परमेश्‍वरको न्यायले मलाई बचायो

2 अप्रिल 2022

सेप्टेम्‍बर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा, मेरो राम्रो सङ्गति, छिटो बुझाइ, र राम्रो क्षमताको कारण, मलाई प्रशंसा गरिन्थ्यो। पछि, मलाई समूह अगुवाको रूपमा छनौट गरियो, र त्यसको केही समयपछि नै, मलाई सुसमाचार प्रचार सम्‍बन्धी डिकनमा छनौट गरियो। त्यसपछि, मैले पहिलेभन्दा सक्रिय भएर मेरो कर्तव्य पूरा गर्न थालेँ। मैले सुसमाचार प्रचार गर्न र भेलाहरू आयोजना गर्न थालेँ। मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो सङ्गति मन पर्थ्यो, र मैले राम्रो काम गरिरहेको छु भनेर मण्डली अगुवाले भन्थे। यो कुरा सुन्दा म निकै खुशी थिएँ, र मेरो क्षमता निकै राम्रो छ भन्‍ने लाग्थ्यो। अझै धेरै मानिसहरूको आदर पाउन, म परमेश्‍वरका अझै धेरै वचनहरू पढ्थेँ, र परमेश्‍वरको घरका विभिन्‍न चलचित्र र परमेश्‍वरको वचन पाठ गरिएका भिडियोहरू हेर्थेँ, तर त्यो बेला, देखाउनको लागि थोरै शाब्दिक अर्थ बुझे पनि म सन्तुष्ट हुन्थेँ, र म परमेश्‍वरको इच्‍छा बुझ्‍ने वा सत्यताको अभ्यास गर्ने कार्यमा केन्द्रित थिइनँ। भेलाहरूमा, म जति सक्दो विस्तृत रूपमा सङ्गति गर्ने गर्थेँ ताकि मैले धेरै कुरा बुझेको छु भन्‍ने अरूले सोचून्। मैले सबै कुरा जानेको छु भन्‍ने अरूले सोचून् भनेर म आफूले त्यति नबुझेका कुराहरूमा पनि सङ्गति गर्थेँ। साथै, मेरो अगुवाको हृदयमा मप्रति राम्रो छवि निर्माण गर्न, म आफू निकै दह्रिलो भएको बहाना गर्थेँ। उदाहरणको लागि, सुरुमा, ममा परमेश्‍वरको कामको बारेमा धारणाहरू थिए, तर यदि मैले कसैलाई बताएँ भने, मेरो अगुवाले मैले सत्यता बुझेको छैन भन्‍ने ठान्‍नेछ भन्‍ने सोच्थेँ, त्यसकारण म मेरा धारणाहरूलाई मेरो अगुवाबाट जानी-जानी लुकाउथेँ। अवस्था यस्तो थियो, मानौं मैले मकुन्डो लगाइरहेको छु। अरूले देखेको म त भ्रम मात्र थियो।

केही महिनापछि, मलाई मण्डली अगुवाको रूपमा छनौट गरियो, यस पटक सुसमाचार प्रचार गर्ने कामको इन्‍चार्जको रूपमा। यो काम गर्नको लागि, व्यक्तिमा क्षमता, समझशक्ति, र काम गर्ने क्षमता हुनुपर्थ्यो। मलाई मण्डलीको म बाहेक अरू कसैसँग ती योग्यताहरू छैनन्, त्यसैले परमेश्‍वरले मलाई यो कर्तव्य पूरा गर्न नियुक्त गर्नुभएको छ भन्‍ने लाग्यो। बारम्बार बढुवा दिइएको देख्दा मलाई म अरूभन्दा फरक छु, सत्यताको खोजी गर्नमा सिपालु छु, परमेश्‍वरले प्रेम र निगाह गर्नुभएको व्यक्ति हुँ भन्‍ने लाग्यो। सुसमाचार प्रचारको कामको निम्ति जिम्‍मेवार हुनु भनेको परमेश्‍वरको घरको ढोकाको पाले हुनु जस्तै हो, किनभने परमेश्‍वरको घरमा को प्रवेश गर्न सक्छ र को सक्दैन भन्‍ने मैले नै निर्णय गर्न सक्छु भन्‍ने समेत मैले सोचेको थिएँ। बिस्तारै, म झन्-झन् अहङ्कारी हुँदै गएँ, र मलाई म मेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा माथि छु, मैले आदेश जारी गरी गर्न सक्छु, र मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो कुरा सुन्‍नुपर्छ भन्‍ने लाग्‍न थाल्यो। मण्डलीमा, म सधैँ आफै निर्णय गर्न र अन्तिम निर्णय गर्न चाहन्थेँ, किनभने मलाई मसँग काम गर्ने क्षमता छ, मैले सिद्धान्तहरूलाई बुझेको छु, र मेरा दाजुभाइ-दिदीबहिनीहरूका दृष्टिकोण वा सल्‍लाहलाई स्वीकार गर्नु पर्दैन भन्‍ने लाग्थ्यो। म मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सानो ठान्थेँ। एक जना औसत क्षमता भएकी समूह अगुवा थिइन्, र उनले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्छिन् कि गर्दिनन् भन्‍ने ध्यानै नदिई, म उनको सट्टामा अर्को मान्छे लगाउन चाहन्थेँ। यसको साथै, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अधीनस्थ मानिसहरू ठान्थेँ, र मैले तिनीहरूलाई जसरी पनि निराकरण गर्न सक्छु भन्‍ने लाग्थ्यो। उदाहरणको लागि, एउटा भेलामा, मेरा दाजुभाइ-दिदीबहिनीहरूले आफूले कसरी सुसमाचार गरिरहेका छन् भनेर बताइरहेका थिए, र मलाई तिनीहरूले यो कार्य अनुचित रूपमा गरिरहेका छन् भन्‍ने लाग्यो, त्यसैले मैले तिनीहरूलाई तुरुन्तै हकारेँ अनि तिनीहरूले कसरी यो काम गर्नुपर्छ भनेर बताएँ। एक जना सिस्टरले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा आफ्‍नै अभ्यास गर्ने शैली अपनाउथिन्, तर मलाई उनले सही तरिकाले गरिरहेकी छिन् भन्‍ने लागेको थिएन, त्यसकारण सिद्धान्तहरूमा सङ्गति नगरिकन, मैले उनलाई गम्‍भीर निराकरण गरेँ। पछि, यस सिस्टरले मलाई उनलाई अत्यन्तै नकारात्मक अनुभव भएको हुनाले उनलाई मसँग काम गर्न मन लाग्दैन भनेर बताइन्। पछि, एउटा भेलामा, हाम्रा अगुवाले सबै जनालाई कुनै समस्या छन् कि भनेर सोध्यो, र यो सिस्टरले मेरो समस्याको बारेमा सीधै अगुवालाई रिपोर्ट गर्दै मैले सत्यतामा सङ्गति गर्ने गर्दिनँ, सधैँ अरूको निराकरण गर्ने गर्छु, र मैले मानिसहरूको निराकरण गर्दा म सधैँ रूखो व्यवहार गर्छु भनेर बताइन्। अरू धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले पनि मैले मानिसहरूलाई स्वेच्‍छाचारी ढङ्गले निराकरण गर्ने गर्छु भनी रिपोर्ट गरे, अनि परमेश्‍वरको वचन प्रयोग गर्दै मेरो अहङ्कारी व्यवहारको खुलासा गरे।

वास्तवमा, केही दाजुभाइ-दिदीबहिनीहरूले पहिले नै मलाई मेरो अहङ्कारी व्यवहारको समस्याको बारेमा उल्‍लेख गरिसकेका थिए। कतिले अरूको कामको बारेमा सोध्‍दा म अत्यन्तै कडा भएको देखेर र मलाई यसो भन्दै सन्देश पठाउँथे, “ब्रदर, त्यसरी बोल्‍नुभएको राम्रो होइन। तपाईंले आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूलाई नकारात्मक महसुस गराउनुहुनेछ।” अरूले भन्थे, “तपाईं सधैँ अरूलाई हेप्‍नुहुन्छ। तपाईंले आफूलाई आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूकै स्तरमा कहिल्यै पनि राख्‍नुहुन्‍न, त्यसैले कति जनाले तपाईंसँग कुरा गर्न चाहँदैनन्, र अरूले आफूमाथि आक्रमक व्यवहार गरेको देखेर आफ्‍नो कर्तव्य नै पूरा गर्न चाहँदैनन्।” तिनीहरूको बारम्‍बारको हप्की र निराकरणपछि, मेरो अभिमानमा प्रहार भयो। मलाई म परमेश्‍वरले प्रेम र अनुग्रह गरेको व्यक्ति हुँ भन्‍ने लाग्थ्यो, तर दाजुभाइ-दिदीबहिनीहरूले मलाई खुलासा गरेको र इन्कार गरेको देख्दा म अत्यन्तै नकारात्मक बनेँ। मेरो राम्रो छवि र प्रतिष्ठाविना, मलाई मेरो कर्तव्य पूरा गर्ने कुनै उत्प्रेरणा अनुभव भएन। म हरेक दिन अल्याङटल्याङ गर्थेँ, सूचना जारी गर्थेँ, विस्तृत रूपमा काम गर्ने वा मेरा दाजुभाइ-दिदीबहिनीहरूको कामको बारेमा सोधपुछ गर्ने गर्दिनथिएँ, अनि तिनीहरूले सामना गरेका समस्याहरूलाई समाधान गर्ने कार्यमा ध्यान दिँदिनथिएँ। तिनीहरूलाई के कुराको खाँचो छ, त्यसको बारेमा मलाई कुनै वास्ता थिएन।

पछि, एक जना सिस्टरले म गलत स्थितिमा छु भन्‍ने थाहा पाइन्, त्यसकारण तिनले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। परमेश्‍वर भन्नुहुन्छ, “मानवजाति शैतानद्वारा भ्रष्ट भएको हुनाले, मानिसहरूको प्रकृतिमा ह्रास आउन थाल्यो र तिनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने तर्कशक्तिको बोध हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; तर तिनीहरू खराब आकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै उच्‍च स्थानमा जाने इच्‍छा गर्छन्। यो ‘उच्‍च’ ले केलाई जनाउँछ? तिनीहरूले परमेश्‍वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्‍ने इच्छा गर्छन्। मानिसहरू यस्तो हुनुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। ‘अहङ्कारी’ एउटा अपमानजनक शब्‍द हो, र कसैले पनि आफूलाई यो शब्‍दद्वारा बोलाइयोस् भन्‍ने चाहँदैन। तैपनि, वास्तवमा हरेक व्यक्ति नै अहङ्कारी हुन्छ, र सारा भ्रष्ट मानवहरूमा यही सार हुन्छ। कतिपय मानिसहरू भन्छन्, ‘म अलिकति पनि अहङ्कारी छैनँ। मैले कहिल्यै पनि प्रधान स्‍वर्गदूत बन्‍ने चाहना गरेको छैनँ, न त मैले कहिल्यै परमेश्‍वरलाई उछिन्‍ने वा अरू सबैलाई उछिन्‍ने चाहना नै गरेको छु। म सधैँ नै विशेष रूपमा शिष्ट र कर्तव्यनिष्ठ व्यक्ति रहिआएको छु।’ यस्तै हुन्छन् भन्‍ने छैन; यी वचनहरू गलत छन्। मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई छिँवलेन: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो सामु अधीनमा बस्‍ने, तेरो आराधना गर्ने, तेरो गुणगान गर्ने, तेरो विषयमा गवाही दिने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरू यस्ता कार्यहरू गर्न सक्षम हुनुको अर्थ तिनीहरूका अहङ्कार प्रकृतिको शैतानको जस्तो भएको छ भन्ने हुन्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र स्व-महत्त्व एक निश्चित तहमा पुग्दछ, तब तिनीहरू प्रधान स्वर्गदूत बन्छन् र परमेश्‍वरलाई पन्छ्याइनैपर्छ। यदि तँमा त्यस्तो अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले त्यो बेलासम्‍मको मेरो व्यवहारको बारेमा विचार गरेँ। परमेश्‍वरलाई विश्‍वास गर्न थालेदेखि नै, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई सम्‍मान गर्ने र प्रोत्साहन दिने गर्दै आएका थिएँ। तिनीहरूले मसँग राम्रो क्षमता छ र मैले राम्रो सङ्गति गर्ने गर्छु भनी भन्थे, र मलाई धेरै पटक बढुवा पनि दिइयो, त्यसकारण मलाई म विशेष व्यक्ति र अरूभन्दा असल व्यक्ति हुँ भन्‍ने लागेको थियो। मेरो अहङ्कारी प्रकृतिले मलाई म परमेश्‍वरले प्रेम र दया गरेको व्यक्ति हुँ भन्‍ने विचार दियो। म अरूभन्दा उत्कृष्ट र उच्‍च छु भन्‍ने मलाई लागेको थियो, त्यसकारण मैले अरूलाई हप्काउन र बन्धनमा राख्‍न मेरो पदको प्रयोग गर्न थालेँ। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो कुरा मान्‍न लगाउनको लागि तिनीहरूलाई नियन्त्रण गर्ने प्रयास पनि गरेँ। मैले त प्रधान स्‍वर्गदूतले जस्तो व्यवहार गरिरहेको थिएँ! मैले आफूलाई निकै उच्‍च ठानेको थिएँ। मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूले खुलासा र निराकरण गरेपछि, म आफूले कल्‍पना गरे जत्तिको सिद्ध छैन भन्‍ने थाहा भयो। बरु, म विशेष गरी अहङ्कारी र भ्रष्ट थिएँ। मैले म अरूभन्दा उच्‍च छु र परमेश्‍वरले मेरो निगाह गर्नुहुन्छ भन्‍ने ठानेको थिएँ, तर ती कुरा त मेरो कल्‍पना मात्रै थिए।

धेरै दिनपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसमा ख्रीष्ट-विरोधीहरूलाई खुलासा र विश्‍लेषण गरिएको थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूले आफ्‍नो हैसियत र महत्वाकांक्षा पूरा गर्नको लागि, मण्डलीलाई नियन्त्रण गर्ने र परमेश्‍वर बन्‍ने उद्देश्यको लागि जुनसुकै मूल्य तिर्नेछन्। तिनीहरू उच्‍च प्रवचनहरू दिन आफूलाई चाहिने धर्मसिद्धान्तले सुसज्‍जित हुनको लागि, राती अबेरसम्‍म काम गर्छन्न् र एकाबिहानै उठेर आफ्‍नो प्रवचनको अभ्यास गर्छन्। हरेक दिन, तिनीहरू आफ्‍ना उच्‍च प्रवचनहरूमा परमेश्‍वरका कुन-कुन वचनहरू प्रयोग गर्ने, कुन-कुन वचनहरू प्रयोग गरेमा चुनिएका मानिसहरूबाट आदर र प्रशंसा प्राप्त हुन्छ भनेर सोचविचार गर्छन्, र ती वचनहरूलाई कण्ठ पार्छन्। त्यसपछि, कलेजमा नाम निकाल्‍न प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूले जस्तै मेहनत गरेर तिनीहरूले आफ्‍नो उत्कृष्टता र बुद्धि प्रदर्शन गर्ने तरिकाले ती वचनहरूलाई कसरी अर्थ्याउने भन्‍नेबारेमा विचार गर्छन्। जब कसैले राम्रो, वा केही प्रकाश प्रदान गर्ने, वा केही सिद्धान्त प्रदान गर्ने प्रवचन दिन्छ, तब ख्रीष्टविरोधीले त्यसलाई लेखेर सङ्कलन गर्छ र त्यसलाई आफ्‍नै प्रवचन बनाउँछ। ख्रीष्टविरोधीले जति मेहनत गर्नु परे पनि त्यो उसको लागि धेरै हुँदैन। त्यसो भए, तिनीहरूको यो मेहनतको मनसाय र अभिप्राय के हुन्छ? एउटा कुराले तिनीहरूलाई जोस दिन्छ: यी वचनहरू प्रचार गर्न, स्पष्ट र सहजताको साथ बोल्‍न, तिनलाई फरर भन्‍न सक्षम बन्‍नु, ताकि अरूले तिनीहरूभन्दा त्यो ख्रीष्टविरोधी धेरै आत्मिक छ, परमेश्‍वरका वचनहरू धेरै जानेको छ, र परमेश्‍वरलाई धेरै प्रेम गर्छ भन्‍ने देख्‍न सकून्। यसरी, ख्रीष्टविरोधीले आफ्‍ना वरिपरिका मानिसहरूको भक्ति प्राप्त गर्न सक्छ। उसले यसो गर्नु सार्थक छ र यसको लागि जुनसुकै प्रयास गर्नु, मूल्य चुकाउनु, वा कठिनाइ भोग्‍नु उचित छ भन्‍ने ठान्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग सात)”)। “ख्रीष्ट-विरोधीहरूको व्यवहारको सार भनेको हैसियत प्राप्त गर्ने, मानिसहरूको मन जित्‍ने र मानिसहरूलाई तिनीहरूको पछि लाग्‍ने र पूजा गर्ने तुल्याउनको लागि विभिन्‍न माध्यम र विधिहरूको निरन्तर प्रयोग गर्नु हो। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई लगाम लगाए पनि, अरूको अनुमोदन र स्वीकार प्राप्त गरेर वैधता प्राप्त गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्दै मण्डलीमा हैसियत प्राप्त गर्न तिनीहरूले अरू विधिहरूको प्रयोग गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्ट-विरोधीहरूले गर्ने सबै कुरामा तिनीहरूले विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने देखिए पनि, र तिनीहरू परमेश्‍वरका साँचो अनुयायीहरू हुन् भन्‍ने जस्तो देखिए पनि, मानिसहरूलाई नियन्त्रण गर्ने—अनि तिनीहरूका बीचमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकांक्षा कहिल्यै परिवर्तन हुनेछैन। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनन्, न त उहाँका वाणीहरू र सत्यतालाई बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्; सम्पूर्ण रूपमा, तिनीहरूको महत्वाकांक्षाले तिनीहरूलाई खान्छ, तिनीहरूको बानीबेहोरा र विचारहरूलाई नियन्त्रण र निर्देशित गर्छ, र तिनीहरूले हिँड्ने मार्ग निर्धारित गर्छ। ख्रीष्ट-विरोधीको संक्षेप व्याख्या यही हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्”)। परमेश्‍वरले के भन्‍नुभएको छ भने, अरूले आफ्‍नो प्रशंसा र भक्ति गरून् भनेर ख्रीष्ट-विरोधीहरूले मानिसहरूलाई छल गर्न भ्रम पैदा गर्नको लागि बाहिरी कष्टको प्रयोग गर्छन्। मैले यो देखेपछि मैले आफैलाई प्रश्‍न गरेँ, के म पनि त्यस्तै छैन र? म सधैँ ख्याति र हैसियतको पछि लाग्थेँ, र अरूले मलाई आदर गरून् भनेर नै सबै कुरा गर्ने गर्थेँ। म परमेश्‍वरको वचन पढेर यति धेरै समय बिताउथेँ कि, कहिलेकहीँ त राती अबेरसम्‍म सुत्दिनथिएँ। मेरो उद्देश्य भनेको अझै बढी सिद्धान्तहरू बुझ्‍नु थियो, ताकि मैले अरूको अघि आफ्‍नो प्रदर्शन गर्न सकूँ। मलाई के महसुस भयो भने परमेश्‍वरको वचनमा प्रकट गरिएको ख्रीष्ट-विरोधीका केही प्रकटीकरणहरू मसँग पनि छन्। मलाई परमेश्‍वरले दोषी ठहर्‍याउनुभएको छ भन्‍ने मलाई महसुस भयो, र म निकै चिन्तित थिएँ। तर त्यो बेला, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो वास्तविक स्थितिको बारेमा बताउने आँट गरिनँ, किनभने मलाई ख्रीष्ट-विरोधीको रूपमा हेरिनेछ र बहिष्कार गरिनेछ भन्‍ने डर लागेको थियो। यो अवधिमा, मण्डलीमा एक जना ख्रीष्ट-विरोधीलाई पत्ता लगाएर बहिष्कार गरिएको थियो। बाहिरी रूपमा, तिनी परमेश्‍वरमा समर्पित छिन् र अरूसँग सङ्गति गर्न परमेश्‍वरको वचन खोजी गर्ने गर्छिन् भन्‍ने देखिन्थ्यो, तर आफूले भने परमेश्‍वरको वचन अभ्यास गर्ने गर्दिनथिइन्, र जब आइपरेका घटनाहरू उनका धारणाहरूसँग मिल्दैनथिए, तिनले नकारात्मकता फैलाउने गर्थिन्, र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई इन्कार गर्ने र साँचो मार्गको अनुसन्धान गर्नेहरूलाई बाधा दिने समेत गर्थिन्। मलाई ममा पनि उनको जस्तै कुनै-कुनै ब्यहोरा छ भन्‍ने थाहा भयो। उदाहरणको लागि, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नको लागि परमेश्‍वरको वचन भेट्टाउने गर्थेँ, तर म आफैले भने परमेश्‍वरको वचन अभ्यास गर्ने गर्दिनथिएँ। मेरो जीवनमा समस्याहरू आइपर्दा, तिनलाई समाधान गर्न म आफ्‍नै सोचाइ र क्षमतामा भर पर्थेँ, तर परमेश्‍वरको इच्‍छा बुझ्‍ने वा सत्यताको अभ्यास गर्ने कार्यमा ध्यान केन्द्रित गर्दिनथिएँ। मलाई मेरा आफ्‍नै जीवनका प्रकटीकरणहरू यो ख्रीष्ट-विरोधीको जस्तो छ, र परमेश्‍वरको वचनमा प्रकट गरिएका ख्रीष्ट-विरोधीहरूका अरू प्रकटीकरणहरू पनि ममा लागू भqका छन् भन्‍ने थाहा भयो। त्यसकारण म ख्रीष्ट-विरोधी बन्‍नेछु र मलाई बहिष्कार गरिनेछ भन्‍ने कुराप्रति मलाई झनै डर लाग्यो। त्यो बेला, म सबैको अघि मेरो चिन्तालाई काबुमा राख्‍न सक्दो प्रयास गर्थेँ, तर म विशेष रूपमा अशान्तिमा थिएँ, र मलाई मृत्यु दण्डको आदेश भएको छ जस्तै लाग्थ्यो। क्रमिक रूपमा, मेरो प्रतिरक्षात्मकता र शङ्का झन्-झन् गम्‍भीर हुँदै गए। मलाई के लाग्यो भने, ममा खराब प्रकृति छ, म सहजै मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई छल र नियन्त्रण गर्न सक्छु, र ढिलो-चाँडो, त्यही ख्रीष्ट-विरोधीले जस्तो मैले पनि परमेश्‍वरको घरमा वाधा दिनेछु। यसको बारेमा सोच्दा मलाई झनै डर लाग्यो। त्यो बेला, म ख्रीष्ट-विरोधीको स्वभाव र सारको बीचमा भिन्‍नता छुट्याउन सक्दिनथिएँ, न त मैले यो परिस्थितिमा परमेश्‍वरको इच्‍छा के छ भन्‍ने कुरा नै बुझेको थिएँ। मलाई त म ख्रीष्ट-विरोधी जस्तै परमेश्‍वरद्वारा हटाइने व्यक्ति हुँ भन्‍ने लागेको थियो, र आशिष्‌ पाउने कुनै आशा छैन भन्‍ने सोचेको थिएँ, त्यसकारण मैले गुनासोहरू गर्न थालेँ, “मैले परमेश्‍वरमा विश्‍वास गर्न र आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मेरो परिवारको विरोधलाई बेवास्ता गरेँ। मैले मेरो भविष्यलाई त्यागेर नयाँ-नयाँ ठाउँमा सुसमाचार सुनाउन मेरो घर समेत त्यागेँ। मैले त्यस्तो ठूलो मूल्य चुकाएँ, तर म अझै पनि नरकमा दण्डित हुन जाँदैछु। यस्तो परिणाम हुनेछ भन्‍ने थाहा भएको भए, म यति धेरै कुरा समर्पित गर्नेथिइनँ। मैले कम्तीमा पनि केही शारीरिक सुख त प्राप्त गर्नेथिएँ।” त्यो बेला, मैले आफ्‍नो गन्तव्यको बारेमा बरेमा मात्रै सोचेँ, र परमेश्‍वरको इच्‍छा खोजी गर्ने बारेमा ध्यान दिइनँ, त्यसकारण म सधैँ परमेश्‍वरको विरुद्धमा प्रतिरक्षात्मक बनेँ र मैले उहाँलाई गलत रूपमा बुझेँ। अन्त्यमा, मैले नेतृत्व गर्ने कर्तव्यको पद-त्याग गरेँ, किनभने यदि मैले त्यस्तो महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने कार्यलाई जारी राखेँ भने, मलाई अवश्य नै बहिष्कार गरिनेछ भन्‍ने मलाई लागेको थियो। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मन खोल्‍न पनि छोडेँ किनभने तिनीहरूले मेरो साँचो रूप देखेपछि मेरो आलोचना र मलाई निराकरण गर्नेछन् भन्‍ने मलाई डर लागेको थियो। मैले मेरो कर्तव्यमा कसैसँग सहकार्य पनि गरिनँ, र दाजुभाइ-दिदीबहिनीहरूसँगको मेरो सम्‍बन्ध टाढिँदै गयो। पछि, सुसमाचार प्रचार गर्न घर जाने बहाना बनाएर म मेरो अविश्‍वासी परिवारमा फर्केर गएँ। मेरो परिवारको सतावट र आलोचनाको सामना गरेपछि, म झनै नकारात्मक बनेँ। मैले भेलामा सहभागी हुने कार्यलाई जारी राखे पनि, मैले झारा मात्रै टारिरहेको थिएँ। म अत्यन्तै कमजोर भएको थिएँ, र म मेरो विश्‍वासको अन्त्यमा आइपुगेको छु जस्तो लागेको थियो, त्यसकारण मैले परमेश्‍वरको घर छोडेर जाने निर्णय गरेँ।

मण्डली छोडेर गएपछि, मलाई मेरो हृदय रित्तो भएको महसुस भयो। म कोठामा ढोका थुनेर दिनभर बस्थेँ र मलाई केही पनि गर्न मन लाग्दैनथियो। मेरो परिवारले मलाई सतावट गर्न छोडेको भए पनि र शारीरिक रूपमा मलाई सहज भएको भए पनि, मलाई डर, अनि अत्यन्तै पछुतो बाहेक केही लागेन। मलाई मैले परमेश्‍वरलाई धोका दिएकोमा उहाँले मलाई दण्ड दिनुहुनेछ भन्‍ने डर लाग्यो, मलाई नरक र मृत्युको डर लागेको थियो, त्यसकारण मैले मेरो चिन्तालाई कम गर्ने उपाय सोचेँ। मैले धेरै वटा सामाजिक विज्ञान सम्‍बन्धी पुस्तकहरू पढेँ, किनभने मलाई मेरो प्राणलाई सान्त्वना दिने केही कुरा भेट्छु कि भन्‍ने आशा थियो, तर यो व्यर्थ भयो। मेरो भित्री कष्टलाई कुनै कुराले पनि कम गर्न सकेन। मैले निष्क्रिय भई मृत्युको प्रतीक्षा मात्रै गर्न सक्छु जस्तो लाग्यो। पछि, मैले मेरो दुःखद अवस्थाबाट मलाई मुक्त गर्नुहोस् भनी अनुरोध गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि भजनहरू सुनेँ र परमेश्‍वरका वचनहरू पढेँ। यही बेला परमेश्‍वरको वचनले मेरो हृदयलाई जागृत गर्‍यो। मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “केही मानिसहरूमा ख्रीष्टविरोधीका केही प्रकटीकरणहरू र ख्रीष्टविरोधीको स्वभावका निश्चित प्रस्फुटीकरणहरू हुन्छन्, तर त्यस्ता प्रस्फुटीकरणहरू हुँदाहुँदै पनि, तिनीहरूले सत्यतालाई स्वीकार र अवलम्‍बन गर्छन्, र सत्यतालाई प्रेम पनि गर्छन्। तिनीहरू मुक्तिको सम्भावित पात्रहरू हुन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। “परमेश्‍वरबाट आएको एउटा अभिव्यक्तिको कारण मानिसहरूले प्रायः कमजोर र नकारात्मक अनुभव गर्छन्, र परमेश्‍वर तिनीहरूलाई त्याग्नुभएको छ भनी सोच्छन्—फलस्वरूप, तिनीहरू परमेश्‍वरको पछि लागिरहन र अगाडि बढिरहन अनिच्छुक हुन्छन्। वास्तवमा, परित्याग गर्नु भनेको के हो तँ बुझ्दैनस्; तैँले आफैलाई परित्याग गर्नुचाहिँ वास्तविक परित्याग हो। कहिलेकहीँ, परमेश्‍वरले जुन शब्दहरूमा तँलाई परिभाषित गर्नुहुन्छ ती रिसमा बोलिएका शब्दहरू मात्र हुन्छन्; उहाँ कुनै पनि हालतमा तेरो बारेमा कुनै निष्कर्षमा आउनुहुन्न, न त उहाँले तेरो निन्दा गरिरहनुभएको हुन्छ, यो कुराको तेरो अन्तिम गन्तव्य वा परमेश्‍वरले अन्त्यमा तँमाथि के बर्साउनुहुनेछ भन्‍ने कुरासँग कुनै सम्बन्ध हुँदैन। यी तेरो न्याय र निराकरण गर्ने वचनहरूभन्दा बढी अरू केही होइन। ती वचनले तेरा लागि रहेको परमेश्‍वरको उत्साहपूर्ण आशाको बारेमा बताउँछन्, ती वचनहरू तँलाई स्मरण गराउने र चेताउनी दिने वचनहरू हुन्, र ती परमेश्‍वरका हृदय भित्रबाट निस्केका वचनहरू हुन्। तापनि न्यायका यी वचनहरूको परिणाम स्वरूप कतिपय मानिसहरू लड्छन् र परमेश्‍वरलाई त्याग्छन्। … कहिलेकहीँ मानिसहरू परमेश्‍वरले तिनीहरूलाई त्यागेका छन् भनी विश्‍वास गर्छन्—तर वास्तवमा, परमेश्‍वरले तँलाई त्याग्नुभएको हुँदैन, उहाँले तँलाई एकातिर राख्‍नुभएको र तँलाई घृणा मात्र गर्नुभएको हुन्छ, र तँलाई ध्यान दिने इच्छा गर्नुहुन्न। तापनि, उहाँले तँलाई साँच्चै त्याग्नुभएको हुँदैन। कतिपय यस्ता पनि छन्, जसले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन्, तर तिनीहरूको सार र तिनीहरूमा प्रकट हुने विभिन्न थोकहरूको कारण परमेश्‍वरले साँच्चै तिनीहरूलाई त्याग्नुहुन्छ; तिनीहरू साँच्चै चुनिएका हुँदैनन्, तर तिनीहरूले केही समयका निम्ति सेवा मात्र दिएका हुन्छन्। यसै बीचमा, कतिपयलाई अनुशासन गर्न, ताडना दिन र न्याय गर्नका निम्ति परमेश्‍वरले उहाँले सकेसम्म गर्नुहुन्छ; उहाँले तिनीहरूसँग व्यवहार गर्ने विभिन्न तरिकाहरू प्रयोग गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग अमिल्दा हुन्छन्। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई दोष लगाइराख्नुभएको र चोट पुऱ्याइरहनुभएको छ भनी सोच्छन्। तिनीहरू परमेश्‍वरको सामु जिउनुको कुनै मर्यादा छैन भनी सोच्छन्, तिनीहरू परमेश्‍वरलाई अब फेरि दुःखी बनाउन चाहँदैनन्, र मण्डली छोडेर जान्‍छन्। तिनीहरूले यसो गर्नु समझदारीको काम हो भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई पिठिउँ फर्काउँछन्—तर वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको हुँदैन। यस्ता मानिसहरूमा परमेश्‍वरको इच्छाको कुनै सङ्केत हुँदैन। तिनीहरू केही हदसम्म अति संवेदनशील हुन्छन्, यहाँसम्म कि तिनीहरूले परमेश्‍वरको मुक्तिलाई पनि त्याग्छन्। के तिनीहरूमा साँच्चै विवेक हुन्छ? कहिलेकहीँ परमेश्‍वर मानिसहरूबाट टाढा रहनुहुन्छ, र तिनीहरूले आफ्नै बारेमा सोचविचार गरून् भनी कहिलेकहीँ उहाँले तिनीहरूलाई केही समयका निम्ति एक छेउमा राख्नुहुन्छ, तर परमेश्‍वरले साँच्चै तिनीहरूलाई त्याग्नुभएको हुँदैन; उहाँले तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिइरहनुभएको हुन्छ, र साँच्चै तिनीहरूलाई त्यागिरहनुभएको हुँदैन। परमेश्‍वरले ख्रीष्ट-विरोधीहरूलाई र धेरै दुष्ट कार्यहरू गर्ने दुष्टहरूलाई मात्र साँचो रूपमा त्याग्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, ‘म पवित्र आत्माको काम विहीन छु र म लामो समयदेखि पवित्र आत्माको अन्तर्दृष्टिरहित भएको छु। के परमेश्‍वरले मलाई त्याग्नुभएको छ?’ यो एउटा गलत धारणा हो। तँ भन्छस् कि परमेश्‍वरले तँलाई त्याग्नुभएको छ, उहाँले तँलाई मुक्ति दिनुहुनेछैन, त्यसोभए के उहाँले तेरो अन्त्य निश्चित गर्नुभएको छ? कहिलेकहीँ तँ पवित्र आत्माको कामलाई महसुस गर्न सक्दैनस्, तर परमेश्‍वरले तँलाई उहाँका वचनहरू पढ्ने अधिकारबाट वञ्‍चित गर्नुभएको हुँदैन, न त उहाँले तेरो अन्त्य नै निर्धारण गर्नुभएको हुन्छ, र तेरो मुक्तिको मार्ग बन्द बाटोमा पुगेको हुँदैन—त्यसो भए, तँ केको बारेमा यति उदास छस्? तँ खराब स्थितिमा छस्, तेरा मनसायहरूमा समस्या छन्, तेरा वैचारिक दृष्टिकोणहरूमा समस्या छन्, तेरो मानसिक स्थिति बटारिएको छ—र यदि तैँले सत्यताको खोजी गरी यी समस्याहरू ठीक पारिनस् भने, र निरन्तर गलत अर्थ्याउने र परमेश्‍वरलाई दोष दिने मात्र गरिस् भने, अनि जिम्मेवारी परमेश्‍वरतर्फ फाल्दिन्छस् र ‘परमेश्‍वरले मलाई चाहनुहुन्‍न, त्यसैले अबउप्रान्त म उहाँमा विश्‍वास गर्नेछैनँ’ भनेर भन्छस् भने, के तँ हास्यास्पद हुँदै छैनस् र? के तँ अनुचित हुँदै छैनस् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)”)। परमेश्‍वरको वचनले मेरो हृदयसँग बोल्‍यो। मैले के बुझेँ भने परमेश्‍वरले मलाई हटाउनुभएको, दोषी ठहर्‍याउनुभएको, वा मेरो परिणाम निर्धारित गर्नुभएको छैन। वास्तवमा, म कति भ्रष्ट छु भन्‍ने कुरा परमेश्‍वरलाई सुरुदेखि नै थाहा थियो। परमेश्‍वरले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई ठीक समयमा मेरो खुलासा गर्ने बन्दोबस्त मिलाउनुभयो र मेरो भ्रष्ट स्वभाव प्रकट गर्न र मैले लिएको गलत मार्ग प्रकट गर्न आफ्‍नो वचन प्रयोग गर्नुभयो, किनभने यसरी मात्रै मैले आफूलाई चिन्‍न सक्थेँ। यो वास्तवमा म परिवर्तन हुने राम्रो मौका थियो! परमेश्‍वरको न्याय, सजाय, काटछाँट, र निराकरण सबै मलाई बचाउनका निम्ति दिइएका थिए! तर मैले परमेश्‍वरको इच्‍छालाई गलत रूपमा बुझ्‍न आफ्‍नै धारणाहरूको प्रयोग गरेँ, उहाँको न्याय र सजायमा दण्ड-आज्ञा देखेँ, र मलाई हटाइनेछ भन्‍ने सोचेँ। मैले गलत रूपमा के विश्‍वास गरेको थिएँ भने ममा ख्रीष्ट-विरोधीको प्रकटीकरणहरू भएको हुनाले, परमेश्‍वरले अवश्य नै मलाई चाहनुहुन्‍न, र मलाई अवश्य नै नष्ट गरिनेछ। तर वास्तवमा, परमेश्‍वरको नजरमा मेरा सबै प्रकटीकरणहरू सामान्य थिए। ममा ख्रीष्ट-विरोधीको प्रकटीकरणहरू भए पनि, म ख्रीष्ट-विरोधी घोषित हुने अवस्थामा पुगेको थिइनँ। परमेश्‍वरले ख्रीष्ट-विरोधीको सार भएका मानिसहरूलाई हटाउन र दण्ड दिन चाहनुहुन्छ। तिनीहरूले कहिल्यै पनि पश्‍चात्ताप गर्न सक्दैनन्, किनभने तिनीहरूको प्रकृति र सार दुष्ट हुन्छ, र तिनीहरूले सत्यतालाई घृणा र इन्कार गर्छन्। तिनीहरूले जस्तोसुकै गलत काम गरे पनि, त्यसलाई कहिल्यै स्वीकार गर्दैनन्, र आफ्‍नो प्रतिष्ठा र हैसियतलाई कायम राख्‍न तिनीहरूले सक्‍ने सबै कुरा गर्छन्। मैले अझै पनि म अत्यन्तै गहन रूपमा भ्रष्ट भएको छु, र म गलत छु भन्‍ने महसुस गर्न सकेँ, त्यसकारण मैले अझै पश्‍चात्ताप गर्ने मौका पाएँ। ममा ख्रीष्ट-विरोधीको स्वीकार मात्रै थियो, म सत्यतालाई स्वीकार नगर्ने ख्रीष्ट-विरोधी थिइनँ। तर त्यो बेला, मैले परमेश्‍वरको इच्‍छालाई बुझेको थिइनँ, र मैले परमेश्‍वरको इच्‍छालाई वा परमेश्‍वरको धर्मी स्वभावलाई जानेको थिइनँ। मैले परमेश्‍वरले मलाई उप्रान्त चाहनुहुन्‍न, त्यसकारण मैले गर्ने कुनै पनि प्रयास व्यर्थ हुन्छ भन्‍ने सोचेको थिएँ। यदि मैले संसारको भौतिक सुख प्राप्त नगरेको भए, मसँग केही पनि हुनेथिएन। मैले गरेको कुरालाई अहिले सम्‍झेर हेर्दा, मलाई अत्यन्तै लाज लाग्छ। म मेरो सारा जीवनभरि उहाँलाई पछ्याउनेछु भनेर मैले परमेश्‍वरसँग धेरै पटक शपथ खाएको थिएँ, तर त्यो बेला मलाई न्याय र खुलासा गरिएपछि, म निष्क्रिय बनेँ, मैले परमेश्‍वरको मुक्तिलाई इन्कार गरेँ, र परमेश्‍वरमाथिको विश्‍वास गुमाएँ, अनि कुनै हिचकिचाहटविना संसारमा फर्किएर भौतिक सुख खोज्‍ने निर्णय समेत गरेँ। ममा विवेक छ भनेर मैले कसरी भन्‍न सक्थेँ? अब मैले परमेश्‍वरको इच्‍छालाई बुझेको हुनाले, मैले फेरि आशा पाएको थिएँ। मलाई मृत्युबाट फर्काइएर ल्याइएको छ जस्तै लाग्यो। मैले मेरो जीवनको अरू सबै कुरा त्यागेँ अनि परमेश्‍वरको वचन मनन गर्न, भजनहरू गाउन, परमेश्‍वरको वचन पाठ गरिएको सुन्‍न, र परमेश्‍वरको इच्‍छा खोज्‍न थालेँ। यो त परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा फेरि नयाँ सुरुवात गरेजस्तै भएको थियो। मैले फेरि पनि परमेश्‍वरको कृपा प्राप्त गरेँ र परमेश्‍वरको उपस्थिति अनुभव गरेँ। मैले क्रमिक रूपमा भित्री शान्ति र आनन्द प्राप्त गरेँ, र मैले मेरो हृदयमा मण्डलीमा फर्किने इच्‍छा जागेको अनुभव गरेँ। तैपनि, परमेश्‍वरको घरले मलाई स्वीकार गर्छ कि गर्दैन मलाई थाहा थिएन। मैले मलाई कृपा गर्नुहोस् र बचाउनुहोस् भनेर अनुरोध गर्दै परमेश्‍वरसँग प्रार्थना गरेँ।

केही हप्तापछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेटेँ र त्यसले मलाई परमेश्‍वरको इच्‍छाको बारेमा थप कुरा जान्‍न सहयोग गर्‍यो। परमेश्‍वर भन्नुहुन्छ, “विगतमा, कुनै एक व्यक्ति थियो जसलाई खराब काम गरेको कारण मण्डलीबाट बहिष्कार गरियो र उसका दाजुभाइ-दिदीबहिनीहरूले उसलाई इन्कार गरे। एकदुई वर्ष यताउता भौँतारिएपछि, ऊ अहिले फर्केर आएको छ। उसको हृदयले परमेश्‍वरलाई पुर्ण रूपमा त्यागेको छैन, र यो असल कुरा हो; ऊसँग अझै पनि मुक्ति पाउने अवसर र आशा छ। यदि ऊ भागेको भए र उसले विश्‍वास गर्न छोडेर अविश्‍वासीहरूजस्तै भएको भए, ऊ पूर्ण रूपमा सकिनेथ्यो। यदि ऊ परिवर्तन हुन सक्छ भने, उसको निम्ति अझै आशा छ; यो बिरलै हुने र अत्यन्तै बहुमूल्‍य कुरा हो। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जसरी व्यवहार गर्नुभए पनि, घृणा गर्नुभए पनि वा तिरस्कार गर्नुभए पनि, यदि एक दिन तिनीहरू फनक्कै फर्कन सक्छन् भने, मलाई अत्यन्तै ठूलो सान्त्वना हुनेछ, किनभने यसको अर्थ तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति थोरै ठाउँ छ, तिनीहरूले पूर्ण रूपमा आफ्‍नो मानव तर्क वा मानवतालाई गुमाएका छैनन्, तिनीहरूले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छन्, र तिनीहरूसँग अझै पनि उहाँलाई स्वीकार गरेर उहाँकहाँ फर्कने अभिप्राय छ भन्‍ने हुन्छ। आफ्नो हृदयमा साँचो रूपमा परमेश्‍वरलाई राखेका मानिसहरूको हकमा, तिनीहरूले परमेश्‍वरको घरलाई जहिलेसुकै छोडेर गएको भए पनि, यदि तिनीहरू फर्केर आए भने, र तिनीहरूले यो परिवारलाई अझै प्रिय ठान्छन् भने, म केही हदसम्‍म भावुकतामा गाँसिनेछु र यसबाट केही सान्त्वना लिनेछु। तैपनि, यदि तिनीहरू कहिल्यै पनि फर्केर आएनन् भने, म यसलाई दयनीय ठान्‍नेछु। यदि तिनीहरू फर्केर साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने, मेरो हृदय विशेष रूपमा सन्तुष्टि र सान्त्वानाले भरिनेछ। जब तँ छोडेर गएको थिइस्, तँ अवश्य नै अलिक नकारात्मक भएको थिइस्, र तँ खराब स्थितिमा थिइस्; तैपनि, यदि तँ अहिले फर्केर आउन सक्छस् भने, यसले तँसँग अझै पनि परमेश्‍वरप्रतिको विश्‍वास छ भन्‍ने प्रमाणित गर्छ। तैपनि, तँ निरन्तर अघि बढ्नेछस् कि छैनस् भन्‍ने कुरा अज्ञात हुन्छ, किनभने मानिसहरू अत्यन्तै छिटो परिवर्तन हुन्छन्। अनुग्रहको युगमा, येशूले मानिसहरूलाई दया र अनुग्रह गर्नुभयो। यदि एक सयमा एउटा भेडा हरायो भने, उहाँले एउटालाई खोज्‍न उनान्सयलाई छोड्नुहुन्थ्यो। यो हरफले यान्त्रिक शैलीलाई प्रतिनिधित्व गर्दैन, न त नियमलाई नै प्रतिनिधित्व गर्छ; बरु, यसले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको आतुरी अभिप्राय, साथै तिनीहरूप्रतिको उहाँको गहन प्रेमलाई देखाउँछ। यो काम गर्ने तरिका होइन; यो त एक किसिमको स्वभाव, एक प्रकारको मानसिकता हो। तसर्थ, कतिपय मानिसहरू छ महिना वा एक वर्षको लागि छोडेर जान्छन् वा जतिसुकै कमजोरी भए पनि वा जति धेरै गलत अवधारणाहरूबाट कष्ट भोगे पनि, पछि वास्तविकतामा बिउँझने, ज्ञान प्राप्त गर्ने र त्यस मार्गबाट फनक्क फर्किने, अनि सही मार्गमा फर्कने तिनीहरूको क्षमताले मलाई विशेष रूपमा सान्त्वना दिन्छ र मलाई थोरै भए पनि आनन्द दिन्छ। आनन्द र वैभवको यो संसारमा, र यो दुष्ट युगमा, दह्रिलो गरी खडा हुन, परमेश्‍वरलाई स्वीकार गर्न, र सही मार्गमा फर्केर आउन सक्‍नु भनेको अलिकति भए पनि सान्त्वना र उत्साह ल्याउने कुराहरू हुन्। उदाहरणको लागि, छोराछोरी हुर्काउने कामलाई लिऊँ: तिनीहरूले आमाबाबुलाई प्रेम गर्ने भए पनि नगर्ने भए पनि, यदि तिनीहरूले तँलाई स्वीकार गरेनन्, र कहिल्यै फर्केर नआउने गरी घर छोडेर गए भने, तँलाई कस्तो लाग्‍नेछ? भित्री रूपमा, तँलाई जहिल्यै पनि तिनीहरूको चिन्ता लागिरहनेछ, र तैँले सधैँ विचार गर्नेछस्, ‘मेरो छोरो कहिले फर्किनेछ? मलाई हेर्न मन लाग्यो। जे भए पनि, त्यो मेरो छोरा हो, र मैले त्यसलाई व्यर्थैमा हुर्काएको र प्रेम गरेको होइन।’ तैँले सधैँ यस्तो विचार गरेको हुन्छस्; तैँले सधैँ त्यो दिन आओस् भनेर चाहेको हुन्छस्। यस विषयमा सबैले उस्तै अनुभूति गर्छ, परमेश्‍वरको बारेमा त के कुरा गर्ने र—बाटो बिराएपछि मान्छेले फेरि फर्किआउने बाटो भेट्टाउनेछ र बिग्रेको छोरो घर आउनेछ भन्‍ने उहाँको आशा अझै ठूलो छैन र? आजभोलिका मानिसहरू सानो कदका छन्, तर साँचो विश्‍वासप्रति तिनीहरूमा कुनै लगाव नभएको र तिनीहरू अविश्‍वासी भएकाले परमेश्‍वरको सरोकारभन्दा तल्लोस्तरमा रहेको अवस्था छ भने त बेग्‍लै कुरा हो, नत्र तिनीहरूले परमेश्‍वरको इच्‍छा बुझ्‍ने दिन आउने नै छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरसँग निरन्तर माग गर्ने मानिसहरू सबैभन्दा अविवेकशील मानिसहरू हुन्”)। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय निकै छोयो। मलाई परमेश्‍वरले मसँग आमने-सामने कुरा गरिरहनुभएको छ, आमाले बच्‍चासँग बोलेजस्तो बोलिरहनुभएको छ जस्तो लाग्यो। म हताश हुँदा परमेश्‍वरले मलाई सान्त्वना दिएर आशा दिनुभयो, र मानिसहरूको लागि उहाँको प्रेम वास्तविक छ भनेर देखाउनुभयो! मैले परमेश्‍वरले मानिसहरूलाई दण्डाज्ञा दिने वा मार्ने इच्‍छा गर्नुहुन्‍न भन्‍ने बुझेँ। आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन परमेश्‍वर देहधारी भई आउनुभएको छ। मैले सोचेजस्तो, परमेश्‍वरले मलाई कहिल्यै पनि छोड्नुभएको थिएन। बरु, मेरो भ्रष्ट स्वभाव र मैले लिएको गलत मार्गको लागि उहाँले मलाई न्याय गरिरहनुभएको र सजाय दिइरहनुभएको थियो, जुन परमेश्‍वरको धार्मिकता र पवित्रता, साथै मलाई परिवर्तन गर्ने तरिका थियो। मैले पश्‍चात्ताप गर्छु भनेर परमेश्‍वरले प्रतीक्षा गरिरहनुभएको थियो, तर ममा परमेश्‍वर सम्‍बन्धी धारणा र गलत बुझाइहरू थिए। मैले परमेश्‍वरको न्याय र मुक्तिलाई हटाउने कार्य र दण्डको रूपमा हेरेको थिएँ, परमेश्‍वरको इच्‍छालाई बुझेको थिइनँ, र आज्ञापालनको आचरण थिएन। म सधैँ व्यक्तिगत दृष्टिकोणमा खडा हुन्थेँ र आफ्‍नो विचारलाई सत्यताको रूपमा हेर्थेँ। म यति विद्रोही भए पनि, परमेश्‍वरलाई ममा के कुराको कमी छ र म कहाँ ढल्छु र असफल हुन्छु भन्‍ने थाहा थियो। चरणबद्ध रूपमा, म बिउँझेर मेरो चेतना प्राप्त गरुञ्‍जेलसम्‍म परमेश्‍वरले मलाई अगुवाइ गरिरहनुभयो। मैले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय सच्‍चा छ भन्‍ने देखेँ। मानिसहरूले उहाँको नाम र मार्गलाई कायम राखे भने, परमेश्‍वरले सधैँ मुक्तिको हात पसार्नुहुनेछ। मैले सोचेको भन्दा बढी परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुँदो रहेछ। परमेश्‍वर हरेकको जीवनको लागि जिम्‍मेवार हुनुहुन्छ। मैले साँचो रूपमा पश्‍चात्ताप गरेँ भने, मेरो लागि यो धेरै ढीला भइसकेको थिएन भन्‍ने मलाई थाहा भयो। मैले अझै पनि मेरो भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने र मुक्ति पाउने मौका पाएको थिएँ। मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मेरो नकारात्मकता स्थिति र गलत बुझाइ परिवर्तन भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई परमेश्‍वरको न्यायको कामको बारेमा केही बुझाइ प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैंले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैंले आफैलाई चिन् भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैंले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र अनाज्ञाकारी छस् भन्ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैंले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु अधीनमा आउँदछ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको न्यायको कामलाई बुझेको थिइन रहेछु भन्‍ने थाहा पाएँ। जब मैले पहिलो पटक परमेश्‍वरको कार्यलाई स्वीकार गरेँ, तब मैले परमेश्‍वरको धेरै प्रेम, कृपा, र पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेँ। परमेश्‍वरको अनुग्रहको आनन्द लिनुमा नै म सन्तुष्ट थिएँ। मलाई म परमेश्‍वरको हातमा सानो बालक हुँ, परमेश्‍वरले संरक्षण गर्नुहुने व्यक्ति हुँ, म विशेष र सिद्ध छु, र मलाई परमेश्‍वरले त्यति कठोर न्याय गर्नुहुन्‍न भन्‍ने सोचेको थिएँ। त्यसकारण, जब परमेश्‍वरको कठोर न्याय र सजाय आयो, जब परमेश्‍वरका वचनहरूले मेरो विद्रोहीपन, प्रतिरोध, र ख्रीष्ट-विरोधी स्वभावलाई खुलासा गरे, तब मलाई परमेश्‍वरले मलाई हटाउनुहुनेछ भन्‍ने लाग्यो, र मेरा प्रयासहरू व्यर्थ भयो भन्‍ने लाग्यो, त्यसकारण मैले मण्डली छोड्ने निर्णय गरेँ। आशिष्‌हरू पाउने मेरो इच्‍छा, मेरा असाधारण महत्वाकांक्षाहरू, र मेरो अज्ञानताले मलाई परमेश्‍वरलाई धोका दिने व्यक्ति बनायो। मेरो स्वार्थीपनले मलाई परमेश्‍वरको दण्ड-आज्ञा मात्रै देख्‍ने तुल्यायो, तर म मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको इच्‍छा बुझ्‍न असफल भएँ। अनुग्रहको युगमा, मानिसहरूप्रति परमेश्‍वरले अटुट कृपा र सहनशीलता दिनुभएको थियो, र उहाँले सारा मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। तर मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको थियो। परमेश्‍वरको कठोर न्याय र सजायले मात्रै मानिसहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्न र हामीलाई शैतानको राज्यक्षेत्रबाट पूर्ण रूपमा मुक्त गर्न सक्छ। म यति भ्रष्ट भएको थिएँ कि म शैतानको मूर्त रूप बनेको थिएँ, र परमेश्‍वरबाट आएको यो कठोर न्याय र सजायले मलाई बिउँझाउनु आवश्यक थियो। किनभने यस प्रकारको कामले मात्रै मलाई शैतानले तुल्याएको भ्रष्टताको कुरूपतालाई देखाउन सक्थ्यो, त्यसपछि मात्रै मैले आफूलाई घृणा गर्न र शैतानलाई त्याग्‍न सक्थेँ। यसो नभएको भए, मैले अझै पनि म सिद्ध छु र परमेश्‍वरले प्रेम गर्ने व्यक्ति हुँ भन्‍ने ठान्‍नेथिएँ, त्यसपछि मैले कहिल्यै पनि सत्यताको खोजी गर्ने वा आफ्‍नो बारेमा मनन गर्ने गर्दिनथिएँ। मैले म मरुञ्‍जेलसम्‍म ख्रीष्ट-विरोधीको गलत मार्ग लिनेथिएँ। मैले परमेश्‍वरमा विश्‍वास त गर्थेँ, तर म कष्ट भोग्‍न चाहन्‍नथिएँ, र परमेश्‍वरको दया पाउन, एउटा बच्‍चाले जस्तै सधैँ परमेश्‍वरको कृपा र आशिष्‌हरू प्राप्त गर्न चाहन्थेँ। यसरी म परमेश्‍वरद्वारा कसरी शुद्ध पारिन सक्थेँ? मेरो अज्ञानता र स्वार्थले मलाई परमेश्‍वरको न्यायको काममा रहेको प्रेम र आशिष्‌ देख्‍न नसक्‍ने तुल्याएको थियो, त्यसैले मैले परमेश्‍वरलाई गलत रूपमा बुझेँ, परमेश्‍वरबाट टाढा गएँ, र उहाँलाई धोका दिएँ। मैले मेरो अज्ञानता र स्वार्थको लागि ठूलो मूल्य चुकाएँ। परमेश्‍वरको न्यायको कामको ठूलो महत्त्व थाहा पाएपछि, मैले परमेश्‍वरलाई पछ्याउने र परमेश्‍वरको काम फेरि अनुभव गर्ने आत्मविश्‍वास पाएँ, किनभने परमेश्‍वरको काम मेरा धारणा अनुसार भए पनि नभए पनि, त्यो मलाई शुद्ध पार्न र मेरो भ्रष्ट स्वभावलाई परिवर्तन गर्नकै लागि हो भन्‍ने मैले बुझेको थिएँ। यो मलाई पूर्ण रूपमा शैतानको नियन्त्रणबाट मुक्त गर्नको लागि नै थियो।

पछि, मैले परमेश्‍वरको वचनद्वारा आफ्‍नै बारेमा मनन गरेँ। मैले परमेश्‍वरको वचनको एउटा निश्‍चित खण्ड पढेँ। “अहङ्कारी प्रकृति भएका मानिसहरू परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न, उहाँको विरोध गर्न, उहाँको निन्दा गर्न र उहाँलाई धोका दिन, र आफैलाई ठूलो बनाउने कामहरू गर्न सक्‍ने हुन्छन्, र त्यो तिनीहरूको आफ्नै राज्य स्थापना गर्ने प्रयास हो। मानौं, एउटा देशका दशौं हजार मानिसले परमेश्‍वरको कामलाई स्वीकार गरे, र परमेश्‍वरका चुनिएका मानिसहरूको नेतृत्व गर्न र रेखदेख गर्नको लागि परमेश्‍वरको घरले तँलाई त्यहाँ पठायो। परमेश्‍वरको घरले तँलाई अधिकार दियो र मैले वा अरू कसैले तँलाई रेखदेख नगरिकन आफै काम गर्ने अनुमति दियो। धेरै महिनापछि, तँ स्वतन्त्र शासक जस्तै भएको हुनेथिइस्, सबै शक्ति तेरो हातमा हुनेथियो, तैँले नै सबै निर्णय गर्नेथिइस्, चुनिएका सबै मानिसहरूले तँलाई तँ परमेश्‍वर होस् जस्तै गरी तेरो आदर गर्नेथिए, तेरो आराधना गर्नेथिए, र तेरो आज्ञापालन गर्नेथिए; यहाँसम्‍म कि धेरैजसो मानिसहरू त तेरो अघि घुँडा टेक्‍नेथिए, तेरो अघि निहुरिनेथिए, हरेक शब्दमा तेरो प्रशंसा गरिरहेका हुनेथिए, तैँले गहिरो अन्तर्दृष्टि सहित प्रचार गर्छस् भनेर भनिरहेका हुनेथिए, तैँले भनेका कुराहरू नै तिनीहरूलाई चाहिएको कुरा हो र तैँले तिनीहरूका खाँचोहरू पूरा गर्न सक्छस् भनी निरन्तर दाबी गरिरहेका हुनेथिए—तिनीहरूले ‘परमेश्‍वर’ शब्द उच्चारण नगरी यी सबै कुरा भनिरहेका हुन्छन्। तैँले यो काम कसरी गरेको हुन्छस्? यी मानिसहरू त्यस्तो प्रतिक्रिया दिन सक्ने हुनुले के प्रमाणित गर्छ भने, तैँले गरिरहेको कामले परमेश्‍वरको निम्ति गवाही दिने कार्यलाई पटक्कै समेटेको थिएन; बरु, त्यसले तेरो आफ्नै बारेमा मात्रै गवाही दियो र तँ आफैलाई प्रकट गऱ्यो। तैँले त्यस्तो नतिजा कसरी हासिल गर्न सकिस्? कतिपय मानिसहरू भन्छन्, ‘म जुन सङ्गति गर्छु त्यो सत्यता हो; मैले निश्चय नै कहिल्यै पनि आफ्नै गवाही दिएको छैनँ!’ तेरो यस्तो आचरण—त्यो व्यवहार—भनेको परमेश्‍वरको स्थानमा बसेर मानिसहरूसँग सङ्गति गर्न खोज्ने कोसिस हो, र यो एक भ्रष्ट मानिसको स्थितिमा खडा भएर सङ्गति गर्ने कार्य होइन। तैँले भन्ने सबै सतही कुरा र अरूबाट माग गर्ने कुरा हो; तँ आफैसँग त्यसको कुनै सरोकार हुँदैन। त्यसकारण, तैँले प्राप्त गर्ने प्रभाव भनेको मानिसहरूलाई तेरो पूजा गर्न लाउनु, तँप्रति ईर्ष्या गर्न लाउनु र तिनीहरूले तेरो बारेमा ज्ञान प्राप्त नगरुञ्जेल, तेरो साक्षी नदिउञ्जेल, तँलाई उच्च नपारुञ्‍जेल र उच्च स्वर्गसम्म तेरो चापलुसी नगरुञ्‍जेल आखिरीसम्म तेरो प्रशंसा गर्न लगाउनु हो। जब त्यस्तो हुन्छ, तँ समाप्त भएको हुनेछस्; तँ असफल भएको हुनेछस्! के तिमीहरू सबै अहिले यही मार्गमा छैनौ र? यदि तँलाई एक-दुई हजार वा एक-दुई लाख मानिसहरूको नेतृत्व गर्न आग्रह गरियो भने, तँ अति प्रसन्न हुनेछस्। तैँले अहङ्कार पैदा गर्छस् र परमेश्‍वरको स्थान ओगट्ने, उहाँजस्तै बोल्ने र हाउभाउ गर्ने कोसिस गर्छस्, र तँलाई के लगाउने, के खाने, वा कसरी हिँड्ने भनी थाहा हुँदैन। तँ जीवनको सहजताहरूमा आनन्द गरेर बस्थिस् र आफैलाई उच्‍च ठान्थिस्, अनि साधरण दाजुभाइ-दिदीबहिनीहरूसित भेट गर्ने झमेला गर्नेथिइनस्। तँ अत्यन्तै पतन हुन थाल्थिस्, र प्रधान स्वर्गदूतलाई जस्तै तँलाई उदाङ्गो पारेर हटाइनेथियो, अनि एक्कासि प्रहार गरी ढालिनेथियो। तिमीहरू सबै यसो गर्न सक्षम छौ, होइन र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। परमेश्‍वरका वचनहरूमा मनन गर्ने क्रममा, मलाई मेरो आफ्‍नै व्यवहारको बारेमा याद आयो। मैले मेरा कर्तव्यहरू पूरा गर्न थालेदेखि, म अचेत रूपमा ख्रीष्ट-विरोधी मार्गमा हिँड्न थालेको रहेछु। मेरा दाजुभाइ-दिदीबहिनीहरूको हृदयमा स्थान सुरक्षित गर्न, उच्‍च प्रधान र थप शक्तिको खातिर, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको आदर पाउन अनेक किसिमका झूटले आफूलाई ढाकेको थिएँ। त्यस बाहेक, मलाई निरन्तर बढुवा दिइएको हुनाले, मलाई म मेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा माथि छु, र मैले परमेश्‍वरको निगाहा पाएर अरूको व्यवस्थापन गर्ने नियुक्ति पाएको छु भन्‍ने लागेको थियो, त्यसकारण म विशेष रूपमा अहङ्कारी बनेँ, अरूसँग हेपेर बोल्‍न थालेँ, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो कुरा मानेको र मप्रति समर्पित भएको चाहन्थेँ, र सबैलाई मेरो पछि लगाउथेँ। मेरो कर्तव्यमा, मैले सत्यताका सिद्धान्तहरूको खोजी गर्ने कार्यमा ध्यान दिइनँ, न त मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो दृष्टिकोण र सुझाव दिन नै लगाएँ, किनभने ती म जत्तिको असल छन् भन्‍ने मलाई लाग्दैनथियो। भेलाहरूमा, म सबैको अघि तिनीहरूलाई मनोमानी ढङ्गले आलोचना गर्ने र हप्काउने गर्थेँ, र तिनीहरूको कर्तव्यमा प्रकट भएका विचलन र गल्तीहरूको खुलासा गर्थेँ, जसले गर्दा तिनीहरूले यति नकारात्मक महसुस गर्थे कि तिनीहरू मसँग सहकार्य गर्न नै चाहँदैनथिए। मैले अरूलाई पनि मेरो नेतृत्व पछ्याउन र काम गर्ने मेरो तरिका आफ्‍नो कर्तव्यमा लागू गर्न लगाउथेँ, तैपनि मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यताका सिद्धान्तहरू खोजी गर्न अगुवाइ गर्दिनथिएँ। परमेश्‍वरको वचनले प्रकाश नपारेको भए, मलाई म अहङ्कारी छु भन्‍ने लाग्दैनथियो, हैसियतको खोजी गर्ने मेरो इच्‍छा र महत्वाकांक्षा गम्‍भीर समस्या हो भन्‍ने लाग्दैनथियो, न त मैले ख्रीष्ट-विरोधीको मार्ग अपनाएको छु भन्‍ने नै थाहा हुन्थ्यो। परमेश्‍वरको वचनले मेरो वास्तविक अवस्थालाई खुलासा नगरेको भए, मैले अझै पनि जिद्दी भई ख्रीष्ट-विरोधीको मार्ग पछ्याइरहेको हुनेथिएँ, क्षमा नहुने कुराहरू गर्नेथिएँ, र अन्त्यमा परमेश्‍वरद्वारा नष्ट गरिनेथिएँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो हैसियतलाई कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठा भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफूलाई बुझ्‍न मनन गरेँ। मैले आफूलाई फरक सोच्थेँ, र विशेष गरी मैले अगुवा बनेर केही हैसियत प्राप्त गरेपछि, मेरो शैतानी प्रकृति अझै खुलासा भयो। म अहङ्कारी थिएँ र आफ्‍नो प्रदर्शन गर्थेँ। म मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो भक्ति र आज्ञापालन गरून् भन्‍ने चाहन्थेँ। परमेश्‍वरले मलाई केही वरदान र हैसियत दिनुभएको थियो, र म शक्ति पकडमा राख्‍न चाहन्थेँ। म अत्यन्तै लाज पचेको र अज्ञानी थिएँ! परमेश्‍वरले म सृष्टि गरिएको साँचो प्राणी बनेको, उहाँको सार्वभौमिकता र बन्दोबस्‍त स्वीकार गरेको, मेरो आफ्‍नै कर्तव्य पूरा गरेको, उहाँलाई चिनेको, र उहाँलाई सन्तुष्ट तुल्याएको चाहनुहुन्थ्यो। तर मलाई शैतानले यति भ्रष्ट तुल्याएको थियो कि मैले सामान्य व्यक्तिको समझशक्तिलाई गुमाएको थिएँ र सृष्टि गरिएको प्राणीको रूपमा रहेको मेरो स्थानलाई बिर्सेको थिएँ। मैले आफूलाई सामान्य व्यक्तिको रूपमा लिन चाहँदिनथिएँ, म महामानव बन्‍न, महान् व्यक्ति बन्‍न, मानिसहरूले आदर गर्ने र प्रशंसा गर्ने व्यक्ति बन्‍न चाहन्थेँ। वास्तवमा, मेरो हैसियत मेरा दाजुभाइ-दिदीबहिनीहरूको जस्तै थियो। परमेश्‍वरले मलाई विशेष वरदान वा प्रतिभा दिनुभएको थियो, वा उहाँले मलाई अगुवाको पदमा उठाउनुभएको थियो भन्‍दैमा, म मेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा उच्‍च छु भन्‍ने हुँदैनथियो। म सृष्टि गरिएको प्राणी नै थिएँ। यी वरदान र प्रतिभाहरू परमेश्‍वरले दिनुभएको थियो, त्यसकारण मैले त्यसमा धाक लगाउनु हुँदैनथियो। मैले मेरो कर्तव्य राम्ररी पूरा गर्न र सृष्टि गरिएको उचित प्राणी बन्‍नमा मेरो प्रयासलाई केन्द्रित गर्नु पर्नेथियो।

यी कुराहरू महसुस गरेपछि, मैले अभ्यासको मार्ग पाएको थिएँ, र मैले सहजताको महसुस गरेँ। अब, म मेरा कर्तव्यहरूलाई निरन्तरता दिन मण्डलीमा तुरुन्तै फर्केर जान चाहेँ। यस पटक, परमेश्‍वरलाई पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने संकल्प निकै दह्रिलो थियो। मैले परमेश्‍वरसँग सम्‍बन्धित नरहेका मेरो कम्प्युटर र फोनमा भएका सबै कुरा डिलिट गरेँ अनि अरू सबै कुरालाई पन्छ्याएर परमेश्‍वरलाई पछ्याउने निर्णय गरेँ। केही दिनपछि, म मण्डलीमा फर्केर गएँ। केही समयपछि नै, म सुसमाचार प्रचार गर्ने मेरो कर्तव्यमा फर्किएँ। परमेश्‍वर धन्यवाद! यस पटक, मैले फेरि सुरुवात गरेँ अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सचेत भई सहकार्य गर्न थाले। समस्याको सामना गर्दा हरेक पटक, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो दृष्टिकोण र सुझाव माग्‍न, र तिनीहरूलाई सहभागी हुन अनुरोध गर्न थालेँ। मैले आफै निर्णय गर्न छोडेँ र मेरा दाजुभाइ-दिदीबहिनीहरूमा मेरा दृष्टिकोणहरू लाद्‍न छोडेँ। बरु, मैले तिनीहरूलाई सल्‍लाह दिन र अभ्यासको राम्रो मार्ग पत्ता लगाउन तिनीहरूसँग काम गर्न थालेँ। साथै, तिनीहरूलाई मेरो आदर गर्न लगाउन वा तिनीहरूलाई नियन्त्रण गर्न आफ्‍नो प्रदर्शन गर्ने चाहना गर्न छोडेँ। मैले शक्तिको चाहना गर्न छोडेँ। बरु, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँगै सत्यताका सिद्धान्तहरू खोजी गर्न सिकेँ। यसरी अभ्यास गर्दा, मलाई गहन शान्तिको अनुभव भयो, जुन मैले पहिले कहिल्यै अनुभव नगरेको कुरा थियो। अहिले, मेरा दाजुभाइ-दिदीबहिनीहरूसँगको मेरो सम्‍बन्ध निकै सहज बनेको छ र तिनीहरू मसँग सहकार्य गर्न तयार हुन्छन्। परमेश्‍वरले मलाई फेरि सुरु गर्ने अवसर दिनुभएकोमा म उहाँप्रति अत्यन्तै आभारी छु। मलाई साँच्‍चै के अनुभव भएको छ भने परमेश्‍वरका वचनहरूले मात्रै मेरो अहङ्कारी स्वभाव र हैसियत सम्‍बन्धी मेरो खोजीलाई परिवर्तन गर्न सक्छन्। ती वचनहरूले मात्रै मलाई सृष्टि गरिएको प्राणीको स्थान लिन, हाम्रो कर्तव्य राम्ररी पूरा गर्न मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सहकार्य गर्न, र मानव रूपमा जिउन सहायता गर्न सक्छन्।

यो कठोर न्याय, सजाय, काट-छाँट, र निराकरणद्वारा, मैले परमेश्‍वरको प्रेम अनुभव गरेँ र मेरो भ्रष्ट स्वभावको बारेमा थोरै बुझाइ प्राप्त गरेँ, र मैले परमेश्‍वरको कामको बारेमा स्पष्ट दृष्टिकोण, साथै परमेश्‍वरमाथिको अझै ठूलो विश्‍वास प्राप्त गरेँ। मलाई साँच्‍चै के अनुभव भएको छ भने परमेश्‍वरको न्याय र सजाय मानिसहरूलाई दोषी ठहर्‍याउन र नष्ट गर्नको लागि होइन, तर परमेश्‍वरको यो वचनले भनेकै उद्देश्यले दिइन्छ, “परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मेरो प्रकृति अत्यन्तै अहङ्कारी थियो, मेरो महत्वाकांक्षा अत्यन्तै ठूलो, र शैतानी स्वभाव अत्यन्तै गम्‍भीर थियो, त्यसकारण परमेश्‍वरले मलाई शुद्ध पार्न, परिवर्तन गर्न, र सही मार्गमा डोर्‍याउनको लागि त्यस्तो कठोर दण्ड र सजायको प्रयोग गर्नु परेको थियो। मलाई बचाउनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु!

अघिल्लो: भूकम्पपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बर्खास्त भएपछि मैले सिकेको पाठ

झेङ्ग यि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको...

आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

मेरो परिवार निकै गरिब थियो, म ब्याङ्कको कार्यकारी बन्ने, समाजमा हैसियत बनाउने सपना देख्थेँ, ताकि हामीलाई यति साह्रो पैसाको खाँचो नहोस्।...

अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्