परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्छन् र व्यक्तिले उहाँको सोर सुनेर मात्रै फर्कनुभएका परमेश्‍वरलाई भेट्न सक्छ

14 अगस्ट 2021

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)

“मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

“हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने “वचनहरू” लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। जब उहाँ आफ्‍नो काम गर्नुहुन्छ तब परमेश्‍वरले उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसबाहेक, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वर देखा पर्नुको उद्देश्य भनेको कुनै स्वरूप वा राष्ट्रको अवरोधहरूबाट स्वतन्त्र भई उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछ। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचनहरू र इच्छा बुझ्नेछस्। तिमीहरूको “असम्भव” भन्ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भए तापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, त्यसरी नै जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि बढी, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरको इच्छाको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा अत्यन्त अनिष्टपूर्ण घटनाहरू असीम रूपमा देखा पर्छ, जसले सारा जातिहरू र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। मैले सबै मानिसहरूलाई मेरो आवाजद्वारा पराजित गराउनेछु, यही प्रवाहमा गिर्न लगाउनेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो पुन: देखा पर्ने घटनाको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालयित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको प्रचुरतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महान्‌ सर्वशक्तिमानको प्रशंसा कसले गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलिनेछ; मैले चुनिएकाहरूलाई सामना गरेर तिनीहरूलाई अझ धेरै वचनहरू बोल्ने इच्छा छ। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस त्याग्न अनिच्छुक हुन्छन्, र साथै तिनीहरूलाई अथाह पाउँछन्, तर तिनीहरूमा अझ धेरै आनन्दित हुन्छन्। नवजात शिशु जन्‍मेको झैँ गरी मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्छन्। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, त्यसैले तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखको वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै पुनःदेखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको सारा महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै अन्त र मेरो योजना साथै मेरो प्रबन्धको उद्देश्यको चरम उत्कर्ष हो। हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस्!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” के तिमीहरूले अहिले पवित्र आत्माका वचनहरू सुनेका छौ? परमेश्‍वरका वचनहरू तिमीहरूकहाँ आएका छन्। के तिमीहरू तिनलाई सुन्छौ? परमेश्‍वरले अन्तका दिनहरूमा वचनहरूको काम गर्नुहुन्छ, यस्ता वचनहरू पवित्र आत्माका वचनहरू हुन्, किनभने परमेश्‍वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; यसकारण, विगतमा बोलिएजस्तै, पवित्र आत्माका वचनहरू आज देहधारी परमेश्‍वरका वचनहरू हुन्। धेरै मूर्ख मानिसहरू छन् जसले बोल्‍नुहुने पवित्र आत्मा हुनुहुन्छ, त्यसकारण उहाँको आवाज मानिसहरूले सुन्‍ने गरी स्वर्गबाट आउनुपर्छ भनी विश्‍वास गर्छन्। यसरी विचार गर्ने कसैले पनि परमेश्‍वरको काम थाहा गर्दैन भन्ने विचार गर्छन्। वास्तवमा, पवित्र आत्माले बोल्नुभएका वाणीहरू देहधारी हुनुभएका परमेश्‍वरले बोल्नुभएका कुराहरू नै हुन्। पवित्र आत्मा मानिससँग सोझै बोल्न सक्नुहुन्न; व्यवस्थाको युगमा पनि परमप्रभु मानिसहरूसँग सोझै बोल्नुभएन। आज यस युगमा पनि उहाँले त्यसो गर्ने सम्भावना अत्यन्त कम हुँदैनथ्यो र? कामको कार्यान्वयन गर्नको लागि वाणीहरू बोल्‍न, उहाँ शरीर बन्‍नुपर्छ; नत्र, उहाँको काम यसको लक्ष्य पूरा गर्न सक्षम हुँदैन। देहधारी परमेश्‍वरलाई इन्कार गर्नेहरूले पवित्र आत्मालाई चिन्दैनन् वा परमेश्‍वरले काम गर्ने सिद्धान्तहरू जान्दैनन्। अहिले पवित्र आत्माको युग हो भनी विश्‍वास गर्ने, तैपनि उहाँको नयाँ कार्य स्वीकार नगर्नेहरू अस्पष्ट र अमूर्त विश्‍वासको माझमा जिउनेहरू हुन्। यस्ता मानिसहरूले पवित्र आत्माको कामलाई कहिल्यै पनि ग्रहण गर्दैनन्। पवित्र आत्मालाई बोल्न र उहाँको काम प्रत्यक्ष रूपमा कार्यान्वयन गर्न पुकारा गर्नेहरू र देहधारी परमेश्‍वरका काम वा वचनहरूलाई स्वीकार नगर्नेहरू कहिल्यै नयाँ युगमा प्रवेश गर्न सक्षम हुनेछैनन् वा उनीहरूलाई परमेश्‍वरद्वारा पूर्ण मुक्तिमा ल्याइनेछैन!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

यो समयको आसपास, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्‍वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्‍वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वर मानिसलाई हेर्न दिनु हो, र परमेश्‍वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर आउनु भएन भने, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्‍वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूका सत्यतासँग मेल खाने वचनहरू र परमेश्‍वर स्‍वयम्‌का वचनहरूबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र...

बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू भनेका को हुन्

सन्दर्भका लागि बाइबल पदहरू:“तब स्वर्गको राज्य दस कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न बाहिर आए। तीमध्ये पाँच जना...

बुद्धिमती कन्याहरूको इनाम के हुन्छ र निर्बुद्धि कन्याहरू किन विपत्तिमा पर्छन्

परमेश्‍वरका प्रासंगिक वचनहरू:पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका...

अगमवक्ताहरूले व्यक्त गरेका परमेश्‍वरका वचनहरू र देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्