परमेश्‍वरको कामका तीन चरणहरू कसरी मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने गरी कदमहरूद्वारा अझ गहिरिन्छन्

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन्, र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यस प्रकारले, चरणबद्ध रूपमा, परमेश्‍वरको व्यवस्थापनको यो कार्य यसको शिखरमा पुग्छ, तब मानिसले “वचन शरीरमा देखा पर्नुभएको” तथ्यलाई देख्छ, र यसरी गवाही दिने सम्‍बन्धी मानिसका मागहरू जस्तै, मानिसका मागहरू पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, उसले परमेश्‍वरलाई त्यति नै महिमित तुल्याउँछ। मानिसको सहकार्य भनेको उसले दिनुपर्ने गवाही हो, र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन, र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ, जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ, र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो, र ऊधैर्य र नम्र हुनुपर्थ्यो। आज, मानिसले परमेश्‍वरका सारा प्रबन्धहरूलाई पालन गर्नुपर्छ र उसँग परमेश्‍वरको सर्वोच्‍च प्रेम हुनुपर्छ, र अन्तिममा संकष्टको बीचमा पनि उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। यिनीहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपमा मानिसलाई दिनुहुने मागहरूका तीन वटा चरणहरू हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ, र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै गहन हुन्छ, र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएको मापदण्डहरूको नजिक आउँछ, त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट तबसम्‍म क्रमिक रूपमा टाढा हुन्छ, जबसम्‍म परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदैन, र सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुँदैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्‍न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौं वर्षसम्‍म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपर्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्‍न योग्य वातावरण। यो परमेश्‍वरको व्यवस्थापनको सुरुवात थियो।

त्यसपछि, परमेश्‍वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको राज्य-क्षेत्रमा जियो, जसले बिस्तारै परमेश्‍वरको कार्यको पहिलो चरणमा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनप्रति बानी पर्‍यो र उसले यसलाई बेवास्ता गर्‍यो। क्रमिक रूपमा, मानिसले परमेश्‍वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्‍नो जीवन जिए। वास्तवमा, परमेश्‍वरको कार्यले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्‍वास गर्ने गरेका भए तापनि, परमेश्‍वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …

…………

सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्‍वरले दोस्रो चरणको आफ्‍नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्‍म देहधारी हुनुभएर—अनि विश्‍वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा किला ठोकिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरे। … परमेश्‍वरको कार्यको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको कार्य पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि उसो, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनको लागि उसको पापहरु त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्‍वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्‍वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कार्यको यो चरण व्यवस्थाको युगको परमेश्‍वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। कुरूप के हो र यो कसरी पवित्रको विपरीत छ त्यसलाई, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न तिनीहरूले जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको निम्ति काम गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यवहारिक चरण हो, र तैपनि यो मानिसले स्वीकार गर्नको लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्‍वरको नजिक आउँछ, परमेश्‍वरको लौरो त्यति नै मानिसको नजिक आउँछ, र परमेश्‍वरको मुहार मानिसको निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्‍वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्‍ने मानिसले सोच्यो, तैपनि उसले परमेश्‍वरको पूर्ण प्रहार पाउँछ, जुन कस्तो छ भन्‍ने कुरा कसैले पनि पहिले देख्‍न सकेन: के देखिन्छ भने, यो परमेश्‍वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्‍नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्‍प हुँदैन, “म धेरै वर्षसम्‍म हराएको थुमा हुँ जसलाई खरिद गरेर फर्काउन परमेश्‍वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्‍वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्‍ने, र मलाई खुलासा गर्ने परमेश्‍वरको तरिका हो? …” वर्षौं बितेपछि, शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्‍न पुगेको छ, र मानवजातिलाई मुक्त गर्ने परमेश्‍वरको वर्षौंको लगाबलाई बुझ्‍न पुगेको छ। मानिसले उसको आफ्‍नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य छ त्यस कुरा, परमेश्‍वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्‍ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्‌को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन। मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ, परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

मानिसले आज हिँडेको बाटो क्रूसको र दुःखको बाटो भए पनि मानिसले जुन अभ्यासहरू गर्छ, र उसले आज जे खान्छ, पिउँछ र उपभोग गर्छ त्यो व्यवस्थाको अधीनमा हुँदा र अनुग्रहको युगमा मानिसले पाएको कुराभन्दा धेरै फरक छ। आज मानिसबाट जे माग गरिन्छ त्यो विगतको जस्तो छैन र व्यवस्थाको युगको मानिससित माग गरिएको जस्तो त झन् छँदै-छैन। अब, व्यवस्थाको अधीनमा परमेश्‍वरले इस्राएलमा आफ्नो काम गरिरहनुभएको बेला मानिससँग के माग गरिएको थियो? मानिसले शबाथ र यहोवाको व्यवस्था पालन गर्नु बाहेक अरू केही गर्नु पर्दैनथियो। कसैले पनि शबाथको दिनमा काम गर्नुहुँदैनथ्यो वा परमप्रभुको व्यवस्था उल्लङ्घन गर्नुहुँदैनथ्यो। तर अहिले त्यस्तो छैन। शबाथमा मानिस काम गर्छ, भेला हुन्छ र सामान्य रूपमा प्रार्थना गर्दछ, र उसमाथि कुनै प्रतिबन्ध लगाइएको छैन। अनुग्रहको युगमा हुनेहरूले बप्तिस्मा लिनुपर्थ्यो, र उनीहरूलाई उपवास बस्न, रोटी भाँच्न, दाखमद्य पिउन, शिर ढाक्न र अरूका खुट्टा धोइदिन लगाइएको थियो। अहिले यी नियमहरू खारिज गरिएका छन्, तर मानिसबाट अझ ठूला मागहरू गरिएका छन्, किनकि परमेश्‍वरको काम अझ गहिरो हुँदैजान्छ र मानिसको प्रवेश अझ उच्च हुँदैजान्छ। विगतमा, येशूले आफ्नो हात मानिसमाथि राख्नुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो, तर अब सबै कुरा भनिएको छ, यसैले हात राखेर के हुन्छ? वचनहरूले मात्र परिणाम प्राप्त गर्न सक्छ। विगतमा जब उहाँले मानिसमाथि आफ्नो हात राख्नुहुन्थ्यो, त्यो मानिसलाई आशिष् दिन र उसका रोगहरू निको पार्नका निम्ति हुन्थ्यो। त्यस बेला पवित्र आत्माले त्यसरी नै काम गर्नुभयो, तर अहिले त्यस्तो छैन। अहिले पवित्र आत्माले काम गर्न र परिणामहरू प्राप्त गर्न वचनहरूको प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू तिमीहरूलाई स्पष्ट पारिएको छ, र भनिएजस्तै गरी तिमीहरूले तिनलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ। उहाँका वचनहरू उहाँका इच्छा हुन्; ती उहाँले गर्न चाहनुभएका काम हुन्। उहाँका वचनहरूद्वारा तैँले उहाँको इच्छालाई र तैँले के प्राप्त गरेको उहाँ चाहनुहुन्छ त्यो बुझ्‍नेछस्, र हातहरू राख्नुपर्ने कुनै आवश्यकताविना नै तैँले सीधै उहाँका वचनहरूलाई व्यवहारमा उतार्न सक्छस्। कसै-कसैले यसो भन्लान्, “तपाईंको हात ममाथि राख्नुहोस्! तपाईंका हातहरू ममाथि राख्नुहोस् र मैले तपाईंको आशीर्वाद पाउन सकूँ र म तपाईंमा सहभागी हुन सकूँ।” यी सबै अतीतका पुराना अभ्यासहरू हुन्, जुन अब अप्रचलित भएका छन्, किनकि युग परिवर्तन भएको छ। न त उद्देश्य विहीन रूपले न त नियमहरू अनुसार, तर पवित्र आत्माले युगअनुसार काम गर्नुहुन्छ। युग परिवर्तन भएको छ, र नयाँ युगले अनिवार्य रूपमा नै आफ्नो साथमा नयाँ काम ल्याउँदछ। कामको हरेक चरणमा यही कुरा लागू हुन्छ, त्यसैले उहाँको काम कहिल्यै दोहोरिँदैन। अनुग्रहको युगमा, येशूले त्यस प्रकारको काम प्रशस्तै गर्नुभयो, जस्तै बिरामीलाई निको पार्ने, भूतहरू निकाल्ने, मानिसको निम्ति प्रार्थना गर्न ऊमाथि आफ्नो हात राख्ने र मानिसलाई आशिष्‌ दिने। तापनि, वर्तमान समयमा त्यसो गर्नु अर्थहीन हुनेछ। पवित्र आत्माले त्यस समयमा त्यसरी नै काम गर्नुभयो, किनकि त्यो अनुग्रहको युग थियो, र मानिसले उपभोग गर्न सक्ने पर्याप्त अनुग्रह थियो। ऊबाट कुनै प्रकारको मूल्य माग गरिएको थिएन र जबसम्म ऊसँग विश्‍वास हुन्थ्यो, तबसम्‍म उसले अनुग्रह प्राप्त गर्थ्यो। सबैसँग अनुग्रहको साथ व्यवहार गरिन्थ्यो। अब युग परिवर्तन भएको छ, र परमेश्‍वरको काम अझ अगाडि बढेको छ; सजाय र न्यायको माध्यमबाट मानिसको विद्रोहीपन र मानिसभित्रको अशुद्ध थोकहरूलाई हटाइन्छ। त्यो चरण मुक्तिको चरण भएकोले मानिसले उपभोग गर्न सक्ने प्रशस्त अनुग्रह प्रकट गर्दै, अनुग्रहको माध्यमद्वारा तिनीहरूका पाप क्षमा गर्न परमेश्‍वरले त्यस प्रकारले काम गर्न आवश्यक भयो। यस वर्तमान चरणचाहिँ दण्ड, न्याय, वचनहरूको प्रहार, साथै अनुशासन र वचनहरूको प्रकाशद्वारा मानिसभित्रको अधर्मलाई प्रकट गर्नु हो, यसैले कि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र? कामको प्रत्येक चरणलाई सम्पूर्ण मानवजातिको प्रगति र युग अनुरूप नै गरिन्छ। काम सबै महत्त्वपूर्ण छ, र यो सबै अन्तिम मुक्तिका लागि गरिन्छ, यसैले कि मानवजातिले भविष्यमा एक राम्रो गन्तव्य पाउन सकोस्, र अन्त्यमा मानवजाति प्रकारअनुसार वर्गीकरण हुन सकोस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट पदार्थलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई दण्डको अधीनमा परिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वर एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मर्छौं! प्राचीन शैतानको विरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुभएको होस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूका पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानिसको भ्रष्ट आचरण र मानिसको स्वभावको तत्वको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्। व्यवस्थाको युगको दौरान, यहोवाले मोशालाई आफ्‍ना वचनहरूद्वारा मिश्रबाट बाहिर निकाल्‍नुभयो, र इस्राएलीहरूलाई केही वचनहरू बोल्नुभयो; त्यो समयमा, परमेश्‍वरका कामहरूका भाग साधारण बनाइएका थिए, तर मानिसको क्षमता सीमित भएकाले र कुनै कुराले पनि उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने भएकाले, परमेश्‍वरले बोल्न र काम गर्न जारी राख्नुभयो। अनुग्रहको युगमा, मानिसले एकपटक फेरि परमेश्‍वरका कामहरूको भाग देख्यो। येशू चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन, बिरामीलाई निको पार्न र भूतप्रेतहरूलाई निकाल्न, र क्रूसमा टाँगिन सक्षम हुनुभयो, जसको तीन दिनपछि उहाँ पुनर्जीवित हुनुभयो र मानिसको अगाडि शरीरमा प्रकट हुनुभयो। मानिसले परमेश्‍वरको बारेमा योभन्दा बढी थाहा पाएन। परमेश्‍वरले उसलाई जति देखाउनुहुन्छ मानिसले त्यति नै थाहा पाउँछ, र यदि परमेश्‍वरले मानिसलाई केही पनि नदेखाउने हो भने, परमेश्‍वरबारे मानिसको सीमा निर्धारण त्यति नै हुनेथियो। त्यसैले, परमेश्‍वरले काम गर्न जारी राख्नुहुन्छ ताकि उहाँ बारेको मानिसको ज्ञान गहिरो बनोस्, र मानिसले परमेश्‍वरको सार-तत्व बिस्तारै बुझ्न सकोस्। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्नको लागि परमेश्‍वरले आफ्‍ना वचनहरूको प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभावलाई परमेश्‍वरका वचनहरूले उदाङ्गो पार्छ, र तेरा धार्मिक धारणाहरू परमेश्‍वरको वास्तविकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूको देहधारी परमेश्‍वर मुख्य रूपमा “वचन शरीर बन्‍नुहुन्छ, वचन शरीरमा आउनुहुन्छ, र वचन शरीरमा देखा पर्नुहुन्छ” भन्ने वचनहरू पूरा गर्न आउनुभएको हो, र यदि तँलाई यसको विस्तृत ज्ञान छैन भने, तँ दृढ रहन सक्‍नेछैनस्। आखिरी दिनहरूमा, परमेश्‍वरले मुख्य रूपमा त्यो चरणको काम समाप्त पार्ने अभिप्राय राख्नुहुन्छ जसमा वचन शरीरमा देखा पर्नुहुन्छ, र यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो। त्यसैले, तिमीहरूको ज्ञान प्रस्ट हुनैपर्छ; परमेश्‍वरले जसरी काम गर्नुभए पनि उहाँलाई सीमित गर्न परमेश्‍वरले मानिसलाई अनुमति दिनुहुन्‍न। आखिरी दिनहरूका दौरान परमेश्‍वरले यो काम नगर्नुभएको भए, उहाँबारे मानिसको ज्ञान अगाडि जान सक्नेथिएन। परमेश्‍वर क्रूसमा टाँगिन सक्नुहुन्छ र सदोमलाई विनाश गर्न सक्नुहुन्छ, र येशू मरेकाहरूबाट जीवित उठ्न सक्नुहुन्छ र पत्रुसका सामु प्रकट हुन सक्नुहुन्छ भन्‍ने मात्रै तैँले जान्‍नेथिइस्…। तर परमेश्‍वरका वचनहरूले सबै पूरा गर्न सक्छ, र मानिसलाई जित्न सक्छ भनेर तैँले भन्‍ने थिइनस्। परमेश्‍वरका वचनहरूको अनुभवबाट मात्र तैँले यस्ता ज्ञानका कुरा बोल्‍न सक्छस्, र तैँले परमेश्‍वरको काम जति बढी अनुभव गर्छस्, उहाँको बारेमा तेरो ज्ञान उत्ति नै बढी विस्तृत हुनेछ। त्यसपछि मात्र तैँले आफ्ना धारणाहरूभित्र परमेश्‍वरलाई सीमित गर्न छोड्नेछस्। मानिसले परमेश्‍वरलाई उहाँका कामलाई अनुभव गरेर जान्दछ; परमेश्‍वरलाई बुझ्ने अर्को कुनै सही मार्गछैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानव जातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानव जातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानको विरुद्धमा लडाइँ गर्न सक्‍नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ, र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानव जातिको मुक्तिको लागि हो र मानव जातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्न सकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ, र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्‍म भ्रष्ट बनाएको छ त्यस अनुसार हुन्छ। सायद, जसरी दुई सेनाले एक-अर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानको विरुद्धमा हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्‍पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्‍ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै संचालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्नका निम्ति त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामको धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानको विरुद्ध हतियार उठाउनु होइन, तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, यसैले कि उसले परमेश्‍वरको साक्षी दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात्, जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ, र यस प्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतान विरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो शैतानको अधिकार क्षेत्रबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्त रूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानलाई त्याग्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानको विरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन, वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानव जातिको मुक्तिको लागि हो। प्रारम्भिक मानव जाति परमेश्‍वरको हातमा थियो, तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पर्‍यो र दुष्टको हातमा पर्‍यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वसमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात्, मानिसलाई शैतान कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यस प्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिनुपर्ने पात्र बन्छ, त्यसपछि मानव जातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले गर्नुहुने मानवजातिको व्यवस्थापन कार्यका तीन चरणहरूको उद्देश्य

परमेश्‍वरका प्रासंगिक वचनहरू: मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षको व्यवस्थापन योजनामा, तिन चरणहरू छन्, या तिन युगहरू छन्:...

परमेश्‍वरको कामका तीन चरणहरूमध्ये हरेकको उद्देश्य र महत्त्व

(१) व्यवस्थाको युगमा परमेश्‍वरको वचनको उद्देश्य र महत्त्व परमेश्‍वरका प्रासंगिक वचनहरू: यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्