बुद्धिमती कन्याहरूको इनाम के हुन्छ र निर्बुद्धि कन्याहरू किन विपत्तिमा पर्छन्

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ यही नै हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू, परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट-भोग जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरको इच्‍छा अनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरूले परमेश्‍वरको इच्‍छाको निम्ति उपयुक्त केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूका बीचमा सेवा गर्छन्, अनि परमेश्‍वरको इच्‍छा अनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, र परमेश्‍वरको इच्‍छालाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वरले उहाँको आफ्‍नै हृदय अनुसारको सेवा चाहनुहुन्छ; उहाँले धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले बिथोल्छ र वाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरू अनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरू अनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्ने मात्रैहोइनन्, तर परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र अनाज्ञाकारीतालाई, अनि मानिसको स्वभावर सारलाई जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र साँचो मार्गलाई यथार्थ रूपमा पाएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले हो—यसको परिणाम स्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको न्याय गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ र इन्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो बिषय छैन, तर यदि मानिसहरूमा परमेश्‍वरको कामलाई पालना गर्ने र परमेश्‍वरको कामको खोजी गर्ने मन छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइलाई प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानी-जानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका वर्तमान वाणीहरूलाई पालन गर्न सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कार्यलाई प्राप्त गर्नेहरू नै सबैभन्दा आशिषितहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छन्। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई नै चाहनुहुन्छ, र उहाँले उहाँको हालैको कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ विशुद्ध कन्या हुनुपर्छ भनेर किन भनिन्छ? विशुद्ध कन्याले पवित्र आत्‍माको कार्यलाई खोज्न र नयाँ कुराहरूलाई बुझ्‍न सक्छ, यति मात्र होइन, उसले पुराना धारणाहरूलाई पन्छ्याएर, आजको परमेश्‍वरको कामलाई पालना गर्न सक्‍छ। आजको सबैभन्दा नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूको यो समूहलाई युगौं-युग पहिले नै परमेश्‍वरले अघिबाटै निर्धारित गर्नुभएको थियो, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरको आवाज प्रत्यक्ष रूपमै सुन्छौ, र परमेश्‍वर देखा पर्ने घटनालाई देख्छौ, र त्यसकारण, स्वर्ग र पृथ्वीभरि, र युगौँ-युगभरि नै, तिमीहरू, मानिसहरूको यो समूहभन्दा बढी कोही पनि आशिषित भएको छैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सियोन पर्वतमा उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ, जुन सारा ब्रह्माण्डमा प्रताप र भव्यतामा अल्गिएको छ …

हे सर्वशक्तिमान् परमेश्‍वर! हामी आनन्दसाथ तपाईंलाई पुकार्छौं; हामी नाच्छौं र गाउँछौं। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। सबै मानिसहरू त्यो पर्वतमा ओइरिएर आउनेछन्। सबै मानिसहरूले त्यो सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र सत्य परमेश्‍वर हुनुहुन्छ, र तपाईं महिमा र आदर पाउने योग्यका हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अधिकार त्यो सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको खोलो बग्दछ, जसले परमेश्‍वरका मानिसहरूका भीडहरूलाई पानी दिन्छ र खुवाउँछ। प्रत्येक दिनसितै जीवन परिवर्तन हुन्छ; निरन्तर परमेश्‍वरको विषयमा नयाँ जानकारीहरू दिँदै नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्। अनुभवहरूको बीचमा हामी परमेश्‍वरको विषयमा पूर्ण निश्‍चयतामा पुग्छौं। उहाँका वचनहरू निरन्तर प्रकट गरिन्छ, तिनीहरूमा प्रकट गरिन्छ जो सही छन्। हामी साँच्चै आशिषित छौं! प्रत्येक दिन परमेश्‍वरलाई आमने-सामने भेट्छौं, सबै कुरामा परमेश्‍वरसित बातचित गर्दछौं र सबै कुरामाथि परमेश्‍वरलाई सर्वोच्च अधिकार दिन्छौं। हामी होसियारीसाथ परमेश्‍वरको वचनमाथि विचार गर्छौं, हाम्रा हृदयहरू परमेश्‍वरमा शान्त हुन्छन् अनि यसरी हामी परमेश्‍वरको सामु आउँछौं र हामीले उहाँको ज्योति पाउँछौं। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, बोलीवचनहरूमा, विचारहरूमा र धारणाहरूमा हामी परमेश्‍वरको वचनभित्र जिउँछौं, सब समय भेद छुट्ट्याउन सक्छौं। परमेश्‍वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गति प्रस्तुत हुन ढिलो गर्दैन; हाम्रा विचार र धारणाहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अगि जिइरहेका हुन्छौं जहाँ हाम्रो इन्साफ हुन्छ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा ओगटिएर रहन्छ। आज, परमेश्‍वरको सार्वभौमिकता फेरि प्राप्त गर्न उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्‍वरद्वारा अधिकार गरिएको हुनका निम्ति हामी जीवन र मृत्युको संघर्षमा सामेल हुनुपर्छ। हाम्रो पुरानो मनुष्यत्व क्रूसमा टाँगियो भने मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्माले हाम्रो पुनरुद्धारका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण बढाउनुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न र परमेश्‍वरसित सहकार्य गर्न तयार हुन्छौं परमेश्‍वरले निश्चय हामीलाई ज्योति दिनुहुन्छ र हरसमय भित्रैबाट शुद्ध पार्नुहुन्छ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी प्राप्त गर्नुहुन्छ, यसरी हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण बन्न सकौं। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै निर्माण होऊ, परमेश्‍वरको राज्यमा ल्याइयो, अनि परमेश्‍वरको साथमा महिमामा प्रवेश गर।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १ बाट

जब तैँले राज्यको युगको देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेको हुनेछस्, तब धेरै वर्षदेखिका तेरो इच्छाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति वास्तविक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस समयमा, तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरको इच्छा अनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। तिनीहरू जो सत्य पालन गर्न र परमेश्‍वरको कामको अधीनमा बस्न सक्छन् उनीहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्ः “अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो। दण्ड र न्यायको प्रवाहमा, मानिसका पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, आफ्नो दण्ड र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार हेर्न दिनुहुन्छ, जुनचाहिँ यूहन्नाले देखेका मानिसका पुत्रको अनुहारको एक विश्‍वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्‍वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिंदैन, र त्यसैले परमेश्‍वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन ती माध्यमहरू प्रयोग गर्नुहुन्छ जसद्वारा उहाँले अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ। भन्न खोजेको के हो भने, मानिसको पुत्रको अन्तर्निहित स्वभावको कदर गरेकाहरू सबैले मानिसका पुत्रको वास्तविक अनुहार देखेका हुन्छन्, किनकि परमेश्‍वर अति महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा व्यक्त गर्न सकिंदैन। मानिसले राज्यको युगमा एक पल्ट परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेपछि, उसले यूहन्नाले सामदानहरूको माझमा हुनुभएको मानिसको पुत्र बारेमा भनेका कुराहरूको सही अर्थ बुझ्नेछः “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।” त्यस समय, तँलाई बिनाशङ्का यो थाहा हुनेछ कि यो साधारण मानिस, जसले धेरै कुरा भनेका छन् उहाँ निस्सन्देह दोस्रो देहधारी परमेश्‍वर हुनुहुन्छ। यसबाहेक, तैँले आफू कति आशिषित रहेछु भनी साँच्चिकै थाहा पाउनेछस्, र आफैलाई सबैभन्दा भाग्यमानी महसुस गर्नेछस्। के तँ यो आशिष् स्वीकार गर्न तयार छैनस्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय के हो भने परमेश्‍वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहन्छन्। परमेश्‍वरले जति धेरै काम गर्नुहुन्छ उत्ति नै परमेश्‍वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्‍वरको कामको जागरणमा मानिसको स्वभावमा पनि सोही अनुरूपको परिवर्तनहरू आउँछन्। तैपनि, परमेश्‍वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्‍नेहरू र सत्यता नचिन्ने ती अर्थहीन मानिसहरूले परमेश्‍वरलाई विरोध गर्न थाल्छन्। परमेश्‍वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन र उहाँ पुरानो कामलाई कहिल्यै पनि दोहोर्‍याउनुहुन्न, बरु यस अघि कहिल्यै नभएका कामहरू गर्दै अघि बढ्नुहुन्छ। परमेश्‍वरले आफ्नो काम कहिल्यै नदोहोर्‍याउनुहुने भएकोले र मानिसले परमेश्‍वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामको आधारमा सँधै न्याय गर्ने भएकोले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्‍वरलाई अत्यन्त कठिन भएको छ। मानिससित अत्यन्तै धेरै जटिलताहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्‍वरको कामलाई कसैले जान्दैन, तैपनि हरेकले यसलाई सीमित गर्छ। जब मानिसले परमेश्‍वरलाई छोड्छ, तब उसले जीवन, सत्य, र परमेश्‍वरको आशिष्‌ गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यतालाई नै स्वीकार गर्छ, परमेश्‍वरले मानवजातिलाई दिनुहुने अझै ठूलो आशिष्‌ स्वीकार गर्नु त परै जाओस्। सबै मानिसहरूले परमेश्‍वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्‍वरको काममा हुने कुनै पनि परिवर्तन सहन असक्षम हुन्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्‍वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव अचल रहन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउनलाई गर्नुपर्ने काम भनेको नै व्यवस्था पालन गर्नु हो, र तिनीहरूले आफ्ना पापहरू स्वीकार गरेसम्म र पश्‍चात्ताप गरेसम्म, परमेश्‍वरको इच्छा सदैव पूरा हुनेछ। तिनीहरू परमेश्‍वर व्यवस्थाको मातहतमा हुने परमेश्‍वर र मानिसको निम्ति क्रूस टाँगिएको परमेश्‍वर मात्र हुन सक्नुहुन्छ भन्ने धारणाका हुन्छन्; परमेश्‍वरले बाइबललाई अतिक्रमण गर्नु हुन्न र गर्न सक्‍नुहुन्‍न भन्ने पनि तिनीहरूको धारणा हुन्छ। यी नै धारणाहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग पारेको छ र मृत नियमहरूमा जकडाएको छ। परमेश्‍वरको काम जस्तोसुकै नयाँ होस् यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ र यस्ता कार्यको हरेक चरणमा साँचो हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि प्रकट गरिनु नै पर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू त अझै धेरै छन्। परमेश्‍वरलाई चिन्नु मानिसको निम्ति सजिलो काम होइन। मानिसको निरर्थक हृदयको अतिरिक्त स्व-महत्त्व र स्व-अहङ्कार भएको उसको विद्रोही स्वभावलाई लिँदा उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक विचार गर्छ, न यसलाई नम्रतासँग स्वीकार गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्ने क्रममा उसले घृणाको धारणा अङ्गीकार गर्छ। के यो परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्नेहरूको आचरण होइन र? यस्ता मानिसहरूले परमेश्‍वरको स्वीकृति कसरी प्राप्‍त गर्न सक्छन्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूका विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। परमेश्‍वर के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, ख्रीष्ट के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, यहोवा वा परमप्रभुलाई कसरी आदर गर्ने सो तिमीहरू जान्दैनौं, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने सो तिमीहरू जान्दैनौं, परमेश्‍वर स्वयम्‌को काम र मानिसको छल बीच कसरी फरक छुट्टाउने सो तिमीहरू जान्दैनौं। तेरो विचारसित नमिल्ने परमेश्‍वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यको वचनको निन्दा गर्न मात्र तँ जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफदारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्‍चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूका सत्यतासँग मेल खाने वचनहरू र परमेश्‍वर स्‍वयम्‌का वचनहरूबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र...

अगमवक्ताहरूले व्यक्त गरेका परमेश्‍वरका वचनहरू र देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक...

बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू भनेका को हुन्

सन्दर्भका लागि बाइबल पदहरू:“तब स्वर्गको राज्य दस कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न बाहिर आए। तीमध्ये पाँच जना...

परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्छन् र व्यक्तिले उहाँको सोर सुनेर मात्रै फर्कनुभएका परमेश्‍वरलाई भेट्न सक्छ

सन्दर्भका लागि बाइबल पदहरू:“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)।“मेरो भेडाले मेरो सोर सुन्छ, र म...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्