। यदि तैँले कुनै कुरामा परम्‍परागत संस्कृति मान्छस् र यसका सिद्धान्त र दृष्टिकोणहरू पालना गर्छस् भने, तैँले त्यसमा सत्यता उल्‍लङ्घन गरिरहेको, परमेश्‍वरविरुद्ध विद्रोह गरेर उहाँको विरोध गरिरहेको छस्। यदि तँ यी नैतिक उक्तिहरू पालना गर्छस् र यीमध्ये कुनैप्रति बफादार छस्, तिनलाई मानिसहरू वा परिस्‍थितिलाई हेर्ने मापदण्ड वा सन्दर्भको रूपमा लिन्छस् भने, तैँले गल्ती गरेको छस्। यदि तैँले तीद्वारा कुनै हदसम्म मानिसहरूलाई मूल्याङ्कन गर्छस् वा हानि गर्छस् भने, तैँले पाप गरेको छस्। यदि तँ सधैँ परम्‍परागत संस्कृतिका नैतिक मापदण्डहरूअनुसार सबैलाई मापन गर्न लागिपर्छस् भने, तैँले दोषी ठहराएका र अन्याय गरेका मानिसहरूको सङ्ख्या बढ्दै जानेछ र तैँले अवश्य नै परमेश्‍वरलाई दोष दिनेछस् र विरोध गर्नेछस्। त्यसपछि तँ प्रमुख पापी बन्नेछस्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (५))। परमेश्‍वरका वचनहरू मनन गर्दा मलाई अझ स्पष्टभयो। हामीले कसैलाई काममा लापरवाह, धूर्त, वा गैरजिम्मेवार भएको देख्दा, यो कुरा उनीहरूलाई औँल्याउदिनुपर्छ वा उनीहरूलाई काटछाँट र निराकरण गर्नुपर्छ ताकि उनीहरूले लापरवाह हुनुका प्रकृति र परिणामहरू देख्न सकून्, र समयमै यसलाई सच्याउन सकून्। असल मानवता भएको व्यक्तिले गर्नुपर्ने त्यही हो। तर म आफ्नो छवि र हैसियत जोगाउन, नरम र सहनशील बनेँ, र आफूले देखेका समस्याहरूबारे चुपचाप बसेँ। परिणामस्वरूप, कन्नरलाई आफ्नो भ्रष्ट स्वभावबारे थाहा भएन र उनी आफ्नो कर्तव्यमा लापरवाह र गैरजिम्मवार बनिरहे। त्यो मानिसहरूको जीवन प्रवेशको लागि हानिकारक हुन्छ—त्यो अपराध हो। म उनीप्रति अलिकति पनि विचारशील वा समझदार भइनँ, बरु उनलाई चोट पुर्‍याइरहेको थिएँ। मलाई आफू वास्तवमा असल व्यक्ति होइन भन्‍ने थाहा भयो। मैले ब्रदर-सिस्टरहरूलाई चोट पुर्‍याइरहेको मात्र थिइनँ, तर मण्डलीको काममा ढिलाइ र असर गरिरहेको थिएँ। मैले व्यक्तिगत रूपमा “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” सत्यता होइन, ती जीवन जिउनका लागि असल वचन होइनन्, बरु शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट बनाउन प्रयोग गर्ने भ्रम हो भन्‍ने अनुभव गरेँ। मैले शैतानलाई मलाई नचाउन दिइरहनु हुँदैन—परमेश्‍वरका वचनलाई आफ्नो आधारको रूपमा र सत्यतालाई कामकुरा हेर्ने र गर्ने मापदण्डको रूपमा प्रयोग गरेर परमेश्‍वरका मागहरू पूरा गर्नुपर्छ। त्यसपछि, मैले कन्नरमा समस्या देख्दा, उनलाई आफूखुसी गर्न दिन छोडेँ। म उनलाई ती औँल्याइदिन्थेँ, ताकि ती देखेर उनी परिवर्तन हुन सकून्।

चाँडै, मलाई अर्को प्रोजेक्टको जिम्मेवारी दिइयो। यसबारे जाँच गर्ने क्रममा, एक ब्रदर आफ्नो कर्तव्यमा गम्भीर नभएको र आफूले गरेको हरेक काममा लापरवाह भएको पाएँ। यसलाई औँल्याएर उनलाई लज्जित तुल्याउनु नपरोस् भनी त्यो समस्या म आफै सुल्झाएर टुङ्ग्याउन चाहन्थेँ। त्यसपछि मलाई के लाग्यो भने, ममा यी विचारहरू आफ्ना हित जोगाउन, अरूमाझ राम्रो छवि बनाउन आइरहेका हुन्। उनी चिढिएलान् कि भन्‍ने डरले मैले उनको समस्या औँल्याउन चाहिनँ। त्यो एक घृणित मनसाय हो! मैले परमेश्‍वरले भन्नुभएको कुरा सम्झेँ: “तैँले आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्दैगर्दा, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई फाइदा नपुर्‍याउने कुनै पनि काम नगर्ने, र दाजुभाइ-दिदीबहिनीहरूको लागि उपयोगी नहुने कुनै पनि कुरा नबोल्ने सुनिश्‍चित गर्नुपर्छ। कम्तीमा पनि, तैँले तेरो विवेकको विरुद्ध जाने कुनै पनि काम गर्नु हुँदैन र लाजमर्दो काम त तैँले किमार्थ गर्नु हुँदैन। विशेष गरी, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने वा उहाँको विरोध गर्ने काम तैँले कदापि गर्नु हुँदैन, र मण्डलीको काम वा जीवनमा बाधा दिने कुनै पनि कुरा गर्नु हुँदै हुँदैन। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वर समक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?)। परमेश्‍वरका वचनले मलाई कामको सिद्धान्त देखाए। म जे गर्छु, त्यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई फाइदा पुर्‍याउनुपर्छ र सुधार्नुपर्छ। साथै, मैले परमेश्‍वरको जाँचलाई पूर्णतः खुलस्त स्विकार्नुपर्छ। मैले ती ब्रदरले आफ्नो कर्तव्यमा लापरवाही गरेको देख्दा, त्यसलाई औँल्याउनुपर्थ्यो ताकि आफ्नो समस्या थाहा पाएर उनी तुरुन्तै परिर्तन हुन सकून्। त्यो उनको जीवन प्रवेश र मण्डलीको कामको लागि लाभदायी हुनेथ्यो। यदि मैले केही नभनेर चुपचाप उनलाई काम गर्न मद्दत गरेको भए, उनले आफ्ना समस्याहरू देख्न सक्दैनथे र आफ्नो कर्तव्यमा प्रगति गर्दैनथे। यो सोचेर मैले उनको काममा देखेका समस्याहरूबारे बताएँ। मेरो कुरा सुनेपछि उनी परिवर्तन हुन चाहन्थे। मैले त्योअभ्यास गरेपछि निकै ढुक्क र शान्ति महसुस गरेँ र हामीले हाम्रो कर्तव्यमा पहिलेभन्दा राम्रो परिणाम पायौँ। धन्यवाद सर्वशक्तिमान् परमेश्‍वर!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

हैसियतको तृष्णाबारे मनन

सन् २०१९ को कुरा हो, मलाई मण्डली अगुवा छनौट गरियो। त्यो बेला, मैले मुख्यतः भिडियो प्रडक्सनको रेखदेख गरिरहेको थिएँ। मैले केही टोली...

मेरो छलीपनको समाधान

म सधैँ आफूलाई इमानदार व्यक्ति ठान्थेँ। म बोली र काममा भरपर्दो छु भनेर सोच्थेँ, अनि मलाई चिन्ने मानिसहरूले पनि मेरो बारेमा त्यसै भन्थे। मलाई...

म अहङ्कारबाट कसरी मुक्त भएँ

सन् २०१९ को जूनमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। एक वर्षपछि मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्