अगमवक्ताहरूले व्यक्त गरेका परमेश्‍वरका वचनहरू र देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबीचका भिन्नताहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विचलनहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थिए र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरको आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थिए, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएन, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसहरूले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरको आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्‍वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो त? किनभने इस्राएलका मानिसहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, र अगमवक्ताहरूका कामहरू तिनीहरूको बीचमा गरिनु थियो; त्यसकारण, अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरू आफूले भने तिनीहरूलाई दिइएका परमेश्‍वरका प्रकाशहरू बुझ्न सकेनन्। पवित्र आत्माले तिनीहरूका मुखबाट यी शब्दहरू बोल्नुभयो ताकि भविष्यका मानिसहरूले यी कुराहरू बुझ्न सकून् र तिनीहरू वास्तवमा परमेश्‍वरको आत्मा, पवित्र आत्माका काम थिए, मानवबाट आएका थिएनन् र तिनीहरूलाई पवित्र आत्माको कामको पुष्टि गर्नलाई आएका थिए भनी देख्न सकून्। अनुग्रहको युगको दौरान, तिनीहरूको सट्टामा येशू आफैले यो सबै काम गर्नुभयो, र त्यसैले मानिसहरूले त्यसउप्रान्त भविष्यवाणी बोलेनन्। त्यसो भए, के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू निस्सन्देह, एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ भविष्यवाणी बोल्न र प्रचार गर्न र देशभरिका मानिसहरूलाई सिकाउन पनि सक्नुहुन्थ्यो। यद्यपि, उहाँले गर्नुभएको काम र उहाँले प्रतिनिधित्व गर्नुभएको पहिचान उस्तै थिएन। उहाँ सबै मानवजातिलाई छुटकारा दिलाउन, मानिसलाई पापबाट छुटकारा दिलाउन आउनुभयो। उहाँ एक अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा पनि बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। एक अगमवक्ताले भविष्यवाणी बोल्न सक्छ, तर यस्तो अगमवक्ता ख्रीष्ट हो भनेर भन्न सकिदैन। त्यतिखेर, येशूले धेरै अगमवाणी बोल्नुभयो, र त्यसैले यो भन्न सकिन्छ कि उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ अगमवक्ता हुनुभएकाले ख्रीष्ट हुनुहुन्नथ्यो भनी भन्न सकिदैन। यसको कारण के हो भने, उहाँले कामको चरण कार्यान्वयन गर्नमा परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुभयो, र उहाँको परिचय यशैयाको भन्दा फरक थियो: उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो, र उहाँले मानव जीवनको लागि पनि प्रबन्ध गर्नुभयो, र परमेश्‍वरको आत्मा सोझै उहाँमा आउनुभयो। उहाँले गर्नुभएको काममा, परमेश्‍वरको आत्माबाट कुनै प्रेरणा वा यहोवाबाट निर्देशनहरू आएका थिएनन्। बरु, आत्माले नै प्रत्यक्ष रूपमा काम गर्नुभयो—यो कुरा उहाँ अगमवक्ताजस्तो हुनुहुन्न भनेर प्रमाणित गर्न पर्याप्त छ। उहाँले गर्नुभएको काम छुटकाराको काम थियो, त्यसपछि दोस्रोमा भविष्यवाणी बोल्ने काम थियो। उहाँ एक अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा बढी उहाँ छुटकाराकर्ता हुनुहुन्थ्यो। भविष्यवाणी गर्नेहरूले भने केवल अगमवाणी बोल्न सक्थे, तर अन्य कुनै काम गर्नमा परमेश्‍वरको आत्माको प्रतिनिधित्व गर्न असमर्थ थिए। किनकि येशूले धेरै काम गर्नुभयो जुन पहिला कहिल्यै मानिसबाट भएको थिएन, र मानवजातिलाई छुटकारा गर्ने काम पनि गर्नुभयो, त्यसैले उहाँ यशैयालगायत भन्दा फरक हुनुहुन्थ्यो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

राज्यको युगमा, देहधारी परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने सबैलाई जित्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्‍वर आउनुभएको छ, भन्‍नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छन्। वचन शरीरमा देखा पर्नुहुन्छको सार यही हो र जब देहधारी परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुहुन्छ, उहाँको वचन शरीरमा देखा पर्नु, र वचन देहमा आउनु भनेको यही हो। “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो, र वचन देह बन्‍नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्‍वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्‍वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्‍वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्‍वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्‍ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्‍वरको कामको गति बढिरहेको छ। परमेश्‍वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्‍वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकारअनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ। अब तिमीहरूले अन्तिम युगमा परमेश्‍वरको कामलाई अनुभव गरेका छौ, त्यसकारण परमेश्‍वरको स्वभाव कस्तो छ? के तँ परमेश्‍वर वचनहरू मात्र बोल्ने र त्योभन्दा बढी अरू केही नगर्ने परमेश्‍वर हुनुहुन्छ भनी भन्ने हिम्मत गर्छस्? तैँले त्यस्तो निष्कर्ष निकाल्ने हिम्मत गर्दैनस्। परमेश्‍वर रहस्यहरू प्रकट गर्ने परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वर थुमा हुनुहुन्छ र सातवटा मोहोर तोड्ने व्यक्ति हुनुहुन्छ भनेर कतिले भन्‍छन्। तर कसैले पनि यस्तो निष्कर्ष निकाल्ने आँट गर्दैन। सायद अरूले भन्छन्, कि परमेश्‍वर देहधारी मानिस हुनुहुन्छ, तर पनि यो अझै सही हुँदैन। अझ अरूले भन्छन् होला, कि देहधारी परमेश्‍वरले केवल वचनहरू बोल्नुहुन्छ, र चिह्न र चमत्कारका कामहरू गर्नुहुन्न, तर तँ यस प्रकारले बोल्ने आँट कमै गर्छस्, किनकि येशू देहधारी बन्नुभयो र उहाँले चिन्‍ह र चमत्कारका कामहरू गर्नुभयो, ताकि तैँले परमेश्‍वरलाई यत्ति हलुका रूपमा परिभाषित गर्ने हिम्मत नगर्। छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यी सबै कामहरू मानिसलाई प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि मात्र मानवजातिले परमेश्‍वरका सबै स्वभाव साथै उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भनी जान्नेछ। जब यस चरणको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसले नबुझेका सबै रहस्यहरू प्रकट भएका हुन्छन्, पहिले नबुझेका सबै सत्यताहरू स्पष्ट पारिनेछन्, र मानवजातिलाई उनीहरूको भावी मार्ग र गन्तव्यको बारेमा बताइनेछ। वर्तमान चरणमा गरिनुपर्ने सम्पूर्ण काम यही हो। … यस वर्तमान चरणचाहिँ दण्ड, न्याय, वचनहरूको प्रहार, साथै अनुशासन र वचनहरूको प्रकाशद्वारा मानिसभित्रको अधर्मलाई प्रकट गर्नु हो, यसैले कि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्‍वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै वास्तविकतालाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्‍वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्‍वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्‍वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो। अगमवक्ताहरूले केवल अगमवाणी बोले, तिनीहरूले भविष्यमा के हुनेछ भन्ने कुरा बताए, तर त्यस समयमा परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा बताएनन्। न त उनीहरूले मानवजातिलाई तिनीहरूका जीवनमा डोऱ्याउन, वा मानवजातिलाई सत्यता दिन, वा तिनीहरूलाई रहस्य प्रकट गर्न नै बोले, जीवन प्रदान गर्नको लागि बोल्‍ने कुरा त परै जाओस्। यस चरणमा बोलिएका वचनहरूमा भविष्यवाणी र सत्यता छ, तर मुख्य रूपमा यी वचनहरूले मानिसलाई जीवन प्रदान गर्ने काम गर्दछ। वर्तमानका यी वचनहरू अगमवक्ताहरूका अगमवाणीहरूभन्दा फरक छन्। यो चरणको काम मानिसको जीवनका लागि हो, मानिसको जीवनको स्वभाव परिवर्तन गर्नका लागि हो, तर अगमवाणी बोल्नका लागि होइन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्छन् र व्यक्तिले उहाँको सोर सुनेर मात्रै फर्कनुभएका परमेश्‍वरलाई भेट्न सक्छ

सन्दर्भका लागि बाइबल पदहरू:“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)।“मेरो भेडाले मेरो सोर सुन्छ, र म...

परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूका सत्यतासँग मेल खाने वचनहरू र परमेश्‍वर स्‍वयम्‌का वचनहरूबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र...

बुद्धिमती कन्याहरूको इनाम के हुन्छ र निर्बुद्धि कन्याहरू किन विपत्तिमा पर्छन्

परमेश्‍वरका प्रासंगिक वचनहरू:पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका...

बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू भनेका को हुन्

सन्दर्भका लागि बाइबल पदहरू:“तब स्वर्गको राज्य दस कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न बाहिर आए। तीमध्ये पाँच जना...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्